३३. म अब उप्रान्त अगुवा बन्न प्रतिस्पर्धा गर्दिनँ

फेङ्गसियान, चीन

२०१६ मा, म मण्डलीमा लेखन-पठनको कामका लागि जिम्मेवार थिएँ। त्यस समय, एउटा निश्चित कामका परिणामहरू निरन्तर खराब आइरहेका थिए, त्यसैले अगुवाले मलाई तुरुन्तै त्यसको अनुगमन गर्न भन्नुभयो। परमेश्‍वरमा भर पर्दै र सिद्धान्तहरू अध्ययन गर्नमा वास्तविक मेहनत लगाएपछि, मैले चाँडै नै काममा सुधार देखेँ। पछि, अर्को काममा समस्याहरू आए, र अगुवाले फेरि मलाई त्यसको जिम्मेवारी लिएर समाधान गर्न भन्नुभयो। यो सुनेर म धेरै खुसी भएँ। अगुवाले सबै गाह्रा कामहरू मलाई सुम्पनुभएको देखेर, मैले आफूलाई एक दुर्लभ प्रतिभाशाली व्यक्ति र हाम्रो मण्डलीकी एक खम्बा ठानेँ।

पछि, हाम्रो मण्डलीले एक जना अगुवा चुन्न लागेको थियो, र मैले सोचेँ, “के म यस पटक अगुवामा निर्वाचित हूँला त? हाल, मैले लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेकी छु, जसले मलाई अलग देखिन वा कुनै हैसियत प्राप्त गर्न दिँदैन। यदि म अगुवामा चुनिन सकेँ भने, कुरा अर्कै हुने थियो। मसँग हुकुम चलाउने र निर्णय गर्ने अधिकार हुन्थ्यो, र ब्रदर-सिस्टरहरू आफ्ना समस्या र कठिनाइहरू लिएर मकहाँ आउने थिए। त्यो गौरवपूर्ण हुने थिएन त! म स्कुलमा पढ्दा, म कक्षाको मनिटर बन्न चाहन्थेँ, तर त्यो इच्छा कहिल्यै पूरा भएन। यदि म मण्डलीमा अगुवामा चुनिन सकेँ भने, यसले मेरो क्षमता प्रमाणित गर्ने र मेरो सपना पूरा गर्ने थियो।” त्यसपछि, म आफ्नो कर्तव्यमा विशेष लगनशील भएँ, र ब्रदर-सिस्टरहरूको कुनै पनि स्थिति समाधान गर्न सक्रिय रूपमा सङ्गति गरेँ। जब मैले उनीहरूको अनुमोदन पाएँ, म धेरै खुसी भएँ, चुनावको बेला उनीहरूले मलाई भोट देलान् भन्‍ने आशा गरेँ। म एकदमै दुःखी भएँ। पछि, मैले ब्रदर-सिस्टरहरूले के भनेको सुनेँ भने उनीहरूले म अपरिपक्व र ममा जीवन प्रवेशमा गहिराइको कमी महसुस गरेकाले नचुनेका हुन्। त्यसैले मैले आफूलाई कसरी अझ परिपक्व र स्थिर देखाउने भनेर तुरुन्तै सोच्न थालेँ। मैले जीवन प्रवेशको सन्दर्भमा, अझ धेरै सिक्ने र आफूलाई सुसज्जित पार्ने आशामा, दैनिक जीवनमा सत्यता अभ्यास गर्नमा ध्यान दिँदै, मानिसहरूको प्रकृति सारलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका थप वचनहरू पढेँ, ताकि सबैले मेरो प्रगति र परिवर्तन देख्न सकून् र अर्को चुनावमा मलाई भोट दिऊन्।

तर, पछि पनि म धेरै पटक चुनिन असफल भएँ। विशेष गरी, एउटा चुनावको नतिजामा सिस्टर सियु अगुवामा चुनिइन्। यो सुनेर म धेरै छक्क परेँ, र सोचेँ, “उनको क्षमता र कार्य क्षमता सामान्य छ। कसरी धेरैजसो ब्रदर-सिस्टरहरूले उनलाई भोट दिए? उनी कुन कुरामा मभन्दा बढी कुसल छिन् र?” मलाई ईर्ष्या र विद्रोहको महसुस भयो, र प्याच्च भनिहालेँ, “उनी सक्षम छिन् र?” जिज्ञासावश, सिस्टरहरू सबैले मलाई सोधे, “तपाईं उनलाई राम्ररी चिन्नुहुन्छ र?” नसोचिकनै, मैले भनेँ, “मैले पहिले उनीसँग काम गरेकी छु। मलाई लाग्छ उनको क्षमता र कार्य सामर्थ्य सामान्य छ, र उनले कुनै राम्रो अनुभवात्मक गवाही लेखहरू लेखेको मैले देखेकी छैन। मलाई त उनको जीवन प्रवेश छ भन्नेमै शङ्का लाग्छ।” यो सुनेपछि, सिस्टरहरू सबैले भने, “यदि तपाईं उनलाई राम्ररी चिन्नुहुन्छ र उनी उपयुक्त छैनन् भन्ने लाग्छ भने, तपाईंले कुरा उठाउनुपर्छ। मण्डलीको अगुवाइ विशेष महत्त्वपूर्ण हुन्छ; हामीले सही व्यक्तिहरू चुन्नुपर्छ।” ब्रदर-सिस्टरहरू सबै यसबारे छलफल गर्न थाले। भोलिपल्ट, मसँग सहकार्य गर्ने सिस्टरले मलाई कठोरतासाथ काटछाँट गर्दै, भनिन्, “हिजो तपाईंले भनेको कुरा अगुवा र कामदारहरूमाथि न्याय गरे सरह भयो। सियुको जीवन प्रवेश गहिरो नभए तापनि, उनको क्षमता राम्रो छ, हृदय सही छ, र उनी सत्यताका लागि प्रयास गर्छिन्, साथै उनी कामको बोझ बोक्छिन्। तपाईंले उनलाई सिद्धान्तको आधारमा मापन गर्नुभएन वा उनको वर्तमान कामगराइबारे विचार गर्नुभएन, बरु उनका विगतका कमी-कमजोरीहरूमै अल्झिनुभयो। तपाईंले त्यस्तो गोप्य उद्देश्य राखेर बोल्दा ब्रदर-सिस्टरहरू सियुप्रति पूर्वाग्रही भएका छन्, मानौं मण्डलीले गलत व्यक्ति चुनेको छ। यसको प्रकृति निकै गम्भीर छ र यो चुनाव बिथोल्नुसरह हो। तपाईंले यसबारे राम्ररी चिन्तन गरेर बुझ्नुपर्छ!” ती सिस्टरका कुरा सुनेर, मेरो अनुहार पोल्न थाल्यो। अगुवा र कामदारहरूको न्याय गर्ने प्रकृतिले बाधा पुऱ्याइरहेको र उनीहरूलाई कमजोर बनाइरहेको छ, र यो एउटा दुष्ट कार्य हो भनी सोच्दा, म केही डराएँ। मैले अब उप्रान्त मौखिक रूपमा न्याय गर्ने आँट गरिनँ, तर हृदयले भने अझै पनि समर्पित हुन मानेन।

