३६. मैले दमनको समाधान कसरी गरेँ

गु निआन, चीन

विगतमा, म मण्डलीमा कामको एउटै पक्षमा काम गर्थेँ, र कामको बोझ धेरै थिएन र केही हदसम्म सजिलो पनि थियो, त्यसैले मलाई यसरी कर्तव्य गर्नु निकै राम्रो हो भन्ने लाग्यो। पछि, म सुसमाचार सुपरभाइजरका रूपमा निर्वाचित भएँ। मैले सहकर्मी सिस्टरसँग हरेक दिन अनुगमन गर्नुपर्ने धेरै काम भएको देखेँ। उनले ब्रदर-सिस्टरहरूका समस्या वा स्थिति र कठिनाइहरू पत्ता लाग्दा ती समाधान गर्न समयमै सङ्गति दिनुपर्थ्यो, सुसमाचार कामदारहरूलाई संवर्धन गर्ने, कामको नियमित सारसङ्क्षेप दिने आदि इत्यादि गर्नुपर्थ्यो। उनको दैनिक तालिका पूरै भरिएको हुन्थ्यो। उनलाई हेर्दा मात्र पनि मलाई मानसिक रूपमा थकित महसुस हुन्थ्यो। “के भविष्यमा मेरो कर्तव्यको स्थिति यही हुनेवाला छ? यति धेरै विस्तृत कामहरूले गर्दा, के हरेक दिन मेरो दिमाग व्यस्त हुनुपर्ने छैन र? त्यसबाहेक, समस्याहरू उत्पन्न हुँदा मैले तिनलाई तुरुन्तै समाधान गर्न सत्यता खोज्नुपर्छ। तर मेरो जीवन प्रवेश सतही छ, अनि ममा सुसमाचार प्रचारसम्बन्धी सत्यताको कमी छ। यो कर्तव्य लिँदा, मेरो देहले कति कष्ट सहनुपर्नेछ भनेर मलाई थाहा छैन!” मलाई धेरै दबाब महसुस भयो, र ममा आगामी काम सक्रिय रूपमा गर्ने उत्साह लगभग थिएन।

काम सकेपछि एक रात, मलाई भित्रभित्रै ख्रोक्रो र बिनाकारण चिढचिढाहट महसुस भयो। आफूले आगामी काममा सामना गर्ने कठिनाइ र समस्याहरूबारे सोच्दा, मलाई निकै दमित र भारी मन महसुस भयो। मलाई आफ्नो स्थिति ठिक छैन भन्ने थाहा भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो हृदय शान्त हुन सक्दैन, मलाई दमित र चिढचिढाहट महसुस हुन्छ, अनि मेरो स्थिति सामान्य छैन। हे परमेश्‍वर, बिन्ती यस स्थितिबाट बाहिर निस्कन मलाई डोऱ्याउनुहोस्। आमेन!” प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका वचनहरूको पुस्तक खोलेँ र परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि मानिसहरूले निरन्तर शारीरिक सहजता र खुसी खोज्छन् भने, यदि तिनीहरू निरन्तर शारीरिक सुख र सहजताको पछि लाग्छन्, र कष्ट भोग्‍न चाहँदैनन् भने, थोरै शारीरिक कष्ट, अरूको भन्दा अलिक बढी कष्ट, वा सामान्यभन्दा अलिक बढी काम गर्नुपर्ने अवस्थाले पनि तिनीहरूलाई दबाब महसुस गराउँछ। यो दबाबको एउटा कारण हो। यदि मानिसहरू सानोतिनो शारीरिक कष्टलाई ठूलो मान्दैनन्, र शारीरिक सहजताको पछि लाग्दैनन्, बरु त्यसको साटो सत्यता पछ्याउँछन् र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्‍नो कर्तव्य पूरा गर्ने प्रयास गर्छन् भने, तिनीहरूले प्राय शारीरिक कष्ट अनुभव गर्नेछैनन्। बेलाबेला तिनीहरूलाई व्यस्त, थकित, वा लखतरान भएको महसुस हुने भए पनि, सुतेपछि तिनीहरूलाई ठीक भइहाल्छ, र त्यसपछि तिनीहरू आफ्‍नो कार्य जारी राख्छन्। तिनीहरू आफ्‍नो कर्तव्य र काममा ध्यान केन्द्रित गर्छन्; तिनीहरू अलिअलि शारीरिक थकानलाई ठूलो कुरा ठान्दैनन्। तर जब मानिसहरूको सोचमै समस्या पैदा हुन्छ र जब तिनीहरू निरन्तर शारीरिक सहजताको पछि लाग्छन्, तब तिनीहरूको शरीरमा अलिकति समस्या हुँदा पनि वा सन्तुष्टि प्राप्त गर्न नसक्‍नेबित्तिकै, तिनीहरूमा निश्‍चित नकारात्मक संवेगहरू प्रकट हुन्छन्। अनि, यसरी सधैँ आफ्‍नो इच्छाअनुसार गर्न चाहने र आफ्‍नो देहमा लिप्त हुन र जीवनको आनन्द लिन चाहने यस्तो व्यक्ति असन्तुष्ट हुनेबित्तिकै, किन दबाबको यो नकारात्मक संवेगमा प्राय फसिरहन्छ? (किनभने ऊ सहजता र शारीरिक आनन्दको पछि लाग्छ।) कतिपय मानिसहरूको हकमा यो साँचो हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। “समाजमा, आफूले गर्नुपर्ने उचित काम नगर्ने मानिसहरू को हुन्? तिनीहरू