८. सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू फर्केर आउनुभएको छ भनी गवाही दिन्छ, र तपाईं सबै धर्म र सम्प्रदायका मानिसहरूमा सुसमाचार फैलाउनुहुन्छ। प्रभुमा साँचो विश्‍वास गर्ने धेरै जनाले आफ्ना मण्डलीहरू छोडेर सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न थालेका छन्—के तपाईंले अरू मण्डलीहरूबाट भेडाहरू चोरिरहनुभएको छैन?

सन्दर्भका लागि बाइबल पदहरू:

“यहोवा परमप्रभुले यसो भन्‍नुभयो; हेर, म गोठालाहरूका विरुद्ध छु; र तिनीहरूका हातबाट मेरा बगालहरू मलाई चाहिन्छ, र तिनीहरूले बगाललाई खुवाउने काम बन्द गर्न लगाउँछु; न त गोठालाहरूले अबउसो आफैलाई खुवाउनेछन्; किनकि मेरा बगाललाई म तिनीहरूका मुखदेखि बचाउनेछु ताकि ती तिनीहरूका मासु नबनून्” (इजकिएल ३४:१०)

“यसैले परमप्रभु यहोवाले यसो भन्‍नुभयो; हेर, म, म पनि, मेरा भेडाहरूलाई खोज्नेछु र तिनीहरूलाई नभेटुन्जेल खोज्नेछु। गोठालोले जसरी दिउँसो बगाल छरपष्ट हुँदा आफ्ना भेडाहरूको खोजी गर्छ र तिनीहरूमाझ रहन्छ; त्यसरी नै म मेरा भेडाहरूलाई खोज्‍नेछु, र बादल लागेको र अँध्यारो दिनमा तिनीहरू छरपष्ट भएका सबै ठाउँबाट म तिनीहरूलाई निकालेर ल्याउनेछु” (इजकिएल ३४:११-१२)

“र मसँग भएका अन्य भेडा, जो यस बगालका होइनन्: तिनीहरूलाई पनि मैले ल्याउनैपर्छ र तिनीहरूले मेरो आवाज सुन्‍नेछन्; र एउटै मात्र बगाल र एउटै गोठालो हुनेछ” (यूहन्‍ना १०:१६)

“मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

हामीले धार्मिक क्षेत्रका धेरै जना अगुवाहरूलाई बारम्‍बार सुसमाचार प्रचार गरेका छौं, तर हामीले तिनीहरूसँग सत्यताको बारेमा जसरी सङ्गति गरे पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्। किन यस्तो हुन्छ त? यस्तो किन हुन्छ भने अज्ञानता तिनीहरूको दोस्रो प्रकृति बनेको छ, र तिनीहरूको हृदयमा अब परमेश्‍वरको कुनै पनि स्थान छैन! कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “धार्मिक संसारका कतिपय पाष्टरहरूको नेतृत्वमा रहेका मानिसहरूसँग साँच्‍चै नै धेरै दृढ सङ्कल्‍प हुन्छ; यस्तो लाग्छ कि तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ!” के तैँले जोशलाई अन्त:प्रेरणा भन्‍ने ठान्छस्? यी पाष्टरहरूका प्रवचन जति नै उत्कृष्ट सुनिए पनि, के तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्? यदि तिनीहरूले भित्री मनदेखि नै परमेश्‍वरलाई साँचो रूपमा आदर गर्ने भए, के तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लाग्‍न र तिनीहरूको बढाइ गर्न लगाउँथे? के तिनीहरूले अरूमाथि एकाधिकार चलाउँथे? के तिनीहरूले अरूलाई सत्यताको खोजी गर्न र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने आँट गर्थे? यदि परमेश्‍वरका भेडाहरूलाई तिनीहरूले वास्तवमा तिनीहरूका आफ्नै भेडाहरू भएको, र ती भेडाहरू सबैले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन् भने, के तिनीहरूले आफैलाई परमेश्‍वरको रूपमा हेर्दैनन् र? त्यस्ता मानिसहरू फरिसीहरूभन्दा पनि खराब हुन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? तसर्थ, तिनीहरूको यो अहङ्कारी प्रकृतिले तिनीहरूलाई नियन्त्रण गरे परमेश्‍वरलाई धोका दिने कामहरू गर्न लगाउन सक्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

