५७. मैले छोराप्रतिको ऋणी भावनालाई त्यागेँ
सानैदेखि, म मेरी आमाको एकदमै श्रद्धा गर्थें। उहाँले हामी छोराछोरीका लागि धेरै दुःख भोग्नुभयो। जबजब म मध्यरातमा ब्युँझन्थेँ, म उहाँलाई कुपीको बत्तीमा हाम्रा लागि सुतीका लुगा सिलाइरहेको देख्थेँ, अनि भोलिपल्ट उहाँ माथि डाँडामा खेतको काम गर्न जानुपर्ने हुन्थ्यो। पूरै परिवारको भरणपोषणका लागि, उहाँ बिरामी हुने गरी काम गर्नुहुन्थ्यो। मेरा बुबा त्यति जिम्मेवार हुनुहुन्नथ्यो, अनि मेरो दाइ बिहे गर्ने उमेरको हुँदा, मेरी आमाले नै सबै कुरा मिलाउनुभयो। गाउँलेहरू सबैले मेरी आमालाई असल श्रीमती र आमा भनेर प्रशंसा गर्थे। मेरो हृदयमा, मैले मेरी आमालाई एक आदर्शका रूपमा हेरेँ, र एक मानकअनुरूप आमा बन्नुको अर्थ उहाँकै कार्यहरूले परिभाषित गर्छ भन्ने विश्वास गरेँ। मेरो बिहेपछि, म पनि मेरी आमा जस्तै भएँ—मैले हरेक कुरामा मेरा श्रीमान् र छोराछोरीलाई प्राथमिकता दिएँ, मलाई जबसम्म उनीहरू आरामसँग बस्छन्, मैले जतिसुकै कष्ट भोगे पनि त्यो सार्थक छ भन्ने लाग्थ्यो। जाडोमा, म सधैँ सबेरै उठेर चुल्हो बाल्थेँ र खाना बनाउँथेँ, अनि घर न्यानो भएपछि मात्र मेरो श्रीमान् र छोराछोरीलाई बिहानको खाना खान उठाउँथेँ। उनीहरूको राम्रो हेरचाह भएको देखेर मलाई धेरै सन्तुष्टि मिल्थ्यो। मेरी सासू र आमाजूले मलाई असल बुहारी भनेर प्रशंसा गर्नुहुन्थ्यो, र मलाई पनि एउटी महिलाले गर्नुपर्ने काम यही हो भन्ने लाग्थ्यो। अप्रत्याशित रूपमा, पछि मेरा श्रीमान् अचानक बिरामी पर्नुभयो र बित्नुभयो, अनि पूरै परिवारको बोझ मैमाथि आइपर्यो। मैले मनमनै सङ्कल्प गरेँ, “मैले जसरी पनि बच्चाहरूको पढाइ पूरा गराएर घरजम गर्ने बनाइदिनुपर्छ।” त्यसैले, मैले मेरा दुई छोराछोरीको पढाइ खर्च जुटाउन बजारमा एउटा सानो व्यवसाय सुरु गरेँ।
सन् १९९९ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकारेँ। परमेश्वरका वचनहरू पढेर, मैले धेरै सत्यताहरू बुझेँ, र म श्रीमान् गुमाउनुको पीडाबाट पनि बाहिर निस्केँ। पछि, मैले मण्डलीमा आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गरेँ। सन् २००३ मा, एक दुष्ट व्यक्तिले धोका दिएकाले, स्थानीय प्रहरी मलाई पक्रन मेरो घरमा आयो। भाग्यवश, म घरमा थिइनँ र त्यसैले म त्यो विपत्तिबाट बचेँ। चिनियाँ कम्युनिष्ट पार्टीको गिरफ्तारीबाट बच्न, मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्यो। आफ्ना छोराछोरीलाई छोड्ने विचारले मेरो हृदय पीडाले भरियो। मेरो श्रीमान् पहिले नै बित्नुभएको थियो, त्यसैले मैले छोडेर गएँ भने मेरा दुई छोराछोरीको के होला? मेरो छोरो १८ वर्षको भइसकेको थियो, बिहे गर्ने उमेर नजिकिँदै थियो, अनि म गएपछि उसलाई घरजम गर्न कसले सहयोग गर्ला? तर यदि गइनँ भने, म कुनै पनि बेला पक्राउ पर्न सक्थेँ, र त्यसपछि पनि म उनीहरूको हेरचाह गर्न सक्ने थिइनँ। मेरी छोरीले पनि भनी, “आमा, मैले तपाईं पक्राउ परेको देख्नुभन्दा बरु तपाईंले हामीलाई छोडेर जानुहोला।” मेरी समझदार छोरीलाई देखेर, मेरो मन झनै दुख्यो, र अन्तमा, मैले आँखाभरि आँसु पारेर घर छोडेँ। घर छोडे तापनि, मेरो मन सधैँ मेरा दुई छोराछोरीसँगै थियो, र म सोच्थेँ, “उनीहरूलाई कस्तो होला? उनीहरूसँग चाहिने पैसा छ कि छैन? उनीहरूले जागिर पाउन सक्छन् कि सक्दैनन्? मेरो छोराको बिहे कसले गरिदेला? के उनीहरूले मसँग रिसाएर मैले उनीहरूलाई छोडेर हिँडे भन्लान्?” जबजब म यी कुराहरू सोच्थेँ, मेरो मन दुख्थ्यो। मलाई लाग्थ्यो कि मैले एउटी आमाका रूपमा आफ्नो जिम्मेवारी पूरा गरेकी छैन र मैले साँच्चै मेरा छोराछोरीलाई निराश तुल्याएकी छु। म साँच्चै फर्केर गएर उनीहरूको हेरचाह गर्न चाहन्थेँ, तर म पक्राउ पर्छु कि भन्ने डर थियो। मेरो मन साह्रै तड्पिरहेको थियो। त्यसबेला, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय धेरै उज्यालो भयो। मेरा छोराछोरीलाई परमेश्वरको जिम्मामा सुम्पनु मैले उनीहरूको हेरचाह गर्नुभन्दा राम्रो होइन र? सबै कुरा परमेश्वरको सार्वभौमिकतामा छ, र मेरा दुई छोराछोरीको अवस्था राम्रो छ कि छैन भन्ने कुरा परमेश्वरकै हातमा थियो। यति सोचेपछि, मलाई त्यति दुःख लागेन।
मैले घर छोडेर बसेको समय लामो हुँदै जाँदा, मेरो छोरो बीस वर्ष पार भइसकेको थियो र बिहे गर्ने उमेरको थियो, र मलाई ऊ बिहे गर्न सक्षम हुन्छ कि हुँदैन भन्ने चिन्ता थियो। मेरा छोराछोरीले पहिले नै आफ्नो बुबा गुमाइसकेका थिए, र म उनीहरूको हेरचाह गर्न त्यहाँ थिइनँ, त्यसैले मलाई उनीहरूप्रति धेरै दुःख लाग्यो। सन् २००७ मा, जिल्ला अगुवा भएर ममा कर्तव्यमा बोझको बोध नभएका कारण मलाई बर्खास्त गरियो। मैले मेरा छोराछोरी मेरा भाइबहिनी बस्ने सहरमा काम गर्न गएका छन् भन्ने सुनेँ, त्यसैले म उनीहरूसँगै रहन फर्किएँ। मेरो छोराले मलाई देख्दा मप्रति धेरै रुखो बन्यो र मसँग बोलेन। उसले मलाई मैले आफ्नो आस्थाको मात्रै वास्ता गरेकी र उनीहरूलाई छाडेर हिँडेकी भन्यो। मलाई धेरै दोषी महसुस भयो र ऊ रिसाउनु ठीकै हो