८. म अब उप्रान्त छोराबाट ठूलो आशा राख्दिनँ

झिझुओ, चीन

म गाउँमै हुर्केँ र घरको अवस्था धेरै गाह्रो थियो। मलाई सहरियाहरूको जीवन देखेर ईर्ष्या लाग्थ्यो र कडा परिश्रम गरेर पढेर, विश्वविद्यालयमा भर्ना भएर, र एउटा स्थिर जागिर पाएर मात्र बिहानदेखि साँझसम्म खेतमा काम गर्ने जीवनबाट छुटकारा पाउन सकिन्छ जस्तो लाग्थ्यो। स्कुल पढ्दा, मैले आफूलाई पढाइमा समर्पित गरेँ। अरू आराम गरिरहेका बेला पनि म पढिरहन्थेँ। सप्ताहन्तमा, म घर जान्नथेँ किनभने घर फर्किँदा पढाइमा असर पर्छ कि भन्ने डर थियो। तर मैले चाहेजस्तो भएन। मैले जति नै मिहीनेत गरेर पढे पनि, मेरो अङ्कमा उल्लेखनीय सुधार आएन। मैले दुई पटकसम्म कक्षा दोहोऱ्याएँ तर पनि विश्वविद्यालयमा भर्ना हुन सकिनँ। त्यसको परिणाम स्वरूप, म गम्भीर अनिद्राको सिकार भएँ। कलेजको प्रवेश परीक्षामा फेल भएपछि, मलाई धेरै लाज लाग्यो, र छ महिनाभन्दा बढी समयसम्म घरबाट बाहिर निस्किनँ। विवाहपछि, मेरो श्रीमान् र मैले घरमै व्यवसाय सुरु गर्‍यौँ। हामी हरेक दिन बिहानदेखि साँझसम्म काम गर्थ्यौँ, तैपनि धेरै पैसा कमाउन सकेनौँ। हाम्रो छोरा जन्मेपछि, ऊ कत्ति बाठो र प्यारो छ भनेर देखेर, मैले सोचेँ, “मेरा आफ्ना इच्छाहरू त पूरा भएनन्, मैले मेरो छोराले भविष्यमा मिहीनेत गरेर पढ्न र विश्वविद्यालयमा भर्ना हुन सकोस्, एउटा सम्मानजनक जागिर पाओस् र अरूभन्दा विशेष हुन सकोस् भन्‍ने कुरा सुनिश्चित गर्नैपर्छ। यसरी, हामी गरिबीको जीवनबाट उम्कन सक्छौँ, र मेरो पनि इज्जत बढ्छ। म सानो छँदा, धेरै दिदीबहिनी भएकाले, मेरा आमाबुबासँग हाम्रो पढाइको रेखदेख गर्न समय थिएन, जसले गर्दा मेरो पढाइको जग कमजोर भयो। मैले आफ्नो छोराको शिक्षामा बाल्यकालदेखि नै ध्यान दिनुपर्छ र उसको जग बलियो बनाउने सुनिश्चित गर्नुपर्छ।” त्यसैले, जब म उसको पढाइमा सुधार ल्याउन सक्ने कुनै किताब देख्थेँ, म उसका लागि किनिदिन्थेँ। कहिलेकाहीँ मेरो छोरा स्कुलबाट घर आएर एकछिन खेल्न खोज्दा, म उसलाई भन्ने गर्थेँ, “अहिले राम्ररी पढिनस् भने, भविष्यमा तैँले कडा मजदुरी गर्नुपर्ने हुन्छ, अनि अरूले तँलाई हामीलाई जस्तै हेप्छन्। त्यो कति दिक्कलाग्दो होला! म हरेक दिन यति कडा मेहनत कसका लागि गर्दैछु? के यो सबै तेरै लागि होइन र? तैपनि, तँ प्रयास नै गर्दैनस्!” कुनै विकल्प नभएपछि, मेरो छोरा अनिच्छापूर्वक गएर आफ्नो गृहकार्य गर्थ्यो। उसले गृहकार्य सकेपछि पनि, म उसलाई बाहिर खेल्न जान दिन्नथेँ; बरु, म उसलाई थप गृहकार्य दिन्थेँ। मलाई विश्वास थियो “एउटै किताब सय चोटि पढ्यौ भने, त्यसको अर्थ आफै स्पष्ट हुन्छ।” त्यसैले हरेक बिहान, म उसलाई आधा घण्टा चाँडै उठाएर पाठ कण्ठ गर्न लगाउँथेँ। जब ऊ पढ्न मान्दैनथ्यो र रिसाउँथ्यो, म उसलाई चिच्याएर हप्काउँथेँ। हरेक दिन, म कसेको स्प्रिङजस्तै हुन्थेँ, एकछिन पनि आराम गर्ने आँट गर्दिनथेँ। जब मेरो छोराले अलिकति पनि भनेको मान्दैनथ्यो, म उसलाई किचकिच गर्थेँ, “तँ किन सुन्दैनस्! म हरेक दिन हड्डी खियाएर काम गर्दैछु, तेरो पढाइको ख्याल गर्दैछु, तँ स्कुल जाँदा तेरो लुगा धुने र खाना पकाउने काम गर्दैछु, अनि तँलाई मीठो खानेकुरा किन्ने पैसा कमाउन काम पनि त गर्नुपर्छ। म यो सब कसका लागि गर्दैछु? के यो सबै तेरो राम्रो भविष्यको लागि होइन र? यदि तैँले मेरो कुरा सुनिनस् र राम्ररी पढिनस् भने, पछि पछुताउनेछस्!” म ऊ खेल्न थाल्यो भने पढाइमा ध्यान फर्काउन सक्दैन कि भनेर डराउँथेँ, त्यसैले म उसलाई बाहिर खेल्न जान दिन्नथेँ। कहिलेकाहीँ, उसलाई बाहिर लैजाँदा पनि, त्यो केवल किताब पसल जानको लागि मात्र हुन्थ्यो। म उसको पछि लाग्थेँ, कहिल्यै उसलाई एक्लै छोड्दिनथेँ, पढ्नलाई कर गर्थेँ, र ऊ निम्न माध्यमिक तहमा प्रवेश गरेपछि पनि त्यही क्रम चलिरह्यो।

