३१. म आफ्नो क्षमतालाई सही ढङ्गले लिन सक्छु
२०२३ को अप्रिलमा, म मलजल समूह अगुवा चुनिएँ। नयाँ विश्वासी बढ्दै जान थालेपछि, मैले समूहको समग्र कामको जाँच पनि गर्नुपर्ने भयो। एक दिनको समयले नपुगेको जस्तो लाग्थ्यो। कहिलेकाहीँ ब्रदर-सिस्टरहरूको कामको जाँच गर्दा, नयाँ विश्वासीलाई मलजल गर्ने समय नै कम हुन्थ्यो, र कहिलेकाहीँ नयाँ विश्वासीको मलजललाई प्राथमिकता दिँदा समूहको काम नजिकबाट जाँच गर्न पाउँदिनथेँ। मैले सबै काममा सन्तुलन कहिल्यै मिलाउन सकिनँ। यस अवस्थाले मलाई चिन्तित बनायो, र अगुवाले मेरो कार्यदक्षता राम्रो छैन, क्षमता कमजोर छ भन्लान् भन्ने डर लाग्यो। समूह अगुवाको रूपमा मैले पाएको कर्तव्य अन्यत्रै सारिने पो हो कि भन्नेमा झन् डर लाग्यो। विगतमा मेरो चिनजान भएका ब्रदर-सिस्टरहरूमध्ये, केही अगुवा र केही सुपरिवेक्षक भइसकेका थिए। तर म समूह अगुवा मात्रै भएँ, र अहिले अन्यत्रै सारिने खतरामा थिएँ। मलाई चित्त बुझिरहेको थिएन। के म साँच्चै जीवनभरि यस्तै औसत नै रहने थिएँ त? के मसँग साँच्चै अगुवा वा सुपरभाइजर बन्ने क्षमता नै थिएन त? मैले सम्झेँ, केही ब्रदर-सिस्टरले समयको उचित योजना बनाएर कर्तव्य सीपमा सुधार गर्न सकिने बताएका थिए, र यसले मेरो हृदयमा आशाको किरण जाग्यो। के म पनि आफ्नो कार्यदक्षता सुधार गर्न यो विधि अपनाउन सक्दिनँ र? यसबाहेक, कर्तव्यमा मैले कष्ट सहँदा र मूल्य चुकाउँदा, परमेश्वरले ममाथि कृपा गरी मेरो क्षमता र कार्यदक्षता सुधार गर्नुहुन्न र? यो सोचेर म कदम चाल्न हतारिएँ। मैले हरेक दिनको तालिका बनाएँ, प्रत्येक घण्टा कुन कुन काम गर्दैछु भनेर लैख्दै गएँ, मेरो समयलाई अधिकतम बनाउने सक्दो प्रयास गरिरहेँ। केही समयसम्म मेहनत गरेपछि, मैले मेरो कर्तव्यको नतिजामा कुनै खास सुधार देखिनँ। त्यो समयमा म निकै निराश भएँ; मैले किन सुधार गर्न सकिनँ? परमेश्वरले किन अरू ब्रदर-सिस्टरहरूमाथि कृपा गरी असल क्षमता दिएर तिनीहरूलाई अगुवा र सुपरिवेक्षकजस्ता कर्तव्यका लागि योग्य बनाउनुभयो? मेरो हकमा भने, यति लामो समयसम्म मैले मेहनत गरेकी थिएँ, र पनि समूह अगुवा मात्रै हुनु कठिन थियो। के साँच्चै परमेश्वरको ममाथि कृपा थिएन र? खास गरी, मेरो कर्तव्यमा समस्या देखिँदा वा नतिजा खराब हुँदा, मलाई झन् उदास र नकारात्मक महसुसु हुन्थ्यो। मलाई चाँडै बर्खास्त गरिन्छ होला भन्ने लाग्न थाल्यो। एक पटक, मेरो सुपरभाइजरले मेरो स्थितिबारे थाहा पाएर मलाई भने, “तपाईंको हृदयमाथि निकै ठूलो बोझ छ। तपाईंको क्षमता र कार्यदक्षता असल क्षमता भएका ब्रदर-सिस्टरसँग तुलना गर्न मिल्दैन, तर तपाईंमा बलिया पक्षहरू छन्, जस्तै, तपाईंले कर्तव्यमा समस्या वा कठिनाइ सामना गर्दा पूरै खुलेर बोल्न र खोजी गर्न सक्नुहुन्छ। जीवन प्रवेशका कुरामा पनि तपाईं सबैलाई मद्दत गर्न सक्नुहुन्छ। तपाईंले गर्नुपर्ने भनेको आफ्ना सबै सबल पक्ष प्रयोग गरी कर्तव्य राम्ररी गर्नु हो।” हो, मलाई मेरो जीवन निकै थकाइलाग्दो रहेको र मैले आफूमाथि धेरै अनावश्यक दबाब थोपरिरहेको जस्तो लाग्यो।
एक दिन, मैले परमेश्वरका वचन पढेँ: “तैँले के सोच्छस् भने, तैँले आफ्नो क्षमता र योग्यताहरूको दायरालाई उछिनेर अलौकिक कुरा जति हासिल गर्न सक्छस्, यसले यो परमेश्वरको काम हो भन्ने कुरालाई त्यति नै प्रमाणित गर्छ; यदि तेरो इमानदारी र सहकार्य गर्ने तेरो इच्छा झन्-झन् बढ्यो भयो भने, परमेश्वरले तँमा झन्-झन् बढी काम गर्नुहुनेछ, र तेरा क्षमता र सक्षमताहरू झन्-झन् बढ्दै जानेछन्। के यो मानिसहरूमा हुने धारणा र कल्पना होइन र? (हो।) के तिमीहरूमा विशेष गरी यसरी सोच्ने प्रवृत्ति हुन्छ? (हो।) यसरी सोच्नुको परिणाम के हुन्छ? के त्यसको परिणाम सधैँ असफलता र सकार हुनुको कमी हुनु हुँदैन र? कतिपय मानिसहरू यसो भन्दै नकारात्मक समेत बन्छन्, ‘मैले परमेश्वरलाई आफ्नो सक्दो इमानदारी दिएको छु—परमेश्वरले मलाई किन राम्रो क्षमता दिनुहुन्न? परमेश्वरले मलाई किन अलौकिक क्षमताहरू दिनुहुन्न? म किन सधैँ कमजोर हुन्छु? मेरो क्षमतामा सुधार आएको छैन, म स्पष्ट रूपमा केही पनि देख्न सक्दिनँ, र जटिल मामलाहरूको सामना गर्दा म अन्योलमा पर्छु। पहिले पनि यस्तै थियो, अहिले पनि किन उस्तै छ? यसको साथै, आफ्नो कर्तव्य निर्वाह गर्ने र समस्याहरू सम्हाल्ने क्रममा, म किन कहिल्यै आफ्नो देहलाई पार गर्न सक्दिनँ? मैले केही धर्मसिद्धान्तहरू बुझेको छु, तैपनि, म परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्न सक्दिनँ, र मामलाहरू सम्हाल्ने क्रममा, म अनिर्णित हुन्छु, र म अझै पनि राम्रो क्षमता भएका मानिसहरूको तुलनामा पछि पर्छु। मेरो काम गर्ने योग्यता पनि कमजोर छ, र मेरो कर्तव्य निर्वाह प्रभावकारी छैन। मेरो क्षमतामा पटक्कै सुधार आएको छैन! के भइरहेको छ? के परमेश्वरप्रतिको मेरो इमानदारी अपर्याप्त भएको हो? कि परमेश्वरले मलाई मन पराउनुहुन्न? ममा के कुराको कमी छ र?’ कतिपय मानिसहरूले यस तथ्यलाई परिवर्तन गर्न विभिन्न कारणहरू खोज्छन् र धेरै तरिकाहरू प्रयोग गरेका छन्, जस्तै अझै धेरै प्रवचनहरू सुन्नु, परमेश्वरका अझै धेरै वचनहरू याद गर्नु, अझै धेरै आत्मिक भक्तिका नोटहरू लेख्नु, साथै मानिसहरूले सत्यतामा सङ्गति गरेको अझै धेरै सुन्नु, र अझै धेरै खोजी गर्नु, तर अन्तिम परिणाम अझै पनि निराशाजनक हुन्छ। परमेश्वरमा विश्वास गरेको तीनदेखि पाँच वर्ष भए पनि, तिनीहरूको क्षमता र काम गर्ने योग्यता पहिलेको जस्तै रहन्छ, र त्यसमा कुनै सुधार हुँदैन” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। “यदि तँ सधैँ मानिसहरूलाई सत्यता आपूर्ति गर्नका लागि परमेश्वरले काम गर्नु र बोल्नुको उद्देश्य भनेको मानिसहरूका यी सबै अन्तर्निहित गुणहरू परिवर्तन गर्नु हो भन्ने विश्वास गर्छस्, र त्यसपछि मात्रै व्यक्तिलाई परमेश्वरले बोल्नुभएअनुसारको पूर्ण रूपमा पुनर्जन्म भएको, र साँचो रूपमा नयाँ व्यक्ति मान्न सकिन्छ भन्ने सोच्छस् भने, तँ गम्भीर रूपमा गलत छस्। यो मानव धारणा र कल्पना हो। यो कुरा बुझेपछि, तैँले त्यस्ता धारणा, कल्पना, अनुमान, वा भावनाहरूलाई त्याग्नुपर्छ। अर्थात्, सत्यता पछ्याउने क्रममा, तँ यी कुराहरूलाई सारांशित गर्न सधैँ भावना वा अनुमानहरूमा भर पर्नु हुँदैन: ‘के मेरो क्षमतामा सुधार आएको छ? के मेरो जन्मजात प्रवृत्ति परिवर्तन भएको छ? के मेरो व्यक्तित्व पहिलेको जस्तै खराब छ? के मेरो जीवनशैली परिवर्तन भएको छ?’ यी कुराहरूका बारेमा मनन नगर्; यस्तो मनन व्यर्थ हुन्छ, किनभने यी परमेश्वरले परिवर्तन गर्ने अभिप्राय राख्नुभएका पक्षहरू होइनन्, र परमेश्वरका वचन र काम कहिल्यै यी कुराहरूप्रति लक्षित भएका छैनन्। परमेश्वरको कामले कहिल्यै मानिसहरूको क्षमता, जन्मजात प्रवृत्ति, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्ने उद्देश्य राखेको छैन, न त परमेश्वरले कहिल्यै मानिसहरूका यी पक्षहरूलाई परिवर्तन गर्ने उद्देश्यले नै बोल्नुभएको छ। यसको निहितार्थ के हो भने, परमेश्वरको कामले मानिसहरूलाई तिनीहरूका अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यता आपूर्ति गर्छ, जसको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न लगाउनु अनि त्यसपछि सत्यतालाई स्वीकार गर्न र त्यसमा समर्पित हुन लगाउनु हो। अर्को शब्दमा भन्दा, तँसँग जस्तोसुकै क्षमता भए पनि, र तेरो व्यक्तित्व र जन्मजात प्रवृत्ति जस्तो भए पनि, परमेश्वरले तेरो अन्तर्निहित क्षमता, जन्मजात प्रवृत्ति, र व्यक्तित्व परिवर्तन गर्नुको सट्टा तँमा सत्यता भर्न, तेरा पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्न चाहनुहुन्छ। अहिले तैँले बुझिस्, होइन त? परमेश्वरको कामले के कुरालाई परिवर्तन गर्ने उद्देश्य राख्छ? (परमेश्वरको कामले मानिसहरूमा रहेका पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्ने उद्देश्य राख्छ।) अहिले तैँले यो सत्यता बुझिसकेको हुनाले, तैँले ती अवास्तविक र अलौकिक कुराहरूसँग सम्बन्धित कल्पना र धारणाहरू त्याग्नुपर्छ, र आफूलाई मापन गर्न वा आफूबाट माग गर्नका लागि यी धारणा र कल्पनाहरू प्रयोग गर्नु हुँदैन। बरु, तैँले परमेश्वरले तँलाई दिनुभएका विभिन्न अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यताको खोजी गर्नुपर्छ र त्यसलाई स्वीकार गर्नुपर्छ। यसको अन्तिम उद्देश्य के हो? त्यो के हो भने, तँ आफ्नो अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यता सिद्धान्तहरू बुझ्छस्, आफूले सामना गर्ने विभिन्न परिस्थितिहरूको अघि अभ्यास गर्नुपर्ने हरेक सत्यता सिद्धान्त बुझ्छस्, र तँ यी सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न सक्छस्। यसो गर्दा परमेश्वरका