८७. मैले आफ्नो कर्तव्य पन्छाउँदा के कुराको चिन्ता गरिरहेकी थिएँ
२०२२ मा, म जिल्ला निर्णयकर्ताको समूहको सदस्यका रूपमा छानिएँ, र केही मण्डलीहरूको कामका लागि जिम्मेवार थिएँ। म मियाओ र चिनियाँ भाषा बोल्न सक्ने भएकाले, प्रायः ब्रदर-सिस्टरहरूलाई अनुवादमा सघाउँथेँ, त्यसैले मसँग मण्डलीको काम अनुगमन गर्ने धेरै समय हुँदैनथ्यो। म निकै चिन्तित हुन्थेँ। कतिपय मण्डली अगुवाहरूले भर्खरै तालिम लिन थालेका थिए र काम कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा थिएन। यदि मैले मण्डली अगुवाहरूलाई जतिसक्दो चाँडो संवर्धन गर्दिनथेँ भने, धेरैजसो काम म आफैँले गर्नुपर्ने हुन्थ्यो, जुन एकदमै व्यस्त र थकाइलाग्दो हुनेथ्यो। मलाई निकै प्रतिरोध महसुस भयो। जब कसैले मलाई अनुवाद गर्न भन्थे, तब यदि त्यो मेरो जिम्मामा रहेका मण्डलीहरूको कामसँग सम्बन्धित छैन भने म तिनीहरूलाई वास्ता गर्न चाहन्नथेँ।
२०२२ को अन्त्यमा, जिल्ला निर्णयकर्ताको समूहको अगुवा र उप-अगुवाको चुनाव हुन लागेको थियो। मैले मनमनै सोचेँ, “यी मण्डलीहरूको कामका लागि जिम्मेवार भएकीमा नै मेरो भागमा पहिले नै धेरै काम छँदै छ। यदि म समूह अगुवाका रूपमा छानिएँ भने, मेरो जिम्मेवारीको दायरा झन् ठूलो हुनेछ, अनि के मेरो काम झन् व्यस्त हुनेछैन र? म नछानिएकै राम्रो हुनेछ। त्यसरी, मैले अत्यन्तै धेरै चिन्ता लिनुपर्दैन र मेरो शरीर पनि त्यति थाक्नेछैन।” तर, भोटको नतिजा आउँदा, म जिल्ला निर्णयकर्ताको समूहको अगुवाका रूपमा चुनिएकी थिएँ। मैले हतार-हतार बहाना बनाउँदै भनेँ, “म बोझ नउठाउने व्यक्ति हुँ। म अल्छी छु, र वास्तविक काम गर्दिनँ। म निकै छली पनि छु।” मैले म कसरी छली छु भनेर उदाहरणहरू पनि दिएँ। त्यसपछि मैले भनेँ, “म कलिलै र अस्थिर छु, र समूह अगुवा हुन उपयुक्त छैनँ। अरू ब्रदर वा सिस्टरले नै यो काम गरून्।” एउटी सिस्टरले भनिन्, “तपाईँले त कर्तव्य निर्वाह गर्न थाल्नुअघि नै सम्झौता गर्न थालिसक्नुभएको छ। तपाईँ देहद्वारा नियन्त्रित र बन्धित भइसक्नुभएको छ।” ती सिस्टरले त्यसो भनेको सुन्दा म मर्माहत भएँ। भेलापछि, मलाई हृदयदेखि नै एकदमै दुःख लाग्यो। आफ्नो कर्तव्य पन्छाउनु भनेको परमेश्वरविरुद्ध विद्रोह गर्नु हो, र उहाँप्रति समर्पित हृदय नहुनु हो भन्ने मलाई थाहा थियो। त्यसपछि, मैले आत्मचिन्तन गरेँ। मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो र मैले यसलाई पढ्नका लागि खोजेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “इमानदार व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्वरका वचनहरूलाई आफ्नो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्नो सारा हृदय र बल लगाउनु, परमेश्वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि के गर्नुपर्छ भनेर तैँले बुझ्छस् र तँलाई थाहा छ तर तैँले गर्दैनस् भने, तैँले आफ्नो कर्तव्यमा आफ्नो सारा हृदय र बल लगाइरहेको छैनस्। बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्वर यस्ता धूर्त र छली मानिसहरूलाई प्रयोग गर्नुहुन्न; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्वरले इमानदार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। बफादार श्रमिकहरूसमेत इमानदार हुनैपर्छ। निरन्तर झाराटारुवा, धूर्त र सुस्त हुने सबै मानिसहरू छली हुन्, र तिनीहरू सबै पिशाच हुन्। तिनीहरूमध्ये कसैले पनि परमेश्वरमा साँचो विश्वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिस सोच्छन्, ‘इमानदार व्यक्ति बन्नु सजिलो छ, साँच्चै सजिलो छ। यो त सत्य बोल्नु र झूट नबोल्नु मात्रै हो।’ यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्य हुन्छ। यसले के सङ्केत गर्छ? के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, इमानदार व्यक्तिलाई जुनसुकै कर्तव्य दिइए पनि, त्यो उसलाई फाइदाजनक होस् वा नहोस्, वा उसको देहले जतिसुकै कष्ट भोगे पनि, उसले त्यो इमानदार हृदयले स्विकार्नेछ। त्यसपछि, उसले आफ्ना हितहरूबारे विचार नगरी आफूले सक्ने सबै कुरा गर्न आफ्नो सर्वस्व दिनेछ, केवल परमेश्वरलाई कसरी सन्तुष्ट पार्ने भनी सोच्नेछ। यस्तो प्रकारको व्यक्ति मात्र परमेश्वरले प्रेम गर्ने इमानदार व्यक्ति हो। म भाग्न र चुनावबाट आफूलाई निकाल्न चाहन्थेँ किनकि म कष्ट भोग्न वा मूल्य चुकाउन चाहन्नथेँ। समूह अगुवाका रूपमा छानिएपछि, मलाई त्यो काम गर्न मन लागेन किनकि मलाई थाहा थियो, यो एकदमै महत्त्वपूर्ण कर्तव्य हो र म धेरै कामहरूका लागि जिम्मेवार हुनेछु, र त्यो काम राम्रोसँग गर्नका लागि, मेरो देहले धेरै कष्ट भोग्नुपर्नेछ र मैले धेरै चिन्ता लिनुपर्नेछ। त्यसपछि मैले आफू कलिलै भएको, आफूमा स्थिरता नभएको, र छली स्वभाव भएको कुरालाई प्रयोग गर्दै, म समूह अगुवा बन्नलायक छैनँ भन्दै, त्यसलाई पन्छाउने कोसिस गरेँ। परमेश्वरको घरले मलाई यति लामो समयसम्म संवर्धन गरेको थियो, तर महत्त्वपूर्ण क्षणमा मैले आफ्नो कर्तव्य पन्छाएँ। ममा साँच्चै कुनै विवेक वा समझ थिएन। म साँच्चै एकदमै स्वार्थी र छली रहेछु! सृजित प्राणीका रूपमा, मैले आफूले पूरा गर्नुपर्ने कर्तव्यसमेत पूरा गर्न चाहिनँ। त्यसरी जिउनुको के अर्थ छ र? यतिबेला, मलाई एउटा भजनका केही हरफ याद आयो: “मानिसहरूले परमेश्वरलाई अलिकति पनि सान्त्वना समेत दिँदैनन्, र उहाँले आजसम्म पनि मानवजातिबाट साँचो प्रेम प्राप्त गर्नुभएको छैन।” मेरा आँसु खस्यो, र मैले परमेश्वरका वचनहरूको यो भजन खोजेँ।
मानवजातिप्रति परमेश्वरको प्रेम साँचो र वास्तविक छ
१ मानवजातिप्रतिको परमेश्वरको प्रेम मुख्यतया उहाँले आफ्नो काम गर्न र व्यक्तिगत रूपमा मानिसहरूलाई मुक्ति दिन देहधारण गर्नु—मानिसहरूसँग आमने-सामने बोल्नु, र तिनीहरूसँग आमने-सामने जिउनुमा प्रकट हुन्छ। त्यहाँ अलिकति पनि दूरी छैन, र केही पनि झूटो छैन; यो पूर्ण रूपमा साँचो छ। मानवजातिलाई उहाँले दिने मुक्ति, जसमा उहाँ देहधारण गर्ने र संसारमा मानिसहरूसँग पीडादायी वर्षहरू बिताउने हदसम्म पुग्नुभयो, यो पूर्ण रूपमा मानवजातिप्रतिको उहाँको प्रेम र कृपाको कारणले हो।
२ मानवजातिप्रतिको परमेश्वरको प्रेम निःशर्त छ र यसले बदलामा केही पनि माग्दैन। उहाँले मानिसबाट के पाउन सक्नुहुन्थ्यो र? मानिसहरू परमेश्वरप्रति उदासीन छन्। कसले परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर्न सक्छ र? मानिसहरूले परमेश्वरलाई अलिकति पनि सान्त्वना समेत दिँदैनन्, र उहाँले आजसम्म पनि मानवजातिबाट साँचो प्रेम प्राप्त गर्नुभएको छैन। परमेश्वर निःस्वार्थ रूपमा दिइरहनुहुन्छ र निःस्वार्थ रूपमा प्रदान गरिरहनुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। के तँ मानवजातिप्रतिको परमेश्वरको प्रेम बोध गर्दछस्?
भजन सुनिसकेपछि, म एकदमै प्रभावित भएँ र मलाई अलि दोषी महसुस भयो। मेरो आँसु रोकिँदै रोकिएन। परमेश्वरको प्रेम एकदमै साँचो र वास्तविक छ। परमेश्वर एकदमै सर्वोच्च, पवित्र र महान् हुनुहुन्छ, तैपनि मानवजातिलाई मुक्ति दिनका लागि उहाँ मानव संसारमा आउन, भ्रष्ट मानवजातिसँगै जिउन, मानिसहरूलाई भरणपोषण गर्न र अगुवाइ गर्नका लागि सत्यता व्यक्त गर्न, र मानिसहरूलाई शोधन गर्न र धुनका लागि विभिन्न परिस्थितिहरू खडा गर्न आफै देह बन्नुभयो। परमेश्वर मानिसप्रति पूर्ण समर्पित हुनुहुन्छ। तर, म आफ्नो कर्तव्य निर्वाहमा गह्रौँ बोझ उठाउन अनिच्छुक थिएँ, र सानो मूल्यसमेत चुकाउन वा अलिकति पनि कष्ट भोग्न अनिच्छुक थिएँ। मलाई परमेश्वरप्रति धेरै ऋणी भएको महसुस भयो। परमेश्वरले मलाई यति धेरै दिनुभएको थियो, तर मैले उहाँको अभिप्रायलाई ख्याल गरिनँ, र आफ्नै हितहरूलाई मात्र विचार गरेँ, मेरो देहले कष्ट पाउला भन्ने चिन्ताले आफ्नो कर्तव्य पन्छाएँ। ममा साँच्चै विवेकको कमी थियो!
मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ र परमेश्वरको अभिप्राय बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले जे-जस्तो कर्तव्य पूरा गरे पनि तैँले परमेश्वरबाट जे-जस्तो आज्ञा स्विकारे पनि, तँलाई उहाँले दिने मापदण्डहरू परिवर्तन हुँदैनन्। परमेश्वरका मापदण्डहरू बुझेपछि, तैँले उहाँ तेरो साथमा हुनुभए नभए पनि वा उहाँले तेरो सूक्ष्मजाँच गरिरहनुभएको भए नभए पनि, आफूले बुझेअनुसार उहाँका मापदण्डहरूअनुरूप अभ्यास गर्नुपर्छ, आफ्नो कर्तव्य निभाउनुपर्छ, र परमेश्वरको आज्ञा पूरा गर्नुपर्छ। यसरी मात्रै तँ परमेश्वरले निर्धक्क विश्वास गर्नुहुने सबै कुराको मालिक, र मानकअनुरूप, र उहाँको आज्ञा पाउन लायक व्यक्ति बन्नेछस्। … परमेश्वरका वचन र उहाँका मागहरूमा मात्रै केन्द्रित हो, र सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, परमेश्वरका अभिप्रायहरू पूरा गर्न पुग्, र परमेश्वरको छ हजार वर्षको प्रतीक्षा, र उहाँको छ हजार वर्षको अपेक्षालाई खिन्न तुल्याउनबाट जोगिई। परमेश्वरलाई अलि सान्त्वना दे; तँमा आशा छ भन्ने उहाँलाई देखा, र तँमा उहाँका कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्वरले तँलाई अन्यायपूर्वक व्यवहार गर्नुहुनेथियो? अवश्यै गर्नुहुनेथिएन!” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्वरका वचनहरूबाट, मैले परमेश्वरको अभिप्राय भनेको कसरी हामीले सत्यता पछ्याऔँ, आफ्ना कर्तव्यहरू राम्ररी पूरा गरौँ, हामी परमेश्वरमा समर्पित होऔँ, आफ्नो हृदय परमेश्वरलाई सुम्पौँ, उहाँसँग एउटै मनका होऔँ, र मानकअनुरूपका सृजित प्राणी बनौँ भन्ने हो भनेर महसुस गरेँ। परमेश्वरले सबैभन्दा बढी देख्न चाहने कुरा यही हो। जब म जिल्ला निर्णयकर्ताको समूहको अगुवाका रूपमा चुनिएँ, तब परमेश्वरको के आशा थियो भने, मैले कर्तव्य निर्वाह गर्दै सत्यता खोजूँ, र समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्ने अभ्यास गरूँ। त्यसबाहेक, त्यो मैले कामलाई हृदयमा लिऊँ र यसका जिम्मेवारीहरू बोकूँ, अन्ततः आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, सत्यता प्राप्त गर्न, र परमेश्वरद्वारा मुक्ति पाउन सकूँ भन्ने पनि थियो। यो कुरा बुझ्दा, मलाई गहन रूपमा आत्म-ग्लानि महसुस भयो। परमेश्वरले मलाई दिएको मौकाको कदर नगरेकीमा र आफ्नो कर्तव्य स्विकार्न असफल भएकीमा मलाई पछुतो लाग्यो। परमेश्वरले मलाई अर्को मौका दिनुहुनेछ भन्ने मेरो कत्रो आशा थियो! यदि मैले अर्को मौका पाएँ भने, म पक्कै पनि समर्पित हुनेछु, र फेरि कहिल्यै परमेश्वरविरुद्ध यसरी विद्रोह गर्नेछैनँ भनेर सङ्कल्प गरेँ। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्वर, म तपाईँका सबै बन्दोबस्तहरूप्रति समर्पित हुन इच्छुक छु। भविष्यमा, म कुनै पनि कर्तव्य स्विकार्न र त्यसलाई राम्ररी पूरा गर्न इच्छुक छु।” पछि, माथिल्ला अगुवाहरूले मेरो राजीनामा स्वीकार गरेनन् र मलाई समूह अगुवाकै रूपमा निरन्तरता दिन लगाए। म असाध्यै खुसी भएँ। परमेश्वरले मेरो हृदय जान्नुभएको थियो र मलाई अर्को मौका दिनुभएको थियो—मैले यसको कदर गर्नैपर्थ्यो! त्यसपछि, मैले सक्रिय रूपमा कामको अनुगमन गर्न थालेँ, र हरेक रात भेला सकिएपछि, म निर्णयकर्ताको समूहका ब्रदर-सिस्टरहरूसँग काममा भएका समस्याहरूको सारांशीकरण गर्थेँ। कहिलेकाहीँ काम धेरै भए पनि, र मेरो शरीर अलिक थकित हुने भए पनि, मैले पहिले जस्तो आफ्नो कर्तव्य पन्छाइनँ।
