विजयको कामको वास्तविक कथा (४)

सिद्ध पारिनु भनेको के हो? विजय गरिनु भनेको के हो? मानिसहरू विजय गरिनका लागि कुन-कुन सर्तहरू पूरा हुनुपर्छ? अनि तिनीहरू सिद्ध पारिनका लागि कुन-कुन सर्तहरू पूरा गरिनुपर्छ? विजय गर्नु र सिद्ध पार्नु दुवैको उद्देश्य मानिसलाई पूर्ण पार्नु हो ताकि ऊ आफ्नो सुरुको स्वरूपमा पुनर्स्थापित हुन सकोस्, र आफ्ना शैतानी भ्रष्ट स्वभावहरू र शैतानको प्रभावबाट मुक्त हुन सकोस्। यो विजय गर्ने काम मानिसमा गरिने कामको प्रक्रियाको सुरुमा आउँछ; यो नै कामको पहिलो चरण हो। सिद्ध पार्नु भनेको दोस्रो चरण हो, र यो अन्तिम काम हो। सबै मानिस विजय गरिने प्रक्रियाबाट गुज्रनैपर्छ। यदि त्यसो भएन भने, तिनीहरूले कसैगरी परमेश्‍वरलाई चिन्‍नेछैनन्, न त तिनीहरूलाई परमेश्‍वर हुनुहुन्छ भन्‍ने नै थाहा हुनेछ, अर्थात्, तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न असम्भव हुनेछ। अनि यदि मानिसहरू परमेश्‍वरलाई स्वीकार गर्दैनन् भने, तिनीहरू परमेश्‍वरद्वारा पूर्ण पारिन पनि असम्भव हुन्छ, किनकि तिनीहरूले यो पूर्णताका लागि सर्तहरू पूरा गर्दैनन्। यदि तँ परमेश्‍वरलाई स्वीकार समेत गर्दैनस् भने, तँ उहाँलाई कसरी चिन्‍न सक्छस्? तँ उहाँलाई कसरी पछ्याउन सक्छस्? तैँले उहाँलाई गवाही दिन पनि सक्नेछैनस्, र तँसँग उहाँलाई सन्तुष्ट पार्ने विश्‍वास त झनै हुनेछैन। त्यसैले, पूर्ण पारिन चाहने जोकोहीका लागि, पहिलो चरण भनेको विजयको काम अनुभव गर्ने नै हुनुपर्छ। यो पहिलो सर्त हो। तर विजय गर्नु र सिद्ध पार्नु दुइटैको उद्देश्य मानिसहरूमा काम गर्न र तिनीहरूलाई परिवर्तन गर्नु हो, र यी दुवै मानिसलाई व्यवस्थापन गर्ने काममै पर्छन्। कसैलाई सिद्ध व्यक्ति बनाउने दुइटा चरण यिनै हुन्, र दुवै अपरिहार्य छन्। यो साँचो हो कि “विजय गरिनु” भन्‍ने कुरा त्यति राम्रो सुनिँदैन, तर वास्तवमा, कसैलाई विजय गर्ने प्रक्रिया भनेको उसलाई परिवर्तन गर्ने प्रक्रिया हो। एक पटक तँलाई विजय गरिएपछि, तेरा भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फालिएका नहुन सक्छन्, तर तैँले तिनलाई चिनेको हुनेछस्। विजयको काममार्फत, तैँले आफ्नो निकृष्ट मानवता, साथै आफ्नो धेरै विद्रोहीपनलाई चिनेको हुनेछस्। विजयको कामको छोटो अवधिभित्र तैँले यी कुरालाई फाल्न वा परिवर्तन गर्न नसक्ने भए पनि, तैँले तिनलाई चिन्‍नेछस्, र यसले तेरो सिद्धताको जग बसाल्नेछ। यसरी, विजय गर्ने र सिद्ध पार्ने दुइटै काम मानिसहरूलाई परिवर्तन गर्न, तिनीहरूलाई तिनीहरूका शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त गरेर आफूलाई पूर्ण रूपमा परमेश्‍वरमा सुम्पन सक्ने बनाउनका निम्ति गरिन्छन्। यति मात्र हो कि विजय गरिनु भनेको मानिसहरूको स्वभाव परिवर्तन गर्ने पहिलो चरण हो, साथै मानिसहरूले आफूलाई पूर्ण रूपमा परमेश्‍वरमा सुम्पने पहिलो चरण हो, र यो सिद्ध पारिने चरणभन्दा तल्लो स्तरको हो। विजय गरिएको व्यक्तिको जीवन स्वभाव सिद्ध पारिएको