मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

परमेश्‍वर मानिसहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गरेको माग गर्नुहुन्छ किनभने मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएका छन् र मानिसहरू उहाँलाई परमेश्‍वरको रूपमा नभई व्यक्तिको रूपमा व्यवहार गर्छन्। मानिसहरूले परमेश्‍वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्‍वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने चाहे मानिसहरूलाई जे नै होस्, वा तिनीहरूले जे सम्हालिरहेका हुन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र सबै कुरा आफ्नै देहको रक्षा गर्न र आफ्नै सम्भावनाको खातिर योजना बुन्ने गर्छन्। तिनीहरू सबै परमेश्‍वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्‍वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरू प्राकृतिक तवरमै लोभी हुन्छन्, र परमेश्‍वरसामु तिनीहरूमा कुनै समझ हुँदैन भन्ने प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—तिनीहरूले चाहे प्रार्थना गरिरहेका हुन् वा सङ्गति दिइरहेका वा सुसमाचार सुनाइरहेका—तिनीहरूको पछ्याइ, सोच र आकाङ्क्षाहरू, यी सबै कुरा परमेश्‍वरसँग माग गर्ने र उहाँबाट चीजहरू माग्ने प्रयास हुन्, मानिसहरू ती सबै कुरा परमेश्‍वरबाट केही पाउने आशामा गर्छन्। कतिपय मानिस भन्छन्, “यो मानव प्रकृति हो,” जुन सही कुरा हो! यसबाहेक, मानिसहरूले परमेश्‍वरसँग अत्यन्त धेरै माग गर्नु र अत्यधिक धेरै इच्छाहरू राख्नुले तिनीहरूमा साँच्ची नै विवेक र समझको कमी छ भन्ने प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गर्छन्, वा तर्क गर्ने र बहानाहरू खोज्ने प्रयास गर्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जुन “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुराको पूर्ण प्रमाण हो। मानिसहरूले परमेश्‍वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा उहाँलाई परमेश्‍वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। केही मानिस भन्छन्: “यदि हामीले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गरेका थिएनौँ भने, हामी किन उहाँमा अझै विश्‍वास गर्ने थियौँ र? यदि हामीले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार नगरेको भए, के उहाँलाई अहिलेसम्म पछ्याइरहन सक्थ्यौँ र? के हामीले यो सारा कष्ट सहन सक्थ्यौँ?” यसो हेर्दा, तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउन सक्षम छस्, तैपनि उहाँप्रतिको तेरो मनोवृत्तिमा, र धेरै कुरालाई हेर्ने तेरो दृष्टिकोणमा, तैँले परमेश्‍वरलाई अलिकति पनि सृष्टिकर्ताको रूपमा व्यवहार गर्दैनस्। यदि तँ परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्छस्, उहाँलाई सृष्टिकर्ताको रूपमा व्यवहार गर्छस् भने, तँ सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थानमा उभिनुपर्छ, र तैँले परमेश्‍वरसँग कुनै मागहरू गर्नु वा कुनै अत्यधिक इच्छाहरू राख्नु असम्भव हुनेछ। बरु तँ हृदयबाटै साँचो समर्पण गर्न सक्षम हुनेछस्, अनि परमेश्‍वरको मापदण्डअनुसार उहाँमा विश्‍वास गर्न र उहाँका सबै काममा समर्पित हुन पूर्ण सक्षम हुनेछस्।

देहधारणको गवाही दिन थाल्दा, मानिसहरू सबैले गुनासो गरे: “हे परमेश्‍वर, तपाईंले आफू देह बन्नुअघि हामीलाई मानसिक रूपमा तयार हुन सकौँ भनी अन्तर्दृष्टि दिनुभएन। यदि हामी मानसिक रूपमा तयार भएको भए, हामीले विद्रोह र प्रतिरोध गर्नुको सट्टा तपाईंलाई स्वीकार गर्नेथियौँ। के तपाईं सर्वशक्तिमान हुनुहुन्न र? हामी शैतानद्वारा भ्रष्ट पारिएकाले तपाईंविरुद्ध विद्रोह र प्रतिरोध गर्छौँ र यसो नगरी सक्दै सक्दैनौँ। के तपाईं हामीलाई प्रतिरोधी हुन नदिन केही गर्न र सहजै पार लगाउन सक्नुहुन्न?” मानिसले सोचेको कुरा यही होइन र? धेरै मानिस यसो भन्दै सर्तहरू पनि राख्छन्: “हामी आफ्नो विद्रोह र प्रतिरोधबारे केही गर्न सक्दैनौँ। परमेश्‍वरको देहधारण हाम्रो धारणासँग ठ्याक्कै मिल्दैन। यदि परमेश्‍वरको देहधारण अलि उच्च, वा हेर्नमा विशिष्ट, वा प्रचुर ज्ञानयुक्त र बोल्नमा सिपालु, वा चाहेअनुसार भौतिक शरीर धारण गर्न सक्ने अनि चिन्ह र चमत्कारहरू गर्न सक्ने भएको भए, वा यदि परमेश्‍वरले देखा परी मानिसहरूको कल्पनाअनुसार देहधारणमा काम गर्नुभएको भए, हामी उहाँको प्रतिरोध गर्नेथिएनौँ।” त्यो बेला धेरै मानिसहरूले यी मागहरू गरे, तर परमेश्‍वरले मानिसको कल्पना वा धारणाअनुसार काम गर्नुभएन। यसको विपरीत, उहाँले प्रतिप्रहार गर्दै पूर्णतया मानव धारणाविपरीत काम गर्नुभयो। यसले के प्रमाणित गर्‍यो? यसले के प्रमाणित गर्‍यो भने मानव धारणा र मागहरू अनुचित रूपका दुःखदायी कुरा हुन्। केही मानिसहरू मण्डली अगुवा बने तर कुनै वास्तविक काम गरेनन्, र आफूलाई केही बाहिरी मामिलाहरूमा मात्र व्यस्त राखे। जब मैले यी मानिसहरूलाई काटछाँट गरेँ, अलिअलि हप्काएँ, तब तिनीहरू भित्रभित्रै दुःखी भए, नराम्रोसँग रोए र नकारात्मक बने। तिनीहरूले मनमनै यसो भने: “के परमेश्‍वर कृपालु र मायालु हुनुहुन्न र? मैले निकै कष्ट भोगिरहेको छु, किन उहाँ मेरा लागि सान्त्वनाका केही मिठा बोली बोल्नुहुन्न? किन उहाँ मलाई आशीर्वादको एक शब्द पनि दिनुहुन्न?” मानिसहरूले यसरी परमेश्‍वरसँग माग गरे, र तिनीहरू आफ्नै तर्कहरूले भरिएका थिए। कतिपय मानिसहरू आफूले अरू धेरै मानिसलाई सफलतापूर्वक सुसमाचार सुनाएकाले आफूसँग पूँजी भएको ठान्थे, त्यसैले केही गलत गरेकोमा काटछाँटमा परेपछि तिनीहरूले यस्तो तर्क गरे: “मैले कुनै इनामबिना नै धेरै मानिसलाई सफलतापूर्वक सुसमाचार सुनाएँ, र अहिले मलाई यसरी काटछाँट गरिएको छ। मैले धेरै कष्ट झेलेको छु, र पनि अन्त्यमा मलाई काटछाँट गरियो। किन परमेश्‍वर मेरो भावनाको वास्ता गर्नुहुन्न?” के यस्तो सोच्ने मानिसहरूको हृदयमा सत्यता हुन्छ? के यी मागहरू उचित छन्? यदि मैले कसैलाई काटछाँट गरेपछि सान्त्वना दिएको भए तिनीहरूले यस्तो सोच्नेथिए, “परमेश्‍वर एकदमै असल हुनुहुन्छ, उहाँले मलाई सान्त्वना दिनुहोला भन्ने कहिल्यै सोचेको थिइनँ।” तर त्यसपछि, यदि मैले अरू कसैलाई काटछाँट गरेँ, र त्यो व्यक्ति निकै दुःखी भयो, अनि मैले उसलाई सान्त्वना नदिएको भए, त्यो व्यक्तिले यस्तो सोच्नेथियो, “किन परमेश्‍वर अरूलाई काटछाँट गरेपछि सान्त्वना दिनुहुन्छ, तर मलाई सान्त्वना दिनुहुन्न? परमेश्‍वर मप्रति निष्पक्ष भइरहनुभएको छैन,” अनि तिनीहरूको हृदयमा धारणाहरू उब्जनेछन्। मानिसहरू आफ्ना हृदयमा धेरै अनुचित माग, कल्पना र इच्छाहरू राख्छन् जुन निश्चित समय र निश्चित सही वातावरणमा विस्फोट हुनेछ। मानिसले प्रकट गर्ने कुनै पनि सोच, विचार, वा मागहरू परमेश्‍वरसँग मेल खाँदैनन्, र मानिसको प्रकृति शैतानी कुराहरूले भरिएको हुन्छ: उसले सबै कुरा आफ्नै लागि गर्छ, ऊ स्वार्थी र लोभी हुन्छ, ऊसँग अत्यधिक धेरै इच्छा हुन्छन्, र ऊ निकै फोहोरी र अति नै गहन रूपमा भ्रष्ट हुन्छ।

