८५. कर्तव्यहरूमा कुनै हैसियत वा दर्जा हुँदैन
सन् २०२३ मा, मेरो क्षमता कमजोर भएको र म लेखन-पठनको काम गर्न नसक्ने प्रमाणित भएकाले अगुवाहरूले मलाई सुसमाचार प्रचार गर्ने काम गर्न लगाउन प्रबन्ध मिलाउनुभयो। त्यतिबेला, मैले आफ्नो इज्जत गुमाएको जस्तो महसुस गरेँ। मैले सोचेँ, “यदि मेरा ब्रदर-सिस्टरहरूले मलाई कमजोर क्षमताको कारणले बर्खास्त गरिएको हो भन्ने थाहा पाए भने, तिनीहरूले मलाई के सोच्नेछन्?” मलाई साह्रै नराम्रो लाग्यो। एकदिन, म सुसमाचार प्रचार गरेर फर्किंदा, मैले अगुवाहरूबाट एउटा पत्र पाएँ। उहाँहरूले मान्छेको कमी भएकोले मलाई पहिले कर्तव्य गरिरहेको ठाउँमा फर्केर जान भन्नुभएको थियो। यो देखेर म धेरै खुसी भएँ, र मैले सोचेँ, “अब मैले फेरि लेखन-पठनको काम गर्न पाउने भएँ!” तर जब मैले पत्र पढ्दै गएँ, तब म तुरुन्तै निराश भएँ। वास्तवमा अगुवाहरूले मलाई त्यहाँ अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्न पठाउन चाहनुभएको रहेछ। म पूरै हताश भएँ। मैले मनमनै सोचेँ, “अब सकियो। यो अतिथिसत्कार गर्ने कर्तव्य त सधैँ बढी उमेरका ब्रदर-सिस्टरहरूले गर्ने काम हो। म मानिसहरूका लागि खाना पकाउने अवस्थामा कसरी गिर्न पुगेँ? यो त कस्तो अपमानजनक कुरा! कस्तो लाजमर्दो! यसबाहेक, पहिले मैले लेखन-पठनको काम गर्थेँ, तर अहिले, एकै छिनमा, म अतिथिसत्कारको काम गर्दैछु। मैले पहिले सहकार्य गरेका ब्रदरहरूको आँखामा कसरी आँखा जुधाउन सक्छु होला र? म अगुवा भइसकेको छु र मैले लेखन-पठनको काम गरिसकेको छु, अनि मेरो गृहनगरका ब्रदर-सिस्टरहरू सबैले मलाई प्रतिभाशाली व्यक्ति ठान्छन्। यदि उनीहरूले म अहिले अतिथिसत्कार गरिरहेको छु भनी थाहा पाए भने मलाई के सोच्नेछन्? मेरो त पूरै इज्जत जानेछ!” जब मैले यसबारे सोचेँ, तब मलाई एकदमै प्रतिरोधी महसुस भयो, र मैले यो कर्तव्य स्वीकार गर्न चाहिनँ। तथापि, अगुवाहरूले म आज्ञाकारी छैन भन्नुहोला भन्ने चिन्ताले गर्दा मैले मन नलागी-नलागी स्वीकार गरेँ।
जब म अतिथि सत्कारक निवासमा पुगेँ, तब मलाई पहिले चिनेका ब्रदरहरूको आँखामा आँखा जुधाउन अलि गाह्रो भयो; मैले आफूलाई तुच्छ महसुस गरेँ। अप्ठ्यारो अवस्थाबाट बच्न, म सकेसम्म एकलै आफ्नो कोठामा बस्ने र उनीहरूसँगको सम्पर्कमा कम आउने कोसिस गर्थेँ। जब मैले उनीहरूलाई खाना खाइसकेपछि आफ्नो कर्तव्य पूरा गर्न गएको देख्थेँ, अनि म भने भाँडा माझ्न, टेबुल पुछ्न, र भुइँ बढार्न व्यस्त हुन्थेँ, तब काम गर्दागर्दै मलाई झोँक चल्न थाल्यो। मलाई आफू नोकरजस्तै भएको छु भन्ने लागेको थियो। कहिलेकाहीँ, म कुचो फ्याँकिदिन्थेँ र एक-दुई दिन सफा गर्दिनथेँ, र त्यस्तो बेला मेरा ब्रदरहरूले मलाई सफा गर्न मद्दत गर्नुहुन्थ्यो। एक जना ब्रदरलाई स्वास्थ्य समस्या थियो र उहाँले धेरै पिरो खानेकुरा खान सक्नुहुन्नथ्यो, अनि उहाँले मलाई धेरै पटक खाना धेरै पिरो नबनाउन याद दिलाउनुभयो। तैपनि, मैले यो कुरालाई सही तरिकाले स्वीकार गर्न सकिनँ र उहाँहरूले मलाई नोकरजस्तो व्यवहार गरिरहनुभएको छ भन्ने सोचेँ, त्यसैले मैले मनमा ईख लिएँ। मैले खाना पकाउँदा एउटा पनि खुर्सानी हालिनँ, र आफ्नो असन्तुष्टि पोख्न खुर्सानीहरू कुहिन दिएँ तर खानका लागि दिइनँ। मेरो यस्तो व्यवहार देखेर, मेरा ब्रदर-सिस्टरहरूले मलाई सुझाव दिन छोड्नुभयो। पछि, मलाई आत्म-ग्लानि भयो र मैले त्यसो गर्नुहुँदैनथ्यो भन्ने थाहा पाएँ, तर मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। म आफ्नो कर्तव्यमा झन्-झन् गैरजिम्मेवार भएँ, र कि त धेरै कि त