२. भर्खरै, मैले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेको छु, र तिनमा शक्ति र अख्तियार दुवै मैले पाएको छु। उहाँका प्रत्येक वाणीहरू सत्य छन्, ती साँच्चै परमेश्‍वरको आवाज हुन्, र सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ। तर मैले एउटा कुरा बुझेको छैन: अहिले फर्केर आउनुभएका प्रभु येशू भएको बहाना गर्ने कतिपय मानिसहरू, र तिनीहरूले पनि केही वचनहरू बोलेका छन्। तिनीहरूका केही वचनहरूका पुस्तकहरू बनाइएको छ, र धेरै मानिसहरूलाई झुक्याएर तिनीहरूको पछि लाग्ने बनाइएको छ। हामी झूटा ख्रीष्टहरूका वचनहरू वास्तवमा के हुन् भनी कसरी भन्न सक्छौं?

परमेश्‍वरका प्रासंगिक वचनहरू:

जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

सन्दर्भका लागि प्रवचन र सङ्गतिका अंशहरू:

परमेश्‍वरको आखिरी दिनहरूको काम अनुभव गर्ने सबै एउटा तथ्यको बारेमा स्पष्ट छन्: हरेक पटक परमेश्‍वरले नयाँ चरणको काम गर्नुहुँदा, शैतान र हरेक किसिमका दुष्ट आत्माहरूले मानिसहरूलाई छल गर्नको निम्ति उहाँको कामको नक्कल गर्दै र झूट ठहराउँदै उहाँलाई नजिकैबाट पछ्याउँछन्। जब प्रभु येशूले बिरामीहरूलाई निको पार्नुभयो र भूतहरूलाई निकाल्‍नुभयो, शैतान र दुष्ट आत्माहरूले पनि बिरामी निको पारे र भूतहरू धपाए; जब पवित्र आत्माले मानिसहरूलाई अन्य भाषाको वरदान दिनुभयो, दुष्ट आत्माहरूले पनि मानिसहरूलाई “अन्य भाषाहरू” मा बोल्‍ने बनायो, जुन भाषा कसैले पनि बुझ्‍न सकेन। शैतान र दुष्ट आत्माहरूले मानिसहरूका आवश्यकताहरूको जवाफ दिनको निम्ति सबै किसिमका कुराहरू गर्नसक्‍ने भए पनि—उदाहरणको निम्ति, मानिसहरूलाई छल्नको निम्ति केही अलौकिक कुराहरू गर्ने—शैतान र दुष्ट आत्माहरूमा सत्यताको अभाव भएको कारण, तिनीहरूले मानिसहरूलाई सत्यता दिन सक्दैनन्, र यसले नै साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको फरक छुट्याउन सम्भव बनाउँछ।

