वास्तविकतामा अझ बढी ध्यान देऊ

प्रत्येक व्यक्ति परमेश्‍वरद्वारा सिद्ध बनाइने सम्भावना हुन्छ, त्यसकारण परमेश्‍वरका अभिप्रायहरू अनुसार कस्तो किसिमको सेवा उहाँको निम्ति सर्वोत्तम हुन्छ सो सबैले यो बुझ्नुपर्छ। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो भन्‍ने जान्दैनन्, न त उहाँमाथि किन विश्‍वास गर्नुपर्दछ भनेर नै उनीहरूले बुझ्दछन्—भन्नुको अर्थ, धेरैसँग परमेश्‍वरको कामको वा उहाँको व्यवस्थापन योजनाको उद्देश्यको ज्ञान छैन। आज, धेरै जना मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नु भनेको स्वर्गमा जानु र आफ्नो आत्मा बचाउनु हो भनी भन्‍ने सोच्छन्। परमेश्‍वरमा विश्‍वास गर्नुको सही अर्थबारे तिनीहरूलाई रत्तीभर पनि थाहा छैन, त्यसबाहेक परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा महत्त्वपूर्ण कामको बारेमा कुनै पनि बुझाइ छैन। तिनीहरूका आफ्नै विभिन्न कारणले गर्दा, मानिसहरूले यसै पनि परमेश्‍वरको काममा कुनै रुचि राख्दैनन्, न त तिनीहरूले उहाँको अभिप्रायहरू वा उहाँको व्यवस्थापन योजनाबारे कुनै विचार नै गर्छन्। यस धारामा रहेको एक व्यक्तिको रूपमा, प्रत्येक व्यक्तिलाई परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको उद्देश्य के हो सो थाहा हुनुपर्छ, उहाँले लामो समय पहिले नै पूरा गरिसक्नुभएका तथ्यहरूलाई, किन उहाँले मानिसहरूको यस समूहलाई चुन्नुभएको छ, उहाँले तिनीहरूलाई चुन्नुको उद्देश्य र अर्थ के हो, र उहाँले यस समूहमा के हासिल गर्न चाहनुहुन्छ सो कुरा थाहा हुनुपर्छ। किनकि परमेश्‍वरले ठूलो रातो अजिङ्गरको देशमा महत्त्वहीन मानिसहरूको समूह खडा गर्न, र अहिलेसम्म काम जारी राख्नु र तिनीहरूलाई हरप्रकारले परीक्षा गर्नु र सिद्ध बनाउनु, असङ्ख्य वचनहरू बोल्नु, धेरै कामहरू गर्नु, र सेवा गर्ने धेरै वस्तुहरू पठाउनु—परमेश्‍वर एकलैले यस्तो महान् कार्य पूरा गर्नुले उहाँको काम कति धेरै महत्त्वपूर्ण छ भन्‍ने कुरालाई देखाउँछ। यस क्षणमा, तिमीहरूले पूर्ण रूपमा यसको मूल्याङ्कन गर्न सक्दैनौ। त्यस्तै प्रकारले परमेश्‍वरले तिमीहरूमा गर्नुभएको कामलाई तिमीहरूले तुच्छ दृष्टिले हेर्नु हुँदैन; यो कुनै सानो विषय हो। आज परमेश्‍वरले तिमीहरूलाई जे प्रकट गर्नुभएको छ त्यो नै तिमीहरूका निम्ति बुझ्ने र जान्ने प्रयास गर्नको निम्ति पर्याप्त छ। यदि तैंले वास्तवमै र पूर्ण रूपमा बुझिस् भने मात्र तेरा अनुभवहरू गहन हुन र तेरो जीवन बढ्न सक्छ। आज, मानिसहरूले बुझ्ने र गर्ने कुराहरू अति थोरै छन्; तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूर्ण रूपमा पूरा गर्न असमर्थ छन्। यो मानिसको कमजोरी र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको असफलता हो, यसैले तिनीहरू आशा गरिएको परिणाम प्राप्त गर्न असमर्थ छन्। पवित्र आत्मासँग धेरै मानिसहरूमा काम गर्ने कुनै साधन छैन किनकि उनीहरूमा परमेश्‍वरको कामको बारेमा खोक्रो बुझाइ छ, र तिनीहरूले परमेश्‍वरको भवनमा काम गर्दा त्यसलाई महत्त्वपूर्ण ठानेर व्यवहार गर्न तिनीहरू अनिच्छुक हुन्छन्। अघि बढेजस्तो देखाउनलाई तिनीहरू झारा मात्र टार्छन्, नत्र बहुमतकै पछि लाग्छन्, वा देखाउनका निम्ति मात्र काम गर्छन्। आज, यस प्रवाहमा हुने प्रत्येक व्यक्तिले उनीहरूको व्यवहारमा होस् वा