प्रस्तावना

तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि परमेश्‍वरलाई कसरी विश्‍वास गरेका छौ भनी नयाँ जाँच गर्नुपर्छ, ताकि परमेश्‍वरलाई पछ्‍याउने प्रक्रियामा तिमीहरूले परमेश्‍वरलाई साँच्‍चिकै बुझेका, साँच्‍चिकै बोध गरेका, र साँच्‍चिकै चिनेका छौ कि छैनौ देख्‍न सक, परमेश्‍वरले विभिन्‍न प्रकारका मानिसहरूप्रति कस्तो किसिमको मनोवृत्ति राख्‍नुहुन्छ तिमीहरूलाई साँच्‍चिकै थाहा छ कि छैन र परमेश्‍वरले तिमीहरूमा गरिरहनुभएको काम र परमेश्‍वरले तिमीहरूको प्रत्येक कार्यलाई कसरी परिभाषित गर्नुहुन्छ तिमीहरूले साँच्‍चिकै बुझेका छौ कि छैनौ देख्‍न सक। तेरो प्रगतिलाई मार्गदर्शन दिँदै, तेरो नियतिमाथि सार्वभौमिकता राख्दै, र तेरा आवश्यकताहरू परिपूर्ति गर्दै तेरो छेवैमा रहनुहुने परमेश्‍वरलाई—सबै कुरालाई समग्रमा विचार गर्दा, तैँले यस्ता परमेश्‍वरलाई कत्तिको बुझेको छस्? तैँले यस्ता परमेश्‍वरलाई साँच्‍चिकै कत्तिको चिनेको छस्? उहाँले हरेक दिन तँमा के काम गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले आफ्ना हरेक कार्य कुन-कुन सिद्धान्त र उद्देश्यहरूको आधारमा गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँलाई कसरी मार्गदर्शन गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले कुन माध्यमबाट तँलाई भरण-पोषण गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँलाई कुन तरिकाहरूबाट अगुवाइ गर्नुहुन्छ, के तँलाई थाहा छ? उहाँले तँबाट के कुरा प्राप्‍त गर्न चाहनुहुन्छ र उहाँले तँमा के कुरा हासिल गर्न चाहनुहुन्छ, के तँलाई थाहा छ? तैँले व्यवहार गर्ने विभिन्‍न शैलीहरूप्रति उहाँले कस्तो मनोवृत्ति राख्‍नुहुन्छ, के तँलाई थाहा छ? तँ उहाँको प्रिय व्यक्ति हो कि होइन, के तँलाई थाहा छ? उहाँको आनन्द, रिस, दुःख र खुशीको उत्पत्ति, यी सबैपछिका उहाँका सोच र विचारहरू, र उहाँको सारको बारेमा के तँलाई थाहा छ? तैँले विश्‍वास गरेको परमेश्‍वर, अन्ततः कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ, के तँलाई थाहा छ? के तैँले यी र अन्य प्रश्‍नहरूलाई कहिल्यै बुझेको थिइनस् वा तीबारेमा कहिल्यै विचार गरेको थिइनस्? परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई पछ्याउँदा, के तैँले परमेश्‍वरका वचनहरूको साँचो सराहना र अनुभवमार्फत, के तैँले उहाँको बारेमा तँसँग भएका तेरा गलत बुझाइहरूलाई हटाएको छस्? परमेश्‍वरको अनुशासन कार्यवाही र ताडना पाएपछि के तैँले साँचो समर्पण र वास्ता गर्न सुरु गरेको छस्? परमेश्‍वरको सजाय र न्यायको बीचमा के तैँले मानिसको विद्रोह र शैतानी प्रकृतिको बारेमा थाहा पाएको छस्, अनि परमेश्‍वरको पवित्रताको विषयमा अलिकति बुझाइ प्राप्‍त गरेको छस्? परमेश्‍वरका वचनहरूको मार्गदर्शन र अन्तर्दृष्टिमा के तैँले जीवनसम्बन्धी नयाँ दृष्टिकोण राख्‍न सुरु गरेको छस्? के तैँले परमेश्‍वरले दिनुभएका जाँचहरूको दौरान मानिसका अपराधप्रति परमेश्‍वरको असहिष्‍णुता, साथै तैँले पूरा गर्नको लागि उहाँले आवश्यक गर्नुभएका कुराहरू र तँलाई उहाँले कसरी बचाउनुहुन्छ भन्‍ने कुरा महसुस गरेको छस्? यदि तँलाई परमेश्‍वरलाई गलत बुझ्‍नु भनेको के हो थाहा छैन वा उक्त्त गलत बुझाइ कसरी हटाउने हो थाहा छैन भने जोकोहीले भन्न सक्छ कि तँ परमेश्‍वरको साँचो सङ्‍गतिमा प्रवेश गरेको छैनस् र तैँले परमेश्‍वरलाई कहिल्यै पनि बुझेको छैनस् वा जोकोहीले कम्तीमा पनि भन्न सक्छ कि तैँले कहिल्यै पनि उहाँलाई बुझ्‍न चाहेको छैनस्। यदि तँलाई परमेश्‍वरको अनुशासन कार्यवाही र ताडना के हो थाहा छैन भने अवश्य पनि तँलाई समर्पण र वास्ता के हो