९. धर्ममा सत्यता प्राप्त गर्न सकिँदैन

मिली, ताइवान

मैले बच्चैदेखि आमाबुबालाई पछ्याएर प्रभुमा विश्‍वास गरेँ, र आफ्नो विश्‍वासलाई जोसका साथ पछ्याएँ। म मण्डलीका सबै गतिविधिमा भाग लिन्थेँ, चाहे ती जेसुकै होऊन्। म दशांशका रूपमा आफ्नो आम्दानीको दशौँ भाग दिन्थेँ, र मण्डली सेवकाइमा सधैँ आबद्ध हुन्थेँ। यस कारणले, म मण्डली डिकन बनेँ, र ३० वर्षको उमेरमा मण्डली एल्डर बनेँ। तर धेरै वर्षको विश्‍वासपछि पनि, मलाई सधैँ सताउने कुनै कुरा थियो। मैले प्रभु येशूका वचनहरू देखेँ: “मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। यसले मलाई अलमल्ल बनायो। के हामी प्रभुको नाउँमा प्रचार गर्ने र काम गर्ने, अनि “प्रभु, प्रभु” भनी पुकार्ने मानिसहरू होइनौँ र? प्रभुले किन त्यस्ता मानिसहरूलाई उहाँ चिन्नुहुन्न भन्नुभयो, र त्यस्ता मानिसहरू दुष्कर्मी हुन् भन्नुभयो? के हामीले उहाँका लागि यसरी कडा परिश्रम गरौँ भन्ने उहाँको अभिप्राय थिएन र? त्यसोभए प्रभुको अभिप्राय के थियो त? मैले कहिल्यै जवाफ पाउन सकिनँ।

मार्च २०२० को एक दिन, एउटी सिस्टरले मलाई अनलाइन प्रवचन सुन्न निम्तो दिइन्। मैले सोचेँ, “महामारीको बेला मण्डली जान सकिँदैन, त्यसैले यसरी प्रवचन सुन्नु नै राम्रो हुनेछ।” म त्यसो गर्न खुसीसाथ सहमत भएँ। त्यस अनलाइन भेलामा, सिस्टर मौरिनले बुद्धिमती र मूर्ख कन्याहरू भन्नुको अर्थ के हो, ख्रीष्ट को हुनुहुन्छ, स्वर्गको राज्य स्वर्गमा छ कि पृथ्वीमा छ इत्यादिबारे सङ्गति दिनुभयो। उनले यी कुराहरूबारे एकदमै राम्रोसँग बोलिन् भन्ने मैले सोचेँ। यी सबै विषयबारे म आफ्ना प्रवचनहरूमा स्पष्ट रूपमा सङ्गति गर्न सक्दिनथेँ, त्यसैले उनको सङ्गति मलाई एकदमै राम्रो लाग्यो। उनले यसो पनि भनिन्, “प्रभुमा विश्‍वास गर्ने हामी सबै स्वर्गको राज्यमा प्रवेश गर्ने आशा गर्छौँ, तर कस्ता किसिमका मानिसहरू त्यहाँ प्रवेश गर्न सक्छन्?” त्यसपछि उनले यी बाइबल पदहरू पढिन्: “मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। उनले भनिन्, “प्रभुले भन्नुहुन्छ सबै विश्वासीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन्। परमेश्‍वरको इच्छा पालन गर्नेहरू मात्र प्रवेश गर्न सक्छन्। त्यसोभए परमेश्‍वरको इच्छा पालन गर्नुको अर्थ के हो? धेरै मानिस सोच्छन्, जबसम्म उनीहरूले अझ धेरै सेवाकाइ गर्छन्, बाइबल पढ्छन्, प्रार्थना गर्छन्, र धेरै असल कामहरू गर्छन्, तबसम्म उनीहरूले परमेश्‍वरको इच्छा पालन गरिरहेका हुन्छन्, र जब प्रभु फर्कनुहुन्छ, तब उनीहरू निश्चय नै स्वर्गको राज्यमा उठाइलगिनेछन्। के यो दृष्टिकोण सही छ? के यो परमेश्‍वरको अभिप्रायअनुरूप छ? यहूदी धर्मका फरिसीहरूले सुसमाचार प्रचार गर्न सारा पृथ्वी र समुद्रको यात्रा गरे, र उनीहरूमा धेरै असल व्यवहार थिए, तर जब प्रभु येशू आउनुभयो र उहाँले धेरै सत्यता व्यक्त गर्नुभयो, तब उनीहरूले उहाँलाई प्रभुका रूपमा चिनेनन्। उनीहरूले उन्मत्त भएर उहाँको प्रतिरोध र निन्दा गरे, र उहाँलाई क्रूसमा समेत टाँगे, अनि उनीहरू अन्त्यमा दुष्कर्मी बने। यसबाट, हामी के देख्न सक्छौँ भने स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नु भनेको कल्पना गरेजस्तो केवल सुसमाचार प्रचार गर्नु, बाइबल पढ्नु, प्रार्थना गर्नु र असल कामहरू गर्नु होइन। यो त एक इसाईले गर्नुपर्ने एउटा पक्ष मात्र हो। त्यसोभए स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुको वास्तविक अर्थ के हो त? बाइबल भन्छ: ‘त्यसकारण तिमीहरू पवित्र हुनेछौ, किनकि म पवित्र छु(लेवी ११:४५)। ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। यसबाट, हामी के देख्न सक्छौँ भने मानिसहरूबाट परमेश्‍वरले गर्ने माग भनेको पवित्रता हासिल गर्नु र पापबाट मुक्त हुनु हो। यसको अर्थ परमेश्‍वरमा समर्पित हुन सक्नु, उहाँका वचनहरू सुन्न सक्नु, पाप गर्न, उहाँलाई प्रतिरोध वा विश्‍वासघात गर्न छोड्न सक्नु, र मानवीय धारणाहरूसँग मेल नखाँदासमेत उहाँका कामप्रति समर्पित हुन र त्यो स्वीकार गर्न सक्नु हो। यस्तो प्रकारको व्यक्तिले मात्र परमेश्‍वरको इच्छा पालन गर्छ, र परमेश्‍वरको राज्यमा रहनेछ। हामीले प्रभुमा विश्‍वास गर्ने, अनि उहाँका लागि त्याग गर्ने र समर्पण गर्ने भए पनि, हामी अक्सर झूट बोल्छौँ र पाप गर्छौं, सहकर्मीहरूबीच अक्सर ईर्ष्या र झगडा हुन्छ। जब हामी विपत्ति र बिमारको सामना गर्छौं, तब हामी अझै परमेश्‍वरबारे गुनासो गर्छौँ, उहाँको आलोचना गर्छौँ, र उहाँलाई विश्‍वासघातसमेत गर्छौँ। के यो साँच्चै परमेश्‍वरको इच्छा पालन गर्नु हो र?” उनले सङ्गति गरिसकेपछि, मैले अचानक प्रकाश पाएँ: परमेश्‍वरको इच्छा पालन गर्नु भनेको हामी बाहिरी रूपमा कति व्यस्त छौँ भन्ने होइन, यो त हामी उहाँका वचन सुन्छौँ कि सुन्दैनौँ, उहाँमा समर्पित हुन्छौँ कि हुँदैनौँ, अनि पाप गर्न र उहाँको प्रतिरोध गर्न छोड्छौँ कि छोड्दैनौँ भन्ने कुरामा निर्भर हुन्छ। तर हामी अझै अक्सर पाप गर्छौँ, हामी दिनमा पाप गर्ने र राति पाप स्वीकार गर्ने स्थितिमा जिउँछौँ। हामी पापबाट उम्केका छैनौँ र परमेश्‍वरको वचन अभ्यास गर्न सक्दैनौँ, र जब कुनै असन्तोषजनक कुरा हुन्छ, तब हामी प्रभुप्रति रिसाउँछौँ र गुनासो गर्छौँ। हामीले परमेश्‍वरको इच्छा पटक्कै पालन गरिरहेका छैनौँ।

