आज्ञा पालन र सत्यता अभ्यास गर्ने

अभ्यासमा, आज्ञा पालन गर्ने र सत्यतालाई अभ्यासमा उतार्ने कार्य एक-आपसमा जोडिनुपर्छ। आज्ञा पालन गर्दा, सत्यताको अभ्यास गर्नुपर्छ। सत्यताको अभ्यास गर्दा, आज्ञाका सिद्धान्तहरूलाई कसैले पनि उल्लंघन गर्नु हुँदैन, न त आज्ञाको विपक्षमा जानु नै हुन्छ; परमेश्‍वरले तँबाट जे चाहनुहुन्छ तैँले त्यही गर्नुपर्छ। आज्ञा पालन गर्ने र सत्यताको अभ्यास गर्ने कार्य अन्तरसम्बन्धित छन्, अन्तर्विरोधी छैनन्। तैँले जति धेरै सत्यताको अभ्यास गर्छस्, त्यति नै धेरै तँ आज्ञाको सार कायम राख्न सक्षम बन्छस्। तैँले जति धेरै सत्यताको अभ्यास गर्छस्, त्यति नै धेरै तैँले आज्ञामा व्यक्त भएका परमेश्‍वरका वचनहरू बुझ्छस्। सत्यताको अभ्यास गर्नु र आज्ञा पालन गर्नु अन्तर्विरोधी कार्य होइनन्—तिनीहरू अन्तरसम्बन्धित छन्। सुरुमा, मानिसले आज्ञाको पालना गरेपछि मात्रै सत्यताको अभ्यास गर्न र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गर्न सक्थ्यो, तर यो परमेश्‍वरको मौलिक अभिप्राय होइन। परमेश्‍वर तैँले राम्रो व्यवहार गर्ने मात्रै नभएर तैँले आफ्नो हृदयलाई उहाँको आराधनामा लगाएको चाहनुहुन्छ। यद्यपि, सतही रूपमा भए पनि तैँले ती आज्ञाहरूको पालना गर्नुपर्छ। बिस्तारै, अनुभवमार्फत, परमेश्‍वरको अझ स्पष्ट बुझाइ प्राप्त गरेपछि, मानिसहरूले उहाँविरुद्ध विद्रोह र विरोध गर्न छाड्नेछन्, र तिनीहरूमा उहाँको कार्यप्रति कुनै शङ्का हुनेछैन। आज्ञाको सारप्रति निष्ठा राख्ने यो एक मात्र उपाय हो। तसर्थ, सत्यताको अभ्यास नगरी, आज्ञाको पालना गर्नु मात्रै, प्रभावहीन हुन्छ, र यसमा परमेश्‍वरको साँचो आराधना समावेश हुँदैन, किनभने तैँले वास्तविक कद अहिलेसम्म प्राप्त गरेको हुँदैनस्। सत्यताको अभ्यासविना आज्ञाको पालना मात्रै गर्नु भनेको नियमको कठोरतापूर्वक पालना गरेको जस्तो मात्रै हुन्छ। यसो गर्दा, आज्ञाहरू तेरा कानून बन्न पुग्छन्, जसले तँलाई जीवनमा वृद्धि हुन सहयोग गर्दैन। यसको विपरीत, ती तेरा बोझ बन्छन्, र पुरानो करारका व्यवस्थाले तँलाई कसेर बाँधेको जस्तै बाँध्छन् र पवित्र आत्माको उपस्थितिलाई गुमाउने तुल्याउँछन्। तसर्थ, सत्यताको अभ्यास गरेपछि मात्रै तैँले आज्ञालाई प्रभावकारी ढङ्गबाट पालना गर्न सक्छस्, र सत्यताको अभ्यास गर्नका लागि तैँले आज्ञाको पालना गर्छस्। आज्ञाको पालना गर्ने प्रक्रियामा, तैँले अझ धेरै सत्यताको अभ्यास गर्नेछस्, र सत्यताको अभ्यास गर्ने दौरान, आज्ञाको वास्तविक अर्थ के हो भनेर तैँले झनै गहिरो बुझाइ प्राप्त गर्नेछस्। मानिसले आज्ञा पालन गरोस् भन्‍ने परमेश्‍वरको मापदण्डको उद्देश्य र अर्थ भनेको उसले कल्पना गरेको जस्तो मानिसलाई नियमको पालना गर्न लगाउनु मात्रै