मेरो छोरा निम्न माध्यमिक तहमा हुँदा, उसको अङ्ग्रेजीको अङ्क कमजोर थियो, त्यसैले मैले सोचेँ पहिले म आफैँले सिक्नुपर्छ—नत्र म उसलाई कसरी सिकाउन सकूँला र? मलाई विश्वास थियो सबै विषयमा उसको अङ्क राम्रो भएमा मात्र उसको विश्वविद्यालयमा भर्ना हुने सम्भावना बढी हुन्छ। अनि विश्वविद्यालयमा भर्ना भएर मात्र उसले आफ्नो भाग्य बदल्ने मौका पाउँछ। यदि ऊ अरूभन्दा विशेष हुन सक्यो भने, त्यसले हामी आमाबुबाको पनि इज्जत बढाउँछ। मेरा धेरै कामहरू हुन्थे, जसले गर्दा सिक्न गाह्रो पर्थ्यो, तैपनि मैले प्रयास गर्थेँ, र सिकिसकेपछि, उसले नबुझ्दासम्म म उसलाई पढाउँथेँ। ऊ हरेक दिन अति दुःखी देखिने, बोल्न नमान्ने, अनुहारमा मुस्कान नभएको, यति सानो उमेरमै कुप्रो परेको, ऊर्जा नभएको देखेर, मेरो मन साह्रै दुख्यो। तर उसको उज्ज्वल भविष्यका खातिर, मसँग उसलाई यसरी नै दबाब दिनु बाहेक अर्को विकल्प छैन जस्तो लाग्थ्यो। अन्तमा, मेरो छोरा दोस्रो श्रेणीको विश्वविद्यालयमा मात्र भर्ना भयो। मलाई दोस्रो श्रेणीको विश्वविद्यालय पढेर खासै भविष्य हुँदैन जस्तो लाग्यो, त्यसैले मैले उसलाई सहरको एउटा प्रमुख उच्च माध्यमिक विद्यालयमा पढाइ दोहोऱ्याउन लगाएँ। अन्ततः, मेरो सबै कडा परिश्रमपछि, ऊ एउटा उत्कृष्ट विश्वविद्यालयमा भर्ना भयो। म धेरै खुसी र गौरवान्वित भएँ, र आफूले पहिलेभन्दा फरक मार्गमा हिँडेको महसुस भयो। मैले सोचेँ मेरो छोराले विश्वविद्यालयबाट पास भएर एउटा स्थिर जागिर पायो भने, उसले खुसी र आरामको जीवन बिताउन सक्नेछ, र म पनि आफ्नो बुढेसकालमा त्यसको फाइदा लिन सक्नेछु। तर मैले नसोचेको कुरा के भयो भने, मेरो छोराले CET-4 (कलेज अंग्रेजी परीक्षा तह ४) परीक्षामा फेल भएकाले उसले ग्राजुएसन प्रमाणपत्र पाउन सकेन। हामीले हरेक उपाय अपनायौँ, भनसुन गराउने र चिनजान खोज्ने सबै गर्‍यौँ, तर कुनै फाइदा भएन। मैले मनमनै सोचेँ, “अब सबथोक सकियो; अरूभन्दा विशेष हुने कुनै आशा बाँकी रहेन। मेरा वर्षौंका प्रयास खेर गए, र मेरा सबै आशाहरू पूर्ण रूपमा चकनाचुर भए!” मलाई मेरो संसार नै भत्किएजस्तो लाग्यो। त्यसपछि, मैले मेरो छोरालाई आलोचना र गुनासोबाहेक केही गरिनँ, उसले राम्ररी नपढेको र मेरा अपेक्षाहरू पूरा गर्न नसकेकोमा निराशा व्यक्त गरेँ। ऊ मेरो किचकिचबाट यति दिक्क थियो कि ऊ घर आउनै मान्दैनथ्यो। मेरो छोरासँग विश्वविद्यालयको डिप्लोमा नभएकाले, उसले जागिर पाउन सकेन। बाहिर जाँदा, म चिनजानको मान्छे भेटिएला जसले, “तिम्रो छोरा कहाँ काम गर्छ? कस्तो प्रगति गर्दैछ?” भन्ने सोध्लान् भनेर डराउँथेँ। अरूले मेरो छोरा विश्वविद्यालय त गयो तर डिप्लोमा चैँ छैन भन्ने थाहा पाए भने, के उनीहरूले यो त विश्वविद्यालय नगएको जस्तै त हो नि भनेर सोच्दैनन् होला र? के उनीहरूले मलाई हाँसोमा नउडाउलान्? परिणाम स्वरूप, म हरेक दिन दुःखी हुन्थेँ।

डिसेम्बर २०२१ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति स्वीकार गरेँ। मैले आफ्नो दुःख एउटी सिस्टरलाई बताएँ, र उहाँले मेरा लागि परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजिदिनुभयो: “आफ्‍नो जन्‍म, वयस्कता, वा विवाहबारे व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू अनुभव गरेका सबैलाई तिनीहरू कहाँ र कहिले जन्‍मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूका आमाबाबु को हुन्छन्, र तिनीहरूको पति वा पत्‍नी को हुन्छन् भन्‍ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरू त स्वर्गको इच्‍छा स्वीकार गर्न मात्र सक्छन् भन्ने थाहा हुन्छ। तैपनि जब मानिसहरूले अर्को पुस्तालाई हुर्काउने समय आउँछ, तब तिनीहरू आफ्ना सन्तानले आफ्‍नै जीवनको अघिल्‍लो भागमा आफूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्‍ने आशा गर्दै, आफ्‍नो जीवनको पहिलो भागमा आफूले पूरा गर्न नसकेका सबै चाहना आफ्‍ना सन्तानलाई सुम्पिन्छन्। त्यसकारण, मानिसहरू आफ्‍ना छोराछोरीका बारेमा अनेक किसिमका कल्‍पनाहरू गर्छन्: तिनीहरूका छोरीहरू अत्यन्तै सुन्दर हुनेछन्, तिनीहरूका छोरा