आखिरी दिनहरूमा, काम गर्नको निम्ति देह बन्‍नुभएपछि परमेश्‍वर लामो समय नम्र बन्‍नुभयो र गुप्त रहनुभयो; उहाँको वचन शिखरमा पुगेपछि र त्यसले मानिसहरूमाथि विजय प्राप्त गरेपछि मात्र पवित्र आत्माले ख्रीष्टको गवाही दिनुभयो। ख्रीष्टले अरूको अगाडि आफू ख्रीष्ट भएको कुरा बताउनुभएन। उहाँले कहिले पनि ख्रीष्टको ओहोदामा बसी मानिसहरूलाई भाषण दिनुभएन, न त उहाँले तिनीहरूलाई आफूलाई स्वीकार गर्न र आभार प्रकट गर्नको निम्ति कर नै लगाउनुभयो; उहाँले मानिसहरूको जीवनमा आवश्यकता रहेका कुराहरू प्रदान गर्दै र तिनीहरूका जीवनका स्वभावहरूलाई परिवर्तन गर्दै सत्यता व्यक्त गर्दै नम्र बन्‍नुभयो र गुप्तमा रहनुभयो। ख्रीष्टले कहिले पनि घमण्ड वा प्रदर्शन गर्नुभएको छैन; उहाँ यतिका समय नम्र र गुप्तमा रहनुभएको छ। यसमा, कुनै पनि सृष्टि गरिएका प्राणीहरूलाई तुलना गर्न सकिँदैन। मानिसहरूले उहाँको आज्ञा पालन गरून् र उहाँलाई पछ्याउन् भनेर ख्रीष्टले कहिले पनि आफ्नो ओहोदा वा पहिचानको प्रयोग गर्नुभए‍न। बरु, मानिसहरूको न्याय गर्न, तिनीहरूलाई सजाय दिन र बचाउनको निम्ति उहाँले आफ्नो सत्यता व्यक्त गर्नुहुन्छ, यसको माध्यमद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरलाई चिन्‍न, परमेश्‍वरको आज्ञा पालन गर्न र परमेश्‍वरद्वारा प्राप्त गरिन मदत गर्नुहुन्छ—यसले परमेश्‍वर कति भद्र र पवित्र हुनुहुन्छ भन्‍ने कुरा देखाउँछ। यसै बीच, असङ्‌ख्य झूटा ख्रीष्ट र दुष्ट आत्माहरू यसको ठीक विपरीत छन्: तिनीहरूले बारम्बार आफैलाई ख्रीष्टको रूपमा गवाही दिन्छन्, र तिनीहरूलाई नसुन्‍नेहरू स्वर्गीय राज्यमा प्रवेश गर्न सक्दैनन् पनि भन्छन्। तिनीहरूले घमण्ड गर्न, प्रदर्शन गर्न र मानिसहरू आएर तिनीहरूलाई भेटून् भनेर आफ्नो प्रशंसा गर्न सकेसम्म गर्छन् वा मानिसहरूलाई छल्‍नको निम्ति केही चिन्‍ह र अचम्‍मका कामहरू देखाउन सक्छन्। अनि मानिसहरूलाई छलेपछि, यदि सत्यताको सङ्‍गति गर्ने र यस छललाई समाधान गर्नको निम्ति कोही पनि छैन भने, तिनीहरू पतन हुन्छन्। यसका धेरै उदाहरणहरू छन्। झूटा ख्रीष्टहरू सत्यता, बाटो र जीवन नभएका हुनाले, अनि तिनीहरूले कुनै पनि मार्ग दिन नसक्‍ने हुनाले, तिनीहरूलाई पछ्याउनेहरू ढिलो चाँडो शर्ममा पारिनेछन्। यसैले, ख्रीष्ट सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर पहिचान गर्नु नै साँचा र झूटा ख्रीष्टहरू बीचको फरकलाई पहिचान गर्नुको मूल महत्त्व हो। ख्रीष्टले मात्र सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ; झूटा ख्रीष्टहरूमा सत्यताको अभाव हुन्छ, असङ्‌ख्य दुष्ट आत्माहरू यस्तै छन्, अनि तिनीहरूले जेसुकै भने तापनि वा जतिसुकै पुस्तकहरू लेखे तापनि, तिनीहरू कुनैमा पनि सत्यता हुँदैन—यो कुरा पक्‍का हो। यसका अतिरिक्त, ख्रीष्टलाई पछ्याउनेहरूको सत्यता बारेको बुझाइ झन् स्पष्ट हुन्छ र तिनीहरूको बाटो झन् चम्किलो हुन्छ, र ख्रीष्टले मात्र मानिसहरूलाई बचाउनुहुन्छ र ख्रीष्ट मात्र सत्य हुनुहुन्छ भन्‍ने कुरा यसले प्रमाणित गर्छ। झूटा ख्रीष्टहरूले केवल केही काल्‍पनिक वचनहरू बोल्‍न वा सत्यतालाई उल्टोपाल्टो पार्न मात्र सक्छन्। तिनीहरूसँग सत्यता हुँदैन र तिनीहरूले मानिसहरूलाई अन्धकार, प्रकोप र दुष्ट आत्माहरूको काममा मात्र ल्याउँछन्। झूटा ख्रीष्टहरूलाई पछ्याउनेहरू कुनै पनि हालतमा बचाइनेछैनन्; तिनीहरू केवल शैतानद्वारा गम्भीर रूपमा भ्रष्ट पारिन मात्र सक्छन्, जबसम्म यिनीहरू नष्ट हुँदैनन् तब सम्म यिनीहरू बढीभन्दा बढी सुस्त र मन्द बुद्धिका हुँदै गइरहेका हुन्छन्। झूटा ख्रीष्टहरूलाई पछ्याउनेहरू पानीको भ्रममा परी समुद्री डाँकाको जहाजमा चढ्‍ने अन्धा मानिसहरू जस्तै हुन्!

