६२. अरूलाई संवर्धन गर्दा म प्रकट भएँ

लोगन, दक्षिण कोरिया

म मण्डलीमा भिडियोहरू बनाउँछु। कामको बोझ बढेपछि, हाम्रो टोलीमा केही नयाँ ब्रदर-सिस्टरहरू आबद्ध भए। सुपरिवेक्षकले मलाई उनीहरूलाई विशेषज्ञ सीपहरू सिक्नमा संवर्धन गर्न अनि उनीहरूको काम राम्ररी समन्वय र व्यवस्थापन गर्न अनुरोध गरे। यो बन्दोबस्त देख्दा, मलाई अलि प्रतिरोध महसुस भयो, र सोचेँ, “मेरा आफ्नै कामहरू सम्हाल्न नै धेरै समय र मेहनत लाग्छ, अनि अब मैले अरूलाई संवर्धन गर्नुपर्ने? के यसले झन् धेरै समय र ऊर्जा लिनेछैन र? यदि यसले मेरो आफ्नै काममा ढिलाइ गर्‍यो र मैले आफ्ना निर्धारित कामहरू पूरा गर्न सकिनँ भने, सुपरिवेक्षकले मलाई के सोच्नेछन्? के उनीहरूले म आफ्नो कर्तव्यमा ढिलासुस्ती गर्दै छु र मेरो कार्यकुशलता भर्खरै आएका ब्रदर-सिस्टरहरूको भन्दा खराब छ भन्नेछन्? त्यो त एकदमै अपमानजनक हुनेछ! समय बित्दै जाँदा, के सुपरिवेक्षकले मलाई मेरो काममा लगातार खराब नतिजाहरू आएका कारण बर्खास्त गर्ने विचार गर्नेछन्? म पर्दापछाडि कति काम गर्छु भनेर सुपरिवेक्षकले देख्न सक्दैनन्। मेरो कामको देखिने परिणाम भनेको मैले प्रत्येक महिना कतिवटा भिडियो बनाउन सक्छु भन्ने हो, तर यदि मैले अरूलाई संवर्धन गर्नमा धेरै समय र ऊर्जा खर्चेँ र आफ्नै भिडियो बनाउन ढिलो गरेँ भने, त्यसको कुनै फाइदा हुनेछैन।” मैले जसरी सोचे पनि, मलाई म बेफाइदामा हुनेछु भन्ने लागिरह्यो। तर त्यसपछि मैले म यस कर्तव्यमा लामो समयदेखि अभ्यास गर्दै आएको छु र धेरै सिद्धान्तहरू बुझेको छु, अनि यदि मैले यस कामको जिम्मा लिन अस्वीकार गरेँ भने, म साँच्चै विवेकहीन हुनेछु भन्ने सोचेँ। त्यसैले, मैले मन नलागी-नलागी त्यो स्वीकार गरेँ।

त्यसपछि, जब ब्रदर-सिस्टरहरूलाई उनीहरूको काममा समस्या हुन्थ्यो र उनीहरू छलफल र समाधानका लागि मकहाँ आउँथे, तब म उनीहरूलाई सक्दो मदत गर्ने प्रयास गर्थेँ। केही समयपछि, एउटी सिस्टरलाई अर्को कर्तव्यमा खटाइयो। समीक्षा जाँचको चरणको दौरान, उनले बनाएको एउटा भिडियोमा केही समस्याहरू पहिचान गरिए, र मैले ती समाधान गर्न मदत गर्नुपऱ्यो। सुरुमा, मैले यसलाई ठिकसँग लिन सकेँ, तर भिडियोमा धेरै समस्या भएकाले, मैले ती ठिक गर्न धेरै समय खर्चनुपर्‍यो। मैले त्यस अवधिमा, अरू ब्रदर-सिस्टरहरूले धेरै भिडियो बनाइसकेको देखेँ, जबकि मैले एउटा पनि पूरा गरेको थिइनँ। यसले मलाई चिन्तित बनायो। मैले सोचेँ, “यी ब्रदर-सिस्टरहरूले भर्खरै तालिम लिन थालेका छन्। उनीहरूलाई संवर्धन गर्नमा मेरो धेरै समय लागिसकेको छ। अब मैले सामाधान नगरी छोडिएका अरू कसैका समस्याहरू सम्हाल्नुपर्छ। यस गतिमा त, मैले निश्चय नै आफ्नो मासिक कोटा पूरा गर्न सक्नेछैनँ। त्यसपछि सबैले मलाई कसरी हेर्नेछन्? मैले आफ्नै भिडियोहरूमा बढी ध्यान केन्द्रित गर्नुपर्छ।” त्यसैले, मैले ती सिस्टरले बनाएको भिडियोलाई संशोधन गर्न धेरै मेहनत गरिनँ। पछि, सुपरिवेक्षकले भिडियो जाँचे र धेरै समस्या पत्ता लगाए र मलाई फेरि संशोधन गर्न लगाए। मलाई एकदमै झोँक चल्यो र अलि अन्याय भएको समेत महसुस भयो, र सोचेँ, “यो मेरो भिडियो होइन। तिमी किन मलाई यो संशोधन गर्न यति धेरै समय खर्चिन लगाउँछौ? यसले मलाई थप मेहनत मात्र गराउँदैन, मेरो आफ्नै काममा पनि ढिलाइ गराउँछ!” मैले यो प्रतिरोधी मनोवृत्तिले चाहेको परिणाम हासिल नगरी त्यो भिडियो धेरै पटक संशोधन गरेँ। अन्ततः सुपरिवेक्षकले मलाई त्यसमा काम गर्न रोक्न