८६. मूल्याङ्कन लेख्दा सिकेको पाठ

लिन फाङ, चीन

नोभेम्बर २०२२ मा, माथिल्लो स्तरका अगुवाले मलाई वाङ चि को बारेमा मूल्याङ्कन लेख्न भन्दै एउटा पत्र पठाउनुभयो। पत्र पाएपछि, म यो नसोची बस्नै सकिनँ, “मैले वाङ चि को मूल्याङ्कन किन लेख्नुपर्‍यो? उनी त भर्खर दुई महिनाअघि मात्र अर्को मण्डलीमा सरुवा भएकी थिइन्। के माथिल्लो स्तरका अगुवाहरूले उनलाई बढुवा गर्न चाहनुभएको हो? कि उहाँहरूले उनको कामको मूल्याङ्कन गरेर सायद उनलाई बर्खास्त गर्न चाहनुहुन्छ? यसको पछाडि अगुवाहरूका तात्पर्य वास्तवमा के हो?” मैले के सुनेकी थिएँ भने, वाङ चि ले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर त्याग्दै आएकी थिइन्, अनि दुई वर्षअघि, मण्डलीले ठूलो दमनको सामना गर्दा, उनले केही कार्य सामर्थ्य देखाउँदै त्यसपछिको अवस्थालाई तुरुन्तै सम्हालेकी थिइन्। तैपनि, उनीसँग मिलेर बस्‍न निकै गाह्रो छ, अनि उनीसँगको मेरो उठबसबाट, मैले के पाएकी थिएँ भने उनी प्राय: अलि ठुलो पल्टिन्छिन्, अरूलाई बन्धनमा परेको जस्तो महसुस गराउँछिन्, अनि उनी मानिसहरूलाई दोष लगाउने खालकी छिन्। उनले कसरी ठुलो पल्टेर मलाई बन्धनमा पारेकी थिइन् भन्ने सोच्दा मलाई अन्याय भएको र दिक्क लागेको महसुस भयो। तर फेरि मैले सोचेँ, “अगुवाहरूले उनको स्थितिको छानबिन गर्न र उनलाई आफैलाई चिन्न मार्गदर्शन दिँदै उनलाई पत्र लेखिरहनुभएको छ, त्यसैले उहाँहरूले उनलाई बढुवा गर्ने योजना गरिरहनुभएको हुन सक्छ। यदि कुरा त्यसो हो भने, मैले मूल्याङ्कनमा उनका राम्रा गुणहरूबारे लेख्नुपर्छ। यदि मैले उनले मानिसहरूलाई कसरी बन्धनमा पार्छिन् भन्नेबारे लेखेँ भने, अगुवाहरूले मलाई कसरी हेर्नुहोला? के उहाँहरूले मैले स-साना गल्ती कोट्याइरहेकी छु र मैले पाठ सिकिरहेकी छैनँ, वा मैले उनीसँग राम्रोसँग सहकार्य गरिनँ भनेर भन्नुहोला? उनको क्षमता र कार्य सामर्थ्य राम्रो छ, अनि उनले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर त्यागेकी छिन्, र जब उनलाई बर्खास्त गरिएको थियो, तब उनले चिन्तन गरिन् र केही बुझाइ प्राप्त गरिन्। यदि अगुवाहरू उनलाई बढुवा गर्न चाहनुहुन्छ तर मैले चाहिँ उनको खराब व्यवहारबारे लेखेँ भने, अगुवाहरूले मलाई कुन दृष्टिले हेर्नुहोला?” यसबारे विचार गरिसकेपछि, म अगुवाहरूले उनलाई बढुवा गर्न लाग्नुभएको रहेछ भन्ने निष्कर्षमा पुगेँ, त्यसैले मैले वाङ चि ले सत्यता पछ्याउँछिन् र शुद्ध रूपमा परमेश्‍वरको वचन बुझ्छिन्, अनि उनीसँग कार्य सामर्थ्य छ र उनले आफ्नो परिवार र करियर त्याग्न सकिन् भनेर लेखेँ। अगुवाहरूमाझ राम्रो प्रभाव पार्न, मैले मानिसहरूलाई बन्धनमा पार्ने उनको व्यवहारलाई इन्साफको बोध भएको अनि मलाई मार्गदर्शन र मदत प्रदान गरेको कुराको रूपमा चित्रण गरेँ। मूल्याङ्कन लेखिसकेपछि, मैले अगुवाहरूलाई बुझाएँ।