एक पटक भेलाको समयमा, अगुवाले सङ्गति गर्दै गर्दा, मैले सबैको ध्यान उहाँतिरै केन्द्रित भएको देखेँ। त्यस क्षण, मलाई अगुवाबाट ज्योति निस्किरहेको जस्तो लाग्यो, र मैले कल्पना गरेँ म पनि अगुवा हुन पाएकी भए कत्ति राम्रो हुन्थ्यो होला! मैले झ्यालबाहिर हेरेँ, मेरो नाक थर्र काँप्यो र मैले झण्डै-झण्डै आँसु झारेँ। सोचेँ, “मैले परमेश्‍वरमा विश्वास गर्न थालेदेखि कहिल्यै अगुवा बनेकी छैन। मैले यो अवसर किन पाएकी छैन? मैले अहिलेसम्म राम्रै गर्दै आएकी छु, तर पनि म अगुवा बन्न पाउँदिनँ।, परमेश्‍वर मप्रति अन्यायी हुनुहुन्छ! मैले यसरी नै पछ्याइरहनुको के अर्थ छ र?” त्यस अवधिभर, म एकदमै निराश र उदास भएँ। मलाई न त परमेश्‍वरको नजिक हुन मन लाग्यो, न त उहाँलाई आफ्नो मनको बह पोख्न नै। ब्रदर-सिस्टरहरूलाई खराब स्थितिमा देख्दा पनि, मैले उनीहरूलाई सङ्गति गरेर मद्दत गर्न चाहिनँ। म अझै पनि सियुलाई तुच्छ ठान्थेँ, उनको बुद्धि, क्षमता, र कार्य कुशलता मेरोभन्दा कम मान्थेँ। “म किन अगुवा चुनिन सक्दिनँ?” मैले सोचेँ। थाहै नपाई, मैले मेरो असन्तुष्टि आफ्नो परिवारको अगाडि पोखेँ। मैले आफूलाई पटक्कै नचिनेको देखेर, उनीहरूले मलाई काटछाँट गर्दै भने, “तिमी हैसियतको पछ्याइरहेकी छ्यौ, र जति तिमी यसको पछि लाग्छ्यौ, त्यति नै यो तिमीबाट टाढा भाग्नेछ!” मैले विद्रोही भएर भनेँ, “कुन आधारमा?” त्यो भनेपछि, म डराएँ: के म खुलेआम चर्को स्वरले परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ र? मैले थप केही भन्ने आँट गरिनँ।

एक पटकको भेलामा, मैले सधैँ अगुवा बन्न चाहने आफ्नो महत्वाकाङ्क्षा र इच्छाको स्थितिको इमानदारीपूर्वक खुलासा गरेँ। एक जना सिस्टरले मलाई मद्दत गर्न आफ्नो अनुभवबारे सङ्गति गर्नुभयो। र उहाँले भन्नुभयो, “हामी प्राय: आफूलाई अरूभन्दा बढी क्षमतावान ठान्छौँ, र उनीहरू अगुवा बन्न सक्छन् भने हामी किन सक्दैनौँ भनेर सोच्छौँ, विद्रोही र असन्तुष्ट महसुस गर्दै उनीहरूको पछाडि उनीहरूको आलोचना समेत गर्छौँ। यसको प्रकृति परमेश्‍वरको विरोध गर्नु र उहाँको विरुद्धमा कराउनु हो।” ती सिस्टरको सङ्गति सुनेर, मैले आफ्नै बारेमा चिन्तन गरेँ। म यतिका समयसम्म अगुवामा चुनिएकी थिइनँ, र आफ्नो हृदयमा विद्रोही नै रहेँ, अनि परमेश्‍वरसँग “तपाईंले मलाई के आधारमा अगुवा बन्न दिनुहुन्न?” भनेर विवाद गरेँ। यही “के आधारमा” भन्‍नु नै मैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन अस्वीकार गर्नु, र परमेश्‍वरको विरोध गर्नु अनि उहाँको विरुद्धमा कराउनु थियो। एक भ्रष्ट व्यक्तिको रूपमा, मैले परमेश्‍वरबाट जे-जस्तो व्यवहार पाएँ, म त्यसकै लायक थिएँ। त्यसबाहेक, अगुवाहरू त ब्रदर-सिस्टरहरूद्वारा चुनिएका थिए; मैले लगातार चुनिन असफल भएकोमा आफैमाथि चिन्तन नगर्ने मात्र होइन, परमेश्‍वरको विरोध गरेँ र उहाँसँग तर्क पनि गरेँ। म साँच्चै समझविहीन रहेछु! अगुवाले मेरो समस्या पनि औँल्याउनुभयो, “तिमी आफ्नो हैसियत पछ्याउनका लागि कर्तव्य निर्वाह गर्छ्यौ, त्यो नपाउँदा नकारात्मक र प्रतिरोधी बन्छ्यौ। तिमी ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छ्यौ, त्यसैले कसैले पनि तिमीलाई अगुवाको रूपमा चुन्ने आँट गर्दैन।” अगुवाले भनेको हरेक शब्दले मेरो हृदय छेड्यो। मलाई धेरै दुःख र पश्चात्ताप लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अहिले धेरै डराएकी छु। मेरो हैसियतको पछ्याइले तपाईंलाई घृणा उत्पन्न गराउँछ। कृपया ममाथि कृपा गर्नुहोस्। मलाई मेरो भ्रष्ट स्वभाव चिनाइदिनुहोस् ताकि म तपाईंसँग विवाद र तपाईंको विरोध गर्न छोड़ूँ।” घर फर्केर, मैले