आकर्षक भलाद्मी बन्‍नेछन्; तिनीहरूका छोरीहरू सभ्य र प्रतिभावान् बन्‍नेछन् र तिनीहरूका छोराहरू उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडी बन्‍नेछन्; तिनीहरूका छोरीहरू विनम्र, चरित्रवान्, र समझदार बन्‍नेछन्, अनि तिनीहरूका छोराहरू बुद्धिमानी, सक्षम, र संवेदनशील बन्‍नेछन्। तिनीहरूले आफ्‍ना सन्तान, चाहे तिनीहरू छोरी हुन् वा छोरा, तिनीहरूले आफूभन्दा ठूलालाई आदर गर्नेछन्, आफ्‍ना बाबुआमाको वास्ता गर्नेछन्, हरेकले तिनीहरूलाई माया र तारिफ गर्नेछन् भन्‍ने आशा गरेका हुन्छन्…। यस विन्दुमा, जीवन सम्‍बन्धी तिनीहरूको आशा ताजा बन्छ, अनि मानिसहरूको हृदयमा नयाँ जोसको दियो बल्छ। मानिसहरूलाई थाहा छ, तिनीहरू यस जीवनमा क्षमताविहीन छन् र कुनै काम लागेका छैनन्, भीडभन्दा अलग देखिनका लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नुबाहेक कुनै विकल्प नै छैन। अनि त्यसैले तिनीहरू आफ्‍ना सबै आशा, आफ्‍ना पूरा नभएका चाहना र आकाङ्क्षाहरू अर्को पुस्तालाई सुम्पन्छन्, र आफ्ना सन्तानले आफ्ना सपनाहरू पूरा गर्न अनि आफ्ना चाहनाहरू साकार पार्न आफूलाई सहयोग गर्न सक्ने आशा गर्छन्; तिनीहरू आफ्ना छोराछोरीहरूले परिवारको नामलाई महिमित पार्ने, विशिष्ट हैसियत पाउने, अथवा धनी वा प्रसिद्ध बन्‍ने आशा गर्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरू आफ्‍ना छोराछोरी उच्च शिखरमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू पूर्ण छन्; के तिनीहरूलाई आफूले जन्माउने सन्तानहरूको सङ्ख्या, आफ्ना छोराछोरीको रूप, क्षमता, इत्यादि आफूले निर्णय गर्ने कुरा होइनन्, अनि आफ्ना सन्तानको नियति आफ्नो हातमा त झनै छैन भन्‍ने कुरा थाहा छैन र? मानिसहरू आफ्‍नै नियतिका मालिक होइनन्, तैपनि तिनीहरू युवा पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरू आफ्‍ना छोराछोरीहरूको नियति हेरफेर गर्ने प्रयास गर्छन्। के तिनीहरू आफूलाई बढ्ता आँकिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरू पढेपछि, म गहिरो रूपले प्रभावित भएँ। परमेश्‍वरले मानिसहरूको भाग्य नियन्त्रण गर्नुहुन्छ। मानिसहरूले जस्तोसुकै तरिका अपनाए पनि, वा जति नै मूल्य चुकाए पनि, तिनीहरू आफ्नो भाग्यका लागि परमेश्‍वरले गर्नुभएको बन्दोबस्तबाट उम्कन सक्दैनन्। सानो छँदाको कुरा सम्झँदा, म आफ्नो पारिवारिक जीवनसँग असन्तुष्ट रहेकी थिएँ। मैले ज्ञानद्वारा आफ्नो भाग्य बदल्न चाहेकी थिएँ। जब मेरो आफ्नै आकाङ्क्षाहरू चकनाचुर भए, मैले आफ्ना आशाहरू छोरामाथि थोपरेँ, र उसले मेरा सफलताका चाहनाहरू पूरा गरिदेओस् भन्ने कामना गरेँ। आफ्नो लक्ष्य हासिल गर्न, मैले आफ्नो छोरालाई कडा नियन्त्रणमा राख्दै, उसले हरेक समयमा कसरी पढ्नुपर्छ भनेर योजना बनाएकी थिएँ। सप्ताहन्तमा समेत, म उसलाई बाहिर खेल्न जान दिन्नथेँ; यदि ऊ बाहिर गइहालेमा पनि, त्यो केवल किताब पसलसम्म मात्र हुन्थ्यो। मैले उसलाई नजिकबाट निगरानी गरेकी थिएँ, र उसले राम्ररी नपढेमा, मैले उसलाई पिट्ने वा हप्काउने गरेकी थिएँ, किनभने मलाई डर थियो यदि उसले राम्रो गरेन भने, ऊ राम्रो विश्वविद्यालयमा भर्ना हुन सक्दैन, र मेरो पनि इज्जत रहँदैन। मैले मेरा सबै अपेक्षाहरू उसमाथि लादेकी थिएँ, जसले गर्दा ऊ एकदमै दमित जीवन जिउन बाध्य भएको, उसको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो हानि पुगेको थियो, र मै पनि ठूलो दुःख र थकानमा जिएकी थिएँ। परमेश्‍वरका वचनहरूबाट, मैले के कुरा बुझेँ भने परमेश्‍वरले मानवको भाग्यमाथि शासन गर्नुहुन्छ, र मानिसहरूले जतिसुकै कोसिस गरे पनि, तिनीहरूले यसलाई बदल्न सक्दैनन्। तैपनि मैले ज्ञानद्वारा आफ्नो र आफ्नो छोराको भाग्य बदल्न र अरूभन्दा विशेष हुने लक्ष्य हासिल गर्न, सधैँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्किन चाहेकी थिएँ। मैले ठूलो मूल्य चुकाएकी भएपनि, अन्तमा, मैले चाहेको भन्दा उल्टो