थाहा छैन वा कम्तीमा पनि तँ कहिल्यै साँच्‍चिकै परमेश्‍वरप्रति समर्पित भएको छैनस् वा तैँले उहाँको वास्ता गरेको छैनस्। यदि तैँले परमेश्‍वरको सजाय र न्याय कहिल्यै पनि अनुभव गरेको छैनस् भने निश्‍चय नै तँलाई उहाँको पवित्रता के हो थाहा छैन, मानिसको विद्रोह के हो भन्‍ने विषयमा तेरो बुझाइ स्पष्‍ट हुने कुरा त परै जाओस्। यदि तँसँग साँच्‍ची नै कहिल्यै पनि जीवनसम्बन्धी सही दृष्टिकोण थिएन, वा जीवनमा सही लक्ष्य थिएन, तर तँ अझै पनि अस्पष्‍टताको स्थिति र तेरो जीवनको भावी मार्गप्रति अनिर्णयको स्थितिमा भई अगाडि बढ्न हिचकिचाइरहेको अवस्थामा छस् भने, निश्चिय नै तैँले कहिल्यै पनि परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्‍त गरेको हुँदैनस्; जोकोहीले पनि भन्न सक्छ कि तैँले साँच्‍ची नै परमेश्‍वरका वचनहरूद्वारा आपूर्ति र पुनर्पूर्ति प्राप्‍त गरेको छैनस्। यदि तँ परमेश्‍वरको परीक्षाबाट गुज्रेको छैनस् भने, भन्नै पर्दैन, तँलाई मानिसको अपराधप्रति परमेश्‍वरको असहिष्‍णुता के-कस्तो हुन्छ निश्‍चय नै थाहा हुनेछैन, न त तैँले परमेश्‍वरले अन्ततः तँबाट के-कस्ता आवश्यक मापदण्डहरू पूरा गराउन चाहनुहुन्छ भन्‍ने नै बुझ्छस्, तैँले उहाँको व्यवस्थापकीय र मानिसलाई उद्धार गर्ने उहाँको काम अन्ततः के हुन् भन्‍ने बारेमा बुझ्‍नु त परै जाओस्। एक व्यक्तिले परमेश्‍वरलाई विश्‍वास गरेको जतिसुकै वर्ष भए तापनि, यदि तिनीहरूले परमेश्‍वरका वचनहरूबाट केही पनि अनुभव गरेका वा बुझेका छैनन् भने, तिनीहरू निश्‍चय नै उद्धारको मार्गतिर हिँडिरहेका छैनन्, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास निश्‍चय नै वास्तविक विषयवस्तु रहित छ, तिनीहरूमा परमेश्‍वरको ज्ञान पनि निश्‍चय नै सून्य छ, र तिनीहरूलाई अवश्य नै परमेश्‍वरको डर मान्‍नु भनेको के हो केही पनि थाहा हुँदैन।

परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब मानिसले परमेश्‍वरका वचनहरू अनुभव गर्छ, मानिसले तिनलाई अभ्यासमा लगाउने प्रक्रियाद्वारा परमेश्‍वरले बोल्‍नुभएको वचनको उद्देश्य बुझ्‍न थाल्छ, र परमेश्‍वरका वचनहरूको स्रोत र पृष्ठभूमि बुझ्‍न र परमेश्‍वरका वचनहरूको अपेक्षित प्रभाव बुझ्‍न र कदर गर्न थाल्छ। सत्य र जीवन हासिल गर्न, परमेश्‍वरका अभिप्रायहरू बुझ्‍न, उहाँको स्वभावमा रूपान्तरित हुन, र परमेश्‍वरको सार्वभौमिकता र न्दोबस्तहरूप्रति समर्पित हुन सक्षम बन्‍न मानवजातिले अनुभव गर्नैपर्ने, बुझ्नैपर्ने, र प्राप्‍त गर्नैपर्ने सबै कुराहरू यिनै हुन्। मानिसले यी सबै कुराहरू अनुभव गर्न, बुझ्‍न र प्राप्‍त गर्न थालेको समयसम्ममा, उसले क्रमिक रूपमा परमेश्‍वरको बुझाइ प्राप्‍त गरिसकेको हुनेछ, र उसले यस समयसम्ममा उहाँको विषयमा ज्ञानको फरक तह हासिल गरिसकेको हुनेछ। यो बुझाइ र ज्ञान मानिसले कल्पना गरेको वा रचना गरेको कुनै कुराबाट आउँदैन, बरु उसले आफूभित्र के कुरालाई कदर गर्छ, अनुभव गर्छ, महसुस गर्छ, र सुनिश्‍चितता प्रदान गर्छ भन्‍ने कुराबाट आउँछ। यी कुराहरूलाई कदर गर्न, अनुभव गर्न, महसुस गर्न र सुनिश्‍चितता प्रदान गर्न थालेपछि मात्र परमेश्‍वरबारेको मानिसको ज्ञानले साँचो विषयवस्तु प्राप्‍त गर्छ; यस समयमा मानिसले प्राप्‍त गरेको ज्ञान मात्र वास्तविक, साँचो, सही हुन्छ, अनि उहाँका वचनहरूलाई कदर गर्ने, अनुभव गर्ने, महसुस गर्ने र सुनिश्‍चितता प्रदान गर्ने माध्यमद्वारा परमेश्‍वरको साँचो बुझाइ र ज्ञान प्राप्‍त गर्ने यो प्रक्रिया मानिस र परमेश्‍वरबीचको साँचो सङ्‍गतिभन्दा अरू केही होइन। यस किसिमको सङ्‍गतिको दौरान मानिसले परमेश्‍वरका अभिप्रायहरूलाई साँच्‍चिकै बुझ्छ र बोध गर्छ, परमेश्‍वरको सम्पत्ति र अस्तित्वलाई साँच्‍चिकै बुझ्‍न र जान्न थाल्छ, परमेश्‍वरको सारलाई साँच्‍चिकै बुझ्न र जान्न थाल्छ, परमेश्‍वरको स्वभावलाई क्रमिक रूपमा साँच्‍चिकै बुझ्न र जान्न थाल्छ, सारा सृष्‍टिमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ भन्‍ने तथ्यप्रति साँच्‍चिकै निश्‍चितता पाउँछ र यसको सही परिभाषा बुझ्छ, र परमेश्‍वरको पहिचान र स्थानको आवश्यक बुझाइ र ज्ञान प्राप्‍त गर्छ। यस किसिमको सङ्‍गतिको दौरान, मानिसले परमेश्‍वरको विषयमा आफ्नो सोचविचार चरणबद्ध रूपमा परिवर्तन गर्छ, उहाँको विषयमा निराधार कुरा कल्पना गर्न छोड्छ, वा उहाँको विषयमा आफ्नो सन्देहमाथि लगाम लगाउँछ, वा उहाँमाथि गलत बुझाइ, वा उहाँलाई दोष लगाउने, वा उहाँको अनावश्यक मूल्याङ्कन गर्ने, वा उहाँमाथि शङ्‍का गर्ने जस्ता कुराहरूमाथि लगाम लगाउँछ। यसरी, परमेश्‍वरसँग मानिसको थोरै मात्र विवादहरू हुनेछन्, परमेश्‍वरसँग उसको थोरै मात्र द्वन्द्व हुनेछ, र मानिसले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने अवसरहरू पनि थोरै मात्र हुनेछन्। यसको विपरीत, मानिस परमेश्‍वरप्रति मानिसको वास्ता र समर्पण बढ्दै जानेछ, र परमेश्‍वरप्रतिको उसको डर अझ धेरै वास्तविक र गहिरो बन्‍दै जानेछ। यस किसिमको सङ्‍गतिको दौरान, मानिसले सत्यताको बन्दोबस्त र जीवनको बप्‍तिस्मा मात्र प्राप्‍त गर्ने छैन, बरु उसले त यही समयमा परमेश्‍वरको साँचो ज्ञान पनि प्राप्‍त गर्नेछ। यस किसिमको सङ्‍गतिको दौरान, मानिस आफ्नो स्वभावमा रूपान्तरित हुने र उसले मुक्ति प्राप्‍त गर्ने मात्र होइन, बरु उसले त यही समयमा परमेश्‍वरप्रति सृष्टि गरिएको प्राणीको साँचो डर र आराधना पनि प्राप्‍त गर्नेछ। मानिसले यस किसिमको सङ्‍गति प्राप्‍त गरिसकेपछि परमेश्‍वरमाथिको उसको विश्‍वास एउटा खाली कागज जस्तो हुँदैन, वा मुखले मात्र ठिक्‍क पार्ने खालको सेवा दिने प्रतिज्ञा जस्तो हुँदैन, वा अन्धभक्त भएर पछ्याए जस्तो र कुनै कुराको आदर्शीकरण जस्तो हुँदैन; केवल यस किसिमको सङगतिद्वारा मानिसको जीवन दिन-प्रतिदिन परिपक्‍वतातिर वृद्धि हुनेछ, र अब मात्र उसको स्वभाव रूपान्तरित हुँदै जानेछ, र परमेश्‍वरमाथिको उसको विश्‍वास चरणबद्ध रूपमा अस्पष्‍टता र अनिश्चित विश्‍वासबाट साँचो समर्पण र वास्तातर्फ, साँचो डरतर्फ जानेछ, र परमेश्‍वरलाई पछ्याउने प्रक्रियामा मानिस निष्‍क्रियताबाट सक्रियतातिर, नकारात्मकताबाट सकारात्मकतातिर क्रमिक रूपमा अघि बढ्नेछ; केवल यस किसिमको सङ्‍गतिद्वारा मानिस परमेश्‍वरको साँचो बुझाइ र बोधसम्म, परमेश्‍वरको साँचो ज्ञानसम्म आइपुग्‍नेछ। बहुसङ्‍ख्यक मानिसहरू परमेश्‍वरसँगको साँचो सङ्‍गतिमा कहिल्यै प्रवेश नगरेका कारण, परमेश्‍वरबारेको तिनीहरूको ज्ञान सिद्धान्तको तहमा, शब्द र धर्मसिद्धान्तहरूको तहमा रोकिन्छ। भन्नुको अर्थ, बहुसङ्ख्यक मानिसहरू, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै वर्ष भए तापनि, परमेश्‍वरलाई चिन्‍ने सन्दर्भमा, तिनीहरूले पहिला विश्‍वास सुरु गरेकै अवस्थामा छन्, तिनीहरू सामन्ती अन्धविश्‍वास र मनोरम रङ्गीन छहारीसँग आबद्ध भएर आराधना विधिको आधारभूत परम्परागत रूपहरूमै अल्झेर बसेका छन्। परमेश्‍वरको बारेमा त्यस मानिसको ज्ञान पहिला सुरु गरेकै अवस्थामा रोकिएको छ भनी भन्‍नुको अर्थ त्यो ज्ञान व्यावहारिक रूपमा अस्तित्वमै छैन भन्‍नु हो। मानिसले परमेश्‍वरको स्थान र परिचय पुष्‍टि गरेको बाहेक, परमेश्‍वरमाथिको मानिसको विश्‍वास अस्पष्‍ट अनिश्चितताको अवस्थामा रहन्छ। यस्तो अवस्था भएकोले, मानिसले परमेश्‍वरप्रति कत्तिको साँचो डर अनुभूत गर्न सक्छ?

