३. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीद्वारा प्रचार गरिएको कुरा साँचो बाटो हो, तर पाष्टरहरू र एल्डरहरूले फैलाएका झूट र गलत कुराहरूद्वारा धोखामा परेकाले हाम्रो मण्डलीका मानिसहरू सबै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीप्रति शत्रुवत् छन्। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरेपछि, मेरो पुरानो मण्डलीका मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई अस्वीकार र बदनाम गर्नेछन् भन्‍ने मलाई चिन्ता लागेको छ। मेरो कद धेरै सानो छ, र म यो सबको सामना गर्न सक्‍ने गरी साहसी छैन—म के गरूँ?

सन्दर्भका लागि बाइबल पदहरू:

“तैपनि, मुख्य शासकहरूमध्ये पनि धेरैले उहाँलाई विश्‍वास गरेका थिए; तर फरिसीहरूको डरले गर्दा, तिनीहरूलाई सभाघरहरूबाट निकालिन्छ भन्ने डरले गर्दा, तिनीहरूले उहाँलाई स्वीकार गरेनन्: किनकि तिनीहरूले परमेश्‍वरको स्याबासीलाई भन्दा मानिसहरूको प्रशंसालाई बढी मन पराउँथे” (यूहन्‍ना १२:४२-४३)

“धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो। जब मेरो खातिर मानिसहरूले तिमीहरूलाई गाली-गलौज गर्नेछन्, र सताउनेछन्, अनि तिमीहरूको विरुद्धमा सबै किसिमका झूटा दुष्ट कुराहरू भन्‍नेछन्, तब तिमीहरू आशिषित् हौ। आनन्द मनाओ, र अत्यन्तै खुशी होओ: किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुन्छ: किनभने तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई पनि तिनीहरूले त्यसरी नै सताएका थिए” (मत्ती ५:१०-१२)

“साँघुरो प्रवेश-द्वारबाट भित्र पस: किनकि प्रवेश द्वार जति चौडा हुन्छ र बाटो जति फराकिलो हुन्छ, त्यसले विनाशमा पुर्‍याउँछ र त्यहाँ जाने धेरै हुन्छन्: किनकि साँघुरो प्रवेश द्वार र साँघुरो बाटोले जीवनमा डोर्‍याउँछ र कमैले मात्रै त्यो पत्ता लगाउँछन्” (मत्ती ७:१३-१४)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, मेरो क्रोध तँमाथि खनिनेछ, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक दुःख भोग्नेछस्। तैँले सबै भोग्नुपर्छ; तँसँग भएका सबै कुराहरू मेरो लागि त्याग्न र मलाई पछ्याउनको लागि तैँले गर्नसक्ने सबै कुरा गर्न, र तेरो सबै कुरा अर्पण गर्न तँ तयार हुनुपर्छ। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र? यो कुरा याद राख्! यसलाई नबिर्सी! जे घट्छ त्यो सबै मेरो असल अभिप्रायबाट हुन्छ, र सबै कुरा मेरो निगरानीमा छ। ले तैँले बोल्ने र गर्ने सबैमा तैँले मेरो वचनलाई पछ्याउन सक्छस्? जब तँमाथि आगोको परीक्षा आउनेछ, के तैँले घुँडा टेकेर पुकार्नेछस्? कि तँ अगाडि बढ्न नसकेर, पछि हट्नेछस्?

तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्‌ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्‍नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०

परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले, अर्थात्, परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छ, र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन्, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दु:ख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरको इच्छा अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्‍ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्‍वरको इच्छा पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्‍नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैंले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यस बेला तैंले साँच्चै परमेश्‍वरमा भरोसा राख्छस्, र तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, र तैँले सुनिश्‍चितताको र तैंले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्छस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैंले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैंले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैंले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टिको पछि लाग्नु भनेको उहाँको वचनलाई व्यवहारमा उतार्नका लागि तेरो प्रेमको प्रयोग गर्नु हो; समय जुनसुकै भए पनि—जब अरू शक्ति विहीन हुन्छन्—तँभित्र अझै पनि एउटा हृदय हुन्छ जसले परमेश्‍वरलाई प्रेम गर्दछ, जसले गहिरो रूपमा परमेश्‍वरलाई खोज्दछ र परमेश्‍वरलाई सम्झन्छ। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्ने कुरा परमेश्‍वरप्रति तेरो प्रेम कति ठूलो छ, तेरो जाँच हुँदा तँ अटल रहन सक्छस् कि सक्दैनस्, कुनै विशेष वातावरण उत्पन्न हुँदा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ; यी तथ्यहरूको आगमनले परमेश्‍वरप्रतिको तेरो प्रेम कस्तो छ भनी प्रकट गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरले उहाँ देखा पर्ने दिनको चाहना राख्‍नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आदेशलाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँको सामुन्‍ने बालकजस्‍तै आज्ञाकारी भएकाहरू र उहाँको विरोध नगर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँमाथि दया देखाउनुहुनेछ र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धार्मिक कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्‍दित हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

अघिल्लो: २. हालै, सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गती र गवाहीहरू सुनेपछि, मैले मेरो निम्ति धेरै प्रबन्ध गरिएको र मेरो आत्मामा सुधार भएको महसुस गरें। मैले प्रभुको आराधनामा बिताएका वर्षहरूमा भन्दा अहिले धेरै कुराहरू बुझेको छु, त्यसैले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुपर्छ। तर जब मेरा पाष्टरले मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्दैछु भनी थाहा पाए, उनले मलाई रोक्ने सक्दो कोसिस गरिरहेका छ। उनले मलाई हरेक दिन यसको बारेमा धेरै दुःख दिन्छ। उनले मेरो परिवारलाई ममाथि नजर राख्नु र मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न वा मण्डलीको सन्देशहरू सुन्न नदिनु समेत भनेको छ। मलाई भित्री रूपमा साँच्चै चोट पुगेको छ। मैले यी कुराहरूलाई कसरी अनुभव गर्नुपर्छ?

अर्को: ४. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू सत्यता हुन्, तर मेरो परिवार चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायद्वारा फैलाइएका सबै झूट र गलत कुराहरूद्वारा धोखामा परेको छ। तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको अनुसन्धान गर्नबाट रोक्न आफूले सक्‍ने सबै कुरा गर्छन्। म सर्वशक्तिमान् परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारण मेरो परिवारबाट अलग हुन चाहन्नँ, तर न त म सर्वशक्तिमान् परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई त्यागेर परमेश्‍वरको मुक्ति पाउने मौका नै गुमाउन चाहन्छु। मैले गर्नुपर्ने सही कुरा के हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्