भएको थियो। म आफ्नै भाग्य त नियन्त्रण गर्न सक्दिनथेँ, तर पनि मैले मेरो छोराको भाग्य बदल्न चाहेकी थिएँ—म कत्ति अहङ्कारी, अभिमानी, आफूलाई बढ्तै आँक्ने, मूर्ख र अज्ञानी बनेकी रहेछु! मलाई याद आयो, मेरो एकजना छिमेकी थिए जो, थोरै पढेका भएपनि, मालिक बनेका थिए र धेरै पैसा कमाएका थिए। मेरो भतिजाले पनि थोरै पढेका थिए, तर आफ्नो इलेक्ट्रोनिक्स व्यवसाय चलाएर धेरै पैसा कमाएका थिए, र डिप्लोमा र ज्ञान भएका धेरैजनाभन्दा बढी सम्पन्न जीवन बिताएका थिए। मेरो गाउँको एकजना भाइ पनि थिए जो, विश्वविद्यालयमा भर्ना भएका भएपनि, स्नातकपछि डिप्रेसनको सिकार भएका थिए। उनी अरूसँग बोल्न नचाहने भएका थिए र अन्त्यमा कुनै पनि जागिर पाएका थिएनन्। पहिले, मैले परमेश्‍वरको सार्वभौमिकतालाई बुझेकी थिइनँ, र सधैँ उम्कने कोसिस गरेकी, जसले गर्दा आफू र छोरा दुवैलाई हानि पुऱ्याएकी थिएँ। अब मैले आफूले गलत गरेकी रहेछु भनेर महसुस गरेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नो छोरालाई तपाईंकै हातमा सुम्पन तयार छु। भविष्यमा जे भए पनि, म तपाईंकै सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन तत्पर छु।” त्यसपछि, मैले छोरालाई हप्काउन र नराम्रो मुख लगाउन छोडेँ। ऊ पनि पहिले जस्तो मबाट तर्कन छोड्यो। पछि, जब मैले बाटोमा एकजना साथीलाई भेटेँ र उनले मेरो छोराको जागिरबारे सोधिन्, मलाई नरमाइलो नै लाग्यो। उनले मलाई कस्तो ठान्नेहुन् भन्ने चिन्ता र एकदमै लज्जा महसुस गर्दै, मैले सत्य बोल्ने आँट गरिनँ।

पछि, मैले मनमा सोचेँ, “मैले आफ्नो छोराको अवस्थाबारे सोच्ने काम छोड्न सक्छु जस्तो लागेको थियो, तर अरूले यो कुरा उठाउँदा मलाई किन अझै नरमाइलो लाग्छ?” मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको सङ्कल्प हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूबाट, मैले के कुरा बुझेँ भने शैतानले मानिसहरूलाई ख्याति र प्राप्तिद्वारा भ्रष्ट तुल्याउँछ, जसले गर्दा तिनीहरू यिनै कुराहरू मात्र पछ्याउँछन् र जबसम्म तिनीहरूसँग ख्याति र प्राप्ति हुन्छ, तबसम्म तिनीहरूसँग सबथोक हुन्छ र तिनीहरूको जीवन खुसी हुन्छ भन्ने विश्वास गर्छन्। मैले यही दृष्टिकोण बोकेकी, र शैतानका “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ,” “मानिसले आफ्नै हातहरूले रमाइलो मातृभूमि सृजना गर्न सक्छ,” र “किताबको अघि सबै कुरा फिका हुन्छ” जस्ता जीवन जिउने नियमहरूद्वारा जिएकी थिएँ। मेरो बाल्यकाल सम्झँदा, मेरो परिवार गरिब थियो र मानिसहरूले हामीलाई हेपेका थिए। जब मैले मेरी कजन दिदीलाई सहरबाट गाडी चलाउँदै फर्केकी, र गाउँका सबैले उहाँको प्रशंसा गरेको देखेँ, मलाई एकदमै ईर्ष्या लाग्यो। मैले मनमनै सोचेकी थिएँ भविष्यमा मैले पनि मेरी कजनकै जस्तो जीवन जिउनुपर्छ र मानिसहरूको प्रशंसा पाउनुपर्छ। ख्याति र प्राप्ति पछ्याउनका लागि, मैले आफ्नो सबै समय पढाइमा लगाउँदै, आराम पनि त्यागिदिएकी थिएँ, जसले गर्दा अन्ततः म गम्भीर अनिद्राको सिकार भएकी थिएँ। म रातभर जागा रहन्थेँ र निद्रा लगाउने औषधीमै मात्र निर्भर हुन्थेँ। म हरेक दिन मुस्किलले चल्थेँ, र जीवन मृत्युभन्दा बेकार लाग्थ्यो। तैपनि, आखिर, मैले विश्वविद्यालयमा भर्ना हुन वा आफूले चाहेको जीवन हासिल गर्न सकेकी थिइनँ। यति हुँदा पनि, म वास्तविकतामा ब्यूँझन असफल भएकी थिएँ, र ख्याति र प्राप्ति हासिल गर्नका लागि, मैले आफ्ना अधुरा आकाङ्क्षाहरू आफ्नो बच्चामाथि थोपरेकी थिएँ। मेरो बच्चा सानो छँदा एकछिन खेल्न खोज्नु एकदमै सामान्य कुरा रहेको थियो, तर मेरो आफ्नै इच्छा पूरा गर्नका लागि, मैले उसको जीवनलाई नियन्त्रण गर्दै, उसलाई हरेक दिन पढाइबाहेक केही गर्न नदिएकी, र उसले राम्ररी नपढ्दा उसलाई पिट्ने वा हप्काउने गरेकी थिएँ। मेरो एक समयको फुर्तिलो र हँसिलो छोरा सधैँ उदास हुन थालेको थियो, उसले बाल्यकालको खुसी गुमाएको, र सानै उमेरमा गम्भीर