९. परमेश्‍वरको काम र मानिसको काम बीचको भिन्‍नता प्रकट गर्ने वचनहरूको सम्बन्धमा

३१०. परमेश्‍वर स्‍वयम्‌को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व गर्छ, अर्थात् परमेश्‍वर स्‍वयम्‌को कामले पवित्र आत्माको प्रत्येक गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ, भने प्रेरितहरूको काम परमेश्‍वरको आफ्नो काम पछि आउँछ र त्यसबाट अघि बढ्छ, र त्यसले युगलाई अगुवाइ गर्दैन, न त त्यसले सारा युगमा पवित्र आत्माको कामको प्रचलनलाई नै प्रतिनिधित्व गर्छ। मानिसले गर्नुपर्ने काम मात्र तिनीहरूले गर्छन्, जसमा व्यवस्थापन कार्यसँग कुनै सम्बन्ध हुँदैन। परमेश्‍वर स्‍वयम्‌ले गर्नुहुने काम व्यवस्थापन कार्यभित्रकै एउटा परियोजना हो। मानिसको काम चाहिँ प्रयोग गरिएका मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य मात्र हो, र यो व्यवस्थापन कार्यसँग सम्बन्धित छैन। यथार्थमा ती दुवै पवित्र आत्माको काम भए तापनि, कामका पहिचानहरू र प्रतिनिधित्वहरूमा भिन्‍नताहरू भएको कारण परमेश्‍वर स्‍वयम्‌को काम र मानिसको कामको बीचमा स्पष्‍ट र ठोस भिन्‍नताहरू छन्। यसबाहेक, पवित्र आत्माले गर्नुभएको कामको हदमा पहिचानहरूमा भिन्‍नता हुनुका साथै उद्देश्यमा फरक हुन्छ। यिनीहरू पवित्र आत्माको कामका सिद्धान्तहरू र क्षेत्र हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३११. देहधारी परमेश्‍वरको कार्यले नयाँ युग सुरु गर्छ, र उहाँको कार्यलाई जारी राख्‍नेहरू उहाँद्वारा प्रयोग गरिनेहरू नै हुन्। मानिसले गर्ने कार्य सबै देहमा परमेश्‍वरको सेवकाइभित्र पर्छ, र यो क्षेत्रभन्दा बाहिर जानु यो असमर्थ छ। यदि देहधारी परमेश्‍वर आफ्‍नो काम गर्नको लागि नआउनुभएको भए, मानिसले पुरानो युगलाई समाप्त गर्न सक्‍ने थिएन र नयाँ युगलाई प्रारम्‍भ गर्न सक्‍ने थिएन। मानिसले गर्ने कार्य मानिसले गर्न सम्‍भव रहेको उसको कर्तव्यको कार्यक्षेत्रभित्र मात्रै हुन्छ, र यसले परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्‍वर मात्रै आउन र आफूले गर्ने कामलाई पूरा गर्न सक्‍नुहुन्छ र, उहाँ बाहेक, कसैले पनि उहाँको खातिर यो काम गर्न सक्दैन। अवश्‍य नै, म जे बोल्छु त्यो देहधारणको कामसँग सम्‍बन्धित छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

३१२. परमेश्वरको वचनलाई मानिसको वचन बनाउन सकिंदैन, अनि मानिसको वचनलाई कसैले परमेश्वरको वचन बनाउने कुरा त परै छाँड़ौ। परमेश्वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्वर होइन, अनि देहधारी परमेश्वर परमेश्वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछ, सारा मानवजातिलाई डोऱ्याउँछ, रहस्यहरू प्रकट गर्दछ, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँदछ। मानिसले प्राप्त गरेको अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हो। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। जब सबै कुरा भनिन्छ र गरिन्छ, परमेश्वर परमेश्वर हुन्छ, र मानिस मानिस नै हुन्छ। परमेश्वरसित परमेश्वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ। चाहे जे भए पनि, तैँले कहिल्यै पनि सही र गलतलाई मिसाउनु हुँदैन, उच्चलाई निम्न बनाउनुहुँदैन, वा गम्भीरलाई हलुका बनाउनु हुँदैन; चाहे जे भए पनि जुन कुरा सत्य हो भनी जान्दछस् त्यसलाई जानीजानी खण्डन गर्नु हुँदैन। परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्ने सबैले सही दृष्टिकोणबाट समस्याहरू जाँच्नुपर्छ, र परमेश्वरको नयाँ कार्यलाई र उहाँका नयाँ वचनहरूलाई उहाँद्वारा सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्यबाट स्वीकार गर्नुपर्दछ; नत्र, तिनीहरूलाई परमेश्वरद्वारा हटाइनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

३१३. परमेश्‍वरद्वारा प्रयोग गरिएको व्यक्तिले गर्ने काम ख्रीष्ट वा पवित्र आत्माको काममा सहकार्य गर्नको लागि हुन्छ। यो मानिसलाई परमेश्‍वरले मानिसको माझमा खडा गर्नुभएको हुन्छ, ऊ परमेश्‍वरका सबै चुनिएकालाई अगुवाइ गर्न त्यहाँ हुन्छ, र मानव सहकार्य गर्नका निम्ति पनि उसलाई परमेश्‍वरले खडा गर्नुभएको हुन्छ। मानव सहकार्यको काम गर्न सक्ने यस्तो व्यक्तिको साथमा मानिसहरूबाट परमेश्‍वरले गर्नुभएका मागहरू र मानिसहरूका बीचमा पवित्र आत्माले गर्नुपर्ने काम उसैको माध्यमद्वारा हासिल गर्न सकिन्छ। यसलाई अर्को प्रकारले यसरी भन्न सकिन्छ: परमेश्‍वरले यस मानिसलाई प्रयोग गर्नुको लक्ष्य परमेश्‍वरको पछि लाग्ने सबैले परमेश्‍वरको इच्छा अझै राम्ररी बुझ्‍न सकून् र परमेश्‍वरका मागहरू अझै धेरै पूरा गर्न सकून् भन्ने हो। मानिसहरूले सोझै परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको इच्छा बुझ्‍न नसक्‍ने भएकाले परमेश्‍वरले कसैलाई खडा गर्नुभएको हुन्छ, जसलाई त्यस्ता कामहरू गर्नका निम्ति प्रयोग गरिन्छ। परमेश्‍वरद्वारा प्रयोग गरिएको यस व्यक्तिलाई एक माध्यमको रूपमा वर्णन गर्न सकिन्छ, जसद्वारा परमेश्‍वरले मानिसहरूलाई डोऱ्याउनुहुन्छ, एक “अनुवादक” को रूपमा वर्णन गर्न सकिन्छ, जसले परमेश्‍वर र मानिस माझ कुराकानी गरिदिन्छ। यसैले, त्यस्ता व्यक्तिहरू परमेश्‍वरको घरमा काम गर्नेहरू वा उहाँका प्रेरितहरूजस्ता हुँदैनन्। तिनीहरूजस्तै, उसलाई पनि परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्न सकिन्छ, तर उसको कामको सार र परमेश्‍वरद्वारा प्रयोग गरिएको उसको पृष्ठभूमिको आधारमा ऊ अरू कामदारहरू र प्रेरितहरूभन्दा धेरै फरक हुन्छ। उसको कामको सार र उसको प्रयोगको पृष्ठभूमिको हिसाबमा परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिसलाई उहाँले नै खडा गर्नुहुन्छ, उसलाई परमेश्‍वरको कामका लागि परमेश्‍वरले नै तयार गर्नुहुन्छ, र उसले स्वयम् परमेश्‍वरको काममा सहकार्य गर्दछ। कुनै पनि व्यक्तिले कहिल्यै पनि उसको सट्टामा आफ्नो काम गर्न सक्दैन—ईश्‍वरीय कार्यको साथमा हुनुपर्ने अपरिहार्य मानवीय सहकार्य हो। यस बीचमा अन्य कामदारहरू वा प्रेरितहरूले गरेका कामहरू, प्रत्येक युगको अवधिमा मण्डलीहरूका लागि गरिएको बन्दोबस्तका विभिन्न पक्षहरूको साधन र कार्यान्वयन मात्र हो, वा मण्डलीको जीवनलाई कायम राख्ने जीवनका केही सामान्य प्रबन्धको काम मात्र हो। यी कामदारहरू र प्रेरितहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका होइनन्, तिनीहरूलाई पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू भनेर भन्‍न सकिने त कुरै नगरौं। तिनीहरू मण्डलीहरूको बीचबाट चुनिन्छन् र तिनीहरूलाई केही समयसम्म तालिम दिएर विकास गरिसकेपछि योग्य ठहरिएकाहरूलाई राखिन्छ, अनि अयोग्य ठहरिएकाहरूलाई तिनीहरू जहाँबाट आएका थिए त्यहीँ फर्काइन्छ। यी व्यक्तिहरूलाई मण्डलीहरूको बीचबाट चुनिने हुनाले अगुवा बनेपछि कसै-कसैले आफ्नो वास्तविक रङ्ग देखाउँछन्, अनि कसैले त धेरै खराब कामहरू गर्छन् र पदबाट हटाइन्छन्। अर्कोतिर, परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वर आफैले तयार पार्नुभएको हुन्छ, र जसको कुनै निश्चित क्षमता हुन्छ, र जोसँग मानवता हुन्छ। ऊ अघिबाटै पवित्र आत्माद्वारा तयार पारिएको र सिद्ध बनाइएको हुन्छ, र ऊ पूर्ण रूपमा पवित्र आत्माद्वारा डोऱ्याइन्छ, अनि, विशेष गरी जब उसको कामको कुरा आउँछ, उसले पवित्र आत्माद्वारा निर्देशन र आज्ञा पाएको हुन्छ—यसको फलस्वरूप परमेश्‍वरले चुन्नुभएका मानिसहरूलाई डोऱ्याउनका लागि बाटोमा कुनै बाधा हुँदैन, किनकि परमेश्‍वरले निश्चय आफ्नै कामको जिम्मेवारी लिनुहुन्छ, र परमेश्‍वरले हरसमय उहाँको आफ्नो काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा

३१४. यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका हृदयअनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरको इच्छा बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्नो हृदयअनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना हृदयअनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरको हृदयअनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बुझ्न सक्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका हृदयअनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्। ठीक यसरी नै, परमेश्‍वरले यही चरणमा मानवलाई नयाँ युगमा ल्याउनुहुन्छ र मानिसहरूलाई नयाँ सुरुवात दिनुहुन्छ—त्यही समयमा नै शरीरमा परमेश्‍वरको काम पूरा भएको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

३१५. पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो मानिसले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्ने मात्र होइन, तर उसले गर्ने कामले पनि सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन। अर्को शब्दमा भन्ने हो भने, मानव अनुभवलाई प्रत्यक्ष रूपमा परमेश्‍वरको व्यवस्थापनमा राख्न सकिँदैन, र यसले परमेश्‍वरको व्यवस्थापनको प्रतिनिधित्व गर्न सक्दैन। परमेश्‍वर आफैले गर्ने काम पूर्ण रूपमा त्यो काम हो जुन उहाँले आफ्नै व्यवस्थापन योजनामा ​​गर्न चाहनुहुन्छ र यो महान् व्यवस्थापनसँग सम्बन्धित छ। मानिसले गर्ने काममा तिनीहरूको व्यक्तिगत अनुभव मिसिएको हुन्छ। यसमा पहिलेबाटै गइसकेकाहरूले टेकेका भन्दा उता अनुभवको एउटा नयाँ बाटो खोजिन्छ, अनि पवित्र आत्माको अगुवाइमा आफ्ना भाइ-बहिनीहरूलाई डोऱ्याइन्छ। यी मानिसहरूले आफ्ना अनुभवहरू वा आत्मिक मानिसहरूको आत्मिक लेखनहरू प्रदान गर्छन्। यी मानिसहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भए पनि, उनीहरूले गर्ने काम छ हजार वर्षको महान् योजनाको ​​व्यवस्थापन कार्यसित सम्बन्धित हुँदैनन्। उनीहरू केवल ती हुन्, जो उनीहरूले गर्न सक्ने कामहरू समाप्त नभएसम्म वा उनीहरूका जीवन समाप्त नभएसम्मका निम्ति पवित्र आत्माले विभिन्न कालखण्डमा पवित्र आत्माको प्रवाहमा मानिसहरूलाई अगुवाइ गर्नका निम्ति खडा गर्नुभएको हुन्छ। उनीहरूले गर्ने काम परमेश्‍वर स्वयम्‌का निम्ति बाटो तयार पार्नु वा पृथ्वीमा परमेश्‍वर स्‍वयम्‌को व्यवस्थापनको एक खास पक्षलाई निरन्तरता दिनु मात्र हो। उनीहरू आफैमा, यी मानिसहरू उहाँको व्यवस्थापनको ठूलो काम गर्न असमर्थ हुन्छन्, न त उनीहरूले नयाँ तरिकाहरू निकाल्न सक्छन्, अझ थोरैले मात्र परमेश्‍वरको पहिलेका युगका सबै कार्यहरूलाई टुङ्गोमा पुर्‍याउन सक्छन्। यसैले, उनीहरूले गर्ने कार्यले केवल सृष्टि गरिएको प्राणीले आफ्‍नो कार्य पूरा गर्नुलाई मात्र प्रतिनिधित्व गर्दछ र परमेश्‍वर आफैले आफ्नो सेवकाइ गर्नुहुने कुरालाई प्रतिनिधित्व गर्न सक्दैन। किनकि उनीहरूले गर्ने काम परमेश्‍वर आफैले गर्नुहुने कामजस्तो हुँदैन। नयाँ युगमा प्रवेश गर्ने काम भनेको परमेश्‍वरको स्थानमा रहेर मानिसले गर्न सक्ने काम होइन। यो काम परमेश्‍वर स्‍वयम्‌ले बाहेक अरू कसैले गर्न सक्दैन। मानिसले गर्ने सबै कामहरू सृष्टि गरिएको प्राणीको रूपमा उसले निभाउने आफ्नो कर्तव्य मात्र हुन् र पवित्र आत्माद्वारा प्रेरित भएर वा ज्ञान प्राप्त गरेपछि मात्र यो गरिन्छ। यी मानिसहरूले प्रदान गर्ने मार्गनिर्देशनमा पूर्ण रूपमा मानिसलाई दैनिक जीवनमा अभ्यास गर्ने, र उसले कसरी परमेश्‍वरको इच्छा अनुरूप व्यवहार गर्नुपर्छ भन्‍ने देखाउनु हो। मानिसको कामले न त परमेश्‍वरको व्यवस्थापनलाई सम्मिलित गर्दछ, न आत्माको कामलाई प्रतिनिधित्व गर्दछ। उदाहरणको लागि, विटनेस ली र वाचम्यान नीको काम भनेको बाटो देखाउनु थियो। बाटो नयाँ होस् वा पुरानो, त्यो काम बाइबलमै रहेको सिद्धान्तमा आधारित थियो। चाहे त्यो काम स्थानीय चर्चको पुनर्स्थापना गर्ने होस् वा स्थानीय चर्च निर्माण गर्ने होस्, जे भए पनि तिनीहरूको काम चर्च स्थापना गर्नुसित सम्बन्धित थियो। तिनीहरूले जुन काम अगि बढाए त्यो येशू र उहाँका प्रेरितहरूले अधूरो छोडेका वा अनुग्रहको युगमा थप विकास नभएको काम थियो। तिनीहरूले त्यो कामलाई पुनर्स्थापित गरे जुन येशूले उहाँको कामको सुरुमा उहाँको पछि आउने पुस्ताहरूलाई गर्न भनी अह्राउनुभएको थियो, जस्तै उनीहरूका शिर ढाक्ने, बप्तिस्मा लिने, रोटी भाँच्ने, वा दाखमद्य पिउने। यो भन्न सकिन्छ, कि तिनीहरूको काम बाइबल पालन गर्दैजानु र बाइबलभित्र बाटाहरू खोज्नु थियो। तिनीहरूले कुनै पनि प्रकारको नयाँ प्रगति गरेनन्। … पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिको काम परमेश्‍वर आफैले गर्नुभएको कामजस्तो हुँदैन, उनीहरूका पहिचानहरू र उनीहरूले जसको लागि काम गर्छन् ती पनि त्यस्तै फरक हुन्छन्। किनभने पवित्र आत्माले गर्न चाहनुभएको काम फरक हुन्छ, र काम गर्ने अरूलाई फरक-फरक पहिचान र दर्जाहरू दिइन्छ। पवित्र आत्माले प्रयोग गर्नुहुने मानिसहरूले पनि केही नयाँ काम गर्न सक्दछन्, र पहिलेको युगमा गरिएका केही कामहरूलाई हटाउन सक्दछन्, तर उनीहरूले जे गर्छन् त्यसले नयाँ युगमा परमेश्‍वरको भित्री स्वभाव र इच्छा प्रकट गर्न सक्दैनन्। उनीहरू केवल पहिलेको युगको कामलाई हटाउनका लागि मात्र काम गर्दछन्, अनि परमेश्‍वर स्‍वयम्‌को स्वरूपको सिधा प्रतिनिधित्व गर्ने उद्देश्यले काम गर्दैनन्। यसैले, उनीहरूले जति नै पुराना अभ्यासहरू रद्द गरे पनि वा जति नयाँ अभ्यासहरू लागू गरे पनि तिनीहरूले मानिसको र सृष्टि गरिएका प्राणीहरूको नै प्रतिनिधित्व गर्दछन्। तापनि, जब परमेश्‍वर आफैले काम गर्नुहुन्छ, उहाँले खुल्लमखुल्ला पुरानो समयका अभ्यासहरू रद्द भएको घोषणा गर्नुहुन्न वा नयाँ युगको सुरुवात भएको भनी प्रत्यक्ष रूपमा घोषणा गर्नुहुन्न। उहाँ आफ्नो काममा प्रत्यक्ष र स्पष्ट हुनुहुन्छ। आफूले गर्न चाहेको काम गर्न उहाँ स्पष्ट हुनुहुन्छ; अर्थात् उहाँले गर्नुभएको काम उहाँले प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ, उहाँले सुरुमा चाहनुभएको जस्तै आफ्नो अस्तित्व र स्वभाव प्रकट गर्दै आफ्नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। जब मानिसहरूले यसलाई हेर्छन्, उहाँको स्वभाव र त्यसरी उहाँको काम पनि विगतका युगहरूको भन्दा फरक हुन्छ। तापनि, परमेश्‍वर स्वयम्‌को दृष्टिकोणबाट, यो केवल उहाँको कार्यको निरन्तरता र थप विकास मात्रै हो। जब परमेश्‍वर आफैले काम गर्नुहुन्छ, उहाँले आफ्नो वचन प्रकट गर्नुहुन्छ र सीधै नयाँ काम ल्याउनुहुन्छ। यसको विपरीत, जब मानिसले काम गर्दछ, यो जानी-जानी र अध्ययन मार्फत हुन्छ, वा यो ज्ञानको विस्तार हो र अरूको काममा आधारित अभ्यासको प्रणालीबद्धता हो। भन्नुको अर्थ, मानिसले गरेको कामको सार भनेको स्थापित व्यवस्था पालन गर्नु हो र “नयाँ जुत्ता लगाएर पुरानो बाटोमा हिँड्नु” हो। यसको अर्थ पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू हिँड्ने बाटो पनि परमेश्‍वर आफैले सुरु गर्नुभएको कुरामा निर्मित हुन्छ भन्‍ने हो। त्यसैले, यी सबै कुरालाई विचार गर्दा, मानिस अझै मानिस नै हो, र परमेश्‍वर पनि परमेश्‍वर नै हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