हैसियत पछ्याइको खुलासा गर्ने परमेश्‍वरका वचनहरू खोजेँ। मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरबारे गलतफहमी वा कल्पना भएकाहरू, वा उहाँबाट अत्यधिक चाह वा माग गर्नेहरू आफ्नो कर्तव्य निर्वाह गर्दा अत्यन्तै दूषित हुन्छन्। तिनीहरू प्रतिष्ठा, हैसियत र इनाम चाहन्छन् र यदि कुनै ठूलो इनाम तिनीहरूबाट अझै पनि टाढा र ओझेल छ भने, तिनीहरूले यसो सोच्नेछन्, ‘यसलाई मैले तुरुन्तै पाउन नसक्ने भएकोले मैले केवल प्रतीक्षा र धैर्य गर्नुपर्नेछ। तर सुरुमा अहिले मैले थोरै भए पनि लाभ वा कम्तीमा केही हैसियत पाउनुपर्छ। म सबभन्दा पहिले मण्डलीमा अगुवा बन्न, दर्जनौँ मानिसको जिम्मा लिन लागिपर्नेछु। मानिसहरू सधैँ आफू वरपर झुम्मिनु त निकै आकर्षक हुन्छ।’ त्यसैले परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको यो अशुद्धता देखा पर्छ। जब तैँले कुनै पनि कर्तव्य निर्वाह गरेको हुँदैनस् वा परमेश्‍वरको घरका लागि कुनै व्यावहारिक कार्य गरेको हुँदैनस्, तब तँलाई आफू अयोग्य भएको महसुस हुनेछ र तँमा यी कुराहरू उत्पन्न हुनेछैनन्। तर जब तँ केही गर्न सक्षम हुन्छस्, र आफू अधिकांश मानिसहरूभन्दा अलिक उच्च भएको, केही धर्मसिद्धान्त प्रचार गर्न सक्षम रहेको महसुस गर्छस्, तब यी कुराहरू उत्पन्न हुनेछन्। उदाहरणका लागि, कुनै अगुवा चुनिँदै गर्दा, यदि तैँले परमेश्‍वरमा एक-दुई वर्षदेखि मात्र विश्‍वास गरेको छस् भने तैँले आफ्नो कद सानो रहेको, आफू कुनै पनि प्रवचन दिन असमर्थ रहेको र आफू योग्य नभएको ठान्नेछस्, त्यसैले तँ चुनावको बेला पछि हट्नेछस्। तैँले तीन देखि पाँच वर्ष विश्‍वास गरिसकेपछि, केही आत्मिक धर्मसिद्धान्त प्रचार गर्न सक्नेछस्, त्यसैले फेरि कुनै अगुवा चुन्ने समय आउँदा, सक्रिय भएर त्यो पदको लागि पहल गर्दै यसरी प्रार्थना गर्नेछस्, ‘हे परमेश्‍वर, मैले एउटा बोझ उठाएको छु, म एउटा मण्डली अगुवा बन्न र तपाईँका अभिप्रायको ख्याल गर्न इच्छुक छु। तर म चुनिए पनि वा नचुनिए पनि, सधैँ तपाईँको बन्दोबस्तमा समर्पित हुन इच्छुक छु।’ तैँले आफू समर्पित हुन इच्छुक रहेको त भन्‍नेछस्, तर हृदयमा यस्तो सोच्नेछस्, ‘तर तपाईँले मलाई अगुवा बन्ने मौका दिनुभयो भने त धेरै राम्रो हुनेथ्यो!’ यदि तेरो माग यस्तो छ भने, के परमेश्‍वरले त्यो पूरा गर्नुहुनेछ त? पक्कै गर्नुहुनेछैन, किनभने तेरो यो माग जायज छैन, यो त विलासी चाहना हो। तैँले परमेश्‍वरको बोझको ख्याल गर्न अगुवा बन्न चाहन्छु भने पनि, यसलाई आफ्नो भनाइ सही ठहर्‍याउने बहानाको रूपमा प्रयोग गर्दा, र यो सत्यताअनुरूप छ भन्ठान्दा, जब परमेश्‍वरले तेरो माग पूरा गर्नुहुन्न, तब तैँले के सोच्नेछस्? तैँले कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्नेछस्? (म परमेश्‍वरलाई गलत रूपमा बुझ्नेछु, र मैले केवल उहाँको बोझ उठाउन खोज्दा उहाँले किन मलाई सन्तुष्ट पार्नुभएन भनेर सोच्नेछु। म नकारात्मक, प्रतिरोधी हुनेछु र गुनासो गर्नेछु।) तँ नकारात्मक हुनेछस् र यस्तो सोच्नेछस्, ‘तिनीहरूले चुनेका व्यक्तिले मैले जति लामो समय परमेश्‍वरमा विश्‍वास गरेको छैन, ऊ मजति शिक्षित छैन र उसको क्षमता मेरो भन्दा कमजोर छ। म प्रवचन पनि दिन सक्छु, त्यसैले ऊ कसरी मभन्दा राम्रो भयो?’ तँ सोचेको-सोच्यै हुनेछस्, तर तैँले पत्ता लगाउन चाहिँ सक्नेछैनस्, त्यसैले तँमा धारणाहरू उत्पन्न हुनेछन् र परमेश्‍वरलाई अधर्मी ठहर्‍याउने छस्। के यो भ्रष्ट स्वभाव होइन र? के तँ अझै पनि समर्पित हुन सक्नेछस्? अहँ, सक्नेछैनस्। यदि तँमा अगुवा हुने यो चाहना नभएको भए, यदि तैँले सत्यता पछ्याउन सकेको भए र तँसँग आत्म-सचेतना भएको भए, तैँले यसो भन्‍ने थिइस्, ‘म साधारण अनुयायी हुँदा पनि ठिकै छु। मसँग सत्यता वास्तविकता छैन, मेरो मानवता औसत छ र म बोल्नमा त्यति सिपालु छैनँ। मसँग केही अनुभव त छ, तर म त्यसबारे बताउन साँच्चै सक्दिनँ। म यसबारे अझ बढी बताउन चाहन्छु तर म तिनलाई राम्ररी व्याख्या गर्नै सक्दिनँ। यदि म धेरै बोलेँ भने मानिसहरू मेरो कुरा सुनेर दिक्क मान्न सक्नेछन्। म यो पदका लागि अत्यन्तै अयोग्य छु। म अगुवा हुन उपयुक्त छैनँ र मैले केवल अरूबाट सिक्दै जानुपर्छ, आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ र धरातलमा रहेर सत्यता पछ्याउनुपर्छ। कुनै दिन मसँग कद हुँदा र म अगुवाइ गर्न योग्य हुँदा, मेरा दाजुभाइ र दिदीबहिनीहरूले मलाई चुनेमा म इन्कार गर्नेछैनँ।’ यो सही मनस्थिति हो। … तैँले जेसुकै गरे पनि, आफ्ना इरादा, सुरुवाती बिन्दु, अभिप्राय, लक्ष्य र सबै विचारहरूलाई सत्यताअनुसार चिन्तन गरेर बुझ्नैपर्छ र ती सही छन् कि गलत भनेर निर्धारण गर्नैपर्छ। तँ गलत मार्गमा नलाग्नका निम्ति, परमेश्‍वरका वचनहरू नै यी सबै कुराको जग र आधार हुनुपर्छ। तैँले जे गर्न चाहे पनि वा तैँले परमेश्‍वरसामु जे खोजे, प्रार्थना गरे वा मागे पनि, त्यो जायज र उचित हुनुपर्छ, त्यो प्रस्तुत गर्न सकिने र सबैको अनुमोदन पाउन सक्ने कुरा हुनुपर्छ। सबैको सामुन्ने खुला रूपमा प्रस्तुत गर्न नसकिने कुराहरू खोज्नु वा त्यसका लागि प्रार्थना गर्नुको कुनै अर्थ हुँदैन। तैँले ती कुराहरूका लागि जति प्रार्थना गरे पनि कुनै फाइदा हुनेछैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो साँचो स्थिति थियो। जब मैले सुरुमा परमेश्‍वरमा विश्वास गरेँ, ममा अगुवा बन्ने कुनै इच्छा थिएन, किनकि मलाई आफ्नो कद सानो छ र आफू अयोग्य छु लाग्थ्यो। तर मैले समयसँगै आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा, मैले केही आत्मिक धर्मसिद्धान्तहरू बताउन सकेँ र आफ्नो काममा केही परिणामहरू देखेँ, त्यसपछि, मैले आफूसँग राम्रो क्षमता र पुँजी छ, मण्डलीमा म एक दुर्लभ प्रतिभाशाली व्यक्ति हुँ, र म अगुवामा चुनिनुपर्छ भन्ने सोचेँ। यसकारण, हरेक चुनावले मलाई उत्सुक बनाउँथ्यो र मैले अगुवा चुनिनका लागि सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्थेँ। तर, जब म चुनिइनँ, मेरा घृणित अभिप्रायहरू पूर्ण रूपमा प्रकट भए। मैले समस्याहरू पत्ता लाग्दा पनि तिनको समाधान नगरेर, आफ्नो कर्तव्यप्रतिको बोझ गुमाउने मात्र होइन, मैले ईर्ष्या र घृणा महसुस गर्दै नयाँ चुनिएकी अगुवाको आलोचना समेत गरेँ, र मनमनै परमेश्‍वरप्रति गुनासो समेत गरेँ, परमेश्‍वरले पक्षपाती बन्दै मेरो प्रतिभालाई दबाउनुभएको भन्ने विश्वास गरेँ। मैले आफूमा परमेश्‍वरप्रति अलिकति पनि समर्पण वा डर मान्ने हृदय नभएको देखेँ, र मेरा दुष्ट कार्यहरू हैसियत पछ्याइका कारणले भएका थिए। यदि मेरो अभिप्राय साँच्चै मण्डलीको कामको रक्षा गर्नु थियो भने, एक साधारण विश्वासीको रूपमा पनि, मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्न र आफ्नो मुख्य काम शान्तिपूर्वक राम्ररी गर्न सक्थेँ। तथ्यहरूले के देखाए भने मेरा कार्यहरूको स्रोत र सुरुवाती बिन्दु दुवै हैसियतका लागि थिए। म त केवल अगुवा बनेर मानिसहरूलाई आफ्नो वरिपरि घुमाउन चाहन्थेँ, र “अधिकारी” बन्ने मेरो महत्वाकाङ्क्षा र इच्छा पूरा गर्न चाहन्थेँ। यस्तो अभिप्राय राखेर आफ्नो कर्तव्य निर्वाह गर्दा, म अगुवामा नचुनिने मात्र होइन, मैले आफ्नो मुख्य काम पनि राम्ररी गर्न सकिनँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्नुहुन्छ: “परमेश्‍वरसम्‍बन्धी मानिसका सबै भ्रमहरू किन पैदा हुन्छन्? मानिसहरूले आफ्ना क्षमता मापन गर्न नसक्ने हुनाले ती पैदा हुन्छन्; स्पष्ट रूपमा भन्दा, तिनीहरूलाई परमेश्‍वरको नजरमा तिनीहरू कस्ता चिज हुन् भन्‍ने थाहा हुँदैन। तिनीहरूले आफैलाई अत्यन्तै उच्‍च आँक्छन् र परमेश्‍वरको नजरमा आफ्‍नो स्थान अत्यन्तै उच्‍च रहेको अनुमान गर्छन्, र तिनीहरू आफूले व्यक्तिको मूल्य र पूँजी ठानेका कुरालाई नै सत्यताका रूपमा हेर्छन्, त्यसलाई नै त्यो मानकका रूपमा हेर्छन् मान्छन् जसको आधारमा तिनीहरूले मुक्ति पाउनेछन् कि पाउनेछैनन् भनी परमेश्‍वरले मापन गर्नुहुन्छ। यो गलत हो। परमेश्‍वरको हृदयमा तेरो निम्ति कस्तो स्थान छ, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ, र परमेश्‍वरको नजिक जाँदा तैँले अपनाउनुपर्ने उचित अधिष्ठान के हो भन्‍ने कुरा तैँले जान्‍नैपर्छ। तैँले यो सिद्धान्त जान्‍नुपर्छ; यसरी तेरा विचारहरू सत्यता र