त्यसपछि, मौरिनले हरेक भेलामा मसँग केही वचन बाँड्थिन्। मैले यी वचनहरू राम्रा र ताजा छन्, अनि एकदमै सुस्पष्ट सुनिन्छन् भन्ने सोचेँ। बिस्तारै, मलाई यस्ता भेलाहरू मन पर्न थाल्यो, र म सधैँ अर्को भेलाको प्रतीक्षा गर्थेँ। यही क्षणमा मैले के पत्ता लगाएँ भने मैले कुनै समय प्रचार गरेका प्रवचनहरू, साथै धेरै पाष्टरका प्रवचनहरू, हामीले मानिसहरूलाई प्रोत्साहित गर्न प्रयोग गर्ने गरेका शब्द र धर्मसिद्धान्त मात्र थिए इमानदारीसाथ भन्नुपर्दा, हामीसँग परमेश्‍वर र सत्यताबारे पटक्कै बुझाइ थिएन। तर जब मैले ब्रदर-सिस्टरहरूलाई अनलाइन भेटेँ र उनीहरूको सङ्गति सुनेँ, तब त्यसको साँच्चै आनन्द उठाएँ र भरणपोषण पाएको, साथै स्वतन्त्रता र मुक्त भएको महसुस गरेँ। यदि मैले धर्मशास्त्र बुझिनँ वा कुनै कुरा जानिनँ भने म प्रश्नहरू सोध्न सक्थेँ, र त्यहाँ सधैँ जवाफहरू पाउँथेँ। मैले आफ्ना मण्डली भेलाहरूमा यति धेरै कुरा कहिल्यै पाएकी थिइनँ।

एउटा भेलाको दौरान, मौरिनले मलाई पढ्नका लागि एउटा खण्ड पठाइन्: “मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्‍वर, युग अन्त्य गर्ने परमेश्‍वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्‍वर स्वयम्‌ हुँ। मानिसहरू कहिल्यै मेरो सम्पर्कमा आएका छैनन्, तिनीहरूले मलाई कहिल्यै चिनेका छैनन्, र तिनीहरू सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसहरूकहाँ देखा पर्नुहुने तर उनीहरूमाझ गुप्त रहनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसहरूमाझ, साँचो र वास्तविक रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण असङ्ख्या देशहरू आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म यावत् थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र म आफूसँग यो स्वभाव बोक्छु, ताकि म धर्मी परमेश्‍वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्‍ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्‍वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्‍वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्‍वर हुँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)। मैले यो खण्ड पढिसकेपछि, मौरिनले मलाई सोधिन्, “तपाईँलाई यो कसले भनेको हो भन्ने लाग्छ?” मैले तुरुन्तै फेरि मनमनै पढेँ। मलाई यी वचनहरूमा अख्तियार र शक्ति भएको महसुस भयो, र “म सारा मानवजातिलाई विजय गर्ने सर्वशक्तिमान् परमेश्‍वर हुँ” भन्ने वचनहरूबाट, मैले परमेश्‍वरको प्रताप महसुस गरेँ। म यी वचनहरू परमेश्‍वरले बोल्नुभएको हो, किनभने कुनै पनि मानवले यस्ता कुराहरू भन्न सक्दैन भनेर म निश्चित थिएँ। कुनै पनि प्रसिद्ध व्यक्ति, महान् मानिस, वा धार्मिक अगुवाले यस्ता वचनहरू बोल्न सक्दैनथ्यो। मैले मौरिनलाई भनेँ, “स्पष्ट छ, यो परमेश्‍वरले भन्नुभएको हो, किनभने परमेश्‍वर स्वयमलाई मात्र उहाँले के गर्न लाग्नुभएको छ भन्ने थाहा छ, र कुनै व्यक्तिले यसो भन्ने आँट गर्नेथिएन: ‘मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे।’” मेरो जवाफ सुनेपछि, उनले उत्साहित हुँदै भनिन्, “आमेन! यो परमेश्‍वरको आवाज हो! परमेश्‍वरको आवाज चिन्न सक्नेहरू बुद्धिमती कन्या र आशिषित् हुन्।” मैले बाइबलमा यी वचनहरू कहिल्यै पढेकी थिइनँ, त्यसैले मलाई यी वचनहरू कहाँबाट आएका हुन् भन्ने जिज्ञासा भयो। यही बेला उनले मलाई बताइन् प्रभु येशू सर्वशक्तिमान्‌ परमेश्‍वर, मुक्तिदाताका रूपमा फर्किसक्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मुठा खोलिसक्नुभएको छ र सातवटा मोहोर तोडिसक्नुभएको छ, यी वचनहरू त्यही मुठाबाट आएका हुन्, र ती आखिरी दिनहरूमा परमेश्‍वरद्वारा व्यक्त गरिएका सत्यता हुन्। यो सुनेर म एकदमै उत्साहित भएँ, र सोचेँ, “के मुठा खोलिएको छ? त्यसोभए त मैले तुरुन्तै परमेश्‍वरको वचन पढ्नुपर्छ!” उनले आफ्नो सङ्गति जारी राखिन्, “प्रभु येशू आखिरी दिनहरूमा फर्कनुहुन्छ। उहाँ ‘सर्वशक्तिमान्‌ परमेश्‍वर’ को नाउँमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ। उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, र परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, जुन मानिसहरूलाई पूर्ण रूपमा धुने र मुक्ति दिने काम हो। यदि हामीले परमेश्‍वरको वचनमा भएको न्याय र सजाय स्वीकार गऱ्यौँ भने मात्र पाप र भ्रष्टता फाल्न अनि शुद्ध हुन सक्छौँ। त्यसपछि मात्र हामी मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ। आखिरी दिनहरूमा परमेश्‍वरको नयाँ नाउँ, सर्वशक्तिमान्‌ परमेश्‍वरले प्रकाशको पुस्तकका भविष्यवाणीहरू पूरा गर्दछ: ‘म अल्फा र ओमेगा, सुरु र अन्त