मागहरू पूरा हुन्छन्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (२))। परमेश्वरका वचन पढेपछि, अचानक मैले थाहा पाएँ कि म त आफ्नै धारणा र कल्पनाअनुसार जिइरहेकी रहेछु। म सोच्थेँ, कसैले इमानदार भई परमेश्वरमा विश्वास गर्छ, लगनशील भई कर्तव्य पूरा गर्छ, कष्ट सहन्छ र मूल्य चुकाउँछ भने परमेश्वरले उसलाई कृपा गरी क्षमता र कार्यदक्षता सुधार गर्न सहयोग गर्नुहुनेछ, र कर्तव्यमा उसको मूल क्षमता र कार्यदक्षताभन्दा बढी नतिजा निकाल्न सक्ने बनाउनुहुनेछ। यस्तो व्यक्तिको क्षमता कमजोर भएपनि, तिनले मण्डलीमा अगुवाइ गर्न र अरूको कर्तव्यको सुपरिवेक्षण गर्न सक्छन्, त्यहाँको एउटा खम्बा बन्छन्। त्यसैले, मैले काम सुस्त गतिमा गरेपनि, मेरो कार्यदक्षता खराब भएपनि म सोच्थेँ, जबसम्म म लगनशील भई कर्तव्य निर्वाह गर्छु, कष्ट सहन्छु र मूल्य चुकाउँछु, तबसम्म परमेश्वरले ममाथि कृपा गर्नुहुनेछ। यसर्थ, मैले मेरो क्षमता र कार्यदक्षतामा सुधारका लागि दैनिक कार्यतालिका र समयको योजना बनाउने कष्ट सहने र मूल्य चुकाउने कुराको उपयोग गर्न चाहन्थेँ। तर, केही समयसम्म यसरी मेहनत गरेपछि, मेरो क्षमता र कार्यदक्षतामा सोचेजस्तो सुधार आएको देखिनँ, र म नकारात्मक र उदास हुँदै गएँ। मैले सोचेँ, परमेश्वरले ममाथि कृपा वा काम गरिरहनुभएको छैन। अहिले, परमेश्वरका वचन पढेपछि मैले बुझेँ कि परमेश्वरको काम अलौकिक हुँदैन, व्यवहारिक हुन्छ। मेरो क्षमता परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्वरले मानिसलाई सत्यतामा प्रवेश गर्न, आफ्ना भ्रष्ट स्वभाव त्याग्न, र साँचो मानव रूपमा जिउन सिकाउन काम गर्नुभयो। उहाँले मानिसको क्षमता र कार्यदक्षता परिवर्तन गर्न काम गर्नुभएको थिएन। मानिसले इमानदार भएर आफ्ना कर्तव्य गरी सत्यताको खोजी गरेमा पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन पाउन, र कर्तव्यमा आएका केही बाधा छिचोल्न सक्छन्। तर, यो सबै मानिसलाई दिइएको क्षमताको जगमा अधारित हुन्छ, र केही मेहनत गरेमा मानिसले काम पूरा गर्न सक्छन्। खराब क्षमता पाएका कुनै पनि यस्ता व्यक्ति छैनन् जसले पवित्र आत्माको काम प्राप्त गरेकै कारण अगुवाको क्षमता प्राप्त गरेका हुन्। यी सबै मेरा धारणा र कल्पना थिए। मैले बुझेँ कि, परमेश्वरका विश्वासीले सत्यता नखोजी आफ्ना धारणा र कल्पनाअनुसार मात्रै पछ्याइरहे भने, तिनले सत्यता बुझ्न र कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्, अनि परमेश्वरका मागको विपरीत पनि जान सक्छन्।
केही समयपछि, कामको मागले गर्दा मेरो सुपरिवेक्षकले अर्को मण्डलीमा गएर नयाँ विश्वासीलाई मलजल गर्ने जिम्मेवारी दिए। पहिले मेरो साझेदार भएर काम गर्ने सिस्टर मण्डली अगुवा भइसकेकी थिइन्, र म अझै मजजलकर्मी मात्रै थिएँ। अचानक उनी र मबीच ठूलो दूरी रहेको महसुस भयो। परमेश्वरको काममा मानिसको क्षमता बदलिँदैन भन्ने मैले जानेकी भएपनि, म यो स्विकार्न इच्छुक थिइनँ, र आफ्नो क्षमतादेखि असन्तुष्ट थिएँ। म सोच्थेँ, असल क्षमता भएकाहरू मण्डलीले प्रवर्द्धन र सम्वर्द्धन गरिनेहरू हुन्, र मण्डलीका खम्बा हुन्। यस्ता मानिसको मात्रै उज्ज्वल सम्भावनाहरू हुन्छन्, अरूको आदर पाउँछन्। तर, कमजोर क्षमता भएकाहरूले केही बाहिरी काम मात्रै गर्न सक्छन्, तिनीहरूलाई अरूले तुच्छ सम्झन्छन् र परमेश्वरले मन पराउनुहुँदैन। अरूको नजरमा म “खराब क्षमताको” कहलिन चाहन्नथेँ। म सोच्थेँ, एकपटक यस्तो बिल्ला भिरेपछि, म काम नलाग्ने तुच्छ व्यक्ति हो भनेर स्विकारेको हुन्थ्यो। मेरो कुनै सम्भावना हुने थिएन। यसरी त चल्नेवाला छैन; मैले प्रयास गरिरहनै पर्छ। मैले मेरो क्षमतामा धेरै सुधार गर्न नसकेपनि, कर्तव्यमा कष्ट रहेर र मूल्य चुकाएरै भएपनि, मैले मेरो क्षमता अरूकै स्तरमा राख्न सकेमा ठीकै हुनेथियो। तसर्थ, म तुरुन्त काममा जुटेँ र सक्रिय भएर सहकार्य गरेँ। केही उपलब्धि हुनेबित्तिकै म निकै खुसी हुन्थेँ, र उत्साहित हुँदै यसबारे ब्रदर-सिस्टरहरूलाई बताउँथेँ, उनीहरूको अनुमोदन पाउने आशा गर्थेँ। तर, पछि, नयाँ विश्वासीलाई मलजल गर्ने क्रममा मलाई समाधान गर्नै नसक्ने केही समस्या आइपर्यो, र बेवास्ता गरेका केही कामहरू पनि थिए। म दुःखी र निराश थिएँ। लाग्थ्यो मेरो क्षमता साँच्चै राम्रो छैन। ती दिनमा मैले धेरै मेहनतले काम गरिरहेकी थिएँ, तर राम्रो काम गर्न सकिरहेकी थिइनँ। सोचेँ, आ छाडौँ यसलाई; मैले जति नै मेहनत गरेपनि यो बदलिने छैन। खराब क्षमता निको नहुने रोग हो। थाहै नपाई, म फेरि कर्तव्यमा नकारात्मक र निष्क्रिय भएँ, र काममा आएका समस्या हल गर्नेबारे सोच्न मन लागेन। म जिम्मेवारीबाट भाग्न पनि चाहेँ, सोच्थेँ, सीमित क्षमता भएकाले मैले राम्रोसँग कर्तव्य निर्वाह गरिरहेकी छैन, र मैले गर्नसक्ने केही छैन। त्यो समयावधिमा, म केही अन्योलमा थिएँ, र परमेश्वरका वचन पढ्दा मन शान्त हुँदैनथ्यो। प्रार्थना गर्दा परमेश्वरलाई के भन्ने थाहा हुँदैनथ्यो। म सधैँ उदास रहन्थेँ।