भन्ने लाग्यो। मेरा भाइबहिनी पनि मलाई भेट्न आए। मेरो भाइले मलाई यसो भन्दै हप्कायो, “तिमी गएको यत्तिका वर्षमा तिम्रा छोराछोरीले धेरै दुःख पाएका छन्। यसपालि फेरि नजानू। उनीहरू अब ठूला भइसके, त्यसैले तिमीले छिटोभन्दा छिटो आफ्नो छोराको बिहे गराउन सहयोग गर्नुपर्छ—यही नै सबैभन्दा महत्त्वपूर्ण हो।” मेरी बहिनीले भनी, “तिमी गएका यत्तिका वर्षमा, हामीलाई तिम्रो छोराको चिन्ता लागिरह्यो र हामीले उसलाई जागिर खोज्न पनि मदत गर्यौँ।” यो सुनेर, मलाई झनै दोषी र दुःखी महसुस भयो। मलाई म असल आमा होइन र मैले आफ्नो जिम्मेवारी पूरा गरेकी छैन भन्ने भयो। मेरो छोराले १७ वा १८ वर्षको उमेरमा नै आफ्ना लागि कमाउन सुरु गर्नुपर्यो, र मेरी छोरी, सानी र दुब्ली भए तापनि, गाह्रो शारीरिक परिश्रम गरिरहेकी थिई। यदि म घरमा भएको भए, उनीहरूले यति सानै उमेरमा काम सुरु गर्नुपर्ने थिएन। उनीहरूप्रति मैले गर्नुपर्ने कुराको पूर्ति गर्न, मैले उनीहरूको मनपर्ने खाना बनाउन र उनीहरूको लुगा धुन सक्दो प्रयास गरेँ, र मैले उनीहरूका लागि जे गर्न सक्थेँ, म मेरो सक्दो प्रयास गर्थें। मेरो छोराको बिहेका लागि पैसा बचत गर्न, मैले घरमै पिसरेटमा कपडा सिलाउने काम लिएँ। म राति काम गर्थें र बिहान अर्डरहरू पुर्याउँथे, अनि दिनको समयमा, म अझै पनि नयाँ विश्वासीहरूलाई मलजल गर्न, भेलाहरूमा उपस्थित हुन, र बिना कुनै अवरोध आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। सन् २००८ मा, म मण्डली अगुवाका रूपमा छानिएँ, तर त्यसबेला, मलाई धेरै दुविधा भयो। मलाई थाहा थियो मैले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ र समर्पित हुनुपर्छ, तर मलाई अगुवा हुँदा धेरै समय खान्छ र पैसा कमाउने समय नै हुनेछैन भन्ने चिन्ता भयो, अनि पैसा र घर नभएपछि मेरो छोरासँग बिहे गर्न को तयार होला र? मेरो श्रीमान् पहिले नै बित्नुभएको थियो, त्यसैले एउटी आमाका रूपमा, मेरो झनै धेरै जिम्मेवारी थियो। यदि मैले मेरो छोरालाई पैसा बचत गर्न मदत गरिनँ भने, उसले बिहे गर्न सक्ने थिएन—तब अरूले मलाई गैरजिम्मेवार आमा भन्ने थिएनन् र? यो सोचेर, मैले अगुवाको कर्तव्य लिन अस्वीकार गरेँ र नयाँ विश्वासीहरूलाई मलजल गर्ने कामलाई निरन्तरता दिएँ।
समय बित्दै गयो, र चाँडै नै सन् २०१० भयो। मेरो छोरो अब २५ वर्षको भयो, र उसका सबै साथीहरूको बिहे भइसकेको थियो, तर उसको अझै भएको थिएन। म धेरै चिन्तित थिएँ। यद्यपि मैले आफ्नो कर्तव्य निर्वाह गर्दै पैसा कमाउन काम गरिरहेकी थिएँ, तैपनि उसको बिहेका लागि मैले बचत गरेको पैसा अझै पनि अपुग नै थियो। अझ धेरै पैसा बचत गर्न, मैले झनै धेरै काम लिएँ। धेरैभन्दा धेरै नयाँ विश्वासीहरूले परमेश्वरको काम स्वीकार्दै जाँदा, म दिउँसो आफ्नो कर्तव्य पूरा गर्थें र राति अबेरसम्म काम गर्थें, जसले गर्दा नयाँ विश्वासीहरूलाई मलजल गर्न मसँग कम समय र ऊर्जा हुन्थ्यो, र उनीहरूलाई साँचो मार्गमा जरा गाड्न मदत गर्ने तरिकाले कसरी सङ्गति गर्ने भन्नेबारे मैले विरलै घोत्लिन्थेँ, अनि नयाँ विश्वासीहरूका कठिनाइ वा समस्याहरू समाधान गर्ने सन्दर्भमा ममा बोझको बोध नै थिएन। म बेलुका ५ बजेदेखि काम सुरु गर्ने भएकीले, कहिलेकाहीँ मध्यरात वा बिहान १ बजेसम्म काम गर्थें, र त्यसपछि मैले बिहान ४ बजेसम्ममा काम बुझाउनुपर्थ्यो। भोलिपल्ट, आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई रिँगटा लागेको र अलमल भएको महसुस हुन्थ्यो। केही समयपछि, मैले मलजल गरेका केही नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा उपस्थित हुन समेत छाडे। ममा मेरो कर्तव्यमा बोझको बोध नभएकाले, अन्ततः मलाई बर्खास्त गरियो। मलाई धेरै दुःख लाग्यो। मैले पहिले अगुवाको कर्तव्य कसरी अस्वीकार गरेकी थिएँ भन्ने सम्झेँ, र अब त मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम पनि राम्ररी गरेकी थिइनँ। मलाई प्रार्थना गर्न पनि लाज लाग्यो। अब, कर्तव्य नहुँदा, म पूरै समय काम गरेर मेरो छोराका लागि पैसा बचत गर्न त सक्थेँ, तर मेरो हृदयले अन्धकार महसुस गर्यो र आफूलाई भएको महसुस मैले बयान गर्न सकिनँ।
त्यस समयमा, म काम गर्दै भजनहरू सुन्थेँ। परमेश्वरका वचनहरूको “गुमाएको समय फेरि कहिल्यै आउँदैन” शीर्षकको एउटा भजनमा यसो भनिएको छ: “सतर्क रह! सतर्क रह! खेर गएको समय फेरि कहिल्यै फर्केर आउनेछैन—यो कुरा याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, म तिमीहरूलाई अरू के नै भन्न सक्थेँ र? के मेरो वचन तिमीहरूको होसियारीपूर्ण मनन, तिमीहरूको बारम्बारको मननयोग्य छैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। परमेश्वरका वचनहरूले मलाई साँच्चै छोयो। परमेश्वरले यति धेरै र यति गम्भीरतापूर्वक बोल्नुभएको छ, तैपनि म किन अझै यति हठी र फर्कन नचाहने भएकी हुँ? मेरो हृदयमा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, मलाई यो अवस्थाबाट बाहिर निकाल्न अगुवाइ गरिदिनुहोस् भनेर बिन्ती गरेँ। मैले आफैलाई सोधिरहेँ, “के