३२. मेरो आत्माले स्वतन्त्रता पायो

मिबु, स्पेन

आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन प्राप्त गर्न चाहन्छ भने, यदि उ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा रहेको आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस्, र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। परमेश्‍वरको सजाय र न्याय नै ज्योति, र मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन भन्ने जान(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो”)। परमेश्‍वरका वचनहरू भएको यो भजनले मलाई मेरो विगतको एउटा अनुभव स्मरण गराउँछ।

अक्टोबर २०१६ मा, मैले कोरियोग्राफ गर्न सहयोग गरेको एउटा म्यूजिक भिडियो अनलाइन राखियो। दाजुभाइ-दिदीबहिनीहरूलाई यो मन पर्‍यो, र तिनीहरूले मलाई मण्डलीको नृत्य समूहलाई अगुवाइ गर्न सिफारिश गरे। म यति उत्साहित थिएँ कि मैले परमेश्‍वरलाई प्रार्थना गर्दै मण्डलीमा मेरो कर्तव्य राम्ररी पूरा गरेर म उहाँको गवाही दिनेछु भनेर भनेँ। नृत्य समूहले आफ्‍नो कामलाई शीघ्र रूपमा अघि बढायो। दाजुभाइ-दिदीबहिनीहरू नृत्यका चुनौतीहरू लिएर मकहाँ सहयोग माग्न आउँथे। यसले मेरो अभिमानलाई निकै बढाएको थियो, र आफू मण्डलीको महत्त्वपूर्ण प्रतिभा हुँ भन्‍ने लाग्‍न थाल्यो। केही समयपछि नै, मण्डली अगुवाले तोकेअनुसार मसँग सिस्टर येह मसँग काम गर्न आइन्। यसले गर्दा म निकै खुशी भएँ, र मैले सोचेँ, “सिस्टर येहसँग व्यवसायिक नृत्यको अनुभव छ र मेरो भन्दा फरक-फरक नृत्य शैलीमा सिपालु छिन्। हामी एकअर्काको पूरक बन्न सक्छौं, र हामीले हाम्रो कर्तव्यमा राम्रो गर्नेछौं।” केही समयपछि, हामी एउटा म्यूजिक भिडियो छायाँङ्कन गर्न तयार गर्दैथियौं, र कोरियोग्राफी सम्‍बन्धी सिस्टर येहका विचारहरू मेरोभन्दा धेरै अन्तर्ज्ञान दिने किसिमका थिए। सबैले ती विचारहरू मन पराएको देखिन्थ्यो। मलाई यसप्रति त्यति खुशी लागेन, र मैले सोचेँ, “अब अरूले मेरो बारेमा के सोच्नेछन् होला? म सिस्टर येह जत्तिको छैन भन्ने उनीहरूले ठान्नेछन् होला त? यदि उनले मलाई उछिनिन् भने, के यो समूहमा मेरो भूमिका अझै पनि अत्यावश्यक नै रहने छ त?” त्यसपछि अरूहरू आफूलाई समस्या पर्दा सिस्टर येहकहाँ नै जान थाले, र त्यस कुराले मलाई धेरै व्याकुल बनायो। इन्‍चार्ज त म नै थिएँ, तर तिनीहरूले मलाई नखोजी उनीलाई नै खोज्थे। के त्यसको अर्थ तिनीहरूले उनलाई चाहन्थे भन्‍ने थिएन र? मलाई यो ठीक लागेन, त्यसैले म पनि उनी जत्तिकै राम्रो छु है भन्ने प्रमाणित गर्न एउटा निकै राम्रो प्रस्तुति निर्माण गर्ने निर्णय गरेँ।