व्यक्तिको भन्दा ज्यादै कम परिवर्तन हुन्छ। “विजय गरिनु” र “सिद्ध पारिनु” लाई फरक-फरक नाम दिइएका छन् किनभने ती कामका भिन्न-भिन्न चरण हुन् र तिनले मानिसहरूसँग भिन्न-भिन्न मानकहरूको माग गर्छन्; विजयले मानिसहरूसँग तल्लो स्तरका मानकहरूको माग गर्छ, जबकि सिद्धताले तिनीहरूसँग उच्च स्तरका मानकहरूको माग गर्छ। सिद्ध पारिएकाहरू धर्मी मानिस हुन्, तिनीहरू पवित्र पारिएका हुन्छन्; तिनीहरू मानवजातिलाई व्यवस्थापन गर्ने कामका ठोस रूप, वा अन्तिम नतिजा हुन्। तिनीहरू सिद्ध मानव नभए पनि अर्थपूर्ण जीवन जिउन खोज्ने मानिस हुन्। अर्कोतर्फ, विजय गरिएकाहरू मौखिक रूपमा मात्रै परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छन्, र परमेश्‍वर देहधारी हुनुभएको छ, वचन देहमा देखा पर्नुभएको छ, र परमेश्‍वर न्याय र सजायको काम गर्न पृथ्वीमा आउनुभएको छ भन्‍ने मात्रै स्वीकार गर्छन्। यसबाहेक, तिनीहरू परमेश्‍वरको न्याय र सजाय, साथै उहाँको प्रहार र शोधन सबै मानिसका लागि लाभदायक छन् भनी स्वीकार गर्छन्। तिनीहरूमा भर्खरै मात्र केही हदसम्म मानव रूप आउन थालेको हुन्छ। तिनीहरूसँग जीवनबारे केही अन्तर्ज्ञान हुन्छ, तर यो पनि तिनीहरूका लागि अस्पष्ट नै रहेको हुन्छ। अर्को शब्दमा भन्दा, तिनीहरूमा भर्खरै मात्र अलिकति मानवता आउन थालेको हुन्छ। विजय गरिनुका प्रभावहरू यस्ता हुन्छन्। जब मानिसहरू सिद्धताको मार्गमा पाइला टेक्छन्, तब तिनीहरूका पुराना स्वभावहरू परिवर्तन हुन सक्छन्। त्योसँगै, तिनीहरूको जीवन निरन्तर बढ्दै जान्छ, र तिनीहरू बिस्तारै सत्यताभित्र अझ गहिराइमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यता नपछ्याउने सबैलाई घृणा गर्न सक्छन्। विशेष गरी, तिनीहरू आफूलाई घृणा गर्ने मात्र होइन, त्योभन्दा बढी, तिनीहरू आफूलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यताद्वारा जिउन इच्छुक हुन्छन्, तिनीहरू सत्यता पछ्याउनुलाई आफ्नो लक्ष्य बनाउँछन्, र तिनीहरू आफ्नै दिमागका सोचहरूभित्र जिउन अनिच्छुक हुन्छन्। तिनीहरू मानिसको आत्म-धार्मिकता, अहङ्कार, र अभिमानप्रति घृणा महसुस गर्छन्, तिनीहरू शिष्टताको बलियो भावनाका साथ बोल्छन्, कामकुरा सामना गर्दा तिनीहरूसँग खुट्ट्याउने क्षमता र बुद्धि हुन्छ, र तिनीहरू परमेश्‍वरप्रति बफादार र समर्पित हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको एउटा घटना अनुभव गरे भने, तिनीहरू नकारात्मक वा कमजोर नहुने मात्र होइन, तिनीहरू परमेश्‍वरबाट आउने यो सजाय र न्यायप्रति कृतज्ञ हुन्छन्, र तिनीहरू परमेश्‍वरको सजाय र न्यायविना रहन सकिँदैन, यसले तिनीहरूलाई सुरक्षा दिन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू शान्ति र आनन्दको विश्‍वास र पेटभरि खान खोज्ने विश्वासलाई पछ्याउँदैनन्। न त तिनीहरू अस्थायी दैहिक आनन्दहरू नै पछ्याउँछन्। यो त सिद्ध पारिएकाहरूसँग हुने कुरा हो। मानिसहरूलाई विजय गरिएपछि, तिनीहरू परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, तर त्यो स्वीकार तिनीहरूमा सीमित तरिकाहरूमा मात्र प्रकट हुन्छ। वास्तवमा वचन देहमा देखा पर्नुको अर्थ के हो? देहधारणको अर्थ के हो? देहधारी परमेश्‍वरले के गर्नुभएको छ? उहाँको कामको लक्ष्य र महत्त्व के हो? उहाँको यति धेरै कामको अनुभव गरेपछि, देहमा उहाँका कार्यहरूको अनुभव गरेपछि, तैँले के प्राप्त गरेको छस्? यी सबै कुरा बुझेपछि मात्रै तँ विजय गरिएको व्यक्ति हुनेछस्। यदि तँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छु भनेर मात्रै भन्छस्, तर तैँले त्याग्नुपर्ने कुरा त्याग्दैनस्, र दैहिक आनन्दहरू त्याग्नुपर्ने बेलामा तँ तिनलाई त्याग्न असफल हुन्छस्, बरु सधैँझैँ दैहिक आनन्दहरूको लालसा गरिरहन्छस्, र यदि तँ दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध कुनै पनि पूर्वाग्रहहरू त्याग्न असक्षम छस्, र धेरै वटा सरल अभ्यासहरू गर्दा कुनै मूल्य चुकाउँदैनस् भने, यसले तँ अझै विजय गरिएको छैनस् भन्‍ने प्रमाणित गर्छ। त्यस्तो अवस्थामा, तैँले धेरै कुरा बुझेको भए पनि, त्यो सबै व्यर्थ हुनेछ। विजय गरिएकाहरू त्यस्ता मानिस हुन् जसले केही प्रारम्भिक परिवर्तन र प्रारम्भिक प्रवेश हासिल गरेका हुन्छन्। परमेश्‍वरको न्याय र सजायको अनुभव गर्दा मानिसहरूले परमेश्‍वरबारे प्रारम्भिक ज्ञान, र सत्यताबारे प्रारम्भिक बोध प्राप्त गर्छन्। तँ धेरै वटा गहिरा, अझ विस्तृत सत्यताहरूको वास्तविकतामा पूर्ण रूपमा प्रवेश गर्न असक्षम होलास्, तर तँ धेरै वटा आधारभूत सत्यतालाई अभ्यासमा लागू गर्न सक्षम हुन्छस्, जस्तै तेरो वास्तविक जीवनमा तेरा दैहिक आनन्दहरू वा तेरो व्यक्तिगत हैसियतसँग सम्बन्धित सत्यताहरू। अवश्य पनि, यी सबै विजय गरिने क्रममा मानिसहरूमा हासिल हुने परिणाम हुन्। विजय गरिएकामा पनि स्वभाव परिवर्तन देख्न सकिन्छ; उदाहरणका लागि, तिनीहरूको लुगा लगाउने र आफूलाई सजाउने तरिका, र तिनीहरू जिउने तरिका—यी सबै परिवर्तन हुन सक्छन्। परमेश्‍वरप्रतिको विश्‍वासबारे तिनीहरूको दृष्टिकोण परिवर्तन हुन्छ, तिनीहरू आफ्नो पछ्याइका लक्ष्यहरूबारे प्रस्ट हुन्छन्, र तिनीहरूसँग अझ ठूला सङ्कल्पहरू हुन्छन्। विजयको कामको बेलामा, तिनीहरूको जीवन स्वभावमा पनि सोहीअनुरूपका परिवर्तनहरू देखा पर्छन्। परिवर्तनहरू त हुन्छन्, तर ती सतही र प्रारम्भिक अवस्थाका हुन्छन्, र सिद्ध पारिएकाहरूको स्वभाव र पछ्याइका लक्ष्यहरूमा हुने परिवर्तनहरूभन्दा धेरै कम हुन्छन्। विजय गरिने क्रममा, यदि कुनै व्यक्तिको स्वभाव पटक्कै परिवर्तन हुँदैन, र उसले कुनै सत्यता प्राप्त गर्दैन भने, त्यो व्यक्ति रद्दी हो, र पूर्ण रूपमा काम नलाग्ने हुन्छ! विजय नगरिएका मानिसहरूलाई सिद्ध पार्न सकिँदैन! यदि कुनै व्यक्ति विजय गरिन मात्र खोज्छ भने, विजयको कामको समयमा उसको स्वभावले सोहीअनुरूपका निश्चित परिवर्तनहरू देखाए पनि, उसलाई पूर्णतया पूर्ण पार्न पार्न सकिँदैन। तिनीहरूले आफूले प्राप्त गरेका प्रारम्भिक सत्यताहरू