९०. आशिष् पाउने मेरो इच्छा चकनाचुर भएपछि

ली सिन, चीन

सन् २००९ मा, मेरा एक जना आफन्तले मलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मलाई आखिरी दिनहरूमा परमेश्‍वर हाम्रो भ्रष्टतालाई शुद्ध पार्न, मानवजातिलाई पापबाट मुक्ति दिन र हामीलाई यो कष्टकर जीवनबाट छुटकारा दिन सत्यता व्यक्त गर्नुहुन्छ, जसले अन्त्यमा, हामीलाई एउटा सुन्दर गन्तव्यमा पुर्‍याउनेछ, जहाँ कुनै पीडा वा दुःख हुनेछैन भनेर बताउनुभयो। यो सुन्नेबित्तिकै, मैले सोचेँ, “के यो ठ्याक्कै त्यही मैले सधैँ चाहना गरेकै जीवन होइन र?” त्यसपछि मैले खुसीसाथ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ र चाँडै मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। त्यसपछिका केही वर्षसम्म, मेरो परिवारमा सबथोक ठीक थियो र हाम्रो जीवन सहज रूपमा चलिरहेको थियो। म प्रायः परमेश्‍वरलाई धन्यवाद दिन्थेँ, र म त्याग गर्न र आफूलाई समर्पित गर्न अझ बढी उत्साहित थिएँ।

त्यसपछि, सन् २०१९ को शरद ऋतुको एक दिउँसो, मेरी जेठी छोरीलाई प्रहरी चौकीबाट फोन आयो। मेरा श्रीमान्‌ ठेक्केदार रहनुभएको निर्माण स्थलमा एउटा दुर्घटना भएको रहेछ। काम गर्ने क्रममा एक जना प्रवासी कामदारको दुर्घटनाबश मृत्यु भएको रहेछ, र मेरा श्रीमान्‌लाई कारबाहीको प्रक्रिया अघि बढाउनका लागि हिरासतमा लगिएको रहेछ। यो खबर सुन्दा, मेरो दिमाग शून्य भयो। मैले मनमनै सोचेँ, “यो कसरी हुन सक्यो? हामीले क्षतिपूर्तिका लागि कति तिर्नुपर्ने होला? पहिलो कुरा त हामीसँग पैसै छैन; हामी यो तिर्नै सक्दैनौँ। श्रीमान्‌ हिरासतमा भएपछि, के हाम्रो परिवार बर्बाद हुने छैन र?” म आफू भित्रभित्रै कस्तो महसुस गरिरहेकी थिएँ भन्ने बयानै गर्न सक्दिनथेँ। मेरी छोरीले गुनासो गरी, “तपाईँ परमेश्‍वरमा विश्वास गर्नुहुन्न र? तैपनि हाम्रो परिवारमा यस्तो घटना कसरी हुन सक्यो?” जब गाउँमा हाम्रा आफन्तहरूले यसबारे सुने, कतिपयले असन्तोष व्यक्त गरे, “तिनीहरूलाई यस्तो आइपर्नु कस्तो दुर्भाग्य! वर्षौँदेखि तिनीहरूले कमाएको सबै पैसा केही काम लागेन!” अरू कतिले भने, “तिनीहरूले कति तिर्नुपर्ने हो भन्ने कसलाई पो थाहा छ र!” तिनीहरू सबैले एकैचोटि कुरा गरिरहेका, कसैले पनि पैसा जुटाउन मद्दत गर्ने प्रस्ताव नगरी बरु कठोर वचन मात्र बोलेका सुन्दा, म ज्यादै निराश भएँ। त्यसमाथि, मृतक कामदारको परिवार आएर समस्या खडा गर्लान् भन्ने मलाई पीर थियो। ती केही दिन, म भयभीत र चिन्तित थिएँ। म राम्ररी खान वा सुत्न सक्दिनथेँ। क्षतिपूर्तिको बारेमा सोच्दा म चिन्ताले व्याकुल हुन्थेँ, “विगतका वर्षहरूमा मेरा श्रीमान्‌ले बिहानदेखि रातीसम्म कडा परिश्रम गरेर कमाएको सबै पैसा ऋण तिर्न अनि मेसिन र औजारहरू किन्नमै सकियो। हामीसँग पैसा नै बाँकी छैन। यदि हामीले क्षतिपूर्तिको रूपमा लाखौँ तिर्नुपऱ्याे भने, म त्यत्रो पैसा कहाँबाट ल्याउँला?” म केवल यी कठिनाइहरू परमेश्‍वरलाई सुम्पेर प्रार्थना मात्र गर्न सक्थेँ, “हे परमेश्‍वर, यति ठूलो क्षतिपूर्ति रकमसम्बन्धमा कसो गर्ने भन्ने मलाई थाहा छैन। म मेरा आफन्त वा साथीभाइको भर पर्न सक्दिनँ। म यो सब तपाईँको हातमा राख्छु। बिन्ती छ, मलाई यो कठिन समय पार गर्न मद्दत गर्नुहोस्।” दुई-तीन महिनापछि, अदालतको मध्यस्थतापछि, अर्को पक्षले क्षतिपूर्तिको रूपमा २ लाख ८० हजार युआन माग गर्‍यो। वकिलले भने, यदि हामीले पैसा तिर्न सक्यौँ र अर्को पक्षले माफीनामामा हस्ताक्षर गर्‍यो भने, मेरा श्रीमान् जेल जानुपर्दैन। यदि हामीले तिर्न सकेनौँ भने, उहाँलाई जेल सजाय हुनेछ। मेरो लागि, २ लाख ८० हजार युआन भनेको एउटा अकल्पनीय रकम