एक दिन, आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनको दुई खण्ड पढेँ: “आफूलाई चुनौती नदे, न त आफ्नो सीमालाई बढाउने प्रयास नै गर्। तेरा क्षमता र सक्षमताहरू कस्ता छन् भन्ने कुरा परमेश्वरलाई थाहा हुन्छ। परमेश्वरले तँलाई दिनुभएका क्षमता र सक्षमताहरू उहाँले धेरै पहिले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ। सधैँ यी कुराहरूलाई जित्न चाहनु भनेको अहङ्कारी हुनु र आफूलाई बढी आँक्नु हो; यो समस्या निम्त्याउनु हो र यो अपरिहार्य रूपमा नै असफलतामा परिणत हुनेछ। के त्यस्ता मानिसहरूले आफ्नो उचित कार्यलाई बेवास्ता गरिरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले नियम पालना गर्ने तरिकाले आफूलाई आचरणमा ढालिरहेका हुँदैनन्, र तिनीहरू सृजित प्राणीको कर्तव्य पूरा गर्नका लागि आफ्नो उचित स्थानमा अडिग रहिरहेका हुँदैनन्—तिनीहरूले आफ्नो व्यवहारमा यी सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्, बरु सधैँ धाक लगाउने प्रयास गरिरहेका हुन्छन्। दुई भागको एउटा भनाइ छ: ‘बुढी आइमाईले लाली लाई—तँलाई देखाउनलाई।’ ‘बुढी आइमाई’ ले कुन उद्देश्यका लागि यसो गर्छे? (आफूलाई प्रदर्शन गर्न।) बुढी आइमाईले तँलाई देखाउन चाहन्छे: ‘म, बुढी आइमाई, साधारण व्यक्ति होइनँ—म तिमीलाई एउटा विशेष कुरा देखाउनेछु।’ ऊ हेयको दृष्टिले हेरिन चाहँदिन, बरु ऊ उच्च आदर र सम्मान पाउन चाहन्छे; उसले आफ्ना सीमाहरूलाई चुनौती दिन र आफूलाई जित्न चाहन्छे। के यो अहङ्कारी प्रकृति हुनु होइन र? (हो।) यदि तँमा अहङ्कारी प्रकृति छ भने, तँ आफ्नो सीमाभित्र बस्दैनस्, तँ आफ्नो स्थान अनुरूपको आचरण प्रस्तुत गर्न चाहँदैनस्। तँ सधैँ आफूलाई चुनौती दिन चाहन्छस्। अरूले जे गर्न सक्छन्, तँ पनि त्यसो गर्न सक्न चाहन्छस्। जब अरूले आफूलाई उत्कृष्ट देखाउने, नतिजाहरू हासिल गर्ने, वा योगदान दिने, र सबैको प्रशंसा प्राप्त गर्ने कुराहरू गर्छन्, तब तँलाई असहज, डाहा, र असन्तुष्टि लाग्छ। त्यसपछि तँ आफूलाई चम्काउने किसिमका काम वहन गर्नका लागि, आफ्नो वर्तमान कामहरूलाई त्याग्न चाहन्छस्, उच्च आदर पाउने कामना गर्छस्। तर तँ आफूलाई उत्कृष्ट देखाउने काम गर्न सक्दैनस्, त्यसकारण के यो समयको बरबादी होइन र? के यो आफ्नो उचित कार्यहरूलाई बेवास्ता गर्नु होइन र? (हो।) उचित कार्यहरूलाई बेवास्ता नगर्, किनभने तिनलाई बेवास्ता गर्दा परिणाम असल हुनेछैन। यसले कामकुरामा ढिलाइ गर्ने र समय बरबाद गर्ने, जसले गर्दा अरूले तँलाई हेयको दृष्टिले हेर्ने मात्र छैनन्, तर यसले गर्दा परमेश्वरले पनि तँलाई घृणा गर्नुहुनेछ, र अन्त्यमा, तैँले आफूलाई निकै नकारात्मक बन्नेगरी यातना दिनेछस्” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “तैँले आफ्नो स्थान अनुरूप आफूलाई आचरणमा ढाल्छस् कि ढाल्दैनस्, र तँ सृजित प्राणीको कर्तव्य राम्ररी पूरा गर्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरालाई मात्रै परमेश्वरले अवलोकन गर्नुहुन्छ। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, परमेश्वरले तँलाई दिनुभएका अन्तर्निहित अवस्थाहरूअनुसार यसमा आफ्नो सारा हृदय र सामर्थ्य लगाउँछस् कि लगाउँदैनस्, र तैँले सिद्धान्तहरूअनुसार काम गर्छस् कि गर्दैनस् र परमेश्वरले चाहनुहुने नतिजाहरू हासिल गर्छस् कि गर्दैनस् भन्ने कुरा उहाँले अवलोकन गर्नुहुन्छ। यदि तँ यी सबै कुरा हासिल गर्न सक्छस् भने, परमेश्वरले तँलाई पूर्णाङ्क दिनुहुन्छ। मानौँ तैँले परमेश्वरका मागहरूअनुसार कामकुरा गर्दैनस्, र तैँले धेरै परिश्रम गरे पनि र मेहनत गरे पनि, तैँले आफ्नो धाक लगाउने र प्रदर्शन गर्ने काम मात्रै गर्छस्, र तँ सत्यता