होइन; बरु यसको सम्बन्ध त उसको जीवन प्रवेशसँग रहेको छ। तेरो जीवनमा हुने प्रगतिले तैँले कुन हदसम्म आज्ञाको पालना गर्न सक्नेछस् भन्‍ने कुरा निर्धारण गर्छ। आज्ञाहरू मानिसले पालना गर्नुपर्ने भए तापनि, आज्ञाको सार मानिसको जीवनको अनुभवबाट मात्रै प्रष्ट हुन्छ। अधिकांश मानिसहरूले आज्ञाको पालना राम्ररी गर्नुको अर्थ तिनीहरू “पूर्ण रूपमा तयार रहेको, र गर्न बाँकी रहेको भनेको अरू सबै बिर्सेर त्यसैमा पूरै लाग्नु मात्रै हो” भनेर अनुमान लगाउँछन्। यो अनावश्यक प्रकृतिको विचार हो, र यो विचार परमेश्‍वरको इच्छाअनुसारको छैन। यस्तो कुरा भन्‍ने मानिसहरू प्रगति गर्न चाहँदैनन्, र तिनीहरू देहको अभिलाषा राख्छन्। यो वाहियात हो! यो वास्तविकतासँग मेल नखाने कुरा हो! वास्तवमा आज्ञाको पालना नगरी खाली सत्यताको मात्रै अभ्यास गर्नु भनेको परमेश्‍वरको इच्छा होइन। यसो गर्नेहरू लङ्गडा हुन्; तिनीहरू एउटा खुट्टा नभएका मानिसहरू जस्ता हुन्। नियमको पालना गरेको जस्तो गरी आज्ञाको पालना गर्ने, तर अझै पनि सत्यता निहित नगर्ने—यसले पनि परमेश्‍वरको इच्छालाई सन्तुष्ट बनाउन सक्दैन; एउटा आँखा नभएकाहरू जस्तै, यसो गर्ने मानिसहरूले पनि कुनै प्रकारको अपाङ्गताको कष्ट भोग्छन्। यदि तैँले आज्ञाको पालना राम्ररी गरिस् र व्यावहारिक परमेश्‍वरको स्पष्ट बुझाइ हासिल गरिस् भने, तँमा सत्यता निहित हुनेछ भनेर भन्न सकिन्छ; सापेक्षिक रूपमा भन्नु पर्दा, तैँले वास्तविक कद हासिल गरेको हुनेछस्। तैँले अभ्यास गर्नुपर्ने सत्यताको अभ्यास गरिस् भने, तैँले आज्ञाको पालना पनि गर्नेछस्, र यी दुइटा कुराहरू परस्परविरोधी होइनन्। सत्यताको अभ्यास गर्नु र आज्ञाको पालना गर्नु दुई वटा प्रणालीहरू हुन्, यी दुवै जीवन अनुभवका अभिन्न अङ्ग हुन्। व्यक्तिको अनुभवमा आज्ञाको पालना र सत्यताको अभ्यासको समायोजन समावेश हुनुपर्छ, विभाजन होइन। यद्यपि, यी दुई कुराहरूमा भिन्नता र सम्बन्ध दुवै छन्।

नयाँ युगमा आज्ञाहरूको घोषणा यो धारामा रहेका सबै मानिसहरू, आज परमेश्‍वरको आवाज सुन्ने सबै मानिसहरू, नयाँ युगमा प्रवेश गरेका छन् भन्‍ने तथ्यको गवाही हो। यो परमेश्‍वरको कार्यको नयाँ सुरुवात हो, साथै परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको अन्तिम चरणको सुरुवात पनि हो। नयाँ युगका आज्ञाहरू परमेश्‍वर र मानिसले नयाँ स्वर्ग र नयाँ पृथ्वीको क्षेत्रमा प्रवेश गरेको द्योतक हुन्, र यसमा यहोवाले इस्राएलीहरूसँग काम गर्नुभएको र येशूले यहूदीहरूसँग काम गर्नुभएको जस्तै, परमेश्‍वरले अझ धेरै व्यावहारिक कार्य गर्नुहुनेछ, र पृथ्वीमा अझ धेरै र अझ ठूला कार्य गर्नुहुनेछ। तिनीहरू यो समूहले परमेश्‍वरबाट अझ धेरै र अझ ठूला आज्ञाहरू प्राप्त गर्नेछन्, र