कामचोर, मूर्ख, अल्छी, बदमास, फटाहा, र लफङ्गाहरू र त्यस्तै खाले मानिसहरू हुन्। तिनीहरू कुनै नयाँ सीप वा क्षमता सिक्‍न चाहँदैनन्, र तिनीहरू कुनै गम्‍भीर करियर निर्माण गर्ने वा हातमुख जोड्न काम खोज्‍ने चाहना गर्दैनन्। तिनीहरू समाजका कामचोर र लफङ्गाहरू हुन्। तिनीहरू मण्डलीमा घुस्छन्, र त्यसपछि केही नगरी केही पाउन, र आफ्‍नो भागको आशिष्‌ पाउन चाहन्छन्। तिनीहरू अवसरवादीहरू हुन्। यी अवसरवादीहरूले कहिल्यै पनि कर्तव्य पूरा गर्ने इच्छा गर्दैनन्। यदि तिनीहरूले भनेजस्तो अलिकति पनि भएन भने, तिनीहरूलाई दबाब महसुस हुन्छ। तिनीहरू सधैँ स्वतन्त्र भएर जिउन चाहन्छन्, तिनीहरूले कुनै काम गर्न चाहँदैनन्, तैपनि तिनीहरू मीठो खान र राम्रो लाउन, अनि जे मन लाग्यो त्यही खान र जहिले मन लाग्यो त्यही बेला सुत्‍न मन पराउँछन्। यस्तो दिन आयो भने एकदम राम्रो हुनेछ भन्‍ने तिनीहरू सोच्छन्। तिनीहरू थोरै पनि कठिनाइ भोग्‍न चाहँदैनन् र तिनीहरू मोजमस्तीको जीवन जिउन चाहन्छन्। यस्ता मानिसहरूलाई जिउनसमेत थकाइलाग्दो हुन्छ; तिनीहरू नकारात्मक संवेगहरूको बन्धनमा हुन्छन्। तिनीहरूले आफूले चाहेअनुसार गर्न नपाएर प्रायजसो थकित र अन्योल महसुस गर्छन्। तिनीहरू आफूले गर्नुपर्ने उचित कार्य गर्न वा आफूले सम्‍हाल्‍नुपर्ने उचित मामलाहरू सम्‍हाल्‍न चाहँदैनन्। तिनीहरू काममा निरन्तर लागेर सुरुदेखि अन्तिमसम्‍म गरिरहन, यसलाई आफ्‍नै पेसा र कर्तव्यको रूपमा लिन, र आफ्‍नो दायित्व र जिम्‍मेवारीको रूपमा लिन चाहँदैनन्; तिनीहरू काम पूरा गरेर परिणामहरू हासिल गर्न, वा सम्‍भव भएको उत्कृष्ट मापदण्डअनुसार पूरा गर्न चाहँदैनन्। तिनीहरूले कहिल्यै यसरी सोचेका हुँदैनन्। तिनीहरूले झाराटारुवा शैलीमा काम गर्न र कर्तव्यलाई हातमुख जोड्ने माध्यमको रूपमा लिन मात्रै चाहन्छन्। जब तिनीहरूले थोरै तनाव वा कुनै नियन्त्रण सामना गर्छन्, वा जब तिनीहरूलाई अलिक उच्च मापदण्ड, वा अलिक बढी जिम्‍मेवारी बोक्‍न दिइन्छ, तब तिनीहरूलाई असहज र दबाब महसुस हुन्छ। तिनीहरूमा यी नकारात्मक संवेगहरू पैदा हुन्छन्, तिनीहरूलाई जिउन गाह्रो लाग्छ, र तिनीहरू हैरान हुन्छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वरका वचनहरू मनन गर्दा मलाई गहिरो दुःख र हैरानी महसुस भयो। मैले के देखेँ भने परमेश्‍वरको नजरमा, सधैँ आफ्नो कर्तव्यमा आराम खोज्ने र थोरै कष्ट भोग्दा दमित स्थितिमा पर्नेहरू आफ्नो उचित कामलाई ध्यान नदिने मानिस र परमेश्‍वरको घरमा घुसेका अवसरवादी हुन्। आफ्नो स्थिति र यस अवधिमा आफूले प्रकट गरेको कुराबारे चिन्तन गर्दा, म ठ्याक्कै परमेश्‍वरले खुलासा गरेकै प्रकारको व्यक्ति रहेछु भन्ने मलाई थाहा भयो। मैले अहिलेसम्म आधिकारिक रूपमा कुनै कामको जिम्मा लिएकी थिइनँ; मैले सहकर्मी सिस्टरसँग सम्हाल्नुपर्ने धेरै काम भएको मात्र देखेँ। उनले हरेक दिन मेहनत गर्नुपर्थ्यो, धेरै सोच्नुपर्थ्यो, र आफ्नो दिमाग खियाउनुपर्थ्यो, अनि उनले सत्यतामा सङ्गति गरेर ब्रदर-सिस्टरहरूका स्थिति र समस्याहरू पनि समाधान गर्नुपर्थ्यो। त्यो सब एकदमै व्यस्त र थकाइलाग्दो देखिएकाले म चिन्तित भएँ। जब मैले यी विस्तृत कार्यहरूको जिम्मेवारी म एक्लैले कसरी लिनुपर्छ भन्नेबारे सोचेँ, तब मलाई दमित र भारी मन महसुस भयो, र यो बोझ बोक्न मन लागेन। तैपनि मलाई परमेश्‍वरको राज्यको सुसमाचार फैलाउनु उहाँको जरुरी अभिप्राय हो, र सत्यता पछ्याउने विवेक र समझ भएकाहरू सबैले परमेश्‍वरको अभिप्रायलाई ध्यान दिन्छन्, वास्तवमै कष्ट सहन्छन् र मूल्य चुकाउँछन्, अनि त्यसप्रति आफ्नो भूमिका निभाउँछन् भन्ने थाहा थियो। अब मैले यो कर्तव्य स्विकारेकी थिएँ, मैले यो काम सकेसम्म चाँडो कसरी लिने भन्नेबारे विचार गर्नुपर्थ्यो, जस्तै