शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
तिमीहरू सबै जना परीक्षा र शोधनमा परिरहेका छौ। शोधनको दौरान तिमीहरूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि, मानिसहरू परमेश्वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनमा परिरहँदा, तिनीहरू आफूमा निकै कमी भएको देख्न सक्छन्। तँलाई जति धेरै शोधन गरिन्छ, त्यति नै धेरै तँ देहविरुद्ध विद्रोह गर्न सक्छस्; मानिसहरूलाई जति धेरै शोधन गरिन्छ, त्यति नै धेरै तिनीहरू परमेश्वरलाई प्रेम दिन्छन्। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरूलाई किन शोधन गर्नैपर्छ? यसले कस्तो परिणाम हासिल गर्ने उद्देश्य राख्छ? मानिसमा गरिने परमेश्वरको शोधनको कामको महत्त्व के हो? यदि तँ साँचो रूपमा परमेश्वरलाई खोज्छस् भने, एउटा निश्चित बिन्दुसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई यो अत्यन्तै राम्रो, र सबैभन्दा जरुरी छ भन्ने महसुस हुनेछ। शोधनको दौरान मानिसले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प प्रयोग गरेर उहाँको शोधनलाई स्वीकार गर्ने: शोधनको दौरान तँलाई भित्रभित्रै सास्ती हुन्छ, मानौँ तेरो हृदयमा छुरा घुमाइँदै छ, तैपनि तँ परमेश्वरलाई प्रेम गर्ने हृदय प्रयोग गरेर परमेश्वरलाई सन्तुष्ट पार्न इच्छुक हुन्छस्, र तँ देहको हेरचाह गर्न अनिच्छुक हुन्छस्। परमेश्वरको प्रेम अभ्यास गर्नुको अर्थ यही हो। तँलाई भित्र पीडा हुन्छ, र तेरो दुःख एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तर तँ अझै पनि परमेश्वरसामु आउन र यसो भन्दै प्रार्थना गर्न इच्छुक हुन्छस्, “हे परमेश्वर! म तपाईँलाई छोडेर जान सक्दिनँ। मभित्र अन्धकार भए पनि, म तपाईँलाई सन्तुष्ट पार्न इच्छुक छु; तपाईँलाई मेरो हृदय थाहा छ, र तपाईँ आफ्नो अझ धेरै प्रेम मभित्र हालिदिनुहोस्।” यो शोधनको दौरान गरिने अभ्यास हो। यदि तँ परमेश्वरलाई प्रेम गर्ने हृदयलाई जगका रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्वरको अझ नजिक ल्याउन र तँलाई परमेश्वरसँग अझ घनिष्ठ बनाउन सक्छ। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तैँले आफ्नो हृदय परमेश्वरसामु हस्तान्तरण गर्नैपर्छ। यदि तँ आफ्नो हृदय परमेश्वरसामु अर्पण गर्छस् र राख्छस् भने, शोधनको दौरान तँ पक्कै पनि परमेश्वरलाई नकार्नेछैनस्, वा परमेश्वरलाई छोडेर जानेछैनस्। यसरी परमेश्वरसँगको तेरो सम्बन्ध झन्-झन् नजिक र झन्-झन् सामान्य बन्दै जानेछ, र परमेश्वरसँगको तेरो सङ्गति झन्-झन् बाक्लिदै जानेछ। यदि तँ सधैँ यसरी अभ्यास गर्छस् भने, तैँले अझ धेरै समय परमेश्वरको ज्योतिमा र अझ धेरै समय उहाँका वचनहरूको मार्गदर्शनमा बिताउनेछस्। तेरो स्वभावमा पनि झन्-झन् धेरै परिवर्तन आउनेछन्, र तेरो