परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

परमेश्‍वरमाथि विश्‍वास गर्नु अनि परमेश्‍वरलाई चिन्‍नु चाहिँ स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो, अनि आज—देहधारी परमेश्‍वरले आफै उपस्थित भई आफ्नो कार्य गरिरहनुभएको युगमा—यो परमेश्‍वरलाई चिन्ने विशेष गरी असल समय हो। परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु त्यो कुरा हो, जुन परमेश्‍वरको इच्छाको बुझाइको जगमा बसालिएको हुन्छ, अनि परमेश्‍वरको इच्छा बुझ्नको लागि, परमेश्‍वरबारे केही ज्ञान हुन जरुरी छ। परमेश्‍वरको यो ज्ञान जुन परमेश्‍वरमा विश्‍वास गर्ने हरेकमा हुनै पर्ने दर्शन हो; परमेश्‍वरमा मानिसले गर्ने विश्‍वासको आधार यही हो। यो ज्ञानको अनुपस्थितिमा, मानिसले परमेश्‍वरमा गर्ने विश्‍वास अस्पष्ट अवस्थामा रित्तो सिद्धान्तको बीचमा रहन्छ। यदि यो परमेश्‍वरलाई पछ्याउनको निम्ति मानिसको सङ्कल्प हो भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। यो प्रवाहमा केही पनि हासिल गर्न नसक्नेहरू सबै मेटिएर जानेछन्—ती सबै सित्तैँमा लिन चाहनेहरू हुन्। तैँले परमेश्‍वरको कार्यको जुनसुकै चरण अनुभव गरे पनि, तँसँग ठूलो दर्शन जोडिएको हुनैपर्छ। नत्रभने, नयाँ कार्यको प्रत्येक चरण स्वीकार गर्न तँलाई कठिन हुनेछ, किनभने परमेश्‍वरको नयाँ कार्य मानिसको कल्‍पना गर्ने क्षमताभन्दा परको अनि उसको अवधारणाको सीमाभन्दा बाहिरको कुरा हो। त्यसकारण, मानिसको हेरचाह गर्ने गोठालो विना, दर्शनसँग सम्बन्धित संगतिमा सम्मिलित गराउने गोठालोविना, नयाँ कार्यलाई स्वीकार गर्न मानिस असक्षम हुन्छ। यदि मानिसले दर्शनहरू ग्रहण गर्न सक्दैन भने उसले परमेश्‍वरको नयाँ कार्य ग्रहण गर्न सक्दैन, अनि यदि मानिसले परमेश्‍वरको नयाँ कार्य पालन गर्न सक्दैन भने मानिस परमेश्‍वरको इच्छा बुझ्न असक्षम हुन्छ, अनि त्यसरी नै परमेश्‍वरबारे उसको ज्ञान कति पनि हुँदैन। मानिसले परमेश्‍वरको वचनलाई अभ्यास गर्न थाल्नुअघि, उसले परमेश्‍वरको इच्छा बुझ्‍नैपर्छ; अर्थात्, उसले परमेश्‍वरको इच्‍छालाई बुझ्‍नैपर्छ। यसरी मात्र परमेश्‍वरको वचनलाई ठीकसँग अनि परमेश्‍वरको इच्छामुताबिक अभ्यासमा लैजान सकिन्छ। यो सत्यता खोज्‍नेहरूले धारण गरेको हुनुपर्ने कुरा हो, अनि परमेश्‍वरलाई जान्ने प्रयास गर्ने प्रत्येक व्यक्ति यही प्रक्रिया भएर जानुपर्छ। परमेश्‍वरको वचन बुझ्दै जाने प्रक्रिया नै परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्दै जाने प्रक्रिया हो। त्यसकारण, दर्शनलाई बुझ्नु केवल देहधारी परमेश्‍वरलाई मात्र बुझ्नु होइन, बरु यसमा परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्ने कुरा पनि संलग्न हुन्छ। परमेश्‍वरको वचनबाट नै मानिसहरूले परमेश्‍वरको इच्छालाई बुझ्छन्, अनि परमेश्‍वरको कार्यबाट नै तिनीहरूले परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर के हुनुहुन्छ भन्ने कुरा जान्न सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु नै परमेश्‍वरलाई जान्ने कार्यको पहिलो कदम हो। परमेश्‍वरप्रतिको यो सुरुवाती विश्‍वासबाट अघि बढेर उहाँमा सबैभन्दा गहन विश्‍वास गर्ने अवस्था सम्म पुग्ने प्रक्रिया नै परमेश्‍वरलाई बुझ्दै जाने प्रक्रिया हो, परमेश्‍वरको कार्यको अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्नुको खातिर मात्र परमेश्‍वरलाई विश्‍वास गर्छस्, तर उहाँलाई जान्‍नको खातिरले नै चाहिँ गर्दैनस् भने, तेरो विश्‍वासको कुनै वास्तविकता हुँदैन, अनि तेरो विश्‍वास विशुद्ध हुन सक्दैन—यो कुरामा कुनै शङ्का छैन। यदि, जुन प्रक्रियाद्वारा मानिसले परमेश्‍वरको कार्यको अनुभव गर्छ उक्त प्रक्रियाको दौरान, उसले क्रमैसित परमेश्‍वरलाई बुझ्दै जान्छ भने उसको स्वभाव क्रमैसित परिवर्तन हुँदै जान्छ, अनि उसको विश्‍वास बढ्दो रूपमा साँचो हुँदै जान्छ। यसरी, जब मानिसले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता प्राप्त गर्दै जान्छ, उसले सम्पूर्ण रूपले परमेश्‍वरलाई प्राप्त गरेको हुनेछ। परमेश्‍वरले स्वयम् उपस्थित भई आफ्नो कार्य गर्न दोस्रो पल्ट देहधारण गर्ने सम्मको कदम चाल्नुभएको कारण चाहिँ मानिसले उहाँलाई जान्न अनि देख्न सक्षम होस् भनेर नै हो। परमेश्‍वरलाई[क] जान्नु चाहिँ परमेश्‍वरको कार्यको समाप्तिमा प्राप्त गरिने आखिरी प्रभाव हो; यो मानव जातिको लागि परमेश्‍वरले तय गर्नुभएको अन्तिम आवश्यकता हो। उहाँले यसो गर्नुको कारणचाहिँ उहाँको अन्तिम साक्षीको निम्ति हो; मानिस अन्तमा सम्पूर्ण रूपले उहाँतर्फ फर्किऊन् भनेर उहाँले यो कार्य गर्नुभएको छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्र उसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नको लागि उसले परमेश्‍वरलाई चिन्‍नैपर्छ। उसले जसरी खोजी गरे पनि, अथवा उसले जसरी हासिल गर्न खोजे पनि, उसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्‍नुपर्छ। यसरी मात्र मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। परमेश्‍वरलाई चिनेर मात्रै मानिसले परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छ, अनि परमेश्‍वरलाई चिनेर मात्रै उसले परमेश्‍वरको आदर अनि आज्ञा पालन गर्न सक्छ। जसले परमेश्‍वरलाई चिनेका छैनन् तिनीहरू कहिले पनि साँचो रूपमा परमेश्‍वरको आज्ञा पालन र आदरसम्म पुग्न सक्दैनन्। परमेश्‍वरलाई जान्नु भनेको उहाँको स्वभावलाई जान्नु हो, उहाँको इच्छालाई बुझ्नु हो, अनि उहाँ को हुनुहुन्छ त्यो जान्नु हो। कसैले जुनसुकै पक्षको बारेमा जाने तापनि, हरेक पक्षको लागि मानिसले मूल्य चुकाउनु आवश्यक हुन्छ अनि आज्ञापालन गर्ने इच्छा आवश्यक पर्छ, जुनविना कसैले पनि अन्तसम्म