सिद्धान्तहरू अनुसार कार्य गर्दैनस् वा आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो सारा हृदय र सामर्थ्य लगाउँदैनस्। त्यो अवस्थामा, तेरा प्रकटीकरण र व्यवहार परमेश्वरका लागि तिरस्कृत हुन्छन्। परमेश्वरले किन तिनलाई तिरस्कार गर्नुहुन्छ? तैँले उचित कार्यहरूमा ध्यान दिइरहेको छैनस्, तैँले आफ्नो कर्तव्य निर्वाह गर्नमा आफ्नो सारा हृदय, सामर्थ्य, वा मन लगाएको छैनस्, र तँ सही मार्गमा हिँडिरहेको छैनस् भनेर परमेश्वरले भन्नुहुन्छ। परमेश्वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभाहरू पहिले नै पर्याप्त छन्—यति मात्र हो कि तँ सन्तुष्ट छैनस्, तँ आफ्नो कर्तव्यमा अर्पित हुँदैनस्, तँलाई आफ्नो स्थान कहिल्यै थाहा हुँदैन, सधैँ उच्च सुनिने कुराहरू फलाक्न र धाक लगाउन चाहन्छस्, जसले गर्दा अन्ततः तैँले आफ्नो कर्तव्य अस्तव्यस्त बनाउँछस्। तैँले परमेश्वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभालाई उपयोग गरेको छैनस्, तैँले पूर्ण प्रयास गरेको छैनस्, र तैँले कुनै नतिजा हासिल गरेको छैनस्। तँ निकै व्यस्त भए पनि, परमेश्वरले तँ मूर्ख जस्तै छस् भनेर भन्नुहुन्छ, आफ्नो स्थान जानेको र आफ्नो उचित कार्यमा केन्द्रित व्यक्ति भन्नुहुन्न। परमेश्वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचन पढेपछि मैले बुझेँ कि जतिबेला पनि मेरो क्षमता परिवर्तन गर्ने चाहनामा म अहङ्कारी स्वभावद्वारा नियन्त्रित भइरहेकी रहेछु। मेरो स्वभाव धेरै अहङ्कारी थियो, र मलाई आफू अरूभन्दा पछि भएको कहिल्यै मन पर्दैनथ्यो। म अरूको सम्मान र अनुमोदन पाउन चाहन्थेँ, भीडभन्दा अलग देखिन चाहन्थेँ। यसबाट मैले जीवनको मूल्य पाउनेछु भन्ने लाग्थ्यो, त्यसैले, यो लक्ष्य हासिल गर्न मैले क्षमता सुधार्न चाहेँ। स्कुल छँदा, म सधैँ शीर्ष विद्यार्थी हुन्थेँ। परीक्षामा अरूले मेरोभन्दा धेरै अङ्क ल्याएमा म हार स्किार्दिनँथेँ, र अर्कोपल्ट म नै अगाडि हुनेछु भनी दृढ सङ्कल्प गर्थेँ। मेरी आमाले म अति नै प्रतिस्पर्धी थिएँ भन्ने गर्नुहुन्थ्यो। स्कुलमा राम्रो नतिजा ल्याएकीले आमाबुबा र शिक्षकहरूको प्रशंसा पाएकी थिएँ, मेरा सहपाठीलाई पनि मबाट सिक्नु भनेर शिक्षकले भन्थे। यस प्रकारको विशिष्टताले म निकै खुसी हुन्थेँ, र सोच्थेँ, व्यक्ति आफ्ना प्रतिस्पर्धीबाट अलग देखिनुपर्छ। अहिले पनि त्यही लक्ष्य बोकेर मैले आफ्नो कर्तव्य निर्वाह गर्दैथिएँ, सधैँ अगुवा वा सुपरभाइजर हुन चाहिरहेँ। मैले सोचेँ, यी मानिस मण्डलीका खम्बा हुन्, सबैले प्रशंसा र अनुमोदन गर्छन्, र खराब क्षमता भएकाले सामान्य कर्तव्यमात्र निर्वाह गर्न सक्छन्, पर्दाको पछि काम गर्छन्, र बेकामे जिन्दगी जिउँछन्। तसर्थ, मसँग पहिले साझेदार भएर काम गरेकी सिस्टर मण्डली अगुवा भइसकेको, तर म सामान्य मलजलकर्मी नै रहेको देख्दा, मैले यो कुरा स्वीकार गर्न सकिनँ। म हरसमय यो औसत अवस्थामा रहन चाहन्नथेँ। मैले यसलाई स्विकार्न वा हार मान्न इन्कार गरेँ, र म व्यवहारिक भएर आफ्नो कर्तव्य गर्न इच्छुक थिइनँ। म सधैँ मेरो क्षमता सुधारेर अगुवा वा सुपरिवेक्षकको कर्तव्य निर्वाह गर्न चाहन्थेँ। परमेश्वरको कार्यले मानिसको क्षमता बदल्दैन भनी परमेश्वरका वचनले स्पष्ट भनेको भएपनि, मैले अझैपनि यो कुरा स्विकार्न चाहिनँ। म मेहनत गरेर र मूल्य चुकाएर भएपनि मेरो क्षमता सुधार गर्न चाहन्थेँ, सधैँ कोसिस गरिरहन र आफ्नो सक्दो दिन चाहन्थेँ। म साँच्चै निकै विद्रोही, निकै अहङ्कारी भएकी थिएँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभाहरू पहिले नै पर्याप्त छन्—यति मात्र हो कि तँ सन्तुष्ट छैनस्, तँ आफ्नो कर्तव्यमा अर्पित हुँदैनस्, तँलाई आफ्नो स्थान कहिल्यै थाहा हुँदैन, सधैँ उच्च सुनिने कुराहरू फलाक्न र धाक लगाउन चाहन्छस्, जसले गर्दा अन्ततः तैँले आफ्नो कर्तव्य अस्तव्यस्त बनाउँछस्।” मेरो कार्यदक्षता खराब थियो, क्षमता त्यति राम्रो थिएन; म अगुवाइ गर्ने खालकी थिइनँ। तर, म सिपालु रहेका मेरा आफ्नै क्षेत्र थिए। जस्तै, म एउटा विदेशी भाषा बोल्न सक्थेँ, परमेश्वरका वचनमा सोचविचार गर्दा आनन्द मान्थेँ। सत्यताको मेरो ज्ञानबारे सङ्गति गर्दा मेरा विचारहरू पनि निकै प्रष्ट हुन्थे। वास्तवमा, मैले अहिले गरिरहेकी मलजलको काम मेरा लागि एकदमै उपयुक्त थियो। तर, म आफ्नो पदमा स्थिर रहन सकिनँ, सधैँ मेरो स्थिति सुधारेर सुपरिवेक्षण कर्तव्य निर्वाह गर्न चाहेँ। तर सुधार गर्ने मेरा कुनै पनि प्रयासले मेरो क्षमता बदलिएन, बरु ती प्रयासले मेरो स्थिति झन् खराब भए, र आफ्नै काम पनि राम्रोसँग गर्न सकिनँ। यो जानेपछि, मलाई दोषी र ऋणी रहेको महसुस भयो।
