१. आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, मैले जीवन प्रवेशमा ध्यान दिनुपर्छ
सन् २०२३ को मार्चमा, म जिल्ला अगुवाको कर्तव्य निर्वाह गर्दै थिएँ। मेरा जिम्मेवारीहरू धेरै भएकाले, म अक्सर हतारिएर बाहिर निस्कन बिहान सबेरै उठ्नुपर्थ्यो, अनि कहिलेकाहीँ त म अँध्यारो नभई घर फर्कन्नथेँ। घर फर्किसकेपछि पनि, सम्हाल्नुपर्ने केही चिठीपत्रहरू हुन्थे, र काम कहिल्यै नसकिने जस्तो देखिन्थ्यो। कहिलेकाहीँ आफ्नो कर्तव्य निर्वाह गर्दा म केही भ्रष्ट स्वभावहरू प्रकट गर्थेँ, र त्यसलाई समाधान गर्न म परमेश्वरका वचनहरू खान र पिउन चाहन्थेँ, तर मलाई सधैँ आत्मिक भक्तिले धेरै समय लिन्छ जस्तो लाग्थ्यो। यसरी केही समयसम्म आफूलाई व्यस्त राखेपछि, मैले जीवन प्रवेशमा खासै प्रगति नगरेको महसुस गरेँ, अनि मेरो हृदय सधैँ रित्तो भए झैँ लाग्थ्यो। म जीवन प्रवेशमा ध्यान नदिई काममा मात्र केन्द्रित भएकीले, मेरो आत्मा बिस्तारै संवेदनहीन हुँदै गयो, र म समस्याहरू आउँदा सत्यता खोज्नुपर्छ भन्ने थाहा पाउँदैनथेँ, अनि भेलाहरूमा म कुनै बुझाइ बताउन सक्दिनथेँ। परमेश्वरसँगको मेरो सम्बन्ध असामान्य छ भन्ने मलाई थाहा थियो, त्यसैले म अलि डराउँथेँ, र म सङ्कटमा छु जस्तो लाग्थ्यो। यदि मेरो जीवन स्वभावमा परिवर्तन आएन भने, चाहे मैले जति नै दौडधूप वा दुःखकष्ट गरेको देखियोस्, मैले परमेश्वरको अनुमोदन पाउने थिइनँ। त्यसैले म यो कर्तव्यमा धेरै व्यस्त होइन्छ र मलाई आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नका लागि सत्यता पछ्याउने समय नै छैन भन्ने सोच्दै अगुवाको रूपमा कर्तव्य निर्वाह गर्ने चाह छोड्न चाहन्थेँ। त्यस अवधिमा, मैले आफ्नो कर्तव्य त छोडिनँ, तर मैले आफ्नो प्रेरणा गुमाएँ, र ममा आफ्नो कर्तव्यप्रतिको बोझको त्यति बोध हुन छोड्यो। पछि, मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्ने ब्रदर-सिस्टरहरूले प्राय: परमेश्वरका वचनहरू र अरू ब्रदर-सिस्टरहरूद्वारा लेखिएका अनुभवात्मक गवाहीहरू पढेका देख्थेँ, अनि म लेखन-पठनको कर्तव्य निर्वाह गर्नु धेरै राम्रो हुन्छ, र अरू कर्तव्य निर्वाह गर्नुभन्दा यो कर्तव्यबाट धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्ने सोच्थेँ, त्यसैले म एक दिन मैले पनि लेखन-पठनको कर्तव्य निर्वाह गर्न पाउँला भन्ने आशा गर्थेँ, किनकि यसले मलाई मेरो जीवन प्रवेशमा मद्दत गर्नेथियो र मुक्ति पाउने मेरो आशा बढाउनेथियो।
नोभेम्बरको एक दिन, माथिल्लो तहका अगुवाले लेखन-पठनको काम गर्ने जनशक्तिको तत्काल आवश्यकता परेको कुरा बताए, र लेखन-पठनको कामको सुपरिवेक्षण गर्ने कार्यमा मेरो केही प्रभावकारिता भएकाले, उनीहरूले मलाई त्यो कर्तव्यमा खटाउन चाहे। यो खबर पाउँदा म धेरै खुसी भएँ, किनभने मैले यो कर्तव्य निर्वाह गर्दा यसले पक्कै पनि मेरो जीवन प्रवेशमा मद्दत गर्नेछ भन्ने सोचेँ, र मैले यो मौका छोप्नुपर्छ भन्ने महसुस गरेँ। तर अचम्मको कुरा, मैले वास्तवमै सहकार्य गर्न थालेपछि मात्र के थाहा पाएँ भने लेखहरू छनोट गर्नुका साथै, मैले मानिसहरूलाई संवर्धन पनि गर्नुपर्छ, साथै ब्रदर-सिस्टरहरूको जीवन प्रवेशसम्बन्धी समस्याहरू पनि समाधान गर्नुपर्छ, र मैले यो कर्तव्यको कार्यभार अगुवाको भन्दा कम नभएको