पछ्याउन सक्दैन। परमेश्‍वरको कार्य मानिसको धारणासित एकदमै मेल नखाने खालको हुन्छ। परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर जे हुनुहुन्छ त्यो जान्न मानिसको निम्ति साह्रै कठिन छ, अनि परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा मानिसको लागि बुझ्नै नसकिने छ: यदि मानिसले परमेश्‍वरलाई पछ्याउने इच्छा गर्छ तर उहाँको आज्ञा पालन गर्नचाहिँ अनिच्छुक छ भने मानिसले केही पनि प्राप्त गर्न सक्दैन। संसारको सृष्टि भएदेखि आजसम्म, परमेश्‍वरले धेरै कार्यहरू गर्नुभएको छ जुन मानिसको निम्ति बुझ्न कठिन छ अनि जसलाई मानिसले ग्रहण गर्न कठिन पाएको छ, अनि परमेश्‍वरले धेरै कुरा भन्नुभएको छ जसले मानिसका धारणाहरूलाई सुधार्न कठिन तुल्याउँछ। तर मानिसका धेरै समस्याहरू छन् भन्दैमा उहाँले आफ्नो कार्य गर्न कहिल्यै छोड्नुभएको छैन; बरु, उहाँले लगातार काम गरिरहनुभएको अनि बोलिरहनुभएको छ, अनि “योद्धाहरूको” ठूलो संख्या एकातिर गिरे तापनि, उहाँले चाहिँ अझ पनि आफ्नो कार्य गरिरहनुभएको छ, अनि उहाँको नयाँ कार्यको निम्ति समर्पित हुन इच्छुक मानिसहरूको एकपछि अर्को समूहलाई चुन्नको लागि विश्राम नलिईकन उहाँले निरन्तर कार्य गरिरहनुभएको छ। ती गिरेका “नायकहरू” प्रति उहाँमा कुनै दया छैन, बरु जसले उहाँको नयाँ कार्य र वचनहरूलाई स्वीकार गर्दछन् तिनीहरूलाई उहाँले मनमा राखिराख्नुहुन्छ। तर कुन प्रयोजनको लागि उहाँले यसरी क्रमिक रूपमा कार्य गर्नुहुन्छ? किन उहाँले सधैँ केही मानिसहरूलाई त्याग्नुहुन्छ र अरूलाई चुन्नुहुन्छ? किन उहाँले सधैँ यस्तै तरिका प्रयोग गर्नुहुन्छ? उहाँको कार्यको उद्देश्य भनेको मानिसले उहाँलाई चिनोस्, अनि त्यसरी उहाँद्वारा उसको प्राप्ति होस् भन्ने हो। उहाँको कार्यको सिद्धान्त भनेको उहाँले आज गर्नुहुने कार्यप्रति समर्पित हुन सक्‍नेहरूमा काम गर्नु हो र उहाँले हिजो गर्नुभएको कार्यप्रति समर्पित हुने तर आज गर्नुहुने कार्यको विरोध गर्नेहरूमा काम गर्नु होइन। यसरी किन उहाँले धेरै मानिसहरूलाई हटाउँदै आउनुभएको छ त भन्ने कारणहरू यहाँ दिइएको छ।

परमेश्‍वरलाई जान्ने क्रममा सिकेको पाठको प्रभावलाई एक वा दुई दिनमा प्राप्त गर्न सकिँदैन: मानिसले निश्चय नै अनुभवहरू बटुल्नैपर्छ, कठिनाइहरू हुँदै जानैपर्छ, अनि साँचो समर्पणता हासिल गर्नैपर्छ। सबैभन्दा पहिला, परमेश्‍वरको कार्य अनि वचनबाट नै सुरु गर्। परमेश्‍वरको ज्ञानमा के संलग्न छ, यो ज्ञान कसरी प्राप्त गर्ने, अनि आफ्नो अनुभवमा परमेश्‍वरलाई कसरी देख्ने त्यो तैँले जान्नु अति नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍न बाँकी हुँदा हरेक व्यक्तिले गर्नुपर्ने कुरा यही नै हो। कसैले पनि परमेश्‍वरको कार्य र वचनहरूलाई एक झट्कामा पक्रन सक्दैन, अनि कसैले पनि छोटो समयावधिमा परमेश्‍वरको सम्पूर्णताको ज्ञानलाई प्राप्त गर्न सक्दैन। त्यसमा अनुभवको आवश्यक प्रक्रिया छ, जुनविना कसैले पनि परमेश्‍वरलाई चिन्‍न अथवा उहाँलाई इमान्दारितासित पछ्याउन सक्दैन। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ, मानिसले त्यति नै बढी उहाँलाई चिन्ने गर्छ। परमेश्‍वरको कार्य मानिसको धारणाहरूभन्दा जति धेरै भिन्न छ, त्यति नै धेरै उहाँबारे मानिसको ज्ञान नवीकरण र गहिरो भएर जान्छ। यदि परमेश्‍वरको कार्य सँधैको लागि निश्चित र अपरिवर्तनशील रहन्थ्यो भने उहाँको बारेमा मानिसहरूसित धेरै ज्ञान हुने थिएन। उत्पत्तिको समय अनि वर्तमानको बीचमा, व्यवस्थाको युगमा परमेश्‍वरले के गर्नुभयो, अनुग्रहको युगको अवधिमा उहाँले के गर्नुभयो, अनि राज्यको युगमा उहाँले के गर्नुहुन्छ—तिमीहरू यी दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको कार्यलाई जान्नुपर्छ। येशूलाई पछ्याएपछि मात्र पत्रुसले येशूमा पवित्र आत्माले गर्नुभएको कार्यहरू क्रमैसँग जाने। तिनले भने, “पूर्ण ज्ञान हासिल गर्नको लागि मानिसको अनुभवमा भर पर्नु मात्र काफी छैन; उहाँलाई चिन्‍न हामीलाई सहायताको निम्ति परमेश्‍वरको कार्यमा अवश्य नै धेरै नयाँ कुराहरू हुनुपर्छ।” सुरुमा, पत्रुसले येशू एक प्रेरित जस्तै परमेश्‍वरद्वारा पठाइएका व्यक्ति, एक प्रेरित जस्तै, हुन् भनी विश्‍वास गरे, अनि तिनले येशूलाई ख्रीष्टको रूपमा हेरेनन्। त्यो समयमा, जब तिनले येशूलाई पछ्याउन थाले, येशूले तिनलाई सोध्नुभयो, “योनाका छोरा शिमोन, के तिमी मलाई पछ्याउँछौ?” पत्रुसले भने, “जसलाई स्वर्गीय पिताले पठाउनुभएको छ उहाँलाई मैले पछ्याउनै पर्छ। मैले उहाँलाई स्वीकार गर्नैपर्छ जो पवित्र आत्माद्वारा चुनिनुभएको छ। म तपाईंलाई पछ्याउनेछु।” तिनको शब्दबाट, यो देखिन्छ कि पत्रुससित येशूको बारेमा कुनै ज्ञान थिएन; तिनले परमेश्‍वरको वचन अनुभव गरेका थिए, आफैलाई सुधार गरेका थिए, अनि परमेश्‍वरको निम्ति कठिनाइ सहेका थिए, तर तिनीसित परमेश्‍वरको कार्यको कुनै ज्ञान थिएन। अनुभवको केही अवधिपछि, पत्रुसले येशूमा परमेश्‍वरका धेरै कामहरू देखे, तिनले परमेश्‍वरको प्रेमिलोपन देखे, अनि तिनले येशूमा धेरै हदसम्म परमेश्‍वरको रूप देखे। यसरी नै येशूले बोल्नुभएका वचनहरू मानिसद्वारा बोलिएको होइन, अनि येशूले गर्नुभएको कार्य मानिसद्वारा गरिएको होइन भन्ने पनि उनले देखे। यसको साथै, येशूको वचन अनि कार्यहरूमा, थप रूपमा पत्रुसले परमेश्‍वरको ज्ञान, अनि ईश्‍वरीय प्रकृतिका कार्यहरू देखे। तिनका अनुभवहरूको अवधिमा, तिनले आफैलाई मात्र जानेनन्, बरु येशूको प्रत्येक कार्यलाई पनि तिनले नजिकबाट नियाले, जहाँबाट तिनले धेरै कुराहरू पत्ता लगाए, नाउँ लिनुपर्दा, परमेश्‍वरले येशूद्वारा गर्नुभएको धेरै कार्यहरूमा व्यवहारिक परमेश्‍वरका अभिव्यक्तिहरू थिए, अनि आफूले बोल्नुभएका वचनहरूमा