३१६. अनुग्रहको युगको अवधिमा, येशूले केही वचनहरू बोल्नुभयो र एक चरणको काम गर्नुभयो। ती सबैको निम्ति एउटा सन्दर्भ थियो र त्यस समयका मानिसहरूको अवस्थाको निम्ति ती उचित थिए; येशूले त्यस बेलाको सन्दर्भ अनुसार बोल्‍नुभयो र काम गर्नुभयो। उहाँले केही अगमवाणीहरू पनि गर्नुभयो। आखिरी दिनहरूमा सत्यको आत्मा आउनुहुनेछ र कामको एक चरणको कामलाई अघि बढाउनुहुनेछ भनेर येशूले अगमवाणी गर्नुभयो। भन्‍नुको अर्थ, त्यस युगमा उहाँ आफैले गर्नुपर्ने कामबाहेक उहाँलाई केही पनि थाहा थिएन; अर्को शब्दमा, देहधारी परमेश्‍वरले ल्याउनुभएको काम सीमित छ। यसैले, उहाँले आफू जुन युगमा हुनुहुन्छ त्यही युगको काम मात्र गर्नुहुन्छ र उहाँसँग सम्बन्ध नभएका अन्य काम गर्नुहुन्‍न। त्यस बेला, येशूले भावना वा दर्शनहरू अनुसार काम गर्नुभएन, तर समय र सन्दर्भसँग मेल खाने किसिमले काम गर्नुभयो। उहाँलाई कसैले पनि अगुवाइ वा मार्गदर्शन गरेन। उहाँको कामको सम्पूर्णता नै उहाँको आफ्नै अस्तित्व थियो—यो परमेश्‍वरको देहधारी आत्माले अघि बढाउनुपर्ने काम थियो, जुन देहधारणले अस्तित्वमा ल्याएको सारा काम थियो। येशूले उहाँ आफैले जे देख्नुभएको र सुन्‍नुभएको थियो त्यही अनुसार मात्र काम गर्नुभयो। अर्को शब्दमा, आत्माले प्रत्यक्ष रूपमा काम गर्नुभयो; उहाँको निम्ति सन्देश वाहकहरू प्रकट भएर उहाँलाई सपनाहरू दिनुपर्ने आवश्यकता थिएन, न त उहाँमाथि कुनै महान् ज्योति चम्केर उहाँलाई देख्‍ने नै तुल्याउनु पर्थ्यो। उहाँले स्वतन्त्र भएर विना अवरोध काम गर्नुभयो, किनभने उहाँको काम भावनाहरूमा आधारित थिएन। अर्को शब्दमा, जब उहाँले काम गर्नुभयो, उहाँले छामछाम-छुमछुम गर्नुभएन र अनुमान लगाउनुभएन, तर उहाँका आफ्नै विचारहरू र उहाँका आफ्नै आँखाले देख्नुभएका कुराहरूको आधारमा काम गर्दै र बोल्दै आफूलाई पछ्याउने चेलाहरूलाई तत्कालीन भरणपोषण उपलब्ध गराउँदै सहजताका साथ काम कुराहरू पूरा गर्नुभयो। परमेश्‍वरको काम र मानिसहरूको काम बीचको फरक यही हो: जब मानिसहरूले काम गर्छन्, तिनीहरूले थप गहिराइ हासिल गर्न अरूले बसालेको जगको आधारमा सधैँ अनुकरण गर्दै र सोचविचार गर्दै खोज्छन् र छामछाम-छुमछुम गर्छन्। परमेश्‍वरको काम उहाँ जो हुनुहुन्छ त्यसको प्रबन्ध हो र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। उहाँले कुनै पनि मानिसको ज्ञानलाई प्रयोग गरेर मण्डलीलाई भरण-पोषण प्रदान गर्नुहुन्‍न। बरु, उहाँले मानिसहरूको अवस्थामा आधारित भएर वर्तमान काम गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (५)

३१७. मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि, मानिसको तार्किक क्षमता, मानिसको तर्क, र उसको प्रचुर कल्पना-शक्ति यी सबै कुरा उसको काममा समावेश भएका हुन्छन्। मानिसको अनुभवले विशेष रूपमा उसको कामलाई दर्शाउन सक्षम हुन्छ, र व्यक्तिका अनुभवहरू उसको कामको भागहरू बन्छन्। मानिसको कामले उसको अनुभव अभिव्यक्त गर्न सक्छ। जब केही मानिसहरूले नकारात्मक कुरा अनुभव गर्छन्, तिनीहरूको सङ्‍गतिको अधिकांश भाषामा नकारात्मक तत्त्वहरू समावेश हुनेछन्। यदि तिनीहरूको अनुभव एक निश्‍चित समयको निम्ति सकारात्मक छ र तिनीहरू सकारात्मक धारणाको मार्गमा विशेष गरी रहे भने, तिनीहरूको सङ्‍गति अत्यन्त उत्साहजनक हुन्छ, र मानिसहरूले तिनीहरूबाट सकारात्मक बन्दोबस्तहरू प्राप्‍त गर्न सक्छन्। यदि एक जना कामदार एक निश्‍चित समयको निम्ति नकारात्मक बन्छ भने उसको सङ्गतले सधैँ नकारात्मक तत्त्वहरू बोकी हिँड्छ। यस किसिमको सङ्‍गत निराशाजनक हुन्छ, र अरू व्यक्तिहरू पनि उसको सङ्गतपछि अन्जानमै निराश बन्‍नेछन्। अगुवाको आधारमा नै उसलाई पछ्याउने व्यक्तिहरूको अवस्था परिवर्तन हुन्छ। एक कामदार भित्रपट्टि जस्तो छ, उसले त्यही कुरा व्यक्त गर्छ, र पवित्र आत्माको काम प्रायजसो मानिसको स्थितिसँगै परिवर्तन हुन्छ। उहाँले मानिसहरूको अनुभव अनुसार काम गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दबाब दिनुहुन्‍न, तर मानिसहरूबाट तिनीहरूको अनुभवको सामान्य गति अनुसार माग गर्नुहुन्छ। अर्थात् मानिसको सङ्‍गत परमेश्‍वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्‍गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्‍वरको कामको आधारमा आफ्‍ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छ। तिनीहरूको जिम्मेवारी परमेश्‍वरले काम गर्नुहुन्छ वा बोल्‍नुहुन्छ, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने वा प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्‍चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्‍वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्‍न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्‍ने, अनुभव गर्ने र कल्पना गर्न सक्‍ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू नै किन नहोस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्‍ने कुरा, मानिसले सोच्‍ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्‍वयम्‌ को हुनुहुन्छ भन्‍ने कुरा नै हो, र यो मानिसले प्राप्‍त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्‍छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्‍वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सारतत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्‍वरले व्यक्त गर्नुभएको उहाँको सारतत्त्वको आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सारतत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो-—यसैकारण तिनीहरूलाई पनि मानिसको सारतत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्‍ने कुराको बारेमा सङ्‍गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्‍ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्‍गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्‍नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्‍ट सङ्‍गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्‍गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३१८. मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३१९. पवित्र आत्माका सबै कार्य मानिसहरूको फाइदाको निम्ति गरिएका हुन्छन्। यसले मानिसहरूलाई सुधार गर्छ; मानिसहरूलाई फाइदा नगर्ने कुनै कार्य छैन। चाहे सत्यता सतही होस् वा गहन होस्, र सत्यता ग्रहण गर्नेहरूको क्षमता जस्तोसुकै होस्, पवित्र आत्माले जे पनि गर्नुहुन्छ, त्यसले मानिसहरूलाई फाइदा गर्छ। तर पवित्र आत्माको काम प्रत्यक्ष रूपमा गरिँदैन; उहाँसँग सहकार्य गर्ने मानिसहरूद्वारा नै यसलाई व्यक्त गरिनुपर्छ। केवल यसरी मात्रै पवित्र आत्माको कामको परिणामहरू प्राप्‍त गर्न सकिन्छ। निश्‍चय नै, जब पवित्र आत्माले प्रत्यक्ष रूपमा काम गर्नुहुन्छ, यसमा कुनै मिलावट हुँदैन; तर जब पवित्र आत्माले मानिसद्वारा काम गर्नुहुन्छ, यो अत्यन्तै कलङ्कित बन्छ र यो पवित्र आत्माको मौलिक काम हुँदैन। यसकारण, सत्यता फरक हदमा परिवर्तन हुन्छ। अनुयायीहरूले पवित्र आत्माको मौलिक अभिप्राय प्राप्‍त गर्दैनन् तर पवित्र आत्माको काम र मानिसको अनुभव र ज्ञानको संयोजन प्राप्‍त गर्छन्। अनुयायीहरूले पवित्र आत्माको कामको जुन हिस्सा प्राप्‍त गर्छन् त्यो सही हुन्छ, जबकी उनीहरूले प्राप्‍त गर्ने मानिसको अनुभव र ज्ञान फरक-फरक हुन्छ किनकि सेवकहरू फरक छन्। पवित्र आत्माको प्रकाश र अगुवाइ पाएका सेवकहरूले यो प्रकाश र अगुवाइ हासिल गर्छन्। यी अनुभवहरूभित्र मानिसको मन र अनुभव साथै मानवताको सार, समावेश हुन्छ, त्यसपछि, तिनीहरूले प्राप्त गर्नुपर्ने ज्ञान वा अन्तर्दृष्टि तिनीहरूले प्राप्त गर्छन्। यो चाहिँ सत्यता अनुभव गरिसकेपछिको मानिसको अभ्यास गर्ने तरिका हो। यस किसिमको अभ्यास गर्ने तरिका सधैँ एक समानको हुँदैन, किनकि मानिसहरूले फरक किसिमले अनुभव गर्छन् र मानिसहरूले अनुभव गर्ने कुराहरू पनि फरक नै हुन्छन्। यस किसिमले पवित्र आत्माको उही प्रकाशले पनि फरक ज्ञान र अभ्यास ल्याउँछ, किनकि प्रकाश प्राप्‍त गर्नेहरू फरक हुन्छन्। कतिपय मानिसहरूले अभ्यास गर्ने क्रममा सानातिना गल्तीहरू गर्छन् भने कतिपयले ठूलै गल्ती पनि गर्छन्, र कतिपयले चाहिँ गल्ती बाहेक केही पनि गर्दैनन्। मानिसहरूको बुझ्‍ने क्षमता फरक-फरक हुने भएकोले यस्तो हुन्छ, साथै उनीहरूमा अन्तर्निहित क्षमताको कारण पनि यस्तो हुन्छ। कतिपय मानिसहरूले सन्देश सुनेपछि एक किसिमले बुझ्छन्, र कतिपयले सत्यता सुनिसकेपछि अर्कै किसिमले बुझ्छन्। कतिपय मानिसहरूले हल्का रूपमा तलमाथि बुझ्छन् भने कतिपयले त सत्यताको वास्तविक अर्थ बुझेकै हुँदैनन्। त्यसैले, एक व्यक्तिले अरूलाई कसरी अगुवाइ गर्नेछ भन्‍ने कुरालाई उसको बुझाइले निर्देशित गर्छ; यो साँचो हो, किनकि व्यक्तिको काम उसको अस्तित्वको अभिव्यक्ति नै हो। सत्यताको सही बुझाइ भएकाहरूले अगुवाइ गरेका मानिसहरूसँग पनि सत्यताको सही बुझाइ हुन्छ। गलत बुझाइ भएका मानिसहरू भए तापनि त्यस्ता मानिसहरू अत्यन्त थोरै हुन्छन्, र प्रत्येक व्यक्तिमा त्रुटि हुनेछ भन्‍ने छैन। यदि कुनै व्यक्तिको सत्यता सम्‍बन्धी बुझाइमा त्रुटि छ भने उसलाई पछ्याउनेहरू पनि गलत नै हुनेछन्, र यी मानिसहरू वचनको हरेक धारणामा गलत हुनेछन् भन्‍नेमा कुनै शङ्का हुँदैन। अनुयायीहरूले सत्यता कति मात्रामा बुझ्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ। निश्‍चय नै, परमेश्‍वरबाट आएको सत्यता सही हुन्छ, र यसमा कुनै गल्ती हुँदैन, र यो पूर्णतया निश्‍चित हुन्छ। तैपनि सेवकहरू पूर्णतया सही नहुन सक्छन् र पूर्णतया भरोसायोग्य हुन्छन् भनेर भन्‍न पनि सकिँदैन। यदि सेवकहरूसँग सत्यतालाई अभ्यास गर्ने व्यावहारिक तरिका छ भने अनुयायीहरूसँग पनि त्यही किसिमको अभ्यास गर्ने तरिका हुनेछ। यदि सेवकहरूसँग सत्यता अभ्यास गर्ने व्यावहारिक तरिका छैन भने अनुयायीहरूसँग कुनै वास्तविकता हुनेछैन। अनुयायीहरूको योग्यता र प्रवृत्ति जन्मजात निर्धारित हुन्छ र यो सेवकहरूसँग सम्बन्धित हुँदैन, तर अनुयायीहरूले कति मात्रामा सत्यता बुझ्छन् र परमेश्‍वरलाई चिन्छन् भन्‍ने कुरा सेवकहरूमा निर्भर हुन्छ (यो केही मानिसहरूमा मात्र लागू हुन्छ)। सेवक जस्तो हुन्छ, उसले अगुवाइ गर्ने अनुयायीहरू पनि त्यस्तै हुनेछन्। सेवकले जे कुरा व्यक्ति गर्छ, त्यो उसको सार हो, यसमा कुनै पूर्वाग्रह हुँदैन। उसलाई पछ्याउनेहरूसँग उसले माग गर्नेहरू नै उसले चाहना गरेको कुरा हो वा उसले हासिल गर्न सक्‍ने कुरा हुन्। आफूले जे गर्ने गरेका छन् त्यही कुराको आधारमा अधिकांश सेवकहरूले आफ्ना अनुयायीहरूबाट ती कुरा माग गर्छन्, यद्यपि उनीहरूका अनुयायीहरूले त्यति धेरै कुरा हासिल गर्न सक्दैनन्—र हासिल गर्न नसकिने त्यही कुरा नै व्यक्तिको प्रवेशको बाधक बन्छ।

