तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

तिमीहरू सबै आफू जस्तै प्रकारका युवा पुस्ताहरूलाई प्रवचन गर्दै र तिनीहरूलाई आफूसँगै बसाउँदै सुशोभित आसनमा बस्छौ। तिमीहरूलाई अलिकति पनि थाहा छैन कि तिमीहरूका “वंशजहरू” धेरै अघि नै सास न बास भइसकेका छन् र मेरो कामलाई गुमाइसकेका छन्। मेरो प्रताप पूर्वदेखि पश्चिमसम्मको भूभागमा चम्कन्छ, तैपनि जब यो प्रताप पृथ्वीको अन्त्यसम्म फैलन्छ र फेरि झुल्कन थाल्छ र परसम्म चम्कन्छ, तब म मेरो प्रतापलाई पूर्वबाट लिएर पश्चिम ल्याउँछु ताकि मलाई पूर्वमा परित्याग गर्ने अध्याँरोवासी मानिसहरू तत्पश्चात् ज्योतिबाट बन्चित रहून्। जब त्यस्तो हुन्छ, तब तिमीहरू अन्धकारको घाटीमा बाँच्नेछौ। आजभोलीका मानिसहरू पहिलेका मानिसहरूभन्दा सयौं गुणा असल भए पनि तिनीहरूले मेरा मापदण्डहरू पुर्‍याउँदैनन्, र तिनीहरू अझै पनि मेरो प्रतापको साक्षी भएका छैनन्। तिमीहरू पहिलेभन्दा सयौं गुणा असल हुन सक्षम हुनु भनेको सम्पूर्ण रूपमा मेरो कामको परिणाम हो; यो पृथ्वीमा मैले गरेको कामको उपज हो। तथापि, म अझै पनि तिमीहरूका वचनहरू र कर्महरूका साथै तिमीहरूको चरित्रलाई घृणा गर्छु र म तिमीहरूले मेरो सामु जसरी कार्य गर्छौ त्यसप्रति अविश्‍वसनीय रूपले द्वेष महसुस गर्छु किनभने तिमीहरूमा मप्रतिको बुझाइ नै छैन। अनि, कसरी तिमीहरूले मेरो प्रतापमा जिउन सक्छौ र कसरी तिमीहरू मेरो भावी कामप्रति पूर्ण बफादार बन्न सक्छौ? तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको लागि आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभाव चाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ, जबकी तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरू चाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका शब्द र कर्महरू अनि तिनीहरूको मान-मर्यादा अझै पनि कबाफ र बरबादीमै छन्। तिमीहरूको मान-मर्यादा नाश भएको छ, तिमीहरूको तौरतरिका भ्रष्ट बनेको छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ, र तिमीहरूका जीवनहरू घृणास्पद छन्; तिमीहरूको सम्पूर्ण मानवता समेत तुच्छ दीनतामा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति संकीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मान-मर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। मैले तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि तिमीहरूको वर्तमान शब्द र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्नको लागि तिमीहरूको प्रकटीकरण अनि तिमीहरूले देखाउने कुराहरू मेरो लागि नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तिमीहरूले आफ्ना भावनाहरू प्रटक गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट जानको लागि अहिले तिमीहरू जस्ता छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका आफ्नै शब्द र कर्महरूलाई पहिले जाँच नगरिकनै मेरो काम र वचनहरूको पवित्र स्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथिएँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र अधर्मीहरूको रगत पिउने छलीहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्र स्थलमा सबै मानिसहरूलाई राख्न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरै अघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरै अघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको हुँदैन र?

तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदय चाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय चाहिँ तिनीहरूको हृदयभन्दा दयालु छैन, र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना गर्नै सकिँदैन। तेरो हृदय अत्यन्तै जाली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्च छैनन्; यति मात्र हो कि, म अधर्मीहरूको दुष्कर्महरूप्रति घृणा महसुस गर्छु, र म तिनीहरू आफ्नो फोहोरीपन फाल्न सक्षम हुन सकून् र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् भन्ने आशा गर्दछु ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपत भएका छौं; सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल प्रतिरूप तिमीहरूमा अलिकति पनि छैन। अझ भन्ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको प्रतिरूपको नक्कल गर्दै तिनीहरूले जे गर्छन् त्यही गर्ने र तिनीहरूले जे भन्छन् त्यही भन्ने भएकोले, तिमीहरूका सबै अङ्गहरू—तिमीहरूका जिब्राहरू र ओठहरू समेत—गन्हाउने पानीमा यति हदसम्म भिजेका छन् कि तिमीहरूलाई सम्पूर्ण रूपमा दाग र धब्बाले ढाकेको छ, र तिमीहरूको एउटा अङ्ग पनि मेरो कार्यको लागि प्रयोग गर्न सकिँदैन। यो एकदमै हृदय विदारक छ! तिमीहरू घोडाहरू र चौपायाहरूको यस्तो संसारमा जिउँछौं, तैपनि तिमीहरूले वास्तवमै समस्यामा भएको महसुस गर्दैनौ; तिमीहरू खुशीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू गन्हाउने पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरूले आफूहरू यस्तो दुर्दशामा खसेका छौं भनी वास्तवमै महसुस गर्दैनौ। हरेक दिन तिमीहरू अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “आची” सँग खेल्छौ। तिमीहरूका जीवन निकै छाडा छन्, तैपनि तिमीहरूलाई मानव संसारमा आफूहरू बिलकुलै पनि अस्तित्वमा नभएको एवं तिमीहरू आफै आफ्नो काबूमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिइसकिएको छ वा तेरो चरित्र धेरै पहिले नै गन्हाउने पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तैँले आफूलाई सांसारिक स्वर्गमा बाँचिरहेको छु अनि खुसीयालीमाझ रमाइरहेको छु भन्ने ठान्छस्? के तँ अशुद्ध आत्माहरूको साथमा जीवन बाँचेको छस् र तिनीहरूले तेरो लागि तयार गरेका सबै कुराहरूसँग तँ सह-अस्तित्वमा छस् भन्ने तँलाई कुरा थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्छ र? कसरी तेरो जीवनको कुनै मूल्य हुन सक्छ र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बाबुआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अपवित्र आत्माका बुबाआमाहरू हुन जसले तँलाई जन्म दिए र हुर्काए। यसको साथै, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्ने कुरा तँलाई थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा भनेको तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, न त तिनीहरूले तेरो न्याय नै गर्छन्, अनि तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन् भन्‍ने हो। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छ र तँलाई बन्धनमा पार्छन्, ताकि तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जा र तिनीहरूलाई सेवा दिन इच्छुक बन्, अनि तिनीहरूको निकास र सेवक बन्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुरहरू, घोडाहरू झैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको छलमा पर्छस्। यस कारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया छैन। तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्क भाग्न चाहन्छस् भन्दा अचम्म लाग्दैन र मबाट धोका पूर्वक निगाह पाउनको लागि तैँले सधैँ मीठा-मीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो भन्ने बारेमा केही थाहा छैन; तँलाई कसरी मलाई ठग्ने भन्ने बारेमा मात्र थाहा छ—तैपनि म मानिसको कुनै पनि उल्लंघन सहन्न भन्ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ अनि म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखा अघिबाट तँ भागेको म सहन्न, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा अनि मेरा आँखै अघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुनसक्छ भन्ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्ने ठान्छस्? तैँले कसरी मेरो सिंहासन, म सर्वोच्चको मेरो आफ्नो सिंहासनको अगाडि शपथ लिन सक्छस्? के तँ तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्ने ठान्छस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मेरो सामना गर्न सक्छौ अनि तिमीहरूका हृदयले अशुद्ध आत्माहरू र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्ने तिमीहरू विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ अनि अशुद्ध आत्माहरूका हातहरूबाट मैले ती सबै ममाथि विश्‍वास गर्ने सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, अनि मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु अनि फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्ने कुनै पनि सृष्टिलाई म सहन्न। के तैँले मेरोअघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्ने सोचेको थिइस्? के तैँले तेरा शब्दहरू र कर्महरू मैले सुनेको वा देखेको थिइन भन्ने ठानेको थिइस्? कसरी तेरा शब्दहरू र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्थ्यो र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिन दिन्छु र?

