भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू
अंश ४९
मान्छेका भ्रष्ट स्वभावहरूमा निरर्थक र दुष्ट कुराहरूबाहेक केही हुँदैन। तीमध्ये सबैभन्दा गम्भीर कुरामा मान्छेको अहङ्कारी स्वभाव र त्यसबाट प्रकाश हुने कुराहरू, अर्थात्, विशेष आत्मधार्मिकता र अहम्ता, आफू अरूभन्दा बलियो छु भन्ने विश्वास, कसैप्रति समर्पित हुनमा अनिच्छुकता, अन्तिम निर्णय गर्ने निरन्तरको जिद्दी, सबै मामिलामा धाक प्रदर्शन, आफ्ना कार्यहरूमा चापलुसी र प्रशंसाको खोजी, अरू आफ्नो वरिपरि रहुन् भन्ने निरन्तरको चाहना, सधैँको आत्म-केन्द्रितता, सदैव महत्त्वाकाङ्क्षा र चाहनाहरूको प्रश्रयता, अनि मुकुट र इनाम पाउने र राजा भएर शासन गर्ने सधैँको चाहना गर्छन्—यी सम्पूर्ण विषयहरू गम्भीर भ्रष्ट स्वभावहरूको वर्गमा पर्छन्। अन्य सबै सामान्य समस्याहरू मात्र हुन्। उदाहरणको लागि, केही गलत विचार, निरर्थक सोचाइ, कुटिलपन र छलीपन, ईर्ष्या, स्वार्थीपन, विवादी हुनु, अनि सिद्धान्तविना व्यवहार गर्नु, इत्यादि सबैभन्दा आम भ्रष्ट स्वभावहरू हुन्। शैतानी स्वभावहरूभित्रै पर्ने भ्रष्ट स्वभावहरू धेरै प्रकारका छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति बढी अहङ्कारी हुन्छन्, त्यति नै तिनीहरूमा समझको कमी हुन्छ, र तिनीहरूमा समझको जति कमी हुन्छ, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, तर सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्वरका लागि कुनै सम्मान समेत हुँदैन, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। अन्य सबैलाई आफूभन्दा तल रहेको ठान्नु सानोतिनो कुरा हो। महत्त्वपूर्ण विषय त के हो भने, अहङ्कारी स्वभावले मानिसहरूलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पित हुनदेखि रोक्छ, र यसले मानिसहरूलाई निरन्तर शक्तिका निम्ति परमेश्वरसँग प्रतिस्पर्धा गर्ने र अरूलाई नियन्त्रण गर्ने प्रयास गर्न लगाउँछ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो यति अहङ्कारी छन् कि आफ्नो समझ गुमाएका छन्, तिनीहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा उहाँमा समर्पित हुन सक्दैनन्, र यहाँसम्म कि आफ्नै बढाइ गर्छन् र आफ्नै साक्षी दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्वरको डर मान्ने हृदय हुने अवस्थासम्म पुग्ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्कारी स्वभावको समाधान गर्नुपर्छ। व्यक्तिले अहङ्कारी स्वभाव सुल्झाउन परमेश्वरको न्याय र सजाय अनुभव गर्नैपर्छ। जब कुनै व्यक्तिले अहङ्कारी स्वभाव भनेको शैतानी स्वभाव हो, र अहङ्कारी स्वभाव शैतानको दुष्ट, कुरूप अनुहार हो भन्ने थाहा पाउँछ, तब ऊसँग परमेश्वरको डर मान्ने हृदय हुनेछ। व्यक्तिको अहङ्कारी स्वभावलाई जति पूर्ण रूपमा निराकरण गरिन्छ, ऊसँग त्यति नै बढी समझ हुन्छ, र ऊ त्यति नै बढी परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ। परमेश्वरको डर मान्ने हृदयले मात्रै व्यक्ति परमेश्वरमा समर्पित हुन, र सत्यता प्राप्त गर्न र उहाँलाई चिन्न सक्छ। जसले सत्यता प्राप्त गर्छन् तिनीहरू मात्रै साँच्चै मानव हुन्।
अंश ५०
अहङ्कार, आत्मधार्मिकता, र हठीपनजस्ता मान्छेका भ्रष्ट स्वभावहरू जिद्दी रोगजस्तै हुन्। ती मानव शरीरमा पलाउने घातक ट्युमर जस्तै हुन् र विना केही कष्ट तिनको उपचार गर्न सकिँदैन। यो जिद्दी रोग केही दिनमा हराएर जाने क्षणिक बिमारीजस्तो सानोतिनो व्यथा होइन, र यसको उपचारको लागि सशक्त विधि अपनाउनुपर्छ। तर, तिमीहरूले जान्नैपर्ने एउटा तथ्य के हो भने—समाधान गर्नै नसकिने कुनै समस्या छैन। तेरा भ्रष्ट स्वभावहरू तैँले सत्यता पछ्याउने, जीवनमा प्रगति गर्ने र सत्यताबारे तेरो बुझाइ र अनुभव गहन बन्दै जाने क्रममा बिस्तारै कम हुँदै जानेछन्। भ्रष्ट स्वभावहरू शुद्ध पारिएको मानिन ती कुन हदसम्म कम हुनुपर्नेछ? जब तँ तिनको जकडबाट मुक्त हुन्छस् र तिनीहरूलाई खुट्ट्याउन र त्याग्न सक्षम हुन्छस्। जब तँ कहिलेकाहीँ ती भ्रष्ट स्वभावहरू देखा पर्दा पनि सधैँझैँ आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता अभ्यास गर्न सक्षम हुन्छस्, लगनशील र जिम्मेवार रहन्छस्, र तँ तिनीहरूको बन्धनमा परेको हुँदैनस्। त्यस अवस्थामा, यी भ्रष्ट स्वभावहरू तेरो लागि समस्या बन्न छोड्नेछन्, अनि तैँले तिनलाई जितेर तीभन्दा माथि उठिसकेको हुनेछस्। जीवनमा प्रगति गरेको हुनु भनेको त्यही नै हो, जहाँ सामान्य परिस्थितिहरूमा तँ तेरा भ्रष्ट स्वभावहरूद्वारा जकडिन वा बाँधिन छोडेको हुन्छस्। कतिपय मानिसहरू आफूले जति धेरै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनलाई समाधान गर्न सत्यता खोज्दैनन्। फलस्वरूप, परमेश्वरमा वर्षौँको विश्वासपछि पनि तिनीहरूका स्वभावहरू परिवर्तन भएका हुँदैनन्। तिनीहरू यस्तो सोच्छन्, “जब-जब म केही गर्छु, म मेरा भ्रष्ट स्वभावहरू प्रकट गर्छु; यदि मैले आफूलाई केही गर्नबाट रोकेँ भने, मैले भ्रष्ट स्वभाव प्रकट गर्नेछैनँ। के त्यसले उक्त समस्या समाधान गर्दैन र?” के यो निसास्सिने डरले खान छोड्नु होइन र? यसको परिणाम के हुनेछ? यसले भोकमरी मात्र निम्त्याउन सक्छ। यदि व्यक्तिले भ्रष्ट स्वभावहरू प्रकट गर्छ र तिनलाई समाधान गर्दैन भने, त्यो सत्यतालाई नस्विकार्नु र एक्कासि मर्नुसरह हो। यदि तैँले परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता पछ्याउँदैनस् भने त्यसको परिणाम के हुनेछ? तैँले आफ्नो चिहान आफैले खनिरहेको हुनेछस्। भ्रष्ट स्वभावहरू परमेश्वरप्रतिको तेरो विश्वासका शत्रु हुन्; तिनले तँलाई सत्यता अभ्यास गर्न, परमेश्वरको काम अनुभव गर्न, र उहाँप्रति समर्पित हुनमा बाधा पुर्याउनेछन्। फलस्वरूप, तैँले अन्त्यमा परमेश्वरको मुक्ति प्राप्त गर्नेछैनस्। के त्यो तैँले आफ्नै चिहान खन्नु होइन र? शैतानी स्वभावहरूले तँलाई सत्यता स्विकार्न र अभ्यास गर्नमा बाधा पुर्याउँछन्। तैँले तिनलाई पन्छाउन सक्दैनस्; तैँले तिनीहरूको सामना गर्नैपर्छ। यदि तैँले तिनलाई पार लगाउँदैनस् भने, तिनले तँलाई नियन्त्रण गर्नेछन्। यदि तैँले तिनलाई पार लगाउन सकिस् भने, तँ तीबाट बाधित हुन छोड्नेछस्, र तँ मुक्त हुनेछस्। कहिलेकाहीँ, तेरो हृदयमा अझै पनि भ्रष्ट स्वभावहरू उत्पन्न हुनेछन् र आफूलाई प्रकट गर्नेछन्, जसले तँभित्र गलत सोच र विचारहरू अनि दुष्ट सोचाइ पैदा गर्नेछन्, तँलाई आफूलाई आत्मगर्वित वा उच्च र शक्तिशाली सोच्ने तुल्याउनेछ, र त्यस्ता सोचहरू प्रकाश गर्नेछन्; तर, जब तैँले काम गर्छस्, तब तेरा हात र खुट्टाहरू तिनले बाँधिएका हुनेछैनन्, अनि त्यसउपरान्त तेरो हृदय तिनीहरूद्वारा नियन्त्रित हुनेछैन। तैँले यसो भन्नेछस्, “मेरो अभिप्राय परमेश्वरको घरको हितबारे सोच्नु, परमेश्वरलाई सन्तुष्ट पार्न कामकुरा गर्नु, र सिर्जित प्राणीका रूपमा आफ्नो कर्तव्य र निष्ठा पूरा गर्नु हो। मैले अझै पनि कहिलेकाहीँ यस प्रकारको स्वभाव प्रकट गरे पनि, ममाथि त्यसको बिलकुलै प्रभाव छैन।” यो पर्याप्त छ। यस प्रकारको भ्रष्ट स्वभाव मूलभूत रूपमा समाधान भएको हुनेछ। के मान्छेको स्वभाव परिवर्तन अस्पष्ट र अमूर्त हुन्छ? (हुँदैन।) यो त व्यावहारिक छ। कतिपय मानिसहरू यसो भन्छन्, “मैले अलिअलि सत्यता बुझे पनि, ममा अझै पनि कहिलेकाहीँ भ्रष्ट सोच र विचारहरू उत्पन्न हुन्छन्, र म अझै पनि भ्रष्ट स्वभावहरू प्रकट गर्छु। मैले के गर्नुपर्छ?” यदि तँ वास्तवमै सत्यता पछ्याउने व्यक्ति होस् भने, जब-जब तँमा गलत सोच र विचारहरू उत्पन्न हुन्छन्, वा तैँले भ्रष्ट स्वभावहरू प्रकट गर्छस्, तैँले तिनलाई समाधान गर्न परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। यो अभ्यासको सबैभन्दा आधारभूत सिद्धान्त हो; तैँले यो कुरा बिर्सनेछैनस् नि, हैन? त्यसबाहेक, आफूमा गलत सोच र विचारहरू उत्पन्न हुँदा तैँले तिनलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा पनि तँलाई थाहा हुनुपर्छ। तैँले तिनको बन्धन र घेरामा पर्न मिल्दैन, तिनलाई पछ्याउने त कुरै छाडौँ। यदि तैँले अलिअलि सत्यता बुझ्छस् भने, तँलाई यो कुरा हासिल गर्न सजिलै हुनुपर्छ। यदि तँ भ्रष्ट स्वभावहरू प्रकट गर्छस् भने, तैँले तिनलाई समाधान गर्न सत्यता खोज्ने प्रयास गर्नैपर्छ। तैँले “हे परमेश्वर, मैले फेरि पनि भ्रष्ट स्वभाव प्रकट गरेँ, कृपया मलाई अनुशासित गर्नुहोस्! म मेरा भ्रष्ट स्वभावहरूलाई नियन्त्रण गर्न सक्दिनँ” भन्न मिल्दैन। यदि तैँले यसरी नै प्रार्थना गर्छस् भने, यसले तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भन्ने देखाउँछ। यसले तँ नकारात्मक र निष्क्रिय छस्, र तैँले हार मानेको छस् भन्ने देखाउँछ—तैँले शवपेटी तयार गरेर आफ्नो अन्त्येष्टिको बन्दोबस्त गरे पनि हुन्छ। ल भन्, कस्तो खालको व्यक्तिले त्यस्तो प्रार्थना गर्छ? बेकम्मा व्यक्तिले मात्र परमेश्वरलाई त्यसरी प्रार्थना गर्छ। सत्यतालाई प्रेम गर्ने व्यक्तिले त्यस्ता शब्दहरू कहिल्यै बोल्दैन। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यतालाई पछ्याउने मार्ग रोज्नुपर्छ, र कसरी अभ्यास गर्ने भन्नेबारे पनि तँ प्रस्ट हुनुपर्छ। यदि तँलाई आफूलाई यी सामान्य समस्याहरू आइपर्दा कसरी अभ्यास गर्ने भनी थाहा छैन भने, तँ अति नै काम नलाग्ने छस्। भ्रष्ट स्वभावहरू समाधान गर्न जीवनभरको प्रयास लाग्छ, यो केही वर्षमै हासिल गर्न सकिने कुरा होइन। तँ किन सत्यता र जीवन प्राप्त गर्नेबारे भ्रमहरू पाल्छस्? के त्यो मूर्ख र अज्ञानी हुनु होइन र?
जीवन स्वभावमा परिवर्तनको खोजीको क्रममा भ्रष्ट स्वभावहरूका बन्धनहरू हरेक व्यक्तिको लागि सबैभन्दा ठूलो कठिनाइ बन्छन्। जब मानिसहरूले अलिकति भ्रष्ट स्वभाव प्रकट गर्छन्, वा त्यसलाई बारम्बार प्रकट गर्छन्, र जब तिनीहरू त्यसलाई नियन्त्रण गर्न असमर्थ महसुस गर्छन्, तब तिनीहरू आफ्नै निन्दा गर्छन्, आफ्नो अन्त्य भएको र आफूलाई परिवर्तन गर्न नसकिने निष्कर्षमा पुग्छन्। यो अधिकांश मानिसहरूमा हुने दुविधा र गलत बुझाइ हो। अहिले, सत्यता पछ्याउने कतिपयले थाहा पाएका छन् कि जबसम्म व्यक्तिभित्र भ्रष्ट स्वभावहरू रहन्छन्, तबसम्म उसले तिनलाई बारम्बार प्रकाश गर्न सक्छ, जसले उसको कर्तव्य निर्वाहलाई प्रभाव पार्दछ र उसलाई सत्यता अभ्यास गर्नमा बाधा पुर्याउँछ, अनि यदि उसले आफ्ना भ्रष्ट स्वभावहरूको समस्या समाधान गर्नको लागि आत्मचिन्तन गर्न सक्दैन भने, उसले योग्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन। त्यसकारण, सधैँ नकारात्मक, झाराटारुवा तरिकाले आफ्ना कर्तव्यहरू निर्वाह गर्ने मानिसहरूले गम्भीरतापूर्वक आत्मचिन्तन गर्नुपर्छ र त्यसलाई समाधान गर्न तिनीहरूको समस्याको मूल कारण पत्ता लगाउनुपर्छ। तर, कतिपय मानिसमा विकृत बुझाइ हुन्छ, र तिनीहरू यस्तो सोच्छन्, “आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भ्रष्ट स्वभावहरू प्रकट गर्ने सबै मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्नुअघि रोकिएर तिनलाई पूर्ण रूपले समाधान गर्नुपर्छ।” के यो मान्य विचार हो? यो मानव कल्पना हो, र यो पूरै अमान्य छ। वास्तवमा अधिकांश मानिसहरूको हकमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, तिनीहरूले तिनलाई समाधान गर्न सत्यता खोज्छन् भने, तिनीहरूले भ्रष्टताको प्रकटीकरणको सङ्ख्या बिस्तारै घटाउँदै लगेर अन्त्यमा योग्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। परमेश्वरको काम अनुभव गर्ने प्रक्रिया यही हो। तैँले कुनै भ्रष्ट स्वभाव प्रकट गर्नेबित्तिकै त्यसलाई समाधान गर्न तैँले सत्यता खोज्नुपर्छ, र तेरो शैतानी स्वभाव खुट्ट्याउनुपर्छ र त्यसको विश्लेषण गर्नुपर्छ। यो तेरो शैतानी स्वभावविरुद्ध लड्ने प्रक्रिया हो, र यो तेरो जीवन अनुभवको लागि आवश्यक छ। परमेश्वरको काम अनुभव गर्ने र तेरो स्वभाव परिवर्तन गर्ने क्रममा, तँ आफ्नो शैतानी स्वभावविरुद्ध लड्न आफूले बुझ्ने सत्यताहरू प्रयोग गर्छस्, अन्त्यमा आफ्नो भ्रष्ट स्वभावहरू समाधान गर्छस् र शैतानमाथि विजय प्राप्त गर्छस्, र यसरी जीवन स्वभावमा परिवर्तन हासिल गर्छस्। व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया भनेको मानव धारणा र कल्पना, अनि शब्द र धर्मसिद्धान्तहरूलाई विस्थापित गर्न, र संसारसँग व्यवहार गर्ने दर्शन र शैतानबाट आउने विभिन्न विधर्म र भ्रमहरूलाई विस्थापित गर्दै बिस्तारै यी कुराहरूलाई सत्यता र परमेश्वरको वचनद्वारा प्रतिस्थापन गर्नको निम्ति सत्यताको खोजी र स्वीकार गर्नु हो। यो सत्यता प्राप्त गर्ने र व्यक्तिको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। यदि तँ आफ्नो स्वभाव कति परिवर्तन भएको छ भनी जान्न चाहन्छस् भने, तैँले आफूले कति वटा सत्यताहरू बुझ्छु, कति वटा सत्यताहरू व्यवहारमा लागू गरेको छु, र कति वटा सत्यताहरू जिउन सक्छु भनी प्रस्ट रूपमा देख्नै पर्छ। तेरा कति वटा भ्रष्ट स्वभावहरू आफूले बुझेका र प्राप्त गरेका सत्यताहरूद्वारा प्रतिस्थापित गरिएका छन्, र तिनले तँभित्रका भ्रष्ट स्वभावहरूलाई कुन हदसम्म नियन्त्रण गर्न सक्छन्, अर्थात्, तैँले बुझ्ने सत्यताहरूले कुन हदसम्म तेरा सोच र अभिप्रायहरू, अनि तेरो दैनिक जीवन र अभ्यासलाई मार्गदर्शन गर्न सक्छन् भनी तैँले प्रस्ट रूपमा देख्नैपर्छ। तँमाथि केही आइपर्दा, तेरा भ्रष्ट स्वभावहरूले तँलाई नियन्त्रणमा राख्छन्, वा तैँले बुझ्ने सत्यताहरू हाबी भएर तँलाई मार्गदर्शन गर्छन् भन्ने कुरा तैँले प्रस्ट रूपमा देख्न सक्नुपर्छ। तेरो कद र जीवन प्रवेश मापन गर्ने मानक यही हो।
अंश ५१
कसैलाई हप्काउँदा र काटछाँट गर्दा ऊ तर्क गर्न प्रवृत्त हुन्छ भने त्यो के भएको हो? यो अत्यन्तै अहङ्कारी, आत्म-धर्मी, र मनमानी गर्ने स्वभाव हो। अहङ्कारी र मनमानी गर्ने मानिसहरूलाई सत्यता स्वीकार गर्न गाह्रो हुन्छ। आफ्ना दृष्टिकोण, राय, र हेराइहरूसँग नमिल्ने सानोभन्दा सानो कुरा सुन्दा समेत तिनीहरू त्यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरू अरूले भनेको कुरा सही हो कि गलत हो, वा त्यो कसले भनेको हो, वा त्यो कुन सन्दर्भमा भनिएको हो, वा त्यो तिनीहरूका आफ्नै जिम्मेवारी र कर्तव्यहरूसँग सम्बन्धित छ कि छैन भन्ने कुराको वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूबारे वास्ता गर्दैनन्। तिनीहरूको प्रमुख प्राथमिकता भनेको आफ्नै भावनाहरूलाई सन्तुष्ट पार्नु हो। के यो मनमानी गर्नु होइन र? मनमानी गर्नाले अन्ततः मानिसहरूमाथि कस्ता घाटाहरू ल्याउँछ? यसले तिनीहरूलाई सत्यता प्राप्त गर्न गाह्रो बनाउँछ। सत्यता स्वीकार नगर्नु भनेको मानिसको भ्रष्ट स्वभावले गर्दा हुने हो, र यसको अन्तिम परिणाम के हो भने त्यस्तो व्यक्तिले सजिलै सत्यता प्राप्त गर्न सक्दैन। मानिसको प्रकृति सारबाट स्वाभाविक रूपमा प्रकट हुने कुनै पनि कुरा सत्यताको विरोधमा हुन्छ र सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन; त्यस्तो एउटै कुरा पनि सत्यताअनुरूप हुँदैन वा सत्यताको नजिक पुग्दैन। त्यसकारण, मुक्ति प्राप्त गर्न, व्यक्तिले सत्यता स्वीकार गर्न र सत्यता अभ्यास गर्न जरुरी हुन्छ। यदि कुनै व्यक्तिले सत्यता स्वीकार गर्न सक्दैन र सधैँ आफ्नै रुचिहरूअनुसार काम गर्न चाहन्छ भने, उसले मुक्ति प्राप्त गर्न सक्दैन। यदि तँ परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, सर्वप्रथम तैँले परिस्थितिहरू सोचेजस्तो नहुँदा आवेशमा आउनबाट जोगिनुपर्छ। पहिले आफूलाई शान्त पार्नैपर्छ र परमेश्वरको अघि मौन बस्नैपर्छ, र हृदयमा उहाँलाई प्रार्थना गर्नैपर्छ र उहाँबाट खोजी गर्नैपर्छ। मनमानी गर्ने नबन्; पहिले समर्पित बन्। यस प्रकारको मानसिकताद्वारा मात्रै तैँले समस्याहरू अझ राम्ररी समाधान गर्न सक्छस्। यदि तँ परमेश्वरसामु जिउनमा दृढ रहन सक्छस्, र तँ उहाँलाई प्रार्थना गर्न र उहाँबाट खोजी गर्न सक्छस्, र आफूलाई जे आइपरे पनि समर्पणको मानसिकताले ती कुराहरू सामना गर्न सक्छस् भने, तेरा भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू जति नै धेरै भए पनि, वा तैँले जे-जस्ता अपराधहरू गरेको भए पनि—जबसम्म तँ सत्यता खोजी गर्छस्, तबसम्म ती सबै समाधान गर्न सकिन्छ, अनि तँमाथि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, तँ दृढ रहन सक्नेछस्। जबसम्म तँसँग सही मानसिकता हुन्छ, जबसम्म तँ सत्यता स्वीकार गर्न, र परमेश्वरका मागहरूबमोजिम उहाँमा समर्पित हुन सक्छस्, तबसम्म तँ सत्यता अभ्यास गर्न पूर्ण रूपमा सक्षम हुनेछस्। तँ कहिलेकाहीँ अलि विद्रोही र प्रतिरोधी हुने भए पनि, र कहिलेकाहीँ तँ तर्क गर्न प्रवृत्त हुने र समर्पित हुन नसक्ने भए पनि, यदि तैँले परमेश्वरलाई प्रार्थना गर्न र आफ्नो विद्रोही स्थितिलाई परिवर्तन गर्न सक्छस् भने, तँ सत्यता स्वीकार गर्न सक्छस्। त्यसो गरिसकेपछि, तँभित्र किन त्यस्तो विद्रोह र प्रतिरोध पैदा भयो भन्नेबारे चिन्तन गर्। यसको कारण पत्ता लगा, त्यसपछि त्यसलाई समाधान गर्न सत्यता खोजी गर्, अनि तेरो भ्रष्ट स्वभावको त्यो पक्षलाई त्यसरी स्वच्छ पार्न सकिन्छ। तैँले यस्ता केही असफलता र ठक्कर अनुभव गरेपछि, तँ सत्यता अभ्यास गर्न सक्षम बनेपछि, तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा फालिनेछन्। त्यसपछि, तँभित्र सत्यताले शासन गर्नेछ र त्यो तेरो जीवन बन्नेछ, र सत्यतासम्बन्धी तेरो अभ्यासमा अब अड्चनहरू हुनेछैनन्। तँ परमेश्वरमा साँचो रूपले समर्पित हुन सक्नेछस्, र तैँले सत्यता वास्तविकता जिउनेछस्। यस अवधिमा, तैँले सत्यता अभ्यास गरेको र परमेश्वरप्रति समर्पित भएको व्यावहारिक अनुभव प्राप्त गर्नेछस्। पछि तँलाई केही आइपर्दा, तैँले परमेश्वरप्रति समर्पित हुने तरिकाले कसरी अभ्यास गर्ने र कस्तो प्रकारको व्यवहार परमेश्वरविरुद्धको विद्रोह हो भन्ने कुरा थाहा पाउनेछस्। तेरो हृदयमा पूर्ण स्पष्टता हुनेछ। त्यसपछि के तँ अझै पनि सत्यता वास्तविकता सङ्गति गर्न असमर्थ हुनेछस्? यदि तँलाई तेरा अनुभवात्मक गवाहीहरू सुनाउन भनियो भने, तँलाई यो कुनै समस्या हो जस्तो लाग्नेछैन किनभने तैँले धेरैवटा कुरा अनुभव गरेको हुनेछस् र यससम्बन्धी अभ्यासका सिद्धान्तहरू जानेको हुनेछस्। तैँले जे भने पनि, तेरा शब्दहरूमा वास्तविकता हुनेछ, र तैँले जसरी बोले पनि, त्यो व्यावहारिक हुनेछ। अनि यदि तँलाई शब्द र धर्मसिद्धान्तहरू बोल्न भनियो भने, तँ इच्छुक हुनेछैनस्—तँ हृदयमा त्यसप्रति वितृष्ण हुनेछस्। के त्यसपछि तँ सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछैनस् र? सत्यता पछ्याउने मानिसहरू केही वर्षभित्रै अनुभव प्राप्त गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यता नपछ्याउनेहरूका लागि, तिनीहरूले चाहे पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुँदैन। सत्यतालाई प्रेम नगर्नेहरूमा अति धेरै विद्रोहीपन हुने हुनाले, र जब-जब तिनीहरूले सत्यता अभ्यास गर्नुपर्ने हुन्छ—चाहे मामला जेसुकै होस्—तिनीहरूले सधैँ आफ्नै तर्क गर्ने र तिनीहरूका आफ्नै कठिनाइहरू हुने हुनाले, तिनीहरूलाई सत्यतालाई व्यवहारमा लागु गर्न निकै गाह्रो हुन्छ। तिनीहरूले प्रार्थना गर्लान्, खोजी गर्लान्, र तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक होलान्, तर जब तिनीहरूलाई केही आइपर्छ वा जब तिनीहरूले कठिनाइहरू सामना गर्छन्, तब तिनीहरूको अन्योलता सतहमा आउँछ, तिनीहरूको विद्रोही स्वभाव बाहिर निस्कन्छ, र तिनीहरूको दिमाग पूरै धमिलो हुन्छ। तिनीहरूको विद्रोही स्वभाव कति गम्भीर होला त! यदि तिनीहरूको हृदयको सानो भाग अन्योलमा छ, र ठूलो भाग परमेश्वरमा समर्पित हुन चाहन्छ भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न अलि कम गाह्रो हुनेछ। सायद प्रार्थनाद्वारा, वा कसैले तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा, तिनीहरूले