मानिसहरूलाई संवर्धन गर्ने, तिनीहरूका स्थिति र कठिनाइहरू समाधान गर्ने, कामका समस्या र विचलनहरू सच्याउने आदि इत्यादि। यी कामहरू मैले पहिले कहिल्यै सामना गरेकी थिइनँ, त्यसैले मैले अलिअलि गर्दै ती बुझ्न थाल्नुपर्थ्यो र म तीसँग अलिअलि गर्दै परिचित हुनुपर्थ्यो। तर मसँग ती सकारात्मक अभ्यासहरू थिएनन्, अनि म आफ्नो देहलाई झनै कष्ट हुनेछ, त्यसले गर्दा आफू दमित स्थितिमा पुग्छु भनेर चिन्तित भएँ। मैले साँच्चै आफ्नो उचित काममा ध्यान दिइरहेकी थिइनँ! यी सोचहरूले मलाई एकदमै दोषी महसुस गराए, त्यसैले म परमेश्‍वरसामु प्रार्थना गर्न आएँ, परमेश्‍वरलाई बोझको अनुभूति र कष्ट सहने सङ्कल्प मागेँ ताकि मैले यो काम लिन सकूँ।

सुरुमा म निकै सक्रिय थिएँ, मैले समस्याहरू समाधान गर्न आफूलाई विभिन्न सिद्धान्तसँग परिचित गराएँ र आफूलाई सुसमाचार प्रचारको सत्यताद्वारा सुसज्जित पारेँ। त्यो चुनौतीपूर्ण भए पनि, प्रार्थना गरेर र परमेश्‍वरमा भर परेर, म केही लाभ प्राप्त गर्न सक्षम भएँ, र हरेक दिन निकै सन्तुष्टि महसुस भयो। तर केही समयपछि, मैले विस्तृत कार्यहरू आफूले सोचेभन्दा बढी रहेछन् भन्ने पाएँ। जब कामलाई सारांश गर्ने समय आयो, तब मैले समाधान गर्नुपर्ने एकदमै धेरै समस्या भएको देखेँ, र म आत्तिएँ। उदाहरणका लागि, सुसमाचार कामदारहरूले आफ्ना कर्तव्यका सिद्धान्तहरू बुझेका थिएनन्, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले उठाएका प्रश्नहरूको जवाफ कसरी दिने भन्ने जानेका थिएनन्, कतिपय मानिस खराब स्थितिमा थिए आदि इत्यादि। यी सबै समस्यालाई एक-एक गरी सङ्गतिमार्फत समाधान गर्न एकदमै धेरै मानसिक मेहनत चाहिनेथ्यो। त्यसबाहेक, ममा लगभग कुनै अनुभव थिएन, र यी समस्या समाधानका लागि सान्दर्भिक सिद्धान्तहरू खोज्न र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूका प्रश्नहरूको प्रभावकारी रूपमा जवाफ कसरी दिने भनेर पत्ता लगाउन धेरै दिमाग लगाउनुपर्थ्यो! मलाई ठूलो दबाब महसुस भयो, र मैले टोलाएर कम्प्युटरमा हेर्दै गर्दा, म यस्तो नसोची बस्नै सकिनँ, “भविष्यमा आउने हरेक समस्या समाधान गर्न राम्ररी विचार गर्नुपर्नेछ र मूल्य चुकाउनुपर्नेछ। यो कर्तव्य मेरा लागि अति गाह्रो हुन्छ। म सानो अनुयायी मत्र बन्न चाहन्छु। के मैले केवल सुसमाचार प्रचारमा ध्यान दिँदा र कुनै सरल कर्तव्य लिँदा हुँदैन र?” त्यो समय, हरेक बिहान जब म आँखा खोल्थेँ, तब सम्हाल्नुपर्ने धेरै काम देख्दा अत्तालिएकी हुन्थेँ, र सपनामा समेत म समस्याहरू समाधान गर्न सङ्गति गरिरहेकी हुन्थेँ। बिस्तारै, मलाई आफ्नो कर्तव्यमा झन्-झन् धेरै थकान महसुस भयो, विशेषगरी मेरो हृदय क्लान्त भयो, र दमनकारी नकारात्मक संवेगहरू झनै तीव्र भए। हरेक दिन, म कम काम र कम समस्याहरूको आशा गर्थेँ। ताकि म धेरै थकित नबनूँ। मैले सारा दिनहरू लगातार अन्योलमा बिताएँ, केवल मैले आफूलाई आफ्नो कर्तव्य गर्न बाध्य पारिरहेकी थिएँ मेरो हृदयमा बोझको अनुभूति लगभग थिएन, अनि मैले समाधान गर्नुपर्ने समस्याहरूलाई पर सारिरहेँ। काम जाँच गर्दा, मैले कुनै पनि समस्याहरू पहिचान गर्न सकिनँ; मलाई मेरो दिमागले काम गर्न छोडेको जस्तो लाग्यो, र मेरो कार्यदक्षता अत्यन्तै घटेको थियो। प्रार्थना गर्दा अनि परमेश्‍वरका वचन खाँदा र पिउँदासमेत अन्तर्दृष्टि वा ज्योति प्राप्त भएन, अनि मलाई आत्मामा साँच्चै अँध्यारो महसुस भयो। ब्रदर-सिस्टरहरूले पनि मेरो स्थितिमा केही खराबी छ भन्ने याद गरे र मलाई सोधे, “आजकल तपाईँको स्थिति के भइरहेको हो? तपाईँ भेलाहरूमा सङ्गतिको बेला निरन्तर झुल्नुहुन्छ र त्यति सक्रिय हुनुहुन्न।” उनीहरूले यसो भनेको सुनेर, मलाई झनै दुःख लाग्यो, अनि म कसरी यस्तो हुन पुगेँ भनेर सोचेँ। के मैले पवित्र आत्माको काम गुमाएकी थिएँ? के परमेश्‍वरले मलाई पन्छाउनुभएको र बेवास्ता गर्नुभएको थियो? पछि, मैले खोजीमार्फत अन्ततः आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गर्न थालेँ।

मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “नकारात्मक संवेगहरू हुनुले समस्या छ भन्‍ने प्रमाणित गर्छ, र जब समस्या हुन्छ, तैँले त्यसलाई समाधान गर्नुपर्छ। समाधान गरिनुपर्ने समस्याहरू समाधान गर्ने तरिका र बाटो सधैँ हुन्छ—ती समाधान नै नगर्न नसकिने हुँदैनन्। यो कुरा तैँले समस्या सामना गर्न सक्छस् कि सक्दैनस् र त्यसलाई समाधान गर्न चाहन्छस् कि चाहँदैनस् त्यसमा भर पर्छ। यदि चाहन्छस् भने, समाधान नै गर्न नसकिने त्यति कठिन समस्या कुनै हुँदैन। तँ परमेश्‍वरसामु आइज, र उहाँका वचनहरूमा सत्यता खोजी गर्, अनि तैँले हरेक कठिनाइ समाधान गर्न सक्छस्। तैपनि, तेरो खिन्‍नता, उदासी, निराशा, र दबाबले तँलाई समस्याहरू समाधान गर्न सहयोग नगर्ने मात्रै होइन, बरु उल्टै, तेरो समस्या अझै गम्‍भीर र खराब बनाइदिन्छन्। के तिमीहरू यो कुरा पत्याउँछौ? (पत्याउँछौँ।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। “अन्तमा, म तिमीहरूलाई के भन्‍न चाहन्छु भने: एउटा क्षणिक संवेगले तेरो जीवनभरिको सत्यताको खोजीलाई असर गर्न र मुक्तिको तेरो आशालाई नष्ट गर्न नदे। के तिमीहरूले बुझिस्? (बुझेँ।) तेरो यो संवेग सकारात्मक नभएको मात्र होइन, अझ सटिक रूपमा भन्दा, यो परमेश्‍वर र सत्यताविरुद्ध छ। तँलाई यो सामान्य मानवताको संवेग हो भन्‍ने लाग्छ होला, तर परमेश्‍वरको नजरमा, यो संवेगको सामान्य कुरो होइन, यो त परमेश्‍वरको विरोध गर्ने एउटा तरिका हो। मानिसहरूले यी नकारात्मक संवेगहरूलाई परमेश्‍वर, परमेश्‍वरका वचनहरू र सत्यताको प्रतिरोध गर्ने तरिकाका रूपमा प्रयोग गर्छन्। त्यसकारण, तँ सत्यता पछ्याउन इच्छुक भएकोले, तैँले आफ्नो हृदयमातँलाई हठीपूर्वक, मूर्खतापूर्वक सत्यताको विरोध गर्न र परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न लगाइरहने नकारात्मक संवेगहरू छन् कि छैनन् भनी होसियारीपूर्वक आफ्नो जाँच गर्नुपर्छ। यदि, आत्म-जाँचमार्फत, तैँले तेरो हृदय अझै पनि नकारात्मक संवेगहरूद्वारा बाँधिएको छ भनी साँचो रूपमा महसुस गरेको छस् भने, म तँलाई पहिले तिनलाई त्याग्न भन्छु। तिनलाई पक्रिराख्नका लागि अब उप्रान्त बहाना नबना, र अझै विशेष गरी, तिनलाई सामान्य मनस्थितिका रूपमा नलि, अन्यथा तिनले तेरा सम्भाव्यताहरू र गन्तव्यलाई नष्ट गर्नेछन्, र तिनले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने तेरो अवसर र आशालाई नष्ट गर्नेछन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१))। परमेश्‍वरले एकदमै स्पष्टसँग भन्नुभयो। नकारात्मक संवेगहरू साना समस्याजस्तो देखिएलान्, तर तिनले व्यक्तिको सत्यता पछ्याइ र उसको कर्तव्य निर्वाहमा ठूलो असर गर्छन्। म सोच्ने गर्थेँ, सबैले नकारात्मक संवेगहरू अनुभव गर्छन्, यी निश्चित वातावरणहरूमा हुने सोच र विचारहरूका प्रकटीकरण मात्र हुन्, र यो ठूलो समस्या होइन। त्यसैले जब मैले नकारात्मक संवेगहरूले व्यक्तिलाई सत्यता र परमेश्‍वरको प्रतिरोध गराउन सक्छ, र उसको मुक्ति पाउने अवसर बर्बाद पार्न सक्छ भन्ने बुझेँ, तब मेरो हृदयमा त्यति धेरै साँचो अनुभव वा बुझाइ थिएन। यस अवधिमा आफूले प्रकट गरेका कुराबारे चिन्तन गर्दा, म प्रभावित हुन थालेँ। जब मैले ठूलो मात्राको काम र परियोजनाहरू कति धेरै छन् भन्ने देखेँ, तब यो कर्तव्य पूरा गर्दा मेरो देहलाई कष्ट र थकान हुनेछ भन्ने सोचेँ, अनि मलाई दमित र भारी मन महसुस भयो, मैले स्वतन्त्र महसुस गर्न सकिनँ। मैले वास्तवमा यस कर्तव्यलाई अनुगमन गर्दा, त्यसमा