केही दिनपछि, मैले अगुवाहरूबाट अर्को पत्र पाएँ, जसमा म वाङ चिसँगको उठबसमा हुँदा उनले अरूलाई दबाउने, दोष लगाउने वा बन्धनमा पार्ने कुनै सङ्केत देखाएकी थिइन् कि भनी मलाई सोधिएको थियो। मैले उनीसँग सहकार्य गर्दाका समयको बारेमा र उनले अरूलाई कसरी बन्धनमा पारेकी थिइन् भन्ने बारेमा सोचेँ, अनि मलाई लाग्यो, “के यस क्षेत्रमा उनका समस्याहरू गम्भीर भएर अगुवाहरूले उनको व्यवहारको छानबिन गर्न चाहनुभएको हो त? अघिल्लो पटक, मैले उनका राम्रा गुणहरूबारे मात्र लेखेकी थिएँ, र उनले अरूलाई कसरी बन्धनमा पार्छिन् वा दोष लगाउँछिन् भन्ने कुरा उल्लेख गरेकी थिइनँ। के मैले यस पटक यी व्यवहारहरूबारे लेख्नुपर्छ?” अनि फेरि मैले सोचेँ, “यदि मैले अहिले यी व्यवहारहरूबारे लेखेँ भने, अगुवाहरूले मलाई कसरी हेर्नुहोला? के उहाँहरूले म पहिले इमानदार थिइनँ र मैले उहाँहरूलाई छली व्यवहार गरिरहेकी थिएँ भनेर भन्नुहोला? सायद मैले मलाई यी कुराहरूबारे थाहा छैन मात्र भन्नुपर्छ होला। तर यदि मैले यी कुराहरूबारे मलाई थाहा छैन भनेँ भने, के अगुवाहरूले मसँग खुट्ट्याउने क्षमताको कमी छ भनेर ठान्नुहोला?” म कसरी अघि बढ्ने भन्ने कुरामा निश्चित नभई दोधारमा परिरहेँ। मैले मनमनै सोचेँ, “मैले उनीसँग एक महिनाभन्दा कम समय मात्र सहकार्य गरेकी थिएँ, त्यसैले मलाई यी कुराहरूबारे थाहा छैन भन्नु अस्वाभाविक हुनेछैन, र अगुवाहरूले सायद यसबारे केही भन्नुहुनेछैन।” त्यही क्षण, मलाई अशान्ति महसुस भयो र मैले आफू छली भइरहेकी छु भन्ने महसुस गरेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले प्रभु येशूका यी वचनहरू सम्झिएँ: “तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। मैले परमेश्‍वरले भन्नुभएको यो कुरा पनि सम्झिएँ: “परमेश्‍वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ।” मैले तुरुन्तै पढ्नलाई परमेश्‍वरको वचन पल्टाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वर इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनुपर्छ। परमेश्वरसँग विश्वासयोग्यताको सार छ, त्यसैले उहाँका वचनहरूलाई सधैँ विश्‍वास गर्न सकिन्छ; यसबाहेक, उहाँका कार्यहरू त्रुटिरहित र निर्विवाद छन्। यसै कारण परमेश्‍वर उहाँसँग पूर्ण रूपमा इमानदार हुनेहरूलाई मन पराउनुहुन्छ। इमानदारी भनेको तिमीहरूको हृदय परमेश्‍वरलाई दिनु, कुनै पनि कुरामा परमेश्‍वरप्रति झूटो नहुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, तथ्यहरू कहिल्यै नलुकाउनु, आफूभन्दा माथिकालाई छल गर्ने र आफूभन्दा तलकाबाट कुराहरू लुकाउने प्रयास कहिल्यै नगर्नु, र परमेश्‍वरको चापलुसी गर्ने फगत प्रयासका कामकुरा नगर्नु हो। छोटकरीमा भन्दा, इमानदार हुनु भनेको आफ्नो बोली-व्यवहारमा विशुद्ध हुनु हो, र परमेश्‍वर वा मानिस कसैलाई पनि छल नगर्नु हो। म जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूका लागि त्यो अत्यन्तै कठिन छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्नु र कार्य गर्नुभन्दा बरु नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यजनक कुरा होइन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू)। “तैँले