७४. पैसाको पछि लाग्ने भुमरीबाट बाहिर निस्किँदा

चेन याङ, चीन

म सानो छँदा, मेरो परिवार एकदमै गरिब थियो। मेरा आमाबुबा खेतीकिसानी गरेर जीविका चलाउनुहुन्थ्यो, अनि मेरो बुबा प्रायः पैसा कमाउनका लागि भारी बोक्ने काम गर्न बाहिर जानुहुन्थ्यो। जीवन अलिक सजिलो बनाउन, गहुँ काट्ने सिजनमा म र मेरी आमा खेतमा खसेका गहुँका बाला टिपेर बेच्न र केही अतिरिक्त पैसा कमाउन जान्थ्यौँ। हरेक पटक, मानिसहरूले हामीलाई गिज्याउँदै यसो भनेको म सुन्थेँ, “तँ फेरि तेरी आमासँग गहुँ टिप्न आइस्? के तेरो बुबाले तँलाई पाल्न सक्नुहुन्न र?” मलाई एकदमै नरमाइलो लाग्थ्यो, अनि भविष्यमा धेरै कडा मिहिनेत गरेर पैसा कमाउने र अरूभन्दा ठूलो मान्छे बन्ने, ताकि फेरि कसैले हामीलाई गिज्याउन नसकोस् भनी मैले सङ्कल्प गरेँ। सात वर्षको उमेरमा, म हाम्रो हलुवावेदको रूखबाट फल टिपेर सडकमा बेच्थेँ। हाई स्कुलमा छँदा, मैले गर्मी बिदामा ट्युसन पढाउने प्रयास गरेँ, र यसमा असफल भए तापनि, मैले पैसा कमाउने कुरामा हार मानिनँ। कलेज पढ्दा, पैसा कमाउनका लागि म बिदाको समयमा सडकमा पसल राख्थेँ, र पार्ट-टाइम काम पनि गर्थेँ। वास्तवमा, २००६ मा, जतिबेला म निम्न माध्यमिक तहमा थिएँ, त्यति बेला मैले मेरी आमासँगै परमेश्‍वरमा विश्‍वास गर्न र भेलाहरूमा सहभागी हुन सुरु गरेकी थिएँ। तैपनि, त्यतिबेला, मैले मेरो विश्‍वासलाई पन्छाएर पढाइ र काममा ध्यान केन्द्रित गरेँ। कहिलेकाहीँ म घर फर्कँदा, मेरी आमाले मलाई परमेश्‍वरका वचनहरू देखाउनुहुन्थ्यो, तर म झर्को मान्दै इन्कार गर्थेँ, किनभने मलाई भेलामा जानु र परमेश्‍वरका वचन पढ्नु भनेको समयको बर्बादी हो भन्ने लाग्थ्यो। मेरो सम्पूर्ण ध्यान मेरो करियर बनाउनमा थियो, किनभने आफ्नै प्रयासद्वारा मात्र धेरै पैसा कमाउन सकिन्छ भन्ने मलाई लाग्थ्यो। जे भएपनि, आजको संसारमा सफलता भनेको घर, गाडी र पैसाले मापन गरिन्छ, होइन र? जब कसैले पर्याप्त पैसा कमाउँछ तब मात्र उसले अरूको प्रशंसा पाउन सक्छ, र उसको सङ्गतले गर्दा आमाबुबाले समेत फाइदा पाउन सक्छन्।

मेरो पढाइको मुख्य विषय सङ्गीत प्रस्तुति भएकोले, २०१६ मा दीक्षान्त सकेपछि, मैले विकल्प शिक्षकको रूपमा काम गरेँ। २०१८ मा, मैले आफ्नै व्यवसाय सुरु गरेँ र एउटा आर्ट स्कुल खोलेँ। विद्यार्थी भर्ना गराउनका लागि, म दिनमा चर्को घामको पर्वाह नगरी घर-घरमा पर्चा बाँड्थेँ, र रातीचाहिँ विद्यार्थी खोज्दै आफ्नो बाजा बोकेर सहर परिक्रमा गर्थेँ, र प्रायः राती एघार बजेतिर मात्र घर फर्कन्थेँ। सबै दबाब र राती अबेरसम्म काम गर्दा मलाई बारम्बार टाउको दुख्थ्यो, तर धेरै विद्यार्थी भर्ना गर्ने र धेरै पैसा कमाउने बारेमा सोच्दा मलाई ती सबै दुःख सार्थक लाग्थ्यो। मेरो अथक प्रयासद्वारा, मैले धेरैभन्दा धेरै विद्यार्थीहरू भर्ना गरेँ। यसले गर्दा मैले मेरो जीवनमा पहिलो पटक उल्लेख्य मात्रामा पैसा कमाएँ। मेरो स्कुल फस्टाउँदै गरेको देखेर, मेरा छिमेकीहरू र विद्यार्थीका अभिभावकहरूले मलाई सक्षम र योग्य भनेर प्रशंसा गरे। उनीहरूको अनुमोदन सुन्दा मलाई गर्व लाग्थ्यो, र अन्ततः म शिर ठाडो पारेर आफूलाई आचरणमा ढाल्‍न सक्ने भएँ।

आर्ट स्कुलका लागि, जुलाई महिना वर्षको सबैभन्दा राम्रो समय हो। विद्यार्थीहरूको गर्मी बिदा हुने भएकोले, यदि धेरै भर्ना भयो भने, यो एक महिनामै दशौँ हजार नाफा कमाउन सकिन्छ। २०२१ को जुलाईमा, धेरै पैसा कमाउने यो मौका छोप्न, मैले थप कोर्सहरू थपेँ र विद्यार्थीहरूको खानाको जिम्मा पनि लिएँ। धेरै विद्यार्थीहरूको खानाको व्यवस्थापन गर्दा मेरो कामको बोझ ह्वात्तै बढ्यो, र सामान किन्न म हरेक दिन बाहिर जानुपर्थ्यो। मलाई याद छ, एक दिन बिहान ठूलो पानी परेको थियो, मैले दर्जनौँ पाउण्ड तौल भएका तरकारीका टोकरीहरू एक-एक गर्दै पानीमा भिजेरै गाडीसम्म बोकेँ। म निथ्रुक्कै भिजेकी थिएँ, तर मलाई त्यो काम गाह्रो हो जस्तो पटक्कै लागेन। मैले मनमनै सोचेँ, “यो एक महिनाको त कुरा हो; यदि मैले यो सहेँ भने, यो चाँडै सकिनेछ। यो महिनापछि, पैसा गन्ने समय हुनेछ, र म आफूले लामो समयदेखि चाहेको उच्च गुणस्तरको जीवनको अझ एक कदम नजिक पुग्नेछु।” यति सोच्दा मात्रै पनि मलाई खुसी लाग्यो। तर जुलाईको तेस्रो साता, महामारीको कारण सबै विद्यालयहरू बन्द हुनुपर्ने खबर आउला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। यो खबर मेरो लागि आकाशबाट खसेको चट्याङजस्तै थियो। यी गर्मीयामका कक्षाहरूको तयारीका लागि मैले धेरै काम गरेकी थिएँ, र ठूलो जनशक्ति, सामग्री र पैसा लगानी गरेकी थिएँ। मेरो योजनाअनुसार, यदि मैले यो एक महिना पार गरेको भए, म सजिलै त्यो पैसा आफ्नो खल्तीमा हाल्न सक्थेँ, तर