थियो! मजस्ती महिलाले त्यत्रो पैसा कहाँबाट ल्याउन सक्थेँ र? तर यदि मैले पैसा तिर्न सकिनँ भने, मेरा श्रीमान्‌लाई जेल सजाय हुनेथियो। हाम्रा सबै आफन्तसँग पैसा माग्दै हिँड्नुबाहेक मसँग अर्को विकल्प थिएन, तर अचम्मको कुरा, जब म मद्दत माग्न गएँ, तिनीहरू सबैले विभिन्न बहाना बनाएर मलाई सहयोग गर्न मानेनन्। तिनीहरूको बेवास्ता सामु, मलाई साह्रै एक्लो र असहाय महसुस भयो, र म यति धेरै चिन्तित थिएँ कि मैले रोइरहनबाट आफूलाई रोक्नै सकिनँ। मैले परमेश्‍वरले मलाई यो कठिन समय पार गर्न मद्दत गर्नुहोला भन्ने आशा गर्दै, बारम्बार उहाँलाई पुकारा गरेँ। तर क्षतिपूर्ति बुझाउने म्याद नजिकिँदै जाँदा पनि, मैले त्यो रकमको नजिक-नजिक पुग्ने गरी समेत पैसा जुटाउन सकेकी थिइनँ। म मनमनै गुनासो नगरी बस्नै सकिनँ, “ती गैरविश्वासीहरू मज्जाले बाँचिरहेका छन्। म परमेश्‍वरमा विश्वास गर्छु, मैले आस्थाको लागि सबै कुरा त्यागेकी छु, अनि मेरा श्रीमान् र भाइले मलाई रोक्न खोज्दा पनि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न छोडिनँ। म साँचो विश्वासी हुँ, त्यसोभए परमेश्‍वरले मेरो रक्षा किन गर्नुभएन? उहाँले ममाथि यस्तो विपत्ति किन आउन दिनुभयो?” मैले जति यसबारे सोचेँ, त्यति नै मलाई अन्याय भएको महसुस भयो, र मैले परमेश्‍वरलाई पुकारा गरेँ, “हे परमेश्‍वर, म यतिका वर्षदेखि आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। तपाईँले किन मलाई सुरक्षा दिनुभएन? यो विपत्ति मलाई थिचिरहेको विशाल पहाडजस्तो लाग्छ, र मैले सास फेर्नसमेत मुश्किलले सकेको छु। म अब यो सहन सक्दिनँ। मैले के गरूँ?” मलाई मैले गुनासो गर्नु गलत हो भन्ने थाहा थियो, तर मेरो जाने कुनै ठाउँ थिएन, र म हृदयमा समर्पित हुन सकिरहेकी थिइनँ। ती दिनहरूमा, म खान वा सुत्न सक्दिनथेँ, मसँग कुनै जाँगर थिएन, र मैले परमेश्‍वरका वचनहरू पढ्ने मनै गुमाएँ। मलाई परमेश्‍वरबाट धेरै टाढा भएको महसुस हुन्थ्यो। पछि, मेरो परिवारले क्षतिपूर्तिको रकम जुटाउन नसकेका कारण, मेरा श्रीमान्‌लाई डेढ वर्षको जेल सजाय भयो। यो नतिजाको सामना गर्नुपर्दा म धेरै दुःखी भएँ। श्रीमान् जेलमा हुनुभएकोले, परिवारको लागि कमाउने कोही थिएन। हामीले भविष्यमा गुजारा चलाउन के गर्ने होला? यी कठिनाइहरूको सामना गर्दा, मलाई आफूबाहेक अरू कसैको भर पर्न सक्दिनँ जस्तो लाग्थ्यो। म सोच्न थालेँ, म अब पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ, र मैले हरेक दिनको आधा समय पार्ट-टाइम काम गर्नमा खर्चिनुपर्छ।

मण्डली सुपरिवेक्षकले मेरो अवस्थाबारे थाहा पाएपछि, मलाई मद्दत गर्न सङ्गति गर्दै मेरो परिवारमा जे भएको थियो त्यसमा मैले परमेश्‍वरका अभिप्रायहरू खोज्नुपर्ने र यसबाट पाठ सिक्नुपर्ने बताइन्। त्यसैले मैले प्रार्थना गर्दै परमेश्‍वरबाट खोज्न थालेँ। आफ्नो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका केही वचन पढेँ: “‘के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?’ भन्‍ने अय्यूबको भनाइले उनी किन परमेश्‍वरप्रति समर्पित हुन सके भन्‍ने कुरालाई पहिले नै स्पष्ट पार्छ, अनि त्यसमा खोजिनुपर्ने सत्यता छ। के उनले यसो भन्दा कुनै गुनासो वा सिकायत व्यक्त गरे त? (गरेनन्।) के त्यसमा कुनै अस्पष्टता वा नकारात्मक आशय थियो त? (थिएन।) पक्कै थिएन। यो परीक्षाबाट गुज्रिएर, अय्यूबले सृष्टिकर्ताले मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा मानिसहरूले निर्णय गर्ने कुरा होइन भनी बुझे। यो सुन्दा अलिक असहज लाग्न सक्छ, तर यो तथ्य यही हो। परमेश्‍वरले सबैको जीवनभरको नियति प्रबन्ध गर्नुभएको छ; चाहे तैँले यो कुरा स्वीकार गरे पनि वा नगरे पनि, यो एक तथ्य हो। तँ आफ्नो नियति परिवर्तन गर्न सक्दैनस्। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र तँ उहाँको योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि त्यो सही हुन्छ किनभने उहाँ सत्यता हुनुहुन्छ र उहाँ सबै कुराका सार्वभौम हुनुहुन्छ—मानिसहरू उहाँमा समर्पित हुनुपर्छ। यो ‘सबै कुरा’ मा तँ पनि समावेश छस्, र यसमा अन्य सबै सृजित प्राणीहरू पनि समावेश छन्। त्यसोभए, तँ सधैँ विरोधी हुन चाहनुमा कसको दोष छ? (यसमा हाम्रो आफ्नै दोष छ।) यो मानिसहरूमा भएको समस्या हो। तँ सधैँ बहाना खोज्न र कमजोरीको फाइदा उठाउने मौका प्राप्त गर्न चाहन्छस्—के यो सही हो? तँ सधैँ परमेश्‍वरबाट आशिष्‌ र लाभहरू प्राप्त गर्न चाहन्छस्—के यो सही हो? यीमध्ये कुनै पनि सही होइनन्। यी दृष्टिकोणहरू परमेश्‍वरप्रतिको गलत ज्ञान र बुझाइ हुन्। तँलाई परमेश्‍वरमा विश्वास गर्न प्रेरित गर्ने दृष्टिकोण गलत भएकाले नै, तँमाथि केही आइपर्दा तैँले अवश्यम्भावी रूपमै परमेश्‍वरको प्रतिरोध गर्नेछस्, उहाँसँग प्रतिस्पर्धा गर्नेछस्, र उहाँको विरोध गर्नेछस्, र सधैँ यस्तो सोच्नेछस्, ‘परमेश्‍वरले यसो गर्नु गलत हो; म यो बुझ्नै सक्दिनँ। उहाँले त्यसरी गर्नु मानिसका धारणाहरूसँग मिल्दैन। यो परमेश्‍वरले गर्ने कामजस्तो देखिँदैन!’ परमेश्‍वरले गर्ने कुरा तेरा धारणाहरू र कल्पनाहरूअनुसार मिल्छन् कि मिल्दैनन् भन्‍ने कुराले फरक पार्दैन—परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ अझै पनि परमेश्‍वर नै हुनुहुन्छ। यदि तँमा यो समझ र यो बुझाइ छैन, र तँ सधैँ हरेक दिन तँमाथि आइपर्ने कुराहरूको सूक्ष्म जाँच र अनुमान गरिरहन्छस् भने, यसबाट आउन सक्ने कुरा के मात्रै हुनेछ भने तँ हरेक मोडमा परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नेछस् र उहाँको विरोध गर्नेछस्। तँ यो स्थितिबाट मुक्त हुन सक्नेछैनस्। तर यदि तँमा यो बुझाइ छ र तँ एक सृजित प्राणीका रूपमा आफ्नो उचित स्थान लिन सक्छस्, र जब कामकुराहरूको सामना गर्दा तँ तिनलाई सत्यताको यो पक्षसँग तुलना गर्छस्, र अभ्यास गर्छस् र त्यसमा प्रवेश गर्छस् भने, तँ भित्रभित्रै झन्-झन् धेरै परमेश्‍वरको डर मान्‍न थाल्नेछस्। थाहै नपाई, तँलाई यस्तो महसुस हुन थाल्नेछ: ‘परमेश्‍वरले गर्ने कुरा गलत होइन रहेछ; परमेश्‍वरले गर्ने सबै कुरा असल छन्। मानिसहरूले यसको सूक्ष्म जाँच र विश्लेषण गर्न आवश्यक छैन। म आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा राख्नेछु!’ अनि जब तैँले आफू परमेश्‍वरमा समर्पित हुन वा उहाँका योजनाबद्ध कार्यहरू स्वीकार गर्न नसकेको पाउँछस्, तब तेरो हृदयले हप्की खाएको महसुस गर्नेछ: ‘म एक असल सृजित प्राणी भएको छैन। म किन समर्पित हुनै सक्दिनँ? के मैले सृष्टिकर्तालाई दुःखी तुल्याइरहेको छैन र?’ तँ जति धेरै असल सृजित प्राणी हुन चाहन्छस्, सत्यताको यो पक्ष तँलाई त्यति नै स्पष्ट र उज्यालो हुँदै जान्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति मानिसमा हुनुपर्ने मनोवृत्ति)। पहिले, मैले प्राय: अय्यूबको कथा पढेकी त थिएँ, तर यसलाई सधैँ एउटा कथाको रूपमा मात्र हेरेकी थिएँ। त्यस दिन फेरि यसलाई मनन गर्दै, त्यति ठूला परीक्षाहरूको सामना गर्दा पनि अय्यूबले कसरी आफ्नो ओठले पाप गरेनन् भन्ने देख्दा, म परमेश्‍वरप्रतिको उनको समर्पणका निम्ति प्रशंसाले भरिएँ। अय्यूबले डाँडाकाँडा ढाकेका आफ्ना सबै भेडा र गाईवस्तु, आफ्नो विशाल सम्पत्ति र आफ्ना सबै छोराछोरी गुमाए; उनी कष्टपूर्ण खटिराले ढाकिए, तैपनि उनले परमेश्‍वरबारे गुनासो गरेनन्। उनलाई परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र परमेश्‍वरले जे गर्नुभए पनि मानिस समर्पित हुनुपर्छ भन्ने थाहा थियो। उनलाई यो एउटा सृजित प्राणीमा हुनुपर्ने समझ हो, र परमेश्‍वरले आशिष् दिनुहुँदा खुसी हुने तर परमेश्‍वरले खोस्नुहुँदा गुनासो गर्ने गर्नु हुँदैन; त्यसो गर्नु गलत स्थान लिनु हुनेछ भन्ने थाहा थियो। त्यसैले त अय्यूबले यसो भन्न सके, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने, र प्रतिकूलताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूब परमेश्‍वरले जे गर्नुहुन्छ त्यो असल हो भन्ने विश्वास गर्थे, र उनले नबुझे पनि उनी समर्पित हुन सके। अय्यूबले सामना गरेका परीक्षाहरूको तुलनामा, मैले सामना गरेका कुराहरू के नै थिए र? यति हुँदाहुँदै पनि, मैले अलिकति पनि समर्पण देखाइनँ। म दिनभरि “परमेश्‍वर सबै कुराहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ र शासन गर्नुहुन्छ; हामी उहाँको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुनुपर्छ” भन्ने रटान लगाउँथेँ, तर जब मेरा श्रीमान् समस्यामा पर्नुभयो, म पटक्कै समर्पित हुन सकिनँ। म बारम्बार परमेश्‍वरसँग आफ्ना तात्कालिक कठिनाइहरू हल गर्न मद्दत माग्थेँ। जब परमेश्‍वरले मेरा मागहरू पूरा गर्नुभएन, मैले उहाँले किन ममाथि यस्तो कुरा हुन दिनुभयो भनेर उहाँलाई प्रश्नसमेत गरेँ। मलाई लाग्यो परमेश्‍वर मप्रति पूर्वाग्रही हुनुहुन्छ, उहाँले गर्नुभएको काम तर्कसङ्गत छैन। मैले आफ्नो बाटो आफै खोज्नको लागि मेरो कर्तव्य छोड्ने बारेमा पनि सोचेँ। मैले ममा परमेश्‍वरको सार्वभौमिकताबारे अलिकति पनि बुझाइ रहेनछ, अनि परमेश्‍वरको डर मान्ने हृदयको कुनै नामोनिसान रहेनछ भन्ने देखेँ। यसबारे विचार गर्दा—मैले परमेश्‍वरमा विश्वास गर्नुअघि, मेरो परिवारमा राम्रो र नराम्रो दुवै समय थियो। गैरविश्वासीहरू पनि कहिलेकाहीँ सहज समय अनुभव गर्छन्, जबकि अन्य समयमा तिनीहरू प्राकृतिक वा मानव-सिर्जित विपत्तिहरूको सामना गर्छन्। वास्तवमा, मानिसको जीवनमा भाग्य, लगायत तिनीहरूले कति कठिनाइ र अवरोधहरूको सामना गर्नेछन् भन्ने कुरा, धेरै अघि नै परमेश्‍वरद्वारा पूर्वनियोजित छ। तर म परमेश्‍वरमा विश्वास गर्नेहरूको जीवन गैरविश्वासीहरूको भन्दा राम्रो हुनुपर्छ र तिनीहरूले विपत्तिहरूको सामना गर्नु हुँदैन भन्ने विश्वास गर्थेँ। के यो विकृत बुझाइ, र परमेश्‍वरको सार्वभौमिकताको ज्ञानको अभाव थिएन र? परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। उहाँलाई हाम्रा आवश्यकताहरू सबैभन्दा राम्ररी थाहा छ, र हामीलाई अनुभव गराउन उहाँ उपयुक्त वातावरण खडा गर्नुहुन्छ। हरेक व्यक्तिलाई कुन समयमा के हुन्छ भन्ने कुराको पछाडि सधैँ परमेश्‍वरको सार्वभौमिकता र प्रबन्ध रहेको हुन्छ। बाहिरी रूपमा कुराहरू हाम्रा धारणासँग मेल नखाए पनि, ती हाम्रो जीवनका लागि निश्चय नै लाभदायक हुन्छन्: म समर्पित हुनुपर्छ र परमेश्‍वरको अभिप्राय खोज्नुपर्छ। तर, मैले परमेश्‍वरको धेरै अनुग्रह र आशिषहरू, अनि उहाँका वचनहरूको मलजल र आपूर्ति पाएर रमाएकी भए पनि, मैले थोरै पनि कृतज्ञता देखाइनँ। आफ्नो इच्छाअनुसार नहुने बित्तिकै, मैले परमेश्‍वरविरुद्ध नराम्रोसँग गुनासो गरेँ। म कति मानवताविहीन भएकी रहेछु भन्ने मैले देखेँ! म पश्चात्तापले भरिएँ र परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुन तत्पर हुँदै पश्चात्तापमा उहाँलाई प्रार्थना गरेँ।

