१२. आफ्नो कर्तव्य गुमाएपछि चिन्तन
केही समयअघि, अगुवाहरूले मलाई परमेश्वरका वचनहरू वाचन गर्न तालिम लिने बन्दोबस्त मिलाइदिएका थिए। मलाई यो अवसर पाउन निकै गाह्रो हुन्छ भन्ने लागेकाले यो खबर सुनेर म एकदमै खुसी भएँ, तर, जब मैले केही वर्षपहिले वाचनमा तालिम लिएको सम्झेँ, तब भाव व्यक्त, साथै मेरो गति, वाक्यांश, र बलाघातका पक्षहरूका सन्दर्भमा, ममा विभिन्न हदका समस्याहरू थिए। त्यतिबेला, मलाई यी समस्याहरू समाधान गर्न गाह्रो छ भन्ने लागेको थियो, र म आफूलाई असक्षम, अनि आफू वाचनका लागि योग्य नभएको ठान्दै कठिनाइमा जिएँ। त्यसबाहेक, मैले अभ्यास गरेको हरेक दिन, मेरा कमजोरीहरू खुलासा भएका थिए, र ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू औँल्याइदिएका थिए। त्यसैले मलाई यो कर्तव्य निर्वाह गर्नाले आफू अत्यन्तै अयोग्य देखिएँ भन्ने महसुस भएको थियो, अनि म आफ्नो हृदयमा झनै नकारात्मक र निष्क्रिय भएकी थिएँ। यी समस्याहरू समाधान गर्न प्रयास गर्ने मेरो कुनै अभिप्राय थिएन बरु मैले केवल झारा टार्दै अभ्यास गरेँ। फलस्वरूप, मैले आधा वर्षभन्दा बढी अभ्यास गरेपछि पनि, कुनै उल्लेखनीय सुधार गरेकी थिइनँ, र अन्ततः मलाई अर्को कर्तव्यमा खटाइयो। जब मैले फेरि यी समस्याहरू सामना गर्नेबारे सोचेँ, तब म व्याकुल भएँ। मेरो देहले कष्ट भोग्नुपर्ने मात्र नभई, म अन्ततः सुधार गर्न सक्छु कि सक्दिनँ भन्ने पनि अनिश्चित थियो। यसबारे सोच्दा मलाई चिन्ता लाग्यो। एउटी सिस्टरले मसँग सङ्गति गरिन्, “हामीमा अपर्याप्तता र कमीहरू भएकाले नै हामीले आफ्नो प्रशिक्षणलाई बढाउनु आवश्यक छ। यस काममा मानिसहरूले तुरुन्तै सहकार्य गर्नु आवश्यकता छ। तपाईँको मन्डारिन भाषा निकै राम्रो छ, र तपाईँको आवाज पनि मिठो छ। तपाईँले यस्ता अवस्था र अवसरहरूको कदर गर्नैपर्छ!” सिस्टरको सङ्गति सुनेपछि, मेरो हृदय केही हदसम्म पग्लियो, र सोचेँ, “हो, मेरो आवाज राम्रो छ—यो परमेश्वरको अनुग्रह हो। अहिले यो मैले आफ्नो भूमिका निभाउने समय हो। म कठिनाइमा जिउनु हुँदैन; मैले अघि बढ्ने प्रयास गर्नैपर्छ र सकेसम्म चाँडो सुधार गर्ने प्रयत्न गर्नुपर्छ, ताकि मैले यो कर्तव्य पूरा गर्न सकूँ!”
त्यसबेलादेखि, मैले आफूलाई सक्रिय रूपमा अभ्यासमा लगाएँ। सुपरभाइजर सिस्टर जोले मैले रेकर्ड गरेको वाचनको एउटा अंश सुनिन् र मलाई त्यसबारे मार्गदर्शन र मदत दिइन्। उनले भनिन्, “तपाईँको पढाइका केही भागमा वाक्यांश र बलाघात त्यति उपयुक्त छैन। तपाईंले एकदमै छोटो समय अभ्यास गरिरहनुभएको हो र? यसअतिरिक्त, तपाईँको श्वासप्रश्वास पनि अस्थिर छ, र तपाईँको आवाज अवास्तविक लाग्छ। तपाईँले श्वासप्रश्वासलाई अझ बढी अभ्यास गर्नुपर्छ।” उनले केही विस्तृत समस्या पनि औँल्याइन्। उनको कुरा सुनेपछि, म अलि खिन्न भएँ, र सोचेँ, “मेरो वाचनमा एकदमै धेरै समस्या छन्; यो साँच्चै अत्यन्तै खराब कुरा हो। अनि श्वासप्रश्वास भनेको तुरुन्तै सुधार गर्न सकिने कुरा होइन। यसका लागि अभ्यास र अनुभव सङ्कलनको लामो प्रक्रिया चाहिन्छ!” उनले बताएका यी विस्तृत प्राविधिक समस्याहरूबारे सोच्दा, मलाई आफू एकदमै अयोग्य लाग्यो, र म लाजले भुतुक्क भएँ। सोचेँ, “यदि म यति नराम्रो छु भने, मैले किन नै पढ्नुपऱ्यो र? यति धेरै समस्या समाधान गर्न मैले कतिन्जेल अभ्यास गर्नुपर्नेछ? अरू सिस्टर निकै