७४. मलाई कहिल्यै पछुतो नहुने निर्णय
म किसान परिवारमा जन्मेकी थिएँ, जहाँ हामी खेतीपाती गरेर गुजारा गर्थ्यौँ। सानै उमेरदेखि मेरा बुबा र हजुरबुबाले मलाई कडा मेहनत गरेर पढ्नुपर्छ, अनि राम्रो विश्वविद्यालयमा भर्ना भएर मात्र राम्रो जागिर पाउन, अरूभन्दा उत्कृष्ट बन्न र परिवारको नाम चम्काउन सकिन्छ भनेर सिकाउनुभयो। उहाँहरूले शब्द र उदाहरण दुवैद्वारा दिएको मार्गदर्शनमा मैले लगनशील भई पढेँ, र मेरा नतिजा सधैँ उत्कृष्ट हुन्थे। मेरा बुबा मलाई प्राय भन्नुहुन्थ्यो, “तेरी आफन्त दिदीले विद्यावारिधि गरेर प्राध्यापक बनी। उसको तलब राम्रो छ र त्यो एकदमै प्रतिष्ठित कुरा हो। तेरो साइँली फुपूको छोरा प्रसिद्ध विश्वविद्यालयबाट पढाइ पूरा गरेर अहिले राम्रो सुविधासहित वैज्ञानिक अनुसन्धानको काम गरिरहेको छ…।”” सोचेँ, मै कडा मेहनत गरेर पढ्नुपर्छ, अनि राम्रो विश्वविद्यालयमा भर्ना हुनुपर्छ र राम्रो जागिर खोज्नुपर्छ, त्यसरी म आफ्नो र आफ्ना आमाबुबा दुवैको नाम चम्काउनेथिएँ। त्यतिबेला, मैले परमेश्वरमा विश्वास गरिसकेकी थिएँ, तर राम्रो विश्वविद्यालयमा भर्ना हुन र पछि गएर राम्रो जागिर खाएर सबैको प्रशंसा पाउन, मैले पूरै ध्यान पढाइमा लगाएँ, र म भेलामा नियमित उपस्थित भइनँ। पछि, पढाइको ठूलो दबाब र कडा प्रतिस्पर्धाका कारण, मैले बिस्तारै स्वास्थ्य समस्याहरू भोग्न थालेँ। एकपछि अर्को गर्दै, मलाई थाइरोइड बढ्ने, पेटको समस्या, र तीव्र ग्यास्ट्रिकजस्ता रोगहरू लाग्न थाले। म उपचारका लागि अस्पताल गएँ, तर दुखाइ खासै कम भएन, र मेरो कपाल धेरै झऱ्यो, र नाङ्गो आँखाले देख्न सक्ने गरी पातलिँदै गयो। मेरो ग्यास्ट्रिक पनि बारम्बार बल्झन्थ्यो, र मलाई प्रायजसो पखाला लाग्थ्यो। यी रोगहरूले सास्ती दिए, असहनीय पीडा दिए। ऐनामा आफूलाई लखतरान देख्दा, मलाई शारीरिक र मानसिक रूपमा शिथिल महसुस हुन्थ्यो, र मा अत्यन्तै पीडामा हुन्थेँ; मलाई ती दिनुहरूको याद आयो, जतिबेला म ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ, परमेश्वरका वचन पढ्थेँ, र उहाँको प्रशंसा गाउँथेँ, जसले एकदमै राहात र मुक्त भएको महसुस गराउँथ्यो। मलाई आराम गर्ने चाहना हुन्थ्यो, तर पढाइको गह्रौँ बोझले मलाई शारीरिक र मानसिक रूपमा शिथिल पार्थ्यो। मलाई प्राय पीडा र खोक्रोपन महसुस हुन्थ्यो, किनभने यसरी जिउनु अत्यन्तै थकाइलाग्दो हुन्छ भन्ने म सोच्थेँ। कहिलेकाहीँ, म अग्लो ठाउँबाट हाम फालेर अनन्त निद्रामा पर्न पाए राम्रो हुन्थ्यो भन्नेसमेत सोच्थेँ। मैले यी सोचहरू शैतानबाट आएका हुन् र ती पछ्याउनु हुँदैन भन्ने बुझेँ। पछि, मैले सोचेँ, “अरूभन्दा उत्कृष्ट बन्ने आफ्नो सपना साकार पार्न मैले यतिका वर्षसम्म कडा मेहनत गरेकी छु। अब त केवल यो अन्तिम वर्ष पार गर्न बाँकी छ। विश्वविद्यालयमा भर्ना भएपछि, कामकुरा सजिलो हुनेछ। विश्वविद्यालयमा हाइस्कुलको जस्तो पढाइको दबाब हुनेछैन, र म सामान्य रूपमा भेलाहरूमा उपस्थित हुन सक्नेछु।”
सन् २०१९ मा, मैले एउटा राम्रो पोलिटेक्निक विश्वविद्यालयमा भर्ना पाएँ। आफन्तहरू मलाई बधाई दिन आए र उनीहरूले आफ्ना छोराछोरीलाई आदर्श मान्न भने। एकैछिनमा म मेरो परिवारमा सेलेब्रिटी बनेँ। साथीहरूले पनि यो खबर सुनेर मलाई मेसेज गरी बधाई दिए। आफन्त र साथीसङ्गीको प्रशंसा सुनेर मलाई धेरै खुसी लाग्यो। मैले विश्वविद्यालयमा हाइस्कुलको तुलनामा पढाइको दबाब कम हुनेछ, र मलाई धेरै फुर्सद मिल्नेछ जसले गर्दा म सामान्य रूपमा भेलामा उपस्थित हुन सक्छु भन्ने सोचेकी थिएँ। तर, कुरा