४०. स्नातकोत्तर प्रवेश परीक्षा छोडेकोमा मलाई पछुतो छैन

लिन यिनुओ, चीन

सानैदेखि मेरा आमाबुबाले मलाई कडा मिहिनेत गरेर पढ्नुपर्छ भनेर सिकाउनुभयो। राम्रो डिग्री पाए मात्रै मैले राम्रो जागिर पाउनेछु, अनि मात्रै बाँकी जीवनभर खानु-लाउनुको चिन्ता नगरी मानिसहरूको उच्च सम्मानका साथ जिउन सक्नेछु भनेर उहाँहरूले भन्नुहुन्थ्यो। मेरो बुबाले प्रायः आफ्नै उदाहरण दिँदै भन्नुहुन्थ्यो, उहाँ गाउँबाट विश्वविद्यालय पढ्न जाने पहिलो व्यक्ति हुनुहुन्थ्यो, त्यसैले त उहाँ गाउँ छोडेर शहर आउन सक्नुभयो। अहिले उहाँ अफिसमा एसीको हावा खाँदै, चिया पिउँदै बस्नुहुन्छ, उहाँ राम्रो तलब पाउनुहुन्छ र राम्रा सुविधाहरूको आनन्द लिनुहुन्छ। यो सब उहाँको डिग्रीकै कारण भएको हो। पछि, मेरी आमाले परमेश्‍वरलाई पाउनुभयो। उहाँले मलाई बाइबलका कथाहरू सुनाउनुहुन्थ्यो र मलाई परमेश्‍वरका वचनहरू पढ्न लगाउनुहुन्थ्यो। परमेश्‍वर सधैँ हाम्रो साथमा हुनुहुन्छ, उहाँले हाम्रो हेरचाह र सुरक्षा गरिरहनुभएको छ, अनि उहाँले अहिले हामीलाई मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ भन्ने मैले थाहा पाएँ। म धेरै खुसी भएँ र परमेश्‍वरमा विश्वास गर्ने कार्यलाई राजी भएँ। मेरी आमाले मलाई परमेश्‍वरमा विश्वास गर्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र मैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ भनेर सङ्गति दिनुभयो। तर मैले उहाँको कुरा बुझ्न सकिनँ, मलाई त मेरो बुबाको यो विचार सही लाग्थ्यो: “किताबको अघि सबै कुरा फिका हुन्छ।” उच्च डिग्री प्राप्त गरेर मात्रै मैले राम्रो जीवन बिताउन सक्छु, म अरूभन्दा उत्कृष्ट बन्न सक्छु, अनि अरूले डाह गर्ने र मान गर्ने व्यक्ति बन्न सक्छु भन्ने मलाई लाग्थ्यो: पढाइ नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। मेरो जीवनको योजना नै सजिलै विश्वविद्यालयमा भर्ना हुने, त्यसपछि मास्टर्स, डक्टरेट र पोस्ट-डक्टरेटको पढाइ गर्ने अनि अन्तमा प्राध्यापक बन्ने थियो। यसरी म मेरा नातागोता र साथीभाइका बीचमा सबैभन्दा उत्कृष्ट व्यक्ति बन्नेथिएँ, र उनीहरूका छोराछोरीका लागि नमुना बन्नेथिएँ। त्यसपछि मैले पुर्खाको नाम राख्नेथिएँ र मलाई जीवनमा कुनै पछुतो हुने थिएन। प्राथमिक विद्यालयदेखि नै, म प्रायः हरेक बिहान अङ्ग्रेजी क्यासेटको आवाजसँगै उठ्थेँ, र बिदाको समयमा, मेरो बुबाले मलाई कहिल्यै बाहिर खेल्न जान दिनुभएन। उहाँले मलाई सप्ताहन्तमा अनि हिउँदे र बर्खे बिदामा पनि ट्युसन पढ्न पठाउनुहुन्थ्यो। मलाई धेरै थकाइ लागे पनि, मैले गर्नुपर्ने कुरा यही हो जस्तो लाग्थ्यो, र पढाइमा ढिलाइ हुने खालको कुनै काम गर्दा मलाई दोषी महसुस हुन्थ्यो।

मलाई अझ राम्रो विश्वविद्यालयमा भर्ना गराउन, मेरो बुबाले धेरै पैसा खर्च गरेर मलाई सानो शहरको हाइस्कुलबाट प्रान्तीय राजधानीको एउटा हाइस्कुलमा सारिदिनुभयो। यो स्कुलमा, यदि हरेक सेमेस्टरको सोझै भर्ना हुने परीक्षामा स्कुलका उत्कृष्ट दुई सयभित्र पर्न सकेमा, सिङ्घुवा, पेकिङ र तोङ्जीजस्ता उत्कृष्ट विश्वविद्यालयहरूमा सोझै भर्ना पाइन्थ्यो। तर यो स्कुलमा भर्ना पाउन सजिलो थिएन; त्यसका लागि प्रवेश परीक्षा पास गर्नुपर्थ्यो। मलाई यो स्कुलमा कुनै समस्याविना भर्ना गराउन, मेरो बुबाले फेरि धेरै पैसा खर्चेर ‘वान-अन-वान’ ट्युसनमा हाल्दिनुभयो। बिहान आँखा खोलेदेखि राति सुत्न नजाँदासम्म मेरा कक्षाहरू हुन्थे। सपनामा समेत म सूत्र र अक्षरहरू ममाथि बर्सिएको देख्थेँ। मलाई एकदमै दबाब र लाचार महसुस हुन्थ्यो, तर आफ्नो भावना पोख्न मैले रुनु अनि फेरि अघि बढ्नुबाहेक केही गर्न सक्दिनथेँ। आखिरमा मैले चाहेजस्तै त्यो स्कुलमा भर्ना पाएँ। स्कुल सरिसकेपछि, मैले त्यहाँका विद्यार्थीहरूबीचको प्रतिस्पर्धा साँच्चै नै कडा भएको देखेँ। सोझै भर्ना हुने स्थान सुरक्षित गर्न सबै जना उत्कृष्ट दुई सयभित्र पर्न मरिमेट्थे। त्यस्तो वातावरणमा, मलाई धेरै दबाब महसुस हुन्थ्यो र म अलिकति पनि आराम गर्ने आँट गर्दिनथेँ। म हरेक रात अबेरसम्म बसेर पढ्थेँ, बिहानको एक वा दुई नबजी सुत्ने आँट गर्दिनथेँ, र सप्ताहन्तमा अलिकति बढी सुत्दा पनि पाप गरेजस्तो लाग्थ्यो। म प्रायः सोच्थेँ: “यी थकाइलाग्दा दिनहरू कहिले सकिएलान्?” तर फेरि म सोच्थेँ, “यदि मैले अहिले कडा मिहिनेत गरिनँ र राम्रो विश्वविद्यालयमा भर्ना पाइनँ भने, मानिसहरूले मलाई असफल भनेर हेप्नेछन्, तब मलाई अझ बढी पछुतो हुनेछ। एकचोटि राम्रो विश्वविद्यालयमा भर्ना भएपछि त, सबै कुरा ठीक भइहाल्छ नि।” यस्तो सोच्दा मेरो मनमा केही आशा जाग्थ्यो। तर अचम्मको कुरा, मैले एउटा साधारण अन्डरग्राजुएट कलेजमा मात्र भर्ना पाएँ। म धेरै निराश भएँ। विशेषगरी, मलाई तब धेरै लाज लाग्यो जब मैले यही कलेजमा मेरो सानो शहरमा मसँगै पढेका मेरा केही साथीहरूलाई भेटेँ, जसको