राम्रो पढ्छन्। मैले जति नै अभ्यास गरे नि, उनीहरूको बराबरी गर्न सक्दिनँ। भविष्यमा मैले मुस्किलले यो कर्तव्य निर्वाह गर्न सकेपनि, म अरूको छायाँमा जिइरहेकी हुनेछु, अनि म सधैँ ‘निम्न दर्जाको विद्यार्थी’ रहनेछु, आफ्नो उपस्थितिको कुनै अनुभूति गराउन सक्दिनँ।” यी कुराहरूबारे सोच्दा, मैले यो कर्तव्य निर्वाह गर्ने चाहना गुमाएँ। संयोगवश, त्यसपछिका दिनहरूमा मैले गर्नुपर्ने अरू काम थिए, त्यसैले मैले अभ्यास गरिनँ, अनि जब जब मसँग केही समय हुन्थ्यो, तब तब म केही क्षण आराम गर्थेँ।
केही दिनपछि, अगुवाले मलाई वाचन अभ्यास गरिरहेको छु कि छैनँ भनेर सोधिन्। मैले निर्धक्कसाथ भनेँ, “म पछिल्ला यी केही दिन आफ्नो कर्तव्यमा निकै व्यस्त भएकी छु र मैले अभ्यास गर्ने समय पाएकी छैनँ।” अगुवाले मलाई सोधिन्, “त्यसोभए, के तपाईँले अभ्यास गर्नेबारे सोचिरहनुभएको छ? यो कर्तव्य जरुरी छ। यदि तपाईँले अभ्यासका लागि थप समय निकाल्ने उपाय भेट्टाउनुभएन भने, यो कर्तव्य कहिले लिन सक्नुहुनेछ?” म अलि नि:शब्द भएँ र मुटु पनि च्वास्स दुख्यो। त्यसबारे सोच्दा, म पछिल्ला यी केही दिन आफ्नो कर्तव्यमा अलि व्यस्त भएकी भए पनि, कुनै समय नै पाउन नसक्नेगरी त व्यस्त थिइनँ। मुख्य समस्या के थियो भने मलाई आफ्नो वाचनका समस्याहरू समाधान गर्न एकदमै गाह्रो छ भन्ने लागेको थियो। मैले कष्ट सहेको र मूल्य चुकाएको भए पनि, राम्रा नतिजाहरू पाइएला नै भन्ने थिएन, र मलाई अझै पनि अरूले सच्याउनुपर्नेथ्यो। म यो सामना गर्न अनिच्छुक थिएँ, त्यसैले सम्भव हुँदासम्म म यसबाट टाढै रहेँ। अगुवाको प्रश्नले म मर्माहत भएँ र अलिक खिन्न भएँ, मलाई आफूले यस कर्तव्यप्रति एकदमै हल्का र गैरजिम्मेवार शैली अपनाएकी रहेछु भन्ने महसुस भयो। त्यसैले, मैले मनमनै आफूलाई यो कर्तव्य निर्वाहप्रतिको आफ्नो मनोवृत्ति परिवर्तन गर्न सम्झाएँ। त्यसैले, मैले अभ्यासका लागि तुरुन्तै समय मिलाएँ।
केही दिनपछि, मलाई आफ्नो वाचनमा केही हदसम्म सुधार भएको महसुस भयो, त्यसकारण मैले एउटा अडियो रेकर्डिङ बनाएर जोईलाई बुझाएँ। उनले मैले केही प्रगति गरेकी छु भन्लिन् भन्ने मलाई लागेको थियो, तर अचम्म, उनले त फेरि निकै समस्याहरू पो औँल्याइन्: अस्थिर श्वासप्रश्वास, नजोडिएका वाक्यहरू आदि इत्यादि। उनले धैर्यपूर्वक मेरा समस्याहरूको विश्लेषण गरिन्, मलाई त्यहीँ नै अभ्यास गर्न लगाइन् र मलाई सच्याइन्। मैले धेरैपटक प्रयास गर्दा पनि समस्याहरू सच्याउन नसकेपछि, म अधीर भएँ र अलि चित्तसमेत दुख्यो, र सोचेँ, “मैले धेरै दिनदेखि अभ्यास गर्दै आइरहेकी छु, र पनि अझै ममा एकदमै धेरै समस्या छन्। सायद मसँग यसका लागि प्राकृतिक रूपमै बुझाइ र क्षमता छैन। म यो कर्तव्य निर्वाह गर्न सक्दिनँ। मैले यसबारे आफूलाई थप लज्जित तुल्याउनु हुँदैन; मैले अर्कै कर्तव्य लिनु राम्रो हुन्छ!” मलाई यस कर्तव्यबाट उम्कने सोच आउन थाल्यो र मैले अबउसो वाचन अभ्यास जारी राख्न चाहिनँ, तर अरूले मैले कर्तव्य इन्कार गरिरहेकी छु भनेर भन्नेछन् भन्ने डरले मैले त्यो कुरा बताउने आँट गरिनँ। त्यसैले, म नकारात्मक र सुस्त बनेँ, अनि अभ्यासमा धेरै प्रयास लगाइनँ, सोचेँ, यदि मैले समय बित्दै जाँदा कुनै सुधार नगरेकी भए, सायद अगुवाले मलाई अभ्यास जारी राख्न दिनेथिइनन्।