मैले कल्पना गरेजस्तो भएन। कक्षामा उपस्थित हुनुबाहेक, मैले विभिन्न प्रमाणन परीक्षाहरू दिनुपर्थ्यो र म प्रायः ती परीक्षाहरूको तयारी कोर्सहरूमा सहभागी हुन व्यस्त हुन्थेँ। मैले क्रेडिट कमाउन विद्यालयद्वारा आयोजित विभिन्न क्रियाकलापमा पनि भाग लिनुपर्थ्यो, जसले गर्दा मेरो तालिका एकदमै व्यस्त हुन्थ्यो। त्यसबाहेक, चिनियाँ विश्वविद्यालयहरूमा परमेश्वरलाई विश्वास गर्न अनुमति छैन, त्यसैले म भेलाहरूमा गोप्य रूपमा उपस्थित हुनुपर्थ्यो। मलाई केही हदसम्म विवश महसुस भयो र पोल खोलिएला कि भन्ने सधैँ डर लाग्थ्यो। पछि, सिस्टर चेन सिनले अहिले मण्डलीमा तुरुन्तै मलजल गर्नुपर्ने धेरै नयाँ विश्वासीहरू छन् भनेर भनिन्, र उनी मैले यो गर्न तालिम लिएको चाहन्थिन्। मैले मनमनै सोचेँ, “म पढाइमा व्यस्त छु र मैले प्रमाणन परीक्षाहरू दिनुपर्छ। यदि मैले कर्तव्य पनि निर्वाह गरेँ भने, मेरो पढाइमा ढिलाइ हुनेछ। यदि मैले डिग्री पाउन पर्याप्त क्रेडिट कमाइनँ भने के होला? त्यसपछि मैले कसरी राम्रो जागिर पाउने?” त्यो सोचेर, मैले इन्कार गरेँ र आफूलाई क्रेडिट कमाउनमा पूर्ण रूपमा लगाएँ। म अझै भेलाहरूमा उपस्थित भए पनि, मैले आफ्नो हृदय शान्त पार्न सकिनँ। मैले प्रार्थना गर्न र परमेश्वरका वचन पढ्न कम गरेँ। हरेक दिन, म कक्षामा उपस्थित हुने र क्रेडिट कमाउने तालिका पछ्याउँथेँ, र समय बित्दै जाँदा, ममा अवर्णनीय खोक्रोपनको अनुभूति उत्पन्न हुन थाल्यो, जसले गर्दा मलाई यस्तो जीवनशैली अर्थहीन छ भन्ने लाग्यो। मेरी रूममेटले मलाई रमाइलो गर्न र स्वदिष्ट खाना खान जबर्जस्ती बाहिर लग्थिन्, तर मेरो हृदयको खोक्रोपन पटक्कै कम भएन।
छुट्टीमा, घर फर्किँदै, मैले भेलामा मेरी माध्यमिक विद्यालयकी सहपाठी, ही सिनलाई भेटेँ। ही सिनले मलाई उनकी बहिनीले दुईपटक हाइस्कुलमा भर्ना पाउन नसकेको कारण दुई वर्षअघि उनको मानसिक हालत बिग्रिएको छ भनेर बताइन्। म त छक्कै परेँ, “उनकी बहिनी एकदमी हँसिली र आशावादी थिइन्, र अहिले उनी मानसिक रूपमा बिरामी बनेकी छिन्!” यस घटनाले ममा केही प्रभाव पाऱ्यो। ती दिनहरूमा, म प्राय सोच्थेँ, “ही सिनकी बहिनीले अरूभन्दा उत्कृष्ट बन्न कडा मेहनत गरेर पढिरहेकी थिइन्। यस्तो परिणाम होला भनेर मैले सोचेकी थिइनँ। मैले विश्वविद्यालयमा भर्ना पाउन मरिमेटेर अध्ययन गरेँ, र अहिले म आफूले चाहेको विश्वविद्यालयमा भर्ना भएकी छु र मलाई आफन्त र साथीसङ्गीले प्रशंसा गर्छन्, तैपनि म कुनै आनन्द महसुस गर्न सक्दिनँ र म निकै थकित छु। के यो पछ्याइ साँच्चै सार्थक छ त?” केही दिनपछि, देशभरि कोभिड-१९ फैलियो, गाउँ र सडकहरू बन्द गरिए र यात्रामा प्रतिबन्ध लगाइयो। विश्वविद्यालयहरूले कक्षाहरू स्थगित गरे, कारखानाहरू ठूलो सङ्ख्यामा बन्द भए, र म तबउसो विद्यालय जान सकिनँ। त्यसैले, म मण्डलीमा सामान्य रूपमा भेलाहरूमा उपस्थित हुन र मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्न थालेँ। मैले अझ धेरै परमेश्वरका वचनहरू पढ्दा, बिस्तारै केही सत्यता बुझेँ। एक दिन, मैले परमेश्वरका यी वचनहरू पढेँ: “कर्तव्य निभाउँदा, मुख्यगरी दुईथरीका मानिसहरू हुन्छन्। एकथरीले इमानदारीपूर्वक आफूलाई परमेश्वरको लागि अर्पित गर्छन् भने अर्को थरीले सधैँ आफ्नो लागि उम्किने बाटो छोड्छन्। तिमीहरूलाई कुन थरीको व्यक्तिलाई परमेश्वरले अनुमोदन र मुक्ति प्रदान गर्नुहुनेछ जस्तो लाग्छ? (जसले इमानदारीपूर्वक परमेश्वरको लागि आफैलाई अर्पित गर्छ तिनीहरूलाई।) परमेश्वरले ती मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ जसले उहाँको लागि इमानदारीपूर्वक आफैलाई अर्पित गर्छन्। … अहिले, तिमीहरू कर्तव्य निभाउँदा, तिमीहरूका सोख र सीपहरू सदुपयोग गर्छौ। साथै, यस अवधिमा तिमीहरू सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्छौ, र तिमीहरू सत्यता बुझ्न र जीवनको सही बाटोमा प्रवेश गर्न सक्षम हुन्छौ। कस्तो सुखद घटना, कस्तो राम्रो भाग्य! जताबाट हेरे पनि घाटा छैन। जब तिमीहरूले परमेश्वरलाई पछ्याउँछौ, तब आफूलाई पापका स्थानहरूबाट र दुष्ट मानिसका समूहहरूबाट टाढा राख, अनि कम्तीमा पनि तिमीहरूका विचार र हृदयले शैतानको भ्रष्टता र कुल्चिमिल्ची निरन्तर भोगिरहनेछैनन्। तिमीहरू शुद्ध भूमिको एउटा भागमा आएका छौ, परमेश्वरसामु आएको छौ। के यो ठूलो सौभाग्य होइन र? मानिसहरू एकपछि अर्को पुस्ता हुँदै, वर्तमानसम्म पुनर्जन्म भएका छन्, अनि तिनीहरूसँग कतिवटा यस्ता अवसरहरु हुन्छन्? के आखिरी दिनहरूमा जन्मेका मानिसहरूले मात्र यो अवसर पाएका होइनन् र? यो कति महान् कुरा हो! यो घाटाको कुरा होइन, यो सबैभन्दा ठूलो सौभाग्य हो। यसमा तँ निकै खुसी हुनुपर्छ! सृष्टि गरिएका प्राणीहरूको रूपमा, सबै सृष्टिहरूमध्ये, पृथ्वीका केही अरब मानिसहरूमध्ये, कति मानिसहरू छन् जसले सृष्टि गरिएका प्राणीको रूपमा सृष्टिकर्ताका कार्यहरूको गवाही दिने, र परमेश्वरको कामको बीचमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्ने मौका पाएका छन्? यस्तो अवसर कोसँग छ? के यस्ता मानिसहरू धेरै छन्? निकै थोरै छन्! अनुपात के छ? दस हजारमा एकजना? अहँ, अझै कम छन्! विशेष गरी तिमीहरू जसले आफ्ना सीप र पढेको ज्ञानलाई कर्तव्य निभाउनमा प्रयोग गर्न सक्छौ, के तिमीहरू अति आशिषित छैनौ र? तँ कुनै मान्छेको गवाही दिँदैनस् र तैँले गर्ने कुरा जीवनवृत्ति होइन—तँ जसको सेवा गर्दैछस्, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। यो सबैभन्दा सुन्दर र अमूल्य कुरा हो! के तिमीहरूले गर्व महसुस गर्नुपर्दैन र? (गर्नुपर्छ।) तिमीहरूले आफ्नो कर्तव्य निभाउँदै गर्दा, परमेश्वरको मलजल र आपूर्ति प्राप्त गर्छौ। यति राम्रो वातावरण र अवसर पाएर पनि कुनै विशाल कुरा प्राप्त नगरेमा, सत्यता प्राप्त नगरेमा, के बाँकी जीवनभर पछुतो महसुस हुनेछैन र? त्यसैले, तिमीहरूले आफ्नो कर्तव्य निभाउने मौका छोप्नुपर्छ, र यसलाई उम्कन दिनुहुँदैन; आफ्नो कर्तव्य निभाउँदा निष्ठासाथ सत्यता पछ्या, र यसलाई प्राप्त गर्। यो तिमीहरूले गर्न सक्ने सबैभन्दा अमूल्य कुरा हो, यो सबैभन्दा अर्थपूर्ण जीवन हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनहरूबाट, मैले इमानदारीपूर्वक परमेश्वरका लागि आफूलाई समर्पित गर्नेहरू मात्र उहाँद्वारा अनुमोदित हुन सक्छन् भन्ने बुझेँ। सृजित प्राणीका रूपमा, आफ्नो कर्तव्य निर्वाह गर्नु र सत्यता प्राप्त गर्ने प्रयास गर्नु सबैभन्दा आशिषित र गर्नुपर्ने मूल्यवान कुरा हो। मैले सोचेँ, म केवल एक सानो सृजित प्राणी हुँ, र संसारका अरबौँ मानिसमध्ये, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्ने, उहाँका वचनहरूद्वारा मलजल र पोषण पाउने, परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्ने, र परमेश्वरको सुसमाचार फैलाउने काममा आफ्ना प्रयास योगदान गर्ने सुअवसर पाएकी छु—यो साँच्चै नै परमेश्वरले मलाई उचाल्नुभएको थियो! पहिले, मैले केवल अरूभन्दा उत्कृष्ट बन्न र प्रशंसा पाउनमा ध्यान केन्द्रित गरेकी थिएँ, आफ्नो सबै समय र ऊर्जा पढाइमा लगाएकी थिएँ र आफ्नो आस्थालाई