५. मेइ २८ मा झाओयुआन, शेडोंगमा भएको घटनापछि, चिनियाँ कम्युनिस्ट पार्टी सरकारले घरेलु मण्डलीहरूमाथि हमला गर्ने आफ्नो प्रयास बढायो, र यतिसम्म गऱ्यो कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दमन गर्न र तोड्नका निम्ति सशस्त्र प्रहरी परिचालन गऱ्यो। धेरै मानिसहरूले झाओयुआन प्रकरणको बारेमा शङ्का व्यक्त गरेका छन्, त्यो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको विरुद्धमा झूटो मुद्दा बनाएर जनमतलाई त्यस मण्डलीको विरुद्ध उठाउने र त्यसमाथि आक्रमण र दमन गर्ने चिनियाँ कम्युनिस्ट पार्टीद्वारा गरिएको एउटा कोसिस हो भनी विश्‍वास गरेका छन्। यसको बाबजुद, यो मुद्दा सार्वजनिक रूपमा एक चिनियाँ कम्युनिस्ट पार्टीको अदालतमा चलाइएको थियो र प्रमुख चिनियाँ संचार माध्यमहरूद्वारा रिपोर्ट गरिएको थियो, र कतिपय मानिसहरूले चिनियाँ कम्युनिस्ट पार्टीले भनेका कुरामा विश्‍वास गर्छन्। झाओयुआनको घटनाको बारेमा तपाईंलाई के लाग्छ, हामी सुन्‍न चाहन्छौं।

उत्तर:

शेनडोङ झाओयुआनको प्रकरण—जुन चिनियाँ कम्युनिस्ट पार्टी एक्लैले रचेको घटना थियो—त्यसले त्यो बेला चीनमा र विदेशमा ठूलो प्रभाव पारेको थियो र धेरै अनजान मानिसहरू त्यसद्वारा धोखामा परेका थिए। तर के संसार जहिल्यै पनि त्यसको भ्रममा परिरहन र? आज, कति जना मानिसहरूले अझै पनि चिनियाँ कम्युनिस्ट पार्टीको कानुन अदालतको फैसला र त्यसको संचार माध्यमहरूको रिपोटमा भरोसा गर्छन्? छलकपट र ढाकछोप धेरै लामो समयसम्म टिक्न सक्दैन; झूट सधैँ झूट नै हुनेछ, र कहिल्यै सत्यता बन्न सक्दैन। चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्ने जो-कोहीलाई पनि थाहा छ कि चीन एक कम्युनिस्ट तानाशाहीद्वारा शासित छ र कुनै न्यायिक स्वतन्त्रता वा प्रेसको स्वतन्त्रता छैन। चिनियाँ कम्युनिस्ट पार्टीका न्यायाधीशहरूसँग कुनै स्वतन्त्रता हुँदैन; तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टी सरकारले जे भन्छ त्यही गर्नुपर्छ र सबै मुद्दाहरू सरकारको इच्छाअनुसार अघि बढाइन्छ। चीनका संचार माध्यमहरू पनि चिनियाँ कम्युनिस्ट पार्टी सरकारद्वारा नियन्त्रित छन्, र ती चिनियाँ कम्युनिस्ट पार्टी तानाशाहीको मुखपत्र र साधन मात्र हुन्। यी स्वीकार गरिएका तथ्यहरू हुन्। त्यसैले यसमा कुनै प्रश्न छैन कि चिनियाँ कम्युनिस्ट पार्टी कानुन अदालतमा हुने मुद्दाहरू हास्यास्पद तमासाहरू हुन् जसले तथ्यहरूलाई विकृत बनाउँछ र सत्यतालाई उल्टाउँछ। त्यहाँ कुनै निष्पक्षता वा उचित न्याय हुँदैन! शेनडोङ झाओयुआन घटनाको सार्वजनिक सुनुवाइको दौरान, आरोपित व्यक्तिहरूले स्पष्ट रूपमा भनेका थिए, “म सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सम्पर्कमा कहिल्यै पनि रहेको छैन,” र “राज्यले झाओ वेइशानको ‘सर्वशक्तिमान् परमेश्‍वर’ लाई आक्रमण गरिरहेको छ, हाम्रा ‘सर्वशक्तिमान् परमेश्‍वर’ लाई होइन।” तिनीहरूको स्वीकारोक्तिले पर्याप्त मात्रामा यो स्पष्ट पार्छ कि तिनीहरू सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरू होइनन्, न त सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीद्वारा पहिचान गरिएकाहरू नै हुन्; सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीसित तिनीहरूको कुनै सम्बन्ध छैन। त्यसो भए चिनियाँ कम्युनिस्ट पार्टीको न्यायाधीशले किन यसप्रति बहिरो भएको जस्तो ढोंग गर्‍यो र किन तथ्यअनुसार मुद्दाको फैसला गरेन? किन, कुनै प्रमाणको अभावमा, न्यायाधीशले आरोपित व्यक्तिहरूको बयानलाई स्पष्ट रूपमा खण्डन गर्‍यो र जानाजानी तथ्यहरूलाई बङ्ग्यायो, सत्यतालाई उल्टायो, र यी शङ्कास्पद व्यक्तिहरू सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरू हुन् भनी भन्यो? के चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दमन गर्न र सताउन अनि जनताको धारणा त्यसको विरुद्ध बनाउनका लागि, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई झूटो आरोप र झूटो दोष लगाइरहेको थियो भन्‍ने कुरा स्पष्ट छैन र? के यो तथ्यहरू विपरीत थिएन, के यसले कानुनलाई कुल्चिएन र? के ती स्पष्ट झूटहरू थिएनन्? के त्यस्तो निर्णयमा शङ्का गर्न सकिँदैन र? चिनियाँ कम्युनिस्ट पार्टीले वर्षौंदेखि झूट र धोखा फैलाउँदै आएको छ। यो पहिलेको भन्दा बढी कुख्यात र खराब, भ्रष्ट र दुष्ट हुँदै जाँदैछ। यसको प्रतिष्ठा थोत्रिंदैछ; देश र विदेश दुवैमा यसको दुर्गन्ध असहनीय छ। संसारभरिका धेरैभन्दा धेरै मानिसहरूले चिनियाँ कम्युनिस्ट पार्टी वास्तवमा के हो भन्ने कुरा देखिरहेका छन्; कसैले पनि चिनियाँ कम्युनिस्ट पार्टीलाई विश्‍वास गर्दैनन्, किनकि चिनियाँ कम्युनिस्ट पार्टी एक घृणित र नास्तिक राजनैतिक पार्टी हो, दियाबलस शैतानको अधीनमा रहेको एउटा समूह, जसको दुष्टता र परमेश्‍वरप्रतिको विरोध सारा संसारमा कसैको सँग तुलना गर्न सकिँदैन।

चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्ने जोकोही व्यक्ति त्यसको काम गर्ने तरिकाबारे परिचित रहेको हुनसक्‍ने सम्‍भावना हुन्छ। प्रत्येक पटक चिनियाँ कम्युनिस्ट पार्टीले धार्मिक विश्‍वास, लोकतान्त्रिक अधिकारका आन्दोलनहरू, जातीय अल्पसंख्यक प्रतिरोध, र यस्तै अन्य कुराहरूलाई हिंसात्मक रूपले दमन गर्दा पहिले जनताको विचारलाई भाँड्न बिगार्न र जनता उक्साउन झूटा घटनाहरू घटाउँछ, त्यसपछि यसले रक्तपातसहित दमन गर्दछ। उदाहरणको लागि, सन् १९८९ मा तियानमेन स्क्वायरमा भएको प्रदर्शनलाई लिनुहोस्: यो सुरुमा भ्रष्टाचारसँग लड्न र लोकतन्त्र अनि स्वतन्त्रतालाई प्रोत्साहन दिनका लागि गरिएको एउटा विद्यार्थी आन्दोलन थियो, तर चिनियाँ कम्युनिस्ट पार्टीले अज्ञात व्यक्तिहरूलाई विद्यार्थी जस्तो बनेर आन्दोलनकारीहरूसित मिसिने निर्देशन दिए, जहाँ तिनीहरूले तोडफोड, आगजनी गर्दै र सेनाका गाडीहरू पल्टाउँदै अराजकता पैदा गरे। दोष सरासर विद्यार्थीहरूमाथि लगाइएको थियो र विद्यार्थी आन्दोलनलाई प्रति-क्रान्तिकारी दङ्गा भन्ने नाम दिइयो, यसरी विद्यार्थीहरूलाई दमन गर्ने र रक्तपातपूर्ण कारबाही सुरु गर्ने एउटा बहाना पायो, जसमा कम्तीमा पनि हजारौं विद्यार्थीलाई गोली ठोकियो वा ट्याङ्कले कुल्चेर मारियो। यसरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा डरलाग्दो अभियान चलायो जसले विश्‍वलाई चकित बनायो र चिनियाँ जनतालाई नराम्ररी खिन्‍न तुल्यायो—तियानमेन स्क्वायरको नरसंहार। चिनियाँ कम्युनिस्ट पार्टीले गरेको तिब्बती आन्दोलनको दमनमा पनि त्यस्तै भयो। पहिले यसले केही मानिसहरूलाई प्रदर्शनकारीहरूसँग मिसिने निर्देशन दियो, साथै आगजनी, हत्या, लुटपाट र डकैती गर्दै हिंसाका कार्यहरू गर्ने आदेश दियो, त्यसपछि त्यसले तिब्बती विद्रोहलाई दबाउने निहुँमा प्रदर्शनकारीहरूलाई गोली हान्न सेना परिचालन गऱ्यो। यो सूची अझै लामो हुन्छ। यी तथ्यहरू त्यसप्रति असहमत हुनेहरूलाई उन्मूलन गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको राम्रोसँग स्थापित रणनीतिको प्रमाण हो: पहिले यसले झूटो कुरा पैदा गर्छ, तथ्यहरूलाई बङ्ग्याउँछ, र झूटा आरोपहरू लगाउँछ, त्यसपछि यसले रक्तपातपूर्ण कारबाही गर्छ। वास्तवमा, झाओयुआनको प्रकरणले त्यो आधार बनाएको छ जसद्वारा चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई क्रूरतापूर्वक दमन गर्न र सताउनका लागि मानिसहरूका विचारहरू भ्रष्ट पार्दछ। यो चिनियाँ कम्युनिस्ट पार्टीले गरेको धार्मिक विश्‍वासको सतावटको अझै अर्को जघन्य अपराध हो। तर चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई यतिका वर्षसम्म दमन र सतावट गरेपछि पनि के चिनियाँ कम्युनिस्ट पार्टी साँच्चै यसलाई उन्मूलन गर्न सक्षम भएको छ? धेरै वर्ष पहिले, यहूदीहरूले प्रभु येशूलाई क्रूसमा झुण्ड्याएर परमेश्‍वरको स्वभावलाई चिढ्याए; तिनीहरूलाई परमेश्‍वरले सराप दिनुभयो, र तिनीहरूको राष्ट्रले अभूतपूर्व विनाश भोग्यो। परमेश्‍वरप्रति त्यसको उग्र विरोध र इसाईहरूको क्रूर सतावटको कारण रोमी साम्राज्य पनि परमेश्‍वरद्वारा पठाइएको महामारीद्वारा नष्ट भयो। यी सबै तथ्यहरू हुन्। चिनियाँ कम्युनिस्ट पार्टी पनि त्यसले गरेको परमेश्‍वरको विरोध र परमेश्‍वरको आखिरी दिनहरूको कामको निन्दा गरेको कारण परमेश्‍वरको सराप र दण्डबाट उम्कन सकेन। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामको अवहेलना गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामको अवहेलना गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)

