अध्याय ५

मेरो आत्माको आवाज मेरो स्वभावको सम्पूर्णताको अभिव्यक्ति हो। तिमीहरू बुझ्छौ? यस बुँदामा अस्पष्ट हुनु भनेको मलाई प्रत्यक्ष रूपमा विरोध गर्नु बराबर हुनेछ। के तिमीहरूले यसमा रहेको महत्त्वलाई साँच्चिकै देखेका छौ? मैले तिमीहरूमा कति धेरै मेहनत, कति धेरै शक्ति खर्च गर्छु के तिमीहरूलाई वास्तवमै थाहा छ? तिमीहरूले जे गरेका छौ र मेरा सामुन्ने तिमीहरूले कसरी व्यवहार गरेका छौ त्यसलाई उदाङ्गो राख्न के तिमीहरू वास्तवमै हिम्मत गर्छौ? र आफैलाई मेरो अगाडि मेरा जनहरू भनी भन्‍ने साहस तिमीहरूसँग छ—तिमीहरूसँग लाज छैन, कुनै समझ हुने कुरा त परै जाओस्! ढिलो वा चाँडो, तिमीहरू जस्ता मानिसहरू मेरो घरबाट निष्कासित हुनेछौ! मेरो लागि तँ साक्षी बनेको छस् भन्ने ठानेर मेरो अघि अनेक बहानाहरू बनाउँदै नआइज! के मानवजाति यसो गर्न सक्षम छ? यदि तेरा अभिप्रायहरू र तेरा लक्ष्यहरूका केही पनि बाँकी नरहेको भने, तँ लामो समयदेखि फरक मार्गमा अल्झिएको हुनेथिइस्। के मानव हृदयले कति लिन सक्छ सो मलाई थाहा छैन भन्‍ने तँलाई लाग्छ? यो समयभन्दा अगाडि, सबै कुराहरूमा, तँ अभ्यासको वास्तविकतामा प्रवेश गर्नुपर्छ; विगतमा तैँले गरे जस्तो तेरो मुख चलाएर मात्र तँ अघि बढ्न सक्दैनस्। विगतमा, तिमीहरूमध्ये अधिकांशले मेरो छानो मुनि निःशुल्क खायौ-पियौ; आज तिमीहरू अटल रूपमा उभिन सक्षम हुनुको कारण मेरा वचनहरूका कठोरताले गर्दा मात्र हो। के म जथाभाबी र विना उद्देश्य बोल्छु भन्‍ने तँलाई लाग्छ? असम्भव! म सबै कुराहरूलाई उच्‍च-स्थानबाट तल हेर्छु, र सबै कुराहरूमाथि उच्‍च-स्थानबाट प्रभुत्वको अभ्यास गर्छु। यसै गरी मैले मेरो मुक्तिलाई यस पृथ्वीमा ठीक ठाउँमा राखेको छु। मानिसका हरेक चाल र उनीहरूले भन्ने र गर्ने सबै कुरा मेरो गोप्य स्थलबाट मैले नहेर्ने त्यस्तो कुनै क्षण छैन। मानिसहरू मेरो लागि खुला किताब हुन्: उनीहरू प्रत्येकलाई र सबैलाई म हेर्छु र चिन्छु। गोप्य स्थल मेरो निवास हो, र समग्र आकाश-मण्डल म सुत्ने ओछ्यान हो। म