विश्‍वासको बारेमा तँलाई के थाहा छ?

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा त परै जाओस्। मानिसले अति थोरै जान्दछ, र मानिस आफैमा अति नै कमी-कमजोरी छ; मप्रति उसको विश्‍वास त विचारहीन र अज्ञानता मात्र हो। विश्‍वास भनेको के हो सो उसले जान्दैन, न त उसले ममा किन विश्‍वास गर्छ भन्ने कुरा नै उसले जान्दछ, तैपनि उसले आवेगमा मलाई विश्‍वास गरिरहन्छ। मैले मानिसबाट मलाई यसरी आवेगमा पुकारा गरोस् वा असङ्गत ढाँचामा विश्‍वास गरोस् भन्ने माग गर्दिनँ, किनभने म मानिसले मलाई देखोस् र मलाई चिनोस् भनेर काम गर्छु, प्रभावित होस् र मलाई नयाँ ज्योतिमा हेरोस् भनेर होइन। कुनै समयमा मैले धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ र धेरै आश्‍चर्यकर्महरू गरेँ, अनि त्यस बेला इस्राएलीहरूले मेरो उच्च सराहना गरे र बिरामीलाई निको पार्ने र भूतहरू धपाउने मेरो अद्भुत क्षमतालाई अत्यन्त कदर गरे। त्यस बेला, यहूदीहरूले निको पार्ने मेरो शक्तिलाई अद्वितीय र असाधारण भएको ठाने—मेरा धेरै कार्यहरूले गर्दा, तिनीहरू सबैले मलाई आदर गरे र मेरा सबै शक्तिहरूको खातिर आभारी भएको महसुस गरे। यसैले मैले आश्‍चर्यकर्महरू गरेको देखेका सबै समीप रूपमा मेरो पछि लागे, यहाँसम्‍म कि मैले बिरामीलाई निको पारेको हेर्न हजारौँले मलाई घेरे। मैले यति धेरै चिन्हहरू र चमत्कारहरू प्रकट गरेँ, तापनि मानिसहरूले मलाई केवल अद्भुत वैद्यको रूपमा मात्र हेरे; त्यसैले पनि मैले त्यस बेला मानिसहरूका अघि शिक्षाको धेरै वचनहरू बोलेँ, तैपनि तिनीहरूले मलाई आफ्ना चेलाहरूभन्दा उच्च गुरुको रूपमा मात्र ठाने। आज समेत, मानिसले मेरा कामहरूको ऐतिहासिक अभिलेख देखेपछि पनि म बिरामीलाई निको पार्ने महान्‌ वैद्य र अनभिज्ञलाई सिकाउने शिक्षक हुँ भन्‍ने तिनीहरूको व्याख्या जारी छ, र तिनीहरूले मलाई कृपालु प्रभु येशू ख्रीष्टको रूपमा परिभाषित गरेका छन्। ती धर्मशास्‍त्र व्याख्या गर्नेहरूले निको पार्ने मेरा सीपहरूलाई उछिनेका हुन सक्छन् वा तिनीहरू आफ्‍ना शिक्षकलाई उछिनेका चेलाहरू समेत हुन सक्छन्, तैपनि संसारभरि नाम चलेका यस्ता अति प्रसिद्ध मानिसहरूले मलाई केवल नीच वैद्य मात्र भएको ठान्छन्। मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारौं भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु। यहूदीहरूले मेरो अनुग्रहको कारण ममा विश्‍वास गरे र म जहाँ गए पनि तिनीहरू मेरो पछि लागे। यी सीमित ज्ञान र अनुभव भएका मानिसहरूले मैले प्रकट गरेका चिन्हहरू र चमत्कारहरू हेर्न मात्र खोजे। तिनीहरूले मलाई ठूलठूला आश्‍चर्यकर्म गर्ने यहूदीहरूको घरानाको मुखियाको रूपमा माने। त्यसैले मानिसहरूबाट मैले भूतहरू निकाल्दा, यसले तिनीहरू माझ बहस उब्जाउथ्यो: तिनीहरूले मलाई एलिया, मोशा, सबै अगमवक्ताहरूमा प्राचीन अगमवक्ता, सबै वैद्यहरूभन्दा महान् थिएँ भनी भने। म जीवन, बाटो र सत्य हुँ भनी म आफैले भनेको बाहेक मेरो अस्तित्व र मेरो पहिचानलाई कसैले थाहा गरेनन्। मेरा पिता बस्नुहुने ठाउँ स्वर्ग हो भनी मैले भनेको बाहेक मलाई म परमेश्‍वरको पुत्र र परमेश्‍वर स्वयम् हुँ भनी कसैले चिनेनन्। मैले सारा मानवजातिकहाँ उद्धार ल्याउनेछु र मानवजातिको छुटकाराको मूल्य तिर्नेछ भनी म आफैले भनेको बाहेक, म मानवजातिको उद्धारक हुँ भनी कसैले जानेनन् र मानिसहरूले मलाई एक परोपकारी र कृपालु मानिसको रूपमा मात्र चिने। म आफैले मेरो बारे बताउन सकेको भन्दा बाहेक कसैले मलाई चिनेनन् र म जीवित परमेश्‍वरको पुत्र हुँ भनी कसैले मलाई विश्‍वास गरेनन्। मप्रति मानिसको विश्‍वास र तिनीहरूले मलाई मूर्ख तुल्याउन खोज्ने तरिका यस्तो छ। तिनीहरूले मप्रति यस्तो धारणा राखेर मेरो निम्ति कसरी साक्षी दिन सक्थे र?

