५३८ मानिसको परमेश्वरमाथिको आस्था हेर्नै नमिल्ने गरी खराब छ
१
परमेश्वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्ने मात्रै चासो छ। परमेश्वरको काम र व्यवस्थापनबारे उल्लेख गर्ने बित्तिकै, तिनीहरू चुप हुन्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू त्यस्ता अरोचक कुरालाई बुझ्नाले तिनीहरूको जीवन वृद्धि गर्न सहयोग गर्नेछैन वा कुनै लाभ प्रदान गर्नेछैन भन्ने ठान्छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको व्यवस्थापनबारे सूचना सुनेका भए नि, त्यसलाई अगम्भीर शैलीले लिने गर्छन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराका रूपमा देख्दैनन्, यसलाई तिनीहरूले जीवनको अंशका रूपमा लिएर यसलाई बुझ्ने त झनै गर्दैनन्। त्यस्ता मानिसहरूको परमेश्वरलाई पछ्याउनुको उद्देश्य निकै सरल हुन्छ, र त्यो एउटै उद्देश्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो उद्देश्यसँग सरोकार नराख्ने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिँदैनन्।
२
परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यो मालिक र कर्मचारी बीचको सम्बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम गरिने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने खाडल मात्रै हुन्छ। अहिले कुराहरू यो अवस्थासम्म आइपुगेकाले, यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्बन्ध कति सङ्कटग्रस्त बनेको छ भन्ने कुरालाई साँचो रूपमा बुझ्न सक्ने मानिसहरू कति छन्? जब मानिसहरूले आफैलाई आशिषित हुनुको हर्षमा डुबाउँछन्, परमेश्वरसँगको त्यस्तो सम्बन्ध कति लाजमर्दो र हेर्नै नसकिने हुन्छ भन्नेबारे कसैले पनि कल्पना गर्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