कार्यहरूमा होस्, आफूले गर्न सक्ने सबै कुरा गरेका छन् कि छैनन्, र उनीहरूले सक्दो मेहनत गरेका छन् कि छैनन् सो कुरालाई याद गर्नुपर्छ। पवित्र आत्माले आफ्नो काम नगर्नुभएकोले होइन, तर मानिसहरूले तिनीहरूका आफ्नो काम नगरेकोले गर्दा मानिसहरू आफ्‍नो कर्तव्य पूरा गर्न पूर्ण रूपमा असफल भएका छन्, जसले गर्दा पवित्र आत्माले आफ्‍नो काम गर्नु असम्भव भएको छ। परमेश्‍वरसँग अब बोल्नलाई कुनै वचन छैन, तर मानिसहरूले उहाँलाई पछ्याउन सकेका छैनन्, तिनीहरू धेरै पछाडि परेका छन्, तिनीहरू प्रत्येक पाइलाको नजिक रहन असमर्थ छन्, र थुमाका पाइलाहरूलाई नजिकबाट पछ्याउन असमर्थ छन्। तिनीहरू जुन कुरा पालन गर्नुपर्छ, त्यो पालन गरेका छैनन्; तिनीहरूले जे अभ्यास गर्नुपर्थ्यो, त्यो अभ्यास गरेनन्; तिनीहरूले जुन कुराका लागि प्रार्थना गर्नुपर्थ्यो, त्यसका लागि प्रार्थना गरेका छैनन्; तिनीहरूले जुन कुरालाई पन्साउनु पर्थ्यो, त्यो कुरा पन्साएका छैनन्। तिनीहरूले यी कुनै पनि काम गरेका छैनन्। त्यसकारण, भोजमा भाग लिने यो कुरा रित्तो छ; यो कुनै वास्तविक अर्थविनाको छ, र यो सबै तिनीहरूको कल्पनामा मात्र छ। यो भन्न सकिन्छ कि, आज हेर्दा, मानिसहरूले आफ्नो कर्तव्य एउटै पनि पूरा गरेको छैन। सबै कुराहरू परमेश्‍वरले गर्नुभएको काममा र उहाँ आफैले भन्नुभएको कुरामा निर्भर छ। मानिसको कार्य धेरै नै सानो भएको छ; मानिसहरू काम नलाग्ने कसिङ्गर हुन्, जो परमेश्‍वरसँग सहकार्य गर्न असमर्थ छन्। परमेश्‍वरले सयौं हजारौं वचनहरू बोल्नुभएको छ, तर मानिसहरूले तीमध्ये कुनैलाई पनि व्यवहारमा उतारेका छैनन्—चाहे यो शरीरलाई त्याग्ने, धारणालाई त्याग्ने, समझशक्ति विकास गर्दै र समझ प्राप्त गर्दै सबै कुरामा परमेश्‍वरको आज्ञापालन गर्ने, मानिसहरूलाई तिनीहरूका हृदयमा स्थान नदिने, तिनीहरूको हृदयका मूर्तिहरूलाई हटाउने, तिनीहरूको गलत अभिप्रायको विरुद्ध विद्रोह गर्ने, भावनाको आधारमा काम नगर्ने, निष्पक्ष र दुर्भावना नराखी काम गर्ने, परमेश्‍वरको चासोका विषयहरूलाई र तिनीहरू बोल्दा अरूमाथि पर्ने तिनीहरूका प्रभावहरूलाई अझै बढी ध्यान दिने, परमेश्‍वरको कामलाई फाइदा गर्ने अझ बढी कुराहरू गर्ने, तिनीहरूले गर्ने सबै कुरामा परमेश्‍वरको भवनलाई फाइदा हुने कुराहरूलाई ध्यान दिने, तिनीहरूका भावनालाई तिनीहरूको व्यवहार नियन्त्रण गर्न नदिने, तिनीहरूका आफ्नै देहलाई खुसी तुल्याउने कुराहरू त्याग्‍ने, पुराना स्वार्थी धारणाहरू हटाउने कार्य हुन् वा यस्तै इत्यादि कुरा हुन्। तिनीहरूले वास्तवमा परमेश्‍वरले मानिसबाट गर्नुभएका मागहरू जान्दछन्, तर तिनीहरू यसलाई व्यवहारमा अपनाउन इच्छुक हुँदैनन्। परमेश्‍वरले अरू के गर्न सक्नुहुन्छ र, अनि उहाँले अरू कस्तो प्रकारले तिनीहरूलाई प्रभावित गर्न सक्नुहुन्छ? परमेश्‍वरको नजरमा विद्रोह गर्ने छोराहरूले अझै पनि कसरी उहाँका वचनहरू लिने र तिनको कदर गर्ने साहस गर्न सक्छ? तिनीहरूसँग परमेश्‍वरको भोजन खाने साहस कसरी हुन्छ? मानिसहरूको विवेक कहाँ छ? तिनीहरूले पूरा गर्नुपर्ने न्यूनतम कर्तव्यहरू पनि पूरा गरेका छैनन्, तिनीहरूको सक्दो कोसिस गर्ने त कुरै छैन। तिनीहरू पूरा नहुने कल्पनामा जिइरहेका छन्, होइन त? अभ्यासविना वास्तविकताको कुरा गर्न सकिँदैन। यो तथ्य उज्यालो दिन जत्तिकै स्पष्ट छ!

तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्नुपर्छ। मानिसले गर्ने आडम्बरी, खोक्रो प्रशंसाको आवश्यक पर्दैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ, प्रत्येक व्यक्तिको कुरा पहिलेको भन्दा उच्च हुन्छ, तर उनीहरूसँग अझै पनि अभ्यास गर्ने कुनै मार्ग हुँदैन। कति जनाले अभ्यासका सिद्धान्तहरूलाई बुझेका छन्? कति जना मानिसले अभ्यास गर्ने सिद्धान्तहरू बुझेको छन्? कति जनाले वास्तविक पाठहरू सिकेका छन्? कसले वास्तविकताको बारेमा सङ्गति गर्न सक्छ? परमेश्‍वरका वचनहरूको ज्ञानको बारेमा बोल्न सक्नुको अर्थ तँमा वास्तविक कद छ भन्ने हुँदैन; यसले तँ तीक्ष्ण बुद्धिसहित जन्मिस्, तँ प्रतिभाशाली छस् भन्ने मात्र प्रमाणित हुन्छ। यदि तैँले मार्ग देखाउन सक्दैनस् भने परिणाम केही पनि हुनेछैन, र तँ काम नलाग्ने कसिङ्गर हुनेछस्! यदि तँ अभ्यास गर्ने वास्तविक मार्गको बारेमा केही भन्न सक्दैनस् भने के तैंले बहाना बनाइरहेको छैनस् र? यदि तँ अरूलाई आफ्नो वास्तविक अनुभवहरू प्रदान गर्न सक्दैनस्, र त्यसरी तिनीहरूले सिक्ने वा तिनीहरूले पछ्याउन सक्ने मार्ग दिन सक्दैनस् भने के तैंले जालसाजी गरिरहेको हुँदैनस् र? के तँ एक नक्कली व्यक्ति होइनस् र? तेरो के महत्त्व छ? त्यस्तो व्यक्तिले “समाजवादको सिद्धान्तका आविष्कारक” को भूमिका मात्र खेल्न सक्छ, “समाजवाद ल्याउन योगदान दिने व्यक्ति” को भूमिका खेल्न सक्दैन। वास्तविकता विहीन हुन भनेको सत्यता विहीन हुनु हो। वास्तविकता विहीन हुन भनेको कुनै काम नलाग्ने हुनु हो। वास्तविकता विहीन हुनु भनेको जिउँदो लास बन्‍नु हो। वास्तविकता विहीन हुनु भनेको कुनै सन्दर्भ मूल्य नभएको “मार्क्सवादी-लेनिनवादी विचारक” हुनु हो। म तिमीहरू सबैलाई सिद्धान्तको बारेमा बोल्‍न छोड र कुनै वास्तविक र ठोस कुराको बारेमा कुरा गर भन्‍ने आग्रह गर्दछु; केही “आधुनिक कला” को अध्ययन गर्, केही वास्तविक कुरा भन्, केही वास्तविक योगदान दे, र केही समर्पणको भावना राख्। तँ बोल्दा वास्तविकताको सामना गर्; मानिसहरूलाई खुसी बनाउन वा बसेर तँलाई ध्यान दिने बनाउनका लागि अवास्तविक र अतिरञ्जित कुरामा लिप्त नबन्। त्यसमा मूल्य कहाँ हुन्छ? मानिसहरूलाई तँसँग न्यानो व्यवहार गर्न लगाउनुको के अर्थ छ? तेरो बोलीमा थोरै “कलात्मक” बन्, तेरो आचरणमा अझ केही बढी निष्पक्ष बन्, तैँले स्थितिहरूको कसरी सामना गर्छस् त्यसमा थप बढी विवेकी बन्, तैंले भन्ने कुरामा अलिक बढी व्यावहारिक बन्, तेरो हरेक कार्यद्वारा परमेश्‍वरको घरमा फाइदा पुर्‍याउने बारेमा सोच्, तँ भावनात्मक हुँदा आफ्नो अन्तस्करणको आवाज सुन्, दयाको साटो घृणा नफर्का वा दयाको साटो अधन्यवादी नबन, र पाखण्डी नबन, नत्र तँ खराब प्रभाव