२. तपाईंले प्रभु येशू फर्केर आउनुभएको छ, उहाँ देहधारी सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, उहाँले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सक्‍ने सबै सत्यताहरू व्यक्त गर्दैहुनुहुन्छ, र उहाँले परमेश्‍वरको घरबाट नै सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनेर गवाही दिनुहुन्छ। त्यसो भए हामी परमेश्‍वरको आवाज कसरी चिन्न सक्छौं, र सर्वशक्तिमान् परमेश्‍वर फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी कसरी निश्चित हुन सक्छौं?

सन्दर्भका लागि बाइबलका पदहरू:

“येशूले उसलाई भन्‍नुभयो, म बाटो, सत्य र जीवन हुँ। मद्वारा बाहेक कुनै पनि मानिस पिताकहाँ आउँदैन” (यूहन्‍ना १४:६)।

“अझै पनि मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)।

“परमेश्‍वरको मार्ग जीवित र शक्तिशाली अनि दुई-धारे तरबारभन्दा पनि धारिलो छ, जसले प्राण र आत्मा अनि जोर्नी र मासीसम्‍म अलग हुने गरी छेड्छ र यसले हृदयका विचार र अभिप्रायहरू खुट्ट्याउँछ” (हिब्रू ४:१२)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

देहधारी परमेश्‍वरका वचनहरूले नयाँ युगको सुरुवात गर्छन्, सम्पूर्ण मानवजातिलाई मार्गदर्शन गर्छन्, रहस्यहरू उजागर गर्छन् र मानिसलाई उसले नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि केही सामान्य अभ्यास वा ज्ञानबाहेक अरू केही होइन। यसले सम्पूर्ण मानवजातिलाई मार्गदर्शन गरेर नयाँ युगमा पुर्‍याउन वा परमेश्‍वरका रहस्यहरू उजागर गर्न सक्दैन। आखिरमा, परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ र मानिस मानिस नै हो। परमेश्‍वरमा परमेश्‍वरको सार हुन्छ र मानिसमा मानिसको सार हुन्छ। यदि मानिसले परमेश्‍वरद्वारा बोलिएका वचनहरूलाई पवित्र आत्माले दिएको सामान्य अन्तर्दृष्टिका रूपमा हेर्छ अनि प्रेरित र अगमवक्ताहरूका वचनहरूलाई परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा बोलिएका वचनहरूका रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

सत्यता नै जीवनका सूत्रहरूमा सबैभन्दा व्यावहारिक हुन्छ, र सारा मानवजातिमाझ यस्ता सूत्रहरूमध्ये सर्वोच्च हुन्छ। यो परमेश्‍वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान्‌ हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका सार्वभौमबाट मानवजातिका लागि आएको वाणी हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्‌, तर परमेश्‍वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरू मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्नेहरू हुन्

परमेश्‍वरद्वारा बोलिएका वचनहरू बाहिरी रूपमा सरल होऊन् वा गहन, ती सबै मानिसको जीवन प्रवेशका निम्ति अपरिहार्य सत्यता हुन्; ती जीवित पानीका मुहान हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। तिनले मानिसलाई जीवित रहन चाहिने कुराहरू आपूर्ति गर्छन्; उसको दैनिक जीवनको आत्म-आचरणका नियम र मान्यताहरू आपूर्ति गर्छन्; मुक्तिसम्म उसले लिनुपर्ने मार्ग, साथै मुक्ति प्राप्त गर्नका लागि चाहिने लक्ष्य र निर्देशन आपूर्ति गर्छन्; परमेश्‍वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता आपूर्ति गर्छन्; र मानिस कसरी परमेश्‍वरप्रति समर्पित हुनुपर्छ र उहाँको आराधना गर्नुपर्छ भन्नेबारे हरेक सत्यता आपूर्ति गर्छन्। ती मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र ती मानिसलाई बलियो हुन र दृढ रहन सक्षम बनाउने दह्रिलो टेवा पनि हुन्। ती सत्यता वास्तविकतामा समृद्ध हुन्छन्, जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, ती सत्यतामा समृद्ध हुन्छन्, जसद्वारा मानिस भ्रष्टताबाट उम्कन्छ र शैतानका पासोबाट निस्किहिँड्छ, र ती सृष्‍टिकर्ताले सृजित मानवजातिलाई दिने गम्भीर र धैर्यवान् शिक्षण, अर्ती, उत्साह, र सान्त्वनामा समृद्ध हुन्छन्। ती मानिसहरूलाई सबै सकारात्मक कुरा बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिने सङ्‍केत बत्ती हुन्, ती मानिसहरूले सबै न्यायवान, सुन्दर र असल कुराहरू जिउनेछन् र मानिसहरूसँग ती कुरा हुनेछन् भन्‍ने सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, ती सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गर्ने मापदण्डहरू हुन्, र मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्‍याउने मार्गदर्शक बत्ती पनि हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