रूपमा कुप्रो पर्न थालेको र उसको कपाल झर्न थालेको थियो। मेरो नियन्त्रणका कारण, मेरो छोरा मबाट टाढा भएको थियो। जब मेरो छोराले विश्वविद्यालयको डिप्लोमा पाउन सकेन र मैले ख्याति र प्राप्ति पाउने मेरो लक्ष्य हासिल गर्न सकिनँ, मलाई मेरो संसार नै भत्किएजस्तो लागेको थियो। म शिर नै ठाडो पार्न नसक्ने गरी लज्जित भएकीले कसैलाई भेट्नै नचाहने भएकी थिएँ, र मैले आफ्नो छोरासँग विलौना गर्दै, उसले मेरा अपेक्षाहरू पूरा गर्न नसकेकोमा उसको आलोचना गरेकी थिएँ। म ठूलो पीडामा जिएकी थिएँ। यी नै मेरो ख्याति र प्राप्ति पछ्याइका तीता फलहरू थिए। मलाई मेरी बहिनीको गाउँको एकजना केटाको याद आयो, जसको परिवार पनि धेरै गरिब थियो। ज्ञानद्वारा आफ्नो भाग्य बदल्नका लागि, उसले धेरै वर्षसम्म पढाइ दोहोऱ्याएको थियो, तर पनि उसले विश्वविद्यालयमा भर्ना पाउन सकेको थिएन। अन्तमा, ऊ डिप्रेसनको सिकार भएको थियो। यो नै शैतानले मानिसहरूलाई भ्रष्ट बनाउन ख्याति र प्राप्ति प्रयोग गर्नुको परिणाम हो। मैले आफूले कसरी ख्याति र प्राप्तिको पछ्याइलाई आफ्नो जीवनको लक्ष्यका रूपमा शैतानको दर्शनअनुसार आफ्नो जीवन जिएकी थिएँ भनेर मनन गरेँ। यी लक्ष्यहरूका लागि आफूलाई समर्पित गर्दै, मैले अन्ततः मेरो छोरा र आफू दुवैलाई हानि पुऱ्याएकी थिएँ। म अब उप्रान्त शैतानको हानि भोग्न चाहन्नथेँ र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुन तत्पर थिएँ।

त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “सबैभन्दा पहिले, हामी आमाबुबाहरूले आफ्ना छोराछोरीहरूप्रति राख्ने यी माग र अपनाउने यी शैलीहरूलाई हेरौँ—ती सही छन् कि गलत छन्? (ती गलत छन्।) त्यसोभए, अन्ततः आमाबुबाहरूले आफ्ना छोराछोरीहरूप्रति अपनाउने यी शैलीहरूका हकमा मुख्य दोषी के हो? के यो आफ्ना छोराछोरीहरूप्रतिका आमाबुबाका अपेक्षाहरू होइनन् र? (हो।) आमाबुबासँग आफ्नो व्यक्तिपरक चेतनाभित्र आफ्ना छोराछोरीको भविष्यबारे सबै प्रकारका अनुमान, योजना, र सङ्कल्पहरू हुन्छन्, र फलस्वरूप, तिनीहरू यी अपेक्षाहरू विकास गर्छन्। यी अपेक्षाहरूद्वारा प्रेरित भएर, आमाबुबाहरू आफ्ना छोराछोरीहरूले अभिनय, नृत्य, चित्रकला, इत्यादि जस्ता विभिन्‍न सीप सिक्नुपर्ने माग गर्छन्, र आफ्ना छोराछोरीहरू प्रतिभाशाली व्यक्ति बनेपछि, तिनीहरूलाई अरूको मुनि जिउनुको सट्टा अरूभन्दा माथि उठ्न, निम्न-स्तरका अधीनस्थ कर्मचारी हुनुको सट्टा उच्च-पदस्थ अधिकारी बन्न, प्रबन्धक, कार्यकारी, र प्रमुख कार्यकारी अधिकृत बन्न, फर्च्युन ग्लोबल ५०० कम्पनीहरूमा काम गर्न, इत्यादि गर्न सजिलो हुनेछ भन्‍ने सोच्छन्। यी सबै आमाबुबाका व्यक्तिपरक विचारहरू हुन्। तर के बालबालिकाहरू वयस्कावस्थामा पुग्नुपहिले, उनीहरूमा आमाबुबाका अपेक्षाहरूको सारबारे कुनै बुझाइ हुन्छ त? (हुँदैन।) उनीहरूमा यी कुराहरूबारे बिलकुलै कुनै बुझाइ हुँदैन, उनीहरूले ती कुराहरू बुझ्दैनन्। अनि, साना बालबालिकाले केचाहिँ बुझ्छन् त? उनीहरूले विद्यालय गएर पढ्न सिक्ने, मेहनत गरेर पढ्ने, र असल र सुशील बालबालिका हुने कुरा मात्र बुझ्छन्। यो आफैमा धेरै राम्रो कुरा हो। विद्यालय गई तोकिएको समयतालिकाअनुसार कक्षामा बस्नु, र घर गएर आफ्नो गृहकार्य सकाउनु—बालबालिकाले बुझ्ने कुराहरू यिनै हुन्, बाँकी कुराहरू त खेल्ने, खाने, मनोकल्पना गर्ने, सपना देख्‍ने, आदि इत्यादि मात्र हुन्। वयस्क हुनुभन्दा पहिले, बालबालिकामा आफ्नो जीवन मार्गका अपरिचित कुराहरूबारे बिलकुलै बुझाइ हुँदैन, र उनीहरूले ती कुराहरूबारे कुनै परिकल्पना पनि गर्दैनन्। यी बच्चाहरू वयस्क भएपछिको समयबारे गरिएका सबै परिकल्पना वा निर्णयहरू उनीहरूका आमाबुबाबाट आउँछन्। त्यसकारण, आमाबुबाले आफ्ना छोराछोरीप्रति राख्ने यस्ता त्रुटिपूर्ण अपेक्षाहरूको तिनीहरूका छोराछोरीसँग कुनै सम्बन्ध हुँदैन। बालबालिकाले आफ्ना आमाबुबाका अपेक्षाहरूको सार खुट्ट्याउनु मात्र जरुरी