पछि कामलाई सहज तुल्याउनको लागि सिस्टर येह र मैले हाम्रो काम बाँडफाँट गर्‍यौं, जसमा म म्यूजिक भिडियोको इन्‍चार्ज थिएँ, र उनी स्टेज कार्यक्रमको इन्चार्ज थिइन्। यो कुराप्रति म निकै खुशी थिएँ। यसभन्दा अघि सँगै काम गर्दा मप्रतिको सबैको ध्यान उनले खिचेको जस्तो लाग्थ्यो। मैले अवसरको फाइदा लिएर सबैको सामु म उनीभन्दा राम्रो छु भन्‍ने प्रमाणित गर्न चाहन्थेँ। मैले सबैभन्दा राम्रो म्यूजिक भिडियो बनाउनको लागि नयाँ चरण र शैलीहरूको अनुसन्धान गर्न घण्टौं बिताएँ तर जब सिस्टर येहले आफ्‍नो नृत्य निर्माण लगभग सक्‍न लागेकी, तर मेरो कोरियोग्राफी अझै नसकिएको देखेँ, म चिन्तित र व्याकुल भएँ। त्यसकारण मैले आफ्‍नो गतिलाई अघि बढाउन थालेँ। म हाम्रो पूर्वाभ्यासमा दाजुभाइ-दिदीबहिनीहरूसँग कठोर हुन्थेँ। एक पटक मैले नृत्यको गलत चाल प्रस्तुत गरेकोमा एक जना ब्रदरलाई हप्काएँ। यदि उनले राम्ररी नाचेनन् भने मेरो प्रस्तुति सिस्टर येहको जत्तिको राम्रो हुनेछैन भन्‍ने मलाई डर थियो। छायाङ्कन हुनुभन्दा पहिले, एक जना ब्रदरले भिडियोको परिचय भागमा पर्याप्त नृत्य छैन भनेर औंल्याए। र उनको कुरा पूर्ण रूपमा सही थियो, तर त्यो क्षणमा मलाई के गर्ने थाहा भएन, त्यसकारण उनले सिस्टर येहसँग कुरा गर्ने सुझाव दिए। यो कुरा सुन्दा मलाई त्यति खुशी लागेन। यदि म उनीकहाँ गएर सहयोग मागेँ भने, के त्यसले मलाई असक्षम देखाउँदैनथ्यो र? यदि सिस्टर येह संलग्‍न भइन् भने, के उनले अन्तिम श्रेय लिने थिइनन् न् र? मैले अन्तिम निर्माण मजबुत बनाउनको लागि मेरो समय, मेरो ऊर्जा खर्च गरेकी थिएँ। त्यसकारण मैले उनीसँग सहयोग माग्‍ने कुरै थिएन। त्यसैले मैले भनेँ, “हामी सानातिना कुरामा ध्यान नदिऊँ। जब यसको छायाङ्कन हुन्छ, हामीले अन्तिम निर्माणलाई हेर्न सक्छौं।” पछि, अगुवाले हाम्रो म्यूजिक भिडियो हेरिन् र यसले परमेश्‍वरको गवाही दिँदैन भन्दै हामीलाई यो फेरि गर्न भनिन्। मलाई एकदमै नमज्जा लाग्यो, मेरो मुटुमा छुरी हानिएको जस्तै भयो। मैले सोचेँ, “अब अरू सबैले म साच्चै नै के हो भन्ने थाहा पाउनेछन्। तिनीहरूले म सिस्टर येह जत्तिको सिपालु छैन, म अयोग्य छु भन्‍ने थाहा पाउनेछन्। अब म कसरी समूहमा खडा हुने होला?” त्यसपछि, मैले मेरो मनबाट मेरो प्रतिष्ठाको विचारलाई हटाउनै सकिनँ। म राति निदाउन नसक्ने भएँ। भेलाहरूमा म निद्राले झुलेको हुन्थेँ, मेरो कर्तव्यमा सुस्त हुन्थेँ।