परमेश्‍वरका विचारहरूसँग मिल्नेछन्। तँमा यो समझ हुनैपर्छ अनि तँ परमेश्‍वरमा समर्पित हुन सक्षम हुनैपर्छ; उहाँले तँलाई जस्तोसुकै व्यवहार गर्नुभए पनि तँ समर्पित हुनैपर्छ। त्यसपछि तँ र परमेश्‍वरबीच कुनै विरोधाभास बाँकी रहनेछैन। अनि परमेश्‍वरले तँलाई फेरि उहाँकै शैलीमा व्यवहार गर्दा, के तँ समर्पित हुन सक्नेछैनस् र? के तैँले अझै पनि परमेश्‍वरसँग प्रतिस्पर्धा र उहाँको विरोध गर्नेछस् र? गर्नेछैनस्। तँलाई हृदयमा अलिअलि असहजता महसुस भए पनि, वा तँलाई परमेश्‍वरले तैँले चाहेजस्तो व्यवहार नगरेको झैँ लागे पनि, र उहाँले तँलाई किन त्यसरी व्यवहार गर्नुहुन्छ भनेर तैँले नबुझे पनि, तैँले थोरबहुत सत्यता बुझिसकेको र केही वास्तविकताहरू प्राप्त गरिसकेको, अनि तँ आफ्नो उचित स्थानमा अडिग हुन सक्ने भएको हुनाले, तँ उप्रान्त परमेश्‍वरविरुद्ध लड्नेछैनस्, जसको अर्थ तेरो विनाश गराउने तेरा व्यवहारहरू बाँकी रहनेछैनन्। अनि के तँ त्यसपछि सुरक्षित हुनेछैनस् र? एकपटक सुरक्षित भएपछि तँलाई स्थिर महसुस हुनेछ, जसको अर्थ तँ पत्रुसको मार्गमा हिँड्न थालेको छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति मानिसमा हुनुपर्ने मनोवृत्ति)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले महसुस गरेँ परमेश्‍वरप्रतिको मेरो गलत बुझाइ र मूल्याङ्कन, अनि मेरो गम्भीर अपराध, मेरो अत्यधिक अहङ्कारी प्रकृति र आफूलाई बढी आँकेका कारणले थियो। मैले सोचेकी थिएँ मैले थोरै समय मात्र परमेश्‍वरमा विश्वास गरेकी भए पनि, मसँग क्षमता र कार्य सामर्थ्य थिए, सधैँ सुपरिवेक्षक बनेकी थिएँ, र कुनै महत्त्वपूर्ण काम हुँदा, अगुवाहरूले मलाई सम्झनुहुन्थ्यो। मैले आफूलाई मण्डलीमा एक दुर्लभ प्रतिभाशाली व्यक्तिको रूपमा हेरेँ, त्यसैले म अगुवाहरूका बीचमा हुनुपर्छ भन्ने विश्वास गर्थेँ। जब मेरा महत्त्वाकांक्षाहरू र इच्छाहरू पूरा भएनन् र मैले धेरै चुनावहरू हारेँ, मैले गुनासो गरेँ र परमेश्‍वर पक्षपाती हुनुहुन्छ भनी सोचेँ, अनि परमेश्‍वरसँग निरन्तर प्रतिस्पर्धा गरिरहेँ। मैले आफूमा आत्म-सचेतनाको कमी रहेको र म आफ्नै क्षमताहरू मापन गर्न सक्दिनँ भन्ने थाहा पाएँ। मैले परमेश्‍वरमा विश्वास गरेको थोरै समय मात्र भएको थियो र मसँग कुनै कार्य अनुभव थिएन। मैले केही पेसागत सीपहरू बुझेकी भए पनि, म धेरै सत्यता सिद्धान्तहरूबारे स्पष्ट थिइनँ। हरेक पटक जब मलाई कठिनाइहरू आइपर्थ्यो, म इमानदारीपूर्वक परमेश्‍वरलाई प्रार्थना गर्थेँ र सिद्धान्तहरू खोज्थेँ। जब मेरो अभिप्राय सही हुन्थ्यो, मैले कतिपय कुराहरू थाहै नपाई बुझ्न सक्थेँ, जुन पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन थियो। तर परमेश्‍वरलाई धन्यवाद दिनुको सट्टा, मैले यी कुराहरूलाई पुँजीको रूपमा लिँदै, आफूसँग राम्रो क्षमता र कार्य दक्षता छ भनेर घमण्ड गरेँ, र अगुवाको कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने ठानेँ। म साँच्चै समझ र आत्म-सचेतनाविहीन रहेछु। सोही समयमा, मैले यो पनि महसुस गरेँ मण्डलीका अगुवा र कामदारहरू चुनिनका लागि, उनीहरूमा कम्तिमा पनि सही हृदय र राम्रो मानवता हुनुपर्छ, र उनीहरूले सत्यता पछ्याउनुपर्छ। तर, म हैसियतको पछि लागिरहेकी थिएँ, र परमेश्‍वरले मेरा महत्वाकाङ्क्षाहरू र इच्छाहरू पूरा नगर्नुभएका धेरै चुनावमा असफल हुँदा, म नकारात्मक भएँ र उहाँको विरोध गरेँ, पद नपाउँदा मैले आफ्नो कर्तव्यप्रतिको बोझ गुमाएँ। म सत्यता पछ्याउने मार्गमा हिँडिरहेकी थिइनँ र साँच्चै अगुवा बन्ने शर्तहरू पूरा गरिनँ। ब्रदर-सिस्टरहरूले मलाई नचुन्नु सही थियो। यसले मलाई परमेश्‍वरले सबै कुरा जाँचिरहनुभएको छ भन्ने कुरा पनि देखायो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, र निरन्तर अगुवा बन्न चाहने मेरो समस्याबारे केही थप बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरको घरको काममा बाधा र अवरोध पुर्याउने यो प्रकृतिसित हैसियतको लागि प्रतिस्पर्धा गर्नुका कस्ता प्रकटीकरणहरू सम्बन्धित छन्? सबैभन्दा आम प्रकटीकरणचाहिँ, मण्डलीमा हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गर्नु