बन्छस्। जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तिनलाई अझ बढी वास्तविकतासँग जोड्, र जब तँ सङ्गति गर्छस्, वास्तविकताको बारेमा अझ बढी कुरा गर्। आफूलाई उच्च नठान्; यसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन। अरूसँगको तेरो बातचितमा अलिक बढी सहनशील बन्, अलिक बढी नरम बन्, अलिक बढी उदार बन् र “प्रधानमन्त्रीको स्वभाव” बाट सिक्।[अ] जब तँसँग नराम्रा विचारहरू हुन्छन्, तब देहलाई त्याग्ने अझै बढी अभ्यास गर्। जब तँ काम गरिरहेको हुन्छस्, तब वास्तविक मार्गहरूको बारेमा अझै बढी कुरा गर्, र अत्यन्तै उच्च नबन्, अन्यथा तँ मानिसहरूका लागि प्राप्त गर्नै नसकिने हुनेछस्। थोरै रमाइलो, धेरै योगदान—तेरो समर्पणको निःस्वार्थ भाव देखा। परमेश्‍वरका अभिप्रायहरूप्रति अझै बढी विचारशील बन्, तेरो अन्तस्करणको आवाज अझै बढी सुन्, अझ बढी विचारशील बन्, र यो नबिर्सी कि परमेश्‍वर कसरी तिमीहरूसित हरेक दिन धैर्यता र लगनशीलताका साथ बोल्नुहुन्छ। “पुरानो पञ्चांग” घरीघरी पढ्। धेरै प्रार्थना गर् र बारम्बार सङगति गर्। यस्तो अस्तव्यस्त हुन छोड्; केही समझ देखा र केही अन्तर्दृष्टि प्राप्त गर्। जब तेरो पापी हात पसारिन्छ, त्यसलाई पछाडि तान्; त्यत्ति धेरै परसम्म पुग्न नदे। त्यो कुनै कामको हुँदैन, र तैंले परमेश्‍वरबाट जे पाउँछस् त्यो सरापहरू बाहेक अरू केही हुनेछैन, त्यसैले होसियार बन्। तेरो हृदयमा अरूलाई दया गर्, र सधैँ हातमा हतियारहरू लिएर प्रहार नगर्। अरूलाई सहायता गर्ने सोचसहित सत्यको ज्ञानको बारेमा धेरै सङ्गति गर् र जीवनको बारेमा धेरै कुरा गर्। धेरै गर् र थोरै बोल्। अभ्यास गर्नमा धेरै प्रयास गर् र अनुसन्धान र विश्लेषणमा थोरै प्रयास गर्। तँ आफैलाई पवित्र आत्माद्वारा धेरै उत्प्रेरित हुन दे, र तँलाई सिद्ध बनाउन परमेश्‍वरलाई धेरै मौका दे। अझै धेरै मानवीय तत्त्वहरू हटा; तँमा अझै पनि कार्यहरू गर्ने धेरै मानवीय तरिकाहरू छन्, र कार्यहरू गर्ने तेरो बाहिरी तरिका र व्यवहार अझै पनि अरूका निम्ति मन नपर्दो छ: यी धेरै कुराहरू हटा। तेरो मानसिक स्थिति अझै पनि घृणित छ; त्यसलाई संशोधन गर्न अझै बढी समय खर्च गर्। तँ अझै पनि मानिसहरूलाई धेरै मान दिन्छस्; परमेश्‍वरलाई अझ बढी मान दे, र त्यत्ति धेरै विवेकहीन नबन्। “मन्दिर” सधैँ परमेश्‍वरको हो, र त्यसमा मानिसहरूले अधिकार गर्नु हुँदैन। संक्षेपमा, धार्मिकतामा धेरै र भावनाहरूमा कम ध्यान दे। देहलाई हटाउनु उत्तम हुन्छ। वास्तविकताको बारेमा धेरै र ज्ञानको बारेमा थोरै कुरा गर्; सबैभन्दा उत्तम भनेको चुप लाग्नु र केही नभन्नु नै हो। अभ्यासको मार्गको बारेमा धेरै कुरा गर्, र मूल्यहीन शेखी कम गर्। अहिले नै अभ्यास गर्न सुरु गर्नु उत्तम हुन्छ।