काँटछाँट गरिएका, निराकरण गरिएका, न्याय गरिएका र सजाय दिइएकाहरूले गर्ने काममा ठूलो भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलगिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। … यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई छिँवलिएको र निराकरण गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दुषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं-—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३२०. मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न सक्दैन—अन्यथा, उसले मानिसहरूलाई नीतिनियमहरूमा डोर्‍याउनेछ। मानिसको काम एक निश्‍चित समय वा चरणमा मात्र लागु हुन्छ। किनकि मानिसको अनुभवको आफ्नो क्षेत्र हुन्छ। कसैले पनि मानिसको कामलाई परमेश्‍वरको कामसँग तुलना गर्न सक्दैन। मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्‍चित क्षेत्रमा लागु हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको इच्छा हो भनी भन्‍न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्‍ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्‍न सक्दैन। साँचो अनुभवको वास्तविकतामा जिउन सक्‍नेहरू यही दायराभित्र पर्छन्। जब तिनीहरूले सत्यताको अनुभव गर्छन्, यो सँधै पवित्र आत्माद्वारा प्रकाशित सामान्य मानव जीवनको अनुभव हो; यस किसिमको अनुभव सामान्य मानव जीवनबाट विचलित हुँदैन। उनीहरूले आफ्नो मानव जीवन जिउने कार्यको आधारमा पवित्र आत्माको प्रकाशको सत्यता अनुभव गर्छन्। साथै, यो सत्यता व्यक्ति पिच्छे फरक हुन्छ, र यसको गहिराइ व्यक्तिको अवस्थामा निर्भर रहन्छ। व्यक्तिले हिँडिरहेको मार्ग सत्यता पछ्याउने कसैको सामान्य मानव जीवन हो भनेर मात्रै भन्‍न सकिन्छ, र यसलाई पवित्र आत्माद्वारा प्रकाशित सामान्य व्यक्तिले हिँड्ने मार्ग हो भनी भन्‍न सकिन्छ। उनीहरूले हिँड्न मार्ग नै पवित्र आत्माले लिनुहुने मार्ग हो भनी भन्‍न सकिँदैन। सामान्य मानवीय अनुभवमा, मानिसहरूले उही मार्ग पछ्याउँदैनन्, त्यसकारण पवित्र आत्माको काम पनि उही किसिमको हुँदैन। साथै, मानिसहरूले अनुभव गर्ने वातावरण र उनीहरूको अनुभवको दायरा उही नहुने भएकोले, र तिनीहरूको मन र सोचविचारको मिश्रणको कारण, तिनीहरूको अनुभव फरक-फरक हदमा मिश्रित हुन्छन्। प्रत्येक व्यक्तिले आफ्नो फरकपन र व्यक्तिगत अवस्थाहरू बमोजिम सत्यतालाई बुझ्‍छ। सत्यताको वास्तविक अर्थ सम्बन्धी उनीहरूको बुझाइ पूर्ण हुँदैन र यो केवल त्यसको एउटा पक्ष वा केही पक्षहरू मात्र हुन्छन्। मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माको इच्छालाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्‍वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्‍वरको इच्छासँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्‍वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्‍वरको सेवक मात्र बन्‍न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्‍नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्‍वरको काम हो भन्‍ने अधिकार उसलाई दिइएको छैन। मानिससँग मानिसको काम गर्ने सिद्धान्तहरू छन्, र सबै मानिसहरूसँग फरक-फरक अनुभवहरू हुन्छन् र फरक-फरक सर्तहरू हुन्छन्। मानिसको काममा पवित्र आत्माद्वारा प्रकाश दिइएको उसका सबै अनुभवहरू पनि समावेश हुन्छन्। यी अनुभवहरूले मानिसको अस्तित्वलाई मात्रै प्रतिनिधित्व गर्छन् र यसले परमेश्‍वरको अस्तित्व वा पवित्र आत्माको इच्छालाई प्रतिनिधित्व गर्दैन। त्यसैले, मानिसले हिँड्ने मार्गलाई पवित्र आत्माले हिँड्नुहुने मार्ग भनेर भन्‍न सकिँदैन, किनकि मानिसको कामले परमेश्‍वरको कामलाई प्रतिनिधित्व गर्दैन, र मानिसको काम र मानिसको अनुभव पवित्र आत्माको पूर्ण इच्छा होइनन्। मानिसको काम नीतिनियममा पतन हुन सक्‍ने सम्भावना रहन्छ, र उसको कामको पद्दति सजिलै सीमित क्षेत्रमा बन्धित हुन्छ, र त्यसले मानिसहरूलाई स्वतन्‍त्र मार्गमा अगुवाइ गर्न सक्दैन। अधिकांश अनुयायीहरू सीमित क्षेत्रमा जिउँछन्, र उनीहरूको अनुभवको क्षेत्र पनि सीमित हुन्छ। मानिसको अनुभव सधैँ सीमित रहेको छ; उसको कामको पद्दति पनि थोरै प्रकारमा सीमित रहेको छ र त्यसलाई पवित्र आत्माको काम वा परमेश्‍वर स्वयंको कामसँग तुलना गर्न सकिँदैन। किनकि आखिरमा मानिसको अनुभव सीमित हुन्छ। तैपनि परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, यो नीतिनियमबाट बाँधिएको हुँदैन; जसरी गरिए पनि यो कुनै एउटा पद्दतिमा सीमित हुँदैन। परमेश्‍वरको काममा कुनै पनि नीतिनियम हुँदैन—उहाँका सबै काम मुक्त छन् र स्वतन्‍त्र छन्। मानिसले उहाँलाई पछ्याउन जति नै धेरै समय खर्च गरे तापनि उसले परमेश्‍वरको काम गर्ने तरिकालाई शासन गर्ने नियमहरू बुझ्‍न सक्दैन। उहाँको काम सैद्धान्तिक हुने भए तापनि, यो सधैँ नयाँ तरिकाबाट गरिन्छ र त्यसमा नयाँ विकासहरू हुन्छन्, र यो मानिसको पहुँचभन्दा बाहिर हुन्छ। एउटै समयावधिमा परमेश्‍वरले फरक-फरक किसिमका थुप्रै काम गर्न सक्‍नुहुन्छ र मानिसहरूलाई अगुवाइ गर्ने फरक तरिकाहरू अपनाउन सक्‍नुहुन्छ, ताकि मानिसहरूले सधैँ नयाँ प्रवेश पाऊन् र परिवर्तित होऊन्। तैँले उहाँको कामको नियम पत्ता लगाउन सक्दैनस् किनकि उहाँले सधैँ नयाँ तरिकाले काम गरिरहनुहुन्छ, र यसरी मात्रै परमेश्‍वरका अनुयायीहरू नीतिनियमबाट बाँधिएका हुँदैनन्। परमेश्‍वर स्वयंको कामले सधैँ मानिसहरूको धारणालाई इन्कार गर्छ र त्यसको विपरित काम गर्छ। उहाँलाई साँचो हृदयले पछ्याउने र अनुसरण गर्ने मानिसहरूले मात्र आफ्नो स्वभाव रूपान्तरण भएको पाउन सक्छन् र स्वतन्‍त्र भएर जिउन सक्छन्, यसैले उनीहरू कुनै नियमद्वारा बाँधिएका हुँदैनन् वा धार्मिक धारणाहरूद्वारा बाँधिएका हुँदैनन। मानिसको आफ्नो अनुभव र आफूले हासिल गर्न सक्‍ने कुराको आधारमा उसको कामले मानिसहरूबाट मागहरू गरेको हुन्छ। यी आवश्यकताहरूको मापदण्ड एक निश्‍चित क्षेत्रिभत्र सीमित भएको हुन्छ, र अभ्यासका पद्दतिहरू पनि अत्यन्तै सीमित हुन्छन्। यसरी अनुयायीहरू अजानमा यो सीमित क्षेत्रभित्रै जिउँछन्; समय बित्दै जाने