२०२३ मा, केही मण्डलीहरू पुनः संरचित गरिएकाले अगुवा र डिकनहरूको चुनाव हुँदै थियो, र मेरो कार्यभार धेरै बढ्यो। म हरेक दिन धेरै अबेरसम्म व्यस्त हुन्थेँ। त्यस अवधि, मलाई त्यो असाध्यै झन्झटिलो र थकाइलाग्दो लाग्यो। त्यसको लगत्तै, मण्डलीले नयाँ चरणको चुनाव गऱ्यो, र मैले यो मौका छोपेर जिल्ला निर्णयकर्ताको समूहको पद त्यागेर बरु अलि हलुका कर्तव्य निर्वाह गर्न चाहेँ। यतिबेला, मैले आफूले फेरि देहलाई ख्याल गर्न चाहेँ भनेर बुझेँ, मैले सत्यता अभ्यास गर्न सकूँ भनेर अगुवाइ माग्न हृदयमा परमेश्वरलाई पुकारेँ त्यतिबेला, मलाई परमेश्वरका वचनहरूको दुईवटा भजन याद आयो।
परमेश्वर उहाँको कुरा सुन्ने र उहाँप्रति समर्पित हुनेहरूलाई कदर गर्नुहुन्छ
परमेश्वरका लागि, चाहे कुनै व्यक्ति महान् होस् वा तुच्छ होस्, जबसम्म तिनीहरू उहाँको इच्छा र उहाँको योजना विना अवरोध अघि बढ्न र पूरा हुन सकोस् भनेर उहाँको कुरा सुन्न सक्छन्, उहाँका निर्देशनहरू र आज्ञामा समर्पित हुन सक्छन्, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनासँग सहकार्य गर्न सक्छन्, तब त्यस्तो आचरण उहाँले स्मरण गर्न योग्य र उहाँको आशिष् प्राप्त गर्न योग्य हुन्छ। परमेश्वर यस्ता मानिसहरूलाई बहुमूल्य ठान्नुहुन्छ, र उहाँ यस्तो व्यवहारको कदर गर्नुहुन्छ; उहाँ मानिसहरूमा उहाँप्रति भएको यो स्नेह र उहाँप्रति तिनीहरूले देखाउने यो हृदयको कदर गर्नुहुन्छ। यो परमेश्वरको मनोवृत्ति हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
परमेश्वरले ख्याल गर्ने कुरा मानिसको हृदय हो
कुनै व्यक्तिले परमेश्वरले सुम्पेको कुरा स्वीकार गर्दा, उसका कार्यहरू असल छन् कि खराब, उक्त व्यक्तिमा समर्पणता छ कि छैन, उक्त व्यक्तिले परमेश्वरका अभिप्रायहरू पूरा गरेको छ कि छैन, र उसका कार्यहरू र उसको व्यवहार मानकअनुरूप छ कि छैन भन्ने कुराको मूल्याङ्कन गर्नका निम्ति परमेश्वरसँग मानक छ। परमेश्वर मानिसका बाहिरी कार्यहरूको नभई उसको हृदयलाई महत्त्व दिनुहुन्छ। कसैले जुनसुकै तवरले कामकुरा गरे पनि, उसले केही न केही गर्छ भने, परमेश्वरले उसलाई आशिष् दिनुपर्छ भन्ने छैन। परमेश्वरबारे मानिसहरूमा रहेको एउटा गलत बुझाइ यही हो। परमेश्वर अन्तिम नतिजा मात्र हेर्नुहुन्न; बरु, उहाँ त व्यक्तिको हृदय कस्तो छ र कामकुराहरूको विकासको दौरान उसको मनोवृत्ति कस्तो छ भन्ने कुरामा ठूलो जोड दिनुहुन्छ, र उसको हृदयमा परमेश्वरलाई सन्तुष्ट पार्ने समर्पणता, ख्याल, र इच्छा छ कि छैन भनेर हेर्नुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
परमेश्वरका वचनहरूले मलाई साँच्चै प्रभावित गरे, विशेष गरी जब मैले यो पढेँ: “परमेश्वर अन्तिम नतिजा मात्र हेर्नुहुन्न; बरु, उहाँ त व्यक्तिको हृदय कस्तो छ र कामकुराहरूको विकासको दौरान उसको मनोवृत्ति कस्तो छ भन्ने कुरामा ठूलो जोड दिनुहुन्छ, र उसको हृदयमा परमेश्वरलाई सन्तुष्ट पार्ने समर्पणता, ख्याल, र इच्छा छ कि छैन भनेर हेर्नुहुन्छ।” परमेश्वरले ख्याल गर्ने कुरा मानव हृदय हो भनेर बुझेँ। हरेक घटना घट्दा, परमेश्वरले हेर्न चाहने कुरा भनेको मानिसहरूको हृदय उहाँप्रति समर्पित र ख्याल गर्ने किसिमको छ कि छैन, र तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न आफ्ना हितहरू त्याग्न सक्छन् कि सक्दैनन् भन्ने हो। जब-जब मलाई महत्त्वपूर्ण काम आइपर्थ्यो वा म चुनावहरू सामना गर्थेँ, तब-तब म परमेश्वरका अभिप्रायहरू कसरी पूरा गर्ने भनेर सोच्दिनथेँ, केवल कसरी देहको कष्टबाट जोगिने र कसरी कम जिम्मेवारी लिने भन्नेबारे