परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

मानवजातिका सदस्यहरू र निष्ठावान इसाईहरूका रूपमा, परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति हाम्रो मन र शरीर चढाउनु हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताकै कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आज्ञा र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आज्ञाका निम्ति शहीद भएकाहरूसामु हाम्रो आत्मा लज्जित हुनेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लज्जित हुनेछ।

परमेश्‍वरले यो संसार सृष्टि गर्नुभयो, उहाँले यो मानवजाति सृष्टि गर्नुभयो र त्यसबाहेक, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताको निर्माता हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ र परमेश्‍वर मात्र यस मानवजातिलाई दिनरात निगरानी गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अलग हुन सक्दैनन् अनि मानवजातिको इतिहास र भविष्य परमेश्‍वरको हातले गरेका प्रबन्धहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, तैँले कुनै पनि देश वा राष्ट्रको उत्थान र पतन परमेश्‍वरका प्रबन्धहरूअन्तर्गत पर्छ भनी निश्चय नै विश्‍वास गर्नेछस्। परमेश्‍वरलाई मात्र कुनै देश वा राष्ट्रको भवितव्य थाहा छ र परमेश्‍वरले मात्र यस मानवजातिको मार्गलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजाति राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, यदि कुनै देशले राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, सबै मानवजातिले परमेश्‍वरसामु शिर निहुराउनैपर्छ र उहाँको आराधना गर्नैपर्छ अनि परमेश्‍वरकहाँ पश्‍चात्ताप गर्न र पाप स्वीकार गर्न उहाँसामु आउनैपर्छ, नत्र मानवजातिको भवितव्य र गन्तव्य टार्न नसकिने विपत्ति हुनेछ।

नोआले जहाज बनाएको समयलाई फर्केर हेर: मानवजाति गहन रूपमा भ्रष्‍ट थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। त्यसपछि तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घिनलाग्दो पतिततामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले त्यस उप्रान्त परमेश्‍वरको प्रतिज्ञा पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य भए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोक पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरू यति पतित भए कि तिनीहरूमा अलिकति पनि समझ र मानवता रहेन र तिनीहरू झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युतर्फ झनै नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टताबाट अलग बसे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टताबाट अलग बसे।

अब वर्तमान युगलाई हेर: परमेश्‍वरलाई आराधना गर्न र दुष्‍टता त्याग्न सक्ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा रहन छोडेका छन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै अनुग्रहशील हुनुहुन्छ र यस अन्तिम युगको मानवजातिप्रति अझै पनि उदारता देखाउनुहुन्छ। परमेश्‍वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्‍च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्नो क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल व्यक्ति हुनेछस् र परमेश्‍वरका आशिष्‌हरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि परमेश्‍वर तैँले गर्ने कुनै पनि कुरा स्वीकार गर्नुहुन्‍न, र तेरो काम न्यायवान् छ भनेर उहाँ मान्नुहुन्न, वा तँ मानवजातिको फाइदाका लागि काम गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। उहाँ तैँले गर्ने सबै काम परमेश्‍वरले मानिसलाई दिने सुरक्षालाई टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्‍वरका आशिष्‌हरू इन्कार गर्नु हो भनेर भन्‍नुहुनेछ। उहाँ तैँले मानवजातिलाई अन्धकारतिर, मृत्युतिर र मानिस परमेश्‍वरविहीन भएको र उहाँका आशिष्‌हरू गुमाएको असीमित अस्तित्वको सुरुवाततिर डोर्‍याइरहेको छस् भनेर भन्‍नुहुनेछ।

सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको हृदय विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्‍वरलाई आराधना गर्नका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्‍वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्‍चात् मानवजातिको हृदय र मन भर्न परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो भन्‍ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्‍वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्‍वरको गरिमा र महान्‌ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्‍वरको अस्तित्व र यावत् थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी, वा उहाँ कसरी मानिसको गन्तव्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोज्न केही मानिस मात्र अग्रसर हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शनविना, शासक र समाजशास्‍त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानवहरूको हृदयमा भएको रित्तोपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानवजातिले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानवजातिको अन्वेषण गर्ने तृष्णा र चाहना रोक्‍न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो र मानवजातिका निरर्थक बलिदान र अन्वेषणहरूले मानिसमाथि झन्झन् सन्ताप ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार भयको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि मानवजाति विज्ञानसँग डराउँछ, ज्ञानसँग डराउँछ, र रित्तोपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्‍वरको हैसियत र जीवनलाई कसैले पनि प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र उनीहरूका लागि उहाँको जीवनको आपूर्ति हो। मानवजातिले परमेश्‍वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उनीहरूकाका आवश्यकताहरू, उनीहरूको अन्वेषण गर्ने चाहना, र उनीहरूको हृदयको रित्तोपन समाधान हुन सक्छ। यदि कुनै देश वा जातिका मानवहरूले परमेश्‍वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्‍वरद्वारा नष्ट गरिनेछ।