भने। त्यतिबेला, मलाई अलि दुःख लागे पनि, मैले त्यसलाई मनमा लिइनँ। बरु, मैले सोचेँ, “ठिक छ, मैले यो संशोधन गर्नुपर्दैन। यसरी, यसले मेरो धेरै समय लिनेछैन, र म आफ्नै काममा ध्यान केन्द्रित गर्न सक्छु।” त्यसपछि, म आफ्नै काममा डुबेँ। जब ब्रदर-सिस्टरहरू आफ्ना समस्याहरूबारे छलफल गर्न मकहाँ आउँथे, तब म उनीहरूले बुझे कि बुझेनन् वा उनीहरूसँग अगाडि बढ्ने स्पष्ट मार्ग छ कि छैन भनी विचार नगरी, उनीहरूलाई सङ्क्षिप्त, सरल जवाफ मात्र दिन्थेँ। त्यस अवधिमा, म आफ्नो कर्तव्य निर्वाहमा निष्क्रिय थिएँ, कुनै बोझ थिएन, र मैले बनाएका भिडियोहरू सधैँ समस्याग्रस्त हुन्थे। मलाई एकदमै दिक्क लाग्यो तर आत्मचिन्तन गरिनँ। एक दिन, एउटी सिस्टरले मलाई औँल्याइदिइन्, “आजभोलि तपाईँले काममा पटक्कै मन लगाइरहनुभएको छैन, र तपाईँले भर्खरै आएका ब्रदर-सिस्टरहरूका लागि राम्ररी काम कामको समन्वय र प्रबन्ध गर्नुभएको छैन।” उहाँका कुरा सुनेर, म तर्क नगरी रहन सकिनँ, “मलाई पनि कामको चापाचाप छ। म कामको हरेक पक्षको कसरी ख्याल राख्न सक्छु?” मेरो प्रतिरोध देखेर, ती सिस्टरले मलाई यसो भन्दै सम्झाइन्, “तपाईँले आफ्नै हितबारे मात्र सोच्न र समग्र काममा ढिलाइ गर्न मिल्दैन।” म अझै तर्क गर्न र गुनासो गर्न चाहन्थेँ। तर अचानक मलाई ती सिस्टरको सम्झौटो परमेश्‍वरबाट आएको हो, र मैले त्यो स्विकार्नुपर्छ र आत्मचिन्तन गर्नुपर्छ भन्ने महसुस भयो। त्यसैले, मैले थप केही भनिनँ। त्यसपछि, मैले यसबारे जति धेरै सोचेँ, उति नै ती सिस्टर सही हुन् भन्‍ने महसुस गरेँ। मैले यो काम स्वीकार गरिसकेको हुनाले, आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो र आफ्नै हितमा मात्र ध्यान केन्द्रित गर्नु हुँदैनथ्यो। मेरो कर्तव्यप्रतिको मनोवृत्तिले परमेश्‍वरको घृणा जगाएको कारणले नै मैले उहाँको अगुवाइ र मार्गदर्शन महसुस गर्न नसकेकोहो कि र मेरो काममा अझ धेरै समस्याहरू उत्पन्न भइरहेका हुन् कि भनेर पनि मैले आफूलाई सोधेँ। मलाई यसरी अघि बढ्नु खतरनाक छ जस्तो लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, आज सिस्टरको सम्झौटोमा तपाईँका असल अभिप्रायहरू थिए। म सुध्रिन र राम्ररी आत्मचिन्तन गर्न इच्छुक छु। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म आफूलाई चिन्न सकूँ।”

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवत्वका तत्वहरू हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण, दुवै हुन्। अनि, अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानवत्व भएको व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर विश्‍लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र नीच हुन्छन्।) स्वार्थी र नीच मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र आफूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूबारे कुनै वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्‍वरको गवाही दिने काम गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। अनि, तिनीहरूले जब केही गर्छन्, तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, ‘यदि मैले यो गरें भने, के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले सारा प्रयत्‍न लगाएको र परिश्रमी रूपमा काम गरेको देख्दैनन् भने, र यदि परमेश्‍वरले पनि यो देख्नुहुन्न भने, मैले त्यस्तो प्रयत्‍न गर्दा वा त्यसको लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।’ के यो हदैसम्मको स्वार्थीपन होइन र? यो अत्यन्तै नीच शैलीको आशय पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, के तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा तिनीहरूको विवेकले घोच्छ? अहँ, तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुँदैन, र यसले कहीँकतै घोच्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्‍वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने कतिपय मानिसलाई जब कुनै कुरा आइपर्छ, तब उनीहरू आफ्ना हितलाई मात्र विचार गर्छन्, उनीहरू उत्कृष्ट देखिन, नाम कमाउन, वा लाभ उठाउन सकिन्छ कि सकिँदैन भनी सोच्छन्, र यदि कुनै कुराले आफूलाई फाइदा पुर्‍याउँछ भने मात्र काम गर्न इच्छुक हुन्छन्, र यदि फाइदा पुर्‍याउँदैन भने, त्यसलाई आफ्नो समस्या ठान्दैनन्, र अलग रहन्छन् र झारा टार्ने किसिमले त्यो गर्छन्। उनीहरूमा आफ्ना कर्तव्यमा बोझ वा जिम्मेवारीको बोध हुँदैन, र उनीहरू मण्डलीको कामलाई पटक्कै विचार गर्दैनन्। यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र उनीहरूमा विवेक र समझको कमी हुन्छ। परमेश्‍वरका वचनहरू पढेपछि, मलाई एकदमै दुःख लाग्यो। म ठ्याक्कै परमेश्‍वरले खुलासा गर्ने खालकै व्यक्ति थिएँ—अत्यन्तै स्वार्थी। आफूले गरेको हरकुरामा, मैले आफ्नै बारेमा मात्र सोचेँ, र मैले परमेश्‍वरका अभिप्रायलाई पटक्कै विचार गरिनँ। ब्रदर-सिस्टरहरूले भिडियो बनाउने तालिम भर्खरै लिन थालेका थिए, उनीहरू अझै सिद्धान्त र सीपहरूमा पोख्त भएका थिएनन्, र उनीहरूलाई काम सिक्न बढी समय लागिरहेको थियो। यदि उनीहरू आफ्नै खोजमा भर परेका भए, उनीहरू विचलित हुने र उनीहरूले अप्रभावकारी माध्यमहरू प्रयोग गर्ने सम्भावना हुन्थ्यो, र मैले यो कर्तव्य लामो समयदेखि गर्दै आएकाले र केही सिद्धान्त बुझेकाले, उनीहरूलाई सकेसम्म चाँडो कामसँग परिचित हुन र सिद्धान्तहरू बुझ्न मद्दत गर्नु मेरो जिम्मेवारी र कर्तव्य थियो। तर मैले आफ्नै नाफा र नोक्सानबारे मात्र वास्ता गरेँ, र म अरूलाई संवर्धन गर्न समय र ऊर्जा खर्च गर्दा मेरो आफ्नै काममा ढिलाइ हुनेछ भनी डराएँ। यदि अरूले मैलेभन्दा धेरै भिडियो बनाएका भए, मेरो आत्मसम्मानमा हानि पुग्ने मात्र होइन, मलाई काटछाँट पनि गरिन सक्थ्यो। त्यसैले यसबारे सोचेपछि, मलाई यो काम कठिन र स्याबासी नपाइने लाग्यो, र भित्रैदेखि, मैले यो गर्न चाहिनँ। जब मैले अरू कसैको भिडियो संशोधन गर्न आफ्नो धेरै समय लाग्ने देखेँ, तब मलाईे प्रतिरोध महसुस भयो र रिस उठ्यो, अनि मलाई यो मेरो कामभन्दा बाहिरको कुरा हो भन्ने लाग्यो। मैले यो राम्रोसँग गरेको भए पनि, यसले मेरो कामका नतिजामा असर गर्नेथिएन, त्यसैले मैले टोलीमा आफ्नो स्थान सुरक्षित गर्न आफ्ना काम र अझ उच्च-गुणस्तरका भिडियोहरू बनाउनमा मात्र ध्यान केन्द्रित गरेँ, किनकि यो बढी यथार्थपरक देखिन्थ्यो। त्यसैले, मैले केवल झाराटारुवा र हतारिलो तरिकाले सुधारहरू गरेँ, र फलस्वरूप, भिडियोका समस्याहरू सम्बोधन भएनन्, र अन्त्यमा, सुपरिवेक्षकले मलाई संशोधन गर्न रोक्न भने। त्यतिबेला, मैले कुनै आत्म-दोषी वा दुःख महसुस गरिनँ। बरु, मलाई आफूले एउटा बोझ फ्याँकेको जस्तो महसुस भयो, र अबउसो मैले आफ्नो काममा ढिलाइ हुने चिन्ता लिनु पर्दैन भन्ने सोचेँ। आफ्ना प्रकटीकरणहरूबारे चिन्तन गर्दा, मैले आफू विवेक वा समझविनाको कति स्वार्थी रहेछु भनेर बुझेँ!