यो बिन्दुमा आधा कक्षाहरू मात्र सकिएका थिए, र पूरा नभएका कक्षाहरूको पैसा मैले अझै फिर्ता गर्नुपर्ने थियो। मेरो हातमा आइसकेको पैसा खुस्केर गएको देख्दा, मलाई रुन मात्र मन लाग्यो, तर मैले केही गर्न सक्दिनथेँ। पैसा फिर्ता गरिसकेपछि, मैले के महसुस गरेँ भने, यो गर्मीयाममा मैले गरेको काम लगभग व्यर्थ भयो, र मलाई यसको बारेमा एकदमै दुःख लाग्यो। मैले आफ्ना दिनहरू निराश भएर बिताएँ। महामारीका कारण कक्षाहरू बन्द भएपछि, अचानक मसँग खाली समय भयो। त्यही समयतिर, एउटी सिस्टर मेरो घरमा आउनुभयो, र उहाँले मसँग सङ्गति गर्दै परमेश्‍वर नै यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले नै हामी हरेकको भाग्य पहिल्यै तय गरिसक्नुभएको छ भनी बताउनुभयो। उहाँले के पनि भन्नुभयो भने, म भेलाहरूमा सहभागी नभएको धेरै वर्षहरूमा पनि, ब्रदर-सिस्टरहरूले सधैँ मेरो बारेमा सोचिरहनुभएको थियो, र मलाई मद्दत र सहयोग गर्न चाहनुहुन्थ्यो। मैले यति लामो समयसम्म परमेश्‍वरका वचनहरू नपढेको र आफूलाई उहाँबाट टाढा राखेको कुरा सोचेँ, तैपनि परमेश्‍वरलाई अझै मेरो चिन्ता रहेछ र मलाई सान्त्वना दिनका लागि उहाँले सिस्टरको बन्दोबस्त गर्नुभयो। मेरो हृदयमा साँच्चै न्यानो महसुस भयो। यसपटक, मैले इन्कार गरिनँ, र तेह्र वर्षपछि, म अन्ततः परमेश्‍वरको घरमा फर्किएँ र मण्डली जीवन पुन: सुरु गरेँ।

एकपटक मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “व्यक्तिले कुन पेसा रोज्छ, कसरी जीविका चलाउँछ, उसले गर्ने छनौटहरू राम्रा छन् कि नराम्रा छन्—के मानिसहरूले यी कुराहरूमा कुनै छनौट गर्न पाउँछन्? के ती मानिसहरूका चाहना र निर्णयहरूमा आधारित हुन्छन्? धेरैजसो मानिसहरू थोरै काम गर्ने र धेरै कमाउने, घामपानीमा परिश्रम नगर्ने, सम्मानजनक पहिरन लगाउने, जहाँ गए पनि चम्किलो देखिने, सबैभन्दा माथि पुग्ने, र आफ्ना पुर्खाको नाम राख्ने इच्छा राख्छन्। मानिसहरूका यस्ता ‘सिद्ध’ इच्छाहरू हुन्छन्, तर जब तिनीहरूले जीवनको मार्गमा आफ्नो पहिलो कदम चाल्छन्, तब तिनीहरूले मानव नियति कति असिद्ध छ भनी बिस्तारै देख्न थाल्छन्, र पहिलो पटक साँच्चै के महसुस गर्छन् भने, व्यक्तिले आफ्नो भविष्यका लागि साहसी योजनाहरू बनाउन र मनोमानी रूपमा सबै प्रकारका सपनाहरू पाल्न सक्ने भए पनि, आफ्ना सपनाहरू साकार पार्ने क्षमता वा शक्ति कसैसँग हुँदैन, न त आफ्नै भविष्यलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ। व्यक्तिका सपना र उसले सामना गर्ने वास्तविकताहरूका बीचमा सधैँ एउटा अन्तर हुन्छ; परिस्थितिहरू कहिल्यै पनि व्यक्तिले कल्पना गरेजस्तो हुन सक्दैनन्, र यस्ता वास्तविकताहरूको सामना गर्दा, मानिसहरूले कहिल्यै सन्तुष्टि वा तृप्ति पाउन सक्दैनन्। कतिपय मानिसहरू त आफ्नो जीविका र भविष्यको खातिर, र आफ्नो भाग्य परिवर्तन गर्ने खातिर, बारम्बार सबै प्रकारका उपायहरू सोच्ने प्रयास गर्छन् र हरेक सम्भावित माध्यमको खोजी गर्छन्, साथै सबै प्रकारका प्रयास र त्यागहरू गर्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्नै कडा परिश्रमद्वारा आफ्ना सपना र चाहनाहरू साकार पार्न सके पनि, तिनीहरूले आफ्नो भाग्य कहिल्यै परिवर्तन गर्न सक्दैनन्, र तिनीहरूले जतिसुकै सङ्घर्ष गरे पनि, तिनीहरू आफ्नो नियतिभन्दा बाहिर कहिल्यै जान सक्दैनन्। तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्‍नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूले मलाई सपनाबाट ब्युँझिएझैँ बनाए, र मैले के बुझेँ भने मेरो भाग्य र मसँग सम्पत्ति हुनु वा नहुनु भन्ने कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तअन्तर्गत हुन्छ। मैले जतिसुकै कडा सङ्घर्ष र प्रयास गरे पनि, अन्ततः मैले परमेश्‍वरको पुर्वनियोजनलाई बदल्न सक्दिनँ। पहिले, मलाई परमेश्‍वरको सार्वभौमिकताको बारेमा थाहा थिएन, र म सधैँ आफ्‍नो भाग्य बदल्न आफ्नै प्रयासहरूमा भर पर्न चाहन्थेँ। म सानो छँदा, मेरो परिवार गरिब थियो, र मलाई सधैँ अरूले गिज्याउँथे, त्यसैले एक दिन मैले अरूले प्रशंसा गर्ने धनी जीवन जिउन सकूँ भन्ने सपना देख्थेँ। त्यसैले, सानो छँदा, मैले ठूला मान्छेहरूको नक्कल गरेर सामान बेच्न सिकेँ, र हाई स्कुल पास गर्नुअघि गर्मी बिदामा ट्युसन कक्षा चलाएँ। कलेजमा, मैले सडकमा पसल राख्ने र पार्ट-टाइम काम गर्ने काम जारी राखेँ, र त्यसपछि दीक्षान्त सकेपछि, मैले स्कुल खोलेर व्यवसाय सुरु गरेँ। यो सबै अझ धेरै पैसा कमाउनकै लागि थियो। तर जब अचानक महामारी फैलियो र मैले कक्षाहरू बन्द गर्नुपर्‍यो, तब मेरा सबै योजनाहरू बर्बाद भए, र मैले आफ्‍नो खल्तीमा परिसकेको पैसा फिर्ता भएको