त्यसकारण मेरो अगुवा मकहाँ आइन्। मैले आफूलाई नचिनेकी देखेर मेरो खुलासा गर्दै म आफ्नो प्रसिद्धिको लागि सिस्टर येहको डाह गर्छु, र मैले मण्डलीको कामको वास्ता गरेको छैन, र म स्वार्थी छु भनेर भनिन्। उनले मलाई आत्म-समीक्षा गर्न भनिन्, त्यसपछि मेरो लागि परमेश्‍वरका वचनहरू पढिन्: “यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणाको महसुस गर्छौ, अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्नेबित्तिकै तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ। … तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले अझ कम मात्र प्राप्त गरेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। परमेश्‍वरका यी वचनहरू मेरो लागि कठोर प्रहार हुन्। परमेश्‍वरले जे प्रकट गर्नुभयो त्यो ठ्याक्‍कै मेरो स्थिति हो। मलाई सिस्टर येहका प्रतिभाहरूकोप्रति डाहा लाग्थ्यो र मैले मेरो नामको बारेमा मात्रै विचार गरिरहेकी हुन्थेँ। यो अत्यन्तै घिनलाग्दो कुरा थियो। सिस्टर येह समूहमा संलग्‍न भएर आफ्‍नो प्रतिभा देखाएदेखि नै मलाई कति डाहा लाग्दै आएको थियो मैले त्यसको बारेमा विचार गरेँ। अरूले उनलाई आदरका साथ हेर्नेछन्, र मेरो हैसियतमा चुनौती आउनेछ भन्‍ने बारेमा मलाई डर लागेको थियो। मैले आफैलाई प्रमाणित गर्न चाहन्थेँ, त्यसकारण मैले आफूलाई उनको विरुद्धमा खडा गर्नुपर्छ भन्‍ने लाग्यो। जब मैले उनको नृत्य कार्यक्रमहरू मेरो भन्दा निकै शीघ्र रूपमा अघि बढिरहेको देखेँ, म अत्यन्तै कट्टर बनेँ, र उनीभन्दा पछि नपर्न आफ्‍नो लागि अत्यन्तै ठूलो मापदण्ड तय गरेँ। म गएर सिस्टर येहसँग कुरा गर्नुपर्छ भन्‍ने स्पष्टै थियो। तर उनले सबै श्रेय लिनेछिन् भन्‍ने डरले मैले उनीबाट टाढा बस्‍ने बहाना खोजेँ। त्यसकारण, कतिपय समस्याहरू समयमा नै समाधान भएनन्, र दाजुभाइ-दिदीबहिनीहरूले धेरै मेहनत गरिसकेपछि पनि, यो परमेश्‍वरको लागि गवाही हुन सक्‍ने गरी राम्रो बनेको थिएन। जब मण्डली अगुवाले सिस्टर येहलाई मसँग काम गर्ने बन्दोबस्त मिलाए, यो हामीले हाम्रा सबल पक्षहरूलाई जोडेर प्रस्तुतिहरूमार्फत् परमेश्‍वरको गवाही दिन सकौं भनेर थियो, तर मैले परमेश्‍वरको इच्‍छाको बारेमा विचार नै गरिरहेकी थिइनँ। मैले मेरो नामको खातिर निरन्तर होड गर्दै मण्डलीको काममा बाधा पुर्‍याएँ। मैले परमेश्‍वरको विरोध गरेकी थिएँ, र दुष्ट कार्यहरू बाहेक केही पनि गरेकी थिइनँ। यो सोचेपछि मलाई यो सबै कुराप्रति पछुतो लाग्यो। मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, र अरूको सफलतामा कहिल्यै पनि डाहा गर्दिनँ भन्‍ने इच्‍छा गरेँ। म पश्‍चात्ताप गर्न, सिस्टर येहसँग राम्ररी काम गर्न, अनि हाम्रो कर्तव्य पूरा गर्न, र सँगै मिलेर काम गर्न चाहन्थेँ।

