१. सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर र सङ्गतिहरू सुनेर अनि दाजुभाइ-दिदीबहिनीहरूका गवाहीहरू सुनेर, म सर्वशक्तिमान् परमेश्‍वर पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा निश्‍चित भएको छु, र म अब सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्दछु। तर अहिले मेरो परिवारमा केही अप्रिय र विचलित बनाउने घटनाहरू घटेका छन्। त्यस्ता कुराहरू किन हुन्छन्, र मैले ती कुराहरू कसरी अनुभव गर्नुपर्छ?

सन्दर्भका लागि बाइबल पदहरू:

“सचेत र सतर्क रहो; किनकि तिमीहरूको शत्रु दियाबलस कसलाई निलौँ भनेर गर्जने सिंहझैँ खोजी हिँड्छ” (१ पत्रुस ५:८)

“अनि तेस्रो भागलाई आगो भएर ल्याउनेछु र तिनीहरूलाई चाँदीलाई झैँ शोधन गर्नेछु, अनि सुनलाई जाँचेझैँ तिनीहरूलाई जाँच्‍नेछु: तिनीहरूले मेरो नाउँ पुकार्नेछन् र म तिनीहरूलाई सुन्‍नेछु: म भन्‍नेछु, यो मेरो प्रजा हो: अनि तिनीहरूले भन्‍नेछन्, यहोवा मेरो परमेश्‍वर हुनुहुन्छ” (जकरिया १३:९)

“अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबको बारेमा विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट दूर रहने व्यक्ति पृथ्वीमा कोही पनि छैन। त्यसपछि, शैतानले यहोवालाई जबाफ दियो र भन्यो, के अय्यूबले बिनाकारण परमेश्‍वरको भय मान्छ र? के तपाईंले उसको वरिपरि, र उसको घरवरिपरि, र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाली घेर्नुभएको छैन र? तपाईंले उसको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र उसको धन-सम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंले आफ्नो हात अघि बढाउनुभयो, र ऊसँग भएका सबै थोक छोइदिनुभयो भने उसले तपाईंलाई सीधै सराप्‍नेछ। अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा। त्यसैले शैतान यहोवाको उपस्थितिबाट गयो” (अय्यूब १:८-१२)

“त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे, अनि तिनले भने, म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२०-२१)