त्यस क्षणमा यसलाई बुझेको खण्डमा, तिनीहरूले सजिलै यसलाई व्यवहारमा लागु गर्न सक्छन्। यदि तिनीहरू यति अलमल्ल छन् कि यो पक्षले तिनीहरूको हृदयको ठूलो भाग ओगट्छ—जसमा धेरै मात्रामा विद्रोहीपन र थोरै समर्पण हुन्छ—भने तिनीहरूलाई सत्यतालाई व्यवहारमा लागु गर्न सजिलो हुनेछैन किनभने तिनीहरूको कद अत्यन्तै सानो हुन्छ। अनि सत्यतालाई पटक्कै प्रेम नगर्नेहरू अत्यधिक वा पूर्ण रूपमा विद्रोही हुन्छन्; तिनीहरू पूर्ण रूपमा अलमल्ल हुन्छन्। यी मानिसहरू अलमल्ल मानिस हुन् जसले कहिल्यै सत्यतालाई व्यवहारमा लागु गर्न सक्नेछैनन्, र तिनीहरूमाथि जतिसुकै मेहनत लगाए पनि त्यसको कुनै फाइदा हुनेछैन। सत्यतालाई प्रेम गर्ने मानिसहरूमा सत्यताप्रति बलियो हुटहुटी हुन्छ। यदि त्यो हुटहुटी निकै बलियो छ, र तिनीहरूलाई सत्यताबारे स्पष्ट रूपमा सङ्गति गरियो भने, तिनीहरूले पक्कै पनि त्यसलाई व्यवहारमा लागु गर्न सक्नेछन्। सत्यतालाई प्रेम गर्नु कुनै सामान्य कुरा होइन। सत्यता अभ्यास गर्ने थोरै इच्छा हुँदैमा तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति बन्दैनस्। व्यक्ति यस्तो बिन्दुमा पुग्नैपर्छ जहाँ उसले परमेश्वरको वचन बुझेपछि, सत्यतालाई व्यवहारमा लागु गर्नका लागि प्रयास गर्न, कष्ट सहन, र मूल्य चुकाउन सकोस्। यिनीहरू मात्र सत्यतालाई प्रेम गर्ने मानिस हुन्। सत्यतालाई प्रेम गर्ने व्यक्तिले जति सुकै भ्रष्ट स्वभावहरू प्रकाश गरे पनि वा जति सुकै अपराधहरू गरेको भए पनि, ऊ आफ्नो पछ्याइमा कटिबद्ध हुन सक्छ। उसलाई जे सुकै आइपरे पनि, उसले परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र स्विकार्न सक्छ। दुई-तीन वर्षको यस्तो अनुभवपछि, उसका कोसिसहरूले फल दिन सक्छन्, र साधारण कठिनाइहरूले उसलाई बाधा पुर्याउने छैन। यदि उसले ठुला कठिनाइहरू सामना गरेमा, ऊ असफल भए पनि त्यो सामान्य हुन्छ, किनकि उसको कद अत्यन्तै सानो हुन्छ। उसले सामान्य परिस्थितिहरूमा सत्यतालाई अभ्यास गर्न सकेसम्म, आशा रहन्छ। जब उसले परमेश्वरलाई चिन्छ र जब ऊसँग उहाँको डर मान्ने हृदय हुन्छ, तब उसलाई ठूला चुनौतीहरू हल गर्न पनि सजिलै हुन्छ; उसको लागि कुनै पनि चुनौती समस्याजनक हुँदैन। मानिसहरूले परमेश्वरका वचनहरू अझै बढी पढुञ्जेल र सत्यताबारे अझ बढी सङ्गति गरुञ्जेल, अनि जे कठिनाइहरू आइपरे पनि परमेश्वरलाई प्रार्थना गर्न सक्छन् भने, र समस्याहरू हल गर्न पवित्र आत्माको काममा भर पर्न सक्छन् भने, तिनीहरूलाई सत्यता बुझ्न र त्यसलाई अभ्यास गर्न सजिलो हुनेछ, र तिनीहरूको भ्रष्ट स्वभाव बिस्तारै फालिनेछ। तिनीहरूले सत्यता अभ्यास गर्ने हरेक कार्य गर्दा, तिनीहरूको भ्रष्ट स्वभाव अलिकति फालिन्छ, र सत्यता अझ बढी अभ्यास गर्दा तिनीहरूको भ्रष्ट स्वभाव पनि अझ बढी फालिन्छ। यो एउटा प्राकृतिक नियम हो। यदि मानिसहरूले आफूले भ्रष्ट स्वभाव प्रकाश गरिरहेको देखेर त्यसलाई आत्मसंयमता र सहनशीलताको भरमा हल गर्न खोज्छन् भने, के तिनीहरू सफल हुनेछन्? त्यो सजिलो हुनेछैन। यदि तिनीहरूले त्यसलाई त्यो तरिकाले समाधान गर्न सक्थे भने, परमेश्वरले आफ्नो न्याय र सजायको काम गर्नु नै पर्थेन। व्यक्तिले भ्रष्ट स्वभाव समाधान गर्न, परमेश्वरमा, उहाँप्रतिको प्रार्थनामा, सत्यताको खोजीमा र आत्मचिन्तनमार्फत आफूलाई चिन्नमा, अनि पवित्र आत्माको काममा भर पर्नैपर्छ। यसलाई त्यसैले नै बिस्तारै समाधान गर्न सक्छ। यदि मानिसहरू सहकार्य गर्दैनन्, आत्म-चिन्तन गर्न जान्दैनन्, सत्यता स्विकार्न सक्दैनन्, आफ्नो भ्रष्ट स्वभाव चिन्दैनन्, तिनीहरूमा पश्चात्तापको कमी हुन्छ अनि तिनीहरू देह र शैतानलाई घृणा गर्दैनन् भने, तिनीहरूको भ्रष्ट स्वभाव आफै फालिनेछैन। पवित्र आत्माको सबैभन्दा अद्भुत काम यहीँ हुन्छ; मानिसहरूमा सत्यताको प्यास भए सम्म र तिनीहरूले आफ्नो स्वभाव परिवर्तन पछ्याए सम्म, परमेश्वरले तिनीहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। मानिसहरूले थाहै नपाइ सत्यता पनि बुझ्नेछन् र सँगसँगै आफूलाई पनि चिन्न सक्नेछन्, र यो अवस्थामा, सत्यतालाई प्रेम गर्न र त्यसको तृष्णा गर्न थाल्नेछन्। तिनीहरूले हृदयबाटै शैतानको प्रकृति र स्वभावलाई घृणा गर्न सक्नेछन्, जसले गर्दा तिनीहरूलाई देहविरुद्ध विद्रोह गर्न अनि सत्यता अभ्यास गर्न झन् सजिलो हुनेछ। त्यस अवस्थामा, तिनीहरूको भ्रष्ट स्वभाव अलिअलि गर्दै परिवर्तन हुनेछ, र तिनीहरूमा परमेश्वरविरुद्ध कुनै विद्रोहीपन बाँकी रहनेछैन; तिनीहरू कुनै व्यक्ति, घटना, वा वस्तुद्वारा बाधित नभई उहाँप्रति पूर्णतया समर्पित हुन सक्नेछन्। यो तिनीहरूको जीवन स्वभावमा आउने पूर्ण रूपान्तरण हो।
अंश ५२
कतिपय मानिस आफ्ना कर्तव्यहरूमा कहिल्यै सत्यता खोज्दैनन्। तिनीहरू केवल आफ्नै विचार र कल्पनाहरूअनुसार काम गर्छन्, र तिनीहरू निरन्तर स्वेच्छाचारी र लापरवाह हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्ने मार्गमा पटक्कै हिँड्दैनन्। “स्वेच्छाचारी र लापरवाह” हुनु भनेको के हो? यसको अर्थ कुनै समस्या सामना गर्नुपर्दा, सोच्ने वा सत्यता खोज्ने कुनै प्रक्रियाविना, तँलाई जे ठीक लाग्छ त्यहीअनुसार काम गर्नु हो। अरू कसैले सही कुरा भने पनि, यसले तेरो मन छुन वा तेरो मन बदल्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिदिँदा समेत, तँ यसलाई स्वीकार गर्न मान्दैनस्। तँ आफ्नै रायहरूमा अडिग रहन्छस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूलाई पक्रिरहन्छस्। तेरा विचारहरू सही नै भए पनि, तैँले अरू मानिसहरूका रायहरूलाई पनि ख्याल गर्नुपर्छ। के यी रायहरूलाई पटक्कै ख्याल नगर्नु अत्यन्तै आत्म-धर्मी हुनु होइन र? अत्यन्तै आत्म-धर्मी र मनमानी गर्ने मानिसहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुँदैन। मानौँ तँ कुनै गल्ती गर्छस्, र सत्यताअनुसार काम नगरेकोमा अरूले तेरो आलोचना गर्छन्, अनि तँ, “म त्यस्तो नभए पनि, म यसरी नै काम गर्नेछु” भनेर जबाफ दिन्छस्, र तिनीहरूलाई तैँले गरिरहेको काम उपयुक्त छ भनी सोच्ने तुल्याउन तँ केही न केही कारण खोज्नतिर पनि लाग्छस्। तिनीहरू तेरा कार्यहरू अवरोध पुर्याउने खालका छन् र तिनले मण्डलीको कामलाई हानि पुर्यानेछन् भन्दै तँलाई हप्काउँछन्, तर तँ तिनीहरूको कुरा सुन्नु त परै जाओस्, बरु उल्टै “मलाई यो नै सही तरिका हो जस्तो लाग्छ, त्यसैले म यसरी नै काम गर्नेछु” भनेर तर्क गरिरहन्छस्। यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्कारी प्रकृतिले तँलाई मनमानी गर्ने बनाउँछ। तँसँग अहङ्कारी प्रकृति छ, त्यसैले तँ कसैले भनेको कुराको वास्ता नगरी, स्वेच्छाचारी र लापरवाह तरिकाले व्यवहार गर्छस्। त्यसोभए, तँ आफ्नो स्वेच्छाचारिता र लापर्बाहीलाई कसरी समाधान गर्छस्? उदाहरणका लागि, मानौँ तँलाई केही आइपर्छ र तँसँग आफ्नै विचार र योजनाहरू रहेका छन्। के गर्ने भनेर तय गर्नुअघि, तैँले सत्यता सिद्धान्तहरू खोज्नैपर्छ, र त्यस विषयमा आफ्नो विचार र विश्वासबारे कम्तीमा अरूसँग सङ्गति गर्नुपर्छ, तिनीहरूलाई तेरा विचारहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनी बताउन, र तेरा लागि कुराहरू जाँच्न भन्नुपर्छ। स्वेच्छाचारिता र लापर्बाहीलाई समाधान गर्ने यो सबैभन्दा राम्रो विधि हो। पहिले, तैँले आफ्ना दृष्टिकोणहरू प्रकाश पार्न र सत्यता खोज्न सक्छस्—यो नै स्वेच्छाचारिता र लापर्बाहीलाई समाधान गर्ने अभ्यासको पहिलो चरण हो। दोस्रो चरणमा, जब अरूले फरक-फरक रायहरू राख्छन्, तब तैँले मनमानी वा लापरवाह रूपमा काम नगर्नका लागि कसरी अभ्यास गर्नुपर्छ? सुरुमा त तँ विनम्र हुनैपर्छ, तैँले आफूलाई सही लाग्ने कुरालाई पन्छाउनुपर्छ, र सबैलाई सङ्गति गर्न दिनुपर्छ। तँलाई आफू सही छु भन्ने लागे पनि, तैँले आफ्नै दृष्टिकोणहरूमा जिद्दी गर्नु हुँदैन। यो प्रगति हो। यसले सत्यता खोज्ने मनोवृत्ति, र आफैलाई नकार्ने र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्ने मनोवृत्ति देखाउँछ। जब तँमा यस्तो मनोवृत्ति हुन्छ, तब आफ्नै रायहरूमा अडिग नरहनुका साथै, तैँले प्रार्थना गर्नुपर्छ, परमेश्वरबाट सत्यता खोज्नुपर्छ, परमेश्वरका वचनहरूमा एउटा आधार खोज्नुपर्छ, र परमेश्वरका वचनहरूका आधारमा कसरी काम गर्ने भन्ने कुरा तय गर्नुपर्छ। यो नै अभ्यास गर्ने सबैभन्दा उपयुक्त र सटीक तरिका हो। यदि मानिसहरूले सत्यता खोज्न र सबैले सङ्गति गर्न साथै खोज्नका लागि कुनै समस्या अगाडि ल्याउन सक्छन् भने, यस समयमा पवित्र आत्माले अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ। परमेश्वरले सिद्धान्तहरूअनुसार मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ—उहाँले तेरो मनोवृत्ति हेर्नुहुन्छ। तेरा दृष्टिकोणहरू सही वा गलत जे भए पनि यदि तँ जिद्दीपूर्वक आफ्नै कुरामा अडिग रहन्छस् भने, परमेश्वरले तँबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तँलाई बेवास्ता गर्नुहुनेछ। उहाँले तँलाई प्रकाश गर्नका लागि तँलाई गतिरोधमा पुर्याउनुहुनेछ, र तेरो कुरूपताको खुलासा गर्नुहुनेछ। अर्कोतर्फ, यदि तँसँग सही मनोवृत्ति छ—न त आफ्नै दृष्टिकोणहरूमा अड्डी कस्ने न त आत्म-धर्मी, स्वेच्छाचारी, वा लापरवाह हुने खालको छ—तँसँग सत्यता खोज्ने र स्वीकार गर्ने मनोवृत्ति छ, र तँ सबैसँग सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमाझ काम गर्नुहुनेछ, र उहाँले तँलाई कसैका शब्दहरूमार्फत ज्योति देखाउन सक्नुहुन्छ। कहिलेकाहीँ, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिँदा, उहाँले तँलाई थोरै मात्र शब्द वा वाक्यांशमार्फत, वा कुनै विचार प्रदान गरेर कुनै मामलाको चुरो बुझाउनुहुन्छ। तँ त्यही क्षण होसमा आउँछस् र तैँले पक्रिरहेको कुरा गलत रहेको महसुस गर्छस्, र, साथसाथै, तैँले काम गर्ने सबैभन्दा उपयुक्त तरिका पनि बुझ्छस्। यस्तो स्तरमा पुगेपछि, के तँ दुष्टता गर्नबाट जोगिएको, र साथसाथै गल्तीको परिणाम भोग्नबाट जोगिएको छैनस् र? के यो परमेश्वरको सुरक्षा होइन र? (हो।) यो कसरी हासिल गरिन्छ? यो तब मात्र हासिल हुन्छ जब तँसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ, र जब तँ समर्पणको हृदयले सत्यता खोज्छस्। तैँले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ र त्यसले परमेश्वरका अभिप्रायहरू पूरा गर्नेछ। तैँले यस तरिकाले सत्यता अभ्यास गर्न सक्नु निर्णायक रूपमा के कुरामा भर पर्छ? मुख्य रूपमा, यो तँसँग सही अभिप्राय र मनोवृत्ति हुनुमा भर पर्छ। यो अत्यन्तै महत्त्वपूर्ण छ। पवित्र आत्माले काम गर्नुहुँदा, उहाँ मानिसका अभिप्राय र मनोवृत्तिहरू छानबिन गर्नुहुन्छ, र उहाँ यी तत्त्वहरूका आधारमा मानिसहरूलाई अन्तर्दृष्टि दिने कि नदिने वा अगुवाइ गर्ने कि नगर्ने भनी निर्णय गर्नुहुन्छ। यदि मानिसहरूले परमेश्वरको काम बुझ्न र यो मामिलालाई प्रस्टसित देख्न सक्छन् भने, तिनीहरूलाई कसरी परमेश्वरलाई प्रार्थना गर्ने र सत्यता खोज्ने भनी थाहा हुनेछ। के तिमीहरूले यसलाई प्रस्टसित देख्न सक्छौ? मानिसहरू प्रायः दुष्टता नगर्ने र सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार कार्य गर्न सक्ने बिन्दुमा पुग्ने इच्छा गर्छन्। तर यो सत्यताप्रति मानिसहरूको मनोवृत्तिमा र तिनीहरूसँग परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने हृदय छ कि छैन भन्ने कुरामा भर पर्छ। यदि तँ आफ्ना व्यक्तिगत अभिप्रायहरू त्याग्न र परमेश्वरप्रति समर्पणताको मानसिकता राख्न, निष्कपट रूपमा परमेश्वरलाई प्रार्थना र उहाँको खोजी गर्न सक्छस् भने, तँलाई परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न लामो समय लाग्नेछैन। तँलाई सत्यताका सिद्धान्तहरू के हुन् र मुख्य बुँदाहरू कहाँ छन् भनेर बुझाउन परमेश्वरले केही विधिहरू प्रयोग गर्नुहुनेछ। जब तँ प्रार्थना गर्छस् र परमेश्वरबाट खोजी गर्छस्, तब तँसँग सही मानसिकता भएको र तँ निष्कपट भएको खण्डमा, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। एउटै मात्र चिन्ताको विषय भनेको मानिसहरू साँचो रूपमा सत्यता खोजिरहेका हुँदैनन् तर अरूलाई देखाउनका लागि झारा टार्ने र औपचारिकता पूरा गर्ने काम मात्र गरिरहेका हुन्छन्। तसर्थ, तिनीहरूले परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछैनन्। यदि तेरो मनोवृत्ति आफ्नै दृष्टिकोणहरूमा अड्डी कस्ने, सत्यतालाई अस्वीकार गर्ने, अरू कसैको राय स्वीकार नगर्ने, सत्यता नखोज्ने, आफैलाई मात्र विश्वास गर्ने, र आफूले चाहेको कुरा मात्रै गर्ने हो भने—यदि परमेश्वरले जे गर्दा पनि वा जे माग गर्दा पनि तेरो मनोवृत्ति यस्तै हो भने—परमेश्वरले के गर्नुहुनेछ? परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन र तँलाई पन्छ्याइदिनुहुनेछ। के तँ मनमानी गर्दैनस् र? के तँ अहङ्कारी होइनस् र? के तँ सधैँ आफूलाई सही ठान्दैनस् र? यदि तँमा समर्पण छैन, यदि तँ कहिल्यै खोजी गर्दैनस्, र यदि तेरो हृदय परमेश्वरप्रति पूर्ण रूपमा बन्द र प्रतिरोधी छ भने, परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन। यस्तो किन हुन्छ? तेरो हृदय परमेश्वरप्रति बन्द भएको हुनाले, यदि परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुभयो भने, के तैँले यसलाई स्वीकार गर्नेथिस्? यदि परमेश्वरले तँलाई हप्काउनुभयो भने, के तैँले यो महसुस गर्नेथिस्? जब मानिसहरू हठी हुन्छन्, जब तिनीहरूको शैतानी प्रकृति र पशुत्व ह्वात्तै प्रकट हुन्छ, तब तिनीहरूले परमेश्वरले गर्ने कुनै पनि कुरा महसुस गर्दैनन् र त्यसले कुनै फाइदा गर्दैन। त्यसकारण, परमेश्वरले त्यस्तो व्यर्थको काम गर्नुहुन्न। यदि तँसँग यस प्रकारको जिद्दीपूर्ण प्रतिरोधी मनोवृत्ति छ भने, परमेश्वर तँबाट लुक्नु मात्रै हुनेछ। परमेश्वरले अनावश्यक कामकुरा गर्नुहुनेछैन। जब तँ यति जिद्दीपूर्ण रूपमा प्रतिरोधी र यति बन्द हुन्छस्, तब परमेश्वरले कहिल्यै तँभित्र जबरजस्ती केही पनि गर्नुहुनेछैन वा तँमाथि जबरजस्ती केही पनि लाद्नुहुनेछैन। उहाँले तँलाई अनवरत रूपमा प्रेरणा र अन्तर्दृष्टि दिइरहनुहुनेछैन। परमेश्वरले यसरी काम गर्नुहुन्न। यस्तो किन हुन्छ? किनभने मुख्यतया परमेश्वरले तँमा कुनै एक प्रकारको स्वभाव देख्नुभएको छ, एउटा यस्तो पशुत्व जुन सत्यताप्रति वितृष्ण हुन्छ र कुनै तर्क सुन्दैन। के तँलाई कुनै जङ्गली जनावरको पशुत्व ह्वात्तै प्रकट हुँदा मानिसहरूले त्यसलाई नियन्त्रण गर्न सक्छन् भन्ने लाग्छ? के त्यसलाई चिच्याएर र कराएर केही हुन्छ? के त्योसँग तर्क गर्ने प्रयास गर्दा वा त्यसलाई सान्त्वना दिँदा कुनै फाइदा हुन्छ? के मानिसहरू त्यसको नजिक जाने आँट गर्छन्? त्यस्तो प्राणीलाई वर्णन गर्ने एउटा उचित तरिका छ: यो कुनै तर्क सुन्दैन। जब तेरो पशुत्व ह्वात्तै प्रकट हुन्छ र तँ समझको प्रतिरोध गर्छस्, तब परमेश्वरले के गर्नुहुन्छ? परमेश्वरले तँलाई ध्यानै दिनुहुन्न। यदि तँ तर्क सुन्नै चाहँदैनस् भने परमेश्वरले भन्न बाँकी के नै रहन्छ र? तँलाई त्योभन्दा बढी केही भन्नु बेकार हुनेछ। जब परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुन्न, तब तैँले आशिष् पाउँछस् कि प्रकोप भोग्छस्? के तैँले केही लाभहरू प्राप्त गर्छस् कि घाटा बेहोर्छस्? तैँले अवश्य घाटा बेहोर्नेछस्। अनि यो कसको कारणले गर्दा भएको हो? (हाम्रो कारणले।) तेरो कारणले गर्दा भएको हो। कसैले पनि तँलाई यस्तो व्यवहार गर्न जबरजस्ती गरेको थिएन, र पनि तँ दुखी छस्। के यो तँ आफैले निम्त्याएको होइनस् र? परमेश्वरले तँलाई कुनै ध्यान दिनुहुन्न, तँ परमेश्वरको अनुभूति गर्न सक्दैनस्, तेरो हृदय अन्धकारमा छ, र तेरो जीवनले घाटा बेहोर्छ। यो तँ आफैले निम्त्याएको होस्, र तँ यसैको लायक छस्।
कुनै मामला सामना गर्दा, यदि मानिसहरू ज्यादै मनमानी गर्छन् र सत्यता नखोजी सधैँ आफ्नै विचारहरूमा अड्डी कस्छन् भने, यो निकै खतरनाक हो। परमेश्वरले यी मानिसहरूलाई तिरस्कार गर्नुहुनेछ र पन्छ्याइदिनुहुनेछ। यसको परिणाम के हुनेछ? त्यस्ता मानिसहरू हटाइने खतरामा हुन्छन् भनेर निश्चित रूपमा भन्न सकिन्छ। तर, सत्यताको खोजी गर्नेहरूले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्, र फलस्वरूप, तिनीहरूले परमेश्वरको आशिष् प्राप्त गर्छन्। सत्यता खोज्ने र सत्यता नखोज्ने दुई फरक मनोवृत्तिहरूले तँमा दुई फरक स्थितिहरू र दुई फरक परिणामहरू निम्त्याउन सक्छन्। तिमीहरूलाई कस्तो खालको नतिजा मन पर्छ? (मलाई परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न मन पर्छ।) यदि मानिसहरूले परमेश्वरबाट अन्तर्दृष्टि पाउन र परमेश्वरद्वारा मार्गदर्शित हुन, अनि परमेश्वरको अनुग्रह प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूमा कस्तो मनोवृत्ति हुनैपर्छ? तिनीहरू खोजी गर्ने र समर्पणको मनोवृत्ति बोकेर बारम्बार परमेश्वरसामु आउनैपर्छ। चाहे तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको होस्, अरूसँग अन्तरक्रिया गरिरहेको होस्, वा तँलाई आइपरेको कुनै खास समस्या सम्हालिरहेको होस्, तँसँग खोजी गर्ने र समर्पणको मनोवृत्ति हुनैपर्छ। यस प्रकारको मनोवृत्ति छ भने, तँसँग केही मात्रामा परमेश्वरको डर मान्ने हृदय छ भन्न सकिन्छ। सत्यता खोज्न र सत्यताप्रति समर्पित हुन सक्नु नै परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग हो। यदि तँमा खोजी गर्ने र समर्पणको मनोवृत्तिको कमी छ, र त्यसको सट्टा तँ आफ्नै विचारहरूमा अड्डी कस्छस्, जिद्दीपूर्ण रूपमा प्रतिरोधी छस्, र तँ सत्यता स्वीकार गर्न मान्दैनस् र सत्यताप्रति वितृष्ण छस् भने, तैँले स्वाभाविक रूपमा धेरै दुष्टता गर्नेछस्। तैँले त्यसलाई रोक्न सक्नेछैनस्! यदि तैँले यसलाई समाधान गर्न कहिल्यै सत्यता खोजिनस् भने, यसको अन्तिम परिणाम भनेको तैँले जतिसुकै अनुभव गरे पनि, तँ जतिसुकै परिस्थितिहरूमा परे पनि, र परमेश्वरले तेरा लागि जतिसुकै पाठहरू खडा गर्नुभए पनि, तैँले सत्यता बुझ्नेछैनस्, र तँ अन्ततः सत्यता वास्तविकतामा प्रवेश गर्न असमर्थ नै रहनेछस्। यदि तँसँग सत्यता वास्तविकता छैन भने, तँ परमेश्वरको मार्ग पछ्याउन असमर्थ हुनेछस्, र यदि तँ कहिल्यै परमेश्वरको मार्ग पछ्याउन सक्षम हुँदैनस् भने, तँ परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होइनस्। मानिसहरू सधैँ आफूले आफ्ना कर्तव्यहरू निर्वाह गर्न र परमेश्वरलाई पछ्याउन चाहने भन्छन्। के यी सरल कुराहरू हुन्? बिलकुलै होइनन्। यी कुराहरू मानिसहरूको जीवनमा अत्यन्तै महत्त्वपूर्ण छन्! परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु, वा परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न पुग्नु सजिलो छैन। तर म तिमीहरूलाई एउटा अभ्यासको सिद्धान्त बताउनेछु: यदि तँलाई केही आइपर्दा तँ खोजी गर्ने र समर्पणको मनोवृत्ति राख्छस् भने, यसले तँलाई सुरक्षा दिनेछ। अन्तिम लक्ष्य तँ सुरक्षित हुनु होइन। त्यो त तँलाई सत्यता बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्षम तुल्याउनु हो। अन्तिम लक्ष्य यही हो। यदि तैँले यो मनोवृत्तिका साथ सबै कुरा अनुभव गरिस् भने, तँलाई परमेश्वरका अभिप्रायहरू पूरा गर्न आफ्नो कर्तव्य निर्वाह गर्नु एउटा खोक्रो वाक्यांश र नारा हो भन्ने लाग्न छोड्नेछ। त्यो अब त्यति सकसपूर्ण लाग्नेछैन। यसबाहेक, तैँले थाहै नपाई धेरै वटा सत्यता बुझ्न पुग्नेछस्। यदि तैँले यसरी कामकुरा अनुभव गर्ने प्रयास गरिस् भने, तैँले पक्कै पनि इनामहरू प्राप्त गर्नेछस्। व्यक्ति जोसुकै भए पनि, र उसको उमेर, शिक्षा, उसले परमेश्वरमा विश्वास गरेको समय, वा उसले निर्वाह गर्ने कर्तव्यहरूका बाबजुद, यदि उसमा खोजी गर्ने र समर्पणको मनोवृत्ति छ भने—यदि ऊ यसरी कामकुराहरू अनुभव गर्छ भने—अन्ततः ऊ अवश्यै सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछ। तर, यदि तँलाई आइपर्ने सबै कुरामा तँसँग खोजी गर्ने वा समर्पणको मनोवृत्ति छैन भने, तँ सत्यता बुझ्न सक्षम हुनेछैनस्, न त तँ सत्यता वास्तविकतामा प्रवेश गर्न नै सक्षम हुनेछस्। कहिल्यै सत्यता नबुझ्ने र कहिल्यै सत्यता वास्तविकताभित्र प्रवेश गर्न नसक्ने मानिसहरू यस्तो सोच्छन्, “सत्यता के हो र धर्मसिद्धान्तहरू के हुन्? सत्यता वास्तविकता के हो र सत्यता वास्तविकता नहुनु भनेको के हो? म त्यो किन बुझ्दिनँ?” तिनीहरू प्राय प्रवचनहरू सुन्छन् र सत्यताबारे सङ्गति गर्छन्, तिनीहरू चाँडै उठ्छन् र परमेश्वरका वचनहरू पढ्छन्, धेरै सुन्छन्, धेरै सिक्छन्, धेरै लेख्छन्, अनि ढिला सुत्छन्। तिनीहरू आफूले सुनेका सुधारात्मक कुराहरूलाई नोटबुकमा टिपोट गर्छन्, र थुप्रै पुस्तकहरू भर्छन्। तिनीहरूले निकै प्रयत्न गरेका हुन्छन्, तर दुर्भाग्यवश, कहिल्यै सत्यता बुझ्दैनन्। अन्ततः तिनीहरूले सत्यता अत्यन्तै गहन भएको अनुभूति गर्छन्। तिनीहरूले थुप्रै वर्षसम्म सुनेपछि, केही धर्मसिद्धान्तहरू बुझ्छन्, तर तिनलाई व्यवहारमा लागू गर्न किन सक्दैनन्? मामिलाहरू सामना गर्दा तिनीहरू किन अलमल्ल पर्छन्? तिनीहरूले सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने कुरालाई निकै अमूर्त ठान्छन् र यी कुराहरू हासिल गर्न धेरै कठिन भएको अनुभूति गर्छन्। खासमा, तिनीहरूले यसलाई गलत बुझेका छन्। परमेश्वरमा विश्वास गर्नु र सत्यता बुझ्नु भनेको घुमाउरो तरिकामा बोल्नु र केही शब्द र धर्मसिद्धान्तहरूबारे बोल्न सक्नु मात्र होइन—त्यसको सार यो होइन। परमेश्वरप्रतिको विश्वासले सत्यता अभ्यास गर्नु र सत्यता अभ्यास गर्दा सिद्धान्तहरू बोध गर्न सक्नुमा सबैभन्दा बढी जोड दिन्छ। सत्यता अभ्यास गर्नु भनेको के हो र सिद्धान्तहरूद्वारा मामिलाहरू सम्हाल्नु भनेको के हो भन्ने कुरा बुझेर मात्र व्यक्तिले सत्यता बुझ्छ वा ऊ वास्तविकतामा प्रवेश गरेको छ भन्न सकिन्छ। सत्यता अभ्यास गर्न र वास्तविकताभित्र प्रवेश गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