सम्हाल्नुपर्ने धेरै विशेष कार्यहरू छन्, र सत्यताबारे सङ्गति गरेर समाधान गर्नुपर्ने धेरै समस्या छन् भन्ने पाएँ। तर मसँग यस काममा अनुभवको कमी थियो, र प्रत्येक काम राम्रोसँग सम्हाल्न, मेरो देहले कष्ट भोग्नुपर्छ भन्ने लाग्यो। यसले मलाई दुःखित बनायो र ममा नकारात्मक संवेगहरू निरन्तर देखा परे। हरेक दिन मैले आफूलाई जबरजस्ती कर्तव्यमा लगाइरहेकी थिएँ, र मेरो हृदयमा बोझको वास्तविक बोध थिएन। मैले देहको ख्याल गरेँ, म दमनकारी संवेगहरूमा लटपटिएँ, र आफ्नो कर्तव्यमा कमजोर र निष्क्रिय रहेँ। यो मूलतः परमेश्‍वरले बन्दोबस्त गरेको वातावरणप्रति मैले आफ्नो असन्तुष्टि पोख्नु र अनाज्ञाकारी हुनु बराबर थियो। यो सत्यता र परमेश्‍वरको प्रतिरोध गर्नु, अनि परमेश्‍वरविरुद्ध खडा हुनु थियो। परमेश्‍वर मानिसहरूको हृदयको गहिराइको छानबिन गर्नुहुन्छ र आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिले परमेश्‍वरलाई मप्रति घृणा गर्ने तुल्याएको थियो। मैले आफ्नो कर्तव्यमा पवित्र आत्माको काम गुमाएकी थिएँ। यो परमेश्‍वरको धर्मी स्वभाव ममाथि आइपर्नु थियो। यो थाहा पाउँदा म भयभित भएँ, र मैले मेरा नकारात्मक संवेगलाई सकेसम्म चाँडो समाधान गर्नुपर्छ भन्ने जानेँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तँ सत्यता स्विकार्दैनस्—यसलाई अभ्यास गर्नु त कता हो कता—र परमेश्‍वरको घरमा अल्याङटल्याङ गर्छस् भने तेरो उद्देश्य वास्तवमा के हो? के तँ परमेश्‍वरको घरलाई तेरो अवकाश-गृह वा दानशाला बनाउन चाहन्छस्? यदि त्यस्तो हो भने, तँ गलत छस्—परमेश्‍वरको घरले फाइदा लुट्ने वा भतुवा मानिसहरूलाई हेरचाह गर्दैन। कमजोर मानवता भएको, आफ्‍नो कर्तव्य खुसीसाथ पूरा नगर्ने, कर्तव्य पूरा गर्न अयोग्य सबैलाई हटाइनैपर्छ; सत्यता पटक्‍कै स्वीकार नगर्ने सबै अविश्‍वासीहरूलाई हटाइनैपर्छ। कतिपय मानिसहरू सत्यता बुझ्छन् तर आफ्‍नो कर्तव्य निर्वाह गर्दा यसको अभ्यास गर्न सक्दैनन्। कुनै समस्या देख्दा, तिनीहरू त्यसलाई समाधान गर्दैनन्, अनि त्यो आफ्नो जिम्‍मेवारी हो भन्‍ने थाहा हुँदा पनि, तिनीहरू त्यो काम तनमनले गर्दैनन्। तैँले गर्न सक्‍ने जिम्‍मेवारीहरूसमेत पूरा गर्दैनस् भने, आफ्‍नो कर्तव्य पूरा गर्दा के-कस्ता मूल्य वा परिणाम निस्कन सक्छन् र? यसरी परमेश्‍वरमा विश्‍वास गर्नु अर्थपूर्ण हुन्छ र? सत्यता बुझ्‍ने तर यसलाई अभ्यास गर्न नसक्‍ने, आफूले भोग्‍नुपर्ने कष्ट भोग्‍न नसक्‍ने व्यक्ति कर्तव्य निर्वाहको लायक हुँदैन। कर्तव्य पूरा गर्ने कतिपय मानिसहरू पेट भर्न मात्रै त्यसो गर्छन्। तिनीहरू भिखारी हुन्। तिनीहरू आफूले परमेश्‍वरको घरमा केही काम गरे भने, आफ्नो गाँसबासको व्यवस्था हुनेछ, काम नगरी खान पाइनेछ भन्‍ने विचार गर्छन्। के त्यस्तो मोलमोलाइ पनि हुन्छ र? परमेश्‍वरको घरले भतुवाहरूलाई पाल्दैन। यदि कसैले अलिकति पनि सत्यता अभ्यास गर्दैन, र जो आफ्‍नो कर्तव्यमा निरन्तर झाराटारुवा हुन्छ, अनि परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छ भने, के परमेश्‍वर उसलाई स्वीकार गर्नुहुन्छ? त्यस्ता सबै मानिसहरू अविश्‍वासी हुन् र परमेश्‍वरको नजरमा तिनीहरू दुष्कर्मी हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। “आज, मैले भन्‍ने वचनहरूलाई तँ विश्‍वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्‍वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मलाई आफू गहिरोसँग आलोचित महसुस भयो। परमेश्‍वर निरन्तर रूपमा देहगत आराम र आनन्द खोज्नेहरूलाई घृणा गर्नुहुन्छ। त्यस्ता मानिसहरू आफ्नो कर्तव्यमा कष्ट सहँदैनन् वा मूल्य चुकाउँदैनन्, र तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु वा परमेश्‍वरका लागि