असफलता, पतन, परीक्षा र शोधन कसरी अनुभव गर्ने भन्‍नेसम्बन्धी वचनहरू

अंश २०

हरेक व्यक्तिले धेरै वा थोरै हदसम्‍म अपराधहरू गरेको हुन्छ। जब तँलाई कुनै कुरा अपराध हो भन्‍ने थाहा हुँदैन, तब यसलाई तैँले अस्पष्ट मनस्थितिले हेर्छस्, र तँ सायद अझै पनि आफ्‍ना विचार, अभ्यास, र बुझाइका तरिकाहरूमै लागिरहन्छस्—तर एकदिन, परमेश्‍वरका वचनहरूमार्फत वा तेरा दाजुभाइ-दिदीबहिनीहरूसँगको सङ्गतिमार्फत वा परमेश्‍वरको प्रकाशमार्फत, तैँले यो कुरा अपराध हो, परमेश्‍वरविरुद्धको उल्‍लङ्घन हो भन्‍ने जान्‍नेछस्। त्यो बेला तेरो मनोवृत्ति कस्तो हुनेछ त? के तँलाई साँचो रूपमा पछुतो हुनेछ कि तँ आफूले गरिरहेको कुरा सत्यताअनुरूप नभए पनि त्यो त्यति ठूलो कुरो होइन भन्‍ने विश्‍वास गर्दै, विवाद र तर्क गरिरहेको र आफ्‍नै विचारहरूमा लागिरहेको हुनेछस्? यो परमेश्‍वरप्रति तैँले राख्‍ने मनोवृत्तिसँग सम्‍बन्धित कुरा हो। दाऊदले आफ्ना अपराधहरूप्रति कस्तो मनोवृत्ति राख्थ्यो? (पछुतो।) पछुतो—यसको मतलब उसले हृदयमा आफैलाई घृणा गर्थ्यो र त्यसउप्रान्त फेरि उसले त्यस्तो अपराध कहिल्यै गर्नेवाला थिएन। अनि, उसले के गर्‍यो? उसले दण्ड दिनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गर्दै प्रार्थना गर्‍यो, र यसो भन्यो: “यदि मैले फेरि पनि यही गल्ती गरेँ भने, परमेश्‍वर मलाई दण्ड दिनुहोस् र मलाई मार्नुहोस्!” उसको यस्तो सङ्कल्‍प थियो; यस्तो साँचो पछुतो थियो। के साधारण मानिसहरूले यस्तो कुरा हासिल गर्न सक्छ? सर्वसाधारण मानिसहरूको कुरा गर्दा, यदि तिनीहरूले तर्क गर्ने गर्दैनन् भने वा यदि तिनीहरूले चुपचाप दोष स्विकार्ने गर्छन् भने त्यो पहिले नै निकै राम्रो कुरा हुन्छ। के नाक काटिने डरले त्यो विषयलाई फेरि उठाउन नचाहनु साँचो पश्‍चात्ताप हो? यो पश्‍चात्ताप नभएर नाक काटिएकोमा व्यथित र विक्षुब्ध हुनु हो। साँचो पश्‍चात्ताप भनेको दुष्ट कार्य गरेकोमा आफैंलाई घृणा गर्नु, दुष्ट कार्य गर्न सकेकोमा पीडा र असहज महसुस गर्नु, आफैलाई दोष दिनु र आफैलाई सराप्नु हो। यो भनेको पछि त्यस्तो दुष्ट कार्य कहिल्यै नगर्ने प्रण गर्न सक्नु र फेरि कुनै दुष्ट कार्य गरेमा परमेश्‍वरको दण्ड स्विकार्न र दर्दनाक मृत्यु भोग्न तयार हुनु हो। यही नै साँचो पश्‍चात्ताप हो। यदि मान्छेलाई सधैँ आफूले कुनै दुष्ट कार्य गरेको छैन, र आफ्ना कार्यहरू सिद्धान्तहरूसँग अलि नमिलेका मात्र हुन् वा ती विवेकको कमीले गर्दा मात्र भएका हुन् भन्‍ने लाग्ने गर्छ भने, र यदि तिनीहरूले आफूले गोप्य रूपमा काम गरेमा केही गलत हुनेछैन भन्‍ने विश्‍वास गर्छन् भने, के यसरी सोचेर तिनीहरूले साँचो पश्‍चात्ताप महसुस गर्न सक्छन्? बिल्कुलै