सायद, तेरो देश अहिले समृद्ध भइरहेको होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जाने तुल्याउँछस् भने, तेरो देशले आफू परमेश्‍वरको आशिष्‌बाट बढ्दो रूपमा वञ्‍चित भएको पाउनेछ, त्यसको सभ्यता मानिसको पैतालाद्वारा झन्-झन् कुल्चिइनेछ, र छोटो समयभित्रै त्यहाँका मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। यसरी, अनजानमै देशको नियति बिग्रिनेछ। परमेश्‍वरद्वारा श्रापित ती देशहरूसँग सामना गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरू खडा गर्नुहुनेछ, र उहाँले तिनलाई पृथ्वीबाट नामेट पार्न समेत सक्नुहुनेछ। कुनै देश वा जातिको समृद्धि वा अन्त्यपछाडिको मुख्य कुरा त्यहाँका शासकहरूले परमेश्‍वरलाई आराधना गर्छन् कि गर्दैनन्, र आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गर्छन् कि गर्दैनन् भन्ने हो। तर यस अन्तिम युगमा परमेश्‍वरलाई इमानदारीपूर्वक खोज्ने र आराधना गर्नेहरूको झन्-झन् अभाव हुँदै गएको हुनाले, जुन देशहरूमा राज्यको धर्म इसाई छ ती देशहरूमाथि परमेश्‍वरले विशेष निगाह प्रदान गर्नुहुन्छ। उहाँले ती देशहरूलाई एकै ठाउँमा भेला गरेर तुलनात्मक रूपले धर्मी समूह बनाउनुहुन्छ, जबकि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्ने देशहरू धर्मी समूहका विरोधी बन्छन्। यसरी, मानवजातिका बीचमा परमेश्‍वरको स्थान भएको मात्र होइन, जहाँ उहाँले आफ्नो काम गर्न सक्नुहोस्, तर साथसाथै उहाँले धर्मी अख्तियार अभ्यास गर्ने देशहरू पनि प्राप्त गर्नुहुन्छ, र उहाँको प्रतिरोध गर्ने देशहरूमाथि निषेध गर्न र प्रतिबन्ध लगाउन अनुमति दिनुहुन्छ। यसको बाबजुद, परमेश्‍वरले उहाँको आराधना गर्न अझै मानिसहरू प्राप्त गर्न सक्नुहुन्न, किनकि मानिस उहाँबाट तर्केर अति नै टाढा भइसकेको छ, र उसले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ, साथै यस पृथ्वीमा इन्साफ अभ्यास गर्ने र अन्यायको प्रतिरोध गर्ने देशहरू मात्र छन्। तर यो परमेश्‍वरको चाहनासम्म पुग्नुभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले परमेश्‍वरलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्न दिँदैनन्, अनि कुनै पनि देशका राजनीतिक दलले परमेश्‍वरलाई श्रद्धा गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ भेला गर्दैन; परमेश्‍वरले हरेक देश, राज्य, सत्तारूढ दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि आफ्नो आधिकारिक स्थान गुमाउनुभएको छ। केही न्यायवान् शक्तिहरू यस संसारमा रहे तापनि, मानवको हृदयमा परमेश्‍वरका लागि स्थान नहुने कुनै पनि शासन निकै नाजुक हुन्छ, र परमेश्‍वरको आशिष्‌बिनाको राजनीतिक परिदृश्य अस्तव्यस्त हुन्छ र त्यसले एउटा प्रहारसमेत थेग्न सक्दैन। मानवजातिका निम्ति, परमेश्‍वरको आशिष् नहुनु भनेको घाम नहुनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले चाहे जति नै लगनशीलताका साथ योगदान गरे पनि, मानवजातिले चाहे जति नै धेरै न्यायसङ्गत सम्मेलनहरू गरे पनि, यीमध्ये कुनै पनि कुराले घटनाको प्रवाहलाई उल्ट्याउनेछैन र मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसले जुन देशमा मानवहरूले खान र लाउन पाउँछन्, जहाँ तिनीहरू एकसाथ शान्तिपूर्वक बस्न पाउँछन्, त्यो देशचाहिँ असल देश हो, असल नेतृत्व भएको देश हो भनेर मान्छेले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो सोच्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई नै उहाँले विनाश गर्नुहुनेछ भनी उहाँ सोच्नुहुन्छ। मानिसका विचारहरू सधैँ नै परमेश्‍वरका विचारहरूभन्दा ज्यादै फरक हुन्छन्। त्यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, त्यस देशको नियति अत्यन्तै दुःखद हुनेछ, अनि यो देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवजातिको राजनीतिमा सहभागी हुनुहुन्‍न, तैपनि उहाँ हरेक देश र जातिको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, यो संसार र सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ। मानवजातिको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, र कुनै पनि व्यक्ति, देश वा जाति परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्दैन। यदि मानवजातिको नियति जान्‍नका लागि, व्यक्ति परमेश्‍वरसामु आउनैपर्छ। मानवजातिमध्येका परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई परमेश्वरले समृद्ध पार्नुहुनेछ र उहाँलाई प्रतिरोध र इन्कार गर्नेहरूलाई पतन र विलुप्त हुने तुल्याउनुहुनेछ।