तैँले परमेश्‍वरको अस्तित्वमाथि जतिसुकै दृढतासाथ विश्‍वास गरे तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन, न त परमेश्‍वरप्रतिको तेरो डरलाई नै प्रतिस्थापन गर्न सक्छ। तैँले उहाँको आशिष् र उहाँको अनुग्रह जतिसुकै उपभोग गरेको भए तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। तँ उहाँको निम्ति तेरा सब थोक पवित्रकरण गर्न र सब थोक समर्पण गर्न जति नै इच्छुक भए तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। सायद तँ परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति अति धेरै परिचित भएको होलास्, वा तैँले ती वचन कण्ठस्थ पारेको र नहेरीकन सुनाउन सक्लास्, तर यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। परमेश्‍वरलाई पछ्‍याउने कुरामा मानिस जतिसुकै लगनशील भए तापनि, यदि परमेश्‍वरसँग उसको साँचो सङ्‍गति छैन वा परमेश्‍वरका वचनहरूको साँचो अनुभव छैन भने, परमेश्‍वरको बारेमा उसको ज्ञान शून्यता, वा अन्तहीन दिवास्वप्‍नमा अडिएको हुन्छ; किनभने तैँले परमेश्‍वरसँग “काँधमा काँध मिलाउँदै” अघि बढेको, वा उहाँलाई आमनेसामने भेटेको भए तापनि, परमेश्‍वरको बारेमा तेरो ज्ञान शून्य नै हुनेछ, र परमेश्‍वरप्रतिको निम्ति तेरो डर खोक्रो नारा वा आदर्श अवधारणाभन्दा अरू केही हुनेछैन।

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनका खण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य सम्पत्तिको रूपमा लिँदै होसियारीसाथ कण्ठस्थ गर्छन्, अनि यस अलाबा परमेश्‍वरका वचनहरूलाई सबैतिर प्रचार गर्छन्, अरूहरूलाई परमेश्‍वरका वचनहरू उपलब्ध गराउँछन् र तिनीहरूलाई ती वचनहरूद्वारा सहयोग गर्छन्। तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरको साक्षी बन्‍नु हो, उहाँका वचनहरूको साक्षी बन्‍नु हो, र यसो गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्‍याउनु हो; तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरका वचनहरूबमोजिम जिउनु हो, यसो गर्नु भनेको तिनीहरूको वास्तविक जीवनमा उहाँका वचनहरू ल्याउनु हो, तिनीहरूले ठान्छन् कि यस कार्यले तिनीहरूलाई परमेश्‍वरको प्रशंसा प्राप्‍त गर्न सक्षम तुल्याउनेछ, र तिनीहरूलाई उद्धार गर्नेछ र सिद्ध बनाउनेछ। तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गरे तापनि तिनीहरूले व्यवहारमा कहिल्यै पनि परमेश्‍वरका वचनहरूको पालना गर्दैनन्, वा परमेश्‍वरका वचनहरूमा जे कुरा प्रकाश गरिएको छ त्यससँग आफैलाई तुलना गर्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले चलाखी गरेर अरूबाट आदर र भरोसा प्राप्‍त गर्न, आफै व्यवस्थापनमा प्रवेश गर्न, र परमेश्‍वरको महिमा उपभोग गर्न र चोर्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्छन्। तिनीहरूले आफूलाई प्रदान गरिएको अवसरलाई परमेश्‍वरको काम र उहाँको प्रशंसाको इनाम प्राप्‍त गर्नको लागि प्रयोग गर्दै परमेश्‍वरका वचनहरू प्रसार गर्ने व्यर्थै आशा गर्छन्। धेरै वर्ष बितिसकेका छन्, तर यी मानिसहरूले परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा परमेश्‍वरको प्रशंसा हासिल गर्न असक्षम बनेका छन्, तिनीहरू परमेश्‍वरका वचनहरूको साक्षी हुने प्रक्रियामा पछ्याउनुपर्ने मार्ग पत्ता लगाउन असक्षम भएका छन्, तिनीहरूले परमेश्‍वरका वचनहरू अरूलाई प्रदान गर्ने र ती वचनहरूद्वारा अरूलाई सहयोग गर्ने प्रक्रियामा ती वचनहरू आफैलाई प्रदान गर्ने र ती वचनहरूद्वारा आफैलाई सहयोग गर्ने गरेका छन्, तिनीहरूले यी सबै कुराहरू गर्ने प्रक्रियामा परमेश्‍वरलाई चिन्‍न, वा तिनीहरू आफैलाई परमेश्‍वरको साँचो डरमा जागरूक बनाउन असक्षम भएका छन्; तर यसको विपरीत, परमेश्‍वरका विषयमा तिनीहरूको गलत बुझाइ अझ वृद्धि हुँदै गइरहेको छ, उहाँमाथिको तिनीहरूको अविश्‍वास झन् चुलिँदै गइरहेको छ, र उहाँको बारेमा तिनीहरूको कल्पना झन् अतिरञ्‍जित हुँदै गइरहेको छ। परमेश्‍वरका वचनहरूको विषयमा तिनीहरूको आफ्नो सिद्धान्तहरूद्वारा परिपूर्ति र निर्देशित भएर, तिनीहरू पूर्ण रूपमा आफूलाई आनन्द लाग्ने अवस्थामा भएजस्तै गरी, आफ्ना सीपहरू सहजताका साथ प्रयोग गरेजस्तै गरी, तिनीहरूले जीवनमा आफ्नो उद्देश्य, आफ्नो मिसन पत्ता लगाएको जस्तै गरी, र तिनीहरूले नयाँ जीवन विजय गरेको र तिनीहरू उद्धार भएको जस्तै गरी, तिनीहरूको जिब्रोमा परमेश्‍वरका वचनहरू स्वतः उच्‍चारण भएजस्तै गरी, तिनीहरूले सत्यता प्राप्‍त गरेका छन्, परमेश्‍वरका अभिप्रायहरू बुझेका छन्, र परमेश्‍वरलाई चिन्ने मार्ग पत्ता लगाएका छन्, परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा भएजस्तै गरी, तिनीहरू प्रायजसो परमेश्‍वरको आमनेसामने आएका छन्। साथै, तिनीहरू प्राय “भावुक भई” रुने गर्छन्, र परमेश्‍वरका वचनहरूमा “परमेश्‍वर”द्वारा प्राय डोर्‍याइएका छन्, तिनीहरू उहाँको इमान्दारीपूर्ण सरोकार र कृपालु अभिप्रायलाई बेपरवाह