त्यसपछि, हामीले सँगै मिलेर कोरियग्राफीमा काम गर्‍यौं, र मेरो आचरण केही हदसम्‍म सुधार भयो। कहिलेकहीँ मलाई अझै पनि उनीप्रति डाहा लाग्थ्यो, तर मलाई थाहा थियो मैले आफ्नो व्यक्तिगत चासोहरूलाई नभएर मण्डलीको कामलाई साथ दिनुपर्छ। मैले सचेत हुँदै मेरो देह र मेरो अहङ्कारलाई त्यागेँ, योजनालाई राम्रो बनाउन कसरी आफ्नो सिस्टरसँग काम गर्ने भनेर सोच्न थालेँ। जब हामी समस्यामा पर्थ्यों, हामी प्रायजसो मिलेर काम गर्थ्यौं, हाम्रा भ्रष्टताको बारेमा खुलस्त कुरा गर्थ्यौं, र यसलाई समाधान गर्न सत्यताको खोजी गर्थ्यौं। त्यसपछि परमेश्‍वरले हामीलाई तुरुन्तै आशिष्‌हरू दिनुभयो, र कोरियोग्राफी अत्यन्तै सुन्दर भयो। सत्यताको अभ्यास गर्दा, मलाई भित्री रूपमा शान्ति भयो।

केही महिनापछि, सिस्टर येह र म एउटा प्रस्तुतिमा सँगै काम गरिरहेका थियौं। सुरुमा काम शीघ्र रूपमा नै अघि बढिरहेको थियो, र हामीले कोरियोग्राफ गरेको नृत्यको तरिका दाजुभाइ दिदीबहिनीहरुलाई पनि मन परेको थियो। मलाई आफैप्रति निकै खुशी लागेको थियो। त्यसपछि एक दिन, अगुवाले काम कस्तो भइरहेको छ भनेर प्रश्‍न गरिन्, र मैले “हाम्रो काममा सुधार हुँदैछ” भनेर बताएँ। त्यसपछि एक जना सिस्टरले कुरा थपिन्, “सिस्टर येहसँग राम्रा विचारहरू छन्, यो निकै राम्रो हुँदैछ।” यसले मलाई अलिक रिस उठायो, अनि मैले सोचेँ, “तिमीले किन त्यसो भन्यौ? अब सबैले नृत्यको तरिकाहरू सिस्टर येहबाट आएका हुन् भन्‍ने थाहा पाए, र मैले कुनै पनि श्रेय पाउनेवाला छैन। मैले केही हासिल गर्नको लागि कुनै उपाय पत्ता लगाउनुपर्छ, त्यो भएन भने त सबैले मलाई के सोच्‍नेछन् होला?” एक पटक अभ्यासको बेला, मैले एउटा नयाँ र कलात्मक चालको बारेमा विचार गरेँ। अनि उत्साहित भएर मैले सोचेँ, “यस्तो कलाबाजीमा त म सिपालु छु। हामीले यसलाई राम्ररी अभ्यास गर्‍यौं भने यसले कोरियोग्राफीलाई दह्रिलो बनाउने मात्र होइन, सबैले मेरो सामर्थ्यको कदर पनि गर्नेछन्। त्यसपछि सबैले बल्‍ल मेरो सबै कामको तारिफ गर्नेछन्।” तर भोलिपल्ट, जब मैले दाजुभाइ-दिदीबहिनीहरूलाई त्यो चाल सिकाइरहेकी थिएँ, तिनीहरूले यो अत्यन्तै छिटो र कठिन भएको प्रतिक्रिया दिए। त्यो साँझ, एक जना सिस्टरले मलाई चेतावनी दिइन्, “त्यो चालमा मानिसहरू सजिलै घाइते हुन सक्छन्। यो सुरक्षित छ जस्तो मलाई लाग्दैन।” मलाई चिन्ता लाग्यो, तिनीहरूले मेरो नयाँ चाललाई प्रतिस्थापन गर्न सक्नेछन्, त्यसपछि कसरी मैले सिस्टर येहसँग आफूलाई तुलना गरौं? त्यसकारण मैले सबैलाई फेरि प्रयास गर्न प्रोत्साहित गरें, अनि धेरै जना सिस्टरहरू लडेर घाइते भएपछि मात्रै मैले हरेस खाएँ। मलाई अत्यन्तै व्याकुल र नराम्रो महसुस भयो। त्यसकारण मैले तिनीहरूसँग माफी मागेँ, र त्यो चाल बदलेँ, तर जे भएको थियो, त्यसमा मैले आत्मसमीक्षा गरिनँ। त्यसको केही समयपछि नै छायाङ्कन हुने समय तय थियो। सिस्टर येह र म दुवैले प्रस्तुति गर्यौँ। छायाङ्कन