अनि उहाँले गर्नुभएका कार्यहरूमा, र साथसाथै उहाँले जुन शैलीमा मण्डलीको गोठालो गर्नुभयो र कार्य गर्नुभयो त्यो शैलीमा येशू एउटा साधारण मानिसभन्दा भिन्न हुनुहुन्थ्यो। यसकारण, पत्रुसले येशूबाट धेरै पाठहरू सिके जो तिनले सिक्नुपर्थ्यो, अनि येशू क्रूसमा टाँगिन लाग्दासम्ममा, तिनले केही हदसम्म येशूको ज्ञान प्राप्त गरिसकेका थिए—त्यो ज्ञान जुन येशूप्रति तिनी जीवनभर बफादार बन्ने अनि तिनले परमेश्‍वरको लागि उँधोमुन्टो क्रूसमा टाँगिएर भोगेको दु:खको आधार बन्यो। तिनी केही धारणाहरूले ग्रसित भएका अनि सुरुमा येशूको बारेमा तिनमा स्पष्ट ज्ञान नभकाएको भए तापनि यस्ता कुराहरू निश्चय नै भ्रष्ट मानिसको एउटा भाग हो। जब येशू बिदा हुन लाग्नुभएको थियो, तब उहाँले पत्रुसलाई भन्नुभयो कि उहाँ क्रूसमा टाँगिनु भनेकै त्यो कार्य हो जुन गर्नलाई उहाँ आउनुभएको हो: त्यो युगद्वारा उहाँ त्यागिनु जरुरी थियो, अनि यो अशुद्ध र पुरानो युगले उहाँलाई क्रूसमा टाँग्नै पर्थ्यो; उहाँ छुटकाराको कार्यलाई पूर्ण गर्नु आउनुभएको थियो, अनि, यो कार्य सिध्याएपछि, उहाँको सेवकाइको अन्त हुनेथियो। यो सुनेर, पत्रुस दु:खले व्याकुल भए अनि येशूसित अझ घनिष्ट भए। जब येशू क्रूसमा टाँगिनुभयो, पत्रुस एकान्तमा खूबै रोए। योभन्दा अघि, पत्रुसले येशूलाई सोधेका थिए, “मेरो प्रभु! तपाईं भन्‍नुहुन्छ, कि तपाईं क्रूसमा टाँगिन लाग्‍नुभएको छ। तपाईं जानुभएपछि, हामीले तपाईंलाई कहिले देख्न पाउनेछौं?” के तिनले भनेका कुरामा अपमिश्रणका तत्वहरू थिएनन् र? तिनीहरूमा धारणाहरूको मिश्रण थिएन र? तिनको हृदयमा, तिनलाई थाहा थियो, कि येशू परमेश्‍वरका कार्यहरूको भाग पूरा गर्न आउनुभएको हो, अनि येशू जानुभएपछि, पवित्र आत्मा तिनीसित हुनेछन्; उहाँ क्रूसमा टाँगिनुहुनेभए तापनि अनि स्वर्ग चढिजानुहुनेभए तापनि, परमेश्‍वरको आत्मा तिनीसित हुनुहुनेथियो। त्यो समयमा, पत्रुसमा येशूको बारेमा केही ज्ञान थियो: परमेश्‍वरको आत्माले नै येशूलाई पठाउनुभएको हो, परमेश्‍वरको आत्मा उहाँभित्र हुनुहुन्छ, अनि येशू नै परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भन्ने तिनी जान्दथे। यद्यपि येशूप्रति तिनको प्रेमको कारण, अनि तिनको मानव कमजोरीपनको कारण, पत्रुसले त्यस्ता शब्दहरू बोले। यदि, परमेश्‍वरको कार्यको प्रत्येक चरणमा, कसैले अवलोकन गर्न अनि कडा परिश्रमसित अनुभव गर्न सक्छ भने, उसले बिस्तारै परमेश्‍वरको प्रेमिलोपन पत्ता लगाउन सक्छ। अनि पावलले तिनको दर्शनलाई के ठाने? जब येशू तिनीकहाँ देखापर्नुभयो, पावलले भने, “तपाईं को हुनुहुन्छ, प्रभु?” येशूले भन्नुभयो, “म येशू हुँ जसलाई तिमी सताउँछौ।” यो पावलको दर्शन थियो। येशूको पुनरुत्थान, उहाँ ४० दिनसम्म देखापर्नुभएको कुरा अनि येशूको जीवनकालभरिका शिक्षाहरूलाई पत्रुसले आफ्नो अन्तिम यात्रासम्मै दर्शनको रूपमा लिए।