नतिजा मेरोभन्दा कमसल थियो। “मैले राम्रो विश्वविद्यालयमा भर्ना हुनकै लागि भनेर राम्रो हाइस्कुलमा सरुवा लिएकी थिएँ, तर अन्त्यमा मैले भर्ना पाइनँ। तिनीहरूले पक्कै मेरो खिल्ली उडाइरहेका होलान्, मेरो औकात यत्ति नै रहेछ, र म तिनीहरूभन्दा खासै राम्रो रहेनछु भनेर कुरा काट्दै होलान्, होइन त?” त्यसैले, मैले जीवनको नयाँ लक्ष्य बनाएँ: “मैले ब्याचलरको लागि उत्कृष्ट विश्वविद्यालयमा भर्ना पाइनँ, त्यसैले अब म मास्टर्सको लागि उत्कृष्ट विश्वविद्यालयमा भर्ना हुनेछु! जब मसँग उच्च डिग्री हुनेछ, तब मेरा साथीभाइ र आफन्तहरू सबैले मलाई राम्रो मान्नेछन्। त्यो कति गौरवशाली कुरा हुनेछ!” यस्तो सोच्दा ममा जोस भरिन्थ्यो। त्यसपछि, जब-जब मलाई समय मिल्थ्यो, तब-तब म पढ्नका लागि पुस्तकालय जान्थेँ। स्कुलमा स्नातकोत्तर प्रवेश परीक्षाको तयारी कक्षा हुँदा, म चाँडै नाम दर्ता गराउँथेँ। त्यतिबेला, म हप्ताको दुई पटक भेलामा सहभागी हुन्थेँ। हरेक भेलाबाट मैले केही न केही प्राप्ति गर्थेँ, र मलाई सहभागी हुन मन पनि पर्थ्यो। मसँगै भेलामा आउने एउटी सिस्टर मभन्दा जुनियर सहपाठी थिइन्। उनीसँग आफ्नो कर्तव्यको ठूलो बोझ थियो र उनी मण्डली अगुवाको रूपमा समेत चुनिएकी थिइन्। उनी भेला र कर्तव्यका लागि सकेसम्म धेरै समय दिन्थिन्, तर म त्यसो गर्न सक्दिनथेँ। मलाई पढाइ नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो जस्तो लाग्थ्यो, त्यसैले म आफ्नो खाली समय स्नातकोत्तर प्रवेश परीक्षाको तयारीमा धेरै लगाउँथेँ। पछि, म मलजल डिकनको रूपमा छानिएँ, र मैले हरेक हप्ता सहभागी हुने भेलाको सङ्ख्या पनि अलिकति बढ्यो। अगुवाले मलाई अह्राएका हरेक कर्तव्य म गम्भीरतापूर्वक पूरा गर्थेँ। तैपनि, म अझै पनि स्नातकोत्तर प्रवेश परीक्षाको तयारी कक्षामा गइरहेकी हुनाले, मसँग कर्तव्य पूरा गर्नका लागि कम समय हुन्थ्यो। भेलाको समयमा, ब्रदर-सिस्टरहरूलाई कुनै समस्या परेमा, म छिट्टै सङ्गति गरेर समाधान गर्न चाहन्थेँ ताकि परीक्षाको तयारी गर्न मलाई बढी समय मिलोस्। कहिलेकाहीँ, भेला सकिन लाग्दा, म ब्रदर-सिस्टरहरू अझै सङ्गति गर्न चाहन्छन् भन्ने देख्थेँ, र मलाई पनि अझै एकछिन भेलामा बस्न मन लाग्थ्यो, तर फेरि मेरो त्यो दिनको पढाइ छुटिसकेको छ, र यदि म भेलामा बसिराखेँ भने, म पढाइमा झन् पछाडि पर्नेछु र यसले मेरो परीक्षाको सफलतामा असर पार्नेछ भन्ने मलाई याद आउँथ्यो, त्यसैले म कुनै बहाना बनाएर निस्कन्थेँ। त्यसपछि, मलाई भित्रभित्रै आत्मग्लानि महसुस हुन्थ्यो, तर यदि म स्नातकोत्तर प्रवेश परीक्षामा असफल भएँ भने अरूले मलाई कसरी हेप्लान् भनेर सोच्थेँ, अनि त्यो आत्मग्लानिलाई जबरजस्ती दबाउँथेँ।

२०१६ अगस्ट २६ मा, म मण्डली अगुवा चुनिएँ। यो नतिजा घोषणा हुँदा, मेरो मनमा खुसी र चिन्ता दुवै थियो। म खुसी थिएँ किनभने मण्डली अगुवा हुनुको अर्थ मैले तालिम लिने धेरै अवसर पाउनेथिएँ। म चिन्तित थिएँ किनभने वर्षको पछिल्‍लो छ महिनाभित्र, म विश्वविद्यालयको चौथो वर्षमा हुनेथिएँ, र राष्ट्रिय स्नातकोत्तर प्रवेश परीक्षा नजिकै आउँदै थियो। मैले यो परीक्षाका लागि धेरै वर्ष कडा मिहिनेत गरेकी थिएँ, र यी अन्तिम केही महिना तयारीका लागि महत्त्वपूर्ण समय थियो। यदि म पास भइनँ भने, मलाई “असफल” वा “पूरक परीक्षा दिने विद्यार्थी” को ट्याग लाग्नेथियो। त्यो कति लज्जास्पद हुनेथियो! यसबाहेक, ग्राजुएट स्कुलमा भर्ना हुनु मेरो जीवनको गौरवशाली लक्ष्य हासिल गर्ने बाटोको महत्त्वपूर्ण कदम थियो। यदि म ग्राजुएट स्कुलमै भर्ना हुन सकिनँ भने, मैले उच्च डिग्री कसरी प्राप्त गर्न सक्थेँ र? यतिका वर्षसम्म म केका लागि अबेरसम्म बसेँ र मैले कडा मिहिनेत गरेँ? के त्यो उच्च डिग्री पाउनकै लागि थिएन र? यदि मैले यस समयमा मण्डली अगुवाको कर्तव्य स्वीकार गरेँ भने, म मण्डलीका धेरै काममा सहभागी हुनुपर्नेथियो, र मसँग स्नातकोत्तर प्रवेश परीक्षाको तयारी गर्ने कुनै समय वा ऊर्जा हुने थिएन। यसो भन्न सकिन्थ्यो, कि मैले आफ्नो भविष्य त्यागिरहेकी छु, र फलस्वरूप सधैँभरि मसँग “अन्डरग्राजुएट” को उपाधि मात्र रहनेथियो। अहिले, विश्वविद्यालयका स्नातकहरू जताततै छन्। जागिर खोज्नका लागि यसले मलाई कुनै फाइदा पुर्याउनेथिएन। यदि मैले राम्रो जागिर पाउन सकिनँ भने, म कसरी अरूभन्दा उत्कृष्ट बन्न र मैले पुर्खाको नाम राख्न सक्थेँ? म सधैँभरि हेपिन चाहन्नथेँ, त्यसैले मैले अगुवा बन्ने अनिच्छा व्यक्त गरेँ। मेरो दुविधा सुनेपछि, प्रचारकले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाउनुभयो, जसले मेरो हृदय छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने, तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीका निम्ति तैँले वहन गर्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनका लागि वहन गर्ने बोझ भन्नु उत्तम हुनेछ किनकि परमेश्‍वरले यस्ता अनुभवहरूमार्फत तँलाई सिद्ध पार्नुहोओस् भन्नका लागि नै मण्डलीका निम्ति तँमा बोझ विकसित हुने हो। त्यसकारण, जसले मण्डलीका निम्ति सबैभन्दा ठूलो बोझ वहन गर्छ, जसले जीवन प्रवेशका निम्ति बोझ वहन गर्छ—तिनीहरूलाई नै परमेश्‍वरले सिद्ध पार्नुहुन्छ। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ रहेको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ चिन्तित हुँदैनस् र आत्तिँदैनस्, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन नसक्दा पनि आँखा चिम्लिन्छस् भने, यो कुनै बोझ नहुनुको प्रकटीकरण हो। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रेम गर्नुहुन्न। जसलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसर्थ, तिमीहरू अहिले नै परमेश्‍वरको बोझलाई ख्याल गर्ने हुनुपर्छ; तिमीहरूले परमेश्‍वरको बोझलाई ख्याल गर्नुअघि उहाँले असङ्ख्य मानिसहरूलाई आफ्नो धर्मी स्वभाव प्रकट गरुञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध पारिने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट फुत्किन दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि पछुताएर मर्ने बेलामा पनि अफसोस मानेजस्तै तँ तेरो बाँकी जीवनभरि पछुताउनेछस्। जब परमेश्‍वरको धर्मी स्वभाव असङ्ख्य मानिसहरूलाई प्रकट गरिन्छ, तब तँ पछुतोले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसका कारण तैँले आफैलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्‍वस्त हुँदैनन् तर यदि तँलाई त्यो विश्‍वास लाग्दैन भने, पर्खेर त हेर्। कतिपय मानिसहरू ठ्याक्कै तिनै हुन् जसले यी वचनहरू आफूमा साकार भएको देख्नेछन्। के तँ यी वचनहरूका लागि आफैलाई बलिदान गर्न तयार छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्‍वरका वचन पढेर मैले के महसुस गरेँ भने, अहिले परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने महत्त्वपूर्ण समय हो, र परमेश्‍वरले मानिसहरूलाई उनीहरूको कर्तव्यमार्फत सिद्ध पार्नुहुन्छ। अगुवाको रूपमा, मैले धेरै ब्रदर-सिस्टरहरूसँग अन्तर्क्रिया गर्न र धेरै समस्याहरू सामना गर्न पाउनेथिएँ। यी समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्नु पर्थ्यो, र जति धेरै समस्या समाधान गर्थेँ, त्यति नै धेरै सत्यता बुझ्थेँ। कर्तव्य पूरा गर्ने क्रममा, मेरा धेरै भ्रष्ट स्वभावहरू प्रकट हुनेथिए। सत्यता खोजेर, मेरो पछ्याइ पछाडिका गलत दृष्टिकोणहरू सच्याइनेथिए, र मेरा भ्रष्ट स्वभावहरू बिस्तारै समाधान हुनेथिए। यो प्रक्रिया नै शुद्ध हुने प्रक्रिया पनि हो। कर्तव्य पूरा नगरीकन, मानिसले सत्यता प्राप्त गर्न सक्दैन, र उसले शुद्ध हुने र मुक्ति पाउने अवसर पनि गुमाउनेछ। मैले के महसुस गरेँ भने, यदि मैले यो अवसरको फाइदा लिइनँ भने, र परमेश्‍वरको काम सकिँदा मसँग धेरै सत्यता भएन, र मेरो भ्रष्ट स्वभाव परिवर्तन भएन भने, अन्ततः म विनाशको पात्र बन्नेछु, र त्यतिबेला पछुताउनका लागि धेरै ढिलो भइसकेको हुनेछ। सोचेँ, मैले यो अवधिमा, कर्तव्य पूरा गरेर दर्शनसम्बन्धी सत्यताहरूले आफैँलाई सुसज्जित पार्दा, मैले परमेश्‍वरको व्यवस्थापनको कामको उद्देश्य, परमेश्‍वरको न्यायको कामको महत्त्व बुझेकी थिएँ, र परमेश्‍वरको कामबारे केही ज्ञान प्राप्त गरेकी थिएँ। साथै, पहिले मलाई केही आइपर्दा, आफैलाई कसरी चिन्तन गर्ने भन्‍ने थाहा थिएन। म सधैँ मेरो मानवता राम्रो छ, र म इमानदार र दयालु छु भन्‍ने सोच्थेँ। तर परमेश्‍वरका वचनको खुलासा र तथ्यहरूको प्रकटीकरणमार्फत, अन्ततः मैले के देखेँ भने, म मूल्य चुकाउनु र आफूलाई समर्पित गर्नुका पछाडि भित्री मनसायहरू थिए, म परमेश्‍वरसँग सौदाबाजी गर्न खोजिरहेकी थिएँ, र म पटक्कै इमानदार व्यक्ति थिइनँ। यदि मैले कर्तव्य पूरा नगरेको भए, मैले यो ज्ञान कहिल्यै पाउनेथिइनँ वा यी प्राप्तिहरू पाउनेथिइनँ। त्यो दिन, म अगुवा चुनिएकी थिएँ, र कर्तव्य पूरा गरेर मैले अझ धेरै सत्यता बुझ्नेछु भन्ने परमेश्‍वरले आशा गर्नुभएको थियो। परमेश्‍वर मलाई मुक्ति दिन चाहनुहुन्थ्यो, तर मलाई मेरो भलाइ केमा छ थाहा थिएन। मैले केवल भविष्यमा मानिसहरूले मलाई उच्च सम्मान गर्छन् कि गर्दैनन्, र मैले म अरूभन्दा असल बन्न र मैले पुर्खाको नाम राख्न सक्छु कि सक्दिनँ भन्ने मात्र विचार गरेँ। म परमेश्‍वरले मलाई सिद्ध पार्न दिनुभएको मौका धकेल्न चाहन्थेँ। म साँच्चै कति अदूरदर्शी, मूर्ख र अज्ञानी थिएँ! त्यसपछि मलाई याद आयो, मलजल गर्ने कर्तव्यको यो अवधिमा, मेरा ब्रदर-सिस्टरहरू अझ धेरै भेला र सङ्गतिको आशा गरिरहेका हुन्थे, तर म केवल परीक्षाको तयारी गर्न हतारिएर फर्कने बारेमा मात्र सोच्थेँ, र मण्डलीको कामको पटक्कै वास्ता गर्दिनथेँ। म साँच्चै कति स्वार्थी र मानवताहीन थिएँ!