पाएँ। त्यसमाथि, मैले भर्खरै तालिम सुरु गरेकी र म सिद्धान्त वा कामसँग परिचित नभएकीले, मैले सधैँ अनगिन्ती पूरा कामहरू गर्नुपर्ने हुन्थ्यो। काम राम्रोसँग गर्नु नै मेरो प्राथमिकता भएकाले, मलाई बिहानीको आत्मिक भक्ति समयको बर्बादी हो जस्तो लाग्थ्यो, अनि साँझमा पनि, लेखहरू छनोट गर्न मैले ओभरटाइम काम गर्नुपर्थ्यो, र मैले आफूलाई हरेक दिन कामको चक्रमा फसेको पाएँ, अनि मैले आफूले प्रकट गरेका भ्रष्टताहरू जाँच्नमा ध्यान दिन छोडेँ। कहिलेकाहीँ आफ्नो स्थिति खराब भएको महसुस हुँदा, म त्यसलाई समाधान गर्न परमेश्वरका वचनहरू खान र पिउन चाहन्थेँ, तर जब-जब म गर्न बाँकी रहेका सबै कामहरूबारे सोच्थेँ, म जीवन प्रवेशको विषयलाई पछि सार्थेँ। सुरुमा मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्दा मेरो जीवन प्रवेशमा मद्दत पुग्छ भन्ने लाग्थ्यो, तर अहिले त म आत्मिक भक्तिका लागि समयसमेत निकाल्न सक्दिनथेँ। यदि आफूलाई हरेक दिन यसरी नै व्यस्त राखिरहेँ भने, मैले सत्यता खोज्ने र आफ्ना समस्याहरू समाधान गर्ने समय कसरी पाउँला र? आफ्नो जीवन स्वभावमा परिवर्तनविना, मैले कसरी मुक्ति पाउन सकूँला र? मैले जति धेरै यसबारे सोचेँ, म त्यति नै दुःखी भएँ, र मलाई यो कर्तव्य लिएकोमा पछुतोसमेत लाग्यो। विशेषगरी जब मैले केही ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीहरू भिडियो बनाएर अनलाइनमा अपलोड गरिएको देखेँ, मलाई गहिरो बेचैनी महसुस भयो, किनकि मैले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसक्दा पनि एउटा पनि अनुभवात्मक गवाही लेखेकी थिइनँ, र मैले अझैसम्म आफ्नो भ्रष्ट स्वभावको कुनै पनि पक्ष समाधान गरेकी थिइनँ। म हरेक दिन व्यस्त हुनुको के अर्थ थियो र? मैले गुनासो नगरी बस्न सकिनँ, किनभने मैले अगुवाहरूले मलाई अनुपयुक्त कर्तव्य दिएका छन्, र यसले मेरो सत्यता पछ्याइ र मुक्तिको अवसरमा बाधा पुर्याइरहेको छ भन्ने सोचेँ। मलाई यसरी सोच्नु गलत हो भन्ने थाहा थियो, त्यसैले मैले आफ्नो हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई आफू सधैँ आफ्ना कर्तव्यहरूमा धेरै व्यस्त भएकीले सत्यता पछ्याउन समय नै पाउँदिनँ भन्ने लाग्छ। मलाई यसरी सोच्नु गलत हो भन्ने थाहा छ, तर पनि ममा आफूबारे खासै बुझाइ छैन। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् र मेरा समस्याहरू बुझ्न मद्दत गर्नुहोस्।”
एउटा भेलाको दौरान, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “कतिपय मानिसहरू आफू आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको कारण सत्यता पछ्याउने समय छैन भनेर सधैँ भनिरहेका हुन्छन्। यो स्वीकार्य छैन। सत्यता पछ्याउने व्यक्तिले त जे काम गरे पनि, समस्या पत्ता लगाउनेबित्तिकै त्यो समाधान गर्न सत्यता खोजी गर्छ, र सत्यता बुझ्छ र प्राप्त गर्छ। यो पक्का हो। दैनिक भेला भएर मात्रै सत्यता बुझ्न सकिन्छ भनेर सोच्नेहरू धेरै छन्। यो बिलकुलै गलत हो। सत्यता भनेको भेला भएर र प्रवचनहरू सुनेर मात्रै बुझ्न सकिने कुरा होइन; व्यक्तिले परमेश्वरका वचनहरू अभ्यास र अनुभव पनि गर्नुपर्छ, अनि उसलाई समस्याहरू पत्ता लगाउने र समाधान गर्ने प्रक्रिया पनि चाहिन्छ। महत्त्वपूर्ण कुरा, तिनीहरूले सत्यता खोज्न सिक्नैपर्छ। सत्यतालाई