क्रममा, यी कुराहरू नीतिनियम र धर्मविधिहरू बन्छन्। परमेश्‍वरको सिद्ध तुल्याउने प्रक्रिया भएर नगएको र उहाँको न्याय प्राप्‍त नगरेको कुनै पनि व्यक्तिले कामको एक समयावधिमा अगुवाइ गरेको छ भने, उसका अनुयायीहरू सबै धार्मिक विधिमा जिउने र परमेश्‍वरको विरोध गर्ने विज्ञहरू बन्‍नेछन्। त्यसैले, यदि कुनै व्यक्ति योग्य अगुवा हो भने त्यो व्यक्ति न्यायको प्रक्रिया भएर गएको हुनुपर्छ र सिद्ध तुल्याउने कार्यलाई स्वीकार गरेको हुनुपर्छ। न्याय भएर नगएका व्यक्तिहरूसँग पवित्र आत्माको काम हुन सक्‍ने भए तापनि उनीहरूले अस्पष्ट र अवास्तविक कुराहरू मात्रै व्यक्त गर्छन्। समयसँगै, उनीहरूले मानिसहरूलाई अस्पष्ट र अलौकिक नीतिनियमहरूमा डोर्‍याउनेछन्। परमेश्‍वरले गर्नुहुने काम मानिसको देहसँग मिल्दैन। यो मानिसको सोचविचारसँग मिल्दैन, तर मानिसको धारणा विपरीत हुन्छ; यो व्यर्थका धार्मिक रङ्‍गहरूद्वारा कलङ्कित तुल्याइएको हुँदैन। परमेश्‍वरको कामको प्रतिफलहरू उहाँद्वारा सिद्ध नतुल्याइएको व्यक्तिले हासिल गर्न सक्दैन; यो मानिसको सोचाइबाट बाहिरको कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३२१. मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ। के परमेश्‍वरको छ हजार वर्षको काममा तैँले कुनै नियमहरू पत्ता लगाउन सक्छस्? मानिसले गर्ने काममा धेरै नियम र बन्देजहरू हुन्छन्, र मानव मष्तिष्क अत्यन्तै कट्टरपन्थी हुन्छ। त्यसकारण, मानिसले व्यक्त गर्ने भनेका उसको अनुभवको क्षेत्र भित्रका ज्ञान र अनुभूतिहरू नै हुन्। मानिसले यसभन्दा बाहेकको कुनै पनि कुरा व्यक्त गर्न सक्दैन। मानिसको अनुभव वा ज्ञान उसका अन्तर्निहित वरदान वा उसको जन्‍मजात क्षमताबाट आउँदैनन्; ती परमेश्‍वरको अगुवाइ र प्रत्यक्ष गोठालोपनको कारण आउँछन्। मानिससँग यस गोठालोपनलाई स्वीकार गर्ने क्षमता मात्रै हुन्छ र ईश्‍वरत्व के हो त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्न सक्‍ने क्षमता हुँदैन। मानिस स्रोत हुन सक्दैन; ऊ स्रोतबाट आउने पानीलाई स्वीकार गर्ने भाँडो मात्रै बन्‍न सक्छ। मानवको जन्‍मजात क्षमता अर्थात मानवको रूपमा व्यक्तिमा हुनुपर्ने गुण नै यही हो। यदि व्यक्तिले परमेश्‍वरको वचनलाई स्वीकार गर्ने क्षमतालाई गुमाउँछ र मानवको जन्‍मजात क्षमतालाई गुमाउँछ भने, त्यस व्यक्तिले सबैभन्दा बहुमूल्‍य कुरालाई पनि गुमाउँछ, र सृष्टि गरिएको मानिसको कर्तव्यलाई पनि गुमाउँछ। यदि व्यक्तिमा परमेश्‍वरको वचनको वा उहाँको कामको कुनै ज्ञान वा अनुभव छैन भने, त्यस व्यक्तिले सृष्टि गरिएको प्राणीको रूपमा आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई गुमाउँछ, र उसले सृष्टि गरिएको प्राणीको गरिमालाई पनि गुमाउँछ। ईश्‍वरत्व के हो त्यसलाई व्यक्त गर्नु परमेश्‍वरको अन्तर्निहित गुण हो, चाहे यो देहमा व्यक्त गरियोस् वा पवित्र आत्माले प्रत्यक्ष रूपमा व्यक्त गर्नुभएको होस्; परमेश्‍वरको सेवकाइ यही हो। परमेश्‍वरको काम वा त्यसपछिको अवधिमा मानिसले आफ्‍नै अनुभवहरू वा ज्ञानलाई व्यक्त गर्छ (अर्थात्, उसले ऊ जे हो त्यही व्यक्त गर्छ); मानिसको जन्‍मजात क्षमता र मानिसको कर्तव्य यही हो, र मानिसले हासिल गर्नुपर्ने कुरा यही हो। मानिसको अभिव्यक्ति परमेश्‍वरले जे व्यक्त गर्नुहुन्छ त्यसको मापदण्डबाट निकै नै चुक्‍ने भए तापनि, र मानिसको अभिव्यक्ति विभिन्‍न नियमहरूले बाँधिने भए तापनि, मानिसले आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्नैपर्छ र उसले जे गर्नु |आवश्यक छ त्यो गर्नैपर्छ। मानिसले आफ्‍नो कर्तव्यलाई पूरा गर्नको लागि मानवीय रूपमा सम्‍भव भएको सबै कुराहरू गर्नुपर्छ, र उसले त्यसप्रति अलिकति पनि संदेह गर्नु हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३२२. कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो? दाऊदलाई पनि प्रभु भनेर भनियो, र येशूलाई पनि त्यसै भनेर भनियो; उनीहरूले गरेका काम फरक-फरक भए तापनि, उनीहरूलाई उही नाउँले बोलाइयो। मलाई बताऊ, किन उनीहरूका पहिचानहरू एउटै थिएनन्? यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र त्यो पनि पवित्र आत्‍माबाट नै आएको थियो, अनि पवित्र आत्‍माले भन्‍ने अभिप्राय राख्‍नुभएका वचनहरूलाई तिनले पनि भन्‍न सके; किन यूहन्‍नाको पहिचान येशूको भन्दा फरक थियो?” येशूले बोल्‍नुभएका वचनहरूले परमेश्‍वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सके, र तिनले पूर्ण रूपमा परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्न सके। यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र तिनले परमेश्‍वरको कार्यलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनथिए। किन यूहन्‍ना, पत्रुस, र पावलले येशूले जस्तै धेरै वचनहरू बोले, तैपनि किन तिनीहरूको पहिचान येशूको जस्तै थिएन? तिनीहरूले गरेको कार्य फरक थियो भन्‍ने नै यसको मुख्य कारण हो। येशूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र प्रत्यक्ष रूपमा काम गर्ने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम गर्नुभयो, जुन कार्यलाई पहिले कसैले पनि गरेको थिएन। उहाँले नयाँ मार्ग खोल्‍नुभयो, यहोवालाई प्रतिनिधित्व गर्नुभयो, र परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभयो, तैपनि पत्रुस, पावल, र दाऊदको हकमा, तिनीहरूलाई जेसुकै भनेर भनिए तापनि, तिनीहरूले परमेश्‍वरको एक सृष्टिको पहिचानलाई मात्रै प्रतिनिधित्व गरे, र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसकारण तिनीहरूले जति नै धेरै काम गरेका भए तापनि, तिनीहरूले जति नै ठूला-ठूला आश्‍चर्यकर्महरू गरेका भए तापनि, तिनीहरू केवल परमेश्‍वरका सृष्टिहरू मात्रै थिए, र तिनीहरूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्न सक्‍दैनथिए। तिनीहरूले परमेश्‍वरको नाउँमा काम गरे वा परमेश्‍वरले पठाउनुभएपछि काम गरे; यसको साथै, तिनीहरूले येशू वा यहोवाले सुरु गर्नुभएका युगहरूमा काम गरे, र तिनीहरूले अरू कुनै काम गरेनन्। आखिरमा, तिनीहरू परमेश्‍वरका सृष्टिहरू मात्रै थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