त्यसपछि, मैले आफैमा चिन्तन गरेँ: जहिले पनि केही अप्रिय घटना हुँदा म किन परमेश्‍वरप्रति गुनासो गर्छु? त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै असाध्य भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्‌हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्‍वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? तँ केवल परमेश्‍वरमा विश्‍वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्‌ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्‍वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तैँले यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्यहरू पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्‍वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले परमेश्‍वरका वचनहरू मनन गर्दा, तिनले मेरो हृदय छेडे। के म ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुहुने त्यस्तै प्रकारको व्यक्ति थिइनँ र, जो सधैँ देहको शान्ति खोज्छ, अनि जसमा हृदय र आत्माको अभाव हुन्छ? मैले सुरुमा परमेश्‍वरमा विश्वास गर्नुको कारण के थियो भने मेरो परिवारले सधैँ समस्याको सामना गरिरहेको थियो, र म केवल सहारा लिने केही कुरा फेला पार्न चाहन्थेँ। जब मैले परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन, शान्ति र आशिष प्रदान गर्न सक्नुहुन्छ भन्ने सुनेँ, मैले परमेश्‍वरलाई मेरो महान् मुक्तिदाता ठानेँ। मैले के सोचेँ भने जबसम्म म परमेश्‍वरमा राम्ररी विश्वास गर्छु र आफ्नो कर्तव्य निर्वाह गर्छु, उहाँले मेरो परिवारलाई शान्तिको आशिष दिनुहुनेछ र हामीलाई विपत्ति वा प्रकोपबाट जोगाउनुहुनेछ। जब मेरा श्रीमान्‌ले निर्माणको ठेक्का पाउनुभयो र हाम्रो परिवारको जीवनस्तर सुधार भयो, मैले परमेश्‍वरलाई धेरै धन्यवाद दिएँ र आफ्नो कर्तव्यमा अझ बढी सक्रिय भएँ। तर जब उहाँको साइटमा दुर्घटना भयो, हामीले क्षतिपूर्ति तिर्न सकेनौँ, र उहाँलाई जेल सजाय भयो, तब मैले परमेश्‍वरले मेरो रक्षा गर्नुभएन भनेर गुनासो गरेँ र मैले परमेश्‍वरको वचन खान र पिउन वा प्रार्थना गर्न पनि चाहिनँ। मलाई परमेश्‍वरको भर पर्न सकिँदैन भन्ने समेत लाग्यो र मैले पैसा कमाउनका लागि आंशिक काम गरेर मेरो आफ्नै बाटो खोज्ने बारेमा सोचेँ। सोच्नुहोस् त, आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनुभयो र मानिसलाई प्रशस्त सत्यता प्रदान गर्न पृथ्वीमा आउनुभयो, ताकि मानिसहरू उहाँको काम अनुभव गर्न, सत्यता पछ्याउन, र स्वभावमा परिवर्तन हासिल गर्न सकून्, जसद्वारा तिनीहरू अन्ततः मुक्ति पाउन र उहाँको राज्यमा प्रवेश गर्न सकून्। यो मानवजातिका लागि परमेश्‍वरको महान् प्रेम र मुक्ति हो। तर परमेश्‍वरमाथिको मेरो विश्वासमा, मेरो पछ्याइका उद्देश्य गलत थिए; म केवल देहको सुखभोग गर्न चाहन्थेँ, र कोही व्यक्तिले परमेश्‍वरमा विश्वास गर्‍यो भने, उसको सम्पूर्ण परिवारले आशिष् पाउँछ भन्ने कल्पनासमेत गर्थेँ। के यो धार्मिक मानिसहरूको जस्तै आस्थाको दृष्टिकोण होइन र? आखिरी दिनहरूमा, परमेश्‍वर मानिसहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न, सत्यता व्यक्त गर्दै न्याय र सजायको काम गर्नुहुन्छ। परमेश्‍वर सबैले सत्यता पछ्याउन र प्राप्त गर्न सकून् र अर्थपूर्ण जीवन जिउन सकून् भन्ने आशा गर्नुहुन्छ। तर मैले जनावरले जस्तै देहको सुख खोज्दै सधैँ अनुग्रह र आशिष मात्र पछ्याइरहेँ। यो सबैभन्दा दयनीय र व्यर्थको जीवन हो। यदि मैले यसरी नै पछ्याइरहेँ भने, म सत्यता प्राप्त गर्न असफल हुनेछु र मेरो स्वभावमा कुनै परिवर्तन हुनेछैन। त्यसो भए के म अन्त्यमा आफूसँग देखाउनका लागि केही नहुँदा रित्तो हात हुनेछैनँ र? अन्त्यमा, म अझै पनि परमेश्‍वरद्वारा हटाइनेछु। मैले आफू कति मूर्ख र अज्ञानी रहेछु भन्ने देखेँ!