प्रताप, धार्मिकता, र न्यायद्वारा परिपूर्ण भएकाले शैतानका फौजले मलाई भेट्न सक्दैनन्। मेरा वचनहरूमा अवर्णनीय रहस्य रहन्छ। जब म बोलिरहेको हुन्छु, तिमीहरू, केही थाहा नभए जस्तो, भर्खरै पानीमा फालिएका अन्योलग्रस्त चराहरू जस्ता वा भर्खरै त्रासित बच्चाहरू जस्ता बन्छौ किनकि तिमीहरूको आत्मा हक्‍का न बक्‍कको स्थितिमा झरेको छ। गोप्य स्थल मेरो निवास हो भनेर म किन भन्छु? के तँलाई मेरा वचनहरूका गहन अर्थ थाहा छ? मानिसहरूमध्ये मलाई चिन्न को सक्षम छन्? आफ्नै पिता र मातालाई चिने जसरी मलाई चिन्न को सक्षम छन्? मेरो निवासमा विश्राम गर्दै म नजिकबाट अवलोकन गर्छु: पृथ्वीमा सबै मानिसहरू आफ्‍ना गन्तव्य र आफ्‍ना भविष्यको लागि मात्र “संसारभरि यात्रा गर्न” र यताउता दगुर्न दौडधूप गर्छन्। तर, मेरो राज्य निर्माणको लागि दिनलाई अलिकति पनि ऊर्जा छैन, सास फेर्नको लागि चाहिने जति ऊर्जा समेत छैन। मैले मानिसहरूको सृष्टि गरेँ, र मैले उनीहरूलाई धेरै पटक विपत्तिबाट बचाएको छु; तथापि, यी मानिसहरू सबै अकृतज्ञ छन्: तिनीहरूमध्ये एक जना पनि मेरो मुक्तिका सबै घटनाहरू गणना गर्न सक्षम छैनन्। संसारको सृष्टिदेखि वर्तमानसम्म आइपुग्दा यति धेरै वर्षहरू—यति धेरै शताब्दीहरू—भइसकेको छ; मैले यति धेरै आश्‍चर्यकर्महरू गरेको छु र यति धेरै पटक मेरो बुद्धिलाई प्रकट गरेको छु। यति हुँदाहुँदै पनि, मानिसहरू मेरा मामिलाहरूमा ध्यान दिने थोरै पनि मनसाय नभएका, मानसिक रोगी जस्तो पागल र सुस्त, र अझ कहिलेकहीँ त जङ्गलमा दगुरिहिँड्ने जङ्गली जनावरहरू जस्ता छन्। धेरै पटक, मैले मानिसलाई मृत्युको सजाय दिएको छु र उनीहरूलाई मृत्यु-दण्ड दिएको छु, तर मेरो व्यवस्थापनको योजनालाई कसैले पनि हेरफेर गर्न सक्दैन। त्यसैले, आफू टाँसिएका पुराना कुराहरूलाई मानिसहरू मेरा हातहरूमा प्रकट गर्न जारी राख्छन्। मेरा कामका चरणहरूले गर्दा पतित, भ्रष्ट, अश्लील, र घृणित भएको ठूलो परिवारमा जन्मिएका तिमीहरूको अस्तित्वलाई मैले पुनः एक पटक उद्धार गरेको छु।