३२३. अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विचलनहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थिए र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरको आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थिए, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएन, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसहरूले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरको आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

३२४. अनुग्रहको युगमा, यूहन्नाले येशूको निम्ति बाटो तयार पारे। यूहन्ना आफैले परमेश्‍वरको काम गर्न सक्दैन थिए, तर केवल मानिसको कर्तव्य पूरा गरे। यूहन्ना प्रभुको अग्रदूत थिए, तैपनि तिनी परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ थिए; तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्र थिए। येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि ओर्लनुभयो। त्यसपछि उहाँले आफ्नो काम सुरु गर्नुभयो, अर्थात् उहाँले ख्रीष्टको सेवकाइ गर्न थाल्नुभयो। त्यसैकारण उहाँले परमेश्‍वरको पहिचान धारण गर्नुभयो, किनकि उहाँ परमेश्‍वरबाट आउनुभएको थियो। यसभन्दा पहिले उहाँको विश्‍वास जे-जस्तो भए पनि—त्यो कहिलेकहीँ कमजोर, वा कहिलेकहीँ बलियो भएको हुन सक्छ—त्यो सबै सामान्य मानव जीवनमा हुने कुरा हो, जुन उहाँले आफ्नो सेवकाइको काम गर्नुभन्दा पहिले उहाँमा थियो। उहाँले बप्तिस्मा लिइसकेपछि (अर्थात्, अभिषेक हुनुभएपछि), परमेश्‍वरको शक्ति र महिमा तुरुन्तै उहाँसँग थियो, त्यसैले उहाँले आफ्नो सेवकाइ गर्न थाल्नुभयो। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू गर्न सक्नुहुन्थ्यो, आश्‍चर्यकर्महरू गर्न सक्नुहुन्थ्यो र उहाँसित शक्ति र अधिकार थियो, किनकि उहाँले सीधै परमेश्‍वरको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो; उहाँले आत्माको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो र आत्माको आवाज प्रकट गर्दै हुनुहुन्थ्यो। त्यसकारण, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो; यो निर्विवाद छ। यूहन्ना त्यस्तो व्यक्ति थिए जसलाई पवित्र आत्माले प्रयोग गर्नुभएको थियो। तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनथिए, न त तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्नु सम्भव नै थियो। यदि तिनले त्यसो गर्ने इच्छा गरेका भए, पवित्र आत्माले तिनलाई त्यसो गर्ने अनुमति दिनुहुनेथिएन, किनकि तिनले त्यो काम गर्न सक्दैनथिए, जुन परमेश्‍वर आफैले पूरा गर्न चाहनुहुन्थ्यो। हुन सक्छ, तिनमा मानिसको इच्छाका धेरै कुराहरू थिए, वा विचलित पार्ने केही कुरा थियो; कुनै पनि परिस्थितिमा तिनले सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए। तिनका गल्तीहरू र भूलहरूले तिनी आफैलाई मात्र प्रतिनिधित्व गर्थे, तर तिनको काम भनेको पवित्र आत्माको प्रतिनिधि हुनु थियो। तापनि, तिनका सबै कुराले परमेश्‍वरको प्रतिनिधित्व गर्थे भनेर तैँले भन्‍न सक्दैनस्। के तिनको विचलन र गल्तीले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? मानिसको प्रतिनिधित्व गर्दा गल्ती गर्नु सामान्य कुरा हो, तर यदि कसैले परमेश्‍वरको प्रतिनिधित्व गर्दा गल्ती गर्छ भने के उसले परमेश्‍वरको अनादर गर्दैन? के यो पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा हुनेछैन र? पवित्र आत्माले मानिसलाई हलकासाथ परमेश्‍वरको स्थानमा खडा हुने अनुमति दिनुहुन्न, चाहे ऊ अरूद्वारा उच्च पारिएको नै किन नहोस्। यदि ऊ परमेश्‍वर होइन भने, ऊ अन्त्यसम्म स्थिर बस्न सक्दैन। पवित्र आत्माले मानिसको इच्छाअनुसार कुनै व्यक्तिलाई परमेश्‍वरको प्रतिनिधित्व गर्ने अनुमति दिनुहुन्न! उदाहरणका लागि, पवित्र आत्माले नै यूहन्नाको बारेमा साक्षी दिनुभएको थियो र तिनी येशूका निम्ति बाटो तयार पार्ने व्यक्ति हुन् भनी पवित्र आत्माले नै तिनलाई प्रकट गर्नुभएको थियो, तर तिनीमाथि गरिएको पवित्र आत्माको काम राम्ररी निर्धारित गरिएको थियो। येशूको निम्ति बाटो तयार पार्ने व्यक्ति हुनु, उहाँको निम्ति बाटो तयार पार्नु भनेर मात्रै यूहन्‍नालाई भनिएको थियो। भन्नुपर्दा, पवित्र आत्माले तिनलाई बाटो तयार पार्ने काममा मात्र समर्थन गर्नुभयो र तिनलाई त्यो काम मात्र गर्ने अनुमति दिनुभयो—तिनलाई अरू कुनै काम गर्न दिइएन। यूहन्नाले एलियाको प्रतिनिधित्व गर्थे र तिनले बाटो तयार पार्ने एक अगमवक्ताको प्रतिनिधित्व गरे। पवित्र आत्माले तिनलाई यसमा समर्थन गर्नुभयो; जबसम्म तिनको काम बाटो तयार पार्ने थियो पवित्र आत्माले तिनलाई समर्थन गर्नुभयो। तापनि, यदि तिनले आफू परमेश्‍वर हुँ भनेर दाबी गरेका भए, र तिनी मुक्तिको काम पूरा गर्न आएका हुन् भनेका भए पवित्र आत्माले तिनलाई अनुशासनमा राख्‍नु हुनेथियो। यूहन्नाको काम जति नै महान् भए पनि र त्यसलाई पवित्र आत्माले समर्थन गर्नुभएको भए पनि, तिनको काम सीमाहीन थिएन। मानिलिऊँ, पवित्र आत्माले साँच्चै तिनको कामलाई समर्थन गर्नुभएको भए पनि, तिनलाई दिइएको शक्ति बाटो तयार पार्ने कामसम्म मात्र सीमित थियो। तिनले अरू कुनै पनि काम पटक्कै गर्न सकेनन्, किनकि तिनी बाटो तयार पार्ने यूहन्ना मात्र थिए, येशू थिएनन्। त्यसकारण, पवित्र आत्माको गवाही महत्त्वपूर्ण हुन्छ, तर पवित्र आत्माले मानिसलाई जुन काम गर्ने अनुमति दिनुहुन्छ त्यो अझ महत्त्वपूर्ण हुन्छ। के यूहन्नाले त्यतिबेला ठूलठूला साक्षी पाएका थिएनन् र? के तिनको काम पनि महान् थिएन र? तर तिनले गरेको कामले येशूको कामलाई उछिन्न सकेन, किनकि तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको मानिसभन्दा बढी केही थिएनन् र सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए, त्यसैले तिनले गरेका काम सीमित थियो। तिनले बाटो तयार पार्ने काम गरिसकेपछि, पवित्र आत्माले अब तिनको गवाहीलाई समर्थन गर्नुभएन, तिनीबाट कुनै नयाँ काम भएन, परमेश्‍वर आफैले काम सुरु गर्नुभएपछि तिनी गए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

३२५. यूहन्नाले पनि “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ,” भनेर भनेको भए पनि र तिनले पनि स्वर्गको राज्यको सुसमाचार प्रचार गरेको भए पनि, तिनको काम त्योभन्दा अघि बढेन, तिनले केवल सुरुआत मात्र गरे। यसको विपरीत, येशूले नयाँ युगको थालनी गर्नुभयो र पुरानोलाई अन्त्य गर्नुभयो, तर उहाँले पुरानो करारको व्यवस्था पनि पूरा गर्नुभयो। उहाँले गर्नुभएको काम यूहन्नाको भन्दा महान् थियो, र त्यति मात्र होइन, उहाँ सारा मानव जातिलाई उद्धार गर्न आउनुभयो—उहाँले त्यो चरणको काम पूरा गर्नुभयो। यूहन्नाको कुरा गर्ने हो भने तिनले बाटो मात्र तयार पारे। तिनको काम महान् थियो, तिनका वचनहरू धेरै थिए र तिनको पछि लाग्ने चेलाहरू धेरै थिए, तैपनि तिनको कामले मानिसलाई एउटा नयाँ सुरुवातमा ल्याउनुभन्दा बढी केही गरेन। मानिसले तिनीबाट कहिल्यै पनि जीवन वा बाटो वा गहिरा सत्यताहरू प्राप्त गरेन, न मानिसले तिनीबाट परमेश्‍वरको इच्छाको बुझाइलाई नै प्राप्त गर्न सक्यो। यूहन्ना एक महान् अगमवक्ता (एलिया) थिए, जसले येशूको कामका लागि नयाँ आधार खोलिदियो, र चुनिएकाहरूलाई तयार गरे; तिनी अनुग्रहको युगका अग्रदूत थिए। त्यस्ता मामिलाहरूलाई तिनीहरूको सामान्य मानवीय उपस्थितिलाई हेरेर मात्र बुझ्न सकिँदैन। यो अझ बढी उपयुक्त पनि छ, किनकि यूहन्नाले पनि धेरै काम गरे, अनि त्यसबाहेक तिनी पवित्र आत्माद्वारा प्रतिज्ञा गरिएका थिए, र तिनको कामलाई पवित्र आत्माले समर्थन गर्नुभएको थियो। त्यस्तो भएकोले, उनीहरूले गरेका कामद्वारा मात्र कसैले पनि उनीहरूका विशेष पहिचानको भिन्नतालाई छुट्याउन सक्दछ, किनकि कुनै व्यक्तिको बाहिरी रूप हेरेर उसको सार बताउने सक्ने कुनै उपाय छैन, न त मानिसले पवित्र आत्माको गवाही निश्चित गर्ने कुनै उपाय नै छ। यूहन्नाले गरेका काम र येशूले गर्नुभएको काम फरक र भिन्नाभिन्नै प्रकृतिका थिए। यसैबाट नै कसैले पनि यूहन्ना परमेश्‍वर थिए कि थिएन भनी निश्चित गर्न सक्दछ। येशूको कामको थालनी गर्नु, जारी राख्नु, निष्कर्षमा पुऱ्याउनु र त्यसलाई सफल तुल्याउनु पर्नेथियो। उहाँले यी सबै चरणहरू पूरा गर्नुभयो, तर यूहन्नाको काम सुरुवात गर्नुभन्दा बाहेक अरू केही थिएन। सुरुमा,येशूले सुसमाचार प्रचार गर्नुभयो र पश्चात्तापको बाटो प्रचार गर्नुभयो, र त्यसपछि मानिसलाई बप्तिस्मा दिन, बिरामीहरूलाई निको पार्न र भूतात्माहरू निकाल्न थाल्नुभयो। अन्त्यमा, उहाँले मानव जातिलाई पापबाट छुटाउनुभयो र सम्पूर्ण युगका लागि आफ्नो काम पूरा गर्नुभयो। उहाँ मानिसलाई प्रचार गर्दै र स्वर्गको राज्यको सुसमाचार फैलाउँदै सबै ठाउँमा जानुभयो। यस सन्दर्भमा उहाँ र यूहन्ना एक समान हुनुहुन्थ्यो, भिन्नता यति मात्र थियो कि येशूले नयाँ युग सुरु गर्नुभयो र मानिसका निम्ति अनुग्रहको युग ल्याउनुभयो। उहाँको मुखबाट मानिसले अभ्यास गर्नुपर्ने वचनहरू र अनुग्रहको युगमा मानिसले हिँड्नुपर्ने बाटो आयो र अन्त्यमा उहाँले छुटकाराको काम समाप्त गर्नुभयो। यूहन्नाले यो काम कहिल्यै गर्न सक्दैनथियो। अनि यसरी येशूले परमेश्‍वर स्वयम्‌ले गर्नुहुने काम गर्नुभयो, र उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ, जसले प्रत्यक्ष रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