ज्ञान दिनदिनै बढ्दै जानेछ। जब एक दिन तँमाथि अचानक परमेश्वरका परीक्षाहरू आइपर्छन्, तब तँ परमेश्वरको पक्षमा खडा हुन मात्र सक्षम हुनेछैनस्, परमेश्वरका लागि साक्षी दिन पनि सक्षम हुनेछस्। त्यसबेला, तँ अय्यूब जस्तै, र पत्रुस जस्तै हुनेछस्। जब तैँले परमेश्वरका लागि साक्षी दिएको हुन्छस्, यसले तँ उहाँलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति होस्, उहाँका लागि खुसीसाथ आफ्नो ज्यान दिने व्यक्ति होस्, र तँ परमेश्वरको साक्षी होस्, र परमेश्वरद्वारा प्रेम गरिने व्यक्ति होस् भन्ने अर्थ दिनेछ। शोधन अनुभव गरेको प्रेम बलियो हुन्छ, कमजोर हुँदैन। परमेश्वरले तँलाई जहिले वा जसरी आफ्ना परीक्षाहरूमा पार्नुभए पनि, तँ आफ्नो जीवनलाई बेवास्ता गर्न, परमेश्वरका लागि खुसीसाथ सबै कुरा पन्छाउन, र परमेश्वरका लागि खुसीसाथ जुनसुकै कुरा सहन सक्षम हुन्छस्—यसरी तेरो प्रेम शुद्ध हुनेछ र तेरो आस्थामा वास्तविकता हुनेछ। त्यसपछि मात्रै तँ साँच्चिकै परमेश्वरद्वारा प्रेम गरिने, र साँच्चिकै परमेश्वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनेछस्।
यदि मानिसहरू शैतानको प्रभावमा पर्छन् भने, तिनीहरूभित्र परमेश्वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूका पहिलेका दर्शनहरू, प्रेम, र सङ्कल्प हराएका हुन्छन्। मानिसहरू आफूले परमेश्वरका लागि दुःख भोग्नुपर्छ भन्ने ठान्थे, तर आज तिनीहरू त्यसो गर्नु लाजमर्दो कुरा हो भन्ने सोच्छन्, र तिनीहरूसँग गुनासोहरूको कुनै कमी हुँदैन। यो शैतानको काम हो, तिनीहरू शैतानको सत्ताअन्तर्गत फसेका छन् भन्ने कुराको सङ्केत हो। यदि तैँले यो स्थिति सामना गरिस् भने तैँले तुरुन्तै प्रार्थना गर्नैपर्छ, र जतिसक्दो चाँडो यसलाई सुधार्नुपर्छ—यसले तँलाई शैतानले आक्रमण गर्दा सुरक्षा दिनेछ। तीतो शोधनको दौरान नै मानिस सबैभन्दा सजिलै शैतानको प्रभावमा पर्न सक्छ, त्यसकारण त्यस्तो शोधनको दौरान तैँले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? तैँले आफ्नो सङ्कल्प जुटाउनुपर्छ, आफ्नो हृदय परमेश्वरसामु राख्नुपर्छ र आफ्नो बाँकी समय उहाँलाई अर्पण गर्नुपर्छ। परमेश्वरले तँलाई जसरी शोधन गर्नुभए पनि, परमेश्वरका अभिप्रायहरू पूरा गर्न तैँले सत्यतालाई व्यवहारमा लागु गर्न सक्नुपर्छ र तैँले परमेश्वरलाई खोज्ने र सङ्गति खोज्ने जिम्मा आफैले लिनुपर्छ। यस्ता समयमा, तँ जति बढी निष्क्रिय हुन्छस्, तँलाई नकारात्मक बन्न त्यति नै सजिलो हुनेछ र तँलाई पछि हट्न त्यति नै सजिलो हुनेछ। जब तैँले आफ्नो प्रकार्य पूरा गर्नुपर्ने हुन्छ, तैँले यो राम्ररी नगरे पनि, तँ आफ्नो सक्दो गर्छस्, र परमेश्वरलाई प्रेम गर्ने आफ्नो हृदयबाहेक अरू केही प्रयोग नगरी त्यसो गर्छस्; चाहे अरूले जेसुकै भनून्—चाहे