विजयको कामको भित्री सत्यता (४)

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति कुन मापदण्डहरू पूरा गर्नुपर्दछ? जित्नु र सिद्ध बनाउनु दुवै नै मानिसलाई पूर्ण बनाउने उद्देश्यका निम्ति हो, यसैले कि ऊ फेरि आफ्नो सुरुको स्वरूपमा फर्कन सकोस्, उसको भ्रष्ट शैतानिक स्वभाव र शैतानको प्रभावबाट स्वतन्त्र हुन सकोस्। यो विजय मानिसको कामको प्रक्रियामा सुरुमा नै आउँछ; वास्तवमा, कामको पहिलो चरण यही नै हो। सिद्ध बनाउनु दोस्रो चरण हो, र यो अन्तिम कार्य हो। प्रत्येक मानिस जितिने प्रक्रियाबाट भएर जानुपर्छ। नत्र भने, तिनीहरूसित परमेश्‍वरलाई चिन्ने कुनै उपाय हुने थिएन, न त तिनीहरूले परमेश्‍वर हुनुहुन्छ, भनेर नै थाहा पाउनेथिए, भन्नुको अर्थ, तिनीहरूका निम्ति परमेश्‍वरलाई स्वीकार गर्न असम्भव हुनेथियो। र यदि एक व्यक्तिले परमेश्‍वरलाई स्वीकार गर्दैन भने, तिनीहरू परमेश्‍वरद्वारा पूर्ण बनाइनु पनि असम्भव हुन्छ, किनकि तिनीहरूले यो पूर्णताका मापदण्डहरू पूरा गरेका हुँदैनन्। यदि तैँले परमेश्‍वरलाई स्वीकार गर्दैनस् भने, तैँले उहाँलाई कसरी चिन्न सक्छस्? तँ कसरी उहाँको पछि लाग्न सक्छस्? तैँले उहाँको गवाही पनि दिन सक्नेछैनस्, र तँसित उहाँलाई सन्तुष्ट पार्ने विश्‍वास हुने कुरा त परै जाओस्। यसकारण, पूर्ण हुन चाहने जोकोहीको लागि पहिलो चरण भनेको विजयको कामबाट भएर जानुपर्छ। पहिलो सर्त यही नै हो। जित्ने र सिद्ध बनाउने, दुवै मानिसहरूमा काम गर्दै तिनीहरूलाई परिवर्तन गर्नका निम्ति हो, प्रत्येक मानिसलाई प्रबन्ध गर्ने कामको हिस्सा हो। कसैलाई पूर्ण बनाउन यी दुवै चरणहरू आवश्यक हुन्छन्, र ती कुनैलाई पनि बेवास्ता गर्न सकिँदैन। “जितिनु” भन्ने कुरा त्यत्ति राम्रो सुनिँदैन भन्‍ने कुरा साँचो हो, तर वास्तवमा, कसैलाई जित्ने प्रक्रिया भनेको तिनीहरूलाई परिवर्तन गर्ने प्रक्रिया नै हो। तँलाई जितिएपछि पनि तेरो भ्रष्ट स्वभाव पूर्ण रूपमा मेटिएको नहुन सक्छ, तर तैंले त्यो जानेका हुनेछस्। विजयको कामद्वारा, तैँले आफ्नो तुच्छ मानवता, साथै तेरा आफ्नै धेरै वटा अनाज्ञाकारिता जान्न सक्नेछस्। विजयको कार्यको छोटो अवधिमा तैँले यी कुराहरू त्याग्न वा परिवर्तन गर्न नसक्‍ने भए पनि तैँले ती कुराहरूलाई जान्‍नेछस् र त्यसले तेरो सिद्धताका लागि जग बसाल्नेछन्। त्यस्तै गरी, जितिने र सिद्ध पार्ने दुवै काम मानिसलाई परिवर्तन गर्न, तिनीहरूका भ्रष्ट शैतानिक स्वभावहरूबाट छुटकारा दिनका लागि गरिन्छ, यसरी तिनीहरूले आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पण गर्न सक्छन्। विजय गरिनु भनेको मानिसहरूको स्वभाव परिवर्तन गर्ने कार्यको पहिलो चरण मात्रै हो साथै मानिसहरूले आफैलाई परमेश्‍वरमा पूर्ण रूपमा समर्पण गर्नुको पहिलो चरण हो अनि यो सिद्ध हुने चरणभन्दा तलको हुन्छ। जितिएको व्यक्तिको जीवनको स्वभाव सिद्ध पारिएको व्यक्तिको भन्दा धेरै कम परिवर्तन हुन्छ। जितिनु र सिद्ध पारिनु भन्ने कुरा वैचारिक