रूपले उपयोग गरिरहेका देखिन्छन्, साथसाथै, मानिसको निम्ति परमेश्‍वरको मुक्ति र उहाँको व्यवस्थापनलाई उपयोग गरिरहेका देखिन्छन्, उहाँको सारलाई जानेका, र उहाँको धर्मी स्वभावलाई बुझेका जस्ता देखिन्छन्। यही जगको आधारमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा अझ बलियो गरी विश्‍वास गरेको देखिन्छ, तिनीहरू उहाँको उच्‍च स्थितिलाई अझ बढी पहिचान गरेका, र उहाँको भव्यता वा महान्‌ता र उहाँको आत्मिक अस्तित्व अझ गहन रूपमा महसुस गरेका जस्ता देखिन्छन्। परमेश्‍वरका वचनहरूको सतही ज्ञानमा खडा भएर, तिनीहरूको विश्‍वास वृद्धि भएको जस्तो, दुःखकष्ट सहने तिनीहरूको क्षमता सबलीकरण भएजस्तो, र परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान गहिरिएको जस्तो देखिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू साँच्‍चिकै अनुभव नगरेसम्म, परमेश्‍वरको विषयमा तिनीहरूको सम्पूर्ण ज्ञान र उहाँको विषयमा तिनीहरूको सोचविचार तिनीहरूकै चाहले भरिएका कल्पना र अनुमानहरूबाट आएका हुन्छन् भन्‍ने कुरा तिनीहरूलाई कमै मात्र थाहा छ। तिनीहरूको विश्‍वास परमेश्‍वरबाट आएको कुनै पनि जाँचको अगाडि खडा हुन सक्दैन, तिनीहरूको कथित आत्मिकता र कद परमेश्‍वरको परीक्षा वा निरीक्षणको अगाडि कुनै हालतमा खडा हुन सक्दैन, तिनीहरूको सङ्‍कल्प बालुवामा बनाएको महल जस्तै हुन्छ, परमेश्‍वरको विषयमा तिनीहरूको कथित ज्ञान तिनीहरूको कल्पनाको मनगढन्ते कुराभन्दा बढी केही पनि हुँदैन। वास्तवमा, यी मानिसहरूले परमेश्‍वरका वचनहरूमा ठूलो प्रयत्‍न लगाएका छन्, तैपनि साँचो विश्‍वास के हो, साँचो समर्पण के हो, साँचो वास्ता के हो, वा परमेश्‍वरको साँचो ज्ञान के हो भनी कहिल्यै महसुस गरेका छैनन्। तिनीहरूले सिद्धान्त, कल्पना, ज्ञान, वरदान, परम्परा, अन्धविश्‍वास, साथै मानवीय नैतिक मूल्य-मान्यतालाई लिन्छन्, र यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने “पुँजी” र “हतियार” बनाउँछन्, र तिनलाई तिनीहरूको परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरलाई पछ्याउने कार्यको आधार बनाउँछन्। साथै, परमेश्‍वरको निरीक्षण, परीक्षा, सजाय र न्यायलाई सामना र निराकरण गर्नको लागि तिनीहरूले यो पुँजी र हतियार लिन्छन् र तिनलाई जादुमय तावीज बनाउँछन् जसमार्फत तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्‍छन्। अन्त्यमा, तिनीहरूले जे प्राप्‍त गर्छन् त्यसमा परमेश्‍वरबारेका निष्‍कर्षहरूभन्दा अरू केही हुँदैनन्, जुन धार्मिक भाव, सामन्ती अन्धविश्‍वासमा आधारित हुन्छन्, र मनोरम, विचित्र र रहस्यमय सबै कुरामा आधारित हुन्छन्। परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको परिभाषा गर्ने तिनीहरूको तरिका भनेको माथिको स्वर्ग, वा आकाशमा भएको बूढो मान्छेमा विश्‍वास गर्ने मानिसहरूको विश्‍वास जस्तै छ, जबकि परमेश्‍वरको व्यावहारिकता, उहाँको सार, उहाँको स्वभाव, उहाँको सम्पत्ति र अस्तित्व, र अन्य कुराहरू—साँचो परमेश्‍वर स्वयम्सँग सम्बन्धित सबै कुराहरू—यिनीहरू ती कुराहरू हुन् जसलाई बुझ्‍न तिनीहरूको ज्ञान असमर्थ भएको छ, जसबाट तिनीहरूको ज्ञान पूर्णतया अलग र उत्तरी र दक्षिणी ध्रुबजतिकै टाढा छ। यसरी, यी मानिसहरू परमेश्‍वरका वचनहरूको प्रबन्ध र पोषणमा बाँचिरहेका भए तापनि, तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा साँच्‍चिकै हिँड्न असक्षम भएका छन्। यसको साँचो कारण भनेको तिनीहरू कहिल्यै पनि परमेश्‍वरसँग परिचित नहुनु हो, उहाँसँग तिनीहरूको साँचो सञ्‍चार वा सङ्‍गति नहुनु हो, र त्यसैले तिनीहरू परमेश्‍वरसँगको पारस्परिक बुझाइमा आउन असम्भव भएको हो, वा तिनीहरूले आफूभित्र परमेश्‍वरप्रति साँचो विश्‍वास जगाउन वा उहाँलाई पछ्याउन वा उहाँको आराधना गर्न असम्भव भएको हो। परमेश्‍वरलाई यसरी लिनुपर्छ, परमेश्‍वरका वचनहरूलाई त्यसरी लिनुपर्छ भन्‍ने तिनीहरूको दृष्टिकोण र स्वभावको कारण तिनीहरूले तिनीहरूका प्रयत्‍नहरूबाट रित्तो हात फर्कन बाध्य भएका छन्, अनन्तसम्म पनि परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा हिँड्न असक्षम हुन बाध्य भएका छन्। तिनीहरूले राखेको लक्ष्य र तिनीहरूले हिँड्न चुनेको मार्गले तिनीहरू अनन्तसम्म परमेश्‍वरका शत्रुहरू हुन् र तिनीहरूले अनन्तसम्म कहिल्यै पनि मुक्ति प्राप्त गर्न सक्‍नेछैनन् भन्‍ने दर्साउँछ।