हेर्नुपर्‍यो। तब मैले कडा मिहिनेतले सधैँ प्रतिफल दिँदैन, र सबै कुरा मानिसको योजनाअनुसार हुँदैन भन्ने कुरा साँच्चै महसुस गरेँ। मानिसको भाग्य पूर्णतया परमेश्‍वरको हातमा हुन्छ। यो जीवनमा मसँग कति सम्पत्ति हुन्छ भन्ने कुरा मेरा प्रयास र योजनाहरूमा होइन, तर सृष्टिकर्ताको पुर्वनियोजन र सार्वभौमिकतामा भर पर्छ। मानिसका योजना र प्रयासहरू केवल आकाङ्क्षा र आदर्शहरू मात्र हुन्। तिनले कुनै अन्तिम परिणाम निर्धारण गर्न सक्दैनन्, न त परमेश्‍वरका पुर्वनियोजनहरूलाई नै बदल्न सक्छन्। म आफैँ पालिन सकूँ भनेर परमेश्‍वरले मलाई सङ्गीत र अभिनयको प्रतिभा दिनुभएको थियो। तर म सन्तुष्ट भइनँ, म सधैँ धेरै धनसम्पत्ति भएको जीवन जिउन आफ्नै प्रयासहरूमा भर पर्न चाहन्थेँ, र म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सकिनँ। अन्ततः, मेरा इच्छाहरू पूरा नभएको मात्र होइन, मैले आफैलाई लखतरान पारेँ र भित्रदेखि नै साह्रै पीडा महसुस गरेँ। म साँच्चै कति मूर्ख थिएँ! त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ र अभ्यासको मार्ग भेटाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यो कुरा बुझेपछि, तैँले जीवनसम्‍बन्धी आफ्नो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नुपर्छ, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत छनौट नगरी परमेश्‍वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुन खोज्नुपर्छ, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्नुपर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। त्यसपछि मलाई परमेश्‍वरका पुर्वनियोजनहरू विरुद्ध सङ्घर्ष गर्ने इच्छा भएन र म उहाँको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन तयार भएँ। त्यसपछि, म सक्रिय रूपमा भेलाहरूमा सहभागी हुन, परमेश्‍वरका वचनहरू खान र पिउन, अनि नयाँ विश्‍वासीहरूलाई मलजल गर्न तालिम लिन पनि थालेँ। मेरो हृदयले आराम र छुटकारा महसुस गर्‍यो र मैले परमेश्‍वरको अनुग्रह देखेँ। महामारीको समयमा, सबै उद्योगहरू मन्दीमा थिए, र धेरैजसो शैक्षिक संस्थाहरूले ठूलो नोक्सानी बेहोरेका थिए। तैपनि, मेरो स्कुल सामान्य रूपमा चल्न सकेको मात्र होइन, अन्य दुई संस्थाहरूले सहकार्यका लागि मलाई सम्पर्क समेत गरे, जसले मलाई त्यो कठिन समय पार गर्न मद्दत गर्‍यो।

जुन २०२२ मा, मैले मलजल टोली अगुवाको कर्तव्य लिएँ। परमेश्‍वरका वचनहरू खाएर अनि पिएर, मैले के बुझेँ भने अहिले, परमेश्‍वरले मानवजातिको अन्तिम मुक्तिको आफ्नो कार्य गरिरहनुभएको छ, र अन्त्यमा, परमेश्‍वरले विभिन्न विपत्तिहरू प्रयोग गरेर यो युगलाई समाप्त गर्नुहुनेछ, र मानिसहरूका कामअनुसार असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। जसले सत्यताको अभ्यास गर्छन्, आफ्नो कर्तव्य पूरा गर्छन्, र जसका भ्रष्ट स्वभावहरू शुद्ध पारिएका हुन्छन्, तिनीहरूलाई मात्र परमेश्‍वरले मुक्ति दिनुहुनेछ र तिनीहरू बाँच्नेछन्। मेरो हकमा भन्नुपर्दा, हरेक हप्ता मेरो अनियमित कक्षा तालिकाको अलावा, मैले साझेदार क्याम्पसहरूमा विभिन्न समस्याहरू पनि सम्हाल्नुपर्थ्यो, र सत्यता पछ्याउन र राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्न मसँग पर्याप्त समय वा ऊर्जा नै हुन्थेन। त्यसैले आफ्नो कर्तव्यका लागि धेरै समय होस् भनेर मैले मेरो कामको केही भाग छोड्ने बारे सोचेँ। तर म दोधारमा परेँ, मैले मनमनै सोचेँ, “मेरो कर्तव्य पढाउने र पैसा कमाउने कामभन्दा बढी महत्त्वपूर्ण छ, तर पढाउनु त्यति थकाइलाग्दो काम पनि होइन, र साझेदार क्याम्पसहरू पनि निरन्तर विकास भइरहेका छन्। यदि मैले यी कुराहरू छोडेँ भने, मेरो कमाइ धेरै घट्नेछ!” मलाई यी कुराहरू छोड्न अलिकति मन लागिरहेको थिएन। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मलाई निर्देशन दिन बिन्ती गरेँ ताकि मैले यी बोझहरू त्याग्न सकूँ र उहाँका वचनहरू खान र पिउन तथा आफ्नो कर्तव्य निर्वाह गर्न मलाई थप समय मिलोस्। पछि, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरू, तिमीहरूमध्ये को चाहिँ मानव जातिको सदस्य होइन? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छ? जब मेरो नयाँ सुरुवाती बिन्दु सार्वजनिक गरिन्छ, तब मानिसहरूले कसरी प्रतिक्रिया दिनेछन्? तिमीहरूले आफ्‍नै आँखाले मानव संसारको स्थिति देखेका छौ; के तिमीहरूले यस संसारमा सदासर्वदा जिउने सोच अझै हटाएका छैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १९)। परमेश्‍वरको राज्यको सुसमाचार संसारका सबै राष्ट्रहरूमा फैलिसकेको छ, विभिन्न विपत्ति र युद्धहरू आइसकेका छन्, र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त हुन लागेको छ। यदि मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरिनँ र पैसा पछ्याउने कुरामा ध्यान केन्द्रित गरिरहेँ भने, मैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मेरो मौका गुमाउनेछु। अन्त्यमा, यदि म विपत्तिमा परेँ भने, जतिसुकै धेरै पैसाले पनि मेरो जीवन बचाउन सक्नेछैन। सत्यता पछ्याउनु र आफ्नो कर्तव्य पूरा गर्नु नै वास्तवमा महत्त्वपूर्ण कुराहरू हुन्। त्यसैले मैले सुरुमा मेरा निजी स्कुलका कक्षाहरूबाट राजीनामा दिएँ, त्यसपछि, एक-एक गर्दै, मैले दुईवटा क्याम्पसहरूसँगको साझेदारी अन्त्य गरेँ। यसले मेरो सोमबारदेखि शुक्रबारसम्मको कर्तव्य पूरा गर्नका लागि समय खाली गरायो, जसको मतलब मैले सप्ताहन्तमा मात्र पढाउनु पर्थ्यो। अब मसँग थोरै मात्र साझेदार स्कुलहरू भएका र मैले कम पैसा कमाए तापनि, मसँग परमेश्‍वरका वचनहरू खान र पिउन अनि आफ्नो कर्तव्य निर्वाह गर्नका लागि धेरै समय हुन्थ्यो, र मेरो हृदयले सहज र शान्त महसुस गर्‍यो। मैले पैसाप्रतिको मेरो मोह केही हदसम्म त्यागेको छु भन्‍ने मलाई लागेको थियो, तर अर्को ठूलो जाँचले मलाई कुरिरहेको छ भन्‍ने के थाहा।

अप्रिल २०२३ मा, मेरी भाउजूले मलाई एउटा अनलाइन स्टोर व्यवसायको बारेमा बताउनुभयो, र उहाँले ३ देखि ६ महिनाभित्रै पाँच लाख युआन कमाउन सकिन्छ भन्नुभयो। मलाई असाध्यै लोभ लाग्यो, र सोचेँ “यति छोटो समयमै पाँच लाख—यो त मैले पढाएर कमाउने भन्दा धेरै रकम हो। मसँग घर त छँदैछ, तर यदि मैले आफ्नो गाडी बदलेर कुनै लक्जरी ब्रान्डको गाडी किन्न सकेँ भने, त्यो चलाएर सहर डुल्दा मेरो सान अझ बढ्नेछ।” तैपनि, त्यतिबेला मलाई मनमा अलि अशान्ति महसुस भयो र ठगिने हो कि भन्ने डर पनि लाग्यो, अनि व्यवसाय गर्दा मेरो कर्तव्यमा असर पर्छ कि भन्ने चिन्ता पनि लाग्यो, त्यसैले मैले इन्कार गरेँ। पछि, मेरी भाउजूले स्टोर खोल्नुभयो र म्यानेजर बन्नुभयो, र मैले उहाँको कमाइ दिनको दशौँ युआनबाट बढेर बिस्तारै एक-दुई हजार पुगेको देखेँ। उहाँको पछि लाग्ने केही मानिसहरू मभन्दा कम क्षमताका थिए, तैपनि तिनीहरूले स्टोर खोले र तिनीहरू म्यानेजर बने, अनि तिनीहरूले दिनको हजारौँ युआन कमाउन थाले। यो सबै कुराले मलाई अझ धेरै प्रलोभनमा पार्यो। मैले सोचेँ, “यो त सजिलै पैसा कमाउने बाटो जस्तो छ। यदि मैले पनि दिनको हजारौँ कमाउन सक्छु भने, मैले ३ महिनामै पाँच लाख कमाउन सक्नेछु—अनि नयाँ गाडी किन्ने मेरो इच्छा चाँडै पूरा हुनेछ।” नयाँ गाडी किनेपछि अरूले मेरो तारिफ र डाह गर्नेछन् भन्‍ने सोच्दा म हौसिएँ, र थप हिचकिचाहट विना नै, मैले केही हजार युआन लगानी गरेँ। पछि, अझ धेरै पैसा कमाउन, मैले नातेदार र साथीभाइहरूलाई पनि यसमा सामेल गराएँ, तिनीहरूले पक्का पैसा कमाउनेछन् भन्‍ने बाचा गरेँ, अनि यदि घाटा भयो भने म बेहोर्नेछु भनी बाचा गरेँ। यसरी मैले मेरो टिम बढाउँदै लगेँ, र मेरो कार्यप्रदर्शन पनि बढ्दै गयो। जुन महिनासम्ममा, म पनि स्टोर म्यानेजर भइसकेकी थिएँ, र मेरो दैनिक कमाइ करिब दुई हजार युआन थियो। जुलाईमा, मैले अर्को शाखा खोलेँ। व्यवसाय पहिलेभन्दा व्यस्त भयो, र मैले पैसा पनि धेरै कमाइरहेकी थिएँ।

अगस्ट २०२३ मा, ब्रदर-सिस्टरहरूले मलाई मलजल डिकनको रूपमा छान्नुभयो। मेरा कर्तव्यहरूमा असर नपरोस् भनेर, म सधैँ दिउँसो कर्तव्य निर्वाह गर्थेँ र राती घर फर्केपछि अनलाइन स्टोरहरूको काम हेर्थेँ। प्रायजसो, म बिहानको १ वा २ बजेसम्म पनि कन्फरेन्स कलमै हुन्थेँ। म प्रायजसो यति व्यस्त हुन्थेँ कि मसँग खाना खाने फुर्सद पनि हुँदैनथ्यो। केवल तीन महिनामा, मैले आठवटा स्टोरहरू खोलेकी थिएँ, र बीस लाखभन्दा बढीको बिक्री गराएकी थिएँ। तर राती अबेरसम्म जागै बस्ने भएकोले, मलाई प्रायः टाउको दुख्थ्यो र दिउँसो एकदमै थकाइ लाग्थ्यो, बोधो लाग्थ्यो र तागत नभएको जस्तो महसुस हुन्थ्यो। यसले मैले कर्तव्य पूरा गर्ने स्थितिलाई गम्भीर असर पार्यो। म भेलाहरूमा पनि केवल झारा टार्ने हिसाबले सहभागी हुन थालेँ, र मैले ब्रदर-सिस्टरहरूका समस्याहरू पत्ता लगाउन वा तिनीहरूका कठिनाइहरू समाधान गर्न सकिनँ। घर फर्कनेबित्तिकै, अनलाइन स्टोरका विभिन्न समस्याहरूले मलाई पर्खिरहेका हुन्थे, र मलाई एकदमै लखतरान भएको महसुस हुन्थ्यो। तर पैसा कमाउनका लागि, मलाई यसबाट निस्कन नसक्ने गरी शक्तिहीन छु भन्‍ने महसुस हुन्थ्यो, मानौँ म यसको नियन्त्रणमा छु। मैले मेरी भाउजूलाई सोधेँ, “मैले कुन बिन्दुमा पुगेपछि पाँच लाख कमाउन सक्छु त्यसपछि मैले अनलाइन स्टोरहरू चलाउनुपर्दैन?” उहाँले जवाफ दिनुभयो, “जब तिम्रो टिमको प्रदर्शन पचास लाख पुग्छ, तब तिमी यो क्षेत्रबाट अलग हुन