रूपमा एक-अर्कोबाट फरक छन्, किनकि ती कामका विभिन्न चरणहरू हुन्, किनभने तिनले मानिसहरूलाई विभिन्न स्तरहरूमा राख्छन्; विजयले मानिसहरूलाई तल्लो स्तरमा राख्छ, सिद्धताले तिनीहरूलाई उच्च स्तरमा राख्छ। सिद्ध पारिएकाहरू धर्मी मानिसहरू हुन्, पवित्र र शुद्ध बनाइएका मानिसहरू हुन्; तिनीहरू मानवताको व्यवस्थापन कार्यलाई स्पष्ट पार्ने कुरा, वा अन्तिम उपजहरू हुन्। तिनीहरू सिद्ध मानिसहरू नभए पनि, तिनीहरू अर्थपूर्ण जीवन बिताउन खोज्नेहरू हुन्। जितिएकाहरूले चाहिँ बोलीमा मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छन्; तिनीहरू परमेश्‍वरले देहधारण गर्नुभएको, वचन देहमा प्रकट हुनुभएको र परमेश्‍वर पृथ्वीमा न्याय र सजायको काम गर्न आउनुभएको कुरालाई स्वीकार गर्छन्। तिनीहरूले परमेश्‍वरको न्याय र सजाय, र उहाँको ताडना र शुद्धीकरण सबै मानिसका लागि लाभदायक हुन्छन् भन्‍ने पनि स्वीकार गर्छन्। तिनीहरूले भर्खरै केही हदसम्म मानिसको स्वरूप प्राप्त गर्न थालेका हुन्छन्। तिनीहरूसित जीवनको बारेमा केही अन्तर्दृष्टि हुन्छ, तर यो अझै अस्पष्ट नै हुन्छ। अर्को शब्दमा, तिनीहरूले भर्खरै मानवता प्राप्त गर्न थालेका हुन्छन्। जितिनुका प्रभावहरू यस्ता हुन्छन्। जब मानिसहरूले सिद्धताको बाटोमा पाइला टेक्छन्, तिनीहरूका पुरानो स्वभाव परिवर्तन गर्न सम्भव हुन्छ। यसबाहेक, तिनीहरूका जीवनहरू बढ्दैजान्छ, र तिनीहरू बिस्तारै सत्यतामा गहिरो रूपमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यताको पछि नलाग्ने सबैलाई घृणा गर्न सक्छन्। तिनीहरूले विशेष गरी आफैलाई घृणा गर्छन्, तर त्योभन्दा बढी तिनीहरूले आफैलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यमा जिउन इच्छुक बन्छन् र सत्यताको खोजी गर्ने कार्यलाई आफ्नो लक्ष्य बनाउँछन्। तिनीहरू आफ्नै दिमागले उब्जाएका विचारहरू भित्र बस्न अनिच्छुक हुन्छन्, र तिनीहरूले मानिसको स्व-धार्मिकता, हठीपन, र आत्म-सन्तुष्टिप्रति घृणा महसुस गर्दछन्। तिनीहरू मर्यादाको कडा भावनाका साथ बोल्छन्, चेतना र बुद्धिले चीजहरू चलाउँछन्, र परमेश्‍वरप्रति बफादार र आज्ञाकारी हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको अनुभव गरे भने, तिनीहरू केवल निष्क्रिय वा कमजोर हुँदैनन्, तर तिनीहरूले परमेश्‍वरबाट पाएको त्यस सजाय र न्यायका लागि कृतज्ञ बन्छन्। तिनीहरू परमेश्‍वरको सजाय र न्यायविना रहन सक्दैनन्, र त्यसले तिनीहरूको सुरक्षा गर्दछ भनी विश्‍वास गर्छन्। तिनीहरू शान्ति र आनन्द खोज्ने विश्‍वासको र भोक मेटाउन रोटीको पछि लाग्दैनन्। न त तिनीहरू क्षणिक शारीरिक सुखविलासको पछि लाग्दछन्। सिद्ध पारिएकाहरूमा यही हुन्छ। मानिसहरू जितिएपछि, तिनीहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्, तर तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेपछि तिनीहरूमा जे प्रकट गरिन्छ त्यसको सिमा हुन्छ। वचन शरीरमा प्रकट हुनुको वास्तविक अर्थ के हो? देहधारणको