९३. पैसाको दासत्वबारे चेत खुल्नु

म सानो छँदा, मेरो परिवार एउटा दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्दथ्यो। मेरा आमाबुबा खेतीपाती गरेर गुजारा चलाउनुहुन्थ्यो र जीवन निकै कठिन थियो। मैले बाहिर काम गरेर फर्केका मानिसहरूबाट सहरमा पैसा कमाउने धेरै अवसर हुन्छन् र त्यहाँको जीवन धेरै राम्रो छ भन्ने सुनेँ। त्यसैले मैले ठूलो सहरको जीवनका लागि तिर्सना गरेँ, र मैले एकदिन पहाड छोडेर ठूलो सहरमा सर्ने आशा राखेँ ताकि पैसा कमाएर आफ्नो परिवारको जिउने अवस्था सुधार्न, र गाउँका मानिसहरूलाई डाहा गर्ने बनाउन सकूँ। मैले मिहिनेत गरेर पढेँ, र मेरो नतिजा सधैँ राम्रो आउँथ्यो, तर निम्न माध्यमिक स्कूलको पहिलो वर्षमा पुग्दा, मेरो परिवारले मेरो पढाइको खर्च धान्न सकेन, त्यसैले मैले स्कुल छाड्नुपर्‍यो। तर पहाड छोड्ने मेरो चाहना बदलिएको थिएन, र ममा अझै पनि सहरमा गएर धेरै पैसा कमाएर राम्रो जीवन बिताउने र सबैलाई मेरो डाहा गर्ने बनाउने आशा थियो।

सन् २००७ मा, मलाई मेरो सम्भाव्य जीवनसाथीसँग परिचय गरायो, जो सहको थियो। मैले ऊसँग बिहे गर्दा राम्रो जीवन बिताउन पाउँछु होला भन्ने सोचेँ, तर बिहे गरेपछि थाहा पाएँ, उसको परिवार त त्यो ठाउँकै सबैभन्दा गरिब रहेछ। मेरो श्रीमान् र सासूससुरा पढेलेखेका हुनुहुन्नथ्यो र गुजारा चलाउन केवल शारीरिक श्रममा भर पर्न सक्नुहुन्थ्यो। उहाँहरू आफैँले बनाएको घरको राम्रो छानासमेत थिएन। दिवाल र भुइँ सिमेन्टले बनेका थिए, र ठुलो पानी पर्दा, घरभित्र पानी चुहिन्थ्यो। मलाई सबैभन्दा दुःखी बनाउने कुरा त के थियो भने, हाम्रो गरिब जीवन अवस्थाका कारण केही छिमेकी हामीलाई बेवास्ता गर्दथे, जसले गर्दा मलाई आफूले मूर्ख छनौट गरेकामा पछुतो लाग्थ्यो। तर आफू ठूलो सहरमा बिहे गरेर आएकी छु, जहाँ गाउँमा भन्दा पैसा कमाउने अवसरहरू धेरै छन् भन्ने सोच्दा, मलाई मेरा श्रीमान् र मैले कडा मिहिनेत गरेमा हाम्रो जीवन निश्च्य नै सुध्रिँदै जानेछ, र हामीले पैसा कमाएपछि हाम्रा छिमेकीहरूले हाम्रो डाहा गर्नेछन् भन्ने विश्वास थियो।

वर्ष दिनपछि, मेरा श्रीमान्‌ले हार्डवेयर कारखानामा कडा श्रम गर्नुपर्ने काम पाउनुभयो, र छोरा जन्मेको केही समयपछि नै मैले हातले बुन्ने काम पाएँ। धेरै पैसा कमाउन, म अक्सर बिहानको दुई वा तीन बजेसम्म काम गर्थेँ, र समय बित्दै जाँदा, म थकित हुन्थेँ। कहिलेकाहीँ मेरा पाखुराहरू उचाल्नै नसक्ने गरी दुख्थे र मेरा दुवै नाडी सुन्निए। तर जब म एउटा मात्र थप कामले केही पैसा बढी कमाउन सक्छु भन्ने सोच्थेँ, तब मलाई यी कठिनाइहरू सहनु सार्थक लाग्थ्यो। विशेष गरी जब म आफूले मिहिनेत गरी कमाएको पैसाले हाम्रो जीवनस्तर सुधार्न खानेकुरा र आवश्यक चीजहरू किन्थेँ, मलाई यी कष्टहरू सार्थक छन् भन्ने लाग्थ्यो। त्यसैले म मेरा श्रीमान् र मैले केवल कठिनाइहरू सहन सकेमा, हाम्रो जीवन निश्चय नै अरू कसैको भन्दा कम हुनेछैन भनेर झनै विश्वस्त भएँ।