हुँ, जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ(प्रकाश १:८)। ‘हल्लेलूयाह: किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले शासन गर्नुहुन्छ(प्रकाश १९:६)। यहोवा, येशू, र सर्वशक्तिमान्‌ परमेश्‍वर परमेश्‍वरका नाउँहरू हुन्। हरेक युगमा परमेश्‍वरको नाउँ फरक भए तापनि, उहाँ एउटै परमेश्‍वर र एउटै आत्मा हुनुहुन्छ।” उहाँको सङ्गति सुनेपछि मात्र मैले के बुझेँ भने कि आखिरी दिनहरूमा हुने परमेश्‍वरको नयाँ नाउँ प्रकाशको पुस्तकमा धेरै पहिले नै भविष्यवाणी गरिएको थियो, तर मैले याद गरेकी थिइनँ। मलाई परमेश्‍वर अन्तर्निहित रूपमा सर्वशक्तिमान् हुनुहुन्छ भन्ने मात्र थाहा थियो। आखिरी दिनहरूमा फर्कनुहुँदा परमेश्‍वरले प्रयोग गर्ने नाउँ “सर्वशक्तिमान्‌ परमेश्‍वर” हो भन्ने मलाई कहिल्यै लागेन। म एकदमै खुसी र उत्साहित भएँ। परमेश्‍वर पहिल्यै फर्किसक्नुभएको छ, र उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्ने स्पष्ट भयो! उनले मलाई यो पनि भनिन्, “सर्वशक्तिमान्‌ परमेश्‍वर ३० वर्षअघि सन् १९९१ मा देखा पर्नुभयो र उहाँले काम थाल्नुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वरले सत्यताका लाखौँ शब्दहरू व्यक्त गर्नुभयो, ती सबै इन्टरनेटमा सार्वजनिक रूपमा पोस्ट गरिएका छन्। अहिले उहाँका वचनहरू पूर्वदेखि पश्चिमसम्म, संसारका धेरै देशमा फैलिएका छन्। धेरैभन्दा धेरै मानिसले परमेश्‍वरको आवाज सुन्छन् र परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्छन्। यसले प्रभु येशूको भविष्यवाणीलाई पूर्ण रूपमा पूरा गर्दछ: ‘जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)।” म एकदमै छक्क परेँ। पूर्वीय बिजुली त परमेश्‍वरको देखापराइ र काम हो भन्ने स्पष्ट भयो। केही वर्षअघि, मैले पत्रिकामा पूर्वीय बिजुलीले प्रभुको पुनरागमनको गवाही दियो भनेर भनिएको पढेकी थिएँ। तर त्यसबेला, धेरैजसो पाष्टर र एल्डरले त्यसको निन्दा गरे, र विश्‍वासीहरूलाई पूर्वीय बिजुलीको प्रचार सुन्न दिएनन्, त्यसैले मैले यो साँचो मार्ग होइन भन्ने सोचेँ। मैले यसको खोजी र अनुसन्धान गरिनँ, र मैले निश्चय नै सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन पढिनँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ, र उहाँले देखा परेर ३० वर्षदेखि काम गरिरहनुभएको छ भने कहिल्यै कल्पना गरेकी थिइनँ। म अलि चिन्तित भएँ, र मलाई आफू धेरै पछि परेको महसुस भयो, त्यसैले मैले परमेश्‍वरका थप वचनहरू पढ्न चाहेँ। मौरिनसँग परमेश्‍वरको वचनबारे भेला भई सङ्गति गरेर, केही समयपछि मैले आखिरी दिनहरूमा परमेश्‍वर किन देहधारण गरेर काम गर्न आउनुपर्छ भन्नेबारे केही कुरा बुझ्न थालेँ। मैले परमेश्‍वर न्यायको काम गर्न आफ्ना वचनहरू कसरी प्रयोग गर्नुहुन्छ, हामीले धोइन र स्वर्गको राज्यमा प्रवेश गर्न यो न्याय कसरी अनुभव गर्नैपर्छ भन्ने कुरा र अरू थप कुराहरू पनि सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरले यी सबै रहस्य प्रकट गर्नुभएको छ, र यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, जसले प्रभु येशूको यो भविष्यवाणी पूरा गर्दछ: “जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ(यूहन्‍ना १६:१३)। सर्वशक्तिमान्‌ परमेश्‍वर नै प्रभु येशूको दोस्रो आगमन हुनुहुन्छ भनेर म झन् निश्चित भएँ। त्यसपछि, मेरी सिस्टरले मलाई परमेश्‍वरका वचनहरूको एउटा पुस्तक पठाइन्। मैले हरेक दिन परमेश्‍वरको वचन पढेँ, र मैले आत्मिक भरणपोषण पाएँ।

त्यसपछि, म आफू जान सक्ने हरेक भेलामा लगभग जान्थेँ। तर भेलाका समय म अझै उपस्थित हुने मण्डलीका सेवाहरूसँग अक्सर बाझिन्थ्यो। मैले सोचेँ, “के मैले आफ्नो मण्डली छोड्नुपर्छ?” तर म १८ वर्षदेखि एल्डर थिएँ। हरेक कार्यकाल चार वर्षको हुन्थ्यो, र मेरो वर्तमान कार्यकाल समाप्त हुन अझै एक वर्षभन्दा बढी थियो। यदि मैले कार्यकालको बीचमा मण्डली छोडेँ भने मेरा ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? के उनीहरूले मैले यत्तिकै छोडेँ र म प्रभुप्रति बफादार रहेनछु भन्ने सोच्नेछन्? तर त्यसपछि मैले सोचेँ, प्रभु त फर्किसक्नुभएको छ, के म धर्ममा रहनुपर्छ र? मलाई राम्ररी थाहा थियो भने पाष्टरहरूले मञ्चबाट भन्ने कुराले अब विश्‍वासीहरूलाई भरणपोषण गर्न सक्दैन। उनीहरू प्रभु येशूका चिन्ह र चमत्कारहरूबारे बारम्बार छलफल गर्थे, र उनीहरू प्रायः प्रभुको अनुकरण गर्ने, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने, धैर्यवान् हुने इत्यादिबारे कुरा गर्थे। दशकौँदेखि पाष्टरहरूले यी पुराना, थोत्रा शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्दै आएका थिए, र म पनि आफ्ना ब्रदर-सिस्टरहरूलाई भरणपोषण गर्न असमर्थ थिएँ। मलाई धार्मिक संसार केही समयदेखि उजाड भएको छ भन्ने राम्ररी थाहा थियो। यो कुरा विचार गर्दै, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म मण्डली छोड्न चाहन्छु, तर मलाई अझै पनि चिन्ता छ। मेरा ब्रदर-सिस्टरहरूले मेरो