३२६. जब पवित्र आत्माद्वारा प्रयोग गरिएका यी अगमवक्ताहरू र मानिसहरूले बोले र कार्य गरे, यो मानिसका दायित्वहरूलाई अघि बढाउनको लागि थियो, सृष्टि गरिएको प्राणीको प्रकार्यलाई पूरा गर्नको लागि थियो, र यो मानिसले गर्नुपर्ने कार्य थियो। तैपनि, देहधारी परमेश्‍वरका वचनहरू र कार्य भनेको उहाँको सेवकाइलाई अघि बढाउनु थियो। उहाँको बाहिरी रूप सृष्टि गरिएको प्राणीको जस्तो थियो, तैपनि उहाँको कार्य भनेको आफ्नो प्रकार्यलाई होइन तर आफ्नो सेवकाइलाई अघि बढाउनु थियो। सृष्टि गरिएका प्राणीहरूको हकमा “दायित्व” भन्ने शब्दको प्रयोग गरिन्छ, तर देहधारी परमेश्‍वरको देहको हकमा भने “सेवकाइ” भन्ने शब्दको प्रयोग गरिन्छ। यी दुईको बीचमा एउटा अपरिहार्य भिन्नता रहेको छ; यिनलाई एक-अर्कासँग प्रतिस्थापन गर्न सकिँदैन। मानिसको कार्य भनेको केवल आफ्नो दायित्वलाई पूरा गर्नु हो भने, परमेश्‍वरको कार्य भनेको आफ्नो सेवकाइलाई व्यवस्थापन गर्नु, र अघि बढाउनु हो। त्यसकारण, धेरै प्रेरितहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भएतापनि र धेरै अगमवक्ताहरू उहाँद्वारा भरिएका भएतापनि, तिनीहरूको कार्य र वचनहरू भनेका सृष्टि गरिएका प्राणीहरूका रूपमा रहेको आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै थियो। तिनीहरूका अगमवाणीहरूले देहधारी परमेश्‍वरद्वारा बोलिएको जीवनको मार्गलाई नाघेका हुन सक्थे, र तिनीहरूको मानवत्वले देहधारी परमेश्‍वरको मानवत्वलाई अझै नाघेको हुन सक्थ्यो, तर तिनीहरूले अझै आफ्नो दायित्व पूरा गर्दै थिए, र सेवकाइलाई पूरा गर्दै थिएनन्। मानिसको दायित्वले मानिसको प्रकार्यलाई जनाउन सक्छ; मानिसद्वारा प्राप्त गरिने कुरा पनि यही नै हो। तैपनि, देहधारी परमेश्‍वरद्वारा अघि बढाइएको सेवकाइ उहाँको व्यवस्थापनसँग सम्बन्धित छ, र यो मानवद्वारा प्राप्त गरिँदैन। देहधारी परमेश्‍वरले चाहे बोल्नुहुन्छ, चाहे कार्य गर्नुहुन्छ, वा चाहे जे-जस्ता आश्चर्यका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले आफ्नो व्यवस्थापनभित्र रहेर नै महान् कार्य गर्दै हुनुहुन्छ, र उहाँको सट्टामा त्यस किसिमको कार्य मानिसद्वारा गर्न सकिँदैन। मानिसको कार्य भनेको परमेश्‍वरको व्यवस्थापनको कार्यको निश्चित चरणमा रहेर सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै हो। परमेश्‍वरको व्यवस्थापन नभएको भए, अर्थात्, यदि देहधारी परमेश्‍वरको सेवकाइ हराएको भए, सृष्टि गरिएको प्राणीको दायित्व हराउने थियो। आफ्नो सेवकाइलाई अघि बढाउनको लागि परमेश्‍वरले गर्ने कार्य मानिसलाई व्यवस्थापन गर्नको लागि हो, जबकी मानिसले निभाउने आफ्नो दायित्व भनेको सृष्टिकर्ताका मागहरूलाई पूरा गर्न उसको दायित्व निभाउनु हो, र आफ्नै सेवकाइलाई अघि बढाउने विचार गर्ने कुरा कुनै पनि हालतमा हुन सक्दैन। परमेश्‍वरको अन्तर्निहित सारतत्त्वको लागि—उहाँको आत्माको लागि—परमेश्‍वरको कार्य भनेको उहाँको व्यवस्थापन नै हो, तर सृष्टि गरिएको प्राणीको बाहिरी रूपलाई धारण गर्नुहुने देहधारी परमेश्‍वरको लागि, उहाँको कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनु हो। उहाँले गर्नुहुने जेसुकै कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनको लागि हो; मानिसले गर्न सक्ने भनेको परमेश्‍वरको व्यवस्थापनको क्षेत्राधिकारभित्र र उहाँको मार्गदर्शनको अन्तर्गत रही सक्दो प्रयास गर्नु मात्रै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

३२७. आखिर, परमेश्‍वरको काम मानिसको कामभन्दा फरक छ, यसको साथै, उहाँका अभिव्यक्तिहरू कसरी तिनीहरूका जस्तै हुनसक्छन्? परमेश्‍वरसँग उहाँको आफ्नै विशेष स्वभाव छ, जब कि मानिससँग उसले पूरा गर्नुपर्ने कर्तव्यहरू हुन्छन्। परमेश्‍वरको स्वभाव उहाँका कामहरूमा व्यक्त हुन्छ, जब कि मानिसको कर्तव्य मानिसको अनुभवहरूमा समाविष्ट हुन्छ र मानिसको खोजहरूमा व्यक्त हुन्छ। यसैले कुनै कुरा परमेश्‍वरको अभिव्यक्ति हो कि मानिसको अभिव्यक्ति हो भन्‍ने कुरा गरिएको कामद्वारा नै स्पष्ट हुन्छ। परमेश्‍वर स्वयम्‌द्वारा यसको व्याख्या गरिनु आवश्यकता छैन, न त यसमा मानिसले गवाही बन्‍नको निम्ति प्रयास गर्ने आवश्यकता नै छ; यसको अतिरिक्त, यसको लागि कुनै मानिसलाई दमन गर्न परमेश्‍वर स्वयम्‌लाई आवश्यकता पर्दैन। यो सबै प्राकृतिक प्रकाशको रूपमा आउँछ; न त यो जबरजस्ती हुने कुरा हो न त यो मानिसले हस्तक्षेप गर्न सक्‍ने कुरा नै हो। मानिसको कर्तव्यलाई तिनीहरूका अनुभवहरूद्वारा जान्‍न सकिन्छ र यसको निम्ति मानिसहरूले कुनै पनि थप अनुभवको काम गर्नु जरुरत छैन। मानिसको सारा सार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रकट हुन्छ, जब कि परमेश्‍वरले आफ्नो काम गर्दा आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्न सक्नुहुन्छ। यदि यो मानिसको काम हो भने यसलाई ढाकछोप गर्न सकिँदैन। यदि यो परमेश्‍वरको काम हो भने, कसैले परमेश्‍वरको स्वभावलाई लुकाउन झन् असम्भव हुन्छ, मानिसले नियन्त्रण गर्ने कुरा त परै जाओस्। कुनै पनि मानिसलाई परमेश्‍वर भन्‍न सकिँदैन, न त तिनीहरूको काम र वचनहरूलाई पवित्र भनेर हेर्न वा अपरिवर्तनीय ठान्‍न सकिन्छ। परमेश्‍वरलाई मानव भन्‍न सकिन्छ किनकि उहाँले देह धारण गर्नुभयो, तर उहाँको कामलाई मानिसको काम वा मानिसको कर्तव्यको रूपमा लिन सकिँदैन। यसको अतिरिक्त, परमेश्‍वरका वाणीहरू र पावलका पत्रहरूलाई समान रूपमा हेर्न सकिँदैन, न त परमेश्‍वरको न्याय र सजाय अनि मानिसका निर्देशनका वचनहरूलाई समान रूपमा लिन सकिन्छ। यसैले परमेश्‍वरका कामलाई मानिसका कामदेखि फरक छुट्याउने सिद्धान्तहरू छन्। यिनीहरूलाई तिनीहरूका सारहरू अनुसार छुट्याइन्छ, कामको क्षेत्र वा यसको अस्थायी प्रभावकारिता अनुसार होइन। यस विषयमा, धेरै मानिसहरूले सिद्धान्तहरूको गल्ती गर्छन्। किनकि मानिसले बाहिरी कुरा हेर्छ, जुन तिनीहरूले हासिल गर्नसक्छन्, जब कि परमेश्‍वरले सारलाई हेर्नुहुन्छ, जसलाई मानवजातिका शारीरिक आँखाले अवलोकन गर्न सक्दैनन्। यदि तैँले परमेश्‍वरका वचनहरू र कामलाई औसत मानिसका कर्तव्यहरूको रूपमा लिन्छस् भने र मानिसका ठूला परिमाणका कामलाई मानिसले पूरा गर्ने कर्तव्यको रूपमा नभइ देह धारण गर्नुभएका परमेश्‍वरको कामको रूपमा हेर्छस् भने, के तैँले सिद्धान्तमा गल्ती गरेको हुँदैनस् र? मानिसका पत्रहरू र जीवनीहरूलाई सजिलै लेख्‍न सकिन्छ, तर पवित्र आत्माको कामको जगमा मात्र। तैपनि, परमेश्‍वरका अभिव्यक्तिहरू र कामलाई मानिसद्वारा वा मानिसको बुद्धि र सोचद्वारा सजिलै हासिल गर्न सकिँदैन, न त मानिसहरूले तिनीहरूको अन्वेषण गरिसकेपछि तिनीहरूको पूर्ण रूपमा व्याख्या नै गर्न सक्छन्। यदि सिद्धान्तका यी विषयहरूले तिमीहरूमा कुनै किसिमका प्रतिक्रिया पैदा गर्दैनन् भने, तिमीहरूका विश्‍वास स्पष्ट रूपमा त्यति सत्य वा शुद्ध छैन। तिमीहरूको विश्‍वास अस्पष्टताले भरिएको छ र यो अलमल र सिद्धान्त विहीन दुवै छ भनेर मात्रै भन्‍न सकिन्छ। परमेश्‍वर र मानिसका सबैभन्दा आधारभूत विषयहरूलाई पनि नबुझीकन, के यस प्रकारको विश्‍वास पूर्ण रूपमा समझशक्ति नभएको विश्‍वास होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?