एक साँझ, मैले अचानक अगुवाको मेसेज देखेँ, यसो भनिएको रहेछ, “तपाईँले अब वाचन अभ्यास गर्नु पर्दैन।” यो मेसेज देखेर, मलाई हृदयमा अचानक शून्यता छाएको, साथसाथै वर्णन नै गर्न नसकिने असहजता महसुस भयो। यो कर्तव्य गुमाउँदा मैले आफूले सोचेजस्तो राहत वा सन्तुष्टि पाइनँ; बरु, मलाई गहन रूपमा धिक्कारिएको र मन भारी भएको महसुस भयो। त्यो क्षण, मलाई परमेश्वरका वचनका दुइटा खण्ड याद आए र तुरुन्तै ती खोजी गरेर पढेँ। परमेश्वर भन्नुहुन्छ: “किनभने तँलाई परमेश्वरसँग जोड्ने बन्धनलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने कुरा भनेको परमेश्वरले तँलाई सुम्पने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कर्तव्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने र सबैभन्दा व्यावहारिक कुरा यही हो। परमेश्वर कुरिरहनुभएको छ; उहाँ तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यो महत्त्वपूर्ण मोडमा, तैँले झट्टै परमेश्वरलाई आफ्नो स्थान थाहा दिनुपर्छ, उहाँको आज्ञा स्विकार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। जब परमेश्वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई गम्भीरतासाथ लिँदैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठिक विपरीत कुरा हुँदैन र? के तँ यसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? पक्कै पनि सक्दैनस्। तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउने छैनस्। त्यसकारण, आफ्नो कर्तव्य पूरा गर्दा तैँले धारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले जति नै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि, आफ्नो कर्तव्य निभाउन नसक्नेहरूलाई हटाइनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कष्ट भोग्ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा मनोवृत्ति हो। यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अपमानजनक मनोवृत्तिले हेर्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तैँले परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यसरी सहकार्य गर्न सकेको भए, परमेश्वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुभएको हुन्थ्यो, ताकि तैँले मामिलाहरू सम्हाल्दै गर्दा ती सबै उचित ठाउँमा पर्नेथ्यो, र राम्रो नतिजा प्राप्त हुनेथ्यो। तैँले त्यति भयङ्कर ऊर्जा लगाउनु पर्दैन; जब तैँले सहकार्य गर्न आफूले सक्दो प्रयास गर्थिस्, परमेश्वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्नुभएको हुनेथ्यो। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्वरले तँमाथि कार्य गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्वरले यसो भन्नुहुनेछ, ‘तेरो कामै छैन; म तँलाई प्रयोग गर्न सक्दिनँ। जा, पाखा लाग्। तँलाई चलाक हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!’ परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हार।) यो ठूलो हानि हो!