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ र आफ्नोबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, ‘के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।’ यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म नगरेको भए पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्ठा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित, स्वार्थी र नीच व्यक्ति होस्। यस्तो व्यक्तिले सत्यता वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न नभई, असल, वा आफूलाई फाइदा पुग्ने कुरा प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छ। तसर्थ, यस प्रकारका मानिसहरू अविश्‍वासी हुन्। सत्यता खोज्न र अभ्यास गर्न सक्‍नेहरू नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस हुन्, किनभने तिनीहरूले आफ्नो हृदयमा ख्रीष्ट नै सत्यता हुनुहुन्छ भनी पहिचान गर्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्‍नुपर्छ र परमेश्‍वरले भन्‍नुभएअनुसार उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरालाई मान्छन्। तँलाई केही आइपर्दा, यदि तँ सत्यता अभ्यास गर्ने इच्छा गर्छस्, तर आफ्नै ख्याति, हैसियत र छविलाई विचार गर्छस् भने, सत्यता अभ्यास गर्नु गाह्रो हुनेछ। यस्तो परिस्थितिमा, प्रार्थना, खोजी र आत्मचिन्तनद्वारा अनि आत्मसेचत बनेर, सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो स्वार्थी कुरा वा आफ्नो फाइदा छोड्न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्तिहरू हुन्। अनि जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँसँग कुनै अनुभव गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्, र कुनै काम पनि उचित रूपमा गर्न सक्षम हुँदैनन्। के तिनीहरू फोहोर होइनन् र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मेरो स्थिति ठ्याक्कै यस्तै थियो—आफ्ना कर्तव्य पूरा गर्दा, मैले आफ्नै हितहरूलाई मात्र विचार गरेँ। जब मैले अरूलाई संवर्धन गर्न र उनीहरूलाई उनीहरूको कामका समस्याहरू समाधान गर्न मद्दत गर्नमा विस्तृत विचार र धेरै समय लाग्ने देखेँ, तब मलाई यसले मेरो आफ्नै कार्य प्रगतिमा ढिलाइ गर्नेछ अनि मेरो आत्मसम्मान र हैसियतलाई हानि गर्नेछ भन्ने लाग्यो, त्यसैले म अरूलाई मद्दत गर्नका लागि मूल्य चुकाउन अनिच्छुक बनेँ। जब ब्रदर-सिस्टरहरूले आफ्नो काममा समस्याहरू सामना गर्थे र उनीहरू मेरो मद्दत खोज्न आउँथे, तब म उनीहरूसँग झन्झट उठाउन चाहँदिनथेँ, र म उनीहरूलाई टकटक्याउन झारा टार्ने जवाफ मात्र दिन्थेँ। जब मैले संशोधन गरेको अरू कसैको भिडियोमा लगातार समस्याहरू आइरहे, तब मैले समाधानका लागि सिद्धान्तहरू खोजिनँ, बरु भिडियोलाई जतिसक्दो चाँडो बाहिर पठाउन मात्रै चाहेँ। मैले प्रकाश गरेको कुरा र मेरो व्यवहार गैरविश्‍वासीहरूको भन्दा फरक थिएन। गैरविश्‍वासीहरू आफ्नो हितलाई मात्र विचार गर्छन् र त्यसमा आफूलाई केही फाइदा हुँदैन भने तिनीहरूले औँला पनि उठाउँदैनन्। उनीहरू आफूलाई फाइदा हुने कुनै पनि कुरालाई पक्रिहाल्छन्, त्यसबाट फाइदा लिन अरूका हितलाई हानि पुगे पनि चरम