१. बाइबलमा पावलले भनेका छन्, “हरेक प्राण उच्‍च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्‍वरबाहेक अरू कुनै शक्ति छैन” (रोमी १३:१)। “यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईँहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, परमेश्‍वरको मण्डलीलाई खुवाउनका निम्ति” (प्रेरित २०:२८)। धार्मिक संसारका धेरैजसो मानिसहरू पावलका वचनहरूलाई स्वीकार गर्दै पाष्टरहरू र एल्डरहरू प्रभुद्वारा नियुक्त गरिन्छन्, र तिनीहरूले मण्डलीहरूमा प्रभुको सेवा गर्छन् भन्‍ने विश्‍वास गर्छन्। जसले पाष्टरहरू र एल्डरहरूका कुरा सुन्छन् र आज्ञापालन गर्छन्, तिनीहरूले प्रभुको आज्ञापालन गर्छन् र उहाँलाई पछ्याउँछन्, अनि पाष्टरहरूको वचन सुन्नु नै प्रभुको वचन सुन्नु हो भनी तिनीहरूले विश्‍वास गर्छन्। के यो प्रभुको इच्छा अनुरूप छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“हामीले मानिसको होइन परमेश्‍वरको आज्ञा मान्‍नुपर्छ” (प्रेरित ५:२९)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्‍वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्‍वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्‍वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्‍वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र मानिसको रगत पिउँदै परमेश्‍वरमा विश्‍वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मानिसको प्राण निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्‍वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्नतर्फ डोर्‍याउने ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानिसको प्राण निल्न समर्पित जीवित दियाबलस हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलका व्याख्याहरू प्रसङ्गभन्दा बाहिरबाट ल्याइएका र तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा प्रेरित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरू केही धर्मसिद्धान्त प्रचार गर्न सक्छन् वा अरूलाई आफ्नो पक्षमा ल्याउन र केही जुक्ति प्रयोग गर्न जान्दछन्। त्यसैले तिनीहरू मानिसहरूलाई छल्छन् र मानिसहरूलाई आफूसमक्ष ल्याउँछन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलाहरूबारे मैले मेरो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमा विश्‍वास गर्ने र साँचो मार्ग स्वीकार गर्ने कुरामा मानिसहरूलाई कसरी अरूको सहमति र अनुमोदन समेत आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्याजनक कुरा होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसी, झूटा गोठाला, र ख्रीष्टविरोधी बनेका छैनन् र? के तिनीहरू मानिसहरूका लागि साँचो मार्ग स्वीकार गर्नमा बाधक बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। … विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्‍वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्‍वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर उहाँले पहिल्यै तोकिसक्नुभएको थियो। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरलाई पछ्यानुमा प्रमुख महत्त्वको कुरा के हो भने सबै कुरा परमेश्‍वरका वर्तमान वचनहरूअनुसार हुनुपर्छ: तँ जीवन प्रवेश पछ्याइरहेको भए पनि वा परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने पछ्याइमा रहेको भए पनि, सबै कुरा परमेश्‍वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित हुनुपर्छ। यदि तैँले सङ्गति गर्ने र प्रवेश गर्न खोज्ने कुराहरू परमेश्‍वरका वर्तमान वचनहरूवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूभन्दा बाहिरको व्यक्ति होस्, र तँसँग पवित्र आत्माको काम बिलकुलै छैन। परमेश्‍वर उहाँका पदचापहरू पछ्याउने मानिसहरू चाहनुहुन्छ। तैँले पहिले बुझेको कुरा जतिसुकै अद्भुत र शुद्ध भए पनि, परमेश्‍वर त्यो चाहनुहुन्न, र यदि तँ त्यस्ता कुराहरू त्याग्न असमर्थ छस् भने, ती भविष्यमा तेरो प्रवेशका लागि ठूलो बाधा बन्नेछन्। पवित्र आत्‍माको आजको ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। युगौँयुग र पुस्तौँपुस्ताअघिका मानिसहरूले पनि परमेश्‍वरका पदचापहरूलाई पछ्याए, तर तिनीहरूले आजको दिनसम्‍म पछ्याइरहन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र परमेश्‍वरका पदचापहरू पछ्याउन सक्‍नेहरू, परमेश्‍वरले तिनीहरूलाई जहाँ डोर्‍याउनुभए पनि उहाँलाई नै पछ्याउनेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कामलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको काममा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जतिसुकै काम गरे पनि, वा तिनीहरूको दुःख जतिसुकै ठूलो भए पनि, वा तिनीहरूले जतिसुकै दौडधुप गरे पनि, परमेश्‍वरका लागि त्यो कुनै पनि कुराको कुनै अर्थ हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। … “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्‍वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्‍वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्‍वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र परमेश्‍वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्‍वरको नवीनतम कामबाट परमेश्‍वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्‍नु हुँदैन। यो परमेश्‍वरको निम्ति असहनीय हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश

कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्तिपिपासु भनिन्छ। तिनीहरू संसारमा शक्ति भएका सम्प्रदायहरू मात्र खोज्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरू मात्र खोज्छन्। तिनीहरूले सत्यताको मार्गलाई स्वीकार गरेका भए पनि, तिनीहरू आधा मात्र विश्‍वास गर्छन्, र तिनीहरू आफ्नो सम्पूर्ण शरीर र मन अर्पण गर्न असक्षम हुन्छन्; तिनीहरू मुखले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने कुरा बोल्छन्, तर तिनीहरूका आँखा ठूला पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरू ख्रीष्टलाई फर्केर पनि हेर्दैनन्। तिनीहरूको दिमाग ख्याति, प्राप्ति, र महिमाका विचारहरूले भरिएको हुन्छ। तिनीहरू यस्तो सानो व्यक्तिले यति धेरैलाई विजय गर्न सक्छ, यस्तो मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरा असम्भव ठान्छन्। तिनीहरू धुलो र गोबरको थुप्रोमा रहेका यी साना मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिस हुन् भन्‍ने कुरा असम्भव ठान्छन्। तिनीहरू यदि यस्ता मानिसहरू परमेश्‍वरको मुक्तिका पात्र हुन्थे भने, स्वर्ग र पृथ्वी उल्टोपुल्टो हुनेथियो, र सबै मानिस हाँसेर मुर्छा पर्नेथिए भन्ने विश्‍वास गर्छन्। तिनीहरू यदि परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुभयो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम् बन्नेथिए भन्ने विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित हुन्छन्; विश्‍वास नगर्ने मात्र होइन, तिनीहरू त अविवेकी पशु नै हुन्। किनभने तिनीहरू हैसियत, प्रतिष्ठा, र शक्तिलाई मात्र महत्त्व दिन्छन्, र तिनीहरू ठूला समूह र सम्प्रदायहरूलाई सम्मान गर्छन्, र ख्रीष्टद्वारा अगुवाइ गरिएकाहरूलाई अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू केवल त्यस्ता विश्वासघाती हुन् जसले ख्रीष्ट, सत्यता, र जीवनप्रति पिठ्युँ फर्काएका छन्।

तँ ख्रीष्टको विनम्रताको प्रशंसा गर्दैनस्, तर तँ प्रमुख हैसियत भएका ती झूटा गोठालाहरूलाई आदर गर्छस्। तँ ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारको फोहोरमा लागेका ती उच्छृङ्खल मानिसहरूलाई रुचाउँछस्। तँ ख्रीष्टले विश्राम गर्ने ठाउँ नपाउनुभएको पीडालाई खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरू चोर्ने र मोजमस्तीमा जिउने ती लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टका साथमा दुःख भोग्न इच्छुक छैनस्, तर तँ स्वेच्छाले ती लापरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूको अँगालोमा बाँधिन्छस्, यद्यपि तिनीहरूले तँलाई देह, शब्द, र नियन्त्रण मात्र आपूर्ति गर्छन्। अहिले पनि, तेरो हृदय तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूको शक्तितर्फ नै ढल्किन्छ। तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्वीकार गर्न अनिच्छुक हुने मनोवृत्ति अपनाइरहन्छस्। यही कारणले गर्दा मात्र म भन्छु कि तँमा ख्रीष्टलाई स्वीकार गर्ने विश्‍वास छैन। तैँले आजसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अरू कुनै विकल्प नभएर मात्र हो। तेरो हृदयमा उच्च छविचित्रहरूको शृङ्खला सधैँ खडा भइरहन्छ; तैँले तिनीहरूका हरेक शब्द र कार्यलाई, साथै तिनीहरूका प्रभावशाली शब्द र हातहरूलाई पनि बिर्सन सक्दैनस्। तिमीहरूको हृदयमा, तिनीहरू सदैव सर्वोच्च र नायकका रूपमा रहन्छन्। तर आजका ख्रीष्टको हकमा यो लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँ तुच्छ हुनुहुन्छ, उहाँ सधैँ डर मान्‍न योग्य नभएको मानव हुनुहुन्छ। किनभने उहाँ धेरै नै साधारण हुनुहुन्छ, उहाँको प्रभाव निकै कम छ, र उहाँ बिलकुलै उच्च हुनुहुन्न।

