४४७ तिमीहरूको आस्था ठ्याक्कै कस्तो छ?
१
तिमीहरूका मुख मलाई छल्ने शब्दहरू, फोहोर शब्दहरू, मलाई विश्वासघात गर्ने शब्दहरू र अहङ्कारका शब्दले भरिएका छन्। तिमीहरूले मसँग कहिल्यै निष्कपटताका शब्दहरू बोलेका छैनौ, कुनै पवित्र शब्दहरू, मेरो वचन अनुभव गर्ने र ममा समर्पित हुने कुनै शब्दहरू बोलेका छैनौ। अन्त्यमा, तिमीहरूको आस्था कस्तो छ? तिमीहरूका हृदयमा आकाङ्क्षा र पैसाबाहेक केही पनि छैन, र तिमीहरूका मनमा भौतिक वस्तुबाहेक केही पनि छैन। प्रत्येक दिन, तिमीहरू मबाट कसरी केही कुरा लिने भनेर हिसाबकिताब गर्छौ। प्रत्येक दिन, तिमीहरू मबाट कति सम्पत्ति र कति भौतिक वस्तु प्राप्त गरेका छौ भन्ने कुराको लेखाजोखा गर्छौ। प्रत्येक दिन, तिमीहरू आफूमाथि अझ बढी आशिष्हरू आओस् भनेर पर्खन्छौ, जसले तिमीहरूलाई आनन्द उठाउन सकिने अझ बढी कुराहरूको र अझ उच्च कुराहरूको आनन्द उठाउने तुल्याउन सकोस्।
२
तिमीहरूको प्रत्येक पलको सोचाइमा म हुन्न, न त त्यसमा मबाट आउने सत्यता नै हुन्छ, बरु त्यहाँ त तिमीहरूका श्रीमान् वा श्रीमती, छोरा, छोरीहरू, र तिमीहरूले खाने र लगाउने कुराहरू हुन्छन्। तिमीहरू कसरी अझ राम्रा, अझ उच्च आनन्द प्राप्त गर्न सकिन्छ भनी सोच्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि, के तिमीहरू अझै पनि लास होइनौ? तिमीहरूले आफूलाई बाहिरी रूपमा यति सुन्दर वस्त्रले सिङ्गारपटार गर्दा पनि, के तिमीहरू अझै पनि जीवनविहीन जिउँदो लास होइनौ र? आफ्नो पेटका खातिर तिमीहरू कपाल फुलेसम्मै परिश्रम गर्छौ, तैपनि मेरो कामका लागि तिमीहरूमध्ये कसैले पनि एक त्यान्द्रो कपालसम्म त्याग्दैनौ। तिमीहरू आफ्नै देहका खातिर, र आफ्ना छोराछोरीहरूका खातिर परिश्रम गर्दै र दिमाग खियाउँदै, निरन्तर दौडधुप गरिरहेका हुन्छौ, तैपनि तिमीहरूमध्ये एक जनाले पनि मेरा अभिप्रायका लागि कुनै व्यग्रता वा चिन्ता देखाउँदैनौ। तिमीहरूले मबाट अझै पनि प्राप्त गर्ने आशा राखेको कुरा के हो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