एक क्षण पनि नथामिईकन मेरो योजनाबद्ध काम अगाडि बढिरहेको छ। राज्यको युगमा सरेपछि, र मेरा जनहरूका रूपमा तिमीहरूलाई मेरो राज्यमा ल्याएपछि, तिमीहरूलाई मैले गर्ने अरू मागहरू हुनेछन्; भन्नुको अर्थ, म तिमीहरूको सामुन्ने विधान जारी गर्न सुरु गर्नेछु, जसद्वारा म यो युगलाई सञ्चालन गर्नेछु:

तिमीहरूलाई मेरा जनहरू भनिएको हुनाले, मेरो नामलाई महिमायुक्त बनाउन तिमीहरू सक्षम हुनुपर्छ; यसको अर्थ, परीक्षाको घडीमा साक्षीको रूपमा खडा हुन सक्‍नुपर्छ। यदि कसैले मलाई फुस्ल्याउने र मबाट सत्य लुकाउने प्रयास गर्छ, वा मेरा पछाडि अशोभनीय क्रियाकलापहरूमा संलग्न हुन्छ भने, तिनीहरूलाई मैले निराकरण नगरुञ्‍जेलसम्‍म, यस्ता मानिसहरूलाई मेरो घटबाट लखेटिनेछ र निकालिनेछ, यसमा कुनै अपवाद छैन। विगतमा जो मसँग बेइमान र अपुत्रोचित थिए, र मलाई खुला रूपमा जाँच्न जो आज फेरि खडा छन्—तिनीहरू पनि मेरो घरबाट लखेटिइनेछन्। जो मेरा जनहरू हुन् उनीहरूले मेरा बोझहरूको लागि निरन्तर चासो देखाउनु पर्छ साथै मेरा वचनहरू बुझ्न खोज्नुपर्छ। यस प्रकारका मानिसहरूलाई मात्र म अन्तर्दृष्टि दिनेछु, र कहिल्यै सजाय नपाउने गरी उनीहरू निश्‍चय नै मेरो मार्गदर्शन र अन्तर्दृष्टि अन्तर्गत जिउनेछन्। मेरा बोझहरूको लागि चासो देखाउन असफल हुनेहरू उनीहरूको आफ्नै भविष्यहरूको लागि योजना बनाउन दत्तचित्त हुन्छन्—यसको अर्थ, जो आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्ने लक्ष्य राख्दैन, तर सहयोगका हातहरूको खोजी गर्छन्—ती मगन्ते जस्ता प्राणीहरूलाई प्रयोग गर्न म पूर्णरूपमा इन्कार गर्छु किनकि मेरा बोझहरूको लागि चासो देखाउनु भनेको के हो तिनीहरू जन्मिएको समयदेखि तिनीहरूले जानेका छैनन्। तिनीहरू सामान्य समझ नभएका मानिसहरू हुन्; यस्ता मानिसहरू मस्तिष्कको “कुपोषण” बाट ग्रसित छन्, र केही “पोषण” को लागि उनीहरू घर जान आवश्यक छ। यस्ता मानिसहरू मेरो लागि व्यर्थ छन्। मेरा जनहरूका माझमा, खानु, कपडा लगाउनु, र सुत्नु जस्ता कुनै व्यक्तिले एकै क्षणको लागि पनि कहिल्यै नबिर्सिने कुराहरूलाई जस्तै, मलाई चिन्‍ने कार्य पनि अन्तिमसम्म नै देखिने बाध्यात्‍मक कर्तव्यको रूपमा सबैबाट माग गरिनेछ, ता कि मलाई चिन्ने काम पनि, आखिरमा, खानपान गर्नु जस्तै परिचित कुरा बन्नेछ—जुन कुरालाई तैँले अभ्यस्त भइसकेको हातले कुनै प्रयत्न विना नै गर्छस्। मैले बोलेका वचनहरूलाई हरेक व्यक्तिले उच्चतम विश्‍वासका साथ लिनुपर्छ र पूर्णरूपमा आत्मसात् गर्नुपर्छ; झाराटारुवा अर्ध-मापन हुन सक्दैन। मेरा वचनहरूलाई ध्यान नदिनेलाई सीधै मेरो प्रतिरोध गरेको मानिने छ; मेरा वचनहरूलाई नखाने वा तिनलाई बुझ्न नखोज्नेलाई मेरो ध्यान नदिएको मानिने छ, र मेरो घरको ढोकाबाट सीधै बाहिर बढारिने छ। यसो गर्नुको कारण, विगतमा मैले भने जस्तै, म मानिसहरूको ठूलो सङ्ख्या होइन श्रेष्ठता चाहन्छु। सय जना मानिसहरूमध्ये मेरा वचनहरूद्वारा यदि एक जनाले मात्र मलाई चिन्न सक्षम भयो भने त्यसपछि उक्त एक जनालाई अन्तर्दृष्टि दिने र प्रकाश छर्ने काममा ध्यान केन्द्रित गर्न म स्वेच्छाले अरू सबैलाई फालिदिनेछु। यसबाट तैँले देख्न सक्छस् धेरै सङ्ख्याले मात्र मलाई प्रकट गर्न र ममा जिउन सक्छन् भन्ने सत्य होइन। मैले चाहेको गहूँ हो (यद्यपि दानाहरू पोटिला नहुन सक्छन् ) र सामा होइन (दानाहरू प्रशंसनीय रूपमा पोटिला भए पनि)। जो खोजीलाई वास्ता गर्दैनन्, तर सुस्त तरिकाले व्यवहार गर्छन् उनीहरूले स्वेच्छाले छोड्नु पर्छ; तिनीहरूलाई हेर्ने मेरो कति पनि चाहना छैन, नत्र तिनीहरूले मेरो नाम बदनाम गराउने कार्यलाई जारी राख्छन्। मेरा जनहरूबाट म के चाहन्छु भन्ने सन्दर्भमा, अहिलेको लागि म यी उपदेशहरूमा रोकिनेछु, र परिस्थितिहरू कसरी बदलिन्छन् त्यसको आधारमा अरू प्रतिबन्धहरू बनाउनको लागि पर्खिनेछु।