म सधैँ के विश्वास गर्थेँ भने, उच्च शिक्षा र उच्च डिग्री हुँदा मेरो राम्रो भविष्य र आरामदायी जीवन सुनिश्चित हुन्छ। तर के यो दृष्टिकोण साँच्चै तर्कसङ्गत छ त? एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कतिपय मानिसहरूले कलेजमा राम्रो मुख्य विषय छान्छन् र स्नातक गरेपछि उत्कृष्ट जागिर पाउँछन्; तिनीहरूले जीवनको मार्गमा उत्कृष्ट सुरुवात गर्छन् भन्न सकिन्छ। अरू कतिले धेरै फरक-फरक सीपहरू सिक्छन् र तिनमा पोख्त हुन्छन्, तैपनि तिनीहरूले आफूलाई सुहाउने जागिर वा पद कहिल्यै भेट्टाउँदैनन्, तिनीहरूले आफ्नै करियर त झनै बनाउँदैनन्; यो भन्न सकिन्छ कि यस्ता मानिसहरूको जीवनको पहिलो कदम नै बाधा-अड्चन र कठिनाइहरूले भरिएको हुन्छ, तिनीहरूको भविष्य निराशाजनक र जीवन अनिश्चित हुन्छ। अरू कतिपय लगनशीलताका साथ अध्ययनमा लागिपर्छन्, तैपनि उच्च शिक्षा प्राप्त गर्ने हरेक अवसरलाई झिनो अन्तरले गुमाउँछन्; तिनीहरूको नियति नै कहिल्यै सफलता हासिल गर्न नसक्ने देखिन्छ—यो भन्न सकिन्छ कि तिनीहरूको जीवनको मार्गका सबैभन्दा पहिलो आशाहरू धुवाँझैँ उडेर जान्छन्। अगाडिको बाटो सहज छ कि चट्टानी छ भन्ने थाहा नपाएर, तिनीहरूले पहिलो पटक मानव नियति कति अप्रत्याशित छ भनी महसुस गर्छन्, र यसरी डर र अपेक्षाको मिश्रित भावले जीवनको सामना गर्छन्। अरू कतिपय त्यति धेरै शिक्षित हुँदैनन्, तैपनि तिनीहरूले पुस्तकहरू लेख्न सक्छन्, र केही हदसम्म ख्याति कमाउँछन्। अनि अरू कतिपय त लगभग पूर्ण रूपमा निरक्षर हुन्छन्, तैपनि तिनीहरूले व्यापारमा पैसा कमाउन सक्छन् र त्यसरी तिनीहरू आफूलाई पाल्न सक्षम हुन्छन्। … व्यक्तिले कुन पेसा रोज्छ, कसरी जीविका चलाउँछ, उसले गर्ने छनौटहरू राम्रा छन् कि नराम्रा छन्—के मानिसहरूले यी कुराहरूमा कुनै छनौट गर्न पाउँछन्? के ती मानिसहरूका चाहना र निर्णयहरूमा आधारित हुन्छन्? धेरैजसो मानिसहरू थोरै काम गर्ने र धेरै कमाउने, घामपानीमा परिश्रम नगर्ने, सम्मानजनक पहिरन लगाउने, जहाँ गए पनि चम्किलो देखिने, सबैभन्दा माथि पुग्ने, र आफ्ना पुर्खाको नाम राख्ने इच्छा राख्छन्। मानिसहरूका यस्ता ‘सिद्ध’ इच्छाहरू हुन्छन्, तर जब तिनीहरूले जीवनको मार्गमा आफ्नो पहिलो कदम चाल्छन्, तब तिनीहरूले मानव नियति कति असिद्ध छ भनी बिस्तारै देख्न थाल्छन्, र पहिलो पटक साँच्चै के महसुस गर्छन् भने, व्यक्तिले आफ्नो भविष्यका लागि साहसी योजनाहरू बनाउन र मनोमानी रूपमा सबै प्रकारका सपनाहरू पाल्न सक्ने भए पनि, आफ्ना सपनाहरू साकार पार्ने क्षमता वा शक्ति कसैसँग हुँदैन, न त आफ्नै भविष्यलाई नियन्त्रण गर्ने क्षमता नै हुन्छ। व्यक्तिका सपना र उसले सामना गर्ने वास्तविकताहरूका बीचमा सधैँ एउटा अन्तर हुन्छ; परिस्थितिहरू कहिल्यै पनि व्यक्तिले कल्पना गरेजस्तो हुन सक्दैनन्, र यस्ता वास्तविकताहरूको सामना गर्दा, मानिसहरूले कहिल्यै सन्तुष्टि वा तृप्ति पाउन सक्दैनन्। कतिपय मानिसहरू त आफ्नो जीविका र भविष्यको खातिर, र आफ्नो भाग्य परिवर्तन गर्ने खातिर, बारम्बार सबै प्रकारका उपायहरू सोच्ने प्रयास गर्छन् र हरेक सम्भावित माध्यमको खोजी गर्छन्, साथै सबै प्रकारका प्रयास र त्यागहरू गर्छन्। तर अन्त्यमा, तिनीहरूले आफ्नै कडा परिश्रमद्वारा आफ्ना सपना र चाहनाहरू साकार पार्न सके पनि, तिनीहरूले आफ्नो भाग्य कहिल्यै परिवर्तन गर्न सक्दैनन्, र तिनीहरूले जतिसुकै सङ्घर्ष गरे पनि, तिनीहरू आफ्नो नियतिभन्दा बाहिर कहिल्यै जान सक्दैनन्। तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्‍नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनको यो खण्ड पढेपछि, मैले के महसुस गरेँ भने, मानिसको भविष्य र नियति कस्तो हुन्छ भन्ने कुरा उसले कुन विषय पढ्छ वा कस्तो डिग्री लिन्छ भन्ने कुराले निर्धारण गर्दैन, बरु यो परमेश्‍वरको पुर्वनियोजनमा भर पर्छ। मैले आफ्ना वरपरका मानिसहरूलाई हेरेँ। धेरैले राम्रो पढेका थिए र उच्च डिग्री लिएका थिए, तर अन्ततः उनीहरूले राम्रो जागिर पाएनन्। मेरा केही स्कुलका साथीहरूको पढाइ कमजोर थियो, तर जब उनीहरू स्नातक भए, नीति सुधारको कारण उनीहरूले भाग्यवश राम्रो रोजगारदाता पाए। अन्य केही साथीहरूले ग्राजुएट स्कुलमा भर्ना पाए, तर अन्त्यमा, उनीहरूले प्रमाणपत्र तह पास गरेकाहरूले जस्तै काम गरिरहेका थिए। साथै, राम्रो स्कुलमा भर्ना हुन सकिन्छ कि सकिँदैन भन्ने कुरा मानिसले तय गर्ने कुरा होइन। मेरै उदाहरण लिनुहोस्। राम्रो विश्वविद्यालयमा