मात्र सोच्थेँ। ममा विवेकको एकदमै कमी थियो, म एकदमै स्वार्थी र घृणास्पद थिएँ! यसपटक मण्डलीले नयाँ चुनावहरू गर्दै थियो, र ममा कम्तीमा पनि समर्पित मनोवृत्ति हुनुपर्थ्यो। यदि म छानिएँ भने, यो परमेश्वरले मलाई उचाल्नुभएको हुनेथ्यो। यदि म छानिइनँ भने, त्यसमा मेरा लागि सिक्नुपर्ने पाठहरू हुनेथिए। जे भए पनि, म समर्पित हुनुपर्थ्यो। यो सोच्दा, मेरो मन निकै शान्त भयो, र मैले चुनावमा भाग लिएँ। अन्त्यमा, म जिल्ला निर्णयकर्ताको समूहको सदस्यका रूपमा छानिएँ, र मेरो हृदय समर्पित हुन सक्यो।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र म किन निरन्तर देहको वास्ता गर्थेँ र आफ्नो कर्तव्य पन्छाउँथेँ भनेर बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “देहको सम्बन्धमा भन्नुपर्दा, तैँले यसलाई जति राम्रो व्यवहार गर्छस्, यो त्यति नै लोभी हुनेछ। देहले अलिकति कष्ट सहनु उचित हो, र जब यसले कष्ट सहन्छ, तब सही मार्गमा हिँड्न र आफ्नो उचित काममा ध्यान दिन सजिलो हुन्छ। यदि कुनै व्यक्ति राम्रो पारिवारिक वातावरणमा हुर्कन्छ, उसलाई सधैँ सहज हुन्छ र उसले कहिल्यै धेरै कष्ट भोग्दैन भने, ऊ कमजोर बन्छ, अलिकति पनि कष्ट सहन नसक्ने हुन्छ। त्यस्ता मानिसहरूलाई कुनै पनि कुरा हासिल गर्न गाह्रो हुन्छ, र तिनीहरूले अन्ततः केही पनि हासिल नगर्न सक्छन्। त्यस्ता मानिसहरूलाई परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता प्राप्त गर्न पनि गाह्रो हुन्छ। यदि तिनीहरूले प्राकृतिक वा मानव-निर्मित प्रकोपहरूको सामना गरे भने, तिनीहरूले आफूबाहेक स्वर्ग र सबैलाई दोष दिनेछन्, परमेश्वरबारे गुनासो गर्नेछन् र उहाँलाई इन्कार गर्नेछन्, र तिनीहरू संवेदनहीन र अनुचित बन्नेछन्। समय बित्दै जाँदा, तिनीहरू झन्-झन् पतित मात्रै हुनेछन्। के यसका धेरै उदाहरणहरू छन्। तैँले देख्न सक्छस् कि गैरविश्वासी संसारमा, धेरै गायक र चलचित्रका ताराहरू छन् जो प्रसिद्ध हुनुअघि कठिनाइ सहन निकै सक्षम थिए र आफूलाई आफ्नो कामप्रति समर्पित गर्थे। तर जब तिनीहरूले ख्याति प्राप्त गर्छन् र धेरै पैसा कमाउन थाल्छन्, तब तिनीहरू सही मार्गमा हिँड्दैनन्। तिनीहरूमध्ये कतिपयले लागुऔषध सेवन गर्छन्, कतिपयले आत्महत्या गर्छन्, र तिनीहरू जवानीमै मर्छन्। यसको कारण के हो? तिनीहरूका भौतिक सुखहरू अत्यधिक हुन्छन्, तिनीहरू अत्यन्तै आरामदायी हुन्छन्, र तिनीहरूलाई अझ ठूलो सुख वा अझ ठूलो उत्साह कसरी प्राप्त गर्ने भनी थाहा हुँदैन। तिनीहरूमध्ये कतिपय अझ उच्च स्तरको उत्साह र आनन्दको खोजीमा लागुऔषधतर्फ लाग्छन्, र, लामो समयसम्म प्रयोग गरेपछि, तिनीहरूले त्यो छोड्न सक्दैनन्। केही धेरै लागु पदार्थ सेवन गरेर मर्छन्, अरू त्यसबाट उम्किन नजानेर अन्त्यमा आत्महत्या नै गर्छन्। यस्ता कति धेरै उदाहरणहरू छन्। तैँले जति राम्ररी खान-पान गरे पनि, जति राम्रा पहिरन लगाए पनि, तेरो घर जतिसुकै राम्रो भए पनि, तैँले जति रमाइलो गरे पनि, वा तेरो जीवन जति सुखद भए पनि, अनि तेरा चाहनाहरू जति पूर्ण रूपमा पूरा भए पनि, अन्तिममा त्यो खोक्रोपनमाथि खोक्रोपन मात्रै हुन्छ, र नतिजा विनाश हुन्छ। के गैरविश्वासीहरूले पछ्याउने खुसी वास्तविक खुसी हो? वास्तवमा, त्यो खुसी होइन। त्यो मानव कल्पना हो, पतन हुने एउटा उपाय हो, र त्यो मानिस पतित बन्ने मार्ग हो। मानिसहरूले पछ्याउने कथित खुसी झुटो हुन्छ। त्यो वास्तवमा कष्ट हो। यो मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य होइन, न त त्यसमा जीवनको