— माथिबाट दिइएको सङ्गतिबाट उद्धृत गरिएको

साँचो देहधारी परमेश्‍वरमा पक्कै पनि परमेश्‍वरको अभिव्यक्ति र सार हुन्छ। यदि कसैले ख्रीष्ट भएको दाबी गर्छ, आफू परमेश्‍वरको देहधारण भएको दाबी गर्छ भने, तिनीहरू ख्रीष्ट हुन् कि होइन् अनि तिनीहरू परमेश्‍वरका देहधारण हुन् कि होइनन् भन्‍ने निर्क्योल गर्न हामी तिनीहरूको वचनहरू र तिनीहरूले प्रकट गर्ने स्वभावद्वारा तिनीहरूको सारको जाँच गरौं। यी विविध पक्षहरूबाट हाम्रो भेदशक्तिलाई प्रयोग गरेर, हामीले सही जवाफ पत्ता लगाउनेछौं; यदि हामीले यी पक्षहरूबाट हाम्रो भेदशक्तिको प्रयोग गर्दैनौं भने, हामी सजिलै धोकामा पर्नेछौं। यसैले, हामीले कसरी निश्‍चित रूपमा फरक छुट्याउने? पहिले, तिनीहरूको कामका पक्षबाट तिनीहरूलाई पहिचान गर्न सकिन्छ। यदि यो परमेश्‍वरको काम हो भने, तिनीहरूले परमेश्‍वरका वचनहरू, परमेश्‍वरसँग जे छ र उहाँ जो हुनुहुन्छ भन्‍ने कुरा र परमेश्‍वरको धर्मी स्वभाव व्यक्त गर्न सक्‍नेछन्। यदि मानिसको काम हो भने, तिनीहरूले मानिससँग जे छ र ऊ जे हो, अनि मानिसका अनुभवहरू र ज्ञानको बारेमा मात्र बोल्‍न सक्नेछन्; तिनीहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा केही पनि भन्‍न सक्‍नेछैनन्, न त परमेश्‍वरको काम, मानिसबाट उहाँले माग्‍ने कुरा, अनि उहाँको स्वभावको बारेमा नै बताउन सक्‍नेछन्, तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजना र उहाँका कामका रहस्यहरूको बारेमा बताउने त कुरै भएन। यो कामको सन्दर्भमा कुराहरूलाई हेर्नु हो। दोस्रो, तिनीहरूले जे भन्छन्, त्यसको पक्षबाट तिनीहरूलाई पहिचान गर्न सकिन्छ। मानिसका वचनहरू र परमेश्‍वरका वचनहरू बीचमा तात्विक भिन्‍नता छ: परमेश्‍वरका वचनहरूले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई प्रतिनिधित्व गर्छ, जबकि मानिसका वचनहरूले मानिससँग जे छ र ऊ जो हो त्यसलाई प्रतिनिधित्व गर्छ; परमेश्‍वरका वचनहरूले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्छ भने, मानिसका वचनहरूले मानिसको मानवतालाई प्रतिनिधित्व गर्छ; परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, जबकि मानिसका वचनहरू सत्यतासँग सम्बन्धित छैनन्। यो वचनहरूको आधारमा भिन्‍नता हो। तेस्रो कुरा, तिनलाई स्वभावको पक्षबाट पनि पहिचान गर्न सकिन्छ। परमेश्‍वरको कामले परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्छ, जबकि मानिसको कामले परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्दैन, अनि यसमा मानिसको चरित्र मात्र हुन्छ। अनि मानिसको चरित्रमा के कुरा समावेश हुन्छ? के त्यसमा धर्मीपन, महिमा र क्रोध हुन्छ? के त्यसमा सत्यता हुन्छ? मानिसको चरित्रले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुराको कुनै सङ्‍केत दिँदैन, अनि यसैले मानिसको काम पूर्ण रूपमा परमेश्‍वरको स्वभावसँग असम्बन्धित छ। मानिसका वचनहरू र परमेश्‍वरका वचनहरू बीचको भिन्‍नता छुट्याउनको निम्ति यी पक्षहरूको प्रयोग गरेर को परमेश्‍वरको देहधारण हो र को होइन भन्‍ने कुराको निर्धारण गर्न सम्भव हुन्छ। यदि मानिसहरूले फरक छुट्याउन सक्दैनन् भने, तिनीहरूलाई झूटा ख्रीष्टहरूले सजिलै छल्‍छन्।