तिनीहरूलाई भरणपोषण गरिनेछ, खुवाइनेछ, सहयोग गरिनेछ, हेरचाह गरिनेछ, र उहाँबाट व्यावहारिक रूपमा रक्षा गरिनेछ, र उहाँबाट अझ व्यावहारिक तालिम दिइनेछ, र परमेश्‍वरको वचनबाट निराकरण, खण्डित, र परिष्कृत गरिनेछ भन्‍ने कुराको पनि द्योतक हुन्। नयाँ युगका आज्ञाहरूको महत्त्व अति नै अथाह छ। तिनीहरूले परमेश्‍वर वास्तवमै पृथ्वीमा देखा पर्नुहुन्छ, त्यहाँबाट उहाँले आफ्नो सबै महिमा देहमा प्रकट गर्दै, सम्पूर्ण ब्रम्हाण्डलाई विजय गर्नुहुनेछ भन्‍ने जनाउँछन्। तिनीहरूले उहाँका चुनिएकाहरू सबैलाई सिद्ध गर्न व्यावहारिक परमेश्‍वरले अझ धेरै व्यावहारिक कार्य गर्नुहुनेछ भन्‍ने पनि जनाउँछन्। साथै, परमेश्‍वरले पृथ्वीमा हरेक काम-कुराहरू वचनहरूबाट सम्पन्न गर्नुहुनेछ, र “देहधारी परमेश्‍वर सबैभन्दा माथि उठ्नुहुनेछ र महिमावान् हुनुहुनेछ, र सबै मानिस तथा सबै राष्ट्रहरूले महान् परमेश्‍वरको आराधना गर्न घुँडा टेक्नेछन्” भन्‍ने आदेश व्यक्त गर्नुहुनेछ। नयाँ युगका आज्ञाहरूको पालना मानिसहरूले गर्नुपर्ने भए तापनि, र ती आज्ञाहरू पालना गर्नु मानिसको कर्तव्य र दायित्व भए तापनि, तिनीहरूले प्रतिनिधित्व गर्ने अर्थ एक वा दुई शब्दमा व्यक्त गर्न सकिनेभन्दा अथाह छन्। नयाँ युगका आज्ञाहरूले यहोवा र येशूले प्रतिपादन गर्नुभएका पुरानो करारका व्यवस्थाहरू र नयाँ करारका धार्मिक-विधानहरूलाई प्रतिस्थापन गर्छन्। यो गहन पाठ हो, मानिसहरूले कल्पना गर्ने कुराजस्तो सहज होइन। नयाँ युगका आज्ञाहरूको व्यावहारिक महत्त्वको एउटा पक्ष छ: तिनीहरूले अनुग्रहको युग र राज्यको युगबीचको अन्तरस्थको काम गर्छन्। नयाँ युगका आज्ञाहरूले पुरानो युगका सबै अभ्यास तथा धार्मिक-विधानहरूका साथै येशूको युगका तथा येशूको युगभन्दा अघिका सबै अभ्यासहरूलाई समाप्त गर्छन्। तिनीहरूले मानिसलाई थप व्यावहारिक परमेश्‍वरको उपिस्थितिमा ल्याउँछन्, जसले मानिसलाई उहाँबाट व्यक्तिगत रूपमा सिद्ध हुन सक्षम बनाउँछ; तिनीहरु नै सिद्धताको मार्गको सुरुवात हुन्। तसर्थ, तिमीहरूले नयाँ युगका आज्ञाहरूप्रति सही मनोवृत्ति राख्नुपर्छ, तिनीहरूलाई जथाभाबी अनुसरण पनि नगर्नु र निन्दा पनि नगर्नू। नयाँ युगका आज्ञाहरूले केही पक्षहरूमा ठूलो महत्त्व दिएका छन्: मानिसले आजका व्यावहारिक परमेश्‍वरको आराधना गर्नुपर्छ, जसमा आत्माको सारप्रति थप व्यावहारिक रूपमा समर्पित हुने कुरा समावेश हुन्छ। यी आज्ञाहरूले उहाँ धार्मिकताको सूर्यको रूपमा प्रकट हुनुभएपछि मानिस दोषी वा धर्मी छ भनेर परमेश्‍वरले न्याय गर्नुहुने सिद्धान्तमा पनि जोड दिन्छन्। यी आज्ञाहरू अभ्यास गर्नुभन्दा बुझ्नका लागि सजिला छन्। यसबाट के देख्न सकिन्छ भने यदि परमेश्‍वरले मानिसलाई सिद्ध गर्न इच्छा गर्नुभएमा, उहाँले