सत्यता कसरी पछ्याउने (९)

सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्‍नु

आफू र परमेश्‍वरबीचका तगारोहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने

१. परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने: परमेश्‍वरको कामबारेका आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने

च. परमेश्वरको कामले मानिसहरूका जन्मजात अवस्थाहरू परिवर्तन गर्दैन; यसले तिनीहरूका भ्रष्ट स्वभावहरू परिवर्तन गर्ने उद्देश्य राख्छ

यस अवधिमा, हाम्रो सङ्गतिको विषयले तुलनात्मक रूपमा फराकिलो दायरा समेटेको छ, होइन र? (हो।) यसले मानवताका अझै केही निर्दिष्ट समस्याहरू समावेश गरेको छ, र यसले मानिसहरूको जीवनका केही समस्याहरू पनि समावेश गरेको छ। पछिल्लो भेलामा, हामीले क्षमतासँग सम्बन्धित विषयहरूका बारेमा सङ्गति गर्‍यौँ, त्यसपछि जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूलाई कसरी चिन्‍ने भन्‍ने बारेमा सङ्गति गर्‍यौँ। क्षमताका विषयमा रहेको हाम्रो सङ्गति मूलतः सकिएको छ; अबदेखि, तैँले यस विषयवस्तुका आधारमा व्यक्तिको क्षमता कस्तो छ भनेर सही रूपमा मूल्याङ्कन गर्न सक्छस्। यी तीन वटा पक्षहरू—जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका बारेमा सङ्गति गर्दा—हामीले यी कुराहरू मानिसहरूका जन्मजात अवस्था, मानवतामा पर्छन् कि भ्रष्ट स्वभावभित्र पर्छन् मूल्याङ्कन गर्नका लागि मानिसहरूको दैनिक जीवनका केही प्रकटीकरण र प्रकाशहरूका बारेमा सङ्गति गर्‍यौँ। जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका तीन पक्षहरूका बारेमा हामीले गरेको सङ्गतिबाट, के तिमीहरूले अब सृजित प्राणीका रूपमा रहेका मानिसहरूका आधारभूत संरचनाका बारेमा ठोस बुझाइ प्राप्त गरेका छौ? (हामीले यसलाई पहिलेको भन्दा अलिक बढी बुझ्न सक्छौँ।) मानिसहरूको जीवनमा प्रकाश हुने प्रकटीकरणहरूका तीन पक्षहरूका बारेमा हामीले सङ्गति गर्नुको कारण के हो भने सृजित मानवजाति जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूले बनेको हुन्छ। चाहे तँ पुरुष भए पनि वा महिला भए पनि, तँ जवान भए पनि वा वृद्ध भए पनि, तँ जुनसुकै जातिको वा देशको बीचमा जिउने भए पनि, तँ जुनसुकै युगमा जिए पनि, वा तँ जस्तोसुकै सामाजिक वातावरण र पृष्ठभूमिमा जिउने भए पनि—छोटकरीमा भन्दा, तेरो बाहिरी रूप चाहे जस्तो भए पनि—तँ सृजित मानव होस् भने, तँ यी तीन पक्ष मिलेर बनेको हुन्छस्: जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू। अर्को शब्दमा भन्दा, भ्रष्ट मानवजातिमा पर्ने हरेक व्यक्ति जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूको जीवनले बनेको हुन्छ। भन्‍नुको अर्थ, कुनै पनि सृजित मानवसँग जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू हुन्छन्। अवश्य नै, व्यक्तिका जन्मजात अवस्थाहरू परमेश्‍वरले नियोजन गर्नुभएको हुन्छ। मानवता आंशिक रूपमा जन्मजात अवस्थाहरूद्वारा प्रभावित हुन्छ, र आंशिक रूपमा पारिवारिक लालनपालन, सामाजिक वातावरण, र शैतानको शिक्षाद्वारा ढालिएको र प्रभावित भएको हुन्छ। यस बीच, भ्रष्ट स्वभावहरू शैतानको बहकाइ र भ्रष्टताद्वारा पैदा हुने व्यक्तिका शैतानी स्वभाव र शैतानी प्रकृति हुन्। यो भ्रष्ट प्रकृति आंशिक रूपमा व्यक्तिको परिवारबाट, आंशिक रूपमा समाजबाट, र आंशिक रूपमा व्यक्तिले विभिन्‍न वातावरणमा अनुभव गर्ने प्रभावहरू र ढलाइबाट आउँछ। यस दृष्टिकोणबाट हेर्दा, कुनै पनि सृजित व्यक्ति वास्तवमा कुनै पनि प्रकारको रहस्य हुँदैन, किनभने ऊ यी तीन पक्षहरू मिलेर बनेको हुन्छ: जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू। त्यसकारण, व्यक्ति कस्तो व्यक्ति हो भनेर खुट्ट्याउन वास्तवमा सजिलो हुनुपर्ने हो। परमेश्‍वरले नियोजित गर्नुभएका र दिनुभएका जन्मजात अवस्थाहरूलाई पन्छाएर हेर्दा, व्यक्तिको मानवता कस्तो छ र उसमा के-कस्ता भ्रष्ट स्वभावहरू छन् भनेर खुट्ट्याउनु मात्रै बाँकी हुन्छ—यी कुराहरूले यस व्यक्तिको सार कस्तो छ भन्‍ने कुरा निर्धारण गर्छन्। यसरी खुट्ट्याउँदा कामकुराहरू अत्यन्तै स्पष्ट हुन्छन्। यी कुराहरूका आधारमा व्यक्तिको सार के हो भनेर खुट्ट्याउनु गाह्रो मामला होइन। यसरी खुट्ट्याउनुको पछाडि आधार हुन्छ र मापनको मानक पनि हुन्छ।

६. जन्मजात अवस्थाहरू, मानवता र भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरण

यसभन्दा पहिले, हामीले जन्मजात अवस्थाहरूका केही निर्दिष्ट प्रकटीकरणहरूलाई सूचीकृत गरेका थियौँ, जसमा भ्रष्ट स्वभावहरूसँग समाहित हुँदैनन्। जन्मजात अवस्थाहरू मानिसहरूले बाँच्नका लागि भर पर्ने जग हुन् र सृजित मानवजातिसँग हुनुपर्ने अवस्थाहरू हुन्। चाहे ती व्यक्तिको जन्मसँग सम्बन्धित अवस्थाहरू, जस्तै समय, वातावरण, र जन्मस्थल होऊन्, वा व्यक्तिको रूप, क्षमता, सामर्थ्य, जन्‍मजात प्रवृत्ति, चासो र रुचिहरू, र व्यक्तित्वजस्ता पक्षहरू होऊन्—यी सबै व्यक्तिका जन्मजात अवस्थाहरूका अंश हुन्। यी जन्मजात अवस्थाहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्, र अवश्य नै, यी जन्मजात अवस्थाहरूमा कुनै भ्रष्ट स्वभावहरू समावेश पनि हुँदैनन्। समग्रमा भन्दा, जन्मजात अवस्थाहरू बाँच्न र जिउनका लागि सृजित मानवसँग हुनुपर्ने केही आधारभूत अवस्थाहरू हुन्। मानवताले सामान्य मानवताको विवेक र समझसँग सम्बन्धित भएर जिइने कुरालाई जनाउँछ जुन जन्मजात अवस्थाहरू भएको शरीरबाट प्रकाश हुन्छ। जहाँसम्‍म भ्रष्ट स्वभावहरूको कुरा छ, यो सीधा छ—भ्रष्ट स्वभावहरू भनेका जन्मजात अवस्थाहरू र मानवता भएको यस शरीरको जीवनलाई शैतानले भ्रष्ट तुल्याएको परिणाम हो। के यो अलिक अमूर्त कुरा हो? समग्रमा, सृजित मानवहरू भ्रष्ट स्वभावले हाबी भएका र मानवताको आधारभूत विवेक र समझ भएका सृजित प्राणीहरू हुन्। यी सृजित प्राणीहरूमा परमेश्‍वरले नियोजन गर्नुभएका विभिन्‍न जन्मजात अवस्था हुन्छन्। परमेश्‍वरले सृष्टि गर्नुभएका मानवजातिको आधारभूत संरचना यही हो। यसमा, जन्मजात अवस्थाहरू र भ्रष्ट स्वभावहरूलाई बुझ्न बढी सजिलो छ, तर मानवता तुलनात्मक रूपमा अमूर्त हुन सक्छ। सरल रूपमा भन्दा, मानवता सृजित मानवजातिको एउटा अद्वितीय गुण हो जसले उसलाई अरू जीवित प्राणीहरूबाट अलग बनाउँछ। यो अद्वितीय गुण भएका सृजित प्राणीहरूसँग विवेक र समझ, चरित्र, साथै सही र गलत छुट्याउने क्षमता हुन्छ। मानवजातिलाई अरू जीवित प्राणीहरूबाट अलग बनाउने यी अद्वितीय गुणहरूले मानवता गठन गर्छन्। यो मानवतामा, अवश्य नै भाषा प्रयोग गरेर व्यक्त गर्ने क्षमता, सही र गलतको बीचमा भिन्‍नता छुट्याउने क्षमता, बुझ्ने क्षमता, नयाँ कुराहरू स्वीकार गर्ने क्षमता, सृष्टिकर्ताका वचनहरू स्वीकार गर्ने क्षमता, र परमेश्‍वरको आज्ञा स्वीकार गर्ने र कुनै पनि मामला सम्हाल्ने क्षमता समावेश हुन्छ। मानवता यही हो। मानवताको सबैभन्दा सरल बुझाइ के हो भने यो सृजित मानवजातिलाई अरू जीवित प्राणीहरूबाट अलग बनाउने जन्मजात गुण हो। यो गुणका सबैभन्दा आधारभूत विशेषताहरू विवेक र समझ हुन्। यसलाई बुझ्ने सबैभन्दा सरल तरिका यही हो। यसभित्र केही विवरणहरू समावेश छन्, जस्तै मानवतासँग हुनुपर्ने निष्ठा र चरित्र, सकारात्मक कुरा र नकारात्मक कुराहरू बीचमा भिन्‍नता छुट्याउने कार्य, र सकारात्मक कुराहरूको छनौट र कार्यान्वयन गर्ने कार्य। आधारभूत रूपमा, मानिसहरूले जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका तीन पक्षहरूका बारेमा बुझ्नुपर्ने र जान्‍नुपर्ने कुराहरू यिनै हुन्। के तिमीहरूले यी विषयहरूका बारेमा पहिले विचार गरेका छौ? (हामीले तिनका बारेमा यसभन्दा पहिले विचार गरेका छैनौँ।) पहिलो पटक यी विषयहरूसँग परिचित हुँदा, के तिमीहरू ती बुझ्न सक्छौ? के तिमीहरू ती बोध गर्न सक्छौ? (हामी केही हदसम्‍म ती बुझ्न सक्छौँ।) के कसैलाई हामीले कुरा गरिरहेको यो विषय अत्यन्तै गहन र अलिक अमूर्त छ, र दर्शनको बारेमा छलफल गर्दा जस्तै, यो अलिक बुझ्न नसकिने छ भन्‍ने लाग्छ? हामीले यी दिनहरूमा सङ्गति गरेका जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका यी तीन पक्षहरूका विशिष्ट प्रकटीकरणहरूका आधारमा हेर्दा, भर्खरै भनिएको कुरा तिमीहरूका लागि अमूर्त हुनु हुँदैन। यी तीन वटा पक्षहरूका निर्दिष्ट प्रकटीकरणहरू बुझ्न तँ सक्षम हुनुपर्छ। यसको साथै, के यी तीन पक्षहरूका बीचमा रहेका सम्बन्धहरू पनि स्पष्ट हुनु पर्दैन र? मानवता भनेको आधारभूत जन्मजात अवस्थाहरू भएको आधारमा व्यक्तिले प्रकाश गर्ने निष्ठा, चरित्र, विवेक, र समझ हो। भ्रष्ट स्वभावहरू मानवतामा जन्मजात अवस्थाहरूमार्फत जिइने कुराहरू हुन्, र ती शैतानले मानिसहरूमा हालिदिने जीवनले हावी भएर मानिसहरूले जिउने विभिन्‍न स्वभाव हुन्। यसरी, व्यक्तिसँग जुनसुकै जन्मजात अवस्थाहरू भए पनि, ती सबैभन्दा आधारभूत बाहिरी खोल मात्रै हुन्, जबकि व्यक्तिको सारमा साँच्चै हाबी हुन सक्‍ने जीवन, शैतानले ऊभित्र हालिदिएका भ्रष्ट स्वभावहरू हुन्। भन्‍नुको अर्थ, व्यक्तिको सार के हो भनेर खुट्ट्याउनका लागि, उसले प्रकाश गर्ने स्वभावहरूलाई हेर। यदि उसले प्रकट गर्ने स्वभावहरू अहङ्कार, हठीपन, छलीपन, दुष्टता, वा क्रूरताका भ्रष्ट स्वभावहरू हुन् भने, उसको चरित्र दयालु भए पनि वा दुष्ट भए पनि, यो व्यक्ति सारभूत रूपमा शैतानको हो, किनभने उसको जीवन शैतानको भ्रष्ट स्वभाव हो। त्यसकारण, व्यक्तिको गुण के हो भन्‍ने कुरा ऊसँग भित्र रहेको जीवनमा निर्भर हुन्छ, उसको जन्मजात अवस्थाहरू के हुन् भन्‍ने कुरामा होइन। यदि उसको जीवन शैतानको भ्रष्ट स्वभाव हो भने, उसका जन्मजात अवस्थाहरू बाहिरी रूपमा जति नै कुलीन वा महान् देखिए पनि, ऊ सारभूत रूपमा शैतानको हुन्छ, र ऊ भ्रष्ट मानवजातिको सदस्य हो। यदि व्यक्तिको जीवन सत्यता जीवन भएको जीवन हो भने, बाहिरी रूपमा उसका जन्मजात अवस्थाहरू जति नै साधारण, सामान्य, वा हेय लाग्दा देखिए पनि—अनि उसले बाहिरी रूपमा आफ्नो मानवताका केही कमजोरी, अपर्याप्तता, र त्रुटिहरू प्रदर्शन गरे पनि—ऊ अझै पनि मुक्ति दिइएको मानवजातिको भाग हो। ऊ सारभूत रूपमा परमेश्‍वरको हो, र ऊ शैतानको होइन। उसको सार परिवर्तन हुन्छ। उसको सार परिवर्तन भएपछि, ऊ कसको स्वामित्वमा छ भन्‍ने कुरा पनि परिवर्तन हुन्छ—ऊ सत्यता र परमेश्‍वरको स्वामित्वमा हुन्छ। त्यसकारण, व्यक्ति कसको स्वामित्वमा छ, उसको सार, र अन्तिम परिणाम के हो भन्‍ने कुरा निर्धारण गर्ने कारक उसका जन्मजात अवस्थाहरू होइनन्, र अवश्य नै, पूर्ण रूपमा उसको मानवता पनि होइन, बरु, उसको जीवन कस्तो छ भन्‍ने कुरा हो। यदि सुरुदेखि अन्त्यसम्मै, व्यक्तिको जीवन भ्रष्ट स्वभावहरू नै जीवन हुने जीवन हो, र ऊ शैतानको हो भने, ऊ शैतानको स्वामित्वमा हुनेछ; यदि उसको जीवनका रूपमा सत्यता छ भने, ऊ परमेश्‍वरको स्वामित्वमा हुन्छ, त्यसकारण परमेश्‍वरले मानवजातिका लागि तयार पार्नुभएको सुन्दर गन्तव्यमा ऊ परमेश्‍वरको स्वामित्वमा हुनेछ। सबै पक्षमा मानिसहरूका विभिन्‍न प्रकटीकरण र सारका आधारमा हेर्दा, मानिसहरू वर्तमानमा कसका स्वामित्वमा छन्? के मानिसहरूसँग त्यस्तो जीवन छ जसमा सत्यता नै तिनीहरूको जीवन हो? (छैन।) त्यसोभए व्यक्तिको सार ठ्याक्कै के कुरामा निर्भर हुन्छ? (उसको जीवनका रूपमा के छ भन्ने कुरामा।) ठीक भन्यौ; तेरो जीवन भित्री रूपमा जे हो, तेरो सार त्यही हो। यदि तँभित्रको जीवन परिवर्तन भयो, र तेरो जीवन उप्रान्त भ्रष्ट स्वभावहरू होइन, बरु सत्यता हो भने, तेरो सारका हिसाबमा, तँ परमेश्‍वरको स्वामित्वमा र सत्यताको स्वामित्वमा छस्। अवश्य नै, मानिसहरूको मानवताको गुण परिवर्तन हुँदैन—मानिसहरू अझै पनि मानव नै हुन्छन्, र तिनीहरूको गुणका हिसाबमा, तिनीहरू अझै पनि सृजित मानव नै हुन्छन्। तर, तेरो जीवन परिवर्तन भएको हुनाले, तँ कसको स्वामित्वमा छस् भन्‍ने कुरा पनि परिवर्तन भएको छ। सारांशमा भन्दा, जन्मजात अवस्थाहरू सृजित मानवजातिलाई गठन गर्ने आधारभूत अवस्थाहरू हुन्। भन्‍नुको अर्थ, तँलाई सृजित मानव भनिन्जेल, तँमा यी जन्मजात अवस्थाहरू अवस्थित हुनैपर्छ—ती आधारभूत अवस्थाहरू हुन्। मानवता भनेको व्यक्ति आफ्ना जन्मजात अवस्थाहरूमा जिउँदै गर्दा उसको सामान्य मानवताबाट प्रकाश हुने र जिउने कुरा हो। भ्रष्ट स्वभावहरू भ्रष्ट मानवजातिमा अन्तर्निहित रूपमा भएका जीवन हुन्, जुन जन्मजात अवस्थाहरू र मानवताको खोलभित्र लुकेका हुन्छन्। यी तीन पक्षहरूका बीचमा रहेका सम्बन्ध र भिन्‍नताहरू, साथै सृजित मानवजातिमा तीमध्ये हरेकले खेल्ने भूमिका वा तिनले पूरा गर्ने कार्यहरू, व्याख्या गरिए अनुसार नै छन्। यसभन्दा पहिले, हामीले मानिसहरूले प्रकाश गर्ने जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका यी तीन पक्षहरूसँग सम्बन्धित केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। तर, यी तीन पक्षहरूसँग सम्बन्धित विषयवस्तु हामीले सङ्गति गरेको कुराभन्दा निकै बाहिर जान्छ, त्यसकारण हामीले आज यस विषयमा सङ्गतिलाई जारी राख्‍नुपर्छ।

भकभकाउनु र लटपटाउनु

जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा हामीले पछिल्लो पटक कहाँ कुरा छोडेका थियौँ? कायरता र साहस, होइन र? (हो।) त्यो सङ्गति पूरा भएको थियो। अब बोल्दा भकभकाउने र लटपटिने कार्यलाई हेरौँ—यो कस्तो समस्या हो? (जन्मजात अवस्था।) यो जन्मजात अवस्था हो र यो एक प्रकारको शारीरिक खराबी पनि हो। अवश्य नै, भकभकिने शैलीहरू फरक-फरक हुन्छन्। कतिपय भकभकेहरूले एउटा शब्दको एउटा अक्षरलाई तानेर बोल्छन्, जबकि अरूले एउटा शब्दको एउटा अक्षर दोहोर्‍याउँछन्, र दिनभरि बोले पनि एउटै वाक्य पूरा गर्दैनन्। छोटकरीमा भन्दा, यो जन्मजात अवस्था हो र अवश्य नै, यो एक प्रकारको शारीरिक खराबी पनि हो। के यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ? (हुँदैन।) यसमा भ्रष्ट स्वभाव समावेश हुँदैन। यदि कसैले “तिमी बोल्दा भकभकाउँछौ; तिमी पक्‍कै पनि धूर्त हौ!” वा “बोल्दा समेत तिमी भकभकाउँछौ; तिमी कसरी यति अहङ्कारी हुन सक्यौ?” भनेर भन्यो भने—के त्यस्ता अभिव्यक्तिहरू सही हुन्छन्? (हुँदैनन्।) एउटा खराबी वा त्रुटिका रूपमा, भकभकाउनु व्यक्तिका भ्रष्ट स्वभावहरूको कुनै पनि पक्षसँग सम्बन्धित हुँदैन। त्यसकारण, भकभकाउनु एउटा जन्मजात अवस्था र एक प्रकारको शारीरिक खराबी हो। स्पष्ट रूपमा नै, यो व्यक्तिको भ्रष्ट स्वभावसँग सम्बन्धित हुँदैन र तीसँग यसको कुनै सम्बन्ध नै हुँदैन। भकभकाउनुसँग सम्बन्धित अर्को परिस्थिति पनि छ: कतिपय मानिसहरू बोल्दा सामान्यतया भकभकिँदैनन्, तर जब तैँले तिनीहरूलाई प्रश्‍न सोध्छस्, तब तिनीहरू हिचकिचाउँछन् र डगमगाउँछन्; तिनीहरूले एउटा वाक्य बोल्न दिनभरि लगाउँछन्, र तिनीहरूले के भन्‍न खोजिरहेका छन् भन्‍ने कुरा तैँले अझै पनि थाहा पाउन सक्दैनस्। तिनीहरूको बोली कहिल्यै पनि पर्याप्त रूपमा स्पष्ट हुँदैन, जसले गर्दा तैँले सधैँ तिनीहरूको अर्थ अनुमान गर्नुपर्ने हुन्छ—तैँले जे अनुमान गर्छस्, त्यही नै तिनको अर्थ बन्छ। नत्र भने, तिनीहरूले अर्थको सट्टा मुस्कानको प्रयोग गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले तेरो प्रश्‍नको सीधा उत्तर नै दिँदैनन्। उदाहरणका लागि, तँ तिनीहरूलाई सोध्छस्, “तपाईं कहाँबाट आउनुभएको हो?” तिनीहरूले भन्छन्, “म…म…अँ, यसो घुमेर…” यो सुनेपछि, तिनीहरू कहाँबाट आएका हुन् भन्‍ने तँलाई अझै पनि थाहा हुँदैन। अथवा तँ तिनीहरूलाई सोध्छस्, “तपाईंले त्यो व्यक्तिको क्षमता कसरी मूल्याङ्कन गर्नुहुन्छ?” तिनीहरू भन्छन्, “उसको … क्षमता, अँ … सबै जनाको … हामी सबै … ऊ … वास्तवमा … स्पष्ट छैन।” तिनीहरू किन यसरी अड्किँदै र कुरा टुक्र्याउँदै बोल्छन्? के यो भकभकाउनु वा लटपटाउनु हो? त्यस्तो हो भन्‍ने त देखिँदैन। त्यसोभए तिनीहरूले किन यसरी बोल्छन्? यदि यो भकभकाउनु वा लटपटाउनुका कारण होइन भने, यसको कारण के हो त? (तिनीहरू भ्रष्ट स्वभावको प्रभुत्वमा हुन्छन्।) यो स्पष्ट रूपमा नै एउटा स्वभावको प्रकटीकरण हो। यसको अर्थ के हो भने, जब तिनीहरूले कुनै कुरा व्यक्त गर्छन् वा कुनै काम गर्छन्, तब तिनीहरू स्वभावको प्रभुत्वमा हुन्छन्, जुन तिनीहरूको जीवनको अंश हुन्छ, जसले तिनीहरूलाई निश्‍चित उद्देश्य हासिल गर्नका लागि बोल्न र व्यवहार गर्न लगाउँछ। यो उद्देश्य के हो? यो साँचो तथ्यहरू लुकाउनु, तँलाई साँचो तथ्यहरू बताउनबाट जोगिनु हो; तिनीहरूले कुराहरू त्यति स्पष्ट रूपमा व्याख्या गर्न चाहँदैनन्। तिनीहरू किन यस्तो व्यवहार गर्छन्? किनभने तिनीहरूले वास्तवमा के भइरहेको छ भनेर व्याख्या गरे भने, तिनीहरूले परिणामहरू भोग्‍नुपर्नेछ—कि त कसैलाई चिढ्याइनेछ कि त आफूलाई हानि पुर्‍याइनेछ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू यी परिणामहरू भोग्‍न चाहँदैनन्; तिनीहरू तँलाई साँचो तथ्यहरू थाहा होस् भन्‍ने चाहँदैनन्। यो भ्रष्ट स्वभावको प्रभुत्वमा रहेर बोल्ने र व्यवहार गर्ने तरिका र शैली हो। तिनीहरूलाई प्रभुत्वमा राखेर यसरी व्यवहार गर्न लगाउने जीवनले तिनीहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र तिनीहरूले यसरी व्यवहार गर्नुले तिनीहरूसँग कुनै सत्यता छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार बोल्दैनन्। त्यसोभए सत्यता सिद्धान्तहरू अनुसार बोल्नका लागि व्यक्ति कसरी बोल्नुपर्छ? यसो गर्नका लागि, व्यक्ति इमानदार व्यक्ति हुनुपर्छ, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “तर तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” के तिनीहरू यसो गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू हो भने न त हो भनेर भन्छन् अनि होइन भने न त होइन भनेर नै भन्छन्। तिनीहरू कुन विधि प्रयोग गर्छन्? तिनीहरू अस्पष्ट रूपमा बोल्छन्, आफ्नो सुरक्षा गर्ने आफ्नो उद्देश्य हासिल गर्नका लागि आफ्नो अर्थ व्यक्त गर्न छली र दुष्ट तरिकाहरू प्रयोग गर्छन्। तिनीहरूले कुनै मामला सम्हाल्न वा कुनै कुरा व्यक्त गर्नका लागि शैतानले तिनीहरूलाई निर्देशन दिएका र हालिदिएका विधिहरू प्रयोग गर्छन्। यो स्पष्ट रूपमा नै शैतानको भ्रष्ट स्वभाव हो। यो मानवताको सतही प्रकटीकरण होइन बरु शैतानको भ्रष्ट स्वभावको प्रभुत्वमा रहेको कार्य गर्ने तरिकाको प्रकटीकरण हो।