परिस्थिति जस्तोसुकै होस्, मानिसहरू सधैँ परमेश्‍वरसँग माग गर्छन्। यसमा समस्या के हो? कतिपय मानिसले आफूलाई ऐसआराम भइरहेको बेला परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गर्नेछन्, “हे परमेश्‍वर, मलाई रक्षा गर्नुहोस्, मलाई सधैँ यस अवस्थामा जिउन दिनुहोस्।” मानिसहरू बेखुस वा निराश हुँदा पनि माग गर्छन्: “हे परमेश्‍वर, तपाईं किन मलाई दया देखाउनुहुन्न? तपाईं किन मलाई अन्तर्दृष्टि दिनुहुन्न? किन परिस्थितिहरू अरू मानिसका लागि यति राम्रा, तर मेरा लागि चाहिँ यति खराब छन्?” विपत्तिको सामना गर्दा मानिसहरू परमेश्‍वरलाई आफ्नो वातावरण परिवर्तन गरिदिन जोडतोडले माग गर्छन्। जब परिस्थिति ठिकठाक चलिरहेको हुन्छ, तब मानिसका मागहरू झनै अत्यधिक हुन्छन्। जब मानिसहरू केही पाउँछन्, तब झन् धेरै लालसा गर्छन्, र जब केही पाउँदैनन्, तब त्यो पाउन हदै चाहना गर्छन्। मानिसहरू के पाउन चाहन्छन्? तिनीहरू आफूलाई मनपर्ने कुरा र तिनीहरूको देहगत रुचिका कुरा पाउन चाहन्छन्। तसर्थ, मानिसको कुनै पनि माग उचित वा योग्य हुँदैन। जब मैले केही गरिब परिवारलाई केही कपडा वा सरसामान दिएँ, तब केही मानिसहरू यो देखेर बेखुस भए। तिनीहरूले सोचे, “किन परमेश्‍वर सधैँ तिनीहरूको ख्याल गर्नुहुन्छ तर मलाई ख्याल गर्नुहुन्न? परमेश्‍वर निष्पक्ष हुनुहुन्न!” अरूलाई त्यस बेला यो कुरा मनमा लागेन, र सोचे, “परमेश्‍वरको अनुग्रहले गर्दा नै म उहाँमा विश्‍वास गर्ने मार्गमा हिँड्न र अहिलेसम्म सुरक्षित रूपमा यसलाई पछ्याउन सकेको छु। म ती भौतिक कुराहरूको पछि लाग्नु हुँदैन।” तर पछि यसबारे सोचविचार गरेपछि तिनीहरू दुःखी भए। जब तिनीहरूलाई त्यो भावनालाई जित्न नसक्ने महसुस भयो, तब तिनीहरूले प्रार्थना गरे र केही समय सोच्न छोडिदिए, तर ती कुरा अझै पनि तिनीहरूको हृदयमा थिए—तिनीहरूले ती कुरालाई जसरी मूल्याङ्कन गरे पनि, तिनीहरू मनमा अझै बेखुस थिए अनि तिनीहरूले मनमनै सोचे: “परमेश्‍वरको धार्मिकता कहाँ छ? किन म त्यो देख्न सक्दिनँ? परमेश्‍वर यी कुनै पनि बाहिरी मामिलालाई निष्पक्ष वा उचितरूपमा सम्हाल्नुहुन्न, त्यसैले उहाँको धार्मिकता कहाँ प्रकट हुन्छ?” त्यसपछि तिनीहरूले आफ्नो मन परिवर्तन गरे र सोचे, “धार्मिकता र निष्पक्षता वा उचितपन उस्तै होइनन्, र तिनलाई मिसाउनु हुँदैन,” तर तिनीहरू अझै पनि दुःखी थिए र यो कुरालाई छोड्न सकेनन्। मानिसहरू थोरै भौतिक कुराबारे धेरै चिन्तित हुन्छन्, यदि तिनीहरू सत्यताबारे यसरी नै चिन्तित हुन सकेका भए धेरै राम्रो हुन्थ्यो। जे भए पनि, व्यक्तिले हृदयमा सधैँ परमेश्‍वरसँग माग गर्नु उसको प्रकृतिकै भाग हो, र सत्यतालाई प्रेम नगर्ने मानिसहरू सबै भौतिक लाभलाई प्रेम गर्छन्। सङ्क्षेपमा भन्नुपर्दा, मानिसका सबै माग र गुप्त योजनाहरू—परमेश्‍वरबाट यो र त्यो माग गर्नु, यहाँ र त्यहाँ गुप्त योजना बनाउनु—सत्यतासँग मेल खाँदैनन्, र परमेश्‍वरका माग र अभिप्रायसँग बाझिन्छन्। परमेश्‍वर ती कुनै कुरालाई पनि प्रेम गर्नुहुन्‍न, ती सबैलाई तिरस्कार र घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्‍वरसँग गर्ने माग, पछ्याउने सबै कुरा र तिनीहरू हिँड्ने मार्ग यी सबै कुराको सत्यतासँग कुनै सम्बन्ध छैन। केही मानिस सोच्छन्, “म मण्डलीका लागि धेरै वर्षदेखि काम गरिरहेको छु—यदि म बिरामी भएँ भने परमेश्‍वरले मलाई निको पार्नुपर्छ आशिष् दिनुपर्छ।” विशेष गरी, लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्नेहरू उहाँबाट अझ धेरै माग गर्छन्; विश्‍वास गरेको केही समय मात्र भएकाहरू आफूलाई माग गर्न अयोग्य ठान्छन्, तर केही समयपछि आफूलाई यसको हकदार ठान्न थाल्नेछन्। मानिसहरू यस्तै हुन्छन्; यो मानिसको प्रकृति हो र यसको अपवाद कोही छैन। कतिपय मानिस भन्छन्, “मैले परमेश्‍वरसँग कहिल्यै अत्यधिक माग गरेको छैन किनभने म सृष्टि गरिएको प्राणी हुँ, र उहाँसँग कुनै पनि कुरा माग्न म योग्य छैनँ।” त्यसो भन्न हतार नगर्, समयले सबै कुरा खुलाउनेछ। मानिसको प्रकृति र मनसाय अन्ततः एक दिन खुलासा हुनेछन् र विस्फोट भएर निस्कनेछन्। मानिसहरू परमेश्‍वरसँग माग गर्दैनन् किनभने तिनीहरूलाई यो आवश्यक छ वा सही समय हो भन्ने लाग्दैन, वा तिनीहरूले पहिले नै परमेश्‍वरसँग धेरै मागहरू गरिसकेका छन्, तैपनि तिनीहरूलाई यो माग हो भन्ने लाग्दैन। छोटकरीमा भन्नुपर्दा, मानिसहरूमा यस्तै खाले प्रकृति हुन्छ, त्यसैले तिनीहरूले यो प्रकट नगर्नु असम्भव हुन्छ। सही परिस्थिति वा अवसर आउनसाथ यो स्वतः प्रकट हुनेछ। आज यसबारे किन सङ्गति गर्ने? मानिसहरूलाई आफ्नो प्रकृतिमा के छ भनेर बुझाउनका लागि। तिमीहरूले परमेश्‍वरमा केही वर्षदेखि विश्‍वास गर्नु वा मण्डलीका लागि केही दिन काम गर्नुको अर्थ उहाँका लागि आफूलाई खर्चेका, समर्पण गरेका वा धेरै कष्ट भोगेका छौ अनि भौतिक वस्तु, शारीरिक भरणपोषणजस्ता केही कुरा पाउनुपर्छ, वा अरूबाट अझ धेरै सम्मान र कदर पाउनुपर्छ, वा परमेश्‍वरले तिमीहरूसँग नरम बोल्नुपर्छ, वा तिमीहरूको अझ धेरै ख्याल गर्नुपर्छ र तिमीहरूले राम्रोसँग खाइरहेका र लाइरहेका छौ कि छैनौ, तिम्रो शारीरिक स्वास्थ्य कस्तो छ भनी सोध्नुपर्छ भन्ने आदि कुरा होइन। मानिसहरूले परमेश्‍वरका लागि लामो समयदेखि आफूलाई खर्चेका बेला तिनीहरूमा यी कुराहरू थाहै नपाई उत्पन्न हुन्छन्, अनि उहाँबाट जुनसुकै कुरा माग्न आफूलाई योग्य ठान्छन्। तिनीहरूले थोरै समय मात्र परमेश्‍वरका लागि आफूलाई खर्चिरहेको बेला परमेश्‍वरसँग माग गर्ने आफ्नो अधिकार छैन भन्ने सोच्छन् र माग गर्ने साहस गर्दैनन्। तर समय बित्दै जाँदा, तिनीहरूले आफूसँग पूँजी छ भन्ने सोच्नेछन् अनि तिनीहरूका