अंश ५३
मानिसहरूले आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारी लिँदैनन्, झारा टार्ने किसिमले कर्तव्य निभाउँछन्, सधैँ हुन्छ मानिसलाई रिझाउने शैलीमा काम गर्छन्, र परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनन् भने, त्यो कस्तो स्वभाव हो? यो धूर्तता हो, शैतानको स्वभाव हो। मानिसको संसारसँग व्यवहार गर्ने दर्शनको सबैभन्दा प्रमुख पक्ष भनेको धूर्तता हो। मानिसहरूलाई के लाग्छ भने यदि तिनीहरू धूर्त बनेनन् भने, तिनीहरूले अरूलाई रिस उठाउने सम्भावना हुन्छ र तिनीहरूले आफूलाई रक्षा गर्न सक्दैनन्; तिनीहरू अरू कसैलाई चोट पुर्याउने वा चिढ्याउने कार्य नगर्ने हदसम्मको धूर्त हुनुपर्छ, यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न, आफ्नो रोजी-रोटीलाई सुरक्षा गर्न, र अरू मानिसहरूमाझ दह्रिलो आधार बनाउन सक्छन् भन्ने तिनीहरूलाई लाग्छ। गैरविश्वासीहरू सबै नै शैतानका दर्शनहरूअनुसार जिउँछन्। तिनीहरू सबै अरूलाई रिझाउने र कसैलाई नचिढ्याउने हुन्छन्। तँ परमेश्वरको घरमा आएको छस्, तैँले परमेश्वरको वचन पढेको, र परमेश्वरको घरका प्रवचनहरू सुनेको छस्, तैपनि किन तँ सत्यता अभ्यास गर्न, हृदयबाट बोल्न, र इमानदार व्यक्ति बन्न सक्दैनस्? किन तँ सधैँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुन्छस्? सधैँ मान्छे खुसी पारिहिँड्ने व्यक्तिहरूले आफ्नै हित रक्षा गर्छन्, मण्डलीका हित रक्षा गर्दैनन्। कसैले दुष्कर्म गरिरहेको र मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। तिनीहरू सधैँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्न चाहन्छन्, र कसैलाई चिढ्याउन चाहँदैनन्। यो गैरजिम्मेवार कार्य हो, र त्यस्ता मानिसहरू अत्यन्तै छली र अविश्वासीला हुन्छन्। आफ्नै आडम्बर र इज्जतको रक्षा गर्न, र आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न, कतिपय मानिस अरूलाई मद्दत गर्न पाउँदा खुसी हुन्छन्, र आफ्ना साथीहरूका लागि गोली खान तयार हुन्छन्, तिनीहरूका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन्। तर तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्नुपर्ने, सत्यता कायम राख्नुपर्ने, र न्याय कायम राख्नुपर्ने बेलामा, तिनीहरूको सद्भावना हराउँछ, र यो पूर्ण रूपमा गायब हुन्छ। जब तिनीहरूले सत्यता अभ्यास गर्नुपर्ने हुन्छ, तब तिनीहरू यसलाई पटक्कै अभ्यास गर्दैनन्। के भइरहेको छ? आफ्नै मर्यादा र इज्जतको रक्षा गर्न, तिनीहरूले जस्तोसुकै मूल्य चुकाउनेछन् र जस्तोसुकै दुःख सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र वास्तविक मामलाहरू सम्हाल्नुपर्ने, मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्ने, अनि परमेश्वरका चुनिएका मानिसहरूको रक्षा गर्नुपर्ने र तिनीहरूलाई भरणपोषण गर्नुपर्ने हुन्छ, तब जस्तोसुकै मूल्य चुकाउने र जस्तोसुकै दुःख सहने त्यो शक्ति किन हराउँछ? यो अकल्पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् भनेर म किन भन्छु? किनभने जब-जब कुनै कुरा सत्यता अभ्यास गर्ने, परमेश्वरको साक्षी दिने, शैतानका षड्यन्त्रहरूविरुद्ध लड्ने, वा मण्डलीको कामको रक्षा गर्ने र परमेश्वरका चुनिएका मानिसहरूलाई सुरक्षा दिनेसँग सम्बन्धित हुन्छ, तब तिनीहरू त्यसबाट भाग्छन् र तर्किन्छन्, र कुनै पनि उचित मामला सम्हाल्दैनन्। तिनीहरूको वीरता र तिनीहरूको दुःख सहने जोस कहाँ गयो? तिनीहरू यी कुराहरूलाई कहाँ लागु गर्छन्? यो कुरा प्रस्टै देखिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र नीच हुनु हुँदैन र आफ्नै रक्षा गर्ने कोसिस गर्नु हुँदैन, र मण्डलीको कामको रक्षा गर्नुपर्छ भन्दै हप्काए पनि, तिनीहरू खासै वास्ता गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, “म ती कुराहरू गर्दिनँ, र ती कुराहरूसँग मेरो कुनै सरोकार छैन। त्यसले मेरो ख्याति, प्राप्ति, र हैसियतको पछ्याइमा के फाइदा गर्छ र?” तिनीहरू सत्यता पछ्याउने मानिस होइनन्। तिनीहरू ख्याति, प्राप्ति, र हैसियत पछ्याउन मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले सुम्पनुभएको काम पटक्कै गर्दैनन्। त्यसैले, जब मण्डलीको काममा तिनीहरूको आवश्यकता पर्छ, तब तिनीहरू भागिहाल्छन्। यसको अर्थ के हो भने, तिनीहरू हृदयमा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, र सत्यतामा रुचि राख्दैनन्। यो सत्यतादेखि वितृष्ण हुने कुराको प्रस्ट प्रकटीकरण हो। सत्यतालाई प्रेम गर्ने र सत्यता वास्तविकता भएकाहरू मात्रै परमेश्वरको घरको कामलाई आवश्यक पर्दा र परमेश्वरका चुनिएका मानिसहरू खाँचोमा पर्दा अघि सर्न सक्छन्, साहसका साथ र कर्तव्यनिष्ठ भई परमेश्वरको साक्षी दिन र सत्यता सङ्गति गर्न खडा हुन सक्छन्, परमेश्वरका चुनिएका मानिसहरूलाई सही मार्गमा मार्गदर्शन गर्न सक्छन्, जसले उनीहरूलाई परमेश्वरको कामप्रति समर्पण हासिल गर्न सक्षम बनाउँछ। यो मात्रै जिम्मेवारीको मनोवृत्ति र परमेश्वरका अभिप्रायको ख्याल गर्नुको एउटा प्रकटीकरण हो। यदि तिमीहरूमा यस्तो मनोवृत्ति छैन, र तिमीहरू केवल झारा टार्छौ, अनि “म मेरो आफ्नै कर्तव्यको दायराका कुराहरू गर्नेछु, तर अरू कुनै कुराको बारेमा मलाई केही मतलब छैन। यदि तिमीले मलाई केही कुराको बारेमा सोध्यौ भने, म तिमीलाई उत्तर दिनेछु—यदि म राम्रो मनस्थितिमा छु भने मात्रै त्यसो गर्नेछु। अन्यथा, त्यसो गर्नेछैन। मेरो मनोवृत्ति यही हो” भनेर सोच्छौ भने, यो भ्रष्ट स्वभाव हो, होइन र? आफ्नै हैसियत, ख्याति, र अभिमानलाई मात्रै रक्षा गर्नु, अनि आफ्नै चासोहरूसँग सम्बन्धित कुराहरूको मात्रै रक्षा गर्नु—के यो न्यायवान् अभियानलाई रक्षा गर्नु हो र? के त्यो परमेश्वरको घरका हितहरूको रक्षा गर्नु हो? यी तुच्छ, स्वार्थी अभिप्रायहरूपछाडि सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ। तिमीहरूमध्ये अधिकांशले प्राय यस्तै व्यवहार गर्छौ, अनि जब परमेश्वरको घरका हितहरूको कुरा उठ्छ, तब तिमीहरू “मैले त देखिनँ,” वा “मलाई त थाहै भएन,” वा “मैले त सुनेकै छैनँ” भन्दै पन्छिन्छौ। चाहे तँलाई साँच्चै थाहा नभएर होस् वा तैँले बहाना मात्रै गरिरहेको होस्, यदि तँ सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा यस्तो भ्रष्ट स्वभाव प्रकट गर्छस् भने, तँ परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने व्यक्ति होस् कि होइनस् भनेर भन्न गाह्रो छ। मेरो विचारमा, तँ कि त आफ्नो आस्थामा अलमल्ल व्यक्ति होस्, कि त अविश्वासी होस्, तर तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति बिलकुलै होइनस्।
सत्यतादेखि वितृष्ण हुनुको अर्थ तिमीहरूले बुझ्छौ होला, तर सत्यतादेखि वितृष्ण हुनु भनेको एउटा स्वभाव हो भनेर मैलै किन भन्छु? कहिलेकाहीँ, अस्थायी रूपमा हुने प्रकटीकरणहरूसँग स्वभावको कुनै सम्बन्ध हुँदैन, र कहिलेकाहीँ, अस्थायी रूपमा हुने प्रकटीकरणहरूलाई स्वभावको समस्याको रूपमा चित्रण गर्नु पर्याप्त हुँदैन। कुनै व्यक्तिमा जस्तोसुकै भ्रष्ट स्वभाव भए पनि, यो तिनीहरूमा प्रायजसो वा निरन्तर रूपमा समेत प्रकट हुनेछ; जब-जब सही परिस्थितिहरू उत्पन्न हुन्छन् तब यो प्रकट हुनेछ। त्यसकारण, तैँले कसैको कहिलेकाहीँ, अस्थायी रूपमा हुने भ्रष्टताको प्रकटीकरणको आधारमा उसमा मानवता छैन भनेर स्वेच्छाचारी रूपमा चित्रण गर्न मिल्दैन। त्यसोभए, मानवता भनेको के हो? स्वभाव भनेको के हो? स्वभावहरू अभिप्राय र उत्प्रेरणाहरूसँग सम्बन्धित हुन्छन्, र ती व्यक्तिका विचार र दृष्टिकोणहरूसँग सम्बन्धित हुन्छन्। तँलाई ती कुराहरूले तँमाथि प्रभुत्व जमाइरहेका छन् र तँलाई प्रभाव पारिरहेका छन् जस्तो लाग्छ, तर स्वभावहरू लुकेका र गुप्त पनि हुन्छन्, र देखावटी रूपहरूको ओझेलमा परेका हुन्छन्। छोटकरीमा भन्नुपर्दा, जबसम्म तँभित्र कुनै स्वभाव रहन्छ, तबसम्म त्यसले तँलाई हस्तक्षेप गर्नेछ, तँलाई बाँध्नेछ र नियन्त्रण गर्नेछ, अनि तँभित्र थुप्रै व्यवहार र प्रकटीकरणहरू पैदा गर्नेछ—त्यो एउटा स्वभाव हो। सत्यतादेखि वितृष्ण हुने स्वभावले प्रायः कस्ता व्यवहार, सोच, दृष्टिकोण र मनोवृत्तिहरू पैदा गर्दछ? मानिसहरूले देखाउने सत्यताप्रति वितृष्ण हुनुको एउटा मुख्य विशेषता भनेको सकारात्मक कुराहरू र सत्यतामा रुचि नहुनु हो; जब सत्यता अभ्यास गर्ने कुरा आउँछ, तब त्यस्ता मानिसहरूमा कुनै रुचि हुँदैन, तिनीहरू भित्री रूपमा जाँगरहीन महसुस गर्छन्, र सत्यताका लागि प्रयास नै गर्न चाहँदैनन्, तर तिनीहरू आफूलाई ठीकै छ भन्ने सोच्छन्। म एउटा सरल उदाहरण दिनेछु। सुस्वास्थ्यको बारेमा मानिसहरूले प्रायजसो कुरा गर्ने एउटा आम सुझबुझ भनेको धेरै फलफूल र सागसब्जी खानु, हल्का खानेकुरा बढी खानु र मासु कम खानु, र विशेष गरी तारेको खानेकुरा कम खानु हो; यो मानिसहरूको स्वास्थ्य र आरोग्यताका लागि एउटा सकारात्मक मार्गदर्शन हो। कुन कुरा धेरै खाने र कुन कुरा कम खाने भन्ने कुरा सबैले बुझ्न र स्वीकार गर्न सक्छन्। त्यसोभए, के यो स्वीकार सैद्धान्तिक हो कि तथ्यगत हो? (सैद्धान्तिक।) सैद्धान्तिक स्वीकारको प्रकटीकरण के हो? यसको अर्थ आधारभूत स्वीकारोक्ति हुनु हो—यो कथनलाई खुट्ट्याउन तेरो निर्णय गर्ने क्षमता प्रयोग गर्नु, र अन्ततः यो सही वा निकै राम्रो हो भन्ने सोच्नु हो। तर के तँसँग कुनै प्रमाण छ? तँ आफैले यो अनुभव नगरी, कुनै प्रमाण वा आधारविना, र अझै बढी यो कथन सही छ कि गलत छ भनी पुष्टि गर्न अरू कसैका असफलताहरूको सन्दर्भ नलिई वा कुनै उदाहरण नहेरी, तैँले यो दृष्टिकोणलाई स्वीकार गरिस्—यो सैद्धान्तिक स्वीकार हो। तैँले त्यस कुरालाई सैद्धान्तिक वा व्यावहारिक जुन रूपले स्विकारे पनि, तैँले पहिला “बढी सागसब्जी र कम मासु खानु” भन्ने कथन सही र सकारात्मक कुरा हो भनी पुष्टि गर्नैपर्छ। त्यसोभए, सत्यतादेखि वितृष्ण हुने तेरो स्वभाव कसरी देख्न सकिन्छ? तँ आफ्नो जीवनमा यो कथनलाई कसरी लिन्छस् र लागु गर्छस्, त्यो मात्र हेर्; यसले त्यस कथनप्रति तेरो मनोवृत्ति के हो—तैँले त्यसलाई सैद्धान्तिक रूपमा र धर्मसिद्धान्तको हिसाबले स्विकारेको छस् कि तैँले त्यसलाई आफ्नो वास्तविक जीवनमा लागु गरेको र त्यसलाई आफ्नो वास्तविकता बनाएको छस् भन्ने कुरा देखाउँछ। यदि तैँले उक्त कथनलाई धर्मसिद्धान्तको सम्बन्धमा मात्र स्विकारेको छस्, तर तैँले वास्तविक जीवनमा गर्ने कार्य यो कथनसँग पूरै बाझिन्छ, वा तँ यो कथनको वास्तविक कार्यान्वयन बिलकुलै देखाउँदैनस् भने, के तँ यस कथनलाई प्रेम गर्छस्, कि त्यसप्रति वितृष्ण छस्? उदाहरणको लागि, जब तैँले खाइरहेको बेलामा केही सागसब्जी देख्छस्, अनि यस्तो सोच्छस्, “हरियो सागसब्जी मान्छेको स्वास्थ्यको लागि राम्रो हो, तर तिनको स्वाद मिठो हुँदैन, र मासुको स्वाद त्योभन्दा मिठो हुने भएकोले म पहिला अलिकति मासु खानेछु,” र त्यसपछि तँ मासु मात्र खान्छस् र हरियो सागसब्जी नै खाँदैनस्—यसले कस्तो प्रकारको स्वभाव देखाउँछ? यसले सही कथनहरू नस्विकार्ने, सकारात्मक कुराहरूदेखि वितृष्ण हुने, र दैहिक रुचिअनुसार मात्र खान चाहने स्वभाव देखाउँछ। यस प्रकारको खन्चुवा र आनन्दमा लिप्त हुने व्यक्ति पहिल्यै सकारात्मक कुराहरूप्रति निकै वितृष्ण, प्रतिरोधी, र विकर्षित बनेको हुन्छ, र यो एक प्रकारको स्वभाव हो। कसैले यो कथन धेरै ठिक छ भनेर स्विकार्न सक्ला, तर ऊ आफैले त्यो काम गर्न सक्दैन, अनि उसले नसके पनि ऊ अरूलाई त्यसो गर्नू भन्छ; त्यो कुरा धेरै पटक भनेपछि, उक्त कथन उसका लागि सिद्धान्त नै बन्छ, अनि ऊमाथि त्यसको कुनै प्रभाव पर्दैन। त्यो व्यक्तिलाई बढी सागसब्जी खानु राम्रो हो र बढी मासु खानु राम्रो होइन भन्ने कुरा मनमा राम्ररी थाहा हुन्छ, तर उसले यस्तो सोच्छ, “जे परे पर्ला, मैले केही गुमाएको छैनँ। मासु खानु भनेको फाइदा लिनु हो, र मलाई त्यो अस्वस्थकर हो जस्तो लाग्दैन।” उसका लोभ र चाहनाहरूले उसलाई गलत जीवनशैली अपनाउने र निरन्तर सही आम सुझबुझ र सही जीवनशैलीविरुद्ध जाने तुल्याएका छन्। उसमा एउटा त्यस्तो भ्रष्ट स्वभाव छ जसले फाइदा लिने लोभी चाहना राख्छ र दैहिक आनन्दको लालसा गर्छ, त्यसोभए के उसलाई सही कथन र सकारात्मक कुराहरू स्विकार्न सजिलो हुनेछ? बिलकुलै सजिलो हुनेछैन। त्यसोभए के उसको जीवन उसको भ्रष्ट स्वभावद्वारा शासित छैन र? यो उसको भ्रष्ट स्वभावको प्रकाश हो, र यो उसको भ्रष्ट स्वभावको प्रकटीकरण हो। बाहिरी रूपमा प्रकट हुने कुराहरू भनेको यी व्यवहारहरू र एउटा मनोवृत्ति हुन्, तर खासमा, तिनीहरूलाई एउटा स्वभावले शासन गरिरहेको छ। यो कस्तो स्वभाव हो? यो सत्यताप्रति वितृष्ण हुनु हो। सत्यतादेखि वितृष्ण हुने यो स्वभाव पत्ता लगाउन कठिन छ; कसैलाई पनि आफू सत्यतादेखि वितृष्ण छु भन्ने लाग्दैन, तर तिनीहरूले कैयौँ वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि अझै सत्यता अभ्यास गर्न नजान्ने तथ्य तिनीहरू सत्यतादेखि वितृष्ण भएको देखाउन पर्याप्त छ। मानिसहरू यति धेरै प्रवचन सुन्छन् र परमेश्वरका यतिका धेरै वचन पढ्छन्, र परमेश्वर तिनीहरूले हृदयदेखि नै उहाँका वचनहरू स्विकारून् र यी वचनहरूलाई आफ्नो वास्तविक जीवनमा ल्याएर अभ्यास र प्रयोग गरून् भन्ने अभिप्राय राख्नुहुन्छ, ताकि तिनीहरूले सत्यता बुझून् र सत्यतालाई आफ्नो जीवन बनाऊन्। अधिकांश मानिसका लागि यो माग पूरा गर्न कठिन हुन्छ, त्यसैले अधिकांश मानिसमा सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ।
जब कसैले सत्यता बुझ्छ, उसको लागि सत्यता अभ्यास गर्नु कठिन हुँदैन, र सत्यता बुझ्न सक्षम भएपछि, ऊ सत्यताको वास्तविकताभित्र प्रवेश गर्न सक्छ। के व्यक्तिले बुझ्ने सत्यताहरूलाई उसले जिउने वास्तविकताहरूमा परिणत गर्न वास्तवमै त्यति कठिन छ? म एउटा उदाहरण दिनेछु। मानिलिऊँ मौसम चिसो छ र तँ असिनपसिन भएरै घरबाट निस्कन खोज्छस्, अनि तेरी आमाले तँलाई बाहिर जानुअघि पसिना सुक्न दे नत्र तँलाई चिसो लाग्नेछ भन्छिन्। तेरी आमाले तेरो लागि सबैभन्दा राम्रो होस् भन्ने चाहनुहुन्छ भन्ने कुरा तँलाई थाहा छ, तर तैँले उनको सल्लाहलाई गम्भीरतापूर्वक लिँदैनस्, र तँलाई उनको सुझाव सही लागे पनि तैँले त्यसलाई बेवास्ता गर्छस्। तँ असिनपसिन अवस्थामै बाहिर जान्छस्, अनि यसरी बाहिर निस्केपछि कहिलेकाहीँ तँलाई चिसो लाग्छ, तर पनि तँ अर्को पटक फेरि घरबाट निस्कँदा उनको सल्लाहविपरीत जान्छस्। उनको सल्लाह सही छ र तेरो हितमा छ, अनि तेरी आमाको आशय र अभिप्राय सधैँ तेरै राम्रोको लागि हो भन्ने कुरा तँलाई प्रस्ट रूपमा थाहा छ, तर अझै पनि तँ त्यसलाई सुनेको नसुन्यै गर्छस् र सुन्दैनस्—के यो स्वभाव होइन र? यदि तँमा यो स्वभाव थिएन भने, तैँले के गर्ने निर्णय गर्थिस्? (सुन्ने।) तँलाई यो सल्लाहको महत्त्व थाहा हुनेथियो, र तैँले त्यो कुरा नसुन्दा आफूले भोग्न सक्ने परिणाम र पीडा तँलाई थाहा हुनेथियो, अनि तैँले यो सुझावको अर्थ बोध गर्नेथिस् र बुझ्नेथिस्। तैँले कटिबद्ध भएर यो सल्लाहको पालना गर्न सक्नेथिस् र सधैँ पालना गर्नेथिस्, अनि तँलाई चिसो लाग्ने सम्भावना नै हुन्थेन। यो एउटा उदाहरण मात्र हो। यो परमेश्वरमा विश्वास गर्नु, र परमेश्वरका वचनहरू पढ्नु र सुन्नुजस्तै हो, त्यसोभए मानिसहरूले परमेश्वरका वचनहरूलाई कसरी लिनुपर्छ? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। यदि व्यक्तिले सत्यताबमोजिम बोल्छ र ऊ सही छ भने, मानिसहरूले उसका शब्दहरू स्विकारेर लाभ प्राप्त गर्नेछन्। परमेश्वरका वचनहरू सत्यता हुन्, र मानिसहरूले तिनलाई स्विकार्न सकेमा तिनीहरूले लाभ मात्र पाउनेछैनन्, जीवन पनि प्राप्त गर्नेछन्। धेरै मानिसहरू यो कुरा प्रस्ट रूपमा देख्न सक्दैनन्, र परमेश्वरका वचनहरूलाई सधैँ तिरस्कार गर्छन्। परमेश्वरले जे भन्नुभए पनि, चाहे उहाँले मानिसहरूलाई उपदेश दिइरहनुभएको, गाली गरिरहनुभएको, सम्झाइरहनुभएको, ढाडस दिइरहनुभएको वा गम्भीर रूपले बिन्ती गरिरहनुभएको हुनुहोस्, उहाँले जसरी बोल्नुभए पनि तिनीहरूको हृदयलाई जगाउन सक्नुहुन्न। तिनीहरू उहाँका वचनहरूअनुसार कार्य गर्न सक्दैनन्, र तिनलाई सुनेपछि तिनीहरू सुनेको नसुन्यै गर्छन्। यो मान्छेका स्वभावहरूमध्ये एक हो—दुराग्रह र सत्यतादेखि वितृष्ण हुने। यदि तँ परमेश्वरले तँलाई भन्नुहुने कुरा र गर्नू भनेर आदेश दिनुहुने कुरालाई कसरी लिने भन्नेमा परमेश्वरका वचनहरू पछ्याउन सक्दैनस् भने, तैँले यो स्वभाव परिवर्तन गर्न सक्नेछैनस्। परमेश्वरले भन्नुहुने हरेक वचनलाई तैँले जसरी स्विकारे पनि वा आमेन भने पनि, तैँले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा जसरी मौखिक प्रशंसा गरे पनि, त्यो बेकार हो; तैँले परमेश्वरका वचनहरू स्विकार्न सक्नैपर्छ, र परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नैपर्छ, र परमेश्वरका वचनहरूलाई तेरो जीवन र तेरो वास्तविकता बनाउनैपर्छ, त्यो मात्र उपयोगी हुन्छ। उदाहरणको लागि, यदि छली स्वभावको कुनै व्यक्तिले इमानदार हुने र सत्य बोल्ने सङ्कल्प गर्छ भने, उसको लागि यो हासिल गर्न अलि सजिलै हुन्छ, तर परिवर्तन गर्न सबैभन्दा कठिन कुरा सत्यतादेखि वितृष्ण हुने र दुराग्रह हुन्। परमेश्वरले जे भन्नुभए पनि, यस स्वभावका मानिसहरू त्यसलाई आफ्नो हृदयमा गम्भीरतापूर्वक लिँदैनन्, र परमेश्वरले जस्तो मनोवृत्ति अपनाउनुभए पनि, चाहे त्यो चेतावनी दिने, सम्झाउने, उपदेश दिने, वा गम्भीरतापूर्वक बिन्ती गर्ने, तथ्यहरू प्रस्तुत गर्ने वा कामकुराहरूको समाधान खोज्ने जे होस्, त्यसले तिनीहरूको हृदय छुँदैन, र यो निराकरण गर्न कठिन छ। मानिसहरूलाई सत्यतादेखि वितृष्ण हुने स्वभाव चिन्न कठिन हुन्छ, र तिनीहरूले बारम्बार सत्यता खोजी गरेर आफ्नो स्थितिमाथि, आफूले सत्यता स्विकार्न नसक्नुको कारणमाथि, र आफूले बुझ्ने सत्यता अभ्यास गर्न नसक्नुको कारणमाथि चिन्तन गर्नैपर्छ। यदि तिनीहरूले यो समस्या पूर्ण रूपले बुझ्छन् भने, तिनीहरूले सत्यतादेखि वितृष्ण हुनुको अर्थ जान्नेछन्।
