हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

तिमीहरू आज कस्ता परीक्षाहरू सामना गर्न सक्षम छौ? तिमीहरूसँग जग छ भन्ने हिम्मत गर्छौ, के तिमीहरू प्रलोभनको सामना गर्दा दृढ उभिन सक्षम छौ? उदाहरणका लागि, शैतानद्वारा खेदो र सतावटका प्रलोभनहरू, वा पद र प्रतिष्ठा, विवाह वा धनको परीक्षाहरू, के तिमीहरू यी प्रलोभनहरू पार गर्न सक्षम छौ? (हामी तीमध्ये केहीलाई प्राय पार गर्न सक्छौं।) प्रलोभनका कतिवटा श्रेणीहरू छन्? र तिमीहरू कुन श्रेणीलाई पार गर्न सक्छौ? उदाहरणका लागि, परमेश्वरमा विश्वास गरेको कारण कोही व्यक्ति गिरफ्तार भएको सुन्दा तँ डराउँदैनस् होला, र अरूलाई गिरफ्तार गरिएको र यातना दिएको देख्दा तँ डराउँदैनस् होला—तर जब तँ पक्राउ पर्छस्, जब तँ आफूलाई यो अवस्थामा पाउँछस्, के तँ दृढ भई खडा रहन सक्षम हुन्छस्? यो ठूलो प्रलोभन हो, हैन र? उदाहरणका लागि, मानौँ तँ कोही चिन्छस्, असल मानवत्व भएको कोही चिन्छस्, जो परमेश्वरमाथिको आफ्नो विश्वासमा उत्कट छ, जसले आफ्नो कर्तव्य पूरा गर्न परिवार र कार्य-जीवन त्यागेको छ र धेरै कठिनाइ भोगेको छ: एक दिन अचानक उसलाई परमेश्वरमाथिको उसको विश्वासको लागि गिरफ्तार गरिन्छ र उसले जेल सजाय पाउँछ, र तैँले सुन्छस् कि पछि उसलाई कुटपिट गरेर मारियो। के यो तेरो प्रलोभन हो? यदि तँलाई यस्तो भयो भने तैँले कस्तो प्रतिक्रिया जनाउनेथिस्? तैँले यो कसरी अनुभव गर्नेथिस्? के तैँले सत्यता खोज्नेथिस् तैँले सत्यता कसरी खोज्नेथिस्? यस्तो प्रलोभनको दौरान, के तैँले आफैलाई दृढ भई खडा हुने र परमेश्वरको इच्छा बुझ्ने बनाउन सक्थिस्, र के यसबाट सत्यता प्राप्त गर्थिस्? के तैँले कहिल्यै यस्ता कुराहरू विचार गरेको छस्? के यस्ता प्रलोभनहरू पार गर्न सजिलो छ? के ती असाधारण छन्? असाधारण र मानव धारणा र कल्पनाको विपरीत हुने कुराहरूलाई कसरी अनुभव गरिनुपर्छ? यदि तँसँग कुनै मार्ग छैन भने, के तँ गुनासो गर्न योग्य छस्? के तँ परमेश्वरका वचनहरूमा सत्यता खोज्न र समस्याहरूको सार देख्न सक्षम छस्? के तँ अभ्यासका सही सिद्धान्तहरू निर्धारण गर्नका लागि सत्यता प्रयोग गर्न सक्षम छस्? सत्यता पछ्याउनेहरूमा यही कुरा पाइनुपर्दैन र? तैँले परमेश्‍वरको काम कसरी जान्‍न सक्छस्? तैँले यसलाई परमेश्वरको न्याय, शुद्धीकरण, मुक्ति र सिद्धता हासिल गर्न कसरी अनुभव गर्नुपर्छ? मानिसहरूको परमेश्वरको विरुद्धको असंख्य धारणा र गुनासोहरू समाधान गर्न के-के सत्यताहरू बुझ्नुपर्छ? तैँले आफूलाई सुसज्जित पार्नु पर्ने सबैभन्दा उपयोगी सत्यताहरू के हुन्; सत्यताहरू जसले तँलाई विभिन्न परीक्षाहरूको बीचमा दृढ खडा रहने तुल्याउँछ? अहिले तेरो कद कति ठूलो छ? तँ कुन हदका प्रलोभनहरू पार गर्न सक्षम छस्? तँलाई केही अनुमान छ? छैन भने, यो सन्देहयुक्त छ। तैँले भर्खरै तँ “तीमध्ये केहीलाई लगभग जित्न सक्छस्” भनेको थिइस्। यी भ्रमित कुरा हुन्। तँ सँग कस्तो प्रकारको कद छ, तैँले कुन सत्यताहरूले आफूलाई सुसज्जित गरिसकिस्, कुन प्रलोभनहरूलाई पार गर्न सक्छस्, तँ कुन परिक्षाहरूलाई स्वीकार गर्न सक्षम छस्, र कुन परिक्षाहरू को दौरान तँ सँग कुन सत्यता हुनुपर्छ, परमेश्वरको कामबारे के ज्ञान हुनुपर्छ र परमेश्वरलाई सन्तुष्ट पार्न कुन बाटो रोज्नुपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ—यी सबैको बारेमा तँलाई राम्ररी थाहा हुनैपर्छ। जब तँ तेरो धारणा र कल्पनाहरूसँग मेल नखाने केहि कुरा सामना गर्छस्, तब तँ त्यसलाई कसरी अनुभव गर्छस्? त्यस्ता मामिलाहरूमा, तैँले कसरी आफूलाई सत्यताले सुसज्जित गर्नुपर्छ—र सत्यताका कुन पक्षहरूले आफूलाई सुसज्जित गर्नुपर्छ—सहज रूपमा पार गर्नका लागि, आफ्ना धारणाहरू समाधान गरेर मात्र होइन, तर परमेश्वरको साँचो ज्ञान प्राप्त गरेर—के तैँले खोज्नु पर्ने यही होइन? तिमीहरूले सामान्यतया कस्ता प्रकारका प्रलोभनहरू अनुभव गर्छौ? (हैसियत, प्रतिष्ठा, नाफा, पैसा, पुरुष र महिला बीचका सम्बन्धहरू।) यी, मूलतः, सामान्य हुन्। र आज तिमीहरूको कदको सन्दर्भमा, तिमीहरू कुन प्रलोभनहरूमा आफूलाई कायम राख्न र दृढ खडा रहन सक्षम छौ? के तिमीहरूसँग यी प्रलोभनहरू पार गर्ने वास्तविक कद छ? के तिमीहरू आफ्नो कर्तव्य ठीकसँग पूरा गर्नेछौ, र सत्यतालाई उल्लङ्घन गर्ने, वा अवरोध र बाधा पुऱ्याउने, वा अवज्ञाकारी र विद्रोही, वा परमेश्वरलाई दुखी तुल्याउने कुनै पनि काम गर्दैनौ भनी साँच्चै ठोकुवा गर्न सक्छौ? (सक्दैनौ।) त्यसोभए तैँले आफ्नो कर्तव्यलाई सही रूपमा पूरा गर्न के गर्नुपर्छ? एउटा त, तेरो कार्यहरू सत्यता सिद्धान्तहरू अनुसार छन् वा छैनन्, लापरवाह छन् वा छैनन्, त्यसमा विद्रोही वा प्रतिरोधी तत्वहरू छन् वा छैनन् भनेर हेर्नको निम्ति, तैँले सबै कुरामा आफैलाई जाँच्नैपर्छ। यदि छन् भने, तैँले तिनीहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नैपर्छ। यसका साथै, यदि तँलाई आफ्नो बारेमा थाहा नभएका कुरा भएमा, तैँले तिनीहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नैपर्छ। यदि तँलाई निराकरण र काट-छाँट गरिएको छ भने, तैँले त्यसलाई स्वीकार गरेर समर्पण गर्नुपर्छ। जबसम्म मानिसहरू तथ्यहरू अनुसार बोल्छन्, तबसम्म तँ तिनीहरूसँग तर्क-वितर्क गर्न र परिष्कारमा संलग्न हुन निश्चय नै सक्दैनस्; तब मात्र तैँले आफैलाई चिन्न सक्छस् र साँच्चै पश्चात्ताप गर्न सक्छस्। मानिसहरूले कुराहरूको यी दुई पक्षहरूको आवश्यकताहरू पूरा गर्नुपर्दछ र तिनीहरूसँग वास्तविक प्रवेश हुनुपर्छ। यसरी, तिनीहरूले सत्यताको बुझाइ प्राप्त गर्न सक्छन् र वास्तविकतामा प्रवेश गर्न सक्छन्, र स्वीकार्य मापदण्डमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन्।

केही मानिसहरू भन्छन्, “धेरै जसो जब ममाथि केही आइपर्छ, मलाई सत्यता कसरी खोजी गर्ने भनी थाहा हुँदैन र थाहा पाइसके पछि पनि, म कुनै जवाफ पाउँदिन। मैले प्रार्थना गरेको, खोजेको र पर्खेको छु तर कुनै परिणाम आएन। मलाई के गर्ने थाहा छैन। म यसको समाधान गर्न परमेश्वरका वचनहरू भेट्टाउन चाहन्छु, तर ती अति धेरै छ्न्, परमेश्वरका वचनहरूको कुन खण्ड लागू हुन्छ, र यो समस्या समाधान गर्न सक्छ भनी मलाई थाहा छैन।” तब तिनीहरूले के गर्नुपर्छ? यसको लागि न्यूनतम मापदण्ड छ: जब तँमाथि केही आइपर्छ र तँलाई के गर्ने भनी थाहा हुँदैन, तैँले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा आफ्नो विवेकलाई पछ्याउनु हो; यो एक जीवन जोगाउने कुरा हो, यो एक आधार रेखा हो जुन सबै भन्दा माथि राखेर पालना गरिनुपर्छ, र यो अभ्यास को एक सिद्धान्त पनि हो। त्यसोभए हरेक व्यक्तिमा विवेकले कत्तिको प्रभुत्व राख्छ? जब व्यक्तिले सत्यता बुझ्दैन, उसको विवेकले कति ठूलो भूमिका खेल्‍न सक्छ त्यो कुरा उसको मानवत्व कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। यदि यस व्यक्तिले सत्यता बुझ्दैन र आफ्‍नो विवेकअनुसार काम गर्दैन भने, र यदि तैँले उसको कार्यहरूको कुनै पनि पक्षले परमेश्‍वरका अभिप्रायहरूलाई ध्यान दिएको वा उसमा परमेश्‍वरको डर मान्ने कुनै हृदय भएको देख्न सक्दैनस् भने—यदि यीमध्ये केही पनि देख्दैनस् भने, के यो व्यक्तिलाई विवेक र मानवत्व भएको व्यक्तिको रूपमा गन्ती गर्न सकिन्छ? (सकिँदैन।) यो कस्तो प्रकारको व्यक्ति हो? यस प्रकारको व्यक्तिलाई नै मानवत्वहीन व्यक्तिको रूपमा पारिभाषित गरिन्छ। उसले न त समझको आधारमा न त विवेकको आधारमा, मानवीय आचरणको आधार-रेखा नाघेर काम गर्छ। कतिपय मानिसहरूले धेरै सत्यता बुझ्दैनन्। तिनीहरूले आफूले गर्ने कुनै पनि कामका सिद्धान्तहरू बुझ्दैनन्, र समस्याहरू सामना गर्दा तिनलाई उचित रूपमा कसरी सम्हाल्ने भनेर तिनीहरूलाई थाहा हुँदैन। उसले यो परिस्थितिमा कसरी अभ्यास गर्नुपर्छ? न्यूनतम मापदण्ड भनेको विवेकअनुसार काम गर्नु हो—आधाररेखा यही हो। तैँले विवेकअनुसार कसरी काम गर्नुपर्छ? इमानदारीसाथ काम गर्नुपर्छ, र तँ परमेश्‍वरको दया, परमेश्‍वरले दिनुभएको यो जीवन, र परमेश्‍वरप्रदत्त यो मुक्ति पाउने अवसरको योग्य हुनुपर्छ। के त्यो तेरो विवेकको प्रभाव हो? तैँले यो न्यूनतम मापदण्ड पूरा गरेपछि, तैँले सुरक्षा प्राप्त गरेको हुनेछस् र तैँले गम्भीर गल्तीहरू गर्नेछैनस्; तैँले परमेश्‍वरको अवज्ञा गर्ने कुराहरू सहजै गर्नेछैनस् वा आफ्‍नो जिम्‍मेवारीहरूबाट तँ पछि हट्नेछैनस्, न त तैँले त्यसरी झारा टार्ने तरिकाले काम गर्ने नै सम्भावना हुन्छ। तैँले आफ्‍नो पद, ख्याति, नाफा, र भविष्यको लागि षड्यन्त्र गर्ने सम्‍भावना पनि हुनेछैन। विवेकले खेल्‍ने भूमिका यही हो। विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवत्वका तत्वहरू हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण, दुवै हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानावत्व भएको एक व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू देखाउँछन् भनेर विश्‍लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्।) स्वार्थी र तुच्छ मानिसहरू आफ्ना कार्यहरूमा लापरवाह हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको भवनको हितको विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्‍वरको गवाही दिने गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। तिनीहरूले जब केही गर्छन् तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, “यदि मैले यो गरें भने के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले गरेको सारा कोसिस र परिश्रमी रूपमा काम गरेको देख्दैनन्, र यदि परमेश्‍वरले यो पनि देख्नुहुन्न भने, मैले त्यस्तो कोसिस गर्दा वा त्यसका लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।” के यो हदैसम्मको स्वार्थीपन होइन र? यो अत्यन्तै नीच शैलीको आशाय पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, के तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा तिनीहरूको विवेकले घोच्छ? घोच्दैन, तिनीहरूको विवेकलै कुनै भूमिका खेलिरहेको हुँदैन, र यसले घोच्दैन। आफूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, कतिपय मानिसहरूले कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई तुरुन्तै रिपोर्ट पनि गर्दैनन्। तिनीहरू मानिसहरूले अवरोध र बाधा पुऱ्याइरहेको देख्दा, आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा, तिनीहरू उनीहरूलाई रोक्‍ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर ख्याल नै गर्छन्। यस्ता मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू आरामको लालसा गर्ने मानिसलाई खुसी पार्दै हिँड्नेहरू हुन्; तिनीहरू आफ्नै रवाफ, इज्‍जत, हैसियत र हितका लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुराहरूमा मात्र आफ्नो समय र प्रयास समर्पण गर्न इच्छुक हुन्छन् त्यस्तो किसिमको कुनै व्यक्तिका कार्यहरू र उद्देश्यहरू सबैका लागि स्पष्ट हुन्छन्: जब मुख देखाउने वा केही आशिष पाउने अवसर हुन्छ तब तिनीहरू देखा परिहाल्छन्। तर जब मुख देखाउने पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाए जस्तै तिनीहरू दृश्यबाट हराउँछन्। के यस प्रकारको मानिसमा विवेक र तर्कशक्ति हुन्छ? (हुँदैन।) के यस्तो व्यवहार विवेकहीन र समझहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस्ता मानिसमा स्व-निन्दाको कुनै पनि समझ हुँदैन। यस प्रकारको व्यक्तिको विवेकको कुनै काम हुँदैन। उसले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसो भए, के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासनको महसुस गर्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्।

पवित्र आत्माको काम सैद्धान्तिक छ, र यसका पूर्वशर्तहरू छन्। पवित्र आत्माले सामान्यतया आफ्नो काम कुन किसिमको व्यक्तिमा गर्नुहुन्छ? पवित्र आत्माको काम प्राप्त गर्नको लागि व्यक्तिले के-कस्ता पूर्वशर्तहरू पूरा गर्नुपर्छ? परमेश्वरमा विश्वास गर्नेहरूले पवित्र आत्माको काम प्राप्त गर्नको लागि आफूसँग हुनैपर्ने न्यूनतम कुरा बुझ्नैपर्छ। कम्तीमा, तिनीहरूसँग विवेक र इमानदार हृदय हुनैपर्छ, र तिनीहरूको विवेकमा इमानदारीको तत्व हुनैपर्छ। तेरो हृदय इमानदार हुनैपर्छ र त्यसले परमेश्वरको जाँच स्वीकार गर्नैपर्छ। परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने साहस नगर्नेहरू इमानदार मानिसहरू होइनन्, र तिनीहरूले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्दैनन्। मानिसहरू सधैँ के भन्छन् भने परमेश्वरले मानिसहरूको भित्री हृदय जाँच्नुहुन्छ, उहाँ सबै देख्नुहुन्छ र मानिसले बाहिरी कुरा देख्छ, जबकि परमेश्वर हृदय देख्नुहुन्छ, तर किन तिनीहरू परमेश्वरको जाँच स्वीकार गर्न सक्दैनन्? किन तिनीहरू परमेश्वरको वचन सुन्न र उहाँमा समर्पित हुन सक्दैनन्? यसको स्पष्टीकरण हो, मानिसहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई प्रेम गर्दैनन्। किन केही मानिसहरू पवित्र आत्माको काम कहिल्यै प्राप्त गर्न सक्षम हुँदैनन्, सधैँ नकारात्मक, निराश स्थितिमा, कुनै आनन्द वा शान्ति बिना हुन्छन्? यदि तैँले तिनीहरूको स्थितिलाई ध्यानपूर्वक जाँचिस् भने, तिनीहरू सामान्यतया विवेकको चेतनारहित, इमानदार हृदयरहित, कमजोर क्षमताका हुन्छन्, र तिनीहरूले सत्यताको लागि प्रयास गर्दैनन्, त्यसैले तिनीहरूको स्थिति विरलै सामान्य हुन्छ। सत्यतालाई प्रेम गर्नेहरू फरक हुन्छन्। तिनीहरूले सँधै सत्यताको लागि प्रयास गर्छन्, जब तिनीहरूले सत्यताका अंशहरू बुझ्छन् तिनीहरूको स्थिति सुधार हुन्छ, र तिनीहरू सत्यताका अंशहरू बुझेर केही वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुन्छन्, त्यसैले तिनीहरूको स्थिति निरन्तर सुधार हुन्छ र झन्झन् सामान्य बन्दै जान्छ। तिनीहरूलाई जे आइपरे पनि, तिनीहरू विरलै नकारात्मक हुन्छन्, र तिनीहरू परमेश्वरको उपस्थितिमा बाँच्न सक्षम हुन्छन्। जुनसुकै समयावधिमा, तिनीहरूले लाभ र ज्ञान सधैँ हासिल गर्छन्, र आफ्नो कर्तव्य पूरा गर्दा सधैँ उपलब्धिहरू प्राप्त गर्छन्। तिनीहरू सुसमाचार फैलाउँदा मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन सक्षम छन्, र तिनीहरूको कर्तव्य जेसुकै भए पनि, तिनीहरू यसलाई सैद्धान्तिक तवरले गर्छन्। यी लाभहरू कहाँबाट आउँछन्? यी कुराहरू परमेश्वरका वचनहरू बारम्बार पढेर र अन्तर्दृष्टि, ज्योति, र सत्यताको बुझाइ प्राप्त गरेर हासिल गरिएका परिणामहरू हुन्, पवित्र आत्माको कामद्वारा हासिल गरिएका परिणामहरू हुन्। जब तँसँग इमानदार हृदय, मानवसँग हुनुपर्ने विवेक र समझ हुन्छ, तब मात्र पवित्र आत्माले तँमा आफ्नो काम गर्न सक्नुहुन्छ। के तिमीहरू सबैमा पवित्र आत्माको कामबारे नियमहरूको समझ छ? पवित्र आत्माले कस्तो प्रकारको व्यक्तिमा आफ्नो काम गर्नुहुन्छ? पवित्र आत्माले सामान्यतया इमानदार हृदय हुनेहरूमाथि आफ्नो काम गर्नुहुन्छ। उहाँले कठिनाइहरू भएका र सत्यताको खोजी गर्नेहरूमा काम गर्नुहुन्छ। कुनै मानवता, विवेक वा समझ नभएकाहरूलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। यदि कोही इमान्दार छ, तर उसको हृदय अस्थायी रूपमा परमेश्वरबाट टाढा जान्छ, ऊ राम्रो बन्ने प्रयास गर्न चाहँदैन, नकारात्मक स्थितिमा अड्किएको छ, न प्रार्थना गर्छ, न यो सबथोक समाधान गर्न सत्यताको खोजी नै गर्छ, अनि सहकार्य गर्न इच्छुक छैन भने—यो अस्थायी अन्धकार, अस्थायी पतनको स्थितिमा, पवित्र आत्माले आफ्नो काम गर्नुहुन्न। आधारभूत रूपमा मानवताको केही चेतना नभएको व्यक्तिको लागि उहाँले यो झन् कति कम गर्नुहुनेछ? उहाँले पक्कै पनि गर्नुहुनेछैन। यस प्रकारको विवेक र समझ नभएको, सत्यतालाई पटक्कै प्रेम नगर्ने व्यक्तिबारे परमेश्वर के गर्नुहुन्छ? उहाँ तिनीहरूलाई स्वीकार गर्नुहुन्न। के यी