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू पढेपछि, विशेषगरी जब मैले परमेश्वरका यी वचनहरू पढेँ, तब मलाई परमेश्वरको धर्मी स्वभाव ममाथि आएको महसुस भयो: “तेरो कामै छैन; म तँलाई प्रयोग गर्न सक्दिनँ। जा, पाखा लाग्। तँलाई चलाक हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!” मलाई परमेश्वरले मेरा शब्द, कार्य र सोचहरू सबै छानबीन गर्दै हुनुहुन्छ भन्ने महसुस भयो। मैले वाचनको कर्तव्य निर्वाह गर्ने आफ्नो अनिच्छा स्पष्ट रूपमा व्यक्त नगरेकी भए पनि, यसप्रति मेरो मनोवृत्ति एकदमै हलुको भएको थियो, मैले सुधार गर्ने प्रयास गरेकी थिइनँ, अनि अगुवाले मलाई यो कर्तव्य निर्वाह गर्न बन्द गर्नू भन्छिन् भनेर निष्क्रिय रूपमा पर्खेकी थिएँ। परमेश्वर मानिसहरूले सम्पूर्ण हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गरून् भन्ने माग गर्नुहुन्छ, तर उहाँ कहिल्यै कसैलाई जबरजस्ती गर्नुहुन्न। म आफैले आफ्नो कर्तव्यबाट टाढा रहने छनौट गरेकी हुनाले, परमेश्वरले मलाई मेरो छनौटअनुसार व्यवहार गर्नुभएको थियो। फलस्वरूप, मैले यो कर्तव्य गुमाएकी थिएँ, र मण्डलीले त्यसमा तालिम लिन अरू कसैको बन्दोबस्त गरेको थियो, त्यसको अर्थ परमेश्वरले कर्तव्य निर्वाह गर्ने यो अवसर अरू कसैलाई दिनुभयो। मैले यो कर्तव्यबाट मुक्त हुने आफ्नो इच्छा पूरा गरेकी छु भन्ने तर्क गर्न सकिन्थयो, तर किन मलाई हृदयमा आफू मुक्त नभएको महसुस भयो? त्यसपछि मात्र मलाई यस मामिलाबाट उम्कने छनौट गरेर, म शैतानको हाँसोको पात्र बनेकी रहेछु, र अन्धकारमा परेकी रहेछु भनेर थाहा भयो। सोचेँ, “के यो कर्तव्य साँच्चै त्यति गाह्रो छ? के यी समस्याहरू साँच्चै समाधान गर्न नसकिने छन्?” परमेश्वर भन्नुहुन्छ, जब मानिसहरू आफ्नो सम्पूर्ण हृदय र शक्ति दिन्छन्, तब उहाँले तिनीहरूलाई मार्गदर्शन गर्न बाटो खोल्नुहुनेछ, र कठिनाइहरू सुल्झाउन मदत गर्नुहुनेछ। परमेश्वर मानिसहरूका लागि परिस्थिति कठिन बनाउनुहुन्न वा तिनीहरूलाई सहनै नसक्ने बोझ दिनुहुन्न। यदि कसैमा कर्तव्य निर्वाह गर्ने आधारभूत क्षमता र अवस्था छ अनि ऊ परमेश्वरका मागहरूअनुसार अघि बढ्ने प्रयास गर्छ भने, समस्याहरू समाधान गर्न सकिन्छ। ब्रदर-सिस्टरहरूले यस कर्तव्यको महत्त्वबारे बारम्बार सङ्गति गर्दै, मलाई त्यसमा प्रयास लगाउन आग्रह गरेका थिए। तर, मलाई कुनै समस्या आउनेबित्तिकै, म त्यस कठिनाइमा अड्कन्थेँ, त्यसलाई सुल्झाउने प्रयास गर्न अनिच्छुक हुन्थेँ, नकारात्मक र सुस्तसमेत भएकी थिएँ, म अगुवाले मलाई कर्तव्यबाट मुक्त गर्ने प्रतीक्षामा थिँए। म एकदमै विद्रोही भएकी थिएँ! यसबारे सोच्दा, मलाई गहिरो अफसोस र पछुतो भयो।
भक्तिका क्रममा, मैले परमेश्वरका यी वचनहरू पढेँ: “तँलाई केही विशेष कठिनाइहरू आइपर्दा वा तैँले केही विशेष परिवेशहरू सामना गर्दा, यदि तेरो मनोवृत्ति सधैँ ती कुराहरू पन्छाउने वा ती कुराहरूबाट भाग्ने, र हताशपूर्वक ती कुराहरू नकार्ने र मिल्काउने कोसिस गर्ने हुन्छ भने—यदि तँ आफूलाई परमेश्वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न चाहँदैनस्, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन अनिच्छुक छस्, र सत्यतालाई आफूमाथि हाबी हुन दिन चाहँदैनस् भने—यदि तँ सधैँ हुकुम जमाउन र तेरो शैतानी स्वभावअनुसार आफ्नो हरेक कुरालाई नियन्त्रण गर्न चाहन्छस् भने, त्यसको परिणामस्वरूप, परमेश्वरले तँलाई पन्छाउनुहुनेछ वा शैतानको जिम्मा लगाउनुहुनेछ, अनि यो अवश्य नै हुनेछ। यदि मानिसहरूले यो मामिला बुझ्छन् भने, तिनीहरूले तुरुन्तै पछाडि फर्केर परमेश्वरले माग गरेको सही मार्गअनुसार आफ्नो जीवनको बाटो पछ्याउनैपर्छ—यो नै सही बाटो हो, र जब बाटो सही हुन्छ, त्यसको