“तब तिनकी श्रीमतीले उनलाई भनिन्, के तपाईं अझ पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर उनले तिनलाई भने, तिमी मूर्ख स्त्रीले जस्तै कुरा गर्छौ? के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने? यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूले पाप गरेनन्” (अय्यूब २:९-१०)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्‍वरले एक व्यक्तिलाई वास्ता गर्नुहुन्छ, यो व्यक्तिलाई हेरचाह गर्नुहुन्छ, र त्यसै समयमा शैतानले उहाँको हरेक पाइलामा समस्या खडा गर्छ। परमेश्‍वरले जसलाई कृपा गर्नुहुन्छ, शैतानले पनि त्यसको पछिपछि लागेर त्यसलाई हेरिरहन्छ। यदि परमेश्‍वरले यो व्यक्तिलाई चाहनुहुन्छ भने शैतानले परमेश्‍वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, परीक्षा गर्न, बाधा दिन र परमेश्‍वरले गर्नुहुने कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएको सबैलाई त्यसले आफ्नो बनाउन चाहन्छ, त्यो तिनीहरूमा बास गर्न चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्‍ट कार्य गर्नमा तिनीहरू पनि त्यससँगै सहभागी होऊन्। के यो शैतानको दुष्‍ट आशय होइन र? तिमीहरू प्रायजसो भन्छौ, शैतान अत्यन्त दुष्‍ट छ, अत्यन्त खराब छ, तर के तिमीहरूले त्यसलाई देखेका छौ? तिमीहरूले मानिस कति धेरै खराब छ भन्‍ने कुरा मात्रै देख्‍न सक्छौ। वास्तवमा शैतान कति धेरै खराब छ भनी तिमीहरूले वास्तविकतामा देखेका छैनौ। तर यस विषयमा अय्यूबसँग सम्बन्धित घटनामा, के शैतानको दुष्‍टतालाई तिमीहरूले देखेका छौ? (छौं।) यो विषयले शैतानको घृणित मुहार र सारलाई स्पष्‍ट पारेको छ। परमेश्‍वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्‍वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्‍वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्‍जा र नियन्त्रण गर्नु, र परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्‍वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्‍वरलाई साक्षी दिने विषय हो। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका प्रत्येकको प्रशंसा हासिल गर्न सकिस् भने; यदि, कुनै दिन, अविश्‍वासीहरू आउँछन् र तैँले गरेका सबै कुराहरूको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कार्यहरू अद्भुत छन् भन्‍ने देख्छन् भने, तैँले साक्षी दिएको हुनेछस्। तँसँग कुनै अन्तर्ज्ञान छैन र तेरो क्षमता कमजोर भए तापनि, परमेश्‍वरले तँलाई दिनुभएको सिद्धतामार्फत, एकदमै कमजोर क्षमता भएका व्यक्तिहरूमा उहाँले गर्नुभएको महान् कार्यको बारेमा अरूलाई देखाउँदै तँ उहाँलाई सन्तुष्ट बनाउन सक्षम हुन्छस् र उहाँको इच्छा तेरो मनामा हुन्छ। जब मानिसहरू परमेश्‍वरलाई जान्न थाल्छन् र शैतानको अगाडि विजयी हुन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति निष्ठावान् हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् साक्षी हो। तँ महान् कार्य गर्न अक्षम भए तापनि, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्। अरूले आफ्ना धारणाहरूलाई पन्छाउन सक्दैनन्, तर तैँले सक्छस्; अरूले उनीहरूको वास्तविक अनुभवको दौरान साक्षी दिन सक्दैनन्, तर तैँले आफ्नो वास्तविक कद र कार्यहरूको प्रयोग गर्दै परमेश्‍वरको प्रेमको ऋण तिर्न र उहाँलाई सशक्त साक्षी दिन सक्छस्। यसलाई मात्रै परमेश्‍वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछन्—तर आज, यदि तैँले परमेश्‍वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरको वचनहरूको अनुभव गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्। यदि, सामान्य रूपमा, सत्यलाई अभ्यास गर्न र परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न तँ सक्षम भइस् भने, परमेश्‍वरले तँलाई भविष्यमा आउने जाँचबाट पक्कै रक्षा गर्नुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्‍वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्नेमा निर्भर रहन्छ। आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस्, जसमा तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्‍याउँछस्, तैँले यावत् थोकमा परमेश्‍वरलाई सन्तुष्ट बनाउँछस्, तैँले तेरो साँचो हृदय परमेश्‍वरलाई दिन्छस्, र तैँले नबुझ्ने केही कुरा भए पनि, तँ तेरो अभिप्रायहरू सच्याउन परमेश्‍वरको सामु आउँछस् र परमेश्‍वरको इच्छाको खोजी गर्छस्, र परमेश्‍वरलाई सन्तुष्ट बनाउनका लागि आवश्यक पर्ने सबै कुराहरू गर्छस्। सायद तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्नेछन्, तर तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट बनाउनेछ, र तैँले देहको सुखको लालसा गर्नेछैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, ठूलो जाँच आउँदा तेरो रक्षा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरप्रति तेरो प्रेमको हृदय प्रकट गर्छस् भने त्यही नै अटल साक्षी हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्‍वरप्रति आफ्नो प्रेमको हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्‍वरप्रतिको तेरो प्रेम देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै कामहरू उहाँको व्यवस्थापन र मानव जातिको मुक्तिसित सम्बन्धित हुन्छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार थिए र पनि उहाँले तिनमा गर्नुभएको काम पनि फरक छैन। अर्को वचनमा, परमेश्‍वर चाहे जे गर्नु भए पनि वा जुनै साधनहरूद्वारा त्यो गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको उद्देश्य जे नै भए पनि उहाँका कामहरूको उद्देश्य परिवर्तन हुँदैनन्। परमेश्‍वरको उद्देश्य मानिसमा, साथै मानिसका निम्ति रहेको उहाँका मागहरू र इच्छामा परमेश्‍वरका वचनहरू काममा लगाउनु हो; अर्को वचनमा, यो भनेको परमेश्‍वरले उहाँका चरणहरूमा सकारात्मक भनी विश्‍वास गर्नुभएको काम मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बुझ्न सक्ने बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्ने अनुमति दिन्छ, यसरी मानिसले परमेश्‍वरको भय प्राप्त गर्न सक्छ र खराबीबाट अलग बस्न सक्छ—परमेश्‍वरले गर्नुहुने सबै कार्यमा उहाँको उद्देश्यको एक पक्ष यो सबै हो। अर्को पक्ष यो हो कि, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवाको पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिन्छ; मानिसहरूलाई शैतानका परीक्षाहरू र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, मानिसहरूलाई शैतान घृणा गर्ने, अनि जे नकारात्मक छ त्यसलाई चिन्न र बुझ्न सक्ने तुल्याउनको लागि परमेश्‍वरले प्रयोग गर्नुहुने माध्यम यही हो। जबसम्म परमेश्‍वरको वचन, परमेश्‍वरको बारेमा तिनीहरूका ज्ञान र आज्ञापालन, परमेश्‍वरमाथिको तिनीहरूका विश्‍वास र उहाँप्रतिको भयको कारण, तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्, तबसम्‍म यस प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानको नियन्त्रण र आरोपहरू, हस्तक्षेप र आक्रमणहरूबाट स्वतन्त्र तुल्याउँछ; तब मात्र तिनीहरूले शैतानको अधिकार क्षेत्रबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ, शैतान हारेको छ भन्ने हो, यसको अर्थ, तिनीहरू अब शैतानको मुखको आहार हुँदैनन्—तिनीहरूलाई निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिन्छ भन्‍ने हो। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित विश्‍वास, आज्ञापालन, र परमेश्‍वरप्रति भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने, उहाँको आज्ञापालन गर्ने र उहाँको भय मान्ने तिनीहरूका दृढ विश्‍वासले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई बचाउनुको मुख्य उद्देश्य पनि यही हो। यदि तिनीहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, परमेश्‍वरलाई पछ्याउनेहरू सबैले शैतानबाट आउने ठूलो र सानो दुवै परीक्षाहरू र आक्रमणहरूको सामना गर्नुपर्दछ। जो यी परीक्षाहरू र आक्रमणहरूबाट भएर जान्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, परमेश्‍वरद्वारा बचाइएकाहरू तिनीहरू नै हुन्। भन्नुको अर्थ, जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूबाट भएर गएका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेका मानिसहरू हुन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूले परमेश्‍वरको इच्छा र मागहरू बुझ्दछन्, र उनीहरूले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको बीचमा पनि तिनीहरूले परमेश्‍वरको भय मान्ने र खराबबाट अलग रहने मार्ग छोड्दैनन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूमा इमानदारीता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणा बीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र विवेकशील हुन्छन्, र तिनीहरू परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरू शैतानद्वारा बाँधिँदैनन्, जासुसी वा दुर्व्यवहार गरिँदैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरू पूर्ण मुक्त र रिहा गरिएका हुन्छन्। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभएको महत्त्व पनि ठीक यही थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

