४१. मैले बिमारीबारे चिन्ता गर्न छाडेकी छु
सन् २०१० मा स्वास्थ्य परीक्षणको क्रममा मलाई क्रोनिक हेपाटाइटिस बी भएको पत्ता लाग्यो। त्यसबेला, म आत्तिएँ, कतै एक दिन यो बिग्रेर कलेजोको क्यान्सर पो होला कि भन्ने डर लाग्यो। जब कसैको कलेजोको क्यान्सरले मृत्यु भएको सुन्थेँ, तब मेरो मुटु चसक्क हुन्थ्यो। तर मेरो परिवार गरिब थियो र उपचारका लागि पैसा थिएन, मलाई आफ्नो भाग्य नै खराब लाग्यो र दिनदिनै जसोतसो बाँच्ने विचार गरेँ। सन् २०२० मा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्ने सौभाग्य पाएँ। मैले के थाहा पाएँ भने एक जना सिस्टरलाई पाठेघरको क्यान्सर भएको रहेछ, तर परमेश्वरमा विश्वास गरी सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गर्न थालेपछि, थाहै नपाई उनको बिमारी निको भएछ। यसले ममा पनि आफ्नो अवस्थाप्रति आशा जगायो। मैले मनमनै सोचेँ, “परमेश्वरमा विश्वास गर्नु साँच्चै असल रहेछ। जबसम्म म आफ्नो कर्तव्य राम्ररी पूरा गर्छु र जोशका साथ आफूलाई समर्पित गर्छु, परमेश्वरले मेरो बिमारी पनि पक्कै निको पार्नुहुनेछ।” त्यसैले पछि, मैले सक्रिय भएर आफ्नो कर्तव्य निर्वाह गरेँ र प्रचारक बनेँ। मण्डलीको काम केही व्यस्त थियो, र कहिलेकाहीँ म थकित वा शारीरिक रूपमा अस्वस्थ महसुस गर्थेँ, तर जबजब आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेसम्म परमेश्वरले मेरो बिमारी निको पार्नुहुनेछ भनी सोच्थेँ, तब मेरो हृदयले सान्त्वना पाउँथ्यो र मैले आफ्नो कर्तव्यमा बल पाएको महसुस गर्थेँ।
सन् २०२३ को फेब्रुअरीमा, म स्वास्थ्य परीक्षणका लागि अस्पताल गएँ। डाक्टरले मेरो हेपाटाइटिस बी भाइरसको डीएनए स्तर धेरै बढेको र भाइरसले द्रुत गतिमा प्रतिकृति बनाइरहेको पत्ता लगाए। मलाई तुरुन्तै कलेजोसम्बन्धी सङ्क्रामक रोग विभागमा पठाइयो, र डाक्टरले गम्भीरतापूर्वक भने, “यसलाई नियन्त्रण गर्न तपाईंले अब औषधि सुरु गर्नुपर्छ। यदि नियन्त्रण गरिएन भने, यो सिरोसिस वा कलेजोको क्यान्सरमा परिणत हुने सम्भावना धेरै छ।” यो नतिजा मेरा लागि बज्रपातजस्तै भयो, र म अत्यन्तै चिन्तित र भयभीत भएँ, मैले सोचेँ, “यदि यो साँच्चै सिरोसिस वा कलेजोको क्यान्सरमा परिणत भयो र म मरेँ भने?” ती दिनहरूमा, म दिनभरि हैरानी, बेचैनी र चिन्ताको नकारात्मक भावनामा जिएँ। मैले मनमनै सोचेँ, “मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै आफ्नो कर्तव्य निर्वाह गर्दै आएकी छु। मेरो परिवारले मलाई सताउँदा पनि, मैले आफ्नो कर्तव्य छोडिनँ। तर मेरो बिमारीमा किन सुधार नभएको होला? बरु, यो त झन् बढेछ। अब परमेश्वरको काम सकिनै लागेको छ, यदि म अहिले मरेँ भने, के मेरो मुक्तिको आशा हराउँदैन र? विगत दुई वर्षमा भोगेका सबै कष्ट र गरेका प्रयासहरू खेर गएनन् र?” यी सोचहरू हृदयविदारक र दुःखदायी थिए। मैले डाक्टरले मलाई धेरै आराम गर्न र आफूलाई धेरै नथकाउन सल्लाह दिएको पनि सम्झेँ। मैले सोचेँ, “परमेश्वरले मलाई निको पार्नुभएन, अब म आफैले आफ्नो शरीरको राम्रो ख्याल राख्नुपर्नेछ। अबदेखि, म आफ्नो कर्तव्य निर्वाह गर्दा आफूलाई धेरै काम लगाएर थकाउन हुँदैन। यदि मेरो अवस्था साँच्चै बिग्रिएर कलेजोको क्यान्सर भयो र उपचार हुन सकेन भने, म साँच्चै मर्न सक्छु।” त्यसबेला, मैले जिम्मेवारी लिएका मण्डलीहरूको सुसमाचारको