छ। आमाबुबाका यी अपेक्षाहरू के कुरामा आधारित हुन्छन्? ती कहाँबाट आउँछन्? ती समाज र संसारबाट आउँछन्। यी सबै अभिभावकीय अपेक्षाको उद्देश्य भनेको छोराछोरीलाई यस संसार र समाजमा अनुकूल हुन, संसार र समाजबाट निकालिनबाट जोगिन, र समाजमा आफूलाई स्थापित गर्न, सुरक्षित जागिर, स्थिर परिवार, र स्थिर भविष्य प्राप्त गर्न सक्षम बनाउनु हो, त्यसैले आमाबुबाहरूले आफ्ना सन्तानबाट विभिन्‍न व्यक्तिपरक अपेक्षा राख्छन्। उदाहरणका लागि, अहिले कम्प्युटर इन्जिनियर हुनु निकै लोकप्रिय छ। कतिपय मानिस भन्छन्: ‘मेरो छोरो भविष्यमा कम्प्युटर इन्जिनियर बन्नैपर्छ। यस क्षेत्रमा काम गर्ने मानिसहरूले धेरै पैसा कमाउन सक्छन्, र यसले तिनीहरूका आमाबुबालाई पनि राम्रो देखाउँछ!’ जब छोराछोरीमा समाज वा कामका बारेमा राम्रो बुझाइ हुँदैन, तब आमाबुबाहरू अघि बढ्छन् र तिनीहरूका लागि करियर छनौट गर्छन् वा तिनीहरूको भविष्यको योजना बनाउँछन्। के यो गलत होइन? (हो।) यी आमाबुबाहरूले पूर्ण रूपमा आफ्नै प्राथमिकता र चाहनाहरूअनुसार आफ्ना छोराछोरीमाथि अपेक्षाहरू राखिरहेका हुन्छन्। के यो व्यक्तिपरक होइन र? (हो।) यो व्यक्तिपरक हो भन्नु त यसलाई राम्रोसँग प्रस्तुत गर्नु हो—वास्तवमा यो के हो? यो व्यक्तिपरकताको अर्को व्याख्या के हो? के यो स्वार्थीपन होइन र? के यो करकाप होइन र? (हो।) तँलाई कुनै निश्चित पेसा मन पर्छ, तँ अधिकारी बन्न, धनी बन्न, समाजमा आकर्षक र सफल बन्न चाहन्छस्, त्यसैले तँ आफ्ना छोराछोरीलाई पनि त्यस्तै व्यक्ति हुन र त्यस्तै मार्गमा हिँड्न लगाउँछस्। तर तिनीहरूले भविष्यमा त्यो काम गर्न सक्नेछन् कि छैनन्, वा त्यो काम साँच्चै तिनीहरूका लागि सुहाउँदो छ कि छैन भनी भन्न गाह्रो छ। अनि त्यसोभए तिनीहरूको नियति वास्तवमा के हो त? परमेश्‍वरले तिनीहरूमाथि कसरी सार्वभौमिकता राख्नुहुनेछ र तिनीहरूका लागि कसरी प्रबन्धहरू गर्नुहुनेछ? के तिमीहरूलाई यी कुराहरू थाहा छ? कतिपय मानिस भन्छन्: ‘मलाई ती कुराहरूको मतलब छैन। यो मैले, एक अभिभावकका रूपमा मन पराउने कुरा हुञ्जेल ठीक छ। मलाई यो मन पर्ने हुनाले, म तिनीहरूमाथि यस प्रकारका अपेक्षाहरू राख्छु।’ के त्यो ज्यादै स्वार्थी कुरा होइन र? (हो।) यसलाई राम्रोसँग प्रस्तुत गर्दा, यो धेरै व्यक्तिपरक छ, यो केवल आफ्नै कुरा सुन्नु हो, तर वास्तवमा, यो के हो? यो एकदमै स्वार्थी कुरा हो! यी आमाबुबाहरू आफ्ना छोराछोरीको क्षमता वा प्रतिभालाई ख्याल गर्दैनन्, र तिनीहरू हरेक व्यक्तिको नियति र जीवनका लागि परमेश्‍वरले गर्नुभएका प्रबन्धहरूको वास्ता गर्दैनन्। तिनीहरू यी कुराहरूलाई ख्याल गर्दैनन्, तिनीहरू केवल इच्छाजनक सोचाइमा आधारित भएर आफ्नै प्राथमिकता र योजनाहरूलाई आफ्ना छोराछोरीमाथि जबरजस्ती लाद्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने मेरो छोरालाई कुनै पनि कुराको ज्ञान नहुँदै, मैले आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि आकाङ्क्षाले भरिएर उसमाथि विभिन्न मागहरू थोपरेछु। उ समाजमा स्थापित हुन सकोस्, भविष्यमा स्थिर जागिर पाओस्, र यो समाजबाट हटाइन नपरोस् जसले गर्दा मेरा आफ्नै इच्छाहरू पनि पूरा हुन्छन् भन्ने आशामा, मैले उसबाट धेरै अपेक्षाहरू राखेँ। म विश्वविद्यालय गएर ग्राजुएसन पछि राम्रो जागिर पाएर मानिसहरूको प्रशंसा पाउन चाहन्थेँ, तर मेरा आफ्नै इच्छाहरू पूरा नभएकाले, मैले मेरो छोराद्वारा ती पूरा गराउने प्रयास गरेँ। मेरो छोराले विश्वविद्यालयका लागि मुख्य विषय छान्दा, मैले उसको विचार सोधिनँ। बरु, मेरो आफ्नो विचारअनुसार, मैले उसका लागि ग्राजुएसन पछि बढी कमाइ हुने विषय छानिदिएँ। तर, मैले यो विषयका लागि अङ्ग्रेजीमा न्यूनतम तह ४ आवश्यकता पर्छ भन्ने कुरा अनुमान नै गरिनँ। मेरो छोराका भाषा सीपहरू कमजोर थिए, र ऊ तह ४ को अङ्ग्रेजी परीक्षामा लगातार फेल भइरह्यो, र परिणामतः आफ्नो डिप्लोमा पाउन असफल भयो। मेरो छोराले मेरा