गम्भीरतापूर्वक लिएकी थिइनँ। सिस्टर चेन सिनले मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने तालिम लिन भन्दा, मैले इन्कार गरेँ। तर परमेश्वरले यसलाई मविरुद्ध लिनुभएन र मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने अर्को अवसर दिनुभयो। मैले यसको उचित रूपमा कदर गर्नुपर्थ्यो। पछि, मैले आफ्ना कर्तव्यलाई गम्भीरतापूर्वक लिएँ र ती कसरी राम्रोसँग पूरा गर्ने भनी सोचेँ। मैले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, निकै भ्रष्टता प्रकट गरेँ। सिस्टरहरूको मार्गदर्शन र सहयोगले, मैले आफ्ना भ्रष्ट स्वभावहरूका बारेमा केही बुझाइ प्राप्त गरेँ। मैले पहिले कहिल्यै अनुभव नगरेको स्थिरता, शान्ति, राहत र स्वतन्त्रताको अनुभूति महसुस गरेँ। हरेक दिन सन्तोषजनक थियो, र मैले सधैँभरि परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने आशा गरेँ।
तर, राम्रा दिनहरू टिकेनन्। विद्यार्थी सल्लाहकारले हामीलाई सेप्टेम्बरमा विद्यालय सुरु हुन्छ, र महामारीको कारण, पुनः खुलेपछि विद्यालयले नियन्त्रित व्यवस्थापन प्रणाली लागू गर्नेछ, जसमा सबैलाई क्याम्पसबाहिर जान निषेध गरिनेछ भनेर सूचित गरे। यो खबर पाएपछि, म अचानक पीडामा डुबेँ। “अब विद्यालयले नियन्त्रित व्यवस्थापन प्रणाली लागू गर्दै छ, र विद्यालय पुनः खुलेपछि म क्याम्पसबाहिर जान सक्नेछैनँ, त्यसैले मैले भेलाहरूमा उपस्थित हुन वा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछैनँ। मलाई नास्तिकतावादी विचारहरूको शिक्षा पनि दिइनेछ। मेरो आस्थाको जग सतही मात्र छ, र मेरो कद सानो छ। के म यस्तो वातावरणमा दृढ रहन सक्नेछु?” त्यसैले मैले विद्यालय जान चाहिनँ। तर त्यसपछइ मैले सोचेँ, “यदि म विद्यालय गइनँ भने, मेरा बुबा र हजुरबुबा मदेखि निश्चय नै एकदमै निराश हुनुहुनेछ। मेरा आफन्त र साथीसङ्गीले मलाई मान गर्नेछैनन्, र उनीहरूले मेरो खिल्लीसमेत उडाउन सक्छन्। तर यदि म विद्यालय गएँ भने, भेलाहरूमा उपस्थित हुन वा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछैनँ। अहिले महामारी चारैतिर फैलिरहेको छ र प्रकोपहरू तीव्र हुँदै गइरहेका छन्, परमेश्वरको काम अन्त्य हुन लागिरहेको छ। यदि परमेश्वरको काम समाप्त भयो र मैले अझै पनि सत्यता प्राप्त गरेकी छैनँ भने, के तब म प्रकोपहरूमा पर्नेछैनँ र? तर यदि मैले आफ्नो पढाइ त्यागेँ भने, मेरा यतिका वर्षको प्रयास व्यर्थै जानेछैन र?” यसबारे सोच्दा, म असाध्यै व्याकुल भएँ र के निर्णय गर्ने भनी मलाई थाहा भएन। त्यसबेला, अगुवाले मलाई सम्पर्क गरेर भने, “अहिले सुसमाचार निकै फैलिरहेको छ र झन्-झन् धेरै मानिसहरूले परमेश्वरको काम स्वीकार गरिरहेका छन्, मण्डलीलाई तुरुन्तै मलजल गर्ने व्यक्तिहरूको आवश्यकता छ, र हामी तपाईँले नयाँ विश्वासीहरूलाई मलजल गर्नुभएको चाहन्छौँ। के तपाईँसँग त्यो गर्ने इच्छा छ?” त्यो बेला म अलमल्लमा परेँ। त्यसपछि मैले बिदा, मेरो निर्दोष क्याम्पस भन्ने रङ्गमञ्च नाटक हेरेँ, र भिडियोमा उद्धृत परमेश्वरका वचनहरूको एउटा खण्ड देखेँ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरूले ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूमाथि अदृश्य साङ्लाहरू राखिदिन्छ, र यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढा पुग्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने शैतानले मानिसहरूलाई परमेश्वरबाट टाढा लैजान र उहाँलाई विश्वासघात गर्न लगाउन ख्याति र प्राप्ति प्रयोग गर्छ। मलाई याद