७९. कसरी म ख्याति र प्राप्तिको बन्धनबाट मुक्त भएँ

सु मि, चीन

सन् २००२ मा, म १८ वर्षकी थिएँ र एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थें। जब जब म टिभी सिरियलका पात्रहरूले निकै आकर्षक देखिने गरी सुनचाँदीका गहना र फेसनदार लुगा लगाएका, विलासी महलहरूमा बसेका र महँगा गाडीहरू चलाएका, उनीहरूले जहाँ जाँदा पनि मानिसहरूको स्वागत र बिदाइ प्राप्त गरेका देख्थेँ, म त्यस्तो जीवनको साह्रै ईर्ष्या गर्थेँ। म आफूले परिवार सुरू गरेपछि, आफू पनि त्यस्तै प्रतिष्ठित जीवन जिउन कडा मिहिनेत गर्ने सपना देख्थेँ। आफ्नो सपना पूरा गर्न, हाम्रो बिहे भएको केही समयपछि नै, म र मेरो श्रीमान् काम गर्न बाहिर गयौँ। धेरै पैसा कमाउनका लागि, म सात-आठ महिनाकी गर्भवती हुँदा समेत, लुगा सिउँदै दिनको दश घण्टाभन्दा बढी काम गर्थेँ। लामो समयसम्मको थकानले गर्दा, मेरो स्वास्थ्य निकै बिग्रियो, र मेरो तौल अचानक दश पाउन्डभन्दा धेरै घट्यो। मेरो श्रीमान्‌लाई लामो समयसम्म बसेर काम गरेको र अपर्याप्त पानी पिएको कारण मृगौलामा पत्थरी भयो, र उहाँले मसँग लुगा सिउने काम गर्न सक्नुभएन। पछि, मेरो श्रीमान्‌ले एउटा कम्पनीमा जागिर पाउनुभयो, र धेरै समय नबित्दै, उहाँले मालिकको विश्वास जित्नुभयो। मालिकले उहाँलाई कम्पनीका धेरै मामिलाहरूको जिम्मेवारी दिए, र केही वर्षपछि, हामीले केही बचत जम्मा गर्‍यौँ, अनि सहरमा घर किन्न ऋण लियौँ। मेरो श्रीमान्‌को करियर राम्रै चलिरहेको थियो, र हामीले गाडी किन्ने योजना पनि बनायौँ। हामी गाउँ फर्कँदा, गाउँलेहरू हामी यति सानो उमेरमै सहरमा स्थापित भएको देखेर हाम्रो सराहना गर्थे, र हामीलाई सक्षम भनेर प्रशंसा गर्थे। त्यस्तो प्रशंसा सुन्दा, मलाई असाध्यै गर्व लाग्थ्यो, र मलाई त खुट्टा भुइँमै नभए झैँ लाग्थ्यो। मलाई पैसा हुनु त कति राम्रो कुरा रहेछ जस्तो लाग्थ्यो—म जहाँ जाँदा पनि, मानिसहरू मेरो प्रशंसा र तारिफ गर्थे। तर बिस्तारै, मैले भित्रभित्रै एउटा अवर्णनीय शून्यता महसुस गर्न थालेँ। म महँगा लुगाफाटा र शृङ्गारका सामानहरू किनमेल गर्न जान्थेँ, वा विभिन्न ठाउँमा घुम्न जान्थेँ, तर कुनै कुराले पनि मेरो हृदयको रिक्तता पूरा गर्न सक्दैनथ्यो। म आफैँलाई प्रश्न गर्न बाध्य हुन्थेँ, “मैले पैसा कमाउन आखिर किन यत्रो कडा मिहिनेत गरेँ त? के यो मीठो खान, राम्रो लगाउन, राम्रोसँग बाँच्न र मानिसहरूको प्रशंसा पाउनका लागि मात्रै हो त? तर यी सबै कुरा प्राप्त गरेर पनि म किन अझै भित्रभित्रै यति खाली महसुस गर्छु?” म जीवनदेखि थाकेको महसुस गर्दै, हरेक दिन अलमलमा परेर बिताउँथेँ।

सन् २०१९ मा, मेरो श्रीमान्‌को कम्पनी एउटा आर्थिक विवादमा फस्यो। मेरो श्रीमान् कम्पनीको आर्थिक मामिलाको इन्चार्ज हुनुभएकोले, उहाँ पनि यसमा मुछिनुभयो। हामीले क्षतिपूर्तिबापत ४ लाख युआन तिर्नुपर्‍यो। मेरो श्रीमान्‌माथि मुद्दा पनि चल्यो, र अन्तमा उहाँलाई साढे चार वर्षको जेल सजाय भयो। मलाई त आफ्नो संसार ध्वस्त भइरहे झैँ लाग्यो। मेरो श्रीमान् हाम्रो घरको मूल खम्बा हुनुहुन्थ्यो। उहाँ जेल पर्नुभएपछि, पैसा कमाउने वा हामीलाई पाल्ने कोही पनि भएन। हामीले हरेक महिना घरको किस्ता तिरिरहनु नै पर्थ्यो, साथै हाम्रा दुई छोराछोरीको पढाइ खर्च र दैनिक खर्चहरू पनि थिए। क्षतिपूर्ति तिर्नका लागि हामीले धेरै ऋण पनि लिएका थियौँ। यो सबै दबाब म एक्लैको काँधमा आइपर्‍यो। आर्थिक बोझका अलावा, मैले वरपरका मानिसहरूको घृणा र तिरस्कारपूर्ण हेराइ पनि सहनुपर्थ्यो। मलाई बाँच्नु पनि अति नै पीडादायी लाग्थ्यो, र मलाई त बरु मर्न पाए जाति हुन्थ्यो जस्तो लाग्थ्यो। तर मेरा दुई छोराछोरी अझै साना थिए, र यो ठ्याक्कै त्यही समय थियो जतिबेला उनीहरूलाई मेरो हेरचाहको खाँचो थियो, त्यसैले उनीहरूलाई त्याग्ने कुरा म सहन सक्दिनथेँ। म दिनहुँ, भविष्यको सामना कसरी गर्ने होला भन्ने सोच्दै रुन्थेँ। ठ्याक्कै मलाई अब कुनै उपाय नै छैन जस्तो लागेकै बेला, मेरी आमाले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। परमेश्‍वरका वचनहरू पढेर र ब्रदर-सिस्टरहरूको सङ्गति सुनेर, मैले के बुझेँ भने सुरुमा मानिसहरू अदनको बगैँचामा बस्थे र उनीहरूलाई कुनै चिन्ता, दुःख वा पीडा थिएन। तर शैतानले भ्रष्ट तुल्याएपछि, मानिसहरूमा विभिन्न महत्त्वाकाङ्क्षा, चाहनाहरू र आफ्नो पछ्याइपछाडिको गलत दृष्टिकोणहरू पलाए। त्यसैकारणले गर्दा यति धेरै कष्ट र हैरानी छ। यसपटक, परमेश्‍वर मानिसजातिलाई शैतानको हानिबाट मुक्त गर्न र मानिसले पहिले अदनको बगैँचामा बिताएको जस्तै जीवन पुनःस्थापित गर्नका लागि काम गर्न आउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति स्वीकार गरेर मात्रै व्यक्तिले शैतानको हानिबाट मुक्त भएर परमेश्‍वरको मुक्ति पाउन सक्छ। मलाई आफूले भर पर्ने कुनै आधार पाएको जस्तो महसुस भयो, र मेरो हृदयको पीडा धेरै कम भयो। म भेलाहरूमा सहभागी हुन र परमेश्‍वरका वचनहरू पढ्न राजी भएँ।

त्यसपछि, मैले लुगा सिउने कामसँगसँगै भेलाहरूमा पनि भाग लिन थालेँ। म लुगा सिउन सिपालु भएकीले, मैले कमाएको पैसाले मेरो परिवारको दैनिक खर्च मात्र होइन, अलिअलि बचत गर्न पनि पुग्थ्यो। मैले फेरि भविष्यका योजनाहरू बुन्दै सोच्न थालेँ, “यदि मैले अझै केही वर्ष यसरी नै काम गरेँ भने, मेरो अवस्था सुध्रिनेछ, अनि अरूले मलाई गरिब भनेर हेप्ने र गिज्याउने छैनन्।” तर म हप्ताको तीन पटक भेलामा सहभागी हुनुपर्थ्यो, र यो मेरो जीवन प्रवेशका लागि फाइदाजनक भएपनि, यसको अर्थ मैले थोरै समय काम गर्न पाउँथेँ र पहिलेभन्दा कम पैसा कमाउँथेँ। त्यसैले मैले सोचेँ, “के म आफ्ना भेलाहरूलाई हप्ताको एक पटकमा मात्र सीमित गर्न सकूँला? यसप्रकार, म महिनाको अझै केही हजार युआन बढी कमाउन सक्नेछु, र घरको किस्ता तिरिसकेपछि पनि मसँग केही पैसा बाँकी हुनेछ। मैले केही वर्ष बचत गरेँ भने, आफ्नो ऋण तिर्न सक्नेछु, र गाडी किन्न सकेँ भने, म अझ इज्जतका साथ बाहिर निस्कन सक्नेछु।” पछि, भेलामा ब्रदर-सिस्टरहरूसँगको सङ्गतिमार्फत्, मैले के महसुस गरेँ भने यदि मैले पैसा कमाउनमा मात्र ध्यान दिएँ र नियमित रूपमा भेलामा सहभागी हुन सकिनँ भने, म परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै मात्र जानेछु। त्यसो भयो भने मैले कसरी परमेश्‍वरको हेरचाह र सुरक्षा पाउन सकूँला र? विपत्तिहरू आउँदा, पैसाले मानिसको ज्यान किन्न सक्दैन! मलाई महामारीको बेला सुरक्षात्मक कपडा बनाउँदा धेरै नाफा हुन्छ भनेर मानिसहरूले दिनरात नभनी काम गरेका र अन्ततः कारखानामा नै मरेका भन्ने सुनेको कुरा याद आयो। जीवनलाई पैसासँग साटेका यस्ता घटनाहरू धेरै थिए। मैले शैतानका चालहरू बुझ्नुपर्थ्यो र पैसाको निम्ति जीवन पाउने मौका गुमाउनु हुँदैनथ्यो। म नियमित रूपमा भेलाहरूमा गइरहनुपर्थ्यो। सुरु-सुरुमा त म हप्ताको तीन पटक नै भेलामा जान भ्याउँथे, तर केही समयपछि, जब मैले काम कम गरेका कारण मेरो महिनाको तलब धेरै घट्यो, म चिन्तित हुन थालेँ “बढी भेलाहरूमा सहभागी हुँदा मलाई धेरै सत्यता बुझ्न मदत मिल्छ र मेरो जीवन प्रवेशमा फाइदा पुग्छ, तर अहिले कारखानामा प्रशस्त अर्डरहरू छन् र ज्याला पनि राम्रो छ। यो पैसा कमाउने राम्रो मौका हो। यदि मैले यो मुख्य सिजन गुमाएँ भने, पछि व्यापार गर्न गाह्रो हुनेछ, र त्यसपछि मैले जति नै धेरै लुगा सिए पनि, खासै नाफा हुनेछैन। होइन, मैले अहिले पैसालाई नै प्राथमिकता दिनुपर्छ। म कारखानाको काम अलि कम भएपछि धेरै भेलाहरूमा सहभागी हुनेछु।” त्यसैले मैले हप्ताको दुई पटक मात्र भेलामा सहभागी हुने निर्णय गरेँ। हरेक भेलापछि, म हतार-हतार काम गर्न कारखाना जान्थेँ, र अरूको छुट्टी भइसक्दा पनि म काम गरिरहन्थेँ। त्यो समयमा, म असाध्यै थाकेको महसुस गर्थेँ, मसँग परमेश्‍वरका वचन पढ्ने समय हुँदैनथ्यो, प्रार्थनामा के भन्ने मलाई थाहा हुँदैनथ्यो, र मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा गयो।