अघिल्लो: ४. तपाईंले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नुहुन्छ, र सर्वशक्तिमान् परमेश्‍वरको नाउँमा प्रार्थना गर्नुहुन्छ, तापनि चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली एक जना मानिसद्वारा बनाइएको हो, र उसले जे भन्छ तपाईं त्यही गर्नुहुन्छ। तपाईं यो व्यक्ति एक पूजाहारी हो, परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस हो, र ऊ सबै प्रशासनिक मामिलाहरूका लागि जिम्मेवार छ भनी गवाही दिनुहुन्छ। मैले यो कुरा बुझ्न सकेको छैन—सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली कसले स्थापना गरेको हो? यसका व्युत्पत्ति कहाँबाट भयो? के तपाईं यसको व्याख्या गर्न सक्नुहुन्छ?

अर्को: ६. तपाईं आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर, नै पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ, र उहाँले मानव जातिको न्याय, शुद्धीकरण, र मुक्तिका लागि सबै सत्यताका व्यक्त गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ। तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले के दाबी गर्छ भने, तपाईंले विश्‍वास गर्नुभएको “सर्वशक्तिमान् परमेश्‍वर” एक साधारण व्यक्ति मात्र हो। चिनियाँ कम्युनिस्ट पार्टीलाई यस व्यक्तिको पारिवारिक पृष्ठभूमिको बारेमा सबै कुरा थाहा छ, र अनलाइनमा यो व्यक्तिको फोटो, नाउँ, र परिवारको ठेगाना पोस्ट गरेको छ। मैले यो कुरालाई स्पष्ट रूपमा बुझ्न सकेको छैन—चिनियाँ कम्युनिस्ट पार्टीले भनेको कुरा सत्य हो कि झूटो हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्