कुरा काट्नेछन् भन्ने मलाई चिन्ता छ। हे परमेश्‍वर, मैले के गर्नुपर्छ? कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गर्दा, मैले बाइबलमा भनिएको कुरा सम्झेँ: “ती दिनहरू आउँछन्, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्‍न नपाउने अनिकाल हुनेछ(आमोस ८:११)। “अनि कटनी गर्ने समय तीन महिना बाँकी छँदै मैले तिमीहरूदेखि वर्षा पनि रोकेको छु: र मैले एउटा सहरमा पानी पारेँ र अर्को सहरमा पानी पारिनँ: एक ठाउँमा पानी पर्‍यो र पानी परेको ठाउँ सुकेन(आमोस ४:७)। मैले इस्राएलको सात वर्षे अनिकाललाई सम्झेँ, जतिबेला त्यहाँ खानेकुरा थिएन, र योसेफका सबै दाजुभाइहरू खानेकुरा माग्न मिश्रमा उनीकहाँ गएका थिए। अहिले सम्पूर्ण धार्मिक संसार अनिकालले पीडित थियो, र पवित्र आत्माको कामको कमी थियो। तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा परमेश्‍वरका वर्तमान वचनहरू खाएँ र पिएँ, मैले जे पाएँ त्यो साँचो ज्योति, र पवित्र आत्माको स्पष्ट मार्गदर्शन हो। यदि म चाँडै अगाडि बढिनँ भने, म पवित्र आत्माको कामद्वारा हटाइनेछु। अब, मैले पवित्र आत्माको काम भएको मण्डली भेट्टाएकी थिएँ, मैले परमेश्‍वरको आवाज सुनेकी थिएँ र प्रभुलाई स्वागत गरेकी थिएँ, त्यसैले म त्यो उजाड धर्ममा बस्नुहुँदैनथ्यो। त्यसपछि, मलाई काम गर्न खटाइएको छैन भने म मण्डली जाँदिनथेँ। तर म एल्डर भएकीले, कहिलेकाहीँ त्यहाँ आराधना गर्न जान्थेँ।

एक दिन, छ महिनापछि मैले इन्टरनेटमा एउटा स्टेज नाटक, एउटा बुद्धिमानी निर्णय। त्यस कथाले मलाई गहन रूपमा छोयो। मुख्य पात्र, ली मिङझी नगर सरकारी अधिकारी थिए। उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, केही सत्यता बुझे। उनले सीसीपीप्रति आफूले गरेको वर्षौँको सेवा र कसरी त्यसलाई पछ्याएर दुष्ट कामहरू गरेँ भन्नेबारे चिन्तन गरे। उनले आफू बर्बादीको मार्गमा हिँडिरहेको रहेछु भन्ने बुझे र ख्रीष्टलाई पछ्याएर अनि परमेश्‍वरका लागि आफूलाई समर्पित गरेर मात्र सत्यता र जीवन पाउन सकिन्छ भन्ने कुरा स्पष्ट रूपमा देखे। उनले परमेश्‍वरलाई प्रार्थना गरे, आफू आफ्नो जागिर छोडेर परमेश्‍वरमा समर्पित हुन कटिबद्ध छु भनी भने। उनकी श्रीमतीले थाहा पाएपछि, कडा विरोध गरिन्, र त्यसपछि उनको परिवारले उनलाई परमेश्‍वरमा विश्वास गर्न छोड्न बाध्य पार्न खोज्यो। यसरी घेराबन्दीमा पर्दा उनले सम्झौता गरेनन्, उनले उनीहरूसँग तर्क गरे, र अन्त्यमा, उनले दृढतापूर्वक आफ्नो जागिर छोडे र परमेश्‍वरलाई पछ्याउने निर्णय गरे। त्यसपछि मैले आफ्ना बारेमा सोचेँ। यदि म धर्ममै बसिरहेकी र परमेश्‍वरलाई पूर्ण हृदयले नपछ्याइएकी भए, मैले कहिल्यै सत्यता पाउनेथिइनँ, र म परमेश्‍वरद्वारा हटाइनेथिएँ। यसबाहेक, यस समय भेला परमेश्‍वरका वचनहरूबारेको सङ्गतिमार्फत, मैले धार्मिक संसारले परमेश्‍वरको प्रतिरोध गरेको तथ्य झन्-झन् स्पष्टसँग देखेँ। परमेश्‍वरले मलाई मार्गदर्शन गरिरहनुभएको छ र मेरा लागि यो धर्म छोड्ने समयगो भन्ने मैले महसुस गरेँ।

केही वर्षअघि सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम ताइवानमा फैलिएको थियो। त्यसबेला, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पत्रिकाहरूमा प्रकाशित भएका थिए, तर ताइवानको धार्मिक संसारले संयुक्त रूपमा पूर्वीय बिजुलीको बहिष्कार गर्ने घोषणा गर्‍यो, जसमा धेरै पाष्टरहरूले सामुहिक हस्ताक्षर गरे। यी पाष्टरहरूलाई प्रभु फर्कनुभएको छ भन्ने धेरैअघि थाहा थियो, तर उनीहरूले खोजी वा अनुसन्धान गरेनन्, न त अरूलाई प्रभु फर्कनुभएको खबर नै सुनाए। उनीहरू परमेश्‍वरको प्रतिरोध गर्न र ताइवानमा परमेश्‍वरको राज्यको सुसमाचार फैलिनबाट रोक्न एकजुटसमेत भए। यसले मलाई दुई हजार वर्षअघिका मुख्य धर्मगुरुहरू, शास्त्रीहरू र फरिसीहरूको याद दिलायो। उनीहरूले प्रभु येशूका वचन र काममा अख्तियार र शक्ति छ भन्ने स्पष्ट रूपमा देखेका थिए, तर उनीहरूले प्रभु येशू नै मसीह हुनुहुन्छ भनेर स्वीकार गरेनन् किनभने उनीहरूलाई सबै विश्‍वासीले उहाँलाई पछ्याउनेछन्, र उनीहरूले आफ्नो हैसियत र आम्दानी गुमाउनेछन् भन्ने चिन्ता थियो। त्यसकारण, उनीहरूले प्रभु येशूलाई आलोचना गर्न र दोष दिन अफवाहहरू रचे। आजको धार्मिक संसारमा पनि त्यस्तै छ। पाष्टरहरूलाई के डर छ भने यदि सबै मानिसले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरे र मण्डली गएनन् भने, कसैले पनि भेटी चढाउनेछैन, र उनीहरूले तलब पाउनेछैनन्, त्यसैले आफ्नो हैसियत र आम्दानी जोगाउन, उनीहरूले संयुक्त रूपमा सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामको निन्दा र प्रतिरोध गरे। यसले मलाई प्रभु येशूले फरिसीहरूलाई सराप्नुहुँदा भनेको कुरा याद दिलायो: “शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। … शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१३-१५)। धार्मिक संसारका यी पाष्टरहरूलाई प्रभु फर्किसक्नुभएको छ र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ भन्ने स्पष्ट रूपमा थाहा छ, तर उनीहरू त्यो खोजी वा अनुसन्धान गर्दैनन्, र अरूलाई भ्रमित पार्छन् र परमेश्‍वरको नयाँ काम खोजी गर्न प्रतिबन्धित गर्छन्, र विश्वासीहरूलाई प्रभुलाई स्वागत गर्नबाट रोक्छन्। यी धार्मिक अगुवाहरू असाध्यै घृणित छन्! उनीहरू प्रभुका साँचो अनुयायी होइनन्, उनीहरू वर्तमान समयका फरिसी हुन्।