परमेश्‍वरलाई परमेश्‍वरका वचनहरू पढेर, अनि परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर, साथै धेरै परीक्षा, शोधन, र काटछाँटमार्फत नै चिन्‍नुपर्छ; यसरी मात्रै परमेश्‍वरको काम र स्वभावको बारेमा साँचो ज्ञान प्राप्त गर्न सम्‍भव हुन्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्‍वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्‍वरलाई चिन्नुपर्छ?” वास्तवमा, परमेश्‍वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्‍वर स्वयम्‌ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्‍वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्‍वर स्‍वयम्‌ले आफ्‍ना वचनहरू र आफ्‍नो हृदयको आवाज व्यक्त गरिरहनुभएको छ, जसलाई उहाँको हृदयका वचनहरू पनि भन्‍न सकिन्छ। तिनलाई किन उहाँको हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँका अभिप्राय, उहाँका विचार र सोचहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्‍वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जसले मानिसका भावनाहरूलाई ध्यानमा राख्दैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त कठोर हुनुहुन्छ भन्‍ने लाग्‍न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैँले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्‍वर दयालु दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र त्यसपछि मानिसहरूले उहाँको स्वभावले कुनै उल्लङ्घन सहँदैन, मानिस दुःखद रूपमा फोहोरी छन्, र परमेश्‍वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैनन्, र तिनीहरूलाई अहिले शुद्ध रूपमा परमेश्‍वरको अनुग्रहको कारण मात्र उहाँको सामुन्ने आउन दिइएको छ भनेर देख्छन्। परमेश्‍वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्‍वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यसपालि, परमेश्‍वर आत्मिक शरीरमा नभई अति साधारण शरीरमा काम गर्नका लागि आउनुहुन्छ। त्यसमाथि, यो परमेश्‍वरको दोस्रो देहधारणको शरीर हो, र त्यो शरीर पनि हो जसमार्फत परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। उहाँलाई हेर्दा, तँ उहाँलाई अरूबाट फरक देखाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यो फगत नगण्य देह नै परमेश्‍वरका समस्त सत्यताका वचनको मूर्त रूप, आखिरी दिनहरूमा परमेश्‍वरका कामको वाहक, र मानिसले परमेश्‍वरको सम्पूर्ण स्वभाव बुझ्ने अभिव्यक्ति हो। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने चाहना बिछट्टै राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्ने चाहना बिछट्टै राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्ने चाहना बिछट्टै राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्यहरू—कुनै पनि मानिसले कहिल्यै तँलाई बताउन नसकेका रहस्यहरू—बताउनुहुनेछ र उहाँले तँलाई तैँले नबुझ्ने सत्यताहरू पनि बताउनुहुनेछ। उहाँ राज्यको तेरो प्रवेशद्वार र नयाँ युगमा प्रवेश गर्नका लागि तेरो मार्गदर्शक हुनुहुन्छ। यो साधारण देहसँग मानिसका निम्ति बुझ्न नसकिने धेरै रहस्य हुन्छन्। उहाँका कार्यहरू तेरा लागि दुर्बोध छन्, तर उहाँले गर्ने कामको सम्पूर्ण लक्ष्य नै तँलाई उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर देख्न सक्षम बनाउन पर्याप्त छ, किनकि उहाँ आखिरी दिनहरूमा परमेश्‍वरका अभिप्राय, र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरको हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू अग्निका ज्वालाहरूजस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट परमेश्‍वर क्रोधी भइरहनुभएको सुन्न सक्छस् र परमेश्‍वरले मानवजातिका लागि कृपा देखाइरहनुभएको थाहा पाउन सक्छस् र तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस्, र त्यसभन्दा पनि बढी, सबै मानवजातिका लागि परमेश्‍वरको हेरविचार बोध गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीमा मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्ने तुल्याउनु हो, र परमेश्‍वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसको बीचमा महान् काम गर्नुभएको छ