मैले मेरो छोराको बिहेका लागि पैसा कमाउनकै लागि सत्यता पछ्याउन छोड्नुपर्ने हो?” मैले परमेश्वरका केही वचनहरू सम्झेँ: “तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्?” “यदि तँ जीवनमा सत्यताका लागि कष्ट भोग्दैनस् वा त्यो प्राप्त गर्न खोज्दैनस् भने, के तैँले मृत्युको घडीमा पछुतो महसुस गर्न चाहेको हुन सक्छ? यदि त्यसो हो भने, किन परमेश्वरमा विश्वास गर्नु?” त्यसपछि मैले परमेश्वरका वचनका यी दुई खण्ड भेट्टाएँ र पढेँ। परमेश्वर भन्नुहुन्छ: “सङ्कल्प भएका र परमेश्वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन् र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन। तैँले थाहै नपाई, तेरो जीवन बितेर जानेछ; त्यसपछि के तैँले अझै पनि परमेश्वरलाई प्रेम गर्ने यस्तो अवसर पाउनेछस्? के मानिसले आफू मरेपछि परमेश्वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्तै सङ्कल्प र विवेक हुनुपर्छ; तैँले अर्थपूर्ण जीवन जिउनैपर्छ, र आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न जरुरी छ—तैँले कसरी आफूलाई परमेश्वरप्रति अर्पित गर्नुपर्छ, तैँले कसरी परमेश्वरमा अझ अर्थपूर्ण विश्वास राख्नुपर्छ, र तैँले परमेश्वरलाई प्रेम गर्ने हुनाले, तैँले कसरी उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले प्रेम गर्नुपर्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ। … पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। “यस मार्गमा, धेरै मानिस थुप्रै ज्ञानका कुरा बोल्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र तिनीहरू व्यर्थमा एउटा जीवनकाल खेर फालेकोमा र बुढेसकालसम्म जिएकोमा आफैलाई घृणा गर्छन्। तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यता अभ्यास गर्न सक्दैनन् वा परमेश्वरको गवाही दिन सक्दैनन्; तिनीहरू केवल यता-उता दौडिन्छन्, काममा घाँटीसम्म डुबेका हुन्छन्, अनि मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाही नभएको र तिनीहरूले परमेश्वरलाई बिलकुल नचिनेको कुरा अन्ततः देख्छन्। अनि के यो धेरै ढिलो हुँदैन र? तँ किन आजको सदुपयोग गरेर आफूले प्रेम गर्ने सत्यता पछ्याउँदैनस्? किन भोलिसम्म कुर्छस्? यदि तँ जीवनमा सत्यताका लागि कष्ट भोग्दैनस् वा त्यो प्राप्त गर्न खोज्दैनस् भने, के तैँले मृत्युको घडीमा पछुतो महसुस गर्न चाहेको हुन सक्छ? यदि त्यसो हो भने, किन परमेश्वरमा विश्वास गर्नु?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ)। परमेश्वरको कामको यो चरण मानवजातिलाई मुक्ति दिने अन्तिम काम हो। मैले यो मौका पाएकी थिएँ, तर कदर गरिनँ, र जुन दिन परमेश्वरको काम समाप्त हुन्छ, त्यतिबेला मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहेँ भने पनि कुनै मौका हुनेछैन, र तब पनि म हटाइने थिइनँ र? परमेश्वरका वचनहरू धेरै स्पष्ट छन्। परमेश्वरमा विश्वास गर्नु, सत्यता पछ्याउनु, र सत्यता प्राप्त गर्नु जीवनका सबैभन्दा ठूला कुराहरू हुन्, र ती सबैभन्दा अर्थपूर्ण कुराहरू पनि हुन्। तर मैले असल आमा बन्नका खातिर अगुवाको कर्तव्यलाई पन्छाएँ, किनकि मलाई अगुवाको कर्तव्य गर्दा मेरो छोराका लागि पैसा कमाउन ढिलाइ हुन्छ भन्ने डर थियो। परमेश्वरको काम भर्खरै स्वीकारेका नयाँ विश्वासीहरूका धेरै धारणाहरू हुन्छन् जसबारे सङ्गति गरेर समाधान गर्न आवश्यक हुन्छ, तर मैले केवल मेरो छोराप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कमीलाई कसरी पूर्ति गर्ने भन्नेबारे मात्र सोचेँ। म नयाँ विश्वासीहरूका समस्याहरू समाधान गर्न थप समय खर्च गर्न तयार थिइनँ, र मैले भेलाहरूमा केवल झारा मात्रै टारिरहेकी थिएँ। यसले गर्दा नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा उपस्थित भएनन्। मैले परमेश्वरका वचनको यति धेरै मलजल र आपूर्ति पाएकी थिएँ, र परमेश्वरले मलाई मुक्तिको मौका पनि दिनुभएको थियो—तर मैले परमेश्वरलाई के फर्काएँ? आफ्नो कर्तव्य अस्वीकार गर्नुबाहेक, म झाराटारुवा र गैरजिम्मेवार पनि भएकी थिएँ। ममा कसरी अलिकति पनि मानवता थियो र! अब त मैले पाएको एकमात्र कर्तव्य पनि गुमाएँ, यसरी जिउनुको के अर्थ थियो र? यसरी जिएर—कर्तव्य पनि पूरा गर्ने र छोराछोरीलाई सन्तुष्ट पार्न पनि खोज्ने, आफ्नो कर्तव्यप्रति बफादार नहुने, र दुवैतिर खुट्टा राख्न खोज्ने—अन्तमा, मैले के पाउने थिएँ र? परमेश्वरको कामले कसैलाई पर्खँदैन, र यदि मैले अहिले यसलाई पछ्याइनँ भने, मैले अर्को मौका पाउने थिइनँ। मैले मेरो स्नेहलाई पन्छाएर सत्यता पछ्याउनुपर्थ्यो। त्यसको केही समयपछि, मैले फेरि आफ्नो कर्तव्य सुरु गरेँ।