एउटा भेलाको दौरान, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू पढेँ: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना ‘परमेश्‍वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्‍वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ शारीरिक गठन’ भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)। परमेश्‍वरको वचन मनन गर्दा, मैले के बुझेँ भने धार्मिक संसारका पाष्टरहरूलाई ब्रदर-सिस्टरहरूले परमेश्‍वरलाई चढाएको भेटीबाट तलब दिइन्छ, तैपनि तिनीहरू मानिसहरूलाई उहाँतिर फर्कनबाट रोक्छन्, र यसरी मानिसहरूको प्रभुलाई स्वागत गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने मौकालाई बर्बाद गर्छन्। के तिनीहरू मानिसहरूको आत्मालाई निल्ने दियाबलस मात्र होइनन् र? मैले महामारीको कारण मण्डलीहरूले कसरी सबै सेवा स्थगित गरेका थिए भनेर पनि सोचेँ। एउटा बैठकको दौरान, पाष्टरहरूले रआफ्नो आमदानी बढाउन मद्दत गर्ने उपायका रूपमा हाम्रो समिति कार्यालयबाहिर ब्रदर-सिस्टरहरूले उमारेको फसल बेच्नेबारे छलफल गरे, र उनीहरूले आफ्नो दशांश तिर्न जारी राख्न सकून्। यो सुन्दा म एकदमै रिसाएँ, र मैले कडा विरोध गरेँ। मैले भनेँ, “पाष्टर भएर तपाईँहरूले मानिसहरूको जीवनको वास्ता गर्नुपर्छ। तपाईँहरू कसरी पैसाको मात्र चिन्ता गर्न सक्नुहुन्छ?” महासचिवले मलाई भने, “जब मण्डलीले भेलाहरू स्थगित गर्छ, तब ब्रदर-सिस्टरहरूबाट आउने भेटी घट्छ, जसले गर्दा मण्डलीको आम्दानी उल्लेखनीय रूपमा घट्छ।” मैले देखेँ, पाष्टरहरू आफ्नो तलब र आम्दानीको मात्र वास्ता गर्थे, ब्रदर-सिस्टरहरूलाई मलजल गर्ने र उनीहरूको आस्थालाई बलियो बनाउने कुराको वास्तवा गर्दैनथे। उनीहरू प्रभु येशूले बताएका पाखण्डी फरिसीहरू थिए। उनीहरू ब्रदर-सिस्टरहरूले परमेश्‍वरलाई चढाएको भेटीमा लिप्त हुन्थे र आफ्नो जीवनबारे वास्ता गर्दैनथे। उनीहरूले मानिसहरूलाई प्रभुलाई स्वागत गर्नबाट पनि रोके, र विश्‍वासीहरूमाथि बलियो पकड बनाउने प्रयास गरे। मैले पाष्टरहरूको साँचो रूप अझ स्पष्ट रूपमा देखेँ। यी धार्मिक पाष्टरहरू परमेश्‍वरलाई इन्कार र प्रतिरोध गर्ने ख्रीष्टविरोधीबाहेक अरू केही थिएनन्। मैले प्रभुमा धेरै वर्ष विश्‍वास गरेपछि, अन्ततः उनीहरूलाई खुट्ट्याएँ। बल्ल म ब्युँझेकी थिएँ। मैले परमेश्‍वरलाई उहाँको कृपाका लागि अनि मलाई उहाँको आवाज सुन्ने र आखिरी दिनहरूमा उहाँको काम स्विकार्ने मौका दिनुभएकामा धन्यवाद दिएँ नत्र त, मैले पाष्टरहरूलाई पछ्याएर दुष्ट काम र परमेश्‍वरको प्रतिरोध गर्नेथिएँ, र मैले मुक्तिको मौका गुमाउनेथिएँ।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा भिडियो पठन हेरेँ: “अहिले, के तिमीहरूले धर्ममा आस्था राख्नु र परमेश्‍वरमा आस्था राख्नु भनेको के हो भनेर साँच्‍चै बुझेका छौ? धर्ममा आस्था राख्नु र परमेश्‍वरमा विश्‍वास गर्नुबीच कुनै भिन्‍नता छ? केमा भिन्‍नता छ? के तिमीहरू यी प्रश्‍नहरूका गहिराइमा पुगेका छौ? सामान्यतया कस्तो प्रकारको व्यक्ति धर्मको विश्‍वासी हो? तिनीहरूको ध्यान केमा हुन्छ? धर्ममा विश्‍वास गर्नुलाई कसरी परिभाषित गरिनुपर्छ? धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्नु हो, र धर्मका विश्‍वासीहरूले आफ्‍ना व्यवहारमा निश्‍चित परिवर्तन ल्याउँछन्: तिनीहरूले मानिसहरूलाई हिर्काउने वा गाली गर्ने गर्दैनन्, तिनीहरूले मानिसहरूलाई हानि गर्ने खराब काम गर्दैनन्, र तिनीहरूले विभिन्‍न अपराध गर्ने वा कानुन तोड्ने गर्दैनन्। सेवाका दिनमा, तिनीहरू मण्डलीमा जान्छन्। यिनीहरू धर्मका विश्‍वासीहरू हुन्। यसको मतलब राम्रो व्यवहार गर्नु र नियमित सेवा-सङ्गतिमा जानु नै कुनै व्यक्तिले धर्ममा विश्‍वास गर्छ भन्‍ने कुराको प्रमाण हो। जब कसैले धर्ममा विश्‍वास गर्छ, तब उसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, र तिनीहरू सोच्छन्, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल व्यक्ति बन्‍नु हो; पाप वा खराब काम गरेनन् भने, तिनीहरू मृत्युपछि स्वर्ग जान सक्नेछन् र तिनीहरूको परिणाम राम्रो हुनेछ। तिनीहरूको आस्थाले तिनीहरूलाई आत्मिक स्तरको भरणपोषण प्रदान गर्छ। त्यसकारण, धर्ममा गरिने विश्‍वासलाई यसरी पनि परिभाषित गर्न सकिन्छ: धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर हृदयले स्वीकार गर्नु; मरेपछि स्वर्ग जान सकिनेछ भन्‍ने कुरामा विश्‍वास गर्नु; हृदयमा आत्मिक आड पाउनु; व्यवहारमा अलि परिवर्तन हुनु; अनि असल व्यक्ति बन्‍नु हो। कुरा त्यति नै हो। तिनीहरूले विश्‍वास गरेका परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न, उहाँले तिनीहरूलाई के गर्न लगाउनुहुन्छ भन्‍ने विषयमा, तिनीहरूलाई केही पनि थाहा हुँदैन। तिनीहरूले यी सबै कुरा बाइबलका शिक्षाको आधारमा अनुमान र कल्‍पना गरेका हुन्छन्। धर्ममा विश्‍वास गर्नु भनेको यही हो। धर्ममा विश्‍वास गर्नु भनेको मुख्य रूपमा व्यवहारगत परिवर्तन र आत्मिक भरणपोषणको खोजी गर्नु हो। तर यस्ता मानिसहरूले हिँड्ने मार्ग—आशिष्‌हरूको पछि लाग्‍ने मार्ग—परिवर्तन भएको हुँदैन। परमेश्‍वरप्रतिको आस्थासम्‍बन्धी तिनीहरूको गलत दृष्टिकोण, धारणा र कल्‍पनाहरू परिवर्तन भएको हुँदैन। तिनीहरूको अस्तित्वको जग, र तिनीहरूले आफ्ना जीवनमा पछ्याउने लक्ष्य र दिशा परम्‍परागत संस्कृतिका विचार र दृष्टिकोणहरूमा आधारित हुन्छन्, र ती अलिकति पनि परिवर्तन भएका हुँदैनन्। धर्ममा विश्‍वास गर्ने हरेकको स्थिति यस्तै हुन्छ। त्यसो भए, परमेश्‍वरमा विश्‍वास गर्नु चाहिँ के हो त? परमेश्‍वरमाथिको विश्‍वासबारे परमेश्‍वरको परिभाषा कस्तो छ? (परमेश्‍वरका सार्वभौमिकतामा विश्‍वास गर्नु।) परमेश्‍वरको अस्तित्व र उहाँका सार्वभौमिकतामा विश्‍वास गर्नु—सबैभन्दा आधारभूत कुरा यही हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका वचनहरूमा चासो राख्नु, र परमेश्‍वरका वचनहरूले भनेबमोजिम अस्तित्वमा रहनु, जिउनु, आफ्‍नो कर्तव्य निभाउनु, र सामान्य मानवताका सबै क्रियाकलापहरूमा सहभागी हुनु हो। यसको आशय के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरले भन्‍नुभएको काम गर्नु, र उहाँले भनेअनुसार जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्याउनु हो। के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको जीवनको लक्ष्य र दिशा धर्ममा विश्‍वास गर्ने मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुँदैनन् र? परमेश्‍वरमा आस्था राख्ने कार्यमा कुन-कुन कुराहरू सामेल हुन्छन्? त्यसमा मानिसहरू परमेश्‍वरका वचनहरू सुन्‍न, सत्यता स्विकार्न, भ्रष्ट स्वभावहरू फाल्न, सबथोक त्यागेर परमेश्‍वरलाई पछ्याउन, अनि आफ्ना कर्तव्यमा वफादार हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुराहरू सामेल छन्। यी कुराहरूको तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरासित प्रत्यक्ष परस्पर सम्बन्ध हुन्छ। अब तिमीहरूलाई परमेश्‍वरमा आस्था राख्नुको परिभाषा थाहा छ; त्यसोभए, परमेश्‍वरप्रतिको आस्थालाई कसरी अभ्यास गर्नुपर्छ? परमेश्‍वर आफ्ना विश्‍वासीहरूप्रति कस्तो माग गर्नुहुन्छ? (तिनीहरू इमानदार बनेको, र सत्यता, स्वभाव परिवर्तन र परमेश्‍वरसम्बन्धी ज्ञानको पछि लागेको माग गर्नुहुन्छ।) मानिसको बाहिरी व्यवहारका लागि परमेश्‍वरका कस्ता मागहरू छन्? (उहाँ मानिसहरू भक्त बनेको, दुराचारी नबनेको, अनि सामान्य मानवतामा जिएको माग गर्नुहुन्छ।) मानिसहरूमा सन्तको आधारभूत शालीनता हुनुपर्छ र तिनीहरू सामान्य मानवतामा जिउनुपर्छ। त्यसोभए, सामान्य मानवता पाउन व्यक्तिमा के हुनैपर्छ? यो कुरा व्यक्तिले विश्‍वासीका रूपमा अभ्यास गर्नैपर्ने धेरै सत्यताहरूसँग सम्बन्धित छ। यी सबै सत्यता वास्तविकताहरू भएमा मात्र व्यक्तिले सामान्य मानवता प्राप्त गर्छ। यदि कुनै व्यक्तिले सत्यता अभ्यास गर्दैन भने के उसले परमेश्‍वरमा विश्‍वास गर्छ? सत्यता अभ्यास नगर्नुका परिणामहरू के-के हुन्? मानिसले मुक्ति प्राप्त गर्न परमेश्‍वरमा ठ्याक्कै कसरी विश्‍वास गर्नुपर्छ, अनि कसरी परमेश्‍वरप्रति समर्पित हुनुपर्छ र उहाँलाई आराधना गर्नुपर्छ? यी सबै कुरा परमेश्‍वरका वचन र थुप्रै सत्यताहरू अभ्यास गर्नुसित सम्बन्धित छन्। त्यसकारण, व्यक्तिले परमेश्‍वरका वचनहरू र उहाँका मापदण्डहरूअनुसार नै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, अनि, मानिसहरूले उहाँका मापदण्डहरूअनुसार अभ्यास गर्नुपर्छ; यो मात्रै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु हो—यो उक्त मामिलाको गुदीसम्मै पुग्छ। सत्यता अभ्यास गर्नु, परमेश्‍वरका वचनहरू पालना गर्नु, र परमेश्‍वरका वचनहरूअनुसार जिउनु: मानव जीवनको सही मार्ग यही हो; परमेश्‍वरमाथिको विश्‍वास मानव जीवनको मार्गसँग सम्‍बन्धित छ। परमेश्‍वरमाथिको विश्‍वास कैयौँ सत्यताहरूसँग सम्‍बन्धित छ, र परमेश्‍वरलाई पछ्याउनेहरूले यी सत्यताहरू बुझ्‍नैपर्छ। तिनीहरूले सत्यता बुझेनन् र स्विकारेनन् भने परमेश्‍वरलाई कसरी पछ्याउन सक्थे र? धर्ममा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्ने, र परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नेभन्दा बढी केही गर्दैनन्—तर तिनीहरूले यी सत्यताहरू बुझ्दैनन्, न त स्वीकार नै गर्छन्, त्यसकारण धर्ममा विश्‍वास गर्नेहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरू होइनन्। धर्ममा विश्‍वास गर्नका लागि, बाहिरी रूपमा असल व्यवहार गर्दा, संयमित हुँदा र प्रावधानहरू पालन गर्दा अनि आत्मिक भरणपोषण हुँदा भइहाल्छ। यदि व्यक्तिले असल व्यवहार गर्छ र ऊसित एक मानसिक