रोमाञ्चकताको आनन्द लिनु

हामी अर्को प्रकटीकरणका बारेमा कुरा गर्दै यसलाई जारी राखौँ: रोमाञ्चकताको आनन्द लिनु र सादापनलाई मन नपराउनु; रोमाञ्चकताका खातिर नै सबै कुरा गर्नु र जीवनशैली छनौट गर्नु। यो कस्तो समस्या हो? सर्वप्रथम, के यो जन्मजात अवस्थाहरूभित्रका चासो र रुचिहरूमा पर्छ? (पर्छ।) पर्छ र? ध्यान दिएर विचार गर—के यो साँच्‍चै नै त्यसमा पर्छ? के रोमाञ्चकताको आनन्द लिनु व्यक्तिको चेतनाको सामान्य कुरा हो? (यो सामान्य कुरा होइन।) त्यसोभए, के यसलाई जन्मजात अवस्थाहरूमा वर्गीकरण गर्नु उचित हुन्छ? (हुँदैन।) यसलाई यसरी हेर्दा, यो उचित हुँदैन। यो प्रकटीकरण कस्तो समस्या अन्तर्गत पर्छ? यदि हामीले रोमाञ्चकताको आनन्द लिनु भ्रष्ट स्वभाव हो भनेर भन्छौँ भने, यो कस्तो भ्रष्ट स्वभाव हो? यो अहङ्कार हो, छल हो कि क्रूरता हो? (यीमध्ये कुनै पनि होइन।) यो कुनै पनि प्रकारको भ्रष्ट स्वभावसँग सम्बन्धित छैन। त्यसोभए यो कस्तो समस्या हो? (यो मानवताको समस्या हो।) यो मानवताको कस्तो प्रकारको समस्या हो? के यो अलिक हदभन्दा बाहिर जानु हो? (हो।) यो अनुचित र हदभन्दा बाहिरको तरिकामा व्यवहार गर्नु, रोमाञ्चकताको आनन्द लिनु, र चञ्चल हुनु हो। चञ्चलताले सामान्य मानवताको कमीलाई सङ्केत गर्छ। यो विवेकसँग सम्बन्धित हुँदैन बरु यसले मुख्य रूपमा सामान्य मानवताको चेतनाको कमीलाई प्रतिबिम्बित गर्छ। त्यस्ता मानिसहरू एउटा कार्यमा लागिरहन सक्दैनन् वा नियम पालना गर्दै र कर्तव्यनिष्ठाको साथ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। तिनीहरूले वयस्कहरूले जसरी काम गर्न सक्दैनन्; तिनीहरूमा परिपक्‍व सोचाइ, व्यक्तिगत आचरणको परिपक्‍व शैली, र काम गर्ने परिपक्‍व तरिकाको अभाव हुन्छ। कम्तीमा पनि, यो तिनीहरूको मानवताको खराबी हो। अवश्य नै, यो तिनीहरूको चरित्रको समस्या बन्‍ने स्तरमा पुग्दैन बरु तिनीहरूले आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने मनोवृत्तिसँग सम्बन्धित हुन्छ। नवीनता र रोमाञ्चकताहरूको आनन्द लिनु, तिनीहरूले जे गरे पनि त्यसमा अस्थिर हुनु, धैर्यता कायम राख्‍न नसक्‍नु, चञ्चल र अनुचित हुनु, र सधैँ रोमाञ्चकता खोजी गर्न र नयाँ सुन्दर कुराहरू प्रयोग गर्न चाहनु—यस्ता समस्याहरू मानवताको खराबीभित्र पर्छन्। रोमाञ्चकताका आनन्द लिने मानिसहरूमा सामान्य मानवताको चेतनाको कमी हुन्छ; तिनीहरूलाई वयस्कहरूले वहन गर्नुपर्ने जिम्मेवारी र काम वहन गर्न सजिलो हुँदैन। तिनीहरूले जुनसुकै कार्य गरे पनि, तिनीहरूले लामो समयसम्म काम गरे र यसले यसको नवीनता गुमायो भने, तिनीहरूलाई यो काम न्यास्रोलाग्दो लाग्छ, तिनीहरू त्यो गर्नमा रुचि गुमाउँछन्, र नवीनता र रोमाञ्चकता बोधको खोजी गर्न चाहन्छन्। कुनै रोमाञ्चकताविना, तिनीहरूलाई परिस्थितिहरू सादा लाग्छ र तिनीहरूले आत्मिक खोक्रोपनको अनुभूति समेत अनुभव गर्न सक्छन्। जब तिनीहरूलाई यस्तो महसुस हुन्छ, तब तिनीहरूको हृदय चञ्चल हुन्छ, र तिनीहरूले रोमाञ्चकता वा चाख लाग्दा कुराहरू खोज्न चाहन्छन्। तिनीहरू निरन्तर चलनचल्ती बाहिरका कुरा गर्न चाहन्छन्। जब पनि तिनीहरूलाई आफूले गरिरहेको काम वा आफूले सम्हालिरहेका मामलाहरूलाई अल्छीलाग्दो वा अरोचक लाग्छ, तब तिनीहरू निरन्तरता दिने चाहना गुमाउँछन्। यो तिनीहरूले गर्नुपर्ने काम वा अर्थपूर्ण र बहुमूल्य काम भए पनि, तिनीहरू निरन्तरता दिन सक्दैनन्। गैरविश्‍वासीहरूमध्ये, कति जना मानिसहरूले बारम्बार लागूऔषध प्रयोग गर्छन् हेर त। यसको पछाडि रहेका कारणहरू जेसुकै भए पनि, तिनीहरूलाई सामान्य मानिसहरूसँग हुने कुराभन्दा बाहिरको रोमाञ्चकता र तर्कहीन अनुभूतिहरू खोज्नका लागि लागूऔषधहरू प्रयोग गर्नमा आनन्द लिन्छन्। रोमाञ्चकताको आनन्द लिने मानिसहरू उत्तेजकताका लागि लागूऔषधमा भर पर्ने मानिसहरू जस्तै हुन्छन्। आफ्नो आचरण प्रस्तुत गर्ने तरिकाका हिसाबमा तिनीहरूमा सामान्य मानिसहरूको चेतनाको कमी हुन्छ र तिनीहरू आफ्नो जीवनशैली छनौट गर्दा सधैँ अवास्तविक र पारलौकिक अनुभूतिहरू पछ्याउन मन पराउँछन्। यो अत्यन्तै खतरनाक कुरा हो। बाहिरी रूपमा हेर्दा यस्ता मानिसहरूमा कुनै ठूला समस्याहरू छैनन् जस्तो देखिन्छ। यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याइनस् वा तिनीहरूको सार वा यस्तो समस्याको सारलाई छर्लङ्ग देख्‍न सकिनस् भने, तैँले यस्तो सोच्न सक्छस्, “यी मानिसहरूमा अस्थिर स्वभाव मात्रै छ; तिनीहरू तीस-चालीसको दशकका हुन् तर अझै पनि साना केटाकेटी जस्तै अपरिपक्‍व छन्।” वास्तवमा, भित्र गहिराइमा, यस्ता प्रकारका मानिसहरूले निरन्तर रोमाञ्चकताको खोजी गर्छन्। तिनीहरूले चाहे जे गरे पनि, तिनीहरूमा वयस्कहरूको सोचाइ र सचेतना, साथै मामलाहरू सम्हाल्ने वयस्कहरूको शैली र मनोवृत्तिको कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तिनीहरूको मानवता खराब हुँदैन र तिनीहरूको चरित्र विशेष रूपमा दुष्ट हुँदैन होला, तर तिनीहरूको मानवताको यो खराबीका कारण, तिनीहरूलाई महत्त्वपूर्ण कामका लागि, विशेष गरी कामका निश्‍चित महत्त्वपूर्ण विषयवस्तुका लागि सुयोग्य हुन निकै गाह्रो हुन्छ। जब तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गर्छस्, तब तिनीहरू भन्छन्, “मैले सबै कुरा बुझेको छु; म यो गर्न मात्र सक्दिनँ।” तिनीहरू सामान्य मानिसहरूका विचार र मनोवृत्तिहरूका साथ उचित रूपमा र कर्तव्यनिष्ठाको साथ जिउन वा काम गर्न सक्दैनन्। तिनीहरूको हृदय सधैँ चञ्चल हुन्छ। त्यस्ता प्रकटीकरण भएका मानिसहरू पनि अत्यन्तै समस्याजनक हुन्छन्। रोमाञ्चकताको आनन्द लिने प्रकटीकरणका बारेमा रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

संवेदनशीलता

यसपछि, हामी संवेदनशीलताबारे कुरा गरौँ। हटाउने विधिबाट सुरु गर्दै, यसलाई वर्गीकरण गर्न सबैभन्दा सरल तरिका प्रयोग गरौँ। के संवेदनशीलता जन्मजात अवस्था हो? (होइन।) त्यसोभए, के यो भ्रष्ट स्वभाव हो? (होइन।) यदि कसैमा संवेदनशीलताको प्रकटीकरण छ भने, के यो भ्रष्ट स्वभावको प्रकटीकरण हो? (होइन।) संवेदनशीलताले निश्‍चित प्रकारको खाना खाएपछि चिलाउने, वा निश्‍चित गन्ध सुँघेपछि हाछ्युँ आउने र आँसु झार्ने अनुभवलाई जनाउँदैन; यसले परागको एलर्जी, बदामको एलर्जी, वा प्रिजरभेटिभ्स वा रासायनिक यौगिकहरूबाट हुने कुनै पनि एलर्जीलाई जनाउँदैन—यसले शारीरिक संवेदनशीलतालाई जनाउँदैन। शारीरिक संवेदनशीलताले निश्‍चित बाहिरी हानिकारक गन्ध वा पदार्थहरूले पैदा गर्ने एलर्जी हुन प्रवृत्त संवेदनशील संरचना हुनुलाई जनाउँछ—यो शारीरिक संवेदनशीलता हो। शारीरिक संवेदनशीलता भनेको व्यक्तिका जन्मजात अवस्थाहरूमध्ये एउटा जन्मजात प्रवृत्ति मात्रै हो—यो व्यक्तिको जन्मजात संरचनाको एउटा भाग हो। तर, यहाँ छलफल भइरहेको संवेदनशीलताले यस कुरालाई जनाउँदैन। जन्मजात अवस्थाहरूलाई पन्छाउँदा, र यस्तो संवेदनशीलता सामान्यतया भ्रष्ट स्वभावको स्तरमा पुग्दैन भन्‍ने कुरालाई ख्याल गर्दा—अर्थात् भ्रष्ट स्वभावको कुनै निश्‍चित प्रकटीकरण हुँदैन भन्‍ने कुरालाई ख्याल गर्दा—यो संवेदनशीलता कस्तो समस्या हो? (यो मानवताको समस्या हो।) यो मानवताको गुण हो कि कमजोरी हो? (यो मानवताको कमजोरी हो।) यो स्पष्ट रूपमा मानवताको कमजोरी हो—यदि तँ यो समेत देख्‍न सक्दैनस् भने, तँ अत्यन्तै अज्ञानी होस्। संवेदनशील हुनु राम्रो हो कि होइन? यो मानवताको कमजोरी भएको हुनाले, यो निश्चित रूपमा राम्रो होइन। संवेदनशीलता भनेको के हो? यसलाई आफ्नै शब्दहरूमा भन। (अति संवेदनशील मन हुनु।) के अति संवेदनशील मन हुनु मानसिक रोग हो? मलाई भन, के मानिसहरूका स्नायुहरू सामान्यतया अति संवेदनशील बन्छन्? स्नायुहरू मानव मांसपेशीको तन्तुभित्र हुन्छन् र ती बाहिरी हावा, धूलो, वा अरू पदार्थहरूको सम्पर्कमा आउँदैनन्—त्यसोभए ती कसरी अति संवेदनशील हुन सक्छन्? यदि व्यक्ति सधैँ संवेदनशील हुन्छ भने, के यो उसको विचारको समस्या होइन र? यदि उसको विचारमा समस्या छ भने, के यसको अर्थ उसको मनमा समस्या छ भन्‍ने हुन्छ? (हुन्छ।) मनको समस्या तिनीहरूका विचारद्वारा निर्देशित हुन्छ, र यदि यो तिनीहरूका विचारद्वारा निर्देशित हुन्छ भने, यो तिनीहरूको मानवतासँग सम्बन्धित समस्या हो। जब कसैको हेराइ, शब्द, वा वाक्यांश छनौटको कुरा आउँछ, वा जब तिनीहरूले कुनै वातावरण वा कुनै प्रकारको परिस्थितिको सामना गर्छन्, तब तिनीहरूले यसलाई बढाइ-चढाइ अर्थ लगाउँछन्, यसलाई आफूसँग जोड्छन्, त्यसपछि तिनीहरू बेचैनी, दबाब, उदासी, र दिक्दारीका भावनाहरूमा पर्छन्, कहिलेकाहीँ नकारात्मकतामा समेत पर्छन्, वा—अझै खराब कुरा त—बदला लिन खोज्ने, शत्रुता, इत्यादि कुराका नकारात्मक प्रकटीकरणहरू देखाउँछन्। यी प्रकटीकरणहरूले संवेदनशीलता मानवताको एक प्रकारको खराबी हो भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छन्। खराबीको अर्थ यदि तँसँग यस्तो समस्या छ भने, तैँले प्रकट गर्ने मानवता असामान्य हुन्छ भन्‍ने हो। यो समस्या तेरो विचार, मानसिक स्थिति, समझ, वा कुनै सन्दर्भमा रहेका निश्‍चित धारणा र दृष्टिकोणहरूले पैदा गरेका भए पनि, जे भए पनि, यो तेरो मानवताभित्रको खराबी हो। यसले तैँले प्रकाश गर्ने मानवतालाई असामान्य तुल्याउँछ, सामान्य मानवताको चेतना र विवेक अनुरूप नहुने तुल्याउँछ, अनि सामान्य मानवताको सोच्ने ढाँचाले पैदा गर्ने विचार र दृष्टिकोणहरू, वा अरूसँग अन्तरक्रिया गर्दा र मामलाहरू सम्हाल्दा व्यक्तिमा हुनुपर्ने मनोवृत्ति अनुरूप नहुने तुल्याउँछ। सारांशमा भन्दा, मानवताको यो पक्षमा प्रकाश हुने कुरा सारभूत रूपमा असामान्य मानसिक स्थिति हो। उदाहरणका लागि, कतिपय मानिसहरू अनजानमा कसैले तिनीहरूलाई एक झलक हेरेकाले नै अति संवेदनशील बन्छन्—त्यो व्यक्तिले तिनीहरूलाई हेयको दृष्टिले हेरेको भन्ठान्छन्, र तिनीहरू बेखुस हुन्छन् र यसको तनावले रुने समेत गर्छन्। मलाई भन, के यो असामान्य मानसिक स्थिति होइन र? के यो मानसिक रोग होइन र? के मैले भनिरहेको कुरा सही छ? (छ।) ठ्याक्कै भन्दा, मानवताको यो प्रकटीकरण मानसिक रोग हो। अरूले तिनीहरूलाई केही गर्दैनन्, तैपनि तिनीहरू धेरै दिनसम्म अनियन्त्रित रूपमा रुन्छन् र तिनीहरूले यो कुरालाई जान दिनै सक्दैनन्। यो मानवताको खराबी हो। जब तेरा वरिपरि यस्ता मानिसहरू हुन्छन्, तब तँलाई विशेष रूपमा दमनमा परेको र रोकिएको महसुस हुन्छ, तैँले तिनीहरूबाट कहिले समस्या निम्त्याउन वा आफूलाई नै कहिले समस्यामा पार्न सक्छस् भन्‍ने तँलाई थाहा हुँदैन, र तिनीहरूको अगाडि बोल्दा तँ अत्यन्तै सतर्क हुनुपर्छ, र आफ्ना शब्दहरूलाई बारम्बार ख्याल गर्नुपर्छ: “यदि मैले यो शब्द बोलेँ भने, के तिनीहरूले मैले तिनीहरूलाई हेयको दृष्टिले हेरिरहेको छु भन्‍ने सोच्नेछन्? यदि मैले तिनीहरूसँग कुरा गरिनँ भने, के तिनीहरूले म तिनीहरूबारे निश्‍चित रायहरू राख्छु भन्‍ने सोच्नेछन्? यदि मैले तिनीहरूलाई केही शब्दहरू भनेँ भने, के तिनीहरूले मेरो कुनै गुप्त मनसाय छ भन्‍ने सोच्नेछन्? व्यवहार गर्ने उचित तरिका ठ्याक्कै के हो?” अन्त्यमा, तँ यस्तो निष्कर्षमा पुग्छस्: यस्ता मानिसहरू बस मानसिक रूपमा बिरामी हुन्छन्—साँच्चै समस्याजनक हुन्छन्! तैँले तिनीहरूसँग चाहे जसरी व्यवहार गरे पनि, त्यो कहिल्यै सही हुँदैन; तैँले चाहे जे भने पनि, वा तैँले चाहे जे गरे पनि, तिनीहरू त्यसलाई कहिल्यै सही रूपमा लिँदैनन्। तिनीहरूको मानवता अत्यन्तै असामान्य हुन्छ। त्यस्ता मानिसहरूसँग लामो समय बिताएपछि, तँ बस तिनीहरूसँग दूरी कायम गर्न र तिनीहरूबाट पन्छिन चाहन्छस्, र थप सम्पर्क चाहँदैनस्। यस्ता खालका मानिसहरूमा सामान्य मानवताको सोचाइ हुँदैन—तिनीहरू मानसिक रूपमा बिरामी हुन्छन्। संवेदनशीलताले यी प्रकटीकरणहरूलाई जनाउँछ; यो मानवताको एउटा खराबी हो। यो मानवताको खराबी भए पनि, यो भ्रष्ट स्वभावभन्दा सरल छैन। यदि कुनै व्यक्तिमा मानवताको खराबी वा समस्या छ भने, उसले अरूसँग सङ्गत गर्दा धेरै समस्याहरू पैदा हुनेछन्; ऊसँग मिलेर बस्न गाह्रो हुनेछ, र उसलाई सच्याउन पनि गाह्रो हुनेछ। यो मानवताको एउटा प्रकटीकरण हो।

ढिपी

हामी अर्को प्रकटीकरण—ढिपीका बारेमा कुरा गरौँ। यो कस्तो समस्या हो? (यो मानवताको खराबी हो।) पहिलो, जन्मजात अवस्थाहरूलाई पन्छाऔँ—ढिपी निश्चित रूपमा नै जन्मजात अवस्था होइन, यो परमेश्‍वरले दिनुभएको हुँदैन। यसको साथै, ढिपी भ्रष्ट स्वभावको स्तरमा पुग्दैन। त्यसकारण, यो मानवताको खराबी हो। ढिपीका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? के ढिपी र बेतुकताबीच निश्‍चित परस्पर सम्बन्ध हुन्छ? (केही सम्बन्ध हुन्छ।) निश्‍चित हदसम्म, एउटा परस्पर सम्बन्ध हुन्छ। त्यसोभए, ढिपीका प्रकटीकरणहरू के-के हुन्? एउटा उदाहरण देओ। कस्तो प्रकारका मानिसहरूमा ढिपी हुने प्रवृत्ति हुन्छ? कुन-कुन शब्द र व्यवहारहरू ढिपीका प्रकटीकरणहरू हुन्? (ढिपी गर्ने मानिसहरू निश्‍चित मानिस, घटना, र कामकुराहरूको सामना गर्दा एकोहोरिने गर्छन्।) कामकुराहरूमा एकोहोरिनु एउटा पक्ष हो। एउटा उदाहरण देओ—तिनीहरू कस्ता मामलाहरूमा एकोहोरिन्छन्? (जब कसैले तिनीहरूका समस्याहरू औँल्याउँछ, तब तिनीहरूलाई बहानाहरू बनाउन र भ्रामक तर्कहरू प्रयोग गर्न मन पर्छ। तिनीहरू सधैँ आफ्नो प्रतिरक्षा गर्न कुनै वाक्यांश वा शब्दहरूको छनौटमा टाँसिइरहन्छन्, सत्यता वा काटछाँट स्वीकार गर्न मान्दैनन्। तिनीहरूले आफूलाई जायज साबित गर्नका लागि आफ्नो तर्कमा जिद्दी गरिरहन्छन्, आफ्नो कार्यको पछाडि रहेका कारणहरू व्याख्या गर्छन्।) जब अरूले तिनीहरूलाई काटछाँट गर्छन् वा सत्यता सिद्धान्तहरूका बारेमा तिनीहरूसँग सङ्गति गर्छन्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्। बरु, तिनीहरूले आफ्ना गल्तीहरूलाई पटक्‍कै पहिचान नगरी, आफ्ना अभिप्रायहरू सही छन् भनेर दाबी गर्दै आफ्नै बहाना र स्पष्टीकरणहरूलाई निरन्तर जोड दिन्छन्। यो त एकोहोरिनुको एउटा प्रकटीकरण हो। कतिपय मानिसहरू लापरवाह दुष्कर्म गर्छन् र तिनीहरूलाई बर्खास्त गरिन्छ, तर तिनीहरू आत्म-चिन्तन गर्दैनन्। बरु, तिनीहरू भन्छन्, “जे भए पनि, परमेश्‍वरले मलाई मन पराउनुहुन्‍न, र म सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनँ, यति हो—प्रगति गर्ने प्रयास गर्नुको कुनै अर्थ छैन।” कसैले तिनीहरूलाई यस्तो सल्लाह दिन्छ, “तिमी यति नकारात्मक हुनु हुँदैन। तिम्रो क्षमताले तिमीलाई सत्यता बुझ्ने तुल्याउँछ—तिमीले प्रगति गर्ने प्रयास गर्नुपर्छ!” तिनीहरू जवाफ दिन्छन्, “यदि तिमीले राम्रो गन्तव्य प्राप्त गर्नेछैनौ भनेर परमेश्‍वरले नियोजन गर्नुभएको छ भने, तिमीले प्रगति गर्ने प्रयास गरे पनि, त्यो व्यर्थ हुन्छ। तिमीले चाहे जति धेरै मेहनत गरे पनि वा तिमीले जति राम्ररी गरे पनि, त्यो व्यर्थ हुन्छ।” तिनीहरू हृदयमा निरन्तर परमेश्‍वरलाई गलत रूपमा बुझ्छन् र उहाँसँग होड गर्छन्। अरूले चाहे जे भने पनि, तिनीहरूले त्यो स्वीकार गर्न मान्दैनन्। तैँले भनेको कुरा तिनीहरूको स्थितिसँग चाहे जति नै मिले पनि वा त्यसले तिनीहरूलाई परिवर्तन हुन र केही वृद्धि हासिल गर्न जति नै सहयोग गर्न सके पनि, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरू आफ्नै विचारहरू सही छन् भन्‍ने कुरामा विश्‍वस्त हुन्छन्। के यो ढिपीको प्रकटीकरण हो? (हो।) तिनीहरू एकचित्त र दृढ रूपमा यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वरले मलाई मन पराउनुहुन्‍न। मैले चाहे जे गरे पनि, परमेश्‍वरले मलाई अनुग्रह देखाउनुहुनेछैन—परमेश्‍वरले मलाई पन्छाउनुभएको छ। म सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनँ भन्‍ने मलाई थाहा छ, त्यसकारण प्रगति गर्ने प्रयास गर्नुको कुनै अर्थ छैन। यदि म कुनै कर्तव्य पूरा गर्न सक्छु भने, म थोरै मात्रै गर्नेछु। यदि मलाई श्रमिक भनिन्छ भने, ठिकै छ। जे भए पनि, म केवल सँगसँगै पछि लाग्नेछु। जबसम्‍म आशाको एउटा सानो किरण बाँकी हुन्छ, तबसम्‍म म छोडेर जानेछैनँ।” वास्तवमा, तिनीहरूको क्षमता र अरू विभिन्‍न परिस्थितिहरूका आधारमा हेर्दा, तिनीहरू यति नकारात्मक हुनु हुँदैन—तिनीहरूले अझै पनि केही बहुमूल्य कामकुराहरू गर्न सक्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा केही नतिजाहरू हासिल गर्न सक्छन्। तर, तिनीहरूको ढिपीका कारण, तिनीहरू प्रगति गर्न मान्दैनन्, तिनीहरूले आफ्नो मार्ग बदल्दैनन्, र पश्चात्ताप गर्दैनन्; तिनीहरू हृदयमा परमेश्‍वरले तिनीहरूलाई अनुग्रह देखाउनुहुनेछैन भन्‍ने विश्‍वास गर्छन्। अरूले विभिन्‍न हदको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्छन् र उनीहरूलाई परमेश्‍वरले प्रायजसो केही अनुग्रह देखाउनुहुन्छ, तर तिनीहरू यसलाई महसुस गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले हृदयमा परमेश्‍वरप्रति केही रिस पाल्छन्। के यो ढिपी हो? (हो।) कतिपय मानिसहरू सोच्छन्, “परमेश्‍वरको घरमा प्रवर्द्धन र संवर्धन गरिने मानिसहरू सबै बोल्न सिपालु, वरदान र सबल पक्ष भएका, र आफूलाई प्रस्तुत गर्न सिपालु मानिसहरू हुन्। आफूलाई कसरी प्रस्तुत गर्ने भन्‍ने थाहा नभएका र बोल्न सिपालु नभएका हामी जस्ता मानिसहरूलाई परमेश्‍वरको घरले बेवास्ता गर्छ। परमेश्‍वरले हामीलाई कुनै अवसर दिनुहुन्‍न। हामीसँग प्रतिभा भए पनि, त्यो व्यर्थ हुन्छ। हामीसँग क्षमता र बोध सामर्थ्य भए पनि, त्यसले केही फरक पार्दैन—हामी अझै पनि अलग्गै रहनुपर्छ। विशेष गरी हामी गरिब पृष्ठभूमिबाट आएका हुनाले, हामी औसत रूपका भएकाले, र हामीलाई कसरी राम्ररी लुगा लगाउने थाहा नभएका हुनाले, हामी कहिल्यै कहीँ पनि पृथक् देखिनेछैनौँ। हाम्रो सम्पूर्ण जीवन बस यस्तै हुनेछ—संसारमा हाम्रो कुनै हैसियत हुँदैन र परमेश्‍वरको घरमा कुनै हैसियत हुँदैन।” के यो ढिपीको प्रकटीकरण हो? (हो।) यी दुई वटा उदाहरणहरूबाट, के तिमीहरूले ढिपी भनेको के हो भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? (आफ्ना विचारहरूमा अडिग रहनु र कसैको कुरा सुन्‍न नमान्नु।) (आफ्नो कट्टर दृष्टिकोणमा अडिग रहनु।) बोलचालको भाषामा भन्दा, यसलाई आफ्नो कट्टर दृष्टिकोणमा अडिग रहनु भनिन्छ, तर त्यसका सबै रूपहरू ढिपी हुन् भन्‍ने हुँदैन—यो तिनीहरूले पक्रिरहेका कट्टर दृष्टिकोण सही छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि व्यक्तिले पक्रिरहने कट्टर दृष्टिकोण सही छ भने, यो स्वीकार्य नै हुन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्तिले “जहिले पनि, व्यक्तिले विवेकको साथ काम गर्नुपर्छ” भनेर भन्दै आफ्‍नो कट्टर दृष्टिकोणलाई पक्रिरहन्छ भने, यो दृष्टिकोण तुलनात्मक रूपमा सकारात्मक हुन्छ। तर यदि उसले पक्रिरहने कट्टर दृष्टिकोण गलत छ र यो तथ्यहरूअनुरूप छैन, तैपनि ऊ यसलाई त्याग्‍न मान्दैन र जसले जे भने पनि कसैले उसलाई आफ्ना विचार र दृष्टिकोणहरू परिवर्तन गर्न लगाउन सक्दैन भने, यो ढिपी हो। ढिपी भनेको बुझाइको विकृत तरिका हो—मानिसहरूले जिद्दी भएर विकृत विचार र दृष्टिकोणहरूलाई पक्रिराख्दा यस्तो हुन्छ। यो मानवता वा सामान्य समझ अनुरूप हुँदैन, यो परमेश्‍वरका मागहरूअनुरूप त झनै हुँदैन; अवश्य नै, सत्यतासँग पनि यसको कुनै सम्बन्ध हुँदैन। ढिपी भनेको आफ्नो मानवताको उग्रता र संवेगहरूको प्रभुत्वमा रहेको विकृत विचार र दृष्टिकोणहरूमा जिद्दी हुनु हो। यस्ता प्रकटीकरणहरू देखाउने मानिसहरू ढिपी गर्ने मानिसहरू हुन्। उदाहरणका लागि, कतिपय मानिसहरू काट-छाँटलाई स्वीकार गरेपछि र आफूलाई चिनेपछि, यस मामलामा तिनीहरू गलत थिए र तिनीहरूले पश्चात्ताप गर्नुपर्छ भन्‍ने महसुस गर्छन्। तिनीहरूले यसलाई अपराधका रूपमा हेर्छन् र काट-छाँटमा पर्नु सही कुरा हो, भाग्यवश काट-छाँट समयमा नै आयो, र यो नभएको भए ठूलो गल्ती हुनेथियो भन्‍ने विश्‍वास गर्छन्। तैपनि, ढिपी गर्ने मानिसहरू यसरी सोच्दैनन्। तिनीहरू भन्छन्, “मलाई काट-छाँट गर्नु भनेको मलाई हेयका दृष्टिले हेर्नु हो—तिनीहरूले मलाई अप्रिय ठानेकाले मलाई निसाना बनाउनु हो। सायद म कसैको गडबडीको बीचमा परेँ र दुर्भाग्यमा परेँ। तिनीहरूसँग रिस पोख्ने ठाउँ कहीँ नभएकोले पो, तिनीहरूले मलाई काट-छाँट गरेर आफ्‍नो रिस पोखेका हुन्।” अरूले भन्छन्, “यो तपाईंले सोचेको जस्तो होइन। तपाईंले के गलत काम गर्नुभयो भनेर किन जाँच्‍नुहुन्‍न? के तपाईंले त्यो मामलालाई सिद्धान्तहरू अनुसार सम्हाल्‍नुभयो? के तपाईंले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नुभयो?” तिनीहरू यी कुराहरू जाँच्दैनन्। बरु, तिनीहरू संवेग र उग्रताको साथ मामलाहरूको विश्लेषण गर्छन्, त्यसलाई बुझ्छन्, र लिन्छन्। सारांशमा भन्दा, ढिपी गर्ने मानिसहरू अधिकांश मामलाहरूमा, सकारात्मक कुराहरूलाई वा सत्यतालाई स्वीकार गर्दैनन्—तिनीहरू सकारात्मक विचार र दृष्टिकोणहरूलाई समेत स्वीकार गर्दैनन्। तिनीहरूमाथि जेसुकै आइपरे पनि वा तिनीहरूले जस्तोसुकै वातावरणको सामना गरे पनि, यस कुरालाई ढिपीको साथ लिन्छन् र पूर्ण निश्‍चितताको साथ यसलाई पक्रिराख्छन्। तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा पनि, तिनीहरू त्यसलाई स्वीकार गर्दैनन् र तिनीहरूले पक्रेर राख्ने कुरा पूर्ण रूपमा तथ्यहरू अनुरूप छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू प्रायजसो के भन्छन्? “सुनेको कुरा भरपर्दो हुँदैन; देखेको कुरा मात्रै वास्तविक हुन्छ। मैले देखेका कुराहरू त तथ्यहरू हुन्। तपाईँले भन्‍नुहुने कुरा सत्यता भए पनि, तपाईँले यो कुरा देख्‍नुभएको छैन भने, तपाईँसँग यस विषयमा बोल्ने कुनै अधिकार छैन।” तिनीहरू आफूले देखेका कुरा तथ्यहरू हुन्, र यी तथ्यहरू सतहमा जस्ता देखिन्छन् ती वास्तवमा त्यस्तै हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। जब तँ सत्यताबारे कुरा गर्छस्, तब त्यो व्यर्थ हुन्छ—तिनीहरूका नजरमा, सत्यता एउटा देखावटी रूप, बाहिरी खोल, र कर्णप्रिय शब्दहरू मात्रै हो। त्यसकारण, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरू अन्धाधुन्ध यस्तो विश्‍वास गर्छन्, “मैले भनेको कुरा साँचो हो—यो झूट होइन—किनभने मैले तथ्यहरूको सत्यता देखेको छु। मैले तथ्यहरू उजागर हुने प्रक्रिया देखेको छु।” उदाहरणका लागि, जब ढिपी गर्ने व्यक्तिले एक दम्पती तर्क गरिरहेका, श्रीमान-श्रीमती दुवैले सम्बन्ध विच्छेद गर्ने बारेमा चिच्याइरहेका देख्छ, तब तिनीहरूले अवश्य नै सम्बन्ध विच्छेद गर्नेछन् भनेर उसले निष्कर्ष निकाल्छ। अरूले भन्छन्, “तपाईंले तिनीहरूलाई सम्बन्ध विच्छेदका बारेमा तर्क गरिरहेका देख्‍नुभए पनि तिनीहरूले साँच्‍चै नै सम्बन्ध विच्छेद गर्न चाहन्छन् भन्‍ने हुँदैन। मानिसहरू रिसाउँदा कठोर शब्दहरू बोल्छन्। वास्तवमा, यो जोडीले प्रायजसो एकअर्कालाई अत्यन्तै प्रेम गर्छन्—तिनीहरूको सम्बन्धको जग बलियो छ। तिनीहरूले आफ्नो जीवनभरि झगडा गरेका भए पनि, तिनीहरू एक-अर्काविना बस्‍न सक्दैनन्। परिस्थितिका बारेमा थाहा भएको कुनै व्यक्तिलाई त्यस श्रीमतीले तिनीहरूको सम्बन्ध विच्छेद असम्भव छ भनेर बताएकी थिइन्। त्यसकारण, यी तथ्यहरू र तिनीहरूको सामान्य जीवनशैलीका आधारमा हेर्दा, तिनीहरूले सम्बन्ध विच्छेद गर्ने सम्भावना छैन।” ढिपी गर्ने व्यक्तिले यो कुरामा विश्‍वास गर्दैन। पछि, ऊ जाँच गर्न जान्छ र यो जोडीले वास्तवमा सम्बन्ध विच्छेद गरेको छैन भन्‍ने देख्छ, तर ऊ अझै पनि जिद्दी हुँदै यस्तो विश्‍वास गर्छ, “तिनीहरूले बाहिरी रूपमा मात्रै सम्बन्ध विच्छेद गरेका छैनन्; गोप्य रूपमा, तिनीहरूले पहिले नै सुटुक्क सम्बन्ध विच्छेद गरिसकेका छन्। तिनीहरूले छोराछोरीका खातिर मात्रै यस कुरालाई सार्वजनिक गरेका छैनन्।” देखिस्, ऊ अझै पनि जिद्दी भएर यस मामलालाई पक्रिरहन्छ। ऊ आफ्नो आँखाले देख्ने कुरामा र आफ्नै तजबिजमा मात्रै विश्‍वास गर्छ, र आफ्नो तजबिज र आफ्ना विचार र दृष्टिकोणहरू सही छन् भनेर हठपूर्वक जिद्दी गर्छ। तथ्यहरू त्यस्ता नभए पनि वा समस्याको सार र जड त्यस्ता नभए पनि, ऊ अझै पनि कुरा त्यही हो भन्‍ने विश्‍वास गर्छ। सबै मामलाप्रतिको उसको बुझाइ उसका आफ्नै पूर्वाग्रह, उग्रता, र संवेगहरूमा मात्रै निर्भर हुन्छ—ऊ तथ्यहरूको प्रकृति वा समस्याको जडका आधारमा तजबिज गर्दैन। परिस्थिति परिवर्तन भए पनि, उसको बुझाइको तरिका र उसका विचार र दृष्टिकोणहरू अपरिवर्तित नै रहन्छन्। यी ढिपी गर्ने मानिसहरूका प्रकटीकरणहरू हुन्।