अपेक्षाहरू पूरा नगरेको हुनाले, मैले उसबारे गुनासो गरेँ र उसको आलोचना गरेँ, जसले गर्दा उसलाई ठूलो पीडा भयो। मैले मेरा मागहरू उसका लागि प्राप्य छन् कि छैनन्, उसले ती सम्हाल्न सक्छ कि सक्दैन, वा उसलाई वास्तवमा के मन पर्छ वा केमा ऊ सिपालु छ भन्ने कहिल्यै ख्याल गरिनँ। म सधैँ अभिलाषी बन्दै मेरा आफ्नै रुचि, योजना, र इच्छाहरू उसमाथि थोपर्थेँ। मैले गरेका हरेक कुरा उसले ग्राजुएसनपछि राम्रो जागिर पाओस् र समाजमा स्थापित हुन सकोस् भनेर उसकै भलाइका लागि गरे जस्तो देखिन्थ्यो, तर सारमा भने, यो अरूको उच्च सम्मान पाउने मेरो आफ्नै महत्त्वाकांक्षी इच्छा पूरा गर्नका लागि थियो। म धेरै स्वार्थी रहेछु भन्ने प्रस्टै थियो!

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ र अभ्यास गर्ने बाटो भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “छोराछोरीप्रतिका आमाबुबाका अपेक्षाहरूको सार विश्‍लेषण गरेर, हामीले यी अपेक्षाहरू स्वार्थी खालका हुन्छन्, यी अपेक्षाहरू मानवताविरुद्ध जान्छन्, र अपेक्षाहरूको आमाबुबाका जिम्मेवारीहरूसँग कुनै सम्बन्ध हुँदैन भनेर बुझ्न सक्छौँ। आमाबुबाहरूले आफ्ना छोराछोरीमाथि सबै किसिमका अपेक्षा र मागहरू लाद्दा, तिनीहरूले उनीहरूमाथि ठूलो थप दबाब दिन्छन्—यो तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। त्यसोभए, आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्। कम्तीमा पनि, तिनीहरूले आफ्ना छोराछोरीलाई सत्य बोल्ने र इमानदार ढङ्गले काम गर्ने इमानदार मानिस बन्‍न सिकाउनुपर्छ, र तिनीहरूलाई दयालु हुन र खराब कामहरू नगर्न सिकाउनुपर्छ, र तिनीहरूलाई सकारात्मक दिशामा डोऱ्याउनुपर्छ। यी तिनीहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू हुन्। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको क्षमता र अवस्थाहरूका आधारमा व्यावहारिक ज्ञान र सीपहरू आदि अध्ययन गर्न मार्गदर्शन गर्नुपर्छ। यदि आमाबुबाहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यता बुझ्छन् भने, आफ्ना छोराछोरीलाई परमेश्‍वरका वचनहरू पढ्न र सत्यता स्वीकार गर्न लगाउनुपर्छ, ताकि तिनीहरूले सृष्टिकर्तालाई चिनून्, र मानिसहरू परमेश्‍वरद्वारा सृष्टि गरिएका हुन् र यस ब्रह्माण्डमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरा बुझून्। तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू खान र पिउन अगुवाइ गर्नुपर्छ ताकि तिनीहरूले केही सत्यता बुझ्न सकून्, र तिनीहरू हुर्किएपछि सांसारिक प्रवृत्तिहरूलाई पछ्याउने, विभिन्‍न जटिल पारस्परिक सम्बन्धहरूमा फस्‍ने, र यस संसारका विभिन्‍न दुष्ट प्रवृत्तिहरूद्वारा लोभ्याइने, भ्रष्ट तुल्याइने, र विनाश हुनुको सट्टा परमेश्‍वरमा विश्‍वास गर्न, परमेश्‍वरलाई पछ्याउन, र सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम होऊन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू वास्तवमा यिनै हुन्। तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू भनेका, आमाबुबाको भूमिकामा रहेर, आफ्ना छोराछोरी वयस्क नहुञ्जेलसम्म तिनीहरूलाई सकारात्मक मार्गदर्शन र उपयुक्त सहयोग प्रदान गर्नु, साथै तिनीहरूको भौतिक जीवनमा दैनिक आवश्यकताहरूका सन्दर्भमा तुरुन्तै हेरचाह गर्नु हो। यदि तिनीहरूका छोराछोरी बिरामी भए भने, आमाबुबाहरूले आवश्यक पर्दा तिनीहरूको उपचार गराउनुपर्छ; तिनीहरूले आफ्ना छोराछोरीको पढाइमा ढिलाइ हुने डरले, उनीहरूलाई उपचार त्यागेर स्कुल जान लगाइरहनु हुँदैन। जब तिनीहरूका छोराछोरीलाई स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई स्वास्थ्यलाभ गर्न दिनुपर्छ, र जब तिनीहरूलाई आराम गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई आराम गर्न दिनुपर्छ। तिनीहरूका छोराछोरीको स्वास्थ्य सुनिश्चित गर्नु अनिवार्य कुरा हो; यदि छोराछोरी पढाइमा पछि परे भने, आमाबुबाहरूले