हुँदा, एउटा दृश्यमा मैले राम्ररी नाचेकी छैन भन्‍ने मलाई लाग्यो, त्यसकारण मैले निर्देशकलाई मेरो फेरि छायाङ्कन गर्न अनुरोध गरेँ। तर मैले सिस्टर येह धेरैवटा नजिकको दृश्य रहेछन् भन्‍ने देखेँ र मेरो नजिकको दृश्य भनेको छेउबाट मात्रै देखिएको रहेछन्। मलाई निरुत्साहित महसुस भयो। त्यसपछिका छायाङ्कनहरूमा, म मुस्कुराउन समेत सकिनँ, र मेरो नाचमा कुनै जीवन्तता थिएन। मैले एकोहोरो भएर सोचेँ: म सिस्टर येहभन्दा राम्रो नाच्न सक्छु। मैले जाँच गर्नुपर्ने नाचका दृश्यहरूलाई हेर्ने आँट मसँग थिएन। त्यो प्रस्तुतिले परमेश्‍वरलाई सन्तुष्ट पारोस् वा नपारोस् त्यसप्रति मलाई कुनै चासो थिएन। त्यसैले जब भिडियो तयार भयो, सबैले नृत्य अत्यन्तै सङ्कुचित र भद्दा देखिन्छ भने। यसले परमेश्‍वरको साक्षी नदिएको मात्रै होइन, यो परमेश्‍वरको लागि लाजमर्दो पनि थियो। पछि अगुवाले मैले नाम र लाभको लागि होड गर्दै आइरहेकी छु र मैले मेरो कर्तव्य गरेकी छैन भन्दै र मलाई निकाल्ने निर्णय गरिन्। मलाई निकै चित्त दुख्यो। सुरुमा, मैले परमेश्‍वरलाई सन्तुष्ट मात्रै पार्न चाहन्थेँ, तर पछि मैले नामको खातिर होड गरेँ, मैले गरेका सबै कार्यक्रमहरूले परमेश्‍वरलाई लज्‍जित तुल्याएका थिए। यो एउटा उल्‍लङ्घन थियो। मैले नृत्यमार्फत् आफ्नो कर्तव्य पूरा गर्ने मेरो अवसरलाई गुमाएकी थिएँ। म धेरै रोएँ।

मैले बारम्‍बार यस्तो विचार गरेँ, “नाम र लाभको लागि लड्नु गलत कुरा हो भन्न मलाई थाहा छ, तर किन म ती कुराहरूको पछि लाग्‍नबाट आफूलाई रोक्‍न सक्दिनँ? वास्तविक कारण के हो?” भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ। “जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्। यही ख्याति र प्राप्तिको खातिर नै, मानिसहरूले परमेश्‍वरलाई त्याग्छन् र उहाँलाई धोका दिन्छन्, अनि झन्-झन् बढी दुष्ट बन्दै जान्छन्। त्यसकारण, यसरी शैतानको ख्याति र प्राप्तिको बीचमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने तिमीहरूलाई लाग्छ। यदि मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अगाडिको बाटो उप्रान्त देख्‍न सक्दैनन्, उप्रान्त तिनीहरूको लक्ष्यहरूलाई देख्‍न सक्दैनन्, त्यसैले तिनीहरूको भविष्य कालो, मधुरो र मलिन देखिन्छ भन्‍ने तिमीहरूलाई लाग्छ। तर, ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नको लागि शैतानले प्रयोग गर्ने राक्षसी बन्धनहरू हुन् भन्‍ने कुरा तिमीहरूले बिस्तारै एक दिन पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्णरूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍नको लागि शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्णरूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई तैँले साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्रै मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूले शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुको पछाडि रहेका युक्ति र दुष्ट अभिप्रायहरू प्रकट गरे। मानिसहरूलाई नियन्त्रण गर्न, र तिनीहरूलाई भ्रष्ट तुल्याउन यसले प्रसिद्धि र लाभकोको प्रयोग गर्छ, ताकि तिनीहरू पतित, भ्रष्ट बनून्, परमेश्‍वरको विरोधी रहून्, र दुष्कर्म गरून्। म सानैदेखि शैतानको शिक्षा र प्रभावमा पर्दै आएकी थिएँ। “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” र “मानिस आफू जहाँ जहाँ बस्छ त्यहाँ त्यहाँ उसले आफ्नो नाम छोडी राख्छ, त्यसरी नै जसरी हाँसले आफू जहाँ जहाँ उड्छ त्यहाँ त्यहाँ क्वाँक क्वाँक आवाज निकाल्छ” जस्ता कुराहरू मभित्र गडिएका शैतानी सिद्धान्तहरू थिए। म जुनसुकै समूहमा भए पनि, म असाधारण बनूँ, अरूले तारिफ र प्रशंसा गरून् भन्‍ने चाहन्थेँ। कसैले प्रगति गरेको देख्दा मलाई डाहा लाग्थ्यो, र अघि बढ्नको लागि मैले आफूले सक्‍ने सबै गर्थेँ, सधैँ नाम र लाभको लागि संघर्ष गरिरहेकी हुन्थेँ, र शैतानका छलहरूले मैले दुःख पाएकी थिएँ। म झन्-झन् अहङ्कारी र दुष्ट पनि बन्दै गएँ। मैले प्राविधिक सीपहरूद्वारा सिस्टर येहलाई उछिन्न, मेरा प्रतिभाहरू प्रदर्शन गर्न चाहेकी थिएँ, र कलाकारहरूले शारीरिक रूपमा यो काम गर्न सक्छन् कि सक्दैनन् त्यसको मलाई मतलब नै थिएन, जसले गर्दा धेरै सिस्टरहरू घाइते हुन पुगे। जब हामीले छायाङ्कन गरिरहेका हुन्थ्यौं, म सिस्टर येहभन्दा सिपालु छु भन्‍ने देखाउनको लागि म आफ्नो नजिकको दृश्य प्रयोग गर्न चाहन्थेँ, र मेरा शैलीहरू राम्रो देखिएका छैनन् भन्‍ने मलाई लागेमा, निर्देशकलाई फेरि छायाङ्कन गर्न लगाउथें, यसरी मैले काममा ढिलो गराइरहेकी थिएँ। अनि जब चलचित्रमा मेरो टाढाको मात्रै दृश्य देखिएको हुन्थ्यो, र सिस्टर येहको नजिकको दृश्य देखिएका हुन्थे, मभित्र असन्तुष्टि भरिन्थ्यो र नकरात्मक स्थितिमा जिउन पुग्थें, र मैले मेरो कर्तव्य राम्ररी पूरा गर्नमा ध्यान केन्द्रित गर्दिनथिएँ। परिणामस्वरूप, मेरो नृत्यले परमेश्‍वरलाई लज्‍जित तुल्यायो। मेरो कोरियोग्राफी परमेश्‍वरको सेवा गर्नको लागि थिएन, यो त मेरो आफ्‍नै सेवा गर्नको लागि थियो। ख्यातिको लागि गरेको मेरो लडाइँले मण्डलीको काममा निकै गम्‍भीर बाधा पुर्‍यायो र मसँग काम गर्नेहरूलाई पनि निकै चोट पुर्‍यायो। परमेश्‍वरको लागि मेरो व्यवहार अत्यन्तै घिनलाग्दो र अप्रिय थियो। त्यसपछि परमेश्‍वरका यी वचनहरू मनमा आए: “यो ‘दुष्ट मार्ग’ ले एक-दुई