जब ढिपी गर्ने मानिसहरूले निश्‍चित समस्याहरूको सामना गर्छन्, तब समस्याहरूलाई सम्हाल्ने तिनीहरूको तरिका र तिनीहरूले प्रकाश गर्ने स्वभावमा एउटा भ्रष्ट स्वभाव समावेश हुन्छ। ढिपी मानवताको एउटा प्रमुख खराबी हो। अवश्य नै, यो चरित्र वा निष्ठाको स्तरमा पुग्दैन—यो तिनीहरूले अरूसँग गर्ने अन्तरक्रिया र मामलाहरू सम्हाल्ने मनोवृत्ति, सोचाइ, र दृष्टिकोणसँग मात्रै सम्बन्धित हुन्छ। यदि कुनै व्यक्ति ढिपी गर्ने छ भने, उसको मानवतामा खराबी छ भन्‍ने कुरा देखाउन त्यो नै पर्याप्त हुन्छ। जब निश्‍चित मामलामा यो खराबी प्रकाश हुन्छ, तब उसले प्रकाश गर्ने कुरा उप्रान्त मानवताको खराबी मात्रै रहँदैन। यदि, निश्चित परिस्थितिमा, उसले आफ्नो विकृत बुझाइ र दृष्टिकोणहरू सत्यताअनुरूप छन् भन्‍ने विश्‍वास गर्दै, त्यसमा जिद्दी भएर जोड दिन्छ, र सत्यताबारे ऊसँग जोसुकैले सङ्गति गरे पनि ऊ यसलाई आत्मसात् गर्न सक्दैन—र केही ढिपी गर्ने व्यवहार र भनाइहरू समेत विकास गर्छ भने—यो उप्रान्त उसको मानवताको समस्या मात्रै रहँदैन। यो उसको स्वभावको समस्या हुने स्तरमा पुगिसकेको हुन्छ—यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुन्छ। उदाहरणका लागि, काट-छाँटलाई स्वीकार गर्ने मामलामा, यदि उसले काम गर्दा सिद्धान्तहरू उल्लङ्घन गर्छ र लापरवाह दुष्कर्म गर्छ भने, उसले काट-छाँट स्वीकार गर्नुपर्छ। उसले काट-छाँट स्वीकार नगरे पनि, अझै पनि सम्बन्धित दण्ड र ताडनालाई स्वीकार गर्नुपर्छ। तर, उसले यसलाई सही रूपमा बुझ्नुको सट्टा, आफ्नो खराब भाग्यबारे गुनासो गर्छ, र भन्छ, “म त संयोगवश आगोको अगाडि पुगेछु। मलाई काट-छाँट गर्ने व्यक्ति रिसाएको मात्रै थियो र ऊसँग रिस पोख्ने ठाउँ थिएन—यति मात्र हो कि उसले यो मेरो मामला देख्‍न पुग्यो, अनि मलाई काट-छाँट गर्‍यो।” काट-छाँटप्रति उसको सोचाइ, दृष्टिकोण, र मनोवृत्ति एउटा भ्रष्ट स्वभावको प्रकटीकरण हो। कस्तो भ्रष्ट स्वभाव? (हठीपन र सत्यताप्रतिको वितृष्णा।) सत्यताप्रति वितृष्ण हुनु र हठी हुनु। मानिस र परिस्थितिहरूप्रतिको उसको विचार र दृष्टिकोण उसको मानवताको ढिपीमा पर्छ, तर यी ढिपी गर्ने विचार र दृष्टिकोणहरूलाई जन्म दिने भ्रष्ट स्वभावहरू हठीपन र सत्यताप्रतिको वितृष्णा हुन्। यसले समस्याको सारलाई गम्भीर बनाउँछ—यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्। ढिपी मानवताको एउटा खराबी हो। यसमा समावेश हुने भ्रष्ट स्वभावहरूका मुख्य विशेषताहरू के-के हुन्? हठीपन र सत्यताप्रति वितृष्ण हुनु—यसले त्यसलाई भ्रष्ट स्वभावको स्तरमा पुर्‍याउँछ। यसबाट तिमीहरू के देख्‍न सक्छौ? मानिसहरूले आचरण र व्यवहार प्रस्तुत गर्ने विचार, दृष्टिकोण, र मनोवृत्तिहरूसँग सम्बन्धित मानवताका केही खराबी भ्रष्ट स्वभावमा परिणत हुन सक्छन्। उदाहरणका लागि, भकभकाउनु मानवताको एउटा खराबी हो। भकभकाउने व्यक्तिले जे भने पनि ऊ भकभकाउने नै छ। भकभकाउनु आफैमा भ्रष्ट स्वभाव होइन र यो भ्रष्ट स्वभावको स्तरमा पुग्दैन। तर, यदि भकभकिएर बोलिने शब्दहरूमा निश्‍चित विचारहरू हुन्छन्, र यी विचारहरू भ्रष्ट स्वभावको प्रभुत्वमा पैदा भएका हुन्छन् भने, व्यक्तिले प्राकृतिक रूपमा भकभकाउने भए पनि वा नभए पनि, उसका शब्दहरूको पछाडि रहेका विचारहरूमा भ्रष्ट स्वभाव समावेश हुन्छ। भकभकाउनु बोलीको एउटा समस्या हो—भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध हुँदैन। तर, बोल्ने भकभकिने शैली प्रयोग गर्नुको पछाडि रहेका विचार र दृष्टिकोणहरू भ्रष्ट स्वभावले उत्पन्न गरेका वा पैदा गरेका हुन्छन्। त्यसकारण देखिस्, जब मानवताको खराबीमा जन्मजात अवस्थाहरू समावेश हुन्छन्, तब भ्रष्ट स्वभावसँग यसको कुनै सम्बन्ध हुँदैन। तर जब मानवताको खराबीमा व्यक्तिको चरित्रका दुष्ट, विकृत, वा नकारात्मक तत्त्वहरू समावेश हुन्छन्, तब यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ। बुझ्यौ? (बुझ्यौँ।)

भावशून्यता

हामी अर्को प्रकटीकरण, अर्थात् भावशून्यता बारे छलफल गरौँ। यो कस्तो समस्या हो? (मानवताको खराबी।) भावशून्यता मानवताको एउटा खराबी हो। मानिसहरूमा देखिने भावशून्यताका सामान्य प्रकटीकरणहरू के-के हुन्? सुस्त प्रतिक्रिया दिनु, ढिलो गतिमा अघि बढ्नु, र कामकुरा गर्दा लचकताको कमी हुनु, र समस्याहरूका बारेमा सोच्दा, थोरै विचार राख्‍नु वा समस्याहरूका तुलनात्मक रूपमा थोरै पक्षहरूका बारेमा मात्रै चिन्तन गर्न सक्‍नु। यो सबै कुरालाई भावशून्य हुनु भनिन्छ। भावशून्यतामा मानवताको कुन पक्ष समावेश हुन्छ? यसमा मानिसहरू र कामकुराप्रति व्यक्तिको दृष्टिकोणको गहिराइ, व्यक्तिको आत्मआचरण र कार्यहरूको गहिराइ, साथै मानिसहरू र कामकुराहरूलाई हेर्ने र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने व्यक्तिको बुद्धिमत्ता वा क्षमता समावेश हुन्छ। सामान्यतया, कस्तो प्रकारको व्यक्तिलाई “भावशून्य” भन्‍ने शब्दले वर्णन गरिन्छ? (तुलनात्मक रूपमा कमजोर क्षमता भएको व्यक्तिलाई।) भावशून्यता हुनुको अर्थ व्यक्तिको क्षमता कमजोर छ, उसको बौद्धिकता कमजोर छ, र प्रतिक्रिया सुस्त छ भन्‍ने हुन्छ—यी प्रकटीकरणहरू हुनु भनेको भावशून्यता हुनु हो। भावशून्यता मानवताको प्रमुख खराबी हो। यो भावशून्यताले तेरो हात वा खुट्टा भावशून्य भएको र त्यसले संवेदना गुमाएको अवस्थालाई जनाउँदैन—यो यस्तो प्रकारको शारीरिक असंवेदनशीलता होइन। यसले न त बोधो, कठोर, वा अरट्ठ हुनुको व्यक्तित्व विशेषतालाई नै जनाउँछ। बरु, यो समस्याहरू सम्हाल्दा व्यक्तिको मानसिक प्रतिक्रिया वा बुद्धिमत्ताको प्रकटीकरण हो। सामान्यतया, यस्तो प्रकारको व्यक्ति प्रायजसो आफ्नो वरिपरिका मानिस, घटना, र कामकुराहरूको कुरा आउँदा भावशून्यता, मन्द-बुद्धिको, र कुनै प्रतिक्रिया नजनाउने स्थितिमा हुन्छ। अर्थात्, तिनीहरू कुराहरू त देख्छन् तर ती कुराहरूको सारलाई छर्लङ्ग देख्‍न सक्दैनन् र भित्री समस्याहरूलाई देख्‍न सक्दैनन्। जब तैँले तिनीहरूलाई यहाँ समस्या छ भनेर याद दिलाउँछस्, तब तिनीहरूले प्रतिक्रिया समेत दिँदैनन् र त्यो समस्या हो भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। यदि कसैले तिनीहरूलाई समस्या औँल्याइदिए नै पनि, तिनीहरूले अझै पनि समस्याको गम्भीरता वा समस्याको सार छर्लङ्ग देख्‍न सक्दैनन्। परिणाम स्वरूप, तिनीहरूले धेरै मामलाहरूलाई निकै ढिलो गतिमा सम्हाल्छन्। यो भावशून्यता हो। भावशून्यता आफैमा नै मानवताको खराबी हो। भावशून्य मानिसहरूका हकमा भन्दा, तिनीहरूको उमेर जतिसुकै भए पनि वा तिनीहरूको भौतिक शरीरको कुनै भाग भावशून्य भए पनि, यस पक्षमा तिनीहरूको मानवताको प्रकटीकरणहरूका हकमा भन्दा, तिनीहरूले विशिष्ट, अत्यावश्यक काम गर्न सक्दैनन्, न त तिनीहरूले प्राविधिक विषयवस्तु समावेश भएको वा प्रकृतिमा अत्यन्तै विशेषज्ञता चाहिने काम नै वहन गर्न सक्छन्। अवश्य नै, त्यस्ता मानिसहरू अगुवा र कामदार बन्‍न पनि सक्दैनन्। यदि अगुवा वा कामदार भावशून्य छ भने, उसले गर्ने काममा समस्या देखा पर्नेछ, त्यो गतिहीन र ठप्प हुनेछ। तिनीहरू समस्याहरू देख्‍न सक्दैनन्, र तिनीहरू ती कुरालाई तुरुन्तै समाधान गर्न सक्दैनन्, त्यसकारण जब विभिन्‍न समस्याहरू देखा पर्छन्, तब तिनीहरूले ती देख्‍न सक्दैनन्, र समस्याहरू समाधान हुन सक्दैनन्। तिनीहरू आफ्ना आँखाले समस्याहरू देख्‍न सक्दैनन्, त्यसकारण तिनीहरूले तिनलाई समाधान गर्न हात चलाउन सक्दैनन्, र कुन काम गर्नु सबैभन्दा महत्त्वपूर्ण छ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। हरेक दिन, तिनीहरू एकनास शैलीमा थोरै सतही काम मात्रै गर्न सक्छन्। माथिले कामका जेसुकै प्रबन्धहरू जारी गरे पनि, तिनीहरू ती कुरा अरूलाई हस्तान्तरण गर्छन्, तर ती हस्तान्तरण गरेपछि, तिनलाई उचित रूपमा कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन, के-कस्ता नतिजाहरू हासिल गर्न सकिन्छ, वा त्यसपछिका प्रभावहरू के-के हुनेछन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू कुनै पनि कुरालाई छर्लङ्ग देख्‍न सक्दैनन्। तिनीहरूका वरिपरि चाहे जति धेरै मानिसहरूले दुष्कर्म गरिरहेका भए पनि, वा बाधा वा अवरोधहरू ल्याइरहेका भए पनि, तिनीहरू यसलाई महसुस गर्न सक्दैनन्। तिनीहरूलाई कति धेरै कामको अनुगमन गरिनुपर्छ वा कुन-कुन निश्‍चित काम कार्यान्वयन गरिनुपर्छ भन्‍ने पनि थाहा हुँदैन। कसैले तिनीहरूलाई सोध्छ: “के तिमीले काम खटनपटन र प्रबन्ध गऱ्यौ?” तिनीहरू भन्छन्: “सबै प्रबन्ध भइसकेको छ। मैले तिनीहरूसँग सङ्गति गरेँ र कामको प्रबन्ध एक पटक ठूलो स्वरमा पढेर सुनाएँ—सबैलाई त्यो थाहा छ।” के यो कामको प्रबन्ध कार्यान्वयन गर्नु हो? (होइन।) कामको प्रबन्ध कार्यान्वयन गर्नका लागि सुरुमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू उचित रूपमा खटनपटन गर्नुपर्छ, कुन अगुवाले कुन काम सम्हाल्नुपर्छ भनेर निर्दिष्ट गर्नुपर्छ, र कामको हरेक विषयवस्तु निश्‍चित मानिसहरूलाई खटाइएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्नुपर्छ। यसको साथै, अगुवा र कामदारहरूलाई यो काम कसरी गर्ने र कुन सिद्धान्तहरू अनुसार गर्ने भनेर तोकेर बताउनुपर्छ। यी सबै मामलाहरूलाई स्पष्ट रूपमा व्याख्या गरिनुपर्छ ताकि काम कसरी गर्ने भन्‍ने कुरा सबैलाई थाहा होस्। काम बाँडफाँट गर्नु भनेको यही मात्र हो। काम गर्दा, कतिपय मानिसहरूले अरूलाई कामको प्रबन्ध पढेर सुनाउँछन् र सबैलाई यस विषयमा रहेको तिनीहरूको बुझाइ र भावनाहरू साझा गर्न लगाउँछन्, त्यति हो। तिनीहरूले सबै जना आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त देखेसम्म, तिनीहरूले कामको प्रबन्ध उचित रूपमा कार्यान्वयन भएको छ भन्‍ने अनुमान गर्छन्। यस विन्दुमा, यदि तैँले तिनीहरूलाई: “के दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न कुनै कठिनाइ भएको छ? के अझै पनि कुनै समस्याहरू छन्? के तिमीले तिनलाई समाधान गर्न सङ्गति गऱ्यौ?” भनेर सोधिस् भने तिनीहरूले जवाफ दिन्छन्: “मैले कुनै समस्याबारे सुनेको छैनँ—म गएर यसबारे जाँच गर्नेछु।” वास्तवमा, कामको प्रभारीले कुनै समस्या वा कठिनाइहरू उठाएन, तर ती कठिनाइहरू अस्तित्वमा हुन्छन्। तिनीहरू अत्यन्तै भावशून्य भएका हुनाले तिनीहरूले ती कुराहरू देख्‍न सक्दैनन्। उदाहरणका लागि, आफ्नो कर्तव्य पूरा गर्दा दुई जना मानिसहरू एक-अर्कासँग सहकार्य गर्न नसकी हैसियतका लागि प्रतिस्पर्धा गर्दा त्यसले काममा असर गरिरहेको कुरा समेत तिनीहरूले महसुस गर्न सक्दैनन्। तिनीहरू यसो समेत भन्छन्, “तिनीहरूको सम्बन्ध निकै राम्रो छ—तिनीहरू एक-अर्कासँग कुराकानी गर्छन् र सञ्चार गर्छन्। यदि तिनीहरूले सहकार्य गर्न सक्थेनन् भने, तिनीहरू कुरा गरिरहेका नै हुनेथिएनन्।” मानिसहरू तिनीहरूलाई सोध्छन्, “के तिनीहरू हैसियतका लागि एक-अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्? के तिनीहरू सामञ्जस्यताका साथ सहकार्य गर्न सक्छन्?” तिनीहरूले जवाफ दिन्छन्, “त्यो त मलाई थाहा छैन।” सोधपुछ गरेपछि मात्रै तिनीहरू दुई जना सहकार्य गर्न सक्दैनन् र एक-अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन्—उच्च सुनिने प्रवचन कसले प्रचार गर्छ, कसको आवाज ठूलो छ, र को लामो समयसम्म बोल्छ भनेर प्रतिस्पर्धा गरिरहेका छन् भनी पत्ता लाग्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले यी कुराहरू धेरै पहिले नै देखेका हुन्छन्। यदि तैँले त्यस व्यक्तिलाई “के यी समस्याहरू तुरुन्तै समाधान भएका छन्?” भनेर सोधिस् भने, उसले भन्‍नेछ, “अहँ, ती समाधान भएका छैनन्। यो मैले गर्नुपर्ने काम हो भन्‍ने मलाई थाहा थिएन।” तिनीहरूलाई यस्तो ठूलो समस्या समाधान गर्न समेत जान्दैनन्—के तिनीहरू दुर्बल मनका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले कामका प्रबन्धहरू एक पटक ठूलो स्वरमा पढ्छन् त्यसपछि सबैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न घोषणा र शपथ लिनुपर्छ भन्ने माग गर्छन्, त्यसपछि, तिनीहरूले आफ्नो काम पूरा भएको ठान्छन्। तिनीहरू मनमनै भन्छन्, “मण्डली अगुवा को हो, कामको कुन विषयवस्तुका लागि विशिष्ट रूपमा को जिम्मेवार छ, र चलचित्र निर्माणको कामको प्रभारी को हो भन्‍ने मलाई याद छ,” तर तिनीहरूले ती विशिष्ट कामका विषयवस्तुहरू कसरी अघि बढाउनुपर्छ भन्‍ने कुरा देख्‍न नै सक्दैनन्। भावशून्य र मन्द-बुद्धिको हुनु भनेको यही हो—तिनीहरू मूर्ख व्यक्तिहरू हुन्। तिनीहरू कुनै समस्याहरू देख्‍न सक्दैनन् र सत्यता सिद्धान्तहरूको कुनै पनि पक्षबारे कसरी सङ्गति गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। सत्यता सिद्धान्तहरू समावेश समस्याहरूका हकमा भन्दा, तिनलाई समाधान गर्न कसरी सत्यताबारे सङ्गति गर्ने भनी तिनीहरूलाई थाहा हुँदैन। जब कर्मचारी वा प्रशासनिक कामसँग सम्बन्धित समस्याहरूको कुरा आउँछ, तब तिनीहरू तीमध्ये कुनै पनि कुरा देख्‍न सक्दैनन्। कसैले काम गर्न सक्दैन भन्‍ने तिनीहरूले देखे पनि, यसलाई कसरी समाधान गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू कुनै कुरालाई छर्लङ्ग देख्‍न सक्दैनन्। भावशून्य हुनु भनेको यही हो। तिनीहरूलाई केही धर्मसिद्धान्तहरू कसरी बोल्ने भन्‍ने मात्रै थाहा हुन्छ तर तिनीहरू काममा योग्य हुँदैनन्—तिनीहरूको स्वरूप भावशून्यता र मन्द-बुद्धिको हुन्छ। मलाई भन्, के यस्तो व्यक्ति मानकअनुरूपको अगुवा हो? (होइन।) यदि अगुवा र कामदारहरू भावशून्य हुन्छन् भने, यो समस्याजनक कुरा हो—तिनीहरूले कुनै पनि काम बिलकुलै गर्न सक्‍नेछैनन्। यदि तिनीहरूले आफूले गर्नुपर्ने काम गर्दैनन्, र कसैले समस्याबारे रिपोर्ट गर्दा, तिनीहरूले यसलाई सम्हाल्दैनन् पनि भने, त्यो उप्रान्त भावशून्यताको समस्या मात्रै हुँदैन, बरु यो सामान्य मानवताको कमी हुनु, र विवेक र समझको सामान्य कार्यक्षमता गुमाउनु हो।