एक दिन, मेरा श्रीमान्‌की काकी मलाई सुसमाचार सुनाउन आउनुभयो र भन्नुभयो, “मुक्तिदाता आइसक्नुभएको छ, र उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, जसले आखिरी दिनहरूमा मानिसहरूलाई मुक्ति दिने काम गरिरहनुभएको छ। परमेश्‍वरको मुक्ति स्वीकार गरेर र पापबाट छुटकारा पाएर मात्र मानिसहरू परमेश्‍वरद्वारा सुरक्षित रहन र महाविपत्तिबाट बच्न सक्छन्। …” मैले हृदयले परमेश्‍वरमा विश्वास त गरेँ, तर फेरि सोचेँ, “म अझै चुहिने घरमा बसिरहेकी छु, मेरो बच्चा यति सानो छ, र हामीलाई सबै कुराका लागि पैसा चाहिन्छ। यदि मैले परमेश्‍वरमा विश्वास गरेँ भने, यसले मेरो पैसा कमाइमा ढिलाइ गर्नेछ। म त्यसो हुन दिन सक्दिनँ। अहिले मेरा लागि पैसा कमाउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र परमेश्‍वरमा विश्वास गर्ने हकमा भन्दा, मेरो जीवन अवस्था नसुध्रिन्जेल त्यसलाई थाँती नै राख्नेछु।” त्यसैले, मैले अस्वीकार गरेँ।

त्यतिबेला, मेरो छोरो भर्खरै हिँड्न थालेको थियो, र मैले मानिसहरूले खाद्य कारखानामा कामको बोझ भारी छ, तर तलब चाहिँ मैले अहिले कमाइरहेको भन्दा तीनदेखि चारगुणा बढी छ भनेको सुनेँ। म केही हदसम्म लोभिएँ, र सोचेँ, “जबसम्म म कठिनाइ वा थकानसँग डराउँदिनँ, तबसम्म म खाद्य कारखानामा अझ धेरै पैसा कमाउन सक्छु। के त्यसले राम्रो जीवन दिलाउनेछैन र?” त्यसैले म आफ्नो छोरा सासूलाई सुम्पेर खाद्य कारखानामा काम गर्न गएँ। त्यस दौरान, कहिलेकाहीँ मेरा श्रीमान्‌ आफ्नो ढाड नराम्रोसँग दुखेको बताउनुहुन्थ्यो, तर मैले त्यसलाई पटक्कै गम्भीर रूपमा लिइनँ, र म मनमनै सोच्थेँ, “कडा मिहिनेत नगरी कसरी धेरै पैसा कमाउन सकिन्छ र? के म अक्सर बिहान दुई वा तीन बजेसम्म ओभरटाइम काम गर्दिनँ र? निरन्तर लागिपरे मात्र हामीले धेरै पैसा कमाउन सक्नेछौँ।” त्यसैले मेरा श्रीमान् र म मिलेर धेरै पैसा कमाउन हड्डी घोटेर निरन्तर लागिपऱ्यौँ। केही समयपछि नै, मैले हार्डवेयर कारखानामा ग्राइन्डरको अर्को काम पाएँ। हरेक दिन औजारहरू पालिस गर्दा, मैले धातुमा खिया लाग्नबाट जोगाउने विभिन्न रसायनहरू मिसाइएको पानीमा हात डुबाउनुपर्थ्यो। धेरैजसो औजारहरूका लागि पन्जा लगाउन नमिल्ने भएकाले, म दिनभरि त्यस पानीमा हात डुबाएर बिताउँथेँ। मेरी एक सहकर्मीको यस कामका कारण मिर्गौला फेल भयो, तैपनि मैले यो काम अझै आठ वा नौ वर्षसम्म गरेँ। मेरा श्रीमान् र मैले कडा मिहिनेत गरेर केही पैसा कमायौँ, र हामीले किन्न सक्ने खानेकुरा र लुगाफाटा पहिलेको तुलनामा धेरै सुध्रियो, र हामीले एउटा घरका लागि बैना गर्ने पैसासमेत बचत गऱ्यौँ। हामी गरिब भएकाले हामीलाई बेवास्ता गर्ने छिमेकीहरू, हामीसँग नजिक हुन थाले, उनीहरू आउजाउ गर्दा मुस्कुराएर अभिवादन गर्न थाले, अनि हाम्रो डाहा गर्दै हामी श्रीमान्-श्रीमती मिहिनेती छौँ र हाम्रो परिश्रमले गर्दा राम्रो जीवन जिइरहेका छौँ भनेरसमेत भन्थे। त्यो सुन्दा मलाई अलि गर्व लाग्थ्यो र मेरा वर्षौँक कडा मिहिनेतले अन्ततः फल फलाएको महसुस हुन्थ्यो, र मेरो खुसीको सीमा नै रहेन। तर एक बिहान, मेरा श्रीमान् र म कामका लागि तयार हुँदै गर्दा, उहाँ अचानक ओछ्यानबाटै दुखाइले चिच्याउनुभयो, र आत्तिएर मलाई अस्पताल लैजान भन्नुभयो। डाक्टरले उहाँलाई जाँचे र उहाँको कम्मरको मेरुदण्डबीचको