आयो, मलाई बाल्यकालमा मेरा बुबा र हजुरबुबाले “अरूभन्दा असल बन र पुर्खाको नाम राख” र “अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ” भनेर सिकाउनुभएको थियो। मैले ख्याति, प्राप्ति र हैसियतको पछ्याइलाई आफ्नो जीवनको लक्ष्य बनाएँ, अनि ख्याति र प्राप्ति हासिल गरेर र अरूको प्रशंसा पाएर मात्र जीवन अर्थपूर्ण र मूल्यवान् हुन सक्छ भन्ने विश्वास गरेँ। मैले राम्रो विश्वविद्यालयमा भर्ना पाउन आफ्नो स्वास्थ्यलाई हानि पुऱ्याउन कुनै सङ्कोच मानिनँ। मैले रोबोटजस्तै निरन्तर पढेँ, जसले गर्दा विभिन्न रोगहरू लागे। शारीरिक पीडा र भित्री वेदनाले मलाई अत्यन्तै दुःखी र थकित बनायो। मैले जिउने प्रेरणा गुमाएँ र साँच्चै सधैँका लागि निदाउन पाए हुन्थ्यो भन्ने चाहना गरेँ। तैपनि, मैले डिग्री, ख्याति र प्राप्ति हासिल गर्न दाँत किटेर लागिरहेँ। आफूले चाहेको विश्वविद्यालयमा भर्ना भएपछि, डिग्री प्रमाणपत्र प्राप्त गर्न र राम्रो जागिर पाउन, मैले क्रेडिट कमाउन दिलोज्यान लगाएँ, म परमेश्वरबाट झन् टाढिएँ। म भेलाहरूमा केवल झारा टार्ने हिसाबले उपस्थित हुन्थेँ, र मेरा प्रार्थना र परमेश्वरका वचनको पढाइ कम भयो। ख्याति र प्राप्ति त शैतानले मलाई लगाएको अदृश्य साङ्लोजस्तो थियो, जसले मलाई मेरो इच्छाविरुद्ध बाँधेको र चोट पुऱ्याएको थियो। ख्याति र प्राप्तिको पछ्याइमा, मैले वर्षौंसम्म आफ्नो सबै समय र ऊर्जा पढाइमा लगानी गरेँ, परमेश्वरमाथिको आफ्नो आस्थालाई बेवास्ता गरेँ, र मेरो आत्मिक जीवनलाई ठूलो क्षति पुग्यो। यस मार्गमा हिँडिरहँदा सायद मैले स्नातक डिग्री, राम्रो जागिर र मानिसहरूको प्रशंसा कमाउन सक्थेँ, तर मुक्तिको मौका गुमाएकी भए, त्यसको के फाइदा हुन्थ्यो र? अहिले महामारी चारैतिर फैलिरहेको थियो, सङ्क्रमित मानिसहरूको सङ्ख्या दिनहुँ बढिरहेको थियो, र धेरै जना मरिसकेका थिए। केही अधिकारीसमेत सङ्क्रमित भएका थिए। व्यक्ति जतिसुकै धनी वा प्रसिद्ध भए पनि, यदि उसलाई भाइरस लाग्यो भने, ऊ त्यसरी नै मर्नुपर्थ्यो। मैले ख्याति, प्राप्ति र हैसियत पछ्याउनुको कुनै वास्तविक मूल्य वा महत्त्व छैन भन्ने बुझेँ। सत्यता पछ्याइले मात्र मुक्तिको आशा प्रदान गर्छ।
मैले भिडियोमा परमेश्वरका वचनहरूको अर्को खण्ड देखेँ: “आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)। मुख्य पात्रले के सङ्गति गरे भने, “परमेश्वरको राज्यमा प्रवेश गर्ने एउटै मात्र मार्ग आखिरी दिनहरूका ख्रीष्टलाई स्विकार्नु हो। … हाम्रो आस्थामा सत्यता बुझ्नु र मुक्ति पाउनु सरल कुरा होइन। हामीले विश्वास गर्नेबित्तिकै मुक्ति पाउने होइन। … प्रकोपहरू बढ्दै छन् र हामी अझै विद्यालयमा पढिरहेका छौँ। हामीले स्नातक नगरेसम्म सुसमाचार बाँड्न र गवाही दिन सक्नेछैनौँ। त्यसोभए, के यसलाई परमेश्वरलाई पछ्याएको भन्न मिल्छ?” यो सुनेपछि, म गहन रूपमा प्रभावित भएँ। “परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेर र सत्यता प्राप्त गर्न पछ्याएर मात्रै व्यक्तिले मुक्ति पाउन र बाँच्न सक्छ। यदि मैले पढाइ र परमेश्वरमा विश्वास दुवै गरिररहेकी छु, तर आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छैनँ भने, के मलाई परमेश्वरको साँचो अनुयायी मान्न सकिन्छ र? यदि यस्तै चलिरह्यो भने, के अन्त्यमा मेरो हात रित्तो हुनेछैन र?” त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढेँ: “आखिरी दिनहरूका काम उनीहरूका किसिमअनुसार सबैलाई छुट्याउनु, र परमेश्वरको व्यवस्थापन योजनालाई निष्कर्षमा पुर्याउनु