भावशून्यता मानवताको एउटा खराबी हो। यो खराबी भ्रष्ट स्वभावको स्तरमा नपुगे पनि, यो समस्या आफैमा घातक हुन्छ। एउटा जिउँदो व्यक्ति काम गर्ने इन्द्रिय र अङ्गहरू भएको अवस्थामा उभिएको हुन्छ, तर ऊसँग बस मानिसहरू र कामकुराहरूलाई हेर्ने, वा आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सामान्य व्यक्तिको क्षमता हुँदैन। जब उसले काम गर्छ, तब ऊ कुनै विचार नभएको व्यर्थको व्यक्ति जस्तै हुन्छ—उसले कुनै समस्या देख्‍न सक्दैन, अरूले समस्याहरू उठाउँदा तिनलाई समाधान गर्न त ऊ अझै कम सक्षम हुन्छ, र उसले कुन काम गरिनुपर्छ भनेर देख्‍न सक्दैन। उसका मनमा, यस्तो हुन्छ मानौँ कुनै पनि कुरा उसको चासोको विषय नै होइन। नतिजास्वरूप, ऊ कुनै पनि काम गर्न सक्दैन—ऊ केही न कामका व्यक्ति हुन्छ, र ऊ व्यर्थको मानिस हो। के यो समस्या पर्याप्त रूपमा गम्भीर छैन र? देखिस्, जिद्दी मानिसहरू र संवेदनशील मानिसहरूमा कम्तीमा पनि सक्रिय विचारहरू हुन्छन्—तिनीहरूसँग सामान्य व्यक्तिको सोचाइ हुन्छ; अर्थात्, तिनीहरूको मनले निरन्तर काम गरिरहेको हुन्छ। तर भावशून्य मानिसहरूको मन सरल हुन्छ; तिनीहरूको मन ठप्‍प भएको जस्तो हुन्छ, तिनीहरू मरेका छन् जस्तो हुन्छ। तिनीहरूसँग आँखा भए पनि, तिनीहरूले चाहे जेसुकै देखे पनि, तिनीहरूका मनमा कुनै प्रतिक्रिया हुँदैन, र तिनीहरूले यसबारे आफ्नो मनमा चिन्तन गर्दैनन्; तिनीहरूसँग कुनै विचार हुँदैन र तिनीहरू पूर्ण रूपमा काठका सालिक जस्ता हुन्छन्। काठका सालिकहरू के हुन्? तिनीहरू काठबाट बनेका मानिसहरू हुन्; बाहिरबाट ती मानिसहरू जस्तै देखिन्छन्, तर जब तँ तिनीहरूसँग कुरा गर्छस्, तब तिनीहरूले प्रतिक्रिया दिँदैनन्। तँ तिनीहरूलाई घरको रेखदेख गर्न आग्रह गर्छस्, तर जब घर लुटिन्छ, तब तिनीहरू केही गर्दैनन्। तैँले तिनीहरूलाई “तैँले किन घरको निगरानी गरिनस्?” भनेर सोधिस् भने पनि तिनीहरूले प्रतिक्रिया दिँदैनन्। यदि व्यक्तिले कुनै कुराप्रति प्रतिक्रिया जनाउँदैन भने, यो अत्यन्तै समस्याजनक कुरा हो। अर्को शब्दमा भन्दा, मानवजातिको जन्मजात प्रवृत्तिले पूरा गर्नुपर्ने कार्यहरू—जस्तै विचार र सचेतनाका कार्यहरू, र आँखा, कान, मस्तिष्क, र हृदयले पूरा गर्नुपर्ने कार्यहरू—सञ्चालन गर्न सकिँदैन। तिनीहरूसँग सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचारहरू हुँदैनन् वा तिनीहरूमा तिनको कमी हुन्छ। भावशून्य हुनु भनेको यही हो। भावशून्य मानिसहरू व्यर्थका मानिसहरूभन्दा त्यति फरक हुँदैनन्। कतिपय मानिसहरू भन्छन्, “तपाईंले यस्ता प्रकारका मानिसहरू भावशून्य हुन्छन्, तिनीहरूको आँखा, कान, र मस्तिष्कले आफ्नो कार्य गर्न सक्दैनन् भनेर भन्‍नुहुन्छ। तर यदि तपाईंले तिनीहरूलाई अपमान गर्नुभयो भने, तिनीहरू प्रतिक्रिया दिन्छन्। यदि तिनीहरूले घाटा भोगे भने, तिनीहरू प्रतिक्रिया दिन्छन्। त्यसोभए के तिनीहरूलाई अझै पनि मूर्ख मानिसहरू मान्न सकिन्छ?” कतिपय पशुहरूले समेत मानव बोलीवचन बुझ्न सक्छन्—तिनीहरूले तैँले तिनीहरूका बारेमा भन्‍ने असल र खराब, दुवै कुरा बुझ्न सक्छन्। यदि मानवका रूपमा, कसैले मानव बोलीवचन बुझ्न सक्दैन भने, ऊ मानव बन्‍ने मानकअनुरूप हुँदैन। त्यसकारण, कुनै व्यक्ति मानव हो कि होइन भनेर मापन गर्नका लागि, मानवको मानक प्रयोग गरिनुपर्छ। मैले किन पशुहरूलाई उल्लेख गरेँ? यो तँलाई तँ सृजित मानवको वर्गमा पर्ने जीवित प्राणी होस्, पशु होइनस् भन्‍ने कुरा थाहा दिनका लागि हो। मानवका रूपमा, यदि तँमा पशुहरूमा समेत हुने विचारहरूको कमी छ भने, तँ धेरै चुक्छस्। पशुहरूलाई पनि आफूलाई राम्रो व्यवहार गर्ने र दैनिक खाना दिने मानिसहरूप्रति असल व्यवहार गर्न र तिनीहरूको नजिक हुन आउँछ। यदि मानवका रूपमा, तँमा त्यस्तो मानवताको कमी छ भने, के तँ अझै पनि मानव कहलिन लायक हुन्छस्? मैले किन यो तुलना गरेँ? यो तँलाई तँ पशु वा उच्च स्तरको पशु होइनस् भनेर थाहा दिनका लागि हो; तँ व्यक्ति होस्, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकमध्ये तँ सबैभन्दा उच्च स्तरको प्राणी होस्—एक मानव होस्। तँसँग भाषाको सामर्थ्य, सोच्ने सामर्थ्य, र सत्यता बुझ्ने सामर्थ्य छ। परमेश्‍वरले तँलाई यावत् थोकको मालिक बन्‍न, यावत् थोक र अरू जीवित प्राणीहरूलाई व्यवस्थापन गर्नका लागि सृजना गर्नुभएको हो। तँ यावत् थोकका बीचमा सबै जीवित प्राणीको अभिरक्षक होस्। तिनीहरूलाई व्यवस्थापन गर्नका लागि, तँ तिनीहरूभन्दा माथि हुनुपर्छ। तँसँग तिनीहरूलाई व्यवस्थापन गर्ने क्षमता हुनका लागि तँ तिनीहरूभन्दा असल हुनुपर्छ। त्यसकारण, पशुहरूलाई उल्लेख गर्नु भनेको तँलाई हेला गर्न होइन बरु तँ तिनीहरूभन्दा असल हुनुपर्छ भन्‍ने कुरा तँलाई याद दिलाउन र तँलाई बुझ्ने तुल्याउनका लागि हो। तैँले तेरो मानवतामा हुनुपर्ने क्षमताहरू, साथै तैँले जन्मिएदेखि प्राप्त गरेका विभिन्‍न प्रकारका सामान्य समझ र क्षमताहरू, तिनलाई व्यवस्थापन गर्न र अगुवाइ गर्न, मानवले गर्नुपर्ने कुरा, परमेश्‍वरले तँलाई गर्न भनी आज्ञा गर्नुभएको कुरा गर्नका लागि प्रयोग गर्नुपर्छ। यदि तँ आफूलाई सृजित मानवको रूपमा लिन्छस् भने, तैँले आफ्नो मानवता र आफ्नो सार मापन गर्न सृजित मानवजातिको मानक प्रयोग गर्नुपर्छ। यो मानक परमेश्‍वरले मानवजातिका लागि स्थापित गर्नुभएको मानकभन्दा तल हुनु हुँदैन। त्यसकारण, व्यक्तिको क्षमता र उसको मानवताका विभिन्‍न पक्षका समस्याहरूलाई मापन गर्नका लागि, मानवका लागि दिइएको मानक प्रयोग गर्नुपर्छ। धेरै मानिसहरू मानसिक रूपमा भावशून्य हुन्छन् र मानवताको हिसाबमा प्रतिक्रिया दिनमा सुस्त हुन्छन्, जसले गर्दा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफ्‍ना धेरै कर्तव्य नराम्ररी पूरा गर्छन्—तिनीहरू मण्डलीको काममा अयोग्य हुन्छन्, र तिनीहरू सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सक्दैनन्। त्यसकारण, तैँले आफूलाई चिन्‍नुपर्छ र आफ्नो मापन जान्‍नुपर्छ। यदि तँसँग यस्तो क्षमता वा मानवता छैन, वा यदि तँसँग आफ्नो मानवतामा भावशून्यताको खराबी छ भने, तैँले अगुवा वा सुपरिवेक्षक बन्नका लागि प्रतिस्पर्धा गर्नु हुँदैन। यदि तँ अगुवा वा सुपरिवेक्षक बनिस् भने, तँ जुनसुकै मण्डलीको कामका लागि जिम्मेवार भए पनि, त्यो मण्डली ठप्‍प हुनेछ। तैँले कामको जुनसुकै विषयवस्तुको जिम्मेवारी लिए पनि, त्यो काम पूर्ण रूपमा अस्तव्यस्त हुनेछ। यदि तँ यसका लागि योग्य हुन सक्दैनस् भने, तँ पन्छिनुपर्छ र गर्न सक्‍नेहरूलाई यो काम गर्न दिनुपर्छ। बुझिस्? (बुझेँ।) आत्म-सचेतना प्राप्त गर्नु, त्यसपछि अझै सक्षम मानिसहरूका लागि बाटो छोडिदिन र अरूलाई सिफारिस गर्न सिक्‍नु—अभ्यासको सिद्धान्त यही हो। कतिपय मानिसहरू भन्छन्, “म यति भावशून्य छु कि म को असल छ भनेर थाहा पाउन सक्दिनँ—म कसरी कसैलाई सिफारिस गर्न सक्छु?” यदि तँ कोसँग असल क्षमता छ भनेर थाहा पाउन सक्दैनस् र तैँले सिफारिसहरू गर्न सक्दैनस् भने, तैँले केही पाठहरू सिक्‍नुपर्छ। जब तैँले सत्यता बुझेको र अरूलाई खुट्ट्याउन सक्‍ने व्यक्ति देख्छस्, तब तैँले तिनीहरूबाट सिक्‍नुपर्छ। तिनीहरूसँग अझै धेरै सङ्गति गरेर, तैँले केही कुराहरू सिक्न सक्‍नेछस्। तेरो मानवतामा भावशून्यताको खराबी भएको हुनाले, तैँले कुन कर्तव्य पूरा गर्छस् भन्‍ने कुरामा नाटीकुटी गर्ने वा छनौट गर्ने नगर्। तँ आफैसँग यो खराबी छ, त्यसकारण तैँले गर्न सक्‍ने धेरै प्रकारका काम र कर्तव्यहरू छैनन्। यदि, धेरै कठिनाइपछि, तेरा लागि उपयुक्त पद भेट्टाइयो, र तैँले अझै पनि नाटीकुटी र छनौट गरिरहेको छस् भने, यो भावशून्यताको समस्या वा मानवताको खराबी होइन बरु भ्रष्ट स्वभाव हो। कुन भ्रष्ट स्वभाव? यो अहङ्कार, समर्पित नहुनु, र आफ्नो मापन नचिन्‍नु हो। तँ केही पनि होइनस्, केही नकामको होस्, मूर्ख मात्रै होस्, तैपनि तँ अझै पनि इज्जतदार, थकाइ नलाग्ने, र अरूले उच्च आदर गर्ने कर्तव्यहरू पूरा गर्न चाहन्छस्—यसले अहङ्कारी स्वभावको सङ्केत गर्छ। यदि तँ अत्यन्तै भावशून्य छस्, तँसँग गर्नुपर्ने काम छ र तैँले सम्हाल्नुपर्ने मामलाहरू छन् तर तैँले ती काम गरिरहेको वा देखिरहेको छैनस् भने, यदि कामकुराहरू समस्याग्रस्त हुँदा तँ औँलो उठाउने झमेला समेत लिँदैनस्, र कुनै कुराले परमेश्‍वरको घरका हितहरूलाई हानि गरिरहेको देख्दा पनि, तँ त्यसलाई बेवास्ता गर्छस्, र “यो मेरो आफ्नै घरको समस्या होइन, त्यसकारण म यस कुराको झमेला लिनेछैनँ” भनेर सोच्छस् भने, यो भावशून्यता मात्रै होइन तर विवेक र समझको कमी हो। यदि तँसँग अलिकति पनि विवेक र समझ छ र तैँले परमेश्‍वरको घरका मामलाहरूलाई आफ्नै मामलाका रूपमा लिन्छस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र परमेश्‍वरको घरका हितहरूमा हानि पुग्न दिनु हुँदैन। तर यदि तँमा यो असल अभिप्रायको कमी छ र तँ एउटा पनि असल काम गर्दैनस् भने, के तँ मन्द-बुद्धिको र भावशून्य व्यक्ति होइनस् र? भावशून्यताको प्रकटीकरणबारे रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

निर्लज्ज रूपमा ढीठ हुनु

अब निर्लज्ज रूपमा ढीठ हुनुबारे कुरा गरौँ। निर्लज्ज रूपमा ढीठ हुनु कस्तो प्रकारको समस्या हो? (मानवताको खराबी।) के यो एउटा खराबी हो? (यो कमजोर चरित्रको समस्या हो।) कमजोर चरित्र भनेको खराब मानवता हो। निर्लज्ज रूपमा ढीठ हुनुमा मानवताको कुन पक्ष समावेश हुन्छ? यसमा विवेक र समझ, साथै निष्ठा र गरिमा समावेश हुन्छ। यसमा व्यक्तिको चरित्रको पक्ष समावेश हुन्छ। निर्लज्ज रूपमा ढीठ हुनुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कुनै व्यक्ति निर्लज्ज रूपमा ढीठ व्यक्ति हो भन्‍ने कुरालाई के-कस्ता कुराहरूले सङ्केत गर्छन्? उसले जे-जस्ता लाजमर्दा कुराहरू गर्छ ती निश्चित रूपमा नै निर्लज्ज रूपमा ढीठ हुनुका प्रकटीकरण हुन्। यो घिनलाग्दो कुरा हो भन्‍ने महसुस नगरी चापलुसी गर्नु र चिप्‍लो घस्नु—के यो निर्लज्ज रूपमा ढीठ हुनु होइन र? (हो।) यो निर्लज्ज रूपमा ढीठ हुनु हो भनेर हामी किन भन्छौँ? किनभने यसले व्यक्तिमा कुनै लाजको बोध छैन भनी सङ्केत गर्छ। उसले कुनै हिचकिचाहट नमानी वा मनमा धक नमानी, सामान्य मानवताको विवेकलाई उल्लङ्घन गर्ने वा तथ्यहरू अनुरूप नरहेका केही शब्दहरू बोल्न सक्छ, चाहे ती शब्दहरू जति नै घिनलाग्दा वा अप्रिय हुन्, र तिनीहरूले अरूले ती शब्दहरू सुनेपछि तिनलाई कसरी लिन्छन् भन्‍ने कुरालाई वास्ता गर्दैनन्; अरू तिनीहरूमाथि हाँसे पनि, तिनीहरूलाई वास्ता हुँदैन। तिनीहरूमा लाजको बोधको कमी हुन्छ, होइन र? (हो।) के लाजको कुनै बोध नहुनु नै निर्लज्ज रूपमा ढीठ हुनु होइन र? यसको साथै, जब कुनै व्यक्ति स्पष्ट रूपमा नगण्य हुन्छ, तैपनि ऊ हैसियत र अगुवा बन्‍नका लागि सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्छ भने—के यो निर्लज्ज रूपमा ढीठ हुनु होइन र? (हो।) तिनीहरूले सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्ने मात्र होइन, तर निर्वाचनको बेला, तिनीहरूले मतपत्रहरू पनि फर्जिवडा गर्छन्। अरूले प्रतिव्यक्ति एक भोट हाल्दै गर्दा, तिनीहरू आफ्नै निम्ति दुई भोट हाल्छन्—के यो निर्लज्ज रूपमा ढीठ हुनु होइन र? (हो।) जब अरूले तिनीहरूका लागि भोट दिँदैनन्, तब तिनीहरू आफ्नै लागि भोट दिन्छन्। त्यस्ता मानिसहरू निर्धक्‍क रूपमा र कुनै लाज नमानी अगुवा बन्‍न प्रतिस्पर्धा गर्छन्—तिनीहरू कति निर्लज्ज रूपमा ढीठ हुन्छन्! सामान्यतया, हैसियतलाई प्रेम गर्ने र महत्त्वाकाङ्क्षा भएका सबै जनाले आफूलाई राम्ररी प्रस्तुत गर्न चाहन्छन् ताकि अरूले तिनीहरूलाई अगुवाका रूपमा छनौट गर्न सकून्। तिनीहरू अगुवाका रूपमा छनौट भएपछि, तिनीहरूलाई निकै गर्व लाग्छ, तर तिनीहरूलाई छनौट गरिएन भने, तिनीहरू अप्रसन्न र असन्तुष्ट महसुस गर्छन्—यो सामान्य प्रकटीकरण हो। तर, निर्लज्ज रूपमा ढीठ मानिसहरू यस्ता हुँदैनन्। तिनीहरूले अगुवा बन्‍नका लागि आवश्यक पर्ने कुनै पनि माध्यम प्रयोग गर्नेछन्। तिनीहरू भन्छन्, “सबै जनाले मलाई मन पराउँदैनन् र मलाई भोट दिनेछैनन्, तर म अगुवा बन्‍ने उपाय खोज्नेछु। मैले धोका दिनु परे पनि र छलपूर्ण माध्यमहरू प्रयोग गर्नु परे पनि, म सबैलाई अगुवाका रूपमा मलाई भोट दिन लगाउनेछु!” अरूले भन्छन्, “तिमी अगुवा बन्यौ भने पनि, सबैले तिमीलाई मन पराउँदैनन्। हामी तिमीबारे राम्रो राय राख्दैनौँ, र तिम्रो प्रतिष्ठा खराब छ। यदि तिमीले कुनै कामको प्रबन्ध गऱ्यौ भने, कसैले पनि तिम्रो कुरा सुन्‍नेछैन।” तिनीहरू यस्तो प्रतिक्रिया दिन्छन्, “तिमीले मेरो कुरा नसुने पनि, म अगुवा बन्‍ने प्रयास गर्नेछु!” त्यस्ता मानिसहरू कति निर्लज्ज रूपमा ढीठ हुन्छन्! यसका आधारमा मूल्याङ्कन गर्दा, के त्यस्ता मानिसहरूमा आत्म-सचेतनाको कमी हुँदैन र? (हुन्छ।) तिनीहरूमा आत्म-सचेतनाको कमी हुन्छ र तिनीहरूमा अलिक हिंस्रक गुण हुन्छ। निर्लज्ज रूपमा ढीठ भएका मानिसहरूको आचरणका बारेमा तिनीहरूको विचार र दृष्टिकोणहरूका आधारमा हेर्दा, तिनीहरूको मानवतामा कुनै लाजको बोध हुँदैन, तिनीहरू निष्ठा वा चरित्र, विवेक वा सरम बोधबारे वास्ता गर्दैनन्, न त तिनीहरू नैतिकता र आफ्नो आचरणको आधारबारे वास्ता नै गर्छन्—तिनीहरू यी सबै कुरालाई बेवास्ता गर्छन्। तिनीहरूको विचार र सचेतनाका आधारमा हेर्दा, तिनीहरू अत्यन्तै मूर्ख, अज्ञानी, र नीच हुन्छन्। त्यसकारण तिनीहरूको चरित्र कमजोर र खराब हुन्छ भनेर भनिन्छ। त्यसैले, तिनीहरूले गर्ने लाजमर्दा कुराहरू निश्चित रूपमा नै तिनीहरूका त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूद्वारा सञ्चालित हुन्छन्। मण्डली निर्वाचनको अवधिमा, तिनीहरूले आफूलाई छनौट गर्न, आफैलाई भोट दिन, र अगुवा बन्‍न जिद्दी गर्छन्—अगुवा बन्‍न नसक्‍नु तिनीहरूका लागि स्वीकार्य हुँदैन, र तिनीहरू अगुवा बनेनन् भने, दाजुभाइ-दिदीबहिनीहरूले भोट नदिएकामा तिनीहरूले उनीहरूलाई घृणा गर्नेछन्। तैँले तिनीहरूका लागि भोट दिइनस् भन्‍ने थाहा पाएपछि, तिनीहरूले तँलाई अप्रिय मान्छन्। तैँले चाहे जे भने पनि, तिनीहरूले केही कुराद्वारा प्रत्युत्तर दिन्छन्। तँसँग बोल्दा तिनीहरू अत्यन्तै कठोर हुन्छन्, मानौँ तिनीहरूको मुखबाट आगो निस्किरहेको छ। तिनीहरू तँसँग कसरी बदला लिने र तँलाई कसरी सास्ती दिने भन्‍ने बारेमा पनि विचार गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण जीवनभरि तँसँग कुरा गर्न समेत इन्कार गर्न सक्छन्। त्यस्ता मानिसहरूका यी निर्दिष्ट कार्यहरूमा प्रकट हुने कुरा भनेको भ्रष्ट स्वभाव हो। यो कस्तो भ्रष्ट स्वभाव हो? (क्रूरता।) यसलाई नरम रूपमा भन्दा, यो अहङ्कार हो र आफ्नै क्षमतालाई बढी आँक्नु हो—तिनीहरू अगुवा बन्‍न मात्रै चाहन्छन्। तर, काम गर्ने तिनीहरूको माध्यम र विभिन्‍न प्रकटीकरणहरूका आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू क्रूर स्वभाव भएका मानिसहरू हुन्। दुष्ट मानवता भएका यी निर्लज्ज रूपमा ढीठ मानिसहरूको भ्रष्ट स्वभाव अत्यन्तै स्पष्ट हुन्छ। तिनीहरूका सबै कार्यहरू भ्रष्ट स्वभावको स्तरमा पुग्‍न सक्छन्। निर्लज्ज रूपमा ढीठ हुनु तिनीहरूको चरित्रको एउटा प्रकटीकरण हो; त्यसकारण, तिनीहरूको बोलीवचन र व्यवहारमा, तिनीहरू आफ्नो चरित्रको यो पक्षद्वारा निर्देशित हुन्छन्, र नतिजास्वरूप तिनीहरूले धेरै लाजमर्दा कार्यहरू गर्छन्, र अहङ्कार र क्रूरता जस्ता विभिन्‍न भ्रष्ट स्वभावहरू प्रकाश गर्छन्। त्यसकारण, निश्‍चित हदसम्‍म, व्यक्तिको चरित्रबाट प्रकाश हुने दुष्ट प्रकटीकरणहरू भ्रष्ट स्वभावभित्र पर्छन्; यी सबै प्रकटीकरणहरू तिनीहरूको प्रकृति सारसँग सम्बन्धित भएका र गाँजिएका हुन्छन्, र तिनीहरूको कुनै पनि भ्रष्ट स्वभावका निर्दिष्ट प्रकटीकरणहरू तिनीहरूका दुष्ट चरित्रबाट उत्पन्न हुन्छन्। त्यसकारण, दुष्ट चरित्र र भ्रष्ट स्वभावहरू एक-अर्कासँग सम्बन्धित हुन्छन्। मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएपछि मानिसहरूको भ्रष्ट स्वभाव पैदा हुन्छ। उदाहरणका लागि, मानिसहरूको मानवताभित्र रहेका दुष्ट चरित्रका पक्षहरू, जस्तै ढिपी गर्ने, सङ्कुचित मनको, र लाजमर्दो रूपमा अटेरी हुनु जस्ता सबै कुराहरू मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको र त्यसले तिनीहरूमा काम गरेको नतिजास्वरूप आएका हुन्छन्। सत्यतालाई स्वीकार गर्नुभन्दा पहिले, सबै मानिसहरूले सुरुमा धेरै भ्रमपूर्ण, दुष्ट, र नकारात्मक विचार र दृष्टिकोणहरूको भ्रष्टता र बहकाइलाई स्वीकार गर्छन्—तिनीहरूले यी भ्रमपूर्ण कुराहरूलाई आफ्नो हृदयमा आफ्नो जीवनका रूपमा स्वीकार गर्छन्, र यसको अर्थ भ्रष्ट स्वभावहरू तिनीहरूको जीवन बन्छन्।

निर्लज्ज रूपमा ढीठ हुनुमा अरू केही प्रकटीकरण पनि हुन्छन्। कतिपय अगुवा र कामदारहरूले अवरोध र बाधाहरू ल्याउने, आफूभन्दा माथि रहेकाहरूलाई छल गर्ने जबकि आफूभन्दा तलका मानिसहरूबाट कुराहरू लुकाउने, वा कामका प्रबन्धहरूको विरुद्धमा जाने स्पष्ट कार्यहरू गर्छन्, र तिनीहरूको कार्यले मण्डलीको काममा ठूलो हानि समेत गर्छ। तैपनि तिनीहरूले आफ्नै समस्याहरूका बारेमा चिन्तन नगर्ने र तिनलाई चिन्न नपुग्ने मात्र होइन वा मण्डलीको काममा बाधा दिने आफ्नो दुष्कर्मको तथ्यलाई नमान्ने मात्र होइन, तर यसको विपरीत, तिनीहरू आफूले राम्रो काम गरेको भन्‍ने समेत विश्‍वास गर्छन्, र तिनीहरूले कति धेरै काम गरेका छन्, कति धेरै कष्ट सहेका छन्, आफ्नो कामका अवधिमा कति धेरै योगदान दिएका छन्, काम गर्दा सुसमाचार प्रचार गरेर कति जना मानिसहरूलाई विश्‍वासमा ल्याएका छन्, र इत्यादि कुराका बारेमा जताततै घमण्ड गर्दै र गवाही दिँदै श्रेय र इनामहरू खोज्न चाहन्छन्। तिनीहरूले कति धेरै दुष्कर्म गरेका छन् वा मण्डलीको काममा कति ठूलो हानि गरेका छन् भन्‍ने कुरा पटक्‍कै स्वीकार गर्दैनन्। अवश्य नै, तिनीहरू पश्चात्ताप पनि गर्दैनन्, र आफ्नो मार्ग परिवर्तन गर्नु त परको कुरा हो। मलाई भन, के त्यस्ता मानिसहरू निर्लज्ज रूपमा ढीठ हुँदैनन् र? (हुन्छन्।) यदि तैँले तिनीहरूलाई, “के तिमीले सत्यता सिद्धान्तहरू अनुसार मण्डलीको काम गऱ्यौ? के तिम्रो काम परमेश्‍वरको घरका कामका प्रबन्धहरू अनुरूप थियो?” भनेर सोधिस् भने, तिनीहरू विषयबाट तर्किन्छन्। यदि अरू मानिसहरूले तिनीहरूको कामका अवधिमा तिनीहरूले परमेश्‍वरका भेटीहरूमा गम्भीर घाटा पुऱ्याएका छन्—कतिपय घाटा सयौँ युआन, हजारौँ युआन, र कति त दशौँ हजार युआनसम्म पुगेका छन्—भनेर खुलासा गरे भने, तिनीहरूलाई क्षतिपूर्ति दिन आग्रह गर्दा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? विवेक, समझ, र लाजको बोध भएका सामान्य मानिसहरू यो सुन्दा हृदयको गहिराइबाट नै अपमान र लाजको अनुभूति गरेर ढल्थे होलान्। तिनीहरूले आफ्नो काम राम्ररी पूरा गरेका छैनन् र तिनीहरू परमेश्‍वरप्रति अत्यन्तै ऋणी छन् भन्‍ने विश्‍वास गर्नेथिए, र त्यसकारण तिनीहरूले आफूलाई जायज तुल्याउने प्रयास गर्नेथिएनन्; तिनीहरूले केही ठोस काम गरे पनि र धेरै कष्ट सहे पनि, यसलाई उल्लेख गर्न लायक सोच्‍नेथिएनन्। यदि तिनीहरूको काम साँच्‍चै नै राम्ररी भएको भए, के यसले परमेश्‍वरको घरको काममा यति धेरै हानि पुऱ्याउन सक्थ्यो र? पुऱ्याउन सक्दैनथियो। तिनीहरूले ल्याएको हानिको आधारमा मात्रै मूल्याङ्कन गर्दा पनि, तिनीहरूको काम नराम्ररी गरिएको थियो भन्‍ने कुरालाई प्रमाणित गर्न सकिन्छ, र त्यसकारण तिनीहरूले गल्ती मान्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ। तिनीहरूले पुऱ्याएका घाटाहरूका लागि क्षतिपूर्ति आवश्यक भए वा नभए पनि, कम्तीमा पनि, तिनीहरूले आफ्नो कामले मण्डलीको काममा बाधा र अवरोधहरू पुऱ्यायो भन्ने तथ्य स्वीकार गर्नुपर्छ। पूर्ण रूपमा निर्लज्ज मानिसहरूले मात्रै यो तथ्यलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूले यसो भन्नेथिए, “मैले घाटाको पूर्ति गरे पनि, मैले आफ्नो काममा कुनै गल्ती गरेँ वा कुनै गलत काम गरेँ भनेर म मान्नेछैनँ। मैले ऋण तिरे पनि, म अझै पनि परमेश्वरको घरको औसत व्यक्तिभन्दा राम्रो, एक महान् योगदानकर्ता नै हुँ। मेरो इतिहास वैभवशाली छ!” यो कस्तो प्रकारको मानवता हो? मलाई भन, के यस्ता मानिसहरूसँग कुनै लाजको बोध हुन्छ? के तिनीहरूले “लाजको बोध” भन्‍ने शब्दहरू अक्षरशः लेख्‍न पनि सक्छन् र? यदि तिनीहरूसँग साँच्‍चै नै लाजको बोध छैन भने, त्यो समस्याजनक कुरा हो। यदि तिनीहरूले दुष्कर्म गरेका छन् भन्‍ने कुरा तिनीहरूलाई हृदयमा स्पष्ट रूपमा थाहा छ तर तिनीहरू मौखिक रूपमा त्यो मान्न जिद्दी भएर इन्कार गर्छन् भने, के त्यस्ता मानिसहरू अत्यन्तै हठी हुँदैनन् र? यदि तिनीहरूले दुष्कर्म गरेका छन् भनेर हृदयमा पहिचान गर्छन् र मौखिक रूपमा पनि मान्न सक्छन् भने, तिनीहरूलाई अझै पनि विवेक भएको व्यक्तिको रूपमा गन्ती गरिन्छ—तिनीहरूमा अझै पनि लाजको बोध छ। यदि तिनीहरूले यसलाई मौखिक रूपमा मान्न नस्विकार्ने मात्र होइन तर तिनीहरू हृदयमा अवज्ञाकारी पनि हुन्छन्, निरन्तर प्रतिरोध गर्छन् र परमेश्‍वरको घरले तिनीहरूलाई अन्यायपूर्ण व्यवहार गरिरहेको छ र तिनीहरू दुर्भाग्यका सिकारहरू हुन् भनेर दाबीहरू समेत जताततै फैलाउँछन् भने, तिनीहरूको समस्या गम्भीर हुन्छ। कति गम्भीर? तिनीहरूसँग कुनै विवेक वा समझ पटक्कै हुँदैन। विवेकमा इन्साफ र दया दुवैको बोध हुनुपर्छ। इन्साफको बोधको एउटा पक्ष के हो भने मानिसहरूमा लाजको बोध हुनुपर्छ। मानिसहरूलाई लाज लाग्छ भने मात्रै तिनीहरू सदाचारी हुन सक्छन्, तिनीहरूमा इन्साफको बोध हुन सक्छ, र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्न र तिनलाई पक्रिराख्न सक्छन्। तर, यदि तेरो विवेक र इन्साफको बोधमा लाजको बोध छैन, र तँलाई लाजको बारेमा थाहा छैन भने—अनि, यदि तैँले कुनै गलत काम गरेपछि पनि, तँलाई त्यसबारे सरम लाग्दैन, र आत्म-चिन्तन गर्न वा आफूलाई घृणा गर्न आउँदैन, र तँलाई कुनै पछुतो लाग्दैन, र अरूले तँलाई कसरी खुलासा गर्छन् भन्‍ने कुराको वास्ता लाग्दैन, तँलाई लाज-सरम लाग्दैन भने—व्यक्तिका रूपमा तेरो विवेक समस्याजनक छ, र तँसँग कुनै विवेक छैन भनेर पनि भन्‍न सकिन्छ। त्यस्तो अवस्थामा, तेरो हृदय खराब छ कि दुष्ट छ भनेर भन्‍न गाह्रो हुन्छ—तेरो हृदय दुष्ट हुन सक्ने, यो ब्वाँसाको हृदय हुनसक्ने सम्भावना छ; सकारात्मक होइन तर नकारात्मक हुन सक्छ। विवेक र मानवताविनाका मानिसहरू पिशाचहरू हुन्। यदि तँ कुनै गलत काम गर्छस् र तँलाई पटक्‍कै लाज लाग्दैन, र तँलाई पछुतो वा ग्लानि बोध हुँदैन, र तँ आत्म-चिन्तन नगर्ने मात्र होइन बरु बहस गर्ने, विरोध गर्ने, र आफ्नो प्रतिरक्षा गर्ने र आफूलाई जायज तुल्याउने, सुन्दर देखिने देखावटी रूप धारण गर्ने समेत पनि गर्छस् भने, स्तरीय मानवताको तुलनामा मापन गर्दा, तेरो मानवता समस्याजनक हुन्छ। तेरो समझ जस्तोसुकै भए पनि, यदि तँ विवेकको मानकमा चुक्छस् भने, तँसँग वास्तवमा मानवता छ कि छैन भनेर भन्‍न गाह्रो हुन्छ। हामी तेरो भित्री आत्मा के हो, तँ कहाँबाट आएको होस्, वा तैँले विगतमा के दुष्कर्म गरेको छस् भनेर छलफल नगरौँ; हामी तेरो अघिल्लो जीवनबारे कुरा नगरौँ। यस जीवनमा तँसँग हुनुपर्ने विवेकको हिसाबमा मात्र कुरा गर्दा, यदि तँमा लाजको बोधको कमी छ भने, तँ व्यक्तिका रूपमा मानकअनुरूप हुँदैनस्। कतिपय मानिस भन्छन्, “म निर्लज्ज रूपमा ढीठ छु त्यसकारण म आफूले चाहेको कुरा लिन्छु।” तर तैँले त्यो कार्य कहाँ गर्छस् भन्ने कुरामा निर्भर हुन्छ—परमेश्‍वरको घरमा त्यसो गर्दा त्यसले काम गर्नेछैन। परमेश्‍वरको घर त्यस्तो ठाउँ होइन जसको भरमा तँ जीविकोपार्जन गर्न सक्छस्। यदि तैँले यसबाट जीविकोपार्जन गर्न जिद्दी गरिस् भने, तैँले अवश्य नै आफैमाथि विपत्ति ल्याउनेछस्। कतिपय मानिस सोच्छन्, “म त गोही जस्तै ढीठ छु। म जहाँसुकै गए पनि, म यसरी नै व्यवहार गर्छु, र त्यो ठाउँ मेरो नै हो जस्तो गरेर हिँड्छु! अरूले मेरा बारेमा के भन्छन् मलाई त्यसको वास्ता छैन—मलाई कसले के गर्न सक्छ र?” मानिसहरूले तँलाई केही गर्न सक्दैनन् होला, तर तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, तैँले गर्ने सबै कुरालाई परमेश्‍वरले कसरी मापन गर्नुहुन्छ र मूल्याङ्कन गर्नुहुन्छ, परमेश्‍वरले तँलाई कसरी परिभाषित गर्नुहुन्छ र उहाँले तेरा लागि के-कस्ता फैसलाहरू सुनाउनुहुन्छ भन्‍ने कुरालाई ध्यान दिनुपर्छ। यदि तैँले यस कुरालाई ध्यान दिइनस् भने, के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होस् र? यदि तँलाई यसको समेत वास्ता हुँदैन भने, तँ अविश्‍वासी होस्। तैँले मानिसहरूले तेरा बारेमा के भन्छन् भन्‍ने कुरालाई बेवास्ता गर्न सक्छस्, तर के तैँले परमेश्‍वरले गर्नुहुने तेरो मूल्याङ्कन, तँलाई हेर्ने उहाँको दृष्टिकोण, र तेरा लागि सुनाउनुहुने फैसलाहरूका बारेमा वास्ता गर्नु पर्दैन र? यदि तँलाई परमेश्‍वरले निर्लज्ज रूपमा ढीठ, लाज पचेको, र लाजको बोध नभएको व्यक्ति, तेरो मानवतामा धेरै कुराहरूको कमी छ, र तँमा केही अत्यन्तै महत्त्वपूर्ण कुराहरूको कमी छ भनेर मूल्याङ्कन गर्नुभयो भने, तैँले नयाँ तरिकाले आफूलाई आचरणमा ढाल्न थाल्नुपर्छ—तैँले पश्चात्ताप गर्नुपर्छ र आफ्नो तर्क प्रस्तुत गर्न छोड्नुपर्छ। तँसँग हजारौँ हजार बहाना भए पनि, तँ निर्लज्ज रूपमा ढीठ छस् भन्‍ने तथ्य नै तेरो मानवता र विवेकमा ठूलो समस्या छ भनेर निर्धारित गर्न पर्याप्त हुन्छ। यसद्वारा मात्रै मापन गर्दा, तेरो समस्या अत्यन्तै गम्भीर छ। यदि तँ मैले भनेको कुरा बुझ्न सक्छस् भने, तैँले पश्चात्ताप गर्नुपर्छ र आफ्नो हृदयमा आफ्नै तर्क पैदा गर्न छोड्नुपर्छ। तेरो तर्क उग्रता, संवेगहरूबाट, शैतानबाट आएको हुन्छ—तैँले तेरो तर्क गलत छैन भन्‍ने विश्‍वास गरे पनि, यो सत्यता होइन। परमेश्‍वरले तेरा बारेमा गर्नुहुने मूल्याङ्कन पूर्ण रूपमा तेरो भ्रष्ट स्वभावमा आधारित हुँदैन। तेरो भ्रष्ट स्वभावलाई ख्याल गर्नुभन्दा पहिले, परमेश्‍वरले सुरुमा तेरो मानवतालाई हेर्नुहुन्छ। तेरो मानवता कस्तो छ र हरेक मामलाप्रतिको तेरो मनोवृत्ति कस्तो छ भन्‍ने कुरा तेरो चरित्रले निर्धारित गर्छ। परमेश्‍वरले अवलोकन गर्नुहुने कुरा अवश्य नै सही हुन्छ, र उहाँले तँलाई मापन गर्ने मानक पनि सत्यता अनुरूप हुन्छ। उहाँले जोसुकैलाई मापन गर्नुभए पनि, यो कहिले पनि तिनीहरूको बाहिरी रूपमा आधारित हुँदैन बरु तिनीहरूले वास्तवमा के गर्छन्, तिनीहरूको दैनिक जीवनका प्रकाश र प्रकटीकरणहरू, हरेक मामला सम्हाल्दा तिनीहरूका विचार, दृष्टिकोण, र मनोवृत्ति, साथै सकारात्मक कुराहरूप्रति, सत्यताप्रति, र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिमा आधारित हुन्छ। परमेश्‍वरले अन्ततः तँलाई जसरी परिभाषित गर्नुभए पनि वा मूल्याङ्कन गर्नुभए पनि, तँलाई अन्याय गरिनेछैन। यो तेरो अस्थायी प्रकटीकरण वा कहिलेकहीँ हुने अपराधमा आधारित हुँदैन; यो तेरा समग्र प्रकटीकरणहरूमा आधारित मूल्याङ्कन हुन्छ। त्यसकारण, परमेश्‍वरले गर्नुहुने हरेक व्यक्तिको मूल्याङ्कन सही र वस्तुपरक हुन्छ। होइन र? (हो।) निर्लज्ज रूपमा ढीठ हुनुको प्रकटीकरण व्यक्तिको चरित्रसँग सम्बन्धित हुन्छ। अवश्य नै, केही हदसम्‍म, यो भ्रष्ट स्वभावको स्तरमा पनि पुग्छ। त्यस्ता मानिसहरूमा मानवताको यो पक्ष हुने हुनाले, यसले तिनीहरूलाई निश्‍चित कामकुराहरू गर्न डोऱ्याउँछ, र जब तिनीहरूले यी कामकुराहरू गर्छन्, तब तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकाश गर्छन्। जस्तोसुकै प्रकारको भ्रष्ट स्वभाव प्रकाश भए पनि, निर्लज्ज रूपमा ढीठ मानिसहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू र गर्ने कार्यहरू तिनीहरूको मानवताबाट अविभाज्य हुन्छन्। त्यसकारण, व्यक्तिका भ्रष्ट स्वभावहरू परिवर्तन हुन सक्छन् कि सक्दैनन् र फालिन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा उसको चरित्र कस्तो छ त्यसमा निर्भर हुन्छ। यदि उसको चरित्र दुष्ट छ, यदि उसले सत्यताको प्रतिरोध गर्छ, ऊ सत्यताबाट विकर्षित र वितृष्ण हुन्छ, र उसले सत्यतालाई स्वीकार गर्न मान्दैन भने, उसको भ्रष्ट स्वभाव फाल्न गाह्रो हुनेछ, र उसले मुक्ति प्राप्त गर्न सक्‍नेछैन। तैपनि, यदि, उसको चरित्रका हिसाबमा, ऊ दुष्ट व्यक्ति होइन, र उसले सत्यता बोध गर्न र स्वीकार गर्न सक्छ, ढिपी गर्दैन, र उसमा दुष्ट चरित्रका समस्याहरू छैनन् भने, उसको भ्रष्ट स्वभावलाई फाल्न सकिन्छ। हरेक व्यक्तिमा भ्रष्ट स्वभावहरू हुन्छन्, तर व्यक्तिले भ्रष्टता फाल्न र मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई केले निर्धारित गर्छ त? (यो कुरा व्यक्तिको चरित्र कस्तो छ त्यसमा निर्भर हुन्छ।) ठ्याक्कै भनिस्—यो कुरा व्यक्तिको मानवता असल छ कि खराब छ भन्‍ने कुरामा निर्भर हुन्छ।