परमेश्‍वरले मानिसहरूसित गर्नुभएका मागहरू त्यति धेरै उच्च छैनन्। यदि तिनीहरूले थोरै मात्र प्रयास गरे भने पनि, तिनीहरूले “उतीर्णाङ्क” प्राप्त गर्दछन्। वास्तवमा, सत्यलाई बुझ्नु, जान्नु र धारण गर्नु सत्यको अभ्यास गर्नुभन्दा अझ जटिल छ। सत्यलाई जान्ने र बुझ्ने कुरा सत्यको अभ्यास गरेपछि आउँछ; पवित्र आत्माले काम गर्ने चरणहरू र तरिकाहरू यिनै हुन्। तैँले कसरी आज्ञापालन गर्न सक्दैनस्? के तैँले आफ्नै तरिकाले काम गरेर आत्माका कामहरू प्राप्त गर्न सक्छस्? के पवित्र आत्माले तेरो खुसीको लागि, वा परमेश्‍वरका वचनहरू अनुसार तिम्रा अभावहरूको आधारमा काम गर्नुहुन्छ? यदि तैँले यसलाई स्पष्टसँग देख्न सक्दैनस् भने यो अर्थहीन छ। किन धेरै मानिसहरू परमेश्‍वरका वचनहरू पढ्न लागी पर्छन्, तर केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्न सक्दैनन्? के तँलाई ज्ञान हुनु नै सत्य हुनु हो भन्‍ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारका जत्ति धेरै बालुवा छन्, त्यति नै धेरै ज्ञानको कुरा बोल्न सक्छस् होला, तापनि तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, यो मानिसहरूलाई वास्तविकताभित्र लैजान त्यति नै धेरै असक्षम हुन्छ; सिद्धान्त जति उच्च हुन्छ, त्यसले तँलाई त्यति नै बढी परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। उच्च सिद्धान्तहरूलाई मूल्यवान् सम्पत्ति नठान; ती हानिकारक हुन्छन् र तिनले कुनै उद्देश्य पूरा गर्दैनन्! हुन सक्छ, कतिपय मानिसहरूले अति उच्च सिद्धान्तहरूको बारेमा कुरा गर्न सक्छन् होला—तर यिनमा कुनै वास्तविकता हुँदैन, किनकि ती मानिसहरूले त्यस्ता कुराहरूलाई व्यक्तिगत रूपमा अनुभव गरेका हुँदैनन्, त्यसैले गर्दा, अभ्यास गर्ने कुनै मार्ग हुँदैन। त्यस्ता मानिसहरूले अरूलाई सही बाटोमा लैजान सक्दैनन् र तिनीहरूलाई पथभ्रष्ट मात्र गराउँछन्। के यो मानिसहरूका लागि हानिकारक छैन र? कम्तीमा पनि, तैँले मानिसहरूका वर्तमान समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ र तिनीहरूलाई प्रवेश प्राप्त गर्न सक्‍ने तुल्याउनुपर्छ; केवल यसलाई मात्र समर्पणको रूपमा गनिन्छ, अनि मात्र तँ परमेश्‍वरका लागि काम गर्ने योग्यको हुनेछस्। सधैँ ठूलठूला, काल्पनिक वचनहरू नबोल्, र अरूलाई तेरो आज्ञापालन गर्न बाध्य बनाउनका निम्ति अनुपयुक्त अभ्यासहरूको प्रयोग नगर्। त्यसले कुनै प्रभाव पार्नेछैन र त्यसले तिनीहरूको भ्रम मात्र बढाउन सक्छ। यसो गर्दै अगाडि बढ्दा धेरै धर्मसिद्धान्त उत्पन्न हुन्छन्, जसको कारण मानिसहरूले तँलाई घृणा गर्नेछन्। मानिसको कमी-कमजोरी यस्तै छ, र यो साँच्चै लाजमर्दो छ। यसैले वास्तविक रूपमा रहेका समस्याहरूको बारेमा कुरा गर्। अरू मानिसहरूका अनुभवहरूलाई तेरो आफ्नै व्यक्तिगत सम्पत्ति जस्तो व्यवहार नगर् अनि अरूले त्यसको प्रशंसा गरून् भनी त्यसलाई माथि नउचाल्; तैँले आफ्‍नै व्यक्तिगत उपायको खोजी गर्नुपर्छ। प्रत्येक व्यक्तिले अभ्यास गर्नुपर्ने कुरा यही हो।