थोरै खाना बनाउँथेँ। म मेरा ब्रदरहरूलाई पेटभरि खान पुग्यो कि पुगेन भनेर सोध्थिनँ, र मलाई सधैँ यो कर्तव्यबाट पन्छिन मन लाग्थ्यो। तैपनि, मेरा ब्रदर-सिस्टरहरूले म समर्पित छैन भन्लान् भन्ने डरले, मैले यो कुरा उठाइनँ। तैपनि, हरेक पटक भाँडाकुँडा धुने र पखाल्ने कामको सामना गर्दा म दुखित भएँ। म के सोच्थेँ भने, यो कर्तव्य सधैँ बढी उमेरका ब्रदर-सिस्टरहरूले गर्ने काम हो, र यदि मलाई चिन्ने ब्रदर-सिस्टरहरूले म भान्छे हुँ भनी थाहा पाए भने कसैले पनि मलाई आदर गर्नेछैन। जब म यसबारे सोच्थेँ, तब मनमा गुम्सिएको निराशाले मलाई साह्रै असहज बनाउँथ्यो। मैले आफ्नो स्थिति ठीक छैन भन्ने बुझेँ, र मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो कर्तव्य ममाथि आइपर्नुमा तपाईंको अनुमति छ भन्ने मलाई थाहा छ। म तपाईंलाई बिन्ती गर्छु, मलाई समर्पित हुन अगुवाइ गर्नुहोस्!”
पछि, मैले आत्मचिन्तन गरेँ, “म किन कहिल्यै अतिथिसत्कार गर्ने कर्तव्य गर्न चाहन्नँ?” एकदिन मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो अवस्थासँग एकदमै मिल्दोजुल्दो थियो। परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले सुरुमा सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको पर्याप्त प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। … के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, प्राप्ति वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, प्राप्ति, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने, ख्रीष्टविरोधीहरूले हैसियत र प्रतिष्ठालाई आफ्नो जीवनको रगत ठान्छन्। ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य पूरा गरे पनि, तिनीहरूले कहिल्यै परमेश्वरको घरको हितको बारेमा विचार गर्दैनन्। बरु, तिनीहरूले आफूले प्रतिष्ठा र अरूको प्रशंसा पाउन सक्छन् कि सक्दैनन् भनेर मात्र विचार गर्छन्, र जब तिनीहरूले प्रतिष्ठा र हैसियत प्राप्त गर्न सक्दैनन्, तब तिनीहरूको जीवन नै खोसिएजस्तो हुन्छ। यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारण हुन्छ। मैले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको जस्तै थियो। मलाई अगुवा हुनु वा प्राविधिक सीप चाहिने कर्तव्य पूरा गर्नु सम्मानजनक र प्रतिष्ठित काम हो, र त्यसले मानिसहरूलाई मेरो प्रशंसा गर्न लगाउँछ, तब मात्र जीवन मूल्यवान् वा अर्थपूर्ण हुन्छ भन्ने विश्वास लाग्थ्यो। यसको विपरीत, मलाई अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्नु तुच्छ काम हो र कसैले पनि मलाई आदर गर्नेछैन भन्ने विश्वास लाग्थ्यो। लेखन-पठनको कामबाट बर्खास्त गरिएदेखि, यदि ब्रदर-सिस्टरहरूलाई मेरो कमजोर क्षमताको कारणले मलाई नयाँ काममा खटाइएको हो भन्ने थाहा भयो भने उनीहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने डर थियो, र मलाई साँच्चै लाज लागेको थियो। विशेष गरी जब मलाई अतिथिसत्कार गर्ने कर्तव्य गर्न भनियो, तब मैले पूरै पक्षाघात भएजस्तो महसुस गरेँ। मैले के सोचेँ भने, पहिले मण्डलीमा अगुवा हुँदा, म प्रायजसो ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ र सङ्गति गर्थेँ र काम लागू गर्थेँ, तर अहिले म भान्छे भएको थिएँ, र मलाई आफ्नो पूरै इज्जत गएजस्तो लाग्यो। जब मैले यसबारे सोच्थेँ, तब मलाई निसासिएको, मनमा ईख जागेको र दुःखी महसुस हुन्थ्यो, र म समर्पित हुन सक्थिनँ। एक जना ब्रदर हुनुहुन्थ्यो जसले स्वास्थ्यका कारणले धेरै पिरो खानेकुरा खान