मानिसहरूका स्वभावभित्रै केही लुकेको हुन्छ जुन न त रबाफ जमाउने न चाकरी गर्ने मनोवृत्तिको रूपमा आफै प्रकट हुन्छ। तिनीहरूको सोच्ने र आफ्नो कुरा व्यक्त गर्ने आफ्नै शैली हुन्छ, र तिनीहरू त्यसैलाई सबैभन्दा उचित शैली सोच्छन्। अरूले जे भने पनि वा गरे पनि, तिनीहरू उनीहरूबाट प्रभावित हुँदैनन्; तिनीहरूलाई जे कुराले मानिसहरूलाई तिनीहरूको आदर गर्ने तुल्याउनेछ भन्ने लाग्छ तिनीहरू त्यही गर्न लागिपर्छन्, र गर्नुपर्ने सही काम यही हो भनी विश्वास गर्छन्; तिनीहरू सत्यतालाई थोरै पनि स्विकार्दैनन्, तथ्यहरूलाई सही रूपमा सामना गर्न सक्दैनन्, र तिनीहरूमा सत्यताका कुनै सिद्धान्तहरू छैनन्। यो कस्तो स्वभाव हो? यो अहङ्कार र आत्मधार्मिकताको अनि सत्यतादेखि वितृष्ण हुने स्वभाव हो। जो शैतानका मानिस हुन् र सत्यतादेखि वितृष्ण छन् तिनीहरू परमेश्वरका वचन र कार्यहरू सुन्दैनन् र हेर्दैनन्, चाहे परमेश्वरले जतिसुकै बोल्नुहोस् वा गर्नुहोस्। शैतानले परमेश्वरका वचनहरूलाई कहिल्यै सत्यताको रूपमा लिँदैन, त्यसले तिनलाई बेवास्ता गर्छ, मानिसहरूलाई परमेश्वरका वचन र सत्यता स्विकार्न दिँदैन, र मानिसहरूलाई दुबिधामा बहकाउँछ ताकि तिनीहरू त्यसप्रति समर्पित होऊन्—शैतानले यसरी नै परमेश्वरको प्रतिरोध गर्छ। परमेश्वरले मानवजातिलाई मुक्ति दिन, जगाउन र शुद्ध पार्न सत्यता व्यक्त गर्नुहुन्छ, अनि शैतानले परमेश्वरको कामलाई बाधा पुर्याउन र नष्ट पार्न सक्दो प्रयास गर्छ; शैतानले मानवजातिलाई बहकाउनुको उद्देश्य तिनीहरूलाई भ्रष्ट तुल्याउनु र हैरान पार्नु, र अन्ततः खानु र पूरै नष्ट पार्नु हो। उदाहरणको लागि, परमेश्वरले मानवजातिलाई थरीथरीका खानेकुरा दिनुभयो, र उहाँले थरीथरीका अन्न र सागसब्जीका साथै तिनलाई उमार्ने उचित जमिन पनि सृष्टि गर्नुभयो। मानिसहरूले परिश्रम गरे भने, तिनीहरूलाई खान र प्रयोग गर्न पुग्नेछ, अनि तिनीहरूले स्वस्थकर आहारको सुनिश्चितता गर्न सक्नेछ। तर मानिसहरू अतृप्त हुन्छन् र सधैँ धनी हुन चाहन्छन्, र तिनीहरू बाली उब्जनी बढाउन आनुवंशिक परिमार्जनका विधिहरू अनुसन्धान गर्नमा लागिपर्छन्, जसले अन्नबालीको वास्तविक पोषण नष्ट पार्छ, अनि प्राङ्गारिक खानालाई अप्राङ्गारिक बनाउँछ। मानिसहरूले यी कुराहरू खाएपछि, तिनीहरूको शरीरमा थरीथरीका रोगहरू उत्पन्न हुनेछन्—के यो शैतानको काम होइन र? मानिसहरू निश्चित हदसम्म शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र तिनीहरू सबै जीवित शैतान र जीवित दियाबलस बनेका छन्। विगतमा, परमेश्वरको प्रतिरोध गर्ने शैतान र दुष्टात्माहरू मात्र थिए, तर अहिले सम्पूर्ण भ्रष्ट मानवजातिले परमेश्वरको प्रतिरोध गर्छन्। त्यसोभए, के भ्रष्ट तुल्याइएका मानवजातिहरू दियाबलस र शैतानहरू होइनन् र? के तिनीहरू शैतानका सन्तान होइनन् र? (हुन्।) यो शैतानले मानवजातिलाई हजारौँ वर्षसम्म भ्रष्ट तुल्याएको परिणाम हो। तैँले कसरी शैतानी स्वभावलाई चिन्न र छुट्याउन सक्छस्? शैतानलाई जे गर्न मन पर्छ त्यसको आधारमा, साथै यसले काम गर्दा प्रयोग गर्ने विधि र चलाकीहरूको आधारमा बुझ्न सकिन्छ कि यसलाई सकारात्मक कुराहरू कहिल्यै मन पर्दैन, यसलाई दुष्टता मन पर्छ, र यसले सधैँ आफूलाई सक्षम र सबै कुरा नियन्त्रण गर्न सक्ने ठान्छ। यो शैतानको अहङ्कारी प्रकृति हो। त्यही कारणले गर्दा शैतानले नीतिभ्रष्ट तरिकाले परमेश्वरलाई इन्कार, प्रतिरोध, र विरोध गर्छ। शैतान हर नकारात्मक र दुष्ट कुराहरूको प्रतिनिधि र स्रोत हो। यदि तँ यस मामलालाई स्पष्ट रूपमा देख्न सक्छस् भने, तैँले शैतानी स्वभावलाई चिनेको छस्। मानिसहरूले सत्यता स्वीकार र अभ्यास गर्नु त्यति सरल कुरा होइन, किनभने तिनीहरू सबैसँग शैतानी स्वभाव हुन्छ, र तिनीहरू सबै आफ्नो शैतानी स्वभावद्वारा बाधित र बाँधिएका हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूलाई इमानदार व्यक्ति बन्नु राम्रो कुरा हो भन्ने थाहा हुन्छ, र अरूहरू इमानदार बनेको, सत्य कुरा बोलेको, र सरल र खुला मनले बोलेको देख्दा, तिनीहरूलाई डाहा र ईर्ष्या अनुभूति हुन्छ, तर यदि तिनीहरूलाई इमानदार व्यक्ति बन्न अनुरोध गरियो भने, तिनीहरूलाई गाह्रो लाग्छ। तिनीहरू इमानदार शब्दहरू बोल्न र इमानदार कार्यहरू गर्न सधैँभरि असमर्थ हुन्छन्। के यो शैतानी स्वभाव होइन र? तिनीहरूले राम्रो सुनिने कुराहरू बोल्छन्, तर ती अभ्यास गर्दैनन्। यो सत्यताप्रति वाक्क मान्नु हो। सत्यताप्रति वितृष्ण मानिसहरूलाई सत्यता स्वीकार गर्न गाह्रो हुन्छ र तिनीहरू सत्यताका वास्तविकताहरूभित्र कुनै पनि हालतमा प्रवेश गर्न सक्दैनन्। सत्यताप्रति वितृष्ण मानिसहरूको सबैभन्दा प्रस्ट स्थिति भनेको तिनीहरू सत्यता र सकारात्मक कुरामा रुचि राख्दैनन्, साथै तिनीहरू ती कुरादेखि विकर्षित समेत हुन्छन् र तिनलाई घृणा गर्छन्। तिनीहरू विशेष गरी प्रचलनहरू पछ्याउन मन पराउँछन् र परमेश्वरले प्रेम गर्ने कुराहरू र परमेश्वरले मानिसहरूलाई गर्न माग गर्ने कुराहरूलाई तिनीहरू आफ्नो हृदयमा स्वीकार गर्दैनन्। बरु, तिनीहरू ती कुरालाई बेवास्ता गर्छन् र उदासीन बन्छन्, अनि कतिपय मानिसहरूले त परमेश्वरले मान्छेका लागि तोक्नुभएका मापदण्ड र सिद्धान्तहरूलाई प्रायः घृणासमेत गर्छन्। तिनीहरू सकारात्मक कुराहरूप्रति अमन गर्छन्, र तिनीहरू हृदयमा ती कुराप्रति सधैँ प्रतिरोध, विरोध, र अपहेलना महसुस गर्छन्। सत्यताप्रति वितृष्ण हुनुको मुख्य प्रकटीकरण यही हो। मण्डली जीवनमा, परमेश्वरका वचनहरू पढ्नु, प्रार्थना गर्नु, सत्यता सङ्गति गर्नु, कर्तव्य निर्वाह गर्नु, र सत्यताद्वारा समस्याहरू समाधान गर्नु सबै नै सकारात्मक कुरा हुन्, र ती कुराहरूले परमेश्वरलाई प्रसन्न तुल्याउँछन्। तर कतिपय मानिस यी सकारात्मक कुराहरूदेखि विकर्षित हुन्छन्, यी कुरालाई उपेक्षा गर्छन्, र तिनलाई नकार्छन्। सबैभन्दा घृणास्पद कुरा त के हो भने, तिनीहरू इमानदार मानिसहरू, सत्यता पछ्याउनेहरू, अर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्नेहरू, र परमेश्वरको घरको कामको रक्षा गर्नेहरूजस्ता सकारात्मक मानिसहरूप्रति होच्याउने मनोवृत्ति अपनाउँछन्। तिनीहरूले सधैँ यी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने प्रयास गरिरहेका हुन्छन्। यदि तिनीहरूले उनीहरूमा कमीकमजोरी भएको वा भ्रष्टताको प्रकटीकरण भएको थाहा पाए भने, तिनीहरूले यसलाई पक्रन्छन्, र यसलाई ठूलो कुरा बनाउँछन्, र त्यसका लागि निरन्तर रूपमा उनीहरूलाई होच्याउँछन्। यो कस्तो प्रकारको स्वभाव हो? तिनीहरू किन सकारात्मक मानिसहरूप्रति यति शत्रुवत् हुन्छन्? तिनीहरू किन दुर्जन मानिस, अविश्वासी, र ख्रीष्टविरोधीहरूलाई त्यति धेरै मन पराउँछन् र विशेष रूपमा तिनीहरूका आवश्यकताहरू पूरा गरिदिन्छन्, प्राय तिनीहरूसँग मिलेमतो गर्छन् र धेरै समय सँगै बिताउँछन्? जहाँ नकारात्मक र दुष्ट कुराहरूको सवाल आउँछ, तिनीहरू जोसिला र प्रफुल्लित हुन्छन्, तर सकारात्मक कुराहरूका हकमा, तिनीहरू प्रतिरोधी बन्छन्; खास गरी, जब तिनीहरू अरूले सत्यतामा सङ्गति गरेको वा सत्यता प्रयोग गरी समस्याहरू समाधान गरेको सुन्छन्, तब तिनीहरू हृदयमा वितृष्ण र असन्तुष्ट महसुस गर्छन्, र तिनीहरू आफ्नो गुनासो पोखाउँछन्। के यो सत्यताप्रति वितृष्ण हुने स्वभाव होइन र? के यो भ्रष्ट स्वभावको प्रकटीकरण होइन र? त्यस्ता मानिसहरू धेरै छन् जो परमेश्वरमा विश्वास गर्दा केवल उहाँका लागि काम गर्न र उहाँका लागि उत्साहका साथ दौडधुप गर्न, आफ्ना वरदान र सबलताहरू प्रयोग गर्न, अनि आफ्ना रुचिहरू पछ्याउन र आफ्नो प्रदर्शन गर्न मन पराउँछन्। बाहिरी मामलाहरू सम्हाल्ने कुरामा, तिनीहरूसँग सधैँ असीमित ऊर्जा हुन्छ, तर यदि तैँले तिनीहरूलाई सत्यता अभ्यास गर्न र सत्यता सिद्धान्तअनुसार काम गर्न भनिस् भने, तिनीहरू अनुत्साहित हुन्छन् र तिनीहरूको जोस हराउँछ। यदि तिनीहरूलाई आफ्नो रबाफ देखाउन दिइएन भने, तिनीहरू जाँगरहीन र दिक्दार हुन्छन्। आफ्नो प्रदर्शन गर्नलाई किन तिनीहरूमा जोस भएको? अनि सत्यता अभ्यास गर्नलाई चाहिँ किन तिनीहरूसँग कुनै ऊर्जा नभएको? यहाँ समस्या के हो त? सबै मानिस उत्कृष्ट देखिन मन पराउँछन्; तिनीहरू सबै दम्भी हुन्छन्। आशिष् र इनामहरू प्राप्त गर्नका लागि परमेश्वरलाई विश्वास गर्ने क्रममा हरेकसँग अपार ऊर्जा हुन्छ, तर पनि सत्यता अभ्यास गर्ने र देहको विरुद्धमा विद्रोह गर्ने कुरामा तिनीहरू किन जाँगरहीन हुन्छन् र तिनीहरू किन दिक्दार हुन्छन्? किन यस्तो हुन्छ? यसले मानिसहरूको हृदय अशुद्ध छ भन्ने प्रमाणित गर्छ। तिनीहरूले पूर्णतया आशिष्हरू प्राप्त गर्नकै लागि परमेश्वरमा विश्वास गर्छन्—सरल रूपमा भन्दा, तिनीहरूले स्वर्गको राज्यमा प्रवेश गर्नका लागि त्यसो गर्छन्। पछ्याउनका लागि आशिष् वा लाभ नहुँदा, मानिसहरू जाँगरहीन र दिक्दार बन्छन्, र तिनीहरूमा कुनै जोस हुँदैन। यो सबै सत्यताप्रति वितृष्ण हुने भ्रष्ट स्वभावले निम्त्याएको हो। यो स्वभावको नियन्त्रणमा परेपछि, मानिसहरू सत्यता पछ्याउने मार्ग रोज्न अनिच्छुक हुन्छन्, तिनीहरू सबै आ-आफ्नो बाटोमा लाग्छन्, र तिनीहरू गलत मार्ग रोज्छन्। तिनीहरूलाई ख्याति, प्राप्ति र हैसियत पछ्याउनु गलत हो भन्ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू यी कुराहरूविना रहन वा यी कुराहरूलाई पन्छाउन सक्दैनन्, र तिनीहरू अझै तिनकै पछि लाग्छन् र शैतानकै मार्गमा हिँड्छन्। यस्तो अवस्थामा, तिनीहरूले परमेश्वरलाई होइन, शैतानलाई पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने हरेक कुरा शैतानको सेवामा गरिएको हुन्छ, र तिनीहरू शैतानको सेवा गरिरहेका हुन्छन्।
के सत्यतादेखि वितृष्ण हुने भ्रष्ट स्वभावलाई समाधान गर्न सजिलो छ? सत्यतादेखि वितृष्ण हुनु मानवजातिको गहिरो भ्रष्टताको विशेषता हो, र यो परिवर्तन गर्न सबैभन्दा कठिन छ। किनभने सत्यतालाई स्विकारेर मात्र स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ। जसरी निको नहुने रोगले ग्रस्त व्यक्तिले खाना अस्वीकार गर्छ, त्यसरी नै सत्यतादेखि वितृष्ण भएको व्यक्तिले सत्यतालाई सजिलै स्विकार्न सक्दैन। यो निकै खतरनाक हुन्छ, र सत्यतादेखि वितृष्ण भएको व्यक्तिले परमेश्वरमा विश्वास गर्ने भए पनि सजिलै मुक्ति प्राप्त गर्न सक्दैन। यदि कसैले केही वर्षसम्म परमेश्वरमा विश्वास गरेको छ तर उसलाई सत्यता के हो र सकारात्मक कुराहरू के हुन् भनेर थाहा छैन, अनि ऊ मुक्ति प्राप्त गर्न सत्यता पछ्याउनुको जीवनको लक्ष्यबारे स्पष्ट छैन भने, के यो बाटो बिराएको अन्धो मान्छे होइन र? त्यसकारण, सत्यतादेखि वितृष्ण हुनुले सत्यता स्विकार्न असम्भव तुल्याउँछ, र यस प्रकारको भ्रष्ट स्वभाव परिवर्तन गर्न सजिलो छैन। जो मानिसहरू सत्यता स्विकार्ने र सही मार्ग पछ्याउने निर्णय गर्न सक्छन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्, र यस्ता मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरूलाई सजिलै परिवर्तन गर्न सक्छन्। यदि कसैमा सत्यतादेखि वितृष्ण हुने स्वभाव छ, तर उसले हृदयमा अझै पनि परमेश्वरको मुक्ति प्राप्त गर्ने आशा गर्छ भने, उसले कहाँबाट सुरु गर्नुपर्छ? कुन बिन्दुबाट सुरु गर्दा यो सजिलो हुनेछ? सबैभन्दा छिटो मार्ग कुन हो? (सकारात्मक कुराहरू र सिद्धान्तहरू के हुन् भन्ने बुझेपछि, उसले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्त र मानकहरूलाई आफ्नो मापनको रूपमा प्रयोग गर्नुपर्छ, र यदि केही कुरा सिद्धान्तविपरीत हुन जान्छ र परमेश्वरका अभिप्रायबमोजिम छैन भने, ऊ सिद्धान्तमै अडिनुपर्छ र त्यो गर्नु हुँदैन।) उसले पहिला हरेक सत्यताका सिद्धान्तहरू बोध गर्नुपर्छ—यो निकै महत्त्वपूर्ण छ। त्यसपछि के त? (जब उसले सत्यतादेखि वितृष्ण भएको स्थिति प्रकाश गर्छ र त्यसमा उसका कर्तव्य र सिद्धान्तहरू समावेश भएका हुन्छन्, तब उसले देहविरुद्ध विद्रोह गर्नैपर्छ र सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ।) ठिक भनिस्, ऊसँग एउटा मार्ग हुनैपर्छ, अनि त्यो लक्ष्य र मार्ग स्पष्ट हुनैपर्छ। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अधिकांश मानिसहरूलाई कुन प्रसङ्गमा र कुन समयमा तिनीहरूको स्वभावको कुन पक्ष प्रकाश हुन्छ, अनि त्यो कसरी प्रकट हुन्छ भन्ने कुरा थाहा छैन। यदि तिनीहरूलाई त्यो सबै थाहा थियो भने, के तिनीहरूलाई परिवर्तन गर्न सजिलो हुन्थेन र? अहिले हेर्दा, वास्तवमा मानिसहरूका विविध प्रकारका सोचाइ र मनोवृत्तिहरूमा तिनीहरूका स्वभावहरू पर्छन्; विविध स्वभावहरू हाबी नहुने हो भने, तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा चुनौती वा बाधा नपुर्याउने हो भने, मानिसहरूलाई आफ्ना गलत सोचहरू सच्याउन सजिलो हुनेथियो। उदाहरणको लागि, मानिलिऊँ तेरी आमाले तँलाई घरबाट निस्कनुअघि पसिना सुकाउनू भन्छिन्। यदि तँ आज्ञाकारी, कर्तव्यनिष्ठ बच्चा होस् भने, तेरी आमाका असल अभिप्रायहरूबारे चाल पाउँदा, तैँले यो सल्लाह सही भएको पनि बुझ्छस् र त्यसको फाइदा थाहा पाउँछस्, अनि त्यसलाई मान्न र स्वीकार गर्न सक्छस्। यदि तँसँग खराब कार्य गर्ने र तँलाई रोक्ने भ्रष्ट स्वभाव छ भने, तँलाई यो सुझाव स्विकार्न सजिलो हुनेछ। लागू गर्नका लागि यो सल्लाह धेरै सरल र सजिलो भए पनि, र तँलाई त्यो ठिक हो भन्ने थाहा भए पनि, तँसँग सत्यतादेखि वितृष्ण हुने र दुराग्रही स्वभाव भएकोले, यसले तँलाई जानाजानी त्यसविपरीत जाने तुल्याउन सक्छ, र यसले तेरी आमाको भावनामा ठेस पुर्याउन र उनलाई तेरो बारेमा चिन्ता लिने र कष्ट भोग्ने तुल्याउन सक्छ, परिणाम त्यही हो। छोटकरीमा भन्नुपर्दा, व्यक्तिलाई केही आइपर्दा उसले त्यसलाई कसरी सामना गर्छ—उसले सकारात्मक कुराहरूलाई कसरी सम्हाल्छ, अनि उसले आफ्ना भ्रष्ट स्वभावहरूसँग कसरी लड्छ र भिड्छ—यसले सत्यता पछ्याउने उसको सङ्कल्प जनाउँछ। यदि तँसँग यो सङ्कल्प छ र तँ आफ्नो भ्रष्ट स्वभाव हटाउन, सत्यता स्विकार्न, परमेश्वरको वचनलाई तेरो जीवन बनाउन, र मानव स्वरूपमा जिउन तत्पर छस् भने, तँ परिवर्तन हुन सक्छस्। सत्यता पछ्याउने तेरो सङ्कल्प जति ठूलो छ, तेरो परिवर्तन त्यति नै ठूलो हुनेछ।
मुक्तिले मुख्य गरी के जनाउँछ? त्यसले मुख्य गरी स्वभाव परिवर्तनलाई जनाउँछ। व्यक्तिको स्वभाव परिवर्तन भएको छ भने मात्र उसले शैतानको प्रभाव हटाउन र मुक्ति प्राप्त गर्न सक्छ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नेहरूका लागि स्वभाव परिवर्तन एकदमै ठूलो कुरा हो। जब व्यक्तिको स्वभाव परिवर्तित हुन्छ, उसले मानव स्वरूप जिउनेछ र पूर्ण रूपमा मुक्ति प्राप्त गर्नेछ। कोही धेरै सुन्दर, वरदानयुक्त, वा प्रतिभाशाली नहोला, ऊ भद्दा तरिकाले बोल्ला र अरूसँग कुराकानी गर्न धेरै सिपालु नहोला, वा उसले राम्रोसँग मिलाएर कपडा लगाउन नजान्ला, र ऊ बाहिरी रूपमा निकै साधारण देखिएला, तर उसलाई केही आइपर्दा ऊ सत्यता खोज्न सक्छ, उसले आफ्नै इच्छाअनुसार व्यवहार गर्दैन वा आफ्नो लागि षडयन्त्र गर्दैन, अनि परमेश्वरले उसलाई कुनै कर्तव्य निर्वाह गर्न निर्देशन दिँदा, ऊ उहाँप्रति समर्पित हुन र उहाँले सुम्पनुभएको काम उचित तरिकाले सम्पन्न गर्न सक्छ। तिमीहरूलाई यस्तो व्यक्ति कस्तो लाग्छ? ऊ बाहिरी रूपमा आकर्षक वा हेर्दा कुनै विशेष नलागे पनि, उसमा परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र उसका सबलताहरू यहीँनेर प्रस्ट बन्छन्। यो देख्दा, मानिसहरूले यसो भन्नेछन्, “यो व्यक्तिको एउटा स्थिर स्वभाव छ। केही आइपर्दा, ऊ नहडबडाई वा कुनै बेवकुफ वा मूर्ख काम नगरी परमेश्वरसामु आफूलाई शान्त राख्न र उहाँबाट खोजी गर्न सक्छ, र उसमा गम्भीर र जिम्मेवार मनोवृत्ति हुन्छ। ऊ कर्तव्यनिष्ठ हुन्छ र इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नमा आफूलाई पूर्ण रूपले समर्पित गराउन सक्छ।” ऊ संयमतापूर्वक बोल्छ र काम गर्छ, उसमा सामान्य चेतना छ, र ऊ जे जिउँछ र उसले जे स्वभाव देखाउँछ त्यसको आधारमा, ऊसँग परमेश्वरको डर मान्ने हृदय छ। यदि उसमा परमेश्वरको डर मान्ने हृदय छ भने, के उसले गर्ने कार्यहरूमा सिद्धान्तहरू छन्? ऊ पक्कै सिद्धान्तहरू खोज्छ र लापर्बाहीपूर्वक गलत कार्यहरू गर्दैन। सत्यता अभ्यास गरेर अनि स्वभाव परिवर्तन पछ्याएर हासिल गरिने अन्तिम नतिजा यही हो। उसको बोली व्यवस्थित, तौलिएको र सटीक हुन्छ, ऊ हतारिएर बोल्दैन, ऊ विश्वास लाग्दो र भरोसायोग्य तरिकाले कार्य गर्छ, र उसमा परमेश्वरप्रति समर्पणता र दुष्टताबाट अलग बस्ने वास्तविकता छ। यी सबै प्रकटीकरणहरू यो व्यक्तिमा देख्न सकिन्छ। यो त्यो व्यक्ति हो जो सत्यताको वास्तविकताभित्र प्रवेश गरेको छ, र जसको स्वभाव परिवर्तन भएको छ। यी कुराहरूको नक्कल गर्न सकिँदैन। व्यक्तिको स्वभाव उसको जीवन हो; व्यक्तिमा जस्तो स्वभाव छ, उसको व्यवहार त्यही हुनेछ। मानिसका व्यवहार र प्रकटीकरणहरू तिनीहरूका स्वभावहरूद्वारा शासित हुन्छन्, अनि मानिसहरूले जे कुरा निरन्तर रूपमा व्यक्त गर्छन् त्यो तिनीहरूको स्वभाव हो, चरित्र होइन। स्वभावगत समस्याहरू र विविध भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू चिन्न सक्नु, अनि तिनलाई सत्यताको खोजी गरेर समाधान गर्नु नै व्यक्तिले स्वभाव परिवर्तनको खोजीमा हासिल गर्नैपर्ने सबैभन्दा आधारभूत कुरा हो।
अंश ५४