शङ्का गर्ने प्रवृत्ति

यसपछि, हामी शङ्का गर्ने प्रवृत्तिबारे छलफल गरौँ। हामीले भर्खरै छलफल गरेको कुन प्रकटीकरणचाहिँ शङ्का गर्ने प्रवृत्तिसँग केही मात्रामा समान छ? (संवेदनशीलता।) संवेदनशीलता कस्तो समस्या हो? (मानवताको खराबी।) शङ्का गर्ने प्रवृत्ति संवेदनशीलताभन्दा एक स्तर माथि हुन्छ; यो समस्या अझै गम्भीर हुन्छ। संवेदनशीलता भनेको बच्‍चाको जस्तो, अलिक अपरिपक्‍व मानवताको लक्षण मात्रै हो, जबकि शङ्का गर्ने प्रवृत्तिमा केही विशिष्ट विचार र दृष्टिकोणहरू समावेश हुन्छन्—आम रूपमा यसलाई बढी सोच्नु भनेर भनिन्छ, जसले खराब चरित्रलाई सङ्केत गर्छ। उदाहरणका लागि, कसैले शङ्का गर्ने प्रवृत्ति भएको व्यक्तिलाई दश रुपैयाँको सामान किन्‍न सहयोग गरिदिनुहोस् भनेर भन्छ र विशेष जोड दिन्छ, “तिमीले दश रुपैयाँभन्दा बढी खर्च गर्न पटक्कै मिल्दैन। यदि यो अत्यन्तै महँगो छ भने, नकिन।” यो सुनेपछि, ऊ मनन गर्छ, “के तिमी विनम्र मात्रै भइरहेका छौ? तिमीलाई वास्तवमा सय रुपैयाँ पर्ने वस्तु चाहिएको छ तर तिमीलाई यो कुरा भन्‍न साह्रै लाज लागेको छ। त्यसोभए म तिमीलाई खुसी पार्न र तिमीमा मप्रति सकारात्मक भावनाहरू पैदा गर्नका लागि यो तिम्रा लागि किनिदिनेछु।” त्यसपछि, उसले यो सामान ल्याएपछि, अर्को व्यक्तिले भन्छ, “यो अत्यन्तै महँगो भयो। मसँग दश रुपैयाँ मात्रै छ; मसँग त्यति धेरै पैसा छैन।” त्यसोभए, त्यस व्यक्तिका लागि सय रुपैयाँ पर्ने सामान किनेर, के उसले त्यस व्यक्तिलाई घाटामा पारेन र? तैपनि, उसले अर्को व्यक्तिलाई बुझ्न सक्दैन, बरु यो व्यक्तिले थप पैसा खर्च गर्न चाहँदैन र ऊबाट फाइदा लिने प्रयास गरिरहेको छ भन्‍ने शङ्का गर्छ। मलाई भन, के शङ्का गर्ने प्रवृत्ति भएका त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुँदैनन् र? (हुन्छन्।) तिनीहरू कुन हिसाबमा समस्याजनक हुन्छन्? (तिनीहरूका विचारहरू अत्यन्तै जटिल हुन्छन्।) अत्यन्तै जटिल विचार भएका मानिसहरूसँग सङ्गत गर्न गाह्रो हुन्छ। मलाई भन्, के सोझो व्यक्तित्व भएका मानिसहरू त्यस्ता मानिसहरूसँग सङ्गत गर्न इच्छुक हुन्छन्? (हुँदैनन्।) तिनीहरूले भित्रभित्रै के सोचिरहेका छन् वा तिनीहरूको विचार कुन दिशामा गइरहेको छ भन्‍ने तँलाई थाहा हुँदैन, र तैँले तिनीहरूका अभिप्राय वा तिनीहरूले तँलाई कसरी शङ्का गरिरहेका छन् भन्ने कुरा छर्लङ्ग देख्‍न सक्दैनस्। त्यसकारण जब तैँले तिनीहरूलाई कुनै कुरा सुम्पन्छस्, तब त्यो स्पष्ट रूपमा नै अत्यन्तै सरल सानो मामला भए पनि, तिनीहरूले त्यसलाई अत्यन्तै जटिल र झन्झटिलो बनाउँछन्। तिनीहरूले यस प्रक्रियामा मामलाहरूलाई अत्यन्तै जटिल बनाउँदै गर्दा, तँलाई पनि थकाइ लाग्छ र तैँले आफै काम गर्दा नै राम्रो हुनेथियो भन्‍ने लाग्छ। तँ त्यस्ता मानिसहरूसँग सङ्गत गर्न चाहँदैनस् र तँ तिनीहरूबाट टाढा बस्‍न मात्रै चाहन्छस्। उदाहरणका लागि, मानौँ तँसँग अबदेखि तँलाई नचाहिने कुनै कुरा छ, र त्यसलाई त्यतिकै राख्दा खेर जान्छ, र यसलाई फाल्न पनि माया लाग्छ, त्यसकारण तैँले त्यो कुरा यस्तो व्यक्तिलाई दिन्छस्। तिनीहरूले त्यसको सराहना नगर्ने मात्र होइन, हृदयमा शङ्का पनि गर्छन्: “तिमीले मलाई किन यो कुरा दिइरहेका छौ? यसको पछाडि अवश्य नै केही कुरा लुकेको हुनुपर्छ। के तिमीले मलाई तिमी असल व्यक्ति हौ भनेर सोच्न लगाउने प्रयास गरिरहेका छौ, मलाई तिम्रो निगाहको ऋणी बनाउने प्रयास गरिरहेका छौ, कि मलाई तिम्रो लागि केही गर्न आग्रह गर्ने प्रयास गरिरहेका छौ?” तिनीहरूले यस्तो सानो कुराबारे यति धेरै विचार गर्लान्, तिनीहरूलाई थोरै कुरा दिएका कारण यति धेरै शङ्का पैदा हुन सक्ला भन्‍ने अपेक्षा तैँले कहिल्यै गरेको थिइनस्। तिनीहरूको शङ्का हटाउनका लागि तैँले धेरै कुरा भन्नुपर्ने हुन्छ। के यो अत्यन्तै समस्याजनक कुरा होइन र? तँलाई यो व्यक्तिप्रति विकर्षण महसुस हुन थाल्छ र त्यसपछि, यदि तँसँग केही कुरा बाँकी छ भने, तैँले उसलाई दिनुभन्दा बरु फ्याँक्न रुचाउँछस्। किन उसलाई त्यो नदिने? तँ निर्दयी भएकाले होइन, तैँले समस्या पैदा गर्न नचाहेकाले हो। विगतमा, कसैले भर्खरै एउटा कोठा भाडामा लिएको थियो, र त्यसमा सफाइका सामानहरू थिएनन्। त्यसकारण, मैले घरबाट केही सफाइका सामानहरू ल्याएँ; कतिपय सफाइका सामानहरू बोतल भरी थिए, जब कि अरू आधा भरिएका थिए। त्यो ठाउँ भाडामा लिने व्यक्तिले तिनलाई हेरेर भन्यो: “तपाईंले मलाई यी कुराहरू सित्तैँमा दिनुभएको भए पनि, म तपाईंलाई धन्यवाद दिनेछैनँ—यी सामानहरू प्रयोग गरिएका छन्। यदि ती नयाँ भएका भए, के तपाईंले मलाई ती दिनुहुनेथियो र?” के यी शब्दहरूले चोट पुऱ्याउँदैनन् र? (पुऱ्याउँछन्।) तिनले किन पुऱ्याउँछन्? (उसले यसरी सदिच्छालाई विकृत गरेको थियो।) उसले मेरो सदिच्छालाई कुभलोका रूपमा लियो। मैले तँलाई धन्यवाद दिन भनेको थिइनँ, न त मैले तँलाई सामानका लागि पैसा तिर्न नै लगाएको थिएँ। यति हो कि तैँले त्यो ठाउँ भाडामा लिइरहेको थिइस्, र त्यसमा सफाइका सामानहरू थिएनन्, र तँलाई ती सामान किन्‍न जान असहज हुन्थ्यो। मैले तँलाई कामकुरा सजिलो होस् भनेर तेरा लागि मसँग भएका केही सामग्री ल्याइदिएको मात्रै थिएँ। मैले तँलाई यी कुराहरू प्रयोग गर्न दिएर तेरो चापलुसी गर्ने प्रयास गरिरहेको थिइनँ—म तँप्रति केही कुराको ऋणी छैनँ, र मैले तँलाई मलाई कुनै निगाह दिन पनि अनुरोध गरिनँ। यस्तो सरल कुराप्रति ऊ शङ्कास्पद बन्यो: “हत्तेरी! यसमा यति ठूलो कुरा के छ र? तपाईंले मलाई केही कुरा ल्याइदिनुभयो र अब तपाईँलाई म तपाईंको निगाहको ऋणी छु भन्‍ने लाग्छ! तपाईंले ल्याउनुभएको सामान त राम्रो पनि छैन—तपाईंले यो कुरा त्यतिकै दिइरहनुभएको छ भने यो कसरी राम्रो हुन सक्छ र?” यो व्यक्तिसँग व्यवहार गर्न निकै गाह्रो हुन्छ। मैले यी कुनै प्रकारका दुर्लभ सञ्जीवनी हुन् भनेर दाबी त गरिनँ नि—ती साधारण सफाइका सामानहरू मात्रै हुन्। यदि तँ तिनलाई प्रयोग गर्न चाहँदैनस् भने, गर्नु पर्दैन। किन कामकुरालाई यति जटिल बनाउने? यो व्यक्तिसँग मिलेर बस्‍न गाह्रो छ र व्यवहार गर्न गाह्रो छ भन्‍ने मैले बुझेँ। यदि मैले केही नल्याएको भए के समस्या कम हुनेथिएन र? त्यस्तो हुन्थ्यो नै भन्‍ने छैन। केही नल्याउँदा पनि त्यसले समस्या ल्याउनेथियो होला। उसले अझै पनि यस्तो सोच्न सक्थ्यो, “मैले यो ठाउँ भाडामा लिएको छु, र तपाईंले मेरा लागि सफाइका सामान समेत ल्याइदिनुभएन। हामी दाजुभाइ-दिदीबहिनीहरू हुनुपर्ने हो, तैपनि तपाईंले मलाई कुनै प्रेम देखाउनुभएको छैन!” उसँग अझै पनि भन्नका लागि केही न केही हुनेथियो। त्यस्ता मानिसहरूको चरित्र अत्यन्तै खराब हुन्छ। तिनीहरू अरू असल छन् कि खराब छन् भनेर मापन गर्न सधैँ आफ्ना रुचि र मानकहरू प्रयोग गर्छन्। तिनीहरू निरन्तर अरूलाई कठोर दृष्टिकोणले छानबिन र मापन गर्छन्, र तिनीहरू आफू नैतिक रूपमा श्रेष्ठ छन् तर अरू सबैको अँध्यारो पाटो छ, र अरूले जसरी व्यवहार गरे पनि सधैँ तिनीहरूसँग आफ्नै मनसाय हुन्छ, जबकि तिनीहरू मात्रै भ्रष्ट छैनन् र सिद्ध छन् भन्‍ने सोच्छन्।

शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूको चरित्र खराब हुन्छ। तिनीहरूको चरित्र खराब हुने हुनाले, तिनीहरूले अपरिहार्य रूपमा नै यो चरित्रको प्रभुत्वमा रहेर व्यवहार गर्छन्। तिनीहरूले प्रकट गर्ने कुराहरू भ्रष्ट स्वभावहरू हुन्छन्, र यो निश्चय नै सामान्य मानवता हुँदैन। यदि यो सामान्य मानवता होइन भने, यो ठ्याक्कै के हो त? यो भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ। शङ्का गर्ने प्रवृत्ति हुनुको हकमा भन्दा, त्यस्ता मानिसहरूले अरूसँग गर्ने व्यवहार र अन्तरक्रियामा प्रकाश गर्ने प्रतिनिधिमूलक भ्रष्ट स्वभावहरू निश्चय नै दुष्टता र छलीपन हुन्। तिनीहरूको विचार त्यति जटिल, त्यति दुष्ट र कपटी हुन्छ। तिनीहरू आफैले केही न केही नपाएसम्म तिनीहरूले औँलो समेत नउठाउने भएकाले तिनीहरू अरू सबै उस्तै हुन्छन् भन्‍ने अनुमान लगाउँछन्। तँ त्यस्तो व्यक्ति नभए पनि, तिनीहरूले विश्‍वास गर्नेछैनन्, र तैँले बुझाउने प्रयास गरे पनि, त्यसले काम गर्दैन—तिनीहरूले तँलाई त्यसरी नै हेर्छन्। तिनीहरू सबै कामकुरा र मामलाहरू अनि सबै मानिसहरूलाई हेर्न दुष्ट विधि र दुष्ट स्वभाव प्रयोग गर्छन्। तैँले गर्ने कुरा उचित भए पनि, मानवताका आवश्यकताहरू अनुरूप भए पनि, मानवताको चेतना अनुरूप भए पनि, वा सत्यता सिद्धान्तहरू अनुरूप भए पनि, तिनीहरूले त्यसको पछाडि धेरै प्रश्‍न चिन्हहरू हालिदिनेछन् र तँलाई सोध्नेछन्, “तिमीले किन यसो गरिरहेका छौ? तिम्रो मनसाय के हो?” तैँले “मेरो कुनै मनसाय छैन” भनेर भन्छस्, तर तिनीहरू विश्‍वास नै गर्दैनन्—तिनीहरूले तैँले मनसाय राखेको छस् भनेर दोष थोपर्न र त्यो मान्न लगाउन जिद्दी गर्छन्। के त्यस्ता मानिसहरू समस्याजनक हुँदैनन् र? (हुन्छन्।) शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूलाई अरूसँग मिलेर बस्‍न गाह्रो हुन्छ। त्यस्ता मानिसहरू निश्चय नै सरल र खुला मनका हुँदैनन्, र अवश्य नै, तिनीहरू इमानदार मानिसहरू होइनन्। तिनीहरूको चरित्रमा इमानदारी, दया, र चेतनाका तत्त्वहरू लगभग सबैको कमी हुन्छ। त्यसोभए, तिनीहरूको चरित्रका मुख्य तत्त्वहरू के-के हुन्? अत्यधिक शङ्का, छलीपन, दुष्टता, सरलताको कमी, र बेइमानी। तिनीहरूले सबै मानिसहरू र सबै समस्याहरूलाई अत्यन्तै जटिल कुराका रूपमा लिन्छन्। तैँले तिनीहरूसँग इमानदारीसाथ बोले पनि, तैँले किन यो कुरा भनिस् भनेर तिनीहरूले विश्लेषण र मनन गर्नेछन्। तिनीहरूले तँसँग लामो समयदेखि अन्तरक्रिया गरेका भए पनि र तेरो चरित्र कस्तो छ भन्‍ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरूले तँसँग कुराकानी गर्दा, मामलाहरू सम्हाल्दा, वा सङ्गत गर्दा तँप्रति अझै पनि प्रायजसो शङ्काको मनोवृत्ति अपनाउनेछन्। त्यसकारण, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्। तिनीहरूसँग अन्तरक्रिया गर्दा धेरै बोझ र औपचारिकताहरू थपिन्छन्, र तैँले धेरै गृहकार्य पनि गर्नुपर्छ र तिनीहरूलाई चिन्‍नुपर्छ—तैँले तिनीहरूलाई के-के कुरा मन पर्दैन, र तिनीहरूलाई के गर्न वा केका बारेमा कुरा गर्न मन पर्दैन भन्‍ने कुरा जान्‍नुपर्छ। नत्र भने, यदि तँ होसियार भइनस् भने तैँले तिनीहरूलाई चिढ्याउन वा, तिनीहरूको दृष्टिकोणमा, तिनीहरूलाई चोट पुर्‍याउन सक्छस्। तिनीहरूले मानिसहरूसँग यसरी व्यवहार गर्छन्, त्यसोभए तिनीहरूले परमेश्‍वरसँग कसरी व्यवहार गर्छन्? (तिनीहरूले परमेश्‍वरसँग पनि त्यस्तै व्यवहार गर्छन्।) के तिनीहरूले परमेश्‍वरसँग निष्कपटतासाथ व्यवहार गर्नेथिए? (गर्नेथिएनन्।) उदाहरणका लागि, जब मण्डलीले तिनीहरूलाई कर्तव्य पूरा गर्ने प्रबन्ध मिलाउँछ, तब तिनीहरू यस्तो सोच्न थाल्छन्, “के मैले यो कर्तव्य पूरा गरिरहेको छु भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ? के उहाँले यो कुरा याद गर्नुहुनेछ? मैले जसोतसो चल्न र परमेश्‍वरले यसलाई याद गर्ने बनाउनका लागि कति मेहनत गर्नुपर्छ?” केही समयसम्म आफ्नो कर्तव्य पूरा गरेपछि, तिनीहरूले अगुवा र कामदारहरूले तिनीहरूलाई कसरी हेर्छन् र उनीहरूले तिनीहरूबारे कुनै नकारात्मक मूल्याङ्कन गरेका छन् कि छैनन् भनेर सोधखोज पनि गर्छन्। यो कस्तो खालको मानवता हो? तिनीहरूले जुन मनोवृत्तिले मामलाहरू सम्हाल्छन्, त्यसबाट प्रकट हुने मानवताका आधारमा मूल्याङ्कन गर्दा, त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुन्छन्, र तिनीहरूलाई सत्यता स्वीकार गर्न सजिलो हुँदैन। किन? किनभने तिनीहरूलाई इमानदार मानिसहरू बन्‍न गाह्रो हुन्छ; तिनीहरूको विवेकमा इन्साफको बोधको कमी हुन्छ, तिनीहरूको समझ ठीक हुँदैन, र तिनीहरूले कामकुराहरूलाई मूल्याङ्कन गर्ने तरिका तर्कहीन हुन्छ। यो तर्कहीन हुन्छ भनेर म किन भन्छु? किनभने तिनीहरू तुलनात्मक रूपमा चरम हुन्छन्, तिनीहरूमा कामकुराहरू एकोहोरिने प्रवृत्ति हुन्छ, र तिनीहरू नीच हुन्छन्—तिनीहरूले सामान्य मानवताको सोचाइको शैली प्रयोग गरेर कामकुराहरूलाई हेर्दैनन्। तिनीहरू खुलस्त र स्पष्ट हुँदैनन् बरु निकै अन्धकारमय तरिकाले जिउँछन्। तैपनि, तिनीहरूलाई आफू अन्धकारमय तरिकाले जिउँछौँ भन्‍ने कहिल्यै महसुस हुँदैन र आफू अरूभन्दा चलाख छौँ, र अरूभन्दा बढी परिष्कार र मिहिन कुरालाई ध्यान दिएर जिउँछौँ भन्‍ने समेत सोच्छन्। तिनीहरूले आफ्नै चलाकीको प्रशंसा विशेष रूपमा गर्छन्। आफूलाई चलाख ठान्‍नु भनेको यही हो। आफूलाई चलाख ठान्‍ने मानिसहरूमा मानवताको समझ, र तिनीहरूको विवेकभित्र रहेको इन्साफको बोधको निकै कमी हुन्छ। त्यसकारण, त्यस्ता मानिसहरूको मानवता खराब हुन्छ, र अरू तिनीहरूसँग सम्पर्कमा आउन अनिच्छुक हुन्छन्। जसले जे भने पनि, त्यस्ता मानिसहरूले त्यसलाई समस्या बनाउँछन्। तिनीहरूले अर्थ लगाउने कुराहरू सबै चरम कुराहरू हुन्छन्, जुन विकृत हुन्छन्, उग्र हुन्छन्, शैतानका हुन्छन्, र संवेगका हुन्छन्—सबै अन्धकारमय र नकारात्मक, सत्यता विपरीतका र सत्यतालाई प्रतिरोध गर्ने कुराहरू हुन्छन्। यी कुराहरूले मानिसहरूलाई सही मार्गमा डोऱ्याउन पटक्‍कै सक्दैनन्। त्यसकारण, यस्ता प्रकारका मानिसहरू अत्यन्तै विकर्षक र घिनलाग्दा हुन्छन्। तिनीहरू अँध्यारा कुनामा र आफ्नै सानो संसारमा जिउँछन्। तिनीहरू विशेष रूपमा आत्ममुग्ध र आत्म-प्रशंसा गर्ने हुन्छन्, र तिनीहरूले अरूको भन्दा उत्कृष्ट, महान्, आदरणीय, र मर्यादित जीवन जिउँछन् भन्ने सोच्छन्—तिनीहरूलाई कसैले छुन सक्दैन। वास्तवमा, त्यस्ता मानिसहरूको चरित्र अत्यन्तै नीच हुन्छ, र तिनीहरूसँग कुनै वास्तविक इज्जत हुँदैन। वास्तविक इज्जतको कमी भन्नुको अर्थ तिनीहरूको चरित्र अत्यन्तै खराब छ भन्ने हुन्छ, किनभने तिनीहरूको मानवताबाट पैदा हुने सबै कुरा बाहिर ल्याउन नसकिने अन्धकारमय कुराहरू हुन्छन्, सीधा र स्पष्ट कुराहरू हुँदैनन्। त्यसकारण, त्यस्ता मानिसहरूसँग कुनै इज्जत हुँदैन। शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूले के-कस्ता परिणामहरू ल्याउने सम्भावना हुन्छ? सरल शब्दहरूमा भन्दा, त्यस्ता मानिसहरू धूर्त चलाकीले भरिएका हुन्छन्। शङ्का गर्ने प्रवृत्ति हुनुको अर्थ यी मानिसहरूले धेरै धूर्त युक्तिहरू पाल्छन् भन्‍ने हुन्छ। दियाबलस राजाहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी दमन र पक्राउ गर्छन्, हेर् त—तिनीहरू अत्यन्तै धेरै धूर्त युक्तिहरू पाल्छन्, जसले गर्दा तिनीहरू अन्ततः मानिसहरूलाई यति हानि गर्छन् कि तिनीहरूको परिवार तोडिन्छ, कतिपय सदस्यहरू मर्छन्, र एक-अर्काबाट अलग हुन्छन्। त्यो पिशाचहरू र दियाबलस राजाहरूले गर्ने काम हो। त्यसकारण, शङ्का गर्ने प्रवृत्ति भएकाहरूमध्ये कोही पनि असल हुँदैनन्। परमेश्‍वरका विश्‍वासीहरूले मानिसहरू र कामकुराहरूलाई सत्यता सिद्धान्तहरूका आधारमा हेर्नुपर्छ, तिनीहरू जथाभाबी शङ्का गर्नै हुँदैन, र तिनीहरूले भन्‍ने कुराको पछाडि प्रमाण हुनैपर्छ। कुनै व्यक्ति वा मामलालाई हेर्दा तैँले विकास गर्ने विचारहरू कम्तीमा पनि सकारात्मक र अरूका लागि सहमतियोग्य हुनुपर्छ। अझै राम्रो कुरा त, ती सत्यता सिद्धान्तहरू अनुरूप हुनुपर्छ, अरूका लागि सहयोगी हुनुपर्छ, र तिनले तिनीहरूमा सकारात्मक प्रभाव पार्नुपर्छ। तर, शङ्का गर्ने प्रवृत्ति भएका मानिसहरूले पैदा गर्ने कुनै पनि विचार र दृष्टिकोणहरू सत्यता अनुरूप हुँदैनन्; कम्तीमा पनि, ती सकारात्मक कुराहरू हुँदैनन्—अर्थात्, त्यस्ता मानिसहरूले समस्याहरूलाई हेर्ने परिप्रेक्ष्य वा तिनीहरूले निर्माण गर्ने सोच र विचारहरू सत्यता अनुरूप हुँदै हुँदैनन्। त्यसकारण, यस्ता मानिसहरू अँध्यारा कुनामा जिउँछन् र तिनीहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन। तिनीहरूको विचारबाट पैदा हुने कुराहरू सबै अन्धकारमय र दुष्ट हुन्छन्—यी कुराहरू सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन् र तिनले मानिसहरूमा वा तिनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्दैनन्। यदि तैँले त्यस्ता मानिसहरूको शङ्काबाट पैदा हुने विभिन्‍न विचार र दृष्टिकोणहरूलाई स्वीकार गरिस् भने, तँ विषाक्त हुन्छस् र तँलाई तिनीहरूले घिस्याएर लैजान्छन्—यो शैतानद्वारा भ्रष्ट तुल्याइनु सरह हो। तर, यदि तैँले त्यस्ता मानिसहरूलाई खुट्ट्याउँछस् र तिनीहरूलाई नकारात्मक उदाहरणका रूपमा लिन्छस् भने, तैँले नकारात्मक कुराहरू बुझ्‍ने कार्यमा केही प्रगति गर्न र केही सुझबुझ प्राप्त गर्न सक्छस्। शङ्का गर्ने प्रवृत्तिबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