मानिसहरूका लागि कुनै आशा छ? तिनीहरुको लागि आशाको एउटा त्यान्द्रो छ। तिनीहरूका लागि पार पाउने एक मात्र उपाय भनेको साँच्चै पश्चात्ताप गर्नु, इमानदार मानिसहरू बन्नु हो, र त्यसपछि मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। व्यक्ति कसरी इमानदार बन्छ? सबै भन्दा पहिले, तैँले परमेश्वरसामु आफ्नो हृदय खोलेर उहाँबाट सत्यता खोज्नुपर्छ, र जब तैँले सत्यता बुझ्छस् तैँले त्यसलाई अभ्यास गर्न र परमेश्वरका बन्दोबस्तहरूमा आफूलाई समर्पित गर्न सक्नुपर्छ, र यो सब तैँले परमेश्वरलाई आफ्नो हृदय दिनु बराबर हो। तब मात्र तँ परमेश्वरद्वारा स्वीकार गरिन सक्छस्। तैँले पहिला आफ्नो देह त्याग्नै पर्छ, आफ्नो आडम्बर र घमण्ड त्याग्नैपर्छ, आफ्नो हित त्याग्नैपर्छ, शारीरिक र मानसिक रूपले आफ्नो कर्तव्यमा होमिनैपर्छ, समर्पित हृदयले आफ्नो कर्तव्य गर्नुपर्छ, र विश्वास गर्नुपर्छ कि जब सम्म तैँले परमेश्वरलाई सन्तुष्ट पार्छस्, तब सम्म तैँले जे भोगे पनि फरक पर्दैन। यदि तँ कठिनाइहरू सामना गर्छस्, र तैँले परमेश्वरलाई प्रार्थना गर्छस् अनि सत्यता खोज्छस् भने, परमेश्वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ, तेरो हृदयमा शान्ति र खुसी छ कि छैन, तँसँग यो प्रमाण छ कि छैन भन्ने कुरा हेर्। यदि तँ पवित्र आत्माको काम प्राप्त गर्न चाहन्छ्स् भने, पहिला, तैँले साँच्चै पश्चात्ताप गर्नैपर्छ, आफूलाई परमेश्वरमा समर्पण गर्नैपर्छ, उहाँको उपस्थितिमा आफ्नो हृदय खोल्नैपर्छ, र तैँले अति कदर गर्ने प्रतिष्ठा, नाफा र हैसियत जस्ता फोहोरी कुरालाई त्याग्नैपर्छ। यदि तँ यी कुरालाई पछ्याइरहन्छस् तर अझै पनि परमेश्वरबाट ठूलो आशिषहरू माग गर्न चाहन्छस् भने, के उहाँले तँलाई स्वीकार गर्नुहुनेछ? पवित्र आत्माको कामका लागि पूर्वशर्तहरू छन्। परमेश्वर ईर्ष्यालु परमेश्वर हुनुहुन्छ, एक पवित्र परमेश्वर हुनुहुन्छ। यदि मानिसहरू सधैं प्रतिष्ठा, नाफा र हैसियतको पछि लाग्छन् भने, र सुरुदेखि अन्त्यसम्म, तिनीहरूले यी कुराहरू त्याग्न सक्दैनन् भने, यदि तिनीहरूको हृदय परमेश्वरका लागि बन्द छ भने, यदि तिनीहरू उहाँसामु खुल्ने हिम्मत गर्दैनन् भने, यदि तिनीहरूले सधैँ उहाँको काम र निर्देशनलाई अस्वीकार गर्छन् भने, उहाँले केही गर्नुहुन्न। परमेश्वरले तँलाई यो वा त्यो गर्न बाध्य पार्दै, प्रत्येक व्यक्तिमा आफ्नो काम गर्नुपर्दैन। परमेश्वरले तँलाई बाध्य पार्नुहुन्न। दुष्ट आत्माहरूले मात्र मानिसहरूलाई यो वा त्यो गर्न बाध्य पार्छन्, तिनीहरूलाई नियन्त्रण गर्न प्तिनीहरूमाथि प्रभुत्व जमाउँछन्। पवित्र आत्माको काम विशेषरूपले यति कोमल छ कि जब उहाँले तँलाई उत्प्रेरित गर्नुहुन्छ, तैँले यसलाई अनुभूति समेत गर्दैनस्। तैँले आफूले अनजानमै बुझेको र सचेत भएको भन्ठान्नेछस्। यसरी पवित्र आत्माले मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्छ। त्यसैले यदि कसैले पवित्र आत्माको काम प्राप्त गर्न चाहन्छ भने, तिनीहरूले साँच्चै पश्चात्ताप र सहकार्य गर्नैपर्छ।

तैँले कसरी आफ्नो हृदय परमेश्वरलाई दिने गर्छस्? जब तँमाथि कुराहरू आइपर्छन्, तैँले परमेश्वरसामु तँ आफैमाथि भर नपर्ने घोषणा गर्नुपर्छ। आफ्नो हृदय परमेश्वरलाई दिनु भनेको परमेश्वरलाई तेरो घरको मालिक हुन दिनु हो। यसका साथै, आफूलाई सत्यता अभ्यास गर्नबाट बाधा पुर्‍याउने ख्याति, हैसियत, आडम्बर र घमण्ड जस्ता चीजहरू तैँले त्याग्नै पर्छ, परमेश्वरलाई तेरो अगुवाइ गर्न दिनुपर्छ, तेरो हृदयलाई परमेश्वरमा समर्पित हुन दिनुपर्छ, उहाँलाई तेरो हृदयमा शासन गर्न दिनुपर्छ, र उहाँका वचनहरू अनुसार कार्य गर्नुपर्छ। जब तँ देहले आनन्द लिने कुराहरू त्याग्न सक्षम हुन्छस् र जब परमेश्वरले तैँले अहिले बोझहरू बिलकुलै बोकिरहेको छैनस् बरु उहाँसामु समर्पित हृदयका साथ् आउँछस्, उहाँका वचनहरू सुन्न इच्छुक छस् र उहाँका प्रबन्धहरू र योजनाहरूमा समर्पित छस्, उहाँलाई कार्य गर्न दिन्छस्, उहाँलाई अगुवाइ गर्न दिन्छस् भनी देख्नुहुन्छ—जब परमेश्वरले तँ यसरी इमानदार भएको देख्नुहुन्छ, तब पवित्र आत्माले आफ्नो काम गर्नुहुनेछ। पहिला तैँले साँच्चै पश्चात्ताप गर्नैपर्छ, आफ्नो हृदय परमेश्वरतर्फ फर्काउनुपर्छ, उहाँको इच्छालाई विचार गर्नुपर्छ, र सत्यताको लागि प्रयास गर्नुपर्छ। तँ नकारात्मक वा अल्छी हुन मिल्दैन, झन् जिद्दी हुन त मिल्दै मिल्दैन। यदि तँ सधैं जिम्मेवार हुन चाहन्छस्, आफ्नो घरको मालिक बन्न चाहन्छस्, र आफ्नो प्राथमिकता अनुसार कार्य गर्न चाहन्छस् भने, यो कस्तो प्रकारको मनोवृत्ति हो? यो कस्तो प्रकारको स्थिति हो? यो विद्रोह र प्रतिरोध हो। के तँलाई लाग्छ कि परमेश्वरले तँलाई मुक्ति दिनैपर्छ, उहाँ तँ बिना रहनै सक्नुहुन्न? कुरा यही नै हो? आखिरी दिनहरूमा परमेश्वरको काम किन अन्यजातिहरूतिर सरेको छ? उहाँले इस्राएलमा किन काम गर्नुहुन्न? उहाँले धार्मिक संसारमा किन काम गर्नुहुन्न? तिनीहरू परमेश्वरप्रति निकै विद्रोही र प्रतिरोधी भएका कारण उहाँले यो काम अन्यजातिहरूमा सार्नुभएको हो। यो मामिलालाई परमेश्वरले कसरी हेर्नुहुन्छ? परमेश्वरले सत्यतालाई स्वीकार गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू धर्म भित्रैबाट परिवर्तन भएका हुन कि तिनीहरू यो काम स्वीकार गर्ने अविश्वासीहरू हुन् भन्ने कुराले फरक पार्दैन—सत्यतालाई स्वीकार गर्नेहरूप्रति परमेश्वर अनुग्रही हुनुहुन्छ र तिनीहरूलाई उहाँले मुक्ति दिनुहुन्छ। के तिमीहरू सबै यी मामिलामा स्पष्ट छौ? परमेश्‍वरले गर्नुहुने हरेक काम सबैभन्दा अर्थपूर्ण हुन्छ, र त्यसभित्रै परमेश्‍वरको स्वभाव र बुद्धि हुन्छ। निस्सन्देह, मानिसहरूले परमेश्वरको इच्छा बुझ्दा वा उहाँका बन्दोबस्तहरूमा समर्पित हुँदा त्यसमा घमण्ड गर्नुपर्ने केही कुरा छैन। तैँले आफू चलाक छु, वा सत्यतालाई प्रेम गर्छु, वा अरू मानिसहरू भन्दा धेरै बलियो छु भनेर नसोच्। तँ एउटा मामिलामा चलाक छस् भन्दैमा अर्को मामिलामा पनि चलाक नै हुनेछस् भन्ने हुँदैन, त्यसैले तैँले प्राय: प्रार्थना गर्नुपर्छ र सबै कुरामा सत्यताको खोजी गर्नुपर्छ। तैँले आफ्ना सबै कार्यहरू जाँचेर आफूमा परमेश्वरको डर मान्ने हृदय छ कि छैन, ती कार्य सत्यताअनुरूप छन् कि छैनन्, र ती परमेश्वरको इच्छालाई सन्तुष्ट पार्न सक्षम छन् कि छैनन् भन्ने कुराहरू हेर्नुपर्छ।

तेरो मानवता स्वीकार्य मापदण्डअनुरूप होस् या नहोस्, वा त्यो सामान्य विवेक र समझको मापदण्डअनुरूप होस् या नहोस्, परमेश्वर केवल ती मानिसहरूसँग प्रसन्न हुनुहुन्छ जो सत्यता पछ्याउँछन्। सत्यताको खोजी र जीवन प्रवेश अनन्त छ। यदि कसैसँग केवल विवेक छ, र ऊ आफ्नो विवेक अनुसार काम गर्छ भने, यो सिद्धान्त सत्यताको मापदण्डअनुरूप हुँदैन। तिनीहरूले सत्यताको लागि प्रयास गर्न, परमेश्वरको आवश्यकता अनुसार व्यवहार गर्न, र उहाँको आवश्यकता अनुसार आफ्नो कर्तव्य राम्रोसँग गर्नको लागि मूल्य पनि तिर्नैपर्छ। यसरी पछ्याएर मात्र तिनीहरूले जीवन प्रवेश प्राप्त गर्न, सत्यता बुझ्न र प्राप्त गर्न सक्छन्, र परमेश्वरको इच्छा पूरा गर्न सक्छन्। केही मानवता, विवेक र समझ भएका मानिसहरू हुन्छन् जो यस्तो सोच्छन्: “मैले आफ्नो विवेकअनुसार आफ्नो कर्तव्य गर्नु परमेश्वरको अनुमोदनयोग्य हुनेछ।” के यो सही हो? के विवेकको मापदण्डले सत्यतालाई प्रतिस्थापन गर्न सक्छ? के तँ आफ्नो विवेक अनुसार कार्य गरेर परमेश्वरप्रति समर्पित हुन सक्छस्? के तँ परमेश्वरको इच्छा गर्न सक्छस्? के तँ शैतानलाई घृणा गरेर त्याग्न सक्छस्? के तँ साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्छस्? के तँ शैतानलाई लज्जित पार्न सक्छस्? के आफ्नो विवेक अनुसार कार्य गर्नु साँचो गवाही हो? यी मध्ये कुनै पनि हासिल गर्न सकिँदैन। विवेकको मापदण्डमा के-के पर्छन्? विवेक भनेको हृदयमा भएको भावना हो, हृदयको मूल्याङ्कन् हो, र यसले सामान्य मानवताका प्राथमिकताहरूको प्रतिनिधित्व गर्दछ। धेरैजसो, कानूनका धेरै लेखहरू र नैतिकताका धारणाहरू विवेकका अनुभूतिहरूमा आधारित हुन्छन्, र यसरी विवेकका अनुभूतिहरूले सजिलैसँग कानूनका लेखहरू र नैतिकताका धारणाहरूलाई मापदण्डको रूपमा प्रयोग गर्छन्। त्यसैले, विवेकका अनुभूतीहरूले धेरै हदसम्म सत्यताको मापदण्ड पूरा गर्दैनन्, र ती भावनात्मक अवरोधहरूको अधीनमा हुन्छन्, वा ती राम्रा सुनिने शब्दहरूद्वारा छलिएका र बहकाइएका हुन्छन्, जसले धेरै त्रुटिहरू उत्पन्न गराउँछ। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू शैतानको छलमा पर्छन्, र तिनीहरूले शैतानलाई तिनीहरूको फाइदा उठाउन दिन्छन्। त्यसैले, आफ्नो विवेक अनुसार कार्य गर्नुले परमेश्वरका आवश्यकताहरू पूरा गर्दैनन्। तैँले सत्यतातर्फ कोसिस पनि गर्नैपर्छ। जब तैँले सत्यता बुझ्छस् र सिद्धान्त अनुसार आफ्नो कर्तव्य गर्छस्, तब मात्र तैँले परमेश्वरका आवश्यकताहरू पूरा गर्न सक्छस्। सत्यताको मापदण्ड विवेकको मापदण्ड भन्दा धेरै माथि हुन्छ। यदि तैँले आफ्नो विवेक अनुसार आफ्नो कर्तव्य मात्र गर्छस् भने, के तैँले परमेश्वरको स्विकृती पाउन सक्छस्? सक्दैनस्। विवेकले सत्यतालाई प्रतिस्थापन गर्न नसक्ने, र परमेश्वरका आवश्यकताहरूलाई प्रतिस्थापन गर्न झनै नसक्ने हुनाले, तँ आफ्नो विवेक अनुसार आफ्नो कर्तव्य गरेर सन्तुष्ट हुन सक्दैनस्। यति गरेर तैँले परमेश्वरको स्विकृति कमाउन सक्दैनस्।

तैँले सत्यता पछ्याउन कुन सत्यताको कमीले तँलाई पूर्णतया परमेश्वरमा समर्पित हुन, उहाँको डर मान्न र दुष्टताबाट टाढा रहन अनि आफ्नो कर्तव्य वफादारीपूर्वक निर्वाह गर्न रोकिरहेको छ भनी हेर्न आफूलाई सबै कुरामा जाँच्नैपर्छ। त्यसपछि तैँले आफूमा कमी भएका ती सत्यताहरूले आफूलाई तुरुन्तै सुसज्जित पार्नैपर्छ, जसले गर्दा तैँले स्वीकार्य मापनअनुसार व्यवहार मात्र गर्नेछैनस्, तर स्वीकार्य मापनअनुसार आफ्नो कर्तव्य पनि निर्वाह गर्नेछस्। केही मानिसहरू अरूलाई खुसी पार्ने खालका हुन्छन्, जसले अरूले नराम्रो काम गरेको देख्दा तिनीहरूको रिपोर्ट वा खुलासा गर्दैनन्। तिनीहरू अरूसँग मिलिहाल्छन् र सजिलै ढलपल हुन्छन्। तिनीहरू मण्डलीको काममा बाधा पुऱ्याउने, कसैलाई नचिढ्याउने, र जहिलेपनि सम्झौता गर्ने झूटा अगुवाहरू र ख्रीष्ट विरोधीहरूमा समर्पित हुन्छन्, र दायाँ-बायाँ कतै ढल्कँदैनन्। यसो हेर्दा, तिनीहरूसँग मानवता छ जस्तो देखिन्छ—तिनीहरू हद नाघ्दैनन्, र तिनीहरूसँग थोरै विवेक र समझ हुन्छ—तर अधिकांश समय, तिनीहरू चुपचाप बस्छन् र आफ्ना विचारहरू व्यक्त गर्दैनन्। त्यस्ता मानिसहरूबारे तँ के सोच्छस्? के तिनीहरू चिप्ले र छली छैनन्? छली मानिसहरू यस्तै हुन्छन्। जब केही आइपर्छ, तिनीहरू बोल्न वा हल्का रूपमा कुनै विचार व्यक्त नगर्लान्, बरु सधैँ मौन रहन्छन्। यसको मतलब तिनीहरू व्यावहारिक छन् भन्ने होइन; यसको विपरीत, यसले के देखाउँछ भने तिनीहरूले राम्ररी भेष बदलेका छन्, तिनीहरूले कुरा लुकाएका छन्, तिनीहरू साह्रै चतुर छन्। यदि तँ अरू कसैसामु खुलस्त हुँदैनस् भने, के तँ परमेश्वरसामु खुलस्त हुन सक्छस्? अनि यदि तँ सच्चा छैनस्, परमेश्वरसित समेत सच्चा छैनस्, र उहाँसामु खुलस्त हुन सक्दैनस् भने, के तँ उहाँलाई आफ्नो हृदय सुम्पन सक्छस्? पक्कै सक्दैनस्। तँ परमेश्वरसँग एकै हृदयको हुन सक्दैनस्, बरु तैँले आफ्नो हृदय उहाँको हृदयबाट अलग राख्दै छस्! अरूसँग सङ्गति गर्दा के तिमीहरूले खुलस्त भई हृदयमा भएको कुरा बताउन सक्छौ? यदि कसैले आफ्‍नो हृदयमा भएको कुरा सधैँ साँचो रूपमा बताउँछ भने, यदि ऊ इमानदार भई, साधारण रूपमा बोल्छ, इमानदार छ भने, र आफ्‍नो कर्तव्य निर्वाह गर्दा कदापि लापरवाही हुने वा झारा टार्ने गर्दैन भने, र यदि उसले आफूले बुझेको सत्यता अभ्यास गर्न सक्छ भने, यस व्यक्तिले सत्यता प्राप्त गर्ने आशा हुन्छ। यदि कुनै व्यक्तिले उसलाई कसैले पनि स्पष्ट रूपमा नदेखोस् भनेर सधैँ आफूलाई ढाकछोप गर्छ र हृदयको कुरा लुकाउँछ, र अरूलाई छल गर्न झूटो छवि प्रकट गर्छ भने, ऊ ठूलो खतरामा हुन्छ, ऊ ठूलो समस्यामा हुन्छ, र उसले सत्यता प्राप्त गर्न अत्यन्तै गाह्रो हुन्छ। व्यक्तिको दैनिक जीवन र उसको बोलीवचन र व्यवहारबाट उसको सम्‍भावना के छ भन्‍ने कुरा स्पष्ट देख्‍न सकिन्छ। यदि यो व्यक्तिले सधैँ बहाना बनाइरहेको, सधैँ फाइँफुट्टी लगाइरहेको हुन्छ भने, ऊ सत्यतालाई स्वीकार गर्ने व्यक्ति होइन, र ढिलोचाँडो उसलाई खुलासा गरी निष्कासित गरिनेछ। तिमीहरू सबै जना कुन मार्गमा हिँड्दै छौ? इमानदार व्यक्तिको मार्गमा हिँड्नु कहिल्यै गलत हुँदैन! केही मानिसहरूले यसो भन्लान्: “जब तँ ब्रदर-सिस्टरहरूसँग सत्यताबारे सङ्गति गर्छस्, तब तँ किन तिनीहरूलाई आफ्नो हृदयका विचारहरू बताउँछस्? के त्यो मुर्खता होइन र?” वा, “के तैँले दुष्ट मानिसहरू र अविश्वासीहरूको खुलासा गरेर मानिसहरूलाई चिढ्याउँदै छैनस्? परमेश्वरमा विश्वास गर्नेहरू यति मूर्ख हुन सक्दैनन्!” यी वचनहरू सुनेपछि तँलाई कस्तो महसुस हुन्छ? तैँले यसो भन्नुपर्छ: “इमानदार व्यक्ति बन्नु, सत्य बोल्नु, र सिद्धान्तहरू पालना गर्नु अक्कली हुनु हो, मूर्ख हुनु हुँदै होइन। परमेश्वरसित जोडिन आउनेहरूले अभ्यास गर्नुपर्ने सत्यता यही हो। परमेश्‍वरका विश्‍वासीहरूले सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुनैपर्छ र उहाँलाई सन्तुष्ट पार्नैपर्छ। सत्यताबारे सङ्गति गर्नु र आफ्नो हृदय खोल्नु सही कुरा हो। सत्यताबारे सङ्गति गर्दा, तैँले आफ्नो वास्तविक स्थितिबारे बताउनैपर्छ। त्यो अरूका लागि उत्थानदायी र तेरो लागि लाभदायक हुनेछ। दुष्ट मानिसहरू र अविश्वासीहरूको खुलासा गर्नु परमेश्वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो। अरूलाई चिढ्याउन डराएमा के तँ आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छस्? परमेश्वरका चुनिएका मानिसहरूले सत्यता सिद्धान्त पालना गर्नुपर्छ, दुष्ट मानिसहरूको खुलासा गर्नुपर्छ, र गैरविश्वासीहरूको खुलासा गर्नुपर्छ। इमानदार व्यक्ति हुनु भनेको सत्यता अभ्यास गर्नु र सिद्धान्तहरू पालना गर्नु हो। सत्यता अभ्यास नगर्नेहरू र सिद्धान्तहरू नमान्नेहरू इमानदार मानिस होइनन्।” तँलाई यो खण्डन कस्तो लाग्छ? अरू मानिसले जे सोचे पनि, परमेश्वरमा विश्वास गर्नेहरूले इमानदार व्यक्तिबाट वा सत्यता पछ्याउने मार्गबाट परिवर्तन हुन मिल्दैन। तिनीहरू झूटा अगुवाहरू, ख्रीष्टविरोधीहरू, वा गैरविश्वासीहरूद्वारा प्रभावित हुन वा बाँधिन मिल्दैन। हर समय, तिनीहरूले परमेश्वरलाई पछ्याउनैपर्छ र उहाँका वचनहरू सुनैपर्छ, र परमेश्वरको मापदण्डअनुसार इमानदार व्यक्ति बन्नैपर्छ। यो सही हो। इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्नुपर्छ? तिनीहरूले कुन मामिलामा आफूले अझै पनि आफ्नो झूट, धोखाधडी, र छली स्वभाव प्रकट गर्न सक्छन् भनी हेर्न तिनीहरूले प्रायः आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफूलाई, आफ्नो झूटो अभिप्रायलाई, अनि छली र भ्रष्ट स्वभावलाई चिनेर मात्र तिनीहरू आफ्नो देहसुख त्यागेर बिस्तारै इमानदार व्यक्ति बन्न सक्छन्। कहिल्यै हृदय खुलस्त नबनाउने, कुरा ढाकछोप गर्ने र लुकाउन खोज्ने, सम्माननीय भएको ढोंग गर्ने, अरूले आफ्नो बारेमा उच्च सोचून् भनी चाहने, अरूलाई आफ्नो सर्वस्व मापन गर्न नदिने र अरूले आफ्‍नो आदर गरून् भनी चाहने मानिसहरू—के यी मानिसहरू मूर्ख हुँदैनन् र? यी मानिसहरू सबैभन्दा मूर्ख हुन्छन्! किनभने व्यक्तिको वास्तविकता ढिलोचाँडो आफै प्रकट हुनेछ। यस्तो प्रकारको व्यवहार साथ तिनीहरू कुन मार्गमा हिँड्छन्? यो फरिसीहरूको मार्ग हो। के कपटीहरू खतरामा हुँदैनन् र? यिनीहरू परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने मानिसहरू हुन्, त्यसैले तिमीहरू के सोच्छौ, के तिनीहरू खतरामा छन् कि छैनन्? जो फरिसीहरू हुन् तिनीहरू सबै विनाशको बाटोमा हिँड्छन्!

