के तँ जीवित भएको व्यक्ति होस्?

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले ‍जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न नसके पनि, अनि कुनै पनि रहस्यहरू बोल्न नसके पनि, तँ मानवको प्रतिरूपमा बाँचिरहेको र त्यसलाई प्रकट गरिरहेको हुनेछस्। परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो तर त्यसपछि मानिसलाई शैतानले भ्रष्ट बनायो, यसरी भ्रष्ट बनायो कि मानिसहरू “मृत मानवहरू” बने। तसर्थ तँ बदलिसकेपछि अब फेरि यी “मृत मानवहरू” जस्तो रहनेछैनस्। मानिसहरूका आत्मालाई जलाउने र पुनर्जन्म लिने तुल्याउने परमेश्‍वरका वचनहरू नै हुन् र जब मानिसहरूका आत्माको पुनर्जन्म हुन्छ तब तिनीहरू जीवित भएका हुनेछन्। जब म “मृतक मानवहरू” को बारेमा कुरा गर्छु, मैले आत्मा नभएका लासहरूको बारेमा, जसका आत्माहरू तिनीहरूभित्र मरिसकेका हुन्छन् त्यस्ता मानिसहरूका बारेमा कुरा गरिरहेको हुन्छ। जब मानिसहरूका आत्मामा जीवनको झिल्का बल्छ, तब मानिसहरू जीवित हुन्छन्। पहिले कुरा गरिएका सन्तहरूले ती मानिसहरूलाई जनाउँछ जो जीवित भएका छन्, ती व्यक्तिहरू जो शैतानको प्रभावमा थिए तर तिनीहरूले शैतानलाई पराजित गरे। चीनका चुनिएका मानिसहरूले रातो अजिङ्गरको क्रूर र अमानवीय सतावट र छल सहेका छन् जसले तिनीहरूलाई मानसिक रूपमा तहसनहस पारी छाडेको छ अनि जिउनको लागि साहसशून्य तुल्याइदिएको छ। यसरी तिनीहरूका आत्माको जागरण तिनीहरूका सारसँगै सुरु हुनुपर्छ: अलिअलि गरेर, तिनीहरूका सारमा, तिनीहरूका आत्मालाई जागृत गरिनैपर्छ। जब एक दिन तिनीहरू जीवित हुन्छन् तब कुनै पनि अवरोधहरू हुनेछैनन् र सबै जना निर्बाध रूपमा अघि बढ्नेछन्। हाल यो कुरा अप्राप्य छ। धेरैजसो मानिसहरू यस्तो तरिकाले जिउँछन् कि त्यसले धेरै प्राणघातक धारहरू निम्त्याउँछ; तिनीहरू मृत्युको प्रभामण्डलमा बेरिएका हुन्छन् र तिनीहरूका अभाव अनेक हुन्छन्। केही मानिसहरूका शब्दहरूले मृत्यु बोक्छन्, तिनीहरूका कार्यहरूले मृत्यु बोक्छन्, अनि तिनीहरूले तिनीहरू जिउने तरिकामा ल्याउने हरेक कुरामा मृत्यु रहेको हुन्छ। यदि आज मानिसहरूले सार्वजनिक रूपमा परमेश्‍वरको साक्षी दिने हो भने, तिनीहरू यस कार्यमा असफल हुनेछन् किनभने तिनीहरू अझै पनि पूर्ण रूपमा जीवित हुनु बाँकी हुन्छ र तिमीहरूका बीचमा अत्यन्तै धेरै मृत मानवहरू छन्। आज, केही मानिसहरूले किन परमेश्‍वरले अन्यजातिहरूका बीचमा उहाँको काम शीघ्र रूपमा गर्न किन केही चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्न भनेर सोध्छन्। मृतकहरूले परमेश्‍वरको साक्षी दिन सक्दैनन्; यो त जीवित व्यक्तिहरूले मात्र गर्न सक्ने कुरा हो, तर पनि आजका धेरैजसो मानिसहरू “मृत मानवहरू” हुन्; अत्यन्तै धेरै व्यक्तिहरू मृत्युको कात्रोमुनि, शैतानको प्रभावमा बाँच्छन् र विजय प्राप्त गर्न सक्दैनन्। यस्तो भएको हुँदा, कसरी तिनीहरूले परमेश्‍वरको साक्षी दिन सक्छन्? कसरी तिनीहरूले सुसमाचार फैलाउन सक्छन्?