सन्दर्भको लागि मानिसको सङ्गति:

प्रभुमा विश्वास गर्नेहरू सबैले विश्वासीहरू परमेश्‍वरका हुन् भनी जान्दछन्; तिनीहरू कुनै सम्प्रदायका बिल्कुल होइनन्, न त कुनै सम्प्रदायका अगुवाहरू, पास्टरहरू वा एल्डरहरूकै हुन्। तिनीहरू भेला वा क्रियाकलापहरूको निम्ति जुनसुकै मण्डलीमा सहभागी भएतापनि, अनि जुनसुकै पास्टर र एल्डरहरूले तिनीहरूलाई डोर्याएतापनि, परमेश्‍वरमा विश्वास गर्नेहरू सबै उहाँका भेडाहरू हुन्—अनि परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्। यो ठयाक्कै प्रभु येशूले यसो भन्नुभएको जस्तो होः “म असल गोठालो हुँ, र म मेरा भेडालाई चिन्छु, र मलाई मेराहरूले चिन्छन्(यूहन्‍ना १०:१४)। धेरै पास्टर र एल्डरहरूले आफ्ना मण्डलीमा भएका मानिसहरूलाई आफ्ना भेडाहरू हुन् भनी संकेत गर्ने गर्छन् तर यो गम्भीर गल्ती हो। कसरी परमेश्‍वरका विश्वासीहरू ती मानिसहरूका हुन सक्छन्? यदि कसैले एउटा बगालको स्वामित्वलाई दाबी गर्ने साहस गर्छ भने, के त्यस व्यक्तिले त्यस बगालको निम्ति र परमेश्‍वरका चुनिएका मानिसहरूको निम्ति परमेश्‍वरसित होड गर्न कोशिश गरिरहेको होइन र? त्यस्तो व्यक्ति र प्रभु येशूले बाइबलमा भन्नुभएको दुष्ट मोहीहरूबीच के भिन्नता छ? अनुग्रहको समयमा, प्रभु येशूले यहूदी मानिसहरूका निम्ति पश्चातापको बाटो खोलिदिनुभयो, तब तिनीहरूले परमेश्‍वरमा विश्वास गरे। उहाँले चेलाहरू, र प्रेरितहरूलाई स्वर्गको राज्यको सुसमाचार बाँड्न र सख्त व्यवस्थाको अधीनमा बाँचिरहेका मानवहरूलाई नीति नियमहरूका साङ्लाहरूदेखि बचाउन यहूदाको देशपारि पनि पठाउनुभयो। यो मानिसको निम्ति परमेश्‍वरको प्रेम र मुक्ति थियो। तथापि, मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी धर्मका फरिसीहरूले प्रभु येशूलाई भत्सर्ना र विरोध गरे अनि उहाँलाई स्वीकार गर्न मानिसहरूलाई बाधा दिए, अन्ततः तिनीहरूले परमेश्‍वरको दण्डाज्ञा र सजाय पाए। अब प्रभु येशूको पुनरागमन भएको छः उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्। यदि पास्टर र एल्डरहरू प्रभुका बगालहरूलाई हस्तान्तरण गर्न असफल नहुने मात्र होइन, तर तिनीहरूलाई हडप्ने हदसम्म जान्छन् भने तिनीहरू दुष्ट सेवकहरू हुन्। तिनीहरूले यहूदी मुख्य पुजाहारीहरू, शास्त्रीहरू र फरिसीहरूले पाएजस्तै परमेश्‍वरको दण्डाज्ञा र सजाय भोग्नेछन्।