आड र आफ्नो आत्माको भरणपोषण छ भने के उनीहरूको जीवनको मार्ग परिवर्तन हुन्छ? (हुँदैन।) कतिपय मानिस भन्छन्, धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा आस्था राख्नु एउटै कुरा हो। त्यसोभए के ती मानिसहरू परमेश्‍वरलाई पछ्याउँछन्? के तिनीहरू परमेश्‍वरलाई उहाँका मापदण्डहरूअनुसार विश्‍वास गर्छन्? के तिनीहरूले सत्यता स्वीकार गरेका छन्? यदि कुनै व्यक्तिले यीमध्ये कुनै पनि कुरा गर्दैन भने, ऊ परमेश्‍वरको विश्‍वासी वा अनुयायी होइन। व्यक्तिमा धर्मप्रतिको विश्‍वास प्रकट हुने सबैभन्दा प्रस्ट तरिका परमेश्‍वरको वर्तमान काम र उहाँले व्यक्त गर्ने सत्यता स्वीकार नगर्नु हो। धर्मका विश्‍वासीहरूको विशेषता यही हो; तिनीहरू परमेश्‍वरका अनुयायी बिलकुलै होइनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्‍वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन)। परमेश्‍वरका वचनहरू अत्यन्तै साँचो छन्! मैले धर्ममा छँदाको आफूबारे सोचेँ, जहाँ पवित्र आत्माको काम थिएन, र परमेश्‍वरका वर्तमान वचनहरूको मलजल र भरणपोषण थिएन। म केवल धार्मिक नियम र रीतिथितिहरू पालन गर्न, अनि बाहिरी रूपमा केही असल काम गर्न सक्थेँ। कुनै ब्रदर वा सिस्टरलाई नकारात्मक भएको देख्दा, म उनीहरूलाई साथ दिन्थेँ र म अक्सर उनीहरूमाथि हात राखेर प्रार्थना गर्थेँ, र सेवाकाइमा सक्रिय रूपमा भाग लिन्थेँ, यो परमेश्‍वरको अभिप्रायअनुरूप छ भन्ने सोच्थेँ। परमेश्‍वरका वचनहरू पढेपछि मात्र मलाई म परमेश्‍वरमा नभई धर्ममा विश्‍वास गरिरहेकी रहेछु भनेर थाहा भयो। यी केवल बाहिरी असल कामहरू थिए, म परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेकी र उहाँमा समर्पित भइरहेकी थिइनँ, र यसले मेरो स्वभाव परिवर्तन गर्नेथिएन। मैले कडा परिश्रमलाई राम्रो गन्तव्य र मुक्तिसँग साट्न सक्छौँ भन्ने सोचेँ, तर यो केवल मेरो आफ्नै मनको लड्डु मात्र थियो, र त्यो परमेश्‍वरको अभिप्रायअनुरूप थिएन। मैले म अक्सर मेरा ब्रदर-सिस्टरहरूलाई प्रभुका निम्ति पछ्याउनू र कडा परिश्रम गर्नू, जब हामी स्वर्गमा प्रवेश गर्छौं, तब पाँच वा दश सहरमाथि शासन गर्नेछौँ भन्थेँ भनेर पनि सम्झेँ। अब परमेश्‍वरको वचन पढेपछि, मलाई मेरो प्रचार हास्यस्पद र अवास्तविक लाग्यो। हामीमध्ये कसैले पनि आखिरी दिनहरूमा परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका थिएनौँ, हाम्रा भ्रष्ट स्वभावहरू शुद्ध पारिएका थिएनन्, र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न बिल्कुलै योग्य थिएनौँ। जब हामी स्वर्गको राज्यमा प्रवेश गर्छौं, तब पाँच वा दश सहरहरूमाथि शासन गर्नेछौँ भन्ने विचार विशुद्ध कल्पना थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले बाहिरी रूपमा असल कामहरू गरेर पुग्दैन। मुख्य कुरा भनेको परमेश्‍वरको काम र वचनहरू अनुभव गर्नु, स्वभावमा परिवर्तन हासिल गर्नु, अनि उहाँमा समर्पित हुनु र उहाँको आराधना गर्नु हो। यो परमेश्‍वरको अभिप्रायअनुरूप छ। मैले म प्रभुप्रतिको आफ्नो विश्‍वासमा अन्योलमा परेकी छु, र यो परमेश्‍वरले अनुमोदन गर्ने कुरा होइन भन्ने देखेँ। यदि मैले धर्ममा विश्‍वास गर्न र भेला हुन जारी राखेकी भए, कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ। तर त्यसपछि मैले सोचेँ, मसँग एल्डरको पद छ, त्यसैले म अझै पनि मण्डली जानुपर्छ। यदि मैले मण्डली छोडेँ भने, मलाई निश्चय नै पन्छाइनेछ र घृणा गरिनेछ, अरूले मलाई आदर गर्नेछैनन् र म प्रभुप्रति बफादार छैनँ भन्ने सोच्नेछन्। जब मैले यो सोचेँ, तब म हिचकिचाएँ। मैले उनीहरूलाई आफूले प्रभुलाई स्वागत गरेकी छु र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेकी छु भनेर बताएक बारेमा पनि सोचेँ, तर मैले भनेको क्षणमा नै मलाई पाष्टरहरू र अन्य सहकर्मीहरूद्वारा सताइनेछ र रोकावट दिइनेछ भन्ने जानेँ। मैले आफैसँग भित्रभित्रै लडाइँ गरेँ। मलाई ढिलो वा चाँडो म धर्म छोड्नेछु भन्ने थाहा थियो, तर उनीहरूलाई कसरी आफ्नो राजीनामा दिने भन्ने थाहा थिएन। म अक्सर यस विषयमा परमेश्‍वरसँग प्रार्थना र खोजी गर्थेँ।

एक दिन, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्‍वरले उहाँको देखा पराइको तृष्णा गर्नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्‍न सक्‍नेहरू, उहाँका आज्ञालाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँले आफूसामु बालकझैँ समर्पित हुने र उहाँको विरोध नगर्नेहरूलाई खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्‍वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्‍वरले तँलाई कृपाका साथ हेर्नुहुनेछ, र तँमाथि आशिष खन्याउनुहुनेछ। यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, तँसँग प्रशस्त ज्ञान छ, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती घृणित समेत हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने म मण्डली छोड्नेबारे धेरैपटक हिचकिचाएकी थिएँ किनभने मैले