तैंले जे सङ्गति गर्छस् यदि त्यसले मानिसहरूलाई हिँड्ने मार्ग दिन सक्दछ भने, त्यो तँसित वास्तविकता भएको जस्तो हो। तैंले चाहे जे नै भने पनि, तैंले मानिसहरूलाई अभ्यासमा ल्याउनुपर्छ र उनीहरूले पछ्याउन सक्ने मार्ग दिनुपर्छ। उनीहरूलाई ज्ञान मात्र लिन नदे; त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको हिँड्न सक्‍ने एउटा मार्ग प्राप्त गर्नु हो। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नको लागि, उनीहरूले परमेश्‍वरको काममा उहाँले डोऱ्याउनुभएको मार्गमा हिँड्नु पर्छ। अर्थात्, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको पवित्र आत्माले डोऱ्याउनुहुने मार्गमा हिँड्ने प्रक्रिया हो। त्यसरी नै, चाहे जे भए पनि तँ हिँड्न सक्ने एउटा मार्ग तँसँग हुनुपर्दछ, र तैंले परमेश्‍वरद्वारा सिद्ध हुने मार्गमा पाइला टेक्नुपर्छ। धेरै पछाडि नपर्, र आफैलाई धेरै कुराहरूको चिन्तामा नपार्। यदि तँ परमेश्‍वरले डोऱ्याउनुभएको बाटोमा विनाबाधा हिँडिस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्नेछस् र प्रवेश गर्ने मार्ग पाउनेछस्। केवल यसलाई मात्र परमेश्‍वरका अभिप्रायहरूसँग मिलेको र मानवताको कर्तव्य पूरा गरेको मानिन्छ। यस प्रवाहमा रहेको एक व्यक्तिको रूपमा, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्दछ, मानिसहरूले जे गर्नुपर्छ त्यो धेरै गर्नुपर्दछ, र स्वेच्छाचारी व्यवहार गर्नु हुँदैन। काम गरिरहेका मानिसहरूले उनीहरूको वचनहरूलाई स्पष्ट पार्नैपर्छ, पछ्याउने मानिसहरूले कठिनाइ सहनु र आज्ञा पालन गर्नुमा धेरै ध्यान केन्द्रित गर्नुपर्दछ, र सबै जना आफ्नो स्थानमा रहनुपर्छ र पङ्‌क्तिबाट बाहिर निस्कनु हुँदैन। अभ्यास कसरी गर्नुपर्छ र तिनीहरूले कुन कार्य पूरा गर्नुपर्छ भन्ने विषयमा प्रत्येक व्यक्ति हृदयदेखि स्पष्ट हुनुपर्दछ। पवित्र आत्माले डोऱ्याउनुभएको बाटोमा हिँड्; नभड्कि वा गलत बाटोमा नजा। तैंले आजको कामलाई स्पष्ट रूपमा देख्नुपर्छ। आजको काममा प्रवेश गर्नु भनेको तिमीहरूले जे अभ्यास गर्नुपर्छ त्यो काम गर्नु हो। तँ प्रवेश गर्नुपर्ने पहिलो कुरा यही नै हो। अन्य कुरामा अरू थप वचनहरू नष्ट नपार्। आज परमेश्‍वरको घरको काम गर्नु तिमीहरूको जिम्मेवारी हो, आजको कामको विधिमा प्रवेश गर्नु तिमीहरूको कर्तव्य हो, र आजको सत्यता अभ्यास गर्नु तिमीहरूको बोझ हो।

फूटनोट:

अ. प्रधानमन्त्रीको स्वभाव: फराकिलो मन र उदारता भएको व्यक्तिलाई वर्णन गर्न प्रयोग गरिने एउटा उत्कृष्ट चिनियाँ भनाइ।

अघिल्लो: मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ

अर्को: सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा तँ सत्यताको निम्ति जिउनुपर्छ

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य...

परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक सङ्कल्प हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र परमेश्‍वरलाई...

परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधनलाई सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्