गर्ने सबै कुरामा, तैँले आफ्ना अभिप्रायहरू सही छन् कि छैनन् भनेर जाँच्नैपर्छ। यदि तँ परमेश्‍वरका मागहरूअनुसार कार्य गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मानक हो। यदि तैँले आफ्ना अभिप्रायको निरीक्षण गरेर आफूले कुनै गलत अभिप्रायहरू विकास गरेको पत्ता लगाइस्, अनि तँ तीविरुद्ध विद्रोह गर्न र परमेश्‍वरका वचनहरू अनुसार कार्य गर्न सक्षम भइस् भने, तँ परमेश्‍वरको अगाडि सच्चा व्यक्ति बन्नेछस्। यसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुरा परमेश्‍वरका खातिर भएको, तेरो आफ्नै लागि नभएको दर्साउँछ। आफूले भन्‍ने र गर्ने सबै कुरामा, तँ आफ्‍नो हृदयलाई सही राख्‍न र आफ्‍ना कार्यहरूमा न्यायोचित हुन सक्, र कार्य गर्दा आफ्‍ना भावनाहरू वा आफ्नै इच्छामा नबग्। परमेश्‍वरका विश्‍वासीहरूले यिनै सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?)। परमेश्‍वरका वचनहरू पढेर, परमेश्‍वरले मानिसहरूबाट के चाहनुहुन्छ भन्ने कुरा मैले बुझेँ। परमेश्‍वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ। परमेश्‍वर मानिसहरूले कुनै छल वा लुकाउ-छिपाउ विना सत्य कुरा बोलून् भन्ने चाहनुहुन्छ। यो परमेश्‍वरको स्वभाव हो। मूल्याङ्कन लेख्नका लागि पनि इमानदार व्यक्ति बन्ने सम्बन्धी सत्यतामा प्रवेश गर्नु र परमेश्‍वरको छानबिनलाई स्वीकार गर्नु आवश्यक हुन्छ। वाङ चि को मूल्याङ्कन लेख्दै गर्दा मैले के गरेँ भनेर आफैलाई फर्केर हेर्दा, मैले आफूलाई थाहा भएको कुरा लेखिनँ वा सत्य बोलिनँ। यसको सट्टा, मैले पहिले अगुवाहरूको अभिप्रायबारे अनुमान लगाएँ, र अगुवाहरूले वाङ चिलाई बढुवा गर्न चाहनुभएको हुन सक्छ भन्ने सोचेर, मैले उनका खराब व्यवहारहरूलाई लुकाएँ र छोपछाप पारेँ, अझ उनले मलाई बन्धनमा पारेको कुरालाई समेत उनमा इन्साफको बोध भएको कुराको रूपमा चित्रण गरेँ। यसको प्रकृति वास्तवमा छल थियो। जब अगुवाहरूले मलाई वाङ चिको बारेमा अर्को मूल्याङ्कन लेख्न भन्नुभयो, तब आफूले झूटो बोलेको कुरा थाहा दिनबाट बच्नका लागि, मैले मूल्याङ्कन लेख्नै छोडिदिने विचार गरेँ। यो छलको अर्को उदाहरण थियो। परमेश्‍वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले मानिसको अन्‍तस्‍करणलाई जाँच्नुहुन्छ। मैले मानिसहरूलाई छल गर्न सकुँला तर परमेश्‍वरलाई छल गर्न सक्दिनँ। यदि मैले मेरो स्वभिमान जोगाउन निरन्तर झूट बोलेँ र छल गरेँ भने, यसले परमेश्‍वरलाई मप्रति घिन र घृणा मात्र जगाउनेछ। म परमेश्‍वरका मागहरूअनुसार इमानदार व्यक्ति बन्नुपर्छ, र मैले अगुवाहरूको अभिप्रायबारे अनुमान लगाउन छोड्नुपर्छ। अगुवाहरूले मलाई जसरी हेरे पनि, मैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, मैले वाङ चिले कसरी मानिसहरूलाई बन्धनमा पार्थिन् र दोष लगाउँथिन् भन्नेबारे सत्य कुरा लेखेँ र अगुवाहरूलाई बुझाएँ। त्यसपछि मात्र मलाई हल्का महसुस भयो। त्यसको केही समयपछि नै, अगुवाहरूले अर्को मण्डलीमा वाङ चिले