हो, किनकि समय नजिक छ र परमेश्वरको दिन आएको छ। परमेश्वरले उहाँको राज्यमा प्रवेश गर्ने सबैलाई अर्थात् अन्तिमसम्म उहाँप्रति निष्ठावान् हुने सबैलाई परमेश्वर स्वयम्को युगमा ल्याउनुहुन्छ। परमेश्वर स्वयम्को युगमा आइपुग्नुभन्दा पहिले, परमेश्वरको काम मानवका कार्यहरूलाई अवलोकन गर्नु होइन, वा मानवको जीवनको सोधपूछ गर्नु होइन, तर मानिसको विद्रोहीपन न्याय गर्नु हो, किनकि परमेश्वरको सिंहासनको सामुन्ने आउने सबैलाई उहाँले स्वच्छ पार्नुहुन्छ। यस दिनसम्म परमेश्वरका पदचापहरू पछ्याउनेहरू सबै परमेश्वरको सिंहासनका सामुन्ने आउनेहरू हुन्, अनि यो यस्तो हुँदा, अन्तिम चरणको परमेश्वरको कामलाई स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको शुद्धीकरणको पात्र हुन्छ। अर्को शब्दमा भन्दा, अन्तिम चरणमा भएको परमेश्वरको काम स्वीकार गर्ने प्रत्येक व्यक्ति परमेश्वरको न्यायको पात्र हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। मैले के बुझेँ भने आखिरी दिनहरूमा, परमेश्वर मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गर्न र अन्ततः मानवजातिलाई मुक्ति दिने आफ्नो काम अन्त्य गर्न न्यायको काम गर्न आउनुभयो। उहाँले आफ्ना वचनहरू सुन्ने, उहाँप्रति समर्पित हुने, र उहाँप्रति बफादार हुनेहरूलाई अर्को एकदमै राम्रो युगमा लैजानुहुनेछ, तर आफ्ना कर्तव्यहरू निर्वाह नगर्ने र सत्यता वास्तविकता नभएकाहरू सबै प्रकोपहरूमा पर्नेछन् र परमेश्वरद्वारा नष्ट हुनेछन्। परमेश्वरमा विश्वास गर्नु, आफ्ना कर्तव्यहरू निर्वाह गर्नु, र सत्यता वास्तविकतामा प्रवेश गर्न सत्यता पछ्याउनु मात्र सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण कुरा हो। मैले परमेश्वरको आवाज सुन्न र राज्यको सुसमाचार स्वीकार गर्न पाउनु, सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मौका पाउनु भाग्यको कुरा थियो। यो परमेश्वरबाटको एकदमै ठूलो अनुग्रह हो। तैपनि मैले यसको कदर गर्न सकिनँ, आफ्नो सबै समय र ऊर्जा ख्याति र प्राप्ति हासिल गर्नमा खर्चेँ। म कत्ति अन्धो र अज्ञानी भएकी थिएँ! पहिले, मेरो ध्यान केवल ख्याति र प्राप्तिमा केन्द्रित थियो र मैले सत्यता पछ्यालाई गम्भीरतापूर्वक लिइनँ। फलस्वरूप, वर्षौंसम्म परमेश्वरमा विश्वास गरे तापनि, मैले सत्यता बुझिनँ र ममा आफ्नै भ्रष्ट स्वभावबारे थोरै ज्ञान थियो। महामारीको कारण, मैले विगत केही महिना घरमा परमेश्वरका वचनहरू पढेर र आफ्नो कर्तव्य निर्वाह गरेर बिताएँ। मैले केही सत्यता बुझेँ र आफ्ना भ्रष्ट स्वभावहरूबारे केही ज्ञान प्राप्त गरेँ। त्यस अवधिको प्राप्तिले मलाई धेरै सन्तुष्ट महसुस गरायो, मैले आफ्ना कर्तव्य निर्वाह गर्न आफ्नो पढाइ छोड्न चाहेँ। मैले मेरी हजुरआमा र आमालाई विद्यालय छोड्ने आफ्नो निर्णयबारे बताएँ। मेरी हजुरआमाले एकदमै साथ दिनुभयो। तर जब मेरी आमाले त्यो सुन्नुभयो, उहाँले रुँदै भन्नुभयो, “हामीले तिमीलाई त्यति सजिलैसँग पढाएका हैनौँ। यदि अब तिमीले पढाइ छोड्यौ भने, तिम्रा बुबा र हजुरबुबाले के भन्नुहुनेछ? हाम्रा आफन्त र साथीसङ्गी थाहा पाएपछि के सोच्नेछन्?” मेरी दिदीले पनि यो थाहा पाएपछि मलाई मनाउने प्रयास गर्दै भनिन्, “दश वर्षभन्दा बढी विद्यालयमा कडा मेहनत गरेपछि, यसरी छोड्दा पछि पछुताउँदिनौ भनेर के तिमी निश्चित छौ?” उहाँहरूको कुरा सुनेर, मलाई अलि नरमाइलो लाग्यो। मैले विश्वविद्यालयमा भर्ना पाउन धेरै त्याग गरेकी थिएँ। यदि मैले अहिले छोडेँ भने, के मेरो चौध वर्षको कडा मेहनत र मेरा