भर्ना हुन, म विशेष गरी राम्रो हाइस्कुलमा सरेँ र हरेक दिन रात-दिन नभनी पढेँ। मलाई त धेरै प्रयास गरेर, म उत्कृष्ट विश्वविद्यालयको ढोकाबाट प्रवेश गर्न सक्छु, र त्यसपछि, अरूभन्दा उत्कृष्ट बन्न र पुर्खाको नाम राख्न सक्छु भन्‍ने लागेको थियो। तर अन्त्यमा, म एउटा साधारण कलेजमा मात्र भर्ना हुनेछु भनेर मैले कहिल्यै सोचिनँ। अहिले पनि अवस्था उस्तै थियो। यदि मेरो भाग्यमा उत्कृष्ट ग्राजुएट स्कुलमा भर्ना हुने लेखिएको भए, म हुन्थेँ। यदि मेरो भाग्यमा यो थिएन भने, मैले जतिसुकै प्रयास गरे पनि, म परीक्षा पास हुने थिइनँ। मैले गर्न सक्ने भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुनु, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्दै कुराहरूलाई स्वभाविक रूपमा अनुभव गर्नु थियो। यति सोचेपछि, मेरो मन हलुका भयो, र मैले अगुवाको कर्तव्य स्वीकार गरेँ। अगुवा भएपछि, मैले मण्डलीका साना-ठूला सबै मामिलाहरू होसियारीपूर्वक समाधान गर्नुपर्ने रहेछ भन्‍ने देखेँ। मैले तालिम लिएको थोरै समय मात्र भएको थियो र मैले सिद्धान्तहरू बुझेकी थिइनँ, अनि धेरै कुराहरू कसरी सम्हाल्ने मलाई थाहा थिएन। त्यसैले, मैले सिद्धान्तहरू खोज्न र ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्न मिहिनेत गर्नुपर्थ्यो। मसँग पढ्नका लागि खासै समय वा ऊर्जा हुन्थेन। साथै, मलाई पाठ्यपुस्तकका ज्ञान घोक्नु दिक्कलाग्दो र बोरिङ लाग्न थाल्यो, र यो ज्ञानको कुनै व्यावहारिक उपयोग छैन जस्तो लाग्न थाल्यो। ती कुराहरू सम्झन मैले सधैँ आफैँलाई कर गर्नुपर्थ्यो। तर कर्तव्य निर्वाह गर्ने कुरा फरक थियो। कर्तव्य निर्वाह गर्दा मैले व्यावहारिक प्राप्ति गर्न सक्थेँ, र मेरो हृदयले आनन्द महसुस गर्थ्यो। उदाहरणका लागि, मण्डली सफा गर्ने काम कार्यान्वयन गर्दा, मैले मानिसहरूलाई खुट्ट्याउन सत्यता खोज्नुपर्थ्यो र त्यसलाई मानिसका प्रकटीकरणहरूसँग दाँज्नुपर्थ्यो, जसले मेरो खुट्ट्याउने क्षमतामा सुधार ल्याउन सक्थ्यो। मण्डलीको काम गर्दा मलाई प्रायः कठिनाइहरू पनि आउँथे। म परमेश्‍वरलाई प्रार्थना गर्न र खोजी गर्न जान्थेँ, र परमेश्‍वरको अन्तर्दृष्टि र निर्देशन प्राप्त गर्थेँ। परमेश्‍वरप्रतिको मेरो विश्वास पनि बढ्यो। मैले अय्यूबले जस्तो आफ्नै आँखाले परमेश्‍वरलाई नदेखे पनि, परमेश्‍वर हरसमय र हरठाउँमा मेरो साथमा हुनुहुन्छ, र मेरो एउटै मात्र सहारा हुनुहुन्छ भनेर मैले महसुस गर्न सक्थेँ। मेरो हृदय एकदमै ढुक्क थियो, र हृदयको त्यो सन्तुष्टिको भावना किताबी ज्ञान पढेर प्राप्त गर्न सकिँदैनथ्यो। तर जब म विश्वविद्यालय फर्कन्थेँ र मेरा सहपाठीहरू सबै स्नातकोत्तर प्रवेश परीक्षाको तयारीमा व्यस्त भएको देख्थेँ, अनि शिक्षक, विद्यार्थी र अभिभावकहरू सबैले स्नातकोत्तर प्रवेश परीक्षाकै बारेमा कुरा गरेको सुन्थेँ, जबकि म मण्डलीको काममा व्यस्त थिएँ र मसँग परीक्षाको तयारी गर्ने समय कम हुँदै गइरहेको थियो, तब उनीहरूले मेरो बारेमा के सोच्नेछन् भनी म चिन्तित हुन्थेँ। के उनीहरूले मैले पढाइमा ध्यान दिइरहेकी छैनँ र आफ्नो मुख्य काम गरिरहेकी छैनँ भनेर सोच्नेछन्? त्यसपछि मैले सोचेँ, सानैदेखि मैले उच्च डिग्री पाउन कडा मिहिनेत गर्दै आएकी छु। के म यसरी नै हार मान्नेवाला हुँ त? त्यसो भए त मसँग अरूभन्दा उत्कृष्ट बन्ने मौका कहिल्यै हुनेछैन। यी कुराहरू सोच्दा, मेरो मनले यो कुरालाई अझै छोड्न सकिरहेको थिएन, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म निरन्तर उच्च डिग्रीको पछि लाग्न चाहन्छु, र म अझै पनि मनदेखि नै स्नातकोत्तर प्रवेश परीक्षा दिन चाहन्छु। म यसलाई पूर्ण रूपमा त्याग्न सकिरहेकी छैनँ। कृपया मलाई सत्यता बुझ्न मार्गदर्शन गर्नुहोस् ताकि मलाई स्नातकोत्तर प्रवेश परीक्षाको कुराले असर नगरोस् र मैले मेरो कर्तव्य राम्रोसँग पूरा गर्न सकूँ।”