मानिसहरूका निम्ति परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण इच्छा र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव र उहाँसित के छ र को हुनुहुन्छ भन्‍ने मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्जित पार्नु हो, र मानिस परमेश्‍वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्न सत्यहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू, जुन परमेश्‍वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्जित भएपछि मानिसले परमेश्‍वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्‍वरको शत्रु शैतानको “सहकार्य” को आवश्यकता हुन्छ। भन्नुको अर्थ, मानिसलाई शैतानसँग लडाइँ गर्ने हात-हतियारहरू दिएपछि परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको लडाइँ संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुन्छ। तर यदि मानिस शैतानको लडाइँको संरचना छोड्न असफल हुन्छ र शैतानको अगि आत्मसमर्पण गर्छ भने, तब ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्‍वरले मानिसको जुन सुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानको अगि समर्पित हुन्छ कि हुँदैन भन्ने नै हुन्छ। यो भन्न सकिन्छ कि मानिस बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा उसले शैतानलाई जित्न र पराजित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ, र उसले स्वतन्त्रता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा परमेश्‍वरले शैतानसित लड्न उसलाई दिनुभएका हतियारहरू उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशारहित र एकलो बनाएर छोड्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा छोडेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्ने कहिल्यै कोसिस गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउनेछैन र हस्तक्षेप गर्नेछैन, फेरि तिनीहरूलाई कहिल्यै पनि कष्ट दिन वा आक्रमण गर्न मात्र चाहँदैन; त्यस्ता व्यक्ति मात्र वास्तवमा परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अघिल्लो: ९. तपाईं “पूर्वीय ज्योति” देखा पर्नुभएका आखिरी दिनका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर र उहाँको काम हो भनी गवाही दिनुहुन्छ, तर मैले बाइडु र विकिपीडिया जस्ता प्रसिद्ध वेबसाइटहरूमा धेरै लेखहरू पढेको छु, जसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा, आक्रमण, र बदनाम गर्छ। मलाई थाहा छ, बाइडुमा राखिएका जानकारी चिनियाँ कम्युनिस्ट पार्टीद्वारा निगरानी र नियन्त्रित गरिन्छ, र यो अनिवार्य रूपमा विश्‍वसनीय छ भन्ने हुँदैन। तर विकिपीडिया जस्ता विदेशी वेबसाइटहरूले पनि तपाईंहरूको निन्दा गर्न चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारलाई पछ्याइरहेका छन्। मैले यो कुरा बुझ्न सकेको छैन—यी वेबसाइटहरूमा हुने अभिव्यक्तिहरू साँचा हुन् कि झूटा हुन्?

अर्को: २. हालै, सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गती र गवाहीहरू सुनेपछि, मैले मेरो निम्ति धेरै प्रबन्ध गरिएको र मेरो आत्मामा सुधार भएको महसुस गरें। मैले प्रभुको आराधनामा बिताएका वर्षहरूमा भन्दा अहिले धेरै कुराहरू बुझेको छु, त्यसैले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुपर्छ। तर जब मेरा पाष्टरले मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्दैछु भनी थाहा पाए, उनले मलाई रोक्ने सक्दो कोसिस गरिरहेका छ। उनले मलाई हरेक दिन यसको बारेमा धेरै दुःख दिन्छ। उनले मेरो परिवारलाई ममाथि नजर राख्नु र मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न वा मण्डलीको सन्देशहरू सुन्न नदिनु समेत भनेको छ। मलाई भित्री रूपमा साँच्चै चोट पुगेको छ। मैले यी कुराहरूलाई कसरी अनुभव गर्नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्