असक्षमता

यसपछि, हामी असक्षमताबारे कुरा गरौँ। असक्षमता भनेको के हो भनी सबैले बुझ्छन्—यसले कुनै पनि कुरा राम्ररी सम्हाल्न नसक्‍नु, असमर्थ देखिनुलाई जनाउँछ, जस्तो मानिसहरूले प्राय भन्छन् नि: “तिमी किन यति असक्षम छौ? तिम्रो साँच्‍चै भविष्य छैन!” के असक्षमता राम्रो कुरा हो? (होइन।) त्यसोभए यसलाई वर्गीकरण गरौँ—यो के हो? (यो मानवताको खराबी हो।) असक्षमता स्पष्ट रूपमा नै मानवताको खराबी हो। असक्षमताको अर्थ व्यक्तिमा मामलाहरू सम्हाल्‍ने अत्यन्तै न्यून बुद्धिमत्ता र कमजोर बाँच्‍ने क्षमता छ भन्‍ने हुन्छ—यसैलाई असक्षमता भनिन्छ। कतिपय मानिसहरू अकुशल तरिकाले बोल्छन्, आफ्‍नो कुरा व्यक्त गर्न सक्दैनन्; कतिपयमा लजालु, अन्तर्मुखी व्यक्तित्व समेत हुन्छ—जब तिनीहरू धेरै मानिसहरूको अगाडि बोल्नुपर्छ वा तिनीहरू केन्द्रमा आउनुपर्छ, तब तिनीहरूलाई मञ्‍चको डर लाग्छ, भय महसुस हुन्छ, र तिनीहरू बोल्ने आँट गर्दैनन्, र तिनीहरूलाई प्रायजसो अरूले हेप्छन्। कतिपय दुष्ट मानिसहरूले त्यस्ता मानिसहरूलाई हेप्नु जायज हुन्छ, र त्यो निकै रमाइलो र आनन्ददायी हुन्छ भन्‍ठान्छन्—तिनीहरू हरेक दिन यस्ता मानिसहरूलाई गिल्ला गर्छन् र जिस्क्याउँछन्। असक्षम मानिसहरूमा मामलाहरू सम्हाल्ने क्षमता कमजोर हुन्छ। तिनीहरूमध्ये कतिसँग बाँच्‍ने क्षमता पनि कमजोर हुन सक्छ, तिनीहरू पैसा कमाउन सक्दैनन्, र अरूको अघि सधैँ अत्यन्तै डरपोक र अत्यन्तै सतर्क हुन्छन्। जब तिनीहरू मिचाहा मानिसहरू देख्छन् तब तिनीहरू उनीहरूबाट टाढा बस्छन् र तिनीहरू बोल्ने आँट गर्दैनन्। तिनीहरू हेपिँदा पनि, तिनीहरूले अरूलाई चिढ्याउने डरले, प्रतिरोध गर्ने आँट गर्दैनन्। यस्ता मानिसहरूको मानवतामा देखा पर्ने असक्षमताका प्रकटीकरणहरूबाट मूल्याङ्कन गर्दा, यो मानवताको एक प्रकारको खराबी मात्रै हो। असक्षमताले कहिल्यै कसैलाई त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू विकास गर्ने तुल्याएको वा आफू वा अरूमा कुनै प्रतिकूल असर पार्ने तुल्याएको छैन; त्यसकारण, असक्षमता मानवताको एउटा खराबी मात्रै हो। के कोही असक्षम व्यक्ति बन्‍न चाहन्छ? (चाहँदैन।) कोही पनि असक्षम व्यक्ति बन्‍न चाहँदैन—किन? असक्षम मानिसहरू हेपिन्छन्, र सबैले तिनीहरूलाई हेला गर्छन्, होइन र? (हो।) यदि तँलाई दुष्ट बन्‍नु र असक्षम बन्‍नुको बीचमा छनौट गर्न लगाइयो भने, तैँले अवश्य नै असक्षम बन्‍नुको सट्टा दुष्ट बन्‍न नै छनौट गर्नेथिइस्। तैँले मनमनै सोच्नेथिइस्: “म कहिल्यै पनि असक्षम व्यक्ति बन्नेछैनँ! यस समाजमा, असक्षम मानिसहरूलाई दुर्व्यवहार गरिन्छ र हेपिन्छ, तिनीहरू समाजमा टिक्न सक्दैनन्; तिनीहरू जहाँ गए पनि, अरूले तिनीहरूलाई हेयको दृष्टिले हेर्छन् र खुट्टामुनि कुल्चीमिल्ची गर्छन्। तिनीहरूसँग आफ्‍नो उपस्थितिको बोध नहुने मात्र होइन, तर अस्तित्वमा रहने तिनीहरूको अधिकार समेत खोसिने सम्भावना हुन्छ। तर दुष्ट व्यक्ति बन्‍नु फरक कुरा हो—दुष्ट मानिसहरू जहाँ गए पनि, अरूले तिनीहरूको डर मान्छन् र तिनीहरूलाई ठूलो आदरको साथ व्यवहार गर्छन्। कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। तिनीहरू जहाँ गए पनि, तिनीहरूले विशेषाधिकारहरूको आनन्द उठाउँछन् र अरूलाई थिचोमिचो समेत गर्न सक्छन्। दुष्ट मानिसहरू यस संसारमा जहाँ भए पनि फस्टाउँछन्।” यदि तिमीहरूलाई अहिले छनौट गर्न लगाइयो भने, तिमीहरूमध्ये कसैले पनि असक्षम मानिस बन्‍ने छनौट गर्नेथिएनौ—तिमीहरू सबैले दुष्ट मानिसहरू बन्‍ने छनौट गर्नेथियौ। के यो दृष्टिकोण सही छ? (छैन।) यो किन सही छैन? यो कुन सत्यता सिद्धान्तसँग बाझिन्छ? असक्षमता मानवताको खराबी हो। यसका सबैभन्दा आम प्रकटीकरणहरू कुनै पनि कुरा राम्ररी सम्हाल्न नसक्‍नु, भेदभावमा पर्नु र बहिष्कारमा पर्नु हुन्। समाजमा असक्षम मानिसहरूलाई हेपिने, र खुट्टामुनि कुल्चीमिल्ची गरिने हुनाले, कोही पनि असक्षम हुन इच्छुक हुँदैन। सबै मानिसहरू सक्षम र सिपालु मानिसहरूको डाहा गर्छन्, र तिनीहरू सबै अरूभन्दा पृथक् देखिन, शक्ति र प्रभाव प्राप्त गर्न, र अरूलाई थिचोमिचो गर्न, कुनै पनि समूहभित्र विशेषाधिकार र प्रतिष्ठा प्राप्त गर्न, अरूको हेपाइबाट जोगिन मात्र होइन तर मन लाग्यो भने अरूलाई हेप्न समेत चाहन्छन्। के यस्तो सोचाइ र दृष्टिकोण सही छ? के यो सत्यता अनुरूप छ? (छैन।) तिमीहरूले धेरै सत्यता सुनेका छौ, तैपनि अझै पनि तिमीहरू दुष्ट मानिसहरूलाई अनुमोदन गर्छौ—यसको अर्थ तिमीहरूको स्वभाव पनि निकै दुष्ट छ। तैँले जोसुकै दुष्ट व्यक्ति देखे पनि, तँ उसको डाहा र आदर गर्छस्। दुष्ट मानिसहरू खराब हुन्छन् भन्‍ने तँलाई हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि तँ तिनीहरूलाई नपछ्याई बस्न सक्दैनस्, र त्यसो गर्दा यसले तँलाई साथ पाउने माध्यम दिन्छ र हेपिनबाट जोगाउँछ भन्‍ने तँलाई लाग्छ। जब तैँले असक्षम मानिसहरू देख्छस्, तब तँ तिनीहरूप्रति विकर्षण महसुस गर्छस् र तँ तिनीहरूलाई हेयका दृष्टिले हेर्छस्, र तिनीहरूलाई कुल्चीमिल्ची समेत गर्न चाहन्छस्। तर के तैँले दुष्ट मानिसहरूलाई पछ्याइस् भने तैँले कति धेरै दुष्कर्म गर्नेथिइस् र कति धेरै दण्ड प्राप्त गर्नेथिइस् भनेर कहिल्यै ख्याल गरेको छस्? यदि तैँले दुष्ट मानिसहरूलाई पछ्याइस् भने तैँले मुक्ति पाउने सम्भावनाहरू के हुनेथिए? यदि तैँले दुष्ट मानिसहरूलाई पछ्याइस् भने के तँ दुष्कर्म गर्नबाट जोगिन सक्नेथिइस्? मानौँ तैँले दुष्ट मानिसहरूलाई पछ्याउँछस्, बफादार ढङ्गले तिनीहरूको सेवा गर्छस् र तिनीहरूको अधीनस्थका रूपमा काम गर्छस्। तिनीहरूले तँलाई फाइदाको हिस्सा दिन्छन् होला, र तँ तिनीहरूलाई अरूमाथि थिचोमिचो गर्न र सबैभन्दा राम्रो खानपान गर्न, ठूलो आनन्द लिन, हेपिनबाट जोगिन, र यस जीवनमा अरूमाझ हैसियत प्राप्त गर्नका लागि पछ्याउन सक्छस्। तर यी कुराहरूको आनन्द लिनका लागि तैँले धेरै दुष्कर्म गर्नुपर्छ! तैँले कति प्रतिफल र कति गम्भीर दण्ड प्राप्त गर्नेछस् भन्ने तँलाई थाहा छ? के यो सही मार्ग हो? (होइन।) त्यसोभए, के तिमीहरू अझै पनि असक्षम व्यक्ति नबन्नका खातिर र हेपिनबाट जोगिनका लागि दुष्कर्म गर्ने र दण्ड भोग्ने बलिदान दिन तयार छौ त—यो जीवनमा आनन्दको बदलामा आफ्नो गन्तव्य र नियति त्यागेर दुष्कर्म गर्ने र दण्ड पाउने छनौट गर्न तयार छौ? के तिमीहरूको सोचाइ र दृष्टिकोण यही हो? कतिपय मानिसहरू वास्तवमा नै यस्तो दृष्टिकोण राख्छन्—तिनीहरू असक्षम र हेपिने व्यक्ति बन्‍नुका सट्टा दुष्ट मानिसहरू बन्‍न रुचाउनेथिए। के यो दुष्ट मानिसहरूको मार्गमा हिँड्न चाहनु होइन र? असक्षमता मानवताको एउटा खराबी मात्रै हो—त्यसमा त्यति नराम्रो के छ र? के अरूलाई हेप्नु र दुष्कर्म गर्नु साँच्‍चै नै राम्रो विकल्प हो? यदि परमेश्‍वरले तँलाई भोकै मर्न दिनुहुन्‍न र खानेकुरा प्रदान गर्नुहुन्छ भने, के तँ साँच्‍चै नै भोकै मर्न सक्छस्? यदि परमेश्‍वरले तँलाई हर्ष, स्वतन्त्रता, खुसी, प्रसन्‍नता, र शान्तिमा जिउन दिनुभयो भने, तँमा यीमध्ये कुनै कुराको कमी हुनेछैन। त्यसैले अरूले तँलाई हेपे के भयो त? कसैले पनि तँबाट यी कुराहरू खोस्न सक्दैन—परमेश्‍वरले तँलाई जे दिनुहुन्छ, त्यो कसैले पनि खोस्न सक्दैन। यदि तँ दुष्ट मानिसहरूलाई पछ्याउँछस् र दुष्ट मानिसहरूको मार्गमा हिँड्छस् भने, तैँले आनन्द उठाउने सुखहरू सबै पापपूर्ण सुख हुनेछन्। यसको साथै, तैँले दुष्कर्म गरेर प्राप्त गर्ने कुनै पनि पैसा वा भौतिक आनन्द जबरजस्ती कब्जामा लिइएको हुनेछ, तैँले यस जीवनमा अनुभव गर्ने आनन्द परमेश्‍वरले तँलाई दिनुभएको कुराभन्दा बढी हुनेछ र त्यसकारण तैँले भविष्यमा यसका लागि कैयौँ जीवनकालले ऋण तिर्नुपर्नेछ। यस जीवनमा देहका सुखहरू प्राप्त गर्नु र त्यसको मूल्य स्वरूप दण्ड पाउनु—के यो सही मार्गमा नहिँड्नु होइन र? तिमीहरू हेपिनुभन्दा दुष्ट मानिसहरू बन्न रुचाउनेथियौ—यसले तिमीहरूको आत्माको गहिराइमा रहेको दुष्टताप्रतिको तिमीहरूको धारणा र मोहलाई प्रतिबिम्बित गर्छ। त्यसोभए, असक्षम हुनुमा के कुरा यति खराब छ र? यसलाई मानवताको दृष्टिकोणबाट हेर्दा, यो एक प्रकारको खराबी हो, तर यो जन्मजात अवस्था पनि हो, जुन मानिसहरूले परिवर्तन गर्न नसक्‍ने कुरा हो। असक्षम मानिसहरू आफ्नै निर्णयद्वारा असक्षम बनेका थिएनन्। यो एउटा खराबी भए पनि, यो भ्रष्ट स्वभाव होइन, यो व्यक्तिको चरित्रको समस्या होइन। त्यसोभए यसमा यति खराब के छ र? यदि, तेरो असक्षमता र न्यून हैसियतका कारण, तँलाई प्रायजसो हेपिन्छ र तैँले यस संसारको अन्याय र दुष्टता र यस समाजको अन्धकारलाई गहन रूपमा बुझ्न सक्छस्, र नतिजास्वरूप परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गर्न परमेश्‍वरको अघि इमानदारीका साथ आउँछस्, र परमेश्‍वरको प्रभुत्व र योजनाबद्ध कार्यहरूमा स्वेच्छाले समर्पित हुन्छस्, र परमेश्‍वरलाई आफ्‍नो नियतिको मालिक हुन दिन्छस् भने, के यो असक्षमता तेरा लागि सुरक्षाको एउटा रूप होइन र? असक्षमता नकारात्मक कुरा होइन; यो मानवताको एक प्रकारको खराबी मात्रै हो। खराबीले केलाई जनाउँछ? यसको अर्थ अपर्याप्तता, सानो समस्या, दाग हुनु हो—यो त अपूर्णता, कहिँकतै अभावग्रस्त हुनु हो, पूरै चित्तबुझ्दो नहुनु, वा आदर्श नरहेको कुरा मात्रै हो, तर यसले पतित वा खराब चरित्रलाई सङ्केत गर्दैन। त्यसोभए तिमीहरूले किन यो सानो खराबीलाई सहन सक्दैनौ? यति मात्र होइन, यो सानो खराबीले तेरो जीवन प्रवेशमा ठूला फाइदाहरू ल्याउन सक्छ। वा कतिपय मानिसहरूमा मानवताको यो खराबी, यो जन्मजात अवस्था भएकोले, तिनीहरू परमेश्‍वरलाई अन्त्यसम्मै सारा हृदयले पछ्याउन अझै धेरै सक्षम हुन्छन् भनेर भन्‍न सकिन्छ। अन्ततः तिनीहरूले सत्यता स्वीकार गर्न सक्‍ने, तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्‍ने, र तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुने हुनाले, तिनीहरूले आफ्नो भ्रष्ट स्वभावलाई फाल्न र मुक्ति प्राप्त गर्न सक्छन्। यस दृष्टिकोणबाट हेर्दा, यो आशिष् हो—मानिसहरूले असक्षम हुन इन्कार गर्नु हुँदैन। असक्षम हुनुमा यति नराम्रो के छ र? असक्षमताका कारण व्यक्तिको भ्रष्ट स्वभाव झन् खराब हुनेछैन। परमेश्‍वरले कुनै व्यक्ति असक्षम भएकोले उसलाई हेयका दृष्टिले हेर्नुहुनेछैन वा मुक्ति दिन इन्कार गर्नुहुनेछैन, न त असक्षमताले उसको सत्यता स्वीकार गर्न वा मुक्ति प्राप्तिलाई असर गर्नेछ। त्यसकारण, तिमीहरूको सोचाइ र दृष्टिकोण परिवर्तन हुनुपर्छ—यो अझै पनि निकै पर छ। कतिपय मानिसहरू भन्छन्, “म असक्षम व्यक्ति बन्‍नुभन्दा दुष्ट व्यक्ति बन्‍न मन पराउनेथिएँ। असक्षम मानिसहरूको कुनै भविष्य हुँदैन, तिनीहरूलाई सबैले हेयका दृष्टिले हेर्छन्, र तिनीहरू आफैले समेत आफूलाई हेयका दृष्टिले हेर्छन्। असक्षम व्यक्ति बन्नु व्यर्थ हुन्छ; दुष्ट व्यक्ति बन्नु गज्जब हुन्छ—आफूलाई जे मन लाग्यो त्यही गर्न सकिन्छ, जोलाई हेप्न सजिलो देखिन्छ उसलाई हेप्न सकिन्छ, र कसैले पनि प्रतिरोध गर्ने आँट गर्दैन। त्यसरी जिउनु कति शानदार कुरा हो!” शानमा के फाइदा हुन्छ? यदि तैँले संसारमा समृद्धि पाउँछस् र तँ शानदार रूपमा जिउँछस् भने, तेरो भविष्य र गन्तव्य बर्बाद हुनेछन्। तँ उप्रान्त परमेश्वरको अघि आउन सक्षम हुनेछैनस्, र तँलाई उप्रान्त परमेश्‍वरसँगको लगाव महसुस हुनेछैन; परमेश्‍वरप्रति तँलाई उप्रान्त आकर्षण हुनेछैन, र परमेश्‍वरको घरको जिउने वातावरण र काम गर्ने वातावरणले तँलाई उप्रान्त आकर्षित गर्नेछैन। तैँले परमेश्वरलाई त्याग्नेछस् र आफ्ना सबल पक्षलाई प्रयोग गर्न र आफ्नो मूल्य साकार पार्न सक्ने किसिमको जिउने वातावरण खोज्नेछस्। परमेश्‍वरको घरले मानिसहरूको दुष्कर्मलाई प्रतिबन्धित गर्छ, र कुनै पनि दुष्ट व्यक्ति परमेश्‍वरको घरमा कहीँ पनि पुग्न वा दृढ रहन सक्दैन। यदि तँलाई दुष्ट मानिसहरू मन पर्छ र तँ तिनीहरूमध्ये एउटा बन्‍न चाहन्छस् भने, के तँ अझै पनि परमेश्‍वरको घरमा रहन सक्छस्? ढिलो-चाँडो, तँलाई पखालेर निकालिनेछ। तैँले राम्रो गन्तव्य प्राप्त गर्न नसक्‍ने मात्र होइन, तर मृत्युपछि, तैँले गरेको दुष्टताका लागि दण्ड पनि प्राप्त गर्नेछस्। त्यसकारण, असक्षमता मानवताको खराबी भए पनि, यो भ्रष्ट स्वभाव होइन, न त यसको अर्थ व्यक्तिको मानवता दुष्ट छ भन्‍ने नै हुन्छ। कसमा केही न केही कमीकमजोरी हुँदैन र? असक्षमता त कतिपय मानिसहरू जन्मैदेखि भकभके हुन्छन् वा कतिपय मानिसहरूको जन्म अलिक कुरूप रूपमा हुन्छ भन्‍ने जस्तै हो—यी सबै जन्मजात खराबीहरू हुन्। मानवका छालाका रङ फरक-फरक हुन्छन्—कतिपय मानिसहरू गोरा, कति गहुँगोरा, र कति काला छाला लिएर जन्मिन्छन्। यो जन्मजात अवस्था हो। गहुँगोरा छाला भएका मानिसहरू त्यति स्वस्थ नभएका, र त्यति राम्रो वर्ण नभएका मानिसहरू जस्ता देखिन्छन् होला—यो सानो खराबी हो। कालो छाला भएका मानिसहरू अझै दह्रिला देखिन्छन्, तैपनि कसैले पनि कालो छाला चाहँदैन। सेतो छाला भएका मानिसहरूलाई सामान्यतया डाहा गरिन्छ, तर तिनीहरूमध्ये पनि, कतिलाई अत्यन्तै गोरो हुनु राम्रो होइन भन्‍ने लाग्छ, त्यसकारण तिनीहरू आफ्नो छालालाई काँसको रङ्गमा सेक्न मन पराउँछन्, किनभने यसले तिनीहरूलाई स्वस्थ देखाउँछ र छालालाई चम्किलो बनाउँछ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। देखिस्, असक्षमता पनि मानिसहरूका विभिन्‍न जन्मजात अवस्थाहरू जस्तै हो—यति मात्रै हो कि यो एक प्रकारको खराबी हो। त्यसोभए, के यो ठूलो समस्या हो? (होइन।) त्यसकारण, यो समस्या मानवताको खराबी भए पनि, यसले सत्यतालाई तैँले गर्ने स्वीकार वा सत्यताप्रतिको तेरो बुझाइमा असर गर्दैन। त्यसोभए, के तिमीहरूले अझै पनि असक्षम व्यक्ति बन्‍नुलाई प्रतिरोध गर्छौ? (अबदेखि गर्दैनौँ।) के तिमीहरू अझै पनि असक्षम मानिसहरूलाई देख्दा हेप्नेछौ? (हेप्‍नेछैनौँ।) तैँले तिनीहरूलाई निकै नै हेप्ने गर्थिस्, होइन र? अहिले, जब तैँले असक्षम मानिसहरू देख्छस्, तब के तैँले अझै पनि तिनीहरूलाई हेयका दृष्टिले हेर्नेछस् र होच्याउनेछस्? (होइन।) यदि तँ आफै असक्षम व्यक्ति होस् भने, तैँले आफूलाई त झनै हेयको दृष्टिले हेर्नुहुँदैन। यदि तँ असक्षम छस् भने, होस् न त—परमेश्‍वरका वचनहरू अनुसार इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्। तँ असक्षम भए पनि, तँ इमानदार हुनुपर्छ र छली हुनु हुँदैन, र परमेश्‍वरले यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ। परमेश्‍वरलाई के मन पर्छ? यो तेरो असक्षमता होइन। के हो भने तेरो असक्षमताका कारण, तँ इमानदार व्यक्ति बन्‍न इच्छुक हुन्छस्; तँलाई हेयको दृष्टिले हेरिने र मानिसहरूले तँलाई निगाह नदिने हुनाले, तँ परमेश्‍वरलाई खुसी पार्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न इमानदार व्यक्ति बन्‍ने तरिकाहरू सोच्छस्, र परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यही गर्छस्। यसरी, तेरो असक्षमता एउटा फाइदा बन्छ, होइन र? (हो।) के अब तिमीहरूको दृष्टिकोण परिवर्तन भएको छ? (छ।) अवश्य नै, सबै असक्षम मानिसहरूले सत्यता स्वीकार गर्न सक्छन् नै भन्‍ने हुँदैन। कतिपय मानिसहरूको मानवतामा असक्षमताको खराबी हुनुको साथै, तिनीहरूको चरित्रमा पनि समस्याहरू हुन्छन्। यसलाई सामान्यीकरण गर्न सकिँदैन। आफैमा, असक्षमता ठूलो समस्या होइन, तर तैँले कसैको चरित्र कस्तो छ भनेर पनि हेर्नुपर्छ। यदि कुनै व्यक्ति छली छ वा उसको चरित्र दुष्ट छ भने—यदि ऊ लाज पचाउँदै अटेरी छ, उसमा शङ्का गर्ने प्रवृत्ति छ, ऊ संवेदनशील छ, ढिपी गर्छ, वा उसमा क्रूर स्वभाव समेत छ भने—त्यो व्यक्ति असल होइन। त्यसकारण, असक्षम व्यक्ति असल चरित्र भएको व्यक्ति नै हो भन्‍ने हुँदैन। हुन्छ, असक्षमताबारे हाम्रो छलफलमा त्यति नै हो।

