अध्याय ३६

सबै कुरा मेरै हातले बन्दोबस्त गर्छ। कसले आफ्‍नो मन खुशी गर्ने आँट गर्छ र? कसले यसलाई सहजै परिवर्तन गर्न सक्छ र? मानिसहरू हावामा धूलो उडे झैँ तैरिहिँड्छन्, तिनीहरूका अनुहार मैलोले ढाकेको छ र तिनीहरू शिरदेखि पाउसम्‍म घिनलाग्दा छन्। म गह्रौं हृदय लिएर बादलहरूका बीचबाट हेर्छु: किन कुनै बेला जीवनशक्तिले भरिएको मानिस यस्तो बनेको छ? र किन ऊ यसको बारेमा अनभिज्ञ, र असंवेदनशील छ? उसले किन “आफैलाई परित्याग गर्छ” र आफूलाई फोहोरले ढाक्‍न दिन्छ? उसमा आफूप्रतिको प्रेम र सम्‍मानको कमी यस्तै छ। मानिस किन मैले अनुरोध गरेको कुराबाट टाढा बस्छ? के म ऊप्रति साँच्‍चै निर्दयी र अमानवीय छु? के म साँच्‍चै बाध्यकारी र अनुचित छु? अनि, किन मानिसहरूले सधैँ मलाई आँखा तरेर हेर्छन्? तिनीहरूले किन मलाई सधैँ घृणा गर्छन्? के मैले तिनीहरूलाई बाटोको अन्त्यमा ल्याएको छु? मेरो सजायमा मानिसले कहिल्यै पनि केही पत्ता लगाएको छैन, किनभने उसले मलाई दुवै आँखाले एक टक लगाएर हेर्दै दुवै हातले आफ्‍नो काँधमा भएको जुवालाई पक्रिने मात्रै गर्छ—अनि यस क्षणमा मात्रै म ऊ कति दुर्बल छ भन्‍ने अनुभूति गर्छु। यही कारणले गर्दा, म परीक्षाहरूको बीचमा कोही पनि कहिल्यै दह्रिलो गरी खडा भएको छैन भनेर भन्छु। के मानिसको कद यस्तै छैन र? के मैले उसलाई उसको “नापका” अङ्कहरू बताउन आवश्यक छ र? मानिसको “उचाइ” जमिनमा यता-उता हिँड्ने सानो गड्यौंलाभन्दा अग्लो छैन, र उसको “छाती” को चौडाइ सर्पको जति मात्रै छ। यसमा, मैले मानिसलाई हेला गरिरहेको छैन—के यी उसको कदका वास्तविक नापहरू होइनन् र? के मैले मानिसलाई भ्रष्ट तुल्याएको छु र? मानिस त उल्‍लसित बालक जस्तै हो। कहिलेकहीँ उसले पशुहरूसँग समेत खेल्छ, तैपनि ऊ खुशी नै हुन्छ; अनि ऊ चिन्ता वा फिक्रीविनाको जीवन जिउने बिरालो जस्तै हुन्छ। सायद यो आत्माको प्रभावको कारण वा स्वर्गमा हुनुहुने परमेश्‍वरको भूमिकाको कारण मलाई पृथ्वीका मानिसहरूको अतिव्ययी जीवन-शैलीदेखि अत्यन्तै दिक्क लाग्छ। मानिसको जीवनको कारणले गर्दा—जुन परजीवीको जस्तो छ—“मानव जीवन” भन्‍ने शब्‍दहरूप्रतिको मेरो “रुचि” केही हदसम्‍म बढेको छ, त्यसकारण मानव जीवनप्रति म अलिक “त्रस्त” बनेको छु। किनभने मानिसले मात्रै अर्थपूर्ण जीवनको रचना गर्न सक्ने देखिन्छ, जबकि म यसो गर्न असमर्थ छु। त्यसकारण “पहाडहरू” तिर फर्कनेबाहेक म केही पनि गर्न सक्दिन, किनभने म मानिसको बीचमा कठिनाइको अनुभव गर्न र अवलोकन गर्न सक्दिन। तैपनि मानिसले मलाई तत्कालै त्यसो गर्न जबरजस्ती गर्छ—मसँग कुनै विकल्‍प छैन! ऊसँग समग्र अनुभव गर्दै र उसकै साथमा मानव जीवनमा अघि बढ्दै म मानिसका बन्दोबस्तहरूलाई पालन गर्नेबाहेक केही पनि गर्न सक्दिन। स्वर्गमा, मैले एकपटक सारा सहरको भ्रमण गरेको छु, र स्वर्गमुनि, मैले एकपटक सबै देशको भ्रमण गरेको छु। तैपनि मलाई कसैले कहिल्यै पनि पत्ता लगाएन; तिनीहरूले म यता-उता हिँडेको आवाज मात्रै सुने। मानिसहरूको नजरमा, म कुनै नामनिसान वा छायाबिनै आउने र जाने गर्छु। यस्तो लाग्छ मानौं म तिनीहरूको हृदयको अदृश्य मूर्ति बनेको छु, तैपनि मानिसहरूले त्यस्तो विश्‍वास गर्दैनन्। के यी सबै मानिसको मुखले स्वीकार गरेका तथ्यहरू नभएको हुन सक्छ? यस बिन्दुमा, आफूलाई सजाय दिइनुपर्छ भनेर कसले स्वीकार गर्दैन र? के ठोस सबुतको अघि अझै पनि मानिसहरूले आफ्‍नो शिर ठाडो पार्न सक्छन् त?