मूल्य नै हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने केही तरिका र विधिहरूमा तिनीहरूलाई देहको सन्तुष्टि र वासनाप्रतिको आशक्तिलाई तिनीहरूको लक्ष्य बनाउन लगाउने पर्छन्। यसमार्फत, शैतानले मानिसलाई सुप्त बनाउँछ, लोभ्याउँछ, भ्रष्ट तुल्याउँछ, त्यसलाई नै खुसी सोच्ने, र त्यो उद्देश्यको पछि लाग्ने बनाउँछ। मानिसहरू ती कुरा प्राप्त गर्नु नै खुसी प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरू त्यो लक्ष्य पछ्याउने मार्गमा लाग्न आफ्नो शक्तिले भ्याएजति सबै गर्छन्। अनि, तिनीहरूले त्यो प्राप्त गरेपछि, खुसी नभई खोक्रोपन र पीडा महसुस गर्छन्। यसले त्यो सही मार्ग होइन भन्ने प्रमाणित गर्छ; त्यो मृत्युको बाटो हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने मैले सधैँ ऐसआरामको लालसा गर्नुको कारण मेरो सोच र दृष्टिकोणमा रहेको समस्या थियो। म सानैदेखि समाज र आफ्नो परिवारद्वारा गम्भीर रूपमा प्रभावित र अभ्यस्त भएकी थिएँ, र दैहिक ऐसआरम पछ्याउनु आफूलाई राम्रो व्यवहार गर्नु हो भन्ने ठान्थेँ। म प्रायः मानिसहरूले यसो भनेको सुन्थेँ, “मानिस आफ्ना लागि जिउनुपर्छ, मानिसले आफ्नो देहलाई आराम र चैन दिनुपर्छ। तिनीहरू अरूका लागि जिउनु हुँदैन। स्मार्ट हुनु भनेको यही हो।” मेरा आमाबुबा पनि प्रायः यसो भन्नुहुन्थ्यो, “हामीले जे गरे पनि, त्यो कष्ट वा थकानविनाको आरामदायी जीवनको आनन्द उठाउनका लागि हो। के जिउनुको उद्देश्य जीवनको आनन्द लिनु होइन र?” बिस्तारै, मैले यी गलत दृष्टिकोणहरू स्वीकार गरेँ। ती मेरो व्यवहारको सिद्धान्त र मेरो पछ्याइको लक्ष्य बने। म स्कुलमा छँदा, म सजिला कुराहरू मात्र पढ्न चाहन्थेँ। म दिमाग खियाउनुपर्ने कुनै पनि कुरा पढ्न चाहँदिनथेँ। उदाहरणका लागि, मलाई दिमाग खियाउनुपर्ने गणितजस्ता विषयहरू सिक्न एकदमै मन लाग्दैनथियो। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मण्डलीमा आफ्ना कर्तव्यहरू निर्वाह गरे पनि, म अझै दैहिक ऐसआराम पछ्याउँथेँ। म आफ्नो कर्तव्यमा गह्रौँ बोझ उठाउन अनिच्छुक हुन्थेँ, र मानसिक परिश्रम वा दैहिक कष्ट समावेश कर्तव्यहरू पूरा गर्न चाहन्नथेँ। म सजिला र हलुका कर्तव्यहरू मात्र पूरा गर्न चाहन्थेँ। गाह्रो कर्तव्य वा गह्रौँ कार्यभार समावेश कर्तव्य आउनेबित्तिकै, म ती पन्छाउन चाहन्थेँ। उदाहरणका लागि, म पहिलोपटक जिल्ला निर्णयकर्ताको समूहको अगुवाका रूपमा चुनिएकी थिएँ, समूह अगुवा हुनुमा धेरै काम हुनेछ र यसले मलाई शारीरिक रूपमा थकाउँछ भनेर म डराएकीले, मैले धेरै बहाना बनाएँ, र जानाजानी आफ्ना भ्रष्टता र कमीहरू बताएँ ताकि म समूह अगुवा नबन्ने कुरामा सबै जना सहमत होऊन्। अर्को चुनावमा पनि, मैले अझै आफ्नो देहलाई ख्याल गरेँ, र निर्णयकर्ताको समूहको पदबाट हट्नसमेत चाहेँ। मैले आफ्नै दैहिक हितहरूबारे मात्र सोचेँ, परमेश्वरका अभिप्रायहरूलाई कहिल्यै ख्याल गरिनँ, र आफ्नो देहले कष्ट नपाओस् भनेर निरन्तर आफ्नो कर्तव्य पन्छाएँ। यो व्यवहार परमेश्वरविरुद्ध विद्रोह गर्नु र उहाँलाई विश्वासघात गर्नु थियो। यदि मैले पश्चात्ताप नगरेकी भए, अन्ततः मैले सत्यता प्राप्त नगर्ने वा आफ्नो भ्रष्ट स्वभाव परिवर्तन नगर्ने मात्रै होइन, तर म विपत्तिमा पर्न र नष्ट हुन सक्थेँ। परमेश्वरले भन्नुभए जस्तै: “शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने केही तरिका र विधिहरूमा तिनीहरूलाई देहको सन्तुष्टि र वासनाप्रतिको आशक्तिलाई तिनीहरूको लक्ष्य बनाउन लगाउने पर्छन्। यसमार्फत, शैतानले