अर्थ के हो? देहधारी परमेश्‍वरले के गर्नुभएको छ? उहाँको कामको लक्ष्य र महत्त्व के हो? उहाँको धेरै काम अनुभव गरेपछि, देहमा उहाँका कामहरू अनुभव गरेपछि, तैंले के प्राप्त गरेको छस्? यी सबै कुराहरू बुझेपछि मात्र तँ जितिनेछस्। यदि तैँले परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै स्वीकार गर्छस्, तर तैंले त्याग्नुपर्ने पर्ने कुरा त्याग्दैनस्, तैंले त्याग्नु पर्ने शारीरिक सुखविलास मनोरञ्जन त्याग्न सक्दैनस्, तर त्यसको साटो तैंले सधैँ गर्दै आएझैँ शारीरिक सुविधाहरूको लालसा गरिनै रहन्छस्, र यदि तँ दाजुभाइ र दिदी-बहिनीहरूको विरुद्ध कुनै पूर्वाग्रह हटाउन सक्दैनस्, र धेरै वटा साधारण अभ्यासहरू व्यवहारमा ल्याउन कुनै मूल्य चुकाउँदैनस् भने त्यसले तँलाई विजय गरिनु अझै बाँकी नै छ भन्ने प्रमाणित गर्दछ। त्यस्तो अवस्थामा, यदि तैंले धेरै कुरा बुझिस् भने पनि त्यसद्वारा केही हुनेछैन। जितिएका मानिसहरू ती हुन् जसले सुरुका केही परिवर्तनहरू र सुरुको प्रवेश प्राप्त गरेका हुन्छन्। परमेश्‍वरको न्याय र सजायको अनुभवले मानिसहरूलाई परमेश्‍वरको सुरुवाती ज्ञान, र सत्यताको सुरुवाती समझ दिन्छ। तँ गहिरो, अझ विस्तृत सत्यताहरूको गहिराइमा पस्न असक्षम छस् होला, तर तेरो वास्तविक जीवनमा तँ धेरै वटा प्राथमिक सत्यताहरू व्यवहारमा अपनाउन सक्षम छस्, जस्तै तेरो शारीरिक आनन्द लिने वा तेरो व्यक्तिगत दर्जाका कुराहरू। यी सबै जितिने प्रक्रियाको अवधिमा मानिसहरूमा प्राप्त हुनेको प्रभाव हुन्। जितिएका मानिसहरूमा स्वभावमा परिवर्तनहरू आएको पनि देख्न सकिन्छ; उदाहरणको निम्ति, तिनीहरू लवाइखवाई र आफैलाई प्रस्तुत गर्ने तरिका, र तिनीहरू जिउने तरिका—ती सबै परिवर्तन हुन सक्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास सम्‍बन्धी दृष्टिकोण परिवर्तन हुन्छ, तिनीहरू आफ्ना लक्ष्यहरूको बारेमा स्पष्ट हुन्छन्, र तिनीहरूका आकांक्षाहरू उच्च हुन्छन्। विजयको कामको अवधिमा, तिनीहरूका जीवनको स्वभावमा पनि त्यस्तै परिवर्तनहरू हुन्छन्। त्यहाँ परिवर्तनहरू हुन्छन्, तर ती खोक्रा, प्रारम्भिक र स्वभावमा भएका परिवर्तनहरू अनि सिद्ध बनाइएकाहरूका खोजीको लक्ष्यभन्दा धेरै निम्न हुन्छन्। यदि जित्ने क्रममा एक व्यक्तिको स्वभाव बिलकुल परिवर्तन हुँदैन, र तिनीहरूले कुनै सत्यता प्राप्त गर्दैन भने त्यो व्यक्ति बेकम्मा र पूर्ण रूपमा बेकार हुन्छ! जुन मानिसहरू जितिएका हुँदैनन् तिनीहरूलाई सिद्ध बनाइन सकिँदैन! यदि एक व्यक्तिले जितिन मात्र चाहन्छ भने तिनीहरूलाई जितिएको समयमा तिनीहरूका स्वभावमा अरू केही निश्चित परिवर्तनहरू भए पनि तिनीहरूलाई सम्पूर्ण रूपमा पूर्ण बनाइन सकिँदैन। तिनीहरूले प्राप्त गरेका प्रारम्भिक सत्यताहरू पनि गुमाउनेछन्। जितिएकाहरू र सिद्ध पारिएकाहरूको स्वभावका आएका परिवर्तनहरूको मात्रामा ठूलो भिन्नता हुन्छ। तर जितिनु नै परिवर्तनको पहिलो चरण हो; जग यही नै हो। यस प्रारम्भिक परिवर्तनको अभाव हुनु भनेको एक व्यक्तिले वास्तवमा परमेश्‍वरलाई चिन्दैन भन्ने कुराको प्रमाण हो, किनकि यो ज्ञान न्यायबाट आउँछ, र त्यस्तो न्याय विजयको कामको एक प्रमुख हिस्सा हो। त्यसरी नै, सिद्ध बनाइएकाहरू सबैलाई पनि पहिले जितिनुपर्छ; नत्र भने, तिनीहरूका निम्ति सिद्ध बनिने कुनै उपाय हुँदैन।