डिस्क धेरै ठाउँमा बाहिर निस्किएको बताए। डाक्टरले शल्यक्रिया गर्न सिफारिस गरे, नत्र उहाँलाई पक्षाघात हुने खतरा हुने बताए। उनले शल्यक्रियाका लागि एक लाख युआनभन्दा बढी लाग्ने बताए। म स्तब्ध भएँ, “एक लाख युआनभन्दा बढी? त्यो त मेरा श्रीमान् र मैले वर्षौं बिहानदेखि बेलुकीसम्म काम गरेर कमाएको सब हो, तर त्यो सब एउटै बिमारले गर्दा सखाप हुने भयो। के यतिका वर्षको कष्ट सब व्यर्थै हुने भएन त? तर यदि उहाँको उपचार भएन र उहाँलाई पक्षाघात भयो भने, यस परिवारका लागि सङ्घर्ष गर्न मसित को हुनेछ? के हाम्रो जीवन झन् कठिन हुँदैन र?” मेरा श्रीमान् पनि उत्तिकै दुःखी देखिनुहुन्थ्यो, र उहाँले आफ्नो मिहेनेतको पैसा यत्तिकै सकिएको हेर्न सक्नुहुन्थेन, त्यसैले उहाँले घर गएर आराम गर्ने निर्णय गर्नुभयो। त्यस दौरान, परिवारमा पैसा कमाउने म एक्लै भएँ, त्यसैले मैले झन् कडा मिहिनेत गरेँ, र बिसन्चो लाग्दासमेत दाह्रा किटेर लागिपरिरहेँ।

करिब तीन महिनापछ एक दिन, म काममा जान तयार हुँदै गर्दा, मेरो गर्धन अचानक नराम्रोसँग दुख्यो, यतिसम्म कि मैले टाउको उठाउनै सकिनँ, मैले सबै कुरा धमिलो र अस्पष्ट देखेँ, र मलाई खानेकुरा निल्नै नसकेको जस्तो महसुस भयो। मेरा श्रीमान्‌ले मलाई तुरुन्तै अस्पताल जान आग्रह गर्नुभयो। डाक्टरले मेरो घाँटी र कम्मरको मेरुदण्डमा तीन ठाउँमा गम्भीर रूपले डिस्क सरेको छ, र कम्मरको डिस्क सर्नाले मेरो देब्रे खुट्टाको नसा च्यापिसकेको छ भनेर भने। शल्यक्रिया गर्न २ लाख युआनभन्दा बढी लाग्नेथ्यो, र अझै मेरो रोग निको नहुन सक्थ्यो। तर उपचार नगरेमा, मलाई पक्षाघात हुन सक्थ्यो। यो सुन्दा, मलाई ढल्छु कि जस्तो भयो, र मनमनै सोचेँ, “मेरो श्रीमान् अझै बिरामी हुनुहुन्छ, र अब मलाई पनि पक्षाघात हुन सक्छ। मेरो श्रीमान् र मैले यति मिहिनेतले कमाएको पैसा हामी दुवैको उपचारका लागि पनि पर्याप्त छैन! यतिका वर्ष हामीले पैसा कमाउन यति धेरै मिहिनेत गर्‍यौँ, तर अन्त्यमा, हामीले केही पनिउपभोग गरेका छैनौँ, र दुवै जना रोगको घर मात्र भयौँ। के हामीले साँच्चै त्यो सबै पैसा व्यर्थैमा कमाएका थियौँ र? त्योभन्दा पनि, पैसा खर्च गरे पनि, म निको हुनेछु भन्ने कुनै ग्यारेन्टी छैन, र जब समय आउँछ, तब पैसाका साथमा मेरो जीवन पनि सकिन्छ। म यो सारा जीवन केका लागि जिइरहेकी छु?” म अलमल्ल भएँ, र मैले दिनहरू उदासीमा बिताए। पछि, एक आफन्तको परिचयमार्फत, मेरा श्रीमान् र मैले हलुका काम पायौँ। हामीले हाम्रो घर भत्काएकोबाट केही पैसा पनि पायौँ, र हाम्रो जीवन सुध्रिन थालेको जस्तो देखिन्थ्यो। तर, मेरो शरीरको दुखाइले मलाई अक्सर अशुभ कुराको पूर्वाभास दिन्थ्यो, र म सोच्थेँ, “के मलाई अचानक पक्षाघात हुन सक्छ? मेरो जीवन अचानक सकियो भने के होला?” मैले त्यसबारे जति धेरै सोचेँ, उति धेरै मलाई डर लाग्यो, र म अक्सर यतिका वर्ष कति मूर्ख भएकी रहेछु भनेर पछुतो मान्थेँ, मैले पैसा कमाउन आफ्नो शरीरको पटक्कै कदर गरिनँ, र अहिले मसँग थोरै पैसा भए पनि, जति पैसाले पनि मेरो रोग निको पार्न सक्दैनथ्यो। म चिन्तित थिएँ, “म यसरी कसरी अगाडि बढ्ने होला?”