सक्नुहुन्नथ्यो, र धेरै पटक, उहाँले मलाई कम खुर्सानी हाल्न याद दिलाउनुभयो। यो एक उचित अनुरोध थियो र अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्ने व्यक्तिको रूपमा मैले विचार गर्नुपर्ने कुरा थियो, र मैले यो स्वीकार गर्नुपर्थ्यो। तर मैले उहाँको ख्याल गरिनँ र उहाँले मलाई तुच्छ ठानिरहनुभएको छ भन्ने समेत विश्वास गरेँ, त्यसैले म उहाँसँग बाझिएँ, र मैले आफ्नो रिस कर्तव्यमाथि समेत पोखेँ। म हैसियत र प्रतिष्ठामा यति डुबेको थिएँ कि मैले सामान्य मानवता पनि गुमाइसकेको थिएँ। मैले ब्रदरहरूलाई राम्रोसँग अतिथिसत्कार गर्ने आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर विचार गरिनँ। मेरो दिमाग मेरो प्रतिष्ठा र हैसियतको सोचले भरिएको थियो, र म निरन्तर आफ्नो कर्तव्यबाट पन्छिन चाहन्थेँ। ममा साँच्चै मानवता नै थिएन! मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, पश्चात्ताप गर्न र आफ्नो कर्तव्यलाई सही तरिकाले व्यवहार गर्न तयार भएँ।
एकदिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नै समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब एउटा यस्तो अवस्था आइपर्छ जसमा कुनै व्यक्ति आफ्नो उचित स्थान ग्रहण गर्न र उसले गर्नुपर्ने कुरा पूरा गर्न असफल हुन्छ—अर्थात्, जब ऊ आफ्नो कर्तव्य पूरा गर्न असफल हुन्छ—तब उसको हृदयमा एउटा गाँठो पर्छ। यो एक सबैभन्दा व्यावहारिक समस्या हो, र यसलाई समाधान गर्नैपर्छ। त्यसोभए यो कसरी समाधान गरिनुपर्छ? व्यक्तिमा कस्तो किसिमको मनोवृत्ति हुनुपर्छ? सबैभन्दा पहिले, तिनीहरूसँग आफूलाई बदल्ने चाहना हुनुपर्छ। अनि यदि तिनीहरूसँग यस्तो चाहना छ भने, तिनीहरूले कसरी अभ्यास गर्नुपर्छ? उदाहरणका लागि, मानौँ कोही एकदुई वर्ष अगुवा बनेको छ र, उसको कमजोर क्षमताको कारणले, ऊ उक्त कामका लागि योग्य छैन, उसले कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैन, उसलाई सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्न आउँदैन, र ऊ वास्तविक काम गर्न असक्षम छ, जसले गर्दा ऊ बर्खास्त हुन्छ। यदि, बर्खास्त भएपछि, ऊ समर्पित हुन सक्छ, र उसले निरन्तर आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्छ र बदलिने चाहना राख्छ भने, उसले के गर्नुपर्छ? सबैभन्दा पहिले, ऊसँग यो बुझाइ हुनुपर्छ: ‘परमेश्वरले जे गर्नुभयो त्यो सही थियो। मेरो क्षमता अति नै कमजोर छ। यति लामो समयसम्म मैले कुनै वास्तविक काम गरेको छैन, जसले गर्दा मण्डलीको काम र दाजुभाइ दिदीबहिनीहरूको जीवन प्रवेशमा ढिलाइ भएको छ। परमेश्वरको घरले मलाई निष्कासित गरेन, त्यो नै राम्रो कुरा हो। म त यति निर्लज्ज रहेछु, मैले यति लामो समयसम्म यो पदमा आफूलाई टिकाइराखेँ, र अझै पनि मैले ठूलो काम गरिरहेको छु भनेर सोचिरहेँ। म कति समझविहीन छु!’ यदि उसले आफूलाई घृणा गर्न सक्छ र हृदयमा पछुतो महसुस गर्छ भने, के त्यो बदलिने चाहना भएको प्रकटीकरण होइन र? यसो भन्न सक्नुको अर्थ उसमा चाहना छ भन्ने हो। मानौँ उसले हृदयमा यसो भन्छ: ‘यति लामो समयसम्म अगुवाको पदमा रहेर मैले हैसियतका फाइदाहरू पछ्याउनुबाहेक केही गरिनँ; म केवल धर्मसिद्धान्तहरू प्रचार गरिरहेको थिएँ र आफूलाई धर्मसिद्धान्तहरूले सुसज्जित गरिरहेको थिएँ, जीवन प्रवेश पछ्याइरहेको थिइनँ। अब जब मलाई बर्खास्त गरियो, तब मात्रै मैले देखेँ कि म धेरै पछि परेको छु र ममा धेरै कमी छ। परमेश्वरले ठिक गर्नुभयो, र मैले समर्पित हुनैपर्छ। पहिले, मसँग हैसियत हुँदा, दाजुभाइ-दिदीबहिनीहरूले मप्रति धेरै