तँ देहधारी परमेश्‍वरलाई स्वीकार गर्छु भनी भन्छस्, र तँ वचन देहमा प्रकट हुनुभएको कुरा पनि स्वीकार गर्छस्, तापनि तँ उहाँको पिठिउँ पछाडि केही कुराहरू गर्छस्, जुन कुराहरू उहाँले माग गर्नुभएका कुराहरूको विपरीत हुन्छ, र तेरो हृदयमा तँ उहाँको भय मान्दैनस्। के परमेश्‍वरलाई स्वीकार गर्नु भनेको यही हो र? उहाँले जे भन्नुहुन्छ त्यो तँ स्वीकार गर्छस्, तर तँ जे अभ्यास गर्न सक्छस् त्यो गर्दैनस्, न त तँ उहाँको मार्गमा नै हिँड्छस्। के परमेश्‍वरलाई स्वीकार गर्नु भनेको यही हो? र तैंले उहाँलाई स्वीकार गरे पनि तेरो मानसिकता सधैँ उहाँप्रति सचेत रहने मात्र हुन्छ, उहाँप्रति श्रद्धा देखाउने कहिल्यै पनि हुँदैन। यदि तैंले उहाँको कार्य देखेको छस् र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी बुझेर पनि तँ मनतातो र पूर्ण अपरिवर्तित रहन्छस् भने, तँ त्यस्तो व्यक्ति होस् जो अझै पनि जितिएको छैन। जो जितिएका छन् तिनीहरूले आफूले सक्दो सबै कुरा गर्नुपर्छ, र तिनीहरू अझ उच्च सत्यतामा प्रवेश गर्न नसके पनि र यी सत्यताहरू तिनीहरूभन्दा माथि भए पनि त्यस्ता मानिसहरू आफ्नो हृदयमा यो प्राप्त गर्न इच्छुक हुन्छन्। तिनीहरूले जे स्वीकार गर्छन् त्यसको एउटा सिमा भएकोले तिनीहरूले जे अभ्यास गर्न सक्छन् त्यसको पनि हद र सीमाहरू हुन्छन्। तापनि, कम्तीमा तिनीहरूले सक्ने सबै कुरा तिनीहरूले गर्नुपर्छ, र यदि तैंले त्यो प्राप्त गर्न सकिस् भने विजयको कामद्वारा हासिल गरिएको प्रभाव त्यही नै हो। मानिलिऔं, तँ भन्छस्, “मानिसले भन्न नसक्ने यति धेरै वचनहरू उहाँले भन्न सक्नुहुन्छ भने, यदि उहाँ परमेश्‍वर हुनुहुन्न भने को हुनुहुन्छ त?” यस्तो विचार गर्नुको अर्थ तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भन्ने हुँदैन। यदि तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भने, तैंले आफ्‍ना वास्तविक कार्यहरूद्वारा यसलाई प्रकट गर्नुपर्छ। यदि तँ मण्डलीको अगुवाइ गर्छस्, तापनि धार्मिकताको अभ्यास गर्दैनस् भने, यदि तँ पैसा र धनको चाहना गर्छस्, र चर्चको कोष जहिल्यै पनि आफ्नै लागि खर्च गर्छस् भने, के त्यसो गर्नु परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नु हो? परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ आदरको योग्य हुनुहुन्छ। यदि तँ परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै स्वीकार गर्छस् तँ डर नमानी कसरी रहन सक्छस्? यदि तँ त्यस्ता घृणित कार्यहरू गर्न सक्छस् भने, के तँ उहाँलाई साँच्चै स्वीकार गर्छस्? तैंले विश्‍वास गरेको परमेश्‍वरमा नै हो त? तैंले जसमा विश्‍वास