मागहरू बाहिर निस्कन थाल्नेछन्, र तिनीहरूको प्रकृतिका यी पक्षहरू खुलासा हुनेछन्। के मानिसहरू यस्तै हुँदैनन् र? किन मानिसहरू परमेश्‍वरसँग यस्ता मागहरू गर्नु उचित हो कि होइन भनेर विचार गर्दैनन्? के तँ यी कुराहरूको योग्य छस्? के परमेश्‍वरले तँलाई यी कुराहरूको प्रतिज्ञा गर्नुभएको थियो? यदि कुनै चीज तेरो होइन, तैपनि तँ हठपूर्वक यसको माग गर्छस् भने, यो सत्यतासँग बाझिन्छ, र यो पूर्णरूपमा तेरो शैतानी प्रकृतिबाट जन्मिएको हो। प्रधानदूतले सुरुमा कस्तो व्यवहार गरेको थियो? यसलाई अति धेरै उच्च स्थान दिइएको थियो, अत्यन्त धेरै कुरा दिइएको थियो, त्यसैले यसले आफूले जे चाह्यो र जे पायो त्यसको आफू योग्य छ भन्ने सोच्यो, र अन्तिममा त्यो यसो भन्ने हदमा पुग्यो, “म परमेश्‍वरको बराबरी हुन चाहन्छु!” त्यसैले मानिसहरू अति धेरै मागहरू गर्दै, अति ठूला इच्छाहरू राख्दै परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिनीहरूले आफूलाई जाँचेनन् र समस्याको गम्भीरता बोध गर्न सकेनन् भने एक दिन यसो भन्नेछन्, “हे परमेश्‍वर, अवकाश लिनुहोस्। म आफै लगभग परमेश्‍वर बन्न सक्छु,” वा, “हे परमेश्‍वर, तपाईं जे लगाउनुहुन्छ, म त्यही लगाउनेछु, तपाईं जे खानुहुन्छ म त्यही खानेछु।” यस तहमा पुगेका मानिसहरूले पहिले नै परमेश्‍वरलाई मानवको रूपमा व्यवहार गरिरहेका छन्। मानिसहरूले देहधारी परमेश्‍वर नै परमेश्‍वर स्वयम् हुनुहुन्छ भनेर मुखले स्विकारे पनि, यी सबै देखावटी बोली मात्र हुन्। यथार्थमा, तिनीहरूको हृदयमा परमेश्‍वरप्रति अलिकति पनि समर्पण वा डर हुँदैन। कतिपय मानिस त परमेश्‍वरसमेत बन्न चाहन्छन्, अनि यदि तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छाहरू यस हदसम्म बढ्यो भने समस्या हुनेछ। तिनीहरूमाथि विपत्ति खनिन सक्नेछ, र तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिए पनि परमेश्‍वरबाट अझै दण्ड पाउनेछन्।

परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नुपर्छ, र त्यसो गरेर मात्र तिनीहरूले साँचो अर्थमा परमेश्‍वरमा विश्‍वास गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरको हैसियतलाई मात्र स्वीकार गर्नु हुँदैन, तिनीहरूसँग परमेश्‍वरको सार र स्वभावको साँचो बुझाइ र डर हुनुपर्छ, र तिनीहरू पूर्ण रूपमा समर्पणकारी हुनुपर्छ। यसलाई अभ्यास गर्ने यहाँ केही तरिका छन्: पहिलो, परमेश्‍वरसँग अन्तरक्रिया गर्दा कुनै पनि धारणा वा कल्पना नबोकी आफूभित्र भक्तिभाव र इमानदार मनोवृत्ति कायम राख्नुपर्छ, अनि तिनीहरूमा समर्पणकारी हृदय हुनुपर्छ। दोस्रो, आफूले भन्ने हरेक कुरा, सोध्ने हरेक प्रश्न र परमेश्‍वरसामु आफूले गर्ने सबै कुरालाई जाँच्ने र प्रार्थना गर्ने मनसाय राख्नुपर्छ। सत्यता सिद्धान्तअनुसार र परमेश्‍वरको वचनको आधारमा कसरी अभ्यास गर्ने भनेर थाहा पाएर मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तँ सत्यता खोजी गर्दैनस् भने, सत्यता वास्तविकतामा प्रवेश गर्न असमर्थ हुने मात्र होइन, तर तैँले झन्-झन् धेरै धारण बटुल्नेछस्, र यसले समस्या निम्त्याउनेछ। जब तँ परमेश्‍वरलाई व्यक्ति ठान्छस्, तब तैँले विश्‍वास गर्ने परमेश्‍वर स्वर्गका अस्पष्ट परमेश्‍वर हुनुहुन्छ; तैँले देहधारणलाई पूर्ण रूपमा अस्वीकार गरेको हुनेछस्, र तैँले उप्रान्त आफ्नो हृदयमा व्यावहारिक परमेश्‍वरलाई स्वीकार गर्नेछैनस्। यस बेला, तँ ख्रीष्टविरोधी बन्नेछस् र अन्धकारमा खस्नेछस्। तँ आफूलाई जति धेरै सही ठान्छस्, तैँले परमेश्‍वरबाट त्यति नै धेरै मागहरू गर्नेछस्, र तँमा उहाँबारे त्यति नै धेरै धारणा हुनेछन्, जसले तँलाई झन् झन् खतरामा पार्नेछ। तँ परमेश्‍वरबाट जति धेरै माग गर्छस्, त्यति नै धेरै यसले के तँ परमेश्‍वरलाई केवल परमेश्‍वरको रूपमा व्यवहार गर्दैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्नो हृदयमा सधैँ परमेश्‍वरसँग मागहरू राख्छस् भने, समयको दौडान तैँले आफूलाई परमेश्‍वर ठान्ने सम्भावना हुनेछ, र मण्डलीमा काम गर्दा आफ्नै गवाही दिनेछस्, यसोसमेत भन्नेछस्, “के परमेश्‍वर आफ्नो गवाही दिनुहुन्न र? म किन दिन सक्दिनँ र?” तैँले परमेश्‍वरको काम नबुझ्ने भएकाले, उहाँबारे धारणा राख्नेछस्, र तँसँग परमेश्वरको डर मान्ने हृदय हुनेछैन। तेरो बोल्ने लबज परिवर्तन हुनेछ, तेरो स्वभाव अहङ्कारी हुनेछ, र अन्त्यमा तँ बिस्तारै आफूलाई उचाल्न र आफ्नो गवाही दिन थाल्नेछस्। यो मानिसको पतन हुने प्रक्रिया हो, र यो पूर्णतया उसले सत्यता नपछ्याएकोले गर्दा हुन्छ। ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्‍वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्‍वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छ भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्‍वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरैपहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्। केही ठाउँमा यस्तो भइसकेको छ। एक जना नयाँ विश्‍वासीले कुनै सिस्टरलाई बोलेको र हेर्दा निकै मर्यादित देखे, अनि उनलाई नै परमेश्‍वर ठाने। जब ती सिस्टर जाने बेलामा ती नयाँ विश्‍वासी उनको खुट्टा समातेर रोए, “हे परमेश्‍वर! नजानुहोस्! हे परमेश्‍वर! म तपाईंलाई भुल्नेछैनँ!” ती सिस्टरलाई आफू परमेश्‍वर होइन भन्ने स्पष्ट थाहा थियो, तर उनले यो गलत कुरालाई इन्कार गरिनन्, न त सच्याइन्। के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? (हुँदैन।) उनीसँग समझ बिलकुलै हुँदैन, र उनी पक्कै पनि असल होइनन्! कतिपय मानिस अन्योलमा र अनभिज्ञ हुन्छन्, र कसैलाई त्यसरी परमेश्‍वर ठान्छन्—यो साँच्चै भयानक कुरा हो! र उनको खुट्टा समातेर रुनु एकदमै सुधार गर्न नसकिने अनभिज्ञता हो! यदि तँ शैतानबाटको भ्रष्ट मानिसलाई परमेश्‍वरको रूपमा लिन सक्छस् भने, तैँले कुन तरिकाले परमेश्‍वरमा विश्‍वास गरिरहेको हुन्छस्? के यो शैतानमा विश्‍वास गर्नु होइन र? कुनै व्यक्तिलाई परमेश्‍वरजस्तो व्यवहार गर्न कुनै व्यक्ति कत्तिचाहिँ अन्योलमा परेको रहेछ त? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर सत्यता स्विकार्न वा पछ्याउन सक्दैनस् भने, तँलाई अरूले बहकौना सक्छन् र तँ मूर्ख कामहरू गर्न र पथभ्रष्ट हुन सक्नेछस्। मूर्ख र अनभिज्ञ मानिसहरू साँच्चै जोखिममा हुन्छन्, तिनीहरूले सबै प्रकारका मूर्ख कामहरू गर्न सक्छन्।

