८. दुई हजार वर्षदेखि प्रभुमाथिको मानिसको विश्‍वास बाइबलमा आधारित छ। सर्वशक्तिमान् परमेश्‍वरले आखिरी दिनको न्यायको काम सुरु गर्नुभएपछि, सर्वशक्तिमान् परमेश्‍वरलाई स्वीकार गर्ने सबैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नमा ध्यान केन्द्रित गर्छन्, र बाइबल बिरलै मात्र पढ्छन्। म के जान्न चाहन्छु भने, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेपछि, मानिसहरूले बाइबललाई कसरी सही तरिकाले हेर्न र प्रयोग गर्न सक्छन्?

सन्दर्भका लागि बाइबलका पदहरू:

“शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्‍ना ५:३९-४०)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

आज, म बाइबललाई यसरी नै चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भका रूपमा यसको मूल्यलाई अस्वीकार गर्छु भन्‍ने होइन। म तँलाई सधैँ अन्धकारमा नराखियोस् भनेर बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। किनभने मानिसहरूमा बाइबलबारे अत्यन्तै धेरै दृष्टिकोण छन्, र तीमध्ये धेरै त गलत नै छन्, अनि यसरी बाइबल पढ्नुले उनीहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने कुरा प्राप्त गर्नबाट रोक्‍ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्‍याउँछ, यसले भविष्यको काममा ठूलो अवरोध खडा गर्छ, र लाभहरू होइन, केवल बेफाइदाहरू प्रदान गर्छ। तसर्थ, म तँलाई बाइबलको सार र बाइबलपछाडिको भित्री कथा मात्र बुझ्न भनिरहेको छु। म तँलाई बाइबल नपढ्न, वा यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड्न भनिरहेको छैनँ, बरु आफूसँग बाइबलको सही ज्ञान र दृष्टिकोण राख्न मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले परमेश्‍वरको सेवा गर्दा प्रयोग गर्ने थुप्रै सिद्धान्तका साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि अभिलेख गरिएको छ—यी सबै कुरा यी मानिसहरूसँग भएका साँचो गहन-दृष्टि र ज्ञान थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्गको पछ्याइमा सन्दर्भका रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्ग पनि प्राप्त गर्न सक्छन्, जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवनका मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचन निकै बहुमूल्य छन्, र तिनले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिस बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका हुनाले, यसप्रतिका मानिसहरूका धारणाहरू महान् आत्मिक व्यक्तित्वहरूको कुनै लेखनप्रतिको धारणाभन्दा फरक छन्। बाइबल भनेको पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गरेका मानिसहरूको अनुभव र ज्ञानको अभिलेख र सङ्ग्रह हो, त्यसैले पछिका पुस्ताहरूले त्यसबाट धेरै अन्तर्दृष्टि, ज्योति र अभ्यासका मार्गहरू प्राप्त गर्न सकेका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्‍च हुनुको कारण के हो भने, उनीहरूका सबै लेख बाइबलबाट लिइएका हुन्, अनि उनीहरूका सबै अनुभव बाइबलबाट आएका हुन् र बाइबलका व्याख्याहरू हुन्। अनि त्यसैले, मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट भरणपोषण प्राप्त गर्न सक्‍ने भए पनि, उनीहरू अझै पनि बाइबललाई नै पुज्छन्, किनकि उनीहरूलाई यो अत्यन्तै महान् र गहन लाग्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकलाई एकीकृत गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले भरणपोषण दिन र मद्दत गर्न सक्‍ने भए पनि, यी पुस्तकहरू अझै पनि पुराना नै हुन्, ती अझै पुरानै युगकै हुन्, र ती जतिसुकै राम्रो भए पनि, ती एक अवधिका लागि मात्र उपयुक्त छन्, र चिरस्थायी छैनन्। किनकि परमेश्‍वरको काम सधैँ विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्‍न सक्दैन—अर्थात्, यो सधैँभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगका लागि उपयुक्त छैनन्। तिनले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि भरणपोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूका लागि सक्दैनन्, र ती जतिसुकै राम्रा भए पनि, अझै पनि अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको काम पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, पुरानो हुने नै थियो, र त्यो बितेर जाने समय आउने नै थियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो जतिसुकै महान् भए पनि, यो समाप्त हुने समय आउने नै छ; यो सधैँ सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्‍वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्नमा यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुन नै सक्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तक—इतिहासका पुस्तकहरू भएका छन्, तिनीहरू पुराना पञ्‍चाङ्गहरू भएका छन्, अनि पुराना पञ्‍चाङ्गहरूले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्‍चाङ्गहरू मानिसहरूलाई जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाइ गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु, तैँले अन्धाधुन्ध यी पञ्‍चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त सक्दैनन् नै, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा प्रतिगमन गरिरहेको हुनेथिइनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