तिनीहरूले तैँले राम्रो गरेको छस् भनून्, वा तैँले राम्रो गरेको छैनस् भनून्—समग्रमा, तेरा अभिप्रायहरू सही हुन्छन्, र तँ आत्म-धर्मी हुँदैनस्, किनभने तँ परमेश्वरको खातिर काम गरिरहेको हुन्छस्। जब अरूले तेरो गलत व्याख्या गर्छन्, तब तँ परमेश्वरलाई प्रार्थना गर्न र यसो भन्न सक्षम हुन्छस्, “हे परमेश्वर! म अरूले मलाई सहनशीलता देखाऊन् वा मलाई राम्रो व्यवहार गरून् भनेर माग गर्दिनँ, न त तिनीहरूले मलाई बुझून् वा मलाई अनुमोदन गरून् भन्ने नै माग गर्छु। म यति मात्र माग गर्छु कि म हृदयमा तपाईँलाई प्रेम गर्न सकूँ, मलाई हृदयमा ढुक्क होस्, र मेरो विवेक सफा होस्। म अरूले मलाई सराहना गरून्, वा मलाई उच्च सम्मान गरून् भन्ने माग गर्दिनँ; म मेरो हृदयबाट तपाईँलाई सन्तुष्ट पार्न मात्रै खोज्छु। म आफूले सक्नेजति सबै गरेर आफ्नो प्रकार्य पूरा गर्छु। म मूर्ख, कमजोर क्षमताको र अन्धो भए पनि, मलाई तपाईँ प्रेमिलो हुनुहुन्छ भन्ने थाहा छ, र म आफूसँग भएको सबै कुरा तपाईँलाई अर्पण गर्न इच्छुक छु।” तैँले यसप्रकार प्रार्थना गर्नेबित्तिकै, तेरो परमेश्वरलाई प्रेम गर्ने हृदय बाहिर आउँछ, र तँ हृदयमा धेरै सहज महसुस गर्छस्। परमेश्वरको प्रेम अभ्यास गर्नुको अर्थ यही हो। तैँले अनुभव गर्दै जाँदा, तँ दुई पटक असफल हुनेछस् र एक पटक सफल हुनेछस्, नत्रभने पाँच पटक असफल हुनेछस् र दुई पटक सफल हुनेछस्, र तैँले यसरी अनुभव गर्दै जाँदा, असफलताको बीचमा मात्र तैँले परमेश्वरको प्रेमिलो स्वभाव देख्न र तँभित्र रहेको कमी पत्ता लगाउन सक्नेछस्। अर्को पटक यस्तै अवस्थाको सामना गर्दा, तब तैँले सावधानी अपनाउनुपर्छ, आफ्नो गति जाँच्नुपर्छ, र आफ्ना प्रार्थनाहरूलाई तीव्रता दिनुपर्छ, अनि तँ बिस्तारै यस्तो प्रकारको अवस्थामाथि विजय हासिल गर्न सक्षम हुनेछस्। तेरा प्रार्थनाहरूले नतिजा ल्याउनुको अर्थ यही हो। जब तँ यस पटक तँ सफल भएको छस्, तँ भित्रभित्रै सन्तुष्ट भएको छस्, र तैँले प्रार्थना गर्नेबित्तिकै तँ परमेश्वरलाई महसुस गर्न सक्छस्, र पवित्र आत्माको उपस्थितिले तँलाई छोडेको छैन भनी देख्छस्, तब मात्रै तैँले परमेश्वर तँमा कसरी काम गर्नुहुन्छ भन्ने कुरा थाहा पाउनेछस्। यदि तैँले यसरी अभ्यास गरिस् भने, तैँले आफ्नो अनुभवमा एउटा मार्ग प्राप्त गर्नेछस्। यदि तैँले सत्यतालाई व्यवहारमा लागु गरिनस् भने, तँभित्र पवित्र आत्माको उपस्थिति हुनेछैन। तर यदि तैँले कामकुराहरूको सामना गर्दा सत्यतालाई व्यवहारमा लागु गरिस् भने, तँलाई भित्र पीडा भए पनि, त्यसपछि पवित्र आत्मा तेरो साथमा हुनुहुनेछ, तैँले प्रार्थना गर्दा परमेश्वरको उपस्थिति महसुस गर्न सक्नेछस्, तँसँग परमेश्वरका वचनहरू अभ्यास गर्ने शक्ति हुनेछ, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्ने