मतलब दिशा पनि सही हुन्छ। बाटोमा खाल्डाखुल्डीहरू हुन सक्छन् र यस अवधिमा कठिनाइहरू आउन सक्छन्, तिनीहरूलाई ठेस लाग्न वा कहिलेकाहीँ अलि असन्तुष्टि हुन सक्छ र तिनीहरू कैयौँ दिनसम्म नकारात्मक बन्न पनि सक्छन्। तिनीहरूले कर्तव्य निभाउनमा लागिपर्न सक्छन् र कामकुरा ढिलाइ गराउँदैनन् भने, यी सबै समस्याहरू मामुली नै हुनेछन्, तर तिनीहरूले तुरुन्तै आफ्नै बारेमा मनन गर्नुपर्छ, यी समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्छ, अनि तिनीहरूले विलम्ब गर्ने, आफ्नो काम छोड्ने वा आफ्नो कर्तव्य त्याग्ने कदापि गर्नु हुँदैन। यो सबैभन्दा महत्त्वपूर्ण छ। … जब तँलाई कुनै कर्तव्य आइपर्छ, र त्यो तँलाई जिम्मा दिइएको हुन्छ, तब कठिनाइहरूको सामना गर्नबाट कसरी बच्ने भनेर नसोच्; त्यसलाई सम्हाल्न गाह्रो भयो भन्दैमा पन्साउने र बेवास्ता गर्ने नगर्। तैँले त्यस कुरालाई सिधै सामना गर्नुपर्छ। तैँले सधैँ के याद राख्नैपर्छ भने परमेश्वर मानिसहरूको साथमा हुनुहुन्छ, र तिनीहरूलाई कुनै कठिनाइहरू भएमा तिनीहरूले केवल प्रार्थना गरेर उहाँबाट खोजी गर्नुपर्छ, अनि परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन। तँमा यो विश्वास हुनैपर्छ। तैँले परमेश्वर नै सबै थोकका सार्वभौम हुनुहुन्छ भन्ने विश्वास गर्ने भए पनि, किन आफूलाई केही आइपर्दा तँ अझै डर मान्छस् र आफूसँग भरोसायोग्य केही छैन भन्ने सोच्छस्? यसले प्रमाणित गर्छ कि तँ परमेश्वरमा भरोसा गर्दैनस्। यदि तैँले उहाँलाई तेरो आडभरोसा र तेरो परमेश्वरको रूपमा लिँदैनस् भने, उहाँ तेरो परमेश्वर हुनुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। कठिनाइहरू सामना गर्दा, म परमेश्वरको अभिप्राय खोज्न उहाँसामु आइनँ, बरु सधैँ आफ्नै धारणा र कल्पनाहरूमा जिएर आफूलाई सीमित पारेँ। विशेषगरी वाचनका समस्याहरू असङ्ख्य र कठिन हुँदा, अनि मैले दुई दिनसम्म कडा परिश्रम गरेपछि पनि राम्रा नतिजा नदेख्दा, यी समस्याहरू पटक्सकै समाधान गर्न सकिँदैन, र थप प्रयास बेकार हुनेछ भन्ने निर्णय गरेँ। त्यसैले, मैले अभ्यास गरे पनि, टार्नलाई मात्र त्यो लापरवाहीपूर्वक गरेँ, इमानदारीपूर्वक सहकार्य गरिनँ। मैले सिस्टर जोलाई सम्झेँ उनले मभन्दा पछि अभ्यास गर्न थालेकी थिइन् र उनका पनि निकै समस्या थिए, अनि मलाई उनी केही पक्षमा म जत्तिको राम्रो छैनन् भन्नेसमेत लाग्थ्यो। म उनलाई आदर गर्दिनथेँ, तर सिस्टर आफ्नो कर्तव्यबारे एकदमै गम्भीर थिइन्, उनले आफ्ना अपर्याप्तहरूलाई सक्रिय रूपमा सामना गरिन्, र अभ्यास गर्नमा प्रयास लगाइन्। निरन्तर अभ्यासमार्फत, उनले वाचनमा चाँडै सुधार गरिन्, र उनका वाचन नतिजाहरू निकै राम्रा भए। यसबारे विचार गर्दा, यदि म परमेश्वरमा भर परेँ र कठिनाइहरू आउँदा लगनशील भई अभ्यास गर्ने प्रयास गरेँ भने, समस्याहरू समाधान गर्न सकिन्छ भनेर मैले बुझेँ। मानिसहरूले सहकार्य गर्ने हदसम्म, परमेश्वरले त्यो पूरा गर्नुहुनेछ। यी वर्षहरूलाई फर्केर हेर्दा, मैले आफ्नो समय साँच्चै खेर फालेकी थिएँ। मैले परमेश्वरलाई पछ्याएँ तर उहाँमा भरोसा गरिनँ, अनि परिस्थितिहरू आइपर्दा, म परमेश्वरमा भर परिनँ वा मैले उहाँको अभिप्राय खोजिनँ, बरु आफ्नै दृष्टिकोणमा अडिग रहेँ। परिणामस्वरूप, अरूले प्रगति गरे भने म चाहिँ जहाँको त्यहीँ रहेँ। म साँच्चै मूर्ख थिएँ!