देखाएको व्यवहारको वर्णन गर्दै एउटा पत्र पठाउनुभयो, जसमा उनले लगातार मानिसहरूलाई बन्धनमा पार्ने, आफ्ना सहकर्मीहरूको गल्ती कोट्याउने, र प्रायः आफ्नो उग्रताको कारण अरूलाई ताडना दिने गरेको कुरा उल्लेख गरिएको थियो। उनले गुटबन्दी गर्ने र आफ्ना सहकर्मीहरूको पिठिउँ पछाडि उनीहरूलाई दोष दिने पनि गर्ने गर्थिन्, जसले गर्दा उनीहरूलाई नकारात्मक महसुस हुन्थ्यो र आफैबारे नकारात्मक फैसला गर्थे। उनले आफूभन्दा माथिका र तलकाहरूलाई धोका दिन्थिन् र वास्तविक काम गर्थिनन्, अनि जब ब्रदर-सिस्टरहरूले उनीसँग सङ्गति गर्थे, तब उनले त्यो स्वीकार गर्दिनथिइन्। उनको निरन्तरको यस्तो व्यवहारको आधारमा, उनलाई बर्खास्त गरिएको थियो। यो खबर सुन्नासाथ, मैले पहिले नै सत्यता अभ्यास नगरेकोमा अझ बढी पश्चात्ताप गरेँ, र यति धेरै छली भएकोमा मलाई आफैदेखि घृणा लाग्यो।

पछि, मैले एउटै व्यक्तिको मूल्याङ्कन छोटो समयमा किन दुई फरक तरिकाले लेखेँ भनेर चिन्तन गरेँ। कुन प्रकृतिले मलाई यसरी काम गर्न प्रेरित गरिरहेको थियो? मैले बोझ महसुस गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ र खोजी गरेँ, “हे परमेश्‍वर, जब अगुवाहरूले मलाई वाङ चिको मूल्याङ्कन लेख्न भन्नुभयो, तब मैले आफूलाई थाहा भएका सबै तथ्यहरू लेख्नुको सट्टा अगुवाहरूको अभिप्रायबारे अनुमान लगाएँ र त्यहीअनुसार मूल्याङ्कन लेख्न चाहेँ। यसबाट मैले के पाठ सिक्नुपर्छ? हे परमेश्‍वर, कृपया मलाई आफैलाई चिन्न मार्गदर्शन गर्नुहोस्।”

मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरू परमेश्‍वरप्रति अन्धा हुन्छन्, र तिनीहरूको हृदयमा उहाँको निम्ति कुनै ठाउँ हुँदैन। ख्रीष्‍टलाई भेट्दा, तिनीहरूले उहाँसँग साधारण व्यक्तिभन्दा फरक व्यवहार गर्दैनन्, उहाँको अभिव्यक्ति र स्वर-शैलीबाट निरन्तर सङ्केत लिन्छन्, परिस्थितिअनुसार आफ्‍नो शैली बदल्छन्, वास्तविक रूपमा भइरहेको कुरा कहिल्यै भन्दैनन्, इमानदार कुरा कहिल्यै बोल्दैनन्, खोक्रा शब्‍दहरू र धर्मसिद्धान्त मात्रै बोल्छन्, तिनीहरूको अगाडि उभिरहनुभएका व्यावहारिक परमेश्‍वरलाई धोका दिने र छल्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय बिलकुलै हुँदैन। तिनीहरू हृदयबाट परमेश्‍वरसँग बोल्‍न र कुनै पनि वास्तविक कुरा भन्‍नसमेत सक्षम हुँदैनन्। तिनीहरू सर्पको घिस्राइजस्तै घुमाउरो र अप्रत्यक्ष तरिकाले कुरा गर्छन्। तिनीहरूका वचनहरूको शैली र दिशा थाङ्ग्रोमा बेरिएर माथितिर गएको लहरोजस्तै हुन्छ। उदाहरणको लागि, जब तैँले कुनै व्यक्ति राम्रो क्षमता भएको व्यक्ति हो र उसको पदोन्‍नति गरिनुपर्छ भनेर भन्छस्, तब तिनीहरू तुरुन्तै ऊ कति असल छ, र उसमा के कुराको प्रकटीकरण र प्रकाश भएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्; र यदि तैँले कुनै व्यक्ति खराब हो भनेर भनिस् भने, तिनीहरू तुरुन्तै त्यो मान्छे कति खराब र दुष्ट छ, र उसले मण्डलीमा कति बाधा र अवरोधहरू ल्याएको छ भन्‍नेबारे कुरा गर्न थाल्छन्। जब तैँले