अँध्यारोको प्रभावमा जिउने व्यक्तिहरू ती व्यक्तिहरू हुन जो मृत्युको बीचमा जिउँछन्, र जसलाई शैतानद्वारा काबूमा राखिएको हुन्छ। परमेश्‍वरद्वारा मुक्त नगरिएमा र परमेश्‍वरद्वारा न्याय नगरिएमा र सजाय नदिइएका मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यी “मृतक मानवहरू” परमेश्‍वरको साक्षी बन्न सक्दैनन्, न त तिनीहरूलाई परमेश्‍वरले प्रयोग नै गर्न सक्नुहुन्छ, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्‍वरले जीवितहरूको साक्षी चाहनुहुन्छ, मृतहरूको होइन, र उहाँले जीवितहरूले उहाँको काम गरून् भन्नुहुन्छ, मृतकहरूले होइन। “मृत व्यक्तिहरू” ती व्यक्तिहरू हुन् जसले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो आत्मामा चेतनाशून्य छन् र परमेश्‍वरको वचनहरू बुझ्दैनन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो सत्यताको अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारीता छैन, र तिनीहरू ती व्यक्तिहरू हुन् जो शैतानको अधिकार क्षेत्र अन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। मृत व्यक्तिहरूले सत्यताको विरोधमा उभिएर, परमेश्‍वरको विरुद्ध विद्रोह गरेर अनि तुच्छ, घृणायोग्य, दुष्ट, पाशविक, छली तथा धोखेबाज बनेर आफूलाई प्रकट गर्छन्। त्यस्ता व्यक्तिहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे तापनि तिनीहरू परमेश्‍वरको वचनहरू अनुरूप जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि तिनीहरू केवल हिँड्ने र सास फेर्ने लासहरू हुन्। मृत व्यक्तिहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, पूर्ण रूपमा उहाँको आज्ञापालन गर्ने कुरा त परै जाओस्। तिनीहरूले उहाँ विरुद्ध छल गर्न, उहाँको निन्दा गर्न, उहाँलाई धोखा दिन मात्रै सक्छन्, र तिनीहरूले आफू जिउने तरिका मार्फत जे ल्याउँछन् ती सबैले शैतानको प्रकृति प्रकट गर्छन्। यदि मानिसहरूले जीवित प्राणीहरू बन्न र परमेश्‍वरको साक्षी बन्न अनि परमेश्‍वरद्वारा स्वीकृत हुन चाहन्छन् भने तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ; तिनीहरू खुशीसाथ उहाँको न्याय र सजायको अधीनमा रहनुपर्छ र परमेश्‍वरको काटछाँट र उहाँको निराकरणलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र परमेश्‍वरले अनिवार्य गर्नुभएको सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरको हृदय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्। मौलिक रूपमा परमेश्‍वरद्वारा सृजित मानिस जीवित थियो तर शैतानको भ्रष्टताको कारण मानिस मृत्युको बीचमा अनि शैतानको प्रभावमा रहेर जिउँछ, र त्यसैले यसप्रकार मानिसहरू आत्माविहीन मृतक बनेका छन्, तिनीहरू परमेश्‍वरको विरोध गर्ने शत्रुहरू बनेका छन्, तिनीहरू शैतानका औजारहरू बनेका छन् अनि तिनीहरू शैतानका बन्दीहरू बनेका छन्। परमेश्‍वरद्वारा सृजित सबै जीवित मानिसहरू मृत मानिसहरू बनेका छन् र त्यसरी परमेश्‍वरले उहाँको साक्षी गुमाउनुभएको छ र उहाँले उहाँद्वारा सृजित अनि उहाँको सास भएको एकमात्र वस्तु मानवजातिलाई गुमाउनुभएको छ। यदि परमेश्‍वरले उहाँको साक्षी फिर्ता लिनु परेमा र उहाँको आफ्नै हातद्वारा सृजित भएका तर शैतानद्वारा बन्दी बनाइएका व्यक्तिहरूलाई फिर्ता लिनु परेमा, उहाँले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ ताकि तिनीहरू जीवित प्राणीहरू बनून् र उहाँले तिनीहरूलाई फिर्ता लिनैपर्छ ताकि तिनीहरू उहाँको ज्योतिमा बाँच्न सकून्। मृतकहरू ती