हो, र यो प्रकटीकरण मुख्य गरी अगुवाहरूलाई बदनाम र निन्दा गर्नको लागि उनीहरूका निश्‍चित कुराहरू र त्रुटिहरूलाई प्रयोग गर्ने र उनीहरूको भ्रष्टताका प्रकटीकरणहरू र असफलताहरू, र उनीहरूको मानवता र क्षमतामा भएका कमीकमजोरी, विशेष गरी उनीहरूले आफ्ना काममा वा मानिसहरूलाई सम्हाल्दा भएका विचलन र गरेका गल्तीहरूलाई जानीजानी खुलासा गर्ने कार्यहरू मार्फत् प्रकट हुन्छन्। हैसियतको लागि मण्डली अगुवाहरूसित प्रतिस्पर्धा गरिने प्रकटीकरणमध्ये, यो सबैभन्दा आम रूपमा देखिने र सबैभन्दा स्पष्ट प्रकटीकरण हो। यसअलावा, मण्डली अगुवाहरूले आफ्नो काम जति नै राम्ररी गर्ने भए पनि, चाहे तिनीहरूले सिद्धान्तअनुसार कार्य गरून् वा नगरून्, चाहे तिनीहरूको मानवतामा समस्या होस् कि नहोस्, यी मानिसहरूले यी कुराहरूबारे वास्ता गर्दैनन् र यी अगुवाहरूप्रति अवज्ञाकारी हुन्छन्। किन तिनीहरू अवज्ञाकारी हुन्छन्? किनभने तिनीहरू मण्डली अगुवा बन्‍न चाहन्छन्—यो तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना हो, र यही कारणले गर्दा तिनीहरू अवज्ञाकारी हुन्छन्। मण्डली अगुवाहरूले जसरी काम गरे पनि वा जसरी समस्या सम्हाले पनि, तिनीहरू सधैँ अगुवाहरूको गल्ती खोतल्छन्, आलोचना र निन्दा गर्छन्, र सानो कुरालाई ठूलो पार्न हदै पार गर्छन्, तथ्यहरूलाई बङ्ग्याउँछन् र तिललाई जति सक्दो ठूलो बनाउँछन्। यी अगुवाले सिद्धान्तअनुसार काम गर्छन् कि गर्दैनन्, तिनीहरू सच्चा मानिसहरू हुन् कि होइनन्, तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन्, अनि तिनीहरूमा विवेक र समझ छ कि छैन भनेर मापन गर्न अगुवाहरू र कामदारहरूको लागि परमेश्‍वरको घरले तय गरेका मापदण्डहरू तिनीहरूले प्रयोग गर्दैनन्। तिनीहरूले यी सिद्धान्तहरू अनुसार अगुवाहरूको मूल्याङ्कन गर्दैनन्। त्यसको सट्टा, तिनीहरूका आफ्नै अभिप्राय र उद्देश्यको आधारमा बारम्बार सानातिना गल्ती खोतल्ने र कुरा बनाएर गुनासो गर्छन्, अगुवाहरू वा कामदारहरूका विरुद्धमा प्रयोग गर्नका लागि समस्याहरू पत्ता लगाउँछन्, उनीहरूले गर्ने तर सत्यतासँग नमिल्ने कामहरू गरेको बारेमा उनीहरूको पिठ्यूँपछाडि अफवाह फैलाउने वा उनीहरूका कमीकमजोरीको खुलासा गर्ने काम गर्छन्। … यो सब गर्नुपछाडिको तिनीहरूको उद्देश्य के हो? यो मानिसहरूलाई सत्यता बुझ्न र झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई चिन्‍न मद्दत गर्नु होइन, न त मानिसहरूलाई परमेश्‍वरअघि डोर्‍याउनु नै हो। बरु, यो त अगुवाहरू र कामदारहरूलाई हराउनु र ढाल्‍नु हो ताकि सबैले तिनीहरूलाई नै अगुवाको रूपमा सेवा गर्ने सबैभन्दा उपयुक्त उम्मेदवारको रूपमा हेरून्। यो विन्दुमा, तिनीहरूको उद्देश्य हासिल हुनेछ, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई अगुवाको रूपमा मनोनयन गरुन्जेल कुर्नु मात्रै पर्नेछ। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? तिनीहरूको स्वभाव कस्तो हुन्छ? यी व्यक्तिहरू स्वभावमा क्रूर हुन्छन्, तिनीहरूले सत्यतालाई पटक्‍कै प्रेम गर्दैनन्, र तिनीहरूले यसलाई अभ्यास पनि गर्दैनन्; तिनीहरूले शक्ति लिन मात्रै चाहन्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१४))। परमेश्‍वरले के कुरा खुलासा गर्नुहुन्छ भने हैसियतका लागि प्रतिस्पर्धा गर्नेहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ, र उनीहरूमा सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन र उनीहरूको मानवता कमजोर हुन्छ। आफ्नो व्यवहारबारे चिन्तन गर्दा, म शक्तिप्रतिको मेरो महत्वाकाङ्क्षा र इच्छाले अभिभूत भएकी थिएँ, आफ्नो उचित कर्तव्यलाई बेवास्ता गर्दै लगातार हैसियतका लागि प्रतिस्पर्धा गरिरहेकी थिएँ, साथै अगुवालाई न्याय गर्दै थिएँ र मण्डलीको चुनावमा बाधा पुऱ्याउँदै थिएँ। सियु अगुवामा चुनिएको देख्दा, मण्डलीको कामको रक्षा गर्न उनीसँग कसरी सहकार्य गर्ने भनेर सोच्नुको सट्टा, म विद्रोही र क्रोधित भएकी थिएँ, उनलाई तुच्छ ठान्दै र हेला गर्दै, अनि गलत उद्देश्यले उनको आलोचना गर्दै थिएँ, ब्रदर-सिस्टरहरूले सियुलाई मभन्दा