सक्छौ र स्टोरहरूको व्यवस्थापन छोड्न सक्छौ। त्यतिञ्जेलसम्ममा, तिमीले पाँच लाख कमाइसकेकी हुनेछौ।” यो सुन्दा मलाई चक्कर आयो, र मलाई अचानक आफू ठगिएको महसुस भयो। मैले के सोचेकी थिएँ भने पाँच लाख कमाउन तीन महिना मात्र लाग्नेछ, र त्यतिञ्जेलसम्ममा मैले पैसा पनि कमाइसक्नेछु र मेरो कर्तव्यमा पनि ढिलाइ हुनेछैन। त्यहाँ पचास लाखको टिम प्रदर्शनको शर्त पनि होला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मैले कहिले त्यो शर्त पूरा गर्न सकूँला र म यसबाट मुक्त हुन सकूँला? यो सङ्ख्या त धेरै टाढाको कुरा हो जस्तै लाग्यो। म यति चिन्तित भएँ कि मेरो भोकनिद्रा नै हरायो। त्यतिबेला, मैले दिनको आठ हजार युआनभन्दा बढी कमाउँदै थिएँ, तर म पटक्कै खुसी थिइनँ। म गलत बाटोमा लागेछु भन्ने मैले महसुस गरेँ, र म ठूलो पीडामा परेँ, त्यसैले मैले प्रार्थना गरेँ, “परमेश्‍वर, मलाई अहिले थाहा भयो कि म पैसाको भुमरीमा फसेकी छु। मैले सोचेकी थिएँ यो केही हजार युआनको सानो व्यापार मात्र हो, र यो मलाई बाँध्ने बन्धन बन्ला भनेर मैले कहिल्यै सोचेकी थिइनँ। म यसबाट कसरी मुक्त हुन सक्छु? परमेश्‍वर, कृपया मलाई मद्दत गर्नुहोस् र निर्देशन दिनुहोस्।” प्रार्थना गरेपछि, मैले त्यो पाँच लाख नकमाउने निर्णय गरेँ। मैले मेरी भाउजूलाई फोन गरेँ र उहाँलाई मेरो निर्णय सुनाएँ। मेरी भाउजूले म आफ्नो निर्णयमा अटल छु भन्ने देख्नुभयो, त्यसैले उहाँ सहमत हुनुभयो। म पछि हटेको केही समयपछि नै, एक दिन, मैले अचानक के खबर पाएँ भने, यो अनलाइन स्टोरको व्यापार त वास्तवमा इन्टरनेटमा चलेको नयाँ प्रकारको ठगीधन्दा पो रहेछ। यसमा मानिसहरूलाई सुरुमा पैसा कमाउन दिइँदो रहेछ, र जब मानिसहरू ढुक्क हुन्छन्, तब ठगहरू लगानी गरिएको सबै पैसा लिएर भाग्दा रहेछन्। मलाई धोका भएको रहेछ भन्ने कुरा मैले बल्ल बुझेँ। म छाँगाबाट खसेजस्तै भएँ, र मेरो शरीर नै लल्याकुलुलुक भयो। टिम बढाउनका लागि मैले धेरै मानिसहरूलाई यसमा ल्याएकी थिएँ, र यदि घाटा भयो भने म बेहोर्नेछु भनेर प्रत्येकलाई ग्यारेन्टी दिएकी थिएँ। अब अनलाइन स्टोरहरू बन्द भएपछि, मैले सिफारिस गरेका सबै जना मसँग पैसा माग्न आउन थाले। यसरी, पैसाप्रतिको मेरो लोभले गर्दा म एउटा ठगीकाण्डमा फसेँ। क्षतिपूर्तिको रूपमा लाखौँ तिर्नुपर्ने अवस्थाको सामना गर्नुपर्दा, के गर्ने भन्ने मलाई केही थाहा थिएन। पूरै एक हप्तासम्म, म धम्की, गालीगलौज र केरकारको घेरामा परेँ, अनि मलाई पैसा माग्दै निरन्तर फोन र म्यासेजहरू आइरहे। म यति डराएकी थिएँ कि म फोन हेर्ने आँटसमेत गर्दिनथेँ, र यो सबको सामना कसरी गर्ने भन्ने मलाई केही थाहा थिएन। पीडा यस्तो हदसम्म पुग्यो कि यो सब अन्त्य गर्न मलाई घरको छतबाट हाम फालौँ जस्तो समेत लाग्यो। सोचेँ, म आफैँ पनि ठगिएकी भए तापनि, मैले परिणाम भोग्नबाट उम्कन नसकेकोले, अन्त्यमा, क्षतिपूर्तिको रूपमा मैले करिब दुई लाख युआन तिरेँ। एक हप्तामै मेरो तौल पाँच किलोभन्दा बढी घट्यो। मेरो पीडा र निराशामा, मैले आँसु बगाउँदै प्रार्थना गरेँ, “परमेश्‍वर, म गलत थिएँ। मलाई थाहा छ मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरूले मलाई बर्बाद पारे। म धेरै पीडामा छु, तर मलाई थाहा छ यी कुराहरू तपाईंको अनुमतिद्वारा नै ममाथि आइपरेका हुन्। कृपया तपाईंको अभिप्राय बुझ्न मलाई निर्देशन दिनुहोस्।” प्रार्थना गरेपछि, मेरो हृदय बिस्तारै शान्त भयो, र म सत्यताको खोजी गर्न इच्छुक भएँ।

मेरो खोजीको क्रममा, मैले परमेश्‍वरका वचनहरू पढेँ र शैतानले कसरी ख्याति र प्राप्तिको माध्यमबाट मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्ने कुरा बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? … कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पार्न सक्छ? त्यो के हो भने, यस संसारका मानिसहरूले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ—मानवीय स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसहरूको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र? यो भनाइ लोकप्रिय भएसँगै, तँ यससँग असहमत हुने अवस्थाबाट अन्ततः यो सत्यता हो भनी विश्‍वास गर्ने अवस्थामा पुग्छस्, र त्यतिबेलासम्म तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा परेको हुन्छ, र त्यसैले तँ अनायासै त्यस भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्म असर गरेको छ? तँलाई साँचो मार्ग थाहा होला, र तँलाई सत्यता थाहा होला, तर तँसँग त्यसलाई पछ्याउने सामर्थ्य छैन। तँलाई परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्पष्ट रूपमा थाहा होला, तर तँ सत्यता प्राप्त