— “जीवनमा प्रवेश गर्ने विषयको प्रवचन र सङ्गति” बाट उद्धृत गरिएको

बोल्‍दा ख्रीष्टको नक्‍कल गर्ने र मानिसहरूलाई धोका दिनेहरू सबै झूटा ख्रीष्टहरू हुन्, र सबै झूटा ख्रीष्टहरूमा दुष्ट आत्माहरू पसेका हुन्छन्, तिनीहरू धोकेबाज हुन्। तर यदि तिनीहरूले छलकपटका वचनहरू बोलिरहे भने मानिसहरूले झूटा ख्रीष्टहरूलाई कसरी छुट्याउन सक्छन्? एउटै भाषणबाट जाँचेर मानिसहरू यो के हो भनेर बुझ्न वा यो दुष्ट आत्माले के गरिरहेको छ भनी बुझ्न सक्दैनन्। यदि तपाईंले यो दुष्ट आत्माको चालचलनलाई ध्यान दिनुभयो भने, र तिनीहरूले भनेको सबै कुरालाई एकसाथ हेर्नुभयो भने, तिनीहरू के हुन्, तिनीहरूले के गरिरहेका छन्, तिनीहरूले के भनिरहेका छन्, मानिसहरूका लागि तिनीहरूका योजनाहरू के छन्, र तिनीहरूले मानिसहरूलाई कुन मार्ग दिन्छन् भनेर बुझ्‍न सजिलो हुन्छ—यी कुराहरूलाई छुट्याउनु सजिलो हुन्छ। हामी देख्छौं, कि दुष्ट आत्माका सबै वचनहरूमा मूल रूपमा एकै प्रकारका विशेषताहरू हुन्छन्: तिनीहरूले परमेश्‍वरका वचनहरू र वाक्यांशहरूको नक्कल गर्न मात्र सक्छन्, र तिनीहरूमा परमेश्‍वरका वचनहरूको सार हुँदैन। परमेश्‍वरका वचनहरूले कारण र प्रभावलाई स्पष्ट पार्छन्, तिनमा उद्देश्य हुन्छ, यी वचनहरू व्यक्त गरेर परमेश्‍वरले प्राप्त गर्न चाहनुहुने अन्तिम उद्देश्य र प्रभाव के हो त्यो स्पष्ट हुन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरूमा अख्तियार र शक्ति छन्, तिनले उनीहरूलाई मोहित पार्न सक्छन्, र तिनीहरूको आत्मालाई छुन सक्छन् भन्‍ने देख्‍न सक्छन्। यस बीचमा, हरप्रकारका दुष्ट आत्माहरू र शैतानका वचनहरूले कारण र प्रभावलाई स्पष्ट गर्न सक्दैनन्, तिनले केही हासिल गर्दैनन्, तिनीहरू स्थिर पानीको पोखरी जस्तै हुन्छन्, र ती पढेपछि, मानिसहरू हृदयमा बादल लागेको र तिनीहरूलाई केही लाभ नभएको महसुस गर्छन्। यसैले, यी असङ्ख्य दुष्ट आत्माहरू सत्यता विहीन छन्, भित्रबाट तिनीहरू निस्सन्देह धमिलो र अँध्यारो हुन्छन्, र तिनीहरूका वचनहरूले मानिसहरूमा ज्योति ल्याउँदैनन्, र मानिसहरूलाई उनीहरू हिँड्नुपर्ने बाटो देखाउँदैनन्। दुष्ट आत्माहरूको वचनमा, तिनीहरूको अन्तिम उद्देश्य के हो, तिनीहरू अन्त्यमा के हासिल गर्न चाहन्छन् भन्ने कुरा स्पष्ट हुँदैन; तिनीहरूले सत्यताको सार र उत्पत्तिसँग सरोकार राख्ने कुनै कुरा भन्दैनन्, यी कुराहरू पूर्ण रूपमा अनुपस्थित हुन्छन्, र तिनीहरूका वचनहरूमा मानिसहरूले के बुझ्नुपर्छ, र तिनीहरूले के प्राप्त गर्नुपर्छ भन्ने कुनै सङ्केत पाउन सकिँदैन। र त्यसैले, दुष्ट आत्माका वचनहरूले मानिसहरूलाई धोका दिने बाहेक अरू केही गर्न सक्दैनन्, र तिनीहरूलाई भित्रपट्टि धमिलो र अँध्यारो, नकारात्मक र निराश छोडिदिन्छन्। तिनीहरूले मानिसहरूलाई केही प्रदान गर्दैनन्। यसबाट हामी देख्न सक्छौं कि दुष्ट आत्माहरूको प्रकृति सार दुष्ट र अँध्यारो हुन्छ, तिनमा कुनै जीवन शक्ति हुँदैन, तिनीहरू मृत्युको रापले भरिएका हुन्छन्, र निश्चित रूपमा नकारात्मक र सरापको योग्य हुन्छन्। दुष्ट आत्माहरूले बोलेका वचनहरूमा सत्यता रत्तीभर पनि हुँदैन, ती बकबक र शैतानी वचनहरू बाहेक अरू केही हुँदैनन्, तिनीहरू आपत्तिजनक र हेर्दा घिनलाग्दा हुन्छन्, मानिसहरूलाई मरेको झिँगा खाइरहेको महसुस गराउँछन्। सत्यताको पछि लाग्ने र परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता भएका मानिसहरूले ती दुष्टात्माका वचनहरू पढ्दा ती के हुन् भनी बताउन सक्छन्, तर आत्मिक कुराहरू नबुझ्ने र परमेश्‍वरका वचनहरू बुझ्ने शक्तिको कमी हुनेहरू निश्चय पनि तिनीहरूका शैतानी वचनहरूद्वारा धोकामा पर्छन्। पवित्र आत्माद्वारा ज्ञान र प्रकाश पाएकाहरूसित परमेश्‍वरका वचनहरूको ज्ञान भएकाले र केही सत्यताहरू बुझेकाले तिनीहरूले स्वाभाविक रूपमा दुष्ट आत्माहरूको शैतानी वचनहरू बुझ्न सक्छन्, र तिनीहरूको कुनै पनि वाणीहरू पढ्दा दुष्टात्माहरूमा सत्यताको कमी भएको, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको कमी भएको, अलिकति पनि शक्ति र अख्तियार नभएको, र जसरी आकाश पृथ्वीभन्दा फरक छ त्यसरी नै तिनीहरूका वचनहरू परमेश्‍वरका वचनहरू भन्दा फरक छन् भनी बुझ्न सक्छन्।