जे भए पनि, म भन्छु कि जो सत्यतालाई महत्त्व दिँदैनन् तिनीहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघाती हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के तैँले अब तँभित्र कति अविश्‍वास छ, र तँमा ख्रीष्टप्रति कति विश्‍वासघात छ भनी पहिचान गरेको छस्? म तँलाई यस्तो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग रोजेको हुनाले, तैँले आफूलाई पूर्ण हृदयले अर्पित गर्नुपर्छ; दुविधात्मक वा अनुत्साहित नहो। तैँले के बुझ्नुपर्छ भने, परमेश्‍वर संसारको वा कुनै एक व्यक्तिको परमेश्‍वर हुनुहुन्न, बरु उहाँमा साँचो विश्‍वास गर्ने सबैको, उहाँको आराधना गर्ने सबैको, र उहाँप्रति अर्पित र विश्वसनीय हुने सबैको परमेश्‍वर हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

परमेश्‍वरका विश्‍वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्‍वासलाई परमेश्‍वरले कुनै धार्मिक समूहको विश्‍वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्‍वरको काम र मुक्तिका निसाना होइनन्। परमेश्‍वरले यो निर्धारण गरिसक्‍नुभएको हुन्छ, र यी मानिसहरूलाई मुक्ति दिन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्‍वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति बिल्कुलै समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्छ, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, मानिसहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान र दियाबलसहरू हुन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन्, तर खासमा, तिनीहरू मान्छेको चालबाजीमा पर्दै छन्, मानवका योजना र प्रभुत्वका नियन्त्रणमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्‍नुपर्दा, तिनीहरूले पछ्याउने र पालन गर्ने कुरा शैतान, र दियाबलसहरू, अनि परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, र परमेश्‍वरका शत्रुहरू हुन्। के परमेश्‍वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? तिनीहरू पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको नाममा मानव कार्य र उद्यमहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, अनि तिनीहरूको अन्तिम परिणाम भनेको तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत हुनेछन्। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ, र तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्; तिनीहरू शैतानद्वारा खोसेर लगिएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई त्यसकै हातमा सुम्पनुहुन्छ। के परमेश्‍वरप्रतिको विश्‍वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा त्यो विश्‍वास कति वर्षदेखिको हो भन्‍नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्‍ने अनुष्ठान वा पालना गर्ने प्रावधानहरूमा भर पर्छ? के परमेश्‍वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्‍वरले मानिसहरूको कुनै समूह छान्‍नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्‍वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहका युगमा भन्‍नुभएको थिएन, र ती निर्दिष्ट थिएनन्, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिका मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्‍वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूलाई पनि मुक्ति दिन सकिनेछैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो। तैँले कतिवटा प्रवचन सुनेको छस् वा कतिवटा सत्यता बुझेको छस् भन्ने कुराले फरक पार्दैन; यदि तँ अझै पनि मानिसको बहकाउमा पर्न सक्छस्—मानिस र शैतानलाई पछ्याउँछस्—र अन्त्यमा परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न नै सक्छस् भने, यस्तो व्यक्ति परमेश्‍वरद्वारा तिरस्कृत हुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्‍वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै धार्मिक समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरलाई पछ्याउने दाबी गर्ने ती मानिसहरूले आफ्ना आँखा खोलेर तिनीहरू ठ्याक्कै कसलाई विश्वास गर्छन् भनेर राम्ररी हेर्नु सबैभन्दा राम्रो हुनेछ: तँ साँच्चै परमेश्‍वरमा विश्वास गर्छस् कि शैतानमा? यदि तँलाई आफूले विश्वास गर्ने कुरा परमेश्‍वर होइन, बरु आफ्नै मूर्तिहरू हुन् भनी थाहा छ भने, तैँले आफू विश्‍वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। यदि तँलाई आफूले कसलाई