सन् २०११ मा, मलाई मलजल डिकनका रूपमा छानियो। त्यसबेला, म अझै पनि केही हदसम्म दुबिधामा थिएँ। मलजल डिकन हुनु ठूलो जिम्मेवारी थियो, र मेरो छोराका लागि पैसा कमाउन मसँग कम समय हुनेथ्यो। तर, मैले के पनि सोचेँ भने केही वर्षदेखि म छोराको बिहेका लागि पैसा जोड्न अति नै लागिपरेकी थिएँ—ममा कर्तव्यप्रति कुनै बोझ नै थिएन, मैले मण्डलीको काममा ढिलाइ गरेकी थिएँ, र मेरो आफ्नै जीवनले पनि क्षति भोगेको थियो—तैपनि मण्डलीले अझै पनि मलाई यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गर्यो। मैले अब उप्रान्त परमेश्वरविरुद्ध विद्रोह गर्न मिल्दैनथ्यो, र मैले आफ्नो क्षमताले भ्याएसम्म यसलाई गर्नुपर्थ्यो। त्यसैले, मैले यसलाई स्विकारेँ। तर मेरो हृदयमा, म अझै पनि हामीसँग पैसा नभएका कारण छोराले बिहे गर्न सक्दैन कि भन्नेबारे चिन्तित रहन्थेँ। सन् २०१४ मा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई यो चिन्तालाई केही हदसम्म पन्छाउन मदत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब कुनै व्यक्ति परिपक्वतामा पुग्छ, तब ऊ आफ्ना आमाबुबालाई छोडेर आफ्नै खुट्टामा उभिने अवस्थामा पुगेको हुन्छ। यही बेला उसले जीवनमा आफ्नो भूमिका साँच्चै खेल्न थाल्छ, र ठीक यही बेला उसको जीवनको मिसन बिस्तारै अस्पष्ट र धमिलो अवस्थाबाट स्पष्ट र प्रस्ट हुँदै जान्छ। बाहिरी रूपमा उसले आफ्ना आमाबुबासँग घनिष्ठ सम्बन्ध कायम राखे पनि, उसले खेल्ने भूमिका र उसको जीवनको मिसनको उसका आमाबुबासँग कुनै सरोकार नहुने हुनाले, सारमा ऊ बिस्तारै आत्मनिर्भर हुने क्रममा यो घनिष्ठ सम्बन्धमा अलिअलि गर्दै चिरा पर्छ। दैहिक दृष्टिकोणबाट हेर्दा, ऊ अवचेतन रूपमा आफ्ना आमाबुबामा निर्भर भइरहनबाट जोगिन सक्दैन, तर एउटा वस्तुगत तथ्यको रूपमा, जब कोही पूर्ण रूपमा हुर्किसकेको हुन्छ, तब ऊ सबै तरिकाले आफ्ना आमाबुबाबाट पूर्ण रूपमा अलग हुन्छ, र उसले ग्रहण गर्ने भूमिका ऊ आफैले स्वतन्त्र रूपमा पूरा गर्नेछ। जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका पूरा गर्न मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूले मेरो हृदयलाई धेरै उज्यालो बनायो। मैले के बुझेँ भने मेरो जिम्मेवारी मेरा छोराछोरीलाई संसारमा ल्याउनु, उनीहरूलाई हुर्कने वातावरण प्रदान गर्नु, र उनीहरूलाई वयस्क नहुन्जेल हुर्काउनु मात्र थियो। तर छोराछोरी हुर्कंदै जाँदा आफ्ना आमाबाबुभन्दा पूर्ण रूपमा अलग जीवन जिउँछन्। हामी सबैका आ-आफ्नै मिसनहरू छन्। म एक सृजित प्राणी हुँ, र मेरो दायित्व एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु हो, सधैँ छोराछोरीका लागि भनेर जीवन जिउनु होइन। ती वर्षहरूमा, मैले छोराप्रतिको मेरो ऋणी भावनालाई परिपूर्ति गर्न, उसलाई बिहे गरी परिवार सुरु गर्न मदत पुगोस् भन्ने आशमा, पैसा जोड्न कडा परिश्रम गरेकी थिएँ; यसो गरेर मात्र मैले उसका लागि भएको कमीको पूर्ति गर्न सक्छु भन्ने सोचेकी थिएँ। पैसा कमाउनका लागि, मैले अगुवाको कर्तव्यसमेत अस्वीकार गरेँ र नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा गैरजिम्मेवार भएँ। यसले मेरो जीवन प्रवेश र मण्डलीको काममा हानि पुर्यायो। अब मैले के बुझेँ भने मेरो छोराले बिहे गर्न सक्छ कि सक्दैन भन्ने कुरा ममा निर्भर थिएन, उसलाई गाडी वा घर किन्न पैसा जोडिदिँदैमा त्यसको ग्यारेन्टी हुँदैनथ्यो, र परमेश्वरले मेरो छोराको बिहे पहिले नै पूर्वनिर्धारित गरिसक्नुभएको थियो। म यसलाई बदल्न सक्दिनथेँ। मैले एक छिमेकीलाई सम्झेँ: श्रीमान् र श्रीमती दुवै अपाङ्ग थिए र उनीहरूसँग न घर थियो न त गाडी, तैपनि उनीहरूको छोराले सानै उमेरमा बिहे गरेर आफ्नो परिवार सुरु गर्यो। मेरो एक आफन्त पनि हुनुहुन्छ जसको परिवारसँग लाखौंको बचत छ र गाडी र घर दुवै छ, तर उहाँको ३० वर्ष नाघेको छोराको अझै बिहे भएको छैन। यसबाट, मैले के देखेँ भने बिहे धनसम्पत्तिले तय गर्दैन, र सबै कुरा परमेश्-वरको हातमा छ। यो बुझेपछि मेरो हृदयमा धेरै हलुका महसुस भयो, र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने, मेरो छोराको बिहे पूर्ण रूपमा परमेश्वरलाई सुम्पने, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने निर्णय गरेँ।
सन् २०१७ मा, मेरो छोराले बिहे गर्यो र ससुरालीमा बस्न थाल्यो। मेरी बुहारीले कुरा छिन्ने क्रममा कुनै उपहार मागिनन् वा कुनै माग राखिनन्। मैले उसलाई ३०,००० युआन मात्र दिएँ, र कुनै औपचारिक विवाह समारोह भएन। आफन्त र साथीभाइहरू केवल खाना खान भेला भए, र कार्यक्रम साधारण तरिकाले सम्पन्न भयो। म खुसी हुनुपर्थ्यो, तर मेरो हृदयमा अझै पनि ग्लानि थियो, मैले छोराका लागि भव्य बिहे आयोजना गरेकी छैनँ, थोरै रकम मात्र दिएकी छु र आमाको जिम्मेवारी पूरा गरेकी छैनँ भन्ने लागिरह्यो, जसले मलाई पछुतो महसुस गरायो। सन् २०१९ मा, मेरी बुहारी गर्भवती भइन् र मलाई उनको हेरचाह गर्न अनुरोध गरिन्। त्यस समयमा, म धेरै मण्डलीहरूको लेखन-पठनको कामका लागि जिम्मेवार थिएँ, र म मेरी बुहारीको हेरचाह गर्न गएँ भने त्यसले मेरो कर्तव्यमा ढिलाइ गर्ने थियो। तर के सोच आयो भने यत्तिका वर्षदेखि मैले मेरो छोरालाई धेरै दिएकी छैन। अब मेरो छोरो पैसा कमाउन बाहिर काम गरिरहेको थियो, र मलाई के लाग्यो भने मेरी गर्भवती बुहारीको हेरचाह गर्नु मैले गर्नुपर्ने काम हो, र यदि