मानिसहरूले ममा विश्‍वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै दिन सक्छन्। मैले प्राणीहरू र सबै पवित्र मानिसहरूलाई उछिन्छु भन्ने मात्र मानिसहरूले देख्छन् र मैले गरेको काम मानिसहरूले गर्न सक्दैनन् भन्ने मात्र देख्छन्। यसैले, यहूदीहरूदेखि हालका दिनका मेरा सबै महिमित कार्यहरू देख्ने सबै मानिसहरू मप्रति जिज्ञासाले भन्दा अरू कुनै पनि कुराले भरिएका छैनन् र कुनै पनि प्राणीको मुखले मेरो निम्ति साक्षी दिन सकेको छैन। मेरा पिताले मात्र मेरो निम्ति गवाही दिनुभयो र सबै प्राणीहरूको माझ बाटो तयार पार्नुभयो; यदि उहाँले गवाही दिनुभएको थिएन भने, मैले जति काम गरेको भए पनि, म सृष्टिको प्रभु हुँ भनी मानिसले कहिल्यै चिन्ने थिएनन्, किनभने मानिसले मबाट लिन मात्र जान्दछन् र मेरो कामको परिणामस्वरूप मप्रति विश्‍वास गर्दैनन्। म निर्दोष र कुनै पनि पक्षमा पापी छैन, म विभिन्‍न रहस्यहरूलाई व्याख्या गर्न सक्छु, म भीडहरूभन्दा माथि छु वा मानिसले मबाट धेरै लाभ लिएको छ, त्यसकारणले मात्र मानिसले मलाई चिन्छन्, तैपनि म सृष्टिको प्रभु हुँ भनेर थोरैले मात्र विश्‍वास गर्छन्। यसैले मानिसले उसँग मप्रतिको विश्‍वास किन हुन्छ भनी जान्दैन भनी म भन्छु; मप्रति विश्‍वास गर्नुको उद्देश्य वा महत्त्व उसले जान्दैन। मानिसको वास्तविकताको कमी छ, त्यसैले ऊ मेरो निम्ति गवाही दिन विरलै योग्य छ। तिमीहरूसित साँचो विश्‍वास अति थोरै छ र तिमीहरूले अति थोरै हासिल गरेका छौ, त्यसैले तिमीहरूसित अति थोरै गवाही छ। यसको अलाबा, तिमीहरूले अति थोरै बुझ्छौ, यहाँसम्‍म कि तिमीहरू मेरा कामहरूको निम्ति गवाही दिनलाई लगभग अयोग्य छौ। तिमीहरूको संकल्प साँच्चै उल्‍लेखनीय छ, तर के तिमीहरूले परमेश्‍वरको सारलाई सफलतापूर्वक सिद्ध गर्न सक्‍नेछौ भन्ने कुरामा तिमीहरू पक्का छौ त? तिमीहरूले भोगेका र देखेका कुराहरू सारा‌ युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेको हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महान्‌ता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरूले हे देख्छौ त्यो परमप्रभुको महिमा, येशूको उद्धार र यस दिनको मेरा सबै कामहरू हुन्। त्यसैले तिमीहरूले मेरो आत्माका वचनहरू सुनेका छौ, मेरो बुद्धिको बखान गरेका छौ, मेरो चमत्कार थाहा पाएका छौ र मेरो स्वभाव जानेका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, तर धार्मिकताले पूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो चमत्कारपूर्ण काम देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्ने जानेका छौ। यसको अतिरिक्त, कुनै समय मैले इस्राएलको घरानामाथि मेरो उर्लँदो क्रोध खन्याएँ र आज यो तिमीहरूमाथि आएको छ भन्ने तिमीहरू जान्दछौ। तिमीहरूले स्वर्गको मेरा रहस्यहरूलाई यशैया र यूहन्नाले भन्दा बढी बुझ्छौ; तिमीहरूले मेरो मनोरमता र संवेदनशीलतालाई विगतका सबै सन्तहरूले भन्दा पनि बढी जान्दछौ। तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धार्मिक स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो।