म धेरै वसन्त र शरद ऋतुहरूमा तिमीहरूसँग सङ्गत गर्दै तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि जिएको छु, अनि म तिमीहरूसँगै जिएको छु। तिमीहरूका घिनलाग्दा व्यवहारहरूमध्ये कति चाहिँ मेरा आँखै अघिबाट फुत्किएर बचेका छन् र? तिमीहरूका ती हृदयस्पर्शी शब्दहरू निरन्तर मेरा कानहरूमा गुन्जिरहेका छन्; तिमीहरूका लाखौं-लाख आकांक्षाहरू मेरो वेदीमा चढाइएका छन्—अति धेरै छन् कि त्यसलाई गन्न पनि सकिँदैन। तथापि, जहाँसम्म तिमीहरूको समर्पणता अनि तिमीहरूले के अर्पण गर्न सक्छौ भन्ने सवाल छ, तिमीहरूले एक सुका पनि दिँदैनौ। तिमीहरूले मेरो वेदीमा एक थोपा इमानदारीता पनि चुहाउँदैनौ। मप्रतिको तिमीहरूको विश्‍वासका फलहरू कहाँ छन् त? तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति दिएका छौ? तिमीहरू मलाई कति दिन इच्छुक छौ? मैले तिमीहरूलाई दिएको खानेकुरा हातमा लिएर तिमीहरू मतिर फर्कन्छौ र मलाई त्यो खानेकुरा दिन्छौ, अनि तिमीहरू यो हदसम्म जान्छौ कि तिमीहरूले त्यो खानेकुरा आफ्नै कडा मेहनतको पसिनाको बदलामा पाएका हौं भनी भन्छौ र तिमीहरूले मलाई तिमीहरूसँग भएको सबै कुरा दिइरहेका छौ भनी भन्छौ। तैँले मलाई दिएका “दानहरू” सबै मेरै वेदीबाट चोरिएका कुराहरू हुन् भन्ने कुरा तँलाई कसरी थाहा हुन सक्दैन र? यसको साथै, अहिले तैँले ती कुराहरू मलाई उपहार दिँदैछस्, के तैँले मलाई ठगिरहेको छैनस् र? मैले आज जे कुरामा आनन्द लिन्छु त्यो सबै मेरो वेदीका भेटीहरू हुन्, र तैँले तेरो कडा मेहनतबाट प्राप्त गरेर मलाई उपहार दिएका कुराहरू होइनन् भन्ने कुरा तँलाई कसरी थाहा हुन सक्दैन र? तिमीहरूले वास्तवमा यसरी मलाई ठग्ने दुस्साहस गर्छौ, अनि तिमीहरूलाई कसरी मैले क्षमा दिन सक्छु र? मैले यो कुरालाई अझै सहिरहूँ भनेर तिमीहरूले कसरी अपेक्षा गर्न सक्छौ? मैले तिमीहरूलाई सब थोक दिएको छु। मैले तिमीहरूको लागि हरेक कुरा खुला गरेको छु, तिमीहरूको आवश्यकताहरूको लागि प्रबन्ध गरेको छु, र तिमीहरूको आँखा खोलेको छु, तैपनि तिमीहरूले आफ्ना विवेकलाई बेवास्ता गर्दै यस प्रकारले मलाई ठग्छौ। मैले निस्वार्थ रूपमा तिमीहरूलाई सब थोक अर्पेको छु, ता कि तिमीहरूले कष्ट भोगे पनि मैले स्वर्गबाट ल्याएका सब थोक तिमीहरूले प्राप्त गर। यति हुँदाहुँदै पनि तिमीहरूसँग कुनै समर्पणता छैन, अनि तिमीहरूले एकदमै थोरै योगदान दिएको भए तापनि तिमीहरूले पछि मसँग त्यसको “हिसाब किताब मिलाउन” खोज्छौ। के तेरो दान व्यर्थ हुनेछैन र? तैँले मलाई जे दिएको छस् त्यो केवल बालुवाको कण हो, तैपनि तैँले मबाट जे माग्छस् त्यो एक टन सुन हो। के तँ केवल अनुचित हुँदै छैनस् र? म तिमीहरूमाझ काम