पनि गुमाउनेछन्। विजय गरिएका र सिद्ध पारिएकाहरूको स्वभावमा हुने परिवर्तनका बीचमा ठूलो भिन्‍नता हुन्छ। तर विजय गरिनु भनेको परिवर्तनको पहिलो चरण हो; यो नै जग हो। यो प्रारम्भिक परिवर्तनको कमी हुनु भनेको व्यक्तिले वास्तवमा परमेश्‍वरलाई पटक्कै चिन्दैन भन्‍ने कुराको प्रमाण हो, किनकि यो ज्ञान न्यायबाट आउँछ, र यस्तो न्याय विजयको कामको एउटा प्रमुख पाटो हो। त्यसैले, जो सिद्ध पारिएका छन् तिनीहरू सबै जना पहिले विजय गरिनैपर्छ; यदि त्यसो भएन भने, तिनीहरू सिद्ध पारिने कुनै उपाय छैन।

तँ परमेश्‍वरको देहधारणलाई स्वीकार गर्ने, र देहमा वचनको देखापराइलाई स्वीकार गर्ने भन्छस्, तर तँ उहाँको पिठ्युँ पछाडि निश्चित कामकुरा गर्छस्, उहाँको मागविपरीतका कामकुरा गर्छस्, र हृदयमा तँ उहाँदेखि डराउँदैनस्। के यो परमेश्‍वरलाई स्वीकार गर्नु हो? तँ उहाँले भन्‍नुभएको कुरालाई स्वीकार गर्छस्, तर तँ आफूले सक्ने कुरा अभ्यास गर्दैनस्, न त तँ उहाँको वचन नै पालन गर्छस्। के यो परमेश्‍वरलाई स्वीकार गर्नु हो? अनि तैँले उहाँलाई स्वीकार गरे पनि, तँ उहाँप्रति सतर्कताको हृदय बोक्छस्, डरको हृदय कहिल्यै बोक्दैनस्। यदि तैँले उहाँको काम देखेको र स्वीकार गरेको छस् र तँ यो व्यक्ति परमेश्‍वर हुनुहुन्छ भनी जान्दछस्, तैपनि तँ उदासीन र पूर्ण रूपमा अपरिवर्तित रहन्छस् भने, तँ त्यस प्रकारको व्यक्ति होस् जो अझै विजय गरिएको छैन। विजय गरिएकाहरूले आफूले सक्ने सबै गर्नुपर्छ, र तिनीहरू उच्च सत्यताहरूमा प्रवेश गर्न सक्षम नभए पनि, र यी सत्यताहरू तिनीहरूको क्षमताभन्दा बाहिरका भए पनि, त्यस्ता मानिसहरू हृदयमा यो कुरा हासिल गर्न इच्छुक हुन्छन्। तिनीहरूले बुझ्न सक्ने कुराको सीमितता हुने हुनाले नै तिनीहरूले अभ्यास गर्न सक्ने कुराका दायरा र सीमितताहरू हुन्छन्। तर, कम्तीमा पनि, तिनीहरूले आफूले सकेजति सबै गर्नैपर्छ। यदि तैँले त्यो कुरा हासिल गर्न सक्छस् भने, यो विजयको कामको कारणले साकार भएको परिणाम हो। मानौँ तँ यसो भन्छस्, “उहाँले मानिसले नसक्ने यति धेरै वचनहरू बोल्न सक्नुहुने हुनाले, यदि उहाँ परमेश्‍वर हुनुहुन्न भने, को हो त?” यस प्रकारको बुझाइ हुनुको अर्थ तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भन्‍ने होइन। यदि तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भने, तैँले यसलाई आफ्ना वास्तविक कार्यहरूमार्फत प्रदर्शन गर्नुपर्छ। यदि तँ मण्डलीको अगुवाइ गर्छस्, तैपनि धार्मिकताको अभ्यास गर्दैनस्, यदि तँ पैसा र धनको लालसा गर्छस्, र सधैँ मण्डलीको कोष आफ्नै खल्तीमा हाल्छस् भने, के यो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नु हो? परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ डर मान्‍न योग्य हुनुहुन्छ। यदि तँ साँच्चै परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छस् भने तँ कसरी नडराई बस्न सक्छस्? यदि तँ यस्ता घृणास्पद कार्यहरू गर्न सक्षम छस् भने, के तँ साँच्चै उहाँलाई स्वीकार गर्छस्। के तँ परमेश्वरमा नै विश्‍वास गर्छस्? तँ त एक अस्पष्ट परमेश्‍वरमा विश्वास गर्छस्; त्यसैकारण तँ डराउँदैनस्! जो परमेश्‍वरलाई साँच्चै स्वीकार गर्छन् र चिन्छन् तिनीहरू सबै उहाँदेखि डराउँछन् र उहाँको विरोध गर्ने वा आफ्नो विवेकको उल्लङ्घन हुने कुनै पनि काम गर्ने आँट गर्दैनन्; तिनीहरू परमेश्‍वरका अभिप्रायहरूको विरुद्धमा भएको भनी आफूलाई थाहा भएको कुनै पनि काम गर्न अत्यन्तै डराउँछन्। यसलाई मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेको मान्‍न सकिन्छ। तेरा आमाबुबाले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्ने प्रयास गर्दा तैँले के गर्नुपर्छ? तेरो गैरविश्‍वासी श्रीमान्‌ले तँलाई राम्रो व्यवहार गर्दा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? अनि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई घृणा गर्दा तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? यदि तँ उहाँलाई स्वीकार गर्छस् भने, यी मामिलाहरूमा तैँले उचित रूपमा काम गर्नेछस् र वास्तविकता जिउनेछस्। यदि तँ ठोस कार्यहरू गर्न असफल हुन्छस् तर परमेश्‍वरको अस्तित्वलाई स्वीकार गर्छु भनेर मात्रै भन्छस् भने, तँ मुखले मात्र ठिक्क पार्ने व्यक्ति होस्! तँ उहाँमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर भन्छस्, तर तँ उहाँलाई कुन तरिकाले स्वीकार गर्छस्? तँ उहाँमा कुन तरिकाले विश्‍वास गर्छस्? के तँ हृदयमा उहाँदेखि डराउँछस्? के तँ उहाँको डर मान्छस्? के तेरो हृदयको गहिराइमा उहाँप्रति प्रेम छ? तँ व्याकुल हुँदा र तँलाई आड दिने कोही नहुँदा, तैँले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्छस्, तर त्यसपछि तैँले त्यो सबै कुरा बिर्सन्छस्। त्यो परमेश्‍वरलाई प्रेम गर्नु होइन, न त त्यो परमेश्‍वरमा विश्‍वास गर्नु नै हो! अन्त्यमा, परमेश्‍वर मानिसले के हासिल गरोस् भन्‍ने चाहनुहुन्छ? मैले उल्लेख गरेका सबै स्थिति, जस्तै तेरो आफ्नै महत्त्वबाट धेरै प्रभावित भएको अनुभूति गर्नु, तँ चाँडै कुरा बुझ्छस् भन्‍ने अनुभूति गर्नु, अरूलाई बन्धनमा पार्नु, अरूलाई हेला गर्नु, मानिसहरूलाई तिनीहरूको रूप हेरेर मूल्याङ्कन गर्नु, निरीह मानिसहरूलाई धम्काउनु, मण्डलीको पैसाको लालसा गर्नु, आदि—जब यी सबै शैतानी भ्रष्ट स्वभावहरू तँबाट आंशिक रूपमा हटाइन्छन्, तब मात्र तेरो विजय प्रकट गरिनेछ।

तिमीहरूमाथि गरिने विजयको कामको सबैभन्दा गहिरो महत्त्व छ: एकातिर, यस कामको उद्देश्य मानिसहरूको एउटा समूहलाई सिद्ध पार्नु हो, अर्थात्, तिनीहरूलाई विजेताहरूको एउटा समूह—पूर्ण पारिएका मानिसहरूको पहिलो समूह, मतलब पहिलो फल—बन्नेगरी सिद्ध पार्नु हो। अर्कोतिर, यसको उद्देश्य सृजित प्राणीहरूलाई परमेश्‍वरको प्रेम प्राप्त गर्न दिनु, परमेश्‍वरको पूर्ण र सबैभन्दा ठूलो मुक्ति प्राप्त गर्न दिनु, मानिसलाई कृपा र उपकारको मात्र नभई, अझ महत्त्वपूर्ण कुरा, सजाय र न्याय