हुन् जोसँग आत्मा हुँदैन, ती व्यक्तिहरू जो अत्याधिक रूपमा चेतनाशून्य छन् र जसले परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सबैभन्दा बढी परमेश्‍वरलाई नचिन्‍ने व्यक्तिहरू हुन्। यी मानिसहरूमा परमेश्‍वरको आज्ञापालन गर्ने रत्तीभर मनसाय हुँदैन; तिनीहरूले केवल उहाँको विरुद्ध विद्रोह गर्छन् र उहाँको विरोध गर्छन् अनि उनीहरूमा रत्तीभर पनि बफादारीता हुँदैन। जीवित व्यक्तिहरू ती व्यक्तिहरू हुन् जसका आत्माले पुनर्जन्म पाएका छन्, जसले परमेश्‍वरको आज्ञापालन गर्न जान्दछन् र जो परमेश्‍वरप्रति बफादार छन्। तिनीहरू सत्यता र साक्षी युक्त हुन्छन् र ती व्यक्तिहरू मात्र परमेश्‍वरको लागि उहाँको घरमा प्यारा हुन्छन्। परमेश्‍वरले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो जीवित हुन सक्छन्, जसले परमेश्‍वरको मुक्ति देख्न सक्छन्, जो परमेश्‍वरप्रति बफादार हुन सक्छन् र जो परमेश्‍वरको खोजी गर्न इच्छुक छन्। उहाँले ती व्यक्तिहरूलाई बचाउनुहुन्छ जो परमेश्‍वरको देहधारण अनि उहाँ देखा पर्नुभएको घटनामा विश्‍वास गर्छन्। केही मानिसहरू जीवित हुन सक्छन् र केही मानिसहरू सक्दैनन्; यो कुरा तिनीहरूको प्रकृति बचाउन सकिन्छ कि सकिँदैन भन्ने कुरामा भर पर्छ। धेरै मानिसहरूले परमेश्‍वरका धेरै वचनहरू सुनेका हुन्छन् तैपनि तिनीहरूले परमेश्‍वरको इच्छा बुझ्न सक्दैनन् र अझै पनि तिनीहरूले तिनलाई अभ्यास गर्न सक्दैनन्। यस्ता व्यक्तिहरू सत्यतामा जिउन सक्षम हुँदैनन् र जानाजान तिनीहरूले परमेश्‍वरको काममा हस्तक्षेप गर्छन्। तिनीहरू परमेश्‍वरको लागि कुनै काम गर्न पनि सक्षम हुँदैनन्, तिनीहरूले उहाँप्रति कुनै कुरा पनि समर्पित गर्न सक्दैनन्, र तिनीहरूले गोप्य रूपमा मण्डलीको पैसा खर्च गर्छन् र परमेश्‍वरको घरमा सित्तैँमा खाना खान्छन्। यी व्यक्तिहरू मृत व्यक्तिहरू हुन् र यिनीहरूलाई बचाउन सकिँदैन। परमेश्‍वरले ती सबैलाई मुक्ति दिनुहुन्छ जो उहाँको कामको बीचमा छन्, तर त्यहाँ एक भाग मानिसहरू छन् जसले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्; थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँको मुक्ति प्राप्त गर्न सक्छन्। यो किन हुन्छ भने धेरैजसो मानिसहरू अति गहन रूपमा भ्रष्ट भइसकेका अनि मृत बनिसकेका छन्, र तिनीहरू मुक्तिभन्दा पर पुगिसकेका छन्; तिनीहरू पूर्ण रूपमा शैतानद्वारा शोषित भइसकेका छन्, र तिनीहरू तिनीहरूको प्रकृतिमा अति नै दुष्ट छन्। त्यस अल्पसंख्यक मानिसहरू पनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न असक्षम छन्। तिनीहरू ती व्यक्तिहरू होइनन् जो सुरुदेखि नै परमेश्‍वरप्रति बफादार थिए वा जोसँग सुरुदेखि नै परमेश्‍वरप्रति अत्याधिक प्रेम थियो; बरु तिनीहरू उहाँको विजयको कामको कारण परमेश्‍वरप्रति बफादार बनेका छन्, उहाँको सर्वोच्च प्रेमको कारण तिनीहरूले परमेश्‍वरलाई देख्छन्, परमेश्‍वरको धर्मी स्वभावको कारण तिनीहरूको स्वभावमा परिवर्तनहरू आएका छन्, र उहाँको त्यो काम जुन वास्तविक र सामान्य दुवै हो, त्यसको कारण तिनीहरूले परमेश्‍वरलाई चिन्छन्। परमेश्‍वरको यो कामविना यी मानिसहरू जति नै असल भए पनि, तिनीहरू अझै पनि शैतानकै हुन्छन्, तिनीहरू अझै पनि मृत्युकै हुन्छन्, अनि तिनीहरू अझै पनि मृत नै हुन्छन्। तिनीहरूले आज परमेश्‍वरको छुटकारा प्राप्त गर्न सक्छन् भन्ने तथ्य विशुद्ध रूपमा तिनीहरू परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक भएको कारणले गर्दा मात्र हो।