गर्नका लागि मूल्य चुकाउन वा कष्ट भोग्न अनिच्छुक हुन्छस्। बरु, तँ अन्तसम्मै परमेश्‍वरको प्रतिरोध गर्न आफ्नो भविष्यलाई नै बलि चढाउन रुचाउँछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम जतिसुकै गहिरो र जतिसुकै ठूलो भए पनि, तैँले त्यो बुझ्न सक्ने हदसम्म, तँ यस भनाइका कारण जिद्दीपूर्वक आफ्नो हड्डी घोट्न जोड दिन्छस्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले के बुझेँ भने शैतानले नै मानिसहरूमा धेरै गलत विचार र धारणाहरू हालिदिएको हुन्छ, जसले गर्दा मानिसहरूले पैसा, ख्याति, प्राप्ति र भौतिक चाहनाहरूको आराधना गर्छन्, तिनीहरू एकोहोरिएर पैसा, ख्याति र प्राप्तिको पछि लाग्छन्, र सत्यताको खोजी गर्न तथा उहाँको मुक्ति प्राप्त गर्न परमेश्‍वरको सामु आउन सक्दैनन्। म शैतानले हालिदिएका यस्ता विषहरूका आधारमा जिइरहेकी थिएँ, जस्तै “दुनियाँ पैसाको इसारामा चल्छ,” “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” “अरूभन्दा असल बन,” र “अरूभन्दा माथिल्लो पदमा बस।” मलाई लाग्थ्यो पैसा नै सबै कुराको समाधान हो, मानिस योविना बाँच्न सक्दैन, र यदि मानिससँग पैसा छ भने, उसको हैसियत सम्मानजनक हुन्छ, अनि अरूले उसलाई हेप्ने वा गिज्याउने आँट गर्दैनन्। म सानो छँदा, मेरो परिवार गरिब भएकोले मलाई गिज्याइन्थ्यो, त्यसैले म धनी बन्न र सम्पन्न जीवन जिउन चाहन्थेँ, ताकि अरूले मेरो प्रशंसा गरून्। पैसा कमाउनका लागि, मैले सबै किसिमका उपायहरू अपनाएँ, अनि मैले भेलाहरूमा सहभागी हुन र परमेश्‍वरका वचनहरू पढ्न छोडेँ। मेरी आमाले परमेश्‍वरका वचनहरूको किताब ल्याएर दिँदा पनि, म झर्को मान्दै त्यसलाई पन्छाउँथे। आर्ट स्कुल खोलेपछि, म सधैँ धेरै पैसा कमाउन कसरी प्रचारप्रसार गर्ने र धेरै विद्यार्थी भर्ना गर्ने भनेर मात्र सोच्थेँ। हरेक दिन, मेरो दिमाग तनावमा हुन्थ्यो, र मलाई अनिद्रा र टाउको दुख्ने हुन्जेलसम्म थकाइ लाग्थ्यो। अन्ततः, महामारीको कारणले गर्दा, सबै कामधन्दा ठप्प भयो, त्यसपछि मात्र म परमेश्‍वरको उपस्थितिमा फर्किएँ। पछि, परमेश्‍वरका वचनहरू पढेर, मैले के महसुस गरेँ भने मेरो जीवनको भाग्य र मसँग कति सम्पत्ति हुन्छ भन्ने कुरा परमेश्‍वरद्वारा पुर्वनियोजित हुन्छन् र ती मेरा प्रयास र योजनाहरूमा भर पर्दैनन्। तैपनि, पैसा, ख्याति र प्राप्तिको मेरो चाहना धेरै प्रबल भएकोले, शैतानले मानिसहरूलाई हानि पुर्याउन प्रयोग गर्ने दुष्ट तरिकाहरू मैले चिनिनँ। त्यसैले जब म फेरि पैसाको लोभमा परेँ, एउटा लक्जरी गाडी किन्न र मानिसहरूबाट प्रशंसा र डाह पाउनको लागि थप पाँच लाख युआन कमाउन खोज्दा, म गलत बाटोमा लागेँ र अनलाइन ठगीको पासोमा फसेँ, अनि एउटा सम्मानित स्कुल प्रिन्सिपलबाट मानिसहरूको पैसा ठग्ने ठगमा परिणत भएँ। ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने अवस्था अनि साथीभाइ र आफन्तहरूको निरन्तर आलोचना र गालीगलौजको सामना गर्नुपर्दा, मलाई सबैले घृणा गर्ने र लखेट्ने सडकको मुसो जस्तै महसुस भयो। मानसिक र शारीरिक दुवै रूपमा, मैले ठूलो धक्का र यातना भोगेँ, र यी सबबाट उम्कन मैले आफ्नो जीवन अन्त्य गर्ने बारेमा समेत सोचेँ। मैले के देखेँ भने पैसा, ख्याति र प्राप्ति एउटा अदृश्य डोरी जस्तै रहेछन् जसले मलाई कसिलो गरी बाँधेको थियो, र म यी शैतानी विषहरूका आधारमा बाँचेकी रहेछु, पैसा, ख्याति र प्राप्ति हासिल गर्नुलाई नै मैले मेरो जीवनको लक्ष्य बनाएकी रहेछु, र फलस्वरुप, म शैतानको छलमा परेकी रहेछु र मैले भन्नै नसकिने कष्ट भोगिरहेकी रहेछु। मैले के देखेँ भने पैसा, ख्याति र प्राप्तिको पछि लाग्दा मेरो जीवन अझ पीडादायी मात्र हुनेछ, म परमेश्‍वरबाट टाढा हुनेछु, र मैले परमेश्‍वरको मुक्ति पाउने मौका गुमाउनेछु। त्यसपछि मैले के सोचेँ भने कति धेरै मानिसहरूले, व्यापारमा पैसा गुमाएपछि, तिनीहरू डिप्रेसनको शिकार हुन्छन्, र कतिले त, सहन नसकेर, हाम फालेर आत्महत्या समेत गर्छन्। मैले के देखेँ भने पैसाको पछि लाग्नु भनेको विनाशको बाटो हो। म के कुरामा धेरै खुसी थिएँ भने, मैले परमेश्‍वरलाई पछ्याएकी छु, त्यसैले जब यी कुराहरू ममाथि आइपरे, मसँग परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ थियो, जसले मलाई सत्यता बुझ्न र शैतानले कसरी पैसा, ख्याति र प्राप्तिको प्रयोग गरेर मानिसहरूलाई भ्रष्ट तुल्याउँछ भन्ने बारेमा केही खुट्ट्याउने क्षमता प्राप्त गर्न सक्षम बनायो। नत्र भने, म पनि आत्महत्या गर्ने मानिसहरूमध्ये एक हुनेथिएँ। यो मामलामा मैले पैसा गुमाए पनि, मैले मलाई बचाउने परमेश्‍वरको श्रमसाध्य अभिप्रायहरू देखेँ। मेरो अन्तस्करणदेखि नै, मैले परमेश्‍वरलाई धन्यवाद दिएँ!