जब परमेश्‍वर आफ्नो काम गर्न पृथ्वीमा आउनुहुन्छ, तब मानिसहरू अलौकिक घटनाहरू मात्र देख्छन्। तिनीहरूको आँखाले देख्ने र तिनीहरूको कानले सुन्ने सबै कुरा अलौकिक हुन्छन्, किनभने उहाँको काम र उहाँका वचनहरू तिनीहरूका लागि बोध गर्न नसकिने र प्राप्त गर्न नसकिने हुन्छन्। यदि स्वर्गको कुनै कुरा पृथ्वीमा ल्याइयो भने, त्यो कसरी अलौकिकबाहेक अरू नै केही हुन सक्छ? जब स्वर्गको राज्यका रहस्यहरू पृथ्वीमा ल्याइन्छन्, जुन मानिसका लागि बोध गर्न नसकिने र बुझ्न नसकिने छन्, जुन अत्यन्तै अद्भुत र बुद्धिमानी छन्—के ती सबै अलौकिक हुँदैनन् र? … आजका दिनमा देहधारी परमेश्‍वरद्वारा गरिने कामबारे विचार गर् त: यसको कुन पक्ष अलौकिक छैन? उहाँका वचनहरू तेरो लागि बोध गर्न नसकिने र प्राप्त गर्न नसकिने छन्, र उहाँले गर्नुहुने काम कुनै पनि मानिसद्वारा गर्न सकिँदैन। उहाँ जे बुझ्नुहुन्छ त्यो मानिसले कुनै हालतमा बुझ्न सक्दैन, र उहाँको ज्ञानको कुरा गर्नुपर्दा, मानिसलाई यो कहाँबाट आउँछ भन्‍ने थाहा छैन। कतिपयले यसो भन्छन्, “म पनि तपाईँ जस्तै सामान्य छु, तर तपाईँलाई थाहा भएको कुरा मलाई कसरी थाहा नभएको हो? म उमेरले जेठो छु र अनुभवले धनी छु, तैपनि मलाई थाहा नभएको कुराबारे तपाईँ कसरी थाहा पाउन सक्नुहुन्छ?” मानिसको कुरा गर्ने हो भने, यी सबै यस्ता कुरा हुन् जुन मानिसले कुनै हालतमा प्राप्त गर्न सक्दैन। अनि कतिपय मानिस यस्ता पनि छन् जो यसो भन्छन्, “इस्राएलमा गरिएको कामको बारेमा कसैलाई थाहा छैन, र बाइबलका व्याख्याताहरूले समेत कुनै स्पष्टीकरण दिन सक्दैनन्; तपाईँलाई चाहिँ कसरी थाहा भयो?” के यी सबै अलौकिक कुरा होइनन् र? उहाँसँग अचम्मका कार्यहरूको कुनै अनुभव छैन, तैपनि उहाँलाई सबै कुरा थाहा छ; उहाँ अत्यन्तै सहजताका साथ बोल्नुहुन्छ र सत्यता व्यक्त गर्नुहुन्छ। के यो अलौकिक होइन र? उहाँको काम देहले प्राप्त गर्न सक्ने कुराभन्दा माथि पुग्छ। यो मासुको शरीर भएको कुनै पनि मानिसको सोचाइले प्राप्त गर्न सक्दैन र यो मानिसको मनको समझले पूर्णतया कल्पना गर्नै सक्दैन। उहाँले कहिल्यै बाइबल नपढ्नुभएको भए पनि, उहाँ परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम बुझ्नुहुन्छ। अनि हुन त उहाँ बोल्दा पृथ्वीमा उभिनुहुन्छ, तर उहाँ तेस्रो स्वर्गका रहस्यहरूका बारेमा बोल्नुहुन्छ। मानिसले यी वचनहरू पढ्दा उसलाई यस्तो लाग्छ, “के यो तेस्रो स्वर्गको भाषा होइन र?” के यी सबै एउटा सामान्य व्यक्तिले हासिल गर्न सक्नेभन्दा कुराभन्दा बाहिरका मामला होइनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्‍वरको आफ्‍नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्‍नो जीवनमा जे अनुभव वा सामना गर्ने कुरा, वा उसमा भएका संसारसँग व्यवहार गर्ने दर्शनहरू) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन संसारसँग व्यवहार गर्ने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूकाभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको विद्रोहीपनलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको विद्रोहीपनको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारतत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिस कहिल्यै मेरो सम्पर्कमा आएको छैन, उसले मलाई कहिल्यै चिनेको छैन, र ऊ सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेको छ। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसकहाँ देखा पर्नुहुने तर ऊमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसमाझ, साक्षात् र जीवित रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एउटा पनि व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्य राष्ट्र आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। म यो नाउँ धारण गर्छु र यो स्वभाव वहन गर्छु, ताकि सबै मानिसले म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै सृजित प्राणीहरूको परमेश्‍वर हुँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