विगतका दिनहरूमा, मानिसहरूको ठूलो जमातले सोच्यो म बुद्धिको परमेश्‍वर स्वयम् थिएँ, मानिसहरूका हृदयहरूमा गहिरिएर हेर्ने म त्यही परमेश्‍वर थिएँ, तथापि, यो केवल सतही गफ थियो। यदि मानिसहरूले साँच्चिकै मलाई चिनेका थिए भने हतारमा निष्कर्षहरूमा पुग्ने आँट उनीहरूले गर्ने थिएनन्, तर मेरा वचनहरूद्वारा मलाई चिन्ने प्रयत्न जारी राख्ने थिए। जब उनीहरू मेरा कामहरूलाई साँच्चिकै देख्‍न सक्‍ने चरणमा पुगेका थिए भने मात्रै, उनीहरू मलाई बुद्धिमान र अद्भुत भन्न लायक हुनेथिए। मेरो बारेमा तिमीहरूको ज्ञान अति सतही छ। युगहरूभरि, यति धेरै मानिसहरूले यति धेरै वर्षहरूसम्‍म मेरो सेवा गरेका छन् र, मेरा कामहरू देखेर, मेरा बारे साँच्चिकै केही बुझ्न पाएका छन्। यही कारणले गर्दा, मेरा पाइलाहरू खोजी गर्न अति कठिन भएको कारणले, मेरो विरोध गर्ने न्यूनतम मनसायलाई आश्रय दिने आँट नगरी, उनीहरूसँग सधैँ मप्रति समर्पित हृदय हुने गर्थ्यो। यदि ती मानिसहरूमाझ मेरो मार्गदर्शन अनुपस्थित थियो भने, उनीहरूले अन्धाधुन्ध काम गर्ने आँट गर्ने थिएनन्। तसर्थ, धेरै वर्षहरूको अनुभवमा जिएपछि, उनीहरूले अन्ततः मलाई बुद्धिमान, अद्भुत, र परामर्शदाता भन्दै मेरा वचनहरू दोहोरो धार भएका तरवार जस्ता छन्, मेरा कामहरू महान्, विस्मयकारी, र आश्‍चर्यजनक छन्, म प्रतापी पहिरनमा छु, मेरो ज्ञान आकाशभन्दा माथि पुग्छ भन्दै, र अन्य अन्तर्ज्ञानहरू बताउँदै मेरो बारेको ज्ञानको एक अंशलाई सामान्य तुल्याए। यद्यपि, आज, मेरो बारेको तिमीहरूको ज्ञान उनीहरूले हालेको जगमा मात्र आधारित छ, तसर्थ तिमीहरूमध्ये धेरैजसोले—सुगाहरूले जस्तै—उनीहरूले बोलेका वचनहरूलाई केवल सुनाइरहेका छौ। तिमीहरूले मलाई चिन्ने तरीका कति सतही छ र तिमीहरूको “शिक्षा” कति दयनीय छ, जसले गर्दा यति धेरै सजायबाट मैले तिमीहरूलाई माफी दिएको छु त्यस कुरालाई मैले ध्यानमा राख्‍ने हुनाले मात्रै यसो भएको हो। यति हुँदा पनि, तिमीहरूमध्ये धेरैजसोले आफैलाई अझै चिन्दैनौ वा तिमीहरूले आफ्‍ना काममा मेरो इच्छाको आकाङ्क्षालाई अगाडि नै राखिसकेका छौ, र यही कारणले न्यायबाट उन्मुक्ति पाएका छौ भन्‍ने सोच्छौ; वा देहधारी भएपछि मानवताका क्रियाकलापहरूबारे भेउ पाउन मैले पूर्णरूपमा छोडेको छु, र यही कारणले तिमीहरूले पनि सजायबाट उन्मुक्ति पाएका छौ; वा तिमीहरूले विश्‍वास गर्ने परमेश्‍वर ब्रह्माण्डका अन्तरिक्षहरूमा अस्तित्वमा छैनन् भन्‍ने विचार गर्छौ र त्यसैले परमेश्‍वरमा विश्‍वासलाई अन्यथा आलस्यमा व्यतीत गरिने समयलाई कटाउने माध्यमको रूपमा प्रयोग गर्दै, तिमीहरूले परमेश्‍वरलाई जान्‍ने कामलाई पूरा गर्नै पर्ने कर्तव्यको रूपमा आफ्‍नो हृदयमा राख्ने कुराभन्दा आफ्‍नो खाली समयमा गरिने कामकाजको रूपमा घटाएर झारेका छौ। यदि मैले तिमीहरूका योग्यताहरू, विवेक, र अन्तर्दृष्टिहरूको कमीमा सहानुभूति नराखेको भए, मेरो सजायको बीचोबीच तिमीहरू सबै नष्ट हुने थियौ, अस्तित्वबाटै मेटिनेथियौ। यद्यपि, पृथ्वीमा मेरो काम नसिद्धिएसम्म, मानवजातिप्रति म क्षमाशील रहनेछु। तिमीहरू सबैसँग हुनुपर्ने ज्ञान यही हो र असल र खराब कुन हो त्यसबारे दोधारमा पर्न छोड।

फेब्रवरी २५, १९९२

अघिल्लो: अध्याय २७

अर्को: अध्याय १५

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तँ कोप्रति निष्ठावान् छस्?

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ...

सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्