केही वास्तविक परिस्थितिहरूबारे सोधपुछ गर्छस्, तिनीहरूसँग भन्‍ने कुरा केही पनि हुँदैन; तिनीहरू घुमाउरो तरिकाले कुरा गरेर तेरो निर्णयको प्रतीक्षा गर्छन्, तेरा वचनहरूमा अर्थ छन् कि भनी राम्ररी सुन्छन्, तेरा अभिप्रायहरू पत्ता लगाउने प्रयास गर्छन्, ताकि तिनीहरूका शब्दहरू तेरो सोचसँग मिलून्। तिनीहरूले भन्‍ने हरेक कुरा मिठो सुनिने, चापलुसी, र खुसामदीका शब्दहरू मात्र हुन्; तिनीहरूको मुखबाट एउटै इमानदार वचन निस्कँदैन। तिनीहरूले मानिसहरूसँग यसरी नै अन्तरक्रिया गर्छन् र परमेश्‍वरसँग पनि यसरी नै व्यवहार गर्छन्—तिनीहरू त्यति धेरै छली हुन्छन्। यही नै ख्रीष्टविरोधीको स्वभाव हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग दुई))। “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्‍ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन्, ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, त्यो सबैमा तिनीहरूका भन्‍न नमिल्ने तथा अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण ख्रीष्टविरोधीहरूका बोलीवचन तथा कार्यहरू अत्यन्तै धेरै दूषित र ढोँगले भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्‍ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि तिनीहरूले आफूले भन्‍न चाहेका कुराहरूलाई भाषामार्फत यसरी हेरफेर गर्छन् कि तिनीहरूले भन्‍ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्‍ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै तिनीहरूले के सोचिरहेका छन् भनेर भन्दैनन् अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्‍ने हरेक कुरा बुझ्न नसकिने हुन्छ अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे र तिनीहरूलाई छर्लङ्ग देखे भने—कुरो मिलाउनलाई तिनीहरूले तुरुन्तै अर्को झुट सिर्जना गर्छन्। … यी मानिसहरूले जुन सिद्धान्त र विधिद्वारा आफूलाई आचरणमा ढाल्छन् र संसारसँग व्यवहार गर्छन् त्यो झुटहरूद्वारा मानिसहरूलाई छल्ने हो। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झुटहरूले भरिएका हुन्छन् र तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू भ्रममा पर्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा प्रवर्द्धन प्राप्त गर्न सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरले ख्रीष्ट विरोधीहरू निकै छली र दुष्ट हुन्छन् भनी खुलासा गर्नुहुन्छ, उनीहरूले हरेक बोली र काममा निरन्तर अरूको प्रतिक्रिया हेर्छन्, उनीहरूले बोल्ने शैलीमा धेरै ध्यान दिन्छन् र लुकेका अर्थहरू खोज्छन्, अनि उनीहरू परिस्थितिअनुसार आफ्नो व्यवहार बदल्छन्। जे गर्दा उनीहरूलाई फाइदा हुन्छ, उनीहरू त्यही बोल्छन् र गर्छन्, र उनीहरूको स्वभाव चिप्लो र छली हुन्छ, जसमा कुनै विश्वसनीयता हुँदैन। वाङ चिको मूल्याङ्कन लेख्दाको मेरो व्यवहारलाई फर्केर हेर्दा, मैले मेरो स्वभाव ठ्याक्कै ख्रीष्ट विरोधीको जस्तै भएको पाएँ। मूल्याङ्कन लेख्नुअघि, मैले