कम सक्षम र अगुवाको कर्तव्यमा अयोग्य देखून्, भन्ने आशा गरेँ ताकि मलाई चुनिने मौका मिलोस्। यसले अन्ततः ब्रदर-सिस्टरहरूमा सियुप्रति नकारात्मक धारणा सिर्जना गराएको थियो, जसले मण्डलीको चुनावमा बाधा पुऱ्याएको थियो। ती सिस्टरको काटछाँटपछि, मैले मण्डलीमा अब उप्रान्त जथाभावी न्याय गर्ने आँट नगरे पनि, मेरो भित्री विद्रोह समाधान भएको थिएन, र मैले आफ्नो परिवारको अगाडि रिस पोख्न जारी राखेकै थिएँ, म साँच्चै अलिकति पनि समझ नभएकी रहेछु! जब मैले यसबारे सोचेँ, मैले के बुझेँ भने अगुवाको रूपमा चुनिएकाहरू सत्यता पछ्याउने प्रक्रियामा हुन्छन्, र उनीहरू सबैमा आ-आफ्ना कमजोरी र अपर्याप्तताहरू हुन्छन्। यदि मेरो हृदय सही थियो र म मण्डलीको हितको रक्षा गर्ने व्यक्ति थिएँ भने, मैले कुनै अगुवाको कमीकमजोरी देख्दा उनलाई तुच्छ ठान्ने वा हेला गर्ने थिइनँ, बरु उनीसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य गर्थेँ, ताकि हामीले एकअर्काको सबलता र कमजोरीहरूलाई परिपूर्ति गर्न सकौँ। मानवता भएको व्यक्तिले यस्तै गर्ने थियो। मैले मण्डलीबाट निष्कासित गरिएका ती दुष्ट मानिसहरूको बारेमा सोचेँ। आफ्नो हैसियतका लागि प्रतिस्पर्धा गर्ने क्रममा उनीहरूले हरेक अवसरमा अगुवाहरूको विरोध गरेका थिए, अक्सर खोट निकाल्ने, र उनीहरूको पिठ्यूँ पछाडि फाटो ल्याउने काम गर्दै, ब्रदर-सिस्टरहरूमा अगुवाहरूप्रति पूर्वाग्रह उत्पन्न गराएका थिए, जसले अन्ततः मण्डलीको काममा बाधा-अवरोध अनि उनीहरूको निष्कासनलाई निम्त्याएको थियो। यो कुरा बुझेपछि, म एकदमै डराएँ, मलाई थाहा भयो यदि मैले पश्चात्ताप गरिनँ भने, म पनि ती दुष्टहरूजस्तै परमेश्‍वरद्वारा प्रकट गरिनेछु र हटाइनेछु। मैले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँको कृपा र मुक्तिको लागि अनुरोध गरेँ। त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू सम्झेँ: “हैसियत नहुनु नै तेरो सुरक्षा हो। साधारण अनुयायीका रूपमा, तैँले ठूलो दुष्टता गर्ने मौका कहिल्यै नपाउन सक्छस् र दण्ड पाइने सम्भावना शून्य हुन सक्छ। तथापि, तैँले हैसियत प्राप्त गर्नेबित्तिकै, तैँले दुष्टता गर्ने सम्भावना सय प्रतिशत पक्का हुन्छ, तैँले दण्ड पाउने सम्भावना पनि त्यति नै हुन्छ, त्यसपछि त तँ बरबाद हुन्छस्, अनि तैँले मुक्ति प्राप्त गर्ने कुनै पनि मौका पूर्ण रूपमा नष्ट गरेको हुनेछस्। यदि तँमा महत्त्वाकाङ्क्षा र चाहनाहरू छन् भने, तैँले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, परमेश्‍वरमा भर पर्नुपर्छ र आत्म-संयम अभ्यास गर्नुपर्छ, र आफ्नो हैसियतको दाबी गर्नु हुँदैन, त्यसपछि तैँले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍नेछस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। चुनावमा आफ्नो बारम्बारको असफलतामाथि चिन्तन गर्दा, मैले त्यसमा परमेश्‍वरको अभिप्राय रहेको बुझेँ। हैसियत प्राप्त गर्ने मेरो इच्छा धेरै बलियो थियो, र मेरो प्रकृति धेरै अहङ्कारी थियो। यदि मैले पद पाएकी भए, मेरो कुरा नसुन्ने वा मेरो हैसियतलाई खतरामा पार्ने जो कोहीलाई पनि मैले दबाउने वा पन्छाउने थिएँ। अन्ततः, मैले धेरै दुष्ट कामहरू गर्नेथिएँ र ख्रीष्टविरोधीजस्तै प्रकटित भई हटाइनेथिएँ। परमेश्‍वरले मलाई हैसियत नदिनु मेरो लागि सुरक्षा थियो भन्ने मलाई लाग्यो। परमेश्‍वरको प्रेम यी घटनाहरूको पछाडि लुकेको थियो, तर मैले उहाँलाई गलत बुझेँ र उहाँविरुद्ध गुनासो गरेँ। मलाई आफ्नो लागि के राम्रो हो भन्ने थाहा थिएन, जसले साँच्चै परमेश्‍वरको चित्त दुखायो। परमेश्‍वरको अभिप्राय बुझेपछि, मैले विशेष आनन्दित र स्वतन्त्र महसुस गरेँ, र परमेश्‍वर र म बीचको तगारो हट्यो।