पछि, अफ-सिजनको बेला, कारखाना केही समयको लागि बन्द भयो। म त्यो छुट्टीलाई धेरै भेलाहरूमा सहभागी हुन र आफैलाई अझ धेरै सत्यताले सुसज्जित गर्नका लागि प्रयोग गर्न सक्थेँ, तर म छिटो धेरै पैसा कमाएर आफूले धनी हुँदा पाएको जस्तै प्रशंसा पुनः प्राप्त गर्न चाहन्थेँ, त्यसैले म सुरक्षात्मक कपडा बनाउन अर्को कारखानामा गएँ। कहिलेकाहीँ, धेरै कमाउनका लागि, म मेरो छुट्टी हुने समयभन्दा अबेरसम्म बस्थेँ, र म घर पुग्दा, सिस्टर मलाई भेलामा सहभागी हुनका लागि कुरिरहेकी हुन्थिन्। तर दिनभरिको कामले मेरो पूरै जीउ दुख्थ्यो, र मेरा पाखुराहरू यति दुख्थे कि म तिनलाई उठाउनै सक्दिनथेँ। मलाई चाँडै आराम गर्न मन लाग्थ्यो, र त्यसैले भेलाहरू प्रभावकारी हुँदैनथे। धेरै कमाउनका लागि, म नास्ता बनाउन हरेक बिहान साढे ५ बजे उठ्थेँ, र समय बचाउनका लागि, म दिउँसोको खाना कारखानामा नै लैजान्थेँ। लामो समयसम्म अनियमित खानपान र सधैँ चिसो खाना खाने गरेकीले, एक महिनापछि, एक दिन मलाई अचानक नराम्रोसँग बान्ता र पखाला लाग्यो। डाक्टरले मलाई गम्भीर खालको पेट र आन्द्रा सुन्निने रोग लागेको, र निको हुनका लागि घरमै बस्नुपर्ने बताए। ओछ्यानमा पल्टिएर, म मनमनै गुन्न थालेँ, “मैले नियमित रूपमा आत्मिक भक्ति गर्ने वा भेलाहरूमा जाने गरिरहेकी छैनँ। म त मानिसहरूको प्रशंसा पाउनका लागि पैसा कमाउन र राम्रो जीवन जिउनमा मात्र केन्द्रित भएकी छु। के यो परमेश्‍वरको अभिप्राय विपरीत छैन र?” एउटा भेलाको दौरान, एउटी सिस्टरले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढिन् जसले विशेष गरी मेरो स्थितिलाई सम्बोधन गरेको थियो: “अय्यूबको परमेश्‍वरमाथिको विश्‍वास नाम मात्रको थिएन; उनी परमेश्‍वरमा निष्कपट रूपमा विश्‍वास गर्ने व्यक्तिको नमूना थिए। उनी सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्थे। उनलाई आफ्ना छोराछोरीले गर्ने रमाइलोप्रति अत्यन्तै असहज महसुस भयो, र उनले परमेश्‍वरलाई प्रार्थना गरे र तिनीहरूलाई परमेश्‍वरलाई सुम्पे। उनले आफ्ना बस्तुभाउहरू कसरी पाल्ने भनी निश्‍चय नै बारम्बार प्रार्थना गरे। उनले सबै कुरा परमेश्‍वरको हातमा राखे। यदि उनी गैरविश्‍वासीजस्तै भएका भए, बस्तुभाउहरू पाल्ने कुरामा सधैँ आफ्नै योजनाहरू बनाएका भए, केवल आफ्नै मन र कल्पनाहरूमा भर परेका भए र आफूले योजना बनाएका लक्ष्यहरू हासिल गर्न आफ्नो दिमाग खियाएका भए, तब उनले धेरै असफलता र कठिनाइ अनुभव गरेका भए पनि, के उनले परमेश्‍वरका हातहरू र उहाँको सार्वभौमिकता र प्रबन्धहरू देख्न सक्थे? … किन मानिसहरू आफ्नो लक्ष्य हासिल गर्न परमेश्‍वरमा भर पर्नुको साटो मानव विधिहरू प्रयोग गर्दै आफ्नो दिमाग खियाउँछन्? के तिनीहरूले आफ्ना योजनाहरू बनाउँदा परमेश्‍वरका चाहनाहरूको खोजी गर्छन्? के तिनीहरूमा समर्पित मनोवृत्ति छ र तिनीहरू यसो भन्छन्, ‘मलाई थाहा छैन, परमेश्‍वरले के गर्नुहुनेछ? म पहिले यसरी योजना बनाउनेछु, तर म जुन लक्ष्यका लागि योजना बनाइरहेको छु, त्यो हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने मलाई थाहा छैन; म यसरी नै यसको योजना बनाइरहेको छु। यदि मेरो लक्ष्य हासिल गर्न सकिन्छ भने, त्यो परमेश्‍वरबाट आएको आशिष्‌ हो। यदि सकिँदैन भने, त्यो मेरो आफ्नै अन्धोपनको कारणले हो; मेरो योजना परमेश्‍वरका अभिप्रायहरूअनुरूप छैन’? के तिनीहरूमा यस्तो प्रकारको मनोवृत्ति हुन्छ? (हुँदैन।) त्यसोभए यी कार्यहरू कसरी उत्पन्न हुन्छन्? यी मानिसहरूका कल्पना र धारणाहरू, तिनीहरूका चाहनाहरू, र परमेश्‍वरसँगका तिनीहरूका अनुचित मागहरू हुन्; ती भ्रष्ट स्वभावहरूबाट उत्पन्न हुन्छन्। यो एउटा पक्ष हो। यसका साथै, के त्यस्ता मानिसहरूमा परमेश्‍वरमा समर्पित हृदय हुन्छ? (हुँदैन।) तिनीहरूमा परमेश्‍वरमा समर्पित हृदय छैन भनी तँ कसरी देख्छस्? (एक पटक योजना बनाएपछि, तिनीहरूले त्यसलाई जसरी पनि साकार पार्नैपर्छ।) यो कस्तो स्वभाव हो? यो अहङ्कार र विद्रोह हो। तिनीहरू परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्, तर जब तिनीहरूसित आफ्नै चाहना र योजनाहरू हुन्छन्, तब तिनीहरू परमेश्‍वरलाई पन्छाउँछन्; यो अहङ्कारी स्वभाव हो। के तिनीहरू परमेश्‍वरलाई पन्छाउँदा समर्पित भइरहेका