तौरतरिकाहरू अपनाउँछन्। तर यदि कुनै कुराले उनीहरूलाई फाइदा गर्दैन भने, उनीहरूले त्यसको झन्झट लिँनेछैनन् र सकेमा त्यसलाई पन्छाउँछन्। उनीहरू नाफाबाहेक अरू केही खोज्दैनन्। मैले परमेश्‍वरमा विश्‍वास गरे पनि, हरेक दिन परमेश्‍वरका वचनहरू पढे पनि, र आफ्ना कर्तव्य पूरा गरे पनि, मेरो हृदयमा परमेश्‍वरका लागि कुनै स्थान थिएन। परिस्थितिहरू आइपर्दा, मैले सत्यता खोजिनँ वा सत्यता अभ्यास गरिनँ; मैले केवल आफ्नो आत्मसम्मानलाई हानि पुग्ला कि र आफ्नो व्यक्तिगत हितको सुरक्षा गर्न सक्छु कि सक्दिनँ भनी मात्र विचार गरेँ। मेरा सोच र कार्यहरू सबै आफ्नै फाइदालाई अधिकतम बनाउनमा केन्द्रित थिए, मानौँ मण्डलीको काममा नोक्सान हुन्छ कि हुँदैन भन्‍ने कुरासँग मेरो कुनै सम्बन्ध नै थिएन। म परमेश्‍वरको घरको सदस्य कहलिनसमेत लायक थिइनँ। आफ्नो कर्तव्यप्रति यस्तो मनोवृत्तिका साथ, मैले हरेक महिना समयमै आफ्नो काम पूरा गरे पनि, परमेश्‍वरको अनुमोदन पाउन असम्भव हुनेथ्यो। मैले परमेश्‍वरमा अति घिन र घृणा मात्रै जगाउनेथिएँ। यो सोच्दा, मलाई डर लाग्न थाल्यो, यसरी नै चलिरहनु मेरा लागि एकदमै खतरनाक हुनेछ भन्ने बुझेँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूका थप दुई खण्ड पढेँ, जसले मलाई गहन रूपमा प्रभावित गरे। परमेश्‍वर भन्‍नुहुन्छ: “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्‍ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको साक्षी दिँदैनन्, न त ती कुराहरूले शैतानलाई लज्जित वा पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँमाथि नै लज्‍जा ल्याउँछन्, र तैँले उहाँमाथि निम्त्याएको अपमानका दागहरूले नै ती कुराहरू भरिएका हुन्छन्। तैँले परमेश्‍वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि अर्पित गरिरहेको पनि हुँदैनस्, न त परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्‍वरको नजरमा, तेरा कार्यहरू असल कर्म हुनेछैनन्, ती कार्यहरूलाई दुष्कर्म मानिनेछ। ती कार्यलाई परमेश्‍वरद्वारा स्वीकृति नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “यदि तँ आफ्नो कर्तव्य राम्ररी निभाउँदैनस्, बरु सधैँ आफूलाई फरक देखाउन खोज्छस्, र सधैँ हैसियतको लागि प्रतिस्पर्धा गर्न, फरक देखिन र चम्किन कोसिस गर्छस्, र आफ्नो ख्याति र हितको लागि लड्छस् भने, यो स्थितिमा जिउँदा, के तँ एक श्रमिक मात्र हुँदैनस् र? यदि तँ चाहन्छस् भने तैँले श्रम गर्न सक्छस्, तर तैँले श्रम गरिसक्‍नुअघि नै तँलाई प्रकाश गरिने सम्भावना हुन्छ। जब मानिसहरूलाई प्रकाश गरिन्छ, तिनीहरूको निन्दा गरिने र हटाइने दिन आइपुग्छ। के त्यो परिणाम उल्ट्याउन सम्भव छ? त्यो सजिलो छैन; परमेश्‍वरले तिनीहरूको परिणाम निर्धारण गरिसक्नुभएको हुन सक्छ, र यस अवस्थामा, तिनीहरू समस्यामा हुन्छन्। मानिसहरू प्रायः अपराध गरिरहन्छन्, भ्रष्ट स्वभावहरू प्रकट गरिरहन्छन्, र केही सानातिना गल्तीहरू गरिरहन्छन्, आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्ने गर्छन्, गुप्त उद्देश्य लिएर बोल्छन्, र छलछाममा संलग्न हुन्छन्, तर जबसम्म तिनीहरूले मण्डलीको काम अवरोध वा बाधा पुर्‍याउने, वा ठूलो भद्रगोल सिर्जना गर्ने, वा परमेश्‍वरको स्वभाव चिढ्याउने, वा प्रष्टै चिनिने प्रतिकूल परिणामहरू निम्त्याउने गर्दैनन्, तबसम्म तिनीहरूसँग पश्‍चाताप गर्ने एउटा मौका हुन्छ। तर यदि तिनीहरूले ठूलो दुष्टता गर्छन् वा ठूलो विपत्ति निम्त्याउँछन् भने, के तिनीहरूले अझै पनि आफूलाई छुटकारा दिलाउन सक्छन्? परमेश्‍वरमा विश्‍वास गर्ने र कर्तव्य निभाउने व्यक्तिको लागि यो बिन्दुमा पुग्नु निकै खतरनाक हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफ्ना समस्याहरूबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ। बाहिरी रूपमा, म आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ र मूल्य चुकाइरहेको थिएँ, र म अझ धेरै भिडियोहरू चाँडै बनाउन पनि चाहन्थेँ। तर मेरा अभिप्राय र मनसाय सत्यता अभ्यास गर्नु र परमेश्‍वरलाई सन्तुष्ट पार्नु थिएनन्; ती त मेरो आफ्नै आत्मसम्मान र हैसियत कायम राख्नु, अरूको प्रशंसा पाउनु र सुपरिवेक्षकको अनुमोदन जित्नु थिए। त्यसैले, मलाई आफ्नो अनुहार देखाउन र सुपरिवेक्षकले देख्न सक्ने परिणामहरू ल्याउने बनाउन सक्ने कामहरूमा मैले धेरै मेहनत लगाएँ। तर, आफू उत्कृष्ट देखिन नसक्ने कामहरू मण्डलीका लागि जरुरी र महत्त्वपूर्ण भए पनि, म ती गर्न अनिच्छुक भएँ, र मैले ती गरे पनि, झारा टार्ने तरिकाले गरेँ। आफ्नो कर्तव्य पूरा गर्दा, मैले अरूले मलाई कसरी हेर्छन् भनी मात्र विचार गरेँ, र मानिसहरूलाई खुसी पार्न र उनीहरूसामु आफ्नो मोललाई जायज ठहराउन मात्र खोजेँ। मैले मण्डलीको काममा ढिलाइ भइरहेको छ कि छैन भनेर वास्ता गरिनँ। मैले सृजित प्राणीको कर्तव्य पूरा गरिरहेको थिइनँ, बरु आफ्नै उद्यम चलाइरहेको थिएँ। मैले आफ्नो कर्तव्य कसरी पूरा गरिरहेको थिएँ भन्ने कुराको सार वास्तवमा दुष्टता गर्नु थियो! यस बिन्दुमा, मलाई के झनै स्पष्ट भयो भने हालै मैले आफ्ना कर्तव्यमा यति धेरै गल्तीहरू गर्नुको कारण त आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति परमेश्‍वरका लागि अति घृणित हुनु, र पवित्र आत्माले ममा काम नगर्नु रहेछ, जसले गर्दा मेरो मन अलमल्ल भएको थियो, र मैले समस्याहरूलाई छर्लङ्ग बुझ्न सकिनँ। मैले ब्रदर-सिस्टरहरूका सुझावहरूसमेत पूर्ण रूपमा बुझ्न सकिनँ। मैले पट मूर्खजस्तै व्यवहार गरेँ—भावशून्य र बेवकुफ, अँध्यारो र निराश हृदयका साथ—जोस र इच्छाशक्तिले मात्रै टिकेर काम गरिरहेको थिएँ। मैले बनाएका भिडियोहरू बारम्बार फेरि बनाउनुपर्ने भएकाले, ब्रदर-सिस्टरहरूले आफ्नो काम छोडेर मलाई मद्दत गर्न धेरै समय खर्चनुपर्थ्यो। म आफ्नो कर्तव्य पूरा गर्न असफल भएको मात्र होइन, मैले उनीहरूको समय पनि बर्बाद गरेँ। फलस्वरूप, मैले थाहै नपाई कामको प्रगतिमा ढिलाइ गरेँ। यसबाहेक, ती सिस्टरले यति मेहनत गरेर बनाएको भिडियो संशोधन गर्दा, म आफ्नो गैरजिम्मेवारीका कारण, राम्रोसँग संशोधन गर्न असफल मात्र भइनँ, मैले पहिलेभन्दा बढी समस्याहरू पनि सिर्जना गरेँ। मेरो काम त उल्टै हानिकारक भयो! म के सोच्ने गर्थेँ भने ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले मात्र दुष्कर्म गर्छन् अनि मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँछन्, र म कहिल्यै उनीहरूले जस्तो व्यवहार गर्नेछैनँ। तर अब यी मेरो आफ्नै धारणा र कल्पना मात्र रहेछन् भन्ने प्रमाणित भएको छ। जब मैले आफ्ना कर्तव्यमा ख्याति, हैसियत, र व्यक्तिगत हितहरू पछ्याएँ, तब मण्डलीको काममा अवरोध पुऱ्याएर अन्त्यमा दुष्टता नगरी सक्दै सकिनँ। म सत्यता पछ्याएर र भ्रष्ट स्वभावहरूलाई सम्बोधन गरेर मात्र आफ्ना कर्तव्यमा परिणामहरू हासिल गर्न सक्छु। त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँलाई मेरा भ्रष्ट स्वभावहरू समाधान गर्नमा मार्गदर्शन मागेँ।

पछि, मैले परमेश्‍वरकै वचनको अर्को खण्ड पढेँ र अभ्यास गर्ने मार्ग भेट्टाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनको यो खण्डबाट, मैले के बुझेँ भने हामीले आफ्नो कर्तव्य पूरा गर्दा सत्यता अभ्यास गर्नु र परमेश्‍वरको छानबिन स्विकार्नु अति महत्त्वपूर्ण छ। व्यक्तिगत हित समावेश भएका परिस्थितिहरू सामना गर्दा, हामीले सचेत रूपमा आफ्नै सोचहरूविरुद्ध विद्रोह गर्नुपर्छ, र आफ्नै आत्मसम्मान र हैसियतलाई विचार गर्नु हुँदैन। बरु, हामीले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरलाई सन्तुष्ट पार्ने र मण्डलीको कामलाई फाइदा पुऱ्याउने तरिकाले कसरी काम गर्ने भनी विचार गर्नुपर्छ। त्यसपछि हामीले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ अनि तिनलाई अभ्यास गरेर तिनमा प्रवेश गर्नुपर्छ। मलाई याद छ, मैले सुरुमा आफ्ना कर्तव्य सुरु गर्दा सिद्धान्तहरू बुझ्न सकेको थिइनँ, तर परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन, साथै मेरा ब्रदर-सिस्टरहरूको व्यावहारिक मद्दत र मार्गदर्शनमार्फत, मैले बिस्तारै भिडियो निर्माणसँग सम्बन्धित केही सिद्धान्त र सीपहरू बुझ्न थालेँ। यो सब परमेश्‍वरको प्रेम थियो। अहिले, केही ब्रदर-सिस्टरले भर्खरै आफ्नो कर्तव्य पूरा गर्ने अभ्यास थालेका थिए र अझै सिद्धान्तहरू बुझेका थिएनन्। मैले परमेश्‍वरको अभिप्रायलाई विचार गरिरहेको हुनुपर्थ्यो अनि आफूले बुझेका र जानेका सबै कुरा उनीहरूलाई सिकाइरहेको हुनुपर्थ्यो। यो मैले पूरा गर्नुपर्ने आधारभूत जिम्मेवारी थियो। यसबाहेक, उनीहरूले सिद्धान्तहरू बुझेपछि र आफ्ना कर्तव्यमा परिणामहरू प्राप्त गर्न थालेपछि, मण्डलीको कामको समग्र प्रभावकारितामा सुधार आउनेथ्यो, र यो मेरो आफ्नै काम गर्नुभन्दा निकै मूल्यवान् र प्रभावकारी हुन्थ्यो। सुपरिवेक्षकले मलाई ब्रदर-सिस्टरहरूलाई विशेषज्ञ सीपहरू सिक्न संवर्धन गर्ने काम खटाउनु पनि मेरो कर्तव्यका अवस्थाको मूल्याङ्कनमा आधारित थियो। मैले यो कर्तव्य लामो समयदेखि गर्दै आएको थिएँ र म कार्य प्रक्रिया र सीपहरूसँग अपेक्षाकृत परिचित थिएँ, त्यसैले मेरो आफ्नै काममा राम्रो गर्दै गर्दा, ब्रदर-सिस्टरहरूलाई उनीहरूको कामका समस्याहरू समाधान गर्न मद्दत गर्नका लागि केही समय समन्वय गर्नु र तालिका मिलाउनु मलाई समस्या हुनेथिएन। यसबाहेक, मेरो सहकार्यको दौरान, यदि मैले कार्य क्षमता वा योग्यताको कमीका कारण साँच्चै कामको जिम्मा लिन नसकेको, जसले गर्दा मेरो काममा ढिलाइ भएको वा असर परेको थाहा