मानिसले परमेश्‍वरका कार्यहरूको अनुभव गर्छ, आफूले आफैलाई चिन्छ, आफ्नो भ्रष्ट स्वभावलाई सफा गर्छ, र जीवनमा वृद्धि खोज्छ, र यी सबै कुरा परमेश्‍वरलाई चिन्नको निम्ति नै गर्छ। यदि तँ आफूलाई जान्न र आफ्नै भ्रष्ट स्वभावको सामना गर्न मात्र खोजिरहन्छस्, तर परमेश्‍वरले मानिसमा के कार्य गर्नुहुन्छ, उहाँको मुक्ति कति महान् छ, वा तैँले परमेश्‍वरको कामको अनुभव कसरी गर्छस् र उहाँको कार्यको साक्षी कसरी दिन्छस् भन्ने कुराको बारेमा तँलाई कुनै ज्ञान छैन भने, तेरो अनुभव व्यर्थ हो। यदि तँ सत्यलाई अभ्यास गर्न र सहन सक्षम भएकोले मात्रै जीवनले परिपक्वता पाउँछ भन्‍ने सोच्छस् भने, यसको तात्पर्य तैँले अझै पनि जीवनको साँचो अर्थ वा मानिसलाई सिद्ध बनाउने परमेश्‍वरको उद्देश्य बुझेको छैनस् भन्ने हो। एक दिन जब तँ धार्मिक मण्डलीहरूमा, पश्‍चातापी मण्डली वा आजीवन मण्डलीका सदस्यहरूमाझ हुन्छस्, तैँले धेरै धर्मनिष्ठ मानिसहरू भेट्नेछस्, जसको प्रार्थनामा “दर्शन” हुन्छ र जो आफ्नो जीवनको अनुसरणको क्रममा, वचनहरूबाट छोइएका र निर्देशित भएका हुन्छन्। साथै, तिनीहरू थुप्रै कुरा सहन र आफूलाई त्याग गर्न, र देहबाट नडोर्याइन सक्षम हुन्छन्। त्यस समयमा, तँ भिन्नता छुट्याउन असक्षम हुनेछस्: उनीहरूले जे गर्छन् त्यो सही हो, जीवनको स्वाभाविक अभिव्यक्ति हो भनेर तैँले विश्‍वास गर्छस्, र उनीहरूले जुन नाममा विश्‍वास गर्छन् त्यो गलत हो भन्‍ने कुरा अफसोसको कुरा हो। के यस्ता विचारहरू मूर्ख होइनन् र? धेरै मानिसहरूको जीवन हुँदैन भनेर किन भनिन्छ? किनभने तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्, र तसर्थ उनीहरूको हृदयमा कुनै परमेश्‍वर छैन, र तिनीहरूको जीवन छैन भनेर भनिन्छ। यदि परमेश्‍वरमा तेरो विश्‍वास यस्तो अवस्थामा पुगेको छ जहाँ तँ परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको वास्तविकता, र परमेश्‍वरको कामको हरेक चरण राम्ररी जान्न सक्षम छस् भने, तँमा सत्य निहित छ। यदि तँलाई परमेश्‍वरको कार्य र स्वभाव थाहा छैन भने, तेरो अनुभवमा अझै पनि केही छुटिरहेको छ। येशूले आफ्‍नो कामको त्यो चरण कसरी पूरा गर्नुभयो, यो चरण कसरी सम्पन्न भइरहेको छ, परमेश्‍वरले कसरी अनुग्रहको युगमा आफ्‍नो काम गर्नुभयो र के कार्य गरियो, यस चरणमा कुन कार्य भइरहेको छ—यदि तँसँग यी थोकहरूको बारेमा विस्तृत ज्ञान छैन भने, तैँले कहिले पनि सुनिश्‍चितताको महसुस गर्नेछैनस् र तँ सधैँ असुरक्षित हुनेछस्। यदि, अनुभवको अवधिपछि, परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको कार्यको हरेक चरणलाई जान्न तँ सक्षम हुन्छस्, र यदि तैँले परमेश्‍वरले उहाँको वचनहरू बोल्दा त्यसमा रहेका उद्देश्यहरू र उहाँले बोल्नुभएका यति धेरै वचनहरू किन पूरा भएका छैनन् भन्ने बारेमा विस्तृत