आमाबुबाको श्रमसाध्य प्रयास खेर जाँदैन र? यसबाहेक, मेरा आमाबुबालाई मलाई विद्यालय पढाउन सजिलो थिएन। उहाँहरूले म राम्रो विश्वविद्यालयमा भर्ना हुनेछु, राम्रो जागिर पाउनेछु, उहाँहरूलाई राम्रो जीवन दिनेछु, र केही सम्मान दिलाउनेछु भन्ने आशा गरिरहनुभएको थियो। यदि मैले आफ्ना कर्तव्य निर्वाह गर्न पढाइ छोडेँ भने, निश्चय नै उहाँहरू दुःखी र निराश हुनुहुनेछ। म कत्ति कृतघ्न हुनेछु! म आफ्ना आमाबुबालाई दुःखी बनाउन चाहन्नथेँ, तर यो जीवन मैले चाहेको जस्तो थिएन। मलाई एकदमै दुबिधा र पीडा भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्वर, अहिले म एकदमै झन्झटमा छु। कृपया मलाई तपाईंको अभिप्राय बुझ्न र सही छनौट गर्न मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको निर्धारणभित्र बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सास नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म अड्याउँछ। यस प्रक्रियाका अवधिमा, मानिस परमेश्वरको हेरचाहअन्तर्गत नै बाँचिरहेको र हुर्किरहेको छ भन्ने कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्किरहेको हुन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले निर्देशन गर्छ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिसले उसको जीवन उसलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात हेरचाह गर्नुहुने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम गर्न मात्र जारी राख्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र तृष्णा गर्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने सबै जना परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत अस्तित्वमा छन्। बाहिरी रूपमा, मेरा आमाबुबाले मलाई हुर्काउनुभएको जस्तो देखिन्छ, तर वास्तवमा, मेरो जीवन परमेश्वरबाट आएको हो। परमेश्वरले नै मेरो भरणपोषण गर्नुहुन्छ, म जन्मेको परिवार र मेरा आमाबुबाको बन्दोबस्त गर्नुभयो, म बाँच्न चाहिने सबै कुरा आपूर्ति गर्नुभयो, र मलाई चरण चरण मार्गदर्शन गरेर मलाई आजको स्थानसम्म ल्याउनुभएको छ। आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउनु केवल उनीहरूका जिम्मेवारी र दायित्व पूरा गर्नु हो; उनीहरूबीच कुनै ऋण छैन। मैले सधैँ कलेज जान र राम्रो जागिर पाउन चाहेकी थिएँ, ताकि मेरा आमाबुबा र मैले राम्रो जीवन बिताउन र मानिसहरूको प्रशंसा पाउन सकौँ। यस लक्ष्यका लागि, मैले एक दशकभन्दा बढी समय कडा मेहनत गरेँ। तैपनि, जब मैले ख्याति र प्राप्ति पछ्याएँ र शैतानद्वारा हानि र पीडा भोगेँ, मेरो सबैभन्दा पीडादायी समयमा मेरा आमाबुबा होइन, तर परमेश्वर मेरो साथमा खडा हुनुभयो। परमेश्वरले मलाई हेरचाह र सुरक्षा गरिरहनुभएको छ, उहाँका वचनहरूले मलाई सान्त्वना र मार्गदर्शन दिइरहनुभएको छ। उहाँले म फर्कने प्रतीक्षा गरिरहनुभएको छ। यदि म यस गलत बाटोमा लागिरहेकी भए, म परमेश्वरप्रति अत्यन्तै ऋणी हुनेथिएँ। परमेश्वरले मलाई निरन्तर मलजल र भरणपोषण गर्नुभएको छ, चरण-चरण डोऱ्याउँदै मलाई आजको स्थानमा ल्याउनुभएको छ। अहिले, परमेश्वरको घरमा विभिन्न काममा मानिसहरूको सहकार्य आवश्यक भएकाले, मैले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारी निभाउनुपर्छ र आफ्ना कर्तव्यहरू पूरा गर्नुपर्छ। यी कुराहरू बुझेपछि, मैले मेरी आमा र दिदीलाई भनेँ, “मेरो आफ्नो मिसन छ, र तपाईँहरू सहमत भए पनि नभए पनि, म विद्यालय छोड्दै छु।” म कत्ति दृढ छु भन्ने देखेर, उहाँहरूले थप केही भन्नुभएन।