प्रेम नगर्नेहरूको जीवनमा जस्तोसुकै समस्याहरू आइपरे पनि तिनीहरू सत्यता खोज्दैनन्; सत्यताप्रेमीहरू आफू कर्तव्यमा जति नै व्यस्त भए पनि, आफूलाई समस्याहरू आइपर्दा, सत्यता खोजी गर्छन्। त्यसकारण, आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको कारण भेला हुने समय छैन, त्यसैले सत्यताको खोजीलाई थाँती राख्नुपर्छ भनेर सधैँ गुनासो गर्ने मानिसहरू सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनेर हामी निश्चितसित भन्न सक्छौँ। तिनीहरू आत्मिक बुझाइ नभएका मूर्ख समझ भएका मानिस हुन्। … कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने कुरा ऊ आफ्नो कर्तव्यमा कति व्यस्त छ वा ऊसँग कति समय छ भन्ने कुरासँग सम्बन्धित हुँदैन; यो कुरा त उसले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर हुन्छ। वास्तविकता के हो भने, हरेकसँग उति नै मात्रामा समय हुन्छ; हरेक व्यक्तिले यो कसरी प्रयोग गर्छ त्यसमा भिन्नता हुन्छ। सत्यता पछ्याउने समय छैन भन्ने व्यक्तिले सम्भवतः आफ्नो समय देहसुखमा बिताइरहेको हुन्छ, वा ऊ केही बाहिरी मामलाहरूमा व्यस्त हुन्छ। तिनीहरू त्यो समय समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न बिताउँदैनन्। आफ्नो पछ्याइमा लापरवाही हुने मानिसहरू यस्तै हुन्छन्। यसले तिनीहरूको जीवन प्रवेशको ठूलो मामिलामा ढिलाइ गर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। परमेश्वरका वचनहरूबाट, मैले म कर्तव्यहरूमा अत्यन्तै व्यस्त भएकीले जीवन—प्रवेशमा ध्यान दिन सकिनँ भन्ने महसुस गर्नुको मूल कारण मभित्र सत्यताप्रति प्रेम नहुनु नै रहेछ भन्ने देखेँ। अगुवा हुँदा मैले गर्नुपर्ने काम धेरै हुन्थ्यो, र मलाई आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्वरका वचनहरू पढ्ने समय नै छैन जस्तो लाग्थ्यो, त्यसैले म केवल एउटा कार्य गरे पुग्ने कर्तव्य निर्वाह गर्न चाहन्थेँ। तर लेखन-पठनको कर्तव्यमा सरिसकेपछि पनि, मलाई म यो कर्तव्यमा धेरै व्यस्त छु, र यसले मेरो जीवन प्रवेशमा असर गरिरहेको छ अनि मेरो मुक्तिको अवसरमा बाधा पुर्याइरहेको छ जस्तो लाग्यो। परमेश्वरका वचनहरू पढेपछि, मैले मेरा बहानाहरू पूर्ण रूपमा अमान्य रहेछन् भन्ने बुझेँ। सत्यतालाई प्रेम गर्दै पछ्याउनेहरू जुनसुकै परिस्थितिमा पनि सत्यता खोज्न र आत्मचिन्तन गर्न सक्छन्, र त्यसबाट पाठ सिक्न सक्छन्। तर सत्यतालाई प्रेम नगर्नेहरू भने कुनै पनि परिस्थितिमा सत्यता खोज्नमा ध्यान दिँदैनन्, र तिनीहरू सत्यता नपछ्याउनका लागि सधैँ विभिन्न बहानाहरू बनाउँछन्। मैले अगुवा र सुपरिवेक्षक रहेका धेरै ब्रदर-सिस्टरहरूलाई सम्झेँ। उनीहरू पनि हरेक दिन काममा व्यस्त हुन्छन्, तैपनि उनीहरूसँग सत्यता खोज्ने र आफ्नो जीवन प्रवेशमा ध्यान दिने समय हुन्छ। जस्तै, जब एक जना अगुवा कामको फलोअप गर्न हाम्रो टोलीमा आए, मैले उनी हाम्रो कामको लागि जिम्मेवार रहनुका साथै अन्य कामहरू पनि सम्हालिरहेकी छिन् भन्ने देखेँ, र उनी हरेक दिन मभन्दा धेरै व्यस्त थिइन्, तैपनि उनी आत्मिक भक्ति र परमेश्वरका वचनहरू मनन गर्नका लागि समय निकाल्न सक्थिन्। अझ, उनको काटछाँट हुँदा उनले प्राप्त गरेका अनुभवात्मक लाभहरू सुन्नु पनि हाम्रा लागि लाभदायक थियो। मैले अरू