मेरो पीडा र अन्योलबीच, मेरी काकीले मलाई फेरि सुसमाचार सुनाउनुभयो। उहाँले मलाई “मानिसको भवितव्य परमेश्‍वरको हातद्वारा नियन्त्रित हुन्छ।” शीर्षकको परमेश्‍वरका वचनहरूको एउटा भजन बजाएर सुनाउनुभयो। मैले त्यस भजनका यी शब्दहरू सुनेँ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिस सधैँ आफ्नै खातिर भागदौड गर्ने र व्यस्त रहने भए पनि, उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै नियति नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृजित प्राणी नै कहलिनेथिइस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। यस गीतले तुरुन्तै मेरो हृदय छोयो। यतिका वर्ष, मैले केवल अरूले ईर्ष्या गर्ने जीवन जिउनका लागि पैसा कमाउन अथक काम गरेकी थिएँ र धेरै कठिनाइ भोगेकी थिएँ, तर अन्त्यमा, मेरा श्रीमान् र म दुवै बिरामी परेका थियौँ र पक्षाघात हुने जोखिम सामना गरिरहेका थियौँ। यदि हामीले जीवन गुमाएका भए, हामीले कमाएको सब पैसाको के काम हुनेथ्यो? जब मैले यसबारे सोचेँ, तब मैले व्यक्तिको भवितव्य उसको हातमा साँच्चै हुँदैन भन्ने बुझेँ। त्यसपछिका केही दिन, मेरी काकी मसँगै परमेश्‍वरका वचनहरू खान र पिउन आउनुभयो, र उहाँले मसँग मानवजातिको उत्पत्ति, परमेश्‍वरको तीन चरणको कामका रहस्यहरू, र मानवजातिलाई मुक्ति दिनमा परमेश्‍वरको अभिप्रायबारे सङ्गति गर्नुभयो। मैले परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, परमेश्‍वरका वचनहरूमा अख्तियार र शक्ति छ भन्ने देखेँ, र म सर्वशक्तिमान् परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ र उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ भनेर निश्चित बनेँ। मैले आफ्ना श्रीमान्‌लाई पनि सुसमाचार प्रचार गरेँ, र हामीले सँगै सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्‍यौँ।

सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, मैले परमेश्‍वरका वचनका धेरै खण्ड पढेँ। एक दिन, मैले परमेश्‍वरका केही वचन पढेँ: “जब मानिसहरूले भाग्य के हो भनेर जान्दैनन् वा परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू आफूखुसी सङ्घर्ष गरिरहेका र कुहिरोभित्र ठक्कर खाँदै अघि बढिरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन हुन्छ, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानवको भाग्यमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाख मानिसहरू भाग्यविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्‍नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्‍वरको सार्वभौमिकता थाहा पाउन र त्यसलाई स्वीकार गर्न, अनि ‘आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका’ पीडादायी दिनहरूलाई बिदा गर्न रोज्छन्। जब कुनै व्यक्ति परमेश्‍वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय रूपमा पीडादायी हुन्छ। कुनै व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका जीवन धान्ने उपायहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अनन्त मनोव्यथा र बिर्सन गाह्रो पीडाबाहेक केही दिँदैनन्, जुन उसले फर्केर हेर्नै नसक्ने अनुभवहरू हुन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवनको प्राप्तिलाई पछ्याएर मात्रै, व्यक्ति क्रमिक रूपमा सबै मनोव्यथा र पीडाबाट उम्कन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै खोक्रोपनबाट मुक्त गर्न सक्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने यदि मानिसहरू परमेश्‍वरसामु आउँदैनन् भने, तिनीहरू पैसा, ख्याति र प्राप्ति पछ्याएर शैतानको चालबाजीमा जिउन मात्र