बाइबल केही हजार वर्षदेखि मानव इतिहासको एउटा हिस्सा रहिआएको छ। यसबाहेक, मानिसहरू यसलाई परमेश्‍वरजस्तै मान्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा, तिनीहरू यसलाई परमेश्‍वरको स्थान लिन प्रयोग गर्छन्, जसलाई परमेश्‍वर अत्यन्तै घृणा गर्नुहुन्छ। तसर्थ, परमेश्‍वरले आफ्नो फुर्सदको समयमा बाइबलको पछाडिको वास्तविक कथा र बाइबलको उत्पत्तिबारे स्पष्ट पार्न बाध्य महसुस गर्नुभयो; यदि उहाँले यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूको हृदयमा परमेश्‍वरको स्थान ओगटिरहनेथियो अनि मानिसहरूले परमेश्‍वरका कार्यहरूलाई मापन गर्न र दोषी ठहराउन बाइबलका वचनहरू प्रयोग गर्नेथिए। परमेश्‍वरले बाइबलको सार, संरचना र त्रुटिहरूलाई व्याख्या गरेर कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त त्यसलाई दोषी नै ठहराइरहनुभएको थियो; बरु, उहाँ बाइबलको मौलिक रूपलाई पुनर्स्थापित गर्न, बाइबलप्रति मानिसहरूमा भएका भ्रामक बुझाइहरूलाई सम्बोधन गर्न र सबैलाई बाइबलको सही दृष्टिकोण दिन उचित, सुहाउँदो व्याख्या प्रदान गर्दै हुनुहुन्थ्यो, ताकि आइन्दा तिनीहरूले बाइबलको आराधना नगरून् र आइन्दा तिनीहरू नहराऊन्; अर्थात्, ताकि आइन्दा तिनीहरूले बाइबलप्रतिको आफ्नो अन्धविश्‍वासलाई परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरको आराधना ठान्ने गल्ती नगरून् अनि तिनीहरू यसको साँचो पृष्ठभूमि र त्रुटिहरूको सामना गर्नसमेत नडराऊन्। मानिसहरूले बाइबलको शुद्ध बुझाइ प्राप्त गरेपछि, तिनीहरूले निसङ्कोच यसलाई पन्छाउन र बहादुरीका साथ परमेश्‍वरका नयाँ वचनहरू स्वीकार गर्न सक्छन्। यी केही अध्यायमा परमेश्‍वरको लक्ष्य यही हो। यहाँ परमेश्‍वरले मानिसहरूलाई बताउन चाहेको सत्यता के हो भने कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको वर्तमान काम र वचनहरूको स्थान लिन सक्दैन र कुनै पनि कुरा परमेश्‍वरको स्थान ओगट्न सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सकेनन् भने, तिनीहरू कहिल्यै परमेश्‍वरसामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्‍वरसामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले उहाँलाई प्रतिस्थापित गर्न सक्ने कुनै पनि कुरालाई आफ्नो हृदयबाट पखाल्नैपर्छ; त्यसपछि तिनीहरू परमेश्‍वरका लागि सन्तोषजनक हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू, परिचय