म मानिसको बीचमा “व्यापारिक सम्झौता” गर्दैछु, म उसका सबै अशुद्धता र अधर्मलाई पुछेर फ्याँक्छु, र यसरी उसलाई “प्रशोधन” गर्छु, ताकि ऊ मेरो हृदयअनुरूपको हुन सकोस्। अझै पनि मानिसको सहकार्य कामको यो चरणको लागि अपरिहार्य छ, किनभने ऊ भर्खरै पक्रेको माछाजस्तो सधैँ फुत्तफुत्त उफ्रने मात्रै गर्छ। त्यसकारण, कुनै पनि दुर्घटनाहरू हुन नदिनको लागि, मैले पक्रिएको सबै “माछा” मारेँ, त्यसपछि माछा आज्ञाकारी भयो, र त्यससँग अलिकति पनि गुनासो थिएन। जब मलाई मानिसको खाँचो हुन्छ, त्यस बेला ऊ सधैँ लुकेको हुन्छ। यस्तो लाग्छ मानौं उसले कहिल्यै पनि आश्‍चर्यजनक दृश्यहरू देखेको छैन, मानौं ऊ गाउँमा जन्‍मेको हो र सहरका मामलाहरूको बारेमा उसलाई केही पनि थाहा छैन। म मानिसका कमजोर पक्षहरूमा मेरो बुद्धि थप्छु, र उसलाई मलाई चिन्‍ने बनाउँछु; मानिस अत्यन्तै गरिब भएको हुनाले, म व्यक्तिगत रूपमा मानिसको बीचमा आउँछु र उसको आँखा खोल्दै उसलाई “सम्पत्तिको मार्ग” दिन्छु। के यसो गरेर मैले उसलाई मुक्त दिइरहेको हुँदिन र? के यो मानिसप्रतिको मेरो करुणा होइन र? के प्रेम भनेको सर्तरहित रूपमा दिनु होइन र? त्यसो भए, के घृणा भनेको सजाय हो त? मैले मानिसको लागि फरक-फरक दृष्टिकोणहरूबाट व्याख्या गरेको छु, तर उसले यसलाई शब्‍द र धर्मसिद्धान्तहरूको रूपमा मात्रै लिन्छ। यस्तो लाग्छ मानौं मेरा वाणीहरू बिग्रेका सामान हुन्, जसलाई मानिसको हातमा घट्दो दाममा बिक्री गरिँदै छ। त्यसकारण, जब म मानिसहरूलाई पहाडको गाउँ निल्ने ठूलो आँधी आउँदैछ भनेर भन्छु, कसैले पनि यसको बारेमा केही विचार गर्दैनन्, एक-दुई जनाले मात्रै हृदयमा शङ्का गर्दै आफ्‍नो घर सार्छन्। अरू बाँकी सर्दै सर्दैनन्, मानौं तिनीहरू उदासीन छन्, मानौं म आकाशको गौँथली हुँ जसले बोलेको तिनीहरूले केही पनि बुझ्दैनन्। जब पर्वतहरू लड्छन् र पृथ्वी च्यातिन थाल्छ, तब मात्रै मानिसहरूले मेरा वचनहरूको बारेमा विचार गर्छन्, तब मात्रै तिनीहरू आफ्‍नो सपनाबाट बिउँझन्छन्, तर समय आइसकेको हुन्छ, तिनीहरू ठूलो बाढीमा डुब्छन्, तिनीहरूका लासहरू पानीको सतहमा तैरिरहेको हुन्छ। संसारको दुर्गतिलाई देखेर, म मानिसको दुर्भाग्यप्रति सुस्केरा हाल्छु। मैले मानिसको नियतिको खातिर धेरै समय खर्च गरेको, र ठूलो मूल्य चुकाएको छु। मानिसहरूको नजरमा, मसँग कुनै अश्रुनली छैन—तर अश्रुनली नै