आफ्नै वचन र मार्गदर्शनबाट त्यसो गर्नुपर्छ, र मानिसले आफ्नै अन्तर्निहित बौद्धिकताबाट सिद्धता हासिल गर्न सक्दैन। मानिसले नयाँ युगका आज्ञाहरूको पालना गर्न सक्छ वा सक्दैन भन्‍ने कुरा व्यावहारिक परमेश्‍वरको बारेमा उसको ज्ञानमा निर्भर रहन्छ। तसर्थ, तैँले आज्ञाहरूको पालना गर्न सक्छस् वा सक्दैनस् भन्‍ने कुरा केही दिनमै समाधान हुने प्रश्न होइन। यो सिक्नुपर्ने एक अथाह पाठ हो।

सत्यताको अभ्यास यस्तो मार्ग हो जसमा मानिसको जीवन वृद्धि हुन सक्छ। यदि तिमीहरूले सत्यताको अभ्यास गरेनौं भने, तिमीहरूसँग सिद्धान्तभन्दा बढी केही हुँदैन र वास्तविक जीवन रहँदैन। सत्यता मानिसको जीवनको कदको प्रतीक हो, तँ सत्यताको अभ्यास गर्छस् वा गर्दैनस् भन्‍ने कुराको सम्बन्ध तेरो वास्तविक कद छ वा छैन भन्‍ने कुरासँग हुन्छ। यदि तँ सत्यताको अभ्यास गर्दैनस्, धर्मी रूपमा व्यवहार गर्दैनस्, वा भावनामा बग्छस् र देहको ख्याल गर्छस् भने, तँ यी आज्ञाहरूको पालना गर्ने कुराबाट निकै पर छस्। यो नै सबैभन्दा गहन पाठ हो। प्रत्येक युगमा, मानिसहरूले प्रवेश गर्नुपर्ने र बुझ्नुपर्ने धेरै सत्यताहरू हुन्छन्, अनि प्रत्येक युगमा, ती सत्यताहरू सँगसँगै आउने विभिन्न आज्ञाहरू हुन्छन्। मानिसहरूले अभ्यास गर्ने यी सत्यताहरू निश्चित युगसँग सम्बन्धित हुन्छन्, र तिनीहरूले पालना गर्ने आज्ञाहरू पनि सोही युगसँग सम्बन्धित हुन्छन्। प्रत्येक युगको आ-आफ्नै अभ्यास गरिनुपर्ने सत्यता र पालना गरिनुपर्ने आज्ञाहरू हुन्छन्। यद्यपि, परमेश्‍वरबाट प्रतिपादन गरिएका विभिन्न आज्ञाहरूको आधारमा—अर्थात्, विभिन्न युगहरूको आधारमा—मानिसले गर्ने सत्यताको अभ्यासको लक्ष्य र प्रभाव समानुपातिक ढङ्गले भिन्न हुन्छ। आज्ञाहरूले सत्यको सेवा गर्छन्, र आज्ञाहरू कायम राख्नका लागि सत्यको अस्तित्व हुन्छ भनेर भन्न सकिन्छ। यदि सत्यता मात्रै भएको भए, कुरा गर्न मिल्ने गरी परमेश्‍वरको कार्यमा कुनै परिवर्तन हुनेछैन। यद्यपि, आज्ञाहरूलाई हेरेर, मानिसले पवित्र आत्माको कार्यमा प्रवृत्तिहरूको हद पहिचान गर्न सक्छ, र मानिसले परमेश्‍वर कुन युगमा कार्य गर्दै हुनुहुन्छ भनेर थाहा पाउन सक्छ। धर्ममा, व्यवस्थाको युगका मानिसहरूले अभ्यास गरेका सत्यताहरूको अभ्यास गर्न सक्ने धेरै मानिसहरू छन्। यद्यपि, उनीहरूसँग नयाँ युगका आज्ञाहरू छैनन्, न उनीहरूले तिनीहरूको पालना नै गर्न सक्छन्। उनीहरूले अझै पुरानै तरिकाहरू पालना गरिरहेका छन् र आदिम मानवजातिकै रूपमा रहेका छन्। उनीहरू कार्यको नयाँ तरिकाबाट सुसज्जित छैनन् र उनीहरूले नयाँ युगका आज्ञाहरू देख्न सक्दैनन्। यसरी, उनीहरूसँग परमेश्‍वरको कार्य छैन। लाग्छ, उनीहरूसँग अण्डाको खाली बोक्रा मात्र छ; यदि त्यसभित्र कुनै