परमेश्‍वरलाई थुप्रै वर्षदेखि पछ्याइरहेको र वर्षौंदेखि उहाँका वचनहरूको भरणपोषणमा आनन्द मनाएको व्यक्तिको हकमा, यदि परमेश्‍वरको बारेमा तिनीहरूको परिभाषा पनि मूर्तिहरूको अगाडि आफ्नो आस्था प्रकट गर्न घोप्‍टो परेर दण्डवत् गर्ने कुनै एक मानिसको जस्तै हुन्छ भने, यसले उक्त व्यक्तिले परमेश्‍वरका वचनहरूको वास्तविकता प्राप्‍त गरेको छैन भन्‍ने जनाउँछ। यस्तो हुन्छ किनभने तिनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिसकेका छैनन्, र यसकारण, परमेश्‍वरका वचनहरूमा अन्तर्निहित रहेका वास्तविकता, सत्यता, अभिप्राय र मानवजातिले पूरा गर्नुपर्ने आवश्यक सर्तहरूसँग उक्त व्यक्तिको कुनै सरोकार नै हुँदैन। भन्नुको अर्थ, यस किसिमको व्यक्तिले परमेश्‍वरका वचनहरूको सतही अर्थमा जतिसुकै कडा परिश्रम गरेको भए तापनि, त्यो सबै व्यर्थ हुन्छ: किनकि तिनीहरूले पछ्याएको कुरा केवल शब्दहरू हुन्, निश्‍चय नै तिनीहरूले प्राप्त गर्ने कुरा पनि केवल शब्दहरू नै हुनेछन्। परमेश्‍वरले बोल्‍नुभएका वचनहरू बाहिरी रूपमा सरल हुन् वा गहन हुन्, ती वचनहरू मानिसको जीवन प्रवेशको निम्ति सम्पूर्ण अपरिहार्य सत्यता हुन्; ती वचनहरू जीवित पानीका फोहरा हुन्, जसले मानिसलाई आत्मा र शरीर दुवैमा जीवित रहन सक्षम तुल्याउँछन्। ती वचनहरूले मानिसलाई जीवित रहन चाहिने खाँचोहरू प्रदान गर्छन्; दैनिक जीवनमा उसलाई आचरित गर्ने सिद्धान्तहरू र मान्यताहरू प्रदान गर्छन्; मुक्ति प्राप्‍त गर्न उसले पार गर्नुपर्ने मार्ग, लक्ष्य र निर्देशन प्रदान गर्छन्; परमेश्‍वरसामु सृजित प्राणीका रूपमा उसमा हुनुपर्ने हरेक सत्यता प्रदान गर्छन्; र मानिसले परमेश्‍वरप्रति समर्पित हुन र उहाँको आराधना गर्न चाहिने हरेक सत्यता प्रदान गर्छन्। यी वचनहरू मानिसको अस्तित्व सुनिश्‍चित गर्ने प्रत्याभूति हुन्, मानिसको दैनिक भोजन हुन्, र तिनीहरू दह्रिलो टेवा पनि हुन् जसले मानिसलाई बलियो हुन र खडा हुन सक्षम तुल्याउँछन्। परमेश्वरका वचनहरू सत्यता वास्तविकतामा प्रचुर हुन्छन् जसद्वारा सृजित मानवजातिले सामान्य मानवता जिउँछ, मानिसलाई भ्रष्टताबाट उम्कने र शैतानका पासो तोडी निस्किने तुल्याउने सत्यतामा प्रचुर हुन्छन्, सृष्‍टिकर्ताले सृष्‍टि गरिएको मानवजातिलाई दिनुहुने अथक शिक्षण, उपदेश, उत्साह, र सान्त्वनाले ती भरिपूर्ण हुन्छन्। ती सङ्‍केत बत्ती हुन् जसले मानिसहरूलाई सबै सकारात्मक कुराहरू बुझ्‍न मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन्, ती प्रत्याभूति हुन् जसले मानिसहरूसँग सबै न्यायोचित र असल कुराहरू हुनेछन् र मानिसहरू तिनैबमोजिम जीवन जिउनेछन् भन्‍ने सुनिश्‍चित गर्छन्, ती मापदण्डहरू हुन् जसद्वारा सबै मानिस, घटना, र कामकुराहरूलाई मापन गरिन्छन्, र तिनीहरू नौपरिवहन सङ्केत पनि हुन् जसले मानिसहरूलाई मुक्तिमा र ज्योतिको मार्गमा डोर्‍याउँछन्। परमेश्‍वरका वचनहरूको व्यावहारिक अनुभवले मात्र मानिसले सत्यता र जीवनको आपूर्ति प्राप्त गर्न सक्छ; यसरी मात्र मानिसले सामान्य मानवता के हो, अर्थपूर्ण जीवन के हो, सृष्‍टि गरिएको साँचो प्राणी के हो, परमेश्‍वरप्रतिको वास्तविक समर्पण के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले आफूले परमेश्‍वरको कसरी वास्ता गर्नुपर्छ, सृष्‍टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्नुपर्छ, र वास्तविक मानिसको स्वरूप कसरी प्राप्‍त गर्नुपर्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले साँचो विश्‍वास र साँचो आराधनाको अर्थ के हो भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले स्वर्ग, पृथ्‍वी र सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिमाथिका सार्वभौम एउटै उहाँले कुन माध्यमद्वारा सृष्‍टि गरिएकाहरूलाई शासन गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र भरणपोषण गर्नुहुन्छ भनी बुझ्‍न सक्छ; यसरी मात्र मानिसले सारा सृष्‍टिका सार्वभौम एउटै कुन माध्यमहरूद्वारा अस्तित्वमा रहनुहुन्छ, प्रकट हुन आउनुहुन्छ, र काम गर्नुहुन्छ भनी मानिसले बुझ्‍न र बोध गर्न सक्छ। परमेश्‍वरका वचनहरूको वास्तविक अनुभवबाट अलग बसेर मानिसले परमेश्‍वरका वचनहरू र सत्यताप्रति वास्तविक ज्ञान वा अन्तर्दृष्‍टि प्राप्त गर्दैन। यस किसिमको मानिस जीवित लास हो, खोक्रो खबटा मात्र हो, र यस किसिमको मानिससँग सृष्‍टिकर्तासँग सम्बन्धित सबै ज्ञानहरूको कुनै काम हुँदैन। परमेश्‍वरको दृष्‍टिमा, यस किसिमको मानिसले कहिल्यै पनि उहाँमा विश्‍वास गरेको हुँदैन, न त कहिल्यै पनि उहाँलाई पछ्याएको नै हुन्छ, त्यसैले परमेश्‍वरले त्यसलाई न त आफ्नो विश्‍वासीको रूपमा पहिचान गर्नुहुन्छ न त आफ्नो अनुयायीको रूपमै। उहाँले त्यसलाई सृष्‍टि गरिएको साँचो प्राणीको रूपमा स्वीकार गर्नुहुने त कुरै छाडौं।

सृष्‍टि गरिएको साँचो प्राणीले सृष्‍टिकर्ता को हुनुहुन्छ, मानिसको सृष्‍टि केका लागि गरिएको हो, सृष्‍टि गरिएको प्राणीका जिम्मेवारीहरू कसरी पूरा गर्न सकिन्छ, र सारा सृष्‍टिका प्रभुलाई कसरी आराधना गर्नुपर्छ भन्‍ने कुरा थाहा पाउनुपर्छ, सृष्‍टिकर्ताका अभिप्राय, चाहना, र मापदण्डहरू बुझ्‍नुपर्छ, बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ र तीप्रति विचारशील हुनुपर्छ, र सृष्‍टिकर्ताको मार्ग पछ्याउनुपर्छ—परमेश्‍वरको डर मान्‍नुपर्छ र दुष्‍टताबाट अलग बस्‍नुपर्छ।

परमेश्‍वरको डर मान्नु के हो? अनि व्यक्ति कसरी दुष्‍टताबाट अलग बस्‍न सक्छ?