एल्डरका रूपमा आफ्नो पद त्याग्न सकिनँ। मेरो हैसियतको कारण, मेरा ब्रदर-सिस्टरहरूले मलाई मान र आदर गर्थे। उनीहरू मलाई फरक व्यवहार गर्थे, र मलाई फाइदा पुग्न सक्ने कुनै कुरा हुँदा, उनीहरू सधैँ मलाई सम्झन्थे। मैले मण्डली छोड्दा यी सबै गुमाउनेछु भन्ने मलाई चिन्ता थियो। मैले हैसियतको लोभ र त्यसका फाइदाहरूको लालसा गरेँ। यो सही मार्ग थिएन, र यसले परमेश्‍वरलाई अप्रसन्न तुल्यायो। मैले आफूलाई हैसियतको जन्जिरबाट मुक्त गर्नुपर्छ भन्ने मलाई स्पष्टसँग थाहा थियो। यदि मैले कामकुराहरू परिवर्तन नगरेकी भए, म परमेश्‍वरको प्रतिरोध गर्ने बाटोमा हिँड्नेथिएँ। यो मैले चाहेको परिणाम थिएन। म अबउसो आफ्ना ब्रदर-सिस्टरहरूलाई उच्च सम्मान गर्ने तृष्णा गर्न सक्दिनथेँ। अरूले मलाई सम्मान गर्छन् कि गर्दैनन् भन्ने कुराले फरक पार्दैनथ्यो। फरक पार्ने कुरा त म परमेश्‍वरको अनुमोदन पाउन सक्छु कि सक्दिनँ भन्ने हो। मैले हैसियतप्रति होइन, परमेश्‍वरप्रति बफादार हुनुपर्थ्यो। यो थाहा पाएपछि, मण्डली छोड्ने मेरो सङ्कल्प झनै बलियो भयो।

आइतबार, म सदाझैँ मण्डली गएँ, र सेवापछि, मैले सबैलाई म आफ्नो एल्डरको काम छोड्दै छु भनेर बताएँ। यो सुनेर सबै छक्क परे, र उनीहरू सबैले मलाई बस्न विश्‍वस्त पार्ने प्रयास गरे। त्यसपछि, केही पाष्टरहरूले मलाई फोन गरेर एल्डर हुनु भनेको परमेश्‍वरसँगको करार हो जुन तोड्न मिल्दैन भनेर भने मैले सोचेँ, “प्रभु फर्कनुभएको छ, उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, र नयाँ काम गर्नुभएको छ। के मैले अझै पनि यो करार पालन गरेर प्रभुलाई स्वागत नगर्ने?” मलाई याद आयो, कसरी मुख्य धर्मगुरुहरू, शास्त्रीहरू र फरिसीहरू मन्दिरमा वर्षैभरि परमेश्‍वरको सेवा गर्थे, तर जब प्रभु येशू काम गर्न आउनुभयो, तब उनीहरूले प्रभुको निन्दा र प्रतिरोध गरे, र उहाँलाई क्रूसमा टाँगे। के यो परमेश्‍वरप्रतिको बफादारी थियो? उनीहरू परमेश्‍वरप्रति बिलकुलै बफादार थिएनन्। वास्तवमा उनीहरूले उहाँको प्रतिरोध गरे। आज प्रभु येशू फर्कनुभएको छ, र उहाँले नयाँ वचनहरू व्यक्त गर्नुभएको छ। यदि मैले यो तथाकथित “करार” पालन गरेर मण्डलीमै बसेकी, अनि परमेश्‍वरका वर्तमान वचनहरू र कामसँग तालमेल नमिलाएकी भए, म परमेश्‍वरप्रति बफादार हुनेथिइनँ! प्रभु येशूले कसरी भन्नुभयो भन्ने मैले सम्झेँ: “मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। परमेश्‍वरका भेडाहरूले कुनै हिचकिचाहटविना परमेश्‍वरका वचनहरू सुन्नुपर्छ र उहाँलाई पछ्याउनुपर्छ। त्यसैले, पाष्टरहरूले मलाई जति नै मनाउने प्रयास गरे पनि, म डगमगाइनँ। म परमेश्‍वरप्रति मलाई धर्मबाट बाहिर निस्कन अगुवाइ गर्नुभएकामा, उहाँका हालका वचनहरू खान र पिउन दिनुभएकामा, र पवित्र आत्माको काम प्रदान गर्नुभएकामा एकदमै कृतज्ञ छु, जसले मलाई पहिले कहिल्यै थाहा नभएको जस्तो राहत अनुभव गर्न दिएको छ। मेरो एल्डरको हैसियत गएकाले, मैले तबउसो मञ्चबाट निरस र खोक्रा शब्द तथा धर्मसिद्धान्तहरू बोलिनँ। बरु, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले आफूलाई सुसज्जित पार्नमा ध्यान केन्द्रित गरेँ, र मलाई हरेक दिन एकदमै सन्तुष्ट महसुस भयो र मेरो हृदय आनन्दले भरियो।

केही समय नबित्दै, मैले मण्डली छोडेको खबर फैलियो। दुई महिनापछि, एउटी सिस्टरले धार्मिक समूहमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको एउटा भिडियो अनलाइन पोस्ट गरिन्, त्यसैले पाष्टरहरूले मण्डली बन्द गर्न थालेका थिए। उनीहरूले कसैले मण्डली छोडेकाले, मण्डलीले पूर्वीय बिजुलीविरुद्ध सावधानी अपनाउनुपरेको छ भनेर सन्देशसमेत जारी गरे। यो खबर सुनेर म दुःखी भएँ, र पाष्टरहरूका लागि दुःख लाग्यो। धार्मिक संसारका अधिकांश पाष्टरहरूलाई सत्यता मन पर्दैन भनेर म झनै निश्चित भएँ। स्वभावले, उनीहरू सत्यप्रति वितृष्णा राख्छन् र सत्यतालाई घृणा गर्छन्। उनीहरू आफूलाई बाइबल र परमेश्‍वर थाहा छ भन्ने सोच्छन्, तर वास्तवमा उनीहरू अन्धोलाई खाडलमा डोऱ्याउने अन्धा नै हुन्। बाहिर भौंतारिरहेका र प्रभुको पुनरागमनलाई स्वागत नगरिरहेका अझै पनि परमेश्‍वरका भेडाहरू धेरै छन्। मैले उनीहरूलाई राज्यको सुसमाचार प्रचार गर्नुपर्थ्यो, आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो, र परमेश्‍वरको प्रेम चुकाउनुपर्थ्यो, त्यसैले मैले परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्न थालेँ। मैले परमेश्‍वरमा साँचो विश्‍वास गर्ने केही मानिसहरू एकपछि अर्को गरी उहाँतर्फ फर्केका देखेकी छु, जसले मलाई एकदमै खुसी र उत्साहित बनाउँछ। मलाई हरेक दिन पूर्ण र अर्थपूर्ण पनि लाग्छ। म परमेश्‍वरलाई मलाई धर्मबाट बाहिर निस्कन अगुवाइ गर्नुभएकामा र उहाँका पदचापहरू पछ्याउन दिनुभएकामा धन्यवाद दिन्छु। यसका लागि, म साँच्चै आशिषित् महसुस गर्छु।

अघिल्लो: ८. मण्डलीहरूको बाँडफाँडबाट सिकेका पाठहरू

अर्को: १०. मुक्ति पाउनको लागि इमानदार हुनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्