जब पवित्र आत्माले तँलाई तैँले केही बुझ्न सक् भनी अन्तर्दृष्टि दिन काम गर्नुहुन्छ, तब यो कहिलेकाहीँ यो अत्यन्तै चाँडो हुन्छ, जबकि अन्य समयमा पवित्र आत्माले तँलाई त्यो बिस्तारै बुझ्ने तुल्याउनुअघि केही समय कुनै अनुभव भोग्न लगाउनुहुन्छ। तैँले यो कुरा अनुभव गर्न केही गर्नुपर्दैन वा तँलाई शब्द र धर्मसिद्धान बुझ्न दिएपछि उहाँको काम समाप्त हुन्छ भन्ने होइन। पवित्र आत्माले कुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ? पवित्र आत्माले तेरो वातावरण र मानिसहरू, घटना र वस्तुहरू प्रबन्ध गरेर तँलाई तीद्वारा परिपक्व हुने र ती अनुभव गर्ने क्रममा बिस्तारै सत्यता बुझ्ने तुल्याउन काम गर्नुहुन्छ। जब उहाँले तँलाई प्रेरणा वा अन्तर्दृष्टि दिन केही सरल वचनहरू दिनुहुन्छ, वा तँलाई थोरै ज्योति प्रदान गर्नुहुन्छ, तब उहाँको काम समाप्त हुँदैन। बरु, उहाँले तँलाई पाठ सिक्न, अनि हरेक मामिला, विभिन्न वातावरण, र विभिन्न मानिस, घटना र वस्तुहरू अनुभव गरेर बिस्तारै बढ्न दिनुहुन्छ, ताकि तैँले सत्यतालाई क्रमिक रूपमा बुझ्न र वास्तविकताभित्र प्रवेश गर्न सक्। त्यसकारण, पवित्र आत्मा एकदमै प्राकृतिक सिद्धान्तअनुसार काम गर्नुहुन्छ; उहाँले कुनै बाध्यता पटक्कै प्रयोग नगरी पूर्णतया मानव विकासको प्राकृतिक ढाँचाअनुरूप काम गर्नुहुन्छ। पवित्र आत्माको कामको सिद्धान्त र दायराअनुसार, यदि कुनै व्यक्तिसँग आफूमा हुनुपर्ने मानव समझ र विवेक अलिकति पनि छैन भने, के उसले पवित्र आत्माको काम प्राप्त गर्न सक्छ? के उसले परमेश्वरको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सक्छ? सक्दै सक्दैन। मैले यसो भन्नुको अर्थ के हो? मानिसहरू सधैँ आफूले सत्यता पछ्याउँछन्, आफूले सत्यतालाई अझ राम्ररी बुझ्नैपर्छ भनी भन्छन्, तर तिनीहरूले केही कुरा बेवास्ता गरेका छन्—तिनीहरू परमेश्वरप्रति पूर्ण रूपले समर्पित हुनैपर्छ। तिनीहरू सोच्छन्: “मेरो मानवता जेजस्तो भए पनि, ममा विवेक भए पनि वा नभए पनि, मैले आफ्नो हृदय परमेश्वरलाई समर्पण गरेको भए पनि वा नगरेको भए पनि, म बस सत्यतालाई अझ बढी खोजी गर्नेछु, प्रवचनहरू अझ धेरै सुन्नेछु, अझ धेरै परमेश्वरका वचनहरू पढ्नेछु, र सत्यताबारे बारम्बार सङ्गति गर्नेछु। त्यसपछि म आफ्नो कर्तव्य पूरा गर्दा अझ प्रयास गर्नेछु र अझ कष्ट भोग्नेछु, र सबै ठिकै हुनेछ।” तर त्यस्तो व्यक्तिलाई सबैभन्दा आधारभूत कुराहरू नै थाहा हुँदैन। यदि कुनै व्यक्तिले सत्यता बुझ्न र प्राप्त गर्न चाहन्छ भने उसँग कम्तीमा हुनुपर्ने कुरा के हो भन्न तिमीहरूले बुझ्यौ? (विवेक र समझ।) सरल भाषामा भन्नुपर्दा, कम्तीमा पनि व्यक्तिमा इमानदार हृदय हुनैपर्छ। इमानदार हृदय हुनेहरूले मात्र सत्यता स्विकार्न, परमेश्वरका योजनाहरूमा समर्पित हुन र परमेश्वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। यदि तँमा इमानदार हृदय छैन भने, तैँले परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्दैनस्, न त सृष्टि गरिएका प्राणीको कर्तव्य नै राम्ररी निभाउन सक्छस्। इमानदार हृदय नहुनुको अर्थ के हो? यसको अर्थ हो, तँमा मानवता छैन—तँ दियाबलस होस्। इमानदार हृदय छ भनेर कुन कुराहरूले देखाउँछन्? कम्तीमा, व्यक्तिमा राम्रो मानवता हुनैपर्छ। जब व्यक्तिमा असल मानवत्व, साँचो हृदय, विवेक, र तर्क-शक्ति हुन्छ, यी देख्‍न वा छुन नसकिने खोक्रा वा अस्पष्ट कुरा होइनन्, बरु तिनीहरू त दैनिक जीवनमा जहाँसुकै पत्ता पाउन सकिने कुराहरू हुन्; ती सबै वास्तविकताका कुराहरू हुन्। मानौँ कुनै व्यक्ति महान् र सिद्ध छ: के तैँले देख्न सक्ने केही कुरा छ? तैँले सिद्ध वा महान्‌ हुनु भनेको के हो त्यस कुरालाई देख्‍न, छुन, वा कल्‍पना गर्न समेत सक्दैनस्। तर तैँले कुनै व्यक्ति स्वार्थी छ भनेर भन्छस् भने, के तैँले त्यो व्यक्तिको व्यवहारलाई देख्‍न सक्छस्—र के त्यो व्यक्ति उक्त व्याख्यासँग मिल्छ? यदि कुनै व्यक्ति साँचो हृदयसहितको इमानदार व्यक्ति हो भने, के तैँले यो बानीबेहोरालाई देख्‍न सक्छस्? यदि कुनै व्यक्ति छली, कुटिल, र नीच छ भनेर भनिन्छ भने, के तैँले ती कुराहरूलाई देख्‍न सक्छस्? तैँले आफ्‍नो आँखा बन्द गरिस् भने पनि, त्यो व्यक्तिको मानवत्व सामान्य छ कि घृणित छ भन्‍ने कुरालाई उसले के भन्छ र कसरी व्यवहार गर्छ त्यस कुराद्वारा बोध गर्न सक्छस्। त्यसकारण, “असल वा खराब मानवत्व” रित्तो वाक्यांश होइन। उदाहरणको लागि, स्वार्थ र नीचता, कुटिलपन र छल, वा अहङ्कार र आत्म-धार्मिकता सबै तैँले कुनै व्यक्तिको सम्पर्कमा आएपछि जीवनमा बुझ्‍न सक्‍ने कुराहरू हुन्; यी मानवत्वका नकारात्मक तत्वहरू हुन्। तसर्थ, मानिसहरूमा हुनुपर्ने मानवत्वका सकारात्मक तत्वहरूलाई—जस्तै, इमानदारिता र सत्यताप्रतिको प्रेमलाई—के दैनिक जीवनमा बुझ्‍न सकिन्छ? कुनै व्यक्तिमा पवित्र आत्‍माको अन्तर्दृष्टि छ कि छैन; उसले परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छ कि सक्दैन; उसमा पवित्र आत्‍माको काम छ कि छैन—के तैँले यी सबै कुरा देख्‍न सक्छस्? के तैँले ती सबै पत्ता लगाउन सक्छस्? पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्न, परमेश्‍वरको मार्गदर्शन पाउन, अनि सबै कुरामा सत्यता सिद्धान्तहरूअनुसार काम गर्न व्यक्तिले पूरा गर्नैपर्ने सर्तहरू के-के हुन्? उसमा इमानदार हृदय हुनैपर्छ, उसले सत्यतालाई प्रेम गर्नैपर्छ, सबै कुरामा सत्यता खोजी गर्नैपर्छ, र एकपटक सत्यता बुझेपछि यसलाई अभ्यास गर्न सक्नैपर्छ। यी सर्तहरू पूरा गर्नुको अर्थ पवित्र आत्माको अन्तर्दृष्टि पाउनु, परमेश्‍वरका वचनहरू बुझ्‍न सक्‍नु, र सहजै सत्यता अभ्यास गर्न सक्‍नु हो। यदि कोही इमानदार व्यक्ति होइन र उसले आफ्‍नो हृदयमा सत्यतालाई प्रेम गर्दैन भने, उसले पवित्र आत्माको काम प्राप्त गर्न सङ्घर्ष गर्नेछ, र तैँले तिनीहरूसित सत्यता सङ्गति गरिस् भने पनि, यसबाट केही परिणाम आउने छैन। कुनै व्यक्ति इमानदार हो कि होइन भनेर तँ कसरी भन्‍न सक्छस्? तैँले ऊ झूट बोल्‍ने र छल गर्ने गर्छ कि गर्दैन भनेर मात्रै हेर्नु पटक्कै हुँदैन, बरु सबैभन्दा महत्त्वपूर्ण कुरा, उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। सबैभन्दा मुख्य कुरा त्यही हो। परमेश्‍वरको घरले सधैँ मानिसहरूलाई हटाउँदै आइरहेको छ, र यस घडी, धेरैलाई पहिले नै हटाइसकिएको छ। ती इमानदार मानिसहरू थिएनन्, तर ती सबै छली मानिसहरू थिए। तिनीहरू अधर्मी कुराहरूलाई प्रेम गर्थे, तिनीहरू सत्यतालाई पटक्‍कै प्रेम गर्दैन थिए। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता बुझ्न वा वास्तविकतामा प्रवेश गर्न सक्दैन थिए। झन् त्यस्ता मानिसहरू साँचो रूपमा परिवर्तन हुन सक्नु त परको कुरा थियो। त्यसकारण, तिनीहरूलाई हटाइनु अपरिहार्य नै थियो। जब तँ कुनै व्यक्तिको सम्पर्कमा आउँछस्, सुरुमा के कुरालाई हेर्छस्? ऊ इमानदार छ कि छैन भनी हेर्न उसका शब्दहरू र वचनहरूलाई हेर्, सत्यतालाई प्रेम गर्छ कि गर्दैन र सत्यतालाई स्वीकार गर्न सक्छ कि सक्दैन भनी हेर्। यी महत्त्वपूर्ण छन्। तैँले ऊ इमानदार छ कि छैन, उसले सत्यतालाई स्वीकार र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर निर्धारित गर्न सकुन्जेल, मुख्यतः उसको सारलाई देख्‍न सक्छस्। यदि व्यक्तिको मुख मिठो बोलीले भरिएको छ, तर उसले कुनै वास्तविक काम नै गर्दैन भने—जब कुनै वास्तविक काम गर्ने बेला हुन्छ, ऊ आफ्‍नै बारेमा मात्रै सोच्छ र अरूको बारेमा कहिल्यै सोच्दैन भने—यो कस्तो प्रकारको मानवता हो? (स्वार्थी र नीच। उसँग कुनै मानवता नै छैन।) के मानवता नभएको व्यक्तिले सत्यता प्राप्त गर्न सजिलो छ? यो उसको लागि कठिन हुन्छ। आफूले कष्टपूर्ण समयको सामना गर्नुपर्दा वा केही मूल्य चुकाउनुपर्दा, उसले सोच्छ, “तिमीहरू सुरुमा यो सबै कष्ट-भोग र मूल्य चुकाउने काममा अघि बढ, अनि परिणामहरू लगभग हासिल भइसकेपछि, म आइपुग्नेछु।” यो कस्तो प्रकारको मानवता हो? यस्तो बानीबेहोरालाई समग्रमा “मानवता नभएको” भनेर भनिन्छ। हरेकसँग भ्रष्ट स्वभाव हुन्छ, तर कुनै समस्याको सामना गरेपछि, कतिपय मानिसहरूको विवेकले काम गर्छ र तिनीहरूले आत्मतिरस्कारको महसुस गर्छन्, त्यसैले तिनीहरू विवेकअनुसार कार्य गर्न सक्षम हुन्छन्। तिनीहरूले सचेत रूपमा “मैले सत्यताको खोजी गरिरहेको छु र म असल व्यक्ति बन्‍नैपर्छ” नभने पनि, तिनीहरूले विवेकलाई काम गर्न दिएर सुरु गर्छन्, र विवेकमा भर परेर भन्न सक्षम हुन्छन्, “म परमेश्‍वरको अनुग्रह र छनौटको योग्य बन्‍नैपर्छ।” त्यसैले जब तिनीहरूको विवेकको प्रभाव आउँछ, तब के तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने छैन, तर यदि तिनीहरूमा कम्तिमा यो इच्छा छ भने, उनीहरूलाई सत्यताको अभ्यास गर्न सजिलो हुन्छ, जुन मानिसहरूको लागि सत्यता प्राप्त गर्नको लागि सबैभन्दा आधारभूत जग हो। खतराको सामना गर्दा, केही मानिसहरू लुक्नेबारे मात्र ख्याल गर्छन्। कोही अरूलाई जोगाउँछन् र आफ्नो वास्ता गर्दैनन्। जब उनीहरूलाई केही हुन्छ, केही मानिसहरूले सहन्छन्, कोही लड्छन्। यी मानवत्वमा हुने भिन्नताहरू हुन्। त्यसोभए कुन प्रकारको व्यक्तिले सत्यता प्राप्त गर्ने सम्भावना छ? धेरै मानिसहरूले परमेश्वरको अगाडि दृढ संकल्पहरू गरेका छन्, र आफ्नो सम्पूर्ण जीवन उहाँलाई सुम्पने, उहाँको लागि आफूलाई खर्च गर्ने, र बदलामा केही नखोज्ने कसम खाएका छन्। तर, खराब मानवत्व भएका मानिसहरू सधैँ नाफाको लागि लडिरहेका हुन्छन् कहिल्यै पनि लचिलो वा सहिष्णु हुँदैनन्, र कहिल्यै पनि विवेकअनुसार काम गर्दैनन्। के यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सहज हुन्छ? के उसलाई परमेश्‍वरद्वारा सिद्ध पारिन सहज हुन्छ? (हुँदैन।) कस्तो प्रकारको व्यक्तिलाई परमेश्‍वरद्वारा सिद्ध हुन र सत्यता प्राप्त गर्न सहज हुन्छ? (असल मानवत्व भएका मानिसहरूलाई।) असल मानवत्व हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? परमेश्‍वर र सत्यताप्रति समर्पित हुन सक्‍नु हो। आफ्नो कर्तव्य अनि हरप्रकारका मानिस, घटना र परिस्थितिलाई सिद्धान्तहरू र जिम्मेवारीबोधको साथ लिनु हो। यो सबैले स्पष्ट देख्‍ने कुरा हो; सबै नै यो कुराबारे हृदयमा स्पष्ट हुन्छन। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवत्वछ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूको हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। जब हितहरूको विषयमा विवाद हुन्छ, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो कस्तो प्रकारको मानवत्व हो? यो राम्रो मानवत्व होइन। यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूको आचरण कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि आफ्नै ख्याति र सम्पत्तिप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि आफ्नै ख्याति वा सम्पत्तिप्रतिको तिनीहरूको प्रेम परमेश्‍वरको हितप्रतिभन्दा बढी छ वा यदि आफ्नै ख्याति र सम्पत्तिप्रतिको तिनीहरूको प्रेम तिनीहरूले परमेश्‍वप्रति देखाएको विचारशीलताभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवत्व हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्। तिनीहरूको व्यवहारलाई अरूले र परमेश्‍वरले देख्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई सत्यता प्राप्त गर्न धेरै कठिन हुन्छ।

अहिले, कस्ता प्रकारका मानिसहरू सत्यता प्राप्त गर्न सक्षम हुन्छन् भनेर के तिमीहरू सबैले बुझ्छौ? सबैजना सत्यता पछ्याउन इच्छुक छन्, तिनीहरू सबै परमेश्वरमा विश्वास गर्छन्, भेला हुन्छन् र प्रवचनहरू सुन्छन्, आफ्ना कर्तव्य निर्वाह गर्छन्, र सत्यताबारे सङ्गति गर्छन्, तर किन केही वर्ष पछि, केही मानिसहरू आफ्नो अनुभवात्मक गवाहीहरूको बारेमा बोल्न र परमेश्वरको गवाही दिन सक्षम हुन्छन्, जबकि केही मानिसहरूसँग कुनै पनि अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरूले कुनै कर्तव्य नै राम्रोसँग गर्न सक्छन्? यसमा फरक के छ? वास्तवमा, यो फरक तिनीहरूको मानवताबीचको भिन्नतामा छ। कसैसँग विवेक र समझ हुन्छ भने कसैसँग हुँदैन; केही मानिसहरूले सत्यतालाई प्रेम गर्छन्, जबकि अरूले गर्दैनन्। त्यसो भए कस्तो प्रकारको व्यक्तिले सत्यतालाई सजिलै प्राप्त गर्न सक्छ? (परमेश्‍वरप्रति सच्‍चा, इमानदार, मानवता भएका र विवेक र समझ भएका मानिसहरूले।) यो एकदमै महत्त्वपूर्ण छ। अब तिमीहरूले त्यो बुझ्ने भएकाले, यस्तो विचार गर्नुपर्छ: के सत्यताको बुझाइ र प्राप्ति मानिसहरूको रूप, क्षमता, शिक्षाको स्तर, तिनीहरूको जन्मको पृष्ठभूमि, उमेर, पारिवारिक वातावरण, प्रतिभा, वा तिनीहरूले निपुणता हासिल गरेको व्यावसायिक सीपसँग सम्बन्धित छ? तिमीहरू भन्न सक्छौ कि तिनीहरू आधारभूत रूपमा असम्बन्धित छन्। कतिपय मानिसहरू कमजोर क्षमताका हुन्छन्, तर तिनीहरू धेरै भरपर्दा हुन्छन्। तिनीहरू बेइमान र छली नभई, आफूसँग भएजति सबै ऊर्जा प्रयोग गर्छन्, र तिनीहरू लगनशील हुन्छन् र आफूले गरेका कुराहरूको जिम्मेवारी लिन्छन्। यदि तिनीहरूले गल्ती गरे भने, तिनीहरू सत्यता स्वीकार गर्न र सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; जब तिनीहरू कठिनाइमा पर्छन्, तिनीहरू सत्यता खोज्न सक्षम हुन्छन्। तिनीहरूको कर्तव्य गराइको नतिजा झन्झन् राम्रो हुँदै जान्छ, र प्रतिभाशाली मानिसहरूले तिनीहरूलाई तुच्छ माने पनि, परमेश्वरले यस्तो व्यक्तिलाई मन पराउनुहुन्छ। जब परमेश्वरले मानिसहरूलाई अनुग्रह दिनुहुन्छ र उनीहरूलाई सत्यता बुझ्ने तुल्याउनुहुन्छ, उहाँले तिनीहरूको रूप, तिनीहरूको शिक्षाको स्तर, तिनीहरूको क्षमताको गुणस्तर, वा तिनीहरूको वाक्पटुता हेर्नुहुन्न—परमेश्वरले यी कुनै पनि कुरालाई हेर्नुहुन्न्। केही मानिसहरू भन्छन्: “मलाई प्रस्ट र निपुणतासाथ बोल्न कठिनाइ छ, तर म बोलीमा निपुण भएका मानिसहरू देख्छु। म अग्लो छुइनँ, न त म धेरै असाधारण देखिन्छु। म अशिक्षित छु, न त मेरो क्षमता नै धेरै राम्रो छ। के यसको मतलब म सक्किएँ भन्ने होइन र?” यो कस्तो सोच हो? के यो परमेश्वरबारे गलत बुझाइ होइन र? के यसको मतलब तिमीहरूले परमेश्वरको इच्छा बुझ्दैनौ भन्ने होइन र? (हो।) के यस्तो दृष्टिकोण राख्ने मानिसहरू विद्रोही होइनन्? तिनीहरूले परमेश्वरको इच्छालाई पटक्कै बुझ्दैनन्। तिनीहरू सोच्छन् कि परमेश्वरबाट मुक्ति पाएकाहरू र सिद्ध पारिएकाहरू, वा उहाँद्वारा अन्तर्दृष्टि दिइएकाहरू र अगुवाइ गरिएकाहरू सबैसँग वरदान छ, तिनीहरूले राम्रोसँग बोल्न सक्छन्, तिनीहरूसँग महान् शिक्षा र ज्ञान छ, तिनीहरू सबै प्रतिभावान् छन्, र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्छ। के यो परमेश्वरको बदनाम गर्ने कार्य होइन र? तिनीहरूले परमेश्वरको मनलाई पटक्कै बुझ्दैनन्! मानिसहरू सधैँ भन्ने गर्छन् कि परमेश्वर धर्मी हुनुहुन्छ, कि उहाँले मानिसहरूको हृदयभित्र हेर्नुहुन्छ, तर केही आइपर्दा, मानिसहरूले परमेश्वरलाई गलत बुझ्छन्। के तिमीहरूले अब अलि राम्ररी बुझ्यौ? परमेश्वरले मानिसहरूलाई हेर्दा के हेर्नुहुन्छ? उहाँले तिनीहरूको हृदय हेर्नुहुन्छ। मानिसहरूले बोल्ने र गर्ने सबै कुरा तिनीहरूको हृदयद्वारा नियन्त्रित हुन्छ। यदि तेरो हृदय इमानदार छ भने, तेरो मानवता राम्रो हुनेछ। तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, तँ एक निश्चित हदसम्म परमेश्वरको आवश्यक मापदण्डहरू पूरा गर्न सक्षम हुनेछस्, र तँ परमेश्वरको इच्छाबारे विचार गर्न सक्षम हुनेछस्। यदि तेरो हृदय अति छली छ, बन्द छ, र हठी छ भने, यदि तँ स्वार्थी छस्, तँमा असल मानवता छैन, र परमेश्वरले यस्तो व्यवहार गर्नुपर्छ भनेर कल्पना गर्दै तँ सधैँ धारणाहरूमा अड्किएको हुन्छस् भने, यदि तैँले तेरो धारणासँग मेल नखाने कुनै कुरा सामना गर्नुपर्दा परमेश्वरलाई गलत बुझ्छस् र उहाँको इच्छा कहिल्यै बुझ्दैनस् भने, के तँ सत्यता प्राप्त गर्न सक्षम हुनेछस्? अहँ, तँ सक्षम हुनेछैनस्। अन्त्यमा, जब तँ सत्यता प्राप्त गर्न सक्दैनस्, के तैँले आफूलाई र अरूलाई दोष दिनेछस् कि परमेश्वर निष्पक्ष हुनुहुन्न भनेर परमेश्वरलाई दोष दिनेछस्? (हामी आफैलाई दोष दिनेछौँ।) हो, तैँले आफैलाई दोष दिनेछस्। त्यसो भए यस्ता व्यक्तिहरूले सत्यता प्राप्त गर्न के गर्नुपर्छ? तिनीहरूले सत्यता खोज्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, र तिनीहरूले निश्चित तरिकामा व्यवहार र अभ्यास गर्नुपर्छ। यदि तिनीहरू अभ्यास नगरी बुझ्‍ने गर्छन् भने, तिनीहरूले अझै पनि सत्यता प्राप्त गर्न सक्दैनन्। जब तँमा स्वार्थीपन र आफ्नै नाफाको लागि गरिने षड्यन्त्रहरू देखा पर्छन्, र तैँले यो कुरा महसुस गर्छस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। तँलाई थाहा हुनुपर्ने पहिलो कुरा के हो भने, यसरी व्यवहार गर्नु भनेको वास्तवमा सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्नु हो, यो मण्डलीको कामको लागि हानिकारक हुन्छ, यो स्वार्थी र घृणित व्यवहार हो, र यो विवेक र समझ भएको मानिसहरूले गर्न हुने कुरा होइन। तैँले आफ्‍ना हितहरू र स्वार्थलाई पन्छ्याउनुपर्छ, र मण्डलीको कामको बारेमा सोच्‍नुपर्छ—परमेश्‍वरले चाहनुहुने कुरा त्यही हो। प्रार्थना र आफ्‍नो बारेमा मनन गरिसकेपछि, यदि तैँले साँच्‍चै नै त्यसरी व्यवहार गर्नु स्वार्थी र घृणित कार्य हो भनेर महसुस गरिस् भने, तँलाई आफ्‍नो स्वार्थ पन्छ्याउन सहज हुनेछ। जब तैँले आफ्‍नो स्वार्थीपन र नाफाको लागि गरिने षड्यन्त्रहरू पन्छ्याउँछस्, तब तँलाई आफू स्थिर भएको महसुस हुनेछ, तैँले शान्त र आनन्दित हुनेछस्, र विवेक र समझ भएको मानिसले मण्डलीको कामबारे सोच्नुपर्छ, उसले आफ्नै व्यक्तिगत हितहरू बारे सोचिरहनुहुँदैन, त्यसो गर्नु अति स्वार्थी, घृणित र विवेकहीन अनि समझरहित हुनेछ भनी महसुस गर्नेछस्। निःस्वार्थ काम गर्नु, मण्डलीको कामको बारेमा सोच्‍नु, परमेश्‍वरलाई सन्तुष्ट पार्न नै काम गर्नु धर्मी र सम्‍मानजनक कार्य हो, र यसले मात्र तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको छस्, तँ सामान्य मानवताअनुसार र मान्छेको साँचो स्वरूपमा जिइरहेको हुन्छस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूका निम्ति योग्य हुन्छस्। तैँले जति धेरै यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, र त्यति नै बढी शान्त र हर्षित महसुस गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?

मानिसहरूको स्वार्थीपन, नीचता, छलीपन र झूटजस्ता भ्रष्ट स्वभावलाई समाधान गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा तिनीहरू सत्यता स्वीकार गर्न सक्षम छन् कि छैनन् भन्नेमा भर पर्छ। सत्यतालाई स्वीकार गर्न सक्नेहरू सबैले आफ्नो भ्रष्ट स्वभावलाई घृणा गर्छन्, तिनीहरूले स्वार्थीपन र नीचता, र आफ्नो छलीपन र झूटहरूलाई घृणा गर्छन्। तिनीहरू यी कुराहरूले आफूलाई दूषित वा कुण्ठित बनाऊन् भन्ने चाहँदैनन्। सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो भ्रष्ट स्वभावलाई चिन्छन् भने, तिनीहरूलाई यो नकारात्मक फोहोर र रद्दीलाई पन्छाउन सजिलो हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरूले यी नकारात्मक कुराहरूलाई खजानाका रूपमा लिन्छन्। तिनीहरू आफ्नै नाफालाई अति प्रेम गर्छन्, तिनीहरू दैहिकता त्याग्न अनिच्छुक हुन्छन्, र तिनीहरू अति हठी हुन्छन्। परिणामस्वरूप, तिनीहरू कहिल्यै पनि परमेश्वरको इच्छा के हो भनी बुझ्न सक्षम हुँदैनन्, न त उहाँमा समर्पित हुन नै सक्षम हुन्छन्। मानिसहरूले सत्यतालाई प्रेम वा स्वीकार नगरेको कारण वर्षौँसम्म अन्योलपूर्ण तरिकाले परमेश्वरमा विश्वास गर्छन्। जब तिनीहरूको गवाही दिने समय आउँछ, तिनीहरू अवाक् हुन्छन्, र केही बोल्न सक्दैनन्। मानिसहरूले धेरै वर्षदेखि सत्यताबारे प्रवचनहरू सुनेका हुन्छन्, र परमेश्वरको स्वभावबारे तिनीहरूलाई सधैँ थाहा दिइएको हुन्छ, त्यसैले सत्यता पछ्याउनेहरूले यसलाई बुझिसक्नुपर्छ, तर सत्यतालाई प्रेम नगर्नेहरू आफूलाई परमेश्वरको अगाडि खुलस्त पार्न इच्छुक हुँदैनन्। तिनीहरूको हृदयले देहका प्राथमिकताहरू त्याग्न चाहँदैन, त्यसैले तिनीहरूले आफूलाई परमेश्वरसामु सजिलै खुलस्त पार्ने अभ्यास गर्न हिम्मत गर्दैनन्। तिनीहरू परमेश्वरले मानिसहरूलाई दिनुभएको अनुग्रहको आनन्द खुलेर लिन मात्र चाहन्छन्, तर परमेश्वरलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्न चाहँदैनन्। परमेश्वर भन्नुहुन्छ: “यदि तँ मेरो अनुग्रह प्राप्त गर्न चाहन्छ्स् भने, यदि तँ यी सत्यताहरू प्राप्त गर्न चाहन्छ्स् भने, त्यसको लागि एउटा मात्र शर्त छ—तैँले आफ्नो नाफा त्याग्नैपर्छ, र मलाई आफ्नो सच्चा हृदय दिनैपर्छ।” मानिसहरू यो एउटा शर्त पूरा गर्न पनि असक्षम छन्, र तैपनि अझै परमेश्वरको अनुग्रह माग गर्न, शान्ति र आनन्दको माग गर्न चाहन्छन्, र सत्यता प्राप्त गर्न चाहन्छन्; तर तिनीहरू आफ्नो साँचो हृदय परमेश्वरलाई दिन चाहँदैनन्, त्यसैले तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू शैतानी प्रकारका होइनन् र? के तिनीहरूले एकै समयमा दुवै काम गर्न सक्छन्? वास्तवमा, तिनीहरूले सक्दैनन्। तैँले परमेश्वरको इच्छा बुझे वा नबुझे पनि, उहाँको स्वभावबारे सधैँ खुलस्त रूपमा मानिसहरूलाई थाहा दिइन्छ। यदि कुनै व्यक्तिले सत्यतालाई कहिल्यै स्वीकार गर्दैन, वा सत्यतालाई अभ्यास नगरी बुझ्छ भने, त्यो ऊ अति हठी भएको र उसले आफ्नो हृदय परमेश्वरलाई नदिएको कारणले गर्दा हो। यसरी, तिनीहरू कहिल्यै सत्यता प्राप्त गर्न सक्षम हुँदैनन्, न त तिनीहरू परमेश्वरको स्वभाव जान्न सक्षम हुन्छन्। यो परमेश्वरले मानिसहरूलाई पूर्वाग्रही व्यवहार गर्नुहुने भएकोले गर्दा हैन। मानिसहरूले प्रायः परमेश्वरलाई उद्धृत गर्दै यसो भन्छन्: “परमेश्वरले जसलाई चाहनुहुन्छ, त्यसलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ,” तर तिनीहरूले यस वाक्यांशको अर्थ बुझ्दैनन्। बरु, तिनीहरूले परमेश्वरलाई गलत बुझ्छन्। तिनीहरू सोच्छन् कि अनुग्रह परमेश्वरबाट आउँछ, उहाँले जसलाई चाहनुहुन्छ त्यसलाई अनुग्रह दिनुहुन्छ, र उहाँ जसलाई चाहनुहुन्छ उसलाई राम्रो गर्नुहुन्छ। कुरा यही हो त? के यी मानवका धारणा र कल्पनाहरू होइनन्? परमेश्वरले मानिसहरूलाई तिनीहरूको सारको आधारमा व्यवहार गर्नुहुन्छ। जब मानिसहरू परमेश्वरको इच्छालाई ध्यानमा राख्न र सत्यता स्वीकार गर्न सक्षम हुन्छन्, तब तिनीहरू परमेश्वरद्वारा आशिषित हुन्छन्। यदि मानिसहरूले सत्यता स्वीकार गर्दैनन् र परमेश्वरको प्रतिरोध गर्छन् भने परिणाम फरक हुन्छ। वास्तवमा, परमेश्वर सबैसँग निष्पक्ष हुनुहुन्छ र तिनीहरूसँग सिद्धान्तहरूअनुसार व्यवहार गर्नुहुन्छ, कुरा यति मात्र हो कि एकथरी मानवजाति छ जसको हृदय अति कठोर छ, त्यसैले परमेश्वरले तिनीहरूलाई फरक व्यवहार गर्नैपर्छ। परमेश्वरले प्रत्येक व्यक्तिमा गर्ने कामहरू फरक-फरक हुन्छन्, जसले उहाँ सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ भनी