मेरो निम्ति पहिले गवाही दिनुहुने मेरो पिता हुनुहुन्थ्यो, तर म महान्‌ महिमा प्राप्‍त गर्न र सृष्टि गरिएका प्राणीहरूको मुखबाट गवाहीका शब्दहरू आएको चाहन्छु—ताकि मसँग भएका सबै थोक तिमीहरूलाई दिन सकूँ, ताकि तिमीहरूले मानिसहरू माझ मेरो कामलाई खतम गरेर तिमीहरूको कर्तव्य पूरा गर्न सक। तिमीहरूले ममा किन विश्‍वास गर्छौ सो तिमीहरूले बुझ्नुपर्छ; यदि तिमीहरू मेरो शिष्य वा मेरो बिरामी हुन वा स्वर्गका सन्तहरूमध्ये एक जना हुन चाहन्छौ भने तिमीहरूले मलाई पछ्याएको व्यर्थ हुनेछ। यसरी मेरो पछि लाग्नु ऊर्जाको बरबादी मात्र हुन्छ; ममा यस्तो किसिमको विश्‍वास गर्नु तिमीहरूको दिन गुजार्नु, तिमीहरूको जवानी उडाउनु मात्र हो। अनि अन्तमा तिमीहरूले केही पनि पाउनेछैनौ। के त्यो व्यर्थको परिश्रम हुँदैन र? म यहूदीको माझबाट निस्केको धेरै भइसक्यो र यस उप्रान्त म मानिसको वैद्य होइन, न त म मानिसको निम्ति औषधी नै हुँ। यस उप्रान्त म मानिसले धपाउनु पर्ने भारी बोक्ने वा आफ्नै खुशीमा काटिने पशु होइन; बरु, मानिसले मलाई चिनोस् भनी न्याय गर्न र सजाय दिन म मानिसको माझमा आएको छु। कुनै समयमा मैले उद्धारको काम गरेँ भन्ने कुरा तिमीहरूले जान्नुपर्छ; म कुनै समयमा येशू थिएँ, तर जसरी म कुनै समयमा परमप्रभु थिएँ र पछि येशू भए जस्तै सदैव येशू रहन नै सक्दिनथेँ। म मानवजातिको परमेश्‍वर, सृष्टिको प्रभु हुँ, तर म सदैव येशू वा यहोवा रहन सक्दिनँ। मानिसले वैद्य ठाने झैँ म वैद्य भएको छु, तर परमेश्‍वर मानिसको निम्ति वैद्य मात्र हुनुहुन्छ भनेर भन्न सकिँदैन। त्यसैले, यदि मप्रतिको विश्‍वासमा तिमीहरूको दृष्टिकोण पुरानै छ भने, तिमीहरूले केही पनि प्राप्‍त गर्नेछैनौ। तिमीहरूले आज मेरो जति नै प्रशंसा गरे पनि: “परमेश्‍वरले मानिसलाई कति प्रेम गर्नुहुन्छ; उहाँले मलाई निको पार्नुहुन्छ र आशिष्‌, शान्ति र आनन्द दिनुहुन्छ। परमेश्‍वर मानिसको निम्ति कति असल हुनुहुन्छ; यदि हामीमा उहाँप्रति विश्‍वास मात्रै छ भने, हामीले पैसा र सम्पत्तिको बारे फिक्री गर्नुपर्दैन…,” म अझ पनि मेरो मौलिक कार्यलाई अवरोध गर्न सक्दिनँ। यदि आज तैँले ममा विश्‍वास गर्छस् भने, तैँले मेरो महिमा पाउनेछस् र तँ मेरो साक्षी दिन योग्यको हुनेछस् र सबै कुरा द्वित्तिय हुनेछन्। तैँले यो स्पष्ट रूपमा जान्नुपर्छ।

अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तिमीहरूलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरूलाई मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु। त्यसैले तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र आज्ञाकारी हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र आज्ञाकारी बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

अघिल्लो: वास्तविक व्यक्ति बन् नुको अर्थ के हो

अर्को: जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ४

परमेश्‍वरको पवित्रता १हाम्रो अन्तिम भेलामा हामीले परमेश्‍वरको अख्तियारको बारेमा थप सङ्‍गति गरेका थियौं। अहिले चाहिँ हामी परमेश्‍वरको...

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्