३२८. तिमीहरूले परमेश्‍वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्‍नैपर्छ। तैँले मानिसको काममा के देख्‍न सक्छस्? मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्‍वरको आफ्‍नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्‍नो जीवनमा जे अनुभव गर्छ वा जे कुराको सामना गर्छ, वा जिउनको लागि उसँग जे-जस्ता दर्शनहरू छन् त्यसलाई) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन जीवन जिउने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवताविहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको स्वभावलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको अवज्ञाको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधर्मसम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

३२९. परमेश्‍वर केवल युगलाई डोऱ्याउन र नयाँ कामलाई गति दिनका निम्ति मात्रै देह बन्नुहुन्छ। तिमीहरूले यो कुरा बुझ्नु आवश्यक छ। यो मानिसको प्रकार्यभन्दा धेरै फरक छ, र दुवैलाई उही रूपमा उल्‍लेख गर्न सकिँदैन। मानिसलाई काम गर्न प्रयोग गर्नुभन्दा पहिले उसलाई लामो समयसम्म विकास गर्नु र सिद्ध बनाउनु आवश्यक हुन्छ, र जुन प्रकारको मानवता चाहिएको हुन्छ त्यो विशेष प्रकारले उच्च स्तरको हुन्छ। मानिसले सामान्य मानवताको ज्ञानलाई कायम राख्न सक्ने मात्र होइन, तर उसले अरूसँग सम्बन्धित आफ्नो आचरणलाई नियन्त्रण गर्ने धेरै सिद्धान्तहरू र नियमहरूलाई बुझ्‍न, र यसबाहेक ऊ बुद्धि र नैतिक ज्ञानको बारेमा अझ बढी अध्ययन गर्न प्रतिबद्ध हुन सक्‍नुपर्छ। मानिस यस्तै कुराले सुसज्जित हुनुपर्छ। तापनि, देह बन्नुहुने परमेश्‍वरको हकमा त्यस्तो हुँदैन, किनकि उहाँको कामले न त मानिसको न मानिसको कामको प्रतिनिधित्व गर्छ, बरु, उहाँको अस्तित्वको प्रत्यक्ष अभिव्यक्ति र उहाँले गर्नुपर्ने कामको प्रत्यक्ष कार्यान्वयनको प्रतिनिधित्व गर्दछ। (स्वाभाविक रूपमा, उहाँको काम उपयुक्त समयमा सम्पन्न हुन्छ, संयोगले वा निरुद्देश्यमा होइन, र यो उहाँको सेवकाइ पूरा गर्ने समय भएको बेलामा सुरु भएको छ)। उहाँ मानिसको जीवनमा वा मानिसको काममा सहभागी हुनुहुन्न, अर्थात् उहाँको मानवता यीमध्ये कुनै पनि कुराद्वारा सुसज्जित छैन (यद्यपि यसले उहाँको कामलाई असर गर्दैन)। उहाँ तब मात्र आफ्नो सेवकाइ पूरा गर्नुहुन्छ जब उहाँले यसो गर्ने समय आउँछ; उहाँको दर्जा जे-सुकै भए पनि, उहाँ आफूले गर्नुपर्ने काममा लगातार अगि बढ्नुहुन्छ। मानिसले उहाँको विषयमा जे जान्दछ, उहाँको विषयमा मानिसको विचार जे-जस्तो भए पनि उहाँको काम पूर्ण रूपमा अप्रभावित हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (३)

३३०. परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले आफ्‍नो व्यक्तिगत अनुभवको बारेमा कुरा गर्छ। परमेश्‍वरले प्रत्यक्ष रूपमै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, जबकि मानिसले उसले अनुभव गरेको सत्यतासम्‍बन्धी अनुभवलाई मात्रै व्यक्त गर्न सक्छ। परमेश्‍वरको कामका कुनै पनि नियमहरू छैनन् र यो समय वा भौगोलिक सीमाहरूमा सीमित छैन। उहाँ जे हुनुहुन्छ सो उहाँले कुनै पनि समय, कुनै पनि स्थानमा व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले आफ्‍नो इच्‍छाअनुसार काम गर्नुहुन्छ। मानिसको कामका अवस्था र प्रसंग हुन्छन्; तीविना उसले काम गर्न सक्दैन र परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान वा सत्यतासम्‍बन्धी आफ्नो अनुभवलाई व्यक्त गर्न सक्दैन। कुनै कुरा परमेश्‍वरको आफ्‍नै काम हो कि मानिसको काम हो भनेर बताउनको लागि, तैँले ती दुईबीचको भिन्‍नतालाई तुलना मात्रै गर्नुपर्छ। यदि परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कुनै काम छैन र मानिसले गरेको काम मात्रै छ भने, तैँले मानिसका शिक्षणहरू अरू कुनै पनि व्यक्तिको क्षमताभन्दा उच्‍च, धेरै परको रहेछ भनी स्पष्ट रूपमै जान्‍नेछस्; तिनीहरूको बोल्‍ने शैली, काम-कुराहरू सम्‍हाल्‍नेसम्‍बन्धी तिनीहरूका सिद्धान्तहरू, र तिनीहरूको अनुभवी र स्थिर किसिमको काम गर्ने शैली अरूको पहुँचभन्दा बाहिर हुन्छन्। तिमीहरूले असल क्षमता र उत्कृष्ट ज्ञान भएका यी मानिसहरूलाई सराहना गर्छौ, तर तैँले परमेश्‍वरको काम र वचनहरूबाट उहाँको मानवता कति उच्‍च छ भन्‍ने कुरा देख्‍न सक्दैनस्। बरु, उहाँ साधारण हुनुहुन्छ, र, काम गर्दा, उहाँ सामान्य र वास्तविक हुनुहुन्छ तैपनि मरणशीलहरूले नाप्‍न नसक्‍ने हुनुहुन्छ, जसले मानिसहरूलाई उहाँप्रति एक प्रकारको श्रद्धाभावको अनुभूति गराउँछ। शायद आफ्‍नो कामप्रतिको व्यक्तिको अनुभव निश्‍चित रूपमा उच्च हुनसक्छ, वा उसको कल्‍पना र तर्क निश्‍चित रूपमा उच्च हुनसक्छ, र उसको मानवता निश्‍चित रूपमा असल हुनसक्छ; त्यस्ता गुणहरूले मानिसहरूको सराहना मात्रै प्राप्त गर्न सक्छ, तर तिनीहरूमा विस्मय र डर जागृत गर्न सक्दैन। जसले राम्ररी काम गर्न सक्छन्, जोसँग निश्‍चित रूपमा गहन अनुभव छ, र जसले सत्यताको अभ्यास गर्न सक्छन् तिनीहरूलाई मानिसहरूले सराहना गर्छन्, तर त्यस्ता मानिसहरूले कहिल्यै पनि विस्मय जागृत गर्न सक्दैनन्, सराहना र ईर्ष्या मात्रै जागृत गर्न सक्छन्। तर परमेश्‍वरको कार्यलाई अनुभव गरेका मानिसहरूले परमेश्‍वरलाई सराहना गर्दैनन्; बरु, तिनीहरूले ठान्छन् कि उहाँको काम मानव पहुँचभन्दा बाहिर छ र मानिसको लागि बुझ्‍न नसकिने छ, अर्थात् यो ताजा अनि आश्चर्यको छ। जब मानिसहरूले परमेश्‍वरको कामलाई अनुभव गर्छन्, तब उहाँसम्‍बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्‍न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्‍ने हुन्छ, र तिनीहरूले अचेत रूपमा उहाँलाई आदर गर्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका इच्‍छाहरूलाई सन्तुष्ट तुल्याउन सकौं भन्‍ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्‍न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्‍पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्‌ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्‍वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्‍वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको विस्मय र प्रेम हो; तिनीहरूले परमेश्‍वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्‍ने काम गर्नुहुन्छ र मानिसले भन्‍न नसक्‍ने कुराहरू भन्नुहुन्छ। परमेश्‍वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्‍वरको प्रेमलाई बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो डर वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्‍वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्‍न सक्दैनन्; उहाँलाई साँचो रूपमा आदर गर्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरूअनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्‍ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो श्रद्धा र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँप्रति साँचो श्रद्धाको अनुभूति गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूले आफ्‍नो हृदयमा उहाँलाई आदर गर्छन्। परमेश्‍वरको आदर गरिनुपर्छ र उहाँको आज्ञा पालना गरिनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र श्रद्धा र आज्ञापालनको योग्य परमेश्‍वर मात्रै हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

अघिल्लो: ८. परमेश्‍वरको कामलाई जान्‍ने सम्बन्धी वचनहरू

अर्को: १०. परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्य वास्तविकतामा कसरी प्रवेश गर्ने सम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्