दयालुपन

यसपछिको प्रकटीकरण दयालुपन हो। यो प्रकटीकरण मानवताको असल गुण हो। हामीले यति धेरै छलफल गरिसकेपछि, हामी अन्ततः मानवताको एउटा असल गुणमा पुगेका छौँ; मानवताका असल गुणहरू साँच्‍चै नै धेरै छैनन्। दयालुपन मानवताको एक प्रकारको असल गुण हो। यो असल गुण भएकोले, हामीले यसबारे विस्तृत रूपमा कुरा गर्नुपर्छ किनभने धेरैजसो मानिसहरूसँग मानिसहरूमा भेट्टाउन सकिने मानवताका केही असल गुणका प्रकटीकरणहरू हुँदैनन्। त्यसोभए, हेरौँ; दयालुपनका असल गुणहरू कहाँ हुन्छन्? (दयालुपनको अर्थ कुनै व्यक्ति तुलनात्मक रूपमा सच्‍चा छ भन्‍ने हो। जब उसले कामकुरा सम्हाल्छ, तब अरू तुलनात्मक रूपमा ढुक्क हुन्छन्। उसले आफूलाई सुम्पिएका कार्यहरू राम्ररी सम्हाल्ने गरी बोझ लिन्छ।) (दयालु मानिसहरूमा तुलनात्मक रूपमा असल नैतिक आचरण हुन्छ, तिनीहरूले अरूको ख्याल गर्छन्, र अरूका पक्षमा सोच्छन्।) अरूका पक्षमा सोच्नु—यो महान् शैली हो! त्यस्ता मानिसहरू महान् हुन्छन्, तर के दयालुपन यति महान् कुरा हो? (होइन।) दयालुपनको अर्थ व्यक्तिका विचारहरू त्यति जटिल छैनन् भन्‍ने मात्रै हुन्छ; ऊ तुलनात्मक रूपमा सरल हुन्छ, कुटिल हुँदैन; ऊ उदार हुन्छ र अरूप्रति कठोर हुँदैन, र अरूसँग सङ्गत गर्दा ऊ व्यक्तिगत फाइदा र घाटाहरूको हिसाबकिताब गर्दैन। कसैले उसलाई अपमान गर्छ, र ऊ केही समयसम्म निराश हुन्छ, तर उसले सोच्छ, “होस् बिर्सिदिन्छु,” अनि त्यो मामलालाई त्यतिकै छोडिदिन्छ। कसैले ऊबाट पैसा लिएर लामो समयसम्म फिर्ता दिँदैन, र उसले यस्तो सोच्छ: “उसलाई पैसा तिर्न जोड गर्नु लाजमर्दो कुरा हुनेछ। यसबाहेक, उसलाई गाह्रो भइरहेको छ, र त्यो बेला, म ऊभन्दा राम्रो अवस्थामा थिएँ। मैले सापट दिएँ, त्यति हो। म यसलाई गरिबलाई सहयोग गरेको रूपमा मात्रै लिनेछु।” हेर् त, उसका विचार तुलनात्मक रूपमा उदार र सहनशील हुन्छन्। उदाहरणका लागि, जब अरूले उसलाई गलत रूपमा बुझ्छन्, तब उसले यसको वास्ता गर्दैन र आफ्नो प्रतिरक्षा गर्दैन। जब अरूले उसलाई गलत ठहराउँछन् र मूर्ख भन्छन्, तब उसलाई वास्ता हुँदैन। आफ्नो कर्तव्य पूरा गर्दा, उसलाई यो थकाइलाग्दो कुरा हो भन्‍ने लाग्दैन, र उसले अरू गर्न इच्छुक नहुने कामकुराहरू गर्छ। कसैले उसलाई यसो भन्दै गिल्ला गर्छ, “अरू सबैले विश्राम गरिरहेका छन्, तर पनि तिमी अझै किन काम गरिरहेका छौ?” उसले प्रतिक्रिया दिन्छ, “थप थोरै काम गर्दैमा के हानि हुन्छ र? यसले मलाई थकित पार्दैन। के काम गर्दा साँच्‍चै नै कोही लखतरान हुन्छ र? यदि अरूले काम गर्दैनन् भने, नगरून्। मैले यो काम गर्न सक्‍ने हुनाले, म बस अलिक बढी गर्नेछु।” उसले त्यस्ता कुराहरूबारे किचकिच गर्दैन र अग्रसरता जनाएर काम गर्छ। उसले नाफा र घाटाहरूका बारेमा त्यति किचकिच गर्दैन, न त इज्जत वा हैसियतका बारेमा नै त्यति किचकिच गर्छ। उसले आफै घाटा भोग्दा पनि, त्यो उल्लेख गर्दैन। जब अरूले कठिनाइहरूको सामना गर्छन्, तब उसले सहयोग गर्न अग्रसरता जनाउँछ। उसको सहयोग उसका आफ्नै अभिप्राय र उद्देश्यविना हुन्छ, र यदि अरूले उसको गुन तिर्न चाहन्छन् भने, उसलाई थोरै सहयोग गर्नु ठूलो कुरा होइन र उसले गर्नुपर्ने कुरा हो भन्ने लाग्छ। उसले सहयोग गरेपछि अरूले कदर नगरे पनि, त्यस्ता कुराहरूका बारेमा किचकिच गर्दैन। जब अरूलाई सहयोग गर्ने समय आउँछ, तब उसले अझै पनि सहयोग गर्नेछ। के त्यस्ता मानिसहरू धेरै हुन्छन्? (धेरै हुँदैनन्।) त्यस्ता मानिसहरू धेरै हुँदैनन्। तिनीहरू दयालु भए पनि, तिनीहरूसँग आफूलाई आचरणमा कसरी ढाल्‍ने भन्ने कुरामा निश्‍चित सीमाहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू त्यस्तो व्यक्तिलाई मूर्ख ठानेर, सधैँ फाइदा लिन चाहन्छन्। फाइदा लिएपछि, उनीहरूले उसलाई मक्‍ख पार्न केही मीठा शब्दहरू बोलिदिन्छन्, र केही समयपछि, उनीहरूले फेरि पनि ऊबाट फाइदा लिन्छन्। जब दयालु व्यक्तिले यो कार्य अन्त्य हुनेछैन भन्‍ने देख्छ, तब उसले तिनीहरूसँग किचकिच गर्दैन, बहस गर्दैन, वा सम्झाउने प्रयास गर्दैन। हृदयमा, उसलाई त्यस्ता मानिसहरू असल हुँदैनन् र सङ्गत गर्न लायक छैनन् भन्‍ने थाहा हुन्छ, त्यसकारण उसले उनीहरूलाई त्यस उप्रान्त बेवास्ता गर्छ। तैपनि, उसले उनीहरूलाई पिठ्यूँ पछाडि गलत ठहराउँदैन। बढीमा, जब कसैले यस्तो व्यक्तिका बारेमा सोध्छ, तब उसले यसो भन्छ, “त्यस व्यक्तिलाई स-साना फाइदाहरू लिन मात्रै मन पर्छ।” उसले अतिशयोक्ति गर्दैन, न त उसले मानिसहरूलाई उग्र रूपमा गलत नै ठहराउँछ; उसले हातमा रहेको मामलाबारे मात्रै कुरा गर्छ। दयालु मानिसहरूको मानवता साँच्‍चै नै निकै असल हुन्छ। तिनीहरूको असल गुण के हो भने तिनीहरू कामकुराहरूका बारेमा धेरै किचकिच गर्दैनन्। तिनीहरूले जे गरे पनि, तिनीहरू उग्रता, भावना, वा संवेगहरूका आधारमा काम गर्दैनन्; तिनीहरू मानिसहरूले गर्नुपर्ने कुरा मात्रै गर्छन् र मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू मात्रै पूरा गर्छन्। सामान्य अन्तरवैयक्तिक सम्बन्धहरूको दायराभित्र रहेर, तिनीहरू आफूले गर्नुपर्ने कुरा गर्छन्; तिनीहरूले जे गर्न सक्छन्, त्यो गर्न सक्दो प्रयास गर्छन्, अरूलाई सहयोग गर्न लागि पर्छन्, र निष्कपटता र गम्भीरताको साथ त्यसो गर्छन्। तिनीहरूमध्ये कतिले त कुनै इनाम समेत खोज्दैनन्, र यसो सोच्छन् “मैले सहयोग मात्रै गरिरहेको छु। तिमीले मप्रति धेरै ऋणी महसुस गर्नु पर्दैन, न त मप्रति यति थोरै ऋणी भएकाले यो कहिल्यै पनि तिर्न सक्दिनँ भन्‍ने नै महसुस गर्नुपर्छ, न मेरो अगाडि सधैँ दास जस्तो व्यवहार गर्नु र अति आदरणीय व्यवहार गर्नु नै पर्छ। त्यसो गर्नु आवश्यक छैन।” त्यस्ता व्यक्तिहरूमा मानिसहरूमध्ये सबैभन्दा असल मानवता हुन्छ। तिनीहरू कपटी हुँदैनन्, न त तिनीहरू अरूप्रति कठोर नै हुन्छन्। तिनीहरू न्यानो हृदयका हुन्छन्, र तिनीहरूको मानवतामा एउटा दयालु पक्ष हुन्छ। तिनीहरूले आफूले गर्न सक्‍ने कुरा गर्छन्, व्यक्तिगत फाइदा र घाटाहरूका बारेमा त्यति धेरै ध्यान दिँदैनन्, र इनामबारे त्यति वास्ता गर्दैनन्। यो मानवताको असल गुण हो। तिमीहरूको वरिपरि हेर अनि कोसँग त्यस्ता असल गुणहरू छन् हेर। यदि कुनै व्यक्तिमा त्यस्तो चरित्र छ भने, उसलाई भ्रष्ट मानवजातिबीच रहेको असल व्यक्ति, सभ्य व्यक्ति मान्न सकिन्छ। ऊ कामकुराका बारेमा किचकिच गर्दैन, ऊ कपटी हुँदैन, अरूसँग कठोर हुँदैन, र उसले नाफा नखोजी अरूलाई सहयोग गर्छ। ऊ अरूप्रति निकै सहनशील हुन्छ र आफ्नो आचरणमा अत्यन्तै उदार हुन्छ। अत्यन्तै उदार हुनु भनेको के हो? यसको अर्थ सानातिना कुराहरूका बारेमा अटुट रूपमा किचकिच नगर्नु, र अरूले ऊबाट फाइदा लिँदा तिनीहरूप्रति द्वेष नपाल्नु हो। यसलाई उदार हुनु भनिन्छ, र यो मानवताको प्रमुख असल गुण हो। दयालुपन पनि एउटा असल गुण हो, र त्यसै गरी उदारता पनि एउटा असल गुण हो। यो सानो मनका, शङ्का गर्ने प्रवृत्ति भएका, संवेदनशील, र ढिपी गर्ने मानिसहरू हुनुभन्दा फरक कुरा हो—यी मानिसहरूले सानातिना कुराहरूका बारेमा अटुट रूपमा किचकिच गर्छन्, छिसिक्क हुँदा पनि रिसाउँछन्, रिसले फुल्छन्, भयानक रूपमा कठोर अभिव्यक्ति धारण गर्छन्, तिनीहरूसँग बोल्ने जोकोहीलाई बेवास्ता गर्छन्, र अरूसँग कसरी बदला लिने भन्‍ने बाहेक अरू केही सोच्दैनन्। यीमध्ये कुनै पनि कुरा सामान्य मानिसहरूमा हुनुपर्ने कुराहरू होइनन्। दयालु मानिसहरूका विचारमा ती जटिल कुराहरू हुँदैनन्, न त तिनीहरूसँग अरूको बारेमा शङ्कास्पद विचार नै हुन्छ। तिनीहरूको हृदयमा भएको सबै कुरा सामान्य मानिसहरूमा हुनुपर्ने कुरा हुन्छ; त्यो विशेष रूपमा मानवताको विवेक र समझ, साथै मानवताको इन्साफ र दयाको बोधको मानक अनुरूप हुन्छ। जब तैँले तिनीहरूसँग सङ्गत गर्छस्, तब तँलाई निकै ढुक्क लाग्छ र कामकुराहरू अत्यन्तै सरल छन् भन्‍ने लाग्छ—त्यति धेरै समस्याजनक कुराहरू हुँदैनन्, र तँ कुनै पनि कुराप्रति सावधान हुनु पर्दैन। तैँले तिनीहरूको विचारको बारेमा अनुमान लगाउनु वा अड्कलको खेल खेल्नु पर्दैन। तैँले तिनीहरूलाई गल्तीले चोट पुर्‍याए पनि, तैँले कुनै परिणामहरूका बारेमा चिन्ता गर्नु पर्दैन—अवश्य नै, तैँले कुनै परिणामहरू भोग्‍नु पर्दैन। जब तँ रिसाउँछस्, तब तँ उग्र भएर तिनीहरूलाई केही कठोर शब्दहरू बोल्दै चिच्याउन सक्छस्, र त्यो बेला, तिनीहरूले पनि तँसँग झगडा र बहस गर्न सक्छन्, तर बहसपछि, तिनीहरूले ईख राख्दैनन्, न त तिनीहरूले तँविरुद्ध षड्यन्त्र नै गर्छन् वा बदला लिन्छन्। तिनीहरूले हैसियत प्राप्त गरे भने, तेरा लागि कामकुराहरू कठिन बनाइदिनेछन् वा तेरो नाटीकुटी गर्नेछन् भन्‍ने बारेमा तैँले चिन्ता गर्नु पर्दैन, न त तिनीहरूले तँलाई कुनै कारणविना नै निसाना बनाउनेछन् भन्‍ने बारेमा नै चिन्ता गर्नु पर्छ। तिनीहरूभित्र यस्ता कुराहरू हुँदैनन्—तिनीहरू बस यति सरल हुन्छन्। तिनीहरूले तेरो विरुद्धमा त्यसउप्रान्त कुराहरू लुकाएर राख्‍नेछैनन्। मामला सक्किएपछि, कुरो सक्किन्छ। पछि, जब तिनीहरूले तँसँग कुरा गर्छन्, तब तिनीहरूले तँसँग अझै पनि सामान्य रूपमा व्यवहार गर्छन्। त्यो बेला तिनीहरू रिसाए पनि र तँसँग झगडा गरे पनि, तिनीहरूले पछि तँप्रति ईख राख्दैनन्। तैँले केवल रिसाएर केही शब्दहरू बोलिस् भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, र तिनीहरूले यो कुरा बुझ्न सक्छन्: “रिसाउँदा कसले केही कठोर शब्दहरू बोल्दैन र? यो जानी-जानी भएको थिएन। त्यसबाहेक, सबैमा भ्रष्ट स्वभाव हुन्छ, सबैजना कहिलेकहीँ खराब मुडमा हुन्छ, र सबैजनामा उग्रता हुन्छ। त्यसपछि, सबैले शान्त भएर, आफ्ना गल्तीहरूलाई माने, अनि तिनीहरूले भ्रष्ट स्वभावहरू प्रकट गरेका थिए र सिद्धान्तहरू अनुसार काम गर्न सकेनन् भन्‍ने तथ्यबारे चिन्तन गरेसम्म, त्यो ठीकै हुन्छ।” तँलाई निरन्तर रूपमा खेदो गर्ने र तँलाई बरबाद नगरेसम्म नबिसाउने दुष्ट मानिसहरूका विपरीत, तिनीहरूले तँलाई क्षमा गर्नेछन्। दयालु मानिसहरूमा सामान्यतया बदला लिने हृदय हुँदैन। यदि तैँले तिनीहरूलाई चिढ्याउने कुनै कुरा गरिस् भने, तिनीहरूले कहिलेकहीँ तँलाई घृणा गर्न सक्छन्, तर तिनीहरूले तँलाई सास्ती दिन मानवताको नैतिकतालाई उल्लङ्घन गरेर घृणास्पद माध्यमहरू पटक्‍कै प्रयोग गर्नेछैनन्। तिनीहरूसँग भ्रष्ट स्वभाव भए पनि र तिनीहरूले ती भ्रष्ट स्वभावहरूका आधारमा केही कुराहरू भन्‍न वा गर्न सके पनि—जस्तै विगतमा तैँले गरेका गल्तीहरूका बारेमा उल्लेख गर्नु वा तँलाई काटछाँट गर्नु—तिनीहरूले हावामा कुराहरू गढ्ने वा तँलाई आक्रमण गर्न वा बदला लिनका लागि आफ्‍नो शक्ति प्रयोग गर्ने गर्दैनन्। तिनीहरूले तँलाई आक्रमण गर्न वा तँसँग बदला लिन चाहे पनि र तिनीहरूसँग यस्तो प्रकारको भ्रष्ट स्वभाव भए पनि, तिनीहरूको मानवतामा दयालुपनको असल गुण हुने भएकाले, जब तिनीहरू बदला लिन चाहन्छन्, तब तिनीहरू नियन्त्रित हुन्छन्, र तिनीहरूले उचित सीमाभित्र कुराहरू राख्‍न सक्‍नेछन्। यदि शक्ति पाएको भ्रष्ट मानवले अझै पनि यो स्तर हासिल गर्न सक्छ भने, यो पहिले नै निकै सराहनीय कुरा हो। धेरैजसो मानिसहरूमा, यो असल गुण छैन भने, तिनीहरूले यति हदसम्मको संयम समेत हासिल गर्न सक्दैनन् र अरूलाई आक्रमण गर्न र अरूसँग बदला लिनबाट आफूलाई रोक्न सक्दैनन्।

दयालुपनको प्रकटीकरण वा प्रकाश मानवताको असल गुण हो। मानवताको यो असल गुणले, ठूलो हदसम्म, मानिसहरूलाई रोक्नेछ वा सचेत गर्नेछ, जसले गर्दा तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुँदा तिनीहरूले निश्‍चित हदसम्म नियन्त्रण र संयम प्राप्त गर्न सक्छन्। यदि त्यस्तो दयालु व्यक्ति आत्मिक बुझाइ भएको, सत्यता बुझ्न र सत्यता स्वीकार गर्न सक्‍ने व्यक्ति हो भने, उसको मानवताको यो असल गुणले उसलाई मानिसहरू र कामकुराहरूलाई हेर्दा, र आफूलाई आचरणमा ढाल्दा र कार्य गर्दा अझै कडाइका साथ सत्यता सिद्धान्तहरू पालना गर्न सक्षम तुल्याउन सक्छ, होइन र? (हो।) अर्कोतर्फ, धूर्त व्यक्ति निकै चलाख हुन्छ र ऊ दयालु व्यक्तिभन्दा फरक हुन्छ। कुनै खराब काम गरेपछि, उसले आत्म-चिन्तन नगर्ने मात्र होइन, आफ्नो दुष्कर्मलाई अझै तीव्रता समेत दिन्छ र अन्त्यसम्मै अघि बढाउँछ। यसले उसलाई दियाबलसमा परिणत गर्छ, जुन दयालु व्यक्तिले कार्य गर्ने सिद्धान्तहरूको पूर्ण विपरीत हुन्छ। उदाहरणका लागि, यदि कुनै व्यक्ति दयालु व्यक्ति हो र उसमा मानवताको यो असल गुण छ भने, तँसँग बहस गर्दा, उसले तथ्यहरूका आधारमा बोल्नेछ। ऊ तँसँग रिसाएको कारणले मात्रै, उसले तेरा बारेमा कुराहरू बढाइ-चढाइ गर्नेछैन, हावामा केही नकारात्मक कुराहरू बनाउनेछैन, वा तँलाई बदनाम गर्ने र तेरो निष्ठाको अपमान गर्नेछैन। उसले त्यस्ता कुराहरू पटक्कै गर्नेछैन। तँसँग बहस गर्दा, उसले अहङ्कारी वा क्रूर स्वभाव प्रकट गर्न सक्छ, तर उसले बोल्ने शब्दहरू उसको विवेक, समझ, र दयालुपनको मानवताले पूर्ण रूपमा संयमित हुन्छन्। यसरी, निश्‍चित स्तरमा, तँलाई हुने हानिको हद घट्छ। तर, दुष्ट मानिसहरूमा मानवताको दयालु पक्षको कमी हुन्छ। दुष्ट मानिसहरू कसरी झगडा गर्छन्? “तँ चरित्रहीन, वेश्या होस्! मैले तेरा पुर्खाहरूका आठ पुस्तालाई अपमान गर्छु र तेरा पुर्खाहरूका आठ पुस्तालाई श्राप दिन्छु!” तिनीहरूले हरप्रकारका कठोर र दुर्भावनापूर्ण कुराहरू भन्‍नेछन्। दुष्ट मानिसहरू यस्तै हुन्छन्—तिनीहरूको चरित्र दुष्ट हुन्छ। दुष्ट चरित्र भएका कतिपय मानिसहरूले तथ्यहरूमा आफ्नो अपमानजनक शब्दहरूलाई आधारित गर्दैनन्। तिनीहरूले किन ती कुराहरूलाई तथ्यहरूमा आधारित गर्दैनन्? किनभने तिनीहरूमा विवेकको कमी हुन्छ र तिनीहरूले विवेकका मानकहरू पूरा गर्दैनन्। जब तिनीहरूले अरूलाई अपमान गर्छन्, तब तिनीहरू आफ्नो विवेकद्वारा संयमित हुँदैनन्। तिनीहरू जथाभाबी मुख छाड्छन्, र मनमा जे-जस्ता अपमानजनक शब्दहरू आउँछन् त्यही भन्छन्। जे-जस्ता शब्दहरूले तिनीहरूको घृणा पोख्न, तेरो हृदयलाई गहन रूपमा चोट पुऱ्याउन, र तँलाई रिसाएर बौलाउने तुल्याउन सक्छन्—तिनीहरूले बोल्ने शब्दहरू तिनै हुन्छन्। तिनीहरूका अपमानजनक शब्दहरूले तँलाई रिसले मरेतुल्य बनाउँछन्। त्यस्ता मानिसहरूको हृदयमा कुनै दया हुँदैन र तिनीहरू द्वेषले भरिएका हुन्छन्। दुष्ट मानिसहरूले प्रकट गर्ने कुराहरू मुख्य रूपमा अहङ्कार र क्रूरता, यी दुई प्रकारका स्वभावहरू हुन्। सारमा, तिनीहरूले अरूमाथि प्रहार गर्ने शब्दहरूमा श्रापहरू हुन्छन्, ती शैतानको दुर्भावनाले भरिएका हुन्छन्, र तिनमा पर्याप्त विनाशकारी शक्ति हुन्छ; तिनीहरूले श्रापका सबैभन्दा दुर्भावपूर्ण शब्दहरू समेत प्रहार गर्न सक्छन्। यदि तँसँग मानवता छ वा यदि तेरो मानवता दयालु छ भने, तैँले त्यस्ता अपमानका शब्दहरू बोल्न सक्दैनस्; त्यसमाथि, तैँले हावामा कुराहरू गढ्न सक्दैनस्। किनभने तँसँग विवेकको बोध छ र तँसँग चेतना छ, र तेरो विवेकभित्रको असल-प्रकृति र दयालुपनको पक्षले तँलाई निकै संयमित राख्छ र नियन्त्रण गर्छ, जसले गर्दा तैँले त्यस्ता अपमान शब्दहरू बोल्न असम्भव हुन्छ। जब कसैले तँलाई अपमानका शब्दहरू भन्छ, तब तँलाई रिस उठ्छ र तैँले तिनीहरू नरक जाऊन् भन्दै तिनीहरूका आठ पुस्ताका पुर्खाहरूलाई अपमान गर्न र श्राप दिन चाहन्छस्, तर तैँले यसको बारेमा सोच-विचार गर्छस्: “तिनीहरूलाई श्राप दिने अधिकार मलाई केले दिन्छ? म परमेश्‍वर होइनँ, र अन्तिम फैसला मेरो हुँदैन।” तँ तिनीहरूलाई फोहोरी शब्दहरूले अपमान गर्न पनि चाहन्छस्, तर तँ यसबारे विचार गर्छस्: “यदि मैले फोहोरी शब्दहरू प्रयोग गरेँ भने, मलाई समेत घिन लाग्‍नेछ—मेरो वरिपरिका मानिसहरूले मलाई के सोच्नेछन्? के यसको अर्थ मसँग कुनै निष्ठा वा इज्जत छैन भन्‍ने हुनेछैन र? के मैले झगडालु आइमाई जस्तो व्यवहार गरिरहेको हुनेछैन र? म त्यस्तो प्रकारको व्यक्ति हुनेछैनँ।” तैँले तिनीहरूलाई अपमान गर्नका लागि आफूलाई मनाउन सक्दैनस्। त्यसकारण धेरै हदसम्‍म, तेरो बोलीवचन संयमित हुन्छ, र तैँले आफूलाई बोल्न लगाउने कुरा अत्यन्तै सीमित हुन्छ। बढीमा, तैँले यसो भन्‍न सक्छस्, “तँ शैतान होस्, तेरो भ्रष्ट स्वभाव गम्भीर छ, तैँले मुक्ति प्राप्त गर्न सक्दैनस्, र परमेश्‍वरले तँलाई मन पराउनुहुन्‍न।” तैँले बढीमा त्यस्ता केही कुराहरू भन्‍न सक्छस्, तर त्यसपछि तैँले यसबारे विचार गर्छस्: “परमेश्‍वरले कसैलाई मन पराउनुहुन्छ कि मन पराउनुहुन्‍न भन्‍ने कुराको निर्णय गर्ने काम मेरो होइन,” त्यसकारण तैँले यसो भन्दा तँमा आत्मविश्‍वासको कमी हुन्छ। जब कसैले तँलाई अपमान गर्छ र श्राप दिन्छ, तँलाई नरकको अठारौँ स्तरमा झर् भन्छ, तब तैँले मनमनै सोच्छस्: “कसैलाई श्राप दिनु, उसलाई नरकको अठारौँ स्तरमा झर् भन्‍नु—यी शब्दहरू अत्यन्तै कठोर छन्! म त त्यस्तो कुरा भन्न सक्दिनँ। म मेरा शब्दहरूमा नरम हुनुपर्छ!” तँमा किन यी विचारहरू आउन सक्छन्? किनभने तेरो मानवतामा रहेको कुरा दुष्ट मानिसहरूको मानवतामा रहेको कुराभन्दा फरक हुन्छ। यदि तँ दयालु र असल-प्रकृतिको व्यक्ति होस्, र तँसँग विवेक र समझ छ भने, तैँले बोल्‍ने शब्दहरू अत्यन्तै तर्कसङ्गत हुनेछन्। तैँले आफ्नो विवेकका बन्धनहरूमा रही, रिसले भरिएका केही शब्दहरू बोल्न वा केही फोहोरी शब्दहरू चिप्लन दिन सक्छस्, तर ती शब्दहरू बोलेपछि, तँलाई आफै निकै खिन्न महसुस हुन्छ र तैँले अर्को व्यक्तिलाई वास्तवमा चोट पुऱ्याएको हुँदैनस्—तेरा शब्दहरूमा विनाशकारी शक्तिको कमी हुन्छ। दुष्ट मानिसहरू अरूलाई जति अपमान गर्छन् त्यति नै खुसी हुन्छन्, तर तँ अरूलाई जति अपमान गर्छस् तँ त्यति नै खिन्‍न हुन्छस्—तँ मनमनै सोच्छस्: “भो बिर्सिदिऊँ, यस्तो घृणित चरित्र भएको र दुष्ट व्यक्तिको स्तरमा गिर्नु व्यर्थ र अर्थहीन कुरा हो। म अबदेखि ऊसँग झगडा गर्नेछैनँ।” दुष्ट व्यक्तिसँग बहस गर्नु शैतानसँग सत्यताबारे कुरा गर्ने प्रयास गर्नु जत्तिकै अत्यन्तै अप्रभावकारी हुन्छ। तिनीहरूसँग बहस गर्नु वा किचकिच गर्नु पर्दैन। बस भविष्यमा त्यस्ता मानिसहरूबाट टाढा बस्। के तैँले तिनीहरूलाई हानि गर्ने बारेमा विचार गर्नेथिइस्? के तैँले तिनीहरूसँग बदला लिने र तिनीहरूलाई पाठ सिकाउने अवसर खोज्ने बारेमा विचार गर्नेथिइस्? तँसँग त्यस्तो प्रकारको क्रूर हृदय छैन। तँ आफूलाई यसो भनिरहन्छस्, “होस्। तिनीहरूले मलाई गरेका केही अपमानहरूले मलाई कुनै हानि गरेका छैनन्; म तिनीहरूसँग यस कुराको बारेमा किचकिच गर्नेछैनँ।” कतिपय मानिसहरूले यसो भन्दै आफूलाई सान्त्वना समेत दिन्छन्, “जे भए पनि, परमेश्‍वरले मलाई श्राप दिनुभएको छैन। तिनीहरूको श्रापले कुनै असर पार्दैन।” वास्तवमा, तँसँग विवेक र समझ भएको हुनाले, र तँ आफ्नो मानवताभित्र दयालु र असल-प्रकृतिको भएको हुनाले, तँ ती अपमानका शब्दहरू बोल्न नै सक्दैनस्। तँलाई ती फोहोरी र अपमानजनक लाग्छ। यदि ती शब्दहरू तेरो मुखबाट निस्कने हुन् भने, ती तेरो विवेकविरुद्ध छन् भन्‍ने तँलाई लाग्‍नेथियो। विशेष गरी जब बनावटी कुराहरू वा आधारहीन मामलाहरूको कुरा आउँछ, तब तँ ती कुराहरू त भन्‍न अझै बढी सक्दैनस्। ती कुराहरू भन्‍न नसक्‍नु तेरा लागि सुरक्षाको उपाय हो। तिनीहरूका शब्दहरूमा उल्लेखनीय विनाशकारी शक्ति हुन्छ र तिनले तँलाई हानि गरेका हुन्छन्—यो तिनीहरूको दुष्ट कार्य हो। यो दुष्ट कार्य कसरी आयो? किनभने तिनीहरूको मानवतामा दुष्ट गुणहरू समावेश हुन्छन्। जब तिनीहरूसँग तेरो द्वन्द्व वा विवाद हुन्छ, तब तिनीहरूको भ्रष्ट स्वभाव असीमित रूपमा फुल्छ, र तिनीहरूले तँलाई जथाभाबी श्राप दिन सक्छन्। तिनीहरूसँग यस्तो दुष्ट चरित्र हुन्छ, त्यसकारण स्वाभाविक रूपमै तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन्। अर्कोतर्फ, यदि तँ विवेक, समझ, र मानवता भएको दयालु र असल-प्रकृतिको व्यक्ति होस् भने, यस्तो परिस्थितिमा, तैँले आफ्नो भ्रष्ट स्वभाव नपोख्ने मात्र होइन, तर तेरो मानवताले, ठूलो हदसम्‍म, तेरो भ्रष्ट स्वभावको प्रकटीकरणलाई रोक्ने समेत थियो। यो तेरा लागि अत्यन्तै फाइदाजनक हुन्छ। सतहमा, तैँले घाटा भोगेको छस्, तँलाई बेफाइदा भएको छ, र तैँले तिनीहरूलाई झगडा गरेर हराउन सक्दैनस्, जसले गर्दा तँ अरूका लागि हाँसोको पात्र बन्छस् जस्तो देखिन्छ। वास्तवमा, तेरो मानवताले तँलाई सुरक्षा दिएको हुन्छ, तँलाई दुष्कर्म गर्न, परमेश्‍वरलाई मन नपर्ने कुराहरू गर्न, वा परमेश्‍वरलाई मन नपर्ने शब्दहरू बोल्नबाट रोकेको छ। यसरी, के यसले, केही हदसम्‍म, तँलाई सुरक्षा दिएको हुँदैन र? (हुन्छ।) मानवताको यो असल गुणले, ठूलो हदसम्म, तँलाई सुरक्षा दिएको हुन्छ, तैँले भ्रष्ट स्वभाव प्रकट गर्दा परमेश्वरलाई मन नपर्ने वा उहाँले घृणा गर्नुहुने कुराहरू थप गर्न, वा परमेश्वरले घृणा र दोषी ठहराउनुहुने शब्दहरू बोल्नबाट तँलाई रोकेको हुन्छ। यो असल कार्यका रूपमा गन्ती नभए पनि, कम्तीमा पनि, तैँले दुष्कर्म गरेको हुँदैनस्। तैँले यो परिस्थितिमा जे गरिस्, त्यसलाई दोषी ठहराइनेछैन, र तँलाई यसका लागि दण्ड दिइनेछैन। यसको विपरीत, दुष्ट मानिसहरूलाई दुष्ट चरित्रको प्रभुत्वमा रहेर तिनीहरूले गर्ने कुराहरूका लागि दोषी ठहराइने मात्र होइन तर दण्ड पनि दिइनेछ। तिनीहरूले परिणामहरू भोग्नुपर्नेछ र जिम्मेवारी वहन गर्नुपर्नेछ। त्यसकारण, आफ्नो मानवतामा विभिन्न असल गुणहरू भएका मानिसहरूले कतिपय मामलाहरूमा इज्जत, हैसियत, र गरिमा गुमाएका जस्तो देखिन सक्छ, र विशेष गरी आफ्नो पक्षमा तर्क गर्ने पहल गर्ने अवसर गुमाएका जस्तो देखिन्छ, तर यो घाटा भोग्नु होइन। कतिपय मानिसहरू भन्छन्, “यदि यो घाटा भोग्‍नु होइन भने, के यसको अर्थ फाइदा लिनु भन्‍ने हुन्छ त?” यसलाई घाटा भोग्‍नु वा फाइदा लिनुको हिसाबमा मापन गर्न सकिँदैन। त्यसोभए यसलाई कसरी मापन गर्नुपर्छ त? यसलाई यसरी मापन गरिनुपर्छ: कतिपय परिस्थितिमा घाटा भोग्दा त्यसले केही फरक पार्दैन; मुख्य कुरा के हो भने तैँले यसबाट फाइदा प्राप्त गर्न सक्छस्। यस परिस्थितिमा, तेरो मानवताका असल गुणहरूले नै तेरो व्यवहारको संरक्षण गरेका हुन्छन्, तँलाई दुष्कर्म गर्नबाट रोकेका हुन्छन् र तँलाई परमेश्वरले दोषी ठहराउनुहुन्न भन्ने कुरालाई सुनिश्चित गरेका हुन्छन्। के यो फाइदा प्राप्त गर्नु होइन र? अब तैँले दुष्कर्म गरेका कारण कुनै पनि हालतमा दण्ड भोग्नु पर्दैन। के यो तेरा लागि राम्रो कुरा होइन र? (हो।) यो तैँले सक्रिय रूपमा गरेको असल कार्य नभए पनि, वा यो सत्यता सिद्धान्तहरू सक्रिय रूपमा पालना गर्ने कार्य नभए पनि, तैँले आफ्नो मानवताका असल गुणहरूको दायराभित्र, सत्यता सिद्धान्तहरू उल्लङ्घन नगर्ने कुरा गरेको छस्। यसरी, तँ सुरक्षित हुन्छस्। यसलाई स्मरण नगरिए पनि, कम्तीमा पनि, यसलाई दोषी ठहराइनेछैन। र त्यसकारण तैँले कुनै जिम्मेवारी वहन गर्नु पर्दैन वा दण्ड भोग्नु पर्दैन। के यो राम्रो कुरा होइन र? (हो।) परमेश्वरलाई पछ्याउने प्रक्रियामा, तेरा कार्यहरू सत्यता अनुरूप भए पनि वा नभए पनि र परमेश्वरले यसलाई चाहे जसरी हेर्नुभए पनि, कम्तीमा पनि, तँसँग सङ्लो विवेक हुन्छ। परमेश्वरले यो कुरा स्मरण गर्नुभएन भने पनि, तँ कम्तीमा पनि परमेश्वरद्वारा दोषी ठहराइन वा तँलाई परमेश्वरले घृणा गर्ने तुल्याउनबाट जोगिनुपर्छ। तैँले पालना गर्नुपर्ने सबैभन्दा आधारभूत सिद्धान्त यही हो। के मानवताका असल गुणहरू मानिसहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुँदैनन् र? (हुन्छन्।) त्यसकारण आफूमा मानवताका केही असल गुणहरू हुँदा तँ मानिसहरूका बीचमा अप्रसिद्ध हुन्छस्, तैँले सधैँ फाइदा लिने वा प्रतिफल प्राप्त गर्ने मौका गुमाउनेछस्, र सबै फाइदाहरू अरूले लिनेछन् जबकि घाटा बेहोर्ने व्यक्ति तँ नै हुनेछस् भन्‍ने लाग्छ भन्दैमा निरन्तर अनिच्छुक महसुस नगर्। घाटा बेहोर्नुमा यति नराम्रो के छ र? कम्तीमा पनि, तैँले आनन्द लिइरहेको कुरा परमेश्वरले मूल रूपमा तँलाई दिनुभएको कुरा हो, र तैँले अरूको कुरा लिएको छैनस्। यदि तैँले फाइदा लिइस् भने, त्यो सही हुँदैन—यसको अर्थ तैँले अरूको भागको कुरा लिएको छस् भन्‍ने हुन्छ। यदि तैँले जुन कुरा तेरो होइन त्यो कुरा लिइस् भने, परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ। मानिसहरूले परमेश्वरले दोषी ठहराउनुहुने कुराहरू गर्नु हुँदैन। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले याद गर्नुहुने कस्ता कार्य मैले गर्नुपर्छ भन्ने मलाई थाहा छैन।” तर परमेश्वरले कुन-कुन कार्यहरूलाई दोषी ठहराउनुहुन्छ, के तँलाई थाहा छ? यदि थाहा छ भने, कम्तीमा पनि, तैँले यो सीमा पालन गर्नुपर्छ: परमेश्वरले दोषी ठहराउनुहुने कामकुराहरू नगर। बुझिस्? (बुझेँ।) अब हामीले यी कुराहरूका बारेमा थप छलफल गरिसकेका हुनाले, तैँले बुझ्नु पर्ने हो।