अगुवाहरूको अभिप्रायबारे अनुमान लगाएँ, र अगुवाहरूले उनलाई बढुवा गर्न चाहनुहुन्छ भन्ने अड्कल काटेर, मैले सकारात्मक कुराहरू मात्र लेखेँ। जब अगुवाहरूले मलाई वाङ चिले मानिसहरूलाई बन्धनमा पारेकी वा दोष लगाएकी थिइन् कि भनेर सोध्नुभयो, तब मलाई यदि मैले सत्य कुरा लेखेँ भने, मैले पहिलो मूल्याङ्कनमा बोलेको झूट पर्दाफास हुनेछ भनेर चिन्ता लाग्यो, अनि अगुवाहरूले मलाई छलको आरोप लगाउनुहुनेछ भन्ने डरले, मैले मलाई यसबारे थाहा छैन भन्ने विचार गरेँ, तर फेरि यदि मैले यी कुराहरूबारे लेखिनँ भने, अगुवाहरूले ममा खुट्ट्याउने क्षमताको कमी छ भन्नुहुनेछ भन्ने पनि मलाई डर लाग्यो। अगुवाहरूको नजरमा राम्रो छवि कायम राख्न, म मेरो हृदयमा थोरै पनि इमानदारीता नराखी, दाउपेच र छल गर्नमै मैले आफ्नो दिमाग खियाएँ। विवेक र मानवता भएको व्यक्तिले मूल्याङ्कन लेख्दा परमेश्‍वरको डर मान्ने हृदयका साथ लेख्नेथियो, र सत्य कुराहरू लेख्नेथियो। तर मेरो स्वभिमान र हैसियत जोगाउनका लागि, मेरा विचारहरू अति जटिल भए, अनि मैले बोलेका र गरेका हरेक कुरा मेरा व्यक्तिगत अभिप्राय र लक्ष्यहरूमा नै केन्द्रित थिए। मैले शैतानको आचरणको सिद्धान्त, “मानिसहरूले जे सुन्न चाहन्छन् त्यही भन,” भन्‍ने भनाइलाई पछ्याएँ, र मानिसहरूको हाउभाउ हेरेर, चिप्लो र चलाख बन्दै, देख्दादेख्दै झूट बोलेँ र छल गरेँ। म साँच्चै चिप्लो र छली थिएँ, र पूर्ण रूपमा अविश्वासयोग्य थिएँ। मैले आफैबारे मात्र सोचेँ, र मण्डलीको कामलाई बेवास्ता गरेँ। बढुवा हुन नहुने व्यक्तिलाई बढुवा गर्दा, त्यसले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा कति ठूलो हानि पुर्‍याउँछ भन्ने कुरा मैले विचार गरिनँ। म साँच्चै स्वार्थी थिएँ! यो महसुस गरेपछि, मेरो विवेकले मलाई दोषी ठहर्‍यायो, र मलाई ग्लानि र पश्चात्ताप महसुस भयो। म परमेश्‍वरसामु पश्चात्ताप गर्न र उहाँका मागहरूअनुसार काम गर्न तयार भएँ।

पछि, मैले परमेश्‍वरका थप वचनहरू पढेँ: “मैले ‘परमेश्‍वरको मार्ग पछ्याउनु’ भनेर भन्दा, ‘परमेश्‍वरको मार्ग’ ले केलाई जनाउँछ? त्यसको अर्थ परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु हो। अनि, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू हाम्रा भावनाहरूमा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सर्वप्रथम, इमानदार व्यक्ति हुने अभ्यास गर्नु परमेश्‍वरको मार्गलाई पछ्याउनुसित मिल्छ। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नुकै एक हिस्सा होइन र? के यो परमेश्‍वरको मार्ग पछ्याउनु होइन र? (हो। परमेश्‍वरको मार्ग पछ्याउनु हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, ‘त्यो व्यक्तिबारे तपाईंको राय के छ? के ऊ मण्डलीको काममा जिम्‍मेवार छ?’ र तैँले यस्तो जवाफ दिन्छस्, ‘ऊ राम्रो छ। ऊ मभन्दा बढी जिम्‍मेवार छ, उसको क्षमता मेरोभन्दा राम्रो छ, र उसको मानवता पनि राम्रो छ। ऊ परिपक्‍व र स्थिर छ।’ तर के तैँले आफ्‍नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के देख्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, ऊ भरोसा गर्न लायक छैन, बरु छली, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, ‘मैले सत्य कुरा भन्‍नु हुँदैन। मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,’ त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, र उसका बारेमा राम्रा कुराहरू भन्‍ने निर्णय गर्छस्, तर तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन; यो सबै झूट र नक्कली कुरा मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तँ शैतानको मार्ग, भूतहरूको मार्गमा हिँडेको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, र यो परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। तँ कुनै अर्को व्यक्तिसँग बोल्दै छस् भने पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ; उहाँले तेरो हृदय नियालिरहनुभएको र त्यसलाई जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानवको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्; तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्, तर परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ। परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, र तेरो हृदयमा के-कस्ता तुच्छ षड्यन्त्र, विश्‍वासघाती तरिका र सक्रिय सोचहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। जब तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने कुरा परमेश्‍वरले देख्नुहुन्छ, तँप्रतिको उहाँको राय र मूल्याङ्कन के हुन्छ? यस मामिलामा तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलिनस् भन्‍ने हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मूल्याङ्कन लेख्दा मैले आफू प्रवेश गर्नुपर्ने सिद्धान्तहरू बुझेँ। कसैको मूल्याङ्कन गर्दा, त्यो मूल्याङ्कन तथ्यमा आधारित हुनुपर्छ, र राम्रा पक्षहरूलाई बढाइचढाइ गर्ने वा कमजोरीहरूलाई लुकाउने गर्नु हुँदैन। यो सटिक र वस्तुपरक हुनुपर्छ, र यसमा, हामीलाई जति थाहा छ त्यति नै लेख्नुपर्छ। मूल्याङ्कन भरपर्दो सन्दर्भ सामग्री बन्नुपर्छ र विश्वासयोग्य हुनुपर्छ। यसबाहेक, कसैलाई बढुवा गर्दा, संवर्धन गर्दा वा बर्खास्त गर्दा, सिद्धान्त र तथ्यका आधारमा मूल्याङ्कन लेखिएको हुनुपर्छ, र यसले हरेक व्यक्तिका सबल र दुर्बल पक्षहरूलाई वस्तुपरक ढङ्गले प्रतिबिम्बित गर्नुपर्छ। निष्पक्ष र वस्तुपरक मूल्याङ्कनले अगुवा र कामदारहरूलाई मानिसहरूको उचित व्यवस्थापन र कारबाही गर्न मदत गर्न सक्छ, जसले गर्दा बढुवा र संवर्धन गर्न सकिनेहरूलाई तालिमका लागि तुरुन्तै उपयुक्त भूमिकाहरूमा खटाउन सकिन्छ, र बर्खास्त गर्नुपर्ने वा मण्डलीबाट निकाल्नुपर्नेहरूलाई तुरुन्तै निराकरण गर्न सकिन्छ। यसले कुनै पनि असल व्यक्तिलाई अन्याय नहुने, र कुनै पनि दुष्ट व्यक्ति नछुट्ने कुरालाई सुनिश्चित गर्छ। यदि झूटो मूल्याङ्कनले गर्दा कुनै