पछि, मैले एकपटक फेरि सोचेँ, “किन मलाई खराब क्षमता हुनु नराम्रो कुरा हो भन्ने लागिरहन्छ? म किन यसको असर मेरो कर्तव्य निर्वाहमा पर्न दिन्छु?” यो पक्षसँग सम्बन्धित परमेश्वरका वचन पढेपछि मेरो स्थिति बदलियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तेरा क्षमता र सक्षमताहरू सीमित भएकाले गर्दा नै तैँले आफ्नो कर्तव्य पूरा गर्नुका नतिजाहरू सधैँ औसत हुन्छन्, सधैँ तैँले आदर्श मान्ने तह वा मानकमा पुग्न सक्दैनन्। त्यसकारण, अचेतन रूपमा, तैँले निरन्तर यो महसुस गर्दै जान्छस् कि तँ कुनै विशेष, श्रेष्ठ वा असाधारण व्यक्ति होइनस्। क्रमिक रूपमा, तैँले बुझ्न थाल्छस् कि तेरो क्षमता तैँले कल्पना गरे जति राम्रो छैन, बरु एकदमै साधारण छ। यो वृद्धिशील प्रक्रियाले तँलाई आफूलाई चिन्न निकै मद्दत गर्छ—तैँले व्यावहारिक तरिकाले केही असफलता र झट्काहरू अनुभव गर्छस्, र भित्री रूपमा चिन्तन गरेपछि, तैँले आफ्नो स्तर, सक्षमता र क्षमताको अझ सटीक मूल्याङ्कन गर्छस्। तैँले झन्-झन् बुझ्दै जान्छस् कि तँ राम्रो क्षमताको व्यक्ति होइनस्, तँसित केही शक्ति र वरदानहरू, निर्णय गर्ने थोरै क्षमता भए पनि, वा कहिलेकाहीँ तँसित केही युक्ति वा योजनाहरू भए पनि, तँ अझै सत्यता सिद्धान्तहरूमा पछि परेको छस्, परमेश्वरका मागहरू र सत्यताका मानकहरूभन्दा धेरै टाढा छस्, र सत्यता वास्तविकता हुनुको मानकबाट त झनै टाढा छस्—अचेतन रूपमा, तैँले आफूबारे यस्ता मूल्याङ्कन र आकलनहरू गर्छस्। आफ्नो मूल्याङ्कन र आकलन गर्ने क्रममा, तेरो आत्मज्ञान झन्-झन् सटीक बन्दै जान्छ, साथै तेरा भ्रष्ट स्वभावहरू र भ्रष्टताका प्रकटीकरणहरू झन्-झन् कम हुनेछन्, झन् सीमित र नियन्त्रित बन्नेछन्। अवश्य पनि, तेरा भ्रष्ट स्वभावहरू नियन्त्रित हुनु नै उद्देश्य होइन। उद्देश्य चाहिँ के हो? उद्देश्य के हो भने, तेरा भ्रष्ट स्वभावहरू नियन्त्रित हुँदै गर्दा, तैँले विस्तारै सत्यताको खोजी गर्न र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्न सिक्दै जान्छस्, सधैँ ठूला-ठूला विचारहरू फलाक्न वा आफ्ना सीपहरू प्रदर्शन गर्न खोज्दैनस्, सधैँ प्रतिस्पर्धात्मक हिसाबले सबैभन्दा राम्रो वा बलियो बन्ने कोसिस गर्दैनस्, र सधैँ आफूलाई प्रमाणित गर्ने कोसिस गर्दैनस्। तेरो हृदय निरन्तर गहिरो रूपमा सचेत बन्दै जाँदा तैँले मनन गर्नेछस्, ‘मैले यसो गर्नुका सत्यता सिद्धान्तहरू के-के हुन्, र यसबारे परमेश्वरले के भन्नुहुन्छ भनेर खोजी गर्नैपर्छ।’ यो सचेतना बिस्तारै तेरो हृदयको गहिराइभित्र स्थापित हुनेछ, र तैँले जति मात्रामा परमेश्वरको वचन र सत्यताको खोजी, स्वीकार र ग्रहण गर्छस्, त्यो झन्-झन् उच्च हुनेछ, जुन तेरा लागि मुक्ति प्राप्त गर्ने आशाको सङ्केत हो। तैँले सत्यतालाई जति बढी स्विकार्न सक्छस्, तेरा भ्रष्ट स्वभावहरू त्यति कम प्रकट हुनेछन्; अझ राम्रो नतिजा त के हो भने, तैँले परमेश्वरको वचनलाई अभ्यासको मानकका रूपमा प्रयोग गर्ने अवसरहरू अझ धेरै पाउनेछस्। के यो बिस्तारै मुक्तिको मार्गमा लाग्नु होइन र? के यो राम्रो कुरा होइन र? (हो।) तर यदि तेरा सबै क्षमताहरू मानिसहरूमाझ श्रेष्ठ र सिद्ध अनि असाधारण छन् भने, के तैँले मामलाहरू सम्हाल्ने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अझै पनि सत्यताको खोजी गर्न सक्छस्? त्यो कुरा भन्नन्न गाह्रो छ। सबै क्षेत्रमा असाधारण क्षमता भएका व्यक्तिका लागि आफूलाई चिन्न शान्त हृदय र विनम्र मनोवृत्तिका साथ परमेश्वरसामु आउन, आफ्ना खोट र भ्रष्ट स्वभावहरू थाहा पाउन, अनि सत्यताको खोजी गर्ने, सत्यतालाई स्विकार्ने, र त्यसपछि सत्यतालाई अभ्यास गर्ने बिन्दुमा पुग्न निकै कठिन हुन्छ। यसो गर्न अत्यन्तै कठिन हुन्छ, होइन र? (हो।)” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। “परमेश्वरले मुक्ति दिनुहुने अधिकांश मानिसहरू संसारमा वा समाजका मानिसहरूमाझ उच्च पदमा हुँदैनन्। तिनीहरूका क्षमता र सक्षमता औसत वा कमजोर नै हुने, र तिनीहरूले संसारमा लोकप्रियता वा सफलता पाउन सङ्घर्ष गर्ने, तिनीहरूलाई संसार सधैँ उजाड र अन्यायी भएको महसुस हुने भएकाले, तिनीहरूलाई आस्थाको आवश्यकता हुन्छ, र अन्ततः तिनीहरू परमेश्वरसामु आउँछन् र परमेश्वरको घरभित्र प्रवेश गर्छन्। यो परमेश्वरले मानिसहरूलाई रोज्दा तिनीहरूलाई दिनुहुने एउटा आधारभूत अवस्था हो। यो आवश्यकता हुँदा मात्र तैँले परमेश्वरको मुक्ति स्विकार्ने चाहना राख्न सक्छस्। यदि सबै पक्षहरूमा तेरा अवस्थाहरू संसारमा केही हासिल गर्न लागिपर्नका लागि राम्रा र उचित छन्, र तँ सधैँ आफ्नो नाम राख्न चाहन्छस् भने, तँसँग परमेश्वरको मुक्ति स्विकार्ने चाहना हुनेथिएन, न त तैँले परमेश्वरको मुक्ति प्राप्त गर्ने अवसर नै पाउनेथिइस्। तँसित औसत वा कमजोर क्षमता हुन सक्ने भए पनि, परमेश्वरको मुक्ति पाउने अवसर हुने भएकाले तँ अझै पनि गैरविश्वासीहरूभन्दा निकै बढी आशिषित् हुन्छस्। त्यसकारण, कमजोर क्षमता हुनु तेरो कमजोरी होइन, न त यो तैँले आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने र मुक्ति हासिल गर्ने काममा हुने अवरोध नै हो। अन्तिममा भन्नुपर्दा, तँलाई यो क्षमता दिनुभएको परमेश्वरले नै हो। तँसित त्यति नै हुन्छ जति परमेश्वरले तँलाई दिनुहुन्छ। यदि परमेश्वरले तँलाई राम्रो क्षमता दिनुहुन्छ भने, तँसित राम्रो क्षमता हुन्छ। यदि परमेश्वरले तँलाई औसत क्षमता दिनुहुन्छ भने, तेरो क्षमता औसत हुन्छ। यदि परमेश्वरले तँलाई कमजोर क्षमता दिनुहुन्छ भने, तेरो क्षमता पनि कमजोर नै हुन्छ। यो कुरा बुझेपछि, तैँले यो परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुपर्छ। समर्पित हुनका लागि कुन सत्यता आधार बन्छ? त्यस्ता बन्दोबस्तहरूमा परमेश्वरका असल अभिप्रायहरू हुन्छन्; परमेश्वरले अथक रूपमा विचारशील हुनुहुन्छ, र मानिसहरूले गुनासो गर्न वा परमेश्वरको हृदयलाई गलत रूपमा बुझ्न हुँदैन भन्ने सत्यता। परमेश्वरले तँलाई न त तेरो राम्रो क्षमताका कारण उच्च सम्मान गर्नुहुनेछ, न तेरो कमजोर क्षमताका लागि तिरस्कार वा घृणा नै गर्नुहुनेछ। परमेश्वरले के कुरालाई घृणा गर्नुहुन्छ? परमेश्वरले घृणा गर्ने भनेको मानिसले सत्यतालाई प्रेम वा स्वीकार नगर्नु, सत्यतालाई बुझ्ने तर अभ्यास नगर्नु, आफूले गर्न सक्ने काम नगर्नु, आफ्ना कर्तव्यमा आफ्नो सबथोक दिन नसक्नु तर सधैँ अनर्गल चाहनाहरू राख्नु, सधैँ हैसियत चाहनु, सधैँ पदका लागि होड गर्नु, र सधैँ उहाँप्रति मागहरू राख्नु हो। परमेश्वरलाई घिनलाग्दो र घृणास्पद लाग्ने कुरा नै यही हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचन पढेपछि म निकै प्रभावित भएँ। मैले बुझेँ, मेरो कमजोर क्षमता परमेश्वरबाट निर्धारित थियो, यसमा उहाँको सद्भाव थियो; यो राम्रो कुरा थियो। खासमा, मेरो स्वभाव सधैँ नै अहङ्कारी रहेको थियो। विगतमा, मेरो यस्तै स्वभाव भएकाले र सिद्धान्तअनुसार मेरो कर्तव्य नगरेकाले, मेरो काममा हानि हुन पुग्यो र अपराध गरेँ। यदि म असल क्षमताकी थिएँ र कर्तव्यमा राम्रो नतिजा ल्याएकी भए, मेरो स्वभाव अझ बढी अहङ्कारी हुनेथियो र ब्रदर-सिस्टरहरूको कुरा सुन्न कठिन हुनेथ्यो। आफूलाई विनम्र तुल्याउन र सत्यता सिद्धान्तहरू खोज्न सक्नेथिइनँ। यसरी, दुष्ट काम गर्न, मण्डलीको कामलाई अवरोध र बाधा गर्न सजिलो हुनेथियो। मेरो क्षमता कमजोर भएकाले र थुप्रै कामको बोझ सम्हाल्न नसक्ने भएकीले, म आफ्नो कर्तव्यमा पहिलेको भन्दा अधिक स्थिर र विवेकशील हुन सकेँ। कहिलेकाहीँ मेरो विचार अरूको भन्दा केही फरक हुँदा म धेरै जिद्दी भइनँ। यो आत्मसुरक्षाको अचेतन रूप थियो, जसले मबाट दुष्ट काम हुने सम्भावनालाई घटायो। मैले पहिले भेटेको एउटा सिस्टरलाई सम्झेँ, सबैले उनीसँग राम्रो क्षमता छ भन्थे, जसले मलाई उनीप्रति डाही बनायो। पछि, उनी अगुवा छनोट भइन्, र उनले हेर्ने कामको दायरा बढ्दै गयो। तर, उनी सत्यता पछ्याउँदिनथिइन्, वा परमेश्वरका वचन खान र पिउन ध्यान दिँदिनथिइन्, न आफ्नो भ्रष्ट स्वभाव सुल्झाउन सत्यता नै खोज्थिन्। अन्ततः, परीक्षा सामना गर्दा उनले परमेश्वरलाई धोका दिइन् र कर्तव्य छोडिदिइन्। यसले मलाई के देखायो भने, कसैको क्षमता र कार्यदक्षता जतिसुकै राम्रो किन नहोस्, सबभन्दा महत्त्वपूर्ण कुरा भनेको उसले सत्यता खोज्छ खोज्दैन र आफ्ना भ्रष्ट स्वभाव हल गर्छ गर्दैन भन्ने हो। व्यक्तिको क्षमता उसले मुक्ति पाउँछ पाउँदैन भन्नेसँग सम्बन्धित हुँदैन। राम्रो क्षमता हुनु भनेको राम्रो कुरा हो भन्ने नहुन सक्छ, यसरी नै खराब क्षमता नराम्रो हो भन्ने नहुन सक्छ। सबभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्ति परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सक्छ सक्दैन, र आफ्नो क्षमतालाई सही रूपमा लिन, व्यवहारिक भएर सत्यता पछ्याउन र सृजित प्राणीले निर्वाह गर्नुपर्ने आफ्नो कर्तव्य गर्न सक्छ सक्दैन भन्ने हो। यो सबभन्दा महत्त्वपूर्ण कुरा हो।