परमेश्‍वरले सदोममाथि विनाश ल्याउनुहुँदाको बाइबलको दृश्य स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् भन्ने कुरा पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरू पश्चात्ताप र स्वीकार गरे भनेर सम्झ। २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा टाँगे पश्चात् तिनीहरूले कस्तो परिणाम भोगे भनी स्मरण गर—तिनीहरूलाई इस्राएलबाट निष्कासित गरियो र तिनीहरू संसारभरिका देशहरूमा भागे, धेरै जना मारिए, र पूरै यहूदी जाति त्यसको देशको विनाशको अभूतपूर्व पीडामा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँगेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई उक्साए। तिनीहरूले आफ्नो कार्यका लागि मूल्य चुकाउनैपऱ्यो र आफ्ना कार्यहरूका सबै परिणाम भोग्नैपऱ्यो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र नियति थियो: परमेश्‍वरद्वारा दण्डित हुनु। यो तिनीहरूका देश र जातिमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि मानिसमाझ फर्कनुभएको छ, र आफ्नो काममा उहाँको पहिलो गन्तव्य अधिनायकवादको प्रतीक: चीन हो, जुन नास्तिकवादको कट्टर गढ हो। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा एक समूह मानिसहरू प्राप्त गर्नुभएको छ। यस दौरान, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर हरप्रकारको कष्‍ट दिएको छ, त्यसैले उहाँसँग आफ्नो टाउको ढल्काउने कुनै ठाउँ छैन र आश्रय पाउने कुनै स्थान छैन। यसको बाबजुद, परमेश्‍वरले गर्ने अभिप्राय राख्‍नुभएको कामलाई उहाँले गर्न जारी राख्नुहुन्छ: बोल्ने, वाचन गर्ने, र सुसमाचार फैलाउने। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कुनै पनि व्यक्तिले बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। बरु, अझ धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। हामी सबैले विश्वास गर्छौँ कि परमेश्‍वरले हासिल गर्ने अभिप्राय राख्नुभएकोभएको कुरालाई कुनै देश वा शक्तिले रोक्‍न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्‍वरद्वारा दण्डित हुनेछन्। यदि कुनै व्यक्तिले परमेश्‍वरको कामको प्रतिरोध गर्छ भने, परमेश्वरले उसलाई नरकमा फालिदिनुहुनेछ; यदि कुनै देशले परमेश्‍वरको कामको प्रतिरोध गर्छ भने, परमेश्‍वरले त्यसलाई नष्ट गर्नुहुनेछ; यदि कुनै राष्ट्र परमेश्‍वरको कामको विरोधमा उठ्छ भने, परमेश्वरले त्यसलाई यस पृथ्वीबाट मेटाउनुहुनेछ, र त्यसको अस्तित्वलाई समाप्त गरिदिनुहुनेछ। म सबै जातिका र सबै देशका, र सबै पेशासमेतका मानिसहरूलाई परमेश्‍वरको आवाज सुन्न, परमेश्‍वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्‍वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्‍च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्‍वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु।

परमेश्‍वरको काम शक्तिशाली छालजस्तै अघि बढ्छ। कसैले पनि उहाँलाई रोक्न सक्दैन, र उहाँको अघि बढाइलाई कसैले पनि थाम्न सक्दैन। उहाँका वचनहरूलाई ध्यान दिएर सुन्‍नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पदचापहरू पछ्याउन र उहाँको प्रतिज्ञा प्राप्‍त गर्न सक्छन्। जसले गर्दैनन् तिनीहरूले विनाशकारी प्रकोप भोग्‍नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्।

अघिल्लो: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

अर्को: परमेश्‍वरलाई चिन्‍नु भनेको परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्ग हो

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्