राम्रो व्यवहार गर्थे; म जहाँ गए पनि तिनीहरू मेरो वरिपरि झुम्मिन्थे। अहिले कसैले मेरो वास्ता गर्दैन, र मलाई सबैले अस्वीकार गर्छन्; म यसको योग्य छु, यो मैले पाउनुपर्ने प्रतिफल हो। त्यसमाथि, परमेश्वरसामु एक सृजित प्राणीको कुनै हैसियत कसरी हुन सक्छ? कसैको हैसियत जतिसुकै उच्च भए पनि, त्यो न त उसको परिणाम हो न त उसको गन्तव्य हो। मलाई मेरो आज्ञा दिँदा, परमेश्वरले मैले आफ्नो धाक जमाऊँ वा आफ्नो हैसियतमा रमाऊँ भन्ने अभिप्राय राख्नुहुन्न, बरु मैले आफ्नो कर्तव्य निर्वाह गरूँ भन्ने अभिप्राय राख्नुहुन्छ। मैले आफ्नो सामर्थ्यले भ्याएजति गर्नुपर्छ। ममा परमेश्वरको सार्वभौमिकता र परमेश्वरको घरका प्रबन्धहरूप्रति समर्पणको मनोवृत्ति हुनुपर्छ। समर्पित हुन गाह्रो भए पनि, मैले त्यसो गर्नैपर्छ। परमेश्वरले जे गर्नुहुन्छ त्यो ठिक हो, र मानौँ मसँग हजारौँ वा दशौँ हजार कारणहरू भए पनि, तीमध्ये कुनै पनि सत्यता हुनेछैन। परमेश्वरप्रति समर्पित हुनु नै सत्यता हो!’ बदलिनुका प्रकटीकरणहरू ठ्याक्कै यिनै हुन्। यदि कुनै व्यक्तिसँग यी कुराहरू छन् भने, परमेश्वरले त्यो व्यक्तिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ। परमेश्वरले यो विवेक र समझ भएको व्यक्ति हो भन्नुहुनेछ। के यो मूल्याङ्कन उच्च हो? यो धेरै उच्च होइन—ऊसँग विवेक र समझ भएको मात्र हो; उसले अझै पनि परमेश्वरद्वारा सिद्ध पारिने मानक पूरा गरेको छैन। तर यस प्रकारको व्यक्तिको हकमा, यो पहिले नै मूल्यवान् ठानिनुपर्ने कुरा हो—समर्पित हुन सक्नु दुर्लभ र बहुमूल्य कुरा हो। त्यसपछि, व्यक्तिले कसरी पछ्याउँछ ताकि परमेश्वरले ऊप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्नुहुन्छ भन्ने कुरा उसले रोज्ने बाटोमा निर्भर हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३))। परमेश्वरका वचनहरू पढेपछि, मलाई लाज र दोषी महसुस भयो। जब विवेक र समझ भएको व्यक्तिको कर्तव्यको प्रवन्धमा हेरफेर गरिन्छ वा उसलाई बर्खास्त गरिन्छ, तब ऊ समर्पित हुन, आफूलाई चिन्तन गर्न, र आफ्ना कमीकमजोरीहरू बुझ्न सक्षम हुन्छ। उसले आफूलाई सही ठहराउने प्रयास नगरी वा शर्तहरूमा मोलतोल नगरी स्वीकार गर्छ, र ऊ सुध्रन चाहन्छ। मैले मेरो क्षमता कसरी कमजोर थियो र म लेखन-पठनको कर्तव्य निर्वाह गर्न योग्य थिइनँ भन्ने बारेमा सोचेँ। महिनौँसम्म आफ्नो कर्तव्य पूरा गरेपछि पनि, मैले कुनै परिणाम हासिल गरेको थिइनँ, र अगुवाहरूले मेरो कर्तव्य फेरबदल गर्नु सत्यता सिद्धान्तअनुसार नै थियो। यदि मैले त्यो कर्तव्य जारी राखेको भए, मैले काममा ढिलाइ गर्थेँ र म आफ्नो अपर्याप्त क्षमताको कारणले नकारात्मक बन्थेँ। यो प्रबन्ध मण्डलीको काम र म दुवैको लागि फाइदाजनक थियो। तैपनि, मैले परमेश्वरलाई धन्यवाद दिइनँ, र म झन् नकारात्मक भएँ र मैले गुनासो गरेँ, अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्नु मेरो लागि एकदमै अपमानजनक हो, मानौँ मलाई ठूलो अपमान गरिँदै छ भन्ने विश्वास गरेँ। हरेक दिन, मैले मन नलागी-नलागी आफ्नो कर्तव्य पूरा गर्थेँ। मेरो क्षमता कमजोर थियो, तर परमेश्वरको घरले मलाई हटाएको थिएन, बरु मलाई आफ्नो कर्तव्य पूरा गर्ने अर्को मौका दिएको थियो। यो परमेश्वरको अनुग्रह थियो, र मैले परमेश्वरलाई धन्यवाद दिनुपर्थ्यो र यसलाई स्वीकार गर्नुपर्थ्यो र म बिनाशर्त समर्पित हुनुपर्थ्यो। तर मेरो लागि के असल हो भनी नजानेर, म नकारात्मक भएँ, मैले झारा टारेँ, अनि म आक्रोशित र असन्तुष्ट भएँ। ममा साँच्चै विवेक र समझको कमी थियो!