मानिसहरू आफूले सामना गरेका परिस्थितिहरूमा सत्यता खोज्न र पाठ सिक्न सक्ने रहेछन्, र यसले जीवनमा प्रगति गराउने रहेछ भन्ने देखेँ। मैले आफूले पहिले भेटेका एउटै कार्य गरे पुग्ने कर्तव्य निर्वाह गरेका केही व्यक्तिहरूलाई पनि सम्झेँ जो हरेक दिन आफ्नो हातमा भएको काम मात्र सकेपछि सन्तुष्ट हुन्थे, र आफ्नो बाँकी समय दैहिक कुराहरूमा बिताउँथे। उनीहरूसँग स्पष्टरूपमा परमेश्वरका वचनहरू मनन गर्न र सत्यता खोज्न प्रशस्त समय हुन्थ्यो, तैपनि उनीहरूमा आफ्नो जीवन प्रवेशप्रति कुनै बोझको भावना हुँदैनथ्यो, र उनीहरू अरूका सुझावहरूमा ध्यान दिँदैनथे, त्यसको प्रतिरोध समेत गर्थे। यी तथ्यहरूको प्रकाशमा, मैले कर्तव्यमा व्यस्त हुनु भनेको सत्यता पछ्याउने समय नहुनु हो भन्ने मेरो विश्वास आधारभूत रूपमा सत्यतासँग नमिल्ने र पूर्ण रूपमा हास्यास्पद रहेछ भन्ने बुझेँ। ठ्याक्कै अहिले जस्तै, मैले लेखन-पठनको कर्तव्य निर्वाह गर्दै र अनुभवात्मक गवाहीहरू छनोट गर्दै गर्दा, मैले समीक्षा गर्ने हरेक लेखमा सत्यता समावेश हुन्थ्यो, तर पनि मलाई जीवन प्रवेशमा ध्यान दिने समय नभएको जस्तो किन लाग्थ्यो? यसको मुख्य कारण थियो मैले सत्यतालाई प्रेम नगर्नु, तैपनि मलाई अनुपयुक्त कर्तव्य दिएको भन्दै म अगुवाहरूलाई दोष समेत दिन्थेँ, जुन कुरा एकदमै विकृत र तर्कहीन थियो। म वास्तवमै एक हास्यास्पद बुझाइ भएकी र आत्मिक बुझाइ नभएकी व्यक्तिको रूपमा परमेश्वरद्वारा खुलासा भएकी थिएँ!
पछि, मैले परमेश्वरका केही वचनहरू पढेँ, र आफ्ना कर्तव्य निर्वाह गर्दा कसरी जीवन प्रवेश हासिल गर्ने भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “सत्यता पछ्याउने मानिसहरू आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, आफूलाई आइपर्ने समस्याहरू समाधान गर्न सत्यता खोजी गर्न सक्छन्, र आफूले प्रवचनहरू सुन्दा अस्पष्ट लागेका कुराहरूबारे सङ्गति खोज्छन्, र कसरी काम गरेँ भनेर मनन गर्न दैनिक आफ्नो हृदय शान्त पार्छन्, त्यसपछि परमेश्वरका वचनहरूलाई विचार गर्छन् र अनुभवसम्बन्धी गवाहीका भिडियोहरू हेर्छन्। तिनीहरूले यसबाट केही कुरा प्राप्त गर्छन्। तिनीहरू आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, यसले तिनीहरूको जीवन वृद्धिमा पटक्कै बाधा दिँदैन, न त तिनीहरूको जीवन प्रवेशमा ढिलाइ नै गर्छ। सत्यतालाई प्रेम गर्ने मानिसहरूले यसरी अभ्यास गर्नु स्वभाविकै हो। सत्यतालाई प्रेम नगर्नेहरू आफू कर्तव्यमा व्यस्त भए पनि नभए पनि र आफूलाई जे-जस्ता समस्याहरू आइपरे पनि, आत्मचिन्तन गर्न र आफूलाई चिन्न सत्यता खोजी गर्दैनन् र परमेश्वरसामु आफूलाई शान्त पार्न चाहँदैनन्। त्यसकारण, तिनीहरू आफ्नो कर्तव्यमा व्यस्त होस् वा फुर्सत, सत्यता पछ्याउँदैनन्। वास्तविकता के हो भने, यदि कुनै व्यक्तिमा सत्यता पछ्याउने हृदय छ, ऊ सत्यताको तृष्णा गर्छ, अनि जीवन प्रवेश र स्वभाव परिवर्तनको बोझ लिन्छ भने, आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि हृदयमा ऊ परमेश्वरको नजिक हुँदै जानेछ र उहाँलाई प्रार्थना गर्नेछ। तिनीहरूले पवित्र आत्माका केही अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन् नै, र तिनीहरूको जीवन निरन्तर वृद्धि हुनेछ। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र जीवन प्रवेश वा स्वभाव परिवर्तनको कुनै बोझ लिँदैन, वा यदि उसलाई यी कुराहरूप्रति चासो लाग्दैन भने, उसले केही प्राप्त गर्न सक्दैन। आफूमा के-कस्ता भ्रष्टताका प्रकाशहरू छन् भनेर मनन गर्नु जहीँ पनि र जहिले पनि गर्नुपर्ने कुरा हो। उदाहरणका लागि, यदि कसैले आफ्नो कर्तव्य निर्वाह गर्दा भ्रष्टता प्रकाश गरेको छ भने, उसले हृदयबाट अनिवार्य रूपमा परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्नो भ्रष्ट स्वभाव चिन्नुपर्छ, र यसलाई हटाउन सत्यता खोजी गर्नुपर्छ। यो हृदयसँग सम्बन्धित कुरा हो; हातमा भएको कामसँग यसको कुनै सम्बन्ध हुँदैन। के यसो गर्नु सजिलो छ? त्यो कुरा तँ सत्यतालाई पछ्याउने व्यक्ति होस् कि होइनस् भन्ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरू जीवन-वृद्धिका मामिलाहरूमा चासो लिँदैनन्। तिनीहरू यस्ता कुराहरूलाई विचार गर्दैनन्। सत्यता पछ्याउने मानिसहरू मात्रै आफूलाई जीवन-वृद्धिमा लगाउन इच्छुक हुन्छन्; तिनीहरूले मात्रै वास्तवमै आइपर्ने समस्याहरूबारे र ती समस्याहरू समाधान गर्न कसरी सत्य खोज्ने भनी मनन गर्छन्। वास्तवमा, समस्याहरू समाधान गर्ने र सत्यता पछ्याउने प्रक्रिया एउटै हो। यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दा समस्याहरू समाधान गर्न सत्यताको खोजीलाई निरन्तर ध्यान दिन्छ, र त्यस्तो अभ्यास गरेको धेरै वर्षको अवधिमा निकै समस्याहरू समाधान गरेको छ भने, उसको कर्तव्य निर्वाह अवश्य नै मापदण्डअनुरूप हुन्छ। यस्ता मानिसहरूमा निकै कम भ्रष्टताका प्रकाशहरू हुन्छन्, र कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले धेरै साँचो अनुभव पाएका हुन्छन्। त्यसरी तिनीहरू परमेश्वरको गवाही दिन सक्छन्। यस्ता मानिसहरूले सुरुमा आफ्नो कर्तव्य लिएदेखि परमेश्वरको गवाही दिन सकिञ्जेलसम्म कसरी अनुभव प्राप्त गर्छन्? तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता खोजी गरेर यसो गर्छन्। त्यसकारण, सत्यता पछ्याउने मानिसहरू आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नेछन्, र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सफल हुन्छन्, अनि सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन सक्नेछन्। जीवन प्रवेशको प्रक्रिया यही हो, र यो सत्यता वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया पनि हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। बिगतमा, म सधैँ सोच्थेँ, आत्मिक भक्तिका लागि परमेश्वरका वचनहरू खान र पिउन अनि आफ्नै समस्याहरूबारे चिन्तन गर्न र बुझ्न प्रशस्त समय चाहिन्छ, र जीवन प्रवेशमा केन्द्रित हुने तरिका यही हो। त्यसैले जब-जब म आफ्ना कर्तव्यमा व्यस्त हुन्थेँ, जीवन प्रवेशको विषयलाई पन्छाउँदै, म काममा मात्र केन्द्रित हुन्थेँ। मैले मेरो जीवन प्रवेशलाई आफ्नो कर्तव्यबाट अलग गरेँ। सत्यता के हो भने, आत्मिक भक्ति नियमहरूद्वारा बाँधिनु हुँदैन, र आफ्नो जीवन प्रवेशप्रति बोझको भावना हुने र सत्यतालाई प्रेम गर्नेहरू, जति नै व्यस्त भए पनि पाठ सिक्न सक्छन्। जसरी कुनै व्यक्तिले अगुवा र कामदारको कर्तव्य निर्वाह गर्दा, उसले हरेक दिन धेरै मानिस, घटना र कामकुराहरूको सामना गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरू कठिनाइमा जिइरहेका हुन्छन् वा उनीहरूको भ्रष्ट स्वभावले उनीहरूका कर्तव्यमा असर गर्छ, त्यतिबेला अगुवा र कामदारहरूले उनीहरूका स्थितिहरूमाथि मनन गर्दै तिनको समाधानमा मद्दत गर्नका लागि परमेश्वरका वचनहरू खोज्नुपर्छ। कहिलेकाहीँ जब उनीहरू ब्रदर-सिस्टरहरूले गम्भीर भ्रष्ट स्वभावहरू प्रकट गरेका, मण्डलीको काममा अवरोध गरेका र बाधा दिएका देख्छन्, तब उनीहरूले तिनीहरूलाई खुलासा र काटछाँट गर्नुपर्छ। अनि लेखन-पठनको कर्तव्य निर्वाह गर्दा, छनोट भइरहेको हरेक लेखमा सत्यताको कुनै न कुनै पक्ष समावेश हुन्छ जसले भ्रष्ट स्वभावको एउटा पक्षलाई समाधान गर्न सक्छ, र यदि व्यक्तिले स्पष्ट रूपमा नबुझ्ने कुराहरू छन् भने, उसले सक्रिय रूपमा सत्यता खोज्नुपर्छ ताकि उसले सिद्धान्तहरूअनुसार उपयुक्त लेखहरू छनोट गर्न सकोस्। यी सबै कुराहरू जीवन प्रवेशसँग सम्बन्धित छन्। अझ, मसँग सहकार्य गरिरहेका सिस्टरहरूसँग अन्तरक्रिया गर्दा, ममा सिद्धान्तहरूको बुझाइ नभएको र आफ्ना कर्तव्यमा मेरो कार्यक्षमता कम भएको कारणले, मैले आफूलाई आफ्नो ख्याति र प्रतिष्ठाप्रति चिन्तित र सिस्टरहरूसँग आफूलाई तुलना गरिरहेकी पाएँ, र मैले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न तुरुन्तै सत्यता खोज्नुपर्थ्यो, ताकि म छिट्टै आफ्नो कर्तव्यमा तल्लीन हुन सकूँ। यसबाहेक, परमेश्वरको अगाडि आफूलाई शान्त राख्न र उहाँका वचनहरू मनन गर्न फुर्सदको समय छोप्नु पनि धेरै महत्त्वपूर्ण छ, जस्तै हातमुख धुँदा, खाना खाँदा वा गफगाफ गर्दा बिताएको समय पनि परमेश्वरका वचनहरू मनन गर्न वा दिनभरि आफूले प्रकट गर्ने भ्रष्टताहरूबारे चिन्तन गर्नका लागि प्रयोग गर्न सकिन्छ। व्यक्तिले आफ्ना कर्तव्यमा सत्यता खोज्नुपर्ने र पाठ सिक्नुपर्ने यस्ता धेरै क्षेत्रहरू हुन्छन्। यो बुझाइपछि, आफ्ना कर्तव्य निर्वाह गर्दा, म परमेश्वरका वचनअनुसार अभ्यास गर्थेँ, र कहिलेकाहीँ कामको चाप हुँदा, म अलि सबेरै उठ्थेँ वा आत्मिक भक्तिका टिपोटहरू वा लेखहरू लेख्न खाना खाने समय प्रयोग गर्थेँ। यसरी अभ्यास गर्दा, मैले परमेश्वरसँगको मेरो सम्बन्ध नजिक भएको महसुस गरेँ। लेखहरू छनोट गर्दा, म मेरा ब्रदर-सिस्टरहरूका अनुभवात्मक बुझाइहरू पढ्थेँ, र म उनीहरूका समस्याहरूका आधारमा सचेत भई आफ्ना समस्याहरूबारे चिन्तन गर्थेँ। कहिलेकाहीँ, उनीहरूका अनुभवात्मक बुझाइहरू पढेर, म आफ्नै समस्याहरूबारे स्पष्ट अन्तरदृष्टि पाउँथेँ, र हरेक पटक, आफूले केही कुरा प्राप्त गर्न सकेको महसुस गर्थेँ। बिस्तारै, मैले आफ्नो आत्मा बढी स्पष्ट भएको महसुस गर्न थालेँ, र मैले व्यक्तिको जीवन प्रवेश र कर्तव्य असम्बन्धित रहेनछन् भन्ने कुरा वास्तवमै महसुस गरेँ। मलाई झन्-झन् के लाग्न थाल्यो भने यो कर्तव्य निर्वाह गर्नु अद्भुत छ, र यसमा व्यस्त भैए तापनि, यसले मलाई मेरो भ्रष्ट स्वभाव समाधान गर्न मद्दत गर्यो। म यो कर्तव्यमा अभ्यास गरिरहन र जीवन प्रवेशमा ध्यान दिन तयार भएँ।