परमेश्‍वरले विभिन्न विधि र धेरै दृष्टिकोण प्रयोग गर्दै हामीले के गर्नुपर्छ भनेर हामीलाई सचेत गराउन आफ्ना वाणीहरू बोलिरहनुहुन्छ, र साथसाथै आफ्नो हृदयको आवाज पनि व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूमा जीवनको शक्ति हुन्छ, तिनले हामीलाई हामीले पछ्याउनुपर्ने मार्ग प्रदान गर्छन्, र सत्यता भनेको ठ्याक्कै के हो भनी बोध गर्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूतर्फ आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोल्ने स्वर र शैलीमा ध्यान दिन थाल्छौँ, र अवचेतन रूपमा हामी अरूको नजरमा नपर्ने यस व्यक्तिको हृदयको आवाजलाई विशेष ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि पूर्ण रूपमा समर्पित भएर काम गर्नुहुन्छ, हाम्रा लागि भोक-निद्रा गुमाउनुहुन्छ, हाम्रा लागि रुनुहुन्छ, हाम्रा लागि सुस्केरा हाल्नुहुन्छ, र हाम्रा लागि बिरामी अवस्थामा विलाप गर्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिको खातिर अपमान सहनुहुन्छ; अनि हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत निकाल्छ। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हुँदैन, र कुनै पनि भ्रष्ट मानवले ती कुरा पाउन वा हासिल गर्न सक्दैन। उहाँसँग कुनै पनि साधारण व्यक्तिमा नहुने सहनशीलता र धैर्य छ, र उहाँको प्रेम त्यस्तो चिज हो जुन कुनै पनि सृजित प्राणीसँग हुँदैन। उहाँबाहेक अरू कसैले पनि हामीले सोचिरहेका सबै कुरा थाहा पाउन, वा हाम्रो प्रकृति र सारलाई आफ्नो हातको रेखा जतिकै थाहा पाउन, वा मानवजातिको विद्रोहीपन र भ्रष्टताको न्याय गर्न, वा स्वर्गमा हुनुहुने परमेश्‍वरको तर्फबाट हामीसँग यसरी बोल्न र हामीमा यसरी काम गर्न सक्दैन। उहाँबाहेक अरू कसैसँग पनि परमेश्‍वरको अख्तियार, बुद्धि, र इज्जत हुँदैन; परमेश्‍वरको स्वभाव साथै परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँमा पूर्ण रूपमा व्यक्त गरिन्छ। उहाँबाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र ज्योति दिलाउन सक्दैन। उहाँबाहेक अरू कसैले पनि सृष्टिदेखि आजसम्म परमेश्‍वरले प्रकट नगर्नुभएका रहस्यहरू खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धन र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँ परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सारा मानवजातिप्रति परमेश्‍वरका न्यायिक वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले एउटा नयाँ युग, एउटा नयाँ कालखण्डको सुरुवात गर्नुभएको छ, साथै नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम ल्याउनुभएको छ, उहाँले हामीलाई आशा ल्याइदिनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनको अन्त्य गर्नुभएको छ, साथै उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई पूर्ण रूपमा मुक्तितर्फको मार्ग हेर्न सम्भव तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई विजय गर्नुभएको छ र हाम्रो हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्माहरू पुनर्जीवित भएजस्ता देखिन्छन्: यो साधारण, नगण्य व्यक्ति, हामीमाझ जिउने र यति लामो समयदेखि हामीबाट अस्वीकृत हुनुभएको यो व्यक्ति—के यो हामीले विपना र सपना दुवैमा सम्झिरहने, र रातदिन चाह गर्ने प्रभु येशू हुनुहुन्न र? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

अघिल्लो: १. प्रभु येशूले भन्नुभयो, “मेरा भेडाले मेरो आवाज सुन्छन्” (यूहन्‍ना १०:२७)। जब प्रभु फर्केर आउनुहुन्छ, उहाँले आफ्ना वाणीहरू बोल्नुहुनेछ र आफ्‍ना भेडाको खोजीमा जानुहुनेछ। प्रभुको पुनरागमनको प्रतीक्षा गर्नका लागि परमेश्‍वरको आवाजको खोजी गर्नु महत्त्वपूर्ण हुन्छ, तर हामी परमेश्‍वरको आवाज र मानिसको आवाज बीचको भेद छुट्ट्याउन असमर्थ छौं। कृपया यस विषयमा हामीसँग सङ्गति गर्नुहोस्।

अर्को: ३. तपाईंले वचन देहमा देखा पर्नुहुन्छ परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वाणी हो भनी गवाही दिनुहुन्छ, तैपनि कतिपय मानिसहरूले यी वचनहरू पवित्र आत्माको अन्तर्दृष्टि पाउने कुनै व्यक्तिले बोलेका वचनहरू हुन् भनी विश्‍वास गर्छन्। देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू र पवित्र आत्माको अन्तर्दृष्टि पाएको कुनै व्यक्तिद्वारा बोलिएका वचनहरूको बीचमा के भिन्नता हुन्छ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्