सक्छन्। परमेश्‍वरसामु आएर, उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भएर, र परमेश्‍वरले हामीलाई हिँड्न मार्गदर्शन गरेको मार्गअनुसार पछ्याएर मात्र हामी परमेश्‍वरद्वारा सुरक्षित हुन र शैतानका हानिहरूबाट बच्न सक्छौँ। यसबारे सोच्दा, म शैतानको हातबाट धेरै कष्ट भोगेकी व्यक्ति थिएँ। मैले पहिले परमेश्‍वरको सार्वभौमिकता चिनेकी थिइनँ र म सधैँ आफूमा भर परेर पहाडबाट उम्कन र ठूलो सहरमा अरूले डाहा गर्ने राम्रो जीवन जिउन चाहन्थेँ। तर मेरा श्रीमान्‌को पारिवारिक पृष्ठभूमिले मेरा चाहनाहरू पूरा गरेन, त्यसैले म आफ्नै हात प्रयोग गरी राम्रो जीवन निर्माण गर्न र अरूले डाहा गर्ने धनी व्यक्ति बन्न काम गर्नमा भर परी पैसा कमाउन र आफ्नो दरिद्र भवितव्य बदल्न चाहन्थेँ। मैले पैसा कमाउन हड्डी घोटेर काम गरेँ, र कामले मेरो शरीरलाई गम्भीर रूपमा हानि पुऱ्याए पनि, त्यसले मेरो धनको पछ्याइलाई रोकेन। अन्त्यमा, मैले धेरै पैसा कमाइनँ मात्र होइन, म थाकित र बिरामी भएँ, र पक्षाघात हुने जोखिमसमेत सामना गरेँ। यी पीडादायी सम्झनाहरूले मलाई साँच्चि नै मानिसहरूले आफ्नो भवितव्य नियन्त्रण गर्न सक्दै सक्दैनन् भन्ने महसुस गराए। मैले सधैँ आफैँमा भर परेर आफ्नो भवितव्य बदल्न चाहेकी थिएँ, तर अन्त्यमा, शैतानको चालबाजीद्वारा यातन पाएँ।

पछि, मैले आफैँलाई सोधेँ, विगतमा म किन पैसाका लागि कष्ट भोग्न र श्रम गर्न इच्छुक तर परमेश्‍वरमा विश्वास गर्न र उहाँसामु आउन अनिच्छुक थिएँ? मेरा श्रीमान् र मैले सँगै परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्यौँ: “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको एउटा दर्शन हो। यो मानिसहरूमाझ, हरेक समाजमा धेरै प्रचलित छ; यो एउटा प्रचलन हो भनेर भन्न सकिन्छ। किनभने यो हरेक व्यक्तिको हृदयमा हालिएको छ, जसले सुरुमा यो भनाइ स्वीकार गरेनन्, तर पछि वास्तविक जीवनको सम्पर्कमा आएपछि, तिनीहरूले यसलाई मौन स्वीकृति दिए, र यी शब्दहरू वास्तवमा साँचो हुन् भनी महसुस गर्न थाले। के यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रिया होइन र? सायद मानिसहरूलाई यो भनाइबारे समान स्तरको अनुभवात्मक ज्ञान छैन, तर सबैमा आफू वरपर घटेका घटनाहरू र आफ्नै व्यक्तिगत अनुभवहरूका आधारमा यो भनाइबारे फरक-फरक स्तरको व्याख्या र स्वीकारोक्ति हुन्छन्। त्यसो होइन र? कुनै व्यक्तिसँग यो भनाइबारे जतिसुकै गहन अनुभव भए पनि, यसले उसको हृदयमा कस्तो नकारात्मक असर पार्न सक्छ? त्यो के हो भने, यस संसारका मानिसहरूले—र यसमा तिमीहरूमध्ये प्रत्येक पर्छौ—मानवीय स्वभावबाट केही कुरा प्रकट गर्छन्। त्यो के हो? त्यो पैसाको आराधना हो। के यो मानिसहरूको हृदयबाट हटाउन सजिलो छ? अहँ, यो सजिलो छैन! यसले शैतानले मानिसलाई साँच्चै गहन रूपमा भ्रष्ट तुल्याएको छ भन्ने देखाउँछ! शैतानले मानिसहरूलाई लोभ्याउन पैसा प्रयोग गर्छ, र ती सबैलाई पैसा र भौतिक कुराहरूको आराधना गर्न भ्रष्ट तुल्याउँछ। अनि मानिसहरूमा पैसाको यो आराधना कसरी प्रकट हुन्छ? के तिमीहरूलाई यो संसारमा पैसाविना बाँच्न सकिँदैन, र पैसाविना एक दिन पनि बिताउन सकिँदैन भन्‍ने लाग्दैन र? मानिसहरूसँग कति पैसा छ भन्‍ने कुराले तिनीहरूको हैसियत कति उच्च छ, र तिनीहरू कति प्रतिष्ठित छन् भन्‍ने कुरा निर्धारण गर्छ। गरिबहरूले आफू शिर ठाडो पारेर गर्वका साथ उभिन सक्छु भन्‍ने महसुस गर्दैनन्, जबकि धनीहरूको उच्च हैसियत हुन्छ, तिनीहरू शिर ठाडो पारेर गर्वका साथ उभिन्छन्, र ठूलो स्वरले बोल्न र अहङ्कारी र बेलगाम तरिकाले जिउन सक्छन्। यो भनाइ र प्रचलनले मानिसहरूलाई के दिन्छ? धेरै मानिस पैसा कमाउनका