हुन्छन् त? तिनीहरू समर्पित भइरहेका हुँदैनन्, र तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न। तिनीहरू परमेश्‍वरले सबै थोकमाथि कसरी सार्वभौमिकता राख्‍नुहुन्छ र कसरी कामकुरा बन्दोबस्त गर्नुहुन्छ भनेर रत्तीभर विचार गर्दैनन्, झन् उहाँ कामकुरा कसरी गर्न चाहनुहुन्छ भनेर विचार गर्नु त परको कुरा हो। तिनीहरू यी कुराहरू विचार गर्दैनन्। यसबाट के देख्‍न सकिन्छ? तिनीहरू खोजी गर्दै गर्दैनन्, तिनीहरूमा कुनै समर्पणता हुँदैन, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदै हुँदैन। पहिले त तिनीहरू आफ्नै योजनाहरू बनाउँछन्, त्यसपछि आफ्नो योजनाअनुसार कार्य र कडा मेहनत गर्छन्, र मानव विधि, कल्पना र धारणामा भर पर्छन्, परमेश्‍वरका अभिप्रायहरूबारे रत्तीभर विचार गर्दैनन्। पशुपालनको हकमा, मानिसहरूले कम्तीमा पनि यो कुरा जान्नुपर्छ: ‘आफूले सक्दो गर अनि बाँकी सबै स्वर्गलाई छोडिदेऊ’—अर्थात्, ‘म चौपायालाई राम्रोसँग खुवाउने आफ्नो जिम्‍मेवारी पुरा गर्नेछु, म तिनीहरूलाई कुपोषित हुन, वा चिसोमा कठ्याङ्ग्रिन, वा भोकभोकै बस्न, वा बिरामी पर्न दिनेछैनँ। आउँदो वर्ष तिनीहरूले केकति बच्चा ब्याउँछन्, त्यो परमेश्‍वरका हातमा छ; त्यो मलाई थाहा छैन, म त्यो माग गर्दिनँ, र म कुनै योजना बनाउनेछैनँ। यी सबै कुरा परमेश्‍वरकै हातमा छन्।’ यदि तिनीहरू कार्य गर्न मानव धारणा र कल्पनाहरूमा भर परिरहे भने, के तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित मनोवृत्ति हुन्छ र? (हुँदैन।) यी दुई कार्यशैलीमध्ये कुन चाहिँ मान्छेको इच्छाबाट आउँछ, र कुन चाहिँले परमेश्‍वरप्रतिको समर्पणता देखाउँछ? (पहिलो चाहिँ मान्छेको इच्छाबाट आउँछ, र त्यो अविश्‍वासीहरूको कार्यशैली हो; दोस्रो चाहिँ परमेश्‍वरमा निष्कपट रूपमा विश्‍वास गर्ने र सत्यताको खोजी गर्नेहरूबाट आउँछ।) तिनीहरू दुवै परमेश्‍वरमा विश्‍वास गर्छन्, र दुवैले उही काम गर्छन्, तर तिनीहरूको कार्यको मनसाय, उद्गमस्थल, लक्ष्य, र सिद्धान्तहरू फरक हुन्छन्। त्यसकारण, मानिसहरू जुन मार्गमा छन्, त्यो देख्‍न सकिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू)। ती सिस्टरले अय्यूब परमेश्‍वरमा साँचो विश्वास गर्ने व्यक्ति थिए भनेर सङ्गति गरिन्। जीवनमा जेसुकै भए पनि, उनका आफ्नै व्यक्तिगत योजना वा एजेन्डाहरू थिएनन् र उनले आफ्नै इच्छाअनुसार काम गरेनन्। सबै कामकुराहरूमा, उनी परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित भए। तर हामी आफैलाई हेर्दा, हामी परमेश्‍वरमा विश्वास त गर्छौँ, तर हामी उहाँको सार्वभौमिकतामा साँचो रूपमा विश्वास गर्दैनौँ। हामी सधैँ आफ्नो नियति बदल्न आफ्नै प्रयासहरूमा भर पर्न चाहन्छौँ, र फलस्वरूप, हामी कष्ट र थकानमा जिउँछौँ। सिस्टरको सङ्गति सुन्दै गर्दा मैले सहमतिमा टाउको हल्लाइरहेँ। मैले कसरी परमेश्‍वरलाई पाउनुभन्दा पहिले, म सधैँ आफ्नै प्रयासमा भर पर्न र धनी बन्नका लागि व्यग्रतापूर्वक काम गर्न चाहन्थेँ भन्नेबारे सोचेँ। तर अन्त्यमा, म धनी बन्न नसकेकी मात्र होइन, म उल्टै ठूलो ऋणमा डुबेँ। अहिले, म आफ्नो सिलाइका सीपमा भर परेर धेरै काम गर्न र पैसा कमाउन चाहन्थेँ। म मेरो पहिलेको सम्पन्न जीवनशैली फर्काउन चाहन्थेँ, त्यसैले मैले ओभरटाइम काम गरेँ र पैसा कमाउन जे पनि गरेँ, तर अन्त्यमा मैले आफैँलाई लखतरान र बिरामी पारेँ, अनि मैले कमाएको पैसा पनि लगभग सबै औषधी उपचारमै सकियो। मेरो भाग्य म आफैँले खाका बनाउन र लेखाजोखा गर्न सक्ने कुरा होइन रहेछ। मैले कडा मिहिनेत गरेर मात्रै आफूले चाहेको ख्याति र प्राप्ति हासिल गर्न सकिनँ, किनकि सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत छ। अब मैले परमेश्‍वरलाई पाएकी हुनाले, यदि मैले अझै पनि परमेश्‍वरको सार्वभौमिकतामा विश्वास गरिनँ, र आफ्नो नियति बदल्ने कोसिसमा आफ्नै प्रयासहरूमा भर परिरहेँ भने, म एउटा गैरविश्‍वासी जस्तै हुनेथिएँ। म अविश्‍वासी हुनेथिएँ। यो कुरा बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अति नै विद्रोही भएकी छु। म सबै कुरा तपाईंको हातमा सुम्पन तयार छु।” त्यसपछि, म नियमित रूपमा भेलाहरूमा सहभागी भएँ र आफ्नो क्षमताले भ्याएसम्म कर्तव्यहरू पूरा गरेँ।