प्राप्त गर्न दिनु हो। संसारको सृष्टि भएदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै घृणा नराखी प्रेम मात्र गर्नुभएको छ। तैँले देखेका सजाय र न्याय पनि प्रेम नै हुन्, अझ साँचो र अझ वास्तविक प्रेम हुन्, यस्तो प्रेम जसले मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोर्‍याउँछ। अझ अर्कोतिर, यसको उद्देश्य शैतानसमक्ष गवाही दिनु हो। अनि अर्कोतिर, यसको उद्देश्य भविष्यको सुसमाचारको काम फैलाउनका लागि जग बसाल्नु हो। उहाँले गर्नुभएका सबै काम मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि हुन्, ताकि तिनीहरूले सामान्य मानव जीवन जिउन सकून्, किनकि मानिसहरूलाई कसरी जिउने भन्‍ने थाहा छैन, र यो मार्गदर्शनविना, तैँले केवल खोक्रो जीवन जिउनेछस्; तेरो जीवनको मूल्य वा अर्थ रहनेछैन, र तँ सामान्य व्यक्ति बन्‍न पूर्ण रूपमा असक्षम हुनेछस्। मानिसलाई विजय गर्नुको सबैभन्दा गहिरो महत्त्व यही हो। तिमीहरू सबै जना मोआबका सन्तति हौ; तिमीहरूमाथि भइरहेको विजयको काम तिमीहरूको ठूलो मुक्ति हो। तिमीहरू सबै पाप र व्यभिचारको भूमिमा जिउँछौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई देख्‍न मात्रै सक्षम भएका छैनौ, अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय प्राप्त गरेका छौ, तिमीहरूले यो सबैभन्दा गहिरो मुक्ति प्राप्त गरेका छौ, यसको मतलब, तिमीहरूले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम प्राप्त गरेका छौ। परमेश्‍वर तिमीहरूलाई साँचो प्रेम मात्र गर्नुहुन्छ। उहाँको कुनै खराब अभिप्राय छैन। तिमीहरूका पापहरूका कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, ताकि तिमीहरूले आत्मचिन्तन गर्न सक र यो ठूलो मुक्ति प्राप्त गर। यो सबै काम मानिसलाई पूर्ण पार्ने उद्देश्यका लागि गरिएको हो। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई मुक्ति दिन आफ्नो सक्दो प्रयास गर्दै आउनुभएको छ, र उहाँले आफ्नै हातले सृष्टि गर्नुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको चाहना छँदै छैन। आज, उहाँ काम गर्न तिमीहरूमाझ आउनुभएको छ; के यो अझ बढी मुक्ति होइन र? यदि उहाँ तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले अझै पनि तिमीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गर्न यति ठूलो काम गर्नुहुन्थ्यो होला र? उहाँले किन यसरी दुःख भोग्नुपर्थ्यो र? परमेश्‍वर तिमीहरूलाई घृणा गर्ने वा तिमीहरूप्रति कुनै खराब अभिप्राय राख्ने गर्नुहुन्न। तिमीहरूले परमेश्‍वरको प्रेम सबैभन्दा वास्तविक छ भन्‍ने कुरा जान्‍नुपर्छ। मानिसहरू विद्रोही भएकाले मात्रै उहाँले तिनीहरूलाई न्यायमार्फत मुक्ति दिनुपरेको हो; नत्र, तिनीहरूलाई मुक्ति दिन अझै पनि असम्भव हुनेथियो। तिमीहरूलाई आफ्नो जीवन कसरी जिउने भन्‍ने थाहा नभएको र कसरी जिउने भन्‍नेबारे तिमीहरू सचेत नभएको हुनाले, र तिमीहरू यो व्यभिचारी र पापी भूमिमा जिउने र तिमीहरू आफै