एक दिन मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ र परमेश्‍वरले मानिसहरूबाट के चाहनुहुन्छ र पछ्याउनुपर्ने साँच्चै अर्थपूर्ण कुरा के हो भनेर बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले तँलाई आफ्नो अस्तित्व र आफ्नो दैनिक जीवनका लागि आफ्नो सबै शक्ति लगाउन माग गर्नुहुन्न। उहाँले तँलाई आकर्षक जीवन जिउन र त्यसद्वारा उहाँलाई महिमित पार्न आवश्यक गराउनुहुन्न, न त उहाँले तँलाई कुनै महान् कार्यहरू पूरा गर्न वा यस संसारमा चमत्कारी कामहरू गर्न, मानवजातिलाई योगदान दिन, जतिसुकै मानिसहरूलाई सहायता प्रदान गर्न, वा जतिसुकै मानिसहरूको रोजगारीका समस्याहरू समाधान गर्न नै आवश्यक गराउनुहुन्छ। उहाँले तँलाई कुनै भव्य करियरमा संलग्न हुन, विभिन्‍न पेसा वा क्षेत्रहरूमा एक उत्कृष्ट व्यक्तित्व बन्न, प्रसिद्ध व्यक्ति वा महान् व्यक्तित्व बन्न, वा अत्यन्तै सम्मानित र आदरणीय व्यक्ति बन्न, र त्यसपछि यी सम्मानहरूलाई परमेश्‍वरको नाउँको महिमा गाउन प्रयोग गर्न, र संसारलाई ‘म एक इसाई हुँ, म सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छु’ भनी घोषणा गर्न आवश्यक गराउनुहुन्न। परमेश्‍वरले तँलाई यसो गर्न आवश्यक गराउनुहुन्न। परमेश्‍वरले त तँ वास्तविक संसारको समाजमा एक सादा, साधारण व्यक्ति बन्न सकेस्, तँ खान र लाउन पाउनमै सन्तुष्ट भएस्, र तँ सामान्य जीवन जिउने र बाँच्ने क्षमता प्राप्त गर्ने जगमा सत्यता प्राप्त गर्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोजेस् भन्ने मात्र आशा गर्नुहुन्छ। तँप्रति परमेश्‍वरको माग यही हो। तँसँग जस्तोसुकै वरदान, सामर्थ्य, वा विशेष क्षमताहरू भए पनि, परमेश्‍वरले तैँले सांसारिक सफलता प्राप्त गर्न तिनलाई प्रयोग गरेस् भन्‍ने चाहनुहुन्न। बरु, उहाँ आशा गर्नुहुन्छ कि तैँले आफूसँग भएका जुनसुकै वरदान वा क्षमतालाई आफ्नो कर्तव्य निर्वाह गर्नमा, उहाँले तँलाई सुम्पनुभएको कुरामा, र सत्यताको पछ्याइमा लागू गर्नेछस्, र अन्ततः मुक्ति प्राप्त गर्नेछस्। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र परमेश्‍वरले त्यसभन्दा बाहिर केही पनि माग गर्नुहुन्न(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२१))। “समयको यो अन्तिम काल पनि एक विशेष अवधि हो। एकातिर, मण्डलीको कामको मामिला व्यस्त र जटिल छ; अर्कोतिर, परमेश्‍वरको राज्यको सुसमाचार फैलिरहेको यस क्षणमा, परमेश्‍वरको घरभित्रका विभिन्‍न कामका आवश्यकताहरू पूरा गर्नका लागि आफ्नो समय र ऊर्जा अर्पण गरेर आफ्नो प्रयास योगदान गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न अझ धेरै मानिसको आवश्यकता छ। त्यसकारण, तेरो पेसा जस्तोसुकै भए पनि, यदि तँ तेरा आधारभूत जीवनयापनका आवश्यकताहरू पूरा गरेपछि आफ्नो समय र ऊर्जालाई सृजित प्राणीको कर्तव्य निर्वाह गर्न परमेश्‍वरसामु आउन, विभिन्‍न काममा आफ्नो भूमिका निर्वाह गर्न समर्पित गर्न सक्षम हुन्छस् भने, परमेश्‍वरको नजरमा, यो एकातिर वाञ्छनीय हुन्छ, र अर्कोतिर विशेष गरी बहुमूल्य र उहाँको स्मरणको योग्य हुन्छ। मानिसहरूले यस्तो प्रयास र बलिदान गर्नु अवश्य पनि सार्थक छ। किनभने तैँले देहका आनन्दहरू त्यागे पनि, तैँले जे प्राप्त गर्छस् त्यो अमूल्य, अनन्त जीवन हो, यो परमेश्‍वरका वचनहरू तेरो जीवन बन्नु हो। यो एक अमूल्य खजाना हो जुन पैसा वा अरू कुनै कुराको बदलामा प्राप्त गर्न सकिँदैन। यो अमूल्य खजाना तैँले लगानी गर्ने ऊर्जा र समयद्वारा, तेरो आफ्नै प्रयास र तैँले चुकाउने मूल्यद्वारा प्राप्त हुन्छ। तेरा लागि, यो सौभाग्य, एक विशेष निगाह, र एक महान् आशिष्‌ हो। परमेश्‍वरका वचनहरू र सत्यता व्यक्तिको जीवन बन्नु एक अमूल्य खजाना हो, र मानिसहरूले आफूसँग भएका सबै कुरा त्यसको बदलामा अर्पण गर्नु सार्थक छ। … यदि तँ खाना र लुगा प्राप्त गरेपछि थप समय र शक्ति अर्पण गर्छस्, अझ धेरै पैसा कमाउँछस्, अझ धेरै भौतिक सुखचैन बटुल्छस् र आफ्नो देहलाई सन्तुष्ट पार्छस्, तैपनि यसो गरेर आफूले मुक्ति पाउने आशा आफ्नै हातले बरबाद गर्छस् भने, निस्सन्देह यो तेरा लागि राम्रो कुरा होइन। तँ यसबारे चिन्तित र बेचैन हुनुपर्छ; तैँले काम र जीवनबारे आफ्नो मनोवृत्ति अनि आफ्नो दैहिक जीवनको गुणस्तरसम्बन्धी मागहरूलाई ठिक गर्नुपर्छ; तैँले वास्तविकतासित मेल नखाने देहगत जीवनसम्बन्धी चाहना, योजना र कार्यसूची त्याग्नुपर्छ। तँ परमेश्‍वरसामु आउनुपर्छ, तैँले उहाँलाई प्रार्थना गर्नुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्ने सङ्कल्प गर्नुपर्छ, परमेश्‍वरको घरका विभिन्न काममा तनमन लगाउनुपर्छ र प्रयास लगाउनुपर्छ ताकि परमेश्‍वरको काम समाप्त हुने, परमेश्‍वरले विभिन्न प्रकारका मानिसहरूको काम र कद जाँच्ने दिन तँ परमेश्‍वरको अनुमोदन प्राप्त गरेकाहरूमध्ये एक हुनेछस्। जब परमेश्‍वरको महान् काम पूरा हुन्छ, जब परमेश्‍वरको राज्यको सुसमाचार ब्रह्माण्डभरि फैलिएको हुन्छ, जब यो आनन्दमय दृश्य प्रकट हुन्छ, तब त्यहाँ तेरो मेहनत, समर्पण र त्याग हुनेछ। जब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ, जब उहाँको कार्य