गर्छस् ऊ एक अस्पष्ट परमेश्‍वर हो; त्यसैकारण तँ डराउँदैनस्! परमेश्‍वरलाई साँच्चै स्वीकार गर्ने र चिन्नेहरूले सबै उहाँको भय मान्छन् र उहाँको विरुद्ध वा तिनीहरूका विवेकलाई उल्लङ्घन गर्ने कुनै पनि कुरा गर्न डराउँछन्; विशेष गरी तिनीहरूले ती काम गर्न डराउँछन्, जुन परमेश्‍वरको इच्छाको विरुद्धमा छ भनी तिनीहरूले जानेका हुन्छन्। यसलाई मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेको मान्न सकिन्छ। तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्न खोज्दा तैंले के गर्नुपर्छ? तेरा अविश्‍वासी पति तँप्रति भलो छ भने तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? अनि तेरा दाजुभाइ, दिदीबहिनीहरूले तँलाई घृणा गर्दा तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? यदि तँ उहाँलाई स्वीकार गर्छस् भने, यी मामिलाहरूमा तँ उचित व्यवहार गर्छस् र वास्तविकतामा जिउँछस्। यदि तँ ठोस कार्यहरू गर्न असफल हुन्छस् तर परमेश्‍वरको अस्तित्व स्वीकार गर्छु मात्र भन्छस् भने, तब तँ केवल गफ लडाउने व्यक्ति मात्र होस्! तँ भन्छस्, कि तँ उहाँमा विश्‍वास गर्छस् र उहाँलाई स्वीकार गर्छस्, तर तँ कस्तो प्रकारले उहाँलाई स्वीकार गर्छस्? तँ कस्तो प्रकारले उहाँमा विश्‍वास गर्छस्? के तँ उहाँको भय मान्छस्? के तँ उहाँलाई आदर गर्छस्? के तँ उहाँलाई हृदयभित्रबाटै प्रेम गर्छस्? जब तँ दु:खी बन्छस् र भरोसा गर्नको लागि कोही पनि हुँदैन, तब तैँले परमेश्‍वरको प्रेमिलोपनलाई महसुस गर्दछस्, तर पछि तँ यी सबै बिर्सन्छस्। त्यसो गर्नु परमेश्‍वरलाई प्रेम गर्नु होइन, न त त्यो परमेश्‍वरमा विश्‍वास गर्नु नै हो! आखिरमा मानिसले के हासिल गरेको परमेश्‍वर चाहनुहुन्छ? मैले उल्लेख गरेको सबै अवस्थाहरू, जस्तै तेरो आफ्नै महत्त्वबाट एकदमै प्रभावित भएको महसुस गर्नु, तँ नयाँ कुराहरू सिक्न र बुझ्न छिटो छस् भनी महसुस गर्नु, अरूलाई वशमा राख्नु, अरूलाई हेला गर्नु, मानिसहरूका रूप-रङ्ग हेरेर उनीहरूको न्याय गर्नु, निश्‍छल मानिसहरूलाई हेप्‍नु, मण्डलीको पैसाको लोभ गर्नु, र यस्तै अरू—जब यी सबै भ्रष्ट स्वभावहरू केही हदसम्म तँबाट हटाइएको हुनेछ, तब मात्र तेरो विजय प्रकट हुनेछ।

तिमीहरूमाथि गरिएको विजयको कामको महत्त्व सबैभन्दा गहिरो छ: एक सन्दर्भमा, यस कार्यको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध बनाउनु हो, भन्नुको अर्थ, तिनीहरू विजेताहरू, अर्थात् सिद्ध तुल्याइएका मानिसहरूको पहिलो समूह, अथवा पहिलो फलहरूको एउटा समूह बन्न सकून् भनेर तिनीहरूलाई सिद्ध बनाउनु हो। अर्को सन्दर्भमा, यो सृष्टि गरिएका प्राणीहरूलाई परमेश्‍वरको प्रेमको आनन्द लिन, परमेश्‍वरको पूर्ण र सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्न दिनु हो, मानिसलाई दया र करुणा मात्र उपभोग गर्न दिने होइन, तर अझ महत्त्वपूर्ण कुरा, सजाय र न्यायको उपभोग गर्न दिनु पनि हो। संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। अझै