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अगम्य डर र त्रास होइन, न त जोगिनु हो, न त टाढा राख्‍नु हो, न त यो देवत्वकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त सराहना, सम्‍मान, भरोसा, बुझाइ, ख्याल, समर्पणता, अर्पण, प्रेम, साथै निसर्त र गुनासोविनाको आराधना, प्रत्युपकार र आत्मसमर्पण हो। परमेश्‍वरको वास्तविक ज्ञानविना मानवजातिसँग वास्तविक सराहना, वास्तविक भरोसा, वास्तविक बुझाइ, वास्तविक ख्याल वा समर्पणता हुनेछैन, बरु केवल डर र बेचैनी, शङ्‍का, गलत बुझाइ, पन्छाइ र परिहार मात्र हुनेछ; परमेश्‍वरको वास्तविक ज्ञानविना मानवजातिसँग वास्तविक अर्पण र प्रत्युपकार हुनेछैन; परमेश्‍वरको वास्तविक ज्ञानविना मानवजातिसँग वास्तविक आराधना र आत्मसमर्पण हुनेछैन, केवल अन्धो-देवत्वकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरको वास्तविक ज्ञानविना, मानवजातिले परमेश्‍वरको मार्ग पछ्याउने कुनै सम्भावना हुँदैन, वा परमेश्‍वरको डर मान्‍न, वा दुष्‍टताबाट अलग बस्‍न सक्दैन। यसको विपरीत, मानिस सहभागी हुने हरेक क्रियाकलाप र व्यवहार विद्रोह र प्रतिरोधले भरिएको हुनेछ, उहाँको बदनामी र मूल्याङ्कनले भरिएको हुनेछ, अनि सत्यता र परमेश्‍वरका वचनहरूको साँचो अर्थ विपरीतका दुष्ट आचरणले भरिएको हुनेछ।

मानवजातिमा परमेश्‍वरप्रति साँचो भरोसा हुँदा, तिनीहरू उहाँलाई पछ्याउने र उहाँमा भर पर्ने कुरामा सच्‍चा हुनेछन्; परमेश्‍वरमा साँचो भरोसा र निर्भरताका साथ मात्र मानवजातिले वास्तविक ज्ञान र बुझाइ प्राप्त गर्न सक्छ; परमेश्‍वरको वास्तविक बुझाइसँगै उहाँप्रतिको वास्तविक ख्याल आउँछ; परमेश्‍वरप्रतिको वास्तविक ख्यालका साथ मात्र मानवजातिसँग साँचो समर्पणता हुन सक्छ; परमेश्‍वरप्रतिको वास्तविक समर्पणताले मात्र मानवजातिमा साँचो अर्पण हुन सक्छ; परमेश्‍वरप्रतिको वास्तविक अर्पणले मात्र मानवजातिमा निसर्त र गुनासोविनाको प्रत्युपकार हुन सक्छ; साँचो भरोसा र निर्भरता, साँचो बुझाइ र ख्याल, साँचो समर्पणता, साँचो अर्पण र प्रत्युपकारद्वारा मात्र मावनजाति परमेश्‍वरको स्वभाव र सारका बारेमा साँचो रूपले थाहा पाउन पुग्छ, र त्यसले सृष्‍टिकर्ताको पहिचान चिन्न सक्छ; तिनीहरू जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न पुगेका हुन्छन्, तब मात्र मानवजातिले आफूभित्र साँचो आराधना र आत्मसमर्पण जगाउन सक्छन्; जब तिनीहरूसँग सृष्‍टिकर्ताप्रति साँचो आराधना र आत्मसमर्पण हुन्छ, तब मात्र मानवजाति आफ्ना दुष्ट कार्यहरूबाट साँच्‍चिकै उम्किन सक्षम हुनेछन्, अर्थात्, तिनीहरू दुष्‍टताबाट अलग बस्‍न सक्‍नेछन्।

यो भनेको “परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने” सम्पूर्ण प्रक्रिया हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने कार्यको समष्टिगत विषयवस्तु पनि हो। परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्‍ने आचरण प्राप्‍त गर्नको लागि यात्रा गर्नुपर्ने मार्ग यही हो।

“परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्‍ने” कार्य र परमेश्‍वरलाई चिन्ने कार्य एउटै धागोमा अविभाज्य रूपमा गाँसिएका छन्, र तिनीहरू बीचको सम्बन्ध आफै प्रमाणित छ। यदि कसैले दुष्‍टताबाट अलग बस्‍ने चाहना गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरको साँचो डर मान्‍नुपर्छ; यदि कसैले परमेश्‍वरको साँचो डर मान्‍ने इच्छा गर्छ भने ऊसँग सबैभन्दा पहिला परमेश्‍वरको साँचो ज्ञान हुनुपर्छ; यदि कसैले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्ने इच्छा गर्छ भने उसले सबैभन्दा पहिला परमेश्‍वरका वचनहरू अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ, परमेश्‍वरको ताडना र अनुशासन कार्यवाही अनुभव गर्नुपर्छ, उहाँको सजाय र उहाँको न्याय अनुभव गर्नुपर्छ; यदि कसैले परमेश्‍वरका वचनहरू अनुभव गर्ने इच्छा गर्छ भने, ऊ पहिला परमेश्‍वरका वचनहरूको आमनेसामने आउनुपर्छ, परमेश्‍वरको आमनेसामने आउनुपर्छ, र मानिस, घटना र वस्तुहरू समावेश भएको सबै किसिमका वातावरणको रूपमा परमेश्‍वरका वचनहरू अनुभव गर्ने अवसर प्रदान गर्नुहोस् भनी परमेश्‍वरसँग अनुरोध गर्नुपर्छ। यदि कसैले परमेश्‍वर र उहाँका वचनहरूको आमनेसामने आउने इच्छा गर्छ भने ऊसँग पहिला सरल र इमानदार हृदय हुनुपर्छ, सत्यता स्वीकार गर्ने तत्परता हुनुपर्छ, दुःखकष्ट सहने इच्छा हुनुपर्छ, दुष्‍टताबाट अलग बस्‍ने सङ्‍कल्प र साहस हुनुपर्छ, र सृष्‍टि गरिएको साँचो प्राणी बन्‍ने आकांक्षा हुनुपर्छ…। यसरी तँ चरणबद्ध तरिकाले अघि बढ्दै परमेश्‍वरको नजिक जानेछस्, तेरो हृदय अझ शुद्ध हुँदै जानेछ, र परमेश्‍वरको बारेमा तेरो ज्ञान वृद्धि भएपछि तेरो जीवन र जीवित रहनुको महत्त्व अझ बढी अर्थपूर्ण र बत्ती अझ धेरै उज्‍ज्‍वल हुँदै जानेछ। एक दिन आउनेछ जुन दिन तैँले महसुस गर्नेछस् कि सृष्‍टिकर्ता अबउप्रान्त प्रहेलिका हुनुहुन्न, सृष्‍टिकर्ता तँबाट कहिल्यै लुक्‍नुभएको छैन, सृष्‍टिकर्ताले आफ्नो मुहार तँबाट कहिल्यै लुकाउनुभएको छैन, सृष्‍टिकर्ता तँबाट बिलकुलै टाढा हुनुहुन्न, सृष्‍टिकर्ता तैँले आफ्नो विचारमा परिकल्पना गरी पर्खिरहेको एउटै उहाँ हुनुहुन्‍न बरु उहाँ त तेरा भावनाहरूद्वारा पुग्‍न नसकिने हुनुहुन्छ, उहाँ त तेरो दाहिने र देब्रेतिर साँच्‍चिकै र वास्तविक रूपमा तेरो पहरेदारी गर्न खडा हुनुहुन्छ, उहाँले त तेरो जीवनलाई आपूर्ति दिँदै हुनुहुन्छ र तेरो नियतिलाई नियन्त्रण गर्दैहुनुहुन्छ। उहाँ टाढा क्षितिजमा हुनुहुन्‍न, न त उहाँले आफैलाई उच्‍च बादलहरूमा नै लुकाउनुभएको छ। उहाँ तँ नजिकै हुनुहुन्छ, उहाँले तेरा सबै कुरा सञ्‍चालन गरिरहनुभएको छ, उहाँ नै तँसँग भएका सबै कुरा हुनुहुन्छ, र उहाँ नै तँसँग भएको केवल एउटै कुरा हुनुहुन्छ। यस किसिमको परमेश्‍वरले तँलाई हृदयदेखि उहाँलाई प्रेम गर्न, उहाँमा झुण्डिरहन, उहाँलाई नजिकबाट समात्‍न, उहाँको प्रशंसा गर्न, उहाँलाई गुमाउने डर मान्‍न, र उहाँलाई अबउप्रान्त इन्कार गर्न, उहाँविरुद्ध विद्रोह गर्न वा उहाँलाई छल्‍न वा टाढा राख्‍न अनिच्छुक हुन लगाउनुहुन्छ। तैँले चाहने भनेकै उहाँलाई वास्ता गर्नु, उहाँप्रति समर्पित हुनु, उहाँले दिनुभएका सबै थोकको सही पैँचो तिर्नु, उहाँको प्रभुत्वमा आत्मसमर्पण गर्नु मात्र हो। तैँले फेरि कहिल्यै उहाँद्वारा मार्गदर्शन, बन्दोबस्त, हेरचाह प्राप्त गर्न, उहाँद्वारा सुरक्षित हुन इन्कार गर्दैनस्, तैँले फेरि कहिल्यै उहाँले तँलाई दिनुभएको हुकुम र आदेश इन्कार गर्दैनस्। तैँले चाहने सबै कुरा भनेको उहाँलाई पछ्याउनु, उहाँकै साथमा उहाँ वरिपरि रहनुहुन्छ, तैँले चाहने सबै कुरा भनेको उहाँलाई तेरो एक मात्र जीवनको रूपमा स्वीकार गर्नु, उहाँलाई तेरो एक मात्र प्रभुको रूपमा ग्रहण गर्नु, तेरो एक मात्र परमेश्‍वरको रूपमा स्वीकार गर्नु हुन्छ।

अगष्ट १८, २०१४

अर्को: परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्