इमानदारीसाथ आफूलाई समर्पित गर्नु असम्भव छ। मैले सधैँ देहगत आरामको जीवन पछ्याएकी थिएँ, म “जीवन छोटो छ, त्यसैले सकेसम्म यसको आनन्द उठाउनू,” “आजको मद्य आजै पिऊ, र भोलिको चिन्ता भोलि नै लिऊ,” र “आफूलाई राम्रो व्यवहार गर, किनकि जीवन छोटो छ,” जस्ता शैतानी विषहरूअनुसार जिएँ। म यस संसारमा जीवन समस्या र दुःखले भरिएको छ, र व्यक्तिले आफैमाथि कामकुरा गाह्रो बनाउनु हुँदैन, तर जीवनको आनन्द लिन र आफूलाई राम्रोसँग व्यवहार गर्न सिक्नुपर्छ भन्ने ठान्थेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि, सत्यता पछ्याउनु र आफ्नो कर्तव्य गर्नु जीवनको सही मार्ग हो र सत्यता प्राप्त गर्न, व्यक्तिले कष्ट सहनैपर्छ र मूल्य चुकाउनैपर्छ भन्ने मैले थाहा पाएँ। तर जब म सुपरिवेक्षकका रूपमा चयन भएँ र थप जिम्मेवारीहरू लिनुपऱ्यो, तब काम राम्रोसँग गर्न अझ बढी कष्ट भोग्नुपर्छ अनि आरामदायी र सहज जीवन बिताउन सकिँदैन भन्ने सोचले, मलाई दमित र भारी मन महसुस गरायो। कामको बढ्दो बोझ देखेर, मलाई असन्तुष्ट, प्रतिरोध महसुस भयो, र म गुनासै गुनासाले भरिएँ, अनि मैले आफ्नो सक्षमताले भ्याउने समस्याहरू समाधान गर्न ढिलाइसमेत गरेँ। मैले आफू ठ्याक्कै परमेश्‍वरले खुलासा गरेकै प्रकारको व्यक्ति रहेछु भन्ने देखेँ: आफ्नो कर्तव्य गर्न अनिच्छुक व्यक्ति, सित्तैँमा खान खोज्ने, अनि सहजता मन पराउने र कामलाई घृणा गर्ने निकम्मा व्यक्ति। मैले सुसमाचार प्रचार गर्ने कति धेरै ब्रदर-सिस्टरहरूले धर्मका मानिसहरूबाट दुर्व्यवहार र अपमान, साथै ठूलो रातो अजिङ्गरको सतावट र गिरफ्तारी सहे, अनि आफ्नो ज्यान गुमाउने जोखिमसमेत सामना गरे भन्नेबारे सोचेँ। तिनीहरूमध्ये कतिपयले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको समस्या समाधान गर्नका लागि आफूलाई सत्यताले सुसज्जित पार्न मेहनत गरे, धर्मका मानिसहरूका धारणाहरूलाई सम्बोधन गर्न बारम्बार सङ्गति गरे। त्यो जति नै गाह्रो भए पनि, तिनीहरू पछि हटेनन् वा हार मानेनन्, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गरी अझ धेरै मानिसलाई सुसमाचार प्रचार गर्न इच्छुक भए। यो साँच्चै मानवता भएका मानिसहरूले गर्नुपर्ने कुरा हो। त्यसपछि आफूलाई हेर्दा, आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति विशेष गरी अनादरपूर्ण र सुस्त थियो, मानौँ सुपरिवेक्षक बनाइनु भनेको आफ्ना लागि कामकुरा जानाजानी कठिन बनाउन खोज्नु थियो, र म केवल कष्ट वा परिश्रमबाट मुक्त हुन र परमेश्‍वरको घरमा सित्तैँमा पेट भर्न र दिनभरि झारा टार्न चाहन्थेँ। मजस्तो यस्तो मानवता भएको व्यक्ति कुनै कर्तव्य गर्न लायक थिएन। म साँच्चै स्वार्थी र घृणित थिएँ! वास्तवमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई उसको वास्तविक कदअनुसार बोझ दिनुभयो, तिनीहरूलाई आफ्नो कर्तव्यमार्फत आफ्नो कमजोरीहरू परिपूर्ति गर्ने र सत्यता प्राप्त गर्ने मौका प्रदान गर्नुभयो। मैले यो कर्तव्य थाल्दाको समयबारे फर्केर सोच्दा, मैले काममा कठिनाइ र समस्याहरू सामना गरेकी थिएँ, अनि प्रार्थना गरेर, सत्यता सिद्धान्तहरू खोज्न परमेश्‍वरमा भर परेर, केही प्राप्त गरेँ। पछि, सुसमाचार कामदारहरूलाई आफ्नो स्थिति वा कामसित सम्बन्धित समस्याहरू आइपर्दा, मैले यी समस्याहरू समाधान गर्न उनीहरूसँग सङ्गति गरेर पनि केही प्रगति गरेँ, जुन आरामदायी वातावरणमा प्राप्त गर्न सकिँदैनथ्यो। तर शैतानका विषहरूको प्रभावमा परेर, मैले व्यर्थ र नीच कुराहरू पछ्याएँ, आफ्नो देहगत हितहरूको रक्षा गर्न आफ्नो कर्तव्यबाट पन्छिनेबारे सधैँ सोचेँ, नकारात्मक संवेगहरूमा जिएँ र परमेश्‍वरको प्रतिरोध गरेँ। म साँच्चै विद्रोही थिएँ अनि सही र गलत छुट्याउन असमर्थ थिएँ! यदि