एक दिन, आफ्नो आत्मिक भक्तिको समयमा, मैले “परमेश्‍वर मानवजातिको भविष्यका निम्ति विलाप गर्नुहुन्छ” शीर्षकको परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ:

१  संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर सर्न र मानिसको संसारका अन्यायहरूबाट मुक्त हुन अगुवाइ गर्न सक्‍ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला क्षय र फर्कन नसक्‍ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाएको र दुष्‍टलाई खोज्न उहाँलाई छोडेको त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ?

२  यसैकारणले गर्दा नै कसैले पनि परमेश्‍वरको क्रोध महसुस गर्ने प्रयास गर्दैन, कसैले पनि परमेश्‍वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्‍वरको शोक र पीडा बुझ्ने प्रयास गर्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्‍वरबाट टाढा जान जिद कस्छ, परमेश्‍वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्‍वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्‍वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ?

३  परमेश्‍वरले मानिसलाई बारम्बार चेतावनी र अर्ती दिने कारण के हो भने, उहाँले आफ्नो हातमा अभूतपूर्व विपत्तिहरू तयार पार्नुभएको छ, जो मानिसको देह र आत्मालाई असह्य हुनेछ, जो देहका निम्ति दण्ड मात्र हुँदैनन्, बरु आत्माप्रति लक्षित हुन्छन् भन्ने कुरा कसैलाई थाहा छैन। तिमीहरूले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका चेतावनी र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यी विपत्तिहरू अभूतपूर्व छन्, र कहिल्यै दोहोरिनेछैन। किनकि परमेश्‍वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्‍टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका श्रमसाध्य अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

ती भजनका शब्दहरूमा मनन गर्दा, मलाई परमेश्‍वर मानवजातिको भविष्य र गन्तव्यप्रति विलाप गर्दै हुनुहुन्छ, र साथसाथै, निरन्तर रूपमा मानवजातिलाई सम्झाउँदै र अर्ती दिँदै हुनुहुन्छ भन्ने लाग्यो। उहाँ मानिसहरू उहाँको सामु आएर उहाँको मुक्ति स्वीकार गर्नेछन् भन्ने आशा गर्नुहुन्छ। यी वचनहरू परमेश्‍वरका हृदयभित्रका अभिव्यक्तिहरू हुन्, र हरेक वचन वास्तविक र साँचो हुन्छ। म अब परमेश्‍वरको मुक्तिलाई बेवास्ता र अस्वीकार गर्न सक्दिनथेँ। मैले कसरी, परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरिसकेपछि, आफूले मानिसको भाग्यमाथि सार्वभौमिकता राख्ने परमेश्‍वर नै हुनुहुन्छ, र परमेश्‍वरमा विश्वास गर्दै उहाँको आराधना गरेर मात्रै एउटा मूल्यवान् जीवन जिउन सकिन्छ भन्ने कुरा थाहा पाएँ भन्नेबारे सोचेँ। तर धनी जीवन जिउन र अरूको प्रशंसा पाउनका लागि, मैले आफूलाई पूर्ण रूपमा काममा लगाएँ। मैले भेलाहरूलाई बोझको रूपमा लिएँ, र परमेश्‍वरसँगको मेरो सम्बन्ध झन्-झन् टाढा हुँदै गयो। यदि ममाथि बिमारी आइनपरेको भए, म अझै पनि पैसाको पछि लाग्ने त्यो भुमरीमा फसिरहेकी हुने थिएँ, र मुक्त हुन सक्ने थिइनँ। यो सोचेर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म पश्चात्ताप गर्न र पैसाको बन्धनबाट मुक्त हुन चाहन्छु, तर मसँग आफूलाई मुक्त गर्ने शक्ति छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “तैँले ध्यान दिनैपर्छ! बुद्धिमानीहरू सत्यताप्रति चाँडै जाग्नुपर्छ! तँलाई छुट्टिन मन नभएको कुनै पनि कुरालाई त्यागिदे। म तँलाई फेरि पनि भन्छु, त्यस्ता कुराहरू तेरो जीवनका लागि वास्तवमै हानिकारक छन्, र तिनीहरूबाट कुनै लाभ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १४)। परमेश्‍वरका वचनहरूले मलाई सम्पत्ति, ख्याति र प्राप्तिको पछ्याउँदा मेरो जीवन बर्बाद हुन्छ भन्ने कुरा महसुस गराए। ठीक लोतकी पत्नीजस्तै, परमेश्‍वरले सदोम नष्ट गर्न लाग्नुभएका बेला, उनले आफ्नो धनसम्पत्तिको मोह त्याग्न नसकेर पछाडि फर्केर हेर्ने जिद्दी गरिन्, र फलस्वरूप, उनी नुनको खम्बामा परिणत भइन्। यदि म तात्कालिक फाइदाहरूमा मात्र केन्द्रित भएँ, र सत्यता पछ्याइनँ वा स्वभाव परिवर्तन गर्न खोजिनँ भने, परमेश्‍वरको काम पूरा हुँदा, मैले मुक्ति पाउने मौका गुमाउनेछु। परमेश्‍वरको प्रेम र मानिसहरूलाई मुक्ति दिने उहाँका उत्कट अभिप्राय बुझेर, मैले अझ धेरै भेलाहरूमा उपस्थित हुने र परमेश्‍वरका वचनहरू धेरै खाने र पिउने निर्णय गरेँ। पछि, म ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचनहरू सङ्गति गर्न प्रायजसो भेलाहरूमा उपस्थित भएँ। हरेक दिन निकै सन्तुष्टिपूर्ण थियो, र मेरो स्वास्थ्यमा छिट्टै सुधार आयो।

एक महिनापछि, मेरो रोग केही निको भएको थियो। एकदिन म माइत गएँ, र पहिले मलाई देख्नेबित्तिकै टाढैबाट न्यानो स्वागत गर्ने मेरी काकीले, मलाई देख्दा नदेखेझैँ गरेर मुख बटार्नुभयो। पहिले मसँग आफ्ना मनका बह पोख्ने र मलाई विश्वास गर्ने मेरी बहिनीले, मेरो परिवारलाई गाह्रो परेपछि मलाई विश्वास गर्न छोडी। उसले त जानीजानी र अन्जानमै पनि मेरो बारेमा केही घोचपेच गर्ने कुराहरू पनि गरी। यसले गर्दा मलाई निकै नराम्रो लाग्यो। विगतमा, म जहाँ जाँदा पनि प्रशंसित भएकी हुन्थेँ, तर अब मसँग पैसा नभएकोले, मेरी काकीले मलाई हेयको नजरले हेर्नुभयो, र मेरी बहिनीले समेत मलाई गन्ती गर्न छोडी। पैसा हुनु नै पो राम्रो रहेछ भन्ने जस्तो देखियो—तँसँग पैसा भए मात्र अरूले तँलाई गन्ती गर्दा रहेछन्। त्यसैले म फेरि गार्मेन्ट फ्याक्ट्रीमा काम गर्न फर्किएँ। सुरुमा त, म अझै नियमित रूपमा भेलाहरूमा जान पाउँथेँ, तर पछि, जब मैले आफ्नो तलब आफ्ना सहकर्मीहरूको भन्दा धेरै कम भएको थाहा पाएँ, म कसरी आफ्नो सिलाइको गति बढाउने र कसरी धेरै पैसा कमाउने भनेर सोच्न थालेँ। मेरो मन पूर्ण रूपमा कामकै सोचले भरिएको थियो। त्यो समयमा, म भेलाहरूमा झारा मात्र टारिरहेकी हुन्थेँ, र भेला सकिनेबित्तिकै, म तुरुन्तै हतार-हतार कारखाना जान्थेँ। कारखानामा म सिलाइ मेसिनको पेडल अथक रूपमा चलाइरहन्थेँ। यसरी नै, म फेरि मेरो पुरानो जीवनशैलीमा फर्किएँ, र मेसिनजस्तै, म हरेक दिन पैसा कमाउन नरोकिइकन काम गरिरहन्थेँ। मसँग परमेश्‍वरका वचन खाने र पिउने समय थिएन, र मेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गयो। कहिलेकाहीँ, मलाई दोषी महसुस हुन्थ्यो, र म सोच्थेँ, “म किन पैसाको मोह त्याग्न सक्दिनँ? म किन परमेश्‍वरको अगाडि यति बेइमान छु र सधैँ आफ्नो वचन फेरिरहेकी हुन्छु?” मलाई आफैँदेखि घृणा लाग्थ्यो, र आफ्नै गालामा थप्पड हान्न मन लाग्थ्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म भेलाहरूमा सहभागी हुन र तपाईंका वचनहरू राम्ररी खान र पिउन चाहन्छु, तर म पैसा कमाउने मेरो चाहनालाई छोड्नै सक्दिनँ। कृपया मलाई पैसाको यो पासोबाट बाहिर निस्किन अगुवाइ गर्नुहोस्।”