काममा केही कठिनाइहरू आइपरेका थिए। तर, म त्यसको बारेमा चिन्ता लिन चाहन्नथेँ र ती समस्याहरूलाई समयमै समाधान गरिनँ, जसले गर्दा सुसमाचारको काम ठप्प भयो। भेलाको समयमा, मेरो मन घरीघरी भड्किरहन्थ्यो, र म सधैँ आफ्नो बिमारीबारे सोचिरहन्थेँ। धेरै बोल्दा थाकिन्छ कि भन्ने डरले मैले भेलाहरूमा सकेसम्म कम बोल्ने प्रयास गरेँ। दैनिक कामका पत्रहरू सम्हाल्ने मन पनि थिएन, र मैले आफ्नो कर्तव्य अल्छे तरिकाले पूरा गरेँ। सम्बोधन गर्नुपर्ने कामको मैले अनुगमन गरिनँ, आफूलाई धेरै काम लगाएर थकाउँछु कि भन्ने डरले, कुनै जरुरी काम भए पनि, म हरेक रात चाँडै सुत्थेँ। मैले प्रचारकको काम छोडेर कम गाह्रो कर्तव्यमा सर्नेबारे समेत सोचेँ। बिस्तारै, मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढा हुँदै गयो। मलाई अब परमेश्वरका वचनहरू पढ्न वा प्रार्थना गर्न मन लाग्दैनथ्यो, र म हरेक दिन आफ्नो बिमारीबारे चिन्ता गरिरहन्थेँ।
पछि, अगुवाले मसँग थप दुईवटा मण्डलीको कामको जिम्मेवारी लिने सम्भावनाबारे सङ्गति गर्नुभयो। मैले यो स्विकार्नुपर्छ भन्ने मलाई थाहा थियो, तर फेरि सोचेँ, मैले जिम्मेवारी लिने मण्डलीहरूको सङ्ख्या बढ्दा मेरो चिन्ता अझ बढ्नेछ। धेरै कामले गर्दा मेरो अवस्था झन् बिग्रियो भने के गर्ने? मैले एक जना टाढाको आफन्तलाई सम्झेँ जसलाई कलेजोको क्यान्सर भएको थियो र उपचार सुरु गरेको केही समयमै बितेका थिए। यी कुराहरू सोचेर, मैले इन्कार गरेँ। पछि, अगुवाले मेरो स्थितिबारे मसँग सङ्गति गर्नुभयो र परमेश्वरका वचनका दुई खण्डहरू पढेर सुनाउनुभयो: “त्यसपछि, स्वास्थ्य कमजोर भएका, कमजोर शरीर संरचना भएका र ऊर्जा नभएका, साना-ठूला रोग लागेका, दैनिक जीवनका आवश्यक कुराहरू समेत गर्न नसक्ने, सामान्य मानिसहरू जसरी जिउन वा यताउता गर्न नसक्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूले कर्तव्य पूरा गर्दा प्रायजसो असहज र बिसन्चो महसुस गर्छन्; कति त शारीरिक रूपमा कमजोर हुन्छन्, कतिलाई साँच्चिकै रोग लागेको हुन्छ, र कतिलाई कुनै किसिमको रोग र सम्भावित रोग लागेजस्तो हुन्छ। यस्ता मानिसहरूमा त्यस्तो व्यावहारिक रूपमा शारीरिक कठिनाइ हुने हुनाले, तिनीहरू बारम्बार नकारात्मक संवेगहरूमा डुब्छन् र हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। अनि, तिनीहरूले के बारेमा हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूको चिन्ता के हुन्छ भने, यसरी नै आफ्नो कर्तव्य पूरा गरिरहे, यसरी नै आफूलाई परमेश्वरको निम्ति अर्पित गरिरहे र दौडधुप गरिरहे, र सधैँ यसरी नै थकित महसुस गरिरहे भने, तिनीहरूको स्वास्थ्य स्थिति झन्झन् बिग्रिँदै जाने पो हो कि? तिनीहरू ४०-५० वर्ष पुगेपछि नै तिनीहरू ओछ्यानमा पो पर्ने हुन् कि? के यो चिन्ता साँचो हुने त होइन? के कसैले यसलाई हल गर्ने ठोस तरिका प्रदान गर्न सक्छ? यसको जिम्मेवारी कसले लिनेछ? को जवाफदेही हुनेछ? स्वास्थ्य स्थिति कमजोर भएका र शारीरिक रूपमा सबल नभएका मानिसहरूले यस्ता कुराहरूबारे नै हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “जन्म, वृद्धावस्था, रोगबिमारी र मृत्यु मानवजातिमाझ निरन्तर आइरहने र जीवनमा टार्न नसकिने भए पनि, निश्चित शारीरिक अवस्था वा विशेष रोग भएका कतिपय मानिसहरूले चाहे आफ्नो कर्तव्य पूरा गर्दा होस् वा