मानिसहरू सधैँ परमेश्‍वरसँग मागहरू राख्छन्, आफ्नै धारणाअनुसार उहाँलाई यो वा त्यो गरिदिन अनुरोध गर्छन्। तँ परमेश्‍वरसँग आफूलाई बचाउन, दया गर्न, माया गर्न, अनुग्रह देखाउन अनुरोध गर्छस्—यी सबै आफ्नै विचारहरूअनुसार गर्छस्। यसो गर्दा, तैँले परमेश्‍वरसँग माग गर्न र उहाँलाई तेरो कुरा मान्न लगाउन आफ्नै विचार र तौरतरिका प्रयोग गरिरहेको हुन्छस्। यसमा के समस्या छ? के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? तैँले त केवल आफैमा विश्‍वास गरेको हुन्छस्। परमेश्‍वर तेरो हृदयमा हुनुहुन्न, न त तँसँग बताउने कुनै सत्यता नै हुन्छ। कसैले मेरा लागि दया देखाउँदै एक जोडी जुत्ता किनिदियो, तर त्यो ठिक भएन, त्यसैले म फिर्ता गर्न चाहन्थेँ। तर त्यसपछि मैले सोचेँ, यदि मैले त्यो जुत्ता फिर्ता गरेँ भने उसले गलत ठान्ला, त्यसैले मैले त्यो जुत्ता अर्को मान्छेलाई लगाउन दिएँ। उसले यो कुरा थाहा पाएपछि सो पचाउन सकेन र भन्यो: “के तपाईंलाई थाहा छ त्यो जुत्ता किन्न मैले कति मेहनत गरेँ र पैसा खर्च गरेँ, अनि कति टाढासम्म गएँ? तपाईंले त्यो यति सजिलै अरूलाई दिनुभयो, के तपाईंलाई मैले त्यो पैसा त्यति सजिलै कमाएको जस्तो लाग्छ? यदि तपाईं त्यो लगाउन चाहनुहुन्न भने फिर्ता दिनुहोस्—तपाईंले त्यो कसरी अरूलाई दिन सक्नुभयो?” मैले भनेँ: “मैले तिमीलाई मेरा लागि जुत्ता किन्नू भनेको थिइनँ। तिमीले नै किनेर मलाई दियौ, तर मलाई ठिक भएन र मैले अरूलाई लगाउन दिएँ। के त्यो समस्या हो र? यदि मैले त्यो तिमीलाई फिर्ता दिएको भए के तिमी नकारात्मक र कमजोर बनी मलाई गलत ठान्नेथिएनौ र? के म उचित बन्दोबस्त मिलाउन सक्दिनँ र?” के मानिसहरूले मलाई यसरी व्यवहार गर्नु उचित हो? यस्तो लाग्छ, मानिसहरू परमेश्‍वरलाई केही चढाउँदासमेत मनसाय र मागहरू राख्छन्। के यो सत्यता बुझ्ने व्यक्ति हो? जब तँ परमेश्‍वरलाई केही चढाउँछस्, तब त्यो तिम्रो हुँदैन, त्यो परमेश्‍वरको हुन्छ। परमेश्‍वर यसलाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ, र यसलाई कसरी सम्हाल्ने त्यो उहाँको काम हो। मानिसहरूमा अलि समझ हुनुपर्छ, समर्पित हुन सिक्नुपर्छ र परमेश्‍वरको मामिलामा सधैँ हस्तक्षेप गर्नु हुँदैन। के परमेश्‍वरसँग निरन्तर बहस गर्नु कुनै समझपूर्ण कुरा हो? मानिसहरू मेरा लागि चिजबिजहरू किन्दा परमेश्‍वरप्रति ठूलो दया र प्रेमले भरिएका देखिन्छन्, तर पछि मैले ती कुरा मन पराउनैपर्छ भनेर माग गर्छन्, र मैले मन पराइनँ भने गुनासो गर्छन्। त्यसबाहेक, यदि मैले ती कुरा प्रयोग गरिनँ भने त्यो ठिक मानिँदैन, मैले ती कुरा कसलाई दिन पाउँछु भनेर मानिसहरू सीमा बाँध्छन्, र मलाई यो वा त्यो गर्न दिँदैनन्। मानिसहरू यसरी दिनभरि नै परमेश्‍वरलाई जाँच्छन् र तौलन्छन्, अनि सोच्छन् “किन परमेश्‍वर मानिसको इच्छा पूरा गर्न सक्नुहुन्न?” मानिसहरूमा पूर्णतया समझको कमी छ, तिनीहरू साह्रै असमझदार छन्! मानिसहरू सबैले यसो भन्ने गरेको मैले पाएको छु, “मैले परमेश्‍वरलाई राम्रोसँग प्रेम गर्नैपर्छ, र उहाँको प्रेमको साटो तिर्नैपर्छ,” तर परमेश्‍वरलाई प्रेम गर्नु भनेको के हो भनेर तिनीहरूले हृदयमा अलिकति पनि बुझ्दैनन्। मानिसहरूको हृदय तिनीहरूको भ्रष्ट स्वभावले भरिएको हुन्छ, अनि त्यहाँ प्रेम कसरी हुन सक्छ? यदि सामान्य मानिसको समझसमेत नहुने गरी मानिसहरू यति भ्रष्ट हुन्छन् भने परमेश्‍वरलाई माया गर्ने र उहाँमा समर्पित हुने कुरा खोक्रा शब्दहरू मात्र होइनन् र? मानिसहरूभित्र हुने कुरा भनेकै धारणा र कल्पना, क्रोध, अत्यधिक इच्छा, र तिनीहरूका अनुचित माग मात्र हुन्। तिनीहरूभित्र प्रेम वा समर्पणता बिलकुलै छैन। मानिसहरूका लागि प्रेम भनेको पछ्याउने लक्ष्य मात्र हो, परमेश्‍वरको मापदण्ड मात्र हो। तिनीहरूमध्ये कतिले यो हासिल गर्छन्? कति जनासँग वास्तविक अनुभवसम्बन्धी गवाही छ?

अब तिमीहरू सबै सत्यताको पछि लाग्ने र आफ्नो स्वभाव परिवर्तन गर्ने प्रयास गर्न इच्छुक भएको बेला, तैँले परमेश्वरसँग माग गर्दा आफूलाई कसरी आत्मसमीक्षा गर्नुपर्छ? के तेरा मागहरू सत्यताअनुरूप छन्? परमेश्वरप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? के तैँले यी प्रश्नहरूबारे कहिल्यै विचार गरेको छस्? कतिपय मानिस केही मण्डलीको नेतृत्व गरेपछि अहङ्कारी बन्छन्, परमेश्वरको घर तिनीहरूबिना नचल्ने र आफूलाई विशेष व्यवहार गरिनुपर्छ भन्ने सोच्छन्। मानिसहरूमा शैतानी प्रकृति हुन्छ र कुनै व्यक्तिको स्थान जति उच्च हुन्छ, परमेश्वरप्रति उसका मागहरू त्यति नै धेरै हुन्छन्; कुनै व्यक्तिले जति धेरै धर्मसिद्धान्तहरू बुझ्छ, त्यति नै धेरै उसका मागहरू लुकेका र विश्वासघाती हुन्छन्। तिनीहरूले ती मुखले नभन्लान्, तर ती तिनीहरूको हृदयमा लुकेका हुन्छन्। ती कुरा अरू मानिसहरूले सजिलै पत्ता लगाउँदैनन्, तर व्यक्तिभित्र रहेको गुनासो र प्रतिरोध कति बेला विस्फोट हुन सक्छ, त्यो कसलाई थाहा हुन्छ र? यसको अर्थ, झन् धेरै समस्या हुन्छ र यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउन सक्नेछ। धार्मिक संसारमा कुनै व्यक्ति जति बढी अगुवा वा सेलेब्रिटी भयो, ऊ त्यति नै खतरामा परेको ख्रीष्टविरोधी हुने सम्भावना किन हुन्छ? व्यक्तिको स्थान जति उच्च हुन्छ, उसको महत्त्वाकाङ्क्षा त्यति नै ठूलो हुन्छ; व्यक्तिले धर्मसिद्धान्त जति धेरै बुझ्छ, उसको स्वभाव त्यति नै धेरै अहङ्कारी हुन्छ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नु तर सत्यतालाई छोडेर हैसियतको पछि लाग्नु खतरनाक कुरा हो। परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र सत्यतालाई प्रेम नगर्ने सबैलाई प्रकाश गर्नुभएको र उहाँको घरबाट हटाउनुभएको छ, झन् धार्मिक वृत्तमा भएकाहरूलाई नहटाउने त कुरै भएन। के तिमीहरूलाई परमेश्वरले मानिसहरूलाई न्याय गर्नु र सजाय दिनु आवश्यक छ जस्तो लाग्छ? जब मानिसहरू वास्तवमै सत्यता बुझ्छन् र जीवन प्रवेश प्राप्त गर्छन्, तब तिनीहरूले आफ्नै भ्रष्टताको वास्तविकता देख्नेछन् र सत्यताको पछि नलाग्नु तिनीहरूका लागि खतरनाक हुनेछ भन्ने महसुस गर्नेछन्। अहिले, मानिसहरू आफ्नै प्रकृतिलाई पटक्कै बुझ्दैनन्; तिनीहरूसँग थोरै सतही बुझाइ छ भने पनि, यो धर्मसिद्धान्तहरूको बुझाइ मात्र हो, र तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्। त्यसकारण, तिनीहरू आफू खतरामा रहेको ठान्दैनन्, न त तिनीहरू डराउन वा आफ्नो बारेमा चिन्ता गर्न जान्दछन्। केही नयाँ विश्वासीहरू कुनै पनि कुरा भन्ने र गर्ने हिम्मत गर्छन्, तर न्याय र सजाय भोगेकाहरू फरक हुन्छन्। तिनीहरूसँग परमेश्वरको केही डर मान्ने हृदय हुन्छ, र आफूभित्र केही धारणा पालेर राखे पनि, त्यसलाई बताउने हिम्मत गर्दैनन्, तर तिनीहरू तुरुन्तै यसरी प्रार्थना गर्न जान्दछन्: “हे परमेश्वर, मैले तपाईंलाई चिढ्याएको छु…।” केही नयाँ विश्वासीहरू सोचविचार नगरिकनै ईशनिन्दाका शब्दहरू ओकल्ने हिम्मत गर्दै भन्छन्, “परमेश्वरले कष्ट भोग्नुहुन्छ र? कस्तो कष्ट भोग्नुहुन्छ? मिठो खानु र राम्रो लगाउनु, चारैतिर मानिसहरूबाट सत्कार पाउनु—त्यो त कष्ट होइन! तर म ती कुराहरू वास्ता गर्दिनँ। म परमेश्वरको आत्मामा विश्वास गर्छु, व्यक्तिलाई होइन।” तिनीहरू देहधारणलाई अस्वीकार गर्ने हिम्मत गर्छन्। यी मानिसहरूमा यस्तो धृष्टता हुन्छ। तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन, तिनीहरू कुनै कुरासँग डराउँदैनन्, तिनीहरू जे पनि भन्न हिम्मत गर्छन्, र तिनीहरू सबैमा पैशाचिक र पाशविक प्रकृति हुन्छ। यदि माथिलाई कसैबारे अलि राम्रो छाप पर्छ वा राम्रो विचार आउँछ भने, कतिपय मानिसहरू भन्छन्, “यिनी मण्डलीमा लोकप्रिय र मनपर्दा व्यक्ति हुन्, जसलाई परमेश्वरको घरमा राम्रोसँग स्वागत गरिन्छ।” के यस्तो व्यक्तिले सत्यता बुझ्छ? अलिकति पनि बुझ्दैन। तिनीहरूको परिस्थितिलाई हेर्ने तरिकाले तिनीहरूको हृदयका सबै कुरा अझै पनि सांसारिक छन् भन्ने पूर्ण रूपमा खुलासा गरेको छ। यो पूर्णतया सांसारिक दृष्टिकोण र चाला हो। के परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँका वचनहरू पढ्‌नुले यी मानिसहरूमा कुनै प्रभाव पार्न सक्छ? तिनीहरू सत्यता बिलकुलै स्वीकार गर्दैनन्, र परिस्थतिहरूलाई हेर्ने तिनीहरूको तरिका गैरविश्वासीहरूको जस्तै छ। तिनीहरू वास्तवमा अविश्वासी हुन्।

सधैँ परमेश्वरसँग माग गर्नु मानिसको प्रकृतिको पाटो हो, र तिमीहरूले यो प्रकृतिलाई परमेश्वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तिमीहरूले यसलाई कसरी चिरफार गर्नुपर्छ? पहिलो चरण भनेको परमेश्वरको सम्बन्धमा मानिसहरूमा कुन अनुचित मागहरू र कुन अत्यधिक इच्छाहरू छन् भनेर स्पष्ट हुनु हो र तिमीहरूले ती प्रत्येकको यसरी विश्लेषण गर्नुपर्छ: मानिसहरू किन त्यस्तो माग गर्छन्? तिनीहरूको मनसाय के हो? तिनीहरूको उद्देश्य के हो? तँ जति धेरै सचेत भएर यसलाई यसरी चिरफार गर्छस्, त्यति नै धेरै तैँले आफ्नो प्रकृतिबारे बुझ्नेछस् र त्यो बुझाइ उति नै धेरै विस्तृत हुनेछ। यदि तँ यसलाई विस्तृत रूपमा चिरफार गर्दैनस्, तर मानिसहरूले परमेश्वरसँग माग गर्नु हुँदैन भन्ने मात्र तँलाई थाहा छ, परमेश्वरसँग माग गर्नु अनुचित हो भनेर मात्र बुझ्छस्, र कुरा त्यति नै हो भने, तैँले अन्ततः प्रगति गर्नेछैनस्, र तँ बदलिनेछैनस्। कतिपय मानिस यसो भन्छन्: “हामी अति स्वार्थी भएकाले परमेश्वरसँग धेरै माग गर्छौँ। हामीले के गर्नुपर्छ?” स्वभावतः मानिसहरूले सत्यता बुझ्नैपर्छ र स्वार्थको सार थाहा पाउनैपर्छ। जब तँ मानव स्वार्थको सारलाई साँचो रूपमा बुझ्छस्, तब तैँले आफूमा के कमी छ भनी थाहा पाउनेछस्; भयावह कुरा त मानिसले यसलाई कतै बुझ्न सक्दैनन् कि भन्ने हो। चिरफारमार्फत् स्पष्ट देखिने अत्यधिक वा अनुचित मागहरू चिन्न सजिलो र आफूलाई घृणा गर्न सम्भव हुन्छ। कहिलेकाहीँ तँलाई तेरा मागहरू उचित र ठिक लाग्ला, अनि तैँले तिनलाई उचित ठानेकाले र कामकुरा यसरी नै हुनुपर्छ भनी सोचेकाले, र अरूले पनि उस्तै मागहरू गर्ने भएकाले, तँलाई तेरा मागहरू अत्यधिक होइनन्, तर जायज र स्वाभाविक हुन् भन्ने लाग्ला। यसले के देखाउँछ भने तँमा अझै पनि सत्यता छैन, त्यसैले तँ ती कुरा स्पष्ट रूपमा बुझ्न सक्दैनस्। एउटा उदाहरण हेरौँ: मानिलिऊँ एक जना मानिसले परमेश्वरलाई पछ्याएको धेरै वर्ष भयो, र धेरै कठिनाइ र चुनौतीहरू भोगेको छ। उसले सधैँ राम्रो व्यवहार गरेको देखिन्थ्यो, अनि उसको मानवता, कष्ट भोगाइ र परमेश्वरप्रतिको निष्ठा ठिकै देखिन्थ्यो। ऊसँग निकै विवक थियो, ऊ परमेश्वरको प्रेमको साटो तिर्न इच्छुक थियो, र सामान्यतया आफ्नो काम गर्दा सावधानीपूर्वक कदम चाल्न जान्दथ्यो। पछि मैले के पाएँ भने यो मान्छे स्पष्ट र राम्रोसँग बोल्थ्यो, तर ऊ अलिकति पनि समर्पणकारी थिएन, त्यसैले मैले उसलाई प्रतिस्थापन गरेँ र भविष्यमा फेरि उसलाई प्रयोग नगर्न आदेश दिएँ। उसले धेरै वर्षदेखि मण्डलीका लागि काम गर्दै आएको थियो, र धेरै कष्ट भोगेको थियो, तैपनि अन्ततः उसलाई प्रतिस्थापित गरियो। त्योभन्दा पनि, मैले उसका केही व्यावहारिक कठिनाइहरू समाधान गरिदिएको थिइनँ। यस्तो अवस्थाबारे मानिसहरूले के सोच्नेथिए? पहिलो त, धेरै मानिस उसको बचाउमा आएर भन्नेथिए, “यो ठिक होइन। यी परिस्थितिहरूमा परमेश्वरले ऊप्रति अपार कृपा र अनुग्रह देखाउनुपर्छ, किनभने ऊ परमेश्वरलाई प्रेम गर्छ, र आफूलाई उहाँमा समर्पित गर्दछ। धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्ने ऊजस्तो व्यक्तिलाई हटाउन सकिन्छ भने झन् हामीजस्ता नयाँ विश्वासीहरूको के आशा छ र?” यहाँ फेरि मानिसहरूका थप मागहरू देखा पर्छन्, तिनीहरू परमेश्वरले त्यो व्यक्तिलाई आशिष् दिनुहुनेछ र उसलाई रहन दिनुहुनेछ भन्ने सधैँ आशा गर्छन्, अनि अझै यस्तो सोच्छन्: “त्यो व्यक्तिलाई परमेश्वरले उचित व्यवहार गर्नुभएको छ, परमेश्वरले उसलाई निराश पार्नु हुँदैन!” मानिसहरूले परमेश्‍वरसँग गर्ने धेरै मागहरू मानव धारणा र कल्पनाबाट उत्पन्न हुन्छन्। मानिसहरू परमेश्वरले मानिसलाई के दिनुपर्छ, अनि उहाँले तिनीहरूलाई तिनीहरूमाझ के उचित र तर्कसङ्गत हुन्छ भन्ने विवेकको मापदण्डअनुसार कसरी व्यवहार गर्नुपर्छ भनेर मापन गरिरहेका हुन्छन्, तर यो कसरी सत्यताअनुरूप हुन सक्छ? मानिसजातिका मागहरू सबै अनुचित छन् भनेर म किन भन्छु? किनभने ती त मानिसहरूले अरू मानिसहरूबाट माग गर्ने मापदण्डहरू हुन्। के मानिसहरूसँग सत्यता छ? के तिनीहरू मानिसको सारलाई स्पष्ट देख्न सक्छन्? केही मानिसहरू परमेश्वरले मानिसलाई विवेकको मापदण्डअनुसार व्यवहार गरेको माग गर्छन्, परमेश्वरलाई मानिसहरूले