म देहका लागि जिइरहेकी भए, मैले आफ्नो कर्तव्य गरेर सत्यता प्राप्त गर्ने मौका निश्चय नै बर्बाद गर्नेथिएँ। यो बुझेर, मलाई भित्रैदेखि दोषी र आत्मग्लानि महसुस भयो, र मैले आँसु झार्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, म गलत थिएँ। आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिले तपाईँलाई मप्रति घृणा लाग्ने र खिन्न तुल्याएको छ। म तपाईँको अभिप्राय पूरा गर्न असफल भएकी छु। परमेश्‍वर, म अबदेखि तपाईँविरुद्ध विद्रोही हुन चाहन्नँ, र म आफ्नो देहविरुद्ध विद्रोह गर्न र यो जिम्मेवारी लिन इच्छुक छु।”

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू सबै नै आफूले गर्नुपर्ने उचित काम पूरा गर्ने, आफ्‍नो कर्तव्य निर्वाह गर्न इच्छुक रहने, र कामको बोझ लिने अनि आफ्‍नो क्षमता र परमेश्‍वरको घरका नियमहरूअनुसार त्यो काम राम्ररी गर्न सक्‍ने मानिसहरू हुन्। अवश्य पनि, कामको सुरुमा, तँलाई के गर्ने भनेर प्रस्ट थाहा नहुन सक्छ वा तैँले सिद्धान्तहरू बुझ्न सक्दैनस्, र यो अलिकति थकाइलाग्दो महसुस हुन सक्छ। तर, यदि तँसँग आफ्नो भाग पूरा गर्ने सङ्कल्प छ, तँ सत्यता सिद्धान्तहरू खोज्न इच्छुक छस्, र तैँले अरूसँग सामञ्जस्यपूर्ण सहकार्य हासिल गर्न सक्छस् भने, तेरो कर्तव्य निर्वाहले स्वाभाविक रूपमा नतिजा दिनेछ, र साथसाथै तैँले सजिलै सत्यतालाई व्यवहारमा लागू गर्नेछस् र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नेछस्, र तँ आफ्नो कर्तव्य निर्वाहमा मानकअनुरूप हुनेछस्। त्यसैले, तैँले अलिकति मूल्य चुकाउनुपर्छ। जब तँलाई मनमानी गर्ने हुटहुटी हुन्छ, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, तँलाई अनुशासनमा राख्‍न भनी उहाँलाई बिन्ती गर्नुपर्छ, र तैँले देहविरुद्ध विद्रोह गर्नुपर्छ र आफूलाई रोक्नुपर्छ, र तेरा स्वार्थी चाहनाहरूलाई बिस्तारै घट्न दिनुपर्छ। महत्त्वपूर्ण मामला, महत्त्वपूर्ण समय, र महत्त्वपूर्ण काममा, तैँले परमेश्‍वरको सहयोग लिनुपर्छ। यदि तँमा सङ्कल्प छ भने, तैँले सत्यता बुझ्‍न सकूँ भनेर परमेश्‍वरबाट ताडना र अनुशासन, र अन्तर्दृष्टि माग्‍नुपर्छ, र त्यस तरिकाले तैँले अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यदि तँमा साँच्‍चै सङ्कल्प छ, र तैँले परमेश्‍वरको उपस्थितिमा प्रार्थना गरेर उहाँलाई अन्तर्बिन्ती गर्छस् भने, परमेश्‍वरले काम गर्नुहुनेछ। उहाँले तेरो स्थिति र तेरा विचारहरू परिवर्तन गर्नुहुनेछ। यदि पवित्र आत्माले अलिअलि काम गरेर तँलाई थोरै भए नि स्पर्शित गर्नुभयो, र अन्तर्दृष्टि दिनुभयो भने, तेरो हृदय परिवर्तन हुनेछ, र तेरो स्थिति रूपान्तरित हुनेछ। … यदि तैँले आफूमा यस्तो रूपान्तरण ल्याउन सक्छस् भने, परमेश्‍वरको घरले तँलाई त्यहीँ बस्‍न, अनि आफ्‍नो कर्तव्य पूरा गर्न, आफ्‍नो मिसन पूरा गर्न, र आफूले पाएको काम पूरा गर्न स्वागत गर्नेछ। तर अवश्‍य नै, यस्ता नकारात्मक संवेगहरू भएका मानिसहरूलाई प्रेमको हृदयले मात्रै सहयोग गर्न सकिन्छ। यदि व्यक्तिले सत्यता स्विकार्न निरन्तर इन्कार गर्छ र बारम्‍बार सल्‍लाह दिँदा पनि पश्‍चातापहीन रहन्छ भने, हामीले त्यस्तो व्यक्तिलाई बिदा दिनुपर्छ। तर यदि कुनै व्यक्ति साँच्‍चै परिवर्तन हुन, आफूलाई सच्याउन, र आफ्‍नो दिशा बदल्‍न चाहन्छ भने, हामीले उसलाई बस्‍न दिन स्नेहसाथ स्वागत गर्नुपर्छ। तिनीहरू साँच्‍चै बस्‍न इच्छुक छन् र पहिलेका जिउने शैली र तरिकाहरू परिवर्तन गर्न इच्छुक छन्, र कर्तव्य पूरा गर्दा तिनीहरू क्रमिक रूपमा रूपान्तरण हुन सक्छन्, र जति धेरै समय कर्तव्य निर्वाह गर्‍यो त्यति नै तिनीहरू सुधार हुँदै जान्छन् भने, हामी त्यस्ता मानिसहरूलाई बस्‍न दिन सक्छौँ र तिनीहरू निरन्तर सुधार