धेरै मानिस के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको साँचो मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, के कामकुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कामका अघिल्ला दुई चरणको गवाहीभन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कामको उद्देश्यको बुझाइ प्रदान गर्दैन। यसमा व्यवस्थाको युग र अनुग्रहको युगको दौरान परमेश्‍वरको कामका दुई चरण अभिलेख गरिएको छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारमा इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गरिएको छ। नयाँ करारमा पृथ्वीमा येशूले गर्नुभएको काम अभिलेख गरिएको छ, जुन सुसमाचारका चार पुस्तकमा छ, र यसमा पावलको काम पनि अभिलेख गरिएको छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वर इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तँ केवल बाइबल बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामबारे केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, तँलाई परमेश्‍वरको खोजी गर्नुको अर्थ थाहा छैन। यदि तँ इस्राएलको इतिहास अध्ययन गर्न, परमेश्‍वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहास अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने, तँ जीवन, र परमेश्‍वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्‍वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नैपर्छ, र पवित्र आत्माको कामको दिशा खोज्नैपर्छ। यदि तँ पुरातत्वविद्‌ भएको भए तैँले बाइबल पढ्न सक्‍नेथिस्—तर तँ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्‍वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

यदि तँ व्यवस्थाको युगको काम हेर्न, र इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने, तैँले पुरानो करार पढ्नैपर्छ; यदि तँ अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नैपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्‍वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र उहाँले चीनमा अरू चुनिएका मानिसहरू छान्नुभएको छ। परमेश्‍वर यी मानिसहरूमाथि काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई निरन्तरता दिनुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिनुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्‍वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै सक्छन्। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी कामलाई अति पुरानो भएर ढुसी लागेको त्यो पुस्तकमा कसले अभिलेख गर्न सक्थ्यो र? वर्तमान काम इतिहास होइन, र यस्तो भएकाले, यदि तँलाई आजको नयाँ मार्गमा हिँड्ने इच्छा छ भने, तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। यो सबै तिमीहरूले बुझ्नुपर्ने कुरा हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन अझै पनि पुराना ऐतिहासिक अभिलेखहरूमाझ जिउने? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना अभिलेखहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरू पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् र वर्तमान काम होइनन् भनी प्रमाणित गर्छ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको एक पाना समेत अभिलेख नभए पनि, नयाँ मार्ग नै वर्तमान हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

अघिल्लो: ७. तपाईं वचन देहमा देखा पर्नुहुन्छमा परमेश्‍वरका नयाँ वचनहरू छन् भनी गवाही दिनुहुन्छ, तर प्रकाशको पुस्तकले स्पष्ट रूपमा बताउँछ, “यस पुस्तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु, यदि कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍वरले यस पुस्तकमा लेखिएका विपत्तिहरू त्यसलाई थपिदिनुहुनेछ” (प्रकाश २२:१८)। के त्यसो गर्नु बाइबलमा थप्नु होइन र?

अर्को: १. तपाईं भन्नुहुन्छ, मानिसहरूले परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुहुने न्यायको कामलाई स्वीकार गरे भने मात्र तिनीहरू शुद्ध हुन र तिनीहरूले पूर्ण रूपले मुक्ति पाउन सक्छन्। हामी त्यस्तो विश्‍वास गर्दैनौं। बाइबलले भन्छ, “किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्‍वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ” (रोमी १०:१०)। “त्यसैले जो ख्रीष्‍ट येशूसँग छन् उनीहरूका लागि अब कुनै निन्दा छैन” (रोमी ८:१)। हाम्रा पापहरू पहिले नै क्षमा गरिएको छ र प्रभु येशूमाथिको हाम्रो विश्‍वासद्वारा हामी धर्मी ठहरिएका छौं। हामी एकै पटकमा र सधैँका लागि उद्धार गरिएका छौं, र जब प्रभु फर्केर आउनुहुन्छ, हामी सीधै स्वर्गमा लगिनेछौं। त्यसोभए तपाईं किन पूर्ण रूपले मुक्ति पाउनका निम्ति हामीले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नुपर्छ भनी भन्नुहुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्