लागि कुनै पनि त्याग गर्न इच्छुक हुन्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसले धेरै पैसाको खोजीमा आफ्नो इज्जत र निष्ठा गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाका खातिर आफ्नो कर्तव्य पूरा गर्ने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनु भनेको मानिसहरूका लागि सबैभन्दा ठूलो हानि होइन र? केवल यो विधि र यो भनाइ प्रयोग गरेर, शैतानले मानिसलाई यस्तो हदसम्म भ्रष्ट तुल्याउँछ। के शैतानको अभिप्राय दुष्ट छैन र? के यो दुर्भावपूर्ण चाल होइन र? यस्तो भनाइ लोकप्रिय हुन्छ, र यत्तिकै, तँ यससँग असहमत हुने अवस्थाबाट अन्ततः यो सत्यता हो भनी विश्‍वास गर्ने अवस्थामा पुग्छस्, र त्यतिबेलासम्म तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा परेको हुन्छ, र त्यसैले तँ अनायासै त्यस भनाइअनुसार जिउन पुग्छस्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मानिसहरू परमेश्‍वर र सत्यताबाट टाढा हुनुको कारण शैतानले हालिदिएका विभिन्न गलत दृष्टिकोणहरूद्वारा प्रभावित र विषाक्त हुनु हो। शैतानले “दुनियाँ पैसाको इसारामा चल्छ,” र “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो” जस्ता भनाइहरू प्रयोग गरेर मानिसहरूलाई पैसा पछ्याउन लोभ्याउँछ, तिनीहरूलाई आफ्नो सम्पूर्ण जीवन पैसा कमाउनका लागि सङ्घर्ष गर्न र जिउन लगाउँछ। यसो गर्दा मैले निकै धेरै कष्ट भोगेकी थिएँ! म के विश्वास गर्थेँ भने पैसा कमाएर मात्र म आफ्नो जीवन सुधार्न, उच्च गुणस्तरको भौतिक जीवनको आनन्द लिन, अरूबाट सम्मान पाउन, र अरूद्वारा डाहा गरिन सक्छु। हातले गर्ने काम गर्दा, म केवल अलि धेरै पैसा कमाउन हरेक दिन बिहानको दुई वा तीन बजेसम्म जागा बस्थेँ। खाद्य कारखानामा काम गर्दा, मलाई पर्याप्त निद्रा पुग्दैनथ्यो, तैपनि मैले ओभरटाइम काम गरेर धेरै पैसा कमाउने कुनै पनि मौका गुमाइनँ। ग्राइन्डिङ काममा प्रयोग गरिने रसायनहरू मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक थिए, तर तलब राम्रो भएकाले, म त्यो गर्न इच्छुक थिएँ। यी सबै वर्षका दौरान, मैले सोच्न सकेको भनेकै कसरी अझ धेरै पैसा कमाउने भन्ने थियो। यी सबै धेरै बल पर्ने कामले मेरा श्रीमान् र ममा स्वास्थ्य समस्या ल्याउँदासमेत, म अझै आराम गर्नका लागि काममा ढिलाइ गर्न इच्छुक थिइनँ, र निरन्तर आफूलाई भन्थेँ, “यदि मलाई राम्रो जीवन चाहिन्छ भने, मैले दाह्रा किटेर सहन गर्नुपर्छ।” अन्ततः हाम्रो कडा मिहिनेतद्वारा हामीले केही पैसा कमायौँ, र हाम्रा छिमेकीहरूको प्रशंसा पायौँ, तर मेरा श्रीमान् र म, दुवैले आफ्नो शरीरलाई लखतरान बनाएका थियौँ, र दुःखको कुरा, हामीले कमाएको पैसा हाम्रो शल्यक्रियाका लागि समेत पर्याप्त थिएन। म “दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने शैतानको विषद्वारा जिएकी थिएँ र मलाई झन्डै पक्षाघात भएकी थियो। मलाई झन् धेरै पछुतो लागेको कुरा के थियो भने मेरी काकीले मेरा लागि परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार ल्याउनुहुँदा, मैले पैसा कमाउन त्यो अस्वीकार गरेकी थिएँ। यदि परमेश्‍वरले मेरी काकीलाई फेरि मलाई सुसमाचार सुनाउन प्रयोग नगर्नुभएको भए, मैले परमेश्‍वरलाई पछ्याउने, सत्यता प्राप्त गर्ने, र मुक्ति पाउने मौका लगभग गुमाइसकेकी हुनेथिएँ। म साँच्चै मूर्ख भएकी थिएँ! यही क्षण मात्र मैले के बुझेँ भने शैतानले मेरा सोचहरू नियन्त्रण गर्न र मेरो जीवनमा प्रभुत्व जमाउन पैसा प्रयोग गरिरहेको थियो, जसले गर्दा मेरो हृदय परमेश्‍वरबाट झन टाढो गएको थियो। मानिसहरूलाई भ्रमित पार्ने शैतानका युक्तिहरू साँच्चै घृणास्पद र दुष्ट छन्!