मैले यसपटक उसको बोझ कम गर्न मदत गर्न सकिनँ भने, मैले उसको चित्त दुखाउनेछु। तब के मेरा आफन्तहरूले मलाई एकदमै गैरजिम्मेवार आमा भन्दैनन् होला र? म शान्त हुन सकिनँ, र मैले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा केन्द्रित गर्न सकिनँ, जसले गर्दा मेरो कर्तव्य निर्वाहको प्रभावकारितामा केही कमी आयो। सुपरिवेक्षकले यो कुरा थाहा पाए र त्यसपछि मेरो स्थितिसँग सम्बन्धित परमेश्वरका केही वचनहरू मेरा लागि खोजिदिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यस वास्तविक समाजमा जिउने मानिसहरू शैतानद्वारा गहिरोसित भ्रष्ट पारिएका हुन्छन्। तिनीहरू शिक्षित भए पनि वा नभए पनि, तिनीहरूका विचार र दृष्टिकोणहरूमा परम्परागत संस्कृतिबाट आएका धेरै कुराहरू रहेका हुन्छन्। विशेषतः महिलाहरूले आफ्ना श्रीमान्को ख्याल गर्नुपर्ने र आफ्ना सन्तानलाई हुर्काउनुपर्ने, र उनीहरू असल श्रीमती र मायालु आमा बन्नुपर्ने, आफ्नो सारा जीवन आफ्ना श्रीमान् र सन्तानलाई समर्पित गर्नुपर्ने अनि उनीहरूका लागि जिउनुपर्ने हुन्छ। उनीहरूले घरायसी कामहरू सबै उचित तरिकाले सम्हाल्नुपर्छ, जस्तै परिवारको दैनिक खाना, धुने र सफा गर्ने काम। यो नै असल श्रीमती र मायालु आमा हुनुको स्वीकार्य मानक हो। हरेक महिलाले पनि आफूले यही गर्नुपर्छ, र यदि आफूले त्यसो नगरे आफू असल नारी होइँदैन, र आफूले आफ्नो विवेक र नैतिकताको यो परम्परागत मानक उल्लङ्घन गरेको हुन्छ भनेर सोच्छे। कतिपय मानिसहरू यो नैतिक मानक उल्लङ्घन गर्नुलाई आफ्नो विवेकसँग मिलाउन सक्दैनन्; तिनीहरूलाई आफूले श्रीमान् र सन्तानप्रति गलत गरेको, आफू असल नारी नभएको भन्ने लाग्नेछ। तर जब तैँले परमेश्वरमा विश्वास गर्छस्, उहाँका धेरै वचनहरू पढ्छस्, केही सत्यताहरू बुझ्छस्, र केही मामिलाहरू छर्लङ्गै बुझ्छस्, तब तैँले सोच्नेछेस्, ‘म एक सृजित प्राणी हुँ र मैले एक सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ।’ यस बेला, असल श्रीमती र मायालु आमा हुनु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुबीच कुनै द्वन्द्व छ? यदि तँ असल श्रीमती र मायालु आमा हुन चाहन्छेस् भने, तँ पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनस्, तर यदि तँ पूर्णकालीन कर्तव्य निर्वाह चाहन्छेस् भने, तँ असल श्रीमती र मायालु आमा बन्न सक्दिनस्। अब के गर्छेस्? यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउन र मण्डलीको कामका लागि जिम्मेवार बन्न, र परमेश्वरप्रति अर्पित हुन रोज्छस् भने, तैँले असल श्रीमती र मायालु आमा हुन छोड्नैपर्ने हुन्छ। अब तँ के सोच्नेछेस्? तेरो मनभित्र कस्तो किसिमको अस्थिरता हुनेछ? के तँलाई आफूले आफ्नो सन्तान र श्रीमान्लाई निराश बनाएको महसुस हुनेछ? यो दोषीपन र असहजताको बोध कहाँबाट आउँछ? तैँले सृजित प्राणीको कर्तव्य पूरा नगर्दा, के तैँले परमेश्वरलाई निराश बनाएको छु भन्ने महसुस गर्छस्? तँमा दोषीपन वा धिक्कारको बोध हुँदैन किनकि तेरो मनमस्तिष्कमा सत्यताको नामनिसान केही छैन। त्यसैले, तँ के बुझ्छेस्? परम्परागत संस्कृति—असल श्रीमती र मायालु आमा बन्नुपर्ने कुरा। त्यसैले तेरो दिमागमा ‘यदि म असल श्रीमती र मायालु आमा होइन भने, असल वा सुशील नारी होइन’ भन्ने धारणा पलाउँछ। त्यसपछि तँ यो धारणाद्वारा बाँधिनेछेस् र जकडिनेछेस्, अनि तैँले परमेश्वरमा विश्वास गरेपछि र आफ्नो कर्तव्य निर्वाह गरेपछि पनि तँ त्यसरी नै बाँधिएकी र जकडिएकी हुनेछेस्। जब आफ्नो कर्तव्य निर्वाह गर्ने अनि असल श्रीमती र मायालु आमा बन्ने कुराबीच द्वन्द्व हुन्छ, तब तैँले सायद मन नलागी-नलागी आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्वरप्रति थोरै अर्पण देखाउन रोज्छेस्, तैपनि तेरो हृदयमा अझै पनि असहजताको अनुभूति र थोरै धिक्कार हुनेछ। तसर्थ, जब तँसँग कर्तव्य निर्वाह गर्ने क्रममा अलिअलि खालि समय हुन्छ, तब तँ आफ्ना सन्तान र श्रीमान्को हेरचाह गर्ने मौका खोज्नेछेस्, उनीहरूका लागि झन् बढी गर्न चाहनेछेस्, र अझ बढी कष्ट भोग्नुपरे पनि मनको शान्ति मिलेसम्म यसो गर्नु ठिकै हुन्छ भनी सोच्नेछेस्। के यो असल श्रीमती र मायालु आमा बन्ने परम्परागत संस्कृतिको विचार र सिद्धान्तले ल्याएको होइन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। “शैतानले यी परम्परागत संस्कृतिहरू र नैतिकतासम्बन्धी यी धारणाहरूलाई तेरो हृदय र मनलाई बाँध्न प्रयोग गर्छ, जसले गर्दा तेरा दृष्टिकोणहरू बेतुके बन्छन् र तैँले आफ्नो हृदयमा परमेश्वरलाई इन्कार गर्छस् र उहाँको प्रतिरोध गर्छस्, यसरी तँ परमेश्वरका वचनहरू स्वीकार गर्न असक्षम हुन्छस्; तँलाई शैतानका यी कुराहरूले कब्जा गरेको हुन्छ, र तँलाई परमेश्वरका वचनहरू स्वीकार गर्न असक्षम तुल्याइएको हुन्छ। यदि तँ परमेश्वरका वचनहरू अभ्यास गर्न चाहन्छस् भने, यी कुराहरूले काम गर्नेछन् र तँभित्र बाधाहरू उत्पन्न गर्नेछन्, र तँलाई सत्यता र परमेश्वरका मागहरूको प्रतिरोध गर्न लगाउनेछन्। यदि तैँले