वटा दुष्ट कार्यहरूलाई जनाउँदैन, यसले त मानिसहरूको व्यवहार पैदा हुने दुष्ट स्रोतलाई जनाउँछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरका वचनहरूले मलाई के देखायो भने मैले केही नराम्रो काम गरेको हुनाले मलाई निकालिएको थिएन। म जुन मार्गमा थिएँ त्यो मार्ग दुष्ट र मेरो कामको जड भएको हुनाले यसो भएको थियो। मैले सिस्टर येहसँग काम गर्न थालेपछि, मैले आफ्नै चासोहरूको लागि निरन्तर लडाइँ गरिरहेकी थिएँ र मेरो व्यक्तिगत खोजीलाई अघि बढाइरहेकी थिएँ। अर्थात्, मैले परमेश्‍वरको विरोध गरिरहेकी थिएँ। यो सोचले मलाई भयभीत महसुस भयो। मैले नाम र हैसियतको पछि लागेर परमेश्‍वरको विरोध गरिरहेकी छु, र मैले पश्‍चात्ताप गरिनँ भने, म अन्ततः दण्डित हुँदै र हटाइनेवाला छु भन्ने मैले बुझें। मलाई एकदमै पछुतो भयो। म रोएँ र परमेश्‍वरलाई प्रार्थना गरेँ। “हे परमेश्‍वर! मैले मेरो कर्तव्य गुमाएँ। ममा तपाईंको धार्मिकता प्रकट भएको छ, र तपाईंले मलाई रक्षा गरिरहनुभएको छ भन्‍ने मलाई थाहा छ। अत्यन्तै ढीला हुनुभन्दा पहिले नै मेरा दुष्ट मार्गहरूलाई रोक्‍नुभएको लागि तपाईंलाई धेरै-धेरै धन्यवाद। म तपाईंको सामु पश्‍चात्ताप गर्छु।”

त्यसपछिका दिनहरूमा, मैले मण्डलीमा सुसमाचार प्रचारप्रसार गरेँ र आत्मसमीक्षा गरें। मैले नाम र लाभको लागि गरेका कुराहरू सम्झँदा हरेक पटक मलाई पछुतो लाग्थ्यो। परमेश्‍वरले मलाई दिनुभएको अवसरलाई कदर नगरेकोमा मलाई आफैप्रति घृणा लाग्थ्यो। जब म ती म्यूजिक भिडियोहरू फेरि हेर्थें, मलाई साँच्‍चै नै फर्केर जान र सुरुदेखि नै थाल्न मन लाग्थ्यो, तर हामी त्यो समयमा फर्केर जान सक्दैनौँ। मैले गर्न सक्ने भनेकै गल्तीबाट सिकेर नयाँ कर्तव्य राम्ररी पूरा गर्नु थियो। तर अचम्‍म, एक महिनापछि मण्डली अगुवाले मलाई फेरि समूहमा आबद्ध गराए। यो खबरले मेरो मन निकै छोयो र मैले आफ्नो आँसु रोक्‍न सकिनँ, र परमेश्‍वरको प्रेमको ऋण तिर्न र सबैसँग मिलेर काम गर्न नाम र लाभको पछि लाग्‍न छोड्नेछु, यो मौकालाई सँगाल्नेछु, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु भनेर मैले सङ्कल्प गरेँ।

फेरि समूहमा आबद्ध भएपछि एक पटक सिस्टर येहले मलाई मैले अरूलाई सिकाएको नृत्यको शैली स्तरीय छैन भनेर भनिन्। म त्यो क्षणमा लज्‍जित भएँ, त्यसपछि सोचेँ, “तिमीले कसरी अरूको छेउमा मेरो त्यसरी आलोचना गर्न सक्छौ? अब तिनीहरूले अवश्य नै तिमी मभन्दा सिपालु छौ भन्ठान्नेछन्। तिनीहरूको नजरमा म गिर्न सक्दिनँ। म पनि पेसेवर व्यक्ति नै हुँ। तिम्रा नृत्यका चालहरू पनि सिद्ध छैनन् भन्‍ने तिमीलाई थाहा छ।” मैले उनले कोरियोग्राफ गरेका चालहरूलाई पनि हटाउन चाहेकी थिएँ, तर