आज सर्वशक्तिमान् परमेश्‍वर देखा पर्नेघटना र कामले बाइबलीय अगमवाणीलाई पूरा गरेको छ। “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१पत्रुस ४:१७)। सत्यतालाई प्रेम गर्ने र परमेश्‍वर देखा पर्ने घटनाको निम्ति तिर्सना गर्ने विभिन्न सम्प्रदायहरूका धेरै दिदीबहिनी र दाजुभाइहरूले उहाँको आवाज सुनेका छन् र आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेका छन् अनि एकपछि अर्को गरी उहाँको सिँहासनको सामु फर्किरहेका छन्। यो उहाँको आवाज सुन्ने परमेश्‍वरको भेडा हो। प्रभु येशूको पुनरागमन हुँदा उहाँ पहिले उहाँलाई पर्खिरहनेहरूको निम्ति देखा पर्नुभयो अनि आखिरी दिनहरूको परमेश्‍वरको कामलाई फैलाउन मानिसहरूलाई धार्मिक वृत्तहरूभित्र पठाउनुभयो ताकि उहाँको पुनरागमनको तिर्सना गरिरहेकाहरूले उहाँको आवाज सुन्न र उहाँकहाँ फर्कन सकून्। के त्यो अपेक्षित कुरा थिएन र? तथापि, धार्मिक संसारका केही पास्टर र एल्डरहरूले परमेश्‍वरका भेडाहरूलाई उहाँलाई फिर्ता हस्तान्तरण नगरेका मात्र होइनन् तर तिनीहरूले आधारहीन आरोपहरूले जवाफी हमला गरेका छन् अनि आफ्ना बगालहरूलाई रक्षा गर्ने बहानामा आफ्ना मण्डलीहरूलाई नै बन्द गरेका छन्। तिनीहरूले विश्वासीहरूलाई साँचो बाटो खोजी गर्न वा अनुसन्धान गर्न दिँदैनन्, बरु सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई निरन्तर भत्सर्ना गर्छन् र त्यसलाई आफ्ना भेडाहरू चोरेको आरोप लगाउँछन्। तिनीहरूले धृष्टतापूर्वक परमेश्‍वरका भेडाहरूलाई आफ्ना भनी दाबी गर्छन् र यसले मानिसहरूलाई पिँजरामा राख्ने र नियन्त्रण गर्ने तिनीहरूको इच्छा र आकांक्षालाई पूर्ण तवरले उजागर गर्दछ। तिनीहरूले विश्वासीहरूमाथि कडा नियन्त्रण राख्छन् अनि ती विश्वासीहरूलाई आफूलाई निरन्तर पछ्याउन र दण्डवत गर्न लगाउने लक्ष्य लिएर परमेश्‍वरका भेडाहरूलाई आफ्नो भनी दाबी गर्छन्। के त्यस्ता अगुवाहरू बगाललाई नियन्त्रण गर्ने ती दुष्ट दासहरू जस्ता होइनन् र, जसको बारेमा प्रभु येशूले भन्नुभयो? के ती ख्रीष्टविरोधीहरू होइनन् र, जसले परमेश्‍वरको विरोध गर्छन् र उहाँको ओहोदाको निम्ति होड गर्छन्? यस कुराले काम गर्नको निम्ति आउनुभएको प्रभु येशूको आगमनलाई स्मरण गराउँछः धेरै यहूदी मानिसहरूले उहाँलाई पछ्याइरहेको देखेर यहूदी मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरूले ईष्र्या गरे र डराए अनि यदि सबै विश्वासीहरूले प्रभु येशूलाई पछ्याए भने तिनीहरूले आफ्ना ओहोदाहरू र जीविकाहरूलाई कायम गर्न सक्नेछैनन् भनी डराए। तब मानिसहरूलाई उहाँको काम स्वीकार गर्नदेखि रोक्न तिनीहरूले प्रभु येशूलाई ठयाक्कै त्यस्तै प्रकारले भत्सर्ना गरे। यो ठयाक्कै बाइबलमा लेखिए जस्तै थियो: “तब मुख्य पुजारीहरू र फरिसीहरू भेला भए, र भने हामी के गरौं? किनकि यो मानिसले धेरै आश्‍चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्‍वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र जाती दुवैलाई लैजानेछन्। … तब त्यस दिनदेखि उहाँलाई मार्न तिनीहरू एकमत भए” (यूहन्‍ना ११:४७-४८, ५३)। यहूदी मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरूले यहूदीहरूलाई आफ्नै व्यक्तिगत सम्पत्ति हो जस्तै गरी हेरे अनि परमेश्‍वरका भेडाहरूमाथि कडा पकड राखे। जब परमेश्‍वर काम गर्न आउनुभयो र ती भेडाहरूलाई पुनःप्राप्त गर्नुभयो, तब अगुवाहरूले तिनीहरूमाथि नियन्त्रण राख्नको निम्ति उहाँको विरुद्धमा संघर्ष गरे। ती मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरू परमेश्‍वरतर्फ फर्केनन्, न त तिनीहरूले यहूदीहरूलाई उहाँकहाँ फर्कन नै दिए। प्रभु येशूले तिनीहरूलाई यसो भन्दै हप्काउनुभयो, “तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। परमेश्‍वरको धर्मी स्वभावले मानिसहरूका अपराधहरूलाई सहनेछैन! यहूदी मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरू परमेश्‍वरका चुनिएका मानिसहरूका निम्ति परमेश्‍वरलाई विरोध र भत्सर्ना गर्दै उहाँसित प्रतिस्पर्धा गरिरहेको बेलामा यसले परमेश्‍वरको स्वभावलाई क्रोधित तुल्यायो अनि तिनीहरूले उहाँका श्रापहरू र दण्ड भोगे। दुई हजार वर्षसम्म इस्राएल राष्ट्र मेटियो, धेरै यहूदी मानिसहरूको नरसंहार भयो, अनि तिनीहरू ठूलो समूहमा पृथ्वीका भिन्न भिन्न कुनाहरूमा धपाइए। यदि धार्मिक संसारका आजका पास्टर र एल्डरहरूले परमेश्‍वरका भेडाहरूमाथि निरन्तर आफ्नो दाबी कायम राख्छन् अनि तिनीहरूलाई परमेश्‍वरकहाँ आउनबाट रोक्छन् भने, ती अगुवाहरूका निम्ति परमेश्‍वरको धर्मी दण्डले अगाडि पर्खिरहेको छ!