पछि त्यसलाई पूर्ति गर्ने उपाय खोज्न सक्छन्। आमाबुबाहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू यिनै हुन्। एकातिर, तिनीहरूले आफ्ना छोराछोरीलाई ठोस ज्ञान प्राप्त गर्न मद्दत गर्नुपर्छ; अर्कोतिर, तिनीहरूले आफ्ना छोराछोरीलाई सही मार्गमा हिँड्नका लागि मार्गदर्शन र शिक्षा दिनुपर्छ, र तिनीहरू समाजका अस्वस्थ प्रवृत्ति र दुष्ट अभ्यासहरूबाट प्रभावित नहोऊन् भनेर तिनीहरूको मानसिक स्वास्थ्य सुनिश्चित गर्नुपर्छ। यसका साथै, तिनीहरूले आफ्ना छोराछोरीलाई शारीरिक स्वास्थ्य सुनिश्चित गर्नका लागि उपयुक्त व्यायाम गर्नमा ध्यान दिन लगाउनुपर्छ। आमाबुबाले आफ्ना छोराछोरीहरूमाथि कुनै पनि अवास्तविक अपेक्षा वा मागहरू जबरजस्ती लाद्नुको सट्टा गर्नुपर्ने कुराहरू यिनै हुन्। आमाबुबाहरूले आफ्ना छोराछोरीलाई तिनीहरूको आत्माका लागि चाहिने कुराहरू र तिनीहरूको भौतिक जीवनमा चाहिने कुराहरू दुवैका सन्दर्भमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तिनीहरूले उनीहरूलाई केही सामान्य ज्ञानका कुराहरू बताउनुपर्छ, जस्तै तिनीहरूले तातो खानेकुरा खानुपर्छ र चिसो खानेकुरा खानु हुँदैन, मौसम चिसो हुँदा चिसो लाग्‍न वा रुघाखोकी लाग्‍नबाट जोगिन न्यानो लुगा लगाउनुपर्छ, र यसरी तिनीहरूलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्न सिक्न मद्दत गर्नुपर्छ। साथै, छोराछोरीको अबोध दिमागमा आफ्नो भविष्यबारे केही बचकाना र अपरिपक्व विचारहरू, वा केही चरम सोचहरू उत्पन्न हुँदा, आमाबुबाले त्यो कुरा थाहा पाउनेबित्तिकै उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नैपर्छ, ती बचकाना कल्पनाहरू र चरम कामकुरा सच्याउनैपर्छ, ताकि उनीहरूका छोराछोरी जीवनमा सही मार्गमा चल्न सकून्। यो तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको अर्थ एकातिर आफ्ना छोराछोरीका जीवनको हेरचाह गर्नु हो, र अर्कोतिर आफ्ना छोराछोरीका सोचलाई मार्गदर्शन गर्नु र सच्याउनु, अनि तिनीहरूका सोच र विचारहरूबारे सही मार्गदर्शन दिनु हो। वास्तवमा, आमाबुबाले पूरा गर्नुपर्ने यी जिम्मेवारीहरूसँग सन्तानप्रतिको तिनीहरूका अपेक्षाहरूसँग कुनै सम्बन्ध हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१८))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले छोराछोरीलाई कस्तो व्यवहार गर्ने भनेर सिकेँ। आमाबुबाको रूपमा, हामीले हाम्रा आफ्नै अपेक्षाहरू र मागहरू आफ्ना छोराछोरीमाथि थोपर्नु हुँदैन। आमाबुबाको जिम्मेवारी हरेक उमेर चरणमा छोराछोरीको क्षमता, आवश्यकता, र वास्तविक अवस्थाहरूका आधारमा सकारात्मक मार्गदर्शन र सहायता प्रदान गर्नु हो। छोराछोरी सानो छँदा, हामीले उनीहरूलाई कसरी बोल्ने भनेर सिकाउनुपर्छ र उनीहरूको स्वास्थ्यको पनि राम्रो हेरचाह गर्नुपर्छ। उनीहरू बढ्दै जाँदा, हामीले उनीहरूलाई खराब व्यवहार नगर्न, संसारका दुष्ट प्रवृत्तिहरू नपछ्याउन, र अतिवादी विचारहरू नराख्न मार्गदर्शन गर्नुपर्छ। उनीहरू खुसीसाथ हुर्कन सकून् भनेर हामीले उनीहरूलाई सही सल्लाह दिनुपर्छ। हामीले उनीहरूलाई परमेश्‍वरको सृष्टि र सार्वभौमिकता बुझाउनुपर्छ, केही कुरा आइपर्दा परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न मार्गदर्शन गर्नुपर्छ, र उनीहरूलाई परमेश्‍वरका वचनहरू पढ्न डोऱ्याउनुपर्छ। यी कुराहरू बुझेपछि, मैले मेरो छोरालाई आलोचना गर्न वा गुनासो गर्न छोडेँ, र ऊ पनि मनका केही कुराहरू मसँग खोल्न तयार भयो। ऊ अहिले सम्पन्न जीवन बाँचिरहेको छैन, तैपनि उसको अनुहारमा पहिले नभएको मुस्कान छ। परमेश्‍वरका वचनअनुसार अभ्यास गर्दा मेरो मनमा पनि एक किसिमको छुटकाराको अनुभूति हुन्छ। यस्तो किसिमको खुसी पैसाले किन्न सकिँदैन।

अघिल्लो: ७. के भाग्यका आधारमा कामकुराहरूको मूल्याङ्कन गर्नु सही हो?

अर्को: ९. निष्कासित भएपछिको चिन्तन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्