हुँदै जानेछन् भन्‍ने आशा गर्न सक्छौँ। हामीले तिनीहरूलाई शुभकामना पनि दिन्छौँ: तिनीहरू आफ्‍ना नकारात्मक संवेगहरूबाट मुक्त हुन सकून्, तिनको बन्धन वा छायामा पर्न छोडून्, र तिनीहरूले आफ्‍नो उचित काम गर्न र सही मार्गमा हिँड्न सकून्, परमेश्‍वरका मापदण्डहरूअनुसार सामान्य मानिसहरूसित हुनुपर्ने व्यवहार र जियाइ अपनाउन सकून्, अनि जीवनमा यताउता बरालिन छोडेर उहाँका मापदण्डहरूअनुसार परमेश्‍वरको घरका कर्तव्यहरू स्थिर रूपमा पूरा गर्न सकून्। हामी तिनीहरूको निम्ति आशाजनक भविष्य होस्, र तिनीहरूले अबदेखि आफूलाई जे मन लाग्यो त्यही नगरून्, वा सुखचैन र भौतिक आनन्दको मात्रै चिन्ता गर्न छोडून्, अनि आफ्‍नो कर्तव्य निर्वाह गर्नेबारेमा, जीवनमा आफूले हिँड्ने मार्गबारेमा, र सामान्य मानवतामा जिउनेबारेमा विचार गरून् भनेर कामना गर्छौँ। हामी तिनीहरू परमेश्‍वरको घरमा खुसीसाथ, स्वतन्त्र र मुक्त भएर जिउन सकून्, यहाँ आफ्‍नो जीवनमा दैनिक शान्ति र आनन्द अनुभव गर्दै, र न्यानोपन र सुख अनुभव गर्दै बस्‍न सकून् भनेर हार्दिक कामना गर्छौँ। के यो सबैभन्दा ठूलो कामना होइन र? (हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। दमित स्थितिमा फसेकाहरूलाई थामिराख्ने परमेश्‍वरको प्रयास र उहाँको इच्छा देखेर, मलाई न्यानोपन महसुस भयो, म गहन रूपमा प्रभावित र प्रेरित भएँ। परमेश्‍वरले म उहाँका मागअनुसार आफूलाई व्यवहारमा ढाल्न, सामान्य मानवतामा जिउन, आफ्नो उचित कामलाई ध्यान दिन, र सत्यता सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्छु भन्ने आशा गर्नुहुन्छ। मैले के पनि बुझेँ भने मानवता भएको व्यक्ति बन्न र जीवनको सही मार्गमा हिँड्न, व्यक्तिले सकारात्मक कुराहरू पछ्याउने सङ्कल्प गर्नैपर्छ, आफ्नो कर्तव्य निर्वाहमा कठिनाइ र समस्याहरू सामना गर्दा सचेत रूपमा देहविरुद्ध विद्रोह गर्नैपर्छ, र वास्तवमा समस्याहरू समाधान गर्न मूल्य चुकाउनैपर्छ, यसरी एक वयस्कको जिम्मेवारी वहन गर्नैपर्छ। त्यसअतिरिक्त, व्यक्तिले हरेक दिन आफ्नो कर्तव्य गर्नअघि परमेश्‍वरलाई इमानदार हृदयले प्रार्थना गर्नुपर्छ र उहाँको छानबिन स्विकार्नुपर्छ। जब म आफूले देहलाई ख्याल गर्न र आफनो कर्तव्यलाई बेवास्ता गर्न चाहेको पाउँछु, तब मैले परमेश्‍वरलाई मलाई हप्काउन र अनुशासनमा राख्न अनुरोध गर्नुपर्छ, अनि आफ्नो सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गर्नुपर्छ। यसरी जिएर मात्र ममा मानव रूप हुनेछ। यी कुराहरू बुझेपछि, मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न र तिनमा प्रवेश गर्न चाहेँ। त्यसपछि यता, म संलग्न भएको हरेक काम मैले त्यो परमेश्‍वरलाई सुम्पेँ र उहाँमा भर परेँ, अनि मैले वास्तवमा सामग्रीहरू अनुसन्धान गरेर, प्रार्थना गरेर र खोजी गरेर मूल्य चुकाएँ, राम्रा नतिजा प्राप्त गर्न कसरी सङ्गति गर्ने भनेर मनन गरेँ। मैले आफूले नबुझेको वा सम्हाल्न नसक्ने कुराहरू सामना गर्दा, ब्रदर-सिस्टरहरूसँग कुराकानी गरेँ। मेरो कर्तव्यमा उत्पन्न समस्याहरू क्रमिक रूपमा समाधान हुँदै गए। मेरो कर्तव्यमा कामको बोझ पहिलेजस्तै भए पनि, मलाई अब दमित महसुस भएन, बरु आफ्नो कर्तव्य राम्रोसँग गर्न मेहनत गर्नु र मूल्य चुकाउनु सार्थक रहेको पाएँ। मैले आफ्नो हृदयमा आनन्द बोध र सन्तुष्टि पनि अनुभव गरेँ, र आफ्नो काममा केही वास्तविक सीपहरू बटुलेँ। मलाई परमेश्‍वरका वचनअनुसार जिउनु साँच्चै राम्रो हो, र म एक मूल्यवान् र मर्यादित जीवन जिउँदै छु भन्ने लाग्छ!

अघिल्लो: ३५. अमिट पश्चाताप

अर्को: ३७. “कसैलाई योग्यताका लागि नभए पनि परिश्रमका लागि श्रेय दिनुपर्छ” भन्‍ने राय सत्यताअनुरूप छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्