एक दिन, मैले एउटा अनुभवात्मक गवाहीमा परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई मेरो स्थितिबारे अझ बढी अन्तर्ज्ञान प्राप्त गर्न मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसहरू सबैले आशिष्, पुरस्कार, र मुकुटहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। के हरेक व्यक्तिको हृदयमा यही अभिप्राय हुँदैन र? वास्तवमा, हरेक व्यक्तिमा हुन्छ। यो तथ्य हो। मानिसहरूले यसबारे प्रायः कुरा नगरे पनि, र आशिष् प्राप्त गर्ने आफ्नो अभिप्राय र चाहनालाई ढाकछोप गरे पनि, मानिसहरूको हृदयको गहिराइमा रहेको यो चाहना, यो अभिप्राय र मनसाय कहिल्यै डगमगाएको छैन। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य निर्वाह गर्न सक्ने भए पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आशिष् प्राप्त गर्ने अभिप्राय कहिल्यै त्याग्दैनन् जुन तिनीहरूको हृदयको गहिराइमा लुकेको हुन्छ, र तिनीहरू सधैँ चुपचाप यसको सेवामा परिश्रम र दौडधुप गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो अभिप्राय नहुने हो भने, तिमीहरूले कस्तो महसुस गर्नेथियौ? तिमीहरूले कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ। यदि मानिसहरूको हृदयमा लुकेको आशिष् प्राप्त गर्ने यो अभिप्रायलाई पूर्ण रूपमा उन्मूलन गरियो भने तिनीहरूको के हालत हुनेथियो? यो सम्भव छ कि धेरै मानिसहरू नकारात्मक बन्नेथिए, र कतिपय आफ्नो कर्तव्यमा अप्रेरित हुनेथिए, र परमेश्वरमाथि विश्वासमा तिनीहरूको रुचि हराउनेथियो। तिनीहरूले आफ्नो आत्मा गुमाएजस्तो देखिनेथियो, र तिनीहरूको हृदय खोसिएजस्तो देखिनेथियो। त्यसैले म भन्छु कि आशिष् प्राप्त गर्ने अभिप्राय मानिसहरूको हृदयको गहिराइमा लुकेर रहने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरका वचनहरूमा विचार गर्दा, मैले मेरो प्रतिरोध र नकारात्मकता पछाडि आशिष्को चाहना लुकेको रहेछ भन्ने महसुस गरेँ। म सधैँ सोच्थेँ, सत्यता पछ्याउने र जीवन प्रवेशमा ध्यान दिने मेरो चाहना गलत छैन, र परमेश्वरका वचनहरूको खुलासाद्वारा मात्र मैले म आफ्नै बाहिरी आवरणद्वारा गुमराहमा परेकी रहेछु भन्ने थाहा पाएँ। आफूले सुरुमा परमेश्वरमा विश्वास गर्दाको समयलाई फर्केर सोच्दा, म मण्डलीले मेरा लागि प्रबन्ध गरेको जुनसुकै कर्तव्यमा समर्पित हुन्थेँ, र म सक्रिय तथा उत्साहित देखिन्थेँ। पछि, मैले आफ्नो परिवार र छोराछोरी त्यागेँ, र मेरो हृदयमा छटपटी र पीडा भए तापनि, मैले भविष्यमा आशिष् पाउने आशा गरेँ, त्यसैले मैले आफ्नो सारा समय आफ्ना कर्तव्यमा समर्पित गर्नका लागि आफ्नो वैवाहिक जीवन र परिवार दृढतापूर्वक पन्छाएँ। फर्केर हेर्दा, मैले मेरो प्रेरणा आशिष्को चाहनाद्वारा निर्देशित रहेछ भन्ने देखेँ। मलाई लाग्थ्यो, कर्तव्य निर्वाह गर्न घर छोड्दा मलाई अभ्यास गर्ने धेरै अवसरहरू मिल्नेछन्, र यसले भविष्यमा मेरो मुक्ति पाउने मौका बढाउनेछ। अगुवाको रूपमा कर्तव्य निर्वाह गर्दा, म मलाई यो कर्तव्यले हरेक दिन यति व्यस्त राख्छ कि मसँग परमेश्वरका वचनहरू खान र पिउन समय नै हुँदैन, र मैले जति नै कडा परिश्रम गरेको देखिए पनि, मेरो जीवन स्वभावमा कुनै परिवर्तनविना, म अन्ततः प्रकट हुनेछु र हटाइनेछु भन्ने महसुस गर्थेँ। मलाई अगुवाको रूपमा मैले निर्वाह गर्ने कर्तव्य मेरो मुक्ति र आशिष्का लागि लाभदायक छैनन् भन्ने लाग्थ्यो, त्यसैले मैले एउटै मात्र कार्य गरे पुग्ने कर्तव्यमा सर्नेबारे सोचेँ। तर अप्रत्याशित रूपमा, लेखन-पठनको कर्तव्य लिएपछि पनि, मैले परमेश्वरका