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, र आफ्नै प्रकृतिको बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आफ्‍नो कर्तव्यप्रति ख्रीष्टविरोधीहरूको मुख्य अभिप्राय र मनोवृत्ति भनेको यसलाई परमेश्‍वरसँग लेनदेन गर्ने र आफूले चाहेका फाइदाहरू प्राप्त गर्ने अवसरका रूपमा प्रयोग गर्नु हो। तिनीहरू यस्तो पनि विश्‍वास गर्छन्: ‘जब मानिसहरूले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र आफ्नो सांसारिक सम्भावनाहरू त्याग्छन्, तब स्पष्ट रूपमै तिनीहरूले केही लाभ प्राप्त गर्नैपर्ने हुन्छ, बदलामा केही न केही प्राप्त गर्नैपर्ने हुन्छ, यो मात्रै निष्पक्ष र उचित कुरा हो। आफ्नो कर्तव्य निर्वाह गरेर पनि केही प्राप्त हुँदैन भने, केही सत्यता प्राप्त गरे पनि, त्यो सार्थक हुँदैन। स्वभाव परिवर्तन त्यस्तो ठोस फाइदा होइन—मुक्ति प्राप्त गरे पनि, त्यसलाई कसैले देख्‍न सक्दैन!’ यी अविश्‍वासीहरू परमेश्‍वरले मानवजातिलाई दिएको कुनै मागहरूप्रति आँखा चिम्लिन्छन्। तिनीहरू यसलाई स्वीकार वा विश्‍वास गर्दैनन्, र तिनीहरू इन्कार गर्ने मनोवृत्ति अपनाउँछन्। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यप्रति जुन मनोवृत्ति र अभिप्रायले व्यवहार गर्छन् त्यसका आधारमा हेर्दा, तिनीहरू स्पष्टतः सत्यता पछ्याउने मानिस होइनन्, बरु अविश्वासी र अवसरवादी हुन्; तिनीहरू शैतानका हुन्। के शैतानले बफादारीसाथ कर्तव्य निर्वाह गर्न सक्छ भन्‍ने तिमीहरूले सुनेका छौ? (छैनौँ।) यदि शैतानले परमेश्‍वरसामु आफ्नो ‘कर्तव्य’ निर्वाह गर्न सक्छ भने, यस कर्तव्यलाई उद्धरण चिन्हहरूभित्र राख्नुपर्छ किनभने शैतानले निष्क्रिय र जबरजस्ती रूपमा यसो गरिरहेको हुन्छ, शैतानलाई परमेश्‍वरले चलाइरहनुभएको हुन्छ, र परमेश्‍वरले यसलाई प्रयोग गरिरहनुभएको हुन्छ। त्यसकारण, तिनीहरूको ख्रीष्टविरोधी सारको कारण, र तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, सत्यताप्रति वितृष्णा राख्‍ने हुनाले, र अझै बढी रूपमा, तिनीहरूको दुष्ट प्रकृतिको कारणले, तिनीहरूले सर्तरहित वा भरपाइविनाको सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, न त तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पछ्याउन वा सत्यता प्राप्त गर्न वा परमेश्‍वरका वचनहरूका मापदण्डअनुसार ती निर्वाह गर्न नै सक्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरूको प्रकृति स्वार्थी र घृणास्पद हुन्छ र तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू केवल परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू के विश्वास गर्छन् भने तिनीहरूले आफ्नो कर्तव्यमा त्याग गर्दै र आफूलाई समर्पित गर्दै मूल्य चुकाएका हुनाले, परमेश्‍वरले तिनीहरूको मागअनुसार अनुग्रह र आशिष प्रदान गर्नुपर्छ, र यो मात्र निष्पक्ष र तर्कसङ्गत तरिका हो; अन्यथा, परमेश्‍वर धर्मी हुनुहुनेछैन। मेरो प्रकृति सार ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै कुरूप र दुष्ट थियो। ती सबै वर्षहरूमा, परमेश्‍वरबाट ठूला भन्दा ठूला आशिष् प्राप्त गर्नका लागि मात्र, मेरा श्रीमान्‌ले अवरोध गर्दा र आफन्तहरूले उपहास गर्दा पनि म आफ्नो कर्तव्यमा दृढ रहन सकेछु। मैले सधैँ विश्वास गरेकी थिएँ, यदि मैले परमेश्‍वरप्रति आफूलाई समर्पित गरेँ र आफ्नो कर्तव्य निर्वाह गरेँ भने, उहाँले मलाई आशिष दिनुहुनेछ र रक्षा गर्नुहुनेछ, मलाई चिन्तारहित जीवन दिनुहुनेछ, सबथोक सहज रूपमा चल्ने शान्तिपूर्ण जीवन दिनुहुनेछ। मैले मेरा श्रीमान्‌को निर्माण साइटमा दुर्घटना होला, र हामीले