नभएको म “कुरूप” ले मानिसको लागि धेरै आँसु झारेको छु। तैपनि मानिसलाई यसको बारेमा केही पनि थाहा छैन, ऊ त पृथ्वीमा बसेर आफ्‍नो हातका खेलौना खेलिरहन्छ, मानौं म अस्तित्वमा नै छैन। तसर्थ, आजको परिस्‍थितिहरूमा, मानिसहरू अचेत र सुस्त अवस्थामा रहेका छन्; तिनीहरू भुइँतलामा “जमेका” छन्, मानौं तिनीहरू अझै पनि गुफामा सुतिरहेका छन्। मानिसका गतिविधिहरूलाई हेरेर, मसँग जाने बाहेक कुनै विकल्‍प हुँदैन …

मानिसहरूको नजरमा, मैले मानिसको लागि धेरै भलाइको काम गरेको छु, त्यसकारण तिनीहरूले मलाई वर्तमान युगको आदर्श व्यक्तिको रूपमा हेर्छन्। तैपनि तिनीहरूले मलाई मानिसको नियतिको सार्वभौम परमेश्‍वर र सबै थोकका सृष्टिकर्ताको रूपमा कहिल्यै पनि लिएका छैनन्। यस्तो लाग्छ तिनीहरूले मलाई बुझ्दैनन्। मानिसहरूले एकपटक “बुझाइको दीर्घायु होस्” भनेर चिच्याएका भए पनि, “बुझाइ” भन्‍ने शब्‍दलाई अनुसन्धान गर्न कसैले पनि समय बिताएको छैन, र यसले मानिसहरूसँग मलाई प्रेम गर्ने कुनै इच्‍छा छैन भन्‍ने देखाउँछ। आजको समयमा, मानिसहरूले मलाई कहिल्यै पनि बहुमूल्य ठानेका छैनन्, तिनीहरूको हृदयमा मेरो कुनै स्थान छैन। के आउनेवाला कष्टका दिनहरूमा तिनीहरूले मलाई साँचो प्रेम देखाउन सक्छन्? मानिसको धार्मिकता आकारहीन वस्तुको रूपमा, देख्‍न वा छुन नसकिने वस्तुको रूपमा रहन्छ। मैले चाहने भनेको मानिसको हृदय हो, किनभने मानव शरीरमा, हृदय नै सबैभन्दा बहुमूल्‍य छ। के मेरा कार्यहरूको ऋण मानिसको हृदयद्वारा तिरिनको लागि योग्य छैन? किन मानिसहरूले मलाई तिनीहरूको हृदय दिँदैनन्? किन तिनीहरू आफ्नो हृदयलाई छातीमै टाँसिराख्छन्, र यसलाई छोड्न चाहँदैनन्? के मानिसको हृदयले मानिसहरूको जीवनभरि शान्ति र खुशीको सुनिश्‍चितता दिन सक्छ? मैले मानिसहरूलाई मापदण्ड पूरा गर भन्दा किन तिनीहरूले सधैँ मलाई भुइँबाट एक मुठ्ठी धूलो उठाएर मतिर फाल्छन्? के यो मानिसको धूर्त युक्ति हो? यो लाग्छ मानौं तिनीहरूले जाने ठाउँ कतै नभएको बटुवालाई चलाकी गरी लोभ्याएर तिनीहरूको आफ्‍नै घरमा ल्याउने प्रयास गरिरहेका छन्, जहाँ तिनीहरू भयानक बन्छन् र तिनीहरूको हत्या गर्छन्। मानिसहरूले मसँग पनि यस्तै कुराहरू गर्न चाहेका छन्। मानौं तिनीहरू आँखासमेत नझिम्काई मान्छे मार्ने जल्लाद हुन्, मानौं तिनीहरू दियाबलसहरूका राजा हुन्, जसलाई मान्छे मार्ने बानी परेको