तैँले जुनै प्रकारको कर्तव्य निभाए पनि वा जुनै प्रकारको पेशाबारे अध्ययन गरे पनि, जति अध्ययन गर्छस्, तँ त्यति नै दक्ष हुनुपर्छ, र पोख्त हुनका लागि प्रयास गर्नुपर्छ; तब तेरो कर्तव्य निर्वाह झन्-झन् राम्रो हुँदै जानेछ। केही मानिस कुनै पनि कर्तव्य निभाउन कर्मनिष्ठ हुँदैनन्, र आफूले सामना गर्ने कुनै पनि कठिनाइ समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरू सधैँ अरूको डोऱ्याइ र सहयोग चाहन्छन्, यहाँसम्म कि आफूले कुनै कोसिसै नगरी अरूले हात समातेर सिकाइदिएको र काम गरिदिएको माग गर्छन्। तिनीहरू लगातार अरूमा भर पर्छन् र अरूको सहयोगविना केही गर्न सक्दैनन्। यसो गर्दा तिनीहरू निकम्मा हुन्छन्, होइन र? तैँले जुनै कर्तव्य निर्वाह गरिरहेको भए पनि, परिस्थिति अध्ययन गर्नमा आफ्नो हृदय लगाउनुपर्छ। यदि तँमा व्यावसायिक ज्ञानको कमी छ भने, व्यावसायिक ज्ञान अध्ययन गर्। यदि तँ सत्यता बुझ्दैनस् भने, सत्यता खोजी गर्। तैँले सत्यता बुझिस् र व्यावसायिक ज्ञान हासिल गरिस् भने, आफ्नो कर्तव्य निर्वाह गरेर परिणामहरू प्राप्त गर्न तैँले ती कुरा प्रयोग गर्न सक्नेछस्। यस्तो व्यक्ति नै साँचो प्रतिभा र वास्तविक ज्ञान भएको व्यक्ति हुन्छ। यदि तँ आफ्नो कर्तव्यको दौरान कुनै व्यावसायिक ज्ञान अध्ययन गर्दैनस्, सत्यता पछ्याउँदैनस् भने, तैँले गर्ने श्रम पनि निम्नस्तरको हुनेछ; त्यसैले, कसरी तँ आफ्नो कर्तव्य निर्वाह गर्नेबारे कुरा गर्न सक्छस्? आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, तैँले थुप्रै उपयोगी ज्ञान अध्ययन गर्नैपर्छ र आफूलाई धेरै सत्यताले सुसज्जित पार्नैपर्छ। तैँले सिक्न कहिल्यै छोड्नु हुँदैन, अनि खोजी गर्न र अरूबाट सिकेर आफ्नो कमजोरी सुधार्न कहिल्यै छोड्नै हुँदैन। अरू मानिसहरूको सामर्थ्य जस्तो भए पनि, वा उनीहरू तँभन्दा जुनै तरिकामा बलिया भए पनि, तैँले उनीहरूबाट सिक्नुपर्छ। अनि तैँले अझ बढ्तासँग आफूभन्दा राम्रो सत्यता बुझ्ने जो कोहीबाट सिक्नुपर्छ। तैँले निकै वर्षसम्म यसरी आफ्नो कर्तव्य निर्वाह गरेर सत्यता बुझ्नेछस् र यसका वास्तविकताहरूमा प्रवेश गर्नेछस्, अनि तेरो कर्तव्यपालन पनि स्तरीय हुनेछ। अनि, तँ सत्यता र मानवता भएको व्यक्ति, सत्यता वास्तविकता भएको व्यक्ति बनेको हुनेछस्। यो सत्यता पछ्याएर हासिले हुने कुरा हो। तैँले कर्तव्य निर्वाह नगरी यस्ता परिणामहरू कसरी पाउन सक्छस्? यो परमेश्वरले गर्नुहुने उत्थान हो। यदि तँ कर्तव्य निभाउँदा सत्यता पछ्याउँदैनस् र श्रम गरेर मात्र सन्तुष्ट हुन्छस् भने, परिणाम के हुनेछ? एकातर्फ, तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउनेछैनस्। अर्कोतर्फ, तँमा साँचो अनुभवात्मक गवाही हुनेछैन र तैँले सत्यता प्राप्त गर्नेछैनस्। यी कुनै पनि सन्दर्भमा, तँसँग देखाउने केही नभएपछि, के तैँले परमेश्वरको अनुमोदन पाउन सक्छस् र? त्यो असम्भव हुनेछ। तसर्थ, व्यक्तिले श्रम गरेर सन्तुष्ट भएर परमेश्वरको अनुमोदन पाउनै सक्दैन। तैँले श्रम गरेर मात्र इनाम पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सकिन्छ भनेर सोच्नु अभिलाषी सोच हो! त्यो कस्तो मनोवृत्ति हो? श्रम मात्र गरेर आशिष् पाउन खोज्नु स्पष्टतः परमेश्वरसँग मोलतोल गर्नु हो, परमेश्वरलाई झुक्क्याउने प्रयास हो। परमेश्वरले त्यस्ता श्रमिकहरूलाई अनुमोदन गर्नुहुन्न। कुनै व्यक्ति कर्तव्य निर्वाहमा झाराटारुवा हुँदा, वा छलमा संलग्न हुँदा, ऊ कस्ता स्वभावहरूद्वारा नियन्त्रित हुन्छ? अहङ्कार, हठीपन र सत्यतालाई प्रेम नगर्नु—के तिनीहरू यी कुराहरूद्वारा नियन्त्रित हुँदैनन् र? (हुन्छन्।) के तिमीहरू पनि यस्ता कुराहरू प्रकट गर्छौ? (गर्छौँ।) बारम्बार, कहिलेकाहीँ कि केवल निश्चित मामिलाहरूमा प्रकट गर्छौ? (बारम्बार।) यस्ता स्थितिहरूलाई स्विकार्ने तिमीहरूको मनोवृत्ति निकै सच्चा छ, र तिमीहरूसँग इमानदार हृदय छ, तर तिनलाई स्विकार्नु मात्र पर्याप्त हुँदैन; त्यसले तिनलाई बदल्नेछैन। त्यसैले, तिनलाई बदल्न के गर्नैपर्छ? आफ्नो कर्तव्य निर्वाहमा, जब तिमीहरू झाराटारुवा हुन्छौ, अहङ्कारी स्वभाव प्रकट गर्छौ, वा अनादरपूर्ण मनोवृत्ति राख्छौ, तब तिमीहरूले तुरुन्तै परमेश्वरसामु आएर प्रार्थना गर्नैपर्छ, आत्मचिन्तन गर्नुपर्छ र आफूले कस्तो खालका भ्रष्ट स्वभावहरू प्रकाश गरिरहेका छु भनेर बुझ्नैपर्छ। यसबाहेक, तिमीहरूले त्यस्तो स्वभाव कसरी पैदा हुन्छ र त्यसलाई कसरी बदल्न सकिन्छ भनेर बुझ्नैपर्छ। यसलाई बुझ्नुको उद्देश्य परिवर्तन ल्याउनु हो। त्यसैले, परिवर्तन ल्याउन के गर्नुपर्छ? व्यक्तिले परमेश्वरका वचनहरूको खुलासा र न्यायद्वारा आफ्नो भ्रष्ट स्वभावहरूको सार कति कुरूप र हैवान छ, शैतान र दियाबलसभन्दा फरक छैन भनेर जान्नैपर्छ। तब मात्र उसले आफूलाई र शैतानलाई घृणा गर्न सक्छ, त्यसपछि मात्र उसले आफू र शैतानविरुद्ध विद्रोह गर्न सक्छ। यसरी कुनै व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ। जब व्यक्तिले सत्यता अभ्यास गर्ने मन बनाउँछ, तब परमेश्वरको छानबिन र अनुशासन पनि स्विकार्नैपर्छ। त्यसपछि उसको तर्फबाट पनि सक्रिय सहकार्यको तत्त्व हुनैपर्छ। उसले कसरी सहकार्य गर्नुपर्छ? कर्तव्य निभाउँदा, “त्यो पर्याप्त छ” भन्ने सोचाइ आउनेबित्तिकै, उसले त्यो सच्याउनैपर्छ। उसले त्यस्ता सोचाइहरू राख्नै हुँदैन। जब अहङ्कारी स्वभाव उत्पन्न हुन्छ, तब उसले परमेश्वरलाई प्रार्थना गर्ने, आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने, झट्टै आत्मचिन्तन गर्ने, परमेश्वरको वचन खोज्ने, अनि उहाँको न्याय र ताडना स्विकार्ने गर्नैपर्छ। यसरी, ऊ पश्चात्तापी हृदय प्राप्त गर्न सक्षम हुनेछ र उसको भित्री स्थिति बदलिएको हुनेछ। यो गर्नुको उद्देश्य के हो? यसको उद्देश्य तँलाई सच्चा रूपमा परिवर्तन हुन, वफादारीसाथ कार्य गर्न सक्षम पार्न, अनि बिनासर्त परमेश्वरको हप्की र अनुशासन पालन गर्न र स्विकार्न लगाउनु हो। यसो गर्दा तेरो स्थिति उल्टिनेछ। जब तँ फेरि झाराटारुवा हुन, अनि कर्तव्यहरूलाई अनादरपूर्ण मनोवृत्तिले व्यवहार गर्न लागेको हुन्छस्, तब यदि तँ परमेश्वरको अनुशासन र हप्कीको कारण तुरुन्तै परिवर्तित हुन सक्छस् भने, के तँ अपराध गर्नबाट जोगिएको हुनेछैनस् र? यो तेरो जीवन वृद्धिका लागि राम्रो कुरा हो कि नराम्रो कुरा? यो राम्रो कुरा हो। जब तँ सत्यता अभ्यास गरेर परमेश्वरलाई सन्तुष्ट पार्छस्, तब तेरो हृदय ढुक्क, आनन्दित र पछुतोमुक्त हुनेछ। त्यो सच्चा शान्ति र आनन्द हो।
मानिसहरूमा भ्रष्ट स्वभावहरू हुँदा, तिनीहरू सजिलै परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्छन्, तर यसको अर्थ तिनीहरूको मुक्ति पाउने आशा छैन भन्ने होइन। परमेश्वर मानिसहरूलाई मुक्ति दिने काम गर्न आउनुभएको छ र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ; सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसहरू यी सत्यताहरू स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने हो। यदि व्यक्तिले सत्यता स्विकार्न सक्छ भने, मुक्ति पाउन सक्छ। यदि ऊ सत्यता स्विकार्दैन अनि परमेश्वरलाई इन्कार र विश्वासघात गर्छ भने, ऊ पुरै समाप्त हुन्छ—उसले विपत्तिमा नष्ट हुने दिन कुर्नुबाहेक केही गर्न सक्दैन। यो नियतिबाट कोही पनि उम्कन सक्दैन। मानिसहरूले यो वास्तविकता भोग्नैपर्छ। केही मानिस भन्छन्, “म निरन्तर भ्रष्ट स्वभाव प्रकाश गर्छु, र म कहिल्यै परिवर्तित हुन सक्दिनँ। म के गरूँ? के म यस्तै हुँ? के परमेश्वर मलाई मन पराउनुहुन्न? के उहाँले मलाई तिरस्कार गर्नुहुन्छ?” के यो मनोवृत्ति सही छ त? के यी विचारहरू सही छन् त? (छैनन्।) मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, त्यसैले तिनीहरू स्वाभाविक रूपमा तिनलाई प्रकट गर्छन्। कतिपय मानिस तिनीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू गम्भीर छन् र तिनीहरूले चाहेर पनि आफूलाई रोक्न सक्दैनन् भन्ने देख्छन्, त्यसैले तिनीहरूलाई आफ्नो लागि कुनै आशा छैन भन्ने लाग्छ। वास्तवमा, यस्तो नहुन पनि सक्छ। तिनीहरूका लागि आशा छ कि छैन भन्ने कुरा तिनीहरू सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरू सत्यता खोज्न, परमेश्वरमा भर पर्न र उहाँमाथि आशा राख्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ—मुख्य कुरा यही हो। मानिसहरूले बारम्बार भ्रष्ट स्वभावहरू प्रकट गर्नुले तिनीहरूका जीवनमा शैतानका भ्रष्ट स्वभावहरू हाबी छन्, र तिनीहरूको सार शैतानको सार हो भन्ने प्रमाणित गर्छ। मानिसहरूले यो तथ्यलाई मान्नुपर्छ र स्वीकार गर्नुपर्छ। मानिसको प्रकृति सार र परमेश्वरको सारका बीचमा एउटा भिन्नता छ। यो तथ्यलाई मानेपछि तिनीहरूले के गर्नुपर्छ? जब मानिसहरू कुनै भ्रष्ट स्वभाव प्रकट गर्छन्, जब तिनीहरू देहसुखमा लिप्त हुन्छन् र परमेश्वरबाट टाढा हुन्छन्, वा जब परमेश्वरको काम तिनीहरूका आफ्नै विचारहरूसँग बाझिन्छ, र तिनीहरूभित्र गुनासाहरू उठ्छन्, तब तिनीहरूले तुरुन्तै यो परमेश्वरविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने प्रकटीकरण हो, साथै यो सत्यताअनुरूप छैन र यसलाई परमेश्वरले घृणा गर्नुहुन्छ भनेर महसुस गर्नुपर्छ। जब मानिसहरूले यी कुराहरू महसुस गर्छन्, तब तिनीहरूले गुनासो गर्नु हुँदैन, वा तिनीहरू नकारात्मक बन्नु र सुस्ताउनु हुँदैन, र तिनीहरू दुःखी त झनै हुनु हुँदैन। बरु, तिनीहरूले आफूलाई अझ गहिरो रूपमा चिन्न सक्नुपर्छ; यसका साथै, तिनीहरू सक्रिय रूपमा परमेश्वरसमक्ष आउन र परमेश्वरको हप्की र ताडनालाई स्विकार्न, अनि आफ्नो अवस्थालाई तत्काल सुधार्न सक्नुपर्छ, ताकि तिनीहरू सत्यता र परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न सक्षम होऊन्, र तिनीहरूले सिद्धान्तहरूअनुसार काम गर्न सकून्। यसरी, परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् सामान्य हुँदै जानेछ, र तँभित्रको स्थिति पनि त्यस्तै हुनेछ। तैँले आफ्ना भ्रष्ट स्वभावहरू र आफ्नै भ्रष्टताको सार र सत्यतालाई बढ्दो प्रस्टताका साथ देख्नेछस्, र तँ दियाबलस शैतानको मूर्तरूप होस् भन्ने कुरा जान्नेछस्—आफूलाई साँचो रूपमा चिन्नुको अर्थ यही हो। तैँले जस्तोसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि, तैँले उप्रान्त “मलाई शैतानले बाधा दिइरहेको थियो,” वा “मलाई शैतानले विचारहरू दिइरहेको थियो” भन्ने जस्ता मूर्ख र बचकाना कुरा बोल्नेछैनस्। बरु, तँसँग भ्रष्ट स्वभावहरूको, मानिसको परमेश्वर-प्रतिरोधी सारको, र शैतानको सारको सटीक ज्ञान हुनेछ, तँसँग यी कुराहरूलाई व्यवहार गर्ने सटीक तरिका हुनेछ, र तैँले उप्रान्त शैतानी स्वभावहरूद्वारा बाँधिएको महसुस गर्नेछैनस्। तैँले आफ्ना केही भ्रष्ट स्वभाव प्रकट गर्ने कारणले, अथवा तैँले कुनै बेला अपराध गरेको वा झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गरेको कारणले, अथवा तँ प्रायजसो निष्क्रिय, नकारात्मक स्थितिमा जिउने कारणले गर्दा पनि तँ कमजोर हुनेछैनस् वा परमेश्वरमाथिको विश्वास र मुक्ति प्राप्त गर्ने कुरामाथिको विश्वास गुमाउनेछैनस्। तँ त्यस्ता स्थितिहरूमा जिउनेछैनस्, बरु आफ्ना भ्रष्ट स्वभावहरूलाई सही तरिकाले सामना गर्न र सामान्य आत्मिक जीवन जिउन सक्षम हुनेछस्। जब तँ भ्रष्ट स्वभावहरू प्रकट गर्छस्, तब तँ आत्मचिन्तन गर्न, प्रार्थना गर्न र सत्यता खोज्नका लागि परमेश्वरसमक्ष आउन, साथै आफ्ना भ्रष्ट स्वभावहरूको सारलाई खुट्ट्याउन र चिरफार गर्न सक्छस्, ताकि तँ उप्रान्त तिनको बन्धन वा नियन्त्रणमा पर्नेछैनस्, बरु तैँले सत्यतालाई व्यवहारमा लागु गर्न सक्नेछस्। यसो गर्दा, तँ मुक्तिको मार्गमा लागेको हुनेछस्। यस प्रकारको अभ्यास र अनुभव भएपछि, तँ आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र शैतानको प्रभावबाट मुक्त हुन सक्षम हुनेछस्। यसरी, के तँ परमेश्वरसमक्ष जिउन थालेको र तैँले स्वतन्त्रता र उन्मुक्ति प्राप्त गरेको हुनेछैनस् र? यो नै सत्यता अभ्यास गर्ने र प्राप्त गर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्ने मार्ग हो। भ्रष्ट स्वभावहरू मानिसहरूमा गहिरो जरा गाडेर बसेका हुन्छन्; शैतानको सार र यसको प्रकृतिले मानिसहरूका मन, विचार, र व्यवहारलाई नियन्त्रण गर्छन्। तर, सत्यताको अगाडि, परमेश्वरको कामको अगाडि, र परमेश्वरको मुक्तिको अगाडि, यी सबै कुरा समाधान गर्न सजिलो हुन्छ र त्यसले कुनै बाधा खडा गर्दैन। कुनै व्यक्तिमा जस्तोसुकै भ्रष्ट स्वभावहरू भए पनि, उसले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, वा उसलाई जेसुकैले बाँधे पनि, त्यहाँ लिन सकिने एउटा मार्ग हुन्छ, तिनलाई समाधान गर्ने एउटा विधि हुन्छ, र तिनलाई सुल्झाउने सम्बन्धित सत्यताहरू हुन्छन्। के यसको अर्थ मानिसहरूको मुक्तिको आशा रहेको छ भन्ने होइन र? हो, मानिसहरूको मुक्तिको आशा रहेको छ।
अंश ५५
व्यक्तिले कर्तव्य निभाइरहेको भए पनि वा पेशागत ज्ञान सिकिरहेको भए पनि, ऊ लगनशील हुनुपर्छ, र उसले कामकुराहरू सिद्धान्तअनुसार सम्हाल्नुपर्छ। यी कुराहरूलाई लापरवाहीसाथ लिने वा झारा टार्ने काम नगर्। पेशागत ज्ञान अध्ययन गर्नु भनेको व्यक्तिले आफ्नो कर्तव्य राम्रोसित निभाउनको लागि हो, र व्यक्तिले यसमा प्रयास लगाउनैपर्छ—यो यस्तो कुरा हो, जसमा मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि व्यक्ति आफ्नो कर्तव्य राम्ररी निभाउन अनिच्छुक बन्छ र पेशागत ज्ञान अध्ययन नगर्न सधैँ बहाना बनाउँछ भने, यसले देखाउँछ कि उसले आफूलाई निष्कपटतासाथ परमेश्वरप्रति समर्पित गरेको छैन, र ऊ उहाँको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्य राम्ररी निभाउन चाहँदैन। के यो विवेक र समझ नभएको व्यक्ति होइन र? के यस्तो चरित्र भएको व्यक्ति समस्याजनक हुँदैन र? के उसलाई व्यवस्थापन गर्न अत्यन्तै गाह्रो हुँदैन र? व्यक्तिले जुनै पेशा अध्ययन गरिरहेको भए पनि, उसले सत्यता खोज्ने र सत्यता सिद्धान्तहरूअनुरूप काम गर्ने पनि गर्नुपर्छ। ऊ यो दायराबाहिर जानु हुँदैन, र गैरविश्वासीहरूझैँ अलमल्ल पर्नु हुँदैन। यी गैरविश्वासीहरूको कामप्रति कस्तो मनोवृत्ति हुन्छ? तिनीहरूमध्ये धेरैजसो, दिनभरि बरालिँदै हिँड्ने र समय बरबाद गर्ने, हरेक दिन न्यूनतम ज्यालाको निम्ति अल्याङटल्याङ गर्दै हिँड्ने, र सकेसम्म लापरवाही तरिकामा काम गर्ने गर्छन्। तिनीहरू कार्यकुशलता, वा विवेकको आधारमा गर्नुपर्ने कार्य-व्यवहारप्रति वास्ता गर्दैनन्, र तिनीहरूमा गम्भीर र जिम्मेवार मनोवृत्ति हुँदैन। तिनीहरू “यो मलाई सुम्पिइएको छ, त्यसैले यो नसक्किएसम्म मैले यसको जिम्मा लिनुपर्छ, यो मामला राम्ररी सम्हाल्नुपर्छ, र यो जिम्मेवारी काँधमा लिनुपर्छ” भनेर भन्दैनन्। तिनीहरूमा यस्तो विवेक हुँदैन। यसबाहेक गैरविश्वासीहरूसँग एक किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिपको एउटा निश्चित क्षेत्र सिकाउँछन्, तिनीहरू यस्तो विचार गर्छन्, “गुरुले आफूले जानेका सबै कुरा चेलालाई सिकाएपछि, गुरुले आफ्नो रोजीरोटी गुमाउँछ। यदि मैले जानेका सबै कुरा अरूलाई सिकाएँ भने, उप्रान्त कसैले पनि मलाई फेरि उच्च नजरले हेर्ने वा मलाई मान्नेछैनन्, र मैले शिक्षकका रूपमा आफ्नो सबै हैसियत गुमाउनेछु। यसरी हुँदैन। मलाई थाहा भएको सबै कुरा मैले तिनीहरूलाई सिकाउनु हुँदैन, मैले एकदुई वटा सबैभन्दा महत्त्वपूर्ण कुरा आफूलाई चाहिएको बेला मात्र खुलाउने गरी गोप्य राख्नैपर्छ, अनि मात्र मानिसहरूले मलाई आदर र सम्मान गर्नेछन्, र म अरूभन्दा वरिष्ठ छु भनेर देखाउन सक्छु।” यो कस्तो किसिमको स्वभाव हो? यो छलीपन हो। अरूलाई शिक्षा दिँदा, वा आफूले सिकेको केही कुरा तिनीहरूसँग बाँड्दा, तिमीहरूले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? (हामीले कुनै कसर छोड्नु हुँदैन, र कुनै पनि कुरा लुकाउनु हुँदैन।) तँ कसरी कुनै पनि कुरा लुकाउँदैनस्? यदि तँ “आफूले सिकेका कुराहरूको मामलामा म केही लुकाउँदिनँ, र तिमीहरू सबैलाई तीबारे भन्न मलाई केही समस्या छैन। यसै पनि म तिमीहरूभन्दा राम्रो क्षमताको छु, र म अझ उच्च कुराहरू बुझ्न सक्छु” भनेर भन्छस् भने—त्यो अझै पनि कुरा लुकाउनु हो र निकै हिसाबी हुनु नै हो। अथवा, यदि तँ “म तिमीहरूलाई मैले सिकेका सबै आधारभूत कुराहरू सिकाउँछु, त्यो ठूलो कुरै हैन। मसँग अझै पनि अझ उच्च कुराहरूको ज्ञानको भण्डार छ, र तिमीहरूले यो सबै सिक्यौ भने पनि, तिमीहरू मजत्तिको सिपालु हुनेछैनौ” भनेर भन्छस् भने—यो अझै पनि केही कुरा लुकाउनु नै हो। यदि कुनै व्यक्ति अति स्वार्थी छ भने, ऊ परमेश्वरको आशिष्रहित हुनेछ। मानिसहरूले परमेश्वरका अभिप्रायको ख्याल गर्न जान्नुपर्छ। तैँले आफूले बोध गरेको सबैभन्दा महत्त्वपूर्ण र सारभूत कुरा परमेश्वरको घरलाई योगदान दिनुपर्छ, ताकि परमेश्वरका चुनिएका मानिसहरू ती कुराहरू सिक्न र तिनमा निपुण हुन सकून्—यो कुरा परमेश्वरद्वारा आशिषित हुन्छ, अनि त्यसपछि उहाँले तँलाई अझ धेरै कुरा प्रदान गर्नुहुनेछ। “पाउनुभन्दा दिनु बढी आशिषित् हुनु हो” भन्ने भनाइको अर्थ यही हो। यदि तँ आफ्नो कर्तव्यमा आफ्ना सबै वरदान र सामर्थ्यलाई प्रयोगमा ल्याउँछस् र यसबाट सबैले लाभ लिन सकून् भनेर आफ्नो कर्तव्य पूरा गर्छस् भने, यो मण्डलीको कामका लागि फाइदाजनक हुन्छ, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुनेछ। यदि तँ आफ्ना वरदान र सामर्थ्यहरूलाई लुकाएर राख्छस्, तिनलाई थोरै मात्र प्रयोग गर्छस् र आफूले निकै राम्रो गरिरहेको सोच्छस् भने, त्यसरी हुँदैन; तैँले त्यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा राम्रा नतिजाहरू हासिल गर्न सकिँदैन। तँ जति बुझ्छस् र छर्लङ्गै देख्छस् तैँले त्यति नै सङ्गति गर्नुपर्छ, त्यसपछि मात्र सबैले लाभ लिन सक्छन् र अझ राम्रा नतिजाहरू हासिल गर्न सकिन्छ। मानौँ तँ मोटामोटी रूपमा मात्रै बोल्छस् र विस्तृत रूपमा व्याख्या गर्दैनस्, महत्त्वपूर्ण कुराहरूलाई आफ्नो हृदयमा लुकाएर राख्छस्, तैपनि तँ मनमनै यस्तो सोच्छस्, “आखिर मैले तिमीलाई भनेकै हो। यदि तिमीले यो बुझेका छैनौ भने, त्यो तिम्रो क्षमता कमजोर भएकोले गर्दा हो, यो मेरो गल्ती होइन।” यस्तो अभिप्रायमा छल हुन्छ, होइन र? के यो स्वार्थी र घृणास्पद होइन र? तँ किन केही कुरा लुकाउनुको सट्टा आफ्नो हृदयमा भएका सबै कुरा र आफूले बुझेका सबै कुरा अरूलाई सिकाउन सक्दैनस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावको समस्या हो। धेरैजसो मानिसलाई पहिलो पटक पेशागत ज्ञानको केही विशिष्ट पक्षको परिचय दिँदा, तिनीहरू यसको शाब्दिक अर्थ मात्र बुझ्न सक्छन्; महत्त्वपूर्ण बुँदाहरू र यसको सार बुझ्नका लागि केही समयको अभ्यास आवश्यक पर्छ। यदि तैँले यी कुराहरूमा निपुणता हासिल गरिसकेको छस् भने, तैँले तिनीहरूलाई सिधै भनिदिनुपर्छ; तिनीहरूलाई त्यस्तो घुमाउरो बाटो लिन र घोत्लिएर त्यति धेरै समय खेर फाल्न नदे। यो तेरो जिम्मेवारी हो; यो त तैँले गर्नुपर्ने कुरा हो। यदि तँ आफूलाई महत्त्वपूर्ण बुँदाहरू र सार हुन् भन्ने लागेका कुराहरू तिनीहरूलाई बताउँछस् भने मात्र तैँले कुनै कुरा लुकाइरहेको र स्वार्थी मनसायहरू पालिरहेको हुनेछैनस्। जब तिमीहरू अरूलाई सीपहरू सिकाउँछौ, तिनीहरूसँग कुनै निश्चित पेशाका बारेमा कुराकानी गर्छौ, वा तिनीहरूसँग जीवन प्रवेशका बारेमा सङ्गति गर्छौ, तब यदि तिमीहरूले स्वार्थी र घृणास्पद पक्षका भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकेनौ भने, तिमीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्नेछैनौ, र त्यस्तो भएको खण्डमा, तिमीहरू मानवता वा विवेक र समझ भएका, वा सत्यता अभ्यास गर्ने मानिस होइनौ। तैँले आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सत्यता खोज्नैपर्छ, र तँ स्वार्थी मनसायहरू नभएको, र परमेश्वरका अभिप्रायहरूलाई मात्र ख्याल गर्ने बिन्दुमा पुग्नैपर्छ। यसरी, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि तँ सत्यता पछ्याउँदैनस् र गैरविश्वासीहरू जस्तै शैतानी स्वभावहरूद्वारा जिउँछस् भने यो अत्यन्तै थकाइलाग्दो हुन्छ। गैरविश्वासी संसारमा, हरेक उद्योगमा प्रतिस्पर्धा विशेष गरी तीव्र हुन्छ। एकपटक मानिसहरूले कुनै प्राविधिक वा पेशागत सीप सिकेपछि वा कुनै सामर्थ्यमा निपुणता हासिल गरेपछि, तिनीहरू यसबारे अत्यन्तै सावधान हुन्छन् र त्यो कुरा कसैलाई सिकाउँदैनन्, किनकि तिनीहरू आफूले त्यो कुरा सिकाएपछि आफ्नो रोजीरोटी गुम्ने डर मान्छन्। आफ्नो रोजीरोटीको रक्षा गर्नका लागि, तिनीहरू मानिसहरूले तिनीहरूका सीपहरू चोर्लान् कि भनेर पनि निरन्तर सतर्क रहनैपर्छ। तिनीहरूले कुनै चेलालाई सिकाए पनि, तिनीहरूले केही कुरा लुकाउनुपर्छ; तिनीहरू सबैभन्दा महत्त्वपूर्ण विधिहरू बाहिरका मानिसहरूलाई सिकाउँदैनन्, तर आफ्नै छोराछोरी र सन्तानहरूलाई मात्र सिकाउँछन्। मानिसहरू सबै प्रकारका विधि र सामर्थ्यलाई आफ्नो रोजीरोटीका रूपमा, आफ्नो पूँजीका रूपमा, आफ्नो जीविकाको मूल जराका रूपमा लिन्छन्, जुन अरूलाई कहिल्यै भन्नु हुँदैन। तर तँ परमेश्वरमा विश्वास गर्छस्—यदि तँ अझै पनि परमेश्वरको घरमा यसरी नै सोच्छस् र यसरी नै काम गर्छस् भने, तँ र गैरविश्वासीका बीचमा केही पनि फरक छैन। यदि तँ सत्यतालाई पटक्कै स्वीकार गर्दैनस्, र निरन्तर शैतानका दर्शनहरूअनुसार जिइरहन्छस् भने, तँ साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने व्यक्ति होइनस्। यदि तँ सधैँ स्वार्थी मनसायहरू बोक्छस् र आफ्नो कर्तव्य निर्वाह गर्दा षड्यन्त्र रच्छस् भने, तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेछैनस्।