परम्परागत संस्कृतिको बन्धनबाट आफूलाई मुक्त गर्न चाहे पनि, तँसँग त्यसो गर्ने शक्ति नै हुनेछैन। केही समय सङ्घर्ष गरेपछि, तैँले सम्झौता गर्छस्। तैँले परम्परागत नैतिकताका धारणाहरू सही छन् र सत्यतासँग मिल्दो छन् भनी विश्वास गर्नेछस्, र त्यसैले तैँले परमेश्वरका वचनहरूलाई इन्कार वा शङ्का गर्नेछस्, परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनस्, तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी वास्ता गर्नेछैनस्, र यस्तो महसुस गर्छस् कि, आखिरमा, तँ अझै पनि यही संसारमा जिउने हो, र यी कुराहरूमा भर परेर मात्रै जीवनमा अगाडि बढ्ने बाटो पाउन सकिन्छ। जनमतको निन्दा सहन नसकेर, तैँले सत्यता र परमेश्वरका वचनहरू त्याग्ने निर्णय गर्नेछस्, र बरु तँ परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी धारणाहरूमा टाँसिनेछस्, शैतानको पक्षमा जानेछस् र शैतानसँग खडा हुनेछस्, सत्यता स्वीकार गर्नुभन्दा बरु परमेश्वरलाई चिढ्याउन रुचाउनेछस्। मलाई भन त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्वरको मुक्ति चाहिएको छैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने “असल श्रीमती र मायालु आमा” को परम्परागत चिनियाँ सांस्कृतिक विचार शैतानले महिलाहरूलाई बाँध्ने एउटा साङ्लो हो, जसले मानिसहरूलाई के विश्वास गराउँछ भने एक असल महिला आफ्नो श्रीमान् र छोराछोरीका लागि जिउनुपर्छ, र सधैँ उनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ, र जबसम्म उसले आफ्नो श्रीमान् र छोराछोरीलाई सन्तुष्ट पार्न सक्छे, चाहे जतिसुकै गाह्रो वा थकाइलाग्दो होस्, उसले त्यो गर्नुपर्छ, र यदि उसले त्यसो गर्न असफल भई भने, ऊ असल श्रीमती वा मायालु आमा होइन, र अरूले उसको खिल्ली उडाउनेछन्। म यही स्थितिमा थिएँ। सानैदेखि, मैले मेरी आमालाई हाम्रो परिवारको जीवनयापन सहज बनाउन बिहानदेखि साँझसम्म काम गरेको देखेँ, र उहाँले मेरो दाइको बिहेको तयारीको व्यवस्था पनि गर्नुभयो। गाउँलेहरू सबैले मेरी आमालाई असल श्रीमती र आमा भनेर प्रशंसा गर्थे। मेरी आमाबाट प्रभावित भएर, बिहेपछि, मैले मेरो श्रीमान् र छोराछोरीको धेरै हेरचाह गरेँ। मेरा श्रीमानले मलाई एक सद्गुणी श्रीमती भन्नुभयो, र मेरा छोराछोरीले मलाई एक असल र मायालु आमा भने। मेरा श्रीमानको मृत्युपछि, मैले बुबाको जिम्मेवारी पनि सम्हालेँ, र मैले मेरा बच्चाहरूलाई स्कुल पढाउने पैसा कमाउन कडा परिश्रम गरेँ, र जतिसुकै गाह्रो भए पनि, मैले त्यो एक्लै वहन गरेँ। परमेश्वरलाई पाएपछि, चिनियाँ कम्युनिष्ट पार्टीको सतावटको कारण म घर छोड्न बाध्य भएँ, र यद्यपि मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ, मेरो हृदय सधैँ मेरा बच्चाहरूमा थियो, र म उनीहरूप्रति ऋणी महसुसको स्थितिमा जिइरहेकी थिएँ। विशेष गरी जब मैले मेरो छोरालाई बिहे गर्ने उमेरमा पुगेको देखेँ, र मैले उसलाई आर्थिक सहयोग गर्न सकिनँ, तब मलाई म आमाका रूपमा असफल भएकी छु भन्ने झनै बढी महसुस भयो। मण्डली अगुवाका रूपमा छानिएपछि, मलाई थाहा थियो मैले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ, तर मलाई छोराको बिहेका लागि पैसा जोड्न ढिलो हुने डर थियो, त्यसैले मैले यो कर्तव्य अस्वीकार गरेँ। नयाँ विश्वासीहरूलाई मलजल गर्दा पनि, मेरो हृदय त्यसमा थिएन, किनकि मेरो सम्पूर्ण ध्यान मेरो छोराका लागि पैसा कमाउनमा थियो, जसले गर्दा नयाँ विश्वासीहरूले समयमै मलजल पाएनन्। अब, मेरी बुहारीको हेरचाह गर्ने अवस्था आइपर्दा, म उनीकहाँ नगएकी भए पनि, मेरो हृदय पहिल्यै परमेश्वरबाट टाढा भइसकेको थियो। म मेरो छोराप्रति ऋणी महसुसको स्थितिमा जिइरहेकी थिएँ, र मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने मन थिएन। यसले मेरो कर्तव्य निर्वाहको प्रभावकारितामा कमी ल्यायो। म “असल श्रीमती र मायालु आमा” हुनुपर्छ भन्ने परम्परागत विचारले बाँधिएकी थिएँ, त्यसैले जबजब मेरो कर्तव्य यससँग बाझिन्थ्यो, मेरो विचार सधैँ मेरा बच्चाहरूको चित्त नदुखाउने कुरामा हुन्थ्यो, र मैले मण्डलीको हितको पटक्कै वास्ता गरिनँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकी थिएँ र उहाँका वचनहरूको यति धेरै मलजल र आपूर्ति पाएकी थिएँ, तैपनि म उहाँविरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने कामहरू गरिरहेकी थिएँ। ममा साँच्चै अलिकति पनि मानवता थिएन! अब मैले के बुझेँ भने यी परम्परागत सांस्कृतिक विचारहरू शैतानले मानिसहरूलाई बाँध्न प्रयोग गर्ने औजारहरू हुन्, जसले मलाई एक असल आमाको ख्याति कमाउनका लागि मात्र जिउने बनायो, र अन्ततः एक सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न असफल भएकोमा हटाइने अवस्थामा पुर्यायो। परमेश्वरका वचनहरूले मलाई शैतानको कपटपूर्ण अभिप्रायहरू खुट्याउन मदत गर्यो। म अबउसो परम्परागत संस्कृतिद्वारा बाँधिन र नियन्त्रित हुन सक्दिनथेँ, र मैले परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्थ्यो।