चल्ला छैन भने, त्यसमा आत्मा पनि छैन। यसलाई अझ सटीक तरिकाले भन्दा, तिनीहरूमा कुनै जीवन नै छैन। यस्ता मानिसहरू अझैसम्म पनि नयाँ युगमा प्रवेश गरेका छैनन् र धेरै कदम पछाडि परेका छन्। तसर्थ, पुराना युगहरूका सत्यताहरू हुनु तर नयाँ युगका आज्ञाहरू नहुनु व्यर्थ हो। तिमीहरू धेरै जना आजको सत्यताको अभ्यास गर्छौ तर यसका आज्ञाहरू पालना गर्दैनौ। तिमीहरूले केही पनि पाउँदैनौ, र तिमीहरूले अभ्यास गर्ने सत्यता महत्त्वहीन र अर्थहीन हुन्छ र परमेश्‍वरले तिमीहरूको प्रशंसा गर्नुहुनेछैन। सत्यताको अभ्यास पवित्र आत्माको वर्तमानका कार्यशैलीहरूको मापदण्डभित्र रहेर गरिनुपर्छ; यसको अभ्यास आजको व्यावहारिक परमेश्‍वरको आवाजको जबाफस्वरूप गरिनुपर्छ। यसो नगर्दा, डोकोले पानी उघाएको जस्तै, सबै कुरा शून्य हुन्छ। यो नयाँ युगका आज्ञाहरूको प्रतिपादनको व्यावहारिक अर्थ पनि हो। यदि मानिसहरूले आज्ञाहरूको पालना गर्ने हो भने, कम्तीमा तिनीहरूलाई देहमा देखा पर्नुहुने व्यावहारिक परमेश्‍वरको बारेमा, अन्योलता रहित रूपमा थाहा हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, मानिसहरूले आज्ञाहरूको पालना गर्ने सिद्धान्तहरूका बारेमा बुझ्नुपर्छ। आज्ञाहरूको पालना गर्नुको अर्थ तिनीहरूलाई लापरवाही तरिकाले वा स्वछन्द रूपमा अनुसरण गर्नु होइन, बरु आधार, उद्देश्य, र सिद्धान्तहरूसहित तिनीहरूको पालना गर्नु हो। हासिल गर्नुपर्ने पहिलो कुरा भनेको तेरो दृष्टिलाई स्पष्ट पार्नु हो। यदि वर्तमान समयमा तँसँग पवित्र आत्माको कार्यको गहन बुझाइ छ भने, र यदि तँ कार्यको आजको विधिमा प्रवेश गर्छस् भने, तैँले स्वाभाविक रूपमा आज्ञाहरूको पालना गर्ने सुस्पष्ट बुझाइ प्राप्त गर्छस्। यदि तैँले नयाँ युगका आज्ञाहरूको सार बुझ्ने दिन आएमा र तैँले आज्ञाहरूको पालना गर्न सकेमा, तँ सिद्ध भएको हुनेछस्। सत्यको अभ्यास गर्ने र आज्ञाको पालना गर्ने कुराको व्यावहारिक महत्त्व यही हो। तैँले सत्यको अभ्यास गर्न सक्छस् वा सक्दैनस् भन्‍ने कुरा तैँले नयाँ युगका आज्ञाहरूको सारलाई कसरी बुझ्छस् भन्‍नेमा निर्भर रहन्छ। पवित्र आत्माको कार्य मानिस समक्ष निरन्तर रूपमा देखा पर्नेछ, र परमेश्‍वरले मानिसहरूलाई अझ धेरै मापदण्डहरू दिनुहुनेछ। तसर्थ, मानिसले अभ्यास गर्ने सत्यताको सङ्ख्या थपिँदै जानेछ, र आज्ञाहरू पालना गर्दाका प्रभावहरू अझै धेरै गहन हुँदै जानेछन्। तसर्थ, तिमीहरूले सत्यताको अभ्यास अनि आज्ञाहरूको पालना सँगसँगै गर्नुपर्ने छ। यो कुरालाई कसैले पनि उपेक्षा गर्नु हुँदैन; यो नयाँ युगमा नयाँ सत्य अनि नयाँ आज्ञाहरू एकै पटक सुरु हुन देओ।

अघिल्लो: वास्तविकतामा अझ बढी ध्यान देऊ

अर्को: व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्