अघिल्लो: ७. तपाईं प्रभु येशू फर्केर आउनुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। तर धार्मिक संसारका पाष्टरहरू र एल्डरहरूले तपाईंले जसमा विश्‍वास गर्नुहुन्छ उहाँ प्रभु येशू हुनुहुन्‍न, र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली इसाई धर्मसित सम्बन्धित छैन। के यी पाष्टरहरू र एल्डरहरूका वचनहरूको कुनै प्रमाण छ?

अर्को: ९. तपाईं “पूर्वीय ज्योति” देखा पर्नुभएका आखिरी दिनका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर र उहाँको काम हो भनी गवाही दिनुहुन्छ, तर मैले बाइडु र विकिपीडिया जस्ता प्रसिद्ध वेबसाइटहरूमा धेरै लेखहरू पढेको छु, जसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा, आक्रमण, र बदनाम गर्छ। मलाई थाहा छ, बाइडुमा राखिएका जानकारी चिनियाँ कम्युनिस्ट पार्टीद्वारा निगरानी र नियन्त्रित गरिन्छ, र यो अनिवार्य रूपमा विश्‍वसनीय छ भन्ने हुँदैन। तर विकिपीडिया जस्ता विदेशी वेबसाइटहरूले पनि तपाईंहरूको निन्दा गर्न चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारलाई पछ्याइरहेका छन्। मैले यो कुरा बुझ्न सकेको छैन—यी वेबसाइटहरूमा हुने अभिव्यक्तिहरू साँचा हुन् कि झूटा हुन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्