मानिसलाई सुप्त बनाउँछ, लोभ्याउँछ, भ्रष्ट तुल्याउँछ, त्यसलाई नै खुसी सोच्ने, र त्यो उद्देश्यको पछि लाग्ने बनाउँछ। मानिसहरू ती कुरा प्राप्त गर्नु नै खुसी प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरू त्यो लक्ष्य पछ्याउने मार्गमा लाग्न आफ्नो शक्तिले भ्याएजति सबै गर्छन्। अनि, तिनीहरूले त्यो प्राप्त गरेपछि, खुसी नभई खोक्रोपन र पीडा महसुस गर्छन्। यसले त्यो सही मार्ग होइन भन्ने प्रमाणित गर्छ; त्यो मृत्युको बाटो हो।” शैतानले मानिसहरूलाई दैहिक सुखको पछ्याइद्वारा परीक्षा गर्छ र भ्रष्ट तुल्याउँछ, तिनीहरूलाई देहलाई सन्तुष्ट पार्दा मात्र खुसी पाउन सकिन्छ भनेर विश्वास गर्न लगाउँछ। वास्तवमा, कुनै व्यक्तिलाई जति नै आराम भए पनि वा उसले जति नै देहको आनन्द लिए पनि, उसलाई अझै पनि भित्री हृदयमा रित्तो र दुःखी महसुस हुन्छ। म सधैँ दैहिक ऐसआरामलाई पछ्याउँथेँ, र गह्रौँ कार्यभार समावेश कर्तव्यहरू पूरा गर्न चाहँदिनँथेँ। म सोच्थेँ, यसरी मैले आराम गर्ने वा आफूलाई मन पर्ने कुराहरू गर्ने अझ धेरै समय पाउनेछु। तर, आफ्नो कर्तव्य पन्छाएपछि मेरो हृदयलाई चैन भएन, बरु म गहिरो दुःख र आत्म-ग्लानिमा परेँ। यस अनुभूतिलाई शब्दमा वर्णन गर्न सकिँदैन। मैले परमेश्वरविरुद्ध विद्रोह गरेकी हुनाले उहाँको उपस्थिति गुमाएको छु भन्ने मलाई थाहा थियो। दैहिक ऐसआराम पछ्याउन सही मार्ग होइन, अनि यसले केवल मानिसहरूलाई झन्-झन् पतित बनाउँछ, र परमेश्वरको विरोध गर्न लगाउँछ भनेर मैले अनुभव गरेँ।
अप्रिल २०२४ मा, कामको आवश्यकताले गर्दा, मेरो जिम्मेवारीको क्षेत्रमा रहेकी एउटी प्रचारक अर्को ठाउँमा आफ्नो कर्तव्य पूरा गर्नका लागि सरुवा भइन्। मैले उनी जिम्मेवार रहेकी कामको अस्थायी रूपमा अनुगमन गर्नुपऱ्यो, र म अलि चिन्तित भएँ। गर्नुपर्ने काम धेरै थियो—यो असाध्यै थकाइलाग्दो हुनेवाला थियो! मैले फेरि देहप्रति वास्ता देखाउन चाहेको छु भन्ने बुझेँ, र मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, ताकि उहाँले मलाई समर्पित हुन अगुवाइ गर्नुहोओस्। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “हरेक वयस्कले कष्ट, बिमारी, र विभिन्न कठिनाइहरू जस्ता जतिसुकै दबाब सामना गरे पनि, उसले एक वयस्कका जिम्मेवारीहरू वहन गर्नैपर्छ। यी सबैले अनुभव गर्नुपर्ने र सहनुपर्ने कुराहरू हुन्; एक सामान्य व्यक्तिको जीवन यस्तै हुन्छ। यदि तँ दबाब सहन, कष्ट भोग्न, वा झट्काहरू खप्न सक्दैनस् भने, यसको अर्थ तँसँग कुनै दृढता वा सङ्कल्प छैन, र तँ ज्यादै कमजोर र बेकम्मा छस् भन्ने हुन्छ। सबैले—चाहे समाजमा होस् वा परमेश्वरको घरमा—आफ्नो जीवनमा यो कष्ट सहनैपर्छ। यो हरेक वयस्कले वहन गर्नुपर्ने जिम्मेवारी हो, उसले काँधमा बोक्नुपर्ने बोझ हो, र योबाट कोही पनि उम्कन सक्दैन, त्यसैले तैँले यसबाट पन्छिने प्रयास गर्नु हुँदैन। यदि तँ सधैँ यो सबै कष्टबाट भाग्न वा मुक्त हुन चाहन्छस् भने, तेरो दबाबको संवेग बाहिर आउनेछ, र त्यसले तँलाई सधैँ अल्झाउनेछ। तर, यदि तँ यी सबै कुरा राम्ररी बोध गर्न र स्वीकार गर्न सक्छस्, र यसलाई तेरो जीवन र अस्तित्वको आवश्यक भागका रूपमा हेर्छस् भने, तैँले यी मामिलाहरूका कारण नकारात्मक संवेगहरू विकास गर्नेछैनस्। एकातिर, तैँले वयस्कहरूमा हुनुपर्ने र उनीहरूले लिनुपर्ने जिम्मेवारी र दायित्वहरू वहन गर्न सिक्नुपर्छ। अर्कोतिर, तैँले सामान्य मानवताभित्र आफ्नो बसाइ र कामको वातावरणमा अरूसँग मिलेर सह-अस्तित्वमा रहन सिक्नुपर्छ। आफूलाई जे मन