पछि, मैले आफ्नो बारेमा चिन्तन गरेँ: म आफ्नो कर्तव्यमा किन सधैँ हैसियत र इज्जतले बाँधिएको थिएँ? मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र मेरो समस्याको जड पत्ता लगाएँ। परमेश्वर भन्नुहुन्छ: “के तिमीहरू सधैँ अरूभन्दा श्रेष्ठ हुन, आफ्नो पखेटा फैलाएर उड्न, र एउटा सानो चराको सट्टा चील बन्न चाहन्छौ? यो कस्तो स्वभाव हो? के यो आत्म-आचरणको सिद्धान्त हो? तिमीहरूको आत्म-आचरण परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ; परमेश्वरका वचनहरू मात्र सत्यता हुन्। तिमीहरूलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, र तिमीहरूले सधैँ परम्परागत संस्कृति अर्थात् शैतानका वचनहरूलाई सत्यताका रूपमा, तिमीहरूको खोजीको लक्ष्यका रूपमा लिन्छौ, जसले गर्दा तिमीहरू सजिलै गलत मार्गमा लाग्न, परमेश्वरको विरोध गर्ने मार्गमा हिँड्न सक्छौ। भ्रष्ट मानवजातिका विचार र दृष्टिकोणहरू, र तिनीहरूले पछ्याउने कुराहरू सबै परमेश्वरका चाहनाहरूको, सत्यताको, र परमेश्वर सबै कुरामाथि सार्वभौम हुने, उहाँले सबै कुरा योजनाबद्ध गर्ने, र मानवजातिको भाग्य नियन्त्रण गर्ने व्यवस्थाको विपरीत छन्। त्यसैले मानव विचार र धारणाहरूअनुसार तेरो पछ्याइ जतिसुकै उचित र तर्कसङ्गत भए पनि, परमेश्वरको दृष्टिकोणबाट, यो सकारात्मक कुरा होइन र यो उहाँका अभिप्रायहरूअनुरूप छैन। तँ मानवजातिको भाग्यमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ भन्ने तथ्यको विरुद्धमा जाने, र तैँले, आफ्नो भाग्यलाई आफ्नै हातमा लिएर आफ्नै बाटो बनाउन चाहने हुनाले, तँ सधैँ पर्खालमा ठोक्किन्छस्, जसले गर्दा तँ चोटपटक लागेर थिलथिलो हुन्छस्, र तेरो कुनै पनि कुरा कहिल्यै सफल हुँदैन। तेरो कुनै पनि कुरा किन कहिल्यै सफल हुँदैन? किनभने परमेश्वरले स्थापना गर्नुभएको यो व्यवस्था कुनै पनि सृजित प्राणीद्वारा परिवर्तन गर्न सकिँदैन, र परमेश्वरको अख्तियार र शक्ति सबैभन्दा माथि छ, जसलाई कुनै पनि सृजित प्राणीले उल्लङ्घन गर्न मिल्दैन। मानिसहरू आफ्नो क्षमतालाई चाहिनेभन्दा बढी आँक्छन्। के कुराले गर्दा मानिसहरू सधैँ परमेश्वरको सार्वभौमिकताबाट मुक्त हुन, आफ्नो भाग्यलाई अँठ्याएर भविष्यको योजना बनाउन, अनि आफ्ना सम्भाव्यता, दिशा, र जीवन उद्देश्यलाई वशमा राख्न चाहन्छन्? यो उत्प्रेरणा कहाँबाट आउँछ? (भ्रष्ट शैतानी स्वभावहरूबाट।) त्यसोभए भ्रष्ट शैतानी स्वभावहरूले मानिसहरूलाई कस्तो प्रभाव पार्छन्? (परमेश्वरविरुद्ध लड्न लगाउँछन्।) मानिसहरूले परमेश्वरविरुद्ध लड्दा के हुन्छ? (पीडा।) पीडा यसको आधा पनि हुँदैन—यो त विनाश हो! तँ आफ्नो आँखाअगाडि जे देख्छस् त्यो पीडा, नकारात्मकता, र कमजोरी हो, र यो प्रतिरोध र गुनासो हो—परमेश्वरसँग लड्दा त्यसले कस्तो परिणाम ल्याउँछ? सर्वनाश! यो सानो कुरा होइन, र यो कुनै खेल होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यतालाई स्विकारेर मात्र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, म मुख्यतया “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ” भन्ने जस्ता शैतानी विषहरूद्वारा बाँधिएको छु, र म ख्याति र प्राप्तिको लागि बाँचिरहेको छु। म सानो छँदा, ममा प्रतिष्ठा र हैसियतको ठूलो चाहना थियो। किशोरावस्थामा, मैले धेरै मानिसहरूलाई डकर्मीको रूपमा काम गरिरहेको देख्थेँ, र मैले आफैलाई भन्थेँ, “यदि म गरिबीले मरेँ भने पनि, म कहिल्यै डकर्मी बन्नेछैन!” मैले यसरी सोच्थेँ किनकि मलाई के विश्वास थियो भने, यो अकुशल र कुनै भविष्य नभएका मानिसहरूले गर्ने काम हो। म ठूलो व्यापार गर्ने, सम्मानजनक लुगा लगाउने, र जहाँ गए पनि प्रशंसा र ईर्ष्या गरिने मानिसहरूको साँच्चै ईर्ष्या गर्थेँ। पछि, मैले व्यापार गर्न सिक्न थालेँ, र गाउँलेहरू सबैले यसो भन्दै मेरो प्रशंसा गर्थे, “यो केटामा दम छ। उसको भविष्य पक्कै उज्यालो हुनेछ।” यो सुनेर म धेरै खुसी हुन्थेँ। मैले जे गरे पनि, मैले यो सम्मानजनक छ कि छैन र यसले गर्दा मानिसहरूले मेरो आदर