त्यसपछि मैले परमेश्वरका अरू वचनहरू पढेँ र मेरो हृदय निकै उज्यालो भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले ‘परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ’ भनेर भन्नुहुँदा, यसको अर्थ के हुन्छ? यसको अर्थ सबैलाई यो कुरा बोध गराउनु हो: हाम्रो जीवन र आत्मा सबै परमेश्वरबाट आउँछन्; र ती उहाँद्वारा सृष्टि गरिएका थिए—ती हाम्रा बुबाआमाबाट आउँदैनन्, र प्रकृतिबाट त झन् ती पक्कै आउँदैनन्, ती त हामीलाई परमेश्वरले दिनुभएको हो; यति मात्र हो कि हाम्रो देहको जन्म हाम्रा बुबाआमाबाट भएको हुन्छ, र हाम्रा छोराछोरी हामीबाट जन्मेका हुन्छन्, तर उनीहरूको भाग्य पूर्ण रूपमा परमेश्वरको हातमा हुन्छ। हामीले परमेश्वरमा विश्वास गर्न सक्नु त उहाँद्वारा दिइएको अवसर हो; यसलाई परमेश्वरले नै तोक्नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तैँले अरू कसैप्रति आफ्नो दायित्व वा जिम्मेवारी पूरा गर्न आवश्यक छैन; तैँले सृजित प्राणीका रूपमा आफूले परमेश्वरप्रति पूरा गर्नुपर्ने कर्तव्य मात्र पूरा गर्नुपर्छ। मानिसहरूले अरू कुनै पनि कुराभन्दा माथि राखेर गर्नुपर्ने काम यही हो, र यो मानिसहरूले आफ्नो जीवनमा सबैभन्दा पूरा गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दिनस् भने, तँ मानकअनुरूपको सृजित प्राणी होइनस्। अरूको नजरमा, तँ सायद असल श्रीमती र मायालु आमा, सक्षम गृहिणी, आमाबुबाभक्त छोरी, र समाजकी असल सदस्य होलिस्, तर परमेश्वरसामु, तँ उहाँविरुद्ध विद्रोह गर्ने, परमेश्वरमा विश्वास गर्ने तर सृजित प्राणीको कर्तव्य र दायित्व पूरा नगर्ने, परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउने, साँचो रूपमा परमेश्वरप्रति समर्पित नहुने व्यक्ति होस्, र तँलाई खुलासा गरेर हटाइनेछ। के यस्तो व्यक्तिले परमेश्वरको अनुमोदन पाउन सक्छ? यस्ता मानिसहरू रद्दी हुन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। म एक सृजित प्राणी हुँ, र आफ्नो कर्तव्य पूरा गर्नु मेरो जिम्मेवारी हो। यदि मैले आफ्नो कर्तव्य राम्ररी गर्न सकिनँ भने, म परमेश्वरको मुक्ति पाउन योग्य छैन। यदि म एक असल श्रीमती र मायालु आमा भएँ भने पनि, यसको अर्थ मैले सत्यता अभ्यास गरिरहेकी छु भन्ने हुँदैन, र यसले परमेश्वरको अनुमोदन पाउँदैन। पहिले, म परम्परागत संस्कृतिअनुसार जिउँथेँ, सधैँ एक असल श्रीमती र मायालु आमा बन्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने बीचमा सङ्घर्ष गर्थें। यसले मलाई शारीरिक र मानसिक रूपमा थकित बनायो, र म असह्य पीडामा थिएँ। अब मैले परमेश्वरको अभिप्राय बुझेँ। मानिसको जीवनमा सबै कुरा परमेश्वरबाट आउँछ, म कसैको ऋणी थिइनँ, र मेरो सबैभन्दा ठूलो ऋण त परमेश्वरप्रति थियो। केवल सत्यता पछ्याउनु र आफ्नो कर्तव्य पूरा गर्नु नै सबैभन्दा अर्थपूर्ण कुरा हो। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, मेरी बुहारीलाई परमेश्वरको हातमा सुम्पिएँ, र पहिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने छनौट गरेँ। पछि, मैले मेरी बुहारीले बच्चा जन्माउँदा सबै कुरा सहज रूपमा भएको थाहा पाएँ, र मेरो छोरा र बुहारीले पनि म हेरचाह गर्न नगएकोमा मलाई दोष दिएनन्। मैले आफ्नो हृदयमा परमेश्वरलाई धन्यवाद दिएँ!
पछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढें, र हाम्रा वयस्क छोराछोरीलाई कसरी व्यवहार गर्नुपर्छ भनेर बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरमा विश्वास गर्ने व्यक्तिका रूपमा, यदि तँ सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न चाहन्छस् भने, तेरो बाँकी जीवनमा रहेको ऊर्जा र समय तैँले निर्वाह गर्ने कर्तव्यमा र परमेश्वरले तँलाई सुम्पनुभएको कुरामा खर्चिनुपर्छ; तैँले छोराछोरीमाथि समय खर्चनु हुँदैन। तेरो जीवन छोराछोरीको स्वामित्वको होइन, र त्यसलाई तिनीहरूको जीवन वा अस्तित्वको लागि वा तिनीहरूप्रति तेरा अपेक्षाहरू पूरा गर्नका लागि सक्काउनु हुँदैन। बरु, त्यसलाई परमेश्वरले तँलाई दिनुभएको कर्तव्य र आज्ञा, साथै तैँले सृजित प्राणीका रूपमा पूरा गर्नुपर्ने मिसनमा अर्पित गर्नुपर्छ। तेरो जीवनको मूल्य र अर्थ यसैमा हुन्छ। यदि तँ आफ्नो इज्जत गुमाएर तेरा छोराछोरीको दास बन्न, तिनीहरूबारे चिन्ता लिन, र तिनीहरूप्रतिका तेरा आफ्नै अपेक्षाहरू पूरा गर्न तिनीहरूको लागि जे पनि गर्न तत्पर छस् भने, यो सबै व्यर्थ र मूल्यहीन छ, र यसलाई याद गरिनेछैन। यदि तँ त्यसो गर्न जिद कस्छस् र यी विचार र व्यवहारहरू त्याग्दैनस् भने, त्यसको अर्थ तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, तँ मानकअनुरूपको सृजित प्राणी हैनस्, र तँ एकदमै विद्रोही छस्, साथै तैँले परमेश्वरले तँलाई दिनुभएको जीवन र समय दुवैलाई प्रिय ठान्दैनस् भन्ने मात्र हुन्छ। यदि तेरो जीवन र समय तेरो देह र स्नेहको लागि मात्र खर्चिइयो, र परमेश्वरले तँलाई दिनुभएको कर्तव्यमा खर्चिइएन भने, तेरो जीवन अनावश्यक र मूल्यहीन छ। तँ जिउन