परमेश्वरमा विश्वास गर्न थालेपछि, तैँले परमेश्वरका वचनहरू खाएको र पिएको छस्, र परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकारेको छस्, तर के तैँले आफ्ना भ्रष्ट स्वभावहरूबारे चिन्तन गरेर तिनलाई चिनेको छस् त? के तेरा बोली र कार्यका सिद्धान्तहरू, विभिन्न कुराहरूप्रतिका तेरा दृष्टिकोणहरू र तेरो आचरणका सिद्धान्त र उद्देश्यहरू परिवर्तित भएका छन्? यदि तँ अझै पनि गैरविश्वासीभन्दा फरक छैनस् भने, परमेश्वरले तेरो उहाँमाथिको विश्वासलाई चिन्नुहुनेछैन। उहाँले तँ अझै पनि गैरविश्वासी होस्, र तँ अझै पनि गैरविश्वासीको मार्गमा हिँडिरहेको छस् भन्नुहुनेछ। त्यसैले, चाहे तेरो आचरणमा होस् वा चाहे तेरो कर्तव्यपालनमा होस्, तैँले परमेश्वरका वचनहरूमा आधारित भएर, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, अनि सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्नुपर्छ, आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू समाधान गर्नुपर्छ, र आफ्ना त्रुटिपूर्ण विचार, दृष्टिकोण र अभ्यासहरू समाधान गर्नुपर्छ। एक हिसाबले, तैँले आत्मचिन्तन र आत्मपरीक्षण गरेर समस्याहरू पत्ता लगाउनुपर्छ। अर्को हिसाबले, तैँले समस्याहरू समाधान गर्न सत्यता पनि खोज्नुपर्छ, र भ्रष्ट स्वभावहरू भेट्टाउँदा, तैँले तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ, र तैँले आफ्नो देहविरुद्ध विद्रोह गर्नुपर्छ र आफ्नो इच्छा त्याग्नुपर्छ। एकपटक आफ्ना भ्रष्ट स्वभावहरू समाधान गरिसकेपछि, तैँले तिनमा आधारित भएर कार्य गर्नेछैनस्, र तँ आफ्ना अभिप्राय र रुचिहरू छोड्न, अनि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुनेछस्। परमेश्वरको साँचो अनुयायीमा हुनुपर्ने सत्यता वास्तविकता यही हो। यदि तँ आत्मचिन्तन गर्न, आफूलाई चिन्न, र यसरी समस्या समाधान गर्न सत्यता खोज्न सक्छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति होस्। परमेश्वरमा विश्वास गर्न यस्तो सहकार्य चाहिन्छ, र यसरी अभ्यास गर्न सक्दा परमेश्वरबाट सबैभन्दा धेरै आशिषित भइन्छ। म किन यस्तो भन्दै छु? किनभने, तँ मण्डलीको कामको खातिर, परमेश्वरको घर र ब्रदर-सिस्टरहरूको हितको खातिर कार्य गरिरहेको छस्, र साथसाथै, तँ सत्यता अभ्यास पनि गरिरहेको छस्। परमेश्वरले अनुमोदन गर्नुहुने कुरा नै ठ्याक्कै यही हो; यी असल कार्यहरू हुन्, र यसरी सत्यता अभ्यास गरेर, तैँले परमेश्वरको गवाही दिइरहेको हुन्छस्। यद्यपि, यदि तैँले यसो गर्दैनस् भने, र तँ गैरविश्वासीहरूभन्दा फरक छैनस् भने, र यदि कामकुराहरू सम्हाल्न तैँले गैरविश्वासीहरूका सिद्धान्त, विधि र आचरणहरूअनुसार कार्य गरिरहेको छस् भने, के यो गवाही दिनु हो त? (होइन।) यसले के-कस्ता परिणामहरू ल्याउँछ? (यसले परमेश्वरलाई अपमानित तुल्याउँछ।) यसले परमेश्वरलाई अपमानित तुल्याउँछ! तँ यसले परमेश्वरलाई अपमानित तुल्याउँछ भनेर किन भन्छस्? (किनकि परमेश्वरले हामीलाई चुन्नुभएको छ, कति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, हामीलाई व्यक्तिगत रूपमा मार्गदर्शन, भरणपोषण र मलजल गर्नुभएको छ, तैपनि हामी सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनौँ, र हामी अझै पनि शैतानी कुराहरूमै आधारित भएर जिउँछौँ, र शैतानसामु गवाही दिँदैनौँ। यसले परमेश्वरलाई अपमानित तुल्याउँछ।) (यदि परमेश्वरको कुनै विश्वासीले उहाँले कैयौँ सत्यता र अभ्यासका मार्गहरूबारे सङ्गति गर्नुभएको सुनेको छ, तैपनि कार्य गर्दा, ऊ गैरविश्वासीहरूकै जीवनसँग व्यवहार गर्ने दर्शनअनुसार जिउँछ, र खास गरी ऊ छली र आफू स्वयम्को सेवा गर्ने खालको छ भने, ऊ गैरविश्वासीहरूभन्दा पनि अझै खराब र अझै दुष्ट हुन्छ।) सायद तिमीहरू सबैले यो कुराबारे अलिअलि बुझ्छौ होला। मानिसहरूले परमेश्वरका वचनहरू खाने र पिउने गर्छन्, परमेश्वरका सबै भरणपोषणको आनन्द लिन्छन्, तैपनि तिनीहरू अझै पनि शैतानलाई नै पछ्याउँछन्। तिनीहरूमाथि जस्तोसुकै कुराहरू वा कठिन परिस्थिति आइपरे पनि, तिनीहरू अझै परमेश्वरका वचनहरू सुन्न वा उहाँमा समर्पित हुन सक्दैनन्, तिनीहरू सत्यता खोज्दैनन्, र आफ्नो गवाहीमा दृढ भई खडा हुँदैनन्। के यो परमेश्वरलाई धोका दिनु होइन र? यो वास्तवमै परमेश्वरलाई धोका दिनु हो। जब परमेश्वरलाई तेरो खाँचो पर्छ, तँ उहाँको पुकार वा वचन सुन्दैनस्, बरु शैतानको कुरा सुन्दै, शैतानलाई पछ्याउँदै, शैतानकै तर्क र त्यसकै सिद्धान्त र जीवन विधिहरू अभ्यास गर्दै गैरविश्वासीहरूका प्रचलनहरू पछ्याउँछस्। यो परमेश्वरलाई धोका दिनु हो। के परमेश्वरलाई धोका दिनु भनेको ईश्वरनिन्दा गर्नु र उहाँलाई अपमानित तुल्याउनु होइन र? अदनको बगैँचामा रहेका आदम र हव्वाबारे सोच्—परमेश्वरले भन्नुभयो, “असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१७)। यी कसका वचन हुन्? (परमेश्वरका वचनहरू हुन्।) के यी साधारण वचनहरू हुन्? (होइनन्।) ती के हुन् त? ती सत्यता हुन्, ती मानिसहरूले पालन गर्नुपर्ने कुरा र अभ्यास गर्नुपर्ने मार्ग हुन्। परमेश्वरले असल र खराबको ज्ञानको रूखप्रति कसरी व्यवहार गर्ने भनेर मानिसहरूलाई भन्नुभयो। अभ्यासको सिद्धान्त त्यसबाट नखानु भन्ने थियो, र त्यसपछि उहाँले मानिसहरूलाई त्यसको परिणाम, अर्थात् तिनीहरू त्यसबाट खाएको दिन पक्कै मर्नेछन् भनेर बताउनुभयो। मानिसहरूलाई अभ्यासको सिद्धान्त के हो र के जोखिम छ भनेर भनिएको थियो। यो सुनेपछि, तिनीहरूले ती वचन बुझे त? कि बुझेनन्? (तिनीहरूले ती वचन बुझे।) तिनीहरूले वास्तवमै परमेश्वरका वचनहरू बुझे, तर पछि तिनीहरूले सर्पले यसो भनेको सुने, “त्यो रूखबाट खाएको दिन तिमीहरू पक्कै मर्नेछौ भनेर परमेश्वरले भन्नुभयो, तर तिमीहरू पक्कै मर्नेछैनौ। खाएर हेर,” अनि शैतान बोलिसकेपछि, तिनीहरूले त्यसको कुरा माने, र असल र खराबको ज्ञानको रूखको फल खाए। यो परमेश्वरलाई धोका दिनु थियो। तिनीहरूले परमेश्वरको वचन सुनेर ती वचनहरूअनुसार अभ्यास गर्ने छनौट गरेनन्। तिनीहरूले परमेश्वरले आज्ञा गर्नुभएअनुसार गरेनन्, बरु त्यसको सट्टा शैतानका कुराहरू पत्यार र स्वीकार गरेर त्यसकै कुराहरूअनुसार कार्य गरे। अनि, यसको परिणाम के भयो? तिनीहरूको व्यवहारको प्रकृति र कार्यशैलीले परमेश्वरलाई धोका दियो र अपमानित तुल्यायो, र परिणामस्वरूप तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइए र पतित भए। आदम र हव्वा त्यतिबेला जस्ता थिए अहिलेका मानिसहरू पनि त्यस्तै छन्। तिनीहरूले परमेश्वरका वचनहरू सुन्छन् तर अभ्यास गर्दैनन्, तिनीहरूले सत्यता बुझ्छन् तर पनि अभ्यास गर्दैनन्। यसको प्रकृति आदम र हव्वाले परमेश्वरका वचनहरू वा आज्ञा नसुनेको जस्तै नै छ—यो परमेश्वरलाई धोका दिनु र अपमानित तुल्याउनु हो। जब मानिसहरूले परमेश्वरलाई धोका दिन्छन् र उहाँलाई अपमानित तुल्याउँछन्, तब परिणामस्वरूप तिनीहरू शैतानद्वारा भ्रष्ट र नियन्त्रित पारिन्छन्, तिनीहरू आफ्नै शैतानी स्वभावहरूद्वारा नियन्त्रित भइरहन्छन्। त्यसैले, तिनीहरू शैतानको प्रभावबाट मुक्त हुन वा त्यसको ललाइफकाइ, प्रलोभन, आक्रमण, षड्यन्त्र र भक्षणबाट कहिल्यै उम्कन सक्दैनन्। यदि तँ यी कुराहरूबाट कहिल्यै मुक्त हुन सक्दैनस् भने, तेरो जीवन निकै पीडादायी र समस्याग्रस्त हुनेछ, त्यसमा कुनै शान्ति र खुशी हुनेछैन। तैँले सबै कुरा खोक्रो भएको महसुस गर्नेछस् र यो सब अन्त्य गर्न तैँले मृत्युसमेत रोज्न सक्छस्। यही नै शैतानको शक्तिअन्तर्गत जिउनेहरूको दयनीय अवस्था हो।
अंश ५६
केही मानिसहरू अगुवा वा कामदार भई सेवा गर्दा, केही गल्ती गरिन्छ अनि आफूलाई प्रकाश गराइएर हटाइन्छ भन्ने डरमा सधैँ हुन्छन्, त्यसैले तिनीहरू अरूलाई प्रायः यसो भन्छन्, “तिमीहरू अगुवा बन्नुहुँदैन। केही नराम्रो हुनेबित्तिकै, तिमीहरूलाई हटाइनेछ, अनि फर्कने बाटो नै हुनेछैन!” के यो भनाइ भ्रमपूर्ण छैन त? “फर्कने बाटो हुनेछैन” भन्नुको अर्थ के हो? कस्ता अगुवा र कामदारहरूलाई हटाइन्छ? हटाइएका व्यक्तिहरू सबै दुष्ट हुन्छन्, जसलाई बारम्बार चेतावनी दिँदा पनि भाँडभैलो मच्चाउँदै मण्डलीको काममा बाधा र अवरोधहरू खडा गर्छन्। यदि कसैले आफ्नो कद सानो, वा क्षमता कम, वा अनुभव नभएका कारण मात्र गल्ती गर्छ, तर उसले सत्यता स्विकार्न र साँच्चै पश्चात्ताप गर्न सक्छ भने, के परमेश्वरको घरले उसलाई हटाउनेछ र? त्यो व्यक्तिले कुनै वास्तविक काम गर्न सक्दैन भने पनि, केवल उसको कर्तव्य त्यही अनुसार मिलाइनेछ। त्यसोभए, त्यसो भनिरहेका मानिसहरूले तथ्यलाई तोडमरोड गरिरहेका होइनन् त? के तिनीहरू अरूलाई बहकाउन धारणाहरू फैलाइरहेका छैनन् त? परमेश्वरको घरका अगुवा र कामदारहरूलाई प्रजातान्त्रिक प्रक्रियाबाट मनोनित गरिन्छ, यी भूमिकाहरू जसले लिन चाहन्छ उसैले पाउने त होइन। परमेश्वरको घरले अगुवा र कामदारहरूलाई सत्यता सिद्धान्तहरूको आधारमा व्यवहार गर्छ; सत्यता नै नस्विकार्ने झुटा अगुवाहरू, अनि ख्याति, लाभ, र ओहदा पछ्याउने ख्रीष्टविरोधीहरू, र हठी भएर पश्चात्ताप गर्न इन्कार गर्ने व्यक्तिहरूलाई मात्र हटाइन्छ। सत्यता स्वीकार गर्न सक्नेहरू, काटछाँट गरिन स्विकार्नेहरू, अनि साँचो रूपमा पश्चात्ताप गर्नेहरूलाई निकालिने छैन। “अगुवा बन्नु एकदमै जोखिमपूर्ण हुन्छ” भन्ने धारणा फैलाउने व्यक्तिहरूको आफ्नै अभिप्राय र लक्ष्य हुन्छ। तिनीहरूले मानिसहरूलाई बहकाउने, अरूलाई अगुवा बन्नबाट रोक्ने, अनि यसले प्रदान गर्ने मौकाको फाइदा उठाउने लक्ष्य राख्छन्। के यो गुप्त अभिप्राय हुनु होइन र? यदि तँ हटाइन्छस् भन्नेबारे चिन्ता गर्छस् भने, आफ्ना गल्ती सच्याउनका लागि तँ सावधान हुनुपर्छ, परमेश्वरलाई प्रार्थना र उहाँसामु पश्चात्ताप गर्नुपर्छ, अनि सत्यता स्विकार्नुपर्छ। के त्यसपछि यसले समस्या समाधान गर्नेछैन त? यदि कसैले गल्ती गर्छ, अनि काँट-छाँट गराइको सामना गर्दा सत्यता स्विकार्दैन, साँच्चै पश्चात्ताप गर्ने अभिप्राय राख्दैन, र झाराटरूवा भइरहन्छ, अनि भाँडभैलो मच्चाइरहन्छ भने उसलाई हटाइनुपर्छ। केही मानिसहरू अगुवा वा कामदार भएर सेवा गर्दा, निडर र साहसी बन्छन्, नहिच्किचाइकनै बोल्छन् र कार्य गर्छन्, अनि सबैको आँखामा छारो हाल्न चाहन्छन्। तिनीहरू समस्या समाधान गर्न सत्यताको प्रयोग गर्न असफल हुने मात्र होइन, माथिकालाई समस्या बताउनेहरूलाई खोजेर अलग्याउने पनि गर्छन्। जब माथिकाले यो विषयबारे थाहा पाउँछन् र तिनीहरूलाई त्यसको जिम्मेवार ठहराउँछन्, तिनीहरू मुसाजस्तो सङ्कोची बन्छन्, जिद्दी भएर आफूले गरेको कार्य स्विकार्नै मान्दैनन्। तिनीहरूले त्यो स्विकार्न इन्कार गरे भने, तिनीहरू भाग्न पाउँछन् अनि परमेश्वरको घरले त्यो मामिलालाई पछ्याउँदैन भन्ने ठान्छन्। के यो साँच्चै त्यति सरल हुन्छ त? परमेश्वरको घरले त्यस मामिलालाई स्पष्टरूपमा परख गर्नेछ, अनि त्यसलाई सिद्धान्तहरूअनुसार सम्हाल्नेछ, जो जिम्मेवार हुन्छ उम्कन सक्नेछैन। जब मानिसहरू आफूले गरेका कुराहरूमा सत्यता खोज्दैनन्, मनपरी, लापरवाह भएर, अनि आफ्नै मर्जीअनुसार कार्य गर्छन्, कुतर्क र ढोङ गर्न थाल्छन्, अनि कामकुरा बिग्रिँदा जिद्दी भएर आफ्ना गल्ती स्विकार्न मान्दैनन्, तब यो कस्तो खालको समस्या हो? के यो सही मनोवृत्ति हो त? के कुतर्क र ढोङ गरेर, जिद्दी भएर आफ्ना कार्यहरू स्विकार्न नमानेर समस्या समाधान हुन्छ त? के यो मनोवृत्ति सत्यताअनुरूप हुन्छ त? के यसमा साँचो समर्पण हुन्छ त? तिनीहरू गल्ती गरिएला अनि आफ्नो खुलासा भएर रिपोर्ट भइएला, परमेश्वरको घरले तिनीहरूलाई जिम्मेवार ठहराउला, अनि तिनीहरूको न्याय, निन्दा गरिएला र तिनीहरूलाई हटाइएला भनी डराउँछन्। के यो डरमा केही समस्या छ? यो डर सकारात्मक कुरा होइन; यो कहाँबाट आउँछ? (तिनीहरूको भ्रष्ट शैतानी स्वभावबाट।) ठिक। त्यसोभए, यो डरमा ठ्याक्कै के हुन्छ त? यसलाई चिरफार गरौँ। तिनीहरू किन डराउँछन् त? तिनीहरूको डर, कुराहरू खुलासा भएपछि, तिनीहरूलाई निकालिनेछ र तिनीहरूको ठाउँ अरू कसैलाई दिइनेछ अनि तिनीहरूले आफ्नो ओहदा र जीविका गुमाउनेछन् भन्ने चिन्ताबाट आउँछ। तसर्थ, तिनीहरू झुटो बोल्छन् र ढोङ गर्छन्, अनि जिद्दी भएर आफ्ना कार्यहरू स्विकार्नै मान्दैनन्। यस मनोवृत्तिका आधारमा, तिनीहरू सत्यता स्विकार्ने मानिस हुन् कि होइनन्, अहङ्कारी र आत्म-धर्मी मानिस हुन् कि होइनन्, वा छली मानिस हुन् कि होइनन् भन्ने यहाँ प्रकाश हुन्छ। के तिनीहरू दियाबलस होइनन्? तिनीहरूले अन्ततः आफ्नो साँचो स्वभाव देखाएका छन्। कस्तो समयमा मानिसहरूको सबैभन्दा धेरै प्रकाश हुन्छ त? जब तिनीहरूलाई केही आइपर्छ, अनि विशेषगरी जब तिनीहरूका दुष्कर्महरू प्रकाश हुन्छन्, तब तिनीहरूको मनोवृत्तिलाई हेर—यी क्षणहरूले तिनीहरूको सबैभन्दा धेरै प्रकाश गर्छन्। तिनीहरूको संकीर्णता, छलीपन, ठगी, अनि आफ्ना गल्तीहरू स्विकार्न नमान्ने जिद्दीपन, आदि इत्यादि—यी सबै भ्रष्ट स्वभावहरू एकै साथ बिस्फोट हुन्छन्। के यो मानिसहरूलाई खुट्ट्याउने सबैभन्दा सजिलो बेला होइन त? कतिपय मानिसहरू परमेश्वरको घरले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्छ भनेर विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू विश्वास गर्छन् कि कुनै व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै तह लगाउनेछ, उसको कर्तव्य निर्वाह गर्ने योग्यता खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के साँच्चै त्यस्तै हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँले व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, र उसको मनोवृत्तिलाई हेर्नुहुन्छ। विशेषगरी, उहाँले कुनै व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ कि सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूका आधारमा समस्याको सार छर्लङ्ग बुझ्न सक्छ कि सक्दैन, र यसरी सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैसित सही मनोवृत्ति छैन, अनि ऊ व्यक्तिगत अभिप्रायहरूले पूरै दूषित छ, यदि ऊ धूर्त षड्यन्त्रहरूले भरिएको छ र उसले भ्रष्ट स्वभावहरू मात्र प्रकट गर्छ, अनि, यदि समस्या पैदा हुँदा, उसले ढोँग, कुतर्क, आफूलाई सही साबित गर्ने काम समेत गर्छ, र जिद्दीपूर्वक आफ्ना गल्तीहरू स्विकार्न मान्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। उसले सत्यता बिलकुलै स्विकार्दैन, र ऊ सच्चा मानिस होइन; ऊ पूर्ण रूपमा प्रकाश भएको हुन्छ। जसले अलिकति पनि सत्यता स्विकार्दैनन् तिनीहरू सारमा अविश्वासी हुन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। अगुवा र कामदार भएर काम गर्ने अविश्वासीहरूलाई कसरी प्रकाश नगर्न र नहटाउन मिल्छ? अविश्वासीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसको सबैभन्दा चाँडो प्रकाश हुन्छ, किनकि उसले प्रकट गर्ने भ्रष्ट स्वभावहरू अति ठूलो सङ्ख्यामा र अति स्पष्ट हुन्छन्, र उसले सत्यता बिलकुलै स्विकार्दैन र लापरवाह र स्वेच्छाचारी रूपमा काम गर्न पनि सक्छ। अन्तमा, जब उसलाई हटाइन्छ, र उसले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर गुमाउँछ, ऊ चिन्ता गर्दै यसो सोच्न थाल्छ, “म त खतम भएँ। यदि मलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिइएन भने, मैले मुक्ति पाउँदिनँ। म के गरूँ त?” वास्तवमा, स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। एउटा अन्तिम मार्ग हुन्छ, जुन साँच्चै पश्चात्ताप गर्नु, चाँडो-चाँडो सुसमाचार प्रचार गर्नु र मानिसहरू प्राप्त गर्नु, अनि सत्कर्मी कार्यहरू गरेर आफ्ना गल्तीहरू पूर्ति गर्नु हो। यदि तिनीहरूले यो मार्ग लिएनन् भने, तिनीहरू पूर्ण रूपमा सक्किन्छन्। यदि तिनीहरूमा अलिकति समझ छ र तिनीहरूलाई आफूमा कुनै सामर्थ्य छैन भन्ने थाहा छ भने, तिनीहरूले राम्रोसँग आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ र सुसमाचार प्रचार गर्ने तालिम लिनुपर्छ—यो पनि कर्तव्य निर्वाह गर्नु नै हो। यो पूर्णतः सम्भव छ। यदि तिनीहरूले आफूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरेको र आफूलाई हटाइएको हो भन्ने स्विकार्छन्, तर अझै पनि सत्यता स्विकार्दैनन् अनि अलिकति पनि पश्चात्तापको हृदय राख्दैनन्, र यहाँसम्म कि आफूमाथि हरेश नै खान्छन् भने, के तिनीहरू मूर्ख र अज्ञानी होइनन् र? मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइमा पुग्छ र पश्चात्ताप गर्न इच्छुक छ भने, के परमेश्वरको घरले उसलाई मौका दिँदैन र? परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, निर्वाह गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर यदि तँमा कुनै विवेक वा समझ छैन, र तँ आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त गरेको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता पछ्याउँदैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँटको सामना गर्दा तँ पटक्कै समर्पित हुँदैनस् भने, के परमेश्वरको घरले अझै पनि तँलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छ? परमेश्वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ, र सबै कुरामा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्लेषण गर्न आवश्यक छैन; तैँले सुन्ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्वीकार गर्नुपर्छ र आफ्ना गल्तीहरू सच्याउनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता खोस्ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ आफूलाई सही साबित गर्न खोज्छस्, सधैँ कुतर्क प्रयोग गरेर आफ्नो बचाउ गर्छस् भने, त्यो समस्या हो। तैँले अलिकति पनि सत्यता स्विकार्दैनस्, र तँ पूर्ण रूपमा असमझदार छस् भनेर अरूले देख्नेछन्। यसले समस्या निम्त्याउँछ, र मण्डलीले तँलाई तह लगाउनुपर्ने हुन्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस्। तेरो यो डर मानव आशयले दूषित हुन्छ; यही डरभित्र भ्रष्ट शैतानी स्वभावहरू, साथै शङ्का, सतर्कता, र गलतफहमी हुन्छन्। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन। तैँले सुरुमा आफ्नो डरलाई समाधान गर्नैपर्छ, साथै तैँले परमेश्वरसम्बन्धी तेरा गलतफहमीहरूलाई पनि समाधान गर्नैपर्छ। व्यक्तिमा परमेश्वरसम्बन्धी गलतफहमीहरू कसरी पैदा हुन्छन्? जब मान्छेको परिस्थिति ठीकठाक हुन्छ, ऊ उहाँलाई पक्कै पनि गलत बुझ्दैन, र ऊ परमेश्वर असल हुनुहुन्छ, सम्मानित, धर्मी, कृपालु र प्रेमिलो हुनुहुन्छ, र परमेश्वर उहाँले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर पनि विश्वास गर्छ। तर जब तिनीहरूले आफ्नो धारणासँग नमिल्ने कुरा सामना गर्छन्, तब यस्तो सोच्छन्, “परमेश्वर त्यति धर्मी हुनुहुन्न रहेछ, कम्तीमा पनि यस मामलामा चाहिँ।” के यो गलतफहमी होइन र? परमेश्वर कसरी धर्मी हुनुहुन्न र? यो गलतफहमी पैदा गर्ने कुरा के थियो? के कुराले तँलाई परमेश्वर धर्मी हुनुहुन्न भन्ने विचार र बुझाइ पैदा गर्ने तुल्यायो? के तँ त्यो कुरा प्रस्ट रूपमा भन्न सक्छस्? त्यो ठ्याक्कै कुन वाक्य थियो? कुन मामला थियो? कुन परिस्थिति थियो? भन्, ताकि तेरो कुरा जायज छ कि छैन भनेर सबैले खुट्ट्याउन र हेर्न सकून्। अनि जब व्यक्तिले परमेश्वरलाई गलत बुझ्छ वा उसका धारणाहरूसँग नमिल्ने कुरा सामना गर्छ, तब उसमा कस्तो मनोवृत्ति हुनुपर्छ? (सत्यता खोजी गर्ने र समर्पित हुने मनोवृत्ति।) तिनीहरू सुरुमा समर्पित हुनुपर्छ अनि तिनीहरूले यो विचार गर्नुपर्छ: “मैले बुझेको छैन, तर म समर्पित हुनेछु किनकि परमेश्वरले गर्नुभएको कुरा यही हो र यो मानिसले विश्लेषण गर्ने कुरै होइन। यसअलावा, मैले परमेश्वरका वचनहरू वा उहाँको काममा शङ्का गर्न मिल्दैन किनकि परमेश्वरका सबै वचन सत्यता हुन्।” के व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही होइन र? यस्तो मनोवृत्ति हुँदा, के तेरो गलत बुझाइले अझै पनि समस्या ल्याउँछ र? (ल्याउँदैन।) यसले तेरो कर्तव्यपालनमा असर वा बाधा गर्दैन। ल भन्, के व्यक्तिले गलतफहमीहरू हुँदा आफ्नो कर्तव्य अर्पणका साथ निर्वाह गर्न सक्छ कि गलतफहमीहरू नहुँदा? (उसमा गलतफहमीहरू नहुँदा उसले आफ्नो कर्तव्य अर्पणका साथ निर्वाह गर्न सक्छ।) त्यसैले, सुरुमा, तँमा समर्पित मनोवृत्ति हुनैपर्छ। यसका साथै, तैँले कम्तीमा पनि परमेश्वर नै सत्यता हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ, र परमेश्वरले गर्ने हरेक कुरा सही हुन्छ भनेर विश्वास गर्नैपर्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा अर्पित हुन सक्छस् कि सक्दैनस् भनी निर्धारण गर्ने पूर्वसर्तहरू यिनै हुन्। यदि तँसँग यी दुवै कुरा छन् भने, के तेरो हृदयमा भएका गलतफहमीहरूले तेरो कर्तव्य निर्वाहलाई असर गर्न सक्छन् र? (सक्दैनन्।) सक्दैनन्। यसको अर्थ तँ यी गलतफहमीहरूलाई आफ्नो कर्तव्य निर्वाहमा ल्याउनेछैनस्। तैँले तिनलाई सुरुमै समाधान गरेको हुनेछस्, र तिनले विकास हुने मौका कहिल्यै नपाउने सुनिश्चित गरेको हुनेछस्। त्यसपछि तैँले के गर्नुपर्छ? तिनलाई जराबाटै समाधान गर्नुपर्छ। तैँले तिनलाई कसरी समाधान गर्नुपर्छ? यस मामलालाई लक्षित गर्ने परमेश्वरका वचनहरूका केही सान्दर्भिक खण्ड सबैसँग पढ्, र त्यसपछि परमेश्वर किन यसरी काम गर्नुहुन्छ, परमेश्वरको अभिप्राय के हो, र परमेश्वरले यसरी काम गर्दा यसबाट के-कस्ता नतिजाहरू हासिल गर्न सकिन्छ भन्नेबारे सँगै सङ्गति गर्। यी मामलाहरूमाथि प्रस्ट रूपमा सङ्गति गर्, त्यसपछि तैँले परमेश्वरको बुझाइ प्राप्त गर्नेछस् र तँ समर्पित हुन सक्नेछस्। यदि तँ परमेश्वरबारे तेरा गलतफहमीहरू समाधान गर्दैनस् र आफ्नो कर्तव्य निर्वाहमा धारणाहरू बोकेर जान्छस्, अनि “यस मामलामा परमेश्वरले जे गर्नुभयो त्यो गलत छ, र म समर्पित हुनेछैनँ। म प्रतिवाद गर्नेछु, म परमेश्वरको घरसँग बहस गर्नेछु। मलाई यो परमेश्वरले गर्नुभएको हो भन्ने विश्वास लाग्दैन!” भन्छस् भने—यो कस्तो स्वभाव हो? यो एउटा ठेट शैतानी स्वभाव हो। यी शब्दहरू व्यक्तिले बोल्नुपर्ने शब्द होइनन्, न त यो सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति नै हो। यदि तँ यसरी परमेश्वरको विरोध गर्न सक्छस् भने, के तँ आफ्नो कर्तव्य निर्वाह गर्न योग्य छस्? तँ योग्य छैनस्। तँ एउटा दियाबलस होस्, र तँसँग मानवता छैन, त्यसैले तँ कर्तव्य निर्वाह गर्न योग्य छैनस्। यदि केही समझ भएको व्यक्तिमा परमेश्वरबारे गलतफहमीहरू पैदा भएमा, उसले परमेश्वरलाई प्रार्थना गर्नेछ, र उसले परमेश्वरका वचनहरूमा सत्यता पनि खोज्नेछ, अनि ढिलोचाँडो, उसले यस मामलालाई स्पष्ट रूपमा देख्नेछ। मानिसहरूले गर्नुपर्ने चाहिँ यो हो।