पाएँ भए, यो कुरा इमानदारीपूर्वक सुपरिवेक्षकलाई रिपोर्ट गर्न सक्थेँ, जसले गर्दा सुपरिवेक्षकले कामको आवश्यकताका आधारमा उचित समायोजनहरू गर्न सक्थे। तर म अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ, अरूको काममा समय खर्चन अनिच्छुक थिएँ, त्यसैले म सधैँ प्रतिरोधी थिएँ, राम्ररी सहकार्य गर्न अनिच्छुक थिएँ, जसले गर्दा काममा ढिलाइ भयो। यो सब बुझेर, मैले आफ्नो मानसिकता सच्याएँ र सबैको कामका समस्याहरूलाई सक्रिय रूपमा जाँचे, र हामीले कठिनाइहरू सामना गर्दा सँगै समाधानहरू खोज्यौँ।

एकपटक, एक जना ब्रदरले भिडियो बनाउँदा केही कठिनाइ सामना गरे र मलाई मद्दत मागे। तर मेरो हातमा पनि काम थियो, त्यसैले मलाई दुविधा हुन थाल्यो, र सोचेँ, “ब्रदरको भिडियो जरुरी छ, र पहिला त्यो सकाउन मैले उनलाई मद्दत गर्नुपर्छ, तर उनको भिडियोमा संलग्न निर्माण प्रक्रिया वास्तवमै जटिल छ र यसमा धेरै समय र मेहनत लाग्नेछ। उनको भिडियो एकदमै राम्रो बन्यो भने पनि, मैले उनलाई मदत गरेको भनेर कसैले थाहा पाउनेछैन, र यसले मेरो आफ्नै काममा ढिलाइ गर्नेछ।” त्यसपछि मैले म फेरि आफ्नै हितलाई विचार गरिरहेको छु भन्ने महसुस गरेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफैविरुद्ध विद्रोह गरेँ। ती ब्रदरको भिडियो जरुरी भएकाले, मैले यसलाई प्राथमिकता दिनुपर्थ्यो र त्यो पहिले पूरा गर्न उनलाई मद्दत गर्नुपर्थ्यो। यो कुरा मनमा राखेर, मैले आफ्नो कामलाई पन्छाएँ र ब्रदरलाई उसको भिडियोमा मद्दत गरेँ। यसरी अभ्यास गरेर, मैले मनमा सहज महसुस गरेँ। वास्तवमा, अरूलाई संवर्धन गर्दा, मैले पनि धेरै कुरा प्राप्त गरेँ। मैले यो कर्तव्य लामो समयदेखि गर्दै आएको भए तापनि, ममा अझै धेरै सत्यता सिद्धान्तहरूबारे सतही बुझाइ मात्र थियो, र म अक्सर लचिलो नभई प्रावधनहरू पालन गर्थेँ, र जब अरूले आफ्नो काममा समस्याहरू सामना गर्थे र मेरो मद्दत खोज्थे, तब म अक्सर ती छर्लङ्ग बुझेर समाधान दिन सक्दिनथेँ। परमेश्‍वरलाई प्रार्थना गरेर अनि ब्रदर-सिस्टरहरूसँग यी मुद्दाहरू सङ्गति र खोजबीन गरेर, मैले अनजानमै निश्चित सिद्धान्तहरूबारे झन्-झन् स्पष्ट र अझ गहन बुझाइ प्राप्त गरेँ, र भिडियो बनाउने मेरो सीपमा पनि सुधार आयो। पहिले, म आफ्नो कर्तव्यमा सधैँ आलटाल गर्थेँ, प्रगति गर्ने कुनै चाहना थिएन। मैले कामका विचलनहरू सारांशीकरण गर्न र ती समाधान गर्न सिद्धान्तहरू खोज्नमा पर्याप्त ध्यान दिइनँ। सुपरिवेक्षकले मलाई ब्रदर-सिस्टरहरूलाई उनीहरूको सीपमा संवर्धन गर्न लगाएको बन्दोबस्तमार्फत्, मैले उनीहरूलाई समस्याहरू समाधान गर्न कसरी मद्दत गर्ने भनेर निरन्तर खोज्न र मनन गर्न थालेँ। मैले आफ्नो कर्तव्य निर्वाहमा बोझको बोध पनि विकास गरेँ, र यथास्थितिमै सन्तुष्ट हुने र सुधारका लागि प्रयास नगर्ने मनोवृत्तिबाट टाढिएँ। यो कर्तव्य पूरा गरेर नै मैले यी बुझाइ र केही लाभहरू प्राप्त गरेको छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ६१. अब म कसरी अरूसँग मिलेर राम्ररी काम गर्ने भन्ने जान्दछु

अर्को: ६३. बुढेसकालमा पनि सत्यता पछ्याइरहनुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्