प्रार्थना गरेपछि, मैले ख्याति र प्राप्ति सँग सम्बन्धित परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको सङ्कल्प हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र? कतिपय मानिसले भन्नेछन्, ज्ञान सिक्‍नु भनेको समयको गतिसँग पछि नपर्न वा संसारद्वारा पछाडि नछोडिनका लागि पुस्तकहरू पढ्नु र तँलाई पहिल्यै थाहा नभएका केही कुरा सिक्‍नुबाहेक केही पनि होइन। आफ्नो हातमुख जोड्नका लागि, आफ्‍नै भविष्यका खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्र ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नका लागि मात्रै, एक दशकसम्‍म कडा अध्ययन गर्ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कष्टहरू सहन्छ? यो ख्याति र प्राप्तिका लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढामा पर्खिरहेका हुन्छन्, तिनीहरूलाई बोलाइरहेका हुन्छन्, र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र सङ्घर्षमार्फत मात्रै तिनीहरू ख्याति र प्राप्तितर्फ लैजाने बाटोमा हिँड्न सक्छन्, यसरी यी कुराहरू प्राप्त गर्न सक्छन् भनी विश्‍वास गर्छन्। यस्तो व्यक्तिले आफ्नो भावी मार्गका लागि, आफ्नो भावी आनन्दका लागि र राम्रो जीवन प्राप्त गर्न यी कठिनाइहरू भोग्नैपर्छ। … यी विचार र कथनहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्; धेरै मानिसले यी विचारहरू स्वीकार गर्छन्, र तिनीहरू यी ‘उच्च आकाङ्क्षाहरू’ पूरा गर्नका लागि पछ्याउँछन्, सङ्घर्ष गर्छन्, र आफ्नो जीवन बलिदान दिनसमेत इच्छुक हुन्छन्। यो नै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्ने साधन र विधि हो। त्यसोभए शैतानले मानिसहरूलाई यस मार्गमा अगुवाइ गरेपछि, के तिनीहरू परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुन्छन्? र के तिनीहरू परमेश्‍वरका वचनहरू स्वीकार गर्न र सत्यता पछ्याउन सक्षम हुन्छन्? बिलकुल हुँदैनन्—किनभने तिनीहरूलाई शैतानले बहकाएको हुन्छ। अब यो विचार गरौँ: शैतानले मानिसहरूमा हालिदिएका ज्ञान, विचार, र दृष्टिकोणहरूभित्र, के परमेश्‍वरप्रतिको समर्पण र परमेश्‍वरको आराधनाका सत्यताहरू छन्? के परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने सत्यताहरू छन्? के परमेश्‍वरका कुनै वचनहरू छन्? के तिनीहरूमा सत्यताको कुनै कुरा छ? पटक्कै छैन—यी कुराहरू पूर्ण रूपमा छैनन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका कपटी मनसायहरू अत्यन्तै घृणापूर्ण छैनन् र? सायद आज तिमीहरू अझै पनि शैतानका कपटी मनसायहरू छर्लङ्ग देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन, र मानिसहरूले अबउसो अगाडिको बाटो देख्‍न सक्नेछैनन्, उप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्नेछैनन्, र तिनीहरूको भविष्य अँध्यारो, मधुरो र मलिन बन्नेछ भन्‍ने लाग्छ। तर, बिस्तारै, एक दिन तिमीहरू सबैले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब तँ शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट आफूलाई मुक्त गर्न चाहन्छस्, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्‍वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)

परमेश्‍वरका वचन पढेर, मैले के महसुस गरेँ भने बाहिरी रूपमा हेर्दा, ज्ञानको पछि लाग्नुमा केही गलत कुरा देखिँदैन, तर यसको पछाडि शैतानको दुष्ट मनसाय लुकेको हुन्छ। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो। मानिसहरूले परमेश्‍वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु, अनि आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो; यी सकारात्मक कुराहरू हुन्। तर शैतानले, मानिसहरूका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न, उनीहरूलाई भ्रममा पार्न ज्ञानको प्रयोग गर्छ, उनीहरूलाई ख्याति र प्राप्ति पछ्याउने बाटोमा डोऱ्याउँछ, मानिसहरूलाई ख्याति र प्राप्ति को पछ्याइलाई सकारात्मक कुरा ठान्न लगाउँछ, ताकि उनीहरूले आफ्नो सबै समय र ऊर्जा ख्याति र प्राप्ति कै लागि खर्च गरून्, र उनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने वा परमेश्‍वरको आराधना गर्न कुनै मन नहोस्, यसरी उनीहरू परमेश्‍वरबाट टाढा हुँदै, परमेश्‍वरलाई धोका दिँदै, र अन्ततः शैतानद्वारा निलिऊन्। मैले सानैदेखि, मेरो बुबाले ममा हालिदिनुभएको “किताबको अघि सबै कुरा फिका हुन्छ” भन्‍ने दृष्टिकोण मैले कसरी स्वीकार गरेकी थिएँ भन्‍ने कुरा सम्झेँ। मलाई के लाग्थ्यो भने, हेपिनबाट बच्नका लागि, मैले कडा मिहिनेत गरेर पढ्नुपर्छ र उच्च डिग्री प्राप्त गर्नुपर्छ। प्रवेश परीक्षाका लागि, म हरेक दिन बिहानदेखि बेलुकासम्म रोबोटले जस्तै आफ्नो दिमागमा ज्ञान कोच्थेँ। मलाई मेरो टाउको फुट्लाजस्तो हुन्थ्यो। दबाब र पीडामा परेर, मसँग रुनुबाहेक आफ्ना भावना पोख्ने कुनै उपाय थिएन। त्यसो हुँदा पनि, मैले कहिल्यै हार मान्ने सोचिनँ, किनभने ख्याति र प्राप्ति हासिल गर्नु भनेको उज्ज्वल भविष्य पाउनु बराबर हो भन्ने म विश्वास गर्थेँ। अरूभन्दा उत्कृष्ट