दुष्ट व्यक्ति वा ख्रीष्ट विरोधी मण्डलीमै रहिरह्यो भने, यसले मण्डली जीवनको सुव्यवस्थालाई असर गर्नेछ, र मण्डलीको काममा अवरोध र बाधा पुर्‍याउनेछ, जुन एउटा दुष्ट कार्य हो। यो महसुस गरेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र पश्चात्ताप गरेँ, “हे परमेश्‍वर, तपाईंको प्रकाशद्वारा, मैले आफूभित्रको चिप्लो र छली शैतानी स्वभाव देखेकी छु। मेरो घमण्ड र हैसियत जोगाउन, मैले तपाईं र अगुवाहरू दुवैलाई छल गर्ने कोसिस गरेँ, मण्डलीको हितलाई बेवास्ता गरेँ। म श्रापित हुन लायककी छु। हे परमेश्‍वर, तपाईंले मलाई मेरा अपराधहरूअनुसार व्यवहार गर्नुभएन तर मलाई पश्चात्ताप गर्ने मौका दिनुभयो, र म पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्छु। अब फेरि मूल्याङ्कन लेख्नुपर्दा, म परमेश्‍वरको डर मान्ने हृदयका साथ सिद्धान्तअनुसार अभ्यास गर्न तयार छु, र म तथ्यमा आधारित भएर मलाई थाहा भएका सबै जानकारी प्रदान गर्नेछु।”

पछि, अगुवाहरूले मलाई मूल्याङ्कन गर्नका लागि अरू केही नामहरू पठाउनुभयो। मैले के देखेँ भने, यी व्यक्तिहरूलाई अगुवाहरूले अन्य ठाउँहरूमा कर्तव्यका लागि सिफारिस गर्ने मनसाय राख्नुभएको थियो, र मलाई फेरि केही चिन्ता लाग्यो, “यी व्यक्तिहरूलाई अगुवाहरूले राम्रो मान्नुहुन्छ, त्यसैले यदि मैले मलाई थाहा भएको कुरा र मेरा विचारहरू लेखेँ, र ती अगुवाहरूको विचारसँग बाझिए भने, अगुवाहरूले मलाई कसरी हेर्नुहोला? के उहाँहरूले मसँग खुट्ट्याउने क्षमता छैन भनेर भन्नुहोला? सायद मैले उनीहरूका सबल पक्षहरू मात्र उल्लेख गर्नुपर्छ र कमजोरीहरूलाई चाहिँ छोपछाप पार्नुपर्छ। मैले उनीहरूलाई त्यति राम्रोसँग चिन्दिनँ भन्न सक्छु र म अगुवाहरूको दृष्टिकोणसँग नमिल्ने कुरा लेख्नबाट र उहाँहरूले मप्रति नकारात्मक धारणा बनाउनुहुने अवस्थाबाट बच्न सक्छु।” त्यही क्षण, मैले के महसुस गरेँ भने, मैले फेरि मेरो घमण्ड र हैसियत जोगाउन छली बन्ने कोसिस गरिरहेको छु, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँलाई मेरो गलत स्थिति सुधार्न मार्गदर्शन गर्न अनि इमानदार व्यक्ति बन्ने र परमेश्‍वरको जाँचलाई स्वीकार गर्ने सिद्धान्तहरूमा प्रवेश गर्न अगुवाइ माग्दै बिन्ती गरेँ। त्यसपछि, मैले यी मानिसहरूबारे बुझेका र जानेका सबै कुराहरू विस्तृत रूपमा लेखेँ। मलाई जति थाहा थियो मैले त्यति नै लेखेँ। यसो गर्दा मलाई मनमा शान्ति मिल्यो।

मूल्याङ्कनहरू लेख्‍ने क्रममा, मैले आफैभित्रको चिप्लो र छली शैतानी स्वभावलाई स्पष्ट रूपमा देखेँ, र घमण्ड र हैसियतका लागि जिउनु साँच्चै थकाउने र पीडादायी हुन्छ भन्‍ने महसुस गरेँ, र परमेश्‍वरका वचनहरूअनुसार इमानदार बन्ने र सत्य बोल्ने अभ्यास गर्दा आराम र आनन्द मिल्छ। मलाई यो रूपान्तरणसम्म डोर्‍याउनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो: ८५. पैसाको बन्धनबाट कसरी मुक्त हुने

अर्को: ८८. प्रतिकूल परिस्थितिमा कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्