ज्ञान हासिल गरिस् भने, तँ चिन्ता र शोधनबाट मुक्त भई निडर भएर र नरोकिइकन अगाडिको बाटोमा अघि बढ्न सक्‍नेछस्। परमेश्‍वरले कुन माध्यमबाट आफ्नो कार्यमा यति धेरै उपलब्धि प्राप्त गर्नुहुन्छ भनेर तिमीहरूले हेर्नुपर्छ। धेरै प्रकारका वचनहरूका माध्यमबाट मानिसलाई शोधन गर्दै र मानिसका धारणाहरूलाई रूपान्तरण गर्दै, उहाँले आफूले बोल्ने वचनहरूको प्रयोग गर्नुहुन्छ। तिमीहरूले सहेका सबै कष्टहरू, तिमीहरूले भोगेका सबै शोधनहरू, तिमीहरूले आफूभित्र स्वीकार गरेका निराकरणहरू, तिमीहरूले अनुभव गरेका अन्तर्दृष्टिहरू-यी सबै परमेश्‍वरले बोल्नुभएका वचनहरूको माध्यमबाट प्राप्त भएका हुन्। मानिसले केको खातिर परमेश्‍वरलाई पछ्याउँछ? उसले परमेश्‍वरको वचनको कारण पछ्याउँछ गर्दछ! परमेश्‍वरका शब्दहरू गहन रूपले रहस्यमय हुन्छन्, साथै यी वचनहरूले मानिसको हृदयलाई हल्लाउन सक्छन्, हृदयभित्र तल गाडिएका कुराहरूलाई प्रकट गर्न सक्छन्, उसलाई विगतमा घटना भएका कुराहरू थाहा दिन, र भविष्यमा प्रवेश गर्न दिन सक्छन्। त्यसैले मानिस परमेश्‍वरको वचनहरूका कारण कष्ट सहन्छ, र परमेश्‍वरको वचनहरूकै कारणले उसलाई सिद्ध पनि बनाइन्छ: केवल यस समयमा मात्र व्यक्तिले परमेश्‍वरलाई पछ्याउँछ। यस अवस्थामा मानिसले के गर्नुपर्दछ भने परमेश्‍वरको वचनहरूलाई स्विकार्नु पर्छ, र उसलाई सिद्ध बनाइएको वा शोधनको लागि बाध्य बनाएको भए पनि, परमेश्‍वरका वचनहरू नै मुख्य कुरा हो। परमेश्‍वरको कार्य यही हो, र यो मानिसले आज थाहा पाउनुपर्ने दर्शन पनि हो।

परमेश्‍वरले मानिसलाई कसरी सिद्ध बनाउनुहुन्छ? परमेश्‍वरको स्वभाव के हो? उहाँको स्वभावमा के समावेश छ? यी सबै कुराहरूको स्पष्टीकरण गर्नका लागि: कसैले यसलाई परमेश्‍वरको नाम फैलाउनु भनी भन्छ, कसैले यसलाई परमेश्‍वरको साक्षी दिनु भन्छ, अनि कसैले परमेश्‍वरलाई उचाल्‍नु हो भनी भन्छ। परमेश्‍वरलाई चिन्ने आधारमा, मानिस अन्ततः उसको जीवनको स्वभावमा रूपान्तरित हुन्छ। मानिसले जति धेरै निराकरणबाट र शोधनबाट भएर जान्छ, ऊ उति नै उत्साहित हुन्छ; परमेश्‍वरको कार्यका जति धेरै असङ्ख्य चरणहरू हुन्छन्, मानिसलाई त्यति नै धेरै सिद्ध बनाइन्छ। आज, मानिसको अनुभवमा, परमेश्‍वरको कार्यको हरेक चरणले उसको धारणाहरूमाथि प्रहार गर्दछ, र यी सबै मानिसको बौद्धिकता र उसको अपेक्षाहरूभन्दा बाहिर पर्छन्। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरले प्रदान गर्नुहुन्छ, र हरेक कोणबाट यो उसको धारणाको विपरीत हुन्छ। तेरो कमजोरीको समयमा परमेश्‍वरले आफ्ना वचनहरू बोल्नुहुन्छ; केवल यसरी मात्रै उहाँले तेरो जीवन आपूर्ति गर्न सक्नुहुन्छ। तेरो धारणामा प्रहार गर्दै, उहाँले तँलाई परमेश्‍वरसँगको निराकरण स्वीकार गर्न लगाउनुहुन्छ; केवल यसरी मात्रै तैँले तेरो भ्रष्टताबाट आफूलाई मुक्त गर्न सक्छस्। आज, देहधारी