पछि, मैले निरन्तर चिन्तन गरेँ। विगतमा, मैले आफ्नो पढाइ र दैनिक जीवन दुवैमा धेरै कठिनाइ सामना गरेँ, तर आफू असक्षम छु भनेर कहिले पनि सजिलै निष्कर्ष निकालिनँ, न त प्रयाससमेत नगरी हार नै मानेँ। ठिक त्यस्तै जतिबेला मैले एकपटक वकिल बनेर ख्याति र धन दुवै प्राप्त गर्ने सपना देखेकी थिएँ, त्यो बेला राष्ट्रिय न्यायिक परीक्षामा पास हुने दर लगभग ७% मात्र थियो, र मेरो शैक्षिक प्रदर्शन त्यति राम्रो थिएन, तर म त्यो गाह्रो छ भन्दैमा पछि हटिनँ। मैले आफ्नो सपना पूरा गर्न, दुई महिनाभन्दा बढी आफूलाई अलग्गै राखेँ, मैले आफ्नो सपना पूरा गर्न, दुई महिनाभन्दा बढी आफूलाई अलग्गै राखेँ, ख्याति र धन प्राप्त गर्ने अनि अरूबाट प्रशंसा पाउने सोचले मलाई धेरै प्रेरित गऱ्यो। अन्त्यमा, मैले साँच्चै त्यो परीक्षा पास गरेँ। मलाई किन आफूले वाचन कर्तव्यका समस्याहरू समाधान गर्न सक्दिनँ भनेर महसुस भयो भन्नेबारे र मैले किन सधैँ उम्कन र पछि हट्न चाहेँ भन्नेबारे फेरि सोच्दा, त्यो त म एकदमै स्वार्थी भएकाले गर्दा थियो। म आफूलाई फाइदाजनक हुने कुराहरू गर्थेँ र फाइदा नहुने कुरहरूबाट टाढा बस्थेँ। भक्तिका क्रममा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र आफ्नो समस्याबारे केही अन्तर्दृष्टि प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र नीच हुन्छन्। तिनीहरूको ‘स्वार्थीपन र नीचता’ को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ र तिनीहरूले यसका लागि दु:ख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन् र आफूलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखा बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्याइरहेको भए पनि ख्रीष्टविरोधीहरू त्यसलाई वास्ता गर्दैनन् र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्ने लाग्छ। व्यावहारिक रूपमा भन्नुपर्दा तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, तुच्छ र घिनलाग्दो हुन्छ भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई ‘स्वार्थी र नीच’ को रूपमा परिभाषित गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? … ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य निभाइरहेका भए पनि त्यसले तिनीहरूलाई चर्चामा ल्याउन मदत गर्नेछ कि गर्नेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि तिनीहरू आफ्नै ख्याति, लाभ र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए पनि तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसले तिनीहरूलाई आराधना गर्छन् र आदरका साथ हेर्छन्, कति जनाले तिनीहरूको आज्ञा पालन गर्छन् र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निभाउँदा कसरी सिद्धान्त अनुसार काम गर्ने भनेर कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, तिनीहरूका काममा कतै विचलन र चुक भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्नेबारेमा चिन्तन नै गर्छन्, तिनीहरू परमेश्वरको घरले मागेको कुरा र परमेश्वरका अभिप्रायहरू के-के हुन् भन्नेबारे त झन सोच्दैनन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर प्रसिद्धि, लाभ र हैसियतका लागि आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वाकाङ्क्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि त्यसको प्रेरणा र स्रोत तिनीहरूको आफ्नै महत्त्वाकाङ्क्षा, चाहना र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र नीचताको ठेट प्रकटीकरण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। मैले परमेश्वरका वचनहरू पढेपछि, कामकुरा गर्ने मेरा अभिप्राय र सुरुवाती बिन्दु ख्रीष्टविरोधीहरूका जस्तै पूर्णतया गलत रहेछन् भन्ने बुझेँ। मैले जे गरेँ त्यो स्वार्थले प्रेरित थियो, म ख्याति र धन, अनि अरूबाट सम्मान पाउने चाहना पूरा गर्न सक्ने कुराहरूका लागि, आफ्नो