छ महिनापछि, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। सुरुमा, मेरा कर्तव्यहरू तुलनात्मक रूपमा सजिला थिए र तिनले जागिरबाट हुने मेरो कमाइलाई असर गरेनन्, तर पछि, जब म अगुवा बनेँ, तब मण्डलीमा मेरो कामको बोझ बढ्यो, र मलाई समयको कमी भयो। कैयौँपटक, भेलाहरूको दौरान, मेरा हाकिमले फोन गर्थे, र मलाई यस्तै चलिरहँदा मेरो जागिर र आम्दानीमा असर पर्नेछ भन्ने चिन्ता लाग्यो। आखिर, यो काम थकाइलाग्दो थिएन, र यदि मैले त्यो गुमाएँ भने, म कुनै पैसा कमाउन सक्दिनथेँ! तर मलाई आफ्नो काम र कर्तव्यलाई सन्तुलनमा राख्ने प्रयास गर्दा मण्डलीको काममा ढिलाइ हुन्छ भन्ने थाहा थियो। मलाई एकदमै दुबिधा भयो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, कृपया मलाई पैसाको बन्धनमा नपर्न, र आफ्नो कर्तव्य निर्वाह गर्ने मौका नगुमाउन मार्गदर्शन गर्नुहोस्।”

एक दिन, प्रचारकले मेरो स्थिति बुझे अनि मसँगै परमेश्‍वरका वचनहरूको एउटा खण्ड खाए र पिए: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूलाई दोषी ठहराइनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये अलिक राम्रा व्यक्तिहरू पैसा त्यागेर मन नलागी-नलागी सत्यता छनौट गर्छौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रन्छन् र अर्को हातले सत्यता समात्छन्। के तिमीहरूको साँचो रूप त्यसपछि आफै प्रस्ट हुनेथिएन र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरी हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सद्भाव र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरू आफूले गरेका छनौटका बारेमा अवश्य नै अनजान छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने दृढता समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मबीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म त चकित नै परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरू अझै पनि बदलामा मलाई निराशा र पीडादायी शोक दिनेछौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेछ? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेछौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ ठ्याक्कै कोप्रति बफादार छस्?)। परमेश्‍वरका वचनहरूको खुलासाबाट, मैले के देखेँ भने हामी शैतानद्वारा भ्रष्ट तुल्याइसकिएपछि, जब पैसा र सत्यताबीच छनौट गर्ने मौका दिइन्छ, तब हामी बिना हिचकिचाहट पैसा रोज्छौँ र सत्यता पछ्याउने अवसर त्याग्छौँ। यद्यपि म परमेश्‍वरको घरमा आएकी थिएँ, र परमेश्‍वरका वचनहरूको मलजलमार्फत्, मैले केही सत्यता बुझ्दै गएकी थिएँ, तैपनि जब मण्डलीको काम मेरो व्यक्तिगत आर्थिक हितसँग बाझियो, तब म हिचकिचाएँ र सत्यताभन्दा पैसालाई महत्त्वपूर्ण ठानेँ, के म अझै पनि शैतानलाई पछ्याइरहेकी थिइनँ र? यो बुझेर, म के कुरामा सचेत भएँ भने यो परमेश्‍वरले मलाई म शैतानको पछि लाग्ने र पैसा पछ्याउने वा परमेश्‍वरको पछि लाग्ने र सत्यता पछ्याउने गर्छु कि गर्दिनँ भनेर हेर्न फेरि छनौट गर्ने मौका दिइरहनुभएको थियो। जब मैले आफू वरपरका ब्रदर-सिस्टरहरूलाई हेरेँ, मैले के देखेँ भने उनीहरूले मण्डलीमा आफ्नो कर्तव्यमा तालिम लिँदै गर्दा झन्-झन् धेरै सत्यताहरू बुझ्दै गइरहेका थिए, र मैले मण्डलीले मलाई अगुवा बनेर आफ्नो कर्तव्यहरू निर्वाह गर्न संवर्धन गरिरहेको देखेँ, तालि मैले आफ्नो हिस्सा योगदान गर्दैगर्दा धेरै सत्यताहरू पनि प्राप्त गर्न सकूँ। मैले पैसा कमाउनका लागि सत्यता प्राप्त गर्ने मौका गुमाउन हुँदैनथ्यो, र मैले परमेश्‍वरको श्रमसाध्य अभिप्रायलाई निराश पार्न मिल्दैनथ्यो। साथै, मलाई सधैँ के चिन्ता लाग्थ्यो भने यदि मैले आफ्नो जागिर छडेँ र पैसा कमाउन बन्द गरेँ भने, हाम्रो जिउने अवस्था अरूको भन्दा खराब हुनेछ। तर वास्तवमा, अहिले मसँग घर र केही अतिरिक्त पैसा भए पनि, यो कुनै पनि कुरा मैले कमाएकी थिइनँ, तर हाम्रो घर भत्काइएको जस्ता परिस्थितिहरूमार्फत परमेश्‍वरले प्रदान गर्नुभएको थियो। मैले साँच्चि नै के बुझेँ भने व्यक्तिसँग कति धन हुन सक्छ भन्ने कुरा उसका आफ्नै रोजाइले निर्धारण गर्दैन, यो त परमेश्‍वरले नियोजन गर्ने कुरा हो। मैले के देखेँ भने आफूमा भर परेर जतिसुकै कडा प्रयास गरे पनि, मेरा लागि निर्धारित गरिएभन्दा बढी पैसा कमाउन सक्नेथिइनँ। तर मलाई अझै पनि यदि मैले पैसा कमाउन सकिनँ भने, मेरो जीवन दरिद्र हुनेछ र मलाई