परमेश्‍वरप्रति तिनीहरूको वफादारीताको कारण, जीवितहरूलाई परमेश्‍वरद्वारा प्राप्त गरिनेछ र तिनीहरू उहाँका प्रतिज्ञाहरूका बीचमा जिउनेछन्, र तिनीहरूले परमेश्‍वरको विरोध गरेको कारण, मृतक व्यक्तिहरूलाई परमेश्‍वरले घृणा र तिरस्कार गर्नुहुनेछ र तिनीहरू उहाँको दण्ड र श्रापहरूका बीचमा जिउनेछन्। यही नै परमेश्‍वरको धर्मी स्वभाव हो जसलाई कुनै पनि मानिसद्वारा परिवर्तन गर्न सकिँदैन। मानिसहरूले तिनीहरूको आफ्नै खोजीको कारण परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन् र तिनीहरू ज्योतिमा जिउँछन्; मानिसहरूले तिनीहरूकै धूर्त षडयन्त्रहरूको कारण परमेश्‍वरको श्राप पाउँछन् र दण्डमा धकेलिन्छन्; मानिसहरूले तिनीहरूको दुष्कर्मको कारण परमेश्‍वरबाट दण्ड पाउँछन्, र मानिसहरूले तिनीहरूको उत्कण्ठा र वफादारीताको कारण परमेश्‍वरबाट आशीर्वादहरू प्राप्त गर्छन्। परमेश्‍वर धर्मी हुनुहुन्छ: उहाँले जीवितहरूलाई आशीर्वाद दिनुहुन्छ र मृतकहरूलाई श्राप दिनुहुन्छ ताकि तिनीहरू सधैँ मृत्युको बीचमा जिऊन् र कहिल्यै पनि परमेश्‍वरको ज्योतिमा नजिऊन्। परमेश्‍वरले जीवितहरूलाई सँधै उहाँसँगै हुनको लागि उहाँको राज्यमा र उहाँको आशीर्वादहरूमा लैजानुहुन्छ। तर मृतहरूको हकमा भने, उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ र अनन्त मृत्युको हात लगाइदिनुहुन्छ; तिनीहरू उहाँको विनाशको पात्र हुन् र तिनीहरू सधैँ शैतानकै हुनेछन्। परमेश्‍वरले कसैलाई पनि अन्याय पूर्वक व्यवहार गर्नुहुन्न। परमेश्‍वरको खोजी गर्ने सबै जना अवश्य पनि परमेश्‍वरको घरमा रहनेछन्, र परमेश्‍वरको अवज्ञा गर्ने र उहाँसँग मेल नखानेहरू सबै जना अवश्य पनि उहाँको दण्डमा जिउनेछन्। शायद तैँले परमेश्‍वरले देहमा गर्नुभएको कार्यको बारेमा निश्चित रूपमा थाहा पाएको छैनस् होला—तर एक दिन परमेश्‍वरको देहले सोझै मानिसको अन्त्यको व्यवस्था गर्नेछैन; बरु, उहाँको आत्माले मानिसको गन्तव्यको व्यवस्था गर्नेछ, र सोही समयमा मानिसहरूले परमेश्‍वरको देह र उहाँको आत्मा एउटै हो रहेछ भनेर थाहा पाउनेछन् अनि उहाँको देहले गल्ती गर्न सक्दैन र उहाँको आत्माले त झन् गल्ती गर्ने कुरै भएन भन्ने कुरा थाहा पाउनेछन्। अन्त्यमा, उहाँले जीवित भएकाहरूलाई निश्चित रूपमा उहाँको राज्यमा लैजानुहुनेछ; न त एक जना बढी न त एक जना कम। जीवित नभएका मृतकहरूको हकमा भने, तिनीहरूलाई शैतानको कालकोठरीमा हुत्याइफालिनेछ।

अघिल्लो: परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

अर्को: सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...

स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस...

सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्