३. मैले धेरै वर्षदेखि प्रभु येशूमा विश्‍वास गरेको छु, र प्रभु येशू देह बन्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्ने मलाई थाहा भए पनि मैले देहधारणको कुरा पूर्ण रूपमा बुझेको छैन। यदि, प्रभु फर्केर आउनुहुँदा उहाँ साँच्चै नै प्रभु येशूजस्तै मानिसको पुत्रले गर्ने कामहरू गर्दै देखा पर्नुहुन्छ भने उहाँलाई चिन्न वा उहाँको आगमनलाई स्वागत गर्न हाम्रो निम्ति असम्भव हुनेछ। मलाई लाग्छ, कि देहधारण एउटा रहस्य हो, र थोरै मानिसहरूले मात्र देहधारणको कुरा बुझेका छन्। देहधारण वास्तवमा के हो भनी बुझ्ने बारेमा कृपया, मसँग सङ्गति गर्नुहोस्।

सन्दर्भका लागि बाइबल पदहरू:

“प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो” (यूहन्‍ना १:१)

“अनि वचनलाई देह बनाइयो र महिमा र सत्यताले पूर्ण भई हाम्रो माझमा बास गर्नुभयो, (र हामीले उहाँको महिमा देख्यौँ, त्यो महिमा पिताको एक मात्र पुत्रको जस्तो थियो,)” (यूहन्‍ना १:१४)

“अनि धार्मिकताको रहस्य महान् छ भन्‍नेमा कुनै विवाद छैन: परमेश्‍वर देहमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, अन्यजातिहरूमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो” (१ तिमोथी ३:१६)

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन। यदि तिमीहरूले मलाई चिनेका थियौ भने, तिमीहरूले मेरो पितालाई पनि चिनेका हुनेथियौ: अनि अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ” (यूहन्‍ना १४:६-७)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटना हो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन, र मानवता विनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्‍नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ, र कुनै पनि हालतमा मानव हुनुहुन्‍न” भनी भन्‍नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्‍लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्‍नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेष सहित आफ्‍नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्‍न सकिन्छ, किनभने परमेश्‍वर मानव भेष र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्‍नुहुन्छ। उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्‍ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्‍न सकिन्छ, तर उहाँको ईश्‍वरीयतालाई बुझ्‍न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्‍पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्‍न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्‍न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्‍नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्‍वर स्वयमको काम गर्छ भन्‍ने हो; अर्थात्, परमेश्‍वरले आफ्‍नो ईश्‍वरीय काम मानवतामा गर्नुहुन्छ, र जसद्वारा उहाँले शैतानलाई जित्‍नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्‍नुहुन्छ, अर्थात्, परमेश्‍वर देह बन्‍नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्‍मने बित्तिकै उहाँले आश्‍चर्यकर्महरू गर्न सक्‍नुभएको भए, उहाँले बोल्‍न सिक्‍ने बित्तिकै उहाँले स्वर्गको भाषा बोल्‍न सक्‍नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्‍नुभएकै क्षणमा उहाँले सारा सांसारिक कुराहरूलाई बुझ्‍न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्‍न सक्‍नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्‍न सकिँदैन थियो, र त्यस्तो देहलाई मानव देह भनेर भन्‍न सकिँदैन थियो। यदि ख्रीष्‍टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्‍ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुरालाई थप प्रदर्शन गर्छ; यसको साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरका आत्मा नै देह हुनुभएको हो भन्‍ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ भनेर भन्‍न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्‍नुहुने थिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्त सहित, सामान्य मन सहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्‍दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन, तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो, र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूत आत्‍माहरूलाई निकाल्‍नु, र क्रुसीकरण उहाँको मानव मनका उपजहरू थिएनन्, र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्‍ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो, तर यो मानव इच्‍छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्‍नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको खास सार यही नै हो।

येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्‍नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भनेर कसैले भन्‍न सकेन, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्‍ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्‍वर शरीरमा देहधारी हुनुभएको थियो, र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्‍ने कुराको प्रमाण थियो। यो परमेश्‍वरका आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्‍ने कुराको प्रमाण थियो। सामान्य मानवता सहितका ख्रीष्‍ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक, र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्‍वर मानिस बन्‍नु, आत्मा देह बन्‍नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवता सहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो, र यसद्वारा उहाँले आफ्‍नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु, वा देहधारी हुनुको अर्थ यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

अघिल्लो: २. मैले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेको छु, र बाइबल धेरै पढेको छु। मैले किन प्रभु मानिसको पुत्रको रूपमा देह बन्नुहुने र आखिरी दिनहरूमा न्यायको काम गर्नुहुने बारेमा कुनै अगमवाणी पढेको छैन? तपाईं प्रभु येशू देहमा फर्केर आउनुभएको, र उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र उहाँले आखिरी दिनहरूको न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। के बाइबलमा यसको कुनै आधार छ?

अर्को: ४. बाइबलमा जे लेखेको छ त्यसअनुसार, प्रभु येशू देह बन्नुभएका ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ। तैपनि तपाईं देहधारी ख्रीष्ट नै देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यदि प्रभु येशू स्वयम् परमेश्‍वर हुनुहुन्छ भने प्रभु येशूले पितासँग कसरी प्रार्थनाहरू गर्न सक्नुहुन्छ? देहधारी ख्रीष्ट परमेश्‍वरका पुत्र हुनुहुन्छ कि परमेश्‍वर स्वयम् हुनुहुन्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्