सक्दैनन्, किनभने तिनीहरूलाई आफ्नै दुष्टताको सार थाहा छैन। तिनीहरूले आफैँलाई अलिअलि घिनाए पनि, तिनीहरू आफूलाई अज्ञानी भएकोमा र परिस्थिति राम्रोसँग सम्हाल्न नसकेकोमा मात्र घृणा गर्छन्। तिनीहरूले वास्तवमा आफ्नो प्रकृति सारमा भएको समस्याको कारण, अर्थात् तिनीहरूमा मानवताको कमी भएको कारण, तिनीहरूको खराब स्वभाव र अनैतिकताको कारण दुष्ट कार्य गर्न सकेका हुन् भन्ने कुरा महसुस गर्दैनन्। यस्ता मानिसहरूमा साँचो पश्‍चात्ताप कहिल्यै हुँदैन। किन मानिसहरूले कुनै गलत कार्य वा अपराध गर्दा परमेश्‍वरसामु आफूबारे मनन गर्न आवश्यक छ? यो किन हो भने आफ्नो प्रकृति सार बुझ्न सजिलो छैन। आफूले गल्ती गरेँ भनी स्विकार्न र गल्ती कहाँ भयो भनी जान्न सजिलो छ। तथापि, आफ्नो गल्तीको जड पत्ता लगाउन र ठ्याक्कै कस्तो स्वभाव प्रकट भयो भनी जान्न सजिलो छैन। त्यसकारण, जब मानिसहरूले केही गलत कार्य गरेका हुन्छन्, तिनीहरू प्राय आफू गलत भएको कुरा मात्र स्विकार्छन्, तर तिनीहरूको मनमा आत्मग्लानि हुँदैन, न त तिनीहरूले आफूलाई घृणा नै गर्छन्। यस तरिकाले, तिनीहरू साँचो पश्‍चात्तापसम्म पुग्‍न सक्दैनन्। साँचो पश्‍चात्तापसम्म पुग्न व्यक्तिले आफूले गरेका दुष्ट कार्यहरू त्याग्‍नुपर्छ र फेरि कहिल्यै त्यस्तो नगर्ने प्रत्याभूति गर्न सक्‍नुपर्छ। त्यसपछि मात्र साँचो पश्‍चात्ताप हासिल गर्न सकिन्छ। यदि तँ आफ्नो बारेमा मनन नगरी वा आफूलाई नजानी, आफ्नै धारणा र कल्पनामा आधारित भएर मामिलाहरू सम्हाल्न खोज्छस्, र औपचारिकताको लागि मात्र लापरवाहीपूर्वक झारा टार्ने काम गर्छस् भने, तैँले साँचो पश्‍चात्ताप गरेकै छैनस् र आफूलाई वास्तवमा बदलेकै छैनस्। यदि परमेश्‍वरले तेरो खुलासा गर्न चाहनुभयो भने, तैँले त्यसलाई कसरी लिनुपर्नेछ? तेरो मनोवृत्ति कस्तो हुनेछ? (म परमेश्‍वरको दण्ड स्विकार्नेछु।) परमेश्‍वरको दण्ड स्विकार्नु—तँसँग हुनुपर्ने मनोवृत्ति ठीक यस्तै प्रकारको हो। यसको साथै तैँले परमेश्‍वरको सूक्ष्म जाँच पनि स्विकार्नुपर्छ। यसो गर्नु नै बेस हुनेछ, र यसरी तैँले आफूलाई वास्तवमै जान्न र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछस्। यदि कुनै मानिससँग साँचो पश्‍चात्ताप छैन भने, उसलाई दुष्ट कार्य गर्नबाट रोकिन असम्भव हुनेछ। ऊ कुनै पनि बेला र कुनै पनि ठाउँमा आफ्नो पुरानो बानीमा फर्कन सक्छ, आफ्नो शैतानी स्वभावअनुसार जिउन थाल्न सक्छ, र बारबार एउटै गल्ती दोहोर्‍याइरहन पनि सक्छ। त्यसैले यस्ताहरू साँचो अर्थमा पश्‍चात्ताप गरेका मानिस होइनन्। यस तरिकाले तिनीहरूको पूर्ण खुलासा हुन्छ। त्यसोभए, मानिसहरूले आफूलाई अपराधबाट पूर्णत: मुक्त गर्न के गर्न सक्छन्? तिनीहरूले समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ र तिनीहरूले सत्यता अभ्यास गर्न पनि सक्‍नुपर्छ। सत्यताप्रति मानिसमा हुनुपर्ने सही मनोवृत्ति यही हो। त्यसोभए मानिसहरूले सत्यता अभ्यास कसरी गर्नुपर्छ? तैँले जस्तोसुकै प्रलोभन वा जाँच सामना गर्नुपरे पनि मनमनै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। कुनैकुनै परीक्षाहरू प्रलोभन पनि हुन्छन्—परमेश्‍वरले तँलाई यस्ता कुरा किन सामना गर्न दिनुहुन्छ? परमेश्‍वरले आकस्मिक रूपमा वा संयोगवश तँमाथि त्यस्ता कुराहरू हुन दिनुभएको होइन। यो परमेश्‍वरले तेरो परीक्षा र तेरो निरीक्षण गर्नुभएको हो। यदि तैँले यो निरीक्षण स्विकार्दैनस्, र यस विषयमा ध्यान दिँदैनस् भने, के त्यतिबेला परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति खुलासा हुँदैन र? परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति कस्तो छ? यदि तँ परमेश्‍वरले तँलाई दिनुहुने परिस्थितिप्रति र उहाँले गर्नुहुने जाँचहरूप्रति उदासीन वा तिरस्कारपूर्ण मनोवृत्ति राख्छस् भने, र तँ प्रार्थना पनि गर्दैनस्, खोजी पनि गर्दैनस्, र त्यसमार्फत अभ्यासको मार्ग पनि भेट्टाउँदैनस् भने, त्यसले तँसँग परमेश्‍वरप्रति समर्पित मनोवृत्ति छैन भन्ने देखाउँछ। परमेश्‍वरले त्यस्तो व्यक्तिलाई कसरी मुक्ति दिन सक्नुहुन्छ र? के त्यस्तो व्यक्ति परमेश्‍वरद्वारा सिद्ध पारिन सम्भव छ? बिल्कुलै छैन। यो तँसँग परमेश्‍वरप्रति समर्पित मनोवृत्ति नभएको कारणले गर्दा हो, र परमेश्‍वरले तेरो लागि कुनै परिस्थिति बन्दोबस्त गरिदिनुभयो भने पनि तैँले त्यसलाई अनुभव गर्नेछैनस् र तैँले त्यससँग सहकार्य गर्नेछैनस्। यसले परमेश्‍वरप्रतिको तेरो घृणा देखाउँछ, र परमेश्‍वरको कामलाई तैँले गम्भीरतासाथ नलिने र तँ परमेश्‍वरका वचन र सत्यता पन्छाउन पनि सक्षम रहेको तथ्य देखाउँछ, र यसको मतलब हो, तैँले परमेश्‍वरका कार्य अनुभव गरिरहेको छैनस्। यस्तो अवस्थामा, तैँले कसरी मुक्ति पाउन सक्छस्? सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको कार्य अनुभव गर्न सक्दैनन्। परमेश्‍वरमा यसरी विश्‍वास गरेर मुक्ति पाउने कुनै उपाय छैन। यसको अर्थ परमेश्‍वर र सत्यताप्रतिको व्यक्तिको मनोवृत्ति एकदमै महत्त्वपूर्ण छ र यो कुरा उसलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्ने कुरासँग प्रत्यक्ष जोडिएको छ। यो कुराप्रति ध्यान नदिने मानिसहरू मूर्ख र अज्ञानी हुन्।

अघिल्लो: भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्‍नेसम्बन्धी वचनहरू

अर्को: शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्‍नताहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्