नगर्दा होस्, तिनीहरू देहका कठिनाइ र रोगहरूबारे सधैँ हैरानी, बेचैनी र चिन्तामा डुबिरहन्छन्; तिनीहरूले आफ्नो रोगबारे चिन्ता गर्छन्, रोगले आफ्नो जीवनमा ल्याउने धेरै कठिनाइहरूबारे चिन्ता गर्छन्, र आफ्नो रोग अझै बिग्रेर पो जान्छ कि, यो गम्भीर भयो भने यसले ल्याउने समस्याहरू के होलान्, र आफू यसबाट मर्ने पो हो कि भनेर चिन्ता गर्छन्। विशेष परिस्थिति र निश्चित अवस्थाहरूमा, गम्भीर प्रश्नहरूको यो श्रृङ्खलाले तिनीहरूलाई हैरानी, बेचैनी र चिन्तामा डुबाउँछ र तिनीहरूले यसबाट आफूलाई मुक्त गर्न सक्दैनन्; कतिपय मानिसहरू आफूलाई पहिले नै गम्भीर रोग लागिसकेको हुनाले वा भविष्यमा अवश्यै देखा पर्ने सुषुप्त रोगको कारण हैरानी, बेचैनी र चिन्ताको स्थितिमा जिउँछन्, अनि तिनीहरूमाथि यी नकारात्मक संवेगहरूको प्रभाव, असर, र नियन्त्रण परिरहन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने म यो अवधिभरि आफ्नो बिमारीलाई लिएर लागि हैरानी, बेचैनी र चिन्ताको नकारात्मक मनोभावमा जिइरहेकी रहेछु। जब डाक्टरले परीक्षणको क्रममा मेरो हेपाटाइटिस बी भाइरस बन्ने दर धेरै उच्च छ र यसलाई नियन्त्रण गर्न औषधि चाहिन्छ, नत्र यो सिरोसिस वा कलेजोको क्यान्सरमा परिणत हुन सक्छ भनेका थिए, मैले आफ्नो अवस्थाबारे चिन्ता लिन थालेकी थिएँ। मलाई के डर लागेको थियो भने धेरै कामले मेरो बिमारीलाई झन् बढाउन सक्छ, जसले गर्दा सिरोसिस वा कलेजोको क्यान्सर हुन सक्छ, र म मर्न सक्नेछु। तब, मैले मुक्ति पाउने कुनै मौका पाउने छैन। यो सोचेर म धेरै दिक्दार भएकी थिएँ। मेरो दिमाग आफ्नो शरीरको कसरी राम्रो ख्याल गर्ने र मेरो अवस्थालाई बिग्रनबाट रोक्ने भन्ने कुरामै उल्झिएको थियो। मलाई आफ्नो कर्तव्य निर्वाह गर्दा अलिकति पनि बोझको भावना थिएन। एउटा मण्डलीमा सुसमाचारको काममा कठिनाइ आइपरेको थियो र मैले त्यसलाई समयमै समाधान गर्न असफल भएकी थिएँ, जसले गर्दा सुसमाचारको काम ठप्प भएको थियो। कहिलेकाहीँ राति, मलाई त्यति निद्रा लागेको हुँदैनथ्यो र मेरो हातमा केही जरुरी पत्रहरू हुन्थे, तर जब म अबेर भएको देख्थेँ, तब म तुरुन्तै पत्रहरूको जवाफ नदिई सुत्न गइहाल्थेँ। मैले कम गाह्रो हुने कर्तव्यमा सर्नेबारे समेत सोचेकी थिएँ, ताकि मैले धेरै चिन्ता वा कडा मेहनत गर्नु नपरोस्, जसले मेरो अवस्थालाई बिग्रनबाट रोक्न सक्थ्यो। म दिनभरि नकारात्मक मनोभावहरूले निरन्तर ग्रस्त रहेकी हुन्थेँ, र मेरो हृदय आफ्नो कर्तव्यमा साँच्चिकै समर्पित हुन सकेको थिएन। मलाई दिइएका कर्तव्यहरू लिन पनि इन्कार गर्थेँ। मैले आफू दिनभरि आफ्नो बिमारीका कारण हैरान रहेकी, आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्न नसकेकी, र आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै बफादारी नदेखाइरहेकी पाएँ। परमेश्वरले मलाई उच्च पार्नुभएको थियो र प्रचारक बन्ने तालिम लिन दिनुभएको थियो, मलाई आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने मौका दिनुभएको थियो। यो परमेश्वरको अनुग्रह थियो। तैपनि, म हरेक दिन हैरानी, बेचैनी र चिन्ताको नकारात्मक मनोभावहरूले घेरिएर जिएकी थिएँ। मैले आफ्नो कर्तव्य झारा टार्ने र अल्छी पाराले गरेकी थिएँ, मण्डलीको काममा विभिन्न कठिनाइ र समस्या समयमै समाधान गर्न सकेकी थिइनँ, जसले गर्दा काममा हानि भएको