वचनहरू राम्ररी खाने र पिउने समय निकाल्न सकिनँ, त्यसैले म यो कर्तव्यले मेरो सत्यता र मुक्तिको पछ्याइमा बाधा पुर्याइरहेको छ भन्ने सोचेर पछुताएँ, साथै म मर्माहत र पीडित भएँ। म जुन कर्तव्यले मलाई आशिष् दिलाउँछ जस्तो लाग्थ्यो, त्यो मात्र निर्वाह गर्न राजी हुन्थेँ, र मलाई जुन कर्तव्यले आशिष् दिलाउँदैनन् जस्तो लाग्थ्यो, म तिनको प्रतिरोध गर्थेँ र तीप्रति नकारात्मक बन्थेँ, अनि मलाई नसुहाउने कर्तव्यहरू व्यवस्था गरेकोमा म अगुवाहरूसँग गुनासो समेत गर्थेँ, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन असफल हुन्थेँ। परमेश्वरले मलाई कर्तव्य निर्वाह गर्ने अवसरहरू दिनुभएकोबारे चिन्तन गर्दा, मैले के महसुस गरेँ भने ती अवसरहरू मलाई आफ्नो भ्रष्ट स्वभाव समाधान गर्नका लागि सत्यता खोज्नमा ध्यान केन्द्रित गराउनका लागि थिए, तैपनि मलाई आफ्नो लागि के राम्रो हुन्छ भन्ने थाहा थिएन, र मैले अभ्यास गर्ने यस्तो बहुमूल्य अवसरको कदर गर्न सकिनँ, र म आशिष् पाउन सक्छु कि सक्दिनँ भनेर निरन्तर हिसाब-किताब गरिरहन्थेँ। म कति कुरूप र घृणास्पद थिएँ। यदि मैले सुधार गरिनँ भने, धेरै समय नबित्दै म प्रकटित भई हटाइनेथिएँ! त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई प्रकट गर्न र मेरा कमजोरीहरू देख्नमा मद्दत गर्न यस्तो परिस्थितिको प्रबन्ध गर्नुभएकोमा तपाईंलाई धन्यवाद। म आफ्नो पछ्याइको गलत दृष्टिकोण बदल्न र तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”
म आफ्नो कर्तव्यमा व्यस्त नै भए तापनि, म अब मर्माहत वा दिक्दार महसुस गर्दिनँ। म आफ्नो कर्तव्य निर्वाह गर्दा प्राप्त गरेका अन्तर्ज्ञान र लाभहरू अनि आफूले प्रकट गरेका भ्रष्टताहरू रेकर्ड गर्नमा केन्द्रित हुने प्रयास गर्छु, र म बोझको भावनाका साथ परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन माग्दै उहाँलाई प्रार्थना गर्छु, र म अलि-अलि गर्दै आत्मचिन्तन गर्छु र आफैलाई चिन्न पुग्छु। आफ्नो आत्मिक भक्तिको समयमा, म आफ्ना समस्याहरू सम्बोधन गर्ने अनुभवात्मक गवाही भिडियोहरू हेर्छु, र म हरेक दिन आत्मचिन्तन गर्न र सत्यता खोज्न केही समय निकाल्ने प्रयास गर्छु, र म हरेक महिना एउटा अनुभवात्मक गवाही लेख्ने प्रयास गर्छु। एक दिन, मैले के देखेँ भने मैले लेखेको अनुभवात्मक गवाहीको भिडियो बनाइएर वेबसाइटमा अपलोड गरिएको रहेछ। म धेरै उत्साहित भएँ। पछि, मैले मेरो अनुभव धेरै ब्रदर-सिस्टरहरूले अरूलाई बताएको देखेँ, जसले उनीहरूको जीवन प्रवेशका समस्याहरू पनि समाधान गरेको थियो। मैले अनुभवात्मक गवाहीहरू लेख्दा उस्तै समस्या भएका अरूलाई फाइदा पुग्न सक्ने, र यो साँच्चै बहुमूल्य र अर्थपूर्ण रहेछ भन्ने महसुस गरेँ। यसले मेरो सत्यता पछ्याउने सङ्कल्पलाई अझ बलियो बनायो।
यो अनुभव गरिसकेपछि, मैले साँच्चै के महसुस गरेँ भने कर्तव्य निर्वाह गर्दा जीवन प्रवेश पछ्याउनु वास्तवमै गाह्रो रहेनछ, र हाम्रो दृष्टिकोण परिवर्तन हुन्छ र हामी वास्तवमै सहकार्य गर्छौँ भने परमेश्वरले हामीलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। यो हाम्रो सत्यता र मुक्तिको पछ्याइका लागि धेरै लाभदायक छ! मलाई यी लाभहरू प्राप्त गर्न दिनुभएकोमा म परमेश्वरको मार्गदर्शनप्रति कृतज्ञ छु।