दिमाग खियाउथेँ र ती प्राप्त हदै प्रयास गर्थेँ, अनि कष्टसँग डराउँदनथेँ। यसको विपरीत, मलाई लाभदायक नहुने कुराहरूका लागि, ती अर्थपूर्ण र मूल्यवान् भए पनि, म ती गर्न अनिच्छुक हुन्थेँ, झन् ती प्राप्त गर्न प्रयास गर्ने वा कष्ट भोग्ने र मूल्य चुकाउन त परै जाओस्। मैले न्यायिक परीक्षा दिँदा, ममा “लड्ने भावना” को सङ्कल्प थियो, किनभने परीक्षा पास गरेपछि म वकिल बन्न, अरूबाट सम्मान पाउन, र धेरै पैसा कमाउन, ख्याति र धन दुवै प्राप्त गर्न सक्थेँ। यस प्रेरणाले मलाई ठूलाभन्दा ठूला कठिनाइहरूसमेत सहन र सफलताका लागि प्रयास गर्न प्रेरित गर्यो। तर, वाचन कर्तव्यप्रतिको मेरो मनोवृत्ति पूर्णतया फरक थियो। मलाई त यो कर्तव्य निर्वाह गर्नु भनेको केवल खुलासा हुनु हो, यसले मलाई ख्याति वा पहिचान दिनेछैन र आफ्नो मूल्य देखाउने अवसर दिँदैन भन्ने लाग्यो। त्यसैले, म यस कर्तव्यका लागि कष्ट भोग्न वा मूल्य चुकाउन अनिइच्छुक भएँ, र त्यो निर्वाह गर्नसमेत अनिच्छुक भएँ। ब्रदर-सिस्टरहरूले परमेश्वरको जरुरी अभिप्रायबारे बारम्बार सङ्गति गरे, जसमा परमेश्वर धेरै मानिसले उहाँका वचनहरू सुन्न र उहाँको मुक्ति प्राप्त गर्न सकून् भन्ने आशा गर्नुहुन्छ। उनीहरूले मलाई तुरुन्तै अभ्यास गर्न आग्रह गरे, ताकि मैले कर्तव्य लिन सकूँ तर मैले आफ्नै प्रतिष्ठा र हैसियतलाई मात्र वास्ता गरेँ। मैले ब्रदर-सिस्टरहरूको सल्लाह पटक्कै सुनिनँ, परमेश्वरको अभिप्रायलाई बेवास्ता गरेँ, र त्यो काम जति नै जरुरी र महत्त्वपूर्ण भए पनि त्यसप्रति आँखा चिम्लेँ। म अत्यन्तै स्वार्थी र घृणित थिएँ! मैले यसबारे जति सोचेँ, त्यति नै दुःखी भएँ। मैले परमेश्वरसामु आएर प्रार्थना गरेँ, “हे परमेश्वर, मैले धेरै वर्षदेखि तपाईँलाई पछ्याउँदै आएकी छु तर इमानदार भएकी छैनँ। म आफूले गर्ने हरकुरामा, आफ्नै हितलाई वास्ता गर्छु र आफ्नो देहका लागि योजना बनाउँछु, जसले गर्दा मलाई आफ्नो कर्तव्यमा धेरै पछुतो हुन्छ। म अब यसरी जिउन चाहन्नँ; म परिवर्तन हुन चाहन्छु। तपाईँ मेरो छानबीन गर्नुहोओस्!” प्रार्थना गरेपछि, मैले म आफ्नो वर्तमान कर्तव्यमा कसरी लापरवाह र झारा टारुवा भएकी छु र कर्तव्य निर्वाहप्रतिको यो दृष्टिकोण कसरी परिवर्तन गर्न सक्छु भनेर चिन्तन गर्न थालेँ। र कर्तव्य निर्वाहप्रतिको यो दृष्टिकोण कसरी परिवर्तन गर्न सक्छु भनेर चिन्तन गर्न थालेँ। अगुवाले मलाई वाचन अभ्यास जारी राख्न अर्को मौका दिइनेछ भनेर भनिन्। मेसेज पढ्नेबित्तिकै मलाई पत्यारै लागेन। मैले यो मलाई पश्चात्ताप गर्ने र आफ्नो देहविरुद्ध विद्रोह गर्ने अनि सत्यता अभ्यास गर्ने मौका दिएर परमेश्वरले कृपा देखाउनुभएको हो भन्ने स्पष्टसँग बुझेँ। मेरो हृदय कृतज्ञताले भरियो, अनि मलाई के भन्ने भनेर थाहा भएन। मेरा सबै शब्द एउटै वाक्यांशमा परिणत भए—धन्यवाद परमेश्वर! त्यो क्षण, मलाई परमेश्वरका यी शब्दहरूको याद आयो: “परमेश्वरको स्वभाव जीवन्त र स्पष्ट छ, र अवस्था जे-जसरी विकसित हुन्छन्, त्यसरी नै उहाँले आफ्ना विचार र मनोवृत्तिलाई परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रति उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्नै सोचाइ र विचार छन् भनेर बताउँछ; उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्न, जीवित परमेश्वर हुनुहुन्छ। उहाँ निनवेका मानिसहरूप्रति त्यसरी नै रिसाउन सक्नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिको कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्नुभयो। उहाँले निनवेवासीमाथि दुर्दशा ल्याउने निर्णय गर्न सक्नुहुन्थ्यो, र तिनीहरूको पश्चात्तापको कारण उहाँले आफ्नो निर्णय परिवर्तन पनि गर्न सक्नुहुन्थ्यो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २)। मलाई परमेश्वर मेरो हरेक शब्द र कार्य हेर्दै मेरै छेउमा हुनुहुन्छ भन्ने महसुस भयो, र जब म पश्चात्ताप गर्न इच्छुक भएँ, तब परमेश्वरले मलाई अर्को मौका दिनुभयो।