परमेश्‍वरले एक अर्थमा ईश्‍वरत्वको स्थितिभित्र कार्य गर्नुहुन्छ, तर अर्को अर्थमा उहाँले सामान्य मानवताको स्थितिमा कार्य गर्नुहुन्छ। जब तँ परमेश्‍वरको कुनै पनि कामलाई अस्वीकार गर्न अक्षम हुन्छस्, जब तँ सामान्य मानवताको स्थितिमा परमेश्‍वरले जे बोल्‍नुभए पनि वा जे गर्नुभए पनि समर्पित हुन सक्षम हुन्छस्, जब तँ परमेश्‍वरले जस्तोसुकै सामान्यता प्रदर्शन गरे पनि त्यसलाई बझ्न र त्यसमा समर्पित हुन सक्षम हुन्छस्, र जब तैँले वास्तविक अनुभव प्राप्त गरेको हुन्छस्, तब मात्र तँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर आश्‍वस्त हुन्छस्, तब मात्र तैँले धारणा उत्पादन गर्न बन्द गर्छस्, तब मात्र तँ उहाँलाई अन्त्यसम्म विश्‍वास गर्न सक्षम हुन्छस्। परमेश्‍वरको कार्यमा बुद्धि छ, र मानिस कसरी उहाँको साक्षीमा स्थिर रहन सक्छ भनेर उहाँलाई थाहा छ। मानिसको महत्त्वपूर्ण कमजोरी कहाँ रहन्छ भन्ने कुरा उहाँलाई थाहा छ, र उहाँले बोलेका वचनहरूले मानिसको महत्त्वपूर्ण कमजोरीमा प्रहार गर्न सक्छ, तर तँलाई उहाँको गवाहीमा दह्रिलो रूपमा खडा गर्नका लागि उहाँले आफ्नो प्रतापी र विवेकपूर्ण वचनहरूको पनि प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका कार्यहरू यस्ता आश्‍चर्यजनक हुन्छन्। परमेश्‍वरले गर्नुहुने कार्यहरू मानिसको समझका लागि अकल्पनीय हुन्छन्। देहको रूपमा मानिसमा कस्तो किसिमको भ्रष्टता निहित छ, र मानिसको सारमा के समावेश छ—यी सबै परमेश्‍वरको न्यायमार्फत प्रकट हुन्छन्, जसले मानिसलाई उसको लाजबाट लुक्न कुनै ठाउँ छोड्दैन।

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति आज्ञाकारी होस्, उहाँको गवाही दिओस्, उहाँको व्यावहारिक र सामान्य कार्य जानोस्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूको पालना गरोस्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही दिओस् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनुपर्छ; यस प्रकारको गवाही मात्र सही र यथार्थ हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय र सजाय, निराकरण र काँट-छाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँले उहाँको गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

फूटनोट:

क. मूल पाठमा “परमेश्‍वरलाई चिन्नेको कार्य” भनेर पढिन्छ।

अघिल्लो: “सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने विषयमा संक्षिप्त चर्चा

अर्को: पत्रुसले येशूलाई कसरी चिने

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तीन अर्तीहरू

परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तैँले सबै कुरामा उहाँ बाहेक अरू कसैप्रति बफादार रहनु हुँदैन र हरेक कुरामा उहाँको इच्छाअनुसार...

धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्