अरूले सम्मान गर्नेछैनन् भन्ने चिन्ता थियो, त्यसैले म पैसा र मेरा कर्तव्यहरूको बीच यता न उता भइरहेकी थिएँ। के म पैसाका खातिर परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार अस्वीकार गर्दाको जस्तै स्थितिमा थिइनँ र? मैले अब आफ्नो समय पैसा र आनन्द पछ्याउन खेर फाल्न हुँदैनथ्यो, किनकि यसले मलाई सत्यता प्राप्त गर्ने अवसर गुमाउन लगाउनेथ्यो र मलाई बर्बादीतिर लैजानेथ्यो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्‌, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्‍नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्‍नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्‍नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छोए, र मैले के बुझेँ भने परमेश्‍वर सामु आउनु र सत्यता प्राप्तिलाई पछ्याउनु मात्र साँच्चै अर्थपूर्ण र मूल्यवान्छ। फर्केर हेर्दा, मेरी काकीले पन्ध्र वर्ष पहिले मलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्नुभएको थियो, तर मैले पैसा कमाउन त्यो अस्वीकार गरेँ, र मैले पन्ध्र वर्षसम्म परमेश्‍वरको मुक्ति गुमाएकी थिएँ! यी वर्षहरूमा, मैले रोबोटजस्तै काम गरेँ, दिनदिनै कडा श्रम गरेँ, आफूलाई एक क्षण रोकेर सास फेर्न दिइनँ, र फलस्वरूप, थकानका कारण मलाई सबै प्रकारका रोगहरू लागे। पन्ध्र वर्ष पैसाका लागि सङ्घर्ष गर्दा अन्ततः म पूर्ण रूपमा रित्तो भएँ, र मैले यसरी जिउनु पूर्ण रूपमा अर्थहीन हो भन्ने देखेँ। मैले मेरो एक आफन्तलाई सम्झेँ, जसले धेरै पैसा कमाए, गाउँका सबैले उनको डाहा गर्थे र जो व्यवसाय मालिक बने, तर उनी अक्सर व्यवसाय साझेदारहरूसँग जमघट गर्थे र रक्सी पिउँथे, र यसले अन्ततः रक्सीको विषाक्तताका कारण कलेजोको रोग निम्त्यायो। डाक्टरले उनलाई त्यसउप्रान्त नपिउन आग्रह गरे, तर धेरै पैसा कमाउनका लागि, उनले निरन्तर रक्सी पिएर र जमघट गरेर आफ्नो शरीरलाई हानि पुऱ्याउन हिचकिचाएनन्, र अन्ततः उनलाई कलेजोको क्यान्सर भयो र कलिलै उमेरमा उनको मृत्यु भयो। मैले प्रभु येशूले भनेको कुरा सम्झेँ: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। परमेश्‍वरका वचनहरूले मलाई के बताउँछन् भने पैसा, ख्याति, र प्राप्तिले जीवन किन्न सक्दैन र विनाशतिर मात्र लैजान सक्छ। यदि मैले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह नगरेकी र म पैसा पछ्याउने मार्गमा लागिरहेकी भए, मेरो शरीर निश्चय नै खतम हुनेथ्यो, र मेरो जीवन बर्बाद हुनेथ्यो मात्र होइन, मैले मुक्ति पाउने मौका पनि गुमाउनेथिएँ। अहिले मैले पहिलेभन्दा कम पैसा कमाए पनि, म अक्सर ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरका वचनहरू खान र पिउन अनि अनुभवहरू सङ्गति गर्न सक्छु, जुन परमेश्‍वरबाट आएको अनुग्रह थियो! मैले के पनि बुझ्दै गएँ भने परमेश्‍वरले मलाई मण्डलीमा आफ्ना कर्तव्यहरूमा तालिम लिन दिनुभयो ताकि मैले आफूलाई अझ धेरै सत्यताले सुसज्जित गर्न, शैतानले मानिसहरूलाई हानि पुऱ्याउने माध्यमहरू खुट्ट्याउन, आफ्नो भ्रष्ट शैतानी स्वभाव चिन्न, र परमेश्‍वरका वचनहरूबाट जीवनमा सही दिशा भेट्टाउन सकूँ। व्यक्तिले परमेश्‍वरबाट प्राप्त गर्ने सत्यता अनन्त जीवन, कसैले पनि खोस्न नसक्ने कुरा हो। यसलाई पैसासँग तुलना गर्न सकिन्न र यो जीवनको सबैभन्दा बहुमूल्य कुरा हो। यो बुझेर, मैले परमेश्‍वरलाई म आफ्नो जागिर छोड्न, र आउने दिनहरूमा उचित रूपले परमेश्‍वरमा विश्वास गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न इच्छुक छु भनी प्रार्थना गरेँ।

पछि, मैले आफ्नो जागिर छोडिदिएँ र आफूलाई पूर्ण रूपमा आफ्ना कर्तव्यहरूमा समर्पित गरेँ। अहिले, मेरा श्रीमान् र म, दुवैको स्वास्थ्य राम्रो छ, र हामीले पहिले महसुस गरेका चक्कर लाग्ने, ढाड दुख्ने, र असहजताका लक्षणहरू सबै हराइसकेका छन्। मलाई अझ खुसी के कुराले बनाउँछ भने, आफ्ना कर्तव्यहरूमा तालिम लिएर, मैले आफ्नो भ्रष्ट स्वभावका बारेमा केही बुझाइ प्राप्त गरेकी छु। मलाई पैसा, ख्याति, र प्राप्तिको बन्धनबाट उद्धार गर्नुभएकामा, र मलाई उहाँसामु ल्याएर सत्यता प्राप्त गर्ने अझ धेरै अवसरहरू दिनुभएकामा म परमेश्‍वरप्रति एकदमै आभारी छु।

अघिल्लो: ९२. म पदोन्नति हुन नचाहनुका पछाडि के-कस्ता चिन्ता थिए?

अर्को: ९४. म अब उप्रान्त बढ्दो उमेरका बारेमा चिन्ता गर्ने छैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्