माग गरेको मापदण्डमा राख्दछन्। यो सत्यतासँग मेल खाँदैन र यो अनुचित हो। मानिसहरू केही सानातिना मामिलामा सहन गर्न सक्छन्, तर तिनीहरूको परिणाम अन्ततः निर्धारित हुँदा त्यो सहन नसक्लान्। तिनीहरूका मागहरू प्रकट हुनेछन्, र तिनीहरूको मुखबाट विना रोकटोक गुनासो र निन्दाका शब्दहरू निस्कनेछन्, र तिनीहरूले आफ्नो वास्तविक रूप देखाउन थाल्नेछन्। त्यतिखेर तिनीहरूले आफ्नो प्रकृतिबारे थाहा पाउनेछन्। मानिसहरू सधैँ मानव धारणा र आफ्नै इच्छाअनुसार परमेश्वरसँग माग गरिरहेका हुन्छन्, र यस प्रकारका धेरै माग गर्छन्। तिमीहरूले सामान्यतया याद नगरौला, र कहिलेकाहीँ कुनै कुराका लागि परमेश्वरलाई प्रार्थना गर्नु माग गर्नु होइन भन्ने सोच्छौ, तर वास्तवमा सावधानीपूर्वक चिरफार गर्दा के देखिन्छ भने धेरै मानव मागहरू अनुचित, समझहीन र हास्यास्पदसमेत हुन्छन्। तैँले यस मामिलाको गम्भीरतालाई पहिले चिनिनस्, तर यसबारे भविष्यमा बिस्तारै थाहा पाउँदै जानेछस्, र त्यसपछि तैँले आफ्नो प्रकृतिलाई साँचो अर्थमा बुझ्नेछस्। अलिअलि गर्दै, अनुभवले तँलाई आफ्नो प्रकृतिबारे ज्ञान र समझ प्रदान गर्नेछ, र साथै सत्यतामा सङ्गति गर्दा तैँले यसलाई स्पष्टरूपमा जान्नेछस्—त्यसपछि तँ यस सम्बन्धमा सत्यतामा प्रवेश गरेको हुनेछस्। जब तँ मानिसको प्रकृति सारलाई स्पष्टसँग बुझ्दछस्, तब तेरो स्वभाव परिवर्तन हुनेछ र त्यसपछि तैँले सत्यता पाउनेछस्।

परमेश्‍वरसँग निरन्तर माग गर्ने मानिसहरूलाई सम्हाल्नु जत्तिको कठिन अरू केही हुँदैन। यदि परमेश्‍वरको कार्य तेरो सोचाइसँग मिल्दैन र उहाँले तेरो सोचाइअनुसार काम गर्नुभएको छैन भने, तैँले विरोध गर्ने धेरै सम्भावना हुन्छ—जुन कुरा, प्रकृतिले नै तँ परमेश्‍वरको विरोध गर्छस् भनेर देखाउन पर्याप्त छ। यो समस्यालाई बारम्‍बार आत्मचिन्तन गरेर अनि यसरी सत्यता बुझेर मात्रै चिन्न सकिन्छ, अनि सत्यतापछ्याएर मात्रै यसलाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। जब मानिसहरू सत्यता बुझ्दैनन्, तब तिनीहरूले परमेश्‍वरसँग धेरै माग गर्दछन्, तर जब तिनीहरूले सत्यतालाई बुझ्छन्, तब तिनीहरूले एउटै पनि माग गर्दैनन्; तिनीहरू आफूले परमेश्‍वरलाई पर्याप्त सन्तुष्ट पार्न नसकेको, आफू पर्याप्त मात्रामा परमेश्‍वरप्रति समर्पित नभएको मात्रै महसुस गर्छन्। सधैँ परमेश्‍वरसित माग गर्ने मानिसहरूले आफ्नो भ्रष्ट प्रकृतिलाई झल्काउँछन्। यदि तँ आफूलाई चिन्न सक्दैनस् र यस मामिलामा साँचो पश्चात्ताप गर्दैनस् भने, परमेश्वरप्रतिको तेरो विश्‍वासको मार्गमा गुप्त खतरा र सङ्कटहरू आइपर्नेछन्। तँ साधारण कुराहरूलाई जित्न सक्छस्, तर जब तेरो भाग्य, सम्भावना र गन्तव्यजस्ता महत्त्वपूर्ण कुरा संलग्न हुन्छन्, तब तैँले सायद तिनलाई जित्न सक्नेछैनस्। त्यस बेला, यदि तँमा अझै सत्यताको कमी छ भने, तँ आफ्ना पुराना चालहरूमा फर्केर जान सक्छस्, र यसरी तँ ती नष्ट हुनेहरूमध्ये एक हुनेछस्। धेरै मानिसहरूले सधैँ यसरी नै पछ्याएका र विश्वास गरेका छन्; तिनीहरूले परमेश्वरलाई पछ्याएको समयमा राम्रो व्यवहार गरेका छन्, तर यसले भविष्यमा के हुनेछ भनेर निर्धारण गर्दैन। किनभने तँलाई मानिसको कमजोर पक्ष, वा परमेश्वरको विरोध गर्न सक्ने मानिसको प्रकृतिभित्रका कुरा कहिल्यै थाहा हुँदैन, र तिनले तँलाई विपत्तिमा पुर्‍याउनुअघि तँ यी कुराबारे अनभिज्ञ रहन्छस्। परमेश्वरको विरोध गर्ने तेरो प्रकृतिको समस्या समाधान नहुने हुनाले, यसले तँलाई विपत्तिका लागि तयार पार्छ, अनि जब तेरो यात्रा सकिन्छ र परमेश्वरको काम पूरा हुन्छ, तब तैँले परमेश्वरको सबैभन्दा धेरै विरोध गर्ने कामहरू गर्नेछस् र उहाँको निन्दा हुने कुराहरू भन्नेछस्, र यसरी तँलाई दोषी ठहऱ्याएर हटाइनेछ। अन्तिम क्षणमा, सबैभन्दा सङ्कटपूर्ण समयमा पत्रुस भाग्न खोजे। त्यस बेला उनले परमेश्वरको अभिप्राय बुझेनन्, अनि बाँच्ने र मण्डलीहरूको काम गर्ने योजना बनाए। पछि येशू उनीकहाँ देखा परेर भन्नुभयो: “के तँ मलाई तेरा लागि फेरि क्रुसमा टाँगिन लगाउँछस्?” त्यसपछि पत्रुसले परमेश्वरको अभिप्राय बुझे, र तुरुन्तै समर्पित भए। मानिलिऊँ, त्यो बेला उनले आफ्नै माग राख्दै यसो भने, “म अहिले मर्न चाहन्नँ, मलाई पीडासँग डर लाग्छ। के तपाईं हाम्रो खातिर क्रुसमा टाँगिनुभएको थिएन र? किन तपाईं मलाई क्रुसीकरण हुनू भन्दै हुनुहुन्छ? के म क्रुसीकरणबाट जोगिन सक्छु?” यदि उनले यस्तो माग गरेका भए, उनी हिँडेको बाटो व्यर्थ हुनेथियो। तर पत्रुस सधैँ परमेश्वरप्रति समर्पित हुने र उहाँको अभिप्राय खोज्ने व्यक्ति थिए, र अन्तमा उनले परमेश्वरको अभिप्राय बुझे र पूर्ण रूपमा समर्पित भए। यदि पत्रुसले परमेश्वरको अभिप्राय नखोजेर आफ्नै सोचअनुसार काम गरेका भए, गलत मार्ग लिनेथिए। मानिसमा परमेश्वरका अभिप्राय प्रत्यक्ष रूपमा बुझ्ने क्षमताको कमी हुन्छ, तर यदि तिनीहरूले सत्यता बुझेपछि समर्पित हुँदैनन् भने परमेश्वरलाई धोका दिइरहेका हुन्छन्। भन्नुको अर्थ, मानिसहरूले सधैँ परमेश्वरसँग मागहरू गर्नु तिनीहरूको प्रकृतिसँग सम्बन्धित छ: तिनीहरूसँग जति धेरै माग हुन्छन्, त्यति नै धेरै तिनीहरू विद्रोही र प्रतिरोधी बन्छन्, र उति नै धेरै धारणाहरू पाल्छन्। परमेश्‍वरसँग जति धेरै माग गरिन्छ, उहाँविरुद्ध विद्रोह गर्ने, उहाँको प्रतिरोध गर्ने र विरोधसमेत गर्ने सम्भावना उति नै धेरै हुन्छ। सायद एक दिन तिनीहरूले परमेश्वरलाई धोका दिएर छोड्न सक्छन्। यदि तँ यो समस्या समाधान गर्न चाहन्छस् भने तैँले सत्यताका केही पक्षहरू बुझ्नुपर्ने हुन्छ, अनि यसलाई राम्ररी बुझ्न र पूर्णरूपमा समाधान गर्नका लागि तँमा केही व्यावहारिक अनुभव पनि हुनुपर्छ।

मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा तिनीहरूमा अत्यधिक कुनै चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दै छस्, आफ्नै इच्छा रोज्दै छस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। परमेश्‍वरसँग माग गर्नु नै समझको कमी हो; यदि तँ साँच्चै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यह महसुस नै गर्नेछस्, चाहे तैँले ती उचित छन् कि कि छैनन् भनेर सोचेको किन नहोस्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्, अरू कुनै विकल्प हुनेछैन। आज मानिसहरूले स्वेच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्‍वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि मानिसमा साँचो आस्था र बलियो विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धैरै साँचो विश्वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति बढी तर्क गर्न प्रवृत्त हुन्छन्, र जति धेरै स्पष्टीकरण दिन्छन्, तिनीहरूलाई निराकरण गर्न उति नै गाह्रो हुन्छ। तिनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर तिनीहरूलाई औँलो दिइयो भने तिनीहरू डुँडुलो निल्न खोज्छन्। जब तिनीहरू एक पक्षमा सन्तुष्ट हुन्छन्, तब अर्को पक्षमा माग गर्छन्। तिनीहरू सबै पक्षमा सन्तुष्ट हुनुपर्दछ, र यदि सन्तुष्ट भएनन् भने, तिनीहरूले गुनासो गर्न थाल्छन्, र परिस्थितिलाई आशाहीन ठान्छन् र लापरवाहीसँग कार्य गर्छन्। पछि तिनीहरू ऋणी र पछुतो महसुस गर्छन्, र तिनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के तिनीहरू अनुचित र निर्दयी उत्पीडक बनिरहेका होइनन् र? यस्ता श्रृंखलाबद्ध समस्याहरूलाई जराबाटै समाधान गरिनुपर्छ। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई हटाइनस् भने, यदि तँ यो हटाउन समस्यामा नपरुञ्जेल वा विपत्ति पैदा नहुञ्‍जेल य पर्खन्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो त काम बिग्रेपछि मात्रै होस खुल्‍नुजस्तो हुनेछैन र? त्यसकारण, तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नका लागि, यो पैदा हुनेबित्तिकै हटाउन सत्यता खोजी गरिहाल्‍नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी आफूले कुनै गल्ती नगर्ने र भावी समस्याहरू रोक्ने सुनिश्‍चित गर्न सकिन्छ। यदि भ्रष्ट स्वभावले व्यक्तिमा जरा हाल्छ र उसका विचारहरू वा दृष्टिकोण बन्छ भने, यसले उसलाई दुष्कर्म गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन गर्नु र आफूलाई जान्नु मुख्यतः भ्रष्ट स्वभावहरू पत्ता लगाउने र ती हटाउन तुरुन्तै सत्यता खोज्नेबारे हो। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के कुराको पछि लाग्छस्, र तँ के हासिल गर्न चाहन्छस् भन्‍ने कुरालाई तैँले जान्‍नैपर्छ। तैँले यी कुराहरू परमेश्‍वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र ती कुन तरिकामा भ्रामक छन् भनेर हेर्न यिनलाई परमेश्‍वरको वचनअनुसार चिरफार गर्नैपर्छ। तैँले यी कुराहरू बुझेपछि, आफ्नो असामान्य समझको समस्या, अर्थात् तेरो असमझदारी र निर्दय उत्पीडनको समस्या समाधान गर्नैपर्छ। यो तेरो भ्रष्ट स्वभावको समस्या मात्रै होइन, यसमा तेरो समझको कमी पनि समावेश छ। विशेष गरी, मानिसहरूको हितको सन्दर्भमा भन्नुपर्दा, आफ्ना हितहरूद्वारा नियन्त्रित मानिसहरूमा सामान्य समझ हुँदैन। यो एक मनोवैज्ञानिक समस्या हो, र यो मानिसहरूको कमजोरीको बिन्दु पनि हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्‍चित क्षमता र केही प्रतिभा छन् भन्‍ने लाग्छ, अनि तिनीहरू सधैँ अगुवा बन्‍न र अरूभन्दा अलग देखिन चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी मलाई निगाह गर्न सक्‍नुभएन? हे परमेश्‍वर, यदि तपाईंले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईंमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हो? परमेश्‍वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्‍वरका लागि समर्पित हुने तिनीहरूको इच्‍छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरू यसैमा ध्यान लगाउँछन्। जब मानिसहरू साँच्‍चै समर्पण गर्न समर्थ हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नगर्नुभए पनि पूर्ण हृदयले उहाँलाई पछ्याउँछन्, र आफूसँग हैसियत भए पनि नभए पनि परमेश्‍वरका लागि समर्पित हुन्छन्, तब मात्र तिनीहरूलाई समझ भएको र परमेश्‍वरप्रति समर्पणकारी बनेको मान्‍न सकिन्छ। मानिसहरूले परमेश्‍वरका लागि समर्पित हुन चाहनु राम्रो कुरा हो, र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न चाहनुहुन्छ, तर तिनीहरू सत्यताले सुसज्‍जित छैनन् भने, परमेश्‍वरले तिनीहरूलाई कुनै पनि हालतमा प्रयोग गर्न सक्‍नुहुन्‍न। यदि मानिसहरू सत्यताताप्रति लागिपर्न र सहकार्य गर्न इच्‍छुक हुन्छन् भने, त्यसमा तयारीको चरण हुनैपर्छ। मानिसहरूले सत्यता बुझेर परमेश्‍वरमा साँचो रूपले समर्पित भएपछि मात्रै, परमेश्‍वरले औपचारिक रूपमा तिनीहरूलाई प्रयोग गर्न सक्‍नुहुनेछ। यो प्रशीक्षण चरण अत्यावश्यक हुन्छ। आज अगुवा र सेवकहरू सबै यो प्रशीक्षण चरणमा हुन्छन्। तिनीहरूमा जीवन अनुभव भएपछि र तिनीहरू सिद्धान्तअनुसार मामिला सम्हाल्न सक्‍ने भएपछि, तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य बन्नेछन्।

मानिसको प्रकृतिमा भएका कुराहरू काटछाँट गर्न सकिने र त्यति गरे पुग्ने बाहिरी व्यवहार, अभ्यास वा सोच र विचारहरूजस्ता होइनन्; तिनलाई अलिअलि गर्दै खोतलेर निकाल्नैपर्छ। यसबाहेक, ती कुरा मानिसहरूले पहिचान गरे पनि, त्यसरी पहिचान गर्नु सजिलो हुँदैन, तिनलाई परिवर्तन गर्न सजिलो छैन—यसका लागि गहन बुझाइ टन्न चाहिन्छ। हामी किन सधैँ मानिसको प्रकृति चिरफार गर्छौँ? के तिमीहरूले यसको अर्थ बुझेका छैनौ? मानिसको भ्रष्ट स्वभावको प्रकटीकरण कहाँबाट आउँछ? ती सबै तिनीहरूको प्रकृतिभित्रबाट आउँछन्, र ती सबै तिनीहरूको प्रकृतिद्वारा सञ्चालित हुन्छन्। मानिसको हरेक भ्रष्ट स्वभाव, हरेक सोच र विचार, हरेक अभिप्राय सबै नै मानिसको प्रकृतिसँग सम्बन्धित छन्। तसर्थ, मानिसको प्रकृतिलाई सिधै खोतलेर निकाली तिनीहरूको भ्रष्ट स्वभावलाई सजिलै हटाउन सकिन्छ। मानिसको प्रकृति बदल्न सजिलो नभए पनि, यदि तिनीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई चिन्न र स्पष्ट देख्न सक्छन् अनि ती हटाउन सत्यता खोजी गर्न सक्छन् भने, तिनीहरूले बिस्तारै आफ्नो स्वभाव परिवर्तन गर्न सक्छन्। व्यक्तिले आफ्नो जीवन स्वभावमा परिवर्तन गरेपछि तिनीहरूमा परमेश्वरको प्रतिरोध गर्ने कुराहरू झन्-झन् घट्दै जानेछन्। मानिसको स्वभाव चिरफार गर्नुको उद्देश्य तिनीहरूको स्वभाव परिवर्तन गर्नु हो। तिमीहरूले यो उद्देश्य बुझेका छैनौ, अनि केवल आफ्नो प्रकृति चिरफार गरेर र बुझेर परमेश्वरप्रति समर्पित हुन र आफ्नो समझलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने सोच्दछौ। तिमीहरू केवल अन्धाधुन्ध