क्षतिपूर्ति तिर्न नसकेको कारण उहाँलाई जेल सजाय होला भनेर त कहिल्यै कल्पना गरेकी थिइनँ। यो मेरा लागि असह्य भयो, र त्यसैले मैले मेरो आफ्नै त्याग र समर्पणलाई परमेश्‍वरसँग तर्क गर्ने माध्यमका रूपमा प्रयोग गरेँ, उहाँले किन मेरो रक्षा गर्नुभएन, र उहाँले ममाथि किन यति ठूलो विपत्ति आउन दिनुभयो भनी प्रश्न गरेँ। म “इनामविना औँलो पनि नउठाउनू,” “सानोभन्दा सानो फाइदाको लागि पनि सङ्घर्ष गर,” र “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ” जस्ता जियाइका शैतानी नियमहरूअनुसार जिइरहेकी थिएँ। म आफूले जोसँग व्यवहार गरे पनि, यदि मैले कुनै मूल्य चुकाएँ भने, बदलामा केही आशा गर्थेँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मैले स्वाभाविक रूपमा उहाँसँग पनि लेनदेन गर्ने प्रयास गरेँ। म आफूले परमेश्‍वरका लागि दुःख भोगेकी र आफूलाई समर्पित गरेकी हुनाले उहाँले मलाई आशिष दिनुपर्छ; अन्यथा, उहाँ धर्मी हुनुहुन्न भन्ने विश्वास गर्थेँ। एक साँचो विश्वासीले कुनै लेनदेन वा माग नगरी आफ्नो कर्तव्य पूरा गर्छ। यो ठ्याक्कै जहाज बनाउन आफ्नो सर्वस्व दिने, र एक सय बीस वर्षसम्म, दिनरात नभनी निरन्तर लागिरहने नोहले गरे जस्तै हो। उनले आफ्नो व्यक्तिगत नाफा वा नोक्सानका बारेमा कहिल्यै विचार नगरी, केवल परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि दुःख भोगे र मूल्य चुकाए। तर सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरमाथिको मेरो विश्वास, उहाँलाई प्रयोग गरेर आफ्नो आशिष पाउने लक्ष्य प्राप्त गर्नका लागि मात्र थियो। म पटक्कै साँचो विश्वासी थिइनँ; म परमेश्‍वरलाई धोका दिने र प्रयोग गर्ने प्रयास गरिरहेकी थिएँ। मेरो प्रकृति ख्रीष्टविरोधीको जस्तै दुष्ट र छली थियो। म ठ्याक्कै परमेश्‍वरले खुलासा गर्नुहुने अविश्वासी र मौकापरस्त जस्तै थिएँ। मेरा कार्यहरू कति विद्रोही थिए र तिनले परमेश्‍वरको हृदयमा कति गहिरो चोट पुर्‍याएका थिए भन्ने देख्दा, म पश्चात्ताप र आत्मग्लानीले भरिएँ। त्यसपछि मैले फेरि परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म कति मानवता र समझविहीन भएकी छु। तपाईँमाथिको मेरो विश्वास र मेरो कर्तव्य निर्वाह सबै तपाईँसँग लेनदेन गर्ने र तपाईँलाई धोका दिने प्रयास बनेका रहेछन्। मैले तपाईँलाई धेरै निराश बनाएकी छु! म पश्चात्ताप गर्न चाहन्छु। तपाईँले तय गर्नुभएको परिस्थितिप्रति म समर्पित हुनेछु र अब विद्रोह गर्ने वा तपाईँको हृदय दुखाउने काम गर्नेछैनँ।”

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ, र तिनमा अभ्यास गर्ने मार्ग फेला पारेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “उसले आशिष्‌ पाउनुलाई पछ्याउनुपर्ने वैध लक्ष्यका रूपमा लियो। यो कसरी गलत हो? यो पूर्ण रूपमा सत्यताको विरुद्धमा जान्छ, र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको अभिप्रायसँग मेल खाँदैन। आशिष्‌ पाउनु भनेको मानिसहरूले पछ्याउनुपर्ने वैध लक्ष्य नभएकाले, वैध लक्ष्य के हो त? परमेश्‍वरका सबै योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन सक्‍नका लागि सत्यता र स्वभावमा परिवर्तन पछ्याउनु—मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य यही हो। … जब तँ आशिष्‌को चाहना त्याग्छस् र सत्यता पछ्याउने मार्गमा हिँड्छस्, तब तेरो काँधबाट एउटा बोझ हट्छ। के तँ त्यतिबेला पनि नकारात्मक हुन सक्छस्? तँ बेलाबेलामा अझै पनि नकारात्मक हुने भए तापनि, तँ यसद्वारा बाँधिनेछैनस्। आफ्नो हृदयमा, तैँले प्रार्थना गरिरहनेछस् र लडाइँ लडिरहनेछस्, र आफ्नो पछ्याइको लक्ष्यलाई आशिष्‌ पाउने