छ। अहिले मानिसहरू अझै पनि त्यस्ता माध्यमहरूको प्रयोग गर्ने इच्‍छा गर्दै मकहाँ आउँछन्—तर तिनीहरूको आफ्‍नै योजना छन्, र मसँग मेरा प्रतिकारहरू छन्। मानिसहरूले मलाई प्रेम नगरे पनि, यसपटक मैले मानिसमाझ मेरा प्रतिकारहरू कसरी सार्वजनिक गर्न सक्दिन र? मसँग मानिसलाई सम्‍हाल्‍ने असीमित, अमापनीय सीप छ; म उसको हरेक भाग व्यक्तिगत रूपमा सम्हाल्छु, र त्यसलाई म व्यक्तिगत रूपमा प्रशोधन गर्छु। अन्तिममा, म मानिसलाई उसले प्रेम गरेको कुराबाट अलग हुँदाको पीडा सहन लगाउँछु, र म उसलाई मेरा बन्दोबस्तहरूमा समर्पित हुन लगाउँछु, र त्यो बेला, मानिसहरूसँग गुनासो गर्ने कुरा के नै हुनेछ र? के मैले गर्ने सबै कुरा मानिसकै खातिर होइन र? विगतको समयमा, मैले मानिसलाई मेरो कामका चरणहरूको बारेमा कहिल्यै बताइन—तर आज, विगतको भन्दा फरक समयमा, मेरो कामको विषयवस्तु फरक भएकोले, मैले मानिसहरूलाई यसको कारण तिनीहरूलाई पतन हुनबाट रोक्‍नको लागि अग्रिम रूपमा मेरो कामको बारेमा बताएको छु। के यो मैले मानिसलाई लगाइदिएको खोप होइन र? कुनै न कुनै कारणले, मानिसहरूले मेरा वचनहरूलाई कहिल्यै पनि गम्‍भीर रूपमा लिएका छैनन्; यस्तो लाग्छ मानौं तिनीहरूको पेटमा भोक छ र तिनीहरू के खाने भन्‍नेबारेमा निश्‍चित छैनन्, जसले गर्दा तिनीहरूको पेट कमजोर भएको छ। तर मानिसहरूले तिनीहरूको “स्वस्थ बनावट” लाई पूँजीको रूपमा लिन्छन् र “डाक्टरको” सल्‍लाहलाई कुनै ध्यान दिँदैनन्। तिनीहरूको अभेद्यपनलाई देखेर, म मानिसप्रति चिन्तित हुन्छु। मानिसहरू अपरिपक्‍व रहेका हुनाले, र तिनीहरूले मानव जीवनको अनुभव गर्न बाँकी नै रहेको हुनाले, तिनीहरूसँग कुनै डर छैन; तिनीहरूको हृदयमा, “मानव जीवन” भन्‍ने शब्‍दहरू अस्तित्वमा नै हुँदैन, तिनको बारेमा तिनीहरूसँग कुनै कदर हुँदैन, र तिनीहरू मेरा वचनहरूप्रति थकित मात्रै हुन्छन्, मानौं म गनगनाउने बुढी स्‍त्री बनेको छु। समग्रमा, जेसुकै भए पनि, मानिसहरूले मेरो हृदयलाई बुझ्‍न सक्छन् भन्‍ने मेरो आशा छ, किनभने मसँग मानिसलाई मृत्युभूमिमा पठाउने कुनै इच्‍छा छैन। यस क्षणमा मेरो मनस्थिति कस्तो छ त्यसलाई मानिसले बुझ्‍न सक्छन्, र ठीक यही समयमा मैले बोकेको बोझलाई पनि बुझ्न सक्छन् भन्‍ने मेरो आशा छ।

अप्रिल २६, १९९२

अघिल्लो: अध्याय ३५

अर्को: अध्याय ३७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्