एक दिन भेलाको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ र पैसाप्रतिको मेरो पछ्याइको मुख्य जडको बारेमा केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? … शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र? यस्तो भनाइ लोकप्रिय हुन्छ, र यत्तिकै, तँ यससँग असहमत हुने अवस्थाबाट अन्ततः यो सत्यता हो भनी विश्‍वास गर्ने अवस्थामा पुग्छस्, र त्यतिबेलासम्म तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा परेको हुन्छ, र त्यसैले तँ अनायासै त्यस भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्म असर गरेको छ? तँलाई साँचो मार्ग थाहा होला, र तँलाई सत्यता थाहा होला, तर तँसँग त्यसलाई पछ्याउने सामर्थ्य छैन। तँलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्पष्ट रूपमा थाहा होला, तर तँ सत्यता प्राप्त गर्नका लागि मूल्य चुकाउन वा कष्ट भोग्न अनिच्छुक हुन्छस्। बरु, तँ अन्तसम्मै परमेश्‍वरको प्रतिरोध गर्न आफ्नो भविष्यलाई नै बलि चढाउन रुचाउँछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम जतिसुकै गहिरो र जतिसुकै ठूलो भए पनि, तैँले त्यो बुझ्न सक्ने हदसम्म, तँ यस भनाइका कारण जिद्दीपूर्वक आफ्नो हड्डी घोट्न जोड दिन्छस्। भन्नुको अर्थ, यो भनाइले तेरा विचारहरूलाई भ्रमित र नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारलाई शासन गरिसकेको छ, र तँ धनको पछ्याइ त्याग्नुभन्दा बरु त्यसलाई आफ्नो भाग्यमाथि शासन गर्न दिन्छस्। तँ त्यस्तो व्यवहार गर्न सक्नु, तँ शैतानका वचनहरूद्वारा नियन्त्रित हुन र तिनको चालबाजीमा पर्न सक्नु—के यसको अर्थ तँ शैतानद्वारा भ्रमित र भ्रष्ट पारिएको छस् भन्‍ने होइन र? के यसको अर्थ शैतानको दर्शन र विचारहरू, र शैतानको स्वभावले तेरो हृदयमा जरा गाडेको छ भन्‍ने होइन र? जब तँ एकचित्त भएर धनको पछि लाग्छस्, र सत्यताको पछ्याइलाई त्याग्छस्, तब शैतानले तँलाई भ्रमित पार्ने आफ्नो लक्ष्य हासिल गरेको हुँदैन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरूनिसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। त्यसपछि एउटी सिस्टरले सङ्गति गरिन्, “शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन र बाँध्नका लागि ख्याति, प्राप्ति र पैसाको प्रयोग गर्छ। ‘पैसा सब थोक होइन, तर योविना काम चल्दैन,’ ‘पैसा भए सब थोक हुन्छ,’ ‘दुनियाँ पैसाको इसारामा चल्छ,’ जस्ता विषहरू आजको समाजमा चल्तीका प्रवृत्ति र मानिस जिउने नियम बनेका छन्। मानिसहरू जति धेरै पैसा हुन्छ, त्यति नै उच्च हैसियत हुन्छ, र जीवन उति नै सानदार हुन्छ भन्ने विश्वास गर्छन्। यो लक्ष्य हासिल गर्न, मानिसहरू पैसा कमाउन कुनै कसर बाँकी राख्दैनन्, र उनीहरू शैतानको पासोमा पर्छन्। उनीहरूको शरीर र मन दुवै शैतानको कडा नियन्त्रणमा पर्छन्, र उनीहरूसँग सत्यता पछ्याउने वा परमेश्‍वरको आराधना गर्ने समय र ऊर्जा रहँदैन, अनि उनीहरू परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै जान्छन्।” ती सिस्टरको सङ्गति सुनेपछि, मलाई आफू पनि ठ्याक्कै त्यस्तै रहेछु भन्ने महसुस भयो। मैले सधैँ धनी बन्ने र अरूभन्दा श्रेष्ठ जीवन जिउने सपना देखेकी थिएँ, र मलाई खुसी जीवन भनेको यही हो जस्तो लाग्थ्यो। यो हासिल गर्नका लागि, म पैसा कमाउन व्यग्रतापूर्वक काम गर्थेँ, र मैले आफ्नो सम्पूर्ण शक्ति यसैमा लगाएँ। गर्भवती हुँदा समेत, म ओभरटाइम काम गर्थेँ। पछि, अचानक एउटा आर्थिक विवाद आइपर्‍यो। मेरो श्रीमान्‌लाई जेल सजाय भयो, हाम्रो परिवार ऋणमा डुब्यो, र मेरो जीवन एकाएक उल्टोपाल्टो भयो। म अरूले मेरो पतन देखे भने मलाई हेप्छन् भनेर डराएँ, त्यसैले म पैसा कमाउन झन् व्यग्रतापूर्वक काम गर्न थालेँ। परमेश्‍वरलाई पाइसकेपछि, मलाई के थाहा भयो भने आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नका लागि परमेश्‍वर देहधारी हुनुभएको छ, यो अचम्मित तुल्याउने दुर्लभ अवसर हो, र म अझ धेरै भेलाहरूमा उपस्थित हुनुपर्छ अनि परमेश्‍वरका वचनहरू अझ धेरै खानु र पिउनुपर्छ ताकि म अझ धेरै सत्यताहरू बुझ्न सकूँ। तर मेरो हृदय पैसा, ख्याति र प्राप्तिको चाहनाले भरिएको थियो, र म भेलामा जाँदा पैसा कमाउने आफ्नो क्षमतामा असर पर्छ भन्ने ठान्थेँ, तसर्थ मैले थोरै भेलाहरूमा जाने, वा कहिलेकाहीँ त जाँदै नजाने बाटो रोजिरहेँ। अफ-सिजनको बेला, जब कारखानामा काम कम हुन्थ्यो र केही समयको लागि बन्द हुन्थ्यो, म अर्को कारखानामा काम गर्थेँ, र आफू काम गर्दागर्दै थाकेर बिरामी हुने हदसम्म पुग्दा पनि, म पछि हट्न मान्दिनथेँ। मलाई कसिलो गरी बाँध्नका लागि शैतानले पैसा, ख्याति र प्राप्तिको प्रयोग गरिरहेको थियो, र मलाई त्यसको भुमरीमा फसाउँदै थियो, जहाँबाट उम्कन म असमर्थ थिएँ। मैले पैसा, ख्याति र प्राप्तिको पछ्याइलाई सत्यता पछ्याइ र खुद जीवनलाई भन्दा बढी महत्त्व दिएँ। यदि म परिवर्तन नभई यही बाटोमा लागिरहेकी भए, अन्ततः मैले मुक्ति पाउने आफ्नो मौका गुमाउने थिएँ। त्यतिखेर मात्र मैले पैसा, ख्याति र प्राप्तिद्वारा मानिसहरूलाई भ्रष्ट तुल्याउने शैतानका दुष्ट अभिप्राय स्पष्ट रूपमा देखेँ। र मैले के पनि बुझेँ भने ममा सिलाइ सीप हुनु भनेको परमेश्‍वरको अनुग्रह हो, ताकि म संसारमा बाँच्न सकूँ र आफ्नो गुजारा चलाउन सकूँ, तर यो सीप ख्याति, प्राप्ति र हैसियतका लागि मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न प्रयोग गर्नका लागि होइन। प्रशस्त खान र लाउन पाउँदा नै सन्तुष्ट भइयो भने जीवन सहज बन्छ, र परमेश्‍वरको आराधनाका लागि पर्याप्त समय मिल्छ। यी कुराहरू बुझेपछि, मैले अब उप्रान्त व्यग्रतापूर्वक काम गर्न र शैतानद्वारा उल्लु बन्न र हानि बेहोर्न चाहिनँ, र म भेलाहरूमा सहभागी हुन र सही रूपमा सत्यता पछ्याउन राजी भएँ।

त्यसपछि, मैले के पनि चिन्तन गरेँ भने, “के म आफ्नो कडा मिहिनेतमार्फत् मलाई चाहिएको ख्याति र प्राप्ति साँच्चै हासिल गर्न सकूँला र?” मलाई परमेश्‍वरले भन्नुभएको कुरा याद आयो: “तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मानिसको भाग्य परमेश्‍वरको हातमा हुन्छ, र यसलाई कसैको आफ्नै प्रयासले बदल्न सकिँदैन। मैले सानदार र प्रतिष्ठित वा गरिबीयुक्त र साधारण, कस्तो जीवन बिताउँछु, भन्ने मैले निर्णय गर्न सक्ने कुरा होइन, र म परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। केवल सत्यता पछ्याएर, र आफ्नो शैतानी भ्रष्ट स्वभाव फ्याँकेर मात्रै, म परमेश्‍वरद्वारा अनुमोदित व्यक्ति बन्न सक्छु। यस्तो जीवन मात्र मूल्यवान् र अर्थपूर्ण हुन्छ। त्यसपछि, मैले पैसा कमाउनका लागि व्यग्रतापूर्वक काम गर्न छोडेँ, र म नियमित रूपमा भेलाहरूमा सहभागी हुन र परमेश्‍वरका वचनहरू खान र पिउन सक्षम भएँ।