त्यसपछिको अभ्यासका क्रममा, सिस्टरहरूले केही समस्या औँल्याए। सुरुमा, मैले तिनलाई सही रूपमा सम्हाल्न सकेँ र सक्रिय रूपमा समाधानहरू खोजेँ, तर जब समस्याहरू अलि बढी हुन्थे, तब म फेरि निराश हुन्थेँ र उम्कन चाहने सोचहरू प्रकट गर्थेँ। एकपटक, मैले लगनशील भई अभ्यास गरेपछि, एउटी सिस्टरले मेरो वाचन भावनारहित सुनिन्छ र वास्तवमा म उँभो लाग्नुको सट्टा उँधो लागेको छु भनेर भनिन्। यस्तो टिप्पणी सुन्नुपर्दा मेरो मन साह्रै भारी भयो। मैले आफ्नो अभ्यासले राम्रो नतिजा दिनेछ भन्ने आशा गरेकी थिएँ, तर त्यो झनै खराब भएको देखियो। मैले रेकर्ड गर्ने सबै प्रेरणा गुमाएँ, र सोच्न थालेँ, “यो कर्तव्य एकदमै गाह्रो छ; म यो निर्वाह गर्न सक्दिनँ।” त्यो क्षण, मैले परमेश्वरका यी वचनहरू देखेँ: “हाल, आखिरी दिनहरूमा परमेश्वरको कामको गवाही दिनु र परमेश्वरका वचनहरू प्रसार गर्नु एउटा महत्त्वपूर्ण मामला हो। यो अत्यन्तै महत्त्वपूर्ण कर्तव्य हो, र तिमीहरूमध्ये कसैले पनि यसलाई हल्का रूपमा लिनु हुँदैन। तिमीहरूको बोझ हलुका छैन। यो सानो मामला होइन, यो व्यक्तिगत अनुभवहरूसँग मात्रै सम्बन्धित विषय होइन। यस मामलामा संलग्न दायरा धेरै फराकिलो छ; यो मानवजातिको मुक्ति र राज्यको सुसमाचार फैलाउनुसँग सम्बन्धित छ। यदि तिमीहरूले यस मामलालाई स्पष्ट रूपमा देख्दैनौ र यसको महत्त्वलाई महसुस गर्दैनौ, र आफ्नो कर्तव्य पूरा गर्दा अझै पनि झिँजो मान्छौ, बच्चाजस्तो रिस पोख्छौ, वा असन्तुष्ट हुन्छौ भने, यो समस्याजनक कुरा हो। तिमीहरू यो कामको जिम्मा लिन उपयुक्त छैनौ। तेरो पेसागत सीपको स्तर र तेरो कार्य सामर्थ्य तेरो क्षमता र कार्य अनुभवमा निर्भर हुन्छ; यी गौण कुराहरू हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सोझो हृदय हुनु, परमेश्वरमा समर्पित हुन सक्नु, र आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउन इच्छुक हुनु र बफादार हुनु हो” (परमेश्वरको सङ्गति)। परमेश्वरका वचनहरूले मलाई मैले निर्वाह गरिरहेको कर्तव्य सरल काम होइन भनेर सम्झाए। त्यसमा परमेश्वरका वचन फैलाउनु र परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिनु समावेश थियो, र यसलाई आफ्नै इच्छाअनुसार हल्कासँग लिन मिल्दैनथ्यो। यसबारे सोच्दा, मलाई मन उज्यालिएको र ऊर्जाशील महसुस भयो। मैले परमेश्वरका वचनबाट, अभ्यास गर्ने तरिका पनि भेट्टाएँ। सीप र क्षमता गौण कुरा हुन्; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिको हृदय सही हुनुपर्छ, ऊ बफादार हुनुपर्छ, र उसले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्छ—परमेश्वर यही हेर्न चाहनुहुन्छ। मैले आफूलाई शान्त पारेँ र परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म आफ्नो भ्रष्ट स्वभावले कर्तव्य निर्वाह गर्न चाहन्नँ। मैले यस कर्तव्यका लागि प्रयास गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ, यसरी म तपाईँले मलाई कर्तव्य गर्न दिएको अवसरअनुरूप जिउँछु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले सिस्टरले उठाएका समस्याहरू कसरी समाधान गर्ने भनेर मनन गरेँ। मैले वाचनको सिद्धान्त भनेको परमेश्वरका वचनमा शान्त रहनु, परमेश्वरका वचनहरू इमानदारीपूर्वक पढ्नु, मनन गर्नु र तिनको अर्थ बुझ्नु, र पाठलाई भावनाविना पढ्नुको सट्टा यस जगमा आधारित भएर वाचन गर्नु हो भन्ने बुझेँ। त्यसैले मैले आफ्नो मनलाई शान्त पारेँ र परमेश्वरका वचनहरू पढेँ, अनि तिनलाई आफ्नै स्थितिका आधारमा बुझेँ। यसरी वाचन गरेपछि, सिस्टरले नतिजा धेरै राम्रो भयो भनेर भनिन्। मैले यो परमेश्वरको मार्गदर्शन हो भन्ने बुझेँ र मलाई औधी खुसी लाग्यो। केही समय अभ्यास गरेपछि, मैले मेरो वाचनका परिणामहरू सुधार्ने तरिकाहरू भेट्टाएँ, अनि मेरो वाचनका समस्याहरूमा केही हदसम्म सुधार आयो। यस्तो अनुभव दिनुभएकामा परमेश्वरलाई धन्यवाद!