लायक छैनस्, तँ परमेश्वरले दिनुभएको जीवनको आनन्द लिन लायक छैनस्, र तँ परमेश्वरले तँलाई प्रदान गर्नुभएको सबथोक उपभोग गर्न योग्य छैनस्। परमेश्वरले तँलाई सन्तान प्रदान गर्नुभएको तैँले तिनीहरूलाई हुर्काउने प्रक्रियाको आनन्द लिन, आमाबुबाका रूपमा त्यसबाट जीवन अनुभव प्राप्त गर्न, मानवजातिको भावी पुस्ताहरू फैलाउने विशेष र असाधारण अनुभव प्राप्त गर्नका लागि मात्र हो। अवश्य नै, यसको उद्देश्य आमाबुबाका रूपमा सृजित प्राणीको जिम्मेवारी पूरा गर्नु पनि हो। यो तेरो लागि परमेश्वरले नियोजन गर्नुभएको अर्को पुस्ताप्रतिको जिम्मेवारी हो, साथै आमाबुबाका रूपमा तैँले अर्को पुस्ताका लागि खेल्ने भूमिका पनि हो। परमेश्वरले तँलाई, एकातिर, छोराछोरी हुर्काउने असाधारण प्रक्रियाको अनुभव गर्न दिनका लागि, र अर्कोतिर, तँलाई भावी पुस्ताहरू फैलाउनमा भूमिका खेल्न दिनका लागि, सन्तान प्रदान गर्नुभयो। जब यो दायित्व पूरा गरिन्छ, र तेरा छोराछोरीहरू वयस्क हुन्छन्, तब तिनीहरू अत्यधिक सफल हुन्छन् वा केवल सादा र साधारण व्यक्ति रहन्छन् भन्ने कुराको तँसँग कुनै सरोकार हुँदैन, किनभने तिनीहरूको नियति तैँले निर्धारण गर्न सक्ने कुरा होइन, न त यो तैँले रोज्ने कुरा नै हो, र यो तैँले तिनीहरूलाई प्रदान गर्ने कुरा त झनै होइन—यो परमेश्वरद्वारा पूर्वनियोजन गरिएको हुन्छ। यो परमेश्वरद्वारा पूर्वनियोजन गरिएको हुने हुनाले, तैँले तिनीहरूको जीवन वा तिनीहरूको अस्तित्वमा हस्तक्षेप गर्नु वा घुस्नु हुँदैन। तिनीहरूका बानीबेहोरा, दैनिक दिनचर्या, र जीवनप्रतिको मनोवृत्ति, तिनीहरूसँग जस्तोसुकै जीविका चलाउने तरिकाहरू भए पनि, जीवनप्रति जस्तोसुकै दृष्टिकोण भए पनि, संसारप्रति जस्तोसुकै मनोवृत्ति भए पनि, तिनीहरूले जस्तोसुकै मार्ग पछ्याए पनि—यी तेरो सरोकारका विषय होइनन्। यी मामिलाहरूलाई हातमा लिएर दुःख भोग्ने तेरो कुनै दायित्व छैन, र तिनीहरू हरेक दिन खुसीसाथ जिउँछन् भनी सुनिश्चित गर्नका लागि तँसँग कुनै उपाय पनि छैन। यस सन्दर्भमा तेरा सबै प्रयासहरू अनावश्यक छन्। … त्यसकारण, आमाबुबाले लिनुपर्ने सबैभन्दा तर्कसङ्गत मनोवृत्ति भनेको छोराछोरी हुर्केपछि तिनीहरूलाई जान दिनु, तिनीहरूलाई आफै जीवन अनुभव गर्न दिनु, अनि तिनीहरूलाई स्वतन्त्र रूपमा जिउन र जीवनका विविध चुनौतीहरू आफै सामना गर्न, सम्हाल्न र समाधान गर्न दिनु हो। यदि तिनीहरूले तँबाट मद्दत लिन खोज्छन् र तँसित तिनीहरूलाई मद्दत गर्ने क्षमता र अवस्था छ भने, अवश्य नै तैँले सहयोगी हात फैलाउन र आवश्यक सहयोग दिन सक्छस्। तथापि, तैँले एउटा तथ्य बुझ्नैपर्छ: तैँले जस्तोसुकै मद्दत गरे पनि, चाहे त्यो आर्थिक होस् वा मनोवैज्ञानिक, त्यो अस्थायी मात्र हुन सक्छ र त्यसले कुनै पनि सारभूत समस्याहरू समाधान गर्न सक्दैन। तिनीहरूले जीवनको मार्ग आफै खोज्नुपर्छ, र तँसित तिनीहरूको कुनै पनि कामकाज वा परिणामको जिम्मेवारी वहन गर्नुपर्ने कुनै दायित्व छैन। आफ्ना वयस्क छोराछोरीप्रति आमाबुबामा हुनुपर्ने मनोवृत्ति नै यही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनहरूले मलाई के बुझाए भने एउटा सृजित प्राणीका नाताले आफ्नो कर्तव्य पूरा गरेर मात्र मेरो जीवनको मूल्य र अर्थ हुन्छ। मैले मेरो जीवन केवल मेरा छोराछोरीलाई सन्तुष्ट पार्न, वा उनीहरूका लागि मूल्य चुकाउन र आफूलाई खर्चिन मात्र जिउनु हुँदैन। जब मेरा छोराछोरी साना थिए, मैले उनीहरूको ध्यानपूर्वक हेरचाह गरेँ; जब उनीहरू हुर्किए, एक अभिभावकका रूपमा मेरो जिम्मेवारी पूरा भयो, र त्यसपछि मैले उनीहरूलाई छोडिदिनुपर्छ र जीवनको अनुभव गर्न दिनुपर्छ। त्यसपछि, उनीहरूले कसरी जिउनुपर्छ वा उनीहरूको जीवन कस्तो हुन्छ भन्ने कुरा मसँग सम्बन्धित रहन्न। यदि म सक्षम छु भने मैले मदत गर्नुपर्छ, तर म सक्दिनँ भने, मैले दोषी महसुस गर्नु हुँदैन। किनकि मानिसको भाग्य परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ, आमाबाबुले छोराछोरीको भाग्य बदल्न सक्दैनन्। अब, मैले मेरो सम्पूर्ण ऊर्जा आफ्नो कर्तव्यमा केन्द्रित गर्नुपर्छ, मेरा कमीकमजोरी पूर्ति गर्न आफूलाई सत्यता सिद्धान्तहरूले अझ सुसज्जित गर्नुपर्छ, मेरा भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता पछ्याउनुपर्छ, सत्यता अभ्यास गर्नुपर्छ, र सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। यही कुराले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
यो अनुभवपछि मैले के बुझेँ भने, यदि परमेश्वरमा विश्वास गर्ने मानिसहरूले परमेश्वरका वचनअनुसार कुराहरूलाई हेर्दैनन्, र शैतानका परम्परागत सांस्कृतिक सोच, संसारसँग व्यवहार गर्ने दर्शनहरू, अनि शैतानी विषहरूबाट छुटकारा पाउन सत्यतालाई प्रयोग गर्दैनन् भने, तिनीहरूले कहिल्यै छुटकारा पाउनेछैनन्। केवल परमेश्वरका वचनहरूअनुसार बाँचेर शैतानका बन्धन र नियन्त्रणहरूबाट छुटकारा पाउन सकिन्छ, र साँचो छुटकारा र स्वतन्त्रता हासिल गर्न सकिन्छ। उहाँको मुक्तिका लागि परमेश्वरलाई धन्यवाद!