बन्नु र पुर्खाको नाम राख्नु मेरो अगाडि झुन्ड्याइएको चारोजस्तै थियो, जसले मलाई मेरो सम्पूर्ण समय र ऊर्जा खर्च गर्न लगाउनका लागि लोभ्याइरहेको थियो। पछि, मैले भेलाहरूमा सहभागी हुने र कर्तव्य निर्वाह गर्ने गरे पनि, मेरो मनमा चाहिँ कसरी पढाइका लागि बढी समय निकाल्ने भन्ने कुरा मात्र खेलिरहन्थ्यो। मलाई ब्रदर-सिस्टरहरूका कठिनाइ र समस्याहरू समाधान गर्ने कुनै मन हुन्थेन, किनभने त्यसले मेरो पढ्ने समय खान्छ भन्ने डर लाग्थ्यो। ब्रदर-सिस्टरहरूले मलाई अगुवा चुन्नुभयो, जुन परमेश्‍वरले मलाई तालिम लिन दिनुभएको मौका थियो, ताकि मैले सत्यता प्राप्त गर्न र म जीवनमा वृद्धि हुन सकूँ। तर म इन्कार गर्न चाहन्थेँ। मैले ख्याति र प्राप्तिको खोजीलाई सकारात्मक कुरा ठानेँ, र ती हासिल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएँ। तैपनि, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्दा, मलाई मेरो विवेकले अलिकति पनि धिक्कारेको महसुस भएन। मलाई साँच्चै सही र गलतको भेद थिएन! मैले के देखेँ भने, ख्याति र प्राप्तिको पछि लाग्दा त्यसले मलाई परमेश्‍वरबाट टाढा मात्र लैजान्छ र परमेश्‍वरलाई धोका दिन लगाउँछ, र अन्ततः, मैले परमेश्‍वरको मुक्ति पूर्ण रूपमा गुमाउनेछु र म शैतानद्वारा निलिन्छु। आखिरी दिनहरूमा, मानवजातिलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुभएको छ र उहाँले वचनहरू व्यक्त गर्नुभएको छ। यो मानिसको मुक्तिका लागि निर्णायक घडी हो, तैपनि मैले यो बेकारको ज्ञान पढ्नमा आफ्नो जीवनका सबैभन्दा उत्कृष्ट वर्षहरू खेर फालिरहेकी थिएँ, र परमेश्‍वरको मुक्तिको सबैभन्दा उत्तम मौका गुमाइरहेकी थिएँ। जब परमेश्‍वरको काम सकिन्छ र महाविपत्तिहरू आउँछन्, तब मसँग जतिसुकै ज्ञान वा पैसा भए पनि वा मेरो प्रतिष्ठा जतिसुकै ठूलो भए पनि, त्यसले मेरो ज्यान बचाउन सक्नेछैन। त्यसमा के अर्थ हुनेछ र? यति सोचेपछि, मैले ख्याति र प्राप्ति पछ्याउनुको गम्भीर परिणामहरू महसुस गरेँ, र मलाई झन्-झन् के लाग्न थाल्यो भने स्नातकोत्तर प्रवेश परीक्षाको तयारी गर्दा मेरो जवानी मात्र खेर जानेछ। अब म शैतानको छलमा पर्न मिल्दैनथ्यो। मैले ख्याति र प्राप्तिको खोजीलाई त्याग्नुपर्थ्यो, र कर्तव्य निर्वाह गर्नमा अझ बढी समय र ऊर्जा लगाउनुपर्थ्यो।

डिसेम्बर २०१६ मा, जब परीक्षाको दिन नजिकिँदै गयो, मैले मेरो टेबलमा भएका स्नातकोत्तर प्रवेश परीक्षाको तयारीका किताबहरू हेरेँ, जुन मैले धेरै दिनदेखि पल्टाएकी थिइनँ, र मेरो मन अझै पनि केही हदसम्म दोधारमा थियो: “म परीक्षा दिन जाऊँ कि नजाऊँ? जे भए पनि, मैले दश वर्षभन्दा बढी कडा मिहिनेत गरेकी छु। कतै पास भइहाल्छु कि? तर यदि म पास भएँ भने, मैले फेरि अर्को चरणको कठिन पढाइ सुरु गर्नुपर्नेछ, सहपाठीहरूबीच अझ बढी प्रत्यक्ष र अप्रत्यक्ष प्रतिस्पर्धा हुनेछन्, र विभिन्न प्रमाणपत्रहरूको पछि कहिल्यै नटुङ्गिने दौड हुनेछ। यसबारे सोच्दा मात्रै पनि मलाई दबाब र निसास्सिएको महसुस हुन्छ! यसले अपरिहार्य रूपमा मेरो कर्तव्य निर्वाह गर्ने समय पनि खोस्नेछ। तर यदि मैले स्नातकोत्तर प्रवेश परीक्षा दिइनँ भने, मैले भविष्यमा के गर्न सक्छु? समाजले डिग्रीलाई धेरै महत्त्व दिन्छ। यदि मसँग उच्च डिग्री भएन भने, जागिर पाउन सजिलो हुनेछैन। जे भए पनि, यो मेरो भविष्यसँग जोडिएको कुरा हो!” यति सोचेपछि, म अध्ययन कक्षमा यताउति गर्न थालेँ। मैले के रोज्नुपर्छ? मलाई मानिसका लागि परमेश्‍वरका अन्तिम एघार वटा मागमध्ये एउटा याद आयो: “के तँ तेरो भावी अस्तित्वको मार्गका लागि विचार, योजना वा तयारी गर्ने कार्यलाई मेरो खातिर त्याग्‍न सक्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२))। त्यसपछि मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसले आशा गर्ने र पछ्याउने कुरा देहका अत्यधिक चाहनाहरू पछ्याउँदा उसले तृष्‍णा गर्ने कुरा हो, मानिसले पाउनुपर्ने गन्तव्य होइन। यसैबीच परमेश्‍वरले मानिसका निम्ति जे तयार गर्नुभएको छ, ती उसलाई शुद्ध पारिएपछि मानिसले पाउनुपर्ने आशिष्‌ र प्रतिज्ञाहरू हुन् जुन परमेश्‍वरले संसार सृष्टि गरिसक्नुभएपछि मानिसका निम्ति तयार गर्नुभयो, र जुन मानिसका छनौट, धारणा, कल्पनाहरू, अथवा देहद्वारा कलङ्कित हुँदैनन्। यो गन्तव्य एउटा विशेष व्यक्तिका निम्ति तयार गरिएको होइन, बरु यो त सम्पूर्ण मानवजातिको विश्राम गर्ने स्थान हो। त्यसैले यो गन्तव्य मानवजातिका निम्ति सबैभन्दा उचित गन्तव्य हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तिमीहरूबाट के माग गर्छु भने, अझै पनि तिमीहरूले आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्‌। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्‌(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। मैले परमेश्‍वरका वचनहरू बारम्बार मनन गरेँ, र जति धेरै मनन गरेँ, मेरो हृदय उति नै उज्यालो भयो। परमेश्‍वरको अभिप्राय मानिसहरू सृष्टिकर्ताको अगाडि फर्कन र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सकून्, परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्न सकून्, र आफ्ना भ्रष्ट स्वभावहरू शुद्ध पार्न सकून्, र यसरी परमेश्‍वरले उनीहरूका लागि तयार गर्नुभएको सुन्दर गन्तव्य तिनीहरूले प्राप्त गर्न सकून् भन्ने हो। यसको विपरीत, मैले जे पछ्याएकी थिएँ—अरूभन्दा उत्कृष्ट बन्‍ने र पुर्खाको नाम राख्‍ने कुरा—त्यो बाहिरी रूपमा मेरो शरीरको हितअनुरूप देखिए पनि, सारमा, यसले मलाई परमेश्‍वरबाट टाढा लगिरहेको थियो र मलाई परमेश्‍वरलाई धोका दिन लगाइरहेको थियो, र अन्ततः यसले मेरो विनाश निम्त्याउनेथियो। मलाई के याद आयो भने, हाम्रो चार जनाको परिवारले पहिले परमेश्वरमा विश्वास गर्थ्यो, तर पछि मेरा बुबा र दिदी, आफ्नो विश्वास हाकिमले थाहा पाउलान् र भविष्यमा असर पर्ला भन्ने डरले, बिस्तारै भेलामा जान छोड्नुभयो र अन्ततः परमेश्‍वरमा विश्वास गर्न नै छोड्नुभयो। उहाँहरूले पछि उच्च हैसियत र राम्रो भौतिक जीवन प्राप्त गर्नुभएको भए पनि, उहाँहरू सधैँ मानिसहरूसँग सतर्क रहनुहुन्थ्यो, उहाँहरूका कोही साँचो साथी थिएनन्, र उहाँहरूले आफूविरुद्ध षड्यन्त्र होला भन्ने डर मान्नुहुन्थ्यो; उहाँहरू दिनभरि दाउपेच र षड्यन्त्रमा बिताउनुहुन्थ्यो, र चिन्ताले रातभरि सुत्न सक्नुहुन्नथ्यो। उहाँहरू शैतानको खेलौना बन्नुभयो र त्यसको सास्ती खेप्नुभयो, र ठूलो पीडामा बाँच्नुभयो। उहाँहरूले ख्याति र प्राप्ति पछ्याउँदाको परिणामले मलाई पनि एउटा चेतावनी दियो कि ख्याति र प्राप्ति पछ्याउँदा कुनै फाइदा हुँदैन: यो एउटा बन्द गल्ली हो। म उहाँहरूको असफल बाटोमा हिँड्नु हुँदैनथियो। मैले सृजित प्राणीको कर्तव्य राम्रोसँग पूरा गर्न पछ्याउनुपर्छ, र परमेश्‍वरले मानिसका लागि तयार गर्नुभएको साँचो भविष्य पछ्याउनुपर्छ। यी कुराहरू विचार गरेपछि, मलाई हिउँदको चिसोको महसुस हुन छोड्यो। मैले स्नातकोत्तर प्रवेश परीक्षाको लागि दर्ता शुल्क तिरिसकेको र मेरो परीक्षा केन्द्र पनि तोकिसकिएको भए पनि, मैले परीक्षा नदिने निर्णय गरेँ, किनभने पास भइहाले पनि, यो जीवनको सही मार्ग होइन, र त्यो ख्याति अर्थहीन छ।

यो निर्णय गरेपछि, मेरो शरीरभरि हलुका महसुस भयो। जब म स्कुल फर्केँ र मेरा सहपाठीहरूलाई स्नातकोत्तर प्रवेश परीक्षाको बारेमा चिन्तित भएको देखेँ, यो शैतानले उनीहरूलाई सास्ती दिइरहेको हो भन्ने मलाई थाहा भयो, र मेरो मन अब उप्रान्त स्नातकोत्तर प्रवेश परीक्षातर्फ तानिएन। त्यस बेलादेखि, मैले आफूलाई कर्तव्य निर्वाह गर्न पूर्ण रूपमा समर्पित गरेँ। एक वर्षपछि, मेरो बुबालाई पेटको क्यान्सर लागेको र यो अन्तिम चरणमा पुगेको पत्ता लाग्यो, र छ महिनापछि उहाँ बित्नुभयो। मृत्युको सामु ज्ञान, ख्याति र प्राप्ति काम लाग्दैनन् भन्ने देखेर, मलाई हृदयदेखि नै अझ के कुरा पक्का भयो भने, परमेश्‍वरमा विश्वास गर्नु र सत्यता पछ्याउनु नै मानिस बाँच्ने एउटै मात्र मार्ग हो। अहिले म पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छु, संसारको होहल्ला र सङ्घर्षबाट टाढा बसेको छु, र मलाई हृदयमा धेरै शान्ति र आराम महसुस हुन्छ। हरेक दिन, म मेरा ब्रदर-सिस्टरहरूसँग भेटघाट गर्छु, र हामी सँगै कर्तव्य पूरा गर्छौँ र सत्यतामा सङ्गति गर्छौँ। म परमेश्‍वरका वचनको न्याय र सजाय अनुभव गर्नमा पनि ध्यान दिन्छु, र मैले आफ्नै भ्रष्ट स्वभावहरूबारे केही ज्ञान प्राप्त गरेकी छु। यी प्राप्तिहरू यस्ता छन् जो वर्षौंसम्म स्कुल पढेर र ठूलो ख्याति र प्राप्ति हासिल गरेर मलाई कहिल्यै मिल्ने थिएनन्। मलाई साँचो भविष्य के हो भनेर बुझ्न र बुद्धिमानी छनौट गर्न दिनुभएकोमा म परमेश्‍वरलाई उहाँको वचनको मार्गदर्शनका निम्ति धन्यवाद दिन्छु।

अघिल्लो: ३९. म किन आफ्नो कर्तव्य शान्तिले स्वीकार गर्न असमर्थ भएँ

अर्को: ४१. आफ्नो बच्चाको रुचि र सोखप्रति कस्तो व्यवहार गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्