दौरान तेरो विवेकलाई कुनै बोझले थिच्नेछैन र तँलाई शान्ति महसुस हुनेछ, अनि यसरी, तँ आफूले गरेको कुरालाई प्रकाशमा ल्याउन सक्षम हुनेछस्। चाहे अरूले जेसुकै भनून्, यदि परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य रहेको छ, तँ अरूद्वारा नियन्त्रित छैनस्, र सबै कुराभन्दा माथि उठ्न सक्षम छस् भने, यसले तैँले गरेको परमेश्वरका वचनहरूको अभ्यास प्रभावकारी भएको छ भन्ने सङ्केत गर्छ।
परमेश्वरले मानिसहरूलाई जति धेरै शोधन गर्नुहुन्छ, मानिसहरूको हृदयले परमेश्वरलाई त्यति नै धेरै प्रेम गर्न सक्। तिनीहरूको हृदयको कष्टले तिनीहरूको जीवनमा फाइदा पुर्याउँछ; यसले तिनीहरूलाई परमेश्वरसामु शान्त हुन अझ बढी सक्षम बनाउँछ, परमेश्वरसँग अझ बढी घनिष्ठ सम्बन्ध राख्ने तुल्याउँछ, र परमेश्वरको अथाह प्रेम र उहाँको विशाल मुक्ति देख्न झनै सक्षम बनाउँछ। पत्रुसले सयौँ पटक शोधन अनुभव गरे, र अय्यूबले केही परीक्षा भोगे। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले पनि सयौँ पटक शोधन भोग्नैपर्छ—तिमीहरूले यो प्रक्रियाबाट गुज्रनैपर्छ र यस कदममा भर पर्नैपर्छ—तब मात्रै तिमीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न र परमेश्वरद्वारा सिद्ध पारिन सक्षम हुनेछौ। शोधन नै त्यो सर्वोत्तम माध्यम हो, जसद्वारा परमेश्वर मानिसलाई सिद्ध पार्नुहुन्छ; शोधन र तीता परीक्षाहरूमार्फत मात्र मानिसहरूको हृदयले परमेश्वरप्रति साँचो प्रेम विकास गर्न सक्छ। कष्टविना, मानिसहरूमा परमेश्वरका लागि साँचो प्रेम हुँदैन; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरूलाई साँचो शोधन भोगाइएन भने, तिनीहरूको हृदय सधैँ बाहिर भौँतारिरहेको हुनेछ। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि, तैँले आफ्नै कमजोरी र कठिनाइहरू देख्नेछस्, तँमा निकै कमी रहेछन् र तँ आफूले सामना गर्ने धेरै कठिनाइहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तैँले निकै धेरै विद्रोह गरेको रहेछस् भनी देख्नेछस्। परीक्षाहरूको दौरान मात्रै मानिसहरूले आफ्नो वास्तविक स्थिति साँचो रूपमा जान्न सक्छन्; परीक्षाहरू मानिसलाई सिद्ध पार्न अझ बढी सक्षम हुन्छन्।
आफ्नो जीवनकालमा, पत्रुसले सयौँ पटक शोधन अनुभव गरे र धेरै वटा पीडादायी परिष्करण भोगे। यो शोधन नै परमेश्वरप्रतिको उनको सर्वोच्च प्रेमको जग, र उनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। उनी परमेश्वरप्रतिको सर्वोच्च प्रेम धारण गर्न सक्षम हुनु एक हिसाबले परमेश्वरलाई प्रेम गर्ने उनको सङ्कल्पकै कारणले थियो; तर अझ महत्त्वपूर्ण कुरा, यो उनले भोगेका शोधन र दुःखका कारणले थियो। यो दुःख परमेश्वरलाई प्रेम गर्ने मार्गमा उनको मार्गदर्शक, र उनका लागि सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्वरलाई प्रेम गर्दा शोधनको पीडा भोग्दैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र तिनीहरूका आफ्नै अभिरुचिहरूले भरिपूर्ण हुन्छ; यस्तो प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र आधारभूत रूपमा परमेश्वरका अभिप्रायहरू पूरा असमर्थ हुन्छ। परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र साँचो रूपमा परमेश्वरलाई प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो हृदयमा सोच्ने सबै कुरा परमेश्वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नका खातिर भए पनि—यसमा कुनै मानव विचार नभएको जस्तो देखिने, सबै कुरा परमेश्वरको खातिर भएको जस्तो देखिने भए पनि—जब परमेश्वरलाई प्रेम गर्ने यस्तो अभ्यास उहाँसामु ल्याइन्छ, तब उहाँ यसलाई न त अनुमोदन गर्नुहुन्छ न त आशिष् दिनुहुन्छ। मानिसहरूले सबै सत्यता पूर्ण रूपमा बुझ्ने र जान्ने हो भने पनि, यसलाई परमेश्वरलाई प्रेम गर्ने सङ्केत हो भनेर भन्न सकिँदैन, यी मानिसहरूसँग परमेश्वरलाई प्रेम गर्ने वास्तविकता छ भनेर भन्न सकिँदैन। शोधन नभोगी धेरै वटा सत्यता बुझेका भए पनि, मानिसहरू यी सत्यताहरूलाई व्यवहारमा लागु गर्न असमर्थ हुन्छन्; शोधनको दौरान मात्रै मानिसहरूले यी सत्यताहरूको साँचो अर्थ बुझ्न सक्छन्, त्यसपछि मात्रै मानिसहरूले तिनको भित्री अर्थ साँचो रूपमा बुझ्न सक्छन्। त्यो बेला, तिनीहरूले यी सत्यताहरू अभ्यास गर्दा, तिनीहरू सटीक रूपमा, र परमेश्वरका अभिप्रायहरूअनुरूप त्यसो गर्न सक्षम हुन्छन्; त्यो बेला तिनीहरूको अभ्यासमा, तिनीहरूका आफ्नै विचारहरू कम हुन्छन्, तिनीहरूको भ्रष्टता घट्छ, र तिनीहरूका मानवीय भावनाहरू कम हुन्छन्। त्यो बेला मात्रै तिनीहरूको अभ्यास परमेश्वरको प्रेमको साँचो प्रकटीकरण हुन्छ। परमेश्वरको प्रेमको सत्यताको परिणाम बोलिएको ज्ञान वा मानसिक इच्छाबाट हासिल हुँदैन, न त त्यो उक्त सत्यता बुझेर मात्रै हासिल गर्न सकिन्छ। यसका लागि मानिसहरूले एउटा मूल्य चुकाउनुपर्छ, तिनीहरूले शोधनको दौरान धेरै पीडा भोग्नुपर्छ, अनि त्यसपछि मात्रै तिनीहरूको प्रेम शुद्ध र परमेश्वरका अभिप्रायहरूअनुरूप हुनेछ। मानिसले परमेश्वरलाई प्रेम गरोस् भन्ने उहाँको मागमा, उहाँ मानिसले उत्साह वा आफ्नै इच्छा प्रयोग गरेर उहाँलाई प्रेम गरोस् भन्ने माग गर्नुहुन्न, बरु मानिसले बफादारी र सत्यताका साथ उहाँको सेवा गरोस् भनी माग गर्नुहुन्छ। यस्तो प्रकारको प्रेम मात्रै साँचो प्रेम हो। तर मानिस भ्रष्टताको बीचमा जिउँछ, र त्यसैले ऊ सत्यता र बफादारी प्रयोग गरेर परमेश्वरको सेवा गर्न असमर्थ हुन्छ। ऊ कि त परमेश्वरप्रति अत्यन्तै उत्साही हुन्छ कि त अत्यन्तै कठोर र वास्ता नगर्ने हुन्छ; ऊ परमेश्वरलाई कि त चरम रूपमा “प्रेम” गर्छ कि त चरम रूपमा घृणा गर्छ। भ्रष्टताको बीचमा जिउनेहरू सधैँ यी दुई चरमताका बीचमा जिउँछन्, सधैँ आफ्नै इच्छाअनुसार जिउँछन् तैपनि आफू सही रहेको विश्वास गर्छन्। मैले यो कुरा पटक पटक उल्लेख गरेको भए पनि, मानिसहरू यसलाई गम्भीरतापूर्वक लिन असमर्थ छन्, तिनीहरू यसको महत्त्वलाई पूर्ण रूपमा बुझ्न असमर्थ छन्, त्यसैले तिनीहरू आफैलाई झुक्याउने आस्था बोकेर, आफ्नै इच्छामा भर पर्ने परमेश्वरप्रतिको प्रेमको भ्रममा जिउँछन्। इतिहासभरि, मानवजाति विकसित हुँदै जाँदा र युगहरू बित्दै जाँदा, मानिसप्रति परमेश्वरका मागहरू झन्-झन् उच्च हुँदै गएका छन्, र उहाँले मानिस उहाँप्रति पूर्ण रूपमा समर्पित होस् भनी झन्-झन् बढी माग गर्नुभएको छ। तैपनि परमेश्वरबारे मानिसको ज्ञान झन्-झन् अस्पष्ट र धमिलो हुँदै गएको छ, र त्यो सँगसँगै परमेश्वरप्रति उसको प्रेम पनि झन्-झन् अशुद्ध बन्दै गएको छ। मानिसको स्थिति र उसले गर्ने सबै कुरा झन्-झन् परमेश्वरका अभिप्रायहरूअनुरूप छैनन्, किनभने मानिस शैतानद्वारा झन्-झन् गहिरो रूपमा भ्रष्ट तुल्याइएको छ। यसका लागि परमेश्वरले अझ धेरै र अझ ठूलो मुक्तिको काम गर्नुपर्छ। परमेश्वरप्रतिका मागहरूमा मानिसले झन्-झन् कडिकडाउ गरिरहेको छ, र परमेश्वरप्रति उसको प्रेम निरन्तर घट्दै गएको छ। मानिसहरू सत्यताविना विद्रोहीपनमा जिउँछन्, मानवतारहित जीवन जिउँछन्; तिनीहरूमा परमेश्वरप्रति अलिकति पनि प्रेम नहुने मात्र होइन, तिनीहरू विद्रोहीपन र विरोधले भरिएका हुन्छन्। तिनीहरूले आफूमा पहिल्यैदेखि परमेश्वरप्रति सबैभन्दा बढी प्रेम भएको, तिनीहरू उहाँप्रति योभन्दा बढी सहनशील हुन नसक्ने ठाने पनि, परमेश्वर यस्तो विश्वास गर्नुहुन्न। उहाँप्रति मानिसको प्रेम कति दूषित छ भन्ने कुरा उहाँलाई पूर्ण रूपमा स्पष्ट छ, र उहाँले मानिसको नक्कली जोसका कारण मानिसबारे आफ्नो राय कहिल्यै परिवर्तन गर्नुभएको छैन, न त उहाँले कहिल्यै मानिसको समर्पणको परिणामस्वरूप उसको दयाको “प्रतिदान” नै गर्नुभएको छ। मानिसको विपरीत, परमेश्वरसँग खुट्ट्याउने क्षमता छ: कसले उहाँलाई साँचो रूपमा प्रेम गर्छ र कसले गर्दैन भन्ने उहाँलाई थाहा छ, र मानिसको क्षणिक आवेगका कारण जोसमा आउनु र आत्मनियन्त्रण गुमाउनुको सट्टा, उहाँ मानिसलाई मानिसको सार र व्यवहारअनुसार व्यवहार गर्नुहुन्छ। परमेश्वर, आखिर, परमेश्वर नै हुनुहुन्छ, र उहाँका आफ्नै गरिमा र आफ्नै दृढताहरू छन्; मानिस, आखिर, मानिस नै हो, र मानिसको प्रेम सत्यताअनुरूप छैन भने परमेश्वर त्यसद्वारा विचलित हुनुहुनेछैन। यसको विपरीत, उहाँ मानिसले गर्ने सबै कुरालाई उचित रूपमा व्यवहार गर्नुहुन्छ।