मैले फेरि आफ्नै बारेमा सोचिरहेकी छु भन्‍ने महसुस गरेँ, अनि मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ। मेरो प्रार्थनापछि परमेश्‍वरका वचनहरूको बारेमा विचार गरेँ: “यदि यो क्षण जति धेरै महत्त्वपूर्ण हुन्छ, मानिसहरूले त्यति नै धेरै समर्पित हुन र आफ्‍नो स्वार्थी रुचि, अभिमान, र अहङ्कारलाई त्यागेर, आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन् भने मात्रै, तिनीहरूलाई परमेश्‍वरले याद गर्नुहुनेछ। ती सबै असल कार्य हुन्! मानिसहरूले जे गरे पनि, कुन बढी महत्त्वपूर्ण छ—तिनीहरूको गौरव र स्वाभिमान कि, परमेश्‍वरको महिमा? (परमेश्‍वरको महिमा।) कुन-कुन बढी महत्त्वपूर्ण छन्—तेरा जिम्‍मेवारीहरू कि तेरा आफ्‍नै रुचिहरू? तेरा जिम्‍मेवारीहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र ती पूरा गर्नु नै तेरो कर्तव्य हो। … तैँले आफ्‍नै कर्तव्यलाई, परमेश्‍वरको इच्‍छालाई, उहाँको लागि गवाही दिने कार्यलाई, र तेरा आफ्‍नै जिम्‍मेवारीहरूलाई पहिलो प्राथमिकता दिनेछस्। गवाही दिने उत्तम तरिका यही हो, र यसले शैतानलाई सरममा पार्छ!(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वर र सत्यतालाई प्राप्त गर्नु नै सबैभन्दा खुसीको कुरा हो”)। मभित्र एउटा प्रकाश पस्यो। के यो परिस्थिति परमेश्‍वरले मेरो परीक्षा लिने माध्यम थिएन र? जब-जब मेरो आफ्नै स्वार्थ र मण्डलीको हित बाझिन्छ, मैले आफूलाई परमेश्‍वरको इच्छा पूरा गर्न, सत्यताको अभ्यास गर्न र शैतानलाई लाजमर्दो बनाउन केन्द्रित गर्नुपर्छ। म शान्त भएर यसबारे विचार गर्दा त मैले दाजुभाइ दिदीबहिनीहरू त्यो चाल राम्ररी सिकाएकी रहिनछु भन्‍ने थाहा पाएँ। सिस्टर येहले सीधै भनेकी थिइन् र त्यसले मलाई लज्‍जित तुल्याएको थियो, तर मैले उनको सुझावलाई स्वीकार गरेँ, किनभने उनले भनेको कुरा ठीक हो भन्‍ने मलाई थाहा थियो। त्यसरी अन्तिममा आफूलाई पन्छ्याएर, हामीले शीघ्र रूपमा मिलेर काम गर्‍यौं र कोरियोग्राफी पूरा गर्‍यौं। त्यसरी मैले मेरो कर्तव्यलाई पूरा गरिरहेकी छु भन्‍ने पनि मलाई अनुभूति भयो।

त्यो अनुभवले मलाई साँचो रूपमा के देखायो भने परमेश्‍वरको न्याय मप्रतिको उहाँको मुक्ति र प्रेम हो। परमेश्‍वरको न्यायले साँच्‍चै नै मलाई बिउँझायो र नाम र लाभको पछि लाग्दा हुने खतराहरू देखायो। त्यसले मेरो गलत दृष्टिकोणलाई सुधार गर्‍यो। र मैले व्यवहारिक हुँदै आफ्नो कर्तव्य पूरा गर्न र सत्यताको पछि लाग्‍न थालेँ। परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ३१. आफ्नो कर्तव्यमा लागिरहनु

अर्को: ३३. ख्याति र प्राप्तीका बन्धनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्