सन् २०२० मा, मण्डली अगुवाले धेरै नयाँ विश्वासीहरू आएका बताइन्, र उनले म तिनीहरूलाई मलजल गर्न राजी छु कि भनेर सोधिन्। मैले मनमनै सोचेँ, “यदि मैले नवआगन्तुकहरूलाई मलजल गरेँ भने, मसँग काम गर्ने र पैसा कमाउने समय हुनेछैन। अनि मसँग भएको पैसा सकियो भने म के गरूँला? फेरि पहिलेको जस्तो सानदार जीवन बिताउने कुरा त झन् सोच्नै सकिँदैन। तर यो सुसमाचार फैलाउनका लागि महत्त्वपूर्ण समय पनि हो, र यदि कसैले मलजल गरेन भने, सत्यता नबुझेका यी नवआगन्तुकहरूलाई जुनसुकै बेला शैतानले लान सक्छ।” मैले कसरी सुरुमा आफूले परमेश्‍वरलाई पाएकी तर केही पनि नबुझेकी, यदि ब्रदर-सिस्टरहरूले समयमै मलाई मलजल र सहयोग गर्न आफ्नो समय र ऊर्जा नदिएका भए, म साँचो परमेश्‍वरबारे निश्चित हुन सक्ने थिइनँ, न त मैले परमेश्‍वरको मुक्ति नै पाउने थिएँ भन्नेबारे सोचेँ। त्यसैले अब यो कर्तव्य मेरोसामु आएको थियो, यदि मैले इन्कार गरेँ भने, के म साह्रै विवेकहीन हुनेथिनँ र? त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड फेला पारेँ: “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण निष्क्रिय हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्र जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ र यो प्रेमलाई प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्‍वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्‍वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्‍वरमा अझ अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र तैँले परमेश्‍वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्‍ने कुरालाई ख्याल गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरू पढेपछि मैले बुझेँ, अर्थपूर्ण जीवन जिउनका लागि, मानिसले पत्रुसले जस्तै गरी सत्यता पछ्याउनुपर्छ, परमेश्‍वरलाई प्रेम गर्ने पछ्याइका लागि मात्र जीवन बिताउनुपर्छ, र एउटा सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ, र यसरी मात्र मानिसले परमेश्‍वरको अनुमोदन पाउन सक्छ। तर मैले मेरो आधा जीवन पैसा, ख्याति र प्राप्तिको पछि लागेर बिताएकी थिएँ। मैले धनी जीवन जिउन र मानिसहरूको प्रशंसा जित्न कडा मिहिनेत गरेँ, तर अन्त्यमा, हाम्रो परिवारको सबै पैसा सकियो, हामी उल्टै अरूको ऋणमा डुब्यौँ, र म थकानले गर्दा बिरामी परेँ। मैले ख्याति र प्राप्ति हासिल गरेँ, मानिसहरूको प्रशंसा र तारिफ पाएँ, र मेरो अभिमान सन्तुष्ट भयो, तर यी सतही कुराहरूले मेरो हृदयको शून्यतालाई भर्न सकेनन्। यसरी, म ख्याति र प्राप्तिमा बाँधिएँ, मेरो समय बर्बाद भयो, र अन्त्यमा, मैले केही पनि पाइनँ। परमेश्‍वरलाई पाएदेखि नै, मैले मण्डली जीवन बिताएकी थिएँ र ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचन सङ्गति गरेकी थिएँ, मैले केही सत्यता बुझेकी थिएँ, र मेरो हृदयले आराम, शान्ति र भरोसा पाएको थियो। विशेष गरी मैले आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा, म प्रायः परमेश्‍वरको सामु शान्त हुन, उहाँका वचनहरू पढ्न र उहाँका वचनहरूको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्षम थिएँ, र मैले आफ्नो हृदयमा ठूलो आनन्द महसुस गरेँ। जब म आफ्नो कर्तव्य निर्वाह गर्दा भ्रष्ट स्थितिहरू प्रकट गर्थेँ वा कठिनाइ र समस्याहरूको सामना गर्थेँ, सत्यता खोजी गरेर र ब्रदर-सिस्टरसँग सङ्गति गरेर, म आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गर्थेँ र अभ्यासको मार्ग फेला पार्थेँ। मैले आफ्नो जीवन छिटो अघि बढिरहेको महसुस गरेँ, र मैले केवल आफ्नो कर्तव्य निर्वाह गरेर मात्रै म धेरै सत्यताहरू बुझ्न सक्छु भन्ने महसुस गरेँ। अहिले, महाविपत्तिहरू सुरु भइसकेका छन्, र ती हाम्रै आँखा अगाडि छन्। यदि मैले अझै पनि यो समयलाई सत्यता पछ्याउनका लागि उपयोग गरिनँ भने, भविष्यका परीक्षाहरूमा, परमेश्‍वरका वचनहरू मेरो आधारका रूपमा नहुँदा, म गुनासो गर्न सक्छु, र सायद परमेश्‍वरको प्रतिरोध समेत गर्न पुग्छु, र यसरी मुक्ति पाउने आफ्नो मौका गुमाउनेछु। त्यतिखेर म विपत्तिमा पर्नेछु, र रुँदै दाह्रा किट्दै हुनेछु। जब मैले यस्तो सोचेँ, मैले जागिर छोड्ने, र राम्ररी आफ्नो कर्तव्य पूरा गर्ने अनि सत्यता पछ्याउने सङ्कल्प गरेँ। भोलिपल्ट, मैले अगुवालाई आफू नयाँ मानिसहरूलाई मलजल गर्न तयार रहेकी बताएँ। पछि, परमेश्‍वरले मेरो लागि बाटो पनि खोलिदिनुभयो। मेरी सासूले मलाई सन्चो नभएको देख्नुभयो र मलाई आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्न र उहाँ, मेरा ससुरा र नन्दले परिवारको ऋणको जिम्मा लिनुहुने भएकोले त्यसबारे चिन्ता नगर्नु भन्नुभयो। मैले काम गरेर कमाएको पैसा घरको किस्ता तिर्न प्रयोग गरेँ, र म हरेक महिना समयमै तिर्न सक्षम भएँ। मलाई यो परमेश्‍वरको प्रेम हो भन्ने थाहा थियो। मलाई शैतानको शक्तिबाट मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद। म आउने दिनहरूमा आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न, र परमेश्‍वरको प्रेम चुकाउन स्वभाव परिवर्तन हासिल गर्नका लागि सत्यता पछ्याउन राजी छु।

अघिल्लो: ७८. मेरो छनोटप्रति मलाई कुनै पछुतो छैन

अर्को: ८०. म किन सधैँ आफ्नो राय व्यक्त गर्न डराउँथेँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्