परमेश्वरको काम अनुभव गर्ने प्रक्रियामा, मानिसहरूले बुझ्न नसक्ने र स्विकार्न नसक्ने धेरै कुरा हुन्छन्। तिनीहरूको हृदय समर्पणकारी छ भने, यी समस्याहरू बिस्तारै समाधान हुँदै जानेछन्, अनि तिनीहरूले ती कुराको उत्तर परमेश्वरका वचनहरूमा पाउनेछन्। तिनीहरूले अहिले नै नतिजा प्राप्त गर्न नसके पनि, केही वर्षको अनुभवपछि यी कुराहरू स्वतः बुझ्नेछन्। यदि, समस्याहरू सामना गर्दा, तिनीहरूलाई कसैले कहिल्यै बुझ्न सक्दैन, अनि तिनीहरू अगुवा र कामदारहरूका विरुद्ध खडा हुन्छन्, वा परमेश्वरको घरसँग बाझ्छन् भने, के यो समझदार व्यक्ति हो त? परमेश्वरलाई पछ्याउन, कम्तीमा पनि व्यक्तिसँग सामान्य मानवता र आधारभूत विश्वासको समझ हुनुपर्छ, अनि त्यसपछि मात्र तिनलाई परमेश्वरप्रति समर्पित हुन सजिलो हुनेछ। यदि तँ सधैँ परमेश्वरको विरोध गर्छस् अनि आफूलाई उहाँको विरुद्ध खडा गर्छस्, अनि पछि सत्यता खोज्दैनस् वा पश्चात्तापी हृदय राख्दैनस् भने, तँ कर्तव्य निर्वाह गर्न वा परमेश्वरलाई पछ्याउन, अनि उहाँको आज्ञा स्विकार्न योग्य छैनस्। यदि तँमा साँचो आस्था छैन, तर तँ अझै पनि कर्तव्य निर्वाह गर्छस् अनि परमेश्वरलाई पछ्याउँछस् भने, तैँले प्रगति गर्ने आधार पाउन सक्नेछैनस्, र तँ निश्चित रूपमा हटाइनेछस्। के यो आफ्नै लागि समस्या सृजना गर्नु होइन र? यो भनेको आफ्नै बेइज्जत गर्नु हो। तसर्थ, परमेश्वरबारे गलतफहमीहरू समाधान गर्न, मानिसहरूमा हुनुपर्ने मनोवृत्ति भनेको सुरूमा समर्पित हुने, अनि परमेश्वरले जेसुकै गर्नुभए पनि सही हुन्छ भन्ने विश्वास गर्ने हो। आफ्ना आँखा र मूल्याङ्कनलाई विश्वास नगर्—यदि तँ सधैँ आफ्नै मूल्याङ्कन र आँखालाई विश्वास गर्छस् भने, यसले समस्या निम्त्याउँछ। तँ परमेश्वर होइनस्; तँसँग सत्यता छैन। तँ भ्रष्ट स्वभावहरू भएको व्यक्ति होस्; तैँले गल्ती गर्न सक्छस्, अनि अझै पनि तँ सत्यता बुझ्दैनस्। यदि तँ सत्यता बुझ्दैनस् भने, के परमेश्वरले तेरो निन्दा गर्नुहुन्छ? परमेश्वरले तेरो निन्दा गर्नुहुन्न, तर तैँले सत्यता खोज्नैपर्छ। परमेश्वरले तँलाई खोज्ने मौका अनि समय दिनुहुन्छ, र उहाँ पर्खिरहनुहुन्छ। केका लागि पर्खिरहनुहुन्छ? यस समयको दौरान तैँले सत्यता खोज्न पर्खिरहनुहुन्छ। तैँले बुझेपछि अनि समर्पण गरेपछि, सबै कुरा ठिक हुनेछन्, अनि परमेश्वरले न यो सम्झनुहुनेछ न त तेरो निन्दा गर्नुहुनेछ। तर, तैँले उही पुराना गल्तीहरू गरिराखिस् भने, तँ साँच्चै खतम हुनेछस् र मुक्ति पाउन सक्नेछैनस्।
अंश ५७
अब तिमीहरू आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू केही हदसम्म खुट्ट्याउन सक्छौ। जब तिमीहरू सामान्य परिस्थितिहरूमा आफूभित्र अझै पनि कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट हुन सक्छन्, अनि तिमीहरूले सत्यताअनुरूप नभएका के-कस्ता कामहरू अझै पनि गर्ने सम्भावना हुन्छ भनेर स्पष्ट रूपमा देख्न सक्छौ, तब तिमीहरूका भ्रष्ट स्वभावहरूलाई पखाल्न सजिलो हुनेछ। धेरै मामलाहरूमा किन मानिसहरूले आफूलाई काबुमा राख्न सक्दैनन्? किनभने हरेक पल र हरेक हिसाबमा, तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई हरेक कुरामा सीमित तुल्याइरहेको र बाधा दिइरहेको हुन्छ। सबै कुरा ठिकै हुँदा, र ठोकर नखाँदा वा नकारात्मक नहुँदा, केही मानिसहरूले सधैँ आफूसँग कद भएको महसुस गर्छन्, र दुष्ट व्यक्ति, झूटो अगुवा, वा ख्रीष्टविरोधीको प्रकाश हुँदा र हटाइँदा, त्यो ठूलो कुरा होइन भन्ने सोच्छन्। तिनीहरूले सबैसामु धाकसमेत लगाउनेछन्, “अरू जोकोहीले पनि ठोकर खान सक्ला, तर म ठोकर खादिनँ। अरू कसैले परमेश्वरलाई प्रेम नगर्ला, तर म त गर्छु।” तिनीहरू आफू कुनै पनि अवस्था वा परिस्थितिमा आफ्नो गवाहीमा दृढ रहन सक्ने सोच्छन्। तैपनि अन्त्यमा, एउटा त्यस्तो दिन आउँछ जब तिनीहरूको परीक्षा लिइन्छ अनि तिनीहरू परमेश्वरका बारेमा गुनासो र गनगन गर्छन्। के यो असफल हुनु अनि ठोकर खानु होइन र? मानिसहरूलाई परीक्षाहरूले भन्दा बढी अरू कुनै पनि कुराले प्रकट गर्दैन। परमेश्वरले मानिसको अन्तस्करणको छानबिन गर्नुहुन्छ, र मानिसहरूले कहिल्यै धाक लगाउनु हुँदैन। तिनीहरूले जे कुराको धाक लगाउँछन्, ढिलोचाँडो, एकदिन तिनीहरूले त्यही कुरामा ठोकर खानेछन्। जब अरूहरूले कुनै निश्चित परिस्थितिमा ठोकर खाएको र असफल भएको देख्छन्, तिनीहरू यसलाई ठूलो कुरा मान्दैनन्, र तिनीहरू आफू कहिल्यै असफल हुन नसक्ने, आफू दृढ रहन सक्ने भनेर समेत सोच्छन्—तर तिनीहरू पनि आखिर उही परिस्थितिमा ठोकर खान र असफल हुन पुग्छन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति सारलाई पूर्ण रूपमा बुझ्दैनन्; आफ्नो प्रकृति सारसम्बन्धी समस्याबारे उनीहरूको ज्ञान अझै पनि त्यति गहन हुँदैन, त्यसैले सत्यता अभ्यास गर्न तिनीहरूलाई अत्यन्तै कठिन हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू अति छली, बोली र कार्यमा बेइमान हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्ट स्वभाव कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरू यति भन्छन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर उनीहरूको प्रकृति आफैमा छली छ भनेर भन्दैनन्, र उनीहरू छली व्यक्ति हुन् भनेर भन्दैनन्। आफ्नो भ्रष्ट स्थितिको बारेमा तिनीहरूमा त्यत्ति गहिरो ज्ञान हुँदैन, र तिनीहरू त्यसलाई अरूले जस्तो न त गम्भीर रूपमा हेर्छन्, न त विस्तृत रूपमा नै हेर्छन्। अरूको दृष्टिकोणबाट हेर्दा यो व्यक्ति अति छली र अति कुटिल छ, र उसले बोल्ने हरेक कुरामा चालबाजी हुन्छ, र उसको कुरा र काम कहिल्यै इमानदार हुँदैन भन्ने देखिन्छ—तर त्यस व्यक्तिले आफैलाई त्यत्ति गहिरो रूपमा चिन्न सक्दैन। उसमा केही ज्ञान हुँदा पनि, त्यो केवल सतही हुन्छ। हरेक पटक बोल्दा र काम गर्दा, ऊ आफ्नो प्रकृतिको कुनै भाग प्रकट गर्छ, तैपनि ऊ त्यसबारे अनजान हुन्छ। ऊ आफूले त्यस्तो व्यवहार गर्नु भ्रष्टताको प्रकटीकरण होइन भन्ने विश्वास गर्छ, ऊ आफूले सत्यतालाई व्यवहारमा लागु गरिसकेको ठान्छ—तर हेर्ने मानिसहरूका नजरमा, यो व्यक्ति अझै पनि निकै कुटिल र छली नै देखिन्छ र उसका बोलीवचन र व्यवहार अझै पनि गहन रूपमा बेइमान हुन्छन्। भन्नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो बुझाइ अनि तिनीहरूको न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरूको बीचमा ठूलो भिन्नता हुन्छ। यो परमेश्वरले खुलासा गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको पर्याप्त गहन बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा सारगत बुझाइ छैन; यसको सट्टामा, तिनीहरू आफ्ना कार्यहरू र बाहिरी प्रकटीकरणहरू चिन्नमा आफ्नो ध्यान केन्द्रित गर्छन् र ऊर्जा खर्चन्छन्। यदि केही मानिसहरूले कहिलेकाहीँ आफ्नो स्व-ज्ञानबारे केही भन्न सक्छन् भने पनि त्यो त्यत्ति गहन हुनेछैन। तिनीहरूले कुनै निश्चित प्रकारको कार्य गरेकोले वा कुनै निश्चित कुरा प्रकट गरेकोले, तिनीहरू कुनै निश्चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्चित प्रकारको प्रकृति छ भनी कुनै व्यक्तिले कहिल्यै सोचेको छैन। परमेश्वरले मानिसको प्रकृति र सार खुलासा गर्नुभएको छ, तर मानिसहरूले के बुझ्छन् भने तिनीहरूको काम गर्ने र बोल्ने तरिकाहरू त्रुटिपूर्ण र दोषपूर्ण छन्; परिणामस्वरूप, तुलनात्मक रूपमा तिनीहरूलाई सत्यताको अभ्यास गर्न कठिन हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक प्रकटीकरण मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरू सत्यता जान्दैनन् र त्यसको तृष्णा गर्दैनन्, सत्यतालाई व्यवहारमा लागु गर्दा तिनीहरू झाराटारुवा तरिकाले प्रावधानहरू मात्र पालन गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई त्यति खराब ठान्दैनन्, र तिनीहरू आफू नाश हुनुपर्ने वा दण्डित हुनुपर्ने माग गर्ने गरी खराब पनि नभएको विश्वास गर्छन्। तैपनि परमेश्वरका मापदण्डहरूअनुसार, मानिसहरू अति नै गहन रूपमा भ्रष्ट तुल्याइएका छन्, तिनीहरू अझै पनि मुक्तिको मापदण्डहरूभन्दा धेरै टाढा छन्, किनकि तिनीहरूसित सत्यतालाई बाह्य रूपमै उल्लङ्घन नगर्ने जस्तो देखिने केही व्यवहारहरू मात्र हुन्छन्, र वास्तवमा, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र परमेश्वरप्रति समर्पित हुँदैनन्।
मानिसहरूको व्यवहार वा आचरणमा हुने परिवर्तनले तिनीहरूको प्रकृतिमा भएको परिवर्तनलाई जनाउँदैन। यसको कारण के हो भने, मानिसहरूको आचरणमा आएको परिवर्तनले तिनीहरूको मौलिक रूपरङ्गलाई आधारभूत रूपमा परिवर्तन गर्न सक्दैन, यसले तिनीहरूको प्रकृति बदल्न सक्ने त कुरै नगरौँ। मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग आफ्नै प्रकृति सारबारे ज्ञान भएपछि अनि सत्यता अभ्यास गर्न सक्ने भएपछि मात्र, तिनीहरूको अभ्यास पर्याप्त रूपमा गहन हुनेछ र त्यो कुरा बन्नेछ, जुन प्रावधानहरूको पालना मात्र हुनेछैन। मानिसहरूले आज जसरी सत्यता अभ्यास गर्छन् त्यो अझै पनि मापदण्डअनुसारको छैन, र त्यसले सत्यताले चाहे जति सबै कुरा पूर्ण रूपमा हासिल गर्न सक्दैन। मानिसहरूले सत्यताको केही भाग मात्र अभ्यास गर्छन्, अनि तिनीहरू निश्चित स्थिति र परिस्थितिहरूमा पुगेपछि मात्रै तिनीहरूले थोरबहुत सत्यता अभ्यास गर्न सक्छन्; यो उनीहरूले सबै अवस्था र सबै परिस्थितिहरूमा सत्यताको अभ्यास गर्न सक्ने अवस्था होइन। जब कुनै बेला मानिसहरू खुसी हुन्छन् र तिनीहरूको स्थिति राम्रो हुन्छ, वा जब तिनीहरूले अरूसँग सङ्गति गरिरहेको हुन्छन् अनि तिनीहरूसँग आफ्नो हृदयमा अभ्यासको मार्ग हुन्छ, तब अस्थायी रूपमा तिनीहरूले सत्यतासँग मिल्ने केही कुराहरू गर्न सक्छन्। तर जब तिनीहरू नकारात्मक अनि सत्यता खोजी नगर्ने मानिसहरूसँग जिउँछन् र यी मानिसहरूद्वारा प्रभावित हुन्छन्, तिनीहरूले आफ्नो हृदयमा अभ्यासको मार्ग गुमाउँछन्, र सत्यता अभ्यास गर्न नसक्ने हुन्छन्। यसले तिनीहरूको कद अत्यन्तै सानो छ, र तिनीहरूले अझै पनि साँचो रूपमा सत्यता बुझेका छैनन् भन्ने देखाउँछ। कतिपय व्यक्तिहरूलाई सही मानिसहरूले डोर्याए र अगुवाइ गरे भने तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्; यद्यपि तिनीहरूलाई झूटो अगुवा वा ख्रीष्टविरोधीले बहकायो र बाधा दियो भने, तिनीहरूले सत्यता अभ्यास गर्न नसक्ने मात्र होइन, तिनीहरू बहकाउमा परी ती मानिसहरूलाई पछ्याउने सम्भावना पनि हुन्छ। त्यस्ता मानिसहरू अझै पनि खतरामा हुन्छन्, होइन र? यस्तो कद भएका यस्ता मानिसहरूले सबै मामला र परिस्थितिमा सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले अभ्यास नै गरे पनि, तिनीहरू सही मुडमा हुँदा वा अरूले बाटो देखाउँदा मात्रै यसो गर्न सक्छन्; अगुवाइ गर्ने कुनै असल व्यक्ति भएन भने, कहिलेकाहीँ तिनीहरूले सत्यता उल्लङ्घन गर्ने काम गर्न सक्छन् र अझै पनि परमेश्वरका वचनहरूबाट टाढा बरालिन्छन्। अनि यस्तो किन हुन्छ? तैँले आफ्ना केही स्थितिहरूलाई मात्रै चिनेकोले, र तँलाई तेरो आफ्नै प्रकृति सारको बारेमा ज्ञान नभएकोले, र तैँले देहविरुद्ध विद्रोह गरेर सत्यता अभ्यास गर्ने कद प्राप्त गर्न अझै बाँकी भएकोले यस्तो भएको हुन्छ; त्यसकारण, भविष्यमा तैँले के गर्नेछस् त्यो तेरो नियन्त्रणमा हुँदैन, र तँ कुनै पनि परिस्थिति वा जाँचमा दह्रिलो गरी खडा हुन सक्छस् भन्ने कुरा निश्चित गर्न सक्दैनस्। कहिलेकाहीँ यस्तो समय हुन्छ जब तँ एउटा स्थितिमा हुन्छस् र तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र तँ अलिकति परिवर्तित भएको छस् भन्ने देखिन्छ, तैपनि फरक परिस्थितिमा, तैँले सत्यतालाई अभ्यास गर्न सक्दैनस्। यो नियन्त्रण बाहिरको कुरा हो। कहिलेकाहीँ तैँले सत्यताको अभ्यास गर्न सक्छस्, र कहिलेकहीँ सक्दैनस्। एक पल तँ बुझ्छस्, र अर्को क्षण तँ भ्रमित हुन्छस्। अहिले, तैँले केही नराम्रो गरिरहेको छैनस्, तर सायद तैँले केही समयपछि यसो गर्नेछस्। यसले के प्रमाणित गर्दछ भने, तँभित्र अझै पनि भ्रष्ट कुराहरू छन्, र यदि तैँले साँचो रूपमा आफूलाई चिन्न सक्दैनस् भने, यी कुराहरूलाई समाधान गर्न सजिलो हुनेछैन। यदि तैँले आफ्नै भ्रष्ट स्वभावको पूर्ण ज्ञान प्राप्त गर्न सक्दैनस् भने, र अन्ततः परमेश्वरको विरोध गर्ने कुराहरू गर्न सक्षम हुन्छस् भने, तँ खतरामा छस्। यदि तैँले आफ्नो प्रकृतिलाई भित्रैबाट बुझ्न र त्यसलाई घृणा गर्न सक्छस् भने, तैँले आफैलाई नियन्त्रण गर्न, आफैविरुद्ध विद्रोह गर्न, र सत्यतालाई अभ्यास गर्न सक्नेछस्।
आज मानिसहरू सत्यता अभ्यास र सत्यतामा प्रवेश गर्नुलाई प्राथमिकता दिँदैनन्, तिनीहरू शब्द र धर्मसिद्धान्त बुझ्नु र बोल्नुमा मात्र ध्यान दिन्छन्, तिनीहरू आफ्नो मनोवैज्ञानिक आवश्यकता पूरा गर्नु र दुःखी वा नकारात्मक महसुस नगर्नु नै पर्याप्त हुन्छ भन्ने सोच्छन्। त्यो बेला तँलाई सत्यतामा सङ्गति गरेर जति नै सहयोग दिइए पनि, तँ पछि गएर सत्यता अभ्यास गर्दैनस्—यहाँ समस्या के हो? समस्या के हो भने तँ सत्यता बुझ्न वा सुन्नमा मात्र ध्यान लगाउँछस्, तर त्यो अभ्यास गर्नमा ध्यान दिँदैनस्। के तिमीहरूमध्ये कसैले सत्यताको कुनै तत्वलाई कसरी अभ्यास गर्ने, वा त्यो सत्यताको तत्व कति वटा स्थितिसँग सम्बन्धित छ भनेर सारसङ्क्षेप गरेका छौ? छैनौ! तिमीहरूले यी कुरालाई कसरी सारसङ्क्षेप गर्न सक्छौ? तिमीहरूले यी कुरालाई सारसङ्क्षेप गर्न ती आफै अनुभव गरेको हुनैपर्छ; केही शब्द र धर्मसिद्धान्तमा सङ्गति गरेर मात्र पुग्दैन। यो मानिसको सबैभन्दा ठूलो कठिनाइ हो—सत्यता अभ्यासमा रुचि नराख्नु। कुनै व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको पछ्याइमा भर पर्छ। केही मानिस सुसमाचार फैलाउन आफूलाई सत्यताले सुसज्जित पार्छन्, केहीले चाहिँ सत्यता अभ्यास गर्न र आफूलाई बदल्न नभई अरूलाई बताउन र रवाफ देखाउन आफूलाई सत्यताले सुसज्जित पार्छन्। यस्ता कुरामा ध्यान लगाउने मानिसहरूलाई सत्यता अभ्यास गर्न हम्मेहम्मे पर्छ। यो मानिसको अर्को कठिनाइ हो। कतिपय मानिसहरू भन्छन्, “अब म केही सत्यता अभ्यास गर्न सक्छु जस्तो मलाई लाग्छ; मैले कुनै सत्यताहरूलाई बिलकुल अभ्यास गर्न सक्दिनँ भन्ने होइन। कतिपय परिस्थितिमा म सत्यताअनुसार कामकुराहरू गर्न सक्छु, यसको अर्थ म सत्यता अभ्यास गर्ने र सत्यता भएको व्यक्तिको रूपमा गनिन्छु।” अघिको समयसित वा तैँले सुरुमा परमेश्वरमा विश्वास गर्न थालेको समयसित तुलना गर्दा, तेरो स्थिति थोरै परिवर्तित भएको छ। विगतमा, तैँले केही बुझेको थिइनस्, न त तैँले सत्यता के हो वा भ्रष्ट स्वभाव के हो भनी जानेको थिइस्। अब तैँले ती बारे केही कुराहरू जानेको छस्, अनि तँसँग केही राम्रा व्यवहारहरू छन्, तर यो त तेरो परिवर्तित भएको एउटा सानो अंश मात्रै हो; यो तेरो स्वभावको साँचो परिवर्तन होइन, किनकि तँ तेरो प्रकृतिलाई उत्प्रेरित गर्ने अझ महान र अझ गहन सत्यताहरूलाई अभ्यास गर्न असक्षम छस्। विगतको तुलनामा, तँ अवश्य केही मात्रामा परिवर्तन भएको छस् तर यो रूपान्तरण तेरो मानवताको एउटा सानो परिवर्तन मात्रै हो; स्वभावको परिवर्तनसँग तुलना गर्दा, तँ निकै चुकेको छस्। यसको अर्थ, सत्यता अभ्यास गर्ने कुरामा तैँले मानक पूरा गरेको छैनस्। कहिलेकाहीँ, मानिसहरू नकारात्मक नहुने, र सामर्थ्य हुने, तर तिनीहरूलाई आफूसँग सत्यता चिन्ने र अभ्यास गर्ने मार्ग छैन भन्ने महसुस हुने, अनि तिनीहरू सत्यता कसरी अभ्यास गर्ने भनेर पत्ता लगाउन रुचि नराख्ने स्थितिमा हुन्छन्। यो कसरी हुन्छ? कहिलेकाहीँ तँ मार्ग चिन्न सक्दैनस्, त्यसैले प्रावधानहरू मात्र पालन गर्छस्, र आफूले सत्यता अभ्यास गरिरहेको छु भन्ठान्छस्, अनि परिणामस्वरूप तँ अझै पनि आफ्ना कठिनाइहरू समाधान गर्न सक्दैनस्। तँलाई हृदयमा आफूले सत्यता अभ्यास गरिरहेको र बफादारी देखाइरहेको छु भन्ने लाग्छ, र तँ समस्याहरू अझै किन देखा परिरहेका छन् भनेर सोच्छस्। किनभने तँ असल अभिप्राय राखेर कार्य गरिरहेको हुन्छस् र आफ्ना व्यक्तिपरक प्रयास लगाइरहेको हुन्छस्—तँ परमेश्वरका अभिप्राय खोज्दैनस्, सत्यताको मापदण्डअनुसार कार्य गर्दैनस्, वा सिद्धान्तहरू पालन गर्दैनस्। परिणामस्वरूप, तँलाई सधैँ आफू परमेश्वरको मानकभन्दा कता हो कता तल भएको महसुस हुन्छ र तँलाई मनमा असहज हुन्छ, अनि तँ थाहै नपाई नकारात्मक बन्छस्। व्यक्तिका व्यक्तिपरक इच्छा र व्यक्तिपरक प्रयासहरू सत्यताका मापदण्डहरूभन्दा धेरै टाढा हुन्छन् र तिनको प्रकृति पनि फरक हुन्छ। मानिसहरूको बाहिरी तौरतरिकाले सत्यताको ठाउँ लिन सक्दैनन्, र तिनलाई पूर्ण रूपमा परमेश्वरका चाहनाअनुरूप पालन गरिँदैन, जबकी सत्यता भनेको परमेश्वरका अभिप्रायको साँचो अभिव्यक्ति हो। सुसमाचार सुनाउने केही मानिस सोच्छन्, “मैले धेरै कष्ट भोगेको छु र मूल्य चुकाएको छु, र म दिनभरि सुसमाचार प्रचार गर्नमा व्यस्त हुन्छु। मैले सत्यता अभ्यास गरिरहेको छैनँ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु: तँ आफ्नो हृदयमा कति वटा सत्यता राख्छस्? तैँले सुसमाचार प्रचार गर्दा सत्यताअनुरूप कति वटा कार्य गर्छस्? के तँ परमेश्वरका अभिप्राय बुझ्छस्? तँ आफूले कामकुरा मात्र गरिरहेको छु कि सत्यता अभ्यास गरिरहेको छु भनेर भन्न सक्दैनस्, किनकि तँ केवल परमेश्वरलाई सन्तुष्ट पार्न र उहाँको अनुग्रह प्राप्त गर्न आफ्ना कार्यहरू प्रयोग गर्नमा ध्यानमग्न हुन्छस्, अनि तैँले आफूलाई मापन गर्न “सबै कुरामा सत्यताअनुरूप हुन परमेश्वरका अभिप्रायको खोजीद्वारा उहाँलाई सन्तुष्ट पार्ने” मानक प्रयोग गर्दैनस्। यदि तँ सत्यता अभ्यास गरिरहेको छु भन्छस् भने, यस अवधिमा तेरो स्वभाव कति परिवर्तन भएको छ? परमेश्वरप्रतिको तेरो प्रेम कति बढेको छ? यसरी तैँले आफूलाई मापन गरेर, आफूले सत्यता अभ्यास गरिरहेको छु कि छैन भन्नेबारे तेरो हृदय स्पष्ट हुनेछ।