गर्छु। मलाई दश प्रतिशत दिनुपर्ने कुराको बिलकुलै कुनै नामनिसाना छैन, अतिरिक्त बलिदानहरूको त कुरै छोडौं। यसको साथै, जो भक्तिपूर्ण छन् तिनीहरूले दान दिएको दश प्रतिशत पनि दुष्टहरूले कब्जा गर्छन्। के तिमीहरू मबाट टाढा छरिएका छैनौ र? के तिमीहरू सबै मेरो विरोधी भएका छैनौ र? के तिमीहरू सबैले मेरो वेदी तहसनहस पारिरहेका छैनौ र? कसरी त्यस्ता मानिसहरूलाई मेरा नजरले सम्पत्तिको रूपमा हेर्न सक्छ र? के तिनीहरू मैले घृणा गर्ने सुँगुर र कुकुरहरू होइनन् र? कसरी मैले तिमीहरूका दुष्कर्महरूलाई सम्पत्तिको रूपमा उल्लेख गर्न सक्छु र? मेरो काम वास्तवमा कसको लागि गरिएको हो? के यसको उद्देश्य केवल मेरो अख्तियारी प्रकट गर्न तिमीहरू सबैलाई प्रहार गर्नको लागि हुन सक्छ? के तिमीहरूको जीवन मेरो एउटा शब्‍दमा नै अडिएको छैन र? किन होला मैले तिमीहरूलाई निर्देशन दिन वचनहरू मात्र प्रयोग गरिरहेको छु, र तिमीहरूलाई सकेसम्म चाँडो प्रहार गर्न वचनहरूलाई तथ्यमा परिणत गरेको छैन? के मेरा वचनहरू र कामको उद्देश्य मानवजातिलाई प्रहार गर्नु मात्र हो? के म त्यस्तो परमेश्‍वर हुँ जसले निर्दोषहरूलाई जथाभाबी मार्छ? अहिले, तिमीहरूमध्ये कति जना मानव जीवनको सही मार्ग खोजी गर्न आफ्नो सम्पूर्ण सारत्व लिएर मेरो सामु आइरहेका छौ? तिमीहरूको शरीर मात्र मेरो सामु छ; तिमीहरूको हृदय स्वतन्त्र घुमिरहेको छ, मदेखि धेरै, धेरै टाढा रहेको छ। तिमीहरूलाई मेरो काम वास्तवमा के हो भन्ने थाहा नभएकोले, तिमीहरूमध्ये धेरै जना, सजाय वा न्याय नभएको स्वर्गमा बाँच्ने आशा गर्दै, मलाई छाडी जान र आफूलाई मदेखि टाढा लैजान चाहन्छौ। के मानिसहरूले आफ्नो हृदयभित्र चाहेको कुरा यही होइन र? मैले अवश्य पनि तँलाई वाध्य पार्ने कोसिस गरिरहेको छैन। तैँले जुन मार्ग लिन्छस् त्यो तेरो आफ्नै रोजाइ हो। आजको मार्गमा न्याय र श्राप पनि साथै छ, तर तिमीहरू सबैलाई थाहा हुनुपर्छ कि मैले तिमीहरूलाई जे प्रदान गरेको छु ती तिमीहरूलाई मैले प्रदान गर्नसक्ने सबैभन्दा राम्रा उपहारहरू हुन र ती तिमीहरूलाई तुरुन्तै चाहिने कुरा हुन्, चाहे ती न्याय हुन् वा सजाय नै किन नहोऊन्।

अघिल्लो: मानिसको अन्तर्निहित पहिचान र उसको मूल्य: वास्तवमा ती कस्ता हुन्छन्?

अर्को: मानिसको सार र पहिचान

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

विजयको कामको भित्री सत्यता (४)

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति...

परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर पहिलो पटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको...

मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्