मानिसको स्थिति र परमेश्वरप्रति मानिसको मनोवृत्तिको सामना गरेर, परमेश्वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँबारे ज्ञान र उहाँप्रति समर्पण, साथै प्रेम र गवाही दुवै प्राप्त गर्न सम्भव तुल्याएको छ। तसर्थ, मानिसले परमेश्वरद्वारा गरिने शोधन, साथै उहाँको न्याय र काटछाँट अनुभव गर्नैपर्छ, जुनविना मानिसले परमेश्वरलाई कहिल्यै चिन्नेछैन र ऊ उहाँलाई साँचो रूपमा प्रेम गर्न र उहाँको साक्षी दिन कहिल्यै सक्षम हुनेछैन। मानिसमाथिको परमेश्वरको शोधन एकतर्फी परिणामको खातिर मात्रै होइन, बहुआयामिक परिणामको खातिर हो। त्यसकारण परमेश्वर सत्यता खोज्न इच्छुक हुनेहरूमा शोधनको काम गर्नुहुन्छ, ताकि तिनीहरूको सङ्कल्प र प्रेम परमेश्वरद्वारा सिद्ध पारियोस्। सत्यता खोज्न इच्छुक हुने र परमेश्वरको अभिलाषा राख्नेहरूका लागि, यस्तो शोधनभन्दा बढी अर्थपूर्ण, वा बढी सहयोगी अरू केही हुँदैन। परमेश्वरको स्वभाव मानिसले त्यति सजिलै बुझ्न वा बोध गर्न सक्दैन। परमेश्वर आखिर परमेश्वर नै हुनुभएको, र अन्ततः परमेश्वरको स्वभाव मानिसको जस्तै हुन असम्भव भएको हुनाले, मानिसलाई उहाँको स्वभाव बुझ्न सजिलो छैन। सत्यता मानिसद्वारा अन्तर्निहित रूपमा धारण गरिएको हुँदैन, र शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरू यसलाई सजिलै बोध गर्न सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा लागु गर्ने सङ्कल्पविहीन छ, र यदि उसले दुःख भोगेन र उसलाई शोधन वा न्याय गरिएन भने, उसको सङ्कल्प कहिल्यै पूरा हुनेछैन। सबै मानिसहरूका लागि, शोधन अत्यन्तै पीडादायी हुन्छ, र स्विकार्न धेरै गाह्रो हुन्छ—तैपनि शोधनको दौरान नै परमेश्वर मानिसलाई उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, र मानिसप्रतिका आफ्ना मागहरू अवगत गराउनुहुन्छ, र थप अन्तर्दृष्टि र थप व्यावहारिक काटछाँट प्रदान गर्नुहुन्छ; तथ्यहरू र सत्यताबीचको तुलनामार्फत, मानिसले आफ्नैबारे र सत्यताबारे अझ ठूलो ज्ञान, र परमेश्वरका अभिप्रायहरूको अझ बढी बुझाइ प्राप्त गर्छ, यसरी मानिसले परमेश्वरका लागि अझ साँचो र अझ शुद्ध प्रेम प्राप्त गर्न सक्षम हुन्छ। शोधनको काम गर्नुपछाडिका परमेश्वरका उद्देश्यहरू यस्तै छन्। परमेश्वरले मानिसमा गर्ने सबै कामका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्वर अर्थहीन काम गर्नुहुन्न, न त मानिसलाई लाभ नहुने काम नै गर्नुहुन्छ। शोधनको अर्थ मानिसहरूलाई परमेश्वरसामुबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको दौरान मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका अभिप्रायहरू, उसका पुराना दृष्टिकोण, परमेश्वरप्रतिको उसको प्रेम, र ऊ जिउने सम्पूर्ण तरिका परिवर्तन गर्नु हो। शोधन मानिसको एक व्यावहारिक जाँच हो, र एक प्रकारको व्यावहारिक तालिम हो, शोधनको दौरान मात्र उसको प्रेमले आफ्नो अन्तर्निहित कार्य गर्न सक्छ।