लाग्यो त्यही मात्रै नगर्। मेलमिलापपूर्ण सह-अस्तित्वको उद्देश्य के हो? यसको उद्देश्य तैँले एक वयस्कका रूपमा पूरा गर्नुपर्ने काम, दायित्व र जिम्मेवारीहरू अझ राम्रोसँग सम्पन्न गर्नु हो। तैँले जुनसुकै काम वा जुनसुकै कर्तव्य निर्वाह गरे पनि, खतरा आइपर्दा, शैतानका शक्तिहरूको बाधा र क्षतिको सामना गर्दा, तँ हानिलाई न्यूनीकरण गर्न सक्षम हुनैपर्छ, ताकि तेरो काम र कर्तव्यका नतिजाहरू अलिक राम्रो होऊन्। सङ्कल्प भएको व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। यदि तँमा सामान्य मानवता छ भने, तैँले काम गर्दा यो पूरा गर्नुपर्छ। जहाँसम्म कामको दबाबको कुरा छ, चाहे त्यो माथिबाट आउने होस् वा परमेश्वरको घरबाट, वा यदि यो ब्रदर-सिस्टरहरूले तँलाई दिने दबाब होस्, यो तैँले सहनुपर्ने कुरा हो। तैँले यसो भन्न मिल्दैन, ‘म दबाबको कारणले यो गर्नेछैनँ। म त परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह र काम गर्ने क्रममा केवल फुर्सद, सहजता, खुसी र आराम खोजिरहेको छु।’ यस्तो गर्नु हुँदैन, र यो एक सामान्य वयस्कमा हुनुपर्ने सोचाइ होइन, र परमेश्वरको घर भनेको तँ आराममा लिप्त हुने ठाउँ होइन। हरेक व्यक्तिले आफ्नो जीवन र काममा निश्चित मात्रामा दबाब र जोखिम लिन्छ। कुनै पनि काममा, विशेष गरी परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तैँले सर्वोत्तम नतिजाहरूका लागि प्रयास लगाउनुपर्छ। बृहत् स्तरमा, यो परमेश्वरको शिक्षा र माग हो। सानो स्तरमा, यो हरेक व्यक्तिले आफ्नो आत्म-आचरण र कार्यहरूमा राख्नुपर्ने मनोवृत्ति, दृष्टिकोण, मानक र सिद्धान्त हो। जब तँ परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्छस्, तैँले परमेश्वरको घरका सर्त र प्रणालीहरू पालना गर्न सिक्नैपर्छ, र तैँले नियमहरू पालना गर्न, आफूलाई शिष्ट रूपमा आचरणमा ढाल्न सिक्नैपर्छ। यो व्यक्तिको आत्म-आचरणको एक अत्यावश्यक भाग हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले के बुझेँ भने वयस्कका रूपमा, हामी सबैसँग चाहे परमेश्वरको घरमा होस् वा गैरविश्वासी संसारमा, आफ्नै जिम्मेवारी र दायित्वहरू हुन्छन्। एउटा सामान्य मानिसले लिनुपर्ने कुरा यही हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, देहले कष्ट भोग्नुपर्ने, मूल्य चुकाउनुपर्ने, र केही दबाब सहनुपर्ने भए पनि, यी सबै वयस्कहरूले काँधमा लिनुपर्ने जिम्मेवारीहरू हुन्। म कष्टदेखि डराउनु हुँदैन, न त कर्तव्यहरू गाह्रो देख्दा मैले तिनलाई पन्छाउनु नै हुन्छ। त्यसो गर्नु त विवेकको असाध्यै कमी हुनु र अमानवीय हो। त्यसैले, मैले देहविरुद्ध विद्रोह गर्न सचेत रूपमा परमेश्वरलाई प्रार्थना गरेँ, र बिस्तारै म समर्पित हुन सकेँ।
यस अनुभवबाट मैले के बुझेँ भने, मण्डलीमा कामको जिम्मा लिँदा मेरो देहले कष्ट भोग्नुपरे पनि र मलाई थकाइ लागे पनि, मैले धेरै कुरा प्राप्त गरेँ। मैले के थाहा पाएँ भने, मलाई कामकुराहरू आइपर्दा, मैले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, सुरुमा सधैँ अरूमा भर पर्नेदेखि लिएर अहिले स्वतन्त्र रूपमा काम गर्न सिकेको अवस्थसम्म आइपुग्दा मेरो मानवता पनि धेरै परिपक्व भयो। जब ब्रदर-सिस्टरहरूमा कठिनाइ वा धारणाहरू हुन्छन्, तब म ती समाधान गर्नेबारे सङ्गति गर्न सम्बन्धित सत्यताहरू भेट्टाउन पनि सक्छु। मेरो कार्यभार पहिलेभन्दा गह्रौँ भए पनि, मैले धेरै कुरा प्राप्त र हासिल पनि गरेकी छु। यो सब परमेश्वरबाटको विशेष अनुग्रह हो। परमेश्वरलाई धन्यवाद!