मानवतामा हुने दयालुपनको असल गुण धेरैजसो मानिसहरूमा हुँदैन। तर, यदि कुनै व्यक्तिसँग साँच्‍चै नै यो असल गुण छ भने, ऊ भ्रष्ट मानवजातिमाझ साँच्‍चै नै असल व्यक्ति हो—यस्ता मानिसहरू निकै दुर्लभ हुन्छन्। यदि तँसँग साँच्‍चै नै यो असल गुण छ भने, परमेश्‍वरले तँलाई आशिष् दिनुहुनेछ, परमेश्‍वरले हरेक मोडमा तँलाई अनुग्रह देखाउनुहुनेछ। मानव भाषामा भन्दा, यसको अर्थ परमेश्‍वरले हरेक मोडमा तेरो हेरचाह गर्नुहुनेछ भन्‍ने हुन्छ। उहाँले कसरी तेरो हेरचाह गर्नुहुन्छ? परमेश्‍वरले कसरी तेरो हेरचाह गर्नुहुन्छ भने तैँले सधैँ अरूका बारेमा विचार गरे पनि र आफ्ना हितहरू त्यागे पनि, र अरूले तँबाट फाइदा लिए पनि, तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्दैनन्। तिनीहरू अरूबाट फाइदा लिएर मात्रै जिउन सक्छन् र तिनीहरूले अर्को जीवनमा यसको ऋण तिर्नुपर्नेछ। तर, तँ परमेश्‍वरका आशिष्‌हरूद्वारा जिउँछस्। अरूले तँबाट फाइदा लिन सक्‍ने भए पनि, वास्तवमा, तैँले केही पनि गुमाउँदैनस्। मलाई भन त, के यो राम्रो कुरा हो? (हो।) देखिस्, बाहिरी रूपमा दयालु मानिसहरूले सधैँ घाटा भोग्छन् जस्तो देखिन्छ। मानिसहरू तिनीहरूलाई सरल र निष्कपट ठान्छन्, त्यसकारण बोल्दा र व्यवहार गर्दा उनीहरू सधैँ तिनीहरूबाट फाइदा लिन्छन्, तिनीहरूलाई मूर्खलाई झैँ व्यवहार गर्छन्, हेप्छन्, तिनीहरूबाट पैसा र नाफाहरू दुवै लिन्छन्, र तिनीहरूका धेरै सम्पत्ति जफत गर्छन्। तर के तैँले दयालु मानिसहरूसँग कुनै कुराको कमी भएको देख्छस्? तिनीहरूलाई केही कुराको कमी हुँदैन। सबै कुरामा तिनीहरूलाई प्रशस्त रूपमा आपूर्ति गरिएको हुन्छ। कामकुरा गर्दा, तिनीहरूसँग बौद्धिकता र बुद्धि हुन्छ र तिनीहरू सुर्ता गर्दैनन्। परमेश्‍वरको घरले तिनीहरूलाई जुनसुकै कर्तव्य खटाए पनि, तिनीहरूले नाफा र घाटाबारे किचकिच गर्दैनन्, न त तिनीहरू झगडा वा प्रतिस्पर्धा नै गर्छन्। तिनीहरू केवल आफूलाई जे गर्न आग्रह गरिन्छ त्यही गर्छन्। काम जेसुकै भए पनि, तिनीहरू बिरलै गल्ती गर्छन्। कहिलेकहीँ सानातिना समस्याहरू वा स-साना गल्तीहरू देखा परे पनि, ती जानी-जानी गरिएका हुँदैनन्। तिनीहरू आफूले गर्ने कुरामा आफ्नो हृदय लगाउँछन्, विवेक र समझको हिसाबमा न्यूनतम आधारभूत स्तर पार गर्छन्, र तिनीहरूले परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन्। त्यसकारण, त्यस्ता मानिसहरूले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सक्छन्। दयालुपन मानवताको असल गुण हो भन्‍ने तँलाई थाहा भएकोले, के तँ आफ्नो आचरणमा यसप्रति लागिपर्नुपर्छ? (पर्छ।) सानातिना समस्याहरूका बारेमा किचकिच नगरी, र कसैले पनि पहुँच गर्न वा चिढ्याउन आँट नगर्ने व्यक्ति जस्तो यति कर्कश नबन्—त्यस्तो प्रकारको व्यक्ति नबन्। यदि अरूले तँबाट अलिकति फाइदा लिन्छन् भने, तिनीहरूले तँलाई हेपिरहेका छन् जस्तो सधैँ नसोच्। अलिक सरल र अलि बढी निष्कपट हुनुमा त्यति नराम्रो के छ र? कतिपय मानिसहरू अति चलाख हुन्छन् र सधैँ यसो भन्दै आफू मूर्ख छैनँ भनेर प्रमाणित गर्न चाहन्छन्, “मलाई मूर्ख नठान। मसँग दिमाग छ! मलाई कसले मन पराउँदैन वा कसले मसँग नराम्ररी व्यवहार गर्छ भन्‍ने देख्‍न सक्छु। मलाई कसले हेयका दृष्टिले हेर्छ र कसका शब्दहरू व्यङ्ग्य वा गुप्त घोचपेचले भरिएका छन् भनेर म छुट्ट्याउन सक्छु।” त्यस्ता कुराहरू देख्‍न र सुन्‍न सक्‍नु व्यर्थ हो। यो त तुच्छ चतुरता र चलाकी मात्रै हो। यति थोरै चलाकी हुनुको अर्थ तँसँग बुद्धि छ वा तँ साँच्‍चै नै तीक्ष्ण छस् भन्‍ने हुँदैन। यसको विपरीत, मानिसहरूले तँलाई हेयका दृष्टिले हेर्नेछन्, किनभने पशुहरूमा समेत यस्तो चलाकी र यस्ता तुच्छ विचारहरू हुन्छन्। म किन यसो भन्छु? पशुहरूसँग नजिकको सम्पर्कमा रहेका सबैलाई यो कुरा थाहा हुन्छ: तैँले स-साना पशुहरूलाई समेत तिनीहरूबारे प्रिय वा अप्रिय कुराहरू भन्दा तिनीहरूले बुझ्न सक्छन्। उदाहरणका लागि, यदि तैँले अप्रिय शब्दहरू बोलेको कुकुरले सुन्यो भने, यो तुरुन्तै बेखुसी हुनेछ, जबकि तैँले केही स्पष्ट रूपमा नै प्रिय शब्दहरू बोलिस् भने त्यो पनि यसले पत्ता लगाउन सक्छ। यदि मानिसहरूले सधैँ आफूलाई मापन गर्न स-साना पशुहरूमा समेत रहेका कुराहरू प्रयोग गर्छन् भने, के त्यसले तिनीहरूको मानव हुनुको तिनीहरूको गुण घटाउँदैन र? सृजित मानवजातिलाई मापन गर्ने मानक झारेर, तैँले आफूलाई अवमूल्यन गरिरहेको हुन्छस्। सधैँ यस्ता कुराहरू भन्‍ने नगर्, “मलाई मूर्ख ठानेर तीन वर्षको बच्‍चालाई जस्तो व्यवहार नगर। यदि तिमीले मलाई मकैको रोटी दियौ भने, म निश्चय नै खानेछैनँ; यसको सट्टा मलाई मःम देऊ। मःम स्वादिष्ट हुन्छ भन्‍ने कसलाई थाहा छैन र?” तँ मूर्ख छैनस् भनेर प्रमाणित गर्ने प्रयास गर्न त्यस्ता मूर्ख शब्दहरू प्रयोग नगर्। यदि तँ साँच्‍चै नै मूर्ख छैनस् भने, मानवताका मानकहरू पूरा गर्न लागिपर्। मानिसहरूको विवेक र समझमा के कुराहरू हुनुपर्छ, मानवताको असल गुणका प्रकटीकरणहरू के-के हुन्, मानवताका कमीकमजोरी र कमजोर चरित्रका प्रकटीकरणहरू के-के हुन्—यी पक्षहरूका बारेमा सङ्गति गर् र बुझ्। मानिसहरूको मानवतामा के हुनुपर्छ र सृजित मानवजातिसँग के कुरा हुनुपर्छ भन्‍ने बारेमा अलिकति सङ्गति गर्, त्यसपछि यी कुराहरू प्राप्त गर्नका लागि लागिपर् र मेहनत गर्। के यसले तेरो व्यक्तिगत मूल्य उचाल्नेछैन र? के निरन्तर आफ्नो बौद्धिकतालाई तीन वर्षको बच्‍चाको बौद्धिकतासँग तुलना गरेर तँ कहिल्यै कहीँ पुग्‍नेछस्? के तँ कहिल्यै त्यसरी वृद्धि हुन सक्छस्? तीन वर्षको बच्‍चाले भन्छ, “म प्लास्टिकको चुसनीबाट दूध पिउन सक्छु,” र तँ भन्छस्, “म गिलासको बोतलबाट पिउन सक्छु, र मलाई हात पोल्ने डर लाग्दैन।” तीन वर्षको बच्‍चाले भन्छ, “जुत्ता लगाउँदा म बायाँ र दायाँ छुट्याउन सक्छु,” अनि तँ भन्छस्, “स्वेटर लगाउँदा म अगाडि र पछाडि कता हो भनेर छुट्याउन सक्छु। के तिमी त्यसो गर्न सक्छौ?” के तँ यसरी कहिल्यै कहीँ पुग्नेछस्? यदि तेरो बुद्धिमत्ता, चरित्र, र तेरो मानवतामा हुनुपर्ने विभिन्‍न क्षमताहरू तीन वर्षको बच्‍चा वा नाबालिगको चरणमा अड्किएका छन् भने, तँलाई परिपक्‍व व्यक्ति बन्‍न वा अरूलाई तँसँग वयस्कका रूपमा व्यवहार गर्न लगाउन निकै गाह्रो हुनेछ। तँलाई वयस्कका रूपमा व्यवहार गर्न तैँले अरूलाई कसरी लगाउन सक्छस्? तैँले वयस्कहरूले गर्नुपर्ने र सृजित मानिसहरूले गर्नुपर्ने कुराहरू गर्नुपर्छ। तँसँग सृजित मानवमा हुनुपर्ने मानवता हुनुपर्छ। यो मानवतामा, कम्तीमा पनि के हुनुपर्ने हुन्छ? विवेक, समझ, र असल चरित्रका विभिन्‍न पक्षहरू। यसरी, तँ तेरो मानवताको खराबी र समस्याहरूका हकमा, बिस्तारै सुध्रिनेछस् र तैँले प्रगति गर्नेछस्। त्यसपछि, सत्यतामा प्रवेश गर्न निकै सजिलो हुनेछ, र बाधाहरू झन् थोरै हुनेछन्।

मानवताको दयालुपनको असल गुण निकै दुर्लभ हुन्छ र धेरैजसो मानिसहरूसँग यो हुँदैन। त्यसोभए व्यक्तिले कसरी यो असल गुण हासिल गर्न सक्छ? जब तैँले कुनै सत्यता बुझ्दैनस्, तब मानवताको यो असल गुण प्राप्त गर्न र त्यस्तो व्यक्ति बन्‍न निकै गाह्रो हुन्छ। तर, तैँले केही सत्यता बुझेपछि, तँसँग त्यस्तो व्यक्ति बन्‍ने मार्ग हुनेछ, र तँसँग यो हासिल गर्ने आशा हुनेछ। तैँले यसलाई हासिल गर्न र अन्ततः नतिजाहरू प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराको हकमा भन्दा, यो तैँले सत्यता प्राप्त गर्न र जीवन प्रवेश पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यो असल गुण हासिल गर्नका लागि व्यक्तिले कसरी अभ्यास गर्नुपर्छ? कसैले तँलाई जे गरे पनि वा जे भने पनि, त्यसलाई उग्रता वा भावनाहरूका आधारमा नलिई। तँप्रति तिनीहरूले राखेका अभिप्रायहरू के-के हुन्, तिनीहरूले व्यक्तिगत रूपमा तँलाई कति धेरै हानि गरेका छन्, वा तिनीहरूले तेरो प्रतिष्ठामा कति धेरै क्षति गरेका छन् भनेर विश्लेषण नगर्। यीमध्ये कुनै पनि कुरालाई तेरो मन, मानव इच्छा, वा संसारसँग व्यवहार गर्ने दर्शनहरूका आधारमा नलिई। त्यसोभए तैँले तिनलाई कसरी लिनुपर्छ? सबै कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार लिनुपर्छ। हरेक वातावरणमा र हरेक व्यक्तिलाई सामना गर्दा, चाहे तिनीहरूसँग कुरा गर्दा होस्, तिनीहरूसँग सङ्गत गर्दा होस्, वा विशिष्ट मामला सम्हाल्दा होस्, तैँले सत्यता सिद्धान्तहरू खोज्छस् र ती अनुसार काम गर्छस् भनी सुनिश्‍चित गर्न तँ लागि पर्नुपर्छ। यो शैलीले, धेरै हदसम्‍म, तेरो मानवतालाई अझ उत्तम बनाउने प्रभाव पार्नेछ। अर्थात्, यसले तेरो मानवताको विवेक र समझलाई निश्चित परिमाणमा सहयोग प्रदान गर्नेछ, तँलाई इन्साफको बोध विकास गर्न सहयोग गर्नेछ र तँलाई मानिसहरू र कामकुराहरूलाई सही स्थान र दृष्टिकोणबाट हेर्न सक्षम तुल्याउनेछ। अझ उत्तम बनाउनु भनेको यही हो। अझ उत्तम बनाउनु भनेको मूल रूपमै खराब रहेको तेरो मानवतालाई असल बनाउनु हो, यसलाई सामान्य बनाउनु हो। त्यसोभए तेरो मूल रूपमै खराब मानवता कसरी उत्पन्न भयो? यो भ्रष्ट स्वभावहरूको प्रभाव र प्रभुत्वको नतिजा हो। अब, यदि तँ परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार आफूलाई आचरणमा ढाल्छस् र कार्य गर्छस् भने, जब तैँले कार्य गर्छस्, तब तेरो मानवता परमेश्‍वरका वचनहरू र सत्यताद्वारा निकै हदसम्‍म प्रभावित हुनेछ। यो प्रभावलाई नै उत्तम बनाउनु भनिन्छ। अवश्य नै, यो उत्तम बनाउनुको अर्थ एउटै घटनाबाट तेरो मानवता परिवर्तन हुनेछ र तेरो चरित्र महान् हुनेछ भन्‍ने हुँदैन। बरु, यो लामो समयसम्म परमेश्‍वरका वचनहरू र सत्यतालाई आफ्नो मापदण्ड, कार्य गर्ने शैली, र दिशाका रूपमा लिएर गरिने अभ्यास र अनुभवबाट आउँछ, जुन अवधिमा तैँले सत्यतालाई झन्-झन् बढी बुझ्नेछस् र सिद्धान्त झन्-झन् बढी पालन गरेर कुराहरू सम्हाल्नेछस्। यसरी, तेरो मानवता बिस्तारै परिवर्तन हुनेछ र सकारात्मक दिशामा विकास हुनेछ। तैँले झन्-झन् बढी विवेकको बोध विकास गर्नेछस्, तँ झन्-झन् बढी दयालु बन्‍नेछस्, र तँसँग झन्-झन् बढी इन्साफको बोध हुनेछ। तेरो समझ झन्-झन् सामान्य हुँदै जानेछ, र तैँले त्यस उप्रान्त उग्रताका आधारमा काम गर्नेछैनस् र आवेगमा आउनेछैनस्। त्यसकारण, धेरै हदसम्‍म, तेरो मानवताले झन्-झन् दह्रिलो गरी तेरो भ्रष्ट स्वभावलाई रोक्नेछ। मानवताको यस्तो अवस्थाका जगमा, भ्रष्ट स्वभावहरूका तेरा प्रकटीकरणहरूप्रति रहेको नियन्त्रण झन्-झन् दह्रिलो हुँदै जानेछ र यो झन्-झन् शक्तिशाली हुँदै जानेछ। त्यसकारण, तेरो भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू झन्-झन् घट्नेछन्, र तिनको हद झन्-झन् सतही हुनेछ। तैँले गर्ने कार्यहरू वा तैँले प्रकट गर्ने दृष्टिकोणहरू झन्-झन् बढी सकारात्मक कुराहरू र सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्। यस्तो घटना, यस्तो प्रकटीकरणले व्यक्तिको जीवन परिवर्तन भइरहेको छ भन्‍ने कुरालाई सङ्केत गर्छ। निश्‍चित रूपमा भन्दा, यदि तैँले सत्यतालाई आफ्नो मापदण्डका रूपमा लिएर परमेश्‍वरका वचनहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्छस्, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्छस् भने, तेरो मानवता झन्-झन् सामान्य हुँदै जानेछ, र भ्रष्ट स्वभावका तेरा प्रकटीकरणहरू झन्-झन् घट्नेछन्। क्रमिक रूपमा, तैँले आफ्नो भ्रष्ट स्वभावलाई फाल्नेछस्। यो सकारात्मक चक्र हो। तर, यदि तँ शैतानको तर्क अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्छस्, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्छस् भने, यसले ठूलो हदसम्‍म, तेरो मानवतालाई दूषित र क्षय गर्नेछ। तेरो भ्रष्ट स्वभाव झन्-झन् बढ्दै जान्छ र यो झन्-झन् गम्भीर हुँदै जान्छ। यो घातक चक्र हो। परमेश्‍वरका वचनहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्नु, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्नु सकारात्मक चक्र हो। शैतानको तर्क अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्दा, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्दा यसले तँलाई घातक चक्रको जीवन र परिस्थितिमा अटुट रूपमा घुमाइरहन मात्र सक्छ, र तँ कहिल्यै पनि उम्कन सक्दैनस्। यदि तँ सकारात्मक चक्रमा प्रवेश गर्न चाहन्छस् भने, सबैभन्दा सरल र सीधा तरिका भनेको तेरो मानवताको खराबी र भ्रष्टताका तेरा प्रकटीकरणहरूबाट सुरु गरेर आत्म-चिन्तन गर्न र आफूलाई बुझ्न थाल्नु, परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूलाई आधारका रूपमा प्रयोग गरेर आफ्ना भ्रष्ट स्वभावलाई समाधान गर्नु, यसरी सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्‍ने नतिजा हासिल गर्नु हो। यसरी, तेरो जीवन सकारात्मक चक्रमा प्रवेश गर्नेछ, तेरो मानवता झन्-झन् सामान्य हुँदै जानेछ, र तेरा भ्रष्ट स्वभावहरू बिस्तारै रूपान्तरण हुनेछन् र फालिनेछन्। यो जीवन प्रवेशको प्रक्रिया हो र मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव फाल्न र मुक्ति प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने अत्यावश्यक प्रक्रिया पनि हो। अवश्य नै, यो प्रवेशको मार्ग पनि हो। हामीले छलफल गरेका मानवताका खराबी र त्रुटिहरू, साथै दुष्ट चरित्र र निष्ठाको कमीका समस्याहरू—यदि तैँले आफैभित्र यी समस्याहरूलाई पहिचान गरिस् भने, तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। त्यसपछि, तिनलाई परमेश्‍वरका वचनहरू र सत्यता अभ्यास गरेर प्रतिस्थापन गर्नुपर्छ। यसरी, तँ सकारात्मक चक्रमा प्रवेश गर्नेछस्। अन्ततः, तैँले मानवता रूपान्तरण मात्र प्राप्त गर्दैनस् बरु आफ्ना भ्रष्ट स्वभावहरू पनि फाल्नेछस्। तैँले बाँच्नका लागि भर पर्ने तेरो भ्रष्ट स्वभावको जग रूपान्तरण हुनेछ। यसरी अभ्यास गर्दा यसले तँलाई मुक्ति पाउने आशा दिन्छ। तर, यदि तैँले यसरी सत्यता खोजी गर्दैनस् वा सत्यता अभ्यास गर्दैनस्, र तँ हृदयमा, “तपाईंले म तुच्छ छु, ममा ढिपी गर्ने, लाज पचाउँदै अटेरी हुने र शङ्का गर्ने प्रवृत्ति जस्ता मानवताका खराबी र त्रुटिहरू छन् भनेर भन्‍नुहुन्छ। अँ, म त त्यस्तै छु, र म त्यसरी नै जिउनेछु। म परिवर्तन हुनेछैनँ। तपाईंलाई जे मन लाग्छ त्यही भन्‍नुहोस्! जे भए पनि, म घाटा भोग्‍न मात्र चाहन्‍नँ। मैले फाइदा लिन सकेसम्म, मलाई ठिकै हुन्छ!” भनेर भन्छस् भने—यदि तेरा विचार र दृष्टिकोणहरू यिनै हुन् भने, दुःखको कुरा, तँ घातक चक्रको भयानक भुमरीमा पर्नेछस्, र तँ कहिल्यै बाहिर निस्कन सक्‍नेछैनस्। अन्तिम परिणाम के हुनेछ? यो सायद तैँले हेर्न नचाहने किसिमको हुनेछ: तेरा भ्रष्ट स्वभावहरू नै सधैँ तेरो जीवन हुनेछन्। तिनले तँलाई तेरो सम्पूर्ण जीवनभरि कसिलो गरी बाँध्‍नेछन्, तिनले तेरा विचारहरू र तेरो प्राणको गहिराइमा गहन रूपमा जरा गाड्नेछन्, र ती फाल्न तेरा लागि असम्भव हुनेछ। ती फाल्न असम्भव हुनु भनेको के हो? यसको अर्थ तँसँग मुक्ति पाउने कुनै आशा छैन, र परमेश्‍वरले मानवजातिका लागि तयार गर्नुभएको गन्तव्यमा तेरो कुनै हक लाग्‍नेछैन भन्‍ने हुन्छ। परिणाम यही हो। यदि तँ यो परिणाम हेर्न चाहँदैनस् भने, मैले वर्णन गरेको मार्गमा प्रवेश गर्न र अभ्यास गर्न थाल्, र सकारात्मक चक्र हासिल गर्न थाल्; अनि अन्ततः तैँले निश्चय नै नतिजाहरू प्राप्त गर्नेछस्। बुझिस्? (बुझेँ।)

आजको सङ्गतिमा हामीले धेरै फरक-फरक विषयहरू समावेश नगरे पनि, हामीले धेरै विषयवस्तु छलफल गर्‍यौँ। आजको सङ्गतिलाई यहीँ समाप्त गरौँ। हामी पछि अरू विषय र विषयवस्तुहरूका बारेमा सङ्गतिलाई जारी राख्नेछौँ। अलबिदा!

डिसेम्बर २, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (८)

अर्को: सत्यता कसरी पछ्याउने (१०)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्