प्रावधानहरू लागू गर्छौ! किन म मानिसहरूको अहङ्कार र आत्म-धार्मिकतालाई मात्रै खुलासा गर्दिनँ? मैले किन तिनीहरूको भ्रष्ट स्वभाव पनि चिरफार गर्नैपर्छ? यदि मैले तिनीहरूको आत्म-धार्मिकता र अहङ्कारलाई मात्र खुलासा गरेँ भने समस्या समाधान हुनेछैन। तर यदि मैले तिनीहरूको प्रकृतिलाई चिरफार गरेँ भने, यसले समेट्ने पक्षहरू धेरै फराकिला हुन्छन्, र यसले सबै भ्रष्ट स्वभावलाई समावेश गर्छ। यो त आत्म-धार्मिकता, अहम् र अहङ्कारको सङ्किर्ण दायराभन्दा बृहत् कुरा हो। प्रकृतिमा योभन्दा धेरै कुरा समावेश छन्। तसर्थ, यदि मानिसहरूले परमेश्वरसँग गर्ने विभिन्न मागमा अर्थात् तिनीहरूको अत्यधिक इच्छाहरूमा आफूले कति भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका छन् भनेर मात्र ठम्याउन सकेमा असल हुनेथियो। मानिसहरूले आफ्नो प्रकृति सार बुझेपछि, आफूलाई घृणा र इन्कार गर्न सक्छन्; तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू हटाउन सजिलो हुनेछ, र तिनीहरूले मार्ग पाउनेछन्। अन्यथा, तिमीहरूले कहिल्यै मूल कारण पत्ता लगाउनेछैनौ, र यो त आत्मधार्मिकता, अहङ्कार, वा घमण्ड, वा अवफादार हुनु हो भनेर मात्र भन्नेछौ। के यस्ता सतही कुराबारे मात्रै कुरा गरेर तिमीहरूको समस्या समाधान हुन सक्छ? के मानिसको प्रकृतिबारे छलफल गर्नु कुनै आवश्यकता छ? सुरुमा आदम र हव्वाको प्रकृति कस्तो थियो? तिनीहरूभित्र जानाजानी गरिने प्रतिरोध थिएन, झन् खुल्लमखुल्ला विश्वासघात गर्नु त परको कुरा थियो। परमेश्वरको प्रतिरोध गर्नु भनेको के हो तिनीहरूलाई थाहा थिएन, झन् उहाँप्रति समर्पित हुनुको अर्थ थाहा हुनु त परै जाओस्। शैतानले जेजे कुरा फैलायो, तिनीहरूले हृदयमा स्वीकार गरे। अहिले शैतानले मानिसजातिलाई यति हदसम्म भ्रष्ट बनाएको छ कि तिनीहरू सबै कुरामा परमेश्वरविरुद्ध विद्रोह गर्न र प्रतिरोध गर्न सक्छन्, र उहाँको विरोध गर्न सबै प्रकारका तरिकाहरूबारे सोच्न सक्छन्। मानिसको प्रकृति शैतानको जस्तै छ भन्ने स्पष्ट छ। किन म मानिसको प्रकृति शैतानको प्रकृति हो भन्छु? शैतान त्यो हो जसले परमेश्वरको प्रतिरोध गर्दछ, र मानिसहरूमा शैतानी प्रकृति हुने हुनाले तिनीहरू शैतानका हुन्। मानिसहरूले जानाजानी परमेश्वरको प्रतिरोध गर्ने कुराहरू नगर्लान्, तैपनि तिनीहरूको शैतानी स्वभावको कारण तिनीहरूका सबै विचारले परमेश्वरको प्रतिरोध गर्छन्। मानिसहरूले केही नगरे पनि परमेश्वरको प्रतिरोध गरिरहेका हुन्छन्, किनभने मानिसको भित्री सार परमेश्वरको प्रतिरोध गर्ने कुरामा परिवर्तन भएको छ। यसैले वर्तमान मानिस भर्खरै सृष्टि गरिएको मानिसभन्दा फरक छ। पहिले मानिसहरूभित्र प्रतिरोध वा विश्वासघात थिएन, तिनीहरू जीवन्त थिए र कुनै शैतानी प्रकृतिद्वारा सञ्चालित थिएनन्। यदि मानिसभित्र शैतानी प्रकृतिको आधिपत्य वा बाधा छैन भने, तिनीहरूले जे गरे पनि त्यसलाई परमेश्वरको प्रतिरोध मान्न सकिँदैन।

प्रकृति के हो? प्रकृति मानिसको सार हो। स्वभाव भनेको व्यक्तिको प्रकृतिबाट प्रकट हुने कुरा हो, र स्वभाव परिवर्तन हुनु भनेको व्यक्तिको भ्रष्ट स्वभावलाई शुद्ध पारी त्यसको ठाउँ सत्यताले लिनु हो। त्यसकारण प्रकट हुने कुरा भ्रष्ट स्वभाव होइन, तर सामान्य मानवताको अभिव्यक्ति हो। शैतानले मानिसलाई भ्रष्ट तुल्याएपछि, मानिस शैतानको मूर्त रूप, र परमेश्वरको प्रतिरोध गर्ने र उहाँलाई धोका दिन पूर्णरूपमा सक्षम शैतानी वस्तुको प्रकार भन्यो। किन परमेश्वर मानिसहरूले आफ्नो स्वभाव परिवर्तन गरेको माग गर्नुहुन्छ? किनकि परमेश्वर मानिसहरूलाई सिद्ध बनाई प्राप्त गर्न चाहनुहुछन्छ, अनि अन्ततः पूर्ण बनाइएका मानिसहरूमा परमेश्वरलाई चिन्ने थप वास्तविकता र सत्यताका सबै पक्षहरूको वास्तविकता हुन्छ। यस्ता मानिसहरू पूर्णतया परमेश्वरका अभिप्रायअनुसारका हुन्छन्। विगतमा, मानिसहरूमा भ्रष्ट स्वभाव थियो, र कुनै कुरा गर्दा गल्ती गर्ने वा प्रतिरोध देखाउने गर्थे, तर अहिले मानिसहरू केही सत्यता बुझ्छन्, र परमेश्वरका अभिप्रायअनुरूप धेरै कुरा गर्न सक्छन्। तर, यसको अर्थ मानिसहरूले परमेश्वरलाई धोका दिँदैनन् भन्ने होइन। मानिसहरू अझै पनि यसो गर्न सक्छन्। तिनीहरूको प्रकृतिबाट प्रकट हुने कुराको हिस्सालाई परिवर्तन गर्न सकिन्छ, र परिवर्तन हुन सक्ने त्यो हिस्सामा मानिसहरूले सत्यताअनुसार अभ्यास गर्न सक्छन्। तर तैँले अहिले सत्यता अभ्यास गर्न सक्छस् भन्दैमा तेरो प्रकृति परिवर्तन भएको छ भन्ने होइन। यो त मानिसहरूले सधैँ परमेश्वरबारे धारणा राख्ने र उहाँसँग मागहरू गर्ने गरेजस्तै हो, र अहिले तिनीहरू धेरै सन्दर्भमा त्यसो गर्दैनन्—तर तिनीहरू अझै पनि केही मामिलामा धारणाहरू राख्लान् वा मागहरू गर्लान्, र अझै पनि परमेश्वरलाई धोका दिन सक्छन्। तँ भन्लास्, “परमेश्वरले जे गर्नुहुन्छ म त्यो मान्न सक्छु र धेरै मामिलामा गुनासो र माग नगरी समर्पित हुन सक्छु,” तर तँ अझै पनि केही मामिलामा परमेश्वरलाई धोका दिन सक्छस्। तैँले जानाजानी परमेश्वरको प्रतिरोध नगरे पनि, उहाँ काअभिप्रायलाई नबुझ्दा, तँ अझै पनि उहाँका चाहनाविरुद्ध जान सक्छस्। त्यसोभए, परिवर्तन हुन सक्ने भागको अर्थ के हो? यसको अर्थ, जब तैँले परमेश्वरका अभिप्राय बुझ्छस्, तब समर्पित हुन सक्छस्, र जब सत्यता बुझ्छस्, तब यो अभ्यास गर्न सक्छस् भन्ने हो। यदि तँ सत्यता वा परमेश्वरका अभिप्रायलाई केही मामिलामा बुझ्दैनस् भने, तैँले अझै पनि भ्रष्टता प्रकट गर्ने सम्भावना हुन्छ। यदि तँ सत्यता बुझ्छस्, तर केही कुराको बन्धनमा परेकोले अभ्यास गर्दैनस् भने, यो विश्वासघात हो र यो तेरो प्रकृतिमा हुने कुरा हो। अवश्य नै, तेरो स्वभाव कति परिवर्तन हुन सक्छ भन्ने कुनै सीमा छैन। तैँले जति धेरै सत्यता प्राप्त गर्छस् अर्थात् परमेश्वरबारे तेरो ज्ञान जति गहिरिन्छ, तैँले उहाँलाई त्यति नै कम प्रतिरोध गर्छस् र कम धोका दिन्छस्। व्यक्तिको स्वभाव परिवर्तन मुख्यतया सत्यता पछ्याएर मात्र गर्न सकिन्छ, अनि सत्यता बुझेर मात्र आफ्नो प्रकृति सारलाई बुझ्न सकिन्छ। जब व्यक्तिले साँचो रूपमा सत्यता प्राप्त गर्दछ, तब उसका सबै समस्या समाधान हुनेछन्।

हिउँद, १९९९

अघिल्लो: के तँलाई मानवजातिप्रतिको परमेश्‍वरको प्रेम थाहा छ?

अर्को: ख्रीष्टको सार प्रेम हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्