विश्वास गर्छु भन्‍ने साँच्चै थाहा छैन भने, फेरि पनि, तैँले आफू विश्‍वासी भएको दाबी नगर्नु नै सबैभन्दा राम्रो हुनेछ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! तँलाई परमेश्‍वरमा विश्वास गर्न कसैले बाध्य पारिरहेको छैन। तिमीहरू ममा विश्वास गर्छौ भनेर नभन; मैले यस्ता कुराहरू पर्याप्त सुनिसकेको छु र म त्यो फेरि सुन्न चाहन्नँ, किनभने तिमीहरूले विश्वास गर्ने कुरा तिमीहरूको हृदयका मूर्तिहरू र तिमीहरूमाझका स्थानीय गुन्डाहरू हुन्। सत्यता सुन्दा टाउको हल्लाउनेहरू, मृत्युका शब्दहरू सुन्दा मुस्कुराउनेहरू शैतानको सन्तान हुन् र तिनीहरू नै हटाइने व्यक्ति हुन्। मण्डलीमा धेरै जनासँग खुट्ट्याउने क्षमता हुँदैन। जब कसैले अरूलाई भ्रमित पार्ने प्रयास गर्छ, तब तिनीहरू उल्टै शैतानको पक्षमा उभिन्छन्; तिनीहरू आफूलाई शैतानका नोकरहरू भनिँदा अत्यन्तै अन्याय भएको समेत महसुस गर्छन्। मानिसहरूले आफूसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्न सक्ने भए पनि, तिनीहरू सधैँ असत्यको पक्षमा उभिन्छन्, तिनीहरू सङ्कटको समयमा कहिल्यै सत्यताको पक्षमा उभिँदैनन्, तिनीहरू कहिल्यै खडा हुँदैनन् र सत्यताका लागि तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै खुट्ट्याउने क्षमताको कमी हुन्छ? तिनीहरू किन उल्टै शैतानको पक्ष लिन्छन्? तिनीहरू किन सत्यताका खातिर निष्पक्ष र उचित हुने एउटा शब्द कहिल्यै बोल्दैनन्? के यो परिस्थिति साँच्चै तिनीहरूको क्षणिक अन्योलको परिणाम स्वरूप उत्पन्न भएको हो? मानिसहरूसँग जति कम खुट्ट्याउने क्षमता हुन्छ, तिनीहरू सत्यताको पक्षमा उभिन त्यति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले खुट्ट्याउने क्षमता नभएका मानिसहरू पापलाई प्रेम गर्छन् भन्‍ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार सन्तान हुन् भन्‍ने देखाउँदैन र? तिनीहरू किन सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूको हरेक बोली र कार्य, तिनीहरूको अनुहारका हाउभाउहरू सबै तिनीहरू कुनै पनि प्रकारले सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनी प्रमाणित गर्न पर्याप्त छन्; बरु, तिनीहरू सत्यतालाई घृणा गर्ने मानिस हुन्। तिनीहरू शैतानको पक्षमा उभिन सक्नुले शैतानको खातिर लड्न आफ्नो जीवन बिताउने यी साना दियाबलसहरूलाई शैतान साँच्चै प्रेम गर्छ भनी पर्याप्त रूपमा प्रमाणित गर्छ। के यी सबै तथ्य अत्यन्तै स्पष्ट छैनन् र? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तँमा किन सत्यता अभ्यास गर्नेहरूका लागि सम्मान छैन र किन तँ सत्यता अभ्यास नगर्नेहरूले पुलुक्कै हेर्नेबित्तिकै तुरुन्तै तिनीहरूलाई पछ्याउँछस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्‍ने कुराको मलाई वास्ता छैन। तैँले जति नै ठूलो मूल्य चुकाएको भए पनि त्यसको मलाई वास्ता छैन। तेरा शक्तिहरू जति नै ठूला भए पनि त्यसको मलाई वास्ता छैन र तँ स्थानीय गुन्डा भए पनि वा झन्डा बोक्ने अगुवा भए पनि मलाई त्यसको वास्ता छैन। यदि तेरा शक्तिहरू ठूला छन् भने, त्यो शैतानको शक्तिको मद्दतले मात्रै हो। यदि तेरो प्रतिष्ठा उच्च छ भने, त्यो तेरो वरिपरि सत्यता अभ्यास नगर्नेहरू धेरै भएकाले मात्रै हो। यदि तँलाई निष्कासित गरिएको छैन भने, त्यो अहिले निष्कासित गर्ने कामको समय नभएकाले हो; बरु, यो हटाउने कामको समय हो। अहिले तँलाई निष्कासित गर्नु कुनै हतार छैन। म तँलाई हटाइसकेपछि दण्ड दिने दिनको केवल प्रतीक्षा गरिरहेको छु। सत्यता अभ्यास नगर्ने जोकोहीलाई हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

अघिल्लो: ४. धार्मिक संसारले पागलले झैँ सर्वशक्तिमान् परमेश्‍वरको विरोध गर्दछ र निन्दा गर्दछ। यसले ख्रीष्ट-विरोधीको वफादार समर्थक बन्दै एकपछि अर्को दुष्ट कार्य गरेको छ। तर धार्मिक संसारले परमेश्‍वरमा विश्‍वास गर्नु, तर आखिरी दिनहरूको परमेश्‍वरको कामको विरोध गर्नुको परिणाम र अन्त्य के हुनेछ?

अर्को: २. पाष्टरहरू र एल्डरहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन्, तिनीहरूमा बाइबलको धेरै ज्ञान हुन्छ, र तिनीहरूको विश्‍वास हाम्रो भन्दा श्रेष्ठ हुन्छ, त्यसैले प्रभुमा विश्‍वास गर्दा हामीले तिनीहरूको कुरा सुन्नुपर्छ। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ, तर धेरैजसो पाष्टरहरू र एल्डरहरूले यो कुरालाई स्वीकार गर्दैनन्, यहाँसम्म कि यसको विरोध र निन्दा समेत गर्छन्। त्यसैले हामी पनि यसलाई स्वीकार गर्न सक्दैनौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्