ब्रह्माण्डभरि फैलिएको हुन्छ, जब सबैले परमेश्‍वरको महान् काम पूरा भएको खुसी मनाइरहेका हुन्छन्, तब त्यो खुसीको क्षण प्रकट भएको बेला यस खुसीमा जोडिएको व्यक्ति तँ नै हुनेछस्। तँ यो खुसीयालीमा सहभागी हुनेछस्, सबै जना खुसीले कराइरहेको र उफ्रिरहेको बेला रुने र दाह्रा किट्ने, छाती पिट्ने व्यक्ति हुनेछैनस्, अनि दण्ड भोग्ने र परमेश्‍वरले पूर्णतया तिरस्कार गर्ने र हटाउने व्यक्ति हुनेछैनस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२०))। परमेश्‍वरका वचनहरूबाट, मैले के महसुस गरेँ भने उहाँको महिमा गर्न वा उहाँको गवाही दिनका लागि मानिसहरू प्रसिद्ध वा महान् बन्नु आवश्यक छैन। परमेश्‍वरले के मात्र आशा गर्नुहुन्छ भने जबसम्म मानिसहरूलाई खान र लगाउन पुग्छ, तबसम्‍म तिनीहरूले आफ्नो धेरै समय सत्यताको खोजी गर्न र आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नमा बिताउनुपर्छ। मैले सानैदेखि मसँग भएको सङ्गीतको प्रतिभाबारे सोचेँ। ग्राजुएसनपछि, मैले आफ्नो प्रतिभाले जीविका चलाएँ, र मेरो जीवनमा खान र लाउन पुग्ने मात्र होइन, अझ केही बचत पनि थियो। तैपनि, म त्यतिमा सन्तुष्ट थिइनँ, बरु म अझ धेरै पैसा कमाउन र अझ धेरै मानिसहरूको प्रशंसा पाउन चाहन्थेँ। मलाई के लाग्थ्यो भने अरूभन्दा विशिष्ट बन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। फर्केर हेर्दा, मैले परमेश्‍वरलाई भेट्टाउनुअघि, केही पैसा कमाएकी थिएँ र मानिसहरूको प्रशंसाको आनन्द लिएकी थिएँ, तर भित्री रूपमा, मलाई शान्ति थिएन, साँचो खुसीको त कुरै छोडौँ। हरेक दिन, कामबाहेक, म दिक्दारी मेटाउन साथीभाइहरूसँग खाने, पिउने र रमाइलो गर्ने गर्थेँ, र मलाई जीवनको उद्देश्य वा यसको अर्थ वा महत्त्व के हो भन्ने पटक्कै थाहा थिएन। पैसाले मलाई अस्थायी भौतिक सुख त दियो, तर यसले मेरो अन्तर्दृदयको रिक्ततालाई मेटाउन सकेन। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने पैसा, ख्याति र प्राप्तिको पछि लाग्दा आखिरमा रित्तै भइँदो रहेछ, र यसको कुनै अर्थ रहेनछ। केवल सत्यताको खोजी गरेर र सृजित प्राणीको कर्तव्य पूरा गरेर मात्र जीवन अर्थपूर्ण र बहुमूल्य बन्न सक्छ। मैले प्रभु येशूले भन्नुभएको कुरा सम्झेँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिस के दिन सक्छ?(मत्ती १६:२६)। विगतमा, मसँग पैसा नहुँदा, म सधैँ के सोच्थेँ भने पैसा भएपछि म सन्तुष्ट हुनेछु, तर पैसा भएपछि पनि, मैले अझै रित्तो महसुस गरेँ र जीवन अर्थहीन पाएँ। मानिसहरूलाई वास्तवमा चाहिने कुरा पैसा होइन रहेछ। उदाहरणका लागि, मेरो गाउँको एउटा मान्छे थियो जो निको नहुने रोगबाट पीडित थियो। ऊ एउटा पुलमा गयो, उसले आफ्ना सबै पैसा तल फालिदियो, र अन्त्यमा सबै कुरा सिध्याउन नदीमा हाम फाल्यो। रोग र मृत्युको सामना गर्नुपर्दा, तपाईंसँग जतिसुकै पैसा, ख्याति र प्राप्ति भए पनि, वा जतिसुकै मानिसहरूले तपाईंको प्रशंसा गरे पनि, ती सबै पूर्ण रूपमा काम नलाग्ने हुन्छन्। यी कुराहरूले जीवन किन्न सक्दैनन्, र परमेश्‍वरलाई नपछ्याउँदा, सत्यताको खोजी नगर्दा वा कर्तव्यहरू पूरा नगर्दा अन्ततः रित्तै भइँदो रहेछ। परमेश्‍वरको काम अब अन्तिम चरणमा पुगेको छ, र सत्यताको खोजी गर्ने अवसर र समय सकिँदै छ। मैले मेरो समयको सदुपयोग गर्नुपर्छ, परमेश्‍वरका वचनहरू धेरै खानुपर्छ र पिउनुपर्छ, र एउटा सृजित प्राणीको रूपमा मेरा कर्तव्यहरू पूरा गर्नुपर्छ। यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। मैले लोतकी पत्नीलाई सम्झेँ। उनलाई स्वर्गदूतहरूले बचाएका थिए र उनी सोदोम सहरबाट उम्किसकेकी थिइन्, तर उनले आफ्नो सम्पत्ति र धनलाई त्याग्न नसकेकी कारण, उनले पछाडि फर्केर हेरिन् र उनी नूनको खम्बा बनिन्, अनि शर्मको चिन्ह बनिन्। हामी अहिले बाटोको अन्तिम खण्डमा छौँ, र मैले लोतकी पत्नीको घटनाबाट पाठ सिक्नुपर्छ। मैले पैसा, ख्याति र प्राप्तिको मोह त्याग्नुपर्छ, र मेरा कर्तव्यहरू राम्रोसँग निर्वाह गर्नुपर्छ अनि सत्यताको खोजी गर्नुपर्छ। यो नै परमेश्‍वरले अनुमोदन गर्नुहुने सबैभन्दा अर्थपूर्ण जीवन हो।

म अहिले मण्डलीमा एउटा अगुवाको कर्तव्य पूरा गर्दैछु। सत्यताले आफूलाई सुसज्जित गर्न र आफ्‍ना कर्तव्यहरू पूरा गर्न थप समय र ऊर्जा होस् भनेर, मैले एक दर्जन जति विद्यार्थीहरू मात्र राखेकी छु, र मेरो दैनिक खर्च धान्नका लागि म हप्ताको ६ घण्टा काम गर्छु, अनि मेरो धेरैजसो समय कर्तव्य पूरा गर्नमा बिताउँछु। कर्तव्य पूरा गरेर, मैले अरूसँग कसरी व्यवहार गर्ने, कसरी मानकअनुरूप हुने गरी कर्तव्य पूरा गर्ने, र कसरी आफ्नो भ्रष्ट स्वभाव चिन्न सकिन्छ भन्ने लगायतका कुराहरू सिकेकी छु। अहिले, म हरेक दिन परमेश्‍वरका वचनहरू पढ्छु र कर्तव्य पूरा गर्छु। म अहिले पैसा, ख्याति र प्राप्तिद्वारा बाँधिएकी र पीडित छैन, र म हृदयमा हलुका र शान्त महसुस गर्छु। मलाई मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ७३. आफ्नो कर्तव्यमा झाराटारुवा बन्नु साँच्चै खतरनाक हुन्छ

अर्को: ७५. मेरो रोग ममाथि परमेश्‍वरको आशिष्‌ थियो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्