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जब-जब तैँले केही गर्छस्, सन्दर्भ जस्तोसुकै भए पनि, तब-तब तैँले सत्यताको खोजी गर्नैपर्छ, परमेश्‍वरप्रति इमानदार र आज्ञाकारी रहने व्यक्ति बन्‍ने अभ्यास गर्नैपर्छपर्छ, अनि हैसियत र प्रतिष्ठाप्रतिको पछ्याइलाई पन्छ्याएर फाल्नैपर्छ। जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता प्रतिकूल परिणामहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नका लागि समय खेर नफाल्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनु अगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्‍ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले स्मरण र अनुमोदन गर्नुहुनेछ। त्यसो भए, मैले कुन कुरालाई जोड दिने प्रयास गर्दै छु? त्यो हो: तेरा चाहना र महत्त्वाकाङ्क्षाहरूले छिप्पिएर ठूलो विपत्ति ल्याउनुअघि नै तैँले ती कुराहरूबाट आफूलाई मुक्त गर्नुपर्छ। यदि तैँले ती कुराहरू कलिलो अवस्थामा हुँदा नै समाधान गरिनस् भने, ठूलो मौका गुमाउनेछस्; र त्यसले ठूलो विपत्ति ल्याइसकेपछि, ती समाधान गर्न धेरै नै ढिलो भइसकेको हुनेछ। यदि तँसित देहको विरुद्ध विद्रोह गर्ने सङ्कल्पको समेत कमी छ भने, सत्यताको पछि लाग्‍ने मार्गमा हिँड्न तँलाई एकदमै कठिन हुनेछ; यदि तैँले ख्याति, प्राप्ति र हैसियतको पछि लाग्दा रोकावट र असफलता सामना गर्छस् र पनि तेरो होस खुल्दैन भने, यो खतरनाक कुरा हो: सम्भवतः तँ हटाइनेछस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनले मलाई अभ्यासको एउटा मार्ग दिए। हैसियत त्याग्नका लागि सत्यता खोज्नु आवश्यक रहेको मैले देखेँ। जब ममा महत्वाकाङ्क्षा र अभिलाषाहरू पैदा हुन्थे, मैले तिनलाई सत्यता अभ्यास गरेर प्रतिस्थापन गर्नुपर्थ्यो। मैले तुरुन्तै आफ्ना गलत सोच र विचारहरूविरुद्ध विद्रोह गर्नुपर्छ र आफ्ना समस्याहरू समाधान गर्न चाँडै सत्यता खोज्नुपर्छ। मैले के पनि बुझेँ भने परमेश्‍वरले व्यक्तिको परिणामको निर्धारण उसको हैसियत वा पहिचानको आधारमा होइन, बरु उसले कति सत्यता वास्तविकतामा प्रवेश गरेको छ, र उसमा परमेश्‍वरप्रति साँचो समर्पण छ-छैन र परिस्थितिहरू आइपर्दा उहाँका वचनअनुसार जिउन सक्छ-सक्दैन भन्ने आधारमा गर्नुहुन्छ। परमेश्‍वरको अभिप्राय बुझेपछि, म समर्पित हुन तयार भएँ। मलाई लेखन-पठनको कर्तव्य निर्वाह गर्न खटाइएकोले, मैले त्यसलाई स्वीकारेर आज्ञापालन गर्नुपर्छ र व्यावहारिक भएर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ।

२०२३ को मार्चमा, मण्डलीले अगुवाइको पदपूर्तिका लागि अर्को चुनाव गर्‍यो। ममा अझै महत्वाकाङ्क्षाहरू र अभिलाषाहरू थिए, म चुनावमा भाग लिने यो अर्को मौका हो र चुनिन पाए हुन्थ्यो भन्ने सोच्दै थिएँ, मेरो हैसियतको अभिलाषा धेरै बलियो छ, जसले मलाई सजिलै ख्रीष्टविरोधीको मार्गमा डोऱ्याउन सक्छ भन्ने मलाई थाहा थियो। म हैसियतको पछि लागिरहनु हुँदैनथ्यो। मैले आफूलाई रोक्नु र आफ्नो विरुद्ध विद्रोह गर्नु आवश्यक थियो। मैले परमेश्‍वरलाई हैसियतको बन्धनबाट जोगाइदिन प्रार्थना गरेँ। यदि म चुनिएँ भने, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछु। यदि चुनिइनँ भने, म नकारात्मक हुनेछैनँ वा त्यसले आफ्नो कर्तव्यलाई असर गर्न दिनेछैनँ। मसँग पद भए पनि नभए पनि, म समर्पित हुन र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न तयार थिएँ। चुनावको दिन, मेरो मानसिकता नेतृत्वको भूमिकाको लागि मरिमेटेर लड्ने थिएन। मैले हैसियत पछ्याउने आफ्नो अनुभव सङ्गति गरेँ र आफ्नो हैसियतको पछ्याइका कारणले परमेश्‍वरको प्रतिरोध गर्ने आफ्ना अघिल्ला कार्यहरूप्रति मेरो घृणा र दिक्दारी व्यक्त गरेँ। आफ्नो सङ्गतिपछि, म धेरै शान्त महसुस गर्दै त्यहाँ बसेँ। अप्रत्याशित रूपमा, जब चुनावको परिणाम घोषणा गरियो, मैले सबैभन्दा धेरै भोट पाएँ र मण्डलीको अगुवाको रूपमा चुनिएँ। विगतमा भए, म धेरै खुसी हुने थिएँ, तर अब मलाई थाहा भयो यो कर्तव्यले ठूलो जिम्मेवारी बोकेको छ। मैले पदले दिने प्रतिष्ठाको आनन्द लिनु भन्दा पनि, यसलाई एक गह्रुँगो जिम्मेवारीका रूपमा स्वीकारेँ। ममा भएको यो सानो परिवर्तन पूर्ण रूपमा परमेश्‍वरको मुक्तिको कारणले हो भन्ने मलाई थाहा थियो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३२. म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु

अर्को: ३४. आमाको मृत्युको छायाबाट निस्कने प्रयास

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्