गर्छन् कि गर्दैनन् भनेर विचार गर्नुपर्थ्यो। परमेश्वरलाई भेट्टाएपछि पनि, मैले यी शैतानी विषहरूद्वारा जिउने कार्यलाई जारी राखेँ। मैले के सोचेँ भने, परिश्रम समावेश भएको कर्तव्य पूरा गर्ने एक साधारण विश्वासी हुँदा यसले मेरो मूल्य देखाउन सक्दैन। म सोच्थेँ, अगुवा हुँदा वा प्राविधिक सीप चाहिने कर्तव्य पूरा गर्दा, यसले मलाई सबैको ध्यानको केन्द्र बनाउनेछ र मानिसहरूलाई ईर्ष्या र प्रशंसा गर्न लगाउनेछ; यसरी मात्र जीवन मूल्यवान र अर्थपूर्ण हुन सक्छ। त्यसैले, आफ्नो कर्तव्य पूरा गर्दा, म निकै सक्रिय हुन्थेँ, र मैले विभिन्न कुराहरू त्याग्न र छोड्न सकेँ। मैले पहिले अगुवा हुँदाको समयको बारेमा, र मेरा ब्रदर-सिस्टरहरूले म जहाँ गए पनि कसरी मेरो आदर गर्थे भन्ने बारेमा सोचेँ। विशेष गरी, जब उहाँहरूले मलाई अझ धेरै पटक भेला र सङ्गति गर्न भन्नुहुन्थ्यो, तब म यति खुसी हुन्थेँ कि के भन्ने मलाई थाहा हुन्थेन। मलाई धेरै सम्मान गरिन्छ भन्ने मलाई लाग्थ्यो, र म आफ्नो कर्तव्य पूरा गर्न धेरै उत्प्रेरित हुन्थेँ। तैपनि, जब मलाई अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्न भनियो, तब म मरेको पातजस्तै ओइलाएँ। मलाई लाग्यो, यो कर्तव्य पूरा गर्नु त तुच्छ काम हो, त्यसैले मैले मनमा प्रतिरोध महसुस गरेँ र गुनासो गरेँ, र म नकारात्मक भएँ र आफ्नो कर्तव्यमा झारा टारेँ। खाना पकाउँदा, म कि त धेरै कि त थोरै बनाउँथेँ, र खान पर्याप्त हुँदैनथ्यो। कहिलेकाहीँ, मैले केही बचेको खाना देख्थेँ र झाराटारुवा तरिकाले त्यसैबाट खाना तयार पार्थेँ, मेरा ब्रदरहरूले पेटभरि खान पाए कि पाएनन् भन्ने वास्ता गर्थिनँ। खाना पकाउँदा, म मेरो ब्रदरको स्वास्थ्यलाई विचार गर्थिनँ, र जब उहाँले मलाई थप याद दिलाउनुहुन्थ्यो, तब म दुःखी हुन्थेँ। जब म नराम्रो मुडमा हुन्थेँ, तब म कुनै सरसफाइ पनि गर्दिनथेँ। म शैतानी विषहरूद्वारा जिउने क्रममा, म झन्-झन् समझ र सामान्य मानवताविहीन भएँ। यदि मैले पश्चात्ताप गरिनँ भने, मेरा ब्रदर-सिस्टरहरूले मप्रति वितृष्णा विकास गर्ने मात्र होइन, परमेश्वर पनि दुःखी हुनुहुनेथियो र समय बित्दै जाँदा, पवित्र आत्माले मलाई त्याग्नुहुनेथियो। जब मैले यो बुझेँ, तब मलाई अलि डर लाग्यो, त्यसैले मैले परमेश्वरलाई म उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न तयार छु भन्दै प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूको अरू दुई खण्डहरू पढेँ र आफ्नो कर्तव्यलाई कसरी लिने भनेर बुझेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरको घरमा, जब तँलाई केही गर्नका लागि प्रबन्ध गरिन्छ, चाहे त्यो कठिन वा थकाइलाग्दो काम होस्, वा तँलाई त्यो गर्न मन परोस् वा नपरोस्, त्यो तेरै कर्तव्य हो। यदि तँ यसलाई परमेश्वरले तँलाई दिनुभएको आज्ञा र जिम्मेवारीका रूपमा लिन सक्छस्, र त्यो कुरा आफ्नो सम्पूर्ण हृदय र शक्तिले पूरा गर्न सक्छस् भने, तैँले गर्ने काम—तैँले निर्वाह गर्ने कर्तव्य—मानिसलाई मुक्ति दिने परमेश्वरको कामसँग सान्दर्भिक छ भनेर भन्न सकिन्छ। यदि तँ परमेश्वरले तँलाई दिनुभएको आज्ञा इमानदारीपूर्वक र निष्कपटतासाथ स्वीकार गर्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? उहाँले तँलाई उहाँको परिवारको सदस्यका रूपमा हेर्नुहुनेछ। त्यो आशिष् हो कि श्राप हो? (आशिष्।) यो एउटा ठूलो आशिष् हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “सृजित प्राणीका रूपमा तिमीहरूको भूमिका के हो? यो तिमीहरूको अभ्यास र कर्तव्यसँग सम्बन्धित छ। तँ एक सृजित प्राणी होस्, र यदि परमेश्वरले तँलाई गायनको वरदान दिनुभयो, अनि परमेश्वरको घरले तँलाई गाउने व्यवस्था मिलायो भने, तैँले राम्ररी गाउनुपर्छ। यदि तँसँग सुसमाचार प्रचार गर्ने प्रतिभा छ, र परमेश्वरको घरले तँलाई सुसमाचार प्रचार गर्ने व्यवस्था मिलायो भने, तैँले त्यो राम्ररी गर्नुपर्छ। यदि परमेश्वरका चुनिएका मानिसहरूले तँलाई अगुवा चुन्छन् भने, तैँले अगुवाइको कार्यभार काँधमा लिनुपर्छ, र परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन, सत्यता सङ्गति गर्न, र वास्तविकतामा प्रवेश गर्न डोर्याउनुपर्छ। त्यसो गर्दा, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुनेछस्। परमेश्वरले मान्छेलाई दिनुहुने आज्ञा अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ! अनि, तैँले यो आज्ञा कसरी पालना गर्नुपर्छ र आफ्नो भूमिका कसरी निभाउनुपर्छ? यो भन्न सकिन्छ कि, यो तैँले सामना गर्ने सबैभन्दा ठूला समस्याहरूमध्ये एक हो, जुन तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तँलाई परमेश्वरद्वारा सिद्ध पार्न सकिन्छ कि सकिँदैन भनी तय गर्ने निर्णायक क्षण हो। तैँले एउटा कुरा रोज्नैपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्वरको घरका कर्तव्यहरूमा ठूलो र सानो, उच्च र निच, वा प्रतिष्ठित र तुच्छबीच कुनै भेद छैन। कर्तव्यहरू मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामबाट उत्पन्न हुन्छन्। तपाईंले जुनसुकै कर्तव्य पूरा गरे पनि वा सबैको ध्यान खिच्न सके पनि नसके पनि, यदि तपाईंले आफ्नो कर्तव्यलाई इमानदारीसाथ स्वीकार गर्न, गम्भीरतापूर्वक लिन, परमेश्वरको आवश्यकताअनुसार आफ्नो भूमिका निर्वाह गर्न, र व्यवहारिक भएर आफ्नो कर्तव्य राम्रोसँग गर्न सक्नुहुन्छ भने, परमेश्वर सन्तुष्ट हुनुहुनेछ। तैपनि, म अगुवा हुनु वा लेखन-पठनको काम गर्नु वा प्राविधिक सीप चाहिने कर्तव्य पूरा गर्नुलाई उच्च-कोटीका कर्तव्यहरू मान्थेँ। मलाई के विश्वास थियो भने, यस प्रकारको कर्तव्य पूरा गर्ने मानिसहरू परमेश्वरको मुक्तिको पात्र हुनेछन्, जबकि अतिथिसत्कार गर्ने र दौडधूप गर्नेहरूले केवल परिश्रम र सेवा प्रदान गरिरहेका हुन्छन्। मैले परमेश्वरको घरका कर्तव्यहरूलाई उच्च र निच, प्रतिष्ठित र तुच्छ, र विभिन्न श्रेणीहरूमा विभाजित गरेँ। यो दृष्टिकोण साँच्चै बेतुकको र पूर्ण रूपमा सत्यताको उल्लङ्घन थियो। मसँग लेखन-पठनको काम गर्ने सीप छैन, मेरो क्षमता पनि कमजोर छ, र मैले लामो समयदेखि आफ्नो कर्तव्यमा कुनै परिणाम हासिल गर्न सकेको छैन भन्ने बारेमा सोचेँ। यदि मैले आफ्नो इज्जत बचाउनका लागि जबरजस्ती सहकार्य गरेको भए, मैले मण्डलीको काममा बाधा मात्र पुऱ्याउने थिइनँ, तर म नकारात्मक पनि बन्न सक्थेँ, जसले मेरो आफ्नो जीवनलाई कुनै फाइदा पुऱ्याउने थिएन। मण्डलीले मलाई अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्ने प्रबन्ध मिलायो, जुन कर्तव्य पूरा गर्न म सक्षम छु, र मैले यसलाई स्वीकार गर्नुपर्थ्यो, म समर्पित हुनुपर्थ्यो, र आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। तब मात्र मसँग हुनुपर्ने विवेक र समझ हुनेथियो।
पछि, मैले के पनि बुझेँ भने, मभित्र एउटा भ्रामक दृष्टिकोण छ, यदि तपाईंले महत्त्वपूर्ण कर्तव्य पूरा गर्नुहुन्छ भने, तपाईंको हैसियत उच्च हुन्छ, र यदि तपाईँले ध्यान नजाने कर्तव्य पूरा गर्नुभयो भने, तपाईंको हैसियत नीच हुन्छ भन्ने विश्वास गर्ने दृष्टिकोण। एकदिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मेरो भ्रामक दृष्टिकोणलाई परिवर्तन गरिदियो। परमेश्वर भन्नुहुन्छ: “यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार निकै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक रूपमा परमेश्वरमा विश्वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्वरका नजरमा उसको मूल्य उच्च हुन्छ कि न्यून, के त्यो कुलीन हुन्छ कि नीच? ऊ मूल्यवान् हुन्छ। त्यसलाई यस दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिको मूल्य—उच्च वा न्यून, कुलीन वा नीच—केमा निर्भर हुन्छ? यो कुरा परमेश्वरले तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्वर तँलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा हेर्नुहुन्छ भने, तेरो मूल्य छ र तँ मूल्यवान् होस्—तँ मूल्यवान् पात्र होस्। यदि परमेश्वरले तँ सत्यता पछ्याउँदैनस् र निष्कपट रूपमा उहाँप्रति आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान् होइनस्—तँ नीच पात्र होस्। तँ चाहे जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत चाहे जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, उच्च पारे पनि, र पुजे पनि, तँ अझै पनि घृणायोग्य वस्तु नै होस्। … अब त्यसलाई हेर्दा, कसैको मूल्य कुलीन हो कि नीच हो भनेर परिभाषित गर्ने आधार के हो? (त्यो परमेश्वर, सत्यता र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति हो।) त्यो सही हो। सर्वप्रथम, परमेश्वरको मनोवृत्ति के हो भनेर बुझ्नैपर्छ। परमेश्वरको मनोवृत्ति अनि परमेश्वरले मानिसहरूको फैसला गर्ने सिद्धान्त र मानकहरू बुझ्नुपर्छ, अनि त्यसपछि परमेश्वरले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्त र मानकका आधारमा तिनीहरूलाई मापन गर्नुपर्छ—यो मात्र सबैभन्दा सही, उचित र निष्पक्ष हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्वरको घरमा कुनै व्यक्ति प्रतिष्ठित छ कि छैन भन्ने कुरा उसको हैसियत छ कि छैन भन्नेमा निर्भर हुँदैन, र कसैले उसको प्रशंसा गर्छ कि गर्दैन वा उसलाई पूजा गर्छ कि गर्दैन भन्नेमा पनि निर्भर हुँदैन। बरु, यो त मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि कुनै व्यक्तिले सत्यता पछ्याउँदैन वा सत्यतालाई प्रेम गर्दैन भने, उसको हैसियत जतिसुकै उच्च भए पनि र जतिसुकै मानिसहरू उसको वरिपरि जम्मा भएर पूजा गरे पनि, यो सबै व्यर्थ हुने मात्र होइन, तर हैसियतको फाइदा उठाएको कारण उसलाई प्रकट गरिनेछ र हटाइनेछ। यदि कुनै व्यक्तिको कुनै हैसियत छैन र कसैले उसलाई आदर गर्दैन भने पनि, यदि उसले सत्यतालाई प्रेम गर्छ, परमेश्वरको डर मान्ने हृदय राख्छ, र परमेश्वरमा विश्वास गर्न र व्यवहारिक भएर आफ्नो कर्तव्य पूरा गर्न सक्छ भने, त्यस्ता मानिसहरू परमेश्वरको नजरमा मूल्यवान् हुन्छन्। विगतमा, म सधैँ के सोच्थेँ भने, अतिथिसत्कार र साधारण मामिलाका कर्तव्यहरू परिश्रम समावेश भएको काम हो, जसलाई सबैले तुच्छ ठान्छन्, र तपाईंले यी कर्तव्यहरू जतिसुकै राम्रोसँग पूरा गरे पनि, यो बेकार हुनेछ। त्यसैले, म यस प्रकारको कर्तव्य पूरा गर्न चाहन्नथेँ, केवल अगुवा बन्न वा प्राविधिक सीप चाहिने कर्तव्य पूरा गर्ने अवसर पछ्याउँथेँ। अहिले मैले मेरो दृष्टिकोण कति बेतुकको थियो भन्ने बुझेको छु! पावलले कसरी एकल-सोचले अन्य सबै प्रेरितहरूभन्दा माथि हुने कुरालाई पछ्याएका थिए भन्ने बारेमा सोचेँ। उनले सुसमाचार प्रचार गर्न लगभग पूरै युरोप यात्रा गरे, र धेरै पत्रहरू पनि लेखे, जसले गर्दा सबैबाट प्रशंसा र पूजा प्राप्त भयो। तर, उनले सत्यता र जीवन प्राप्त गरेनन्, र उनमा गहिरो रूपमा जरो गाडेर बसेको भ्रष्ट स्वभाव थियो। अन्तमा, उनले “मेरो लागि जिउनु नै ख्रीष्ट हो” जस्तो धृष्ट र राजद्रोही कुरा समेत भने, र उनी परमेश्वरद्वारा दण्डित भए। मैले के देखेँ भने, म हिँडिरहेको बाटो पनि पावलको बाटो हो, र यदि मैले आफूलाई परिवर्तन गरिनँ भने, अन्ततः मेरो परिणाम पावलको जस्तै हुनेछ। मैले छिट्टै पश्चात्ताप गर्नुपर्थ्यो र म परिवर्तन हुनुपर्थ्यो। त्यसपछि, म आफ्नो अतिथिसत्कार गर्ने कर्तव्यलाई होसियारीसाथ लिन सक्षम भएँ, र हरेक दिन म यो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने र मेरा ब्रदर-सिस्टरहरूलाई राम्रोसँग अतिथिसत्कार कसरी गर्ने भनेर सोचविचार गर्थेँ। मैले उप्रान्त आफू तुच्छ हुँ भन्ने महसुस गर्न छोडेँ।
अतिथिसत्कार गर्ने कर्तव्य पूरा गरिरहेको समयमा, मैले परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा कसरी समर्पित हुने भनेर सिकेको छु, आफ्नै भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेको छु, आफ्नो कर्तव्य पूरा गर्नका लागि आफ्नो हृदयलाई शान्त पार्न सक्षम भएको छु, र केही मात्रामा मानव रूपमा जिउन सकेको छु। यी सबै मैले अतिथिसत्कार गर्ने कर्तव्य पूरा गर्दा सिकेका पाठहरू हुन्। म हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिन्छु।