व्यभिचारी र फोहोर दियाबलस भएका हुनाले, उहाँले तिमीहरूलाई अझै तल डुब्न दिन सक्नुहुन्न, उहाँले तिमीहरू अहिले जस्तै यो फोहोर भूमिमा जिएको, शैतानद्वारा जथाभावी कुल्चिएको हेर्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालभित्र खस्न दिन सक्नुहुन्न। उहाँ मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन मात्र चाहनुहुन्छ। तिमीहरूमाथि विजयको काम गर्नुको मुख्य उद्देश्य यही हो—यो मुक्तिका लागि हो। यदि तँ आफूमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति भएको भनी देख्न सक्दैनस् भने, यदि तँ यो मानिसलाई सास्ती दिने एउटा तरिका, एउटा उपाय मात्र हो, र विश्‍वास गर्न नसकिने कुरा हो भन्‍ने सोच्छस् भने, तँ पीडा र कष्ट भोग्न तेरो आफ्नै संसारमा फर्केर गए पनि हुन्छ! यदि तँ, यही लहरभित्र, यो न्याय र यो विशाल मुक्ति, मानव संसारमा कतै पनि पाउन नसकिने यी सबै आशिष्‌, र यो प्रेम प्राप्त गर्न इच्छुक छस् भने, असल बन्: सिद्ध पारिनका लागि विजयको कामलाई स्वीकार गर्न यही लहरमा बसिराख्। आज, परमेश्‍वरको न्यायका कारण तैँले अलिकति पीडा र शोधन भोग्छस्, तर यो पीडा भोग्नुको मूल्य र अर्थ रहेको छ। मानिसका लागि, परमेश्‍वरको सजाय र न्याय शोधन, निर्मम खुलासा, र तिनीहरूले गरेका पापहरूका लागि तिनीहरूलाई दण्ड दिने र तिनीहरूको देहलाई दण्ड दिने उद्देश्यले गरिएका कामकुरा भए पनि, यी कुनै पनि कामको अभिप्राय तिनीहरूको देहलाई दोषी ठहराउनु र यसलाई नष्ट गर्नु होइन। वचनको कठोर खुलासा तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि मात्रै हो। तिमीहरूले व्यक्तिगत रूपमा यो काम यति धेरै अनुभव गरेका छौ र, स्पष्ट रूपमा, यसले तिमीहरूलाई दुष्ट मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवता जिउने बनाउनका लागि हो, र यो सबै तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिने कुरा हो। परमेश्‍वरको कामको हरेक चरण तेरा आवश्यकताहरूमा आधारित हुन्छ, तेरा कमजोरीहरूअनुसार, र तेरो खास कदअनुसार हुन्छ, र तिमीहरूमाथि सहन नसकिने कुनै पनि बोझ जबरजस्ती लादिँदैन। आज तँलाई यो कुरा प्रस्ट भएको छैन, र तँलाई मैले तँमाथि कठोर व्यवहार गरिरहेको छु भन्ने लाग्छ, अनि तँ मैले तँलाई घृणा गर्ने भएकाले नै म हरेक दिन तँलाई सजाय दिने, न्याय गर्ने, र हप्काउने गर्छु भन्ने विश्‍वास गर्छस्। तर तैँले सजाय र न्याय प्राप्त गरे पनि, यो वास्तवमा तँप्रतिको प्रेम हो, र यो सबैभन्दा ठूलो सुरक्षा हो। यदि तँ यस कामको अझ गहिरो अर्थ बुझ्न सक्दैनस् भने, तैँले अनुभव गरिरहन असम्भव हुनेछ। तैँले यस मुक्तिबाट सान्त्वना प्राप्त गर्नुपर्छ। होसमा आउन इन्कार नगर्। यति टाढासम्म आइसकेपछि, विजयको कामको महत्त्व तँलाई स्पष्ट भइसकेको हुनुपर्छ, र अब तैँले यसबारे कुनै पनि प्रकारको राय बोकिहिँड्नु हुँदैन!

अघिल्लो: विजयको कामको वास्तविक कथा (३)

अर्को: तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्