— कार्य बन्दोबस्तहरूबाट उद्धृत गरिएको

अघिल्लो: १. हाल संसारभरि विभिन्न धार्मिक समुदायहरूमा झूटा ले धोखा दिएका घटनाहरू धेरै छन्। यो धोखा वास्तवमा के हो भनी बुझ्न नसकेर धेरै मानिसहरू यी झूटा ख्रीष्टहरूको पछि लागेका छन्, यसरी प्रभु येशूको अगमवाणी पूरा गर्दैछन्: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। त्यसैले हामी के विश्‍वास गर्छौं भने, जो प्रभुको आगमन हो भनी गवाही दिइन्छ त्यो निस्सन्देह एक झूटा ख्रीष्ट हो, र तिनीहरूलाई खोज्नु र तिनीहरूलाई जाँच्नु कुनै आवश्यक हुँदैन। के हामीले यो विश्‍वास गर्नु गलत छ?

अर्को: १. तपाईं “पूर्वको ज्योति” नै साँचो बाटो हो भनी गवाही दिनुहुन्छ, तर चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक जगतका धेरैजसो पाष्टरहरू र एल्डरहरूले अहिले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्छन्, जुन कुराले “पूर्वको ज्योति” साँचो बाटो हुन सक्दैन भनी देखाउँछ। के यस बारेको हाम्रो बुझाइमा केही गल्ती छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्