बुझाउँछ। परमेश्वर हरेक व्यक्तिप्रति धर्मी हुनुहुन्छ। उदाहरणको लागि, धेरै मानिसहरू छन् जो सत्यता खोज्न परमेश्वरसामु आउँदैनन्। तिनीहरू आफ्ना लागि राम्रो जीवन र भविष्य निर्माण गर्न आफ्नै दुई हातमा मात्र भर पर्न चाहन्छन्। तिनीहरू आफ्नो भाग्य र भविष्यको मालिक हुन चाहन्छन्, र सोच्छन् कि तिनीहरूको भाग्यको स्वामित्व तिनीहरूको आफ्नै हातमा छ। तिनीहरूले परमेश्वरको सार्वभौमिकता वा योजनाहरू स्वीकार गर्दैनन्, न त तिनीहरू उहाँमा समर्पित हुन्छन्, र तिनीहरू परमेश्वरद्वारा सन्तुष्ट पारिन चाहन्छन्। जब तिनीहरू ठेस खान्‍छन् र असफल हुन्छन्, तब परमेश्‍वर अन्यायी हुनुहुन्छ भनेर गुनासो गर्छन्‌। के यो मनासिब छ? तिनीहरू अति अज्ञानी र जिद्दी छन्। तर सधैँ आफू अक्कलमन्द छु भन्ने सोच्छन्। तिनीहरू यस्तो सोच्छन्: “केही मानिसहरूले आफ्नो परिवार त्याग्छन्, र तिनीहरू केही चाहँदैनन्। तिनीहरू पूरै समय आफ्नो कर्तव्य निभाउँदै, आफ्नो साँचो हृदय परमेश्वरलाई दिँदै, बिताउँछन्, अनि बदलामा के पाउँछन्? परमेश्वरले भविष्यमा के गर्नुहुनेछ भनी तिनीहरूलाई थाहा हुँदैन, तर आफ्नो सबथोक अर्पण गर्छन्, आफ्नो लागि कुनै उम्कने बाटो छोड्दैनन्। यी मान्छेहरू अति मुर्ख छन्! तर म कति अक्कलमन्द छु, म त यो मार्ग पछ्याउँछु: दुईतिरै उभिने हो। अनि, मैले कुनै कुरा त्याग्नुपर्दैन, न त केही कुरा ढिलाइ नै गराउनुपर्छ, र अन्त्यमा मलाई मुक्ति पनि दिइनेछ।” के यो व्यक्ति अक्कलमन्द हो कि मूर्ख? (ऊ मूर्ख हो।) ऊ पक्कै पनि मूर्ख हो। एकअर्कासँग तुलना गर्दा, अक्कलमन्द मानिसहरू र अज्ञानी, जिद्दी मानिसहरू तिनीहरूको मानवतामा फरक हुन्छन्। अक्कलमन्द मानिसहरूमा असल मानवता हुन्छ, जबकि अज्ञानी, जिद्दी मानिसहरूमा खराब मानवता हुन्छ। अक्कलमन्द मानिसहरूले सत्यता स्वीकार गर्छन्, जबकि अज्ञानी, जिद्दी मानिसहरूले गर्दैनन्, र तिनीहरूको अन्तिम परिणाम फरक हुनेछ।

आफ्नो कर्तव्य निभाउँदा, मुख्यगरी दुईथरीका मानिसहरू हुन्छन्। एकथरीले इमानदारीपूर्वक आफूलाई परमेश्वरको लागि अर्पित गर्छ भने अर्को थरीले सधैँ आफ्नो लागि उम्किने बाटो छोड्छ। तिमीहरूलाई कुन थरीको व्यक्तिलाई परमेश्वरले स्वीकार गर्नुहुनेछ र मुक्ति दिनुहुनेछ जस्तो लाग्छ? (जसले इमानदारीपूर्वक परमेश्वरको लागि आफैलाई अर्पित गर्छ।) परमेश्वरले ती मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ जसले उहाँको लागि इमानदारीपूर्वक आफैलाई अर्पित गर्छन्। वास्तवमा, परमेश्वरले मानिसहरूबाट धेरै कुरा माग गर्नुहुन्न। आफ्नो कर्तव्य गर्दा मानिसहरू इमानदार होऊन् भन्ने मात्र माग गर्नुहुन्छ; उहाँ तेरो व्यक्तिगत लाभ लैजान चाहनुहुन्न। परमेश्वरले तिमीहरूलाई आफ्नो कर्तव्य निभाउन तालिम लिने र सबै प्रकारका प्रतिभाहरू विकास गर्ने अवसरहरू दिनुभएको छ, र उहाँ मानिसहरूको इमानदारी चाहनुहुन्छ। तैँले आफ्नो कर्तव्य जहाँ गरे पनि वा तेरो कर्तव्य जे भए पनि, परमेश्वरले तँलाई आफ्नो प्रतिभा र सीपहरू विकास गर्नको लागि सम्भव भएको सबैभन्दा ठूलो ठाउँ दिनुभएको छ, र अन्त्यमा, परमेश्वरले तँलाई सबै प्रकारका परिवेश र कर्तव्यहरूमा सत्यता प्राप्त गर्ने, उहाँको इच्छा बुझ्ने, र मानव स्वरूप जिउने तुल्याउन चाहनुहुन्छ। परमेश्वरको इच्छा यही हो। परमेश्वरले तँबाट सबै कुरा लैजान चाहनुहुन्न, बरु, उहाँ तेरो लागि सबै कुरा पूरा गर्न चाहनुहुन्छ—उहाँ तँलाई सबै कुरा दिन चाहनुहुन्छ। केही मानिसहरू सधैँ सङ्कीर्ण विचार राख्छन्; धर्मनिरपेक्ष संसारमा केही पेशागत ज्ञानको अध्ययन गरेका भए पनि, तिनीहरूले आफ्नो कर्तव्य निभाएमा, आफ्नो सम्पूर्ण व्यावसायिक ज्ञानलाई बेवास्ता गरेका हुने भन्ठान्छन्। यदि त्यो प्रयोग भएन भने पनि, के त्यसबाट घाटा हुनेछ र? अहिले आफ्ना कर्तव्य निभाएर, तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। तुलना गर्दा, कुन बढी मूल्यवान छ: अलिकति बेकार, उपेक्षित ज्ञान, कि सत्यता र जीवन? अझ भन्ने हो भने, तैँले सिकेका साँच्चै उपयोगी कुराहरूलाई तैँले आफ्नो कर्तव्य निभाउने क्रममा विकास र प्रयोग गर्न सक्छस्। यदि तैँले आफ्नो कर्तव्य निभाउँदा ती प्रयोग गरेको छस् भने के यी कुराहरूको स्मरण अझ बलियो हुनेछैन? तैँले प्रयोग नगर्ने कुराहरू सम्झनु बोझ र असुविधा हो, त्यसैले तिनलाई प्रयोगमा आउन नदिनु त्यति दुर्भाग्यपूर्ण कुरा होइन। अहिले, तिमीहरूले आफ्नो कर्तव्य निभाउँदा, तिमीहरूका सोख र सीपहरू विकसित हुन्छन्। साथै, यस अवधिमा सृष्टि गरिएका प्राणीको कर्तव्य निर्वाह गर्दा, तिमीहरू सत्यता बुझ्न र जीवनको सही बाटोमा प्रवेश गर्न सक्षम हुन्छौ। कस्तो सुखद घटना, कस्तो राम्रो भाग्य! जताबाट हेर्दा पनि घाटा नै छैन। जब तिमीहरूले परमेश्वरलाई पछ्याउँछौ, आफूलाई पापको स्थानहरूबाट र दुष्ट मानिसहरूका समूहहरूबाट टाढा राख, कम्तीमा पनि तिमीहरूका विचार र हृदयले शैतानको भ्रष्टता र कुल्चिमिल्ची भोगिरहने छैन। तिमीहरू शुद्ध भूमिको एउटा भागमा आएका छौ, परमेश्वर सामु आओ। के यो ठूलो सौभाग्य होइन? मानिसहरुको एकपछि अर्को पुस्ता हुँदै, वर्तमान सम्म पुनर्जन्म भएको छ, अनि तिनीहरूसँग कतिवटा यस्ता अवसर हुन्छन्? आखिरी दिनहरूमा जन्मेका मानिसहरूले मात्र यो अवसर पाएका होइनन् र? यो कस्तो महान कुरा हो! यो घाटाको कुरा होइन, यो सबैभन्दा ठूलो सौभाग्य हो। तँ निकै खुसी हुनुपर्छ! सृष्टि गरिएका प्राणीहरूका रूपमा, सबै सृष्टिहरूमध्ये, पृथ्वीका केही अरब मानिसहरूमध्ये, कति मानिसहरू छन् जसले सृष्टि गरिएका प्राणीको रूपमा सृष्टिकर्ताका कार्यहरूको गवाही दिने मौका पाएका छन्, परमेश्वरको कामको बीचमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने मौका पाएका छन्? यस्तो अवसर कोसँग छ? के यस्ता मानिसहरू धेरै छन्? निकै थोरै छन्! अनुपात के छ? दस हजारमा एकजना? अहँ, अझै कम छन्! विशेष गरी तिमीहरू जसले आफ्ना सीप र पढेको ज्ञानलाई आफ्नो कर्तव्य निभाउन प्रयोग गर्न सक्छौ, के तिमीहरू अति आशिषित छैनौ? तँ कुनै मान्छेको गवाही दिँदैनस् र तैँले गर्ने कुरा जीवनचर्या होइन—तँ जसको सेवा गर्दैछस्, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। यो सबैभन्दा सुन्दर र अमूल्य कुरा हो! के तिमीहरूले गर्व महसुस गर्नुपर्दैन? (गर्नुपर्छ।) तिमीहरूले आफ्नो कर्तव्य निभाउँदै गर्दा, परमेश्वरको मलजल र आपूर्ति प्राप्त गर्छौ। यति राम्रो वातावरण र अवसर पाएर पनि कुनै ठोस कुरा प्राप्त नगरेमा, सत्यता प्राप्त नगरेमा, के बाँकि जीवनभर पछुतो महसुस हुनेछैन र? त्यसैले, तिमीहरूले आफ्नो कर्तव्य निभाउने मौका छोप्नुपर्छ, र यसलाई गुज्रन दिनुहुँदैन; आफ्नो कर्तव्य निभाउँदा निष्ठासाथ सत्यता पछ्या, र यसलाई प्राप्त गर्। यो तिमीहरूले गर्न सक्ने सबैभन्दा अमूल्य कुरा हो, सबैभन्दा अर्थपूर्ण जीवन हो! सबै सृष्टि गरिएका प्राणीहरूमध्ये कुनै पनि व्यक्ति वा मानिसहरूको समूह छैन जो तिमीहरू भन्दा आशिषित छ। अविश्वासीहरू केका लागि जिउँछन्? तिनीहरू पुनर्जन्म लिन र संसारको उत्साहको लागि जिउँछन्। तिमीहरू सबै केका लागि जिउँछौ? तिमीहरू सृष्टि गरिएका प्राणीको कर्तव्य गर्नको लागि जिउँछौ। यस्तो जीवनको मूल्य निकै ठूलो हुन्छ! तसर्थ, तिमीहरूले आफूले गर्ने कर्तव्यलाई तुच्छ ठान्नु हुँदैन, त्यसलाई त्याग्नु त झनै हुँदैन। आफ्नो कर्तव्य राम्ररी निभाउनु र परमेश्वरको आज्ञा पूरा गर्नु—त्यो मात्र सबैभन्दा अमूल्य र अर्थपूर्ण कुरा हो।

जुन २९, २०१५

अघिल्लो: परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरू चिन्‍ने कार्यबाट सुरु हुनुपर्छ

अर्को: आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्