त्यसपछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जसरी पनि आफ्नो क्षमता बदल्ने वा सबै पक्षहरूमा आफ्ना सक्षमताहरू सुधार्ने कोसिस नगर्, बरु आफ्ना अन्तर्निहित क्षमता र सक्षमताहरूलाई सटीक रूपमा चिन्ने र सही रूपमा लिने गर्। यदि तैँले आफूमा कहाँ कमी छ भनेर पत्ता लगाइस् भने, जुन क्षेत्रमा छोटो समयमा प्रगति हासिल गर्न सकिन्छ, ती क्षेत्रहरूलाई शीघ्र रूपमा अध्ययन गरेर ती क्षेत्रका कमीकमजोरीहरू पूर्ति गर्न खोज्। जुन क्षेत्रहरूमा तँ पुग्नै सक्दैनस्, जबरजस्ती पुग्न नखोज्। आफ्नो वास्तविक परिस्थितिअनुसार कार्य गर्; तेरा आफ्नै क्षमता र सक्षमताका आधारमा कामकुरा गर्। अन्तिम सिद्धान्त भनेको परमेश्वरको वचन, मानवप्रति परमेश्वरका मागहरू, र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नु हो। तेरो क्षमता जुन स्तरको भए पनि, तँ विभिन्न मात्रामा सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छस्; तैँले परमेश्वरका मानकहरू पूरा गर्न सक्छस्। यी सत्यता सिद्धान्तहरू खोक्रो कुरा हुँदै होइनन्। ती कदापि मानवताभन्दा बाहिर जाँदैनन्। ती सबै सृजित मानवजातिका भ्रष्ट स्वभाव, नैसर्गिक प्रवृत्ति, साथै विभिन्न सक्षमता र क्षमताहरूका लागि विशेष रूपमा बनाइएका अभ्यासका मार्ग हुन्। त्यसकारण, तेरो क्षमता जे भए पनि, तेरा सक्षमताहरू जहाँसुकै अपर्याप्त वा खोटो भए पनि, त्यो कुनै समस्या होइन; यदि तैँले साँच्चिकै सत्यता बुझ्छस् र तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, अघि बढ्ने मार्ग हुनेछ। कुनै व्यक्तिको क्षमता र सक्षमताका निश्चित पक्षहरूमा रहेका कमजोरीहरूले उसलाई सत्यता अभ्यास गर्न कदापि बाधा पुर्याउँदैन। यदि तँमा मूल्याङ्कन गर्ने क्षमता वा अन्य कुनै क्षमताको कमी छ भने, तैँले अझ बढी खोजी र सङ्गति गर्न सक्छस्—सत्यतालाई बुझेकाहरूबाट निर्देशन र सुझावहरू माग्न सक्छस्। जब तैँले अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्छस् र बोध गर्छस्, तब तैँले आफ्नो कदका आधारमा आफ्नो सारा मेहनत लगाएर तिनलाई अभ्यास गर्नुपर्छ। स्विकार्ने र अभ्यास गर्ने—तैँले गर्नुपर्ने नै यही हो” (वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्वरका वचनबाट मैले बुझेँ कि, कसैले पनि आफ्नो क्षमता बदल्न मरिहत्ते गर्नुहुँदैन, बरु, आफूले पाएको क्षमताले भ्याएसम्म मात्र आफ्नो कर्तव्यमा हृदय, ऊर्जा र दिमाग लगाउनुपर्छ। तिनीहरूले आफूले सिक्नुपर्ने पेशागत ज्ञानबारे लगनशील भएर अध्ययन र गहन शोध गर्नुपर्छ, र आफूले पाएको क्षमताको भरपूर उपयोग गर्नुपर्छ। व्यक्तिले आफ्नो क्षमता र कार्यदक्षता सम्भव भएसम्म केही सुधार गर्न सक्छन्, तर तिनले यसो गर्न सकेनन् भने आफैलाई जबरजस्ती गर्नुहुँदैन। यो बुझेपछि मेरो हृदय स्पष्ट भयो।
त्यस बेलादेखि, मैले आफूले पाएको क्षमताको सीमाभित्र रही कर्तव्य निर्वाहमा मेरो हृदय र ऊर्जा कसरी लगाउने भन्नेबारे सोच्न थालेँ। म नयाँ विश्वासीलाई कर्तव्य निर्वाहका लागि तयार गर्न सिपालु रहेनछु, त्यसैले यसबारे रहेको सिद्धान्त खोजेर त्यसमा विचार गर्ने कोसिस गरेँ। मैले ब्रदर-सिस्टरहरूले भनेका र बताएका कुरा पनि ध्यान दिएर सुनेँ। कहिलेकाहीँ, म समस्यामा पर्दा र तिनलाई समाधान गर्ने तरिका थाहा नहुँदा, त्यसबाट भाग्ने कोसिस गरिनँ, न मलाई खराब क्षमता दिनुभएको भनी परमेश्वरलाई दोष दिएँ। बरु, मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँमा भर परेँ, साथै ब्रदर-सिस्टरसँग सोधखोज र सङ्गति समेत गरेँ। यस अभ्यास प्रक्रियाका दौरान, मैले थाहै नपाई केही विषय सुल्झाउने योजना बनाएँ। अब मेरो क्षमता पहिलेजस्तै छ। यो बदलिएको छैन। तथापि, आफूलाई कसरी सही रूपमा लिने भन्ने बुझेँ, र मेरो हृदय मुक्त र स्वतन्त्र भएको छ।