अध्याय ४७

धार्मिकताका सर्वशक्तिमान् परमेश्‍वर—सर्वशक्तिमान्! तपाईंमा कुनै पनि कुरा लुकेको छैन। अति अनन्तदेखि अनन्तसम्मका, मानिसहरूले कहिल्यै खुलासा नगरेका हरेक रहस्य तपाईंमा प्रकट हुन्छ र पूर्ण रूपले स्पष्ट हुन्छ। हामीले उपरान्त खोजी गर्नु र छामछाम-छुमछुम गर्नु पर्दैन किनकि आज तपाईंको व्यक्तित्व हाम्रो निम्ति खुल्लमखुल्ला प्रकट भएको छ, तपाईं प्रकट गरिएको रहस्य हुनुहुन्छ, तपाईं व्यवहारिक परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ; किनकि आज तपाईं हाम्रो आमने-सामने आउनुभएको छ, अनि जब हामीले तपाईंको व्यक्तित्वलाई देख्छौं, हामी आत्मिक क्षेत्रको हरेक रहस्यलाई देख्छौं। साँच्चै, यो कसैले कल्पना गर्न नसक्ने कुरा हो! तपाईं आज हाम्रो माझमा हुनुहुन्छ, हामीभित्र समेत हुनुहुन्छ, यसैले हाम्रो अत्यन्तै नजिक हुनुहुन्छ; यसलाई बयान गर्न कठिन छ! भित्रको रहस्य अतुलनीय छ!

सर्वशक्तिमान् परमेश्‍वरले उहाँको व्यवस्थापन योजना पूरा गर्नुभएको छ। उहाँ ब्रम्‍हाण्डका विजयी राजा हुनुहुन्छ। सबै कुराहरू र सबै मामलाहरू उहाँको हातमा नियन्त्रित हुन्छन्। सबै मानिसहरूले साँचो परमेश्‍वर—सर्वशक्तिमान्‌को नाउँलाई पुकारा गर्दै आराधनामा घुँडा टेक्छन्। उहाँको मुखका वचनहरूद्वारा सबै कुराहरू गरिन्छन्। किन तिमीहरू यति सुस्त छौ, साँचो मनले आफैलाई उहाँसित काम गर्ने तुल्याउन, उहाँसित नजिक भएर जोडिन अनि उहाँसित महिमाभित्र जान सक्दैनौ? के तिमीहरू कष्ट भोग्न इच्छुक भएर हो? फ्याँकिनको निम्ति इच्छुक भएर हो? के को मप्रति इमान्दारीपूर्वक अर्पित छ र कसले इमान्दारीपूर्वक मेरो निम्ति आफैलाई अर्पण गरेका छन् भन्ने कुरा म जान्दिनँ भन्‍ने तिमीहरूलाई लाग्छ? अज्ञानीहरू! मूर्खहरू! तिमीहरूले मेरा अभिप्रायहरूलाई बुझ्न सक्दैनौ, अनि मेरा बोझहरूलाई वास्ता गर्ने कुरा त झन् परको कुरा हो, यसरी तिमीहरूको बारेमा मलाई सधैँ चिन्तित हुने तुल्याउँछौ, तिमीहरूको निम्ति मेहनत गर्न लगाउँछौ। यसको अन्त्य कहिले हुनेछ?

सबै कुराहरूमा ममा जिउनु, सबै कुराहरूमा मेरो गवाही हुनु—के यसो गर्नु भनेको आफ्नो मुख खोलेर केही शब्दहरू बरर बोल्‍नु जस्तो हो त? तिमीहरूले असल र खराबको बीचमा कुनै भिन्नता जान्दैनौ! तिमीहरू जे गर्छौ, त्यसमा तिमीहरू म रहित छौ, र तिमीहरूको दैनिक जीवनमा म हुने कुरा त परै जाओस्। तिमीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई गम्भीर रूपमा लिँदैनौ भन्ने म जान्दछु, त्यसैले तिमीहरूले फलाउने फल यिनै हुन्! तिमीहरू अझै बिउँझेका छैनौ, अनि यदि यसरी नै तिमीहरू अघि बढिरह्यौ भने, तिमीहरूले मेरो नाउँलाई अपमानित तुल्याउनेछौ।

आफैलाई सोध्, जब तँ बोल्छस्, के म तँसित हुन्छु? जब तैँले खान्छस् वा लुगा लगाउँछस्, के त्यहाँ मेरो प्रतिज्ञा हुन्छ? साँच्चै, तिमीहरू विचारहीन छौ! जब-जब तिमीहरूका समस्याहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गरिँदैन, तब-तब तैँले तेरो साँचो रङ देखाउँछस्, अनि तिमीहरूमध्ये कोही पनि आज्ञाकारी छैनौ। यदि यस्तो नभएको भए, तिमीहरूले आफैलाई महान् सोच्‍नेथियौ, अनि आफूभित्र धेरै राम्रो कुराहरू छन् भनी सोच्‍नेथियौ। के तँभित्र शैतानको घिनलाग्दो मुखाकृतिले तँलाई भरेको छ भन्‍ने तँलाई थाहा छैन? यी सबै कुराहरू खन्याउन मसित काम गर्। म जे हुँ र मसित जे छ त्यसले तँलाई पूर्ण रूपले भर्न दे; त्यसरी मात्रै तैँले ममा जीवन जिउन सक्छस्, अझै बढी वास्तविक रूपमा मेरो गवाही दिन सक्छस्, अनि मेरो सिंहासनसामु धेरै मानिसहरू अर्पण हुनुको कारण बन्‍न सक्छस्। तेरो काँधमा कति भारी बोझ छ भनी तैँले जान्नुपर्छ: ख्रीष्टलाई उच्च पार्नु, ख्रीष्टलाई प्रकट गर्नु, ख्रीष्टको गवाही दिनु, ताकि असंख्य मानिसहरूले मुक्ति पाउन सकून्, ताकि मेरो राज्य दृढ र अचल रहोस्। तिमीहरू आजको कामको महत्त्वलाई नबुझी अस्तव्यस्त नहोओ भनेर मैले यो सबै कुरा औंल्याएको हो।

समस्याहरूको सामना गर्दा तातो कराहीमा परेर वरिपरि घुम्‍ने कमिलाहरूजस्तै विवश: यो नै तिमीहरूको स्वभाव हो। बाहिरी रूपले, तिमीहरू प्रौढहरूजस्ता देखिन्छौ तर तिमीहरूको भित्री जीवन बच्चाको जस्तो छ; तिमीहरूले जानेको एउटै कुरा भनेको कसरी समस्या उत्पन्न गर्ने अनि मेरो बोझ बढाउने भन्ने नै हो। यदि मैले चासो नराख्ने कुनै सानो कुरा छ भने, तिमीहरूले समस्या खडा गर्छौ। के त्यस्तै होइन र? धेरै आत्म-धर्मी नहोओ। म जे भन्छु, त्यो सत्यता हो। मैले लगातार तिमीहरूलाई भाषण दिइरहेको छु, मानौं मैले धेरै भव्य वचनहरू प्रयोग गरिरहेको छु भनेर सधैँ नसोच; तिमीहरूको वास्तविक अवस्था यही हो।

अघिल्लो: अध्याय ४६

अर्को: अध्याय ४८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्