अर्को सन्दर्भमा, यो शैतानको सामु गवाही दिनु हो। र अझै अर्को सन्दर्भमा, यो भविष्यको सुसमाचारको काम फैलाउनका लागि एउटा जग बसाल्नु हो। उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो। तिमीहरू सबै मोआबका सन्तान हौ; जब तिमीहरूमा विजयको काम गरिन्छ, यो ठूलो मुक्ति हो। तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैंले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्‍वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ, र के त्यस्तो मुक्ति अझ ठूलो छैन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू अनाज्ञाकारी भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो। तिमीहरूले कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी थाहा नपाएकोले, र तिमीहरू व्यभिचारी र फोहोर शैतानहरू भएकोले, उहाँले तिमीहरूलाई अझ बढी भ्रष्ट हुन दिन सक्नुहुन्न, तिमीहरू अहिले यो फोहोर देशमा शैतानको इच्छाद्वारा कुल्चिएर जसरी जिइरहेका छौ त्यो उहाँले देख्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालमा पस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिको लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्‍वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दु:ख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्‍वरको न्यायको कारण आज तैंले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्‍वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनद्वारा गम्भीर खुलासा गर्नु सबैको उद्देश्य तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्‍वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्‍ने तँलाई लाग्छ। तर तैंले दण्ड र न्याय भोग्‍नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो। यदि तैंले यो कामको गहिरो अर्थ बुझ्न सकिनस् भने, त्यसलाई अनुभव गरिरहन तेरो निम्ति असम्भव हुन्छ। यो उद्धारले तँमा सान्त्वना ल्याउनुपर्छ। होसमा आउन अस्वीकार नगर्। यहाँसम्म आइपुगेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भएको हुनुपर्छ, र तँमा यस बारेमा कुनै पनि प्रकारका विचारहरू हुनुहुँदैन।

अघिल्लो: विजयको कामको भित्री सत्यता (३)

अर्को: तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको...

सिद्ध भएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

वास्तवमा, अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्‍न लगाउनका लागि हो। वचनद्वारा गरिएका सबै न्यायहरूको उद्देश्य...

प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थनाको कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरको गवाही हुन अनि ठूलो रातो अजिङ्गरलाई लज्जित पार्नको लागि, व्यक्तिसित सिद्धान्त हुनुपर्छ, अनि व्यक्तिले सर्त पूरा गर्नुपर्छ:...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्