र निश्चित गन्तव्य पाउने पछ्याइबाट सत्यताको पछ्याइमा बदल्नेछस्। तैँले मनमनै सोच्नेछस्, ‘सत्यता पछ्याउनु एक सृजित प्राणीको कर्तव्य हो। म केही सत्यता बुझ्न पुगेको छु, र त्यो नै सबैभन्दा ठूलो प्रतिफल, सबैभन्दा ठूलो आशिष्‌ हो। परमेश्‍वर मलाई चाहनुहुन्न भने पनि, मैले राम्रो गन्तव्य पाइनँ भने पनि, र आशिष्‌ पाउने मेरा आशाहरू चकनाचुर भए भने पनि, म अझै पनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु। यो एउटा जिम्मेवारी हो जसबाट म पन्छिन सक्दिनँ। जुनसुकै कारणले होस्, मैले यसलाई मेरो कर्तव्यको पूर्तिमा असर गर्न दिन पटक्कै मिल्दैन, र मैले यसलाई परमेश्‍वरको आज्ञा पूरा गर्नमा असर गर्न दिन मिल्दैन। मैले आफूलाई आचरणमा ढाल्ने सिद्धान्त यही हो।’ के यो देहका बन्धनहरूलाई पार गर्नु होइन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो)। परमेश्‍वरका वचनहरू पढेपछि मैले के बुझेँ भने परमेश्‍वरमा विश्वास गर्नका लागि, मानिसले सत्यता र स्वभावमा परिवर्तन पछ्याउनुपर्छ, र उहाँले खडा गर्नुभएको वातावरणमा सत्यता खोज्नुपर्छ र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। चाहे हामीले आशिष पाऔँ वा विपत्तिको सामना गरौँ, हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यो नै एउटा विश्वासी हिँड्नुपर्ने सही मार्ग हो। विगतमा, मेरो हृदय आशिषको चाहनाले भरिएको थियो। जब विपत्ति आउँथ्यो, म सधैँ त्यसबाट उम्कन चाहन्थेँ। म परमेश्‍वरविरुद्ध विद्रोहको स्थितिमा जिइरहेकी थिएँ, जुन धेरै पीडादायी र कष्टकर थियो। आज, मैले सत्यता बुझेकी छु। भविष्यमा मैले आशिष पाउँछु वा पाउँदिनँ भन्ने कुराको वास्तै नगरी, म केवल आफ्नो कर्तव्यमा दृढ रहन र सही रूपले सत्यता र आफ्नो स्वभावमा परिवर्तन पछ्याउन चाहन्छु। त्यसपछि, मेरो स्थिति सामान्य भयो, र म शान्त हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएँ। मेरो परिवारका कठिनाइहरू अझै विद्यमान थिए, तर म तिनलाई अनुभव गर्न परमेश्‍वरमा भर पर्न तयार थिएँ। मैले अब परमेश्‍वरसँग अनुचित मागहरू गरिनँ, न त मैले मेरो आफ्नै क्षमताहरूद्वारा मेरो कठिन परिस्थितिबाट उम्कने प्रयास गर्ने बारेमा नै सोचेँ। अन्जानमै, मैले परमेश्‍वरको मार्गदर्शन देख्न थालेँ। मेरा श्रीमान् जेलमा भएको करिब एक वर्षको अवधिमा, मेरी जेठी छोरीले आफ्नी बहिनीको दैनिक आवश्यकता र पढाइको ख्याल राखी, त्यसैले मैले चिन्ता लिनुपरेन। क्षतिपूर्तिको सन्दर्भमा, पीडितको परिवारले हामी साँच्चै तिर्न असक्षम छौँ भन्ने देखे र मुद्दालाई अगाडि बढाएनन्। मलाई परमेश्‍वरले मलाई सधैँ गुप्त रूपमा मद्दत गरिरहनुभएको रहेछ, र मलाई मेरो जीवनको सबैभन्दा कठिन समयमा अगुवाइ गरिरहनुभएको रहेछ भन्ने साँच्चै महसुस भयो।

मैले त्यो एक वर्ष र केही समयको अवधिमा केही पीडा र कष्ट भोगे पनि, मैले मेरो आफ्नै स्वार्थी र घृणास्पद प्रकृति र आफ्नो आस्थामा मैले हिँडेको गलत बाटो चिन्न सकेँ। मैले परमेश्‍वरको धर्मी स्वभावको सही बुझाइ पनि प्राप्त गरेँ। मैले परमेश्‍वरले योजनाबद्ध र प्रबन्ध गर्नुभएको हरेक कुरा असल हुन्छ र मेरो जीवनको लागि लाभदायक हुन्छ भन्ने देखेँ। मैले विपत्तिको सामना गर्नु नराम्रो कुरा होइन भन्ने साँचो रूपमा बुझेकी छु। तपाईँले जस्तोसुकै दुःखको अनुभव गरे पनि, यदि तपाईँ सत्यता बुझ्न सक्नुहुन्छ र तपाईँको जीवन बढ्न सक्छ भने, त्यो परमेश्‍वरको आशिष पाउनु हो। धन्यवाद परमेश्‍वर!

अघिल्लो: ८९. समस्या रिपोर्ट गर्न डराउनुको पछाडि

अर्को: ९२. आमाबुबाको दया कहिल्यै तिर्न नसकिने ऋण हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्