त्यसपछि, मैले मेरो सल्लाहकारलाई स्कूल छाड्ने आफ्नो निर्णयको जानकारी दिन मेसेज गरेँ। सल्लाहकारले मलाई मनाउने प्रयास गर्दै भने, “यसबारे सोच। स्नातक गरेपछि, तिमीसँग स्नातक डिग्री हुन्छ, र जागिर पाउन धेरै सजिलो हुनेछ।” यो सुनेर, म अलि ढलपल भएँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँका वचनहरू सम्झेँ: “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि फेरिफेरि अध्ययन गर्न सक्छौ। तर, मेरो दिन योभन्दा ढिलो हुनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्ति चाँडै आउनेछ। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ। अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ३०)। म अचानक ब्यूँझेँ, मैले के बुझेँ भने मेरो डिग्री जति नै उच्च भए पनि वा मेरो जागिर जति नै राम्रो भए पनि, त्यो केवल अस्थायी हुनेछ र त्यसले मेरो अहमलाई क्षणिक मात्र सन्तुष्ट पार्नेछ, मेरो जीवनलाई कुनै फाइदा पुऱ्याउनेछैन। अहिले, परमेश्वरले मानवजातिलाई मुक्ति दिने र धुने आफ्नो कामको अन्तिम चरण गरिरहनुभएको छ—यो जीवनमा एकपटक मात्र पाइने मौका हो। यदि मैले यो गुमाएँ भने, सधैँभरि पछुताउनेछु। मैले आफ्नो कर्तव्य निर्वाह गर्न र इमानदारीपूर्वक सत्यता पछ्याउन यो मौका छोप्नुपर्थ्यो। नत्र, मेरो डिग्री जति नै प्रतिष्ठित भए पनि, मेरो जागिर जति नै राम्रो भए पनि, वा मैले साथीसङ्गी र आफन्तबाट जति नै प्रशंसा पाए पनि, म अन्त्यमा प्रकोपहरूमा पर्नेथिएँ। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँलाई आस्था मागेँ ताकि म अटल भएर उहाँमा विश्वास गर्न र आफ्ना कर्तव्य निर्वाह गर्न सकूँ। प्रार्थना गरेपछि, मैले दृढ सङ्कल्पका साथ सल्लाहकारलाई मेसेज गर्दै भनेँ, “मैले स्कूल छोड्ने मन बनाएकी छु!” मेरो सङ्कल्प देखेर, सल्लाहकारले मलाई थप मनाउने प्रयास गरेनन्, र छाड्ने प्रक्रिया सहज रूपमा पूरा भयो।
म आफ्नो सामान बोकेर विद्यालयको गेटबाट बाहिर निस्केको क्षण, मेरो हृदयबाट गह्रौं बोझ हटाइएको जस्तो महसुस भयो। मैले पहिले कहिल्यै महसुस नगरेको हल्कापन र आनन्द अनुभव गरेँ। त्यसपछि, म आफ्ना कर्तव्य निर्वाह गर्न मण्डली गएँ र परमेश्वरका वचनहरू पढ्न र उहाँको नजिक हुन थप समय पाएँ। मैले परमेश्वरले बन्दोबस्त गरेको विभिन्न वातावरण अनुभव गरेर, सत्यताको केही बुझाइ प्राप्त गरेँ, परमेश्वरमा विश्वास गर्नुको साँचो अर्थ, कसरी जीवन प्रवेश पछ्याउने, कसरी आफ्नो भ्रष्ट स्वभाव समाधान गर्ने आदि कुरा सिकेँ। मेरो हृदय एकदमै उज्यालो भयो। मलाई हरेक दिन सन्तुष्टदायी लाग्यो, र मेरो हृदय एकदमै सहज र आनन्दित भयो। मैले थाहा नपाईकन मेरा केही रोगहरूसमेति बिस्तारै हराएर गए। म नयाँ वर्षमा घर जाँदा, मैले आफ्ना पुराना सहपाठीहरूलाई हरेक दिन पढाइमा, विभिन्न प्रमाणन परीक्षाहरू दिनमा, र सबै प्रकारका क्रियाकलापहरूमा भाग लिनमा व्यस्त भएका देखेँ। उनीहरूले ख्याति र प्राप्तिलाई आफ्नो जीवनको लक्ष्यका रूपमा पछ्याए, त्यसका लागि अथक प्रयास गरे, तैपनि उनीहरूलाई आफू कहाँबाट आएँ, अन्ततः आफू कहाँ जानेछु, मानिसहरू आखिर किन जिउँछन् आदि कुराहरूसमेत थाहा थिएन। उनीहरूले दयनीय जीवन जिए। यदि त्यतिबेला मैले विद्यालय नछोडेको भए, म पनि उनीहरूमध्ये एक हुनेथिएँ। म आफूले विद्यालय छोडेर परमेश्वरको घरमा आफ्ना कर्तव्य निर्वाह गर्ने छनौट गरेकामा एकदमै खुसी छु—यो मैले अहिलेसम्म गरेका निर्णयहरूमध्ये सबैभन्दा सही निर्णय हो, र म यसमा कहिल्यै पछुताउनेछैनँ!