अंश ५८
स्वभाव परिवर्तनको बारेमा तिमीहरूलाई के थाहा छ? स्वभावका परिवर्तनहरू सारमा व्यवहारका परिवर्तनहरूभन्दा फरक हुन्छन्, र ती अभ्यासका परिवर्तनहरूभन्दा पनि फरक हुन्छन्—ती सबै सारको हिसाबले फरक छन्। धेरैजसो मानिस परमेश्वरमाथिको आफ्नो विश्वासमा व्यवहारलाई विशेष जोड दिन्छन्, र परिणामस्वरूप, तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू आउँछन्। परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू चुरोट र रक्सी पिउन छोड्छन्, र तिनीहरू अब अरूसँग जोरी खोज्दैनन्, घाटा नै सहनुपरे पनि सहन तयार हुन्छन्। तिनीहरूको व्यवहारमा केही परिवर्तनहरू आउँछन्। कतिपय मानिस, परमेश्वरमा विश्वास गर्न थालेपछि, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्छन्, केही सत्यता बुझ्न थाल्छन्, पवित्र आत्माको काम अनुभव गर्छन्, र आफ्नो हृदयमा ठूलो आनन्द महसुस गर्छन्, र यसरी परमेश्वरप्रति आफूलाई समर्पित गर्न इच्छुक हुन्छन्, र कुनै पनि कुरा त्याग्न र जस्तोसुकै कष्ट भोग्न समेत सक्षम हुन्छन्। तर यदि, केही वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि पनि, मानिसहरू सत्यता पछ्याउन लगातार असफल हुन्छन् भने, तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन नआएको हुनाले, तिनीहरू अनिवार्य रूपमा तिनै पुराना गल्तीहरू दोहोर्याइरहन्छन्। तिनीहरू आफ्नो शैतानी स्वभाव फाल्न असफल हुने मात्र होइन, यो त अझै खराब बन्छ। तिनीहरू आफ्नो वरिष्ठतामा भर परेर शक्ति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्छन्, तिनीहरू मण्डलीको पैसाको लालसा गर्छन्, र अरू कसैले परमेश्वरको घरको फाइदा उठाइरहेको देख्दा तिनीहरू जहिले पनि ईर्ष्यालु बन्छन्, र आफ्नै लागि अझ ठूला फाइदाहरू सुनिश्चित गर्ने आशा मात्र गर्छन्—तिनीहरू परमेश्वरको घरभित्र परजीवी र किराफट्याङ्ग्रा बन्छन्। फलस्वरूप, कतिपय त झूटा अगुवा र ख्रीष्टविरोधी बन्छन्, अनि तिनीहरू प्रकाश गरिन्छन् र हटाइन्छन्। अनि यी तथ्यहरूले के प्रमाणित गर्छन्? केवल व्यवहारमा आउने परिवर्तनहरू दिगो हुँदैनन्; यदि मानिसहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएन भने, ढिलोचाँडो, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। किनभने व्यवहारमा आउने परिवर्तनहरूको स्रोत भनेको उत्साह हो, र त्यसमाथि, पवित्र आत्मा यस समयमा केही काम गरिरहनुभएको हुन्छ, र त्यसैले मानिसहरूलाई छोटो समयका लागि जोसिलो बन्न वा केही दया देखाउन अत्यन्तै सजिलो हुन्छ। जसरी गैरविश्वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; त्यस व्यक्तिको प्रकृति जस्तो छ, उसका प्राकृतिक प्रकटीकरणहरू पनि उस्तै हुन्छन्, र उसले प्राकृतिक रूपमा जे प्रकट गर्छ त्यसले मात्र उसको प्रकृतिको प्रतिनिधित्व गर्दछ। ढोँगहरू टिक्न सक्दैनन्। जब परमेश्वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्वरको कामको उद्देश्य मानिसहरूको स्वभावलाई रूपान्तरण गर्नु, तिनीहरूलाई भित्रैदेखि रूपान्तरित गरेर नयाँ मानिस बनाउनु हो। परमेश्वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्वरप्रति समर्पण र बफादारी हासिल गर्न, र साँचो रूपमा उहाँको आराधना गर्न सकोस्। परमेश्वरले आफ्नो काममा हासिल गर्न चाहने नतिजा यही हो, र परमेश्वरको कामको लक्ष्य पनि यही हो। असल व्यवहार गर्नु भनेको परमेश्वरप्रति समर्पित हुनु होइन, यो ख्रीष्टसँग मिल्ने हुनु बराबर त झनै होइन। व्यवहारमा आउने परिवर्तनहरू सिद्धान्तमा आधारित हुन्छन् र उत्साहको कारण उत्पन्न हुन्छन्; ती परमेश्वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुनु त झनै परको कुरा हो। कतिपय समयमा मानिसहरूले पवित्र आत्माबाट अन्तर्दृष्टि र मार्गदर्शन पाउने भए पनि, त्यो तिनीहरूको जीवनको प्रकटीकरण होइन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले ऊ परमेश्वरप्रति समर्पित हुन्छ वा ऊ सत्यतालाई व्यवहारमा लागु गर्छ भन्ने कुरा प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरूलाई प्रतिनिधित्व गर्दैनन् र तिनलाई जीवनका प्रकटीकरणहरूमा गन्न सकिँदैन। त्यसैले, जब तिमीहरूले केही मानिसहरूले उत्साहमा हुँदा मण्डलीको लागि केही गर्न सकेको, साथै केही कुराहरू त्याग्नसमेत सकेको देख्छौ, तब तिनीहरूको प्रशंसा गर्ने वा तिनीहरूलाई चिल्लो घस्ने काम नगर, र तिनीहरू सत्यता वास्तविकता भएका वा परमेश्वरलाई प्रेम गर्ने मानिसहरू हुन् भनेर नभन। त्यस्तो भन्नु गलत र पथभ्रष्ट हुन्छ र त्यो तिनीहरूको लागि हानिकारक छ। तर तिनीहरूको आत्मालाई हतोत्साहित पनि नबनाओ; तिनीहरूलाई सत्यता र जीवन पछ्याउने मार्गतर्फ मात्र अगुवाइ गर। प्रायः जोसमा रहने मानिसहरूसँग सामान्यतया अघि बढ्ने चाहनाका साथै सङ्कल्प पनि हुन्छ। तिनीहरूमध्ये धेरैजसोले सत्यताको तृष्णा गर्छन् र तिनीहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुभएका र चुन्नुभएका मानिसहरू हुन्। ज्वलन्त हृदय भएकाहरू जो स्वेच्छाले परमेश्वरमा समर्पित हुन्छन्, तिनीहरू परमेश्वरका सबैभन्दा इमानदार विश्वासीहरू हुन्। तर आफूलाई परमेश्वरमा अर्पित गर्नमा इमानदार नहुने र आफ्नो कर्तव्य निभाउन इच्छुक नहुनेहरू परमेश्वरका इमानदार विश्वासीहरू होइनन्। विश्वासमा मन्द रहेका र सजिलै नकारात्मक हुनेहरू प्राय दृढ रहिरहन सक्दैनन्। तिनीहरू अलिकति कठिनाइ सामना गर्नुपर्दा पछि हट्छन्, अनि सतावट र परीक्षा सामना गर्दा, तिनीहरू भाग्छन् र आफ्नो आस्था त्यागिदिन्छन्। ठूलो विश्वास र उत्साह भएकाहरूले मात्र लामो समय टिकिराख्न, अनि समस्याहरू समाधान गर्नहेतु सत्यता खोज्न, र बिस्तारै परमेश्वरमा विश्वास गर्ने सही मार्गमा प्रवेश गर्न सक्छन्। तर थोरै विश्वास भएका र उत्साह नभएकाहरूले भने अन्त्यसम्मै परमेश्वरलाई पछ्याउन मुस्किल अनुभव गर्नेछन्।
कुनै व्यक्तिले जतिसुकै असल कार्यहरू गरे पनि, यसको अर्थ ऊसँग सत्यता वास्तविकताहरू छन् भन्ने हुँदैन। सत्यता अभ्यास गर्नु र सिद्धान्तहरूअनुसार काम गर्नु नै सत्यता वास्तविकताहरू हुनु हो। परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु नै सत्यता वास्तविकताहरू हुनु हो। कतिपय त्यस्ता मानिस छन् जो उत्साही हुन्छन्, धर्मसिद्धान्त बोल्न, प्रावधानहरू पालना गर्न, र धेरै वटा राम्रा कामकुरा गर्न सक्छन्, तर तिनीहरूका बारेमा यति मात्र भन्न सकिन्छ कि तिनीहरूमा थोरै मानवता छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ प्रावधानहरू पालना गर्न सक्ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्ने हुँदैन। तिनीहरूले भन्ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, तर अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरू परमेश्वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यतालाई स्वीकार गर्दैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयलाई खुट्ट्याउन सक्छन्, तिनीहरूले परमेश्वरका अभिप्रायहरूअनुसार कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र तिनीहरू आफूले प्रकट गर्ने भ्रष्टताको प्रकृति बुझ्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहविरुद्ध विद्रोह गर्ने बन्न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभाव परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरू सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरू बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा समझयुक्त र खुट्ट्याउन सक्ने देखिन्छन्, र तिनीहरूले सत्यता बुझ्ने हुनाले, तिनीहरू त्यति धेरै आत्म-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरू आफूमा प्रकट भएका धेरैजसो भ्रष्टता छर्लङ्गै देख्न र खुट्ट्याउन सक्छन्, त्यसैले तिनीहरूमा अहङ्कार उत्पन्न हुँदैन। तिनीहरूले कस्तो स्थान लिनुपर्छ, समझ भएको व्यक्ति मानिनका लागि तिनीहरूले के गर्नुपर्छ, तिनीहरूले कसरी आफ्नो कर्तव्य पालना गर्नुपर्छ, के भन्नुपर्छ र के भन्नु हुँदैन, कुन मानिससँग के बोल्नुपर्छ र के गर्नुपर्छ भन्ने कुरामा तिनीहरू सन्तुलित बुझाइ राख्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरू सत्यताअनुसार बोल्न र मामलाहरूलाई हेर्न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तनिष्ठ हुन्छन्, तिनीहरू कुनै पनि व्यक्ति, घटना वा कामकुराको प्रभावमा परेका हुँदैनन्, र तिनीहरूका आ-आफ्नै विचारहरू हुन्छन् र तिनीहरू सत्यता सिद्धान्तहरूलाई कायम राख्न सक्छन्। तिनीहरूको स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी एउटा र घरी अर्को कुरा गर्छन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि, तिनीहरू आफ्ना कर्तव्यहरू राम्रोसँग निर्वाह गर्न र परमेश्वरलाई सन्तुष्ट पार्ने तरिकाले काम गर्न जान्दछन्। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्नका लागि के गर्ने भन्नेबारे हृदयमा प्रस्ट हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित नभएको वा तिनीहरूले खासै धेरै ठूला काम नगरेको जस्तो देखिएला, तर तिनीहरूले गर्ने हरेक कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छ, र त्यसले वास्तविक नतिजाहरू दिन्छ। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। जसले सत्यता प्राप्त गरेका छैनन् तिनीहरूले जीवन स्वभावमा बिलकुलै कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्वरविरोधी प्रकृति छ। परमेश्वरले मान्छेलाई मुक्ति दिनु भनेको परमेश्वरको प्रतिरोध गर्ने प्रकृति भएका र परमेश्वरको प्रतिरोध गर्न सक्ने मानिसहरूलाई परमेश्वरप्रति समर्पित हुन र उहाँको डर मान्न सक्ने मानिसमा परिणत गर्नु हो। जुन मानिसहरूका स्वभावहरू परिवर्तन भएका हुन्छन् तिनीहरू यस्ता हुन्छन्। व्यक्ति जति नै भ्रष्ट भए पनि, उसमा जति वटा भ्रष्ट स्वभाव भए पनि, उसले सत्यता स्वीकार गर्न, अनि परमेश्वरको न्याय र सजाय, र विभिन्न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, उसमा परमेश्वरबारे साँचो बुझाइ हुनेछ, साथै उसले आफ्नो प्रकृति सारलाई प्रस्ट रूपमा देख्न सक्नेछ। जब ऊ साँचो रूपमा आफूलाई चिन्छ, तब उसले आफूलाई र शैतानलाई घृणा गर्न सक्नेछ, र ऊ शैतानविरुद्ध विद्रोह गर्न र परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन इच्छुक हुनेछ। जब व्यक्तिसँग यो सङ्कल्प हुन्छ, तब उसले सत्यता पछ्याउनेछ। जब व्यक्तिसँग परमेश्वरको साँचो ज्ञान हुन्छ, जब उसको शैतानी स्वभाव पखालिएको हुन्छ, र परमेश्वरका वचनहरूले ऊभित्र जरा गाडेका हुन्छन्, र ती उसको जीवन र उसको अस्तित्वको आधार बनेका हुन्छन्, जब ऊ परमेश्वरका वचनहरूद्वारा जिउन सक्छ, र पूर्ण रूपमा परिवर्तन भएर नयाँ व्यक्ति बनेको हुन्छ, तब मात्र उसले जीवन स्वभावमा परिवर्तन अनुभव गरेको हुन्छ। स्वभावमा परिवर्तन हुनुको अर्थ परिपक्व र अनुभवी मानवता हुनु वा मानिसहरू स्वभावमा पहिलेभन्दा नम्र भएजस्तो देखिनु होइन—विगतमा अहङ्कारी हुनुबाट अहिले समझका साथ बोल्न सक्ने हुनु, वा विगतमा कसैको कुरा नसुन्नुबाट अहिले अरूको कुरा अलिकति सुन्न सक्ने हुनु होइन। त्यस्ता बाहिरी परिवर्तनहरूलाई स्वभावमा आएको परिवर्तन भन्न मिल्दैन। स्वभावमा आउने परिवर्तनहरूमा त्यस्ता प्रकटीकरणहरू अवश्यै पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण तत्त्व भनेको व्यक्तिको भित्री जीवन परिवर्तन भएको हुनु हो। यो पूर्ण रूपमा परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेको, तिनीहरूभित्र शासन गर्न थालेको, र ती तिनीहरूको जीवन बनेको कारणले गर्दा हो। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण पनि परिवर्तन भएको हुन्छ। तिनीहरू संसार र मानवजातिलाई स्पष्ट रूपमा देख्न सक्छन्। शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्वरको प्रतिरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्ने कुरा तिनीहरूले पूर्ण रूपमा छर्लङ्गै देख्न सक्छन्। तिनीहरू हृदयमा ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरू पूर्ण रूपमा परमेश्वरतर्फ फर्कन र उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जसले जीवन स्वभावमा परिवर्तन हासिल गरेका छन् तिनीहरूले मात्र सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरू मात्र परमेश्वरद्वारा प्राप्त गरिएका हुन्छन्।
भ्रष्ट मानव सबै आफ्नै लागि जिउँछन्। अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरू सबैले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; तिनीहरू आशिषित् हुनकै लागि कामकुरा त्याग्छन् र आफूलाई समर्पित गर्छन्, साथै तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सहने कष्ट र चुकाउने मूल्य पनि इनाम प्राप्त गर्नका लागि हो। छोटकरीमा भन्दा, यो सबै आशिषित् हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। संसारमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्, र परमेश्वरको घरमा, तिनीहरू आशिष्हरू प्राप्त गर्नका लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नका खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्छन् र धेरै कष्ट सहन सक्छन्। यो सबै मानिसहरूमा शैतानी प्रकृति हुन्छ भन्ने कुराको सबैभन्दा प्रस्ट प्रमाण हो। स्वभाव परिवर्तन भएका मानिसहरू फरक हुन्छन्। तिनीहरू मानिसहरू सत्यताद्वारा जिउनु मात्रै अर्थपूर्ण हुन्छ, तिनीहरू परमेश्वरप्रति समर्पित हुने साथै परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने गर्नुपर्छ, मानव हुनुको जग यही हो भन्ने सोच्छन्। तिनीहरू परमेश्वरको आज्ञा स्वीकार गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित जिम्मेवारी हो, सृजित प्राणीको कर्तव्य पूरा गर्नेहरू मात्रै मानव कहलिन योग्य हुन्छन्, र यदि तिनीहरू परमेश्वरलाई प्रेम गर्न र उहाँको प्रेमको प्रतिदान गर्न सक्षम छैनन् भने, तिनीहरू मानव कहलिन अयोग्य हुन्छन् भन्ने सोच्छन्। तिनीहरू आफ्नै लागि जिउनु साँच्चै नै खोक्रो र अर्थहीन हुन्छ, मानिसहरू परमेश्वरलाई सन्तुष्ट पार्न र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नका निम्ति जिउनुपर्छ, र तिनीहरूले अर्थपूर्ण जीवन जिउनुपर्छ, ताकि तिनीहरू मरे भने पनि सन्तुष्ट होऊन्, र तिनीहरूलाई अलिकति पनि पछुतो नहोस् र तिनीहरू व्यर्थमा जिएका नहोऊन् भन्ने सोच्छन्। यी दुई फरक स्थितिलाई तुलना गर्दा, पछिल्लो स्थिति स्वभाव रूपान्तरण भएका मानिसहरूको हो भनेर देख्न सकिन्छ। यदि व्यक्तिको जीवन स्वभाव परिवर्तन भएको छ भने, जीवनसम्बन्धी उसको दृष्टिकोण पनि निश्चित रूपमा नै परिवर्तन भएको छ। ऊसँग अब फरक मूल्य-मान्यताहरू भएको हुनाले, ऊ फेरि कहिल्यै पनि आफ्नो लागि जिउनेछैन, र उसले फेरि कहिल्यै पनि आशिष्हरू प्राप्त गर्ने उद्देश्यले परमेश्वरमा विश्वास गर्नेछैन। त्यस्तो व्यक्तिले यसो भन्न सक्नेछ, “परमेश्वरलाई चिन्नु निकै सार्थक हुन्छ। परमेश्वरलाई चिनेपछि म मरेँ भने पनि, यो अद्भुत हुनेथियो! परमेश्वरलाई चिन्न, परमेश्वरप्रति समर्पित हुन, र सार्थक जीवन जिउन सकेको हुनाले, म व्यर्थमा जिएको हुनेछैनँ, न त म मर्दा मलाई कुनै पछुतो नै हुनेछ। मसँग कुनै गुनासो हुनेछैन।” यस व्यक्तिको जीवनप्रतिको दृष्टिकोण रूपान्तरण भएको छ। कसैको जीवन स्वभाव परिवर्तन हुनुको मुख्य कारण के हो भने तिनीहरूसँग सत्यता वास्तविकता हुन थाल्छ, तिनीहरू सत्यता प्राप्त गर्छन्, र तिनीहरू परमेश्वरलाई चिन्न थाल्छन्; तिनीहरूको जीवनप्रतिको दृष्टिकोण परिवर्तन हुन्छ, र तिनीहरूका मूल्य-मान्यताहरू पहिलेभन्दा फरक हुन्छन्। रूपान्तरण तिनीहरूको हृदयभित्रैबाट, र तिनीहरूको जीवनभित्रैबाट सुरु हुन्छ; यो पक्कै पनि बाहिरी परिवर्तन होइन। कतिपय नयाँ विश्वासीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि बाहिरी संसारलाई छोड्छन्। जब पछि तिनीहरूले गैरविश्वासीहरूलाई भेट्छन्, यी विश्वासीहरूसँग भन्नुपर्ने कुरा केही पनि हुँदैन, र तिनीहरूले आफ्ना गैरविश्वासी आफन्त र इष्टमित्रलाई बिरलै सम्पर्क गर्छन्। यी गैरविश्वासीहरू “तिनीहरू त परिवर्तन भएछन्” भनेर भन्छन्। त्यसपछि विश्वासीहरूलाई आफ्नो जीवन स्वभाव परिवर्तन भएको छ भन्ने महसुस हुन्छ, जुन पूर्ण रूपमा गलत हो। गैरविश्वासीहरूले यी विश्वासीहरू त परिवर्तन भएछन् भन्दा, तिनीहरूको तात्पर्य तिनीहरूको व्यवहार परिवर्तन भएको छ भन्ने हुन्छ। त्यसोभए के तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ त? अहँ, भएको छैन। व्यवहारमा आउने परिवर्तनहरू बाहिरी कुरा मात्रै हुन्। तिनीहरूको जीवनमा पटक्कै कुनै परिवर्तन भएको हुँदैन, र तिनीहरूको शैतानी प्रकृति तिनीहरूको हृदयभित्र जरा गाडेर बसेको हुन्छ, जुन पूर्ण रूपमा अछुतो रहन्छ। कहिलेकाहीँ, मानिसहरू पवित्र आत्माको कार्यको कारण जोसले भरिपूर्ण हुन्छन्; केही बाहिरी परिवर्तनहरू देखा पर्लान्, अनि तिनीहरूले केही राम्रा कामकुरा गर्लान्। तैपनि, यो स्वभाव रूपान्तरण हासिल गर्नु जस्तै होइन। यदि तँसँग सत्यता छैन र कामकुराहरूबारे अझै पनि उही पुरानै दृष्टिकोण छ, यहाँसम्म कि त्यो गैरविश्वासीहरूको भन्दा कुनै फरक छैन भने, र यदि जीवनबारे तेरो हेराइ र मूल्य-मान्यताहरू पनि परिवर्तन भएका छैनन्, र तँसँग परमेश्वरको डर मान्ने हृदय—जुन तँसँग कम्तीमा पनि हुनै पर्ने कुरा हो—त्योसमेत छैन भने, तँ स्वभावमा परिवर्तन आउने नजिक समेत पुगेको छैनस्। स्वभाव परिवर्तन हासिल गर्न, सबैभन्दा मुख्य कुरा भनेको तैँले परमेश्वरसम्बन्धी ज्ञान पछ्याउनुपर्छ र उहाँबारे साँचो ज्ञान प्राप्त गर्नुपर्छ। पत्रुसको उदाहरण हेरौँ। जब परमेश्वरले उसलाई शैतानको हातमा सुम्पन चाहनुभयो, उसले भन्यो, “तपाईँले मलाई शैतानको हातमा सुम्पनुभयो भने पनि, तपाईँ परमेश्वर नै हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान् हुनुहुन्छ, र सबथोक तपाईँकै हातमा छ। तपाईँले गर्नुहुने कुराहरूको निम्ति म कसरी तपाईँको प्रशंसा नगरी बस्न सक्छु र? तर आफू मर्नुअघि मैले तपाईँलाई चिन्न पाए, के त्यो झन् राम्रो हुँदैन र?” उसलाई मानिसहरूको जीवनमा परमेश्वरलाई चिन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो; परमेश्वरलाई चिनेपछि, जस्तोसुकै मृत्यु पनि मान्य हुनेछ, र परमेश्वरले उसलाई जसरी तह लगाए पनि, त्यो ठिकै हुनेछ भन्ने लाग्थ्यो। उसलाई परमेश्वरलाई चिन्नु नै सबैभन्दा अत्यावश्यक कुरा हो भन्ने पनि लाग्थ्यो; यदि उसले सत्यता प्राप्त नगरेको भए, ऊ कहिल्यै सन्तुष्ट हुन सक्नेथिएन, तर उसले परमेश्वरविरुद्ध गुनासो पनि गर्नेथिएन। उसले आफूले सत्यता नपछ्याएको कुरालाई मात्र घृणा गर्नेथ्यो। पत्रुसको जोसका आधारमा, परमेश्वरलाई चिन्ने उसको गम्भीर खोजले जीवनप्रति उसका दृष्टिकोण र मान्यताहरू परिवर्तित भएका थिए भन्ने देखाउँछ। परमेश्वरलाई चिन्ने उसको गहन तृष्णाले उसले साँच्चै परमेश्वरलाई चिनेको थियो भन्ने देखाउँछ। यो अभिव्यक्तिबाट देख्न सकिन्छ कि उसको स्वभाव परिवर्तन भएको थियो; र ऊ स्वभाव रूपान्तरित भएको व्यक्ति थियो। उसको अनुभवको अन्त्यमा, परमेश्वरले ऊ नै परमेश्वरलाई सबैभन्दा बढी चिन्ने व्यक्ति हो; ऊ नै परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति हो भनेर भन्नुभयो। त्यसकारण, सत्यता प्राप्त गरिएन भने, व्यक्तिको जीवन स्वभाव साँचो रूपमा कहिल्यै परिवर्तन हुन सक्दैन। यदि तिमीहरू साँच्चै सत्यता पछ्याएर सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छौ भने, तब मात्र तिमीहरूले आफ्नो जीवन स्वभावमा परिवर्तन हासिल गर्न सक्नेछौ।