थियो। ममा कुन हिसाबले कुनै जिम्मेवारीको बोध, वा कुनै विवेक र समझ थियो र? म साँच्चै परमेश्वरको मुक्ति पाउन योग्य थिइनँ! यो सोचेर, मलाई पछुतो र आत्म-ग्लानि भयो। मलाई भित्रैदेखि नकारात्मक मनोभावहरूमा बाँच्नु एकदमै दमनकारी र पीडादायी रहेको महसुस भयो। यसले मेरो कर्तव्य निर्वाहमा मात्र असर गरेको थिएन, मलाई सत्यता पछ्याउने र मुक्ति पाउने आफ्नो सङ्कल्प गुमाउने बनाउन पनि सक्थ्यो। यो सोचेर, मलाई डर र चिन्ता लाग्यो। म यस्तो अलमल्ल र अन्योलको अवस्थामा जिइरहन सक्दिनथेँ। मैले हैरानी र बेचैनीका नकारात्मक मनोभावहरूलाई त्यागेर, गम्भीरतापूर्वक सत्यता पछ्याउनु र आफ्नो कर्तव्य पूरा गर्नु आवश्यक थियो, ताकि कुनै पछुतो नहोस्।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्डबारे सोचेँ: “मैले तिनीहरूलाई निको पार्छु भनेर मात्र धेरैले मलाई विश्वास गर्छन्। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो क्रोध मानिसहरूलाई प्रदान गर्छु र कुनै समय तिनीहरूसँग भएका सबै हर्ष र शान्ति खोस्छु, तब तिनीहरू सशङ्कित हुन्छन्। जब म मानिसहरूलाई नरकको कष्ट प्रदान गरेर स्वर्गको आशिष् फिर्ता लिन्छु, तब तिनीहरू क्रोधित हुन्छन्। जब मानिसहरूले मलाई निको पार्न बिन्ती गर्छन् तर म कुनै ध्यान दिन्नँ र तिनीहरूप्रति घृणा महसुस गर्छु, तब तिनीहरू मबाट टाढा जान्छन् र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्छन्। जब म मानिसहरूले मबाट माग गरेका सबैथोक खोस्छु, तिनीहरू सबैजना कुनै नामनिसानविनै गायब हुन्छन्। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिसहरूले ममा विश्वास गर्ने गर्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विश्वासको बारेमा तँलाई के थाहा छ?)। परमेश्वरका वचनको खुलासा हृदय छेड्ने र व्याकुल बनाउने थियो। मलाई परमेश्वरले आमनेसामने भएर मेरो न्याय गरिरहनुभएको जस्तो लाग्यो। परमेश्वरमाथिको मेरो विश्वास उहाँको अनुग्रह र आशिष्को माग गर्नु, परमेश्वरसँग सौदाबाजी गर्नु, र उहाँलाई मेरो माग पूरा गर्ने माध्यम मात्रै ठान्नु थियो। मैले पहिलो पटक परमेश्वरमा विश्वास गर्न सुरु गरेको बेलालाई फर्केर सोच्दा, मैले निको नहुने रोग लागेका केही ब्रदर-सिस्टरहरू परमेश्वरमा विश्वास गरेपछि निको भएका देखेकी थिएँ, त्यसैले मैले पनि परमेश्वरमा विश्वास गरेपछि निको हुने आशा गरेकी थिएँ। आशिष् पाउने यो अभिप्राय पालेर, मैले त्याग गरेकी र आफूलाई समर्पित गरेकी थिएँ, र आफ्नो कर्तव्य निर्वाह गर्नमा धेरै सक्रिय भएकी थिएँ, र दुःख भोग्न र मूल्य चुकाउन पनि तयार रहेकी थिएँ। जब मैले यो पछिल्लो जाँच गराएँ र मेरो अवस्थामा सुधार हुनुको साटो झन् बिग्रिएको देखेँ, र मृत्युको जोखिम समेत भएको थाहा पाएँ, म समर्पित हुन नसकेकी, र परमेश्वरबारे गुनासो गर्न र उहाँलाई गलत बुझ्न थालेकी थिएँ। मैले परमेश्वरका लागि त्याग गरेको र आफूलाई समर्पित गरेकोमा पछुतो समेत गरेँ, र अब आफ्नो कर्तव्य निर्वाह गर्न चाहिनँ। परमेश्वरमा विश्वास गर्नुको मेरो उद्देश्य सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नु, लगनशीलताका साथ सत्यता पछ्याउनु र सामान्य मानवतामा जिउनु थिएन, बरु परमेश्वरबाट आशिष्को माग गर्नु थियो। परमेश्वरले मलाई निको पार्नुहोस् भन्ने हेतुले नै मैले आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट भोगेकी र मूल्य चुकाएकी थिएँ। यो कुन हिसाबले कर्तव्य निर्वाह गर्नु थियो र? म परमेश्वरसँग सौदाबाजी गर्दै थिएँ, उहाँलाई प्रयोग गरिरहेकी र धोका दिइरहेकी थिएँ! म हरेक कुरामा आफ्नै हितको रक्षा गरिरहेकी थिएँ। म प्रकृतिले नै साह्रै स्वार्थी थिएँ, ममा अलिकति पनि विवेक र समझ थिएन! मैले पावलले कसरी धेरै काम गरे, त्याग गरे र आफूलाई समर्पित गरे, कठिनाइ भोगे, र मूल्य चुकाए, सुसमाचार प्रचार गर्न र धेरै मानिसहरूलाई प्राप्त गर्न विभिन्न भूमि र समुद्र पार यात्रा गरे भनी सम्झेँ। तर उनको परिश्रम र काम आफ्नो कर्तव्य पूरा गर्न वा परमेश्वरका अभिप्रायहरूको ख्याल राख्नका लागि थिएन, बरु स्वर्गको राज्यको आशिष् पाउनका लागि थियो—उनी परमेश्वरसँग सौदाबाजी गर्दै थिए। अन्तमा, उनले परमेश्वरको अनुमोदन प्राप्त नगरेको मात्र होइन, उहाँद्वारा दोषी ठहरिए। परमेश्वरमा विश्वास गर्दा मेरो पछ्याइसम्बन्धी दृष्टिकोण पावलको जस्तै थियो, आशिष् र लाभका लागि थियो। यदि मैले आफूलाई तुरुन्तै नबदले, मेरो परिणाम पनि पावलको जस्तै—परमेश्वरद्वारा दोषी ठहरिने र दण्डित हुने थिएँ। यदि परमेश्वरको खुलासा नभएको भए, मैले चिन्तन गर्ने वा आफूलाई चिन्ने थिइनँ, र यो गलत बाटोमा हिँडिरहेकी हुनेथिएँ, जसले अन्ततः मुक्ति पाउने मौका गुमाउनेतिर लैजानेथियो। यो बुझेर, मलाई धेरै पछुतो लाग्यो। मैले के बुझेँ भने मैले सामना गरेको बिमारी मेरा लागि परमेश्वरको प्रेम र मुक्ति थियो। त्यसैले, मैले उहाँसामु पश्चात्तापको प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो बिमारी निको भए पनि नभए पनि, म आफ्नो गलत अभिप्राय त्याग्न र तपाईंलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्न तयार छु।” पछि, मैले अगुवालाई म थप दुईवटा मण्डलीको कामको जिम्मेवारी लिन तयार रहेको बताएँ।
त्यसपछि, मैले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गरेँ। तर कामको बोझ बढ्दै जाँदा र हरेक दिन धेरै कामकुरा सम्हाल्नुपर्दा, मलाई फेरि चिन्ता हुन थाल्यो, “यसरी कर्तव्य निर्वाह गर्दा मेरो शरीर थाक्नेछ कि? लामो समयको चिन्ता र थकानले, मेरो अवस्था झन् बिग्रिएर सिरोसिस वा कलेजोको क्यान्सरमा परिणत हुनेछ कि?” मलाई म फेरि हैरानी, चिन्ता र बेचैनीको नकारात्मक मनोभावहरूमा जिइरहेकी छु भन्ने महसुस भयो। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, मलाई बिमारीले ग्रस्त हुनबाट बाहिर निकाल्न र विश्वास दिन बिन्ती गरेँ। पछि, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्म तँ बाचिरहेको हुन्छस्, जबसम्म तैँले बोल्न र हिँड्न सक्छस्, तबसम्म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्मर कसेर शिष्ट भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्मेवारी त्याग्नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ। कतिपय मानिसहरू भन्छन्, ‘तैँले भन्ने यी कुराहरू खासै विचारशील छैनन्। म बिरामी छु र मलाई सहन गाह्रो भइरहेको छ!’ जब तँलाई गाह्रो हुन्छ, तब तैँले विश्राम लिन सक्छस्, र तैँले आफ्नो हेरचाह र उपचार गर्न सक्छस्। यदि तँ अझै पनि आफ्नो कर्तव्य पूरा गर्न चाहन्छस् भने, तैँले आफ्नो कार्यभार घटाएर कुनै उपयुक्त कर्तव्य पूरा गर्न सक्छस्, अर्थात् तँलाई निको हुन असर नगर्ने काम गर्न सक्छस्। यसले प्रमाणित गर्नेछ कि तैँले हृदयबाट आफ्नो कर्तव्य त्यागेको छैनस्, तेरो हृदय परमेश्वरबाट टाढा भएको छैन, तैँले आफ्नो हृदयमा परमेश्वरको नाम इन्कार गरेको छैनस्, र तैँले सृष्टि गरिएको उचित प्राणी बन्ने इच्छा आफ्नो हृदयबाट हटाएको छैनस्। कतिपय मानिसहरू भन्छन्, ‘मैले त्यो सब गरेको छु, त्यसोभए के परमेश्वरले मबाट यो रोग हटाउनुहुनेछ?’ उहाँले हटाउनुहुनेछ त? (हटाउनुहुनेछ नै भन्ने छैन।) परमेश्वरले तँबाट तेरो रोग हटाउनुभए पनि नहटाउनुभए पनि, परमेश्वरले तँलाई निको पार्नुभए पनि नपार्नुभए पनि, तैँले गर्ने कुरा भनेको सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो। तँ शारीरिक रूपमा आफ्नो कर्तव्य पूरा गर्ने अवस्थामा भए पनि नभए पनि, तैँले कुनै काम लिन सके पनि नसके पनि, तेरो स्वास्थ्य स्थितिले तँलाई कर्तव्य लिन दिए पनि नदिए पनि, तेरो हृदय परमेश्वरबाट टाढा जानु हुँदैन, र तैँले आफ्नो हृदयबाट कर्तव्य त्याग्नु हुँदैन। यसरी, तैँले आफ्नो जिम्मेवारी, दायित्व, र कर्तव्य पूरा गर्नेछस्—तँमा हुनुपर्ने विश्वासयोग्यता यही हो। तैँले आफ्नो हातले काम गर्न वा बोल्न सक्दैनस्, वा तेरो आँखाले देख्न छोडेको छ, वा तैँले जिउ हलचल गराउन सक्दैनस् भन्दैमा, परमेश्वरले तँलाई निको पार्नु नै पर्छ भन्ने नसोच्, र यदि उहाँले तँलाई निको पार्नुभएन भने, तैँले उहाँलाई हृदयको अन्तस्करणबाट इन्कार्ने, आफ्नो कर्तव्य त्याग्ने, र परमेश्वरलाई छोड्ने इच्छा नगर्। यस्तो व्यवहारको प्रकृति कस्तो हुन्छ? (यो त परमेश्वरलाई धोका दिनु हो।) यो धोका हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरू पढेपछि, मैले अभ्यास गर्ने बाटो भेट्टाएँ। कर्तव्यहरू मानिसका लागि परमेश्वरको आज्ञा र सृजित प्राणीको जिम्मेवारी र दायित्व हुन्। जुनसुकै बिमारी वा शारीरिक पीडाको सामना गर्नुपरे तापनि, सृजित प्राणीले गर्नुपर्ने कर्तव्यलाई उसले त्याग्नु हुँदैन। मानिसहरूका लागि परमेश्वरका मागहरू उच्च छैनन्। उहाँले केवल शारीरिक सहनशीलताको सीमाभित्र रहेर, व्यक्तिले आफ्नो सारा हृदय र शक्तिले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भनी माग गर्नुहुन्छ, र त्यतिले नै उहाँ सन्तुष्ट हुनुहुनेछ। यदि शारीरिक पीडा छ भने, व्यक्तिले उचित रूपमा आराम गर्न, औषधि लिन र उपचार गराउन सक्छ। उसले नियमित रूपमा व्यायाम गर्न र आफ्नो काम र आरामको समयतालिका उचित रूपमा मिलाउन पनि सक्छ। यसरी, उसलाई आफ्नो कर्तव्य पूरा गर्नमा असर पर्नेछैन।
पछि, मैले परमेश्वरका वचनहरूबाट मृत्युलाई कसरी हेर्ने भनी बुझेँ। परमेश्वर भन्नुहुन्छ: “यो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तैपनि, मृत्युका धेरै विविध गुणहरू छन्। यीमध्ये एउटा के हो भने, परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको समयमा, तैँले आफ्नो मिसन पूरा गरेको हुन्छस् र परमेश्वरले तेरो दैहिक जीवनमुनि एउटा रेखा कोर्नुहुन्छ, र तेरो दैहिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ तेरो जीवन समाप्त भएको छ भन्ने हुँदैन। जब कुनै व्यक्ति देहविहीन हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा रहन्छ भन्ने कुरा तँ जीवित हुँदा परमेश्वरको काम र वचनहरूलाई कसरी लिइस् भन्ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्ने कुरा तँ जीवित हुँदा परमेश्वर र सत्यताप्रति तेरो मनोवृत्ति कस्तो थियो भन्ने कुरामा निर्भर हुन्छ। … ध्यान दिनुपर्ने अर्को कुरा पनि छ, र त्यो के हो भने, मृत्युको मामलाको प्रकृति पनि अरू कुराहरूको जस्तै छ। यो मानिसहरूले छनौट गर्ने कुरा होइन, न त यसलाई मानिसको इच्छाद्वारा परिवर्तन नै गर्न सकिन्छ। मृत्यु पनि जीवनको अरू महत्त्वपूर्ण घटनाजस्तै हो: यो पूर्ण रूपमा सृष्टिकर्ताको पूर्वनिर्धारण र सार्वभौमिकताअन्तर्गत पर्छ। यदि कसैले मृत्यु आओस् भनेर बिन्ती गर्यो भने, ऊ मर्छ नै भन्ने छैन; यदि उसले जिउन पाऊँ भनेर बिन्ती गर्यो भने, ऊ जिउँछ नै भन्ने छैन। यो सबै परमेश्वरको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत पर्छ, र यो कुरालाई परमेश्वरको अख्तियार, परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूले परिवर्तन र निर्धारित गर्छ। त्यसकारण, मानौँ तँलाई गम्भीर रोग लाग्यो, ज्यान नै लैजान सक्ने गम्भीर रोग लाग्यो भने पनि तँ मर्छस् नै भन्ने हुँदैन—तँ मर्छस् कि मर्दैनस् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले गर्नुहुन्छ।) परमेश्वरले निर्णय गर्नुहुन्छ। अनि परमेश्वरले यसको निर्णय गर्नुहुने र मानिसहरूले यस्तो कुराको निर्णय गर्न नसक्ने हुनाले, मानिसहरूले के कुराका बारेमा तनाव र हैरानीको महसुस गर्छन् त? यो त तेरा आमाबुबा को हुन्, र तँ कहिले र कहाँ जन्मन्छस् भन्ने जस्तै हो—यी कुराहरूलाई पनि तैँले छनौट गर्न सक्दैनस्। यी मामिलाहरूमा गर्न सकिने सबैभन्दा बुद्धिमानी निर्णय भनेको यी कुराहरूलाई स्वाभाविक रूपमा चल्न दिनु, समर्पित हुनु, र छनौट नगर्नु, यस विषयमा कुनै विचार वा ऊर्जा नलगाउनु, र यसका बारेमा हैरानी, तनाव, वा चिन्ता महसुस नगर्नु हो। मानिसहरूले आफै छनौट गर्न नसक्ने हुनाले, यस विषयमा धेरै ऊर्जा र विचार लगाउनु मूर्खतापूर्ण र निर्बुद्धि कार्य हुन्छ। … किनभने तँ मर्छस् कि मर्दैनस् भन्ने कुरा थाहा हुँदैन, र परमेश्वरले तँलाई मर्न दिनुहुन्छ कि दिनुहुन्न भन्ने थाहा हुँदैन—यी कुराहरू अज्ञात छन्। विशेष गरी, तँ कहिले मर्छस्, कहाँ मर्छस्, कुन बेला मर्छस्, वा तँ मर्दा तेरो शरीरलाई कस्तो महसुस हुन्छ भन्ने कुरा थाहा हुँदैन। आफूलाई थाहा नभएको कुराबारे सोच्दै र मनन गर्दै आफ्नो दिमाग खियाएर अनि त्यसका बारेमा तनाव र चिन्ता लिएर, के तँ मूर्ख भइरहेको हुँदैनस् र? यसले तँलाई मूर्ख तुल्याउने हुनाले, तैँले यी कुराहरूका बारेमा दिमाग खियाउनु हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। “मानिसहरूले जुनसुकै मामला सम्हालिरहेका भए पनि, तिनीहरूले सधैँ यसलाई सक्रिय, सकारात्मक मनोवृत्तिले लिनुपर्छ, र मृत्युको मामलामा यो झन् बढी लागु हुन्छ। सक्रिय र सकारात्मक मनोवृत्ति हुनु भनेको मृत्युलाई अङ्गाल्नु, मृत्युको प्रतीक्षा गर्नु, वा सकारात्मक र सक्रिय रूपमा मृत्युको पछि लाग्नु भन्ने होइन। यदि यसको अर्थ मृत्युलाई पछ्याउनु, मृत्युलाई अङ्गाल्नु, वा मृत्युको प्रतीक्षा गर्नु होइन भने, यसको अर्थ के हो? (समर्पित हुनु।) समर्पित हुनु भनेको मृत्युको मामिलाप्रति लिइने एक किसिमको मनोवृत्ति हो, र मृत्युलाई त्याग्नु र यसका बारेमा नसोच्नु नै यसलाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने प्रत्येक व्यक्तिको जीवन र मृत्यु परमेश्वरको हातमा हुन्छ। हामी यो जीवनकालमा कहिले र कसरी मर्नेछौँ भनी परमेश्वरले पहिल्यैबाट योजना र बन्दोबस्त मिलाउनुभएको हुन्छ, र यसको हामी बिरामी हुने वा नहुनेसँग कुनै सम्बन्ध छैन। म बिरामी भइनँ भने पनि, परमेश्वरले मेरा लागि मर्नलाई पूर्वनियोजन गर्नुभएको समय आएपछि म उम्कन सक्दिनँ। यदि मलाई धेरै गम्भीर बिमारी लाग्यो भने पनि, मेरो मिसन पूरा भएको छैन भने परमेश्वरले सजिलै मेरो ज्यान लिनुहुने छैन। व्यक्तिको जीवन र मृत्यु परमेश्वरको हातमा हुन्छ, र यो मानवीय स्याहारसुसारले निर्धारण गर्ने होइन। तर मैले जीवन र मृत्युको मामिलालाई छर्लङ्ग देख्न सकेकी थिइनँ, र हैरानी, चिन्ता र बेचैनीको नकारात्मक मनोभावहरूमा जिइरहेकी थिएँ। म सधैँ मेरो अवस्था झन् बिग्रिएर कलेजोको क्यान्सरमा परिणत भई मृत्यु हुन सक्छ भनेर चिन्तित थिएँ, त्यसैले म सधैँ आफ्ना कर्तव्यमा पछि हट्थेँ, आफूले सक्ने सबै कुरा गर्दिनथेँ, र आफ्नो समय र ऊर्जा आफ्नो स्वास्थ्य हेरचाहमा खर्च गर्थेँ। म साँच्चै अज्ञानी र मूर्ख थिएँ! अब मलाई के महसुस भयो भने मैले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गरे पनि, आफ्नो कर्तव्य पूरा गरिनँ भने, मैले परमेश्वरको अनुमोदन प्राप्त गर्ने थिइनँ, र मैले जिएका हरेक दिन खाली, कुनै मूल्य वा अर्थविनाको हुनेथियो। अन्तमा, प्रकोप आउँदा, म अझै पनि मर्नु नै पर्नेहुन्थ्यो। मैले आफ्नो अवस्था बिग्रँदै गएको थाहा पाएकी समयलाई फर्केर सोच्दा, त्यसबेला म परमेश्वरका वचनहरू पढ्न चाहन्न थिएँ र प्रार्थनामा भन्ने केही कुरा थिएन, हरेक दिन चाँडै सुत्न जान्थेँ। बाहिरबाट, मेरो शरीर सहज र चुस्त-दुरुस्त राखिएको जस्तो देखिन्थ्यो, तर मैले परमेश्वरबाट कुनै मार्गदर्शन महसुस गरेकी थिइनँ र हरेक दिन कुनै अर्थविना जिएकी थिएँ। मेरो हृदयमा, मैले धेरै खाली र पीडादायी महसुस गरेकी थिएँ। अब, मेरो कर्तव्य पूरा गर्नु अलि कठिन र अलि थकाउने खालको भए तापनि, मेरो हृदयमा रहेको शान्ति र सहजताको बोधलाई अरू कुनै पनि कुराले प्रतिस्थापन गर्न सक्दैनथ्यो। मैले साँच्चै के अनुभव गरेकी थिएँ भने गम्भीरतापूर्वक सत्यता पछ्याएर र आफ्नो कर्तव्य पूरा गरेर मात्र जीवनको मूल्य र अर्थ हुन सक्छ, र मैले शान्ति र सहजता महसुस गर्न सक्छु। एक महिनापछि, जब म थप जाँचका लागि अस्पताल गएँ, डाक्टरले मेरो अवस्था सुधार भएर सामान्य हेपाटाइटिस बी मा झरेको छ, र मैले केही एन्टिभाइरल औषधि मात्र लिनुपर्छ भनी बताए। यो सुनेपछि, मलाई विश्वास नै लागेन। सबै कुरा परमेश्वरको हातमा छ भनी देखेर, म परमेश्वरप्रति एकदमै आभारी भएँ।
यो बिमारीको अनुभव गरेपछि, म परमेश्वरमा विश्वास गरेर आशिष्हरू पछ्याउने आफ्नो घृणित अभिप्राय स्पष्ट रूपमा देख्न, र आफ्नो नकारात्मक मनोभावहरूले हुने हानि बुझ्न सक्ने भएकी छु। मैले के पनि बुझेकी छु भने परमेश्वरले मेरो अनावश्यक इच्छा र उहाँप्रतिको अनुचित मागहरू पखाल्नका लागि बिमारी आउन दिनुभयो, जसले शैतानले मलाई भ्रष्ट तुल्याउँदाको कुरूप सत्यता प्रस्ट देख्न मद्दत गर्यो, ताकि म गम्भीरतापूर्